content
stringlengths
20
64.1k
प्रशन्न पोखरेल उपकुलपतिले ‘कनिष्ठ’लाई रजिष्ट्रार सिफारिस गरेपछि काभ्रेको धुलिखेलस्थित काठमाडौं विश्वविद्यालय एक महिनादेखि रजिष्ट्रारविहीन छ।, रजिष्ट्रार भोला थापाले भदौ ७ गते दिएको राजीनामा भोलिपल्ट स्वीकृत भएको थियो। उपकुलपति प्राध्यापक डाक्टर रामकण्ठ माकाजुले छ महिनाअघि स्कुल अफ साइन्सका डिन नियुक्त सुबोध शर्मालाई र...
रासस दाङ प्रहरीले अत्याधुनिक पेस्तोल र त्यसको ४ थान गोली सहित एक जनालाई पक्राउ गरेको छ ।, घोराही उपमहानगरपालिका वडा नं. १३ बडहरा निवासी २७ बर्षी विरबहादुर चौधरीलाई पक्राउ गरिएको जिल्ला प्रहरी प्रमुख एवं एसपी कृष्णहरी शर्माले जानकारी दिए ।,  गोप्य सुराकीको आधारमा घोराही वडा नं.  १५ बुद्धिग्यारेज नजिकै बाट् चौधरीलाई एक ...
सेतोपाटी संवाददाता कोका–कोलाले गाँजा मिसाइएको पेय उत्पादन गर्न सक्ने सम्भावना बढेको छ।, अमेरिकाको यो बहुराष्ट्रिय कम्पनीले गाँजामिश्रित पेय पदार्थको बजार सम्भावना नजिकबाट नियालिरहेको सोमबार जनाएको हो।, केही दिनअघि कोका–कोला र क्यानडाको इजाजतप्राप्त गाँजा उत्पादक अरोरा क्यानाबिज इन्कबीच वार्ता चलिरहेको सञ्चारमाध्यमहरूल...
सेतोपाटी संवाददाता मलेसियामा मंगलबार चार जना नेपालीको रहस्यमयी मृत्यु भएको छ।, मलेसियाली सञ्चारमाध्यमका अनुसार विषाक्त रक्सीका कारण उनीहरूको मृत्यु भएको बताइए पनि कारण खुल्न सकेको छैन। थप १३ नेपाली  बिरामी भएर अस्पतालमा उपचार गरिरहेका छन्।, उनीहरूले सोमबार राति क्लाङ उपत्यकाका विभिन्न पसलबाट रक्सी किनेको प्रहरी अनुसन्...
रासस गोरखाको उत्तरी क्षेत्र चुमनुव्री गाउँपालिका–३ सिर्दिबासको घट्टेखोलामा आएको बाढीले ६ घर बगाएको छ ।, केही दिनदेखि परेको अबिरल वर्षापछि शुक्रबार राति ९ बजेतिर पहिरोले घट्टेखोला थुनिदा बस्तीमा बाढी पसेको चुमनुव्री गाउँपालिका अध्यक्ष धनबहादुर गुरुङले जानकारी दिएका हुन् ।, लगातारको वर्षाले बढेको खोला थुनिएपछि पानी एक्क...
सेतोपाटी संवाददाता बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी १३ वर्षीया निर्मला पन्तका निम्ति न्याय अभियानअन्तर्गत शनिबार देशभर प्रदर्शन भइरहेको छ।, निर्मला घटनाका दोषीलाई अझै पक्राउ गर्न नसकेको भन्दै अभियन्ताहरूले उक्त प्रदर्शन गरेका हुन्। , ‘निर्मलाका निम्ति न्याय’ #JusticeForNirmala #RageAgainstRape अभियानमा सहयोग पुर्‍य...
रासस पहिरोका कारण ६ घण्टादेखि थुनिएको बाग्लुङको बडिगाड खोला 'ओभरफ्लो' भएर बग्न थालेपछि खोला किनारका बस्तीमा जोखिम कम भएको छ।, खोला थुनिँदा हजारौँ घर जोखिममा परेका थिए। बागलुङको भिमगिठ्ठे नजिकै पहिरो जाँदा गुल्मीका हजारौँ घर जोखिममा परेका हुन्। ढोरपाटन नगरपालिका र बडिघाट गाउँपालिकाको सिमानामा पर्ने तुरतरे देउरालीमा पहि...
सागरराज तिमिल्सिना कञ्चनपुरकी निर्मला पन्तका लागि न्याय माग्दै पोखरामा विरोध प्रदर्शन गरिएको छ।, दोषीलाई कारबाही गर्न र पीडितलाई न्याय दिन सरकारसँग माग गर्दै शनिबार पोखरामा विरोध प्रदर्शन गरिएको हो।, ‘जस्टिस फर निर्मला’ भन्दै पोखरामा मानव अधिकार चोकमा भेला अधिकारकर्मीहरूले  मानव अधिकार चोक, चिप्लेढुंगा, महेन्द्रपुल हु...
सेतोपाटी संवाददाता सहरको सरसफाइका लागि काठमाडौं महानगरपालिकाले शनिबारबाट ५ वटा जेट मेसिन सञ्चालनमा ल्याएको छ।, १३० हर्सपावर क्षमता र युरो मापदण्ड ४ बमोजिमका जेट मेसिन ५००० लिटर क्षमताका हुन्। ५ हजारमध्ये ४ हजार लिटर सफा पानी र १ हजार लिटर ढलको फोहोर पानी अट्ने छुट्टाछुट्टै ट्यांकी छन्। थुनिएको ढल तानेर सानो ट्यांकीमा ...
रासस भूकम्पले भत्किएको ऐतिहासिक काष्ठमण्डपको पहिलो तला आगामी असार मसान्तसम्ममा पुनर्निर्माण गरिने भएको छ। , , काष्ठमण्डप पुनर्निर्माण निर्देशक समितिको शुक्रबार बसेको बैठकले काष्ठमण्डपका लागि हालसम्म भएका कामको समीक्षा गरी चालू आर्थिक वर्षको अन्तसम्म पहिलो तला पुनर्निर्माण सक्नेगरी कार्ययोजना बनाइ कार्यान्वयन गर्ने निर...
सेतोपाटी संवाददाता प्रहरीले अवैध रकमसहित दुई जना चाइनिज नागरिकलाई पक्राउ गरेको छ।, महानगरीय अपराध अनुसन्धान महाशाखाको टोलीले शुक्रबार ज्याठाबाट उनीहरूलाई नियन्त्रणमा लिएको हो।, प्रहरीले नियन्त्रणमा लिएकामध्ये एक ४९ वर्षीया महिला र पुरुष रहेका छन्। उनीहरूको साथबाट प्रहरी पचास लाख रुपैयाँ समेत बरामद गरेको हो।, पचास लाख...
डिल्ली पाण्डे कञ्चनपुरकी १३ वर्षिया बालिका निर्मला पन्तको बलात्कार-हत्या अनुसन्धान गर्न बनेको उच्चस्तरीय छानबिन समितिको सिफारिसमा दुई प्रहरी नायब उपरीक्षक(डिएसपी) सहित थप पाँच प्रहरीलाई निलम्बन गरिएको छ।, गृह मन्त्रालयका अनुसार भदौ ७ गते गठित समितिले शनिबार प्रारम्भिक प्रतिवेदन गृहमन्त्री रामबहादुर थापालाई बुझाएको छ। ...
निशा भण्डारी बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी १३ वर्षीया निर्मला पन्तका निम्ति न्याय अभियानअन्तर्गत शनिबार काठमाडौंमा प्रदर्शन भएको छ।, निर्मला घटनाका दोषीलाई अझै पक्राउ गर्न नसकेको भन्दै अभियन्ताहरूले उक्त प्रदर्शन गरेका हुन्। , ‘निर्मलाका निम्ति न्याय’ #JusticeForNirmala #RageAgainstRape अभियानमा सहयोग पुर्‍याउन ...
सेतोपाटी संवाददाता अख्तियार दुरुपयोग अनुसन्धान आयोगले शनिवार घुस सहित ९ प्रहरीलाई पक्राउ गरेको छ।, पक्राउ पर्नेहरूमा महानगरीय प्रहरी प्रभाग काँडाकारीमा कार्यरत गोपाल श्रेष्ठ, जवान मुकेट पटेल लगायतका रहेका छन्। पक्राउ पर्नेहरूमा दुई  असइ, तीन हवल्दार र जवान रहेका छन्।, मनहरा खोलाको बालुवा निकाल्नको लागि ठेकेदारहरू सँग ...
रासस जनकपुरधाम उपमहानगरपालिकाले वृद्धि गरेका कर घटाउने सहमति भएको छ ।, नेपाली काङ्ग्रेस नगर समिति, उद्योग वाणिज्य सङ्घ र उपहमहानगरपालिकाका पदाधिकारीबीच शनिबार भएको छलफलबाट सो सहमति भएको हो ।, उपमहानगरपालिकाद्वारा नयाँ शीर्षकमा सरसफाइ कर, पार्किङ शुल्क कर, सम्पत्ति र घर कर वृद्धि गरेको भन्दै नेपाली काङ्ग्रेस नगर समिति ...
रासस दोलखाको उत्तरी क्षेत्रको मुख्य व्यापारिक केन्द्रका रुपमा परिचित सिङ्गटीमा सञ्चालित एक मात्र क्रसर बन्द हुँदा पुनः निमार्णको काम अलपत्र परेको छ । क्रसर बन्दले राष्ट्रिय गौरवको आयोजना तामाकोशीको कामसमेत अलपत्र परेको हो ।, कालीञ्चोक गाउँपालिका–४ बाट एक्कासि बन्द गर्न पत्रचार भएपछि ठेकेदारले क्रसर बन्द गरेका कारण माथ...
रासस प्रतिबन्धित लागुऔषध ब्राउन सुगर र नक्कली पेस्तोलसहित प्रहरीले शनिबार राति तीनलाई पक्राउ गरेको छ ।, लागुऔषध नियन्त्रण गर्ने उद्देश्यले शङ्कास्पद व्यक्तिलाई चेकजाँच गर्दा महानगरीय प्रहरी वृत बौद्धबाट खटिएको टोलीले लागुऔषध कारोवारीलाई काठमाडौँ चुच्चेपाटीबाट राति ८ बजे पक्राउ गरेको हो ।, पक्राउ पर्नेमा इलाम माई नगरपा...
रासस सर्लाही ब्रह्मपुरी गाउँपालिकामा आज साँझ भएको बस दुर्घटनामा दुई जनाको मृत्यु भएको छ भने २३ जना घाइते भएका छन् ।, मृत्यु हुनेमा ईश्वरपुर नपा–९ का २६ वर्षीया नथुनी राय यादव र सोहि स्थानका १९ वर्षीया अञ्जु साह रहेको प्रहरीले जनाएको छ ।, ब्रह्मपुरी गाउँपालिकाको त्रिभुवननगरबाट ईश्वरपुर जाँदै गरेको ना२ख ८००३ नंको बस ब्र...
नारायण खड्का खोलाले बगाउँदा सल्यानमा दुई बालबालिकाको मृत्यु भएको छ । दार्मा गाउँपालिका वडा नं. ६ दार्मा निवासी दुर्गा केसीको ६ बर्षीया छोरी रेखा केसी र २ बर्षीय छोरा मोहन केसीको दार्मा खोलाले बगाउँदा मृत्यु भएको हो ।, जिल्ला प्रहरी कार्यालय सल्यानका प्रमुख एवं डिएसपी विरेन्द्रबहादुर शाहीका अनुसार शनिवार बेलुका सातबजेत...
रासस पदयात्राका क्रममा अन्नपूर्ण क्षेत्रमा पुगेका एक विदेशी पर्यटकलाई खोलाले बगाएको छ ।, ताइवानका ६६ वर्षीय हुई जू चिइन अन्नपूर्ण आधार शिविरबाट फर्किने क्रममा शुक्रबार दिउँसो ३ बजे कास्कीको अन्नपूर्ण गाउँपालिका–११ हिम्कु खोलाले बगाउँदा बेपत्ता भएका हुन् ।,  आठ जनाको समूहमा पदयात्रामा पुगेका पर्यटक चिइन चिप्लेर खोलामा ...
रासस निर्माणाधीन १११ मेगावाट क्षमताको रसुवागढी जलविद्युत् आयोजनाको सुरुङ प्रवेश मार्गमा पहिरोका कारण शनिबार राति दुई जनाको मृत्यु भएको छ।   , सीमा प्रहरी चौकी टिमुरेका प्रहरी निरीक्षक दिलीप क्षेत्रीका अनुसार मृत्यु हुनेमा रुकुम जिल्ला भूमे गाउँपालिका– ९ का ५० वर्षीय भीम रोकाको स्थानीय मेडिकलमा उपचारका क्रममा र मकवानपु...
सेतोपाटी संवाददाता नक्कली पेस्तोल देखाएर लुटपाट तथा अवैध लागुऔषधको कारोबार गर्ने ४ जनालाई प्रहरीले काठमाडौंको चुच्चेपाटीबाट पक्राउ गरेको छ।, महानगरीय प्रहरी वृत्त बौद्धको प्रहरी टोलीले नियमित चेकजाँच गर्ने क्रममा काठमाडौंको चुच्चेपाटीबाट इलाम माई नगरपालिका–४ का २३ वर्षीय सञ्जय समाल मगर, मोरङ पथरी नगरपालिका–५ का २४ वर्...
सेतोपाटी संवाददाता रसुवाको गोसाइकुण्ड गाउँपालिकामा टिपर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ।, रोकिराखेको टिपरमा ढुंगा खस्दा दुई जना घाइते भएका थिए। उनीहरूको उपचारको क्रममा आइतबार मृत्यु भएको छ।, मृत्यु हुनेमा हेटौंडा उपमहानगरपालिकाका २२ वर्षीय रमेश काप्रेल र रुकुम जिल्लाको भूमि गाँउपालिकाका भीम रोक्का रहेका छन्।, ग...
दिपकजंग शाही सुर्खेतमा घरेलु मदिरामा मोजाको प्रयोग भएको पाइएको छ।, जिल्ला प्रहरी कार्यालय सुर्खेतले नियन्त्रणमा लिएको अवैध मदिरामा मोजाको प्रयोग भएको पाइएको हो।, दसैँ र तिहारलाई मध्यनजर गर्दै अवैध मदिरा नियन्त्रण गर्ने अभियानको पहिलो दिन शनिबार नियन्त्रित मदिरा नष्ट गर्ने क्रममा यस्तो पाइएको हो।, मदिरा बनाउने कच्चा पद...
सेतोपाटी संवाददाता ‘प्रहरी जवानमा भर्ती गराइदिन्छु’ भन्दै २ लाख ५० हजार रुपैयाँ लिएको आरोपमा एक जना पक्राउ परेका छन्।, पक्राउ पर्नेमा दोलखाको भिमेश्वर–१, चरिकोट घर भइ हाल पेप्सिखोला बस्ने कालिबहादुर लामा रहेका छन्।, उनलाई काठमाडौं प्रहरीले काठमाडौं–५, महाराजगञ्जबाट पक्राउ गरेको हो।, लामासहितका व्यक्तिहरूले सल्यानका २०...
नारायण खड्का राज खच्चडवालाले टाँगा चलाउन थालेको दुई वर्ष भयो। यो उनको पुर्ख्यौली काम हो। उनका हजुरबा र बा पनि नेपालगञ्जका सडकमा टाँगा चलाउँथे।, बाउबाजेले झैं टाँगा चलाएर जिन्दगी गुजार्न सकिएला भन्नेमा भने राजलाई शंका छ। किनकी पछिल्लो समय नेपालगञ्जका सडकमा खच्चडका टापभन्दा धेरै अटोरिक्साका पांग्रा गुड्न थालेका छन्।, या...
सेतोपाटी संवाददाता बालुवा तस्करसँग घुस लिइरहेका बेला ९ जना प्रहरी पक्राउपछि महानगरीय प्रहरी प्रभाग कोटेश्वर र काँडाघारीका इन्चार्ज फेरिएका छन्।, महानगरीय प्रहरी कार्यालयले प्रहरी प्रभाग काँडाघारी र कोटेश्वरका प्रहरी इन्चार्जलाई फिर्ता बोलाएर त्यहा नयाँ इन्चार्ज पठाएको हो।, कोटेश्वर र काँडाघारी वृत्तका प्रहरीले बालुवा ...
रासस उपत्यकामा कतै, चोरी, डकैती, दुर्घटनाजस्ता आपराधिक क्रियाकलाप त भएको छैन ? यदि भएको छ भने तत्काल प्रहरीलाई खबर गर्नुहोस्। , , घटना भएको पाँचदेखि १० मिनेटमा प्रहरीको टोली घटनास्थलमा पुगेर घटनाको अनुसन्धान गर्ने र दोषीलाई कारबाहीको दायरामा ल्याउने प्रयास थालिएको छ। महानगरीय प्रहरी कार्यालय रानीपोखरीमा यस्ता घटनासम्ब...
सेतोपाटी संवाददाता कञ्चनपुरकी १३ वर्षिया बालिका निर्मला पन्तको बलात्कार-हत्या अनुसन्धानको नेतृत्व डिआइजी धिरु बस्नेतलाई दिइएको छ।, प्रहरी प्रधान कार्यालयले यसअघि घटनाको अनुसन्धान गर्न भदौ १४ गते एसएसपी उत्तम सुवेदीको नेतृत्वमा पाँच सदस्यीय समिति बनाएको थियो।, घटनाको प्रारम्भिक अनुसन्धान गर्ने थप प्रहरीहरू निलम्बन भएको...
शान्ति तामाङ काठमाडौंमा मोनो रेल बनाउन १ खर्ब १६ अर्ब रूपैयाँ लाग्ने भएको छ।  , मोनोरेलको सम्भाव्यता अध्ययन गरेको चिनियाँ कम्पनी सिआरसिसीको प्रतिवदेनअनुसार काठमाडौं र ललितपुरमा पर्ने २७ किलोमिटर लामो चक्रपथमा चल्ने मोनो रेल ३ वर्षमा बनाउन सकिन्छ।, तीन महिनाअघि सम्भाव्यता अध्ययन थालेको सिआरसिसीले बिहीबार प्रतिवेदन काठम...
डिल्ली पाण्डे कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कार-हत्याको छानबिन गर्न गएको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)को टोलीमाथि छानबिन हुने भएको छ।, प्रहरी प्रधान कार्यालयले एसएसपी उत्तम सुवेदीको नेतृत्वमा सिआइबी अधिकृतमाथि छानबिन गर्न समिति केही दिनअघि समिति गठन गरेको थियो। समितिमा पाँच जना सदस्य छन्।, समि...
सेतोपाटी संवाददाता दमकका व्यवसायी खेमराज पौडेलको विभत्स हत्या गरिएको विरोधमा आज पनि झापाको पुरानो गौरीगंज बजार व्यवसायीले बन्द गराएका छन्।,बुधबारदेखि बजार व्यवसायीले स्वत:स्फुर्त रूपमा बन्द गराएका हुन्।, वाणिज्य संघले आज बिहान संघकै कार्यालयमा पत्रकार सम्मेलनको आयोजना गरी बजार बन्दको औपचारिक आह्वान गरेको हो।, वाणिज्य ...
रासस मर्स्याङ्दी–३ अर्खलेमा बुधबार दिउँसो आएको पहिरोमा परी मृत्यु हुनेको सङ्ख्या चार पुगेको छ।, पहिरोमा हराएकी एक वृद्धाको शव आज फेला परेपछि मृत्यु हुनेको सङ्ख्या चार पुगेको हो। , , सो घट्नामा परी बेपत्ता भएकी ७० वर्षीया ललितमाया गुुरुङको शव आज बिहान फेला परेको हो भने एकजना अझै बेपत्ता छन् ।, पहिरोमा पुरिएर बुधबार मस्...
डिल्ली पाण्डे १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या गरिएको घटनाको अनुसन्धानमा लापरबाही गरेको आरोपमा निलम्बनमा परेका एसपी डिल्ली विष्टसहित ३ जनाको डिएनए परीक्षणनिम्ति नमूना संकलन गरिएको छ।, निलम्बित एसपी डिल्ली विष्ट, उनका छोरा किरण विष्ट तथा भीमदत्त नगरपालिका (कञ्चनपुर)का मेयर सुरेन्द्र विष्टका भतिज आयुष ...
सेतोपाटी संवाददाता भदौ २५ गतेदेखि हराएकी एक युवती मृत अवस्थामा फेला परेकी छन्।, पोखरा महानगरपालिका २४ पामे २५ वर्षीया माया बोधी लामाको शव खोलामा फेला परेको प्रहरीले जनाएको छ।, उनको शव पोखरास्थित रातोपहिराको कुलोमा शव फेला परेको र घटनाको बारेमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।, ४ दिनदेखि हराइरहेकी युवती मृत फेला
सेतोपाटी संवाददाता बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तका बुवाआमाले न्यायका निम्ति सरकारलाई अनुरोध गरेका छन्।, बिहिबार उनीहरूले राजधानीमा पत्रकार सम्मेलन गरी आफूहरूलाई जसरी भए पनि न्याय दिलाउन सरकारसँग आग्रह गरेका हुन्।, निर्मलाकी आमा दुर्गादेवी पन्तले न्याय दिन नसक्ने भए 'हामी तपाईंहरूला...
सेतोपाटी संवाददाता बलात्कार पछि हत्या गरिएकी कञ्चनपुरकी १३ वर्षीया निर्मला पन्तका निम्ति न्याय अभियान अन्तर्गत शनिबार राजधानीको माइतीघर मण्डलामा प्रदर्शन हुने भएको छ। निर्मला घटनाका दोषीलाई अझै पक्राउ गर्न नसकेको भन्दै अभियन्ताहरूले दिउँसो एक बजे प्रदर्शन गर्ने भएका हुन्। , ‘निर्मलाका निम्ति न्याय’ #JusticeForNirmala ...
रासस नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले ठूला सरकारी प्रमुख कार्यालयमा कहिल्यै पनि विद्युत् नजाने बनाउने तयारी भइरहेको बताएका छन् ।, सञ्चार केन्द्र नेपालले बिहीबार यहाँ आयोजना गरेको ‘जलविद्युत्को क्षेत्रमा हालसम्म भएका उपलब्धिहरू एवं देखिएका चुनौती’ विषयक अन्तरक्रियामा उनले बेलाबेलामा भइरहने व...
सबिना श्रेष्ठ काठमाडौं, किलागलमा आज देवी नाच छ। सात देवदेवी बेलुकी यहाँको डबलीमा आउनेछन्। ती हुन्– भैरव, चण्डी, कुमारी, दैत्य, कवं (कंकाल), बेताः (बेताल) र ख्याः (ख्याक)।, देवी नाचको विशेषता के भने, यसले छोरीहरूको साहसको कथा भन्छ।, पौराणिक कालमा दैत्यहरू बलिया हुन्थे। मान्छे र देवतालाई दुःख दिन्थे। एकचोटि दैत्य र भैरव...
सागरराज तिमिल्सिना पोखरामा भएका पार्कलाई संरक्षण गर्दै पोखरा महानगरपालिकाले खुला व्यायामशाला बनाउने योजना ल्याएको छ। खुला व्यायामशाला निर्माणका लागि महानगरले यस आर्थिक वर्षमा ९० लाख बजेट समेत छुट्टाएको छ।, नागरिकलाई स्वास्थ्य राख्ने उद्देश्यले महानगरपालिकाले पार्कमा व्यायाम गर्न आवश्यक उपकरण राख्ने योनजा ल्याएको छ।, ‘...
रासस म्याङलुङ नगरपालिकाले नगरपालिकाले जिल्ला अस्पतालमा प्रसूति हुन आउने नगर क्षेत्रका महिलालाई एम्बुलेन्स खर्च उपलब्ध गराउने भएको छ ।, अस्पतालमा प्रसूति हुन जाँदा आउँदा एम्बुलेन्सका लागि लाग्ने खर्च नगरपालिकाले बिलअनुसार भुक्तानी दिने निर्णय गरेको उपप्रमुख पार्वतीसानु डाँगीले बताए ।, सरकारले स्वास्थ्य संस्थामा गएर सुर...
रासस तेह्रथुमको म्याङलुङ नगरपालिकाले ढुङ्गा, गिटी, बालुवामा लगाउँदै आएको कर र शुक्रबारे हटियामा उठाउँदै आएको कर तत्कालका लागि बन्द गरेको छ । उक्त कर अव्यावहारिक भएको भन्दै नगरवासीबाट विरोध भएपछि नगरपालिकाले तत्काललाई कर सङ्कलन नगर्ने भएको हो ।, यस अघि ठेक्कामार्फत नगरपालिकाले कर सङ्कलन गर्दै आएकामा ठेकेदारले आफूखुशी क...
रासस भाद्र शुक्ल पञ्चमीका दिनमा मनाइने ऋषि पञ्चमी आज नेपाली नारीहरूले सप्त ऋषिको पूजा आराधना गरी मनाउँदैछन् ।, महिलाले आज बिहानै उठेर नजिकको नदी, खोला, ताल, तलैया र पोखरीमा गई ३६५ दत्तिवनले दाँत माझ्ने, गाईको गोबर, माटो र खरानी लगाई स्नान गर्ने गर्दछन् । रजस्वलाका समयमा छाइछुइलगायत कुनै त्रुटि भए आज ऋषि पञ्चमीको दिन अ...
सेतोपाटी संवाददाता वाइसीएलका सिन्धुली जिल्ला अध्यक्ष पुष्पराज श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको छ।, धाकधम्की तथा शरीर बन्धकको आरोपमा महानगरीय अपराध अनुसन्धान महाशाखाको टोलीले श्रेष्ठलाई शुक्रबार नियन्त्रणमा लिएको महाशाखाका प्रमुख एसएसपी धिरजप्रताप सिंहले सेतोपाटीलाई बताए।, सिन्धुली कमलामाई ५ घर भई हाल राजधानकीको रातोपु...
दिपकजंग शाही उपचारका क्रममा बिरामीको मृत्यु भएपछि जाजरकोटमा एकजना स्वास्थ्यकर्मी पक्राउ परेका छन्।, छेडागाड नगरपालिका–५ थलह बजारको एक मेडिकलमा उपचारका लागि गएकी सोही नगरपालिका–१० नल्फुकी पञ्चकला नाथको स्वास्थ्यकर्मीको लापरबाहीले मृत्यु भएको आफन्तले आरोप लगाएका छन् ।, ज्वरोको उपचारका लागि गएकी आमालाई जयलक्ष्मी मेडिकल ह...
निशा भण्डारी भाद्र शुक्ल पञ्चमीका दिनमा मनाइने ऋषि पञ्चमी आज नेपाली नारीहरूले सप्तऋषिको पूजाआराधना गरी मनाउँदैछन्।, महिलाले आज बिहानै उठेर नजिकको नदी, खोला, ताल, तलैया र पोखरीमा गई ३६५ दत्तिवनले दाँत माझ्ने, गाईको गोबर, माटो र खरानी लगाई स्नान गर्ने गर्दछन्। रजस्वलाका समयमा छाइछुइलगायत कुनै त्रुटी भए आज ऋषि पञ्चमीको द...
सेतोपाटी संवाददाता काष्ठमण्डप पुनर्निर्माण निर्देशक समितिको बैठकले हालसम्म भएका कार्यप्रगतिको समीक्षा गरेको छ। बैठकले २०७६ असार मसान्तभित्र काष्ठमण्डपको पहिलो तला पुनर्निर्माण गरिसक्ने तयारी गरेको छ। यसनिम्ति आवश्यक कार्ययोजना बनाई कार्यान्वयन प्रक्रिया अघि बढाउने निर्णय पनि गरेको छ।, शुक्रबार समितिका संयोजक एवं ३ नम्...
रासस चीनको उत्तरपूर्वी लिओनिङ प्रदेश सभाका वरिष्ठ पूर्व सदस्य लि वेङ्कलाई १६ बर्षे जेल सजाय सुनाइएको छ ।, उनलाई ५३ लाख ४० हजार अमेरिकी डलर बराबरको घुस लिएको आरोपमा बिहीबार दोषी ठहर गरिएको हो । उनलाई ३० लाख युआन जरिवाना स्वरूप तिर्नुपर्ने फैसला पनि अदालतले गरेको छ ।, चीनको जनअदालतले दोषी ठहर गरेका लि सो प्रदेश सभाको स्...
रासस श्रीलङ्काको सरकारले देशका हिन्दू मन्दिरहरूमा पशु बलि चढाउन प्रतिबन्ध लगाउने प्रस्ताव तयार गरेको छ ।, बौद्ध धर्मावलम्बीहरूको बाहुल्यता रहेको श्रीलङ्कामा पशुबलि प्रतिबन्ध लगाउन बौद्ध धर्मावलम्बीहरुले दबाब दिएपछि सरकारले प्रतिबन्ध लगाउने प्रस्ताव तयार पारेको हो ।, सरकारी एक उच्च अधिकारीले सरकारले तयार पारेको नयाँ प्...
खिलानाथ ढकाल महोत्तरी मटियानी नगरपालिका-८ का अर्जुनकुमार साहले बिहीबार हर्षको आँशु खसाले।, योग्य रहँदा रहँदै नागरिकता प्राप्तिका लागि दस वर्षसम्म लड्दा लागेका चोटबाट पार पाएका छन्। संवैधानिक व्यवस्था हुँदाहुँदै पनि उनले आमाको नामबाट नागरिकता पाएनन्।, पहिले कानुनी अस्पष्टता कारण रोकिए। अहिले स्पष्ट भयो, कानुन व्य...
सेतोपाटी संवाददाता राष्ट्रिय पुननिर्माण प्राधिकरणको शुक्रबार बसेको कार्यकारी समितिको बैठकले काठमाडौं उपत्यकाभित्र र बाहिरका परम्परागत बस्ती मौलिक शैलीमै पुनर्निर्माण गर्ने निर्णय गरेको छ।, उपत्यकाका खोकना, बुङमती, साँखु, किलागलजस्ता परम्परागत बस्ती र बाहिरका नुवाकोट, गोरखाका दरबार क्षेत्र एवं दोलखाको भीमसेन बजारजस्ता ...
रासस राष्ट्रिय पुनः निर्माण प्राधिकरण कार्यकारी समितिको बैठकले दुई हजार ३४५ गुनासोकर्तालाई पुनः निर्माण लाभग्राही सूचीमा समावेश गरेको छ ।, प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीको अध्यक्षतामा आज बसेको बैठकले भूकम्प अति प्रभावित १४ जिल्ला र प्रभावित १६ जिल्लाबाट २०७४ साल मङ्सिर मसान्तसम्म दर्ता भएका १३ हजार ३७९ गुनासो फ...
एजेन्सी विश्वकै सर्वाधिक धनाढ्य एवं अमेजनका संस्थापक जेफ बेजोसले घरबारविहीन परिवार एवं न्यून आय भएका समुदायका बालबालिकाको शिक्षाका लागि दुई अर्ब डलरको परोपकारी कोष निर्माण गर्ने घोषणा गरेका छन् ।, बेजोसले गत वर्ष नै परोपकारी कार्यक्रमका सम्बन्धमा ट्वीट गरी सुझाव मागेका थिए । उनीसँग व्यक्तिगत १६० अर्ब अमेरिकी डलरको सम्...
सेतोपाटी संवाददाता प्रहरीले योङ कम्युनिष्ट लिग वाइसएलका सिन्धुली जिल्ला अध्यक्ष पुष्पराज श्रेठलाई पक्राउ गरेको छ।, महानगरीय अपराध अनुसन्धान महाशाखाको टोलीले उनलाई धाकधम्की तथा शरिर वन्धकको अभियोगमा नियन्त्रणमा लिएको महाशाखा प्रमुख एसएसपी धिरजप्रताव सिंहले जानकारी दिएका छन्।, सिन्धुली, कमलामाई-५,मारिन घर भइ हाल रातोपुल...
सेतोपाटी संवाददाता पोखराका दुई युवा इञ्जिनियर र दुई जना व्यवसायीको सक्रियतामा देशकै पहिलो ‘प्लास्टिक सडक’ बनेको दुई महिना मात्र भएको छ।, उता, युरोपेली मुलुक नेदरल्यान्ड्सले विश्वमै पहिलोपटक प्लास्टिकबाट मात्र साइकल मार्ग निर्माण गरेको छ।, सडक किनारमा साइकल गुड्न बनाइएको यो मार्गमा फालिएका प्लास्टिक बोतल, कप र खोलहरू प...
सेतोपाटी संवाददाता वृद्धभत्ता पाउने उमेर ७० वर्ष कायम भएको छ। संसदको राज्यव्यवस्था समितिले सामाजिक सुरक्षाका विषयमा व्यवस्था गर्न बनेको विधेयकमा ७० वर्ष उमेर कायम गर्ने निर्णय गरेको हो।, एकल महिला र दलितले भने ६५ वर्षकै उमेमा वृद्धभत्ता पाउनेछन्। सरकारले निर्देशिकाको भरमा यस्तो भत्ता प्रदान गर्दै आएको थियो। दलहरूले वृ...
सबिना श्रेष्ठ येँया पुन्ही, उनीहरू बाँसका लामा-लामा भाटाबाट केही बनाउँदै थिए। आगोमा भाटा झिरर्र तताउँथे। घुमाउरो पार्थे। अनि जोड्दै जान्थे।, एउटा फ्रेम बनिसकेको थियो। त्यसैमा भाटा थप्दै गए।, जोड्दै जादाँ कहिले भाटाले ठाउँ छाड्थ्यो। अनि सबै जना मिलाउन खटिन्थे। बिग्रिएको ठाउँ तारले बाँध्थे। आकारमा अड्याइराख्न सजिलो हुन्...
चेतना गुरागाईं हातभरि चुरा। कुर्ता–सलवारको सल कम्मरमा बाँधेकी। दुवै हात अनुहार अगाडि।, ‘वान’, दाहिने हात अगाडिको ‘बक्सिङ प्याड’ मा बजारिन्।, ‘टू’, देब्रे हातले उसैगरी जोडसँग प्रहार गरिन्।, ‘थ्री’, दाहिने हात।, ‘फोर’, फेरि देब्रे।, यो क्रम केही बेर यसैगरी चल्यो।, पसिनाले लुछुप्पै भिजेर बक्सिङ प्याडलाई निरन्तर निशाना बन...
रासस प्रकोप नियन्त्रण नहुन्जेलसम्मका लागि सप्तरीको कञ्चनरुप नगरपालिका क्षेत्रलाई विपद् क्षेत्र घोषणा गरिएको छ ।, जिल्ला दैवी प्रकोप उद्धार समिति सप्तरीको आकस्मिक बैठकले स्वास्थ्य सेवा विभागको इपिडीमियोलोजी तथा महामारी रोग नियन्त्रण शाखाको टोलीले बिरामीको र्‍याल परीक्षण गरी उनीहरूमा स्वाइन फ्लु र हङकङ फ्लु भएको पुष्टि ...
सेतोपाटी संवाददाता भोलि (बुधबार) नेपाली हिन्दु नारीहरूको महान् पर्व हरितालिका तीज।, प्रहरीले ट्राफिक व्यवस्थापनका लागि विशेष व्यवस्था गरेको छ ।, यस अवसरमा हुनसक्ने भीडभाडलाई लक्षित गर्दै ट्राफिक प्रहरीले वैकल्पिक मार्गको पनि व्यवस्था गरेको छ।, ट्राफिक प्रहरीले मालबाहक सवारी साधनहरू, यात्रुबाहक सवारी साधनहरू चल्ने रूट ...
डिल्ली पाण्डे करौडौं मूल्यको जग्गा किर्ते गरेर बेचेको आरोपमा मालपोत अधिकृतसहित चार जनालाई प्रहरीले पक्राउ गरेको छ।, चन्दनकृष्ण कायस्थको बूढानिलकण्ठमा रहेको घडेरी किर्ते गरेर बेचेको आरोपमा मालपोत कार्यालय चाबहिलका ४ कर्मचारी मंगलबार पक्राउ परेका हुन्।, पक्राउ पर्नेमा मालपोत अधिकृत खगेन्द्र अर्याल, नासुहरू रघुनाथ तिमल्स...
रमेश कार्की ललितपुर महानगरपालिकाले करिब १ महिनादेखि फोहोर नउठाएपछि ललितपुर पाटनका स्थित वडा नं ८,९ र १२ का स्थानीयले सडकमै फोहोर फालेर विरोध जनाएका छन्।, महानगरपालिकाले करिब १ महिनादेखि फोहोर नउठाएपछि स्थानीयले फालेको फोहोरले बजारनै दुर्घन्धित भएको छ।, ‘टोल नै दुर्गन्धले बसिसक्नु नभएकाले नगरपालिकासम्म यो समस्या पुगोस्...
रासस भारतको तेलङ्गाना राज्यको जगतियाल जिल्लामा मङ्गलबार भएको बस दुर्घटनामा कम्तीमा ४५ जनाको मृत्यु हुनुका साथै अरु धेरैजना घाइते भएको प्रहरीले जनाएको छ। ,यात्रुले खचाखच भरिएको राज्य सञ्चालित एउटा बस गहिरो खोचमा खसेको थियो। उक्त बसमा ५० भन्दा बढी यात्रु सवार रहेको पनि प्रहरीले जनाएको छ। मृत्यु भएकामा अधिकांश महिला छन्।...
सेतोपाटी संवाददाता कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि भएको हत्याका मुख्यअभियुक्त भनि पक्राउ परेका दीलिपसिंह बिष्ट मंगलबार रिहा भएका छन्।, बिष्टलाई साधारण तारेखमा रिहा गर्न सहमति दिएको कञ्चनपुरका सरकारी वकिल खेमराज भट्टले सेतोपाटीलाई जानकारी दिए।, ‘निर्मलाको डिएनएको प्रोफाइल तयार भएको छ। उनको शरिरम...
सेतोपाटी संवाददाता झापामा एक व्यापारीको हत्या भएको छ। कमल गाँउपालिक- ६ मंगलबारेका ३८ वर्षीय खेमराज पौडेलको हत्या भएको हो। प्रहरीले पौडेलको शव मंगलबार गौरीगञ्ज -६ स्थित बाह्सुदीमा फेला पारेको हो।, पौडेलको घाँटी र टाउकोमा छुरा प्रहार गरेको जिल्ला प्रहरी कार्यालय झापाका डिएसपी जितेन्द्र बस्नेतले जानकारी दिए। व्यवसायी पौड...
सबिना श्रेष्ठ येँया पुन्ही (इन्द्रजात्रा) को अवसरमा हरेक वर्ष लिंगो तानेको, उठाएको र ढालेको हामीले देख्दै आएका छौं।, एक सातासम्म चल्ने यो पर्वको सुरुआतै वसन्तपुरमा लिंगो ठड्याएर हुन्छ। लिंगो ढालेपछि सकिन्छ। लिंगो ३६ हात लामो हुन्छ भने चौडाइ ४ हात।, यति विशाल लिंगो कहाँबाट ल्याइन्छ? कसरी ल्याइन्छ?, वसन्तपुरस्थित नासल च...
रासस अविरल वर्षासँगै पहिरो खसेर अवरुद्ध भएको चितवनको नारायणगढ–मुग्लिन सडकखण्ड एकतर्फी सञ्चालनमा आएको छ ।, पहिरो खसेर मङ्गलबार बिहानदेखि अवरुद्ध भएको उक्त सडक १८ घण्टापछि साँझदेखि एकतर्फी खुलेको प्रहरी नायव उपरीक्षक प्रभुप्रसाद ढकालले जानकारी दिएका छन् । उक्त सडकखण्डको चार किलोमा ठूलो पहिरो खसेकाले पन्छाउन समय लागेको ह...
रासस शुक्लाफाँटा राष्ट्रिय निकुञ्जबाट बस्ती पसेको हात्तीको झुण्डले मङ्गलबार राति धानबाली सखाप पारेको छ । हात्तीको झुण्डले शुक्लाफाँटा नगरपालिका–५ गर्जमुनिका किसानको धानबाली नष्ट गरेको हो ।, मध्यरातमा खेतमा पसेको हात्तीको झुण्डले स्थानीयवासी धौलीदेवी तमौली, टेकबहादुर साउद, अजवसिंह बोहरा र दिलबहादुर बोहराको धानबाली नोक्...
सागरराज तिमिल्सिना गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले पोखरामा हुने यौन व्यवसायलाई व्यवस्थित बनाएर लैजानु पर्ने बताएका छन्। , होटल संघ नेपालले मंगलबार पोखरामा आयोजना गरेको कार्यक्रममा मुख्यमन्त्री गुरुङले यौन व्यवसायलाई व्यवस्थित गरेर अगाडि बढ्नु पर्ने बताए।, ‘कि रेडलाइट एरिया खोल्नु पर्‍यो,’ उनले भने ‘र...
रासस बारा सिम्रौनगढ नगरपालिका–७ झवानी टोलका दलित समुदायले करीब ५० वर्षपछि मन्दिरमा प्रवेश गर्न पाएका छन् ।, दलित र गैरदलितबीच जातीय विभेद नगर्ने सहमति भएपछि उनीहरुले त्यहाँस्थित शिवमन्दिरमा प्रवेश गर्न पाएका हुन् । वर्षौंदेखि यहाँका दलितलाई गैरदलितले मन्दिर प्रवेश गर्न निषेध थियो।, सोमबार भएको छलफलमा दुबै पक्षबीच सहमत...
रासस भाद्र शुक्ल तृतीयाका दिनमा मनाइने हरितालिका (तीज) उमा महेश्वरको पूजाराधना गरी मनाइँदैछ ।, भाद्र शुक्ल तृतीयामा व्रत बसी शिवपार्वतीको पूजा र उपासना गरेमा सुख, शान्ति र कल्याण प्राप्ति हुने धार्मिक विश्वास छ । यो व्रत गर्ने पुरुषले विधुर हुनु नपर्ने तथा नारीले अटल सौभाग्य र अविवाहित केटाकेटीले गुण सम्पन्न वर वा वधु...
रासस भाद्र शुक्ल तृतीयाका दिन मनाइने हरितालिका (तीज) पर्वका अवसरमा पशुपतिनाथ मन्दिरमा पूजा एवं दर्शन गर्ने भक्तजनको आज बिहानैदेखि भीड लागेको छ ।, दर्शनार्थीले छिटोभन्दा छिटो मन्दिरमा दर्शन गर्न सकून् भन्ने उद्देश्यले बिहान तीन बजेदेखि नै पशुपतिनाथ मन्दिरका चारै ढोका खोलिएको छ । मन्दिरका चार ढोका बेलुकी आठ बजेसम्म खुला...
सेतोपाटी संवाददाता दश किलोग्राम अबैध सुन समातेका प्रहरी नायब निरीक्षकलाई जिल्ला प्रहरी कार्यालय गोरखाले २ हजार १ सय रुपैंयाले पुरस्कृत गरेको छ।, उत्तरी गोरखाको चुमनुब्री गाउँपालिकास्थित प्रहरी चौकी सिर्दिबासमा कार्यरत प्रनानि तुलबहादुर सेनलाई पुरस्कृत गरिएको प्रहरी उपरीक्षक विमल बस्नेतले जानकारी दिए।, 'लोभलाचमा नपरी क...
रासस पूर्वी नेपालका केही जिल्लामा आज बिहान १० बजेर ३५ मिनेट जाँदा भूकम्पको धक्का महसुस गरिएको छ। ,उत्तरपूर्वी भारतको असाम क्षेत्रलाई केन्द्रबिन्दु बनाएर गएको ६.१ रिक्टर स्केलको उक्त भूकम्पको धक्का नेपालसम्म महसुस भएको खानी तथा भूगर्भ विभाग, राष्ट्रिय भूकम्प मापन केन्द्रका प्रमुख लोकविजय अधिकारीले जानकारी दिए। ,भूकम्प...
सेतोपाटी संवाददाता आफ्नो र परिवारको आयले समेत आवासको प्रबन्ध गर्न नसके राज्यले घर बनाइ दिनुपर्ने गरी कानुन तयार भएको छ। ,आवासको हकसम्बन्धी विधेयकलाई सांसदहरूले परिमार्जन गरी नेपाल भित्र घर जग्गा नभएको तथा आफ्नो र परिवारको आय, आर्जन, स्रोत वा प्रयासबाट आवासको प्रबन्ध गर्न असमर्थ व्यक्तिलाई सरकारले घर बनाइदिनपुर्ने व्यव...
प्रशन्न पोखरेल प्रसिद्ध धार्मिकस्थल गोरखाको मनकामना मन्दिर पुनर्निर्माण सकिएको छ।, जीर्ण भइसकेको करिब ४ सय वर्ष पूरानो मनकामना मन्दिर २०७२ को 'गोरखा भूकम्प' ले थप क्षति पुर्‍याएपछि जगैसम्म भत्काएर नयाँ बनाइएको हो।, ०७२ असारमा क्षमापूजा गरेर मन्दिर भत्काइएको थियो।, तीन वर्ष लगाएर मन्दिर पूरानै स्वरूपमा पुनर्निर्माण गरि...
सेतोपाटी संवाददाता देशभरि हिन्दु महिलाहरूले आज हरितालिका तीज पर्व मनाइरहेका छन्। तीजमा वर्त बसेका महिलाहरू मन्दिर गएर पूजाआजा गर्छन् अनि रातो सारीमा नाचगान पनि हुन्छ। रातो सारी तीजको परिचयजस्तै भएको छ। तर कञ्चनपुरको भीमदत्तनगरपालिका केही महिलाले भने रातोको साटो कालो सारी लगाएर तीज मनाएका छन्।, डेढ महिनाअघि बलात्कार गर...
नारायण महर्जन भाद्र शुक्ल तृतीयाका दिन मनाइने हरितालिका (तीज) पर्वका अवसरमा पशुपतिनाथ मन्दिरमा पूजा एवं दर्शन गर्ने भक्तजनको आज बिहानैदेखि भीड लागेको छ।, दर्शनार्थीले छिटोभन्दा छिटो मन्दिरमा दर्शन गर्न सकून् भन्ने उद्देश्यले बिहान तीन बजेदेखि नै पशुपतिनाथ मन्दिरका चारै ढोका खोलिएको छ। मन्दिरका चार ढोका बेलुकी आठ बजेसम...
सेतोपाटी संवाददाता दुई दिनअघि आफूलाई ज्यानको डर भएको भन्दै सुरक्षा माग गरेर राजीनामा दिएका उपसचिव वीरेन्द्र केसी निर्मला पन्तको बलात्कारपछि भएको हत्या छानबिन समितिमा फर्किएका छन्।, बुधबार गृह मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै प्रदेश सातका आन्तरिक मामिला मन्त्रालयका उपसचिव केसीले गृह मन्त्रालयको र आफ्नो उद्देश्य निर्मल...
दिपकजंग शाही कर्णाली प्रदेश प्रमुख दुर्गाकेशर खनालले सदियौँदेखि पछि परेको प्रदेशलाई समुन्नत बनाउन बीमा कम्पनीले महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताएका छन् ।, कर्णाली प्रदेशमा पहिलोपटक स्थापना भएको राष्ट्रिय बीमा कम्पनी लिमिटेड सुर्खेत शाखाको बुधवार उद्घाटन गर्दै प्रदेश प्रमुख खनालले यस्तो बताएका हुन् ।, ‘विगतदेखि नै य...
दिपकजंग शाही यात्रुहरुलाई आफ्नो गाडीमा बस्न भन्दै तानातान गर्ने सातजनालई प्रहरीले पक्राउ गरेको छ । सुर्खेतको वीरेन्द्रनगरस्थित बसपार्कमा यात्रुलाई अमानवीय तरिकाले तानातान गरेको भन्दै प्रहरीले सातजनालाई पक्राउ गरेको हो ।, पक्राउ पर्नेहरुमा सुर्खेतको वीरेन्द्रनगरका २५ वर्षीय चक्रबहादुर शाही, कालिकोटको खाँडाक्र नगरपालिका...
रासस रघुगंगा नदीमा आएको बाढीले एक विद्यालय भवन बगाएको छ ।, छहरी भन्ने ठाउँमा पहिरोले रघुगंगा नदी थुनेपछि बुधबार साँझ आएको बाढीले रघुगंगा गाउँपालिका ८ घ्याँसीखर्क स्थित रितुङ माध्यमिक विद्यालयको दुई वटा भवन, एक वटा शौचालय बगाउनाका साथै अर्को एउटा भवन आधा बगाएको वडा अध्यक्ष गमान छन्त्यालले जानकारी दिएका छन् ।, बाढीले घ्...
खिलानाथ ढकाल न वारि, न पारि। ललितपुरपट्टि जोडिएको छैन। काठमाडौंपट्टि पनि। कहिले जोडिने छाँट पनि छैन।, बागमती–विष्णुमती जोड्ने ‘विष्णुमती लिंक’को पुलको एउटा भाग बीच नदीमा ठिङ्ङ छ।, फूलमाया तामाङले विष्णुमती किनारमा बाख्रा चराउन थालेको वर्षौं भयो। यहाँ पुलको जग हाल्न थालेपछि छेउछाउ गोठालो गरेको पनि चार वर्ष नाघिसक्यो। क...
रासस पश्चिम नवलपरासीमा एउटा यस्तो पोखरी छ जहाँको पानी नमिसाई त्यहाँका स्थानीयवासी खाना पकाउँदैनन्। त्यस्तै पोखरीको माछा खाएमा मृत्यु हुने पौराणिक मान्यता छ ।, सुन्दा अचम्म लाग्छ, विश्वास हुँदैन तर यो यथार्थ हो । पश्चिम नवलपरासीको सुस्ता गाउँपालिका वडा नं २ ‘सत्तपत्ती’ भन्ने स्थानमा रहेको चुहाडी पोखरीको पानी स्थानीय था...
रासस अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जिल्ला नापी कार्यालय गौरका नापी अधिकृत धिरेन्द्रकुमार लालविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ ।, आयोगका प्रवक्ता रामेश्वर दङ्गालका अनुसार नापी अधिकृत लाललाई जग्गाको अंशबण्डाको कित्ताकाट गर्ने प्रयोजनका क्रममा सेवाग्राहीसँग १५ हजार घुस लिएको अभियोग लागेको छ ।, नापी अधिकृतवि...
सेतोपाटी संवाददाता चरित्रहत्या गरेको आरोपमा पक्राउ परेका बरिष्ठ कलाकार देशभक्त खनाल रिहा भएका छन् ।, उनले फेसबुकमा चलचित्र कलाकार संघका अध्यक्ष रामकेशर बोगटीलाई लक्षित गर्दै स्टाटस लेखेपछि उनलाई मंगलबार प्रहरीले बोगटीको उजुरीको आधारमा पक्राउ गरेको थियो ।  , बुधवार महानगरीय प्रहरी परिसर टेकुमा अध्यक्ष बोगटीसँग माफी माग...
सेतोपाटी संवाददाता कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या घटनाको अनुसन्धान नयाँ मोडमा आइपुगेको छ।, घटनाको २४ दिनपछि मुख्यअभियुक्त भन्दै प्रहरीले दीलिपसिंह बिष्टलाई पक्राउ गरी सार्वजनिक गर्‍यो। प्रहरीको कथन थियो- बिष्टले अपराध स्वीकार गरेका छन्। उनी नै मुख्यअभियुक्त हुन्।, तीन हप्तापछि प्रहरीको त...
सेतोपाटी संवाददाता दार्जुलाबाट महेन्द्रनगर आउँदै गरेको यात्रुबाहक बस बिहीबार बिहान भीमदत्त राजमार्गमा दुर्घटना हुँदा २५ जना घाइते भएका छन्। ना५ख ९११४ नम्बरको बस जरायो गाउँपालिकास्थित रुवसडाँडामा दुर्घटना भएको डोटी प्रहरीले जनाएको छ।, दुर्घटनामा आठ जना गम्भीर घाइते छन्। गम्भीर घाइतेलाई उपचारका लागि कैलालीको पदमा हस्पिट...
शान्ति तामाङ आर्थिक प्रस्ताव खुलेसँगै धरहरा पुनर्निर्माण ठेक्का प्रक्रिया अन्तिम चरणमा पुगेको छ।, राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले आह्वान गरेको टेन्डरमा जिआइइटिसी–रमन जेभीले सबभन्दा कम ३ अर्ब ४५ करोड रुपैयाँमा धरहरा बनाउन कबुलेको हो। उक्त कम्पनीलाई सात दिन समय दिइएको छ। कसैबाट विरोध नआए १५ दिनभित्र सम्झौता हुने प्रा...
सागरराज तिमिल्सिना बेगनास तालमा डुंगा डुब्दा बेपत्ता भएका ६ जनाको शव फेला परेको छ।, पोखरा ३१ बेगनास गाउँ जान १० जना सवार डुंगा बेगनास तालको लिब्दी टुडँमा शनिबार पल्टिदाँ २ महिलाको तत्कालै मृत्यु भएको थियो भने ६ जना हराइरहेका थिए।, नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र स्थानीयहरुले आइतबार बिहानैदेखि खोजी गर्दा हर...
रासस गोरखा फुजेलका कृष्णप्रसाद अधिकारी हत्यासम्बन्धी मुद्दामा चितवन जिल्ला अदालतले प्रतिवादीलाई सफाइ दिएको छ ।, न्यायाधीश कुलप्रसाद शर्माको इजलासले आज उक्त फैसला गरेको हो । अदालतका स्रेस्तेदार गेहेन्द्र पन्तका अनुसार फैसलामा न्यायको मान्य सिद्धान्त र प्रमाण तथा ऐनको दफा २५ को दायित्व नेपाल सरकारले गर्न नसकेको मुद्दामा...
रासस झण्डै तीन वर्षअघि भएको टीकापुर घटनासँग सम्बन्धित मुद्दाका साक्षीहरुको कैलाली जिल्ला अदालतमा बकपत्र लिने काम आइतबारबाट शुरु भएको छ ।, आज तीन जना साक्षीको बकपत्र लिइएको जिल्ला अदालतका श्रेस्तेदार इन्द्रबहादुर कठायतले जानकारी दिएका छन् । यो मुद्दामा ८२ जनासँग बकपत्र लिनुपर्ने र बिदाको दिनबाहेक मुद्दाको विषयमा निरन्त...
सेतोपाटी संवाददाता रोल्पाको  सुलीचौरमा गोली हानी एक जनाको हत्या भएको छ।, सिमलवाङका २९ वर्षका रोहित पुनको हत्या भएको जिल्ला प्रहरी कार्यालयका डिएसपी दिपक खड्काले जानकारी दिएका छन्। लिवाङ  नगरसमितिका नेपाल तरुण दलका अध्यक्ष समेत उनको हत्या भएपछि प्रहरीले एक जनालाई कटुवा पेस्तोलसहित नियन्त्रणमा लिएको छ।, रोल्पा नगरपालिका...
रासस प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले हरेक व्यक्तिको ध्यान ट्राफिक प्रहरीमा हुने भएकाले आफ्नो बोली एवं आचरण राम्रो बनाएर ट्राफिक व्यवस्थापनलाई सहज, प्रभावकारी र चुस्त बनाउन निर्देशन दिएका छन्।, महानगरीय ट्राफिक प्रहरी महाशाखाको आज बिहान अनुगमनका क्रममा उनले उपत्यकाको ट्राफिक व्यवस्थापन जटिल बन्दै गएकोले यसलाई सहज ...
सुनिता सिटौला उनी प्रायः बबरमहलस्थित सत्य निरूपण तथा मेलमिलाप आयोगमा भेटिन्छिन्। उनको हातमा सधैं टेक्सास इन्टरनेशनल कलेजको ब्रोसर हुन्छ।, चालीस वर्षीया जमुना रोका दुई वर्षदेखि दिनहुँजसो यहाँ धाइरहेकी छन्। उनी यहाँ कलेजको ब्रोसर बाँड्न आएकी होइनन्। न विज्ञापन माग्न। ,यो ब्रोसर उनकी छोरीको सपना हो। त्यही सपना पूरा गर्न ...
रासस तनहुँको म्याग्दे गाउँपालिका–१ की ८० वर्षीया एक वृद्धा तीन वर्षदेखि न्यायको पर्खाइमा छन्। २०७२ साल कात्तिक २३ गते बिहान घरमै बस्दा छिमेकी ५२ वर्षीय मोहनबहादुर विकबाट बलात्कारमा परेकी उनले हालसम्म पनि न्याय पाएकी छैनन्।, आफूलाई बलात्कार गर्ने विकलाई कानूनी कारवाहीको माग गर्दै उनले प्रहरीमा जाहेरी दिए पनि प्रहरीले अ...
सेतोपाटी संवाददाता नक्कली एटिएम कार्ड प्रयोग गरी अरूको कार्डबाट पैसा झिक्ने गिरोहलाई प्रहरीले नियन्त्रणमा लिएको छ।, महानगरीय प्रहरी परिसर काठमाडौंको टोलीले सोमबार बिहान ठमेलबाट चार जनालाई पक्राउ गरेको हो।, पक्राउ पर्नेहरूमा तीन जना भारतीय नागरिक रहेका छन्। ठमेलको एक होटलमा नक्कली एटिएम कार्ड बनाइरहेको अवस्थामा भारतीय ...
सेतोपाटी संवाददाता दाङको तुलसीपुरमा खोलाले बगाउँदा एक जना बालकको मृत्यु भएको छ।, तुलसीपुर उपमहानगरपालिका वडा नं. ४ स्थित कल्ले खोलाले बगाउँदा स्थानीय ६ वर्षीय अभिषेक वलीको मृत्यु भएको ईलाका प्रहरी कार्यालय तुलसीपुरले जानकारी दिएको छ।, प्रहरीका अनुसार उनी गाउँकै फुटबल खेल हेरेर फर्कने क्रममा शनिबार खोलामा बगेका थिए।, म...
सेतोपाटी संवाददाता प्रहरीले आइतबार साँझ दुई किशोरीलाई बलात्कार गरेको अभियोगमा एकलाई पक्राउ गरेको छ।, महानगरीय प्रहरी वृत्त कीर्तिपुरको टोलीले कैलाली घर भएका २५ वर्षीय हेम खत्रीलाई पक्राउ गरेको हो।, खत्रीले गत बिहीबार १३ र १४ वर्षीया किशोरीलाई कीर्तिपुरमा रहेको साथीको कोठामा बन्धक बनाइ बलात्कार गरेको खुलेको हो।, वृत्तक...
सेतोपाटी संवाददाता फुजेल घटनाका मुख्य योजनाकार भनिएका आरोपी छविलाल पौडेल रिहा भएका छन्।, आइतबार चितवन जिल्ला अदालतले न्यायको मान्य सिद्धान्त र प्रमाण तथा ऐनको दफा २५ को दायित्व नेपाल सरकारले गर्न नसकेको मुद्दामा कानूनी रूपले प्रमाण अभाव देखिँदा दाबी स्थापना हुन सक्ने आधार एवं कारण नदेखिएको भन्दै आरोपी पौडेलसँगै ११ जना...