content
stringlengths
20
64.1k
विनोद सापकोटा पूर्वी नाका काँकडभिट्टाबाट भारतीय रुपैयाँसहित एक व्यक्ति सोमबार बिहान पक्राउ परेका छन्। प्रहरीका अनुसार ललितपुरका ३२ वर्षीय रबिन्द्र बज्राचार्यको साथबाट १२ लाख ८० हजार भारतीय नोट बरामद भएको हो।, सशस्त्र प्रहरीको राजश्व तथा भन्सार गस्ती सुरक्षा झापा ८ नम्बर गुल्म काँकडभिट्टा र भन्सार टोलीले चेक पोइन्टको स...
नारायण खड्का सल्यानमा पहिरो घरमा खस्दा एकै घरका तीन बालबालिकाको मृत्यु भएको छ।, जिल्लाको बागचौर नगरपालिका वडा नं. १२ बाफुखोलामा माथिबाट झरेको पहिरो घरमा पस्दा ४ वर्षीया मेनुका डाँगी, ६ वर्षीय ललित डाँगी र ८ वर्षीया ललिता डाँगीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रमुख एवम् डिएसपी दिलेन्द्रबहादुर शाहीले जानक...
सेतोपाटी संवाददाता नेपाल र चीनका अधिकारीहरूले २०७२ को भूकम्पपछि बन्द रहेको तातोपानी नाकाको निरीक्षण गरेका छन्।, ल्हासास्थित नेपाली महावाणिज्य दूतावासको पहलमा दुबै देशका अधिकारीहरूले आइतबार नाकाको निरीक्षण गरेका हुन्। , ,वाणिज्य मन्त्रालयको इन्टर मोडल कार्यालयका प्रमुख लक्ष्मण बस्नेतका अनुसार नाका निरीक्षणमा परराष्ट्र,...
रासस सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिकाअन्तर्गत जुरेस्थित सुनकोशी नदीमा माछा मार्न गएका दुई भारतीय नागरिक आइतबार नदीले बगाएर बेपत्ता भएका छन्। ,विहारको सीतामढी पर्शुराम–९ का ३० वर्षीय रुपलाल सहनी र २५ वर्षीय मनोहर सहनी नदीमा बेपत्ता भएका हुन्। ,उनीहरुको खोजी कार्य भइरहेको इलाका प्रहरी कार्यालय बाह्रबीसेले जानकारी दि...
सेतोपाटी संवाददाता पूर्वी नाका काँकडभिट्टाबाट भारतीय रूपैयाँसहित एक नेपाली पक्राउ परेका छन्।, प्रहरीका अनुसार ललितपुरका ३२ वर्षीय रविन्द्र बज्राचार्य १२ लाख ८० हजार भारतीय नोटसहित सोमबार बिहान पक्राउ परेका हुन्।, सशस्त्र प्रहरीको राजश्व तथा भन्सार गस्ती सुरक्षा झापा ८ नम्बर गुल्म काँकडभिट्टा र भन्सार टोलीले चेकपोईन्टक...
सेतोपाटी संवाददाता एसिया प्यासेफिक क्षेत्रका सैन्य गुप्तचर अधिकृतको सम्मेलन काठमाडौंमा सुरू भएको छ। नेपाली सेना र युएस इन्डो प्यासेफिक कमान्ड डाइरेक्टोरेट अफ इन्टेलिजेन्सको संयुक्त आयोजनामा भएको सम्मेलनको कामु प्रधान सेनापति पूर्णचन्द्र थापाले सोमबार उद्घाटन गरेका छन्।, २१ गतेसम्म चल्ने भेलामा २३ देशका ८३ जना सैन्य अध...
रासस १३ वर्षीया बालिका निर्मला पन्तको हत्याकाण्डको विषयलाई लिएर केही दिन अशान्त रहेको कञ्चनपुरको भीमदत्तनगर मङ्गलबारदेखि सामान्य बन्दै गएको छ। , , भीमदत्तनगरपालिका–२ खोल्टीका निर्मलाको बलात्कारपछि हत्या गर्ने व्यक्तिलाई कानूनी दायरामा ल्याउनुपर्ने माग गर्दै एक सातादेखि भीमदत्तनगर र आसपासको क्षेत्रमा स्थानीयवासीले आन्द...
नारायण खड्का दाङमा १२ दिनको अवधिमा ११ जना पुरुषले सम्बन्ध विच्छेदको लागि अदालतमा निवेदन दर्ता गराएका छन्।, भदौ १ गतेबाट लागू भएको नयाँ मुलुकी संहिताले दिएको अधिकार प्रयोग गर्दै दाङमा पुरुषहरूले धमाधम अदालतमा आएर सम्बन्ध विच्छेदको लागि निवेदन दर्ता गराउन थालेका हुन्।, भदौ १ गतेदेखि भदौ १२ गतेसम्म ११ जना पुरुषहरूले श्री...
भगवती पाण्डे आफ्नै विद्यालयको छात्रामाथि यौन दुर्व्यवहार गरेको आरोपमा बुटवलको एक निजी स्कुलका प्रिन्सिपल पक्राउ परेका छन्।, बुटवल वडा नं. ११ नहरपुरस्थित ज्ञानपुञ्ज सेकेण्डरी ईङलिस बोर्डिङ स्कुलका प्रिन्सिपल तोयाराम पौडेललाई प्रहरीले छात्रामाथि यौन दुर्व्यवहार गरेको आरोपमा पक्राउ गरेको हो।, प्रिन्सिपल पौडेलले कक्षा १० ...
रासस कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्ला मंगलबारदेखि विद्युतभार कटौतीमुक्त भएको छ। , , दिनमा पटक–पटक विद्युतभार कटौती खेप्दै आएको प्रतिष्ठानलाई गोठीचौर गाउँपालिकास्थित नौमुले लघु जलविद्युत् आयोजना देपालगाउँले १५ किलोवाट विद्युत् सहयोग गरेपछि प्रतिष्ठानमा २४ सै घण्टा बिजुली बल्ने भएको छ। गाउँपालि...
रासस चाबहिलस्थित बौद्ध चैत्यको दर्शनका लागि श्रीलंकाली राष्ट्रपति मैत्रीपाल सिरिसेना आउने भएपछि आज विशेष सरसफाइ गरिएको छ।, करिब दुई हजार ३०० वर्ष पुरानो उक्त चैत्यको दर्शनका लागि श्रीलंकाका राष्ट्रपति मैत्रीपाल सिरिसेना आउने भएपछि नेपाली सेना, प्रहरी, स्थानीयवासीलगायतले सफासुग्घर तथा रङरोगन गरेका छन्।, चारुमती बुद्धिष...
सेतोपाटी संवाददाता बिमस्टेक सम्मेलनमा भाग लिन नेपाल आएका म्यानमारका राष्ट्रपति विन मिन्टको स्कर्टिङमा खटिएका प्रहरीको मोटरसाइकल दुर्घटना हुँदा एक प्रहरी घाइते भएका छन्।, राष्ट्रपति मिन्ट सोल्टी होटलबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल जाने क्रममा बुधबार बिहान कालिमाटीमा दुर्घटना भएको हो।, दुर्घटनामा परेर प्रहरी हवल्...
सेतोपाटी संवाददाता काठमाडौंमा बिमस्टेक पाहुनालाई सजिलो पार्न सवारीमा जोर–बिजोर लागू गरियो। बिहीबार र शुक्रबारको सम्मलेनलाई बुधबारबाटै सडक सुनसान पारियो। जनताले दुःख पाए। , बिहीबार झनै कम भए। स्कुल–कलेज बन्द। तिनका सवारी नगुडेपछि सवारी चाप झनै कम।, ट्राफिक महाशाखाका अनुसार राजधानीमा सामान्य दिनमा ८ लाख सवारी चल्छन्। यी...
सेतोपाटी संवाददाता पोखराबाट काँकडभिट्टा गइरहेको रात्रिबस सप्तरीमा बिहीबार बिहान दुर्घटना हुँदा १७ जना घाइते भएका छन्। ना५ख ६९४२ नम्बरको बस सप्तरी खडक नगरपालिका ६ मा दुर्घटना भएको हो।, सप्तरी प्रहरीका अनुसार अनियन्त्रित भई बस बिहान पौने चार बजे सडकको उत्तरपट्टि पल्टेको हो।, घाइते सबैको स्थानीय एडभान्स सुरक्षा अस्पताल क...
सेतोपाटी संवाददाता मोरङ उर्लाबारीका सनम शाक्यको हत्या अनुसन्धान क्रममा खुलेको करिब ३८ क्वीन्टल सुन तस्करी प्रकरणका थप पाँच जना आरोपी कारागार चलान भएका छन्।, जिल्ला अदालत मोरङले ‘आपराधिक समूह स्थापना र संचालन गरी सुन चोरी पैठारी र चोरी निकासीको अवैध कारोबार, अपहरण तथा शरीर बन्धक र कर्तब्य ज्यान’ मुद्दाको दोस्रो पुरक अभ...
रासस जाजरकोटका विभिन्न ठाउँमा यस वर्ष अहिलेसम्म बाढी पहिरोबाट १४ जनाको ज्यान गएको छ भने करोडौंको धनमाल र भौतिक संरचना नष्ट भएको छ।, गत साउन ४ गते पहिरोले जुनीचाँदे गाउँपालिका–६ का भक्तबहादुर बूढाको घर पुरिँदा उनकी श्रीमती लली र ९ वर्षीया छोरी सिर्जनाको मृत्यु भयो। भक्तबहादुरसहित तीन जना घाइते भए। पहिरोबाट बुढाको रु ७ ...
चेतना गुरागाईं ‘एक, दुई, तीन, चार, पाँच, ..., सोह्र’, छोरी बाटोमा गन्दै थिइन्। कालिकास्थानबाट डिल्लीबजार पुग्दासम्म १६ पुर्याइन्।, स्कुटर चलाइरहेकी अनिता थापाले छोरीलाई सोधिन्, ‘के गनेकी?’, ‘खाल्डा’, गैरसरकारी संस्था ‘हर टर्न’ (अब उनको पालो) मा आबद्ध अनिता अक्सर छोरी घुमाउन लगिरहन्छिन्। बाटोमा आमाछोरीको कामै खाल्डो गन...
दीपक भट्टराई बर्मेली नेपाली, दिपक भट्टराई, बर्माको पुरानो राजधानी रंगुनबाट करिब छ सय किलोमिटर उत्तर मग्वे प्रान्तको यात्रामा जाँदै थियौं। , ‘यी हेर त मुसलमान प्रवेश निषेध भनेर लेखिएको छ,' सहकर्मीले त्यहाँको फोटो देखाउँदै भने, 'तिमीलाई अप्ठेरो पर्ने हो कि?’, रङ र बनोट हेरेर मलाई मुसलमान ठानिएला भन्ने साथीलाई चिन्ता र...
दिपकजंग शाही सशस्त्र द्वन्द्वका बेला कर्णाली प्रदेशबाट ९३ जना बेपत्ता भएका छन्।, तत्कालीन माओवादी तथा राज्य पक्षबाट गरी यो प्रदेशमा ९३ जना बेपत्ता भएको अनौपचारिक क्षेत्र सेवा केन्द्र (ईन्सेक)को सुर्खेतस्थित कार्यालयले जनाएको छ।, बेपत्ता पारिएकामध्ये राज्य पक्षबाट ८० जना र तत्कालीन माओवादी पक्षबाट १३ जना रहेको ईन्सेकका...
सेतोपाटी संवाददाता विदेशी पाहुनाका नाममा काठमाडौंका जनताको बेहाल भएकै दिन डेनमार्कका प्रधानमन्त्रीले फ्रान्सेली आगन्तुकलाई साइकलमा सहर सयर गराए।, यी दुई देशमा पाहुना स्वागत गर्ने तरिका र जनताप्रति सरकारको जिम्मेवारी हेर्नलायक थियो।, काठमाडौंमा बिमस्टेक सम्मेलनका अतिथिलाई सहर डुलाउन जनताको सुविधासँग सम्झौता गरिएका छन्।...
सेतोपाटी संवाददाता तिथिका हिसाबले यसपाली श्रीकृष्ण जन्माष्टमी आउँदो आइतबार परेको छ तर, सूर्यविनायक नगरपालिकाको दधिकोट क्षेत्रमा बिहीबारदेखि नै श्रीकृष्ण जन्माष्टमीको अबसरमा कार्यक्रम शुभारम्भ गरिएको छ ।, आध्यात्मिक जागरण फैलाउँदै आएको ब्रम्हमाकुमारी राजयोग उपसेवा केन्द्र दधिकोटले शुभकामना आदान प्रदान गरेर भगवान कृष्णल...
सेतोपाटी संवाददाता वरिष्ठ गायक तथा नाट्यकर्मी हरिप्रसाद रिमालको ९३ वर्षको उमेरमा बिहिबार राति निधन भएको हो ।, उनको आफ्नै निवास बानेश्वर हाइटमा १ बजेर ७ मिनेटमा निधन भएको हो । रिमाल लामो समयदेखि दम रोगबाट पीडित रहँदै आएका थिए जसका कारण घरमै आराम गर्दै आइरहेका थिए ।, वि. सं १९९२ असोज २ गते जन्मिएका रिमालका श्रीमती, दुई ...
सेतोपाटी संवाददाता बिमस्टेकमा सहभागी हुन आएका सदस्य राष्ट्रका प्रमुख तथा सरकार प्रमुखहरुको अहिले रिट्रिट चलिरहेको छ। सम्मेलनस्थल होटल सोल्टीमा नेपालले रिट्रिट आयोजना गरेको हो। ,अनौपचारिक कुराकानीका लागि यस्ता सम्मेलनका दौरान रिट्रिट आयोजना गर्ने प्रचलन छ। सार्क सम्मेलनका बेला धुलिखेलमा रिट्रिट आयोजना गरिएको थियो। यसपट...
सेतोपाटी संवाददाता काठमाडौं उपत्यकामा आज (शुक्रबार) बिजोर नम्बर भएका सवारी मात्र चल्न पाउनेछन्।, राजधानीमा बिहिबारदेखि सुरू भएको बिमस्टेक सम्मेलनका लागि ट्राफिक व्यवस्थापन गर्न भन्दै भदौ १३, १४ र १५ गते तीन दिन जोर–विजोर प्रणाली लागु गरेको थियो।, सोही अनुसार आज शुक्रबार १५ गते बिजोर नम्बर प्लेट भएका गाडी मात्रै चल्न प...
रासस प्रदेश नम्बर ७ मा शुक्रबारदेखि गौरा पर्व सुरु भएको छ। यस पर्वमा शुक्रबार पञ्चमीका दिन महिलाले बिहानै स्नान गरी घर घरमा बिरुडा राखेका छन्। , घरको एक कोठामा गाईको गोबरले लिपेर तामा पितलका भाँडाको बाहिरपट्टि पाँच ठाउँमा गाईको गोबर र दुबो लगाइ टीका र अक्षताले सिङ्गारेर धुप बत्ती बालेर पञ्चअन्न गहुँ, मास, गहत, गोरस र ...
रासस स्थानीय जनप्रतिनिधि र बाल सञ्जालको सक्रियतामा एउटी आमाले भागेर विवाह गरेकी आफ्नी छोरीको बालविवाह रोकेकी छन् ।, शेराखहरे कालिका माध्यमिक विद्यालयमा कक्षा १० मा अध्ययनरत छेडागाड नगरपालिका–९ की १६ वर्षीया राधिका रोकायले कोहलपुर नगरपालिका–८ झरकट्टी निवासी १८ वर्षीय प्रेम बुढासँग भागेर कोहलपुरमा विवाह गरेकी थिइन् ।, छ...
शान्ति तामाङ पाटनको छाबहाः ढुंगेधारा (हिटी) मा केही समययता पानी आउन थालेको छ।, काठमाडौंमा बाह्रै महिना सुख्खा हिटी देखेकालाई अचम्म लाग्न सक्छ- पाटनका ४७ वटा हिटीमा बर्खा लागेसँगै पानी खस्छ। यहाँ बाह्रै महिना पानी प्रवाह गर्न सकिने विज्ञ बताउँछन्।, कसरी? के यहाँका हिटीको प्रणाली अहिले पनि पुरानै अवस्थामा छ?, हामीले यसब...
दिपकजंग शाही सुर्खेतको पश्चिममा पर्ने पञ्चपुरी नगरपालिकाका एक कर्मचारीले सरकारी मोटरसाईकललाई चाउमिन बेच्ने काममा प्रयोग गरेको पाइएको छ।, नगरपालिकाले खरिद गरेको मोटरसाईकल नगरपालिकामा खानेपानी सहायक प्राविधिकका रूपमा कार्यरत कर्मचारी यामराज जोशीले चाउमिन लोड गरेको अवस्थामा शुक्रबार वीरेन्द्रनगरमा फेला परेको हो।, जनताको ...
सेतोपाटी संवाददाता सरकारले जोर विजोर सवारीसाधन चलाउने नियम लागू भएको अवसर पारेर ट्याक्सी तथा सार्वजनिक यातायातमा मनपरी भाडा असुलिएको यात्रुको गुनासो छ ।, बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिम्स्टेक) चौथो सम्मेलनमा भाग लिन आउने सदस्य राष्ट्रका राष्ट्राध्यक्ष एवं सरकार प्रमुखलगायत अत...
सेतोपाटी संवाददाता पोखरा महानगरपालिका ५ मालेपाटनमा बिहीबार राति भएको दुर्घटनामा परी एक प्रहरी जवानको मृत्यु भएको छ।, राति करिब ११ बजे भएको सवारी दुर्घटनामा परी पर्वत घर भइ पोखराको सशस्त्र प्रहरी गण पोखरामा कार्यरत रामप्रसाद पौडेलेका मृत्यु भएको कास्की प्रहरी प्रवक्ता रविन्द्र गुरुङले जानकारी दिए।, राति डिउटीमा खटिएका ...
सेतोपाटी संवाददाता भारत सरकारले बनाएको पशुपतिनाथस्थित धर्मशालाको प्रधानमन्त्री केपी ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले संयुक्त उद्घाटन गर्ने भएका छन्। शुक्रबार प्रधानमन्त्री ओली र मोदी दुई पक्षीय वार्ता गरेपछि धर्मशाला उद्घाटनका लागि अपरान्ह पशुपतिनाथ मन्दिर परिसर पुग्ने कार्यक्रम छ।, सन् २०१४ जुलाईमा पहिलो पट...
सेतोपाटी संवाददाता बिमस्टेक सम्मेलननिम्ति सवारीसाधनमा लागू गरिएको जोर-विजोर प्रणाली शुक्रबार ८ बजेबाट फुकुवा भएको छ। , बुधबारदेखि लागू नियम शुक्रबार राती १२ बजेसम्म कायम भए पनि ८ बजे नै खुला गरिएको ट्राफिक महाशाखा काठमाडौंले जानकारी दिएको छ। , 'राती जाने अतिथि भएकाले हामीले १२ बजेसम्म नियम लगाइएको थियो। तर गृह मन्त्रा...
नारायण खड्का वैसाखीको सहारा लिएर बालकृष्ण वली बिहीबार दाङको तुलसीपुरस्थित राप्ती अञ्चल सार्वजनिक यातायात व्यवसायी समितिको केन्द्रीय कार्यालय आएका थिए।, रोल्पा जिल्लाको गंगादेव गाउँपालिका वडा नम्बर २ का २० वर्षीय वली दुर्घटनापछि उपचार गर्दा लागेको रकम माग्न आएका हुन्।, रोल्पाकै परिवर्तन गाउँपालिकाको नेपाल राष्ट्रिय नमू...
सेतोपाटी संवाददाता आइतबार साँझ घरबाटै ‘अपहरण’मा परेकी महोत्तरीकी आठ महिने बालिकाको हत्या भएको छ। महोत्तरी औरही नगरपालिका–१ का सन्तोष चौधरीकी छोरीको सोमबार दिउँसो शव फेला परेको हो।, महोत्तरीका प्रहरी उपरीक्षक ईश्वरबाबु कार्कीका अनुसार औरही–८ स्थित जंगलमा बालिकाको शव भेटिएको हो।, कार्कीका अनुसार आइतबार साँझ ६ः१५ बजे ती ...
नारायण महर्जन भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म आठ दिन मनाइने परम्परागत सांस्कृतिक उत्सव ‘गाईजात्रा’ आज विभिन्न कार्यक्रम आयोजना गरी मनाइँदैछ ।, एक वर्षभित्र दिवंगत आफन्तका सम्झनामा आज गाई वा मानिसलाई गाईका रूपमा सिँगारी आ–आफ्ना इलाकामा परिक्रमा गराउनाका साथै उनीहरूलाई श्रद्धालुद्वारा दूध, फलफूल, रोटी, चिउरा, दहीका ...
नारायण खड्का बाल विकास शिक्षक सञ्जालले सोमबार राप्ती गाउँपालिकाको कार्यालयमा दुई घण्टा धर्ना दिएका छन्।, सञ्जालको राष्ट्रिय कार्यक्रम अनुसार आठ बुँदे माग राख्दै शिक्षकले धर्ना दिएका हुन्।, पूर्व प्राथमिक शिक्षकहरूको राष्ट्रिय आन्दोलन अनुसार स्थानीय सरकारको कार्यालय अगाडि शान्तिपूर्वक धर्ना दिइएको राप्ती गाउँपालिका बाल...
निशा भण्डारी समान अधिकारको माग गर्दै समलिङ्गी समाजले सोमबार राजधानीमा गाईजात्रा मनाएका छन्।, समलिङ्गी तेस्रोलिङ्गीहरुको छाता संस्था नील हिरा समाजको आयोजनामा राजधानीमा उनीहरुले गाईजात्रा र्‍याली निकालेका छन्।, समलिङ्गी हुनु गौरव हो भन्‍दै उनीहरुले काठमाडौको ठमेलस्थित कर्मचारी संचयकोष भवनबाट सुरु भएको समलिङ्गी तेस्रोलिङ...
सेतोपाटी संवाददाता सोमबार बिहान काठमाडौंबाट फोहोर बोकेर ओखरपौवाको सिसडोलतर्फ आउँदै गरेको बा २ ख ६११८ नम्बर टिपरको ठक्करबाट मृत्यु भएका परिवारलाई सवारी धनीले १५ लाख रुपैयाँ र काठमाडौं महानगरले ५ लाख रुपैयाँ दिने भएको छ।, टिपरको ठक्करबाट पैदल यात्री ककनी–१ महालक्ष्मीका ४५ वर्षीय पदम बलामीको मृत्यु भएको थियो। मृत्युपश्चा...
निशा भण्डारी निर्मलाका निम्ति न्याय अभियान अन्तर्गत सोमबार साँझ माइतीघर मण्डलामा लाइभ कार्टुन र पेन्टिङ प्रदर्शनी भएको छ।, नेपालका चर्चित काटुर्निस्ट र चित्रकार अविन श्रेष्ठ, अस्मिना रञ्जित, एरिना ताम्राकार, केशवराज खनाल, प्रमिला वज्राचार्य, योगेश खपाङ्गी, रवि मिश्र, राजेश केसी, रविन सायमी, विधाता केसी, संगी श्रेष्ठ, ...
रासस इमाडोलस्थित स्वस्तिक टोल विकास संस्थाको आयोजनामा गाईजात्राको अवसरमा गरिएको निःशुल्क स्वास्थ्य शिविरमा करिब २ सय जनाले स्वास्थ्य परीक्षण गरेका छन्।, शिविरमा वृद्धवृद्धा, बालबालिका, युवा आदिले नाक, कान, घाँटी र आँखाको विशेषज्ञ सेवा तथा सामान्य स्वास्थ्य परीक्षण गरेका थिए।, स्थानीय पवन प्रकृति इङ्ग्लिस सेकेण्डरी स्क...
सेतोपाटी संवाददाता सरकारले जातीय भेदभावको सजायलाई दोब्बर वृद्धि गर्ने तयारी गरेको छ। सरकारले संसदमा पेश गरेको जातीय भेदभाव तथा छुवाछुत ऐनको संशोधनमा २ वर्षसम्म कैदको प्रावधान राखिएको छ।, विधमान ऐनमा जातीय भेदभाव गरे अधिकतम १ वर्षसम्म कैद र पचास हजारसम्म जरीवानाको व्यवस्था छ। हालै जारी गरिएको नयाँ मुलुकी ऐनले १ वर्षसम्...
कमलेश मण्डल महोत्तरीको जलेश्वर नगरपालिकाबाट एक जना विधार्थी बेपत्ता भएका छन्।, बेपता हुनेमा धनुषाको नगराईन नगरपालिका २ का १४ वर्षिय हेमन्त कुमार चौधरी रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी उपरीक्षक ईश्वर कार्कीले जानकारी दिए।, आफनो घर नगराईनबाट प्रकौलीस्थित दामोदर एकेडेमीमा पढ्न जाने क्रममा सोमबार जलेश्वरको म...
सेतोपाटी संवाददाता भारतीय प्रहरीले नक्कली नोटसहित एक युवकलाई पक्राउ गरेको छ।, ५६ वर्षीय मनोज आचार्यलाई सिलिगुडीको नक्सालबारीबाट प्रहरीले नियन्त्रणमा लिएको भारतीय सञ्चार माध्यमले जनाएको छ।, आचार्यको साथबाट प्रहरीले ८ लाख रुपैयाँ नक्कली नोट समेत बरामद गरेको हो।, ८ लाख नक्कली नोटसहित सिलिगुडीबाट एक पक्राउ
डिल्ली पाण्डे निर्मला पन्तको हत्या अभियोगमा पक्राउ परेका दिलीपसिंह विष्टलाई प्रहरीले उपचारका लागि काठमाडौं ल्याएको छ।, प्रहरीले २४ दिनपछि मुख्य अभियुक्त बनाएर सार्वजनिक गरेका ४१ वर्षीय विष्टलाई उपचारको लागि काठमाडौं ल्याएएको हो।, ‘दिलीपको स्वास्थ्य अवस्थाबारे थप जाँच गर्न हामीले काठमाडौं पठाएका छौ,’ कञ्चनपुरका एसपी कु...
सेतोपाटी संवाददाता बिमस्टेक सम्मेलनका लागि ट्राफिक व्यवस्थापन गर्न भन्दै काठमाडौंको खुलामञ्चमा रहेको बसपार्क मंगलबारदेखि बन्द गरिएको छ।, बिहानैदेखि बसपार्क बन्द हुँदा गाडी चढ्ने ठाउँ एकिन गर्न यात्रुहरू अलमलिएका छन्।, चौथो बिमस्टेक सम्मेलन भदौ १४ र १५ गते हुने भएकाले पूर्व तयारी एवं ट्राफिक व्यवस्थापन तथा बसपार्क मर्म...
रासस प्रदेश नं ३ को ट्राफिक प्रहरी कार्यालय भरतपुरमा रहने भएको छ। , , भरतपुर महानगरपालिका–१ रामनगरमा कार्यालय स्थापना गरिने प्रहरी उपरीक्षक नवीराज राईले जानकारी दिए।, एक सातापछि कार्यालय सञ्चालनमा आउने छ। उक्त कार्यालयले उपत्यकाका तीन जिल्ला बाहेक प्रदेशका सबै जिल्ला हेर्ने छ। क्षेत्रगत विभाजन हुँदा यस क्षेत्रको कार्य...
दिपकजंग शाही कर्णाली प्रदेशमा अब मदिरा सेवन गर्न चाहने मानिसले दुई पुस्ते विवरण उल्लेख गर्नुपर्ने व्यवस्था गरिने भएको छ ।, प्रदेशको आन्तरिक मामिला तथा कानून मन्त्रालयका अनुसार अब मदिरा विक्री गर्ने पसलहरूले मदिरा सेवनका लागि आउने मानिसको बुवाको नाम,, ,सेवनकर्ताको नाम र उमेर टिपेर मात्र दिनुपर्ने व्यवस्था गर्न लागिएको ...
प्रशन्न पोखरेल आउँदो शैक्षिक सत्रदेखि कक्षा ११ र १२ मा ७ विषय पढाइ हुने भएका छन्।, अहिलेसम्म ५ विषय पढाइ हुने गरेकोमा पाठ्यक्रम विकास तथा मूल्याङ्कन परिषद्ले स्वीकृत गरेको नयाँ पाठ्यक्रम संरचनाले २ विषय थप गरेको छ।, विज्ञान, शिक्षा, व्यवस्थापन, मानविकीजस्ता छुट्टाछुट्टै संकाय हुँदैन। ११ र १२ विद्यालय शिक्षाअनुसार नै स...
सुदीप श्रेष्ठ यो असनको त्यो घरको कथा हो, जहाँ भित्तामा घडी झुन्डिएको छ।, घडी नयाँ हो, घर पुरानो।, पुरानो घरले पुरानै समय जनाउँछ।, सम्पदाविद् प्राध्यापक सुदर्शनराज तिवारीका अनुसार मल्लकालमा काठमाडौंको सहरी संरचना विकास गर्दा चारथरीका सार्वजनिक स्थल बनाइएका थिए।, वसन्तपुर दरबार स्क्वायर सबभन्दा ठूलो थियो। यहाँ राज्यभरका...
सेतोपाटी संवाददाता त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अवैध रुपमा सुन तस्करी गर्ने एक भुटानी नागरिक पक्राउ परेका छन्।, विमानस्थल प्रहरीले साढे २ किलो सुन सहित भुटानी नागरिक शतरज नमिललाई मंगलबार पक्राउ गरेको हो।, शतरज विमानस्थलबाट भुटान जान लाग्दा चेकिङका क्रममा अवैध सुनसहित समातिएका हुन्।, उनको साथबाट प्रहरीले १ सय ...
सेतोपाटी संवाददाता सरकारले बिमस्टेक सम्मेलनको अवसरमा उपत्यकाका शिक्षण संस्था २ दिन बिदा दिने भएको छ।, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयद्वारा जारी सूचनामा यही भदौ १४ र १५ गते काठमाडौं, भक्तपुर र ललितपुरका शिक्षण संस्थामा बिदा दिने उल्लेख छ।, ‘शिखर सम्मेलनमा भाग लिन आउने पाहुनाहरूको आवागमनलाई सुरक्षित,व्यवस्थि...
सेतोपाटी संवाददाता न्वारन गरेको दिन गत भदौ ८ गते राति घरबाट रहस्यमय तवरले हराइरहेकी ११ दिने शिशुको शव खाल्डोमा गाडिएको अवस्थामा फेला परेको छ।, गोरखाको सिरानचोक गाउँपालिका २ थालाजुंग खमारीकी रथी गुरुङ भण्डारी तथा सबल भण्डारीकी ११ दिनको शिशु टीकाको शव घरदेखि ३ सय मिटरमाथि बारीमा गाडेको अवस्थामा मंगलबार फेला परेको प्रहरी...
सेतोपाटी संवाददाता दाङमा डुबेर एक महिलाको मृत्यु भएको छ।, दंगीशरण गाउँपालिका वडा नं. ४ मौलीमा ३५ वर्षीया शान्ता रेउलेको डुबेर मृत्यु भएको ईलाका प्रहरी कार्यालय तुलसीपुरले जानकारी दिएको छ।, मंगलबार बिहान माइती आएकी रेउले दिउँसो घर फर्कने क्रममा स्थानीय नहरमा डुबेको अवस्थामा उनी फेला परेको प्रहरीले जानकारी दिएको छ।, स्थ...
एजेन्सी युद्ध रिपोर्टिङ र खोज पत्रकारिता गरिरहेका धेरै मिडियाले ठूलो मूल्य चुकाउनुपर्ने परिस्थिति अझ सिर्जना हुँदै गएको यसक्षेत्रका अग्रजहरुले बताएका छन् ।  गूगल र फेसबुकजस्ता ठूला इन्टरनेट कम्पनीहरुले परम्परागत मिडियाका सामग्रीहरु निःशुल्क लिएर आफूले विज्ञापन मार्फत राजश्वको ठूलो हिस्सा बटुल्न थालेपछि विज्ञहरुकै भनाई...
सागरराज तिमिल्सिना पोखरा १९ लामाचौरकी एक बालिकाको मृत्युको रहस्य अझै खुल्न सकेको छैन। पोखरा महानगरपालिका वडा नम्बर १९ लामाचौरकी १३ वर्षीया पुष्पा केसीको बिहीबार रहस्यमय मृत्यु भएको थियो।, बिहीबार साझँदेखि बेपत्ता केसीको शव लामाचौर फापरतरोस्थित शैलजा स्मृति पार्कको डिलमुनी झाँडीमा भेटिएको थियो।, कास्की प्रहरीले घटनाको ...
नारायण खड्का करेन्ट लागेर मृत्यु भएका तुलसीपुर ११ का जोगीलाल चौधरीका परिवारलाई विद्यालयले ५ लाख राहत दिने निर्णय गरेको छ।, अमर मावि उरहरीमा कार्यालय सहयोगीका रूपमा कार्यरत ४५ वर्षीय चौधरीको सोमबार विद्यालयको विद्यार्थी भर्नासम्बन्धी सूचना टांग्दै गर्दा करेन्ट लागेर मृत्यु भएको थियो।, विद्यालयको कामकै सिलसिलामा चौधरीको...
नारायण महर्जन ललिपुरको ठेँचोका स्थानीयले गाईजात्राको भोलिपल्ट मनाइने मतया दीप यात्रा मनाएका छन्। ठेचो सांस्कृतिक बाजा संरक्षण समितिको अगुवाइमा मनाइएको उक्त मतया जात्रामा बाजागाजा सहितका सास्कृतिक भाँकी परम्परागत नेवारी भेषभूषा लगायत वर्षौ वितिसक्दा पनि पुननिर्माणमा सरकारी ढिलाईप्रति व्यंगङगात्मक प्रदर्शन गरिएको थियो ।...
सेतोपाटी संवाददाता पर्सा प्रहरीले हतियारसहित एक भारतीय नागरिकलाई मंगलबार पक्राउ गरेको छ। पक्राउ पर्नेमा भारत पूर्वी चम्पारण जिल्ला घरैया गाउँ पञ्चायतका रोशनकुमार कैरी छन्।, उनलाई १२ बोर कटुवा पेस्तोल र सोको पाँच गोलीसहित पक्राउ गरिएको प्रहरीले जनाएको छ। बिन्दवासिनी गाउँपालिका ३ स्थित अमरपट्टीबाट कैरी पक्राउ परेको पर्स...
सेतोपाटी संवाददाता पर्सा प्रहरीले मंगलबार साँझ ठूलो परिमाणमा गाँजा बरामद गरेको छ। वीरगन्ज महानगरपालिका २१ परवानीपुरबाट प्रहरीले ६० किलो गाँजा बरामद गरेको हो।, पर्सा प्रहरी प्रमुख प्रहरी उपरीक्षक रेवती ढकालका अनुसार डिएल ९ सिक्युएस ४३०९ नम्बरको भारतीय गाडीबाट गाँजा बरामद गरिएको हो।, हेटौडाबाट पर्सा हुँदै भारत निकासी गर...
नारायण खड्का दाङको छिमेकी जिल्ला सल्यानमा घर भत्किँदा एकै परिवारका ५ जनाको मृत्यु भएको छ भने एक जना बालिका घाइते भएकी छन्।, जिल्ला प्रहरी कार्यालय सल्यानका प्रमुख एवम् डिएसपी दिलेन्द्रबहादुर शाहीले दिएको जानकारी अनुसार मंगलबार राति साढे ९ बजेतिर बागचौर नगरपालिका वडा नं. ४ मा घर भत्किदा ४० बर्षीय रामसिंह कामीको परिवार ...
सेतोपाटी संवाददाता अवैध डलरसहित प्रहरीले दुई जनालाई पक्राउ गरेको छ। महानगरीय प्रहरी परिसर काठमाडौंबाट खटिएको टोलीले ६२ हजार १ सय ३० अमेरिकी डलर (नेपाली रूपैयाँ करिब ७० लाख) सहित लैनचौरस्थित खानी तथा भूगर्भ विभागको कार्यालय नजिकैबाट एक जनालाई पक्राउ गरेको हो।, धरान स्थायी घर भएका अमर विश्वकर्मा र रुकुम घर भई गोंगवु बस्...
सेतोपाटी संवाददाता बिमस्टेक सम्मेलनमा ट्राफिक व्यवस्थापन सहज बनाउन काठमाडौं उपत्यकाका सबै सवारी साधनमा आजदेखि जोरविजोर प्रणाली लागू भएको छ।, चार पाङ्ग्रे निजी तथा सार्वजनिक सवारी साधनमा मात्र नभएर दुई पाङ्ग्रे मोटरसाइकलमा समेत यो नियम लागू हुने महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ।, नियम अनुसार आज विजोर सवारी सा...
रासस नेपालमा पहिलो पटक स्काइ वाक टावर (आकास मार्गमा हिँड्ने टावर) निर्माण गरिने भएको छ। ,वण्डर नेपाल प्राइभेट लिमिटेड नामक संस्थाले काठमाडौँको कमलादीमा झण्डै रु दुई करोडको लगानीमा आगामी ३ वर्षभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य रहेको र त्यसका लागि १३।२ रोपनी जग्गा भाडामा लिइसकेको सो संस्थाले जनाएको छ। ,दुइटा अग्ला पहाड...
सेतोपाटी संवाददाता कञ्चनपुर भीमदत्त नगरपालिका २ की १३ वर्षिया बालिका निर्मला पन्तको बलात्कारपछि भएको हत्याबारे थप अनुसन्धान गर्न प्रहरीले दुई जनालाई पक्राउ गरेको छ।, निर्मलाकी साथी रोशनी र उनकी दिदी अनिता बमलाई पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक ज्ञानबहादुर सेटीले बताए। उनीहरुलाई आफ्नै घरबाट पक्राउ गरिएको हो।, गृहकार्...
सागरराज तिमिल्सिना पोखरा १९ लामाचौरकी एक बालिकाको रहस्यमय मृत्यु भएको छ।, पोखरा महानगरपालिका वडा नम्बर १९ लामाचौरकी १३ वर्षीया पुष्पा केसीको  रहस्यमय ढंगबाट मृत्यु भएको हो। बिहिबारदेखि बेपत्ता भएकी केसीको शुक्रबार साँझ शव भेटिएको थियो। उनको शव लामाचौर फापरतरोस्थित शैलजा स्मृति पार्कको डिलमुनि झाँडीमा भेटिएको हो।, उनको...
भगवती पाण्डे यही भदौ १ गते रूपन्देही सैनामैना ४ मुर्गियाका ५० वर्षिय महाशर्मा गौतम घरको ढोकामा झुण्डिएको अवस्थामा फेला परे।, घाँटीमा डोरी लगाई झुण्डिएको अवस्थामा उनकै श्रीमतीले फेला पारेपछि तत्काल डोरी काटेर लुम्बिनी अञ्चल अस्पताल बुटवल ल्याईन्।, केही वर्षदेखि मानसिक रोग सम्बन्धी औषधि सेवन गर्दै आएका शर्माको अस्पताल ल...
गिरीश गिरी केही समयमै मेलम्चीबाट थपिने ठूलो मात्राको खानेपानीलाई अरबौं रुपैयाँको लागतमा तयार पारिएको आधुनिक वितरण प्रणालीले उपत्यकाका घरहरूमा पुर्याउँदैछ।, यो ‘पुग्दो’ पानी प्रयोग गरिसकेपछि हाम्रा भान्छा, शौचालय र आँगनहरूबाट लगभग उत्तिकै मात्रामा बाहिरिने पनि छ। अनुपातका हिसाबले उपभोग गरेको पानीको करिब ८५ प्रतिशत फोहो...
सेतोपाटी संवाददाता रौतहटको गौर नगरपालिका ४ लालबकैया नदीमा डुंगा पल्टिँदा २५ जनाभन्दा बढी मानिस बेपत्ता भएका छन्।, तिकुलिया घाटस्थित नदीमा शनिबार साँझ डुंगा पल्टिँदा बेपत्ता भएकाहरुको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ।, बन्जराबाट तिकुलिया आउँदै गरेका यात्रु डुंगा पल्टिएपछि हराइरहेका हुन्। घटनास्थलमा ...
रासस सिरहा र धनुषाको सीमामा पर्ने कमला नदीमा डुबेर हिजो साँझबाट बेपत्ता भएका सिरहाका तीन बालकमध्ये एक जनाको शव आज बिहान फेला परेको छ भने दुई जना अझै बेपत्ता छन्।, सिरहाको गोलबजारस्थित शिव मन्दिरमा जल चढाउनका लागि जल लिन कमला नदीको उत्राइनी पुगेका गोलबजार नगरपालिका–४ निवासी १५ वर्षीय मञ्जय महरा, सोही ठाउँका १४ वर्षीय र...
राकेश यादव गौर नगरपालिका ४ टिकुलियाघाटस्थितमा लालबकैया नदीमा शनिबार साँझ भएको डुंगा दुर्घटनामा परेर हराइरहेका ५ जनामध्ये २ जनाको शव फेला परेको छ। अझै तीन जना हराइरहेको प्रहरीले जनाएको छ।, २१ जना यात्रु भने परिवारको सम्पर्कमा आएको प्रहरीले जनाएको छ। डुंगामा सवार ५ जना हराइरहेको भन्दै खोजी गरिदिन भन्दै आफन्तहरू प्रहरी क...
नारायण महर्जन श्रावण शुक्ल पूर्णिमाका अवसरमा मनाइने जनैपूर्णिमा तथा ऋषितर्पणी पर्व धुमधामले मनाइदैँछ। प्रत्येक वर्षको श्रावण शुक्ल पूर्णिमाका अवसरमा जनैपूर्णिमा पर्व मनाउने प्रचलन रहिआएको छ।, यसै दिन आत्माको शुद्धीकरण र शरीरको रक्षाका लागि ब्राह्मण पुरोहितको हातबाट नाडीमा रक्षाबन्धन बाँध्ने प्रचलन रहेको छ।, तागाधारीले...
रासस नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्मालाई अदालतले फेरि तीन दिन थुनामा राख्न अनुमति दिएको छ।, जिल्ला अदालतले अनुसन्धानका लागि तीन दिन म्याद थप गरेको हो । विश्वकर्मालाई शुक्रबार तीन दिनको थुनामा राख्न म्याद थप गरेको हो। जिल्ला प्रहरी कार्यालयले एक हप्ता थुनामा राख्ने म्य...
सेतोपाटी संवाददाता सूर्यविनायक नगरपालिका क्षेत्रमा आइतबार धुमधामसँग जनैपूर्णिमा मनाइएको छ।, दधिकोटस्थित ब्रम्हमाकुमारी राजयोग उपसेवा केन्द्रमा बिहानैदेखि राखी बाँध्नेको भीड लागेको छ ।, केन्द्रले बिहान ७ बजेदेखि सर्बसाधारणलाई टीका, राखी लगाइदिनुका साथै मिठाई वितरण गरेको छ। यो क्रम साँझ ७ बजेसम्म चल्नेछ।, कार्यक्रममा स्...
रासस नेपाली सेना स्वास्थ्य विज्ञान संस्थानले एक वर्षको अवधिमा गैर सैनिकतर्फ रु ६ करोड २९ लाख ४९ हजार बराबरको छात्रवृत्ति प्रदान गरेको छ। , , उक्त संस्थानमा आव २०७४/७५ मा ९६ गैर सैनिकका सन्ततिलाई अध्ययनका लागि पूर्ण छात्रवृत्ति उपलब्ध गराइएको सैनिक कल्याणकारी कोषले जनाएको छ। सोही आर्थिक वर्षमा चिकित्सा शास्त्र महाविद्य...
रासस शहीद सन्नी खुनाको आज महाकाली नदीमा दाहसंस्कार गरिएको छ।, दाहसंस्कार अघि भीमदत्त नगरपालिका–९ ब्रह्मदेव घाट पुगी प्रदेश नं ७ का प्रदेशसभा सदस्य तारालामा तामाङ र भीमदत्त नगरपालिकाका प्रमुख सुरेन्द्र विष्टले शहीद खुनाको पार्थिव शरीरमा राष्ट्रिय झण्डा ओढाए।, ब्रह्मदेव सीमा प्रहरी चौकीका प्रमुख दीपेन्द्र थापा नेतृत्वको...
रासस राष्ट्रिय गौरवको मध्यपहाडी (पुष्पलाल) लोकमार्गअन्तर्गत दैलेख खण्ड निर्माणको कामले गति लिएको छ।, लामो समय जग्गा विवादका कारण दैलेख खण्डको मार्ग खोल्नै सकस भएको थियो। विवाद समाधान भएसँगै लोकमार्ग स्तरोन्नतिको काम भइरहेको आयोजनाले जनाएको छ। अहिले दैलेख खण्डको ५० किलोमिटरमा कालोपत्रेका लागि पूर्वाधार तयारी भइरहेको मध...
डिल्ली पाण्डे १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कार-हत्याकाण्डमा विवादित जिल्ला प्रहरी प्रमुख एसपी डिल्लीराज विष्टले अनुसन्धानमा केही त्रुटी गरेको भेटिएको छ।, विष्टले अनुसन्धानमा लापरबाही गरेको प्रारम्भिक अनुसन्धानमा देखिएको हो।, त्रुटी देखिएपछि घटनाक्रमको पुनः अनुसन्धान हुने भएको हो।, अनुसन्धानको लागि गृह मन्त्रा...
रासस बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिम्स्टेक) को चौथो शिखर सम्मेलनलाई मध्यनजर गरेर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले यात्रु तथा सर्वसाधारणका लागि नयाँ व्यवस्था लागू गरेको छ । ,विमानस्थलले बिम्स्टेक सम्मेलन देशकै प्रतिष्ठाकैरुपमा महत्वपूर्ण उत्सव भएकाले यात्रुको सुरक्षा तथा ...
विनोद सापकोटा जनकपुरबाट काँकडभिट्टा जाँदै गरेको स्कोरपियो गाडी सोमबार बिहान झापाको झिलझिलेमा दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ। त्यसमा सवार अन्य चार जना गम्भीर घाइते भएका छन्।, मे१च ४५३३ नम्बरको स्कोरपियो तीव्र गतिका कारण चालकले नियन्त्रण गुमाउँदा दुर्घटना भएको प्रहरीले जनाएको छ।, दुर्घटनामा परी  मृत्यु हुनेको सनाख...
रासस सिरहाका छुट्टाछुटै स्थानमा भएका घटनामा तीन जनाको मृत्यु भएको छ। पूर्वपश्चिम राजमार्गअन्तर्गत सिरहाको गोलबजार र धनगढीमा अाइतबार राति भएको सवारी दुर्घटनामा दुई जना र पोखरीमा डुबेर एकको मृत्यु भएको प्रहरीले जनाएको छ।, गोलबजार नगरपालिका–४ स्थित सडकमा स१च १०९९ नम्बरको जिपले साइकललाई ठक्कर दिँदा साइकलयात्री सिरहाको धनग...
रासस पूर्वपश्चिम राजमार्गको झिलझिलेमा भएको सडक दुर्घटना परी आज बिहान एक जनाको मृत्यु भएको छ भने चार जना गम्भीर घाइते भएका छन्।, मृत्यु हुनेमा उदयपुर घर भएका २९ वर्षीय सन्दीप कार्की रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले जनाएको छ।, पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको मे१ज ४५३३ नम्बरको स्कोरपियो जिप अनियन्त्रित भइ आज ब...
रासस तुलसीपुर उपमहानगरपालिकामा स्तनपान कक्ष स्थापना गरिएको छ।, उपमहानगरपालिकाका उपप्रमुख माया आचार्यले सो कक्षको आइतबार उद्घाटन गरिन्।, स्तनपान कक्ष निर्माण गरेसँगै अब सानो दूधे बालक लिएर कार्यालयको काममा आउने कर्मचारी र सेवाग्राही महिलालाई स्तनपान गराउन सजिलो हुनेछ।, रु दुई लाखको लागतमा निर्माण गरिएको सो कक्षमा सुतेर...
ओम धौभडेल काठमाडौं उपत्यकामा प्रत्येक वर्ष भाद्र शुक्ल प्रतिपदाको दिन गाईजात्रा अर्थात् सापारु मनाइन्छ। यसदिनलाई बलीवर्द प्रतिपदा तथा वृषभ प्रतिपदाको नामले पनि चिनिन्छ।, यसदिन 'सायात' गर्ने चलन छ जुन नेवार समुदायले वर्षभरमा दिवंगत भएका आफन्तको नाममा प्रतिकात्मक गाई बनाएर नगर घुमाउने चलन हो। 'सा' भन्नाले गाई र 'यात' भन...
विनोद सापकोटा झापामा भएको स्कोरपियो दुर्घटनाका मृतकको सनाखत भएको छ।, जिल्ला प्रहरी कार्यालय झापाका अनुसार उदयपुर गाईघाट नगरपालिकाका २९ वर्षीय सन्जिव कार्कीको मृत्यु भएको हो।, चालकले अत्यधिक मदिरा सेवन गरेका कारण स्कोरपियो दुर्घटना भएको प्रहरीले जनाएको छ। दुर्घटना हुनुपूर्व  स्कोरपियोको ३ वटा चक्का पड्किएको छ। तीव्र गत...
रासस नुवाकोटको ककनी गाउँपालिका–१ महालक्ष्मी ओखरपौवामा आज बिहान टिपरको ठक्करबाट एक जनाको मृत्यु भएको छ।, काठमाडौंबाट फोहोर बोकेर ओखरपौवाको सिसडोलतर्फ आउँदै गरेको बा २ ख ६११८ नं. को टिपरको ठक्करबाट पैदल यात्री ककनी–१ महालक्ष्मीका ४५ वर्षीय पदम बलामीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक भीमलाल भट्ट...
सेतोपाटी संवाददाता निर्मलाका निम्ति न्याय अभियान अन्तर्गत सोमबार साँझ ५ बजेदेखि राजधानीको माइतीघर मण्डलामा लाइभ कार्टुन र पेन्टिङ प्रदर्शनी हुने भएको छ।, नेपालका चर्चित काटुर्निस्ट र चित्रकार अविन श्रेष्ठ, अस्मिना रञ्जित, एरिना ताम्राकार, केशवराज खनाल, प्रमिला वज्राचार्य, योगेश खपाङ्गी, रवि मिश्र, राजेश केसी, रविन साय...
सेतोपाटी संवाददाता पोखरा पुम्दीभुम्दी घर भएकी एक किशोरीको शव ड्यामसाइडस्थित फेवातालमा भेटिएको छ।, आइतबार रातिदेखि सम्पर्कविहीन १७ वर्षीया सुस्मिता लामिछानेको शव फेवाताल किनारामा भेटिएको हो।, आइतबार बेलुका साढे ४ बजे घरबाट निस्किएकी उनी राति १२ सम्म सम्पर्कमा रहेको त्यसपछि ‘गुड बाई’ म्यासेज पठाएर सम्पर्कमा नआएको आफन्तक...
सेतोपाटी संवाददाता भारतका सामाजिक सञ्जाल प्रयोगकर्तामाझ दुई दिनयता एउटा तस्बिर भाइरल भइरहेको छ। नेतादेखि खेलाडीसम्मले टाइमलाइनमा  यो तस्बिर राखेका छन्। एउटी हजुरआमा र स्कुले ड्रेसमा रहेकी उनकी नातिनीको भावुक क्षण कैद भएको तस्बिर नेपालका सामाजिक सञ्जाल प्रयोगकर्ताले पनि सेयर गरिरहेका छन्।, यो तस्बिर फोटो पत्रकार कल्पेश...
सबिना श्रेष्ठ फ्रान्समा एउटा सहर छ– सेन्ट म्यामस।, राजधानी पेरिसबाट ६१ किलोमिटर दूरीको यो सहर ‘सेन’ र ‘लोइन’ नदी बीचमा छ।, सन् १९७० मा फ्रान्सेली दूतावासमार्फत् जेरार्ड टोफिनको समूह नेपाली सम्पदा र वास्तुकला अध्ययन गर्न आएको थियो। समूह सदस्यहरु धेरै ठाउँ घुमे। यही क्रममा १९७६ मा काभ्रेको पनौती पुगे।, रोशी र पुण्यमती न...
नारायण महर्जन मुस्लिम धर्मालम्बीहरु आज धुमधामका साथ बकर इद अर्थात् इदजोहा पर्व उल्लासमय वातावरणमा मनाइरहेका छन्।, सो धर्मालम्बीहरुले इदपछिको ठूलो पर्व बकरिदमा कुर्वानी गर्ने अर्थात् बलिदानीको पर्वका रुपमा मनाउने गर्छन्।, आजको दिन मुस्लिमहरुको लागि बिदा दिइदै आएकोमा यो वर्षबाट बिदा काटिएको छ। तर, प्रदेश १,२ र ५ मा प्रद...
सेतोपाटी संवाददाता छारीको हत्या अभियोगमा झापामा एक जना महिलालाई प्रहरीले पक्राउ गरेको छ।, स्कुल जाने बेला कपाल कोर्न नमानेको भन्दै ८ वर्षिया छोरीलाई कुटपिट गरी हत्या गरेको अभियोगमा प्रहरीले बिर्तामोड नगरपालिका–५ सुब्बा चोकका २७ वर्षीया हेमन्ता कुरुम्बाङ (लिम्बु)लाई पक्राउ गरेको हो। , स्कुल जाने बेलामा कपाल कोर्न नमाने...
सेतोपाटी संवाददाता राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले सिन्धुपाल्चोक, रामेछाप र काभ्रेपलाञ्चोक जिल्लाका पाँचवटा एकीकृत बस्ती विकासको प्रारम्भिक योजना स्वीकृत गरेको छ।, बुधबार बसेको कार्यकारी समितिको बैठकले सिन्धुपाल्चोक जिल्ला हेलम्बु गाउँपालिका २ खर्कडाँडास्थित नोर्वुलिङ एकीकृत बस्ती विकास योजनालाई स्वीकृत गरेको छ।, स...
रासस कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा चिकित्सा विषयको स्नातक तह (एमबीबीएस) मा भर्नासम्बन्धी अध्ययन सुरू गर्न स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका चिकित्सक श्रीकृष्ण गिरीको संयोजकत्वका कार्यदल गठन गरिएको छ। , , कार्यदलमा चिकित्सकद्वय जीवन क्षेत्री, केदार बराल तथा कर्णाली प्रदेश सरकारका प्रतिनिधि, कर्णाली स्वास्थ्य...
रासस म्याग्दीको धवलागिरि गाउँपालिका– २ खोरियामा पहिरोका कारण ११ घर जोखिममा परेका छन्। , , खोरियाको कमेरीखोल्सामा गएको पहिरोका कारण धारा टोलका ११ घर जोखिममा पर्नुका साथै ८९ घरधुरीलाई दैनिक कार्य गर्न र विद्यार्थीलाई विद्यालय जानसमेत समस्या भएको स्थानीयवासी ज्ञानबहादुर पाइजाले बताए।, निरन्तरको पहिरोका कारण जोखिम मोलेर आ...
रासस कञ्चनपुरको भीमदत्त नगरपालिका–२ खोल्टीका १३ वर्षीया निर्मला पन्तका हत्यारा पत्ता लगाउन माग गर्दै बिहिबार पनि यहाँ प्रदर्शन जारी रहेको छ। , , भीमदत्तनगर बजार, भाँसी, सुडा, लालपुर, सिसैया, दैजी, चम्फापुरलगायत क्षेत्रमा प्रदर्शनकारीले सडक र बजार क्षेत्रका ठाउँ/ठाउँमा टायर बालेर प्रदर्शन गरिरहेका छन्। भीमदत्तनगर र बेद...
डिल्ली पाण्डे भीमदत्तनगर-२ की १३ वर्षिया निर्मला पन्तलाई बलत्कार गरी हत्या गर्ने वास्तविक अभियुक्त नखोजी नक्कली अभियुक्त खडा गरेको भन्दै प्रदर्शनमा उत्रिएकाहरूमाथि  प्रहरीले गोली चलाएको छ।, प्रहरीले दिएको जानकारी अनुसार कञ्चनपुरको सदरमुकाम भीमदत्तनगरमा प्रदर्शनकारीले जिल्लास्थित सरकारी भवनमा तोडफोड गरेपछि प्रहरीले १० ...
रासस जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले कर्फ्यू आदेश जारी गरेको छ।, जिल्लामा केही दिनदेखि जारी आन्दोलन उग्र बनेपछि स्थानीय प्रशासनले अहिले साँझ ५ बजेदेखि शुक्रबार बिहान ५ बजेसम्मका लागि कर्फ्यू आदेश जारी गरेको हो।, स्थानीय प्रशासन ऐन २०२८ को दफा १६ ‘क’ बमोजिम कर्फ्यू जारी गरिएको प्रमुख जिल्ला अधिकारी कुमारबहादुर खड्का...
चेतना गुरागाईं अमेरिकाको न्यूयोर्कमा दस वर्षअघिसम्म साइकल चलाउनेहरू थोरै थिए। घन्चमन्च र घरगाडीले सहर खुम्चिएको थियो। आज यहाँ डेढ सय किलोमिटरभन्दा बढी सुरक्षित साइकल लेन बनेको छ।, ‘व्यवस्थापन दृष्टिले न्यूयोर्क एकातिर, बाँकी अमेरिकी सहर अर्कातिर,’ नेपाल इञ्जिनियर्स एसोसियसनको सभाकक्षमा गत शुक्रबार सागर ओन्त भन्दै थिए,...
सेतोपाटी संवाददाता वरिष्ठ चिकित्सक गोविन्द केसीले मुलुकी ऐन विस्थापित गर्न बनेका तीन ऐन सच्याउन माग गरेका छन्।, बिहीबार प्रेस विज्ञप्ति जारी गर्दै चिकित्सा शिक्षा सुधार अभियन्ता केसीले मुलुकी अपराध संहिता, कृषि शिक्षा र प्रेस सम्बन्धी कानून सच्याउन माग गरेका हुन्।, अपराधसंहिता सम्बन्धी कानूनी व्यवस्थाले चिकित्सक र स्...
सेतोपाटी संवाददाता आवश्यक परेको बेला बिरामीलाई दिइने रगत सहज रुपमा अझै पाइदैन् । रक्त संचार केन्द्रहरुमा धाएर लाइनमा बसेर बल्लतल्ल रगत पाइन्छ।, रक्त संचार केन्द्रले पनि समय समयमा रगतको अभाव भइरहेको भन्दै रक्तदानका लागि आग्रह गर्ने गरेको छ।, यसैबीचमा सशस्त्र प्रहरी वलले रगतको अभाव हुन नदिन पहिलो पटक रक्तसंचार कार्यक्रम...