content
stringlengths
20
64.1k
सुरज सुवेदी सिमोन फोटो खिच्छ भन्ने थाहा थियो। तर फोटो यसै रहरले खिच्छ कि प्याटर्नमा बसेर खिच्छ त्यो थाहा थिएन, अघिल्लो हप्तासम्म पनि। उसले बेलाबेला मोबाइलमा देखाउने फोटा त एउटा लामो निबन्धबाट निकालिएका केही अनुच्छेद जस्ता रहेछन्।, सिमोन र बिपिन, दुईजना खुब मिल्छन्। सिमोन फोटोग्राफीमा बिपिनभन्दा पुरानो। बिपिन सिक्दै छ।...
सेतोपाटी संवाददाता अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भवन तथा सहरी विकास कार्यालय रुपन्देहीका प्रमुख इन्जिनियर सुरेश ठाकुरलाई ३६ लाख रुपैयाँ घूससहित पक्राउ गरेको छ ।, आयोगको टोलीले ठाकुरकी श्रीमतीलाई घूसको रकम लिएर घर जाँदै गर्दा अख्तियारको टोलीले बाटोबाट पक्राउ गरेको बताइएको छ।, त्यस्तै आज नै गुल्मीको पश्चिम हुँदै तम...
सबिना श्रेष्ठ धरहराबाट बायाँ मोडिएर भोटेबहाल निस्कने गल्लीलाई बागदरबार मार्ग भनिन्छ। अमरसिंह थापाले निर्माण सुरु गरेको बागदरबार पहिले यो गल्लीसम्म फैलिएको थियो। अहिले यहाँ राणाकालीन दरबारको नामनिसान छैन। गल्लीको नाम भने उही छ।, यही गल्लीमा करिब १० मिटर अगाडि राधाकृष्णका दुइटा मन्दिर छन्। मन्दिरको ठ्याक्कै अगाडि सडकछेउ...
रासस धादिङबेंसी सल्यानटार सडकअन्तर्गत नीलकण्ठ नगरपालिका वडा नं १० टारीबेंसीमा शनिबार एउटा टिपर पछाडि हटाउन लाग्दा सहचालकको किचिएर मृत्यु भएको छ । , बा४ख ९९१६ नंको खाली टिपर पछाडि हटाउँदा सोही टिपरका सहचालक ज्वालामुखी गाउँपालिका वडा नं ७ निवासी १९ वर्षीय अतित अधिकारीको मृत्यु भएको हो । गाडीको ठक्करबाट घाइते अधिकारीको ...
रासस धादिङको गजुरी आसपास केन्द्रबिन्दु भएर आज गोरखा भूकम्पको परकम्प गएको छ। , , बिहान ८ बजेर ३० मिनेट जाँदा ४.८ रिक्टर स्केलको परकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको हो । गजुरी आसपास क्षेत्रलाई केन्द्रबिन्दु बनाई परकम्प गएको केन्द्रका प्रमुख लोकविजय अधिकारीले जानकारी दिए। , , यसअघि गत असार २१ गते धादिङको झ...
सेतोपाटी संवाददाता जुम्लाबाट आएको पाँच दिनपछि अनसनरत डाक्टर गोविन्द केसीको रगत परीक्षण गरिएको छ।, आफ्नी ८० वर्षीया आमा मित्र कुमारी केसीको आग्रहमा उनको रगत परीक्षण गरिएको हो।, काठमाडौं ल्याइए पनि उनले स्वास्थ्य परीक्षण गर्न मानेका थिएनन्।, हिजो साँझ आफ्ना छोरालाई भेट्न आएकी आमा स्वास्थ्य परीक्षण पनि नभएको कुरा थाहा पा...
रासस आषाढ शुक्ल एकादशीका दिन आज हिन्दु धर्मालम्बी नेपालीले घरघरमा तुलसीको बिरुवा रोपेका छन्। , ज्येष्ठ शुक्ल एकादशीका दिन घरघरमा राखिएको तुलसीको दलको बिरुवा आज घरघरमा रोपिएको हो। ,तुलसीलाई आजैदेखि कार्तिक शुक्ल एकादशीसम्म नित्य पूजा आरधना गरिन्छ। आजदेखि भगवान् विष्णु क्षीरसागरमा सुत्ने धार्मिक विश्वासका आधारमा आजको ए...
रासस निरन्तरको वर्षाका कारण सगरमाथा लोकमार्गको गाईघाट दिक्तेल सडकखण्डअन्तर्गत उदयपुर जिल्लाको साउने खाँबु तथा छामलिङ फोक्सिङटार क्षेत्रका सडकहरूमा पहिरो झरेपछि उक्त सडकखण्ड अवरुद्ध भएको छ। , , गाईघाट दिक्तेल सडक कार्यालयका अनुसार साउने खाँबु क्षेत्रको पहिरो हटाउने कार्य भइरहेको र छामलिङ फोक्सिङटार क्षेत्रमा सडक अवरुद्...
चेतना गुरागाईं सरकारले बौद्ध–साँखु सडक खण्डको विवादित अंश छाडेर अहिलेलाई बीचको १० देखि १२ मिटर कालोपत्रे गर्ने भएको छ।, बाइस मिटर बनाउने भनिएको यो सडक सर्वोच्च अदालतमा मुद्दा परेपछि काम रोकिएको थियो। सडक विस्तार गर्न दुवैतर्फ जग्गा खाली गराउन नसक्दा तीन वर्षदेखि जीर्ण र जोखिमपूर्ण अवस्थामै रह्यो।, पछिल्लो समय सास्ती च...
रासस महानगरीय ट्राफिक प्रहरी महाशाखाले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा यात्रुलाई ठगी गर्ने ट्याक्सी तथा निजी कारलाई तीन हजार जरिवाना गरेको छ । ,महाशाखाको टोलीले साउन ४ देखि ७ गतेसम्म मिटर ट्याक्सी ठगी र निजी कार तथा जीपले भाडामा मानिस ओसारपसार गर्ने ५७ ट्याक्सी तथा निजी कारलाई कारबाही गरेको हो । ,महाशाखाका प्रवक...
दिपकजंग शाही दैलेखका जीवन थापा एसइई पास भएपछि कानून पढ्न चाहन्थे। सानैदेखि कानूनको ज्ञाता बन्ने सोच राखेका जीवनको एसइईपछिका सबै तहमा कानून विषय नै पढ्ने धोको थियो।, तर, कानून पढ्नका लागि आफ्नो ठाउँमा कुनै पनि विद्यालय थिएनन्। यतिसम्म कि उनी वर्षौंदेखि बस्दै आएको सुर्खेतमा समेत कानून पढ्ने कलेज नहुँदा काठमाडौं गएर अध्य...
सेतोपाटी संवाददाता गत वैशाख २१ राति नख्खु कारागारभित्र एक कैदीको मृत्यु भएको भनिए पनि हत्या भएको पुष्टि भएको छ। बर्दिया स्थायी घर भएका भक्तबहादुर सुनुवारको जेल भित्र रहेका कैदी अभिषेक सिंहले हत्या गरेको खुलेको हो।, सिरियल किलर अभिषेक सिंहको नेतृत्वमा तीन जनाको समूहले सुनवारको हत्या गरेको खुलेको केन्द्रीय अनुसन्धान ब्य...
दिपकजंग शाही अख्यिार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय सुर्खेतमा आउने भ्रष्टाचारसम्बन्धी उजुरीहरूमध्ये बेनामी उजुरी सबैभन्दा धेरै हुने गरेका छन्।, आयोगको सुर्खेतस्थित कार्यालयमा रहेको आर्थिक वर्ष २०७४/०७५ को तथ्याङ्क अनुसार उक्त आर्थिक वर्षमा कार्यालयमा परेका ७ सय ५१ उजुरीहरूमध्ये ३ सय ८७ उजुरी बेनामी रहेका छन् ।, हु...
शोभा शर्मा ९ वर्षअघि  दादुराको खोप लगाएपछि मृत्यु भएका ४ बालबालिकाका परिवारलाई १० लाखका दरले क्षतिपूर्ति दिन सर्वोच्चले सरकारलाई परमादेश दिएको छ।, २०६६ भदौ ३ गते डोटीको काँडामाण्डौको  सानागाउँ इलाका स्वास्थ्य चौकीमा खोप लगाएका विमल नेपाली(१२), सुजाता परियार (८),  १९ महिनाकी गौरी चिराल र ९ महिनाकी अञ्जु बिकको भोलिपल्टै...
एजेन्सी दक्षिण पूर्वी एसियाली मुलुक लाओसमा एक जलविद्युत आयोजनाको निर्माणाधीन बाँध भत्किँदा आधा दर्जन गाउँमा बाढी आएको छ।, बाढीमा परी सयौं मानिस बेपत्ता भएका छन् भने हजारौं परिवार विस्थापित भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्।, लाओ समाचार संस्थाका अनुसार दक्षिणी अटापेउ प्रान्तको सो बाँध सोमबार राति भत्किएको ...
नारायण खड्का एक जना घाइतेको उपचारका क्रममा मृत्यु भएपछि मृतकका आफन्तले तुलसीपुरको एक निजी हस्पिटलमा तालाबन्दी गरेका छन्।, तुलसीपुरको तुलसीपुर सिटी हस्पिटलमा मृतकका आफन्तले डाक्टरको लापरवाहीले घाइतेको मृत्यु भएको भन्दै तालाबन्दी गरेका हुन्।, पीडित पक्षको तालाबन्दी पछि हस्पिटलका डाक्टर, नर्स र अन्य स्टाफहरु भित्रै थुनिए...
सेतोपाटी संवाददाता दुई साता बित्दा पनि राष्ट्रिय पुनर्निर्माण प्राधिकरणमा कार्यकारी अधिकृत सिइओ नियुक्त नहुँदा नीतिगत निर्णय लिन अप्ठ्यारो परेको छ।, ‘अन्य काम कारबाही त चलिरहेकै छ। वार्षिक बजेटमा परेको कार्यक्रम अनुसार हामी काम गरिहरेकै छौं,’ प्रवक्ता कृष्ण प्रसाद दवाडीले सेतोपाटीसँग भने, ‘सिइओ नहुँदा भूकम्प पीडितका ल...
प्रशन्न पोखरेल कृषि, वन विज्ञान विश्वविद्यालय रामपुर चितवनले असार २१ गते आठ निजी क्याम्पसलाई सम्बन्धन दियो।, विश्वविद्यालयको विद्या परिषद्ले गरेको निर्णय बाहिर आएन। असार २६ गते विश्वविद्यालयको सो निर्णय विद्यार्थीले थाहा पाए। निजीलाई सम्बन्धन दिएको विरोधमा विद्यार्थीले विश्वविद्यालयमा तालाबन्दी गरे। निर्णय खारेजी माग ...
डिल्ली पाण्डे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट तीन किलो सुनसहित ५ जना भारतीय नागरिक पक्राउ परेका छन्। मंगलवार पनि विमानस्थल प्रहरीले ३ किलो अवैध सुन सहित पाँच जना भारतिय नागरिकलाई पक्राउ गरेको छ ।, मंगलबार थाई एयरलाइन्सको फ्लाइट नम्वर टिजी ३२० विमानबाट बैंकक हुँदै काठमाडौं आउँदै गरेका ५ जना भारतीय नागरिकको साथबाट...
रासस सशस्त्र प्रहरी सीमा सुरक्षा कार्यालय कञ्चनपुरको टोलीले आज बिहान भारतबाट भन्सार छलेर ल्याउँदै गरेको अवैध सामान नियन्त्रणमा लिएको छ । , , कञ्चनपुरको भीमदत्त नगरपालिका–६ हल्दुखाल क्षेत्रबाट लुकिछिपी ल्याउँदै गरेको रु एक लाख ८४ हजार बराबरको महिलाले लगाउने १५४ थान सुट सशस्त्र प्रहरीको गस्ती टोलीले नियन्त्रणमा लिएको सश...
डिल्ली पाण्डे कारागारभित्रै नक्कली कागजपत्र तयार पारी अर्कोको जग्गा बेच्ने र करोडौं रूपैयाँ हात पार्ने योजना बन्छ।, अनि जुन व्यक्तिलाई जग्गा बेचिन्छ, त्यही व्यक्तिलाई मार्ने योजना हुन्छ। नक्कली जग्गा किन्ने व्यक्तिको हत्या गरियो भने, भोलिका दिनमा दाबी विरोध गर्न कोही आउँदैन र करोडौं रकम हातपर्छ भन्ने योजना बन्छ। नक्कल...
रासस पहिरोमा पुरिएर दार्चुलामा आज एकजना मजदूरको मृत्यु भएको छ ।, मृत्यु हुनेमा शैल्यशिखर नगरपालिका–२ रौतेडाका २२ वर्षीय मदन ओड रहेका इलाका प्रहरी कार्यालय गोकुलेश्वरका इञ्चार्ज प्रहरी निरीक्षक दीर्घ बोगटीले जानकारी दिए।, आज बिहान २ः३० बजे सुतिरहेका बेला माथिबाट आएको पहिरोमा पुरिएर ओडको घटनास्थलमै ज्यान गएको हो । मृतक ...
भगवती पाण्डे बर्षाको कारण पहिरो झरेपछि सिद्धार्थ राजमार्गको बुटवल-तानसेन सडक खण्ड अवरुद्ध भएको छ ।, पाल्पाको दोभान वडा नं. ३ माथिल्लो सिद्धबाबा मन्दिर नजिकै सडक माथिबाट खसेको पहिरोको कारण मंगलबार राति ११ बजेदेखि सडक अवरुद्ध भएको पश्चिम क्षेत्रिय ट्राफिक प्रहरी कार्यालयले जनाएको छ।, लेदोमाटो र ढुंगासहितको झरेको पहिरो ह...
सेतोपाटी संवाददाता बाल यौन दुराचारमा संलग्न २ जना फ्रान्सेली नागरिक काठमाडौंको गौशालाबाट पक्राउ परेका छन्।, नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरोले बालयौन दुराचारमा संलग्न फ्रान्सेली नागरिकद्धय ३८ वर्षीय मिचेल चुपाऊ र ४२ वर्षीय क्रिस्टोफे ग्योलक्सलाई शुक्रबार विमानस्थल जाने क्रममा गौशालाबाट पक्राउ गरेको हो।, काठमा...
सेतोपाटी संवाददाता दिल्ली महिला आयोगको टोलीले मंगलबार मध्यरातमा १६ नेपाली महिलाको ‘उद्दार’ गरेको  जनाएको छ। मानव तस्करले  कुवेत र इराक पठाउन लगेका ती महिलालाई दिल्लीको मुनिर्का क्षेत्रको एउटा सानो कोठाबाट ‘उद्दार’ गरिएको दिल्ली महिला आयोगकी अध्यक्ष स्वाती मालिवालले ट्वीटरमार्फत् जानकारी दिएकी छन्।, आयोगमा आएको सूचनाका...
रवीन्द्र शाही काठमाडौंमा अहिले एसिया प्रशान्त क्षेत्रीय सम्पत्ति शुद्धिकरण सम्बन्धमा बैठक चलिरहेको छ।बैठकमा पाँच सय प्रतिनिधि छन्।, अर्थका अधिकारीहरूका अनुसार  पाँच सय बढी सहभागी कार्यक्रम गर्न सरकारी हल नपाएपछि सोल्टी होटलको मेघा हलमा बैठक राखियो।, मेघा हलमा पनि सबै प्रतिनिधि सजिलो गरी बस्न पाएका छैनन्। सहभागीहरू कोच...
सेतोपाटी संवाददाता त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट फेरि करिब ४ किलो सुन समातिएको छ।, हिजो मात्र प्रहरीले ३ किलो अवैध सुन सहित पाँच जना भारतिय नागरिकलाई पक्राउ गरेको थियो। आज बुधबार पनि प्रहरीले त्रिभुवन विमानस्थलबाट सुन सहित दुई थाइ नागरिकलाई पक्राउ गरेको हो।, थाई एयरलयान्सको फ्लाइट नम्बर टिजी ३१९ नम्बरको विमानब...
सेतोपाटी संवाददाता काठमाडौं प्रहरीले उत्कृष्ट कार्य गरेको भन्दै महानगरीय प्रहरी वृत्त दरबारमार्गका डिएसपी दानबहादुर मल्ल र कमलपोखरी वृत्तका प्रमुख डिएसपी कुलदीप चन्दलाई पुरस्कार प्रदान गरेको छ।, बुधबार परिसर काठमाडौंमा एक कार्यक्रम गरी सो पुरस्कार वितरण गरिएको हो।, त्यसैगरी असार महिनामा उत्कृष्ट कार्य गरेको भन्दै प्रह...
रासस वर्षाका कारण पहिरो झरेर अवरुद्ध भएको सिद्धार्थ राजमार्गको बुटवल तानसेन सडकखण्ड एकतर्फी सञ्चालन गरिएको छ।, ‘पाल्पाको दोभान–३ माथिल्लो सिद्धबाबा मन्दिर नजिकै सडक माथिबाट खसेको पहिरोका कारण राति १२ बजेबाट सडक अवरुद्ध भएको थियो। धेरै ठूलो पहिरो भएकाले एकतर्फी रूपमा मात्रै सञ्चालन गरिएको छ’, पश्चिम क्षेत्रीय ट्राफिक प...
सेतोपाटी संवाददाता चितवनको भरतपुरमा आन्दोलनरत रिक्सा चालकसँगको झडपमा प्रहरीले केही राउन्ड हवाइ फायर गरेको छ।, चितवन प्रहरी प्रमुख एसपी सुनिल राठौरले दिएको जानकारीअनुसार राजमार्ग बन्द गर्न खोज्ने रिक्सा चालकहरूले प्रहरी कार्यालय जलाउन खोजेपछि भीड नियन्त्रण गर्न प्रहरीले केही राउन्ड हवाइ फायर र अश्रु ग्यास हानेको हो।, प...
भगवती पाण्डे ईलाका प्रहरी कार्यालय बुटवलले गत आर्थिक वर्ष २०७४/७५ मा आचरणविपरीत काम गर्ने एक जनालाई निलम्बन गरेको छ भने उच्च आचरण भएका एक जनालाई पदोन्नति गरेको छ।, कार्यालयका अनुसार राम्रो काम गरेर पुरस्कृत हुने र नराम्रो काम गरेर कारबाहीमा पर्नेहरूको संख्या करिब एउटै पाइएको छ।, ईलाका प्रहरी कार्यालय मातहत रहेका विभिन...
नारायण खड्का तीन जना बालिकालाई बलात्कार गरेको अभियोगका एक जना वृद्धलाई अदालतले पुर्पक्षका लागि जेल चलान गर्न आदेश दिएको छ।, घोराही उपमहानगरपालिका वडा नं. ४ निवासी ८२ वर्षीय रामु खत्रीलाई दाङ देउखुरी जिल्ला अदालतले मंगलबार बालिका करणीमा दोषी ठहर गर्दै पुर्पक्षका लागि जेल चलान गर्न आदेश दिएको हो । , अदालतले खत्रीलाई एकै...
नारायण खड्का डाक्टरको लापरबाहीले गर्दा उपचारका क्रममा मृत्यु भएका भनिएका ३७ बर्षीय केवल बस्नेतको परिवारलाई ५ लाख रुपैंया दिने सहमति भएको छ।, बुधबार बिहानैदेखि भएको छलफलका क्रममा सुरूमा मृतकका आफन्तले ६० लाख क्षतिपूर्ति मागेको भए पनि ५ लाखमा कुरा मिलेको जानकारी दिइएको छ।, डाक्टरको लापरवाहीले गर्दा घाइतेको उपचारको क्रमम...
दिपकजंग शाही दैलेखको आठविस नगरपालिकामा रहेको एक सहकारीका अध्यक्ष र लेखा संयोजक मिलेर लाखौं रकम हिनामिना गरेको पाइएको छ।, आठविस–६ मा रहेको ‘बयालढुंगा बचत तथा ऋण सहकारी संस्था’का अध्यक्ष केशबहादुर शाही र लेखा संयोजक निरक कठायतले सहकारीको ११ लाख २० हजार रुपैयाँ हिनामिना गरेको पाइएको हो।, २०६६ सालमा स्थापना भएको सहकारीमा ...
रासस एक महिनादेखि उठाउन रोकिएको काठमाडौं उपत्यकाको फोहोर अझै उठ्न सकेको छैन। , , अहिले जताततै फोहोरको डङ्गुर मात्र देखिन्छ। कालीमाटी, कलंकी, बल्खु, टेकु सीतापाइला, बालाजु चाबहिललगायत दर्जनौं स्थानमा लामो समयदेखि थुपारिएको फोहोरको कारण सहर दुर्गन्धित बनिसकेको छ। , , काठमाडौंमा मात्र होइन भक्तपुर र ललितपुरको अवस्था पनि ...
सेतोपाटी संवाददाता धुम्बाराहीमा रहेको ह्याम्स अस्पतालले खेलाडीहरुलाई लाग्ने चोटका विषयमा जानकारी गराएको छ।, अस्पतालमा एक कार्यक्रम गरी उसले खेलकुदमा हुने चोटबाट कसरी बच्ने र कसरी उपचार गर्न सकिन्छ भन्नेबारे खेलाडीहरुलाई जानकारी दिएको हो ।, कार्यक्रममा एसियन बल्डि बिल्र्डस स्वर्ण पदक महेश्वर महर्जन,दक्षिण एसिया उसु स्व...
रासस अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले सेवाग्राहीसँग घूसबापत लिएको रु ७० हजार नगदसहित सप्तरीको तिलाठि–कोइलाडी गाउँपालिकाका एक कर्मचारीलाई हिजो साँझ पक्राउ गरेको छ। , , गाउँपालिकाको राजविराज नगरपालिका– ५ स्थित सम्पर्क कार्यालयबाट भौतिक पूर्वाधार तथा योजना शाखाका सहायक कर्मचारी राजकुमार मण्डललाई अख्तियारको इटहरी...
दिपकजंग शाही राष्ट्रिय अपाङ्ग महासंघ कर्णाली प्रदेश कमिटीले आइतबारदेखि अपाङ्गता भएका व्यक्तिहरूको अधिकरका निम्ति शान्तिपूर्ण आन्दोलन गर्ने भएको छ।, महासंघको देशव्यापी कार्यक्रमअन्तर्गत कर्णाली प्रदेश कमिटीले पनि आइतबार र्‍यालीसहित आफ्ना मागहरूलाई लिएर प्रदेशका विभिन्न मन्त्रालहरूमा जाने भएको छ।, राष्ट्रिय अपाङ्ग महासं...
नारायण खड्का सँगैका साथीहरू रमाइलो गर्दै विद्यालय गएको र  खेलिरहेको दृष्य उनी ओछ्यानबाट नियाल्दै आँशुले सिरानी भिजाउँछन्। , तुलसीपुर उपमहानगरपालिका वडा नं. ३ दमारगाँउ निवासी १६ वर्षीय श्याम विक पनि कुनैदिन त्यसैगरी साथीहरूसँग विद्यालय जान्थे । रमाइलो गर्दै, खेल्थे । उफ्रिन्थे । तर आज उनको त्यो अवस्था छैन।, स्थानीय नमू...
सेतोपाटी संवाददाता घर छाडेर भारतमा पुगी एउटा बालकल्याण समितिमा आश्रय लिइरहेका चार जना नेपाली बालकलाई प्रवासी नेपाली मित्र मञ्च दिल्लीले स्वदेश फिर्ता गराएको छ ।, भारत उत्तरप्रदेशको देवरियास्थित राजकीय बालगृहमा राखिएका ती बालकलाई मञ्चका पदाधिकारीले नेपाल ल्याएर शनिबार जिल्ला प्रहरी कार्यालय रुपन्देहीमा जिम्मा लगाएका हु...
सेतोपाटी संवाददाता काठमाडौंको बबरमहलमा स्कुटरको ठक्करबाट एक पैदलयात्रीको मुत्यु भएको छ।, शनिबार राति १२ बजे बबरमहलस्थित बा ७२ प ५०३८ नम्बरको स्कुटरको ठक्करबाट रामेछापका ४२ वर्षीय हिराबहादुर थानीको मृत्यु भएको प्रहरीले जनाएको छ।, ठक्करबाट गम्भीर घाइते भएका थानीको अन्नपूर्ण न्यूरो अस्पताल माइतीघरमा मृत्यु भएको हो।, त्यस...
सेतोपाटी संवाददाता लामो समयदेखि अलपत्र कलंकी–नागढुंगा सडकखण्ड निर्माण रोकिएपछि स्थानीयले विरोध जनाएका छन्।, कलंकी–नागढुंगा बाटो निर्माण दबाब समूह गठन गरी चन्द्रागिरिका स्थानीयहरूले आइतबार बिहान सडकका खाल्डा पुरेर विरोध प्रदर्शन गरेका हुन्।, स्थानीयले ‘हाम्रो सडक, हामी बनाउँछौं’ लेखिएका प्लेकार्ड बोकेर दुई घण्टा सडक जा...
सेतोपाटी संवाददाता त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट साढे दुई किलो सुनसहित २ जना भारतीय नागरिक पक्राउ परेका छन्।, शनिबार थाई एयरलाइन्सको विमानबाट बैंकक हुँदै काठमाडौं आउँदै गरेका २ जना भारतीय नागरिकको साथबाट २ किलो ६ सय ७० ग्राम भन्सार छलीको सुन बरामद भएको विमानस्थल प्रहरी प्रवक्ता एसपी दिनेशराज मैनालीले बताए।, एस...
डिल्ली पाण्डे काठमाडौं उपत्यकामा हप्ता असुलीदेखि ठेक्कापट्टामा रकम उठाउने विभिन्न आपराधिक गतिविधिमा संलग्न १६ जनालाई प्रहरीले पक्राउ गर्‍यो।, आर्थिक वर्ष २०७४/७५मा काठमाडौं प्रहरीले १६ जना गुण्डागर्दीमा संलग्न ब्यक्तिलाई पक्राउ गर्‍यो।, एसएसपी विश्वराज पोखरेल काठमाडौं प्रहरी प्रमुख भएर आएपछि उनले गुण्डागर्दी विरूद्धको...
भगवती पाण्डे सिद्धार्थ राजमार्ग अन्तर्गत सिद्धबाबा हेडबक्स नजिकै मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ।, बुटवल दोभान खण्डको तिनाउ गाउँपालिका ३ मा हेडबक्स ड्याम नजिकै लु २१ प ९६८० एफजेड मोटरसाइकल दुर्घटनामा परेको प्रहरीले जनाएको छ।, मोटरसाइकल सडक छेउमा पल्टिए पनि मोटरसाइकलमा सवार दुई जना भने तिनाउ खोलामा खसे...
विशद दाहाल सम्पादकीय नोट: डा. गोविन्द केसी अनसन बसेको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान, जुम्लामा बिहीबार प्रहरी हमलाको भिडियो रेकर्डिङ र उक्त हमला क्रममा डा. केसीसँगै रहेका विशद दाहाल र नारायण कँडेलसँगको कुराकानीमा आधारित।), दुई/तीन दिनअघिदेखि डा. गोविन्द केसीलाई लिन हेलिकप्टर आउँछ रे भन्ने जुम्लामा हल्ला चलेको थ...
नारायण खड्का हातपात र दुर्व्यवहारको प्रयास गरेको  भन्दै महिलाहरूले दाङका एक जना वडा अध्यक्षविरुद्ध प्रहरीमा उजुरी गरेका छन्।, तुलसीपुर उपमहानगरपालिका वडा नं. १२ का वडा अध्यक्ष सूर्यप्रसाद डाँगी(श्याम)काविरुद्ध स्थानीय महिलाहरू ३८ वर्षीया विन्दु बुढाथोकी र ३६ वर्षीया मिना वलीले जस्पुर प्रहरी चौकीमा जाहेरी दिएको जस्पुर ...
सागरराज तिमिल्सिना लेखनाथको बेगनास तालमा पौडी खेल्ने क्रममा एक जनाको मृत्यु भएको छ।, पोखरा लेखनाथ महानगरपालिका १५ टुटुङगा बस्ने वर्षीय ३१ को प्रकाश गुरुङको बेगनास तालमा माछा मार्न जाने क्रममा पौडी खेल्दा डुबेर मुत्यु भएको प्रहरीले जनाएको छ।, तत्कालै प्रहरी टोलीले उद्धार गरेर पश्चिम क्षेत्रीय अस्पताल लगे पनि उपचारको क्...
नारायण खड्का विद्युत चोरीको अभियोगमा दाङ, फूलवारी क्षेत्रबाट प्रहरीले आइतवार राति ११ जनालाई प्रक्राउ गरेको छ । तुलसीपुर उपमहानगरपालिका वडा नं. १३ फूलवारीमा अवैद्य रुपमा विद्युत चोरी गर्दै आएका व्यक्तिहरुलाई पक्राउ गरिएको तुलसीपुर विद्युत प्राधिकरणका प्रमुख दिपकजंग चौधरीले जानकारी दिए ।, ‘फूलवारी क्षेत्रमा व्यापक मात्र...
सेतोपाटी संवाददाता विगत २३ दिनदेखि मेडिकल शिक्षा सुधार विषयमा अनसन बसिरहेका त्रिवि शिक्षण अस्पतालका प्राध्यापक डाक्टर गोविन्द केसीको माग तत्काल पूरा गर्न देशका प्रमुख मिडियाका सम्पादकहरुले माग गरेका छन्।, आइतबार टिचिङ अस्पताल पुगेर केसीको मागप्रति ऐक्यवद्धता जनाउँदै सम्पादकहरूले चिकित्सा शिक्षा क्षेत्र सुधारका लागि उन...
अमृता लम्साल नाम: कृष्णकुमारी  घिमिरे,स्थायी वासस्थान: धुम्बाराही,उमेर: आगामी भदौमा ९५ वर्ष, कृष्णकुमारी घिमिरेसँग यो पंक्तिकारले पछिल्लोपटक भेट्दा, उनी धेरैपछि आफ्नो फैलिएको परिवारको एक महिला सदस्यसँग भेट्दै थिइन्। ती महिला करिब ४२ वर्षदेखि बेलायतमा बस्छिन्। उनको पहिलो सन्तान नै ४० वर्षकी भइसकिन्।, उनी कृष्णकुमारीकी ...
डिल्ली पाण्डे ‘समृद्धि नेपाल वित्तिय संस्था लिमिटेड’का सञ्चालक विभिन्न ब्यक्ति तथा महिला समूहको करौडौं रकम असुलेर फरार भएका छन्।, सेवाग्राहीलाई विभिन्न आश्वसन देखाएर सयौं ब्यक्ति तथा विभिन्न समूहको पैसा उठाएर फरार भएपछि पीडितले प्रहरीमा उजुरी दिएका हुन्।, पीडितकै उजुरीका आधारमा प्रहरीले संस्थाकी सञ्चालिका कोपिला अधिका...
नारायण खड्का जागिरको प्रलोभनमा परी दाङकी एक युवती बलात्कृत भएकी छन्। अर्की एक युवतीमाथि बलात्कारको प्रयास भएको छ।, घटनामा संलग्न एक युवालाई प्रहरीले पक्राउ गरेको छ भने अर्का फरार छन्।, दाङका जिल्ला प्रहरी प्रमुख एसपी दुर्गा सिंहका अनुसार तुलसीपुर उपमहानगपालिका निवासी ४१ वर्षीय विक थरका एक व्यक्तिले युवतीलाई जागिरको प्...
सत्यमोहन जोशी (प्रस्तुतिः गिरीश गिरी) त्यो भव्य चैत्य तेह्रौं शताब्दीमै कुनै नेपालीले निर्माण गरेको थाहा पाएपछि म एकछिन स्तब्ध भएँ। २०१६ सालमा पहिलोपटक चीनको राजधानी पुग्दा हाम्रो मुलुककै एउटा ठूलो सत्य मेरासामू अनावरण भएको थियो।, बेइजिङ उतिबेला अहिलेजस्तो थिएन। हामी पेइचिङ भन्थ्यौं। असाध्यै गरिब देखिन्थ्यो सहर। जतातत...
सेतोपाटी संवाददाता अवैद्य काठ तस्करीमा संलग्न एकजना व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय गढवाको गस्ति टोलीले शनिवार मध्यराति ८ थान सालका अवैध चिरान घप्पु र ४ थान चिरान कडी सहित एक जनालाई पक्राउ गरेको जानकारी दिएको हो ।, प्रहरी निरीक्षक पञ्चलाल गोलेको नेतृत्वको प्रहरी टोलीले गढवा गाउँपालिका वडा नं...
ज्योति देवकोटा प्राध्यापक डाक्टर गोविन्द केसी अनशनरत खलङ्गास्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गोली चलेको विद्यार्थीले बताएका छन्। डा. केसीको स्वास्थ्य अवस्था गम्भीर भएपछि उनलाई काठमाडौं लिन गएको सरकारी टोली, प्रहरी तथा विद्यार्थी र केसीका समर्थकबीच झडपका क्रममा गोली चलेको उनीहरूले बताए। , डा गोविन्द केसीसम्म...
ज्योति देवकोटा २० दिन देखि जुम्लामा अनसन बसिरहेका डाक्टर गोविन्द केसी काठमाडौं आउन तयार भएका छन्।  केहीबेरमा जुम्लामा पत्रकार सम्मेलन गरेर उनी सरकारी टोलीसँगै काठमाडौं आउन तयार भएका हुन्।, काठमाडौंबाट कुनै पनि हालतमा डाक्टर केसीलाई लिएर आउनु भन्ने आदेश आएपछि मुख्यमन्त्रीसँग डाक्टर केसीले अस्पताल तोडफोड गर्नु पर्दैन आफ...
सेतोपाटी संवाददाता विगत २० दिनदेखि अनसनरत डाक्टर गोविन्द केसीलाई काठमाडौं लैजान आएको भन्दै गाउँ गाउँबाट आएका आमा समूहसहितको स्थनीय गाउँलेको टोलीलाई प्रहरीले बीच बाटोमै रोकेको छ। अहिले सदरमुकाम भित्रने कुनै पनि सवारी साधन प्रवेश निषेध गरिएको छ।, आमा समूह र विद्यार्थी विरोधमा उत्रिएपछि डा.केसीलाई लिन गएको सरकारी टोली पछ...
ज्योति देवकोटा सशस्त्र प्रहरीको लाठी प्रहारबाट जुम्लामा डाक्टर र नर्स घाइते भएका छन्। डाक्टर गोविन्द केसी अनसन बसेको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान हाताभित्र जान सशस्त्र प्रहरीले लाठी चार्ज गरेको हो। अन्धाधुन्ध लाठी चार्ज गर्दै २ गाडीमा आएका सशस्त्र प्रहरी अस्पतालभित्र छिरेका छन्।   , २० दिनदेखि अनसनरत डाक्टर के...
नारायण खड्का दाङमा भएको ट्रयाक्टर दुर्घटनामा चालकको मृत्यु भएको छ।, दुर्घटनामा परी बंगलाचुली गाउँपालिका वडा नं. ४ फाँटा निवासी ३० वर्षीय थर्कमान घर्तीको घटनास्थलमै मृत्यु भएको ईलाका प्रहरी कार्यालय कमिरेचौरका प्रमुख प्रहरी प्रहरी नायब निरीक्षक बुद्धिप्रसाद राणाले जानकारी दिए।, राणाका अनुसार गएराति १० बजेतिर फाँटादेखि ...
ज्योति देवकोटा विगत २० दिनदेखि चिकित्सा क्षेत्रको सुधारका लागि जुम्लामा अनसनरत डा. गोविन्द केसीलाई लिन गएका प्रदेश नम्बर ६ का मुख्य मन्त्री महेन्द्रबहादुर शाही र आन्तरिक मामिला तथा कानुनमन्त्री नरेश भण्डारीसहितको सरकारी टोली पछि हटेको छ।, डाक्टर केसीको माग पुरा नभएसम्म उनलाई जुम्लाबाट बाहिर लैजान नदिने भन्दै गाउँ गाउँ...
ज्योति देवकोटा अस्पताल भित्र प्रहरीले बल प्रयोग गरेर दर्जनौलाई घाइते बनाएपछि २० दिनदेखि अनसनरत डाक्टर गोविन्द केसी सरकारी हेलिकप्टर चढेर आफू काठमाडौं नजाने अडान लिएका छन्। बिहिबार बिहान प्रहरीले अस्पतालमा बल प्रयोग गरेपछि डाक्टर केसीले ,‘अस्पतालमा गुन्डागर्दी नगर म काठमाडौं जान तयार छु’, भनेका थिए।, त्यसैबीच प्रहरीले ...
सेतोपाटी संवाददाता २० दिनदेखि अनसनरत डाक्टर गोविन्द केसीलाई लिन गएको सरकारी टोलीले बल प्रयोग गरेपछि बिहिबार दिनभर जुम्ला सदरमुका खलङ्गास्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान परिसर तनावग्रस्त रह्यो।, अस्पताल भित्र रहेका डाक्टर, नर्स र विद्यार्थीमाथि बल प्रयोगका क्रममा तीन जना डाक्टरसहित दर्जनौ विद्यार्थी, विरामी कु...
सेतोपाटी संवाददाता वर्षासँगै पहिरोको चपेटामा परेको नारायणगढ–मुग्लिङ सडकखण्डको १७ किलोमा सडक भाँसिएपछि यात्रुहरूले झनै सास्ती व्यहोर्नु परेको छ।, गाईघाट नजिकै रहेको नारायणगढ– मुग्लिङ सडकखण्डको १७ किलोमा सडक भाँसिएपछि यात्रुहरू झनै मारमा परेका हुन्।, २५ मिटर लम्बाई र ५ मिटर चौडाई बराबरको सडक भाँसिएपछि एकतर्फी रूपमा मात्...
दिपकजंग शाही डाक्टर गोविन्द केसीलाई बोकेर जुम्लाबाट आएको हेलिकप्टर तेल भर्न सुर्खेतमा रोकिएको छ।, सुर्खेत विमानस्थलमा अहिले तेल भर्ने काम भइरहेको छ।, तेल भरिसकेपछि केहीबेरमा हेलिकप्टर काठमाडौं उड्ने कर्णालीका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले जानकारी दिए।, उनी सोही हेलिकप्टरमा जुम्लाबाट सुर्खेत आएका हुन्।, मुख्यमन्त्...
रासस ‘मैले बाँच्ने आशा मारिसकेको थिएँ, आज हो कि भोलि भन्ने मात्रै थियो तर मेरी श्रीमतीको कलेजो र मायाले दोस्रो जुनी पाएँ।’ , , शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र (मानव अंग प्रत्यारोपण केन्द्र) भक्तपुरको सघन उपचार कक्षको शैय्यामा रहेका कराँते खेलाडी ४३ वर्षीय बद्री खड्काले यसो भनिरहँदा उनको मुहार हँसिलो देखिन्...
ज्योति देवकोटा २० दिनदेखि अनसनरत डाक्टर गोविन्द केसीलाई लिएर नेपाली सेनाको हेलिकप्टर काठमाडौंका लागि उडेको छ।, स्वास्थ्य स्थिति बिग्रदै गएपछि डा. केसीलाई थप उपचारका लागि स्तरीय अस्पतालमा राख्ने भन्दै सरकारले बिहिबार नेपाली सेनाको हेलिकप्टर पठाएको थियो। डाक्टर केसीलाई लिएर उडेको हेलिकप्टर काठमाडौंस्थित त्रिवि शिक्षण अस...
नारायण खड्का विक्रम संवत् २०५७ सालमा नेपाली कांग्रेस नेतृत्वको सरकारले मुक्त कमैया घोषणा गर्दा दाङ देउखुरीको राजपुर गाउँपालिका वडा नं. २ माधवपुर निवासी ५८ वर्षीय मुक्त कमैया कुलबहादुर चौधरीको खुसीको सीमा नै थिएन।, वर्षौंदेखिको उत्पीडन र अत्याचार समाप्त भएकोमा कुलबहादुर लगायत सारा मुक्त कमैया, हरिया, चरियामा औधी खुसी थ...
सेतोपाटी संवाददाता डाक्टर गोविन्द केसीलाईटिचिङ अस्पातलको आइसियूमा राखिने भएको छ। जुम्लाबाट बिहिबार दिउँसो नेपाली सेनाको हेलिकप्टरमार्फत काठमाडौं ल्याइएको उनलाई उनको इच्छा अनुसार टिचिङ अस्पतालमा राखिने भएको हो।, शिक्षण अस्पताल स्रोतका अनुसार अहिले त्यहाको आइसियु कक्ष तयारी अवस्थामा राखिएको छ। चिकित्सकहरू पनि तयारी अवस्...
शान्ति तामाङ दुई सातादेखि काठमाडौं उपत्यकामा फोहोर नउठेर चोक, गल्ली र सडकमा डंगुर लाग्दा पनि सरकारले व्यवस्थापनको भरपर्दो विकल्प दिन सकेको छैन।, उपत्यकाको फोहोर फाल्ने नुवाकोट, सिसडोलको 'बाटो बिग्रिएकाले समस्या आएको' भन्दै काठमाडौं र ललितपुर महानगरपालिकाले तत्काललाई 'घर-घरमै फोहोरमैला व्यवस्थापन गर्न' सर्वसाधारणसँग अप...
भगवती पाण्डे पटकपटक चर्चामा आईरहने लुम्विनी अञ्चल अस्पतालको सटर भाडाको विषय यसपटक अदालतसम्म पुगेको छ।, सटर भाडाको लागि फारम भर्न आह्वान गरिएको सूचनाको अन्तिम दिन अस्पताल प्रशासनले बोलपत्र स्थगित गरेको भन्दै फारम भरेका चार जना व्यवसायी अदालत पुगेका हुन्।, भाडामा दिईने अस्पतालका ६९ वटा सटरका लागि अस्पतालले गत जेठ २७ गते...
नारायण महर्जन त्रिवि शिक्षण अस्पतालका प्राध्यापक डाक्टर गोविन्द केसीलाई बिहिबार साँझ त्रिवि शिक्षण अस्पताल काठमाडौं ल्याइएको छ। जुम्ला सदरमुकाम खलङ्गास्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा विगत २० दिनदेखि अनशनरत डा. केसीलार्इ सेनाको हेलिकप्टरबाट काठमाडौं ल्याइएको हो।, सेनाको हेलिकप्टर टुँडिखेलमा अवतरण गरी डा केस...
सेतोपाटी संवाददाता डोल्पामा एकजना नेपाली सेनाका जवान आफैंले चलाएको गोली लागेर शख्त घाइते भएका छन् ।, बिहीबार ड्यूटीमा रहेका २२ वर्षीय ध्रुव चन्दले असावधानीवश आफैँले गोली चलाउँदा घाइते भएका हुन् । शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्जको सुरक्षार्थ सुलिगाडमा रहेको ईश्वरी बक्स गुल्ममा कार्यरत सेनाका जवानले आफैंले गोली चलाई घाइ...
नारायण खड्का ७ वर्षीय बलदेव चौधरी तुलसीपुर उपमहानगरपालिका वडा नं. १२ क्वाङ्गी गाउँमाको जनकल्याण प्राथमिक विद्यालयमा कक्षा १ मा अध्यनरत छन् । बिहीबार बिहान ११ बजेतिर सेतोपाटीका संवाददाता विद्यालय पुग्दा उनी कक्षा २ मा बसेर पढिरहेका  थिए। ‘कक्षामा एक्लै भएकोले कक्षा २ मा पढ्न आएँ’, बलदेवले भने।, कक्षा १ मा जम्मा ४ जना व...
सेतोपाटी संवाददाता विगत बीस दिनदेखि जुम्लामा आमरण अनशनमा बसेका डा. गोविन्द केसीलाई बिहीबार काठमाडौं ल्याइएको छ। जुम्लामै वार्ता गर्नुपर्ने अडानमा रहेका केसीलाई सरकारले बिहिबार बल प्रयोग गरी नेपाली सेनाको हेलिकप्टरबाट काठमाडौं ल्याएको हो।, हेर्नुहोस् डाक्टर केसीका जुम्लादेखि काठमाडौंसम्मका तस्बिरहरू, तस्बिरहरूः नारायण ...
रासस आन्दोलनकारीले प्रहार गरेको ढुंगा लागेर जिल्ला प्रहरी कार्यालय, कञ्चनपुरमा कार्यरत महिला प्रहरी जवान नन्दा कुँवर घाइते भएकी छन्।, बिहीबार अटोरिक्सा चालक समूह र नेपाल विद्यार्थी संघ कञ्चनपुरले पूर्वपश्चिम राजमार्गमा चक्काजाम गर्न खोज्दा सडक खोल्ने क्रममा भएको झडपमा परी कुँवर घाइते भएकी हुन्।, घाइते कुँवरको महाकाली ...
रासस काठमाडौं महानगरपालिकाले फोहर व्यवस्थापन गर्न नसक्दा शहरका विभिन्न चोक तथा बजार दुर्गन्धित बन्दै गएको र रोगको संक्रमण बढ्ने देखिएकोे छ। ,बल्खु, कुलेश्वर, कालीमाटी, कलंकी, टंकेश्वर, त्रिपुरेश्वर, बानेश्वर, शान्तिनगर, बागबजारलगायत स्थानमा करीब दुई सातादेखि घरबाट दैनिक निस्कने फोहर नउठेका कारण चोकचोकमा फोहरका डंगुर थ...
नारायण खड्का वि.सं. २०५७ सालमा नेपाली कांग्रेस नेतृत्वको सरकारले मुक्तकमैया घोषणा गर्दा राजपुर गाउँपालिका वडा नं. २ माधवपुर, दाङका ५८ वर्षीय कुलबहादुर चौधरीको खुसीको सीमा थिएन।, वर्षौंदेखिको उत्पिडन र अत्याचार समाप्त भएकोमा कुलबहादुर लगाएतका मुक्त कमैंया, हरिया, चरियामा औधी खुसी थिए। , १९ वर्ष व्यतित भैसक्यो, उनको आर्...
सेतोपाटी संवाददाता यौन दुराचारको अभियोगमा प्रहरीले एक जना विदेशी नागरिकलाई पक्राउ गरेको छ।, महानगरीय अपराध अनुसन्धान महाशाखाको टोलीले बिहिबार स्वीटजरल्यान्डका नागरिक पिटर क्रिस्चिएन ल्गेड्रफलाई पक्राउ गरेको हो।, उनले फेसबुक मार्फत काठमाडौं बाफलका एक १६ वर्षे बालकलाई साथी बनाएर विभिन्न प्रलोभनमा पारी यौन दुराचार गर्ने ...
दिपकजंग शाही पहिरोले घर भत्काउँदा जाजरकोटमा २ जनाको मृत्यु भएको छ। जिल्लाको जुनीजाँदे गाउँपालिका ६ छिर्कस्थित बिहिबार राति भक्तबहादुर बुढाको घर पहिरोले भत्काउँदा उनकी श्रीमति ५५ वर्षीय लली बुढा र नातिनी ९ वर्षीय सृजना बुढाको मृत्यु भएको हो।, घटनामा परि तीन जना घाईते भएका छन्। घाईते हुनेहरुमा भक्त बहादुर बुढा, उनका नात...
सबिना श्रेष्ठ हनुमानढोका दरबार क्षेत्र, वसन्तपुरको एउटा घरविरुद्ध बुधबार १ सय ४ जनाले सर्वोच्च अदालतमा सामूहिक मुद्दा दायर गरे।, न्युरोडको जुद्ध सालिकबाट वसन्तपुर छिर्ने प्रवेशद्वारमै छ यो घर।, निर्माण क्रममा रहेको घर करिब एक वर्षदेखि विवादमा छ। यसलाई सम्पदा क्षेत्रको मापदण्ड मिचेको आरोप छ। पुरातत्व विभाग, हनुमानढोका ...
रासस पाल्पाको रिब्दीकोट गाउँपालिकामा बाँदरले मकै नष्ट गरेपछि यहाँका किसान चिन्तित बन्दै गएका छन्।, पहाडी जिल्ला पाल्पाको प्रमुख अन्नबाली मकैमा घोगा हाल्न थालेसँगै बाँदरले नष्ट गर्न थालेपछि यहाँका किसान मकै जोगाइदिनका लागि गाउँपालिका प्रमुख र प्रदेश सांसदसँग हारगुहार गर्न पुगेका हुन्।, गाउँमा युवा पुस्ता नभएकाले अधिकां...
सेतोपाटी संवाददाता प्रहरीले एक किलो नक्कली सुनसहित तीन जनालाई पक्राउ गरेको छ ।, काठमाडौं प्रहरी परिसरले नक्कली एक केजी सुनको विस्कुट, वेरूवा औठी र सिक्रीको बिल देखाई बिक्री गर्न हिडिरहेकालाई विशेष सूचनाका आधारमा बिहिबार चुच्चेपाटीबाट पक्राउ गरेको हो।, पक्राउ पर्नेमा सिन्धुपाल्चोक घर भई हाल काठमाडौको जोरपाटी बस्ने २३ ब...
डिल्ली पाण्डे प्रहरीले काठमाडौंबाट एक वर्षको अवधिमा विभिन्न अपराधमा संलग्न ९ हजार १ सय २ जनालाई पक्राउ गरेको छ।, महानगरीय प्रहरी परिसर काठमाडौंको तथ्याङ्क अनुसार आर्थिक वर्ष २०७४/७५ मा ६ हजार ८ सय ४१ वटा मुद्दा विभिन्न शीर्षकमा दर्ता भएका छन्।, आर्थिक वर्ष २०७३/७४ मा ४ हजार ५ सय ८२ वटा मुद्दा दर्ता भएका थिए।, प्रहरी प...
सेतोपाटी संवाददाता मनकामना केबुलकारले निरन्तर चौंथो वर्ष पनि उत्कृष्टताको प्रमाणपत्र (सर्टिफिकेट अफ एक्सीलेन्स) पाएको छ।, सेवाग्राहीको मूल्यांकनका आधारमा विश्वको ठूलो र विश्वसनीय ट्राभल साइट ट्रिप एड्भाइजरले मनकामना केबुलकारलाई सन् २०१८ का लागि उत्कृष्टताको प्रमाणपत्र दिएको हो।, प्रसिद्ध धार्मिकस्थल गोरखाको मनकामना मन...
नारायण खड्का दाङमा विषालु जंगली च्याउ खाँदा मृत्यु हुनेको संख्या तीन पुगेको छ।, मंगलबार बिहान घोराही उपमहानगरपालिका वडा नं. १९ पाँचपोखरी निवासी ४० वर्षीय चित्रबहादुर घर्तीको उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङकी प्रमुख एवं एसपी दुर्गा सिंहले जानकारी दिइन्।, सोमबार बेलुका नजिकैको जंगलबाट च्याउ ल्याएर ...
रासस म्याग्दीको रघुगंगा गाउँपालिका–४, दग्नामको तोय भन्ने ठाउँमा पहिरो जाँदा सडक भासिएको छ ।, गाउँपालिकाको केन्द्र मौवाफाँटदेखि दग्नाम जोड्ने सडकको दवाङ भिर र तोय क्षेत्रमा केही दिनदेखिको वर्षात्पछि सोमबार दिउँसो जमीन धाँजा फाटेर पहिरो जाँदा करीब २५ मिटर सडक भासिएको हो ।, सडक तलको भिरालो जमीन धाँजा फाटेर पहिरो गएपछि सड...
नारायण खड्का दाङमा सर्प दंशबाट दुई जनाको मृत्यु भएको छ भने अर्की बालिकाको उपचार भइरहेको छ।, सुतेकै अवस्थामा सर्पले डस्दा बबई गाउँपालिका वडा नं. ४ हापुरे निवासी २३ वर्षीय देवराज आलेको मृत्यु भएको छ। आले सुतेकै अवस्थामा गएराति सर्पले डसेको र  मंगलबार बिहान उपचारका क्रममा राप्ती अञ्चल अस्पताल  तुलसीपुरमा मृत्यु भएको ईलाक...
डिल्ली पाण्डे पाँच वर्ष अवधिमा अन्तर्राष्ट्रिय विमानस्थलबाट भित्रिएको ३८ क्विन्टल सुनका मुख्य लगानीकर्ता मोहनकुमार अग्रवाल रहेको छानबिन टोलीको निष्कर्ष छ।, तस्करी छानबिन गर्न सरकारद्वारा गठित विशेष टोलीका अनुसार दुबईबाट सुन ल्याउन रकम जुटाउने काम अग्रवालले गर्थे। अग्रवालभन्दा माथि अरु कुनै व्यक्ति अहिलेसम्म पहिचान नभए...
रासस बाँकेको कोहलपुर नगरपालिका–११ स्थित स्प्लेस्यास जोनको हाताभित्र रहेको स्विमिङ पुलमा डुबेर एक बालिकाको मृत्यु भएको छ। , , स्विमिङ पुलमा डुबेर कोहलपुर नगरपालिका–११ कि अपेक्षा शर्माको मृत्यु भएको हो। विद्यालय बिदा भएको मौका छोपी साथीसँगै स्विमिङ पुल पुगेकी १० वर्षीया बालिका शर्मा सोमबार साँझ पौडी खेल्ने क्रममा डुबेकी...
नारायण खड्का तुलसीपुर–सितलपुर सडकखण्डको जस्पुरमा ट्रकको ठक्करबाट एक जना पैदल यात्रुको मृत्यु भएको छ।, तुलसीपुर उपमहानगरपालिका वडा नं. ११ जस्पुर निवासी ५७ वर्षीय जुद्धबहादुर केसीको मृत्यु भएको जस्पुर प्रहरी चौकीका प्रमुख नयाँराम कार्कीले जानकारी दिए।, बाँकेबाट राप्ती लोकमार्गको तुलसीपुर हुँदै रोल्पा सिमेन्ट उद्योगको ला...
सेतोपाटी संवाददाता प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट २ सय ५५ ग्राम सुनसहित २ जना भारतीयलाई पक्रेको छ।, मंगलबार दुबईबाट काठमाडौं आएका भारतीय नागरिक रहिस अहमद र मोहम्मद अजामलाई प्रहरीले विमानस्थलबाट पक्राउ गरेको हो।, अहमदबाट एक सय १६ र अजामसँग एक सय ३९ ग्राम सुन बरामद भएको विमानस्थल प्रहरी प्रवक्ता एसपी दिन...
नारायण महर्जन दुई सातादेखि महानगरले फोहोर नउठाएपछि काठमाडौंका सडकमा फोहोरको डुंगुर लागेको छ। बर्खाले सिसडोल पुग्ने बाटो बिग्रिएकाले फोहोर उठाउन नसकिएको महानगरले जनाएको छ।, सिसडोल पुग्ने बाटो नै फोहोर थुप्रिएर बनेकाले बर्खामा फोहोर बोकेका गाडी त्यहाँ जान सक्दैनन्।, करिब एक महिनादेखि नियमित उठ्न नसकेको फोहोर व्यवस्थापन ...
रासस रामपुर नगरपालिका–६ पाल्पाका कृष्णप्रसाद भण्डारीले खेतीयोग्य जमीन मासेर कृत्रिम ताल निर्माण गरेका छन्।,भण्डारीले बुबाको स्मृतिमा रामपुर नगरपालिका–५, तल्लो भम्बक बहखोला किनारमा रहेको तीन बाली लाग्ने छ रोपनी खेत मासेर ताल निर्माण गरेका हुन्। ,स्व बुबा हरिकृष्ण शास्त्रीको नाममा ताल निर्माण गरेको उनले बताए। ६ रोपनी ख...
सेतोपाटी संवाददाता पर्वतको जलजला गाउँपालिकामा अविरल वर्षापछि खसेको पहिरोमा परी एक जनाको ज्यान गएको छ भने १० जना घाइते भएका छन्। पहिरोले जलजला- ८ लस्तीका पाँच वटा घर बगाएको छ।, जिल्ला प्रहरी कार्यालय पर्वतका अनुसार पहिरोमा पुरिएर जलजला-८ लस्तीका बमबहादुर परियारका छोरा १७ वर्षीय विकास परियारको मृत्यु भएको हो।, घाइतेलाई ...
रासस कञ्चनपुरको कृष्णपुर नगरपालिका–८ की १७ वर्षीया कविता विष्टको हत्याको आरोपमा प्रहरीले थप एकजनालाई मंगलबार पक्राउ गरेको छ। ,कृष्णपुर नगरपालिका–२, वाणीका २२ वर्षीय भरत बोहरालाई बेदकोट नगरपालिका–७, लालपुर क्षेत्रबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय, कञ्चनपुरका प्रहरी नायब उपरीक्षक ज्ञानबहादुर सेटीले बताए।, पक्राउ ...
महेश नेपाली काठमाडौंमा १४ पटकसम्म मेडिकल शिक्षाकै विषयलाई लिएर अनशन बसेका डा. गोविन्द केसी १५ औं अनशन बस्न जुम्ला आउँदैछन् भन्ने हल्ला फैलिएपछि जुम्लाको सदरमुकाम एकाएक तरंगित भयो।, चियापसल र चौतारामा मानिसहरूले जिज्ञासा राख्न थाले, ‘किन आउँदैछन् डा. केसी?’, 'के मक्सत हो उनी यहाँ आउनुको?', 'खास के छन् माग?' आदि।, चोक, ...
भगवती पाण्डे सरकारले रोग उन्मुलन भएको घोषणा गर्ने तयारी गरिरहँदा पश्चिम क्षेत्रमा कालाजारका बिरामी भने बढ्न थालेका छन् ।, सन् २०२० अर्थात् गर्ने अबको दुई वर्षपछि नेपालबाट कालाजार उन्मुलन गर्ने सरकारले लक्ष्य लिएको छ । तर पश्चिम नेपालमा भने यसका बिरामी बढ्दै गएका छन् ।, सन् २०१३ मा गरिएको सरकारी सर्वेक्षणले पर्सादेखि झ...
सेतोपाटी संवाददाता गोरखाको शहीद लखन गाँउपालिका ६ अन्तेरीमा पहिरोमा परी ३ जनाको मृत्यु भएको छ।, गोरखा प्रहरी प्रमुख एसपी विमल बस्नेतका अनुसार मंगलबार राति २ बजेतिर स्थानीय नवराज कुँवरको घरलाई पहिरोले पुरेको हो।, पहिरोमा परी कुँवरकी भान्जी २१ वर्षीया सरु कुँवर, उनका ८ महिने छोरा र ११ वर्षीया प्रविना कुँवरको मृत्यु भएको ...
सेतोपाटी संवाददाता विगत १९ दिनदेखि जुम्लामा अनसनरत डाक्टर गोविन्द केसीले माग पुरा नभएसम्म सत्याग्रह नत्याग्ने बताएका छन्। सेतोपाटीसँग कुरा गर्दै डा केसीले भने,‘मेरो जबसम्म माग पुरा हुन्न तबसम्म सत्याग्रह जारी रहन्छ।’, माग पुरा नभएसम्म सत्याग्रह जारी रहने भन्दै डा केसीले माफिया र डनहरू पराजित हुने बताएक छन्। ‘माफिया र ...