content
stringlengths
20
64.1k
सेतोपाटी संवाददाता पछिल्लो समय महिला हिंसा बढ्दै गइरहेको भन्दै युवाहरूले महिला हिंसा विरुद्ध सचेतना अभियान सुरू गर्ने भएका छन्।, चन्द्रागिरि नगरपालिकामा आयोजित पत्रकार सम्मेलनमा बोल्दै वक्ताहरूले महिला हिंसा विरुद्ध एक भएर लाग्ने बताएका हुन्।, सोही सन्दर्भमा आगामी साउन ३१ गते ‘नारी आधा आकाश हाम्रो बोल,महिला हिंसा विरु...
रासस चितवनको भरतपुर महानगरपालिका–२९ घुमाउनेमा पहिरो खस्दा अवरुद्ध भएको नारायणगढ­ मुग्लिन सडकखण्ड एकतर्फी सञ्चालनमा आएको छ।, जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारीअनुसार आज बिहान ६ बजे खसेको पहिरोका कारण अवरुद्ध हुन पुगेको सडक १०ः३० बजेबाट एकतर्फी सञ्चालनमा आएको हो।, अहिले रोकिएका गाडीलाई गन्तव्यतर्फ पठाउन थालिएक...
रासस त्रिभुवन विश्वविद्यालय अन्तर्गत देशभरका क्याम्पसमा स्नातकोत्तर तहको पठनपाठनमा पूर्णतः सेमेस्टर प्रणाली लागू भएको छ।, सेमेस्टर प्रणालीको शुरुवातसँगै परीक्षा सञ्चालन र नतिजा प्रकाशनमा समेत सुधार आएको छ। वार्षिक प्रणालीमा औषत ३५–४० प्रतिशत उत्तीर्ण हुने गरेकोमा सेमेस्टर प्रणाली अन्तर्गत औषतमा ६० प्रतिशतमाथि नतिजा आउ...
प्रशन्न पोखरेल गोरखाको धार्चे गाउँपालिका ६ काशीगाउँका ५२ वर्षीय भीमकुमार गुरुङको साउन १० गते मृत्यु भयो।, गत मंसिरदेखि बिरामी परेर थलिएका गुरुङलाई पोखरालगायत विभिन्न सहरका अस्पताल पुर्‍याएर आफन्तले उपचार गरे। रगत छाद्ने समस्याबाट पीडित भीमकुमार निको भएनन्।, अस्पतालको औषधिमुलोले ठीक नभएको भन्दै आफन्तले उनलाई गाउँ लगे। ...
रासस मर्स्याङ्दीमा पौडी खेल्ने क्रममा नदीले दुई जनालाई बगाएको छ । बेसीशहर–१ स्थित मध्यमर्स्याङ्दी जलविद्युत् आयोजनाको बाँधबाट बनेको तलाउमा पौडी खेल्ने क्रममा दुई जनालाई बगाएको हो।, बेसीशहर–८ मकैडाँडाका १४ वर्षीय योगेन्द्र रिमाल र १५ वर्षीय अजित थापालाई नदीले बगाएको हो। बगाएर बेपत्ता भएकाहरूलाई प्रहरी र सेनाले खोजी गरि...
रासस नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत भरतपुर महानगरपालिका–२९ घुमाउनेमा गएको पहिरोका कारण गएराति १०:२५ बजेबाट सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।, पहिरो खसिरहेकाले रातको समयमा सफा गर्न नसकिएको भए पनि बिहानबाट पहिरो पन्छाउने काम सुरु भएको जनाइएको छ। सो ठाउँमा केही दिनयता ढुंगा खस्ने समस्या आएको छ ...
सेतोपाटी संवाददाता पाल्पाको रिब्दीकोट गाउँपालिका वडा नं. ६ ठिमुरे ढुस्टुङ्मा हाईलक्स गाडी दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ।, बा १ च ८९७० नम्बरको हाईलक्स जिप शनिबार बेलुकी ६ बजे दुर्घटनामा परेको हो ।, दुर्घटनामा परी तानसेन नगरपालिका १० गणशालका २५ वर्षीय विवेक पौडेल र डोल्पाका ३६ वर्षीय टंक चलाउनेको मृत्यु भएको प्...
सेतोपाटी संवाददाता नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत भरतपुर महानगरपालिका–२९ घुमाउनेमा पहिरो पन्छाएपछि सडक सञ्चालनमा आएको छ।, गए राति १०:२५ बजेबाट अवरुद्ध सडक पहिरो पन्छाएपछि आज बिहान ९:१५ बजेदेखि सञ्चालन भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ। पहिरो पन्छाएसँगै रोकिएका सवारी साधन आफ्नो गन्तव्यतर्फ लागेका छन् ।, सो...
नारायण खड्का राप्ती लोकमार्ग अन्तर्गत दाङ–सल्यान सडक खण्ड अवरुद्ध भएको छ।, अविरल वर्षापछि विभिन्न स्थानमा पहिरो खस्दा सडक खण्ड आइतबार बिहानैदेखि अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रमुख एवं डिएसपी भरतबहादुर विश्वकर्माले जानकारी दिए।, सल्यानको त्रिवेणी गाउँपालिका लुहाम क्षेत्रमा गएको पहिरोका कारण सडक खण्ड अव...
दिपकजंग शाही जाजरकोटको सदरमुकाम खलंगा नजिक पहिरो जाँदा २ घर पुरिएका छन्। पहिरोमा परि ३ बालवालिकाको मृत्यु भएको प्रहरीले जनाएको छ।, अबिरल वर्षाका कारण गएराति ठाँटीबजार नजिकै पहिरो गएको हो।, पहिरोमा परी तिर्थ बोहोरा र गोपाल  सुनारको घर पुरिएको छ। जिल्ला प्रहरी कार्यालय जाजरकोटका प्रहरी निरीक्षक इन्द्रजित सुनारका अनुसार ...
सेतोपाटी संवाददाता नेपाली कांग्रेसका पूर्व सांसद कमल पंगेनीको आइतबार निधन भएको छ ।, स्याङ्जाका जिल्ला सभापति समेत रहेका कांग्रेस नेता पंगेनीको आइतबार बिहान हृदयघातका कारण निधन भएको हो।, घरमा छाति दुखेको बताएपछि उपचारका लागि अस्पताल लैजाने क्रममा बिहान साढे ६ बजे बाटोमै उनको निधन भएको पारिवारिक स्रोतले जानकारी दिएको छ।...
डिल्ली पाण्डे पछिल्लो समय देशभित्र हुने अपराध मध्ये एक हो साइवर क्राइम। प्रविधिको विकाससँगै अपराधमा पनि यसको प्रयोग हुन थालेको छ।  त्यसमा पनि फेसबुक ह्याक त झनै बढेको छ।, नेपाल प्रहरीले साइवर अपराध बढेसँगै डिआइजीको नेतृत्वमा साइबर क्राइम व्यूरो समेत खोल्ने तयारी गरिरहेको छ।, महानगरीय अपराध अनुसन्धान महाशाखामा अहिले दि...
भगवती पाण्डे छाडा चौपायाका कारण दुर्घटना र नगरपालिका कुरुप बन्दै गएपछि तिलोत्तमा नगरपालिकाले छाडा चौपायाको व्यवस्थापन गर्ने अभियान सुरू गरेको छ।, किसानले दूध दिउञ्जेल चौपाया घरमा पाल्ने तर दूध दिन छोडेपछि सडकमा छोड्ने प्रवृति बढेपछि नगरपालिकाले चौपाया बेवारिसे छोड्ने व्यक्तिलाई जरिवाना गर्ने अभियान सुरू गरेको हो ।, नग...
रासस अविरल वर्षापछि खसेको पहिरोले मध्यपहाडी पुष्पलाल लोकमार्गको बागलुङ खण्ड अवरुद्ध बनेको छ।, काठेखोला गाउँपालिका–१ पालामा गएको पहिरोले गएरातिदेखि नै लोकमार्गमा सवारी आवातजावत ठप्प छ। पश्चिम बुर्तिबाङ, खरबाङ, गलकोटलगायतका ठाउँबाट छोटो तथा लामो दूरीमा चल्ने सवारी साधन बीचमै रोकिएका छन्। , , बिहानैदेखि पहिरो हटाउने काम ...
रासस केही दिनदेखि लगातार परेको वर्षाका कारण पर्वत जिल्ला भएर बग्ने कालीगण्डकी नदीमा पानीको बहाव बढेको छ। , , कालीगण्डकीको मुहान मुस्ताङको तल्लो भागदेखि म्याग्दी तथा पर्वतको उत्तरी क्षेत्रमा लगातार वर्षा भएकाले पानीको सतह ह्वात्तै बढेको हो। त्यसले गर्दा नदी आसपास क्षेत्रका बासिन्दा चिन्तित भएका छन्। , , पानीको सतह बढेप...
दिपकजंग शाही जाजरकोटको सदरमुकाम खलंगा नजिक पहिरो गएर मृत्यु हुनेको संख्या ९ पुगेको छ।, पहिरोमा परी मृत्यु हुनेमा ८ जना बालबालिका र १ महिला रहेकी छन्।, गए रातिदेखिको अविरल वर्षाले आइतबार बिहान साढे सात बजे ठाँटीबजार नजिकै पहिरो गएको हो।, पहिरोमा परी तिर्थ बोहोरा र गोपाल सुनारको घर पुरिएको हो।, प्रहरी कार्यालय जाजरकोटका...
नारायण खड्का केही दिन देखिको लगातारको वर्षाका कारण स्थानीय खोलाहरूमा आएको बाढीले तुलसीपुर–लमही सडकखण्ड अवरुद्ध भएको छ।, तुलसीपुर–घोराही–लमही सडकखण्डमा पर्ने विभिन्न खहरे खोलाहरूमा आएको बाढीले यातायातका साधन सञ्चालनमा आउन नसकेको दाङ जिल्ला प्रहरी प्रमुख एवं एसपी दुर्गा सिंहले जानकारी दिइन्।, घोराही –लमही सडक खण्डको बबई...
भगवती पाण्डे भैरहवास्थित युनिभर्सल मेडिकल कलेजमा अध्ययरत विद्यार्थीको उपचार क्रममा मृत्यु भएपछि सोही कलेजका विद्यार्थीहरूले अस्पतालमा तोडफोड गरेका छन्।, बिडिएस अन्तिम वर्षमा अध्ययनरत जनकपुर घर भएका २२ वर्षीय महादेव शाहको उपचार क्रममा मृत्यु भएपछि विद्यार्थीहरू तोडफोडमा उत्रिएका हुन्।, केही दिन अघि शरीरमा आएको खटिरो ‘प...
सेतोपाटी संवाददाता नेपाल तरुण दल दोलखाका उपाध्यक्ष चित्र तामाङमाथि खुकुरी प्रहार भएको छ।, गए राति सुतिरहेकै ठाउँमा तामाङमाथि खुकुरी प्रहार भएको हो।, उनको टाउको र दायाँ खुट्टाको घुँडामुनि गहिरो चोट लागेको छ। प्रमुख जिल्ला अधिकारी सागरमणि पाठकका अनुसार घटना राजनीतिक नभइ व्यक्तिगत रिसिवीका कारण घटेको देखिन्छ।, घटनामा संल...
सेतोपाटी संवाददाता गोरखाको धार्चे गाउँपालिका ६ काशीगाउँमा शव चिरफार गर्न संलग्न रहेका युवालाई नियन्त्रणमा लिन पुगेका प्रहरीमाथि आक्रमण भएको छ।, बोक्सी लागेर ५२ वर्षीय भीमकुमार गुरुङको मृत्यु भएको र पेटमा सर्प, भ्यागुता, छेपारो रहेको भन्दै साउन ११ गते युवाहरूले शव चिरफार गरेको घटना सार्वजानिक भएपछि प्रहरीले अनुसन्धान अ...
सेतोपाटी संवाददाता तत्कालीन माओवादीबाट हत्या गरिएका गोरखा फुजेलका कृष्णप्रसाद अधिकारीका दाजु नुरप्रसाद अधिकारीलाई प्रहरीले सम्पर्कमा ल्याएको छ।, ४ वर्षदेखि परिवारको सम्पर्कमा नरहेका नुरप्रसादलाई आमा गंगामायाको आग्रहमा महानगरीय प्रहरी अपराध महाशाखा काठमाडौंले खोजी गरी आइतबार सम्पर्कमा ल्याएको हो।, 'सानेपाको एउटा सानो क...
रासस पूर्वाधार निर्माणमा ऐतिहासिक मानिएको नेपालकै पहिलो ‘अण्डरपास’ सञ्चालनमा ल्याइने भनी तोकिएको समय दुई पटक सरेको छ ।, सडक विभाग, चक्रपथ सुधार आयोजनाले असार दोस्रो सातामै ‘अण्डरपास’ सञ्चालनमा ल्याइने कुरा सार्वजनिक गरेको थियो । पहिलो म्यादमा काम पूरा नभएपछि दोस्रो पटक साउन पहिलो सातामै सञ्चालनमा आउने भनियो तर अझै सञ्...
नारायण खड्का दाङमा खोलाले गुडिरहेको बस बगाउँदा १७ जना यात्रु घाइते भएका छन्। घाइते मध्य ५ जनाको अवस्था गम्भीर छ।, गम्भीर घाइते हुनेमा सुर्खेत दशरथपुर गाउँपालिका २२ वर्षीय दिपक दर्लामी, उनकी पत्नी २२ वर्षीया कृष्णा पौडेल (गर्भवती), दाङको तुलसीपुर उपमहानगरपालिका वडा नं. १५ डुरूवा गाउँ निवासी २२ वर्षीया पवित्रा पौडेल, तु...
सेतोपाटी संवाददाता धादिङको थाक्रे गाँउपालिका-२ कोइराला डाँडामा भएको सवारी दुर्घटनामा १ जनाको मृत्यु भएको छ।, मृत्यु हुनेमा थाक्रे गाँउपालिका-२ मिलनचोक ३० वर्षीय निराजन तामाङ रहेका छन्। हिजो बेलुकी साँढे ७ बजे लु २ ख २३८ नम्बरको बसले तामाङ सवार रहेको बा ९६ प ९२१२ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो।, घाइतेलाई तत्कालै...
सेतोपाटी संवाददाता गत फागुनमा कैलालीको घोडाघोडी नगरपालिकाका मेयर ममता प्रकाश चौधरीमाथि गोली प्रहार गर्ने पक्राउ परेका छन्।, विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका पोलिटव्यूरो सदस्य ओम प्रकाश पुनलाई पक्राउ गरेको हो।, जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक (डिएसपी) हरिबहादुर ओलीले जानकारी दिए।, यसअघि प...
दिपकजंग शाही मंगलबार बिहान जाजरकोटकी टिकालक्ष्मी पुनलाई एसओएस बालग्राम सुर्खेतका निराजन शाहीले एक महिलासँग भेट गराए। ती महिला बालग्राममै कार्यरत सुशीला चौधरी थिइन्। सुशीलालाई देखाउँदै निराजनले 'अब तिम्रो आमा उहाँ हो' भन्दा टिकालक्ष्मी मुस्कुराइन्। टाउको हल्लाएर सहमतिको संकेत दिइन्।, ‘अब तिम्रो आमासँगै गएर बस,’ टिकालक्...
सेतोपाटी संवाददाता वैदेशिक रोजगारीको लागि कम्बोडिया पठाइदिन्छु भन्दै ठगी गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ।, महानगरीय अपराध अनुसन्धान महाशाखाको टोलीले झापा जिल्ला शिवसताक्षी नगरपालिका वडा नम्बर ९ बस्ने २४ वर्षीय सुमन बस्नेतलाई पक्राउ गरेको हो।, बस्नेतले कम्बोडियामा क्यासिनोको सेक्युरिटी गार्डमा जागिर लगाइदिने र ...
सेतोपाटी संवाददाता विगत ३ वर्षदेखि पुनर्निर्माणको पर्खाइमा रहेको सुन्धारास्थित धरहरा संरक्षण गर्न पहल सुरु भएको छ।, निरन्तर परिरहेको पानीबाट जोगाउन काठमाडौं महानगरपालिकाकी उपमेयर हरिप्रभा खड्गीले बुधबार क्षतिग्रस्त धरहरामा पाल ओढाउँदै संरक्षण पहल सुरु गरेकी हुन्।, भत्काएर पुनर्निर्माण गर्ने वा ठूटो नै संरक्षण गर्ने भन...
सेतोपाटी संवाददाता चितवनबाट बिरामी तथा चिकित्सक लिएर काठमाडौं आउदै गरेको हेलिकप्टर आकस्मिक रूपमा नुवाकोटको ककनीमा अवतरण भएको छ।, श्री एयरलाइन्सको उक्त हेलिकप्टर खराब  मौसमका कारण बुधबार साँझ ककना अवतरण गरिएको महानगरीय प्रहरी परिसर टेकुका एसएसपी विश्वराज पोखरेलले सेतोपाटीलाई जानकारी दिए।, चितवनबाट बिरामी र चिकित्सक लि...
एजेन्सी अष्ट्रेलियाको नर्थ क्रोनुला समुद्री किनारमा बुधबार एक महिलाको शव भेटिएको थियो। उक्त शव २६ वर्षीया नेपाली मूलकी महिलाको भएको प्रहरीले जनाएको छ।, अमेरिकी अखबार ‘द सन्डे मर्निङ हेराल्ड’ का अनुसार उक्त महिलाको शव किनारमा घोप्टो परेको अवस्थामा भेटिएको थियो।, किनारमा एक्सरसाइज गर्न आएका दुई महिलाले बिहान ५ बजे महिला...
गिरीश गिरी त्यो समय थुप्रै तन्नेरीहरू एसएलसी पास हुन सकिरहेका थिएनन्। त्यस्तो बेलामा स्थानीय स्तरमै एसएलसी सरहको मान्यता पाउनेगरी नेपाल राष्ट्रिय विद्यापीठ स्थापना भएपछि धेरैको कल्याण भयो।, ‘उतिबेला एसएलसी पास गर्न नसकेका कलैया र वीरगन्जका थुप्रै तन्नेरीहरूलाई खोजी–खोजी परीक्षा दिन लगाएपछि विद्यापीठकै प्रमाणपत्र लिएर ...
सेतोपाटी संवाददाता फोटो पत्रकार क्लब (पिजे क्लब) द्वारा आयोजित नेपाल फोटो प्रतियोगिता २०७५ मा छानिएका उत्कृष्ट तस्बिरको प्रदर्शनी काठमाडौंमा सुरू भएको छ ।, नेपाल आर्ट काउन्सिल, बबरमहलमा बुधबारदेखि सुरु फोटो प्रर्दशनीको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारीले उद्घाटन गरेका थिए। प्रदर्शनी ६ दिनसम्म...
रासस नारायणगढ–मुग्लिन सडकखण्डका दुई ठाउँमा परिहो खसेपछि सडक अवरुद्ध भएको छ। जिल्ला प्रहरी कार्यालयका अनुसार आज बिहान ४ बजे घुमाउने र जलबिरेमा पहिरो खसेपछि सडक अवरुद्ध भएको हो ।, भरतपुर महानगरपालिका– २९ घुमाउनेमा ठूलाठूला ढुंगासहितको पहिरो खस्ने क्रम जारी रहेकाले पन्छाउन समय लाग्ने जनाइएको छ।, यता इच्छाकामना गाउँपालिका...
नारायण खड्का रोल्पामा ट्रयाक्टर दुर्घटना हुँदा चालक र सहचालकको मृत्यु भएको छ।, ट्रयाक्टर दुर्घटना हुँदा दाङको तुलसीपुर उपमहानगरपालिका वडा नं. ७ का ट्रयाक्टरका चालक २९ वर्षीय आशाराम चौधरी र रोल्पा जिल्लाको गंगादेव गाउँपालिका वडा नं. १ निवासी १८ बर्षीय सहचालक डम्मरबहादुर ओलीको घटनास्थलमै मृत्यु भएको प्रहरीले जानकारी दिए...
सेतोपाटी संवाददाता सर्पदंशबाट दाङमा एक जना बालकको मृत्यु भएको छ।, तुलसीपुर उपमहानगरपालिका वडा नं. १८ बेलझुण्डी निवासी साढे दुई वर्षका बालक रिदम कुँवरको सर्पदंशबाट मृत्यु भएको दाङ जिल्ला प्रहरी प्रमुख एवं एसपी दुर्गा सिंहले जानकारी दिइन्।, स्थानीय दिनेश कुँवरका छोरा रिदमलाई राति १०: ४० बजे घरभित्रै सुतेको समयमा विषालु ...
रासस राष्ट्रिय परीक्षा बोर्ड सानोठिमीले कक्षा १२ को नियमित तथा आंशिकतर्फका परीक्षार्थीको परीक्षाफल सार्वजनिक गरेको छ।, परीक्षामा नियमिततर्फ दुई लाख ९९ हजार ६७५ परीक्षार्थी सहभागी भएकामा ३.६१ देखि ४ सम्म ल्याउने एक हजार १६९, ३.२१ देखि ३.६० ल्याउने ११ हजार २२१, २.८१ देखि ३.२० ल्याउने २७ हजार ६४३, २.४१ देखि २.८० ल्याउने ...
सेतोपाटी संवाददाता  , चितुवाको छाला ओसारपसार तथा खरिद बिक्रीमा संलग्न भएको अभियोगमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ। ,  , पक्राउ पर्नेमा बागलुङ तमानखोला गाउँपालिका ६ का झलक छत्याल, देवेन्द्र रसाइली र ज्ञानेन्द्र सेन्चुरी रहेका छन्। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो र क्षेत्रीय अनुसन्धान समूह पोखराको संयुक्त...
रासस आयुर्वेद, प्राकृतिक चिकित्सा र योग विज्ञान विषय पाठ्यक्रममा समावेश हुने भएको छ।, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलको अध्यक्षतामा बिहिबार बसेको राष्ट्रिय पाठ्यक्रम विकास तथा मूल्यांकन परिषद्को  ७० औं बैठकले आयुर्वेद, प्राकृतिक चिकित्सा र योग विज्ञान विषयको पाठ्यक्रम विकासका लागि सैद्धान्तिक सहमति दिने न...
रासस थुनामै शिशु जन्माएकी एक युवती जिल्ला कारागार झापामा मुक्त भएकी छन्।, भद्रपुर–४ झापाकी २० वर्षीया सुस्मिता गुरूङ चार महिनाको गर्भवती अवस्थामा सार्वजनिक अपराध अभियोगमा पूर्पक्षका लागि थुनामा थिइन्।, उनलाई सरकारले बाँकी कैद मिनाहा गरी कारागारमुक्त गरेको कारागार प्रमुख यज्ञराज निरौलाले जानकारी दिए ।, जिप्रका झापाले उ...
सेतोपाटी संवाददाता प्रहरीको आँखा छल्न खाने तेलको ग्यालीनमा लागूऔषध राखेर उपत्यका भित्र्याउने ४ जनालाई प्रहरीले पक्राउ गरेको छ।, महानगरीय प्रहरी परिसर ललितपुरको प्रहरी टोलीले उनीहरूलाई ललितपुरको विभिन्न स्थानबाट पक्राउ गरेको हो।, पक्राउ पर्नेमा काठमाडौं र्कीतिपुरका २९ वर्षिय बिनोद मानन्धर, ललितपुर लाकुरी भन्ज्याङका बिज...
रासस कला र संस्कृतिको धनी मानिने मिथिलाञ्चलमा बिहिबार देखि मधुश्रावणी पर्व शुरु भएको छ ।, श्रावण कृष्ण पञ्चमीको दिनदेखि शुरु हुने मधुश्रावणी पर्व मिथिलामा नवविवाहिता बधुले गर्ने सबभन्दा ठूलो व्रतको रुपमा मानिन्छ।, विशेष विधिका साथ तेह्र दिनसम्म मनाइने उक्त पर्वको समापन श्रावण शुक्ल तृतीया तिथिका दिन हुन्छ ।, साउन महिन...
शान्ति तामाङ जति पुरानो सहर, उति धेरै सम्पदा। जति सम्पदा, उति धेरै कथा।, काठमाडौं उपत्यका सम्पदाको सहर हो। कथाको सहर हो। सहर चहार्दा ती कथा सुनिहिँड्न, बुझिराख्न पाए कति रमाइलो हुन्थ्यो होला!, ललितपुर महानगरपालिकाले पाटन दरबार क्षेत्रबाट कथा हाल्न सुरु गरेको छ।, तपाईं पनि अब दरबार क्षेत्र जानुभयो भने महानगरको काउन्टरब...
सेतोपाटी संवाददाता नेपाली राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक योतुकु कोजीलेलाई गृह मन्त्रालयले स्वदेश फर्काउन लागेको छ।, अध्यागमनको नियन बिपरित नेपाल बसेको भन्दै कोजीलाई गृह मन्त्रालयले स्वदेश फर्काउन लागेको हो।, पर्यटक भिसामा सन् २०१६ मार्चमा नेपाल आएका  जापानी नागरिक कोजीको नेपाल बस्ने भिसा सकिएपछि उनलाई अध्यागमन...
सेतोपाटी संवाददाता भुइँचालोबाट क्षतिग्रस्त भानु माध्यमिक विद्यालय (दरबार हाइस्कुल) पुनर्निर्माण सुरु भएको छ। शुक्रबार शिक्षामन्त्री गिरिराजमणि पोखरेल र चिनियाँ राजदूत यु होङले संयुक्त रूपमा विद्यालय भवन शिलान्यास गरेका हुन्।, एक सय ६५ वर्ष पुरानो दरबार हाइस्कुलको बाह्य स्वरूप यथावत् रहने गरी परम्परागत ढाँचामै पुनर्निर...
मोनालिसा महर्जन काठमाडौं जति तीव्र गतिमा सहरीकरण भइरहेको होस्, जति नै क्रंक्रिट भरिन थालेको होस्, यहाँ हाम्रा परम्पराको झल्को देख्न पाइन्छ। यहाँका मन्दिर हुन् वा घर, गल्ली हुन् वा झ्याल, तिनीहरू हाम्रा प्राचीन कथा सुनाउन लालायित देखिन्छन्। मानौं इतिहास भन्न पर्खेर बसेका छन्।, यीनैमध्ये एक हो, नरदेवी, येट्खा बहालस्थित ...
रमेश कार्की काठमाडौंको पशुपतिनाथ मन्दिर अगाडि रहेको बागमती नदिको जल बोकेर करिब ५० जना युवाहरू खोटाङको हलेसी बोलबमका लागि गएका छन्।, आन्तरिक पर्यटन प्रवर्धन गर्ने भन्दै काठमाडौंका बुलेट राइडर्सहरूले शुक्रबार पशुपति मन्दिर अगाडि रहेको बागमतीको जल उठाएर खोटाङ हिँडेका हुन्।, नासा बुलेट क्लबको आयोजनामा भएको उक्त राइडमा करि...
चेतना गुरागाईं न्यूयोर्क, म्यानहटनको पश्चिमी भागमा आकासे पुलमाथि पुरानो रेल्वे ट्रयाक थियो। सन् १९८० देखि प्रयोग हुन छाडेको यो ट्रयाक २००६ मा फेरि सञ्चालन गर्ने योजना बन्यो– रेल कुदाउन होइन, पार्क बनाउन।, तीन वर्षपछि २००९ मा पार्कको पहिलो चरण उद्घाटन भयो। दुई वर्षपछि दोस्रो चरणको काम सकियो। सन् २०१४ मा २.३३ किलोमिटर ल...
सेतोपाटी संवाददाता प्रधानसेनापति राजेन्द्र क्षेत्रीले त्रिभुवन–चन्द्र मिलिटरी अस्पतालको नवनिर्मित भवनको शुक्रबार उद्घाटन गरे।, सैनिक कल्याणकारी कोषद्वारा पुनःनिर्मित उक्त भवनबाट सैनिक र आश्रित परिवारका लागि स्वास्थ्य सेवा सञ्चालनको शुभारम्भसमेत भएको छ ।, प्रथम विश्वयुद्धमा सन् १८१४ पछि नेपाली सेनाले भाग लिइ जीवन उत्सर...
सेतोपाटी संवाददाता नक्कली नोट प्रकरणमा थुनामा रहेका फिल्म निर्माता माधव वाग्ले धरौटीमा छुटेका छन्।, जिल्ला अदालत काठमाडौंमा नक्कली नोटको कारोबार गरेकोमा गत जेठ ३० पूर्पक्षको लागि थुनामा पठाएको थियो।, निर्माता वाग्लेले २५ लाख रूपैयाँ धरौटि बुझाएर छुटेका हुन्।, तीन साता लामो अनुसन्धानपछि प्रहरीले निर्माता वाग्लेसहितविरु...
रासस धावनमार्गको कालोपत्र उप्किएका कारण केही समय बन्द भएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको उडान/अवतरण अहिले नियमितरुपमा सञ्चालन भएको छ।, धावनमार्गमा समस्या देखिएपछि आज बिहान ११ बजेर १० मिनेटबाट विमानस्थलमा उडान अवतरण रोकिएको हो। जहाज अवतरण गर्ने कोटेश्वरतर्फको धावनमार्गमा कालोपत्र उप्किएको विमानस्थलले जनाएको छ। क...
सेतोपाटी संवाददाता काठमाडौंमा इनार सफा गर्ने क्रममा निसास्सिएर तीन जनाको ज्यान गएको छ।, कपुरधारास्थित ७० वर्षीय मेघवरण गौतमको घरमा इनार सफा गर्ने क्रममा घरधनीसहित तीन जनाको मृत्यु भएको प्रहरीले जनाएको छ।, मृत्यु हुनेमा गौतमसहित भारत घर भई कपुरधारा बस्ने ३६ वर्षीय अशोक कुमार र कैलाली घर भएका ३० वर्षीय युवाको मृत्यु भएक...
रासस पूर्वपश्चिम राजमार्गको महोत्तरी र धनुषा जिल्लाको सीमा नदी रातुमा निर्धारित अवधिभन्दा १६ महिनाअघि नै नयाँ पुल निर्माण कार्य सम्पन्न हुने भएको छ ।, २०७३ साल असार २९ मा सम्झौतापत्रमा हस्ताक्षर गरेको निर्माण कम्पनी कालिका टु दी रसुवा जेवी काठमाडौंले २०७६ साल पुस मसान्तमा पुल निर्माण सम्पन्न गर्ने बताएको थियो । २५० मि...
प्रकाश ढुंगाना उत्तर कोरिया पठाउने भन्दै ठगी गर्ने गिरोह काठमाडौं उपत्यकामा सक्रिय रहेको प्रहरीले जनाएको छ।, नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सिआइबीले काठमाडौंबाट ३ जना पक्राउ परेपछि उत्तर कोरिया पठाउने भन्दै ठगी गर्ने गिरोह सक्रिय रहेको जनाएको छ। सिआइबीले सिन्धुली पुरानो झागली घर भइ कपनमा बस्दै आएका दिनेश भन...
सेतोपाटी संवाददाता चीनको ग्वान्झाऊ प्रदेशको गुयाङ शहरमा साउन ९ देखि १२ गतेसम्म आयोजित पहिलो अन्तर्राष्ट्रिय बिग डाटा प्रबिधि तथा प्रहरी आधुनिकीकरण फोरममा नेपाल प्रहरीले सहभागिता जनाएको छ ।, कुल १४ एशिएन राष्ट्रका २ सय ४० प्रहरी अधिकृतको सहभागिता रहेको उक्त फोरममा नेपाल प्रहरीको तर्फबाट प्रहरी प्रधान कार्यालय सञ्चार नि...
सेतोपाटी संवाददाता चोरी गरी भाग्ने क्रममा भीरबाट लडेर लमजुङमा एक जनाको मृत्यु भएको छ।, शुक्रबार दिउँसो साढे २ बजे लमजुङ क्वहोलासोथार ९ छापा बस्ने मरिचमान गुरुङको पसलमा ४ जना मानिसहरू आई पैसा राख्ने सानो बाक्सा चोरी गरी भाग्ने क्रममा खसेर एक जनाको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ।, भाग्ने क्रममा नाम थर वतन नखुलेको ...
सागरराज तिमिल्सिना पोखरा महानगरपालिका वडा नम्बर १ मा च्याउ खाँदा एकै परिवारका ६ जना बिरामी परेका छन्।, शनिबार बेलुका पोखरा महानगरपालिका १ बगरस्थितमा शिक्षा कार्यालय नजिकै रहेको तरकारी पसलबाट किनेर लगेको च्याउ पकाएर खाँदा उनीहरू बिरामी परेका हुन्।, बिरामी हुने पोखरा १ बगर बस्ने वर्ष ३४ का भुवन घर्तिमगर, उनकी श्रीमती २९...
एजेन्सी लन्डन पैदलयात्रुका लागि विश्वकै सबभन्दा सुविधाजनक सहर बन्ने तयारीमा लागेको छ।, लन्डनका मेयर सादिक खानले सहरभरि साइकल चलाउने र हिँड्ने बाटो निर्माणलाई तीव्रता दिएका छन्। यस निम्ति यातायात क्षेत्रमा पहिलोपटक ‘वाकिङ एन्ड साइक्लिङ’ आयुक्त नियुक्त गरिएको छ।, आयुक्त विल नोर्मनले सहरको ‘पैदलयात्रु कार्ययोजना’ सार्वजन...
अर्जुन काफ्ले मोरङको पूर्व-पश्चिम राजमार्ग किनारमा रहेका सुकेका रूखका कारण राजमार्गमा चल्ने सवारी साधन र पैदल यात्रु दुर्घटनाको जोखिममा रहेको पाइएको छ।, पथरीशनिश्चरे नगरपालिकाको पथरी बजार पूर्वपट्टीको सुन्दर सामुदायिक वन र चौतारी सामुदायिक वनको सीमादेखि जयचौक-नयाँ मंगलबारे  सडकको दक्षिण पट्टिको लगभग १ किलोमिटर सडकमा र...
सेतोपाटी संवाददाता मोरङको जहदा गाँउपालीका २ मा विद्युत चोरी गर्ने ८ लाई प्रहरीले पक्राउ गरेको छ। , आइतबार राति विद्युत चोरेर बाल्ने स्थानीय दिवाकर चौधरी,निजकुमार साह,राजन साह,विनोद साह, शिवजी साह,सन्तोक कुमार साह,अजय कुमार मुखिया र लखन हकदारलाई प्रहरीले नियन्त्रणमा लिएको हो।, नियन्त्रणमा लिएका ८ जनालाई जिल्ला प्रहरी क...
रासस बेँशीशहर नगरपालिका–२ भकुण्डेका प्रेमबहादुर खड्का ४७ वर्षपछि घर फर्किएका हुन्। करीब पाँच दशकसम्म घर परिवारसँग सम्पर्कविहीन खड्का बुढ्यौलीसँगै अशक्त अवस्थामा पुगेपछि सोधखोज गर्दै गाउँसम्म आई पुगेका हुन्।, खड्कालाई गाउँ आउँदा बूढापाकाले मात्र चिन्न सकेका थिए। उनले पनि थोरै मात्र बूढापाकालाई चिन्न सकेको बताए।, खड्काल...
सेतोपाटी संवाददाता रुपन्देहीको तिलोत्तमा नगरपालीका १० मा चट्याङबाट एक बालिकाको मृत्यु भएको छ। , आइतबार साँझ चट्याङबाट स्थानीय सरस्वती ज्ञवालीकी १३ वर्षिया छोरी दीपिका ज्ञवालीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ।, जिल्ला प्रहरी कार्यालय रुपन्देहीका अनुसार चट्याङ लागेर गम्भीर घाइते भएकी ज्ञवालीको उ...
सेतोपाटी संवाददाता विदेश जान आएका एक युवा काठमाडौंमा लुटिएका छन्।, बझाङ भलारा गाउपालीका १ का २३ वर्षिय करण कुवर काठमाडौंको मित्रनगरमा लुटिएका महानगरिय प्रहरी वृत्त गौशालाले जनाएको छ।, प्रहरीका अनुसार आइतबार राति मित्रपार्कमा ३ जनाको लुटेरा समुहले कुंवरको साथमा रहेका एक लाख रुपैया लुटेर फरार भएको प्रहरीको भनाइ छ।, प्रह...
सागरराज तिमिल्सिना दुर्घटनामा बुवा गुमाएको पीडा त छदै थियो त्यसमाथि किरिया बस्न खोज्दा नपाउँदा पोखरामा एक छोरी दुखित बनेकी छन्।, पोखरा ६ लेकसाइडका मधुकर सुवेदीको शुक्रबार कार दुर्घटनामा परी मृत्यु भयो। उनको शनिबार दाहसंस्कार गरियो। १६ वर्षीया छोरी ममता सुवेदीले उनलाई दागबत्ती दिइन्। तर किरिया बस्न भने रोक लगाइयो।, आफू...
सेतोपाटी संवाददाता कञ्चनपुरको भीमदत्त नगरपालिकामा गत साता एक किशोरीको बलात्कारपछि हत्या भएको घटनाको नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले अनुसन्धान थालेको छ।, सिआइबी प्रमुख डिआइजी नारायणसिंह खड्काले स्थानीय प्रहरीलाई अनुसन्धानमा समन्वय गर्न ब्युरोबाट गएको टोली सोमबार कञ्चनपुर पुगेको जानकारी दिए।, डिएसप...
गिरीश गिरी मनसुन प्रभावले भारतका छवटा राज्यमा बाढी आउँदा आइतबार बेलुकीसम्म छ सयभन्दा बढीको ज्यान गइसकेको छ। प्रभावित राज्यमा सीमावर्ति पश्चिम बंगाल र उत्तरप्रदेश पनि छन्।, उतैबाट आउने मनसुनले त्यत्तिकै पानी काठमाडौं उपत्यकामा खन्याइदियो भने?, मौसम विभागका अनुसार मनसुन प्रभावले हाम्रो भेगको आकाश अझै दुई महिना रसिलै रहन...
रासस विसं २०७२ वैशाख १२ गतेको विनाशकारी भूकम्पले क्षति पुगेका सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिकाका दुई दर्जन गुम्बा अझै पुनर्निर्माण हुनसकेको छैन। , , राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले चासो नदिएकाले लामो समय बितिसक्दा पनि गुम्बा पुनर्निर्माणको काम अघि बढ्न नसकेको उक्त गाउँपालिकाको आरोप छ । , , सुरूमा बौद्धदर्शन तथा ग...
सेतोपाटी संवाददाता सैनिक मुख्यालय परिसरभित्र रहेको आर्मी अफिसर्स क्बलमा अब सर्वसाधारणले भोज (पार्टी) दिन नपाउने भएका छन्।, नेपाली सेनाले आफ्नो स्वामित्वमा रहेको सो भवनमा सर्वसाधारणलाई भोज गर्न रोक्ने तयारी गरेको छ।, ‘निर्णय हुन बाँकी छ तर सेनाका आफ्नै कार्यक्रम धेरै भएकाले क्लबभित्र सर्वसाधारणलाई पार्टी गर्न नदिने निष...
सागरराज तिमिल्सिना पोखरा महानगरपालिकाको लेखनाथ तालचोक नजिकै हाउजिङमा श्रीमानको कुटाइबाट श्रीमतीको मृत्यु भएको छ ।, पोखरा २७ का ६३ वर्षीय कमल कुमालले ५५ वर्षीय श्रीमती सुन्तली कुमाललाई गैंचीले हिर्काउँदा मृत्यु भएको कास्कीका प्रहरी प्रवक्ता डिएसपी रवीन्द्र गुरुङले जानकारी दिए।, सोमबार करिब २ बजे रक्सीले मातेर झगडा गर्द...
रासस वैदेशिक रोजगार विभागले तोकिएभन्दा बढी शुल्क लिएको भन्दै बसुन्धरास्थित अल स्किल्स इन्टरनेशनल ह्युमन रिसोर्स प्रालिमा छापा मारेको छ।, सेवा शुल्कबापत रु १० हजार मात्र लिन पाउने व्यवस्था भए पनि उक्त मेनपावर कम्पनीले कुवेत जान लागेका ३५ जनासँग प्रतिव्यक्ति रु एक लाख ८० हजारसम्म रकम असुलेको भन्ने उजुरीका आधारमा विभागले...
नारायण खड्का दाङको देउखुरीमा करेन्ट लागेर एक जनाको मृत्युु भएको छ।, राप्ती गाउँपालिका वडा नम्बर ३ मौरीघाट निवासी ३७ वर्षीय भेषराज पौडेलको करेन्ट लागेर मृत्युु भएको जिल्ला प्रहरी कार्यालय दाङका निमित्त प्रमुख एवं डिएसपी रामप्रसाद घर्तीले जानकारी दिए।, सोमबार बेलुका आफ्नै घरभित्र लत्रिएको बिजुलीको तार मिलाउने क्रममा पौड...
प्रकाश ढुंगाना नेपाल प्रहरीमा साढे ३ महिनाको अवधिमा २५ सय १९ जना कर्मचारीको बढुवा भएको छ। कुल जनशक्ति ७५ हजार ८ सय ४४ मध्ये २५ सय १९ जना कर्मचारीको बढुवा भएको कर्मचारी प्रशासन विभागले जनाएको छ।, डिआइजीमा १६ जना, एसएसपीमा २२ जना, एसपीमा २८ जना, इन्सपेक्टरमा ७३ जना, सईमा २६० जना, असईमा २९८, हवल्दारमा १७ सय ४२ जना जनाको ...
सागरराज तिमिल्सिना शनिबारदेखि बेपत्ता भएका पोखराका एक व्यवसायीको स्कुटर पोखरास्थित सेती नदी पुल छेउमा स्कुटर भेटिएको छ। , पोखरा सभागृह नजिकै इभा ट्रेडर्स सञ्चालन गर्दै आएका फणिन्द्र ढुंगाना बेपत्ता भएको भोलिपल्ट उनको  स्कुटर पुल छेउमा भेटिएको हो।, शनिबार राति करिब साढे ८ बजे पुलको छेउमै स्कुटर रोकेर पुलमा गएर उभिएको ए...
सागरराज तिमिल्सिना पोखरा प्राकृतिक रूपमा हराभरा छ । यो हराभरा पोखरालाई अझ राम्रो बनाउन यहाँका स्थानीय पनि लागि परेका छन्। पोखरालाई पर्यटकीय सहरका रुपमा पनि चिनिदै आएको छ। देश विदेशबाट आउने पर्यटकलाई चिटिक्क र सफा पोखरा देखाउन पोखराबासी लागि परेका हुन् ।, पछिल्लो समय सडक फराकिलो बनाउँदा सडक बिचमा रहेको डिभाइडरमा हरियाल...
एजेन्सी मेक्सिकोमा ९७ यात्री र चालक दलका चार सदस्य सवार विमान दुर्घटना भएको छ ।, विमानस्थलबाट उडेको करिब पाँच मिनेटमा विमान दुर्घटनामा परेको भए पनि सबै यात्रु बाच्न सफल भएको बिबिसीले जनाएको छ।, मेक्सिकोको दुरंगो ग्वादालुपे भिक्टोरिया अन्तर्राष्ट्रिय विमानस्थलबाट मेक्सिको सिटी जानका लागि उडान भरेको ए एम २४३१ विमान दुर्...
सेतोपाटी संवाददाता प्रहरीले नक्कली सुन देखाइ ठगी गर्ने चाइनिज नागरिक पक्राउ गरेको छ।, पक्राउ पर्नेमा ४७ वर्षीय चाइनिज नागरिक सियङजियान वान  रहेका छन्।, उनले आफूसँग १ सय वर्षअगाडिको बहुमूल्य धातु रहेको भनी प्रलोभनमा पारी काठमाडौंस्थित कालोपुलमा बोलाई सुनजस्तो देखिने २० वटा टुक्रा दिइ पीडित हाङ जिन सियाङसँग भएको ९० लाख ...
सेतोपाटी संवाददाता कैलालीको बर्दगोरीया गाउँपालिका २ कुम्भियास्थित एक महिलाले छोराको हत्या गरेर आत्महत्या गरेकी छन्।, स्थानीय २१ वर्षीया सीतादेवी डंगौराले साढे चार वर्षका छोरा संकेतको हत्या गरेर आफूले पनि आत्महत्या गरेकी जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।, ‘सोमबार दिउँसो सीताले छोराको हत्या गरेर आत्महत्या गरेको ...
दिपकजंग शाही सुर्खेत, वीरेन्द्रनगरको ‘भ्याली मेरसडियन एकेडेमी’ का विद्यार्थीलाई प्रहरीले लागुऔषध दुर्व्यसनसम्बन्धी चेतनामूलक कार्यक्रम गरेका छन्। , साउन १३ गते आइबारका दिन प्रहरी निरीक्षक शंकर श्रेष्ठसहितको टोलीले ८, ९ र १० कक्षाका करिब ६० जना विद्यार्थीलाई लागुऔषध, यसका जोखिम र नियन्त्रणबारे जानकारी गराएका थिए।, यो न...
रासस चितवन राष्ट्रिय निकुञ्जको मुख्य कार्यालय कसरास्थित खोरमा राखिएको दुर्लभ पाटेबाघ रहेन। निकुञ्जका वरिष्ठ पशु चिकित्सक डा.कमल गैरेका अनुसार दाहिने खुट्टाको पञ्जामा लागेको चोटका कारण इन्फेक्सन भएर साउन १५ मा  पाटेबाघ मरेको हो ।, तीन महिनाअघि पूर्र्वी चितवनको खगेन्द्रमल्ली रेञ्जपोष्टअन्तर्गत पर्ने राप्ती एकता मध्यवर्र...
रासस डेढ महिना अगाडि सप्तरीको राजविराज- १५ मुसहरनियाँमा हत्या गरी सेफ्टी ट्यांकीमा कुहिएका अवस्थामा भेटिएकी बेचनीदेवी साहका बेपता भएका पति र छोरीसमेतको हत्या भएको खुलासा भएको छ।, जिल्ला प्रहरी कार्यालय सप्तरीमा मंगलबार पत्रकार सम्मेलनमा प्रहरी उपरीक्षक मुकेशकुमार सिंहले भाइ पञ्चदेव साहले दाइ सूर्यनारायण साह, गर्भवती भ...
डिल्ली पाण्डे श्रीमतीसँगको झगडालाई लिएर भक्तपुरको सानोठिमीमा एक बाबुले छोराको हत्या गरेका छन्। , मंगलबार राति १२ बजे भक्तपुरको सानोठिमीस्थित रमाइलो चोकमा डेरमा बस्ने मोरङ सुनवर्षा- १ का ४० वर्षिय डिल्लीराम चापागाईंले १७ वर्षिय सागर चापागाईंको हत्या गरेको भक्तपुर प्रहरी प्रमुख एसपी हिमालय श्रेष्ठले सेतोपाटीलाई जानकारी ...
रासस पच्चीस वर्षदेखि फरार रहेका एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । ,जिल्ला अदालतबाट एक महिना कैद र एक हजार रुपैयाँ जरिवाना गरिएपछि फरार रहेका बेँशीसहर नगरपालिका–११ का ५४ वर्षीय पूर्णबहादुर थापालाई प्रहरीले पक्राउ गरेको हो। ,२०५० मा बहुविवाह मुद्दामा थापालाई एक हजार जरिवानासहित एक महिना कैदको फैसला गरिएको थियो। थ...
एजेन्सी वैज्ञानिकहरूले मङ्गल ग्रहमा तरल अवस्थामा पानी रहेको प्रमाण फेला पारेका छन्।, मङ्गल ग्रहको परिक्रमा गरिरहेको मार्स एक्स्प्रेस नामक भूउपग्रहमा जडित मार्सिस अन्तरिक्षयानबाट राडार उपकरण प्रयोग गरी तस्बिर लिँदा मंगल ग्रहमा ताल फेला परेको खबर बिबिसीले जनाएको छ।, यससँगै वैज्ञानिकहरुले त्यहाँ जीवनको अस्थित्व हुन सक्ने...
सेतोपाटी संवाददाता काठमाडौंको एक होटलबाट व्यापारीको १ किलो सुन र नगद २ लाख १७ हजार लुटिएको छ।, गोंगबुस्थित राप्ती पाहुना घरमा साउन ५ गतेदेखि बस्दै आएका रूकुम घर भइ दाङमा व्यवसाय गर्ने ५२ वर्षीय खड्गप्रसाद सुनारको साथबाट १ किलो सुन र नगद दुई लाख १७ हजार लुटिएको प्रहरीले जनाएको छ।, न्यूरोडस्थित सिद्धार्थ बैंकबाट निकालेर...
सेतोपाटी संवाददाता बुधबार राति काठमाडौंको गोंगबुबाट लुटिएको १ किलो सुन फेला परेको छ।, काठमाडौंको गोंगबुस्थित राप्ती पाहुना घरको २०२ नम्बर कोठाबाट बुधबार राति ८ बजे दाङका सुन व्यवसायी खड्ग बहादुर सुनारले सुन लुटिएको भन्दै प्रहरीमा खबर गरेका थिए।, १ किलो सुन र २ लाख १७ रुपैयाँभन्दा बढी रकम लुटिएको  भन्दै प्रहरीमा खबर गर...
सेतोपाटी संवाददाता रसुवाको टिमुरे बजार नजिक बुधबार राति पहिरो खस्दा ५ जनाको ज्यान गएको छ भने ४ जना बेपत्ता भएका छन्।, अविरल वर्षापछि बुधबार राति पहिरो खस्दा तीन वटा घर पुरिएको जिल्ला प्रहरी कार्यालय रसुवाले जनाएको छ। ,तीमध्ये एउटा घरमा होटल थियो। होटलमा बसेका सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिकाका  श्याम श्रेष्ठ(४२),  ...
सेतोपाटी संवाददाता कृषि र वन विज्ञान विश्वविद्यालय रामपुर चितवनले आठ निजी कलेजलाई दिएको सम्बन्धनपछि उत्पन्न विवाद हल गर्न वार्ता समिति गठन गरिएको छ।, पूर्व रजिष्ट्रार प्रा.डा. सूर्यकान्त घिमिरेको संयोजकत्वमा चार सदस्यीय वार्ता समिति गठन गरिएको हो।, निजीलाई सम्बन्धन दिएपछि विद्यार्थीले असार २६ गतेदेखि विश्वविद्यालयमा ध...
सेतोपाटी संवाददाता रसुवाको टिमुरे बजार नजिक बुधबार राति पहिरो खसेर ज्यान जानेको संख्या ८ पुगेको छ।, अविरल वर्षापछि बुधबार राति पहिरो खस्दा तीन वटा घर पुरिएको जिल्ला प्रहरी कार्यालय रसुवाले जनाएको छ। , , तीमध्ये एउटा घरमा होटल थियो। होटलमा बसेका सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिकाका  श्याम श्रेष्ठ(४२),  रेशम खड्का (३७)...
डिल्ली पाण्डे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पछिल्लो एक महिनामा प्रहरीले भन्सार छलीको करिब १२ किलो अवैध सुन बरामद गरेको छ।, पछिल्लो एक महिनामा १३ भारतीय नागरिक र २ जना थाई नागरिकले विमानस्थल प्रयोग गरी अवैध १२ किलोभन्दा बढी सुन नेपाल भित्र्याउने क्रममा  विमानस्थल प्रहरीले उनीहरूलाई नियन्त्रणमा लिएको हो।, भारतीय...
सेतोपाटी संवाददाता विभिन्न समयमा ३१ वटा चोरीका घटना अभियुक्त भएका एक जनालाई प्रहरीले पक्राउ गरेको छ।, नुवाकोट जिल्ला थान सिंह गाविस वडा नम्बर ९ स्थायी घर भएका ४९ वर्षीय गणेश बहादुर सुनुवारलाई बिहिबार केन्द्रीय अनुसन्धान व्यूरोको टोलीले पक्राउ गरेको हो।, सुनुवारलाई जबरजस्ती चोरी मुद्दामा जिल्ला अदालत काठमाडौं २०७२ चैत ...
डिल्ली पाण्डे श्रीमतीलाई धम्काउन आफू अपहरणमा परेको नाटक गर्ने तनहुँका २५ वर्षिय शिवराज घिमिरेलाई प्रहरीले पक्राउ गरेको छ।, गोगंबु क्षेत्रमा बिजुलीको काम गर्ने घिमिरेले श्रीमती र घरपरिवारलाई तर्साउन बिहीबार बिहान आफू अपहरणमा परेको भन्दै आफन्तलाई खबर गरेका थिए।, आफूलाई ५ जनाको संख्यामा आएका अपहरणकारीले सेतो गाडीमा राखेर...
सेतोपाटी संवाददाता काठमाडौंबाट पोखरातर्फ जाँदै गरेको यात्रुबहाक बस चितवनको इच्छाकामना गाउँपालिका चुम्लिङटारस्थित सडकबाट त्रिशूली नदीमा खसेको छ। ना ६ ख २५०६ नम्वरको यात्रुबहाक बस शुक्रबार दिउँसो ना ५ प ७४०९ नम्वरको ट्रकसँग ठक्कर खाएपछि त्रिशूली नदीमा खसेको प्रहरीले जनाएको छ।, बसमा कति जना यात्रु छन् भन्नेबारे एकीन नभएक...
शान्ति तामाङ पुरातात्विक सम्पदाको सुरक्षा जिम्मा सेनालाई दिने हो भने उनीहरूले राम्रो नतिजा देलान्। तर, पुरातात्विक सम्पदा जीर्णोद्वारको जिम्मा दिने हो भने के सेनाबाट त्यस्तै नतिजा आस गर्न सकिन्छ?, यो प्रश्न हो, सम्पदा संरक्षण अभियन्ता आलोकसिद्धि तुलाधरको।, सरकारले मल्लकालीन सम्पदा रानीपोखरी जीर्णोद्वारको जिम्मा सेनाला...
सेतोपाटी संवाददाता समग्र चिकित्सा शिक्षाको सुधारका लागि १५ औं पटक अननस बसेका त्रिवि शिक्षण अस्पतालका प्राध्यापक डाक्टर गोविन्द केसीले सरकारसँग ९ बुँदे सहमति गर्दै अनसन तोडेका छन्।, सरकार र डा. गोविन्द केसीबीच बिहिबार चिकित्सा शिक्षा विधेयक संशोधन लगायत ९ वटा बुँदामा सहमति भएको हो।, नौ बुँदे सहमतिलाई मन्त्रिपरिषदबाट अन...
सेतोपाटी संवाददाता चितवन इच्छाकामना गाउँपालिका ३ चुम्लिङटारमा शुक्रबार भएको यात्रुबहाक बस दुर्घटनामा परी ७ जनाको मृत्यु भएको छ। , चितवन प्रशासनले दिएको जानकारीअनुसार घटनास्थलमा ४ जनाको शव भेटिएको हो भने उपचारका लागि भरतपुर पुर्‍याइएका ३ घाइतेको पनि मृत्यु भएको हो। , मुग्लिनतर्फ जाँदै गरेको ना ६ ख २५०६ नम्बरको बस विपरी...
एजेन्सी सबैभन्दा लामो समयसम्म देखिएको चन्द्रग्रहण विश्वका अधिकांश भागमा देखिएको छ। उत्तर अमेरिकाबाहेक अधिकांश मुलुकबाट गएराति चन्द्रग्रहण देखिएको हो ।, यो चन्द्रग्रहण एक घण्टा ४३ मिनेट पूर्ण चन्द्रग्रहणका रुपमा रहेको थियो। यो शताब्दीको सबैभन्दा लामो पूर्णचन्द्रग्रहण राति देखिएको हो ।, यो चन्द्रग्रहणलाई ‘ब्लड मुन’ पनि ...
रासस टिमुरे घट्टेखोलाको पक्की पुलमा जोखिम बढेपछि ठूला सवारीसाधन आवातजावतमा रोक लगाइएको छ। ,सीमा प्रहरी चौकी टिमुरेका प्रहरी निरीक्षक दिलीप क्षेत्रीका अनुसार रसुवागढी–गल्छी राजमार्गअन्तर्गत टिमुरे– घट्टेखोला सडकखण्ड घट्टेखोलामा रहेको पक्की पुलको टेको ठाडो खोलामा वर्षाको कारण पानीको बहाव बढ्न गई बगाएर क्षति पुगेकोले जोख...
रासस ‘चोरको हजार दाउ’ भने जस्तै विराटनगरमा एक जनालाई सुनको सिक्री निलेर चोरी गरेको अवस्थामा प्रहरीले पक्राउ गरेको छ। , , प्रदेश नं. १ प्रहरी कार्यालय विराटनगरले दिएको जानकारी अनुसार मोरङको विराटनगरस्थित एक सुन पसलबाट प्रहरीले शुक्रबार साँझ सुनको सिक्री निल्ने एक जनालाई पक्राउ गरेको छ। , , विराटनगर महानगरपालिका–९ स्थित...
रासस आगामी तीन दिनसम्म देशको अधिकांश स्थानमा हल्कादेखि मध्यम खालको तथा केही स्थानमा भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। , , महाशाखाले तीन दिनको मौसम पूर्वानुमानसम्बन्धी विज्ञप्ति जारी गर्दै देशभर समान्यदेखि पूर्ण बदली रही अधिकांश स्थानमा वर्षाको सम्भावना औंल्याएको हो। , , आज दिउँसो देशभर स...
सेतोपाटी संवाददाता निरन्तर परेको पानीले पहाडमाथिबाट ढुङ्गामाटोसहितको गेगर बगेर आएपछि करिब ४ घण्टा अबरूद्ध हुन पुगेको विपी राजमार्ग एकतर्फी रूपमा खुलेको छ।, महाभारत क्षेत्रमा परेकाे अविरल वर्षाका कारण नार्के, मङ्गलटारलगायत क्षेत्रमा माथिबाट खसेका लेदाेले बाटाे अवरूद्ध पारेकाे थियो ।, इलाका प्रहरी कार्यालय मंगलटारका प्र...
दिपकजंग शाही जाजरकोटमा महामारीका रूपमा २०६६ मा फैलिएको झाडापखालाका कारण रामीडाँडाकी धनकली पुनको ३१ वर्षको उमेरमा नै मृत्यु भयो। धनकलाको मृत्युपछि उनका श्रीमान नरबहादुर पुनको सरकारले झाडापखालाबाट प्रभावित परिवारलाई अनुदान दिएको चामल लिन जाँदा भिरबाट खसेर मृत्यु भयो।, श्रीमती धनकलीको मृत्यु भएको केही महिनापछि ३९ वर्षीय ...