content
stringlengths
20
64.1k
सबिना श्रेष्ठ पाटन संग्रहालयबाहिर अग्लो कुर्सीमा थचक्क बसेर मरिना पेरिक सुस्तरी हात चलाउँदै थिइन्।, उनको एउटा हातमा ब्रस थियो। अर्कोमा छिसछिस पानी छर्ने सानो प्लास्टिक भाँडो।, शल्यचिकित्सकले बिरामीको घाउमा ब्लेड चलाएझैं उनी संग्रहालयको भित्तामा कुँदिएका धातुका मूर्तिमाथि ब्रस गर्दै थिइन्। बीच–बीचमा छिसछिस पानी छर्थिन्...
रासस श्रीमान् श्रीमतीको सहमतिमा सम्बन्ध विच्छेद स्वभाविक हो तर यहाँ श्रीमतीलाई थाहा नै नदिइ सम्बन्ध विच्छेद गरेको घटना सार्वजनिक भएको छ। , , आफूलाई थाहा नै नदिइ श्रीमानले सम्बन्ध विच्छेद गरेको भन्दै आज स्याङ्जा जिल्ला अदालतमा ५० वर्षीया मीनाकुमारी क्षेत्रीले उजुरी दिएकी हुन्।, उनले रुँदै भनिन्, ‘मलाई थाहा नै नदिइ कसरी...
रासस न्यूनतम पारिश्रमिक निर्धारण समितिले सञ्चार माध्यममा काम गर्ने श्रमजीवी पत्रकार, कर्मचारी तथा कामदारको पारिश्रमिक पुनरावलोकन गर्ने निर्णय गरेको छ ।, समितिको आज बसेको बैठकले सञ्चार माध्यममा काम गर्ने पत्रकारको न्यूनतम पारिश्रमिक सञ्चार माध्यमअनुसार पुनरावलोकन गर्दै सरकारलाई सिफारिश गर्ने निर्णय गरेको हो । निर्णयअनु...
रासस नारायणगढ–मुग्लिङ सडकखण्ड आज बिहानदेखि अवरुद्ध भएको छ। सो सडकखण्डको तीन ठाउँमा पहिरो खसेपछि यातायात सेवा अवरुद्ध भएको हो।, जिल्ला प्रहरी कार्यालयका अनुसार इच्छाकामना गाउँपालिका–६ को कालीखोला, जलवीरे र चारकिलोमा पहिरो खसेको छ।, पानी परिरहेकाले पहिरो पन्छाउन नसकिएको प्रहरीले जनाएको छ।, सोही सडकखण्डको जलवीरेमा सोमबार...
नारायण खड्का प्युठानमा स्थानीय प्रशासनले मदिरा सेवन गरी सार्वजनिक यातायातमा यात्रा गर्न नपाइने नियम लागू गरेको छ।, उल्लेखित नियमविपरीतका गतिविधि गर्नेलाई एक हजार जरिवाना गर्ने नियम लागू गरिएको जिल्ला प्रहरी प्रवक्ता तथा प्रहरी निरीक्षक गीताप्रसाद चौधरीले जानकारी दिए ।, यस्तै, प्रशासनले रातको साढे आठ बजेपछि होटल खोल्न ...
खिलानाथ ढकाल प्रधानमन्त्री केपी ओलीले भदौ ५ गते विराटनगरमा गोबर ग्यास उद्घाटन गर्दै भनेका थिए- आज ३२ घरले सिलिन्डरका डल्ला फाले।, उनले पाइपमार्फत् घर-घरमा ग्यास बलेको देखिएको बताएका थिए। ‘सिलिन्डर युगको अन्त्य भएको’ घोषणा पनि गरेका थिए।, प्रधानमन्त्री ओलीको घोषणा उल्टिन धेरै दिन कुर्नु परेन। घरमा पुगेको पाइपमा महिना द...
सेतोपाटी संवाददाता कीर्तिपुर बलात्कार घटना, बिहीबार साँझ इमाडोलस्थित घर छोडेर दुई किशोरी बाहिर निस्केका थिए। १३ र १४ वर्षीया भनिएका ती दिदीबहिनीमध्ये एक जना कीर्तिपुरमा बलात्कृत भएको उजुरी प्रहरीमा आइतबार आयो।, सो उजुरीको आधारमा प्रहरीले एक युवालाई पक्राउ गरी अनुसन्धान अगाडि बढाएको छ। महानगरीय प्रहरी परिसर काठमाडौंका ...
रासस  काभ्रेपलाञ्चोकमा सुनकोशी नदीले बगाउँदा सोमबार दुई जना बेपत्ता भएका छन् ।, जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक रविराज खड्काका अनुसार चौरीदेउराली गाउँपालिका–८ का १४ वर्षीय प्रदीप पहरी र सोही ठाउँका १८ वर्षीय आशिष पहरीलाई पौडी खेल्ने क्रममा सुनकोशीले बगाएको हो ।, गाउँकै सुनिल पहरीको मलामी गएका दुवै जना महादेवस...
मनोज सत्याल संसदीय सुनुवाइबाट प्रधानन्यायाधीशमा अस्वीकृत दीपकराज जोशी मंगलबारबाट सर्वोच्च फर्कने भएका छन्।, जोशीले सोमबार नवनियुक्त प्रधानन्यायाधीश ओमप्रकाश मिश्रलाई वरिष्ठतम् न्यायाधीशको हैसियतमा अदालतमा स्वागत गरेका थिए।, प्रधानन्यायाधीशमा सिफारिश जोशीलाई साउन १८ गते संसदीय सनुवाइ समितिले अस्वीकृत गरेको थियो। त्यसको...
रासस मध्यपश्चिम क्षेत्रीय अस्पताल कालागाउँ, सुर्खेतमा सिटीस्क्यान सेवा शुरु भएको छ ।, लामो समयदेखि यहाँका नागरिक सिटीस्क्यान सेवाबाट वञ्चित रहँदै आएका थिए ।, जटिल रोगको उपचारका लागि उक्त सेवा आवश्यक रहेको क्षेत्रीय अस्पताल सुर्खेतका मेडिकल सुपरिटेन्डेन्ट डा डम्बर खड्काले बताए । डा खड्काका अनुसार तत्कालीन स्वास्थ्यमन्त...
सागरराज तिमिल्सिना पोखरा महानगरपालिका २४ लौरुक खोलाले बगाउँदा एक जनाको मृत्यु भएको छ।, पोखरा महानगरपालिका २४ लौरुक घर भएका ५५ वर्षीय गुन्जबहादुर बस्नेतको मृत्यु भएको वडा प्रहरी कार्यालय बैदामका प्रमुख डिएपी नवीन कार्कीले जानकारी दिए।, सोमबार साँझ डेरीमा दूध छोडेर घर फर्किँदै गर्दा लौरुक खोलाले बगाएर बस्नेतको मृत्यु भए...
रासस संयुक्त राष्ट्रसंघका पूर्वमहासचिव बान की मुन र चर्चित अर्बपति बिल गेट्सले एउटा अन्तर्राष्ट्रिय संस्थामा सँगै काम गर्ने भएका छन्। , , आउँदो महिना घोषणा हुने जलवायु परिवर्तनसम्बन्धी अन्तर्राष्ट्रिय एउटा आयोगमा उनीहरूले सँगै काम गर्न लागेको नेदरल्याण्ड सरकारले जनाएको छ । , , सो आयोगलाई ग्लोबल सेन्टर अन एडप्टेसनले मु...
रासस नारायणगढ–मुग्लिन सडकखण्डको चार किलोमा खसेको पहिरो पन्छाउन आज दिनभर लाग्ने भएको छ।, सो स्थानमा आज बिहान १:३० बजे पहिरो खसेको थियो। अन्य विभिन्न ठाउँमा पनि पहिरो खसेको छ। , , नारायणगढ–मुग्लिन सडक आयोजनाका इञ्जिनियर शिव खनालका अनुसार रूखसहित पहाडको ढिस्को खसेपछि सडक अवरुद्ध भएको हो। खनालले भने, ‘निकै ठूलो पहिरो छ, प...
रासस चोरी डकैतीमा संलग्न तीन जनालाई प्रहरीले सोमबार पक्राउ गरेको छ ।, पक्राउ पर्नेमा बर्दिवास नगरपालिका–१३ का अजमल अली शेष, इसुन घिसिङ र रमेश लामा रहेको प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काले जानकारी दिएका हुन् ।, उनीहरुले गत शनिबार भङ्गाहा नगरपालिका–६ जमुनियाँका अर्जुन भुजेलको घरबाट १० लाख बराबरको धनमाल लुटपाट ग...
सेतोपाटी संवाददाता मोरङमा ‘लेप्टोस्पाइरोसिस’ रोगको संक्रमण फेरि देखा परेको छ। विराटनगरस्थित नोबेल अस्पतालमा उपचाररत् एक बिरामीमा ‘लेप्टोस्पाइरोसिस’ संक्रमण देखा परेको हो।, अस्पतालका अनुसार रंगेली नगरपालिका–३ का ५८ वर्षीय होमनाथ काफ्लेको रगत परीक्षण गर्दा ‘लेप्टोस्पाइरोसिस’ भेटिएको हो। यो रोगबाट पीडित काफ्लेको अवस्था च...
सेतोपाटी संवाददाता चट्याङ लागेर सुर्खेतमा एक जनाको मृत्यु भएको छ।, जिल्लाको गुर्भाकोट नगरपालिका–१४ जुगेपानीमा चट्याङ लागेर स्थानीय ५० वर्षीय प्रेमबहादुर कामीको मृत्यु भएको हो।, घरमा बसिरहेका बेला चट्याङ लाग्दा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ।, प्रहरीका अनुसार चट्याङ लागेर उनकी श्रीमती खगिसरा...
सेतोपाटी संवाददाता मंगलबार बिहान साढे चार बजे ठमेलस्थित ज्याठामा एकाएक त्रास फैलियो। बिहानीपख भएका बिष्फोटको आवाज जमलसम्मै सुनियो।, ज्याठा क्षेत्रमा भागदौड मच्चियो। कारण थियो– अक्सिजन सिलिण्डर बिष्फोट।, प्रहरीका अनुसार ज्याठास्थित सुनिलमान स्थापितको घरको पानी तान्ने मेसिनमा विद्युत सर्ट भएपछि आगलागी भएको थियो।, आगलागी...
सेतोपाटी संवाददाता राष्ट्रिय पुनर्निर्माण प्राधिकरण निर्देशक समितिले निजी आवास पुनर्निर्माणको काम स्थानीय तहलाई नै दिने निर्णय गरेको छ।, प्रधानमन्त्री एवम् प्राधिकरणका निर्देशक समितिका अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा बिहिबार सिंहदरबारमा बसेको बैठकले निजी आवास पुनर्निर्माणको काम स्थानीय तहलाई दिने निर्णय गरेको हो।...
शोभा शर्मा  बलात्कार मुद्दामा खेलाँची- भाग २ , त्यो घटना हुँदा उनी नौ कक्षाको जाँच दिँदै थिइन्।, त्यसपछि पढाइ छुट्यो, गाउँ पनि छुट्यो।, लगभग छ महिना भयो, दिया (नाम परिवर्तन) गाउँ फर्केकी छैनन्। आमाबा उतै छन्। उनी यहाँ काठमाडौंमा दिदीसँग बस्छिन्।, दियाको घर दोलखा हो। उमेर १६ वर्ष। उनकी विवाहित दिदी ज्यालादारी काम गर्छि...
नारायण महर्जन काठमाडौंमा पानी पर्नासाथ हिलो र घाम लाग्नासाथ धुलो त सामान्य भइसक्यो तर, अलिकति पानी पर्‍यो कि सडकमै ‘खोला’ बग्नुसमेत आजभोलि काठमाडौंमा सामान्य जस्तै भइसकेको छ।, अव्यवस्थित शहरीकरण, ढल निकासको उचित प्रवन्ध नहुनुका साथै पछिल्लो समय मेलम्ची खानेपानी आयोजनाको पानीको पाइप विछ्याउने काम गरिरहेकाले पानी पर्नास...
रासस शिक्षक सेवा आयोगले यसपटकदेखि फारम भरेको जिल्लाबाट परीक्षा दिन नपाइने व्यवस्था गरेको छ। , , यही असोज ११ गतेदेखि हुने शिक्षकको परीक्षालाई मर्यादित बनाउन फारम भरेको जिल्लाबाट नभइ फरक जिल्लाबाट परीक्षा दिनुपर्ने व्यवस्था गरेको आयोगका उपसचिव दामोदर आचार्यले जानकारी दिए। , , ‘परीक्षालाई विश्वसनीय र मर्यादित बनाउन यस पट...
भानुभक्त पूर्णिमाको रात। टहटह जुन।  परम्परागत पहिरनमा सजिएका गाउँले। बेलाबेलामा मट्टीतेल छर्केर ह्वारह्वार्ती बलिरहेका दाउरा। एकछिनमा सुरू भयो तिब्बती धुन। स्थानीय महिलाहरू सूदुरपश्चिममा देउडा नाचेजस्तो गरी गोडाको चाल मिलाएर गोल घेरामा नाच्न थाले।, केहीबेरपछि लाउडस्पिकरमा बज्यो, नेपाली गीत- रूपै मोहनी नारायण रूपै मोहन...
खिलानाथ ढकाल पूर्वयुवराज्ञी हिमानी शाहद्वारा सञ्चालित हिमानी ट्रष्टले गोरखा क्षेत्र नम्बर २ स्थित पालुङटार नगरपालिका ठाँटीपोखरीमा विद्यालय भवन निर्माण गरिदिएको छ।, नयाँ शक्ति पार्टीका संयोजक डा. बाबुराम भट्टराई निर्वाचित क्षेत्रमा हिमानी ट्रष्टले बनाएको विद्यालय भवन बिहीबार उद्घाटन गरिएको छ। श्री भवानी उच्च माध्यमिक व...
सेतोपाटी संवाददाता काठमाडौं महानगरका उपमेयर हरिप्रभा खड्गीले पशुपतिको श्लेषमान्तक वनमा सिमेन्टको बाटो बनाउने कार्य रोक्न निर्देशन दिएकी छन्।, पशुपति क्षेत्र विकास कोषले श्लेषमान्तक वनको प्राकृतिक सुन्दरता मासिने गरी कंक्रिट बाटो बनाएको भन्दै विरोध भएपछि उपमेयर खड्गी बिहीबार निरीक्षणमा गएकी थिइन्।, उनले उक्त निर्माण तत...
सेतोपाटी संवाददाता गोरखाबाट शनिबार बिहान ६ जना यात्रु बोकेर आएको अल्टिच्युड एयरको हेलिकप्टर सम्पर्कविहीन भएको छ।, गोर्खाको सामागाउँबाट पाइलटसहित ७ जना सवार हेलिकप्टर सम्पर्कविहीन भएको हो।, हेलिकप्टरमा पाइलट निश्चल केसीसहित पाँच जना नेपाली र एक जना जापानीज नागरिक रहेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल स्रोतले बतायो। ...
दिपकजंग शाही यही भदौ २९ गते जुम्लामा हुने भनिएको लगानी सम्मेलन स्थगित भएको छ। प्राविधिक कारणसँगै भदौ २९ गते नै काठमाडौंमा अर्थसम्बन्धी राष्ट्रिय सम्मेलन हुन लागेकाले लगानी सम्मेलन स्थगन गरिएको आयोजक चन्दननाथ नगरपालिकाका मेयर कान्तिका सेजुवालले बताइन्।, स्थानीय तहका तर्फबाट नेपालमै पहिलोपटक चन्दननाथ नगरपालिकाले जुम्लाम...
रासस बाह्रैमास काठमाडौँको सडकबाट दिक्क हुने स्थिति आउन थालेको छ। चाबहिल–साँखु सडकखण्डको अवस्थाबाट सवारीसाधनका चालक र यात्रु दिक्क छन्। वर्षामा हिलो र खाल्डाखुल्डी तथा हिउँदमा धुलोबाट आजित हुनु परेको छ।, चाबहिल–साँखु सडकखण्डमा जताजतै खाल्डाखुल्डी मात्रै छन्। पानी जमेको छ। सडक हिलाम्मे भएपछि सर्वसाधारणले सहजै सडक वारपार...
खिलानाथ ढकाल शारदाप्रसाद अधिकारी निर्माण व्यवसायी हुन्। सहरमा उनको परिचय भने नेकपा अध्यक्ष पुष्पकमल दाहालका घरबेटी भन्ने छ। अधिकारीलाई प्रचण्डको घरबेटी भनेर परिचय गराएको चित्त बुझ्दैन। उनको कम्पनीले ठेक्का लिएका अधिकांश सडक समयमा बन्न सकेका छैनन्। अधिकारीसँग उनको व्यवसाय तथा उनको राजनीतिक सम्बन्धबारे ,सेतोपाटी,का ,खिल...
सेतोपाटी संवाददाता प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले निर्मला पन्तका हत्यारालाई कानुनी दायरामा ल्याइ छाड्ने बताएका छन् ।, निर्मला पन्तको घरमा नै पुगेर उनका आमाबाबुलाई भेटेर खनालले दुख ब्यक्त गर्दै हत्यारालाई कानुनी दायरामा ल्याइ छाड्ने प्रतिबद्धता जनाएका हुन् ।, 'अपराधी पक्राउ गर्न समय लाग्छ, धैर्य गर्नुस् ' खनालले ...
सेतोपाटी संवाददाता प्रधान न्यायाधीशमा सिफारिस ओमप्रकाश मिश्रलाई त्रिभुवन विश्वविद्यालयको प्रश्नपत्र बेच्नेलाई उन्मुक्ति दिएको आरोप लागेको छ। मिश्र विरुद्ध संसदीय सुनुवाई समितिमा परेको उजुरीमा त्रिभुवन विश्वविद्यालयको गणित तर्फको उपप्राध्यापक पदको परिक्षाको प्रश्नपत्र नन्दकिशोर कुमार सिंहले बेचेको दावी गरिएको छ।, उजुरी...
दिपकजंग शाही नयाँ मुलुकी संहिता लागू भएदेखि हालसम्म जिल्ला अदालत सुर्खेतममा सम्बन्ध विच्छेदका लागि ३० मुद्दा दर्ता भएका छन्। मुलुकी संहिता लागू भएको २२ दिनमा (२१ गतेसम्म) जिल्ला अदालत सुर्खेतमा आएका ३० मुद्दामध्ये पुरुषहरुले पनि सम्बन्ध विच्छेदका लागि निवेदन दिएका छन् ।, अदालतका श्रेस्तेदार वीरेन्द्रबहादुर मल्लका अनुस...
सागरराज तिमिल्सिना पोखराको बेगनास ताल तरेर दर खान पारी जान डुंगामा चढेका यात्रु बेगनास तालमा डुंगासँगै डुड्बा दुई जनाको मृत्यु भएको छ।, बेगनास तालको लिब्दी टुडँमा १० जना सबार डुंगा पल्टिदाँ २ जना महिलाको मृत्यु भएको छ भने ६ जना बेपत्ता छन् । २ जनाको उद्धार भएको छ।, उद्दारपछि उपचारको लागि अस्पताल पुर्‍याईएकी तनहुँकी ३२...
सेतोपाटी संवाददाता गोरखाबाट काठमाडौं आउने क्रममा सम्पर्कविहीन भएको अल्टिच्युड एयरको हेलिकप्टर नुवाकोटमा दुर्घटनाग्रस्त अवस्थामा भेटिएको छ।, पाइलटसहित ६ जनाको मृत्यु भएको छ भने १ जना जीवितै भेटिएकी छन्।, नुवाकोटको मेघाङ गाउँपालिकाको मैलुङ भन्ने स्थानमा दुर्घटनाग्रस्त हेलिकप्टर भेटिएको प्रहरीले जनाएको छ।, रामेछापका ४० व...
सेतोपाटी संवाददाता अल्टिच्युड एयरको हेलिकप्टर दुर्घटनामा बाच्न सफल गोर्खाको चुमनुब्री गाउँपालिका २ की ल्हो आनी डोल्मा डिकीलाई मेडिसिटी अस्पताल ल्याइएको छ।, डाक्टर सञ्जय कार्कीको टोलीले उनलाई ल्याएको हो।, गोरखाको सामागाउँबाट ६ यात्रु लिएर काठमाडौं आउँदै गरेको हेलिकप्टर नुवाकोटमा दुर्घटना भएको थियो।, हेलिकप्टर दुर्घटना ...
सेतोपाटी संवाददाता अल्टिच्युड एयरको हेलिकप्टर दुर्घटनामा बाच्न सफल गोर्खाको चुमनुब्री गाउँपालिका २ की ल्हो आनी डोल्मा डिकीलाई मेडिसिटी अस्पताल ल्याउने तयारी भएको छ।, उनलाई ल्याउनको लागि डाक्टर सञ्जय कार्कीको टोली त्यसतर्फ प्रस्थान गरेको मेडिसिटीका नवीन बज्राचार्यले जानकारी दिए।, गोरखाको सामागाउँबाट ६ यात्रु लिएर काठमा...
सागरराज तिमिल्सिना पोखरा महानगरको लेखनाथमा रहेको बेगनास तालमा डुंगा दुर्घटना भएको छ ।, डुंगामा नौजना यात्रुमध्ये ४ जनाको जीवितै उद्धार गरिएको छ भने १ जनाको शव निकालिएको स्थानीयले बताए। अन्य ४ जना बेपत्ता छन् ।, मृत्यु हुनेमा कृष्णकुमारी बजगाँइको रहेकी छन्। उपचारको क्रममा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका डिएसप...
सेतोपाटी संवाददाता गोरखाको सामागाउँबाट यात्रु लिएर काठमाडौं फर्कदै गरेको अल्टिच्युड एयरलाइन्सको हेलिकोप्टर नुवाकोटको मेघाङ गाउँपालिकास्थित बसुन्चेत भन्ने ठाउँमा दुर्घटना भएको आशंका गरिएको छ।, नुवाकोटका प्रमुख जिल्ला अधिकारी उद्धवबहादुर थापाले भने,‘दुर्घटना बसुन्चेतमा भएको आशंका गरिएको छ। एकदम भिरालो ठाउँ र एकदम हुस्सु...
सेतोपाटी संवाददाता प्रहरीले गोरखाबाट अवैध १० किलो सुनसहित दुई जना पक्राउ गरेको छ।, गोरखाको चुमनुव्री गाउँपालिका–७ छेकम्पारका मुटुक लामा र लोप्सान तेन्जे लामालाई शनिबार प्रहरीले १० किलो सुनसहित पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ।, सुनसहित पक्राउ परेका २ जनालाई जिल्ला प्रहरी कार्यालयमा झिकाइएको गोरखा प...
नारायण महर्जन नगरभित्रका विभिन्न पाँच टोलमा रहेका दिपंकर बुद्धलाई पूजा तथा दान दिएर ‘पञ्चदान’ पर्व भक्तपुरमा मनाईएको छ ।, नेपाल संम्वत ५१२ देखि मनाउन थालेको किम्ंवदन्ती रहेको पञ्चदान पर्वमा बौद्धधर्मावलम्वीहरुले पाँच दिपंकरहरुलाई बिहारबाट निकाली नगरका विभिन्न टोलमा दान दिने र ग्रहण गर्ने परम्परा छ ।, ६ सय वर्ष अगाडिदे...
भानुभक्त आज कुसे औसी अर्थात बुबाको मुख हेर्ने दिन। यसै सन्दर्भमा हामीले ,२०७४ भदौ ५ गते प्रकाशन गरेको स्टोरी आज पुनः प्रकाशन गरेका छौ- सम्पादक, एमाले सचिव प्रदीप ज्ञवालीले हामीलाई धुम्बाराही पार्टी कार्यालय डाकेका थिए। हामी जे विषयमा कुराकानी गर्न गइरहेका थियौं, त्यसका लागि पार्टी कार्यालय उपयुक्त थिएन।, बेलाबेला आगन...
रासस नुवाकोटमा शनिबार भएको अल्टिच्युड एयरलाइन्सको हेलिकप्टर दुर्घटनामा मृत्यु भएकाको शव आज बिहान विदुर ल्याइएको छ।, दुर्गम स्थानमा भएका कारण शव ल्याउन कठिनाइ भएको र रातभरि प्रहरी र स्थानीयवासीको सक्रियतामा शवको उद्धार गरिएको प्रमुख जिल्ला अधिकारी उद्धवबहादुर थापाले जानकारी दिए। शवलाई काठमाडौँ पठाउने तयारी रहेको छ।, हे...
खिलानाथ ढकाल गृह मन्त्रालयले काम नगर्ने १०६ ठेकेदारको सूची सार्वजनिक गर्दा पप्पु कन्स्ट्रक्सन प्रा.लि.को नाम थिएन। पप्पु देशभरि ठेक्का लिएर काम नगर्ने कन्स्ट्रक्सनमा सबैभन्दा आलोचित कम्पनी हो। , पप्पुले राजधानीबाहिर आधा दर्जन बढी पुल र सडक ठेक्का लिएर अलपत्र पारेको छ। काठमाडौं टेकुमा पुल निर्माण पनि लामो समय पूरा गरेक...
रासस हेमन्त के सी, कतै बाबुको मृत्यु हुँदा आमाले दोस्रो बिहे, त कतै बाबु पत्ता नलाग्दा यहाँका एक हजार पाँच सय बालबालिका जोखिमपूर्ण जिन्दगी बिताउन बाध्य भएको पाइएको छ ।, आमा, बाबाको न्यानो माया र शिक्षा अनि संस्कार सिक्ने उमेरमा बेवारिसे बन्दै जिन्दगी नै धरापमा परिरहेको अवस्थाले गर्दा निकै समस्या परेको सरोकारवाला निकाय...
सागरराज तिमिल्सिना शनिबार बेगनास तालमा डुंगा डुब्दा बेपत्ता भएका ६ जनाको आइतबार बिहानदेखि खोजी तिब्र पारिएको छ।, नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र स्थानीयहरुले बिहानैदेखि खोजी गरेका छन्। खोजीका लागि शसस्त्र प्रहरीको कुरिनटारको गोताखोर टोली पनि खोजीका लागि आएको कास्की प्रहरी प्रमुख ओम रानाले जानकारी दिए।, पोख...
रासस स्थानीय तहमा जनप्रतिनिधि आएको एक वर्ष पूरा भइसक्दासमेत जनताले भने जस्तै अनुसारको सेवासुविधा पाउन सकेका छैनन्। , , स्थानीय तहमा कर्मचारी अभाव हुँदा दैनिक कामकाज प्रभावित भएर नागरिकले सेवा पाउन सास्ती खेप्नुपरेको छ। बैतडीका ८४ वडामध्ये ५० वडा सचिवविहीन रहेका छन्। वडामा सचिव नहुँदा निकै समस्या भएको छ। , दशवटा स्थानी...
सेतोपाटी संवाददाता सरकारी वकिलको कार्यालयले मुद्दा नचलाएपछि यौन दुराचारको अभियोगमा पक्राउ परेका ६६ वर्षीय स्वीस नागरिक पिटर क्रिष्चियन छुटेका छन्।, उनलाई महानगरीय अपराध महाशाखाको टोलीले गत साउन ४ गते पक्राउ गरेर जिल्ला अदालत भक्तपुरमा मुद्दा दायरका लागि सरकारी वकिलको कार्यालयमा मिसिल बुझाएको थियो। तर, प्रमाण नपुगेको भ...
नारायण महर्जन भाद्र कृष्ण औँशीका दिन आज बिहानैदेखि राजधानीको उत्तरपूर्वमा रहेको गोकर्णेश्वर महादेव मन्दिर परिसरमा दिवङ्गत पितृप्रति तर्पण, पिण्डदान र श्राद्ध गर्ने भक्तजनको भीड लागेको छ ।, पितृ तीर्थधाम एवं उत्तरगया भनेरसमेत चिनिने यस स्थलमा आई आज तर्पण, पिण्डदान र श्राद्ध गरे घर, मामाघर र ससुरालीतर्फका २१ पुस्तासम्मक...
सेतोपाटी संवाददाता नेपाल चिकित्सक संघले भदौ २५ गतेसम्मको लागि आन्दोलनका कार्यक्रम स्थगित गरेको छ।, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तर्फबाट मुलुकी अपराध (संहिता) ऐन २०७४ का विवादास्पद बुँदाहरूका सम्बन्धमा संशोधन प्रस्ताव संसदमा भदौ २५ गतेसम्म दर्ता गराउने लिखित प्रतिवद्धता गरेको हुनाले संघले दबाबमूलक कार्यक्रमहरू भद...
रासस कृष्णपुर नगरपालिकामा सोमबार दुई युवती बेहोस अवस्थामा भेटिएका छन्।, कृष्णपुर–५ चौराह नजिक गौरा हेर्न गएका बेलौरी नगरपालिका–९ का १९ वर्षीया अञ्जली राना र कैलालीको गोदावरी नगरपालिका–१ का बबिता राना बेहोस अवस्थमा फेला परेका हुन्। दुवै जनालाई उपचारका लागि सेती अञ्चल अस्पताल भर्ना गरिएको इलाका प्रहरी कार्यालय कृष्णपुरल...
सेतोपाटी संवाददाता भदौ १ गतेदेखि लागू भएको नयाँ मुलुकी ऐनको फौजदारी संहिताको इलाजसम्बन्धी व्यवस्थामा संशोधन गर्न सरकार तयार भएको छ।, सोमबार आन्दोलनरत नेपाल चिकित्सक संघका पदाधिकारी र स्वास्थ्य राज्यमन्त्री डाक्टर सुरेन्द्रकुमार यादवबीचको वार्तामा सरकार संहिता संशोधनको प्रक्रिया अघि बढाउन तयार भएको हो।, ‘हामी उहाँहरूको...
सेतोपाटी संवाददाता प्रहरीले काठमाडौंबाट २ किलो नक्कली  सुन बरामद गरेको छ।, काठमाडौं प्रहरी परिसरले नागढुंगाबाट २ किलो नक्कली सुन बरामद गरेको हो।, काठमाडौं र त्यस मातहतको वृत्त थानकोटबाट खटिएको टोलीले  सुनसहित एक जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।,  , नागढुंगाबाट २ किलो नक्कली सुन बरामद
अमृता लम्साल 'आमा! बुबा खोई?', 'यतै घुम्न जानुभएको होला!', 'उहाँ को त?' नजिकै उभिएका उनका कान्छा छोरालाई देखाउँदै सोधेँ।, 'ऊ, भाइ हो। दाजु थापाथली बस्छ,' उनले भनिन्।, ९५ वर्षीया चोककुमारी पोख्रेल जसलाई भाइ भनेर चिनाउँदै थिइन्, खासमा ती उनका छोरा थिए।, यो यही साउन २८ को कुरा हो।, गत पुस महिनादेखि चोककुमारीलाई अल्जाइमर्...
सेतोपाटी संवाददाता अति दुर्लभ वन्यजन्तु रेड पान्डा (हाब्रे)सहित दुई जना पक्राउ परेका छन्। महानगरीय प्रहरी प्रभाग दरबारमार्गको टोलीले मंगलबार दिउँसो काठमाडौंको टुकुचाबाट मारिएका पाँच वटा रेड पान्डासहित सोलुखुम्बुका पवन श्रेष्ठ र शुक्र राईलाई पक्राउ गरेको हो।, ‘चाबहिलबाट ठमेलमा बेच्न ल्याउन लागेको सुराकी आधारमा हामीले च...
नारायण खड्का व्यक्ति हत्याका एक जना अभियुक्तलाई दाङ प्रहरीले सात वर्षपछि पक्राउ गरी सार्वजनिक गरेको छ।, राप्ती गाउँपालिका वडा नं. १ भालुवाङ निवासी ३७ वर्षीय किरण भनिने कुमवीर बूढालाई प्रहरीले सात वर्षपछि पक्राउ गरेको हो।, बूढामाथि घोराही उपमहानगरपालिका १० दक्षिण अम्राइका  ३६ वर्षीय टेकबहादुर घर्तीको २०६८ साल असार २८ ग...
सेतोपाटी संवाददाता पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीको आत्मकथा ‘न्याय’ भदौ अन्तिम साता सार्वजनिक हुने भएको छ।, बुकहिल पब्लिकेशनस्‌ले मंगलबार राजधानीमा पुस्तकको पहिलो लुकसँगै विमोचनको मिति सार्वजनिक गरेको हो। पब्लिकेशन्सका अध्यक्ष भूपेन्द्र खड्काले भदौ अन्तिम साता न्याय बजारमा उपलब्ध हुने जानकारी दिए।, कार्यक्रममा पूर...
रासस सुत्केरीको मृत्यु भएपछि पाँचथरको एउटा स्वास्थ्यचौकीमा तनाव भएको छ।, याङवरक गाँउपालिका–३ स्थित स्वास्थ्य चौकीमा सुत्केरीको मृत्यु भएपछि आफन्त आन्दोलनमा उत्रेका छन्। उनीहरूले चिकित्सकको लापर्बाहीका कारण सुत्केरीको मृत्यु भएको आरोप लगाएका छन्। याङवरक गाँउपालिका–३ का सुत्केरी गीता देवान सेलिङको आइतबार स्वास्थ्यचौकीमा...
सबिना श्रेष्ठ काठमाडौं सम्पदा, पृथ्वीनारायण शाहले मल्ल राजालाई हराएर काठमाडौं जितेपछि हनुमानढोकाको ‘आगम छेँ’ बन्द भयो।, यो मल्ल राजाहरूको गोप्य मन्दिर थियो। तान्त्रिक विद्या जानेका मल्ल वंशका उत्तराधिकारी मात्र यहाँ छिर्न पाउँथे। पृथ्वीनारायण र त्यसपछिका शाहवंशीय राजाहरूले यो नियम तोडेनन्।, कान्तिपुर विजयपछि पृथ्वीनार...
सेतोपाटी संवाददाता पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले गोरखाको लाप्राकमा गैरआवासीय नेपाली संघ एनआरएनएले बनाइरहेको एकीकृत नमूना वस्तीको पुनर्निर्माण शीघ्र सम्पन्न गर्न आग्रह गरेका छन्।, लाप्राकमा निर्माण भइरहेको एकीकृत नमूना बस्तीको पुनर्निर्माणको अवस्था बारे एनआरएनएका पदाधिकारीसँग छलफल गर्...
एजेन्सी जापानमा मंगलबार साँझ २५ वर्षयताकै ठूलो आँधी आएको छ। आँधीमा परी पश्चिम जापानमा कम्तिमा ७ जनाको ज्यान गएको छ भने २ सयभन्दा बढी घाइते भएका छन्।, जापानको मौसम विभागका अधिकारी अकिहिरो किकुचीले यो आँधी सन् १९९३ पछिको सबैभन्दा ठूलो भएको बताए।, टाइफुन तेबी नाम दिइएको आँधीले कान्साई अन्तर्राष्ट्रिय विमानस्थल जोड्ने मुख...
सेतोपाटी संवाददाता तिब्बतबाट नेपाल भित्रिएको दुई किलो सुन प्रहरीले चितवनमा समातेको छ। जिल्ला प्रहरी कार्यालय चितवन र प्रदेश नम्बर ३ क्षेत्रीय अनुसन्धान समूहले भरतपुर महानगरपालिका १ पुतलीबजारबाट मंगलबार मध्यराति सुन समातेको हो।, पुतलीबजारस्थित एक घरमा डेरा बस्ने भारत महाराष्ट्र साङ्ली जिल्लाका राजेन्द्र पाटिलले सञ्चालन...
शोभा शर्मा बलात्कार मुद्दामा खेलाँची- भाग १, कञ्चनपुरको भीमदत्तनगरकी १३ वर्षीया बालिकाको बलात्कारपछि हत्या घटनाको अनुसन्धानमा प्रहरीले लापरबाही गरेको भन्दै स्थानीय अझै आन्दोलित छन्। कन्चनपुर घटनाको अन्तिम किनारा लाग्न बाँकी छ, त्यसैले अहिले नै प्रहरीले नक्कली  अभियुक्त खडा गरेको हो कि होइन भन्ने निष्कर्ष पुगिहाल्नु हत...
रासस कृषि तथा वन विज्ञान विश्वविद्यालय रामपुरका प्राध्यापकले तालाबन्दी गरेका छन्। विश्वविद्यालयको मूलद्वारमा मङ्गलबार ताला लगाएपछि नियमित काम अवरुद्ध भएको छ। , , विश्वविद्यालयले दिएको सम्बन्धन मन्त्रिपरिषद्को बैठकले खारेज गरेपछि दुइटा क्याम्पसले सर्वोच्च अदालतमा रिट दायर गरेका छन्। अदालतमा चलिरहेको मुद्दालाई सहयोग पुग...
चेतना गुरागाईं आठलेन रिङरोड बनाउन १२ सय रूख काटिए। विरोध भयो। सरकारले एउटाको बदला २५ वटा रोप्ने बाचा गर्यो।, रिङरोडको कलंकी–कोटेश्वर लगभग पूरा भइसक्यो। दस किलोमिटर खण्डमा अब चाहेर पनि रोप्न सकिन्न। वारि–पारि ठाउँ छैन। बीचमा सिमेन्टको ‘स्ल्याब’ ओछ्याएर बिरुवा रोप्ने ठाउँ राखिएन।, काठमाडौंका अधिकांश सडकको यही हाल छ।, सड...
सेतोपाटी संवाददाता काठमाडौं उपत्यकाको ‘बिजनेश हब’ न्युरोडमा रोवर्टिक मल्टिस्टोरी पार्किङ निर्माणका लागि इच्छा राख्ने निजी स्वदेशी तथा विदेशी कम्पनीसँग काठमाडौं महानगरले आशयपत्र माग गरेको छ।, महानगरले असोज १ गतेभित्र आशयपत्र दर्ता गर्न आह्वान गरेको छ।, सार्वजनिक सूचनाबाट आशय माग गर्दै महानगरले स्मार्ट र स्थानीयले अपनत्...
सेतोपाटी संवाददाता १० वर्षिया छोरीलाई बलात्कार गरेको अभियोगमा ललितपुरमा १ जना पक्राउ परेका छन्। ,ललितपुर प्रहरीले सम्बन्धविच्छेद भइसकेकी श्रीमतीतर्फकी छोरीलाई बलात्कार गरेको उजुरी परेपछि बाडेगाउँबाट एक जना पक्राउ गरिएको महानगरीय प्रहरी वृत्त सातदोबाटोका डिएसपी विनोद सिलवालले जानकारी दिए।, उनका अनुसार प्रारम्भिक अनुसन्...
रासस गत भदौ ९ गतेदेखि सम्पर्कविहीन भएका पत्रकार तेजबहादुर खड्का (तेजु)को खोजीका लागि गएको टोली बुधबार फर्किएको छ । ,जिल्लाकोे प्रसिद्ध धार्मिकस्थल बूढीनन्दा माईको दर्शन गरेर घर फर्किने क्रममा गत भदौ ९ गतेदेखि उनी सम्पर्कविहीन भएका थिए। नेपाली सेनाको रेस्क्यु टोलीले पत्रकार खड्का हराएको स्थानसम्म पुगेर खोजीकार्य गर्दा...
सेतोपाटी संवाददाता ओम हस्पिटल एण्ड रिसर्च सेन्टरको अध्यक्षमा उद्धब पौडेल सर्वसम्मत चयन भएका छन्।, हस्पिटलको बुधबार साँझ सम्पन्न सञ्चालक समितिको बैठकले पौडेललाई अध्यक्षमा चयन गरेको हो।, नेपालको चलचित्र क्षेत्रमा चार दशकदेखि सक्रिय रहेका पौडेल सरकारद्वारा पहिलो लाइफ टाइम अचिभमेन्ट प्राप्त र विशिष्ट चलचित्रकर्मीबाट विभूष...
शान्ति तामाङ साँघुरा गल्ली। गल्लीपिच्छे मठ-मन्दिर र चैत्य। पुरानो शैली सम्झाउने घरहरु। र, सँस्कृतिका अनेक पाटा।, किलागल, दम्बचोकको यो परम्परागत विशेषता अब एकादेशको कथा हुन सक्छ।, काठमाडौं महानगरपालिका र राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले मध्य-काठमाडौंको पुरानो बस्तीका यी विशेषता मासेर ‘हाउस पुलिङ’ योजना लागू गर्ने भएक...
रासस बुटवल उपमहानगरपालिकाले आफ्नो क्षेत्रभित्र सडकको स्तरोन्नतिलाई प्राथमिकतामा राखेर काम गरेको छ।, उपमहानगरपालिकाका विभिन्न वडामा पाँच हजार मिटर सडक पक्की तथा मर्मतका साथै ठूला मझौला र साना गरी ४६० भन्दा बढी नाला, कल्भर्टमा ह्युमपाइप जडान गरिएको बुटवल उपमहानगरपालिकाका प्रवक्ता रामप्रसाद रेग्मीले जानकारी दिए।, करिब रु...
रासस काठमाडौंमा पूर्णरूपमा एनालग टेलिभिजन बन्द भएसँगै यसको कडाइका लागि सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले अन्य सहरमा पनि यो प्रविधि बन्द गर्न अनुगमन सुरू गरेको छ। , , सरकारले देशभरका सबै एनालग टेलिभिजन बन्द गराउन अनुगमन गरिरहेको मन्त्रालयका योजना शाखाका अधिकृत सन्तोषकुमार खत्रीले जानकारी दिए।, , ‘एनालग टेलिभिजनको से...
सेतोपाटी संवाददाता स्वयम्भु हाइटमा गाडीभित्र शव फेला परेको छ। स्वयम्भु हाइटमा रहको बस पार्किङ क्षेत्रमा राखिएको बा.७ च ७०२१ नम्बरको स्विफ्ट कारभित्र शव फेला परेको हो। ,शव काठमाडौं नैकापका श्याम श्रेष्ठ भएको महानगरीय प्रहरी वृत स्वयम्भुका प्रहरी निरिक्षक हेमप्रसाद आचार्यले बताए। श्रेष्ठको केही दिनअघि नै मृत्यु भएको हुन...
सेतोपाटी संवाददाता नेपाली सेनामा सेकेन्ड लेफ्टिनेन्ट (अधिकृत क्याडेट) पदमा भर्ना खुलेको छ। सेनाले बिहीबार सूचना प्रकाशित गरी दरखास्त आह्वान गरेको हो।, उक्त पदमा २०० जनाको दरखास्त आह्वान गरिएको छ। पछिल्ला केही वर्ष सेनाले १२० जनाको दरखास्त आह्वान गरिरहेको थियो।, अधिकृत पदको धेरै नै आवश्यकता रहेकाले यसपालि संख्या बढाइएक...
सत्यमोहन जोशी (प्रस्तुतिः गिरीश गिरी) पश्चिमा कविहरूले चरालाई लिएर असाध्यै मार्मिक रचना दिएका छन्।, शेलीले स्काइलार्क चराको बयानमा ‘टु अ स्काइलार्क’ लेख्दै भनेका छन्–, ‘स्वीटेस्ट संग्स आर दोज द्याट टेल अफ स्याडेस्ट थट’, (मीठा गीत तिनै हुन्, जो चरम विरहका कथा भन्छन्), यस्ता सोच हामीकहाँ पनि नभएका होइनन्। हिन्दु धर्मका ...
सेतोपाटी संवाददाता कीर्ते कागजपत्र बनाएर करोडौं रुपैयाँभन्दा बढी रकम ठगी गर्ने गिरोहलाई प्रहरीले पक्राउ गरेको छ।, केन्द्रीय अनुसन्धान ब्यूरोको टोलीले बुधबार राजधानीका विभिन्न स्थानबाट उनीहरूलाई पक्राउ गरेको हो।, उनीहरूले कम्पनीको नाममा ७० करोड रुपैयाँभन्दा बढी ठगी गरेको खुलेको छ।, प्रहरीले ४५ वर्षीय राजन प्रसाद लम्साल...
खिलानाथ ढकाल कीर्ते कागजात खडा गरी ७० करोड ठगेको आरोपमा कम्पनी रजिष्ट्रार कार्यालयका दुई सहायक रजिष्ट्रारसहित १३ जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा सहायक रजिष्ट्रार नारायणप्रसाद पोखरेल र उमेशमान जोशी पनि छन्।, नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले ठगीमा संलग्नलाई विभिन्न मितिमा पक्राउ गरी मुद्दा चलाएको छ। ब्यू...
सेतोपाटी संवाददाता महानगरीय प्रहरी परिसर ललितपुरले बुधबार हतियार देखाएर लुटपाट गर्ने समूहलाई नियन्त्रणमा लिएको छ।, महानगरीय प्रहरी परिसर ललितपुरको टोलीले पेस्तोलसहित पाँच जनालाई पक्राउ गरेको हो।, पक्राउ पर्नेहरूमा काभ्रे खानी खोला गाउँपालिका घर भएका २८ वर्षीय अनिल घिसिङ, ३६ वर्षीय रमेश थोकर, ३० वर्षीय जगत बहादुर गोले,...
दिपकजंग शाही सुर्खेतको वीरेन्द्रनगरमा करेण्ट लागेर एक जनाको मृत्यु भएको छ।, बिहिबार वीरेन्द्रनगर नगरपालिका–५ का वडा अध्यक्ष राजबहादुर गुरुङको घरमा मिस्त्रीको काम गरिरहेका बेला करेण्ट लागेर एक जना मजदूरको मृत्यु भएको हो।, मृत्यु हुनेमा महोत्तरी जिल्लाको रानीजवारा गाउँपालिका ४ का ३० वर्षीय रवीन्द्र ठाकुर रहेका छन्।, करे...
खिलानाथ ढकाल पद्मकन्यामा डिग्री पढ्दै कृषिमा सक्रिय युवतीको कथा:, गीता रिजाल जिम्मेवार हुँदै गइन्, जब एक्लो भाइले एसईई परीक्षा पास गरे। सात दिदीबहिनीका एक्लो भाइ भएका कारण १४ वर्षीय बसन्त रिजाल ‘भाग्यमानी’ छन्।, उच्च शिक्षाका लागि उनले बुढेसकालमा आमा-बाबुलाई दुःख दिनु परेन। गाउँमै बसेर पढ्नु पनि परेन।, गीताको सपना भाइ...
नारायण खड्का दुई हप्ताअघि अष्टमी पर्व धुमधामले मनाएको थारु समुदायमा आइतबार अटवारी पर्व उल्लासपूर्वक मनाइएको छ।, कृष्ण जन्माअष्टमी पछिका दुई आइतबार अर्थात् कुशे औंशीपछि पर्ने अटवारी पर्व थारु समुदायले प्राचिनकालदेखि मनाउँदै आएको छ।, थारु समुदायले ‘माघी’ पछि दोस्रो ठूलो पर्वको रूपमा अटवारीलाई मनाउने गर्दछन्। थारु बहुल क...
नारायण खड्का आइतबार गोली हानी हत्या गरिएका रोल्पाको लिवाङ  नगरसमितिका नेपाल तरुण दलका अध्यक्ष सिमलवाङ निवासी २९ वर्षीय  रोहित पुनको शव बुझ्न परिवार सहमत भएका छन्।, आफन्त र परिवारजन रोहितको शव बुझ्न सहमत भएपछि मंगलबार बिहानदेखि पोष्टमार्टम सुरू भएको रोहितका जेठान रक्ष वलीले जानकारी दिए। ‘पोष्टमार्टम सुरू भइसकेको छ। आजै...
चेतना गुरागाईं बलिउड अभिनेता आमिर खान ‘सत्यमेव जयते’ कार्यक्रममा सामाजिक मुद्दा उठाउँछन्। सन् २०१४ को एक शृंखलामा उनले फोहोरमैला प्रशोधनबारे बहस चलाए।, हाम्रो यो कथा चार वर्षअघिको त्यही कार्यक्रमबाट सुरु हुन्छ।, भारतीय सहरहरूमा अग्लिएका फोहोरमैला पहाड कसरी सम्याउन सकिन्छ भन्नेमा कार्यक्रम केन्द्रित थियो। आमिरले यस्ता ...
प्रशन्न पोखरेल आफ्नो स्वामित्वमा नरहेको जग्गा धुर्मुस-सुन्तली फाउन्डेशनलाई दिने कृषि तथा वन विज्ञान विश्वविद्यालयको प्रस्ताव प्रधानमन्त्री तथा कुलपति केपी शर्मा ओलीले अस्वीकृत गरिदिएका छन्।  , प्रधानमन्त्री निवास बालुवाटारमा शुक्रबार बसेको विश्वविद्यालयको सिनेट बैठकमा ओलीले त्रिभुवन विश्वविद्यालयको स्वामित्वमा रहेको ज...
सेतोपाटी संवाददाता बुढानिलकण्ठमा गएराति चोरी भएको छ।, बुढानिलकण्ठ नगरपालिका ३ गौरीगाँउ बस्ने रामबहादुर भण्डारीको घरमा चोरी भएको प्रहरीले जनाएको छ।, भण्डारीको कोठाको पलङको घर्राभित्र राखिएको २ लाख रुपैयाँ र ५ लाख ६९ लाख रुपैयाँ बराबरको धनमाल चोरी भएको हो।, फरार चोरहरूको खोजीसँगै अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।, प...
रासस सिन्धुलीको दुधौली नगरपालिकास्थित दुधौली खोलाको पुल भासिएको छ। लगातारको वर्षासँगै आएको बाढीका कारण पुल भासिएको हो।, ,पुल भासिदा अहिले सवारी आवागमन अवरुद्ध भएको छ। बाढीका कारण वैकल्पिक राजमार्गअन्तर्गत कटारी–दुधौली सडक खण्डअन्तर्गत दुधौली नगरपालिका वडा नं ७ र ८ को सिमानामा पर्ने दुधौली खोलाको पक्की पुल भासिएपछि अह...
सेतोपाटी संवाददाता नेपाल चिकित्सक संघले आज देशभरका अस्पतालहरुमा आकस्मिक बाहेकका सबै सेवा बन्द गरेको छ । मुलुकी अपराध संहिता संशोधनको माग गर्दै उनीहरू आन्दोलनमा उत्रिएका हुन् ।, यस्तै  आजै नेपाल मेडिकल काउन्सिल गइ लाइसेन्स फिर्ता गर्ने कार्यक्रम पनि राखिएको छ।, संघले मुलुकी अपराध संहिता संशोधनको माग गर्दै आइतबार बिहान ...
सेतोपाटी संवाददाता त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा यति एयरलाइन्सको विमान ठूलो दुर्घटनाबाट बचेको छ।, नेपालगञ्जबाट २१ जना यात्रु बोकेर काठमाडौं आएको यती एयरलाइन्सको ‘जेट स्ट्रीम, ९ एनएचडब्लु विमान शनिबार साँझ अवतरणका क्रममा धावनमार्गबाट चिप्लिएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक राजकुमार क्षेत्रीले ...
नारायण खड्का दाङमा एकजना बुहारीले आफ्नै सासूको हत्या गरेकी छन्। बोक्सीको आरोपमा बुहारीले सासूको हत्या गरेको इलाका प्रहरी कार्यालय तुलसीपुरले शनिबार पत्रकार सम्मेलनमार्फत् जानकारी दिएको हो।, इप्रका प्रमुख एवं डिएसपी प्रकाश सापकोटाले दंगिशरण गाउँपालिका वडा नं. ३ बस्ने ४० वर्षीया टंकी रावतले आफ्नै ६९ वर्षीया सासू खोपी रा...
सेतोपाटी संवाददाता कञ्चनपुरमा शुक्रबार दिउँसो एक १६ वर्षीया किशोरीमाथि करणी गरेको अभियोगमा एक पक्राउ परेका छन्।, कञ्चनपुर जिल्ला प्रहरी कार्यालयले किशोरीको बलात्कार गरेको अभियोगमा मान बहादुर विष्टलाई पक्राउ गरेको हो। , शुक्रबार करिब दिउँसो साढे २ बजेतिर कञ्चनपुर बेल्डांडी गाउँपालिका १ स्थित किशोरीलाई आफ्नै घरमा पूजापा...
रासस जाजरकोटमा एक जनप्रतिनिधि राजीनामा दिएर शिक्षिका बनेकी छन् । गत वर्ष सम्पन्न स्थानीय तहको चुनावमा वडा सदस्यमा निर्वाचित भएकी जुनिचाँदे गाउँपालिका–६ की गरिमा शाही राजीनामा दिएर शिक्षिका बनेकी हुन् । शाही तत्कालीन माओवादी केन्द्रबाट वडा सदस्य भई जिल्ला समन्वय समितिको सदस्यसमेत निर्वाचित भएकी थिइन् ।, उनी छेडागाड नगर...
रासस पूर्व–पश्चिम राजमार्गअन्तर्गत पर्ने कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–११ कलुवापुर नजिक गए राति मोटरसाइकल दुर्घटनामा परी सशस्त्र प्रहरीका सहायक हवल्दार भीमदत्तनगरपालिका–१८ खैरभट्टीका हरिश भट्टको मृत्यु भएको छ। ,कैलालीको टिकापुरबाट से २ प ९६६९ नं को मोटरसाइकलमा आउँदै गरेका भट्ट चढेको मोटरसाइकल र भीमदत्तनगरबाट धनगढी...
सेतोपाटी संवाददाता नयाँ मुलुकी ऐनको विरोधमा चिकित्सकहरूले आइतबार काठमाडौंमा र्‍यालीसहित प्रदर्शन गरेका छन्।, नेपाल चिकित्सक संघको आह्वानमा चिकित्सकहरूले आइतबार देशभरका स्वास्थ्य संस्थामा आकस्मिक बाहेकका सेवा बन्द गर्दै नयाँ मुलुकी ऐनको विरोधमा काठमाडौंको माइतीघर मण्डलादेखि नयाँ बानेश्वरसम्म र्‍यालीसहित प्रदर्शन गरेका ...
रासस पाटनको प्रसिद्ध कृष्ण मन्दिरमा आज बिहानैबाट भक्तजनको घुइँचो लागेको छ।, श्रीकृष्ण जन्माष्ठमीका अवसरमा काठमाडौं उपत्यकाका अधिकांश स्थान र उपत्यका नजिकका जिल्लाबाट दर्शनार्थी यहाँ आउन थालेका छन्। , , विसं २०७२ को भूकम्पपछि यो वर्ष मात्रै दर्शनार्थीले मन्दिरभित्र गएर माथिल्लो तलामा रहेको कृष्णको मन्दिरमा दर्शन गर्न प...
सेतोपाटी संवाददाता काठमाडौंको बसुन्धरास्थित एक होटलमा युवतीको शव मृत अवस्थामा फेला परेको छ।, धादिङ घर भएकी २० वर्षीया लक्ष्मी परियारको शव फेला पारेको प्रहरीले जनाएको छ।, होटल सञ्चालकले प्रहरीलाई खबर गरेपछि कोठा खोलेर हेर्दा शव फेला परेको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी रामदत्त जोशीले बताए।, स्पिड गेष्ट ...
रासस म्याग्दीको धवलागिरि गाउँपालिका–७ धारापानी गाउँपालिकामै पहिलो पटक केन्द्रीय प्रसारण लाइनको विद्युत् विस्तार भएको छ। , , गाउँपालिका, नेपाल विद्युत् प्राधिकरण बेनी वितरण केन्द्र, सामुदायिक वन उपभोक्ता समिति र उपभोक्ताको पहलमा गरिएको विद्युतीकरण योजनाबाट २०० घरधुरी लाभान्वित भएका उपभोक्ता समितिका सचिव किरन थापाले जान...
सेतोपाटी संवाददाता काठमाडौंका हनुमान ढोका, पशुपतिनाथ, स्वयम्भु, बौद्धलगायतका ६ वटा धार्मिक तथा पर्यटकीय स्थलमा फ्रि वाइफाइ सेवा सुरू गरिएको छ।, काठमाडौं महानगरपालिकाले आइतबारदेखि हनुमानढोका, पशुपतिनाथ, स्वयम्भु, बौद्ध, बालाजु बाइसधारा उद्यान र शंखपार्कमा फ्रि वाइफाइ सेवा सुरू गरेको हो।, वर्ल्ड लिंकको साझेदारीमा सुरू ग...
सेतोपाटी संवाददाता विराटनगर महानगरपालिकामा बम बिस्फोट गराउने भूमिगत सशस्त्र समूहका तीन जनालाई प्रहरीले पक्राउ गरेको छ। तराई राष्ट्रिय मुक्ति मोर्चा ‘जयकृष्ण गोइत’ समूहका तीन जनालाई प्रहरीले शनिबार राति समातेको हो।, एक नम्बर प्रदेश प्रमुख प्रहरी नायब महानिरीक्षक केदार रिजालका अनुसार पक्राउ पर्नेमा मोरङ जहदाका मनोज सिंह...
नारायण महर्जन राष्ट्रपति विद्यादेवी भण्डारीले श्रीकृष्ण जन्माष्टमीका अवसरमा आज पाटनस्थित कृष्ण मन्दिर गई भगवान् श्रीकृष्णको पूजा एवं दर्शन गरेकी छन्।, प्रत्येक वर्ष भाद्र कृष्णाष्टमी अर्थात् आजका दिन राष्ट्राध्यक्षले पाटन कृष्ण मन्दिरमा पूजा एवं दर्शन गर्ने परम्परा रहिआएको छ। सो अवसरमा राष्ट्रपति भण्डारीले मन्दिरका पु...
दिपकजंग शाही कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर यस क्षेत्रकै एक भौगलिक र विकासका दृष्टिकोणले सुविधा सम्पन्न सहर हो।, संघीयता कार्यान्वयनसँगै प्रदेश सरकार गठन भएपछि प्रदेशको स्थायी राजधानीका रूपमा यो सहर स्थापित छ।, प्रदेश होस् वा स्थानीय, दुइटै बलियो सरकार प्रदेशका हिसाबले यो सहरमा छन्। सरकारका र सरकारसँग सम्बन्धित...
सबिना श्रेष्ठ काठमाडौंको रानीपोखरी देख्दादेख्दै सुक्यो। जानाजानी सुकाइयो। पुनर्निर्माण नाममा पोखरी स्विमिङ पुलजस्तै बनाउन खोजियो।, विवाद अझै सकिएको छैन। भत्केको साढे दुई वर्ष भइसक्यो, रानीपोखरी बन्ने छाँट छैन।, कहिले बन्ला?, निर्माण जिम्मा पाएका काठमाडौं महानगरपालिका र पुरातत्व विभाग दुवैसँग यसको जवाफ छैन।, यही रानीपो...
रासस भूकम्पपीडित एकल महिलाको घर वडा कार्यालयले निर्माण गरिदिने भएको छ। , थुलुङ दूधकोशी गाउँपालिका वडा नं ९ कि भूकम्पपीडित रत्नकुमारी राईको घर निर्माणमा वडा कार्यालयले सहयोग गर्ने भएको हो। , प्यारालाइसिसले ग्रसित ६५ वर्षीया राईको एक मात्रा जीवनको सहारा छोरा भए पनि उनीसमेत सुस्त भएकाले घर निर्माणमा समस्या भएपछि वडा कार्...