content
stringlengths
20
64.1k
सेतोपाटी संवाददाता देशभर आएको बाढीपहिरोमा परि ७ दिनमा ४७ जनाको मृत्यु हुनुका साथै १० जना बेपत्ता भएका छन्।, गएको साताबाट सुरु भएको बाढी पहिरोमा परि देशभरबाट ४७ जनाको मृत्यु भएको, १० जना बेपत्ता र २० जना घाइते भएको गृह मन्त्रालयले जानकारी दिएको छ।, बाढीपहिरोमा परि बाँकेमा ४, रोल्पा, सिराहा, पर्सा, सिन्धुली र कास्कीमा ३...
भगवती पाण्डे बुटवलको दिपनगरस्थित सिद्धार्थ बाल तथा महिला (आम्दा) अस्पतालले आमा सुरक्षा कार्यक्रम लागू नगर्दा महिलाहरू सरकारी सेवा सुविधा उपभोग गर्नबाट बञ्चित छन्।, मातृशिशू स्वास्थ्यलाई केन्द्रमा राखेर सञ्चालित उक्त अस्पतालमा सरकारले स्वास्थ्य सेवा प्रदायक संस्थामा अनिवार्य गरेको आमा सुरक्षा कार्यक्रम लागू नगर्दा उद्द...
रासस जिल्ला अदालत धादिङले एक जना व्यक्तिको दुवै आँखा झर्ने गरी कुटपिट गर्नेलाई आठ वर्ष कैद र तीन लाख रुपैयाँ जरिवानाको फैसला गरेको छ। ,जिल्ला न्यायाधीश उमेश कोइरालाको इजलासले सोमबार दुवै आँखा झर्ने गरी कुटपिट गर्ने थाक्रे गाउँपालिका–१ निवासी १७ वर्षीय एकेन्द्र भन्ने एकबहादुर खड्कालाई आठ वर्ष कैद गरी तीन लाख जरिवाना ग...
रासस प्रसौनी गाउँपालिकाले छोरी जन्मेको ३५ दिनभित्र जन्म दर्ता गरी प्रमाणपत्र लिए गाउँपालिकाले १० हजारका दरले २० वर्षसम्म सन्ततिका नाममा बैंकमा रकम जम्मा गरिदिने निर्णय गरेको छ। , गाउँपालिकाको सोमबारको गाउँसभाले आगामी साउनदेखि ‘बेटी बचाऔँ, बेटी पढाऔँ’ र सुत्केरी महिलालाई भत्ता दिने कार्यक्रम लागु गर्ने तथा गर्भवतीका ह...
सेतोपाटी संवाददाता प्रहरीले काठमाडौंको सुकेधाराबाट गैंडाको खाकसहित २ जनालाई पक्राउ गरेको छ।, महानगरीय प्रहरी परिसर काठमाडौंको प्रहरी टोलीले सोमबार सुकेधारास्थित दियो रेष्टुरेन्टबाट गैंडाको खाकसहित ओखलढुङ्गाका टेकराज वयलकोटी र गुल्मीका सुमन खत्रीलाई पक्राउ गरेको काठमाडौं प्रहरीले जनाएको छ। ,रेष्टुरेन्टमा बसेर उनीहरूले ...
नारायण खड्का मुस्ताङमा गत शुक्रबार भएको टिपर दुर्घटनामा मृत्यु भएका परिवारका सदस्यलाई राप्ती गाउँपालिकाले काजक्रिया खर्च दिने निर्णय गरेको छ।, राप्ती गाउँपालिकाका अध्यक्ष नुमानन्द सुवेदीले मृतकका परिवालाई काजक्रिया खर्चबापत जनही दश हजार दिइएको बताए।, मुस्ताङमा भएको टिपर दुर्घटनामा परी राप्ती गाउँपालिका निवासी गुरुदक्त...
सेतोपाटी संवाददाता ३३ किलो तस्करीको सुन र सनम शाक्य हत्या प्रकरणमा थप ३ जनालाई जेल चलान गरिएको छ।, सोमबार जिल्ला अदालत मोरङले ३ जनालाई जेल चलानको आदेश दिएको हो।, रामकुमार तिवारी, लक्षुबहादुर गुरुङ र मदन सिलवाललाई अदालतले पुर्पक्षका लागि जेल चलानको आदेश दिएको जिल्ला अदालत मोरङले जनाएको छ।, उनीहरूसँगै मुद्दा दायर गरिएका...
सेतोपाटी संवाददाता आफ्ना छोराका हत्यारालाई कारबाही गर्न माग गर्दै अनसन बसेकी गोरखा फुजेलकी गंगामाया अधिकारीले अर्का अभियुक्तलाई पक्राउ गर्ने लगायत अन्य माग पूरा नभएसम्म अनसन नतोड्ने बताएकी छन्।, मुख्य आरोपीमध्ये छविलाल पौडेलले आइतबार अदालतमा आत्मसमर्पण गरेपछि कानुन सचिव राजिव गौतम, गृहसचिव प्रेम कुमार राई र काठमाडौँ ज...
सेतोपाटी संवाददाता विश्वकपमा सट्टाबाजी खेलाउने ३ जनालाई प्रहरीले पक्राउ गरेको छ।, काठमाडौंको ठमेलस्थित ज्याठा क्षेत्रमा सट्टाबाजी खेलाएको भेटिएपछि महानगरीय प्रहरी वृत्त दरबारमार्गको प्रहरी टोलीले मनाङ निसाङ गाउँपालिका ७ घर भइ हाल म्हैपी बस्ने मुखिया लामा,स्याङ्जा वालिङ नगरपालिका ३ घर भइ हाल बालुवाटार बस्ने सुवास गुरुङ...
रासस बेनी–जोमसोम सडकअन्तर्गत म्याग्दीको रघुगंगा गाउँपालिका–१, तिप्ल्याङमा असार १४ गते दिउँसो कालीगण्डकी नदीमा जिप खस्दा बेपत्ता भएका भनिएका चालक एक सातापछि सम्पर्कमा आएका छन्। , , अन्नपूर्ण गाउँपालिका–७ घराम्दीदेखि बेनी आउँदै गरेको लु २ च २४५४ नम्बरको जिप तिप्ल्याङ खण्डको सडकबाट करिब ३० फिट तल कालीगण्डकीमा खस्दा चालक ...
सबिना श्रेष्ठ भक्तपुर, तेखापुखुको एउटा पुरानो घरको भित्तामा एसइई जाँच दिएका ३७ जनाको तस्बिर र नतिजा टाँगिएको छ।, नतिजाअनुसार ११ जनाले ‘ए प्लस’ ल्याएका छन् भने २१ जनाले ‘ए’ र बाँकी ५ जनाले ‘बि प्लस’ ल्याएका छन्।, यो भक्तपुरकै उत्कृष्ट सरकारी स्कुलमध्ये पर्ने मेधा माध्यमिक विद्यालयको एसइई नतिजा हो, जुन कुनै पनि निजी स्क...
सेतोपाटी संवाददाता भुटानी शरणार्थीका डाक्टर भम्पा राईले आफ्नी श्रीमती उर्मिला राईको जीवनरक्षा गरिदिन अपील गरेका छन्। आर्थिक समस्याका कारण उपचारमा समस्या भएपछि उनले सहयोग निम्ति आग्रह गरेका हुन्।, विगत २७ वर्षदेखि झापा, दमकमा बस्दै आएका डा. राईकी श्रीमती उर्मिलाका दुवै मृगौलाले काम गर्दैनन्। लामो समयदेखि डायलाइसिसको भर...
सेतोपाटी संवाददाता महानगरीय प्रहरी परिसर ललितपुरले प्रतिबन्धित जडीबुटीसहित २ जनालाई पक्राउ गरेको छ।, ललितपुर महानगरपालिका–९, बालकुमारीस्थित सडकखण्डबाट जुम्लाको सिंजा गाउँपालिका–६ घर भई काठमाडौं कोटेश्वरमा डेरा गरी बस्ने वर्ष १८ का दिलबहादुर बुढालाई प्रतिबन्धित जडीबुटी पाँचऔले २ केजीसहित पक्राउ गरिएको हो। त्यस्तै, काठम...
रासस गएरातिदेखि परेको अविरल वर्षाका कारण सडक माथिबाट आएको पहिरोले पोखरा–बागलुङ सडक अवरुद्ध बनेको छ।, सडक खण्डअन्तर्गत पर्वतको मोदी गाउँपालिका–५, भ्याप्लेखोलामा सडक माथिबाट आएको पहिरोले पुरिँदा राति १ बजेदेखिनै सडक अवरुद्ध बनेको हो।, सडक अवरुद्ध भएपछि धौलागिरिका चार जिल्लाका लागि मुलुकका विभिन्न ठाउँबाट आएका सवारीसाधन ...
चेतना गुरागाईं तीन वर्षभन्दा बढीदेखि बौद्ध–साँखु सडक विस्तार र पुनर्निर्माणमा पहल नभएपछि स्थानीयले दबाबमूलक कार्यक्रम घोषणा गरेका छन्।, सरकारको ढिलासुस्ती र आलटालले यहाँ बसोबास गर्ने लाखौं बासिन्दालाई सास्ती भएको छ। आजित स्थानीयले बिहीबारबाट चाबहिल–जोरपाटी सडक खण्डमा अत्यावश्यक बाहेकका सवारी आउजाउ बन्द गर्न लागेका हुन...
रासस महानगरीय प्रहरी परिसर काठमाडौंले गोंगबु क्षेत्रमा गुण्डागर्दी गर्ने चार जनालाई पक्राउ गरेको छ। , , परिसरको टोलीले केही दिनदेखि गोंगबु, नयाँ बसपार्क, बालाजु क्षेत्रमा डर–त्रास देखाएर रकम असुल्दै आएका नुवाकोटका सुरे डंगोल, राजकुमार ढुंगाना, रोल्पाका रामकुमार घर्ती र गोरखाका भीमबहादुर थापालाई बुधबार राति पक्राउ गरी ...
सेतोपाटी संवाददाता सशस्त्र प्रहरी बलका पाँच जना अतिरिक्त प्रहरी महानिरीक्षक (एआइजी)ले आज राजीनामा दिएका छन्। ,एआइजीहरू जानकीराज भट्टराई, सुबोध अधिकारी, निराकारविक्रम शाह, खडानन्द चौधरी र राजेश श्रेष्ठले बिहीबार राजीनामा दिएको सशस्त्र प्रहरी बलका महानिरीक्षक शैलेन्द्र खनालको सचिवालयले जनाएको छ। ,बुधबारको मन्त्रिपरिषद् ...
रासस त्रिभुवन विश्वविद्यालयको कानून संकायअन्तर्गत स्नातक तह पहिलो वर्ष (एलएलबी) भर्नाका लागि प्रवेश परीक्षा उत्तिर्ण गर्नुपर्ने भएको छ।, कोटा प्रणाली नै लागू हुने भएपछि प्रवेश परीक्षा उत्तिर्ण भएकाहरू मात्रै भर्ना हुन पाउने भएका हुन्।, यसअघि असार १४ गते विद्यार्थी संगठनसँगको छलफलमा कोटा प्रणाली लागू नगर्ने सहमति गरेको...
रासस काठमाडौं महानगरपालिकाले ज्येष्ठ नागरिकलाई घरघर र अस्पतालमानै पुगेर ज्येष्ठ नागरिक महानगर विशेष भत्ता वितरण गरेको छ। ,अस्पतालमा उपचार गराई राख्नुभएका वडा नम्बर ७ का ८६ वर्षीया सीता डंगोल र ८५ वर्षीय मीनप्रसाद उपाध्यायलाई महानगरको टोलीले अस्पतालमा नै पुगेर बिहीबार ज्येष्ठ नागरिक विशेष भत्ता वितरण गर्यो‍। ,वडा नम्ब...
रासस सुनसरी जिल्लाका विभिन्न नदी तथा खोलामा आएको बाढीका कारणले जिल्लाका कैयौँ बस्ती डुबानमा परेका छन्।, सुनसरी खोलाको बाढीले तीन स्थानीय तहका आधा दर्जन बस्ती डुबानमा परेको स्थानीयवासीले जनाएका छन्। सुनसरीको सुनसरी खोला, गडन खोला, बूढी खोलासहितका विभिन्न नदी तथा खोलामा आएको बाढीका कारणले आधा दर्जन बस्ती डुबानमा परेका ह...
सेतोपाटी संवाददाता नागढुंगाबाट प्रहरीले लागूऔषधसहित ३ जनालाई पक्राउ गरेको छ ।, महानगरीय प्रहरी प्रभाग नागढुंगाबाट खटिएको प्रहरी टोलीले लु. २ ख. २१२१ नम्बरको यात्रुबाहक बसलाई चेकजाँच गर्ने क्रममा चितवन, भरतपुर महानगरपालिका - ११ बस्ने वर्ष ३२ को रुबिन थापाको साथबाट नोर्फिन ७५ एम्पुल, फेनरागन ७७ एम्पुल र डाईजापाम ७७ एम्प...
सेतोपाटी संवाददाता मुस्ताङको स्याङबोचे नजिकै शुक्रबार एक टिपर सडकबाट खस्दा १५ जनाको मृत्यु भएको छ भने १० जना घाइते भएका छन्। , प्रमुख जिल्ला अधिकारी शिशिर पौडेलले १५ जनाको घटनास्थलमै मृत्यु भएको पुष्टि गरे। उनका अनुसार घाइतेलाई उद्दार गर्न काठमाडौंबाट हेलिकप्टर घटनास्थलतर्फ गरेको छ।, प्रजिअ पौडेलले उद्दारका लागि नेपाल...
शान्ति तामाङ सुष्मा झा चार कक्षासम्म निजी स्कुल पढ्थिन्। एक वर्ष सरकारीको अनुभव लिन पद्मोदय माध्यमिक विद्यालय भर्ना भइन्।, अहिले उनी नौ कक्षामा छिन्। पद्मोदयमै पढ्छिन्।, 'एक वर्ष पढिहेरुँ भनेर आएको, यहाँको वातावरणले गर्दा छोड्नै सकिनँ,' उनी भन्छिन्, 'हामीकहाँ सबै सरकारी स्कुललाई एउटै आँखाले हेर्ने चलन छ। तर, यहाँको पढ...
सेतोपाटी संवाददाता नेपाल चिकित्सक संघले वरिष्ठ चिकित्सक गोविन्द केसीको जायज माग तत्काल सम्बोधन गर्न सरकारलाई दबाब दिन आन्दोलनको कार्यक्रम घोषणा गरेको छ।, संघले शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गरी वरिष्ठ चिकित्सक केसीको जायज माग तत्काल सम्बोधन गर्न सरकारलाई दबाब दिन शुक्रबारदेखिनै लागू हुनेगरी आन्दोलनको कार्यक्रम घ...
गिरीश गिरी पछिल्लो समय धेरै नेपालीहरू उपचार निम्ति नयाँदिल्ली पुगिरहेका छन्– चाहे त्यो सरकारी अल इन्डिया इन्स्टिच्युट अफ मेडिकल साइन्स (एम्स) होस् वा महँगा निजी अस्पताल मेदान्तदेखि अपोलो हुँदै फोर्टिससम्म। राजीव गान्धी मेमोरियल क्यान्सर अस्पताल धाउनेको संख्या पनि ठूलो छ।, काठमाडौंबाट दिल्ली उडेका जहाज उपचारकै निम्ति ज...
सेतोपाटी संवाददाता विमानस्थलबाट अवैध रुपमा ल्याएको सुनसहित दुई जना पक्राउ परेका छन्। विमानस्थल प्रहरीले दुबई हुँदै आएको १ किलो ६ सय ग्रामसहित दुई जनालाई नियन्त्रणमा लिएको हो।, भारतको केरला घर भएका उनीहरूले मलद्धारमा लुकाएर सुन ल्याएको विमानस्थलका प्रहरी प्रमुख डिआइजी कमल जिटिले जानकारी दिए।, विमानस्थलमा सुनसहित दुई प...
सागरराज तिमिल्सिना उपल्लो मुस्ताङमा सडकका कामदार बोकेर जाँदै गरेको टिपर दुर्घटना हुँदा १९ जनाको मृत्यु भएको छ भने ११ जना घाइते भएका छन्।, मुस्ताङको दामोदरकुण्ड गाउँपालिका ३ स्याङ्बोचेमा बेनी कोराला सडकमा काम गर्ने मजदूर चढेको टिपर सडकबाट करिब ५० मिटर तल खसेको थियो।, बा २ क २२१९ नम्बरको टिपरमा मजदूरहरु स्याङ्बोचेमा खान...
भगवती पाण्डे असार ९ गते राति अज्ञात समूहबाट जलाइएकी रुपन्देहीको कञ्चन गाउँपालिका वडा नम्बर ५ की समिक्षा ठकुरीको परिवारले शुक्रबार बल्ल प्रहरीमा जाहेरी दिएको छ।, घटना घटेको १३ दिनपछि परिवारले ईलाका प्रहरी कार्यालय बुटवलमा जाहेरी दिएको हो । असार ९ गते राति ३ बजेको समयमा अज्ञात समूहले समिक्षालाई मट्टितेल खन्याएर जलाएका थ...
एजेन्सी थाईल्यान्डको गुफामा फसेका १२ किशोर र एक फुटबल प्रशिक्षकको उद्धारमा खटिएका एक गोताखोरको मृत्यु भएको छ।, सरकारी अधिकारीहरूका अनुसार समन गुनन नामका ३८ वर्षीय गोताखोरको गुफामा फसेकाहरूलाई अक्सिजन सिलिन्डर पुर्याएर फर्किने क्रममा मृत्यु भएको हो। गुफाबाट फर्कने क्रममा अक्सिजन कमी भएर बेहोस भएका उनलाई बचाउन नसकिएको ब...
रासस पूर्वी चितवनको कालिका नगरपालिका–६ जुटपानीका किसानको बगानमा पसेर केरा फाँडेको आरोपमा पक्राउ परेका व्यक्ति कारागार चलान भएका छन् ।, सार्वजनिक अपराध ऐनअन्तर्गत मुद्दा दर्ता गरिए पनि फरार हुँदै आएका कालिका–६ बस्ने २१ वर्षीय अर्जुनकुमार डल्लाकोटीलाई पक्राउ गरी अदालतमा पेश गरि र शुक्रबारै कारागार चलान गरिएको हो । जिल्ल...
रासस हिमालपारिको जिल्ला मुस्ताङमा शुक्रबार भएको टिपर दुर्घटनाका २० जनाको शव पोखरा पठाइएको छ ।, मुस्ताङका प्रमुख जिल्ला अधिकारी शिशिर पौडेलका अनुसार नेपाली सेनाको एमआई सेभेन्टिन हेलिकप्टरमार्फत् आज बिहान दुर्घटनास्थल स्याङ्बोचेमा रहेका १५ र जिल्ला अस्पताल जोमसोममा रहेका पाँच शव पोखरा पठाइएको हो । दुर्घटनामा घाइतेको उद्...
शोभा शर्मा सरकारले केही निजी मेडिकल कलेज पोस्ने गरी ल्याएको चिकित्सा शिक्षा विधेयकको विरोधमा डा. गोविन्द केसी जुम्लामा अनसनरत छन्। मनमोहन स्मृति अस्पताल, बिएन्डसी, काठमाडौं नेसनल र मेडिसिटीलाई प्रत्यक्ष लाभ हुने गरी यो विधेयक ल्याइएको हो। , यसमा डा. केसीसँग भएका सम्झौताविपरीत काठमाडौं उपत्यकाभित्र मेडिकल कलेजको सम्बन्...
सेतोपाटी संवाददाता क्यानडा जान लागेका संस्कृत विश्वविद्यालय उपकुलपति कुलप्रसाद कोइरालालाई विमानस्थल प्रहरीले फर्काइदिएको छ। देउवा सरकारको नियुक्तिमा परेका कोइराला उपकुलपतिको हैसियतले क्यानडाको भेनकभरमा हुने विश्व संस्कृत सम्मेलनमा भाग लिन जाँदा विमानस्थलबाटै फर्काइएको हो।, उनी विदा स्विकृत नगरी जान लागेको भन्दैं विमान...
रासस रूपन्देहीको कञ्चन गाउँपालिका–५ की १६ वर्षीया एक किशोरीको एक साताभन्दा बढी समय उपचारपश्चात ज्यान गएसँगै उनको हत्या भएको अरोप लगाइएको छ ।, आफ्नै घरमा सुतेको अवस्थामा यही असार १० गते समीक्षा ठकुरीको बिहान करिब २:३० बजेको समयमा शरीरमा आगो लागेर चिच्याएपछि उनलाई तत्काल उपचारार्थ अस्पताल पुर्‍याइएको थियो । समीक्षाको शर...
सेतोपाटी संवाददाता काठमाडौंको शंखमुलमा आज बिहान मोटसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ।, बा ८० प ११५३ नम्बरको मोटरसाइकल अनियन्त्रित भइ दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ भने १ जना गम्भीर घाइते भएका छन्।, दुर्घटनामा गम्भीर घाइते भएका दुबैलाई उपचारको लागि राष्ट्रिय ट्रमा सेन्टर महाबौद्ध ल्याइएका थियो।, उपचारको...
रासस बाजुराको गौमुलगाउँपालिका–३ गर्जेमा काठ चिर्न गएका दुई मजदूरको रुखले च्यापेर मृत्यु भएको छ।, एक जना गम्भीर घाइते भएका छन् । ,गर्जेरातिमाटामा पानीको ट्याङ्की नजिकै पाल टाँसेर बसेका बेला गए राति रुख भाँचिएर सो दुर्घटना भएको मृतकका आफन्त तुलाबहादुर रोकयाले बताए।, मृत्यु हुनेमा सोही वडाका २२ वर्षीय भीमबहादुर बोहरा र २...
रासस आफ्ना परिवार र शुभेच्छुकको उपस्थितिमा पूर्व राजा ज्ञानेन्द्र शाहले आफ्नो ७२ औं जन्मदिन सोल्टी होटलमा मनाएका छन्।, होटल सोल्टीमा बिहानैदेखि उपस्थित परिवारका सदस्य, शुभेच्छुकहरुले पूर्व राजालाई ७२ औं जन्मदिनको शुभकामना र बधाई दिएका थिए।, आफ्नो जन्मदिन मनाउन पत्नी कोमल, छोरा पारस, छोरी प्रेक्षा, बुहारी हिमानी, नातीन...
नारायण खड्का मुस्ताङमा शुक्रबार भएको टिपर दुर्घटनामा परी मृत्यु भएका व्यक्तिहरूको शव दाङमा ल्याएर आफन्तहरूलाई बुझाइएको छ।, नेपाली सेनाको हेलिकोप्टरमार्फत् ६ जनाको शव दाङमा ल्याएर आफन्तको जिम्मा लगाइएको जिल्ला प्रहरी कार्यालय दाङका निमित्त प्रमुख एवं डिएसपी रामप्रसाद घर्तीले जानकारी दिए।, दाङको राजपुर गाउँपालिका वडा नम...
सेतोपाटी संवाददाता शैक्षिक हड्ताल वा बन्दका बेला पनि शैक्षिक संस्थामा नियमित पठनपाठन हुने गरी प्रशासनले सुरक्षा दिने भएको छ।, व्यक्ति, समूह वा संगठनका नाममा हुने बन्द तथा हड्तालले पढ्न पाउने विद्यार्थीको अधिकार हनन् भएको भन्दै काठमाडौं जिल्ला प्रशासनले पठनपाठन क्रियाकलाप नरोकिने गरी सुरक्षा दिने सूचना निकालेको छ।, सहा...
नारायण खड्का प्रदेश नं. ५ मा सोमबार बाढी पहिरोबाट मृत्यु हुनेको संख्या सात पुगेको छ । रोल्पामा १८ दिनकी शिशुसहित तीन जना र बाँके जिल्लामा चार  गरि सातको मृत्यु भएको ५ नं. प्रदेश प्रहरी कार्यालय दाङ तुलसीपुरले जानकारी दिएको छ ।, अविरल बर्षाका कारण आएको बाढीमा परेर बाँकेमा दुई बालबालिकासहित ४ जनाको मृत्यु भएको प्रदेश प्...
सेतोपाटी संवाददाता खोलाले बगाएर काठमाडौंमा एक जनाको मृत्यु भएको छ। , गएरातिदेखि परेको वर्षाको कारण धर्मस्थलीस्थित महादेव खोलामा आएको बाढीले बगाउँदा तारकेश्वर नगरपालिका बस्ने २५ वर्षीय प्रकाश पुकोर्टीको मृत्यु भएको महानगरीय प्रहरी वृत बालाजुका डिएसपी चिरञ्जीवी कोइरालाले जानकारी दिए।, खोलाले बगाएर काठमाडौंमा एकको मृत्य...
नारायण खड्का जिल्ला प्रहरी कार्यालय सल्यानले चार नाल भरुवा बन्दुक बरामद गरेको छ।, कुमाख गाउँपालिका वडा नं. ३ चिनाली बजारमा केही व्यक्तिका घर, बारी र झाडीमा लुकाई राखेको अवस्थामा अवैध चार नाल भरुवा बन्दुक, एक नाल ब्यारेल, फलामका छर्रा, केप र बारुद बरामद गरिएको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रमुख एवं डिएसपी भरत विकले...
सेतोपाटी संवाददाता अविरल बर्षापछि आएको  बाढी र पहिरोमा परी सोमबार ११ जनाको मृत्यु भएको छ। पहिरोमा परी २ जना बेपत्ता भएका छन् भने ३ जना घाइते छन्।, रोल्पामा तीन जनाको ज्यान गएको छ। घरमाथि कान्लाको पर्खाल भत्कँदा भान्छाकोठामा रहेका सुत्केरी आमाछोरी र एक किशोरीको ज्यान गएको हो।, जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रमुख ज्ञ...
भगवती पाण्डे आइतबार रातिदेखि झरेको पहिरोको कारण अवरुद्ध भएको बुटवल तानसेन सडकखण्ड एकतर्फी रूपमा सञ्चालनमा आएको छ।, सिद्धार्थ राजमार्ग अन्तर्गत पाल्पाको तिनाउ गाउँपालिका वडा नं. ३ हेडबक्स नजिकै माथिबाट झरेको पहिरो हटाएर एकतर्फी रूपमा बाटो खुलाइएको प्रहरीले छ।, तर पानी परिरहेको र लेदोमाटो झरिरहेकोले सडक कतिबेला अवरुद्ध ...
रासस  निरन्तर भारी वर्षाका कारण नेपालगञ्जबाट कर्णालीका पहाडी जिल्लाका लागि हुने हवाई उडान सेवा ठप्प भएको छ । , आइतबार साँझदेखि शुरु भएको वर्षाले नेपालगञ्जबाट कर्णाली क्षेत्रअन्तर्गतका जिल्लामा हुने सबै हवाई उडान सोमबारदेखि बन्द रहेको नागरिक उड्डयन कार्यालय, नेपालगञ्जका सूचना अधिकारी कृष्ण गौतमले बताएका छन् । , नेपालगञ...
रासस पर्याप्त पानीको अभावमा रोपाइँ गर्न नसकेका चितवनका किसानलाई सोमबारको वर्षाले ठूलो राहत दिएको छ ।, चितवनको शक्तिखोरका किसान टीकाप्रसाद जमरकट्टेलले वर्षा नहुँदा रोपाइँ गर्न नपाएकोमा पर्याप्त पानी परेकाले खुशी बनाएको प्रतिक्रिया दिए ।, जिल्लामा वर्षा नहुँदा अहिलेसम्म करीब १५ प्रतिशत मात्रै रोपाइँ भएको जिल्ला कृषि विक...
रासस झापाका नौ स्थानीय तह बाढीको उच्च जोखिममा रहेका छन् ।, जिल्लाको झापा गाउँपालिका, गौरीगञ्ज, बाह्रदशी, कचनकवल, कमल, गौरादह नगरपालिका र शिवसताक्षी नगरपालिका बाढीको उच्च जोखिममा रहेको रेडक्रस झापाको आपत्कालीन कार्य सञ्चालन केन्द्रका फोकल पर्सन प्रकाश कार्कीले जानकारी दिएका छन्।, त्यस्तै, भद्रपुर नगरपालिकाको वडा नम्बर ...
रासस लगातार तीन दिनदेखि परिरहेको पानीले महाकाली नदीमा पानीको बहाव बढेपछि महाकाली नदी किनारका बस्तीमा त्रास फैलिएको छ ।, २०७० सालको बाढीले त्रसित बनेका नदी किनारका बस्तीमा महाकालीमा पानीको बहाव बढेसँगै त्रास फैलिएको हो । पानी पर्ने क्रम नरोकिएकाले महाकालीमा पानीको बहाव अझै बढ्दै जाने अनुमान गरिएको छ ।, नदीमा पानीको बहा...
नारायण खड्का गएराति सल्यानमा मिनी ट्रक दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने अर्का एक जना गम्भीर घाइते भएका छन्।, दुर्घटनामा सल्यान बागचौर नगरपालिका वडा नं.–८ कोटमौला निवासी ३५ वर्षीय गोरख डाँगीको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी प्रमुख एवं डिएसपी भरत विकले जानकारी दिए।, उक्त दुर्घटनामा परी दाङको घोराही उपमहानगरपा...
राकेश यादव एक वर्ष आगाडी आएका विनासकारी  बाढीले कटान गरेपछि यस वर्ष अस्थायी रुपमा यस लालबकैया नदिमा बाँधिएको तटबन्ध बाढीले कटान गर्न थालेपछि रौतहटका एकदर्जन बढी गाऊँ जोखिममा परेका छन् ।, तीन दिन देखि भइरहेको वर्षाका कारण रौतहटका दर्जन बढी गाँऊहरु डुवान र बाढीको जोखिममा परेका हुन् ।, पूर्वतर्फ रहेको वाग्मती र पश्चिममा ...
रासस सल्यान प्रहरीले चार नाल भरुवा बन्दुकसहित आइतबार साँझ तीनजनालाई पक्राउ गरेको छ ।, सल्यान जिल्लाको कुमाख गाउँपालिका–३, चिनाली बजारका विभिन्न घर तलासी गर्दा भरुवा बन्दुकसहित उनीहरु पक्राउ परेको सल्यान प्रहरीले जनाएको छ ।, प्रहरीले गोप्य सूचनाका आधारमा कुमाख गाउँपालिका–३ का छविलाल चलाउने, सोही ठाउँका मानबहादुर राना र...
रासस रानीपोखरी पुनर्निर्माणको क्रममा यसअघि प्रयोग भएका आधुनिक निर्माण सामग्री (कंक्रिट) हटाइएको छ। , , अबको केही दिनमानै पुनर्निर्माणको काम सुरू हुने कामपाले जानकारी दिएको छ। १८ महिनादेखि निर्माण कार्य भइरहेको रानीपोखरीमा आधुनिक निर्माण सामग्री प्रयोग भएको चौतर्फी विरोध आएपछि विगतमा निर्माणको क्रममा प्रयोग भएको आधुनिक...
नारायण खड्का अविरल वर्षापछि आएको पहिरोले रोल्पाको लिवाङमा एउटा घर बगाएको छ।, मंगलबार बिहान करिब ५ बजेतिर स्थानीय यज्ञविक्रम मल्लको दुईतले कच्ची घर पहिराले बगाएर पूर्ण रूपमा क्षति पुगेको जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रमुख एवं प्रहरी नायव उपरीक्षक ज्ञानेन्द्रप्रसाद फुँयालले सेतोपाटीलाई जानकारी दिएका छन्।, पहिरोको सं...
शान्ति तामाङ शान्ति निकुञ्ज माध्यामिक विद्यालयको ढोकाबाट छिर्नेबित्तिकै ४५ जनाको तस्बिर भित्तामा टाँगिएका थिए।, माथि ठूलो अक्षरमा लेखिएको थियो– बधाई ! बधाई ! बधाई !, राजधानीको मरुस्थित सरकारी स्कूलबाट एसइई परीक्षा दिएका ती ४५ मध्ये तीन जनाले ‘ए प्लस’ र आठ जनाले ‘ए’ ल्याएका छन्। ‘बी प्लस’ ल्याउने १६, ‘बी’ ल्याउने १५ र ...
रासस सूर्यविनायक–धुलिखेल सडकखण्डको स्तरोन्नति तथा विस्तार कार्यको वातावरणीय प्रभाव मूल्याङ्कन (इआइए) अन्तिम चरणमा पुगेको छ। , , भक्तपुर नगरपालिकाले उक्त सडकखण्डको इआइएका बारेमा छलफल गर्न आज आयोजना गरेको सार्वजनिक सुनुवाइ तथा अन्तर्क्रिया कार्यक्रममा नगर उपप्रमुख रजनी जोशीले सडक विस्तार र स्तरोन्नतिका क्रममा ढल निकास र...
रासस जिल्ला अदालत, भक्तपुरले मध्यपुरथिमि–८ बोडेस्थित ऐतिहासिक र धार्मिक महत्वको पलिस्वाँ पुखुः (कमलपोखरी) लाई सार्वजनिक गरी संरक्षण गर्नुपर्ने फैसला गरेको छ। ,वादी कान्छा चक्रधर र प्रतिवादी सुर्जेराम श्रेष्ठसमेत भएको फैसला बदर मुद्दामा जिल्ला न्यायाधीश मातृकाप्रसाद मरासिनीको इजलासले यसअघिको फैसला बदर गर्दै मंगलबार सो...
सेतोपाटी संवाददाता रसियामा जारी २१ औं संस्करणको विश्वकप फुटबलमा सट्टेबाजी खेलाउने तीन जनालाई प्रहरीले काठमाडौंबाट पक्राउ गरेको छ।, महानगरीय प्रहरी परिसर काठमाडौं अनुसार पक्राउ पर्नेमा बालाजुका २२ वर्षीय प्रकट महर्जन, रामघाटका २२ वर्षीय रेजिन महर्जन र चागलका २५ वर्षीय सजेन शाही रहेका छन्।, उनीहरूबाट प्रहरीले ६ लाख ९९ ह...
एजेन्सी थाइल्यान्डको एक गुफामा नौ दिनदेखि हराएका १२ जना किशोर र उनीहरूका फुटबल प्रशिक्षक सकुशल भेटिएका छन्।, उद्धारकर्ताहरूले उनीहरूलाई पानीको भेल पसेको एउटा गुफाभित्र जीवितै भेटेका छन्। तर अहिले नै गुफाबाट बाहिर निकाल्ने अवस्था नभएको बताइएको छ।, गुफाभित्र पानीको भेल भएकाले उनीहरूलाई निकाल्ने उपाय खोजिँदैछ।, खोजमा संल...
नारायण खड्का दाङमा बाढीले बगाउँदा दुईको मृत्यु भएको छ । तुलसीपुर उपमहानगरपालिका वडा नं. १४ ड्वाँङपुर भन्ने स्थानमा एकजना र बंगलाचुली गाउँपालिका वडा नं. ३ मा अर्का एकजना व्यक्तिको  स्थानीय खोलामा आएको बाढीले बगाउँदा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।, मंगलवार बेलुका साढे ७ बजेतिर बबई नदी किनारमा अन्दाजी ६५ बर्षीय व...
रासस कञ्चनपुरको गड्डाचौकी नाकाबाट भारत हुँदै अवैधरुपमा दुबई जान लागेका दुई महिलालाई मंगलबार नेपाल–भारत सीमा क्षेत्रबाट उद्धार गरिएको छ ।, तनहुँको देवघाट घर बताउने २६ वर्षीया गीता परियार र २६ वर्षीया शर्मिला परियारलाई इलाका प्रहरी कार्यालय, गड्डाचौकी र त्यहाँ तैनाथ थ्री एन्जल्स नेपालका कर्मचारीले उद्धार गरेका हुन् ।, द...
रासस विश्व सम्पदा सूचीमा सूचीकृत पशुपति क्षेत्रमा संरचना निर्माण गर्न तोकिएको मापदण्ड विपरीत दुई वटा ‘प्रिफ्याब’ (अस्थायी प्रकृतिका) भवन बनाइएको छ। ,विसं २०६४ देखि नै पशुपति क्षेत्र विकास कोषले कार्यालय भवन बनाउने तयारी गरेको थियो। कोष सञ्चालक परिषद्मा पुराना सत्तल नै जीर्णोद्धार गरेर बस्नुपर्छ भन्ने मत बढी भएपछि सफल ...
रासस पूर्व-पश्चिम राजमार्गअन्तर्गत सप्तरीको कञ्चनरुप नगरपालिका–९, रूपनगरमा मंगलबार राति ट्रकमा मोटरसाइकल ठोक्किँदा एकजनाको मृत्यु भएको छ भने एकजना गम्भीर घाइते भएका छन्। ,पूर्वबाट पश्चिमतर्फ जाँदैगरेको ना ३ ख ३३२५ नंको मालबाहक ट्रकमा सोही दिशाबाट आएको को ९ प ७८५१ नम्बरको मोटरसाइकल अनियन्त्रित भई ठोक्किँदा मोटरसाइकल च...
सेतोपाटी संवाददाता दाङमा ट्याक्टरको ठक्कर वाट एक साइकल यात्रीको मृत्यु भएको छ । साइकलमा सवार गढवा गाँउपालिका वडा नं. ४ निवासी ५६ बर्षीय रामलाल चौधरीको ट्याक्टरको ठक्करवाट मृत्यु भएको दाङ प्रहरीले जानकारी दिएको छ ।, मंगलवार बेलुका पौने ९ बजेको समयमा पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको रा १ त ३७० नम्वरको ट्याक्टरको ठक्करबाट...
रासस इन्डोनेसियको एक सामुद्रिक तटमा फेरी डुब्दा त्यसमा रहेका २९ जनाको मृत्यु भएको छ भने करिब ३१ जना हराएका छन्। ,उक्त फेरिमा १४० जना यात्रु रहेका बताइएको छ। सुलावेसी टापू नजिकको सामुद्रिक तटमा मङ्गलबार साँझ एउटा यात्रुवाहक फेरी दुर्घटनामा परेको सरकारी अधिकारीले जनाएका छन्। ,उक्त सामुद्रिक किनारा इन्डोनेसियाको जाभा प्...
रासस नारायणगढ–मुग्लिन सडक खण्डमा खसेका दुई ठूला पहिरो पन्छाउन दिनभर लाग्ने भएको छ। ,सो सडक खण्डको टोपेखोला र कालीखोलामा पहिरो खसेपछि सडक अवरुद्ध छ। नारायणगढ–मुग्लिन सडक आयोजनाका प्रमुख रोहितकुमार बिसुरालका अनुसार थप पहिरो नखसे कम्तीमा दिनको ४ बजेसम्ममा दुईतर्फी सडक सञ्चालन गर्न सकिने छ। सो सडकको टोपे खोलामा बिहान ५ः३०...
रासस उत्तरी रसुवाको सिम्बु क्षेत्रमा बोलेरो जिप दुर्घटना हुँदा गएराति घटनास्थलमै दुईजनाको मृत्यु भएको छ। ,जिल्ला प्रहरी प्रमुख सन्तोष तामाङका अनुसार मृत्यु हुनेमा मोरङ जिल्ला घर भएका अन्दाजी ४५ वर्षीय शिवगञ्ज राजवंशी र दाङ जिल्ला घर भएका अन्दाजी २४ वर्षीय विकास घर्तीमगर रहेका छन्। सो दुर्घटनाबाट घाइते हुनेमा नवलपरासी ...
नारायण खड्का दाङको एकमात्रै विमानस्थल टरीगाउँ एयरपोर्टभित्र बुधवार दिउँसो कमल चौधरी बाख्रा चराइरहेका थिए। काँडे तारबार भए पनि ठाउँठाउँमा परेका प्वालबाट बाख्रालगायत चौपाया विमानस्थलभित्र छिर्छन्। जहाज आउँदा प्रहरीले चौपाया चराउन दिदैँनथे अचेल भने देखे पनि नदेखेजस्तै गर्छन्।, ‘विमान नआउने यो डाँडोको अब के काम छ र, बाख्र...
नारायण महर्जन मानो रोपेर मुरी फलाउने भएकाले पनि रोपाईँको रौनक मुलुकभरि नै हुनेगर्छ।, सरकारले आज असार १५ लाई धान दिवस मनाउने भएपछि राजधानीसहित मुलुकभर मन्त्री तथा मुख्य मन्त्री मेयर र उच्च पदस्थ सरकारी अधिकारी हिलोमा पसेका थिए।, यसैबीच काठमाडौंको दक्षिणकालीमा सरकारले आयोजना गरेको राष्ट्रिय धान दिवस तथा असरा १५ कार्यक्र...
सेतोपाटी संवाददाता स्नातकोत्तर तह पहिलो सेमेस्टरको परीक्षा शुल्क वृद्धि गर्ने निर्णयबाट त्रिभुवन विश्वविद्यालय पछि हटेको छ।, एक हजार रहेको परीक्षा शुल्क त्रिविले हालै वृद्धि गरी २ हजार ५ सय पुर्‍याउने निर्णय गरेपछि विद्यार्थीले विरोध गरेका थिए।, त्रिवि पदाधिकारी र विद्यार्थी संघसंगठनबीच शुक्रबार भएको बैठकले परीक्षा शु...
सेतोपाटी संवाददाता दाङमा घर लिप्ने माटो लिन भनी गएकी एक महिलाको माटोको ढिस्कोले पुरिँदा मृत्यु भएको छ।, लमही नगरपालिका वडा नं. ६ कमानपुर निवासी ३५ वर्षीया धनकुमारी अधिकारीको माटोको ढिस्कोले पुरिएर मृत्यु भएको प्रहरीले जानकारी दिएको छ।, शुक्रबार दिउँसो १ बजेतिर घर लिप्ने माटो लिन भन्दै गएकी अधिकारी बेलुका ४ बजेसम्म पनि...
सुशिला पाण्डे हैजा भाईव्रियो कलेरा नामक ब्याक्टेरियाका माध्यमबाट सर्ने, तारन्तार सेतो पानी र चामलका दाना आकारका म्यु"कस दिशाका माध्यमबाट जाने, अत्याधिक मात्रामा पातलो सेतो चौलानी जस्तो दिसा हुने अनि शरिरबाट पानी, ग्लुकोज तथा सोडियम पखालाको माध्यमबाट बाहिर गै डिहाईड्रेसनका कारण बिरामीको मृत्यु समेत हुने एक प्रकारको सरु...
सेतोपाटी संवाददाता दोलखाको बैत्यश्वर गाउपालिका-४ खाँवा डाँडामा आज बिहान बोलेरो जिप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ।, दुर्घटनामा ३ जना भने घाइते भएका छन् । दोलखाकै जिरी नगरपालिका-९ ठूलो पातलका २० वर्षीय सुवास तामाङको मृत्यु भएको हो ।, दुर्घटनामा घाइते भएका बोलेरोमा सवार अन्य ३ जनाको स्थानीय मेडिकलमा उपचार भइरहेको छ...
सेतोपाटी संवाददाता प्रहरीले ३ केजी सुनसहित दुई जनालाई पक्राउ गरेको छ।, मारुती ८०० (युके ०२४६८४)मा सवार उनीहरूलाई शनिबार बिहान नागढुंगाको चेकपोष्टबाट पक्राउ गरेको हो।, पक्राउ पर्नेमा दीपक कुमार मोर्रे र मनोज विक रहेका छन्।, उनीहरूलाई पक्राउ गरी अनुसन्धान भइरहेको महानगरीय प्रहरी परिसरका प्रहरी नायब उपरीक्षक मोहन कुमार थ...
सेतोपाटी संवाददाता राजधानीको ग्राण्डी अस्पतालमा अवतरण गर्ने क्रममा सिम्रिक एयरको नाइन एन एएलएमआर कलसाइन भएको हेलिकोप्टर दुर्घटनामा परेको छ।, बिरामी बोकेर आएको हेलिकोप्टर अस्पतालको छतमा रहेको हेलिप्याडमा अवतरणको क्रममा शनिबार दिउँसो दुर्घटनामा परेको हो।, काठमाडौं प्रहरी प्रमुख एसएसपी विश्वराज पोखरेलले हेलिकोप्टर दुर्घट...
राकेश यादव सुन्तलीले आफ्नो जन्मदिन रौतहटको सन्तपुर एकीकृत नमूना बस्तीमा मनाएकी छिन्। धुर्मुस,,,सुन्तली फाउण्डेशनद्वारा निर्मित रौतहटका चन्द्रपुर नगरपालिका,,,सन्तपुरमा रहेको नमूना बस्तीमा सुन्तलीले माझी समुदायका बालबालिकासँग खुसी साटेर आफ्नो जन्मदिन मनाएकी हुन्।, नमूना बस्तीमा बसोबास गर्ने करिब एक सय जना बालबालिकासँग ख...
सेतोपाटी संवाददाता प्रहरीले अवैध ३ किलो सुनसहित पाँच जनालाई पक्राउ गरेको छ।, भारतीय कार (युके ०२ ४६८४) मार्फत् ३ किलो अवैध सुन भारततर्फ लैजाँदै गरेको भन्ने सूचनाको आधारमा प्रहरीले शनिबार नागढुंगाको चेकपोष्टबाट २ जनालाई पक्राउ गरेको हो। पक्राउ परेका १९ वर्षीय सवारी चालक दीपक कुमार मौर्य र २३ वर्षीय मनोज विकले बयान दिएक...
बिष्णु कुमार आले वर्षाले अर्घाखाँचीका ग्रामीण सडकमा गाडी चल्न नसक्दा स्थानीयले सास्ती खेप्नु परेको छ।, जिल्लाको ठाडा अमराईदेखि जुकेना जलुके हुँदै भालुवाङ पुग्ने सडकखण्ड मर्मत गरिएता पनि सडकमा ढल र नाली कटान नहुँदा  पानी पर्नासाथ सडकमा गाडी चल्न छाडेका छन्। जसले गर्दा स्थानीयलाई आवातजावतमा समस्या भइरहकेको छ।, हिउँद महि...
बिष्णु कुमार आले गएराती अर्घाखाँचीस्थित शितगंगा नगरपालिका वडा नं.९ लामिदमारमा रहेको वडा कार्यालयमा  अज्ञात समूहले आगजनी गरी क्षति पुर्‍याएको छ। करिब राती ११:४५ बजे  अज्ञात समूहले आगजनी गरेको वडा सदस्य खुम बहादुर लुईंचेले जानकारी दिए।, स्थानीयका अनुसार तीन जनाको समूह आएर  वडा कार्यालयमा आगजनी गरेका हुन्।, आगजनीबाट कार्...
नारायण खड्का प्रहरीले अवैध रूपमा लैजाँदै गरेको काठ नियन्त्रणपछि वन कार्यालयलाई बुझाएको छ। , ईलाका प्रहरी कार्यालय गढवाको गस्ती टोलीले सात थान गोलिया र ट्रयाक्टरलाई  नियन्त्रणपछि आवश्यक कारवाहीका लागि वन कार्यालयमा बुझाएको जानकारी दिएको छ।, प्रहरी निरीक्षक पञ्चलाल गोलेको नेतृत्वमा गएको प्रहरी टोलीले गढवा गाउँपालिका वडा...
सत्यमोहन जोशी (प्रस्तुतिः गिरीश गिरी) हिजोआज स्कुले केटाकेटीहरू परम्परागत पोशाकमा सजिएर चर्या नृत्य गरिरहेको देख्दा रमाइलो लाग्छ।, आर्यावर्त आदिबुद्ध त्यसपछि बज्रसत्व र पछिल्ला बुद्ध शाक्यमुनी सिद्धार्थ गौतमले यो नृत्य प्रतिपादन तथा विकास गरेको मानिन्छ।, नेपालको मौलिक शास्त्रीय नृत्य भनेकै यही चर्या हो। यसका गीत संस्क...
भगवती पाण्डे शिक्षाको स्तर सुधार गर्न राज्य र राजनीतिक नेतृत्व गम्भीर हुनुपर्ने शिक्षा क्षेत्रका अगुवाहरुले बताएका छन्। शिक्षाको स्तर कमजोर बन्दै गएको स्वीकार गर्दै उनीहरुले शिक्षालाई स्तरीय बनाउने दायित्व राज्यको भएको बताए ।, शिक्षकहरु संगठनको झोला बोकेर विद्यालय आउने र संगठनहरुले पनि क्षमताहिन र काम नगरी ठग्ने शिक्ष...
रासस ककनी गाँउपालिकालाई आइतबार जिल्लाको ११औँ स्थानीयतहको रुपमा खुला दिसामुक्त र पूर्ण खोपयुक्त क्षेत्र भएको घोषणा गरिएको छ ।, रानीपौवास्थित प्राथमिक स्वास्थ्य केन्द्रमा आयोजित कार्यक्रममा प्रतिनिधिसभा सदस्य हितबहादुर तामाङले यसअघि घोषणा हुन बाँकी रहेका वडासहित सिंगो गाउँपालिकालाई खुला दिसामुक्त क्षेत्र र गाउँपालिकाभित...
रासस बेनीघाट रोराङ गाउँपालिका–३ रिचोकटारमा आइतबार बेलुका एक बालकको हत्या भएको छ ।, घरमा खेलिररहेका दुई वर्षीय आयुश सार्कीलाई निजकै काका सीताराम सार्कीले खुर्पाले हानेर हत्या गरेको इलाका प्रहरी कार्यालय गजुरीका प्रहरी निरीक्षक सञ्जय तिमल्सिनाले बताए।, हत्यापछि फरार भएका अभियुक्तको खोजी भइरहेको र प्रहरीको व्यापक परिचालन...
प्रशन्न पोखरेल डाक्टर गोविन्द केसीले आमरण अनसनलाई दोस्रो दिन पनि जारी राखेका छन्। पानी चुहिने, बत्ती नभएको अँध्यारो र चिसो भुइँमा डाक्टर केसीले अनसनको पहिलो रात बिताएका हुन्।, चिकित्सा क्षेत्रमा सुधार गर्नुपर्नेजस्ता ७ बुँदे माग राखेर जुम्लामा उनले शनिबार दिउँसो अनसन सुरू गरेका थिए।, जुम्लामा रहेका डाक्टर केसीका सहयोग...
प्रकाश ढुंगाना ६ किलो सुन सहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ।, काठमाडौं प्रहरी परिसर अन्तर्गतको नागढुंगा प्रभागले सुनसहित एक जनालाई पक्राउ गरेको डिएसपी मोहन थापाले जानकारी दिए।, मोटरसाइकलमा लुकाएर सुन लैजान लागिएको अवस्थामा बरामद गरिएको प्रहरीले जनाएको छ। , पक्राउ परेकाको नाम प्रहरीले गोप्य राखेको छ। यसअघि प्रहरील...
रासस पूर्वपश्चिम राजमार्गअन्तर्गत सिरहाको मिर्चैया नगरपालिका–२ स्थित सडकमा आइतबार साँझ ट्रकको ठक्करबाट साइकलयात्रीको मृत्यु भएको छ ।, पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको ज १ ख ७४५१ नंको ट्रकको ठक्करबाट साइकलयात्री धनुषाको सबेला नगरपालिका–७ निवासी २५ वर्षीय नरेशकुमार महराको मृत्यु भएको हो ।, दुर्घटनामा परी गम्भीर घाइते भएक...
भगवती पाण्डे आईतबार रातिदेखि झरेको पहिरोको कारण बुटवल-तानसेन सडकखण्ड फेरि अबरुद्ध भएको छ। सिद्धार्थ राजमार्ग अन्तर्गत पाल्पाको तिनाउ गाउँपालिका वडा नं. ३ हेडबक्स नजिकै माथिबाट पहिरो झरेको छ।, सिद्धबाबा मन्दिरदेखि केही माथि रहेको उक्त स्थानमा राति ११ बजेदेखि नै लेदोमाटो र ढुंगासहितको पहिरो झरेको पश्चिम क्षेत्रिय ट्राफि...
रासस दार्चुलाको जिल्ला अस्पताल दयनीय अवस्थामा पुगेको छ ।, विगतमा जिल्ला अस्पताललाई केन्द्रबाट आउने बजेट यस वर्ष थोरै आउनु र यहाँका स्थानीय तहले आवश्यक बजेट नदिँदा जिल्ला अस्पताल बजेट अभावमा दयनीय बनेको हो।, स्वास्थ्यजस्तो संवेदनशील क्षेत्र दयनीय अवस्थामा हुँदासमेत सम्बन्धित निकाय मौन बसेको छ । ‘ल्याबमा काम गर्दा प्रयो...
रासस नारायणगढ मुग्लिन सडकखण्डको चारकिलो, जलविरे र टोपेखोलामा पहिरो खसेपछि सो सडक एकतर्फी मात्र सञ्चालनमा आएको छ ।, जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारीअनुसार बिहान ५:१० बजे ती स्थानमा पहिरो खसेसँगै सवारी एकतर्फी मात्र चलेका हुन्। पहिरो पन्छाउन थालिएको भए पनि पानी परिरहेकाले पन्छाउन कठिन भएको नारायणगढ मुग्लिन स...
रासस नारायणगढ मुग्लिन सडकखण्डको चारकिलो, जलविरे र टोपेखोलामा पहिरो खसेपछि बिहान ५:१० बजेदेखि सो सडक एकतर्फी मात्र सञ्चालनमा आएकोमा पुन: बिहान ८ बजे ठुलो चट्टान खसेपछि दुई तर्फी नै बन्द भएकोछ ।, जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारीअनुसार बिहान ती स्थानमा ठुलो पहिरो गएकाले बाटो अवरुद्ध भएको हो । पहिरो पन्छाउन था...
रासस आइतबार साँझदेखि परेको अविरल वर्षाले नेपालगञ्ज आसपास क्षेत्र जलमग्न भएको छ।, निरन्तर वर्षाले नेपालगञ्ज उपमहानगरपालिका क्षेत्रअन्तर्गत बेलासपुर, धम्बोझी, सेतु विक चोक, घरबारीटोल, फुल्टेक्रा, बसपार्क, भृकुटीनगर र बाँके गाउँलगायत स्थानमा पानी जमेर आवतजावतमा समस्या भएको छ।, पानी जमेपछि बिहानै विद्यालय तथा कलेज जाने वि...
नारायण खड्का अविरल वर्षाले घर भत्किँदा रोल्पामा दुई जनाको मृत्यु भएको छ भने एकजना गम्भीर घाइते भएका छन्।, जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रमुख ज्ञानेन्द्र फुँयालका अनुसार रुन्टीगढी गाउँपालिका वडा नं. ५ सैवाङ गाउँमा घर भत्किएर दुई जनाको मृत्यु भएको र एकजना गम्भीर घाइते भएका छन्।, ‘घरको गारोले च्यापेर दुई जनाको मृत्यु...
नारायण खड्का दुई दिनदेखिको अविरल वर्षाले दाङको सामान्य जनजीवन प्रभावित भएको छ। बाढीका कारण तुलसीपुर– घोराही– लमही सडक खण्डमा पर्ने खहरे खोलामा पानीको बहाव ह्वात्तै बढेपछि कुनै पनि खालका सवारी साधन सञ्चालनमा आउन सकेका छैनन्।, तुलसीपुर– घोराही सडक खण्डको गुर्जे खोलामा आएको बाढीका कारण सवारी साधन सञ्चालनमा रोक लगाउन निर्...
सेतोपाटी संवाददाता  , दाङको छिमेकी जिल्ला रोल्पामा अविरल वर्षाका कारण घर भत्किँदा तीन जनाको मृत्यु भएको छ।, १८ दिनकी सुत्केरी आमा छोरीसहित अर्की एकजना किशोरीको मृत्यु भएको छ ।, जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रमुख ज्ञानेन्द्र फुँयोलका अनुसार रुन्टीगढी गाउँपालिका वडा नं। ५ सैवाङ गाउँमा सोमबार बिहान पौने ११ बजेतिर घर ...
रासस लगातारको अविरल वर्षाका कारण सिरहाको मिर्चैयामा पानी जमेकाले जनजीवन प्रभावित भएको छ।, गत शनिबारदेखिको वर्षाका कारण मिर्चैयाको केन्द्रबिन्दु मानिने थाना चोक, बजार एरिया र कटारी चोकलगायतका स्थानमा पानी जमेकाले आवतजावतमा समस्या भइरहेको छ। नालाको उचित व्यवस्थापनको अभावमा पानीको निकास नहुँदा पूर्व पश्चिम राजमार्गमा समे...
नारायण खड्का दाङको छिमेकी जिल्ला रोल्पामा अविरल वर्षाका कारण घर भत्किँदा तीन जनाको मृत्यु भएको छ।, १८ दिनकी सुत्केरी आमा छोरीसहित अर्की एकजना किशोरीको मृत्यु भएको छ ।, जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रमुख ज्ञानेन्द्र फुँयोलका अनुसार रुन्टीगढी गाउँपालिका वडा नं. ५ सैवाङ गाउँमा सोमबार बिहान पौने ११ बजेतिर घर भत्किँदा ...
सेतोपाटी संवाददाता टेकुस्थित  बागमती पुलमुनि एक युवतीको शव फेला परेको छ। अन्दाजी २३-२४ वर्षीया युवतीको शव फेला परेको महानगरीय प्रहरी परिसर ललितपुरले जनाएको छ।, कालो पाइन्ट र टिसर्ट लगाएकी युवतीको शव भेटिए पनि कुनै सनाखत हुन सकेको छैन।, मृत युवतीको टाउकोको बायाँ भागमा चोट लागेको छ। यसबारे थप अनुसन्धान भइरहेको प्रहरीले ...
रासस तनहुँको आँबुखैरेनी गाउँपालिका–१, बरादीमा मंगलबार भएको दुर्घटनामा पर्वतको एकै परिवारका बाबुछोरीको मृत्यु र आमा गम्भीर अवस्थामा अस्पतालमा रहेपछि सिंगो गाउँ नै शोकमा डुबेको छ । , मृतक कुश्मा नगरपालिका–९, कटुवाचौपारीका कमल लामिछानेका छिमेकी रामकृष्ण लामिछानेका अनुसार कमलका दाजु रोजगारीको सिलसिलामा कोरियामा रहेका छन् ...
सेतोपाटी संवाददाता सामाजिक सञ्जालको दुरुपयोग गरी व्यक्तिको मानहानी गरेमा दुई लाख रुपैयाँसम्म जरिवाना वा पाँच वर्ष कैद वा दुवै सजाय हुने भएकोले त्यस्ता गतिविधिमा संलग्न नहुन महानगरीय अपराध महाशाखाले अनुरोध गरेको छ।, केही समयदेखि सामाजिक सञ्जालको दुरुपयोग गरी व्यक्तिको इज्जत प्रतिष्ठामा आँच पुर्‍याउने गतिविधि बढ्दै गएको...
रासस नक्कली परीक्षार्थी बनेर अर्काको नाममा सवारी चालकको ट्रायल (प्रयोगात्मक परीक्षा) दिने एक व्यक्ति पक्राउ परेका छन्। , , महानगरीय ट्राफिक प्रहरी महाशाखाले स्वयम्भू ट्रायल सेन्टरमा अर्घाखाँचीका २६ वर्षीय लेखबहादुर बिसीको नाममा मोटरसाइकलको ट्रायल दिँदै गर्दा रामेछापका २२ वर्षीय मदन रायलाई मंगलबार पक्राउ गरेको हो। , , ...