content
stringlengths
20
64.1k
रासस कञ्चनपुर सदरमुकाम भीमदत्तनगरमा आज आन्दोलनरत पक्ष र प्रहरीबीच झडप हुँदा दुई प्रहरीसहित आठ जना घाइते भएका छन्।, यहाँको ट्राफिक चोकमा आन्दोलनकारी र प्रहरीबीच भएको झडपपछि प्रहरीले गोली चलाउँदा भीमदत्तनगरपालिका–१८ का १७ वर्षीय अर्जुन भण्डारीलाई गोली लागेको छ भने अन्य पाँच आन्दोलनकारीलाई गोलीको छर्रा लागेको महाकाली अञ्...
सागरराज तिमिल्सिना बेलायती सेनामा भर्ती हुन कसैलाई पनि पैसा नदिन ब्रिटिस क्याम्प पोखराले अनुरोध गरेको छ।, शुक्रबार पत्रकार सम्मेलन आयोजना गरि क्याम्पले आफुहरुले निःशुल्क, निष्पक्ष र पारदर्शीका साथ भर्तीमा छनोट गर्ने भन्दै उनले भर्तिका लागि कुनै पनि व्यक्तिलाई रकम नदिन आग्रह गरेका हुन्।, ‘बेला बेलामा भर्ती गराइदिन्छु भ...
रासस औषधि व्यवस्था विभागले ट्रमाडोल नामक औषधि चिकित्सकको सिफारिसविना विक्री वितरण नगर्न रोक लगाउने भएको छ।, सो औषधि दुखाइ कम गर्न प्रयोग हुन्छ। केही मुलुकमा विक्रीवितरणमा रोक लगाइएको सो औषधिलाई नेपालमा अन्यत्र प्रयोग हुन थालेपछि विभागले यही भदौ १५ गतेदेखि चिकित्सकको सिफारिसविना विक्रीवितरणमा रोक लगाउन लागेको हो। औषधि ...
सेतोपाटी संवाददाता राष्ट्रपति विद्यादेवी भण्डारी अब विद्युतीय कारमा सवार हुने भएकी छन्। राष्ट्रपति कार्यालयले बिहीबार उनका लागि बिवाइडी कम्पनीको विद्युतीय कार खरिद गरेको छ।, चार्जिङ स्टेशनको शुल्कसहित  कारको मूल्य करिब ६० लाख परेको राष्ट्रपति कार्यालयले जनाएको छ।, ‘यो गाडीले एकातिर प्रदुषण गर्दैन। अर्कातिर इन्धन पनि आ...
नारायण खड्का दाङको तुलसीपुर उपमहानगरपालिका–५ को पातुखोला बगरमा ठूलो बजार छ। हजारौं घर छन्। घना बस्ती छ। यो बस्तीका मान्छेलाई भने  अचेल चैनको निद्रा छैन।  बस्ती बसेको जग्गा व्यक्तिको नाममा दिनु भन्ने तुलसीपुर उच्च अदालतको फैसलाले  बिना लालपुर्जा जग्गा किनेर घर बनाएकाहरू अब के गर्ने भन्ने अन्यौल बढेको छ। ,जग्गा व्यक्तिक...
सेतोपाटी संवाददाता गृहमन्त्री रामबहादुर थापाले बिहीबार कञ्चनपुरमा प्रहरीले चलाएको गोली लागेर घाइते भएकालाई भेटेका छन्। ,घटनामा गम्भीर घाइते अर्जुन भण्डारीलाई थप उपचारका लागि त्रिवि शिक्षण अस्पताल ल्याइएको छ। अस्पताल पुगेर मन्त्री थापाले घाइतेको सम्पूर्ण उपचार खर्च सरकारले व्यहोर्ने बताए।, १३ वर्षिया बालिका निर्मला पन्...
सेतोपाटी संवाददाता नागरिकलाई सुरक्षामा प्रत्याभूति गराउन काठमाडौं महानगरपालिका पालिका र नेपाल प्रहरीसँगै अघि बढ्ने संयन्त्र निर्माणमा काठमाडौं, ललितपुर र भक्तपुर जिल्लाका मेयर/उपमेयर र नेपाल प्रहरी एक मत देखिएका छन्।, बिहीबार प्रहरी प्रधान कार्यालय, नक्सालमा आयोजना गरिएको ‘सुरक्षित पालिकाः नेपाल प्रहरी र स्थानीय तहको ...
रासस वासुदेव पौडेल/निरज थकाली, उच्च हिमाली क्षेत्रका बासिन्दा यतिखेर झुल हालेर सुत्नुपर्छ भन्ने सुन्नु पर्दा धेरैलाई अचम्म लाग्न सक्छ। जलवायु परिवर्तनले सर्वव्यापी असर पारेको छ। हिमाली क्षेत्रमा उष्णता बढ्नाका कारण पनि यही हो। यहाँ समय नहुँदै हिउँ पग्लने र बेमौसम मै फल लाग्ने स्थितिसमेत पैदा भएको छ।, तराई र मधेशका फाँ...
सेतोपाटी संवाददाता तामाङ पहिचान दिवसको अवसरमा राजधानीमा दुई दिने तामाङ ज्ञान महोत्सव भएको छ।, महोत्सवमा ३० वटा कार्यपत्रहरु प्रस्तुत भएका थिए। चार विधामा विभाजित कार्यपत्रमा  भाषा र भाषा विज्ञान, समाज र संस्कृति, राजनीति र विकास तथा प्रदर्शनकारी कला र लोकवार्ता कार्यपत्र समेटिएको छ।, कार्यपत्रलाई प्रा. डा. दानराज रेग्...
दिपकजंग शाही सुर्खेत विमानस्थलनजिक घर बनाउने क्रममा मजदुर रमेश थारु एक तला माथिबाट खसे। सँगै खसेको जस्तापाताले लागेर उनको कुहिनो छिनियो। नसा, रक्तनली, हड्डी सबै काटिएर करिब आधा इन्च छाला मात्र बाँकी रह्यो।, यो साउन ३१ को घटना हो।, उनलाई तत्कालै वीरेन्द्रनगरकै ‘माया नर्सिङ होम’ लगियो। त्यहाँ सम्बन्धित विशेषज्ञ विदामा ब...
सेतोपाटी संवाददाता प्रहरीले पहिरोको उच्च जोखिममा रहेका तारकेश्वर नगरपालिका मनमैजुका पाँच घर खाली गराएको छ। बिहीबार रातिको वर्षाले पहिरो जान थालेपछि तारकेश्वर नगरपालिका-९, डाँडागाउँ, मनमैजुका पाँच घर परिवारलाई सुरक्षित स्थान सारिएको हो।, बालाजु प्रहरी बृत्तका प्रहरी नायव उपरीक्षक चिरञ्जीवी कोइरालाका अनुसार उक्त वडाका म...
सेतोपाटी संवाददाता आगामी भदौ १३ र १४ गते काठमाडौंमा हुने बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बगांल खाडीको प्रयास (विमिस्टेक) को चौथो शिखर सम्मेलनका लागि सुरक्षा व्यवस्था बलियो बनाएको छ।, यसका लागि सरकारले सवारी व्यवस्थापनमा जोर विजोर प्रणाली लागू गर्ने भएको छ।, महानगरीय ट्राफिक प्रहरी प्रमुख बसन्त पन्तका अन...
नारायण महर्जन काठमाडौंको भृकुटीमण्डपमा शुक्रबारदेखि १७ औं तीज महोत्सव सुरु भएको छ ।, नेपाली महिला उद्यमीहरुको उत्पादनलाई प्रवद्र्धन गर्ने उद्देश्यका साथ १७ औं तीज महोत्सव बिहिबारबाट सुरु भएको हो । ४ दिनसम्म चल्ने महोत्सवमा तीजका सामग्रीहरु विशेष छुटको साथ पाउने व्यवस्था गरिएको महोत्सव व्यवस्थापक पशुपति केसीले जानकारी ...
सेतोपाटी संवाददाता बिहिबारदेखि हराइरहेकी पोखरा १९ लामौचारकी एक बालिका मृत फेला परेकी छन्। विन्ध्यवासीनी मावि बाटुलेचौरमा कक्षा ६ मा अध्ययनरत १४ बर्षिया पुष्पा केसी मृत फेला परेकी हुन्। बिहीबार विद्यालयबाट फर्किएदेखि हराएकी उनी शुक्रबार साँझ मृत अवस्थामा फेला परेकी प्रहरीले जनाएको छ।, विद्यालयको बसले करिब साढे ४ बजे छा...
सेतोपाटी संवाददाता आफ्नै निवासको कोठामा मृत अवस्थामा फेला परेका पूर्वराजदूत केशव झाको शव पोष्टमार्टमका लागि शिक्षण अस्पताल लगिएको छ।, काठमाडौंको बबरमहलस्थित आफ्नै निवासमा धारिलो चक्कु प्रहारबाट उनको गएराति हत्या भएको प्रहरीले जनाएको छ।, घटनामा संलग्न रहेको आशंकामा प्रहरीले एक जनालाई नियन्त्रणमा लिएको छ। झाको हत्या शंक...
दिपकजंग शाही तत्कालीन मध्यपश्चिमाञ्चल विकास क्षेत्रको क्षेत्रीय सदरमुकाम। हालको कर्णाली प्रदेशको राजधानी रहेको सुर्खेतको वीरेन्द्रनगर उपत्यका स्वर्गीय राजा वीरेन्द्र शाहको मनपर्ने ठाउँ हो। राजा वीरेन्द्रकै पालामा वीरेन्द्रनगरको गुरुयोजना तयार पारिएको थियो। यसको गुरुयोजना माधवभक्त माथेमाले तयार पारेका हुन्।, गुरुयोजना ...
सेतोपाटी संवाददाता सहकारीबाट निकालिएको रकम ‘पचाउन’ लुटिएको नाटक गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ।, महानगरीय प्रहरी परिसर काठमाडौंको प्रहरी टोलीले १५ लाख नगद लुटिएको गलत सूचना दिएर रकम ‘पचाउन’ खोज्ने अस्कर अलीलाई पक्राउ गरेको हो।, अलीले भदौ ३ गते काठमाडौंको न्यूरोडस्थित बज्रयोगिनी बहुउद्धेश्यीय सहकारी संस्थाबाट ...
सेतोपाटी संवाददाता पूर्वराजदूत केशव झाको हत्याबारे सोधपुछ गर्न प्रहरीले ३ जनालाई नियन्त्रणमा लिएको छ।, झाको हत्याबारे अनुसन्धान थालेको महानगरीय अपराध महाशाखाले झाको घरमा काम गर्ने ३ जनालाई नियन्त्रणमा लिएको हो।, ‘घटनाको अनुसन्धान गर्न हामीले ३ जनालाई सोधपुछका लागि नियन्त्रणमा लिएका छौं, घटनाको अनुसन्धान हुँदैछ,’ महानग...
रासस रानीपोखरी पुनर्निर्माण विज्ञ समूहको सिफारिसबमोजिम गर्नुपर्ने जनाउँदै सम्पदा बचाऔँ अभियानले काठमाडौं महानगरपालिकासँग पुनः माग राखेका छन्।, अभियानकर्मीले केही दिनअघि यस सम्बन्धमा पुरातत्व विभागलाई ज्ञापनपत्र बुझाएका थिए। गत आइतबार कामपा उपप्रमुख हरिप्रभा खड्गीलाई पनि ज्ञापनपत्र बुझाउँदै अभियानले रानीपोखरी पुनर्निर्...
सेतोपाटी संवाददाता बलात्कारपछि हत्या गरिएकी कन्चनपुरकी निर्मला पन्तको हत्यामा संलग्न एक जनालाई प्रहरीले पक्राउ गरेको छ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआइबी) र प्रदेश नम्बर–७ को अनुसन्धान समूहको संयुक्त टोलीले घटनाको २४ दिनपछि एक अभियुक्तलाई पक्राउ गरेको हो।, पक्राउ पर्नेमा कन्चनपुरको भीमदत्त नगरपालिका व...
सेतोपाटी संवाददाता काठमाडौंको तीनकुनेबाट प्रहरीले चार राउण्ड गोली र पेस्तोलसहित सात जनालाई पक्राउ गरेको छ। महानगरीय प्रहरी परिसर काठमाडौंको टोलीले विशेष सूचनाको आधारमा तीनकुनेस्थित ए वान क्याफेबाट उनीहरूलाई पक्राउ गरेको हो।, पक्राउ पर्नेमा समित राई, सुरेश श्रेष्ठ, निग्मा शेर्पा, रोनित श्रेष्ठ, सुजन थापामगर, भुपेन राई ...
दिपकजंग शाही दैलेखको नारायण नगरपालिका–१, नमूना बस्तीकी बालसरा वादीको परिवार तीन वर्षयता प्रत्येक बर्खाको समयमा घर छोड्दै आएको छ।, गएका दुई बर्खामा उनले आफन्त समेत गुमाइन्। बर्खामा हुने वर्षाका कारण घरको माथिबाट आएको पहिरोले दुई वर्षमा उनकै घरमा बसेका पालैपालो दुई जना आफन्तको मृत्यु भयो। घर पहिरोको जोखिममा परेपछि यस वर...
सेतोपाटी संवाददाता पूर्व मुमाबडामहारानी रत्न राज्यलक्ष्मी देवी शाहको ९१ औं जन्मोत्सव मनाइएको छ। रत्न बसिरहेको नारायणहिटी दरबार परिसरको महेन्द्र मञ्जिलमा एक समारोहका बीच सोमबार शाहको जन्मोत्सव मनाइएको हो।, शाहलाई ९१ औं जन्मोत्सवको शुभकामना दिन पूर्वराजपरिवारका सबै सदस्य महेन्द्र मञ्जिलमा पुगेका थिए। जन्मोत्सव नागरिक सम...
खिलानाथ ढकाल ‘गोबर ग्यास प्लान्ट’बाट उत्पादन थालिएको ग्यास उद्घाटन गर्न प्रधानमन्त्री केपी ओली विराटनगर पुगेका छन्। विराटनगर महानगरपालिका १४ स्थित गौसेवा सदनबाट उत्पादन थालिएको गोबर ग्यास उद्घाटन गर्न ओलीका साथमा कानुन मन्त्री भानुभक्त ढकाल र ऊर्जा मन्त्री वर्षमान पुन पनि पुगेका छन्।, सो कार्यक्रमकै लागि मंगलबार बिहान...
रासस तेह्र वर्षीया बालिका निर्मला पन्तको हत्याबारे प्रहरीले वास्तविकता बाहिर ल्याउन नसकेको भन्दै स्थानीयवासीले आज भीमदत्तनगर बजार बन्द गराएका छन्।, कञ्चनपुरको भीमदत्तनगरपालिका–२ खोल्टीकी १३ वर्षीया बालिका पन्तबारे जिल्ला प्रहरी कार्यालयले सोमबार पत्रकार सम्मेलन गरी हत्यामा संलग्न भन्दै भीमदत्त नगरपालिका–१९ बागफाँटाका ...
सेतोपाटी संवाददाता अहिले कञ्चनपुर तनावग्रस्त बनेको छ।, १३ वर्षीया बालिका निर्मला पन्तको हत्याबारे प्रहरीले वास्तविकता बाहिर ल्याउन नसकेको भन्दै स्थानियवासी र प्रहरीबीच झडप हुँदा अवस्था तनावग्रस्त बनेको हो। स्थिति नियन्त्रण लिन प्रहरीले १२ राउण्डभन्दा बढी अश्रुग्यास प्रहार गरेको छ।, गत साउन ११ गते कञ्चनपुरको भीमदत्तनगर...
रासस धरहरा निर्माण गर्न आह्वान गरिएको बोलपत्र (टेण्डर) को आर्थिक प्रस्ताव खोल्न तोकिएको समय छैटौं पटक स्थगित गरिँदा पुनर्निर्माणमा अन्यौलता बढेको छ।, गत वैशाख ३१ गते राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले धरहरा निर्माणसम्बन्धी सूचना प्रकाशन गरेको थियो।, सूचनामा दिइएको समयमा छ वटा प्रस्ताव पेश भएका थिए। प्रस्तावको प्राविधि...
सेतोपाटी संवाददाता चितवनका दुई किशोरी बलात्कार गरिएको आरोपमा सात जना पक्राउ परेका छन्।, भरतपुर महानगरपालिका ११ की १७ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा पाँच र माडी नगरपालिका ३ की १५ वर्षीया किशोरी बलात्कारमा दुई जनालाई प्रहरीले पक्राउ गरेको हो।, भरतपुर ११ की किशोरी ३० गते बलात्कृत भएकी थिइन्। दुई दिन खोजी गरेपछि ...
रासस काठमाडौं महानगरपालिकाले आफ्नो सबै वडामा रहेको खुला सार्वजनिक स्थानको पहिचान र संरक्षणको कामलाई अघि बढाएको छ।, ३२ वडा रहेको कामपामा हालसम्मा वडा नं ३, २९ र ६ मा रहेको सार्वजनिक जग्गाको पहिचान भइसकेको छ। वडा नं ३ मा १५ रोपनी, ६ मा १० रोपनी र २९ मा ९ रोपनी सार्वजनिक जग्गाको पहिचान भएको कामपा भौतिक पूर्वाधार महाशाखाक...
रासस काठमाडौं महानगरपालिकाले चालू आर्थिक वर्षमा १० प्रतिशत बहाल कर उठाउने भएको छ। गत आर्थिक वर्षमा १२ प्रतिशत बहाल कर संकलन गर्दै आएको कामपाले यस आवमा भने १० प्रतिशत बहाल कर उठाउने भएको हो। , , कामपाले चालू आर्थिक वर्षका लागि नागरिकलाई सहज होस् भन्ने उद्देश्यले विभिन्न सिफारिस दस्तुर निःशुल्क गरेको छ। निःशुल्क गरिएका ...
सेतोपाटी संवाददाता पूर्वराजदूत केशव झाको हत्याबारे अनुसन्धान गर्न नियन्त्रणमा लिएका तीनजना विरुद्ध अदालतबाट ५ दिनको म्याद थप भएको छ।, मंगलबार काठमाडौं जिल्ला अदालतले पक्राउ परेकालाई थप पाँच दिन थुनामा राखेर अनुसन्धान गर्न म्याद थप भएको महानगरीय प्रहरी परिसर काठमाडौंका डिएसपी मोहनकुमार थापाले सेतोपाटीलाई बताए।, सोमबार ...
सेतोपाटी संवाददाता सामाजिक सञ्जालमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई लक्षित गरि भ्रामात्मक कुरा पोष्ट गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ।, महानगरीय अपराध अनुसन्धान महाशाखाको टोलीले भक्तपुर सूर्यविनायक नगरपालिका ३ का ४१ वर्षीय होमनाथ सिग्देललाई पक्राउ गरेको हो। सिग्देल काभ्रेको रोसी गाउँपालिका वडा नम्बर ५ का सचिवसम...
रासस राष्ट्रिय परिचय पत्र तयार गरी वितरण गर्ने कार्य अन्तिम चरणमा पुगेको छ। राष्ट्रिय परिचय पत्र व्यवस्थापन केन्द्रले हाल परिचय पत्रको परीक्षण गरिरहेको छ।, केन्द्रका सूचना अधिकारी शिवराज जोशीका अनुसार कात्तिक १५ देखि छाप्ने काम सुरू गर्ने र त्यसलगत्तै वितरण गर्ने तयारी रहेको बताए।, ‘अहिले परिचय पत्र परीक्षण गर्ने काम ...
शोभा शर्मा निर्मला बलात्कार र हत्या प्रकरण, निर्मला पन्तको बलात्कार र हत्या प्रकरणमा पक्राउ व्यक्तिविरुद्ध किटानी जाहेरी दिन प्रहरीले दबाब दिएको उनको परिवारले बताएको छ।, यो घटनामा प्रहरी अनुसन्धान चित्तबुझ्दो नभएको आरोप लगाउँदै निर्मलाका बुवा एकराज पन्तले मंगलबार सेतोपाटीसँग भने, 'प्रहरीले आफूले समातेर ल्याएको मान्छेव...
सेतोपाटी संवाददाता सरकारले ६ वर्षमूनिका बालबालिकालाई एक्लै छाड्न रोक लगाउने गरी बालबालिकासम्बन्धी विधेयक तयार गरेको छ। विधेयकले बालबालिकाको हेरविचार, पालनपोषण तथा वृति विकासमा बाबु र आमाको समान दायित्व हुने व्यवस्था पनि गरेको छ।, राष्ट्रिय सभामा मंगलबार दर्ता भएको विधेयकमा भनिएको छ- बाबु, आमा, परिवारका अन्य सदस्य वा स...
सेतोपाटी संवाददाता काठमाडौंका ट्याक्सी चालकहरूले ‘फ्लोरेसेन्ट ज्याकेट’ लगाउनुपर्ने भएको छ।, बुधबार महानगरीय ट्राफिक महाशाखाले सुन्धारामा विशेष कार्यक्रम गरी राजधानीमा भाडाका ट्याक्सी चलाउने ड्राइभरका लागि अँध्यारोमा टल्कने र टाढैबाट प्रष्ट देखिने ‘फ्लोरेसेन्ट ज्याकेट’ अनिवार्य लगाउनुपर्ने व्यवस्था लागू भएको जनाएको हो।...
सेतोपाटी संवाददाता राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको कार्यकारी समितिको बैठक बसिरहेको छ।, प्रमुख कार्यकारी अधिकृतमा सुशील ज्ञवाली पुनः नियुक्त भएपछि पहिलो पटक यो बैठक बसेको हो।, प्रमुख कार्यकारी अधिकृत युवराज भुसाल पदमुक्त भएपछि नेतृत्वविहिन हुँदा बैठक बस्न सकेको थिएन। प्राधिकरण नेतृत्वविहीन भएपछि धेरै काम रोकिएको थिय...
खिलानाथ ढकाल ‘गुन्डा नाइके’ गणेश लामाको नाममा थप करोडौं सम्पत्ति फेला परेको छ। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले राजकुमार दंगालका नाममा लामाले बालाजुमा ८ करोड ३० लाख २५ हजार रुपैयाँ बराबरको होटल किनेको भेटाएको हो। , सम्पत्ति शुद्धिकरण मुद्दा खेप्दाखेप्दै लामाले आपराधिक गतिविधिको कमाइले होटल किनेको ...
सेतोपाटी संवाददाता मोरङको ग्रामथान गाउँपालिका ३ सिद्राहामा एक युवतीको धारिलो हतियार प्रयोग गरि विभत्स हत्या भएको छ।, विराटनगरबाट घुम्न जाने क्रममा शुक्रबार बिहान ३० वर्षीय प्रेमी दिनेश भट्टराईले २३ वर्षिय शिखा घिमिरेको विभित्स हत्या गरेको मोरङ प्रहरी प्रमुख एसपी मनोज केसीले सेतोपाटीलाई जानकारी दिए।, एसपी केसीका अनुसार...
सेतोपाटी संवाददाता मुस्लिम धर्मावलम्बीले बकर ईद पर्व हर्ष र उत्साहका साथ मनाइरहेका छन्।, मुस्लिम धर्मावलम्बीले यो पर्वलाई बलिदानीको पर्वका रूपमा पनि मनाउने गर्छन्।, इस्लाम महिनाको जुल हिज्जाको दशौं दिन यो पर्व मनाउने गरिन्छ।, बुधबार नेपाली मुस्लिम धर्मावलम्बीहरूले बकर ईदका अवसरमा नजिकैको मस्जिद इदगाहमा भेला भइ नवाज पढ...
शान्ति तामाङ काठमाडौं महानगरपालिकाले पुरानो बसपार्क टुँडिखेल सारेर त्यहाँ भ्यू टावर बनाउने निर्णय गर्यो। यसले बसपार्क र टुँडिखेल त मासियो मासियो, भ्यू टावर पनि बन्न सकेन।, महानगरको महत्वाकांक्षी आयोजना भ्यू टावर निर्माणको समयावधि भदौ ६ मा सकिँदैछ। पाँच दिन मात्र बाँकी छँदा जग निर्माणको कामधरि सकिएको छैन। अब आयोजना के ...
भगवती पाण्डे तौलिहवामा एक जनाले श्रीमतीको नागरिकता बनाइदिन मानेनन्।, श्रीमती हो भन्ने स्वीकार गर्छन्, तर नागरिकता बनाइदिन राजी हुन्नन्। जिल्ला प्रशासन कार्यालयसम्म कुरा पुग्यो। त्यहाँ पनि उनले त्यही अडान दोहोर्याए।, जिल्ला प्रशासनलाई समस्या भयो। फलानोकी श्रीमती, बुहारी वा छोराछोरी हो भन्ने प्रमाण नखुलेपछि नागरिकता बना...
डिल्ली पाण्डे प्रहरीले पैसा माग्यो, अनावश्यक दु:ख दियो वा गैरकानुनी काम गरेको देख्नुभयो। १११३ मा खबर फोन गरेर भन्नुस्।, तपाईं कुनै प्रहरी कार्यालय काममा जाँदा प्रहरीले दु:ख दियो, भनेको बेला काम भएन? बिनाकारण प्रहरीले झुलायो अथवा पैसा माग्न खोज्यो भने पनि १११३ मा उजुरी गर्नुस्। यसरी उजुरी गर्दा तपाईंको काम त बन्नेछ सँग...
नारायण महर्जन राज्यले महिलालाई ‘दोस्रो दर्जा’ को हैसियतमा राखेको भन्दै शुक्रबार राजधानीका महिलाहरू माइतीघर सडकमा ओर्लिएका छन्।, भर्खरै प्रतिनिधिसभामा छलफलका लागि पेस भएको ‘नेपाल नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयक’ ले नेपाली महिलालाई दोस्रो दर्जाको हैसियत दिएको विरोधमा महिला मानवअधिकार रक्षकहरू आन्दोलित भएक...
नारायण महर्जन प्राचीन समयदेखि कीर्तिपुर नगरवासीको सुरक्षाका लागि प्रत्येक वर्ष सिंह सङ्क्रान्तिका दिन बिहान पूजा तथा साँझमा जात्रा हुने गर्दछ।, कीर्तिपुर नगरपालिका–१ स्थित बाघभैरव मन्दिर तथा त्यस आसपास क्षेत्रमा गरिने पूजा र जात्राका लागि नगरवासीको सहभागिता रहने गर्दछ ।, भदौ सङ्क्रान्तिलाई सिंह सङ्क्रान्तिको रुपमा मना...
रासस रत्ननगर नगरपालिकाले बाँझो जमिन राख्नेलाई कारबाही गर्न थालेको छ। उत्पादनमूलक जग्गालाई बाँझो राखेर छाड्नेलाई नगरसभाबाटै निर्णय गरी जरिवाना लिन थालिएको नगर प्रमुख नारायण वनले जानकारी दिए।, उनका अनुसार विभिन्न वडामा बाँझो जमीन राख्नेविरुद्ध गरिएको कारबाहीबाट अहिलेसम्म रु एक लाख ३६ हजार राजस्व संकलन भएको छ। नगरपालिकाल...
रासस लगातारको अविरल वर्षाका कारण बाजुराको बूढीगङ्गा नगरपालिका–१ मल्ला कुँडीमा पहिरोमा परी एक महिलाको मृत्यु भएको छ।, मृत्यु हुनेमा सोही वडाका नन्दे परीकी ४५ वर्षीया कला परीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ। शुक्रबार रातिको अविरल वर्षाले घरमाथिबाट पहिरो आएपछि घरसमेत बगाएको छ। सोही वडाका साउदका पाँ...
दिपकजंग शाही पहिरोको जोखिम बढेपछि दैलेखको नारायण नगरपालिका १ का ११ घरपरिवारलाई शनिबार सुरक्षित स्थानमा सारिएको छ।, गएरातिको वर्षाका कारण केही घरका कान्लाहरू भत्किएको र तीसहित अन्य घरहरूमा पनि पहिरो आउन सक्ने सम्भावना बढेपछि नारायण नगरपालिका–१ नमूना बस्तीका ११ घरपरिवारलाई सुरक्षित स्थानमा सारिएको हो।, जिल्ला प्रशासन का...
सेतोपाटी संवाददाता बलात्कारी पुरुषलाई फाँसीको माग गर्दै राजधानीको माइतीघर मण्डलामा अभियन्ताहरूले अर्धनग्न प्रदर्शन गरेका छन्।, शनिबार महिला अधिकारका अभियन्ताहरूले कालो पेटीकोट लगाएर प्रदर्शनमा उत्रिएपछि प्रहरीले धरपकड गरी नियन्त्रणमा लिएको छ।, बलात्कारीलाई फाँसी दे भन्दै नाराबाजी गर्न थालेपछि प्रहरीले उनीहरूलाई नियन्त...
नारायण खड्का दाङमा कारले मोटरसाइकललाई ठक्कर दिँदा दुई जनाको मृत्यु भएको छ।, कारको ठक्करबाट मोटरसाइकल चालक दाङको राप्ती गाउँपालिका ७ सिसहनियाँ निवासी ४९ वर्षीय धनबहादुर सुवेदी र सोही ठाउँ निवासी ५० वर्षीय विष्णुबहादुर जिसीको मृत्यु भएको दाङ जिल्ला प्रहरी प्रमुख एवं एसपी कृष्णहरी शर्मा पोखरेलले जानकारी दिए। गम्भीर घाइते...
रासस उपत्यकाको खानेपानी वितरण सञ्जालमा दैनिक तीन करोड लिटर पानी थप भएको छ। ,उपत्यकाका ७० हजार धारामा थप पानी जाने काठमाडौँ उपत्यका खानेपानी लिमिटेड आयोजना कार्यान्वयन निर्देशनालयले जनाएको छ। पानी वितरणको शुरुआत गर्दै सभामुख कृष्णबहादुर महराले पानीको अभावमा रहेका उपत्यकाका बासिन्दाका लागि राहत मिल्ने बताए। ,उनले भने,‘ध...
रासस गए राति मुसलधारे वर्षापछि आएको बाढीले बाह्रबिसे बजारको पक्की पुल बगाएको छ।, बाढीले बाह्रबिसे नगरपालिका–३ र ४ को बीचमा रहेको साँदी खोलाको पुल बगाएको हो। पुल बगाएपछि उक्त क्षेत्रमा आवागमन ठप्प भएको छ। बजार क्षेत्रका २२ घरमा बाढी पसेको इलाका प्रहरी कार्यालय बाह्रबिसेका प्रहरी निरीक्षक यादव थापाले जानकारी दिए।, अरनिक...
सेतोपाटी संवाददाता चिनियाँ प्राविधिक टोलीले गरेको प्रारम्भिक अध्ययनले केरूङ-काठमाडौं रेलमार्ग बनाउन साढे २ खर्ब रूपैयाँ चाहिने देखाएको छ।, जेठ दोस्रो साता चिनियाँ टोलीले गरेको प्रारम्भिक अध्ययनको रिपोर्टअनुसार ७२.२५किलोमिटर लामो रेलमार्ग बनाउन २ खर्ब ५७ अर्ब रूपैयाँ लाग्ने र ९ वर्षमा बन्ने देखिएको रेल वे विभागका सूचना...
रासस पासाङल्हामु राजमार्गको नुवाकोटको त्रिशूली–बेत्रवती खण्डको गेर्खुको पुलमा गेर्खु खोलाले सडक कटान गर्दा नुवाकोट र रसुवाको यातायात ठप्प भएको छ।, आज बिहान खोलामा आएको बाढीले विदुर नगरपालिका–१ र विदुर नपा–१० जोड्ने पुलको दायाँबायाँको सडक कटान गरेकाले यातायात ठप्प भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।, सडक नै कटान भए...
सेतोपाटी संवाददाता सिंहदरबार अगाडि 'नग्न' भएर प्रदर्शन गर्ने जितिन लिम्बुमाथि प्रहरीले मुद्दा दर्ता गर्ने तयारी गरेको छ।, राष्ट्रिय जनावरबाट गाईलाई हटाउन माग गर्दै लिम्बुले नयाँ मुलुकी ऐन लागु भएकै दिन भदौ १ गते सिंहदरबार दक्षिण गेट अगाडि प्रदर्शन गरेका थिए। लगत्तै लिम्बुलाई प्रहरीले नियन्त्रणमा लिएको थियो।, लिम्बुलाई...
सेतोपाटी संवाददाता भारतको प्रसिद्ध ‘जी सिने अवार्ड’ कार्यक्रम गर्न भक्तपुरस्थित नागरिक उड्ययन प्राधिकरणको जग्गामा प्रिफ्याब भवन बनाइने भएको छ।, ठिमीस्थित प्राधिकरणको १ सय ८९ रोपनी जग्गामा भवन बनाउने प्रक्रिया अघि बढेको हो।, सहरी विकास मन्त्रालयका प्रवक्ता कृष्णप्रसाद दवाडीले ठिमीस्थित जग्गामा भवन बनाउनेबारे कुराकानी भ...
नारायण खड्का जिल्ला प्रशासन कार्यालय दाङले सार्वजनिक विदाको दिनमा पनि सरकारी सेवा सुरू गरेको छ।, व्यस्त दैनिकी भएका, जागिरे तथा देशविदेशमा रहेका व्यक्तिहरूलाई लक्षित गरी भदौ २ गतेदेखि  कार्यालयले सार्वजनिक विदाको दिनमा पनि सरकारी सेवा सुरू गरेको हो।, दाङको घोराही उपमहानगरपालिका वडा नं. ४ लक्ष्मीपुर निवासी सपना बैजाली ...
डिल्ली पाण्डे तपाईँले सवारी चलाउँदा कुनै गल्ती गर्नुभयो? अथवा तपाईले सवारी चलाइरहेको बेला सडकमा कोही ट्राफिक नभएपछि नियमको ख्यालै गर्नुभएन? यदि त्यस्तो हो भने तपाईँ कारबाहीमा पर्न सक्नुहुन्छ।, सबै ठाउँमा ट्राफिक प्रहरीको उपस्थिति नभए पनि उपत्यकाका विभिन्न सडकमा राखिएका सिसी टिभीले तपाईँको गल्ती पछ्याईरहेका हुन्छन्।, म...
सेतोपाटी संवाददाता वैदेशिक रोजगार विभागले सामाखुसीमा रहेको कान्तिपुर ओभरसिज सर्भिस प्रालिमा छापा मारेको छ। , पूर्व स्वीकृतिविना नै वैदेशिक रोजगारीको लागि कतार पठाइदिने भन्दै कारोबार गरेकाले छापा मारिएको विभागका अधिकृत उद्धव रिजालले बताए।, कम्पनीले कतार जानको लागि १ लाख रुपैयाँसम्म लिएर अन्तर्वार्ता लिइरहेको थियो।, स...
सेतोपाटी संवाददाता नेपाल आयल निगमले पेट्रोल, डिजेल, मट्टीतेल तथा हवाई इन्धनको मूल्य बढाएको छ ।, नयाँ मूल्य अनुसार पेट्रोलको मूल्य लिटर १ रुपैयाँले बढेर १११ रुपैयाँ भएको छ भने  डिजेल र मट्टतिेलको मूल्यमा क्रमश: २/२ रुपैयाँले बढेको छ। अब उपभोक्ताले यी दुबैका लागि प्रति लिटर ९५ रुपैयाँ खर्च गर्नुपर्नेछ ।, त्यस्तै आन्तरिक...
भगवती पाण्डे लुम्बिनी बौद्ध विश्वविद्यालयले अर्जेन्टिनामा केन्द्रीय कार्यालय रहेको संयुक्त बौद्ध राष्ट्र सङ्गठनको सदस्यता लिएको छ।, शुक्रबार बसेको संयुक्त बौद्ध राष्ट्र संगठनको बोर्ड बैठकले लुम्बिनी बौद्ध विश्वविद्यालयलाई आफ्नो सदस्यता प्रदान गर्ने निर्णय गरेको हो।, बौद्ध दर्शन, साहित्य, शिक्षा र संस्कृतिको अध्ययन अध्...
सेतोपाटी संवाददाता काठमाडौंबाट जहाजमा पोखरा जान लागेका एक यात्रुको झोलामा २२ एमएमको गोली २० राउण्ड फेला परेको छ।, आइतबार दिउँसो बुद्ध एयरको विमानबाट पोखरा जान लागेका भारतीय सेना आसाम राइफलका कर्नेल बलबहादुर पुनको झोलामा गोली भेटिएको हो। गोलीसहित पुनलाई नियन्त्रणमा लिएको प्रहरी प्रवक्ता शैलेश थापा क्षेत्रीले सेतोपाटीला...
नारायण खड्का दाङमा ठूलो परिमाणमा लागूऔषध चरेससहित पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ।  ६० किलो चरेससहित पक्राउ परेका  पाँच जनालाई प्रहरी आइतबार पत्रकार सम्मेलन गरि सार्वजनिक गरेको हो ।, गोप्य सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय दाङबाट खटिएको विशेष टोलीले ६० किलो चरेस सहित ३ जना पुरष र २ जना महिलालाई पक्राउ गरेको पत...
एजेन्सी न्युजिल्याण्डकी महिला मन्त्री आफ्नो पहिलो सन्तानलाई जन्म दिन आफैं साइकल चलाएर अस्पताल पुगेकी छन्।, द ग्रिन पार्टीकी जुली जेन्टर गर्भवती भएको ९ महिना पछि साइकल चढेर अस्पताल गएकी हुन्।, कारमा बस्नका लागि पर्याप्त ठाउँ नपुग्ने भन्दै  उनले साइकलमा जाने निर्णय गरेकी हुन्।, उनी स्थानीय समय अनुसार आइतबार बिहान साइकल ...
सेतोपाटी संवाददाता फ्रान्सका लागि नेपालका पूर्वराजदूत केशव झाको हत्या भएको छ।, काठमाडौंको बबरमहलस्थित निवासमा धारिलो चक्कु प्रहारबाट उनको हत्या भएको अपराध महाशाखाका एसएसपी धिरजप्रताप सिंहले जानकारी दिए।, सिंहका अनुसार झा सोमबार बिहान आफ्नै कोठामा घाँटी रेटिएको अवस्थामा फेला परेका हुन्।, झा सुतेको कोठाको ढोका बाहिरबाट ...
अमृता लम्साल हजुरआमाका कथा:, देवमाया मानन्धरलाई आफू जन्मेको मिति थाहा छैन।, अधिकांश बूढापाकाझैं उनी आफ्नो जन्मबारे भन्छिन्, '९० सालको भुइँचालोमा त्यस्तै १०/१२ वर्षको थियो होला!', यस हिसाबले देवमायाको उमेर ९६ वर्ष आसपास हुनुपर्छ।, 'सम्झनुहुन्छ त भुइँचालोको कुरो?' मैले सोधिहालेँ।, 'किन नसम्झिनु! त्यो अहिले पत्रिकाको अफि...
रासस राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका सचिव अर्जुनकुमार कार्कीले विसं २०७२ को भूकम्पबाट क्षतिग्रस्त सबै घर तोकिएको पाँच वर्षभित्र निर्माण सम्पन्न हुने बताएका छन्।, ट्रान्सपेरेन्सी इन्टरनेशनलको २३ औं वार्षिकोत्सवको अवसरमा भूकम्पपछिको पुनर्निर्माण पुनर्स्थापनासम्बन्धी आइतबार यहाँ आयोजित विचार गोष्ठीमा उनले,आव २०७५/०७६ ...
डिल्ली पाण्डे आइतबार बेलुका खाना खाएर आफ्नै निवासको कोठामा सुतेका फ्रान्सका लागि नेपालका पूर्वराजदूत केशव झाको हत्या भएको छ।, काठमाडौंको बबरमहलस्थित ओलम्पिया कलेजसँगै जोडिएको झाको निवासमा धारिलो चक्कु प्रहारबाट उनको हत्या भएको प्रहरीले जनाएको छ।, झाको हत्या शंकास्पद रहेको महानगरीय अपराध महाशाखाका प्रमुख एसएसपी धीरजप्र...
सेतोपाटी संवाददाता सरकारले कुनै पनि व्यक्तिलाई स्वास्थ्य सुविधा उपलब्ध गराउँदा सुसूचित सहमति नलिए जरिवानाको प्रस्ताव गरेको छ।, संविधानले व्यवस्था गरेको नि:शुल्क स्वास्थ्यसम्बन्धी व्यवस्था कार्यान्वयन गर्न सरकारले ल्याएको जनस्वास्थ्य सेवासम्बन्धी नयाँ व्यवस्थामा उपचार अघि सहमति लिनुपर्ने व्यवस्था राखेको हो।, विधेयकले स...
रासस कालीगण्डकी नदीले विद्यालय बगाएको छ। , , अन्नपूर्ण गाउँपालिका–४ कोप्चेपानीस्थित धवलागिरि आधारभूत विद्यालय आज कालीगण्डकीले बगाएको हो।, कालीगण्डकीले धार परिवर्तन गरेपछि ६ कोठे भवन बगाएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दुर्गा खड्काले जानकारी दिए। कक्षा तीनसम्म पठनपाठन हुने उक्त विद्यालयमा २० विद्यार्थी अध्ययनरत ...
सेतोपाटी संवाददाता उद्घोष दैनिक विराटनगरले वरिष्ठ पत्रकार तथा कान्तिपुर दैनिकका प्रधान सम्पादक नारायण वाग्लेलाई सम्मान गर्ने भएको छ। आफ्नो १४ औं वार्षिकोत्सवको अवसरमा भदौ २ गते वाग्लेलाई नारायण–श्रीप्रसाद–दिव्यराज स्मृति पुरस्कारबाट सम्मान गरिन लागिएको हो।, कमलराज दाहालले आफ्ना पिता–पुर्खाको नाममा स्थापना गरेको नारायण...
डिल्ली पाण्डे पछिल्लो १६ महिनामा काठमाडौं उपत्यकामा यात्रु ठग्ने करिब ८ हजार ट्याक्सी चालक कारबाहीमा परेका छन्।, महानगरीय ट्राफिक प्रहरी महाशाखाको तथ्यांक अनुसार २०७४ वैशाख यता ७ हजार ९ सय ७३ ट्याक्सी चालक विभिन्न कसुरमा कारबाहीमा परेका हुन्।, उनीहरूमध्ये धेरै तोकिएको स्थानमा नजाने र मिटरमा जान नमान्नेहरू रहेको महाशाख...
डिल्ली पाण्डे रूकुम पश्चिमको मुसिकोट नगरपालिका -१४ कामा एक जनाले खुकुरीले हानेर भाइ र छोराको हत्या गरेका छन्।   बाबुको आक्रमणबाट  २ छोरा घाइते भएका छन्।, मुसिकोट- १४, लोरीबाङ लरेखेतका ३६ वर्षिय शंकर बिष्टले  बुधबार बिहान ६ बजे घरमै खुकुरी प्रहार गर्दा ६ वर्षिय छोरा सुदर्शन बिष्ट र अपांग भाइ २० वर्षका गोकर्ण बिष्टको मृ...
चेतना गुरागाईं हिजो–,सानेपा। मोटरसाइकल र बस ठोक्किए। मोटरसाइकल चालक चन्द्रबहादुर मगर घाइते भए। ३२ वर्षका उनी ट्रमा सेन्टरमा छन्।, अस्ति–,बालकुमारी पुल। ट्रक र मोटरसाइकल जुधे। मोटरसाइकल चालक सनम अधिकारी घाइते भए। २१ वर्षका उनी बिएन्डबी आइसियूमा छन्।, झन् अस्ति–,चोभार। पानी ट्यांकर र मोटरसाइकल ठक्कर खाए। मोटरसाइकलमा सवा...
सेतोपाटी संवाददाता बानेश्वरमा एक होस्टलको छतबाट खसेर एक जना विद्यार्थीको मृत्यु भएको छ। , प्रयाग मार्गस्थित ओम शान्ति होस्टेलको तेस्रो तलाको छतबाट खसेर सर्लाही मलगंवा नगरपालिका–१० का सन्तोषकुमार कर्णकी ४ वर्षीया छोरी साक्षीकुमारी कर्णको मृत्यु भएको हो। , होस्टेलको छतबाट जमिनमा खस्दा गम्भीर घाइते भएकी बालिकाको नागरिक अ...
सेतोपाटी संवाददाता काठमाडौंको घट्टेकुलोमा पिकअपले ठक्कर दिँदा एक वृद्धको मृत्यु भएको छ। , ७६ वर्षीय पैदल यात्री कृष्णप्रसाद नेपालको मृत्यु भएको महानगरीय प्रहरी वृत्त बानेश्वरका डिएसपी गोविन्द काफ्लेले जानकारी दिए। , हिँडिरहेको अवस्थामा बा ७ प ३६९४ नम्बरको पिकअपले ठक्कर दिएको थियो।, काठमाडौंको घट्टेकुलोमा पिकअपले ठक्क...
नारायण खड्का दाङको फुलबारीका तीन बालिका तीन दिनदेखि सम्पर्कबिहीन छन्।, तुलसीपुर उपमहानगरपालिका १३ मझघटुवाका १३  वर्षीया रिता विक उनकी ९ वर्षीया बहिनी गंगा विक र स्थानीय ११ वर्षीया विपना नेपाली सोमबार बेलुकादेखि बेपत्ता रहेका फूलबारीकी शान्तिदूत छिता खड्काले जानकारी दिइन्।, यसैबीच रिता र गंगाकी आमा मिना विकले आफ्नी छोर...
दिपकजंग शाही खोलाले बगाउँदा जाजरकोटमा एक जनाको मृत्यु भएको छ।, बुधबार बिहान दाउरा निकाल्ने क्रममा खोलाले बगाउँदा नलगाड नगरपालिका–७ का ४० वर्षीय उमेश शाहीको मृत्यु भएको छ।, दानीपिपल भन्ने ठाँउबाट बगेका उनलाई ५० मिटर तलबाट मृत अवस्थामा फेला पारेको जिल्ला प्रहरी कार्यालय जाजरकोटले जनाएको छ।, यस्तै, मंगलबार रातिदेखि परेको...
सेतोपाटी संवाददाता जल तथा मौसम विभागले काठमाडौंको विष्णुमती र धोबीखोलामा आकस्मिक बाढीको सम्भावना औंल्याएको छ।, काठमाडौंको उत्तरी शिवपुरी क्षेत्रमा क्युमुलोनिम्वस बादलसहित ठूलो वर्षा सुरू भएको विभागले जनाएको छ।, क्युमुलोनिम्वस बादलले एकै ठाउँमा ठूलो वर्षा गराउँछ। झण्डै आठ दश किलोमिटर क्षेत्रमा थुप्रिएको बादललाई क्युमुल...
रासस विदुर नगरपालिका–९ लामाटारमा आज बिहान भएको बस दुर्घटनामा भएका घाइतेमध्ये एक जनाको मृत्यु भएको छ।, म्यागङ गाउँपालिका– २ बुङ्ताङबाट काठमाडौंका लागि छुटेको वा २ ख २८०४ नम्बरको बस दुर्घटना हुँदा घाइते भएकी विदुर–७ तुप्चेकी ५६ वर्षीया मोतीमाया तामाङको उपचारका क्रममा काठमाडौंमा मृत्यु भएको प्रहरी नायब उपरीक्षक भीमलाल भट...
शोभा शर्मा संसदमा नागरिकता ऐन संशोधन विधेयक दर्ता भएपछि आमाको नामबाट छोराछोरीले नागरिकता पाउने मुद्दा फेरि व्यूतिएको छ। यो विधेयकमा पनि छोराछोरीलाई नागरिकता दिने विषयमा पुरूष र महिलाबीच विभेद गरिएको छ। यस्तो विभेदले बाबुको नामबाट मात्र सन्तानलाई नागरिकता दिलाउने हो भने नागरिकता नभएका बाबुहरूले कतिसम्म झन्झट र अपमान व...
रासस पूर्णप्रसाद मिश्र , प्रत्येक वर्ष श्रावण शुक्ल पञ्चमीका दिन मनाइने नागपञ्चमी पर्व आज परम्पराअनुसार घरका मूलढोकामा नागको तस्वीर टाँसी पूजार्चना गरेर मनाइँदैछ ।, यसरी नागको तस्वीर टाँस्दा वर्षभर घरमा नाग, सर्प र बिच्छीलगायत जीवले दुःख नदिनाका साथै अग्नि, मेघ र चट्याङको भयबाट पनि बच्न सकिन्छ भन्ने धार्मिक विश्वास छ ...
सबिना श्रेष्ठ भनाइ छ– खराब पुस्तकालयले पुस्तक थुपार्छ। राम्रोले सेवा दिन्छ। उत्कृष्टले समुदाय बनाउँछ।, काभ्रे, पनौतीको ‘ज्ञान विकास पुस्तकालय’ यही प्रयासमा छ। पुस्तकालय समुदायले बनाएको हो। अहिले पुस्तकालयले समुदाय बनाउँदैछ।, रत्नपार्कबाट ३२ किलोमिटर दूरीमा छ पनौती। पनौती बसपार्कबाट करिब २ सय मिटर अगाडि बायाँपट्टि एउटा...
रासस हिक्मतबहादुर नेपाली, , जुम्लाका ५५ वर्षीय हरिबहादुर बुढा नेपालगञ्जतर्फ हिँडेको ६ दिन पुगिसक्दा पनि अझै कर्णाली राजमार्गअन्तर्गतको चामुण्डाविन्द्रासैनी नगरपालिकाको चिउरे खोलामै छन्।, जुम्लामा खुद्रा तथा खाद्यान्न व्यापारका लागि सामान किन्न हिँडेका उनी हिउँदको समयमा दुई दिनमै नेपालगञ्ज पुग्थेँ तर अहिले ६ दिन भइसक्य...
सेतोपाटी संवाददाता बेरोजगार युवालाई पोल्याण्ड पठाइदिन्छु भन्दै दर्जनौं नेपाली युवाहरूलाई ठगी गर्ने २ युक्रेनी नागरिकलाई प्रहरीले पक्राउ गरेको छ।, महानगरीय अपराध महाशाखाको टोलीले काठमाडौंको पुतलीसडकबाट २ जना युक्रेनी नागरिक बिटाली बिल्या र नातालीया मेन्लीचुकलाई पक्राउ गरेको हो।, महाशाखाका अनुसार उनीहरूले पुतलीसडकमा पिप...
सेतोपाटी संवाददाता सुत्केरी भएको १२ दिनपछि महिलाको पाठेघरमा गजपिस भेटिएको घटनाले सिद्धार्थ महिला तथा बाल अस्पताल आम्दा बुटवलका चिकित्सकहरुलाई तनावमा पारेको छ।, अर्घाखाँचीको सितगंगा गाउँपालिका वडा नं. २ घोरबन्दाकी ममता गुरूङलाई सुत्केरी बेथा लागेपछि गत साउन १७ गते दिउँसो आम्दा अस्पताल भर्ना भएकी थिईन्।, दिउँसो अस्पताल ...
सेतोपाटी संवाददाता राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत (सिइओ) सुशील ज्ञवालीले पदभार ग्रहण गरेका छन्।, बिहिबार पुनर्निर्माण प्राधिकरणको कार्यालयमा उनले पदभार ग्रहण गरेका हुन्।, सरकारले मंगलबार उनलाई पुनर्निर्माण प्राधिकरणको प्रमुख कार्यकारी अधिकृतमा पुन:नियुक्त गरेको हो।, यसअघि २०७३ मा पुष्पकमल द...
नारायण महर्जन आज नागपञ्चमी घरका मूल ढोकामा नागको तस्वीर टाँसी पूजाअर्चना गरेर मनाईदैछ।, पत्येक वर्ष श्रावण शुक्ल पञ्चमीका दिन नाग पञ्चमी पर्व मनाउने गरिन्छ । नागको तस्विर टाँस्दा वर्षभर घरमा नाग, सर्प र बिच्छीलगायतका जीवले दुःख नदिने साथै मेघ, चटयाङलगायतका प्राकृतिक भय पनि टार्न सकिने धार्मिक विश्वास रही आएको छ।, यसै ...
एजेन्सी नोबेल पुरस्कार विजेता लेखक भिएस नायपालको निधन भएको छ। नायपालको लण्डनस्थित निवासमा ८५ वर्षको उमेरमा निधन भएको पारिवारिक स्रोतलाई उल्लेख गर्दै बीबीसीले जनाएको छ।, सन् २००१ मा साहित्यतर्फ नोबेल पुरस्कार विजेता नायपालले ३० भन्दा बढी पुस्तकहरू प्रकाशनमा ल्याएका छन्। उनका ‘द बेन्ड इन द रिभर’, ‘अ हाउस फर मिस्टर विश्व...
सेतोपाटी संवाददाता दुई वर्षअघि अछाम गाज्रा–७ की १५ वर्षीय रोशनी तिरुवाको छाउपडी गोठमै मृत्यु भयो।, रजस्वला भएर गोठमा सुतेकी उनी बिहान उठ्दै उठिनन्।। जाडोयाम थियो। गोठमा आगो बालेर उनी सुतेकी थिइन्। हावा ओहोरदोहर गर्ने कुनै झ्याल नभएको उक्त गोठभित्र धूँवाले निस्सासिएर रोशनीको मृत्यु भएको प्रहरीले जनाएको थियो।, २०७३ साल ...
सेतोपाटी संवाददाता हुम्लाको हिल्सामा मनाङ एयरको हेलिकोप्टरको पंखाले लागेर एक जना भारतीय पर्यटकको मृत्यु भएको छ।, मानसरोवर कैलास यात्राका लागि हुम्लाको सिमिकोट एयरपोर्टबाट सोही हेलिकप्टरमा हिल्सा गएका भारत महाराष्ट्रका ४२ वर्षीय नगेन्द्रकुमार कार्तिक मेहतालाई हेलिकप्टरको पंखाले काट्दा मृत्यु भएको नागरिक उड्यान कार्यालय...
रासस विसं २०६३ देखि रोकिएर गत वर्षदेखि सुरू भएको थिमिको जिब्रो छेड्ने जात्रालाई निरन्तरता दिन यस वर्ष मध्यपुरथिमी–५, चोडेका ४० वर्षीय बालकराम श्रेष्ठले जिब्रो छेड्ने भएका छन्।, शनिबार चोडेमा चेंया पुन्हिया मेय प्वा :  खनेगु जात्रा व्यवस्थापन समितिले आयोजना गरेको पत्रकार सम्मेलनमा उनले लोप हुन लागेको जात्रा र परम्पराला...
रासस केही दिनदेखिको लगातारको वर्षाले सडकमा पहिरो खस्दा आज बिहानैदेखि जयपृथ्वी राजमार्ग अवरुद्ध छ।, बैतडीको सिगास गाउँपालिका– ९ श्रीभावरमा आज बिहान ६:३० बजे पहिरो खस्दा सडक रोकिएको बनेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ।, यातायातका साधन पूर्णरूपमा बन्द हुँदा लामो तथा छोटो दूरीका सवारी साधन रोकिएका छन् भने यात्रु...
डिल्ली पाण्डे नेपाल मेडिकल काउन्सिलले शनिबार लिएको परीक्षामा एमबिबिएस र बिडिएस पढेका ७१ प्रतिशत परिक्षार्थी फेल भएका छन्।, डाक्टर बनेर बिरामी जाँच्न काउन्सिलमा दर्ता हुनुपर्छ। दर्ता प्रमाणपत्र लिन परीक्षा पास गर्नै पर्छ।, शनिबार भएको परीक्षामा सहभागी हुन ९ सय १२ जनाले आवेदन दिएका थिए। तीमध्ये ९ सय ३ परीक्षार्थी जाँच द...
सेतोपाटी संवाददाता बहुमूल्य मुगाको मालासहित प्रहरीले दुई जनालाई पक्राउ गरेको छ।, पक्राउ पर्नेमा बौद्ध बस्ने ग्याल्पो तामाङ र  यमन नागरिक महमद याया असिद छन्।, उनीहरुको साथबाट प्रहरीले ८ किलो अवैध मुगाको मालासमेत बरामद गरेको परिसरका डिएसपी मोहनकुमार थापाले बताए।, महानगरीय प्रहरी परिसर काठमाडौंबाट प्रहरी निरीक्षक अनिल ठक...
सेतोपाटी संवाददाता नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता खडगबहादुर विश्वकर्मा (प्रकाण्ड) लाई काठमाडौं जिल्ला अदालतले थप ३ दिन हिरासतमा राख्न आदेश दिएको छ।, जबरजस्ती चन्दा संकलन गरेको अभियोगमा पक्राउ परेका प्रवक्ता प्रकाण्डमाथि अनुसन्धानका लागि काठमाडौं जिल्ला अदालतले थप ३ दिन हिरासतमै राख्न आदे...
सेतोपाटी संवाददाता प्रदेश ३ प्रहरी कार्यालय हेटौंडाबाट खटिएको प्रहरी टोलीले प्रतिबन्धित लागूऔषध ११३ किलो गाँजासहित एक जना पक्राउ गरेको छ।, चितवनको शक्तिखोरबाट गाँजा लोड गरी बाराको जितपुर गइरहेको ना४ख २९३ नम्बरको ट्रक र उक्त ट्रकका चालक विष्णु भक्त श्रेष्ठलाई प्रहरी निरीक्षक रोशन थापाको कमाण्डमा खटिएको प्रहरी टोलीले मक...
सेतोपाटी संवाददाता जल तथा मौसम विज्ञान विभागले आगामी तीन दिनसम्म वर्षा हुने जनाएको छ। विभागले पहाडी क्षेत्रमा पहिरोको जोखिम रहेको भन्दै अत्यावश्यक अवस्थामा बाहेक यात्रा नगर्न समेत सुझाएको छ।, विभागले जारी गरेको बुलेटिनमा आज दिउँसो र राती देशभर सामान्यदेखि पूर्ण बदली रहि वर्षा हुने जनाइएको छ। विभागले पूर्वका केही स्थान...
रासस महोत्तरी जिल्लाको मटिहानी नगरपालिकाको एक घरमा आज बिहान भीषण आगलागीमा परी आठ लाख रूपैयाँको क्षति भएको छ । ,जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काका अनुसार मटिहानी नगरपालिका–८ बस्ने विपीनकुमार लालकर्णको घरमा भएको आगलागीमा रु आठ लाख मूल्य बराबरको क्षति भएको हो । ,बिहान करीब ३-४ ब...
नारायण खड्का स्थानीय खोलाहरुमा आएको बाढीले गर्दा तुलसीपुर–लमही सडक खण्डमा यातायात सेवा ठप्प भएको छ । केहीदिन देखिको अविरल वर्षाका कारण तुलसीपुर–घोराही र घोराही–लमही सडक खण्डको यातायात सेवा सोमवार विहानैदेखि अवरुद्ध बनेको हो ।, जिल्ला प्रहरी कार्यालय दाङका निमित्त प्रहरी प्रमुख एवं डिएसपी रामप्रशाद घर्तीले बबईमा आएको ब...