content
stringlengths
20
64.1k
रासस दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–११, खार्मीका सबै विद्यालयमा अंग्रेजी माध्यमबाट पठनपाठन शुरु गर्ने तयारी गरेको छ ।, गाउँका अभिभावक बोर्डिङ खोज्दै अन्यत्र जान थालेपछि वडा शिक्षा समितिले वडाका सबै विद्यालयमा कक्षा १ देखि नै अंग्रेजी माध्यमबाट पठनपाठनको अन्तिम तयारी गरेको हो ।, वडामा रहेका सबै विद्यालयमा अंग्रेजी ...
गिरीश गिरी असफल भनिएको ‘मातृभाषामा विषयगत पढाइ’ ले गएको महिना तरंग समात्यो। पाठ्यक्रम विकास केन्द्रमा बारा जिल्लाबाट आएको एउटा चिठ्ठीले त्यहाँ भोजपुरी भाषाका ४३ हजार १ सय ८ वटा किताब मागेको थियो। मातृभाषामा तयार पारिएका यी किताब प्राथमिक तहमा पढाइन्छन्।, ‘त्यसरी किताबको माग आउनै छाडेको थियो,’ केन्द्रका कार्यकारी निर्द...
सेतोपाटी संवाददाता दोस्रो अन्तर्राष्ट्रिय विमानस्थलको वातावरणीय प्रभाव मूल्यांकन प्रस्तावलाई वन तथा वातावरण मन्त्रालयले शर्तसहित स्वीकृत गरेको छ।, बुधावार स्वीकृत भएको उक्त प्रस्तावमाथि मन्त्रालयले शर्त राखेको नागरिक उड्ययन प्राधिकरण अन्तर्गत राष्ट्रिय गौरवका आयोजना प्रमुख प्रदीप अधिकारीले जानकारी दिए।, अधिकारीका अनुस...
सेतोपाटी संवाददाता विकास निर्माण तथा भौतिक संचरनाअन्तर्गत नुवाकोटमा ३१ योजनाको काम तोकिएको समयमा पुरा नभई अलपत्र परेको छ।, गृहमन्त्री रामबहादुर थापाको निर्देशन र गृहमन्त्रालयको परिपत्रको आधारमा नुवाकोट प्रशासनले संकलन गरेको लगतमा यहाँका चार कार्यालयमार्फत सञ्चालनमा रहेका ती योजना समयमा सम्पन्न नभएको तथ्यांक पाइएको छ ...
प्रशन्न पोखरेल एनआईभी भनिने निपा भाइरसको संक्रमणले लाग्ने नयाँ किसिमको रोग तत्कालै नेपालमा फैलने संभावना नभए पनि सजकता अपनाएको स्वास्थ्य व्यवस्था विभागको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले बताएको छ।, निपा भाइरसको संक्रमणले भारतमा एक स्वास्थ्यकर्मीसहित १० जनाको मृत्यु भएपछि सो रोग नेपालमा पनि भित्रन सक्ने भन्दै ...
सेतोपाटी संवाददाता शुक्रबार राति करिब १ बजेतिर जाजरकोट घर भइ जिल्ला प्रहरी कार्यालयमा कार्यरत ३० वर्षीय प्रहरी हवल्दार राजुसिंह ठकुरीकी श्रीमती ३० वर्षीया कल्पना सिंह श्रेष्ठको शव जिल्ला प्रहरी कार्यालयको क्यान्टिनभित्र झुण्डिएको अवस्थामा भेटिएको छ।, जिल्ला प्रहरी कार्यालयमा कार्यरत प्रहरी हवल्दार राजुसिंह ठकुरीकी श्...
नारायण खड्का दाङमा विगत तीन वर्षको अवधिमा झन्डै सातसय ९२ जना महिला तथा बालबालिका बेपत्ता भएका छन्।, जिल्ला प्रहरी कार्यालय दाङको  महिला तथा बालबालिका सेवा केन्द्रकी प्रमुख प्रहरी सहायक निरीक्षक नन्दकली कटुवालका अनुसार  हराएकामध्ये अधिकांश महिला तथा बालबालिका अझैसम्म बेपत्ताकै सूचीमा रहेको जनकारी दिइन्।, यसैबीच उनले चा...
रासस बेँशीसहर–चामे सडकखण्डको स्तरोन्नतिको काम चिनीयाँ कम्पनीले गर्ने भएको छ।, एक सय ४० मेगावाटको क्षमताको तल्लो मनाङ मर्स्याङ्दी  जलविद्युत् आयोजना चिनियाँ कम्पनीले लिएपछि सडक स्तरोन्नतिको काम पनि आफैंले गर्ने भएको हो।, आयोजनाको ठूल्ठूला सवारी साधन चलाउनुपर्ने तथा सडक साँघुरो भएका कारण चिनियाँ कम्पनी आफैंले सडक स्तर...
दिपकजंग शाही बजारलाई फराकिलो बनाउन सुर्खेतको वीरेन्द्रनगर नगरपालिकाले अतिक्रमित क्षेत्र खाली गर्ने क्रम जारी राखेको छ।, बजारमा तोकिएको मापदण्डभन्दा बाहिरको जमिनमा राखिएका विभिन्न सामग्री नगरपालिकाले हटाउँदै आएको छ। नगरले अतिक्रमित क्षेत्र खाली गर्न सूचना गरेको समयभित्र सम्बन्धित व्यक्तिले नहटाइ अटेर गरेको खण्डमा डोजर ...
सबिना श्रेष्ठ फर्पिङस्थित गोपालेश्वर महादेव मन्दिरको रौनक साउनमा बेग्लै हुने रहेछ।, यसभित्र रहेको शिवलिंगसम्मै पानी भरिएर आउने अनि केही दिनपछि आफैं हराएर जाने।, बर्सेनी यही क्रम दोहोरिदैं आएको मन्दिर पुजारी परिवारका विष्णहरि अर्याल बताउँछन्।, ‘पोहोर पनि साउनमा यहाँ पानी टम्म भएको थियो,’ अर्यालले सेतोपाटीसँग भने, ‘पानी...
सेतोपाटी संवाददाता ठूलो परिमाणमा लागूऔषधसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ।, लागूऔषध नियन्त्रण ब्यूरोको टोलीले विशेष सूचनाको आधारमा बिहिबार जमलबाट संखुवासभा पाँचखपन नगरपालिका वडा नम्बर ३ घरभएका ५४ वर्षीय सोमप्रसाद राईलाई नियन्त्रणमा लिएको हो। , राईको साथबाट प्रहरीले लागू औषध डाइजेपाम १६५० एम्पुल बुप्रिनोर्फिन १६५...
सेतोपाटी संवाददाता चीनले केरूङ-काठमाडौं रेलमार्गको सम्भाव्यताको अध्ययन थालेको छ।,रेलमार्गको अध्ययन गर्न चाइना रेलवे फर्स्ट सर्भे एन्ड डिजाइन इन्स्टिच्युटका ८ अधिकारी सोमबार काठमाडौं आएका थिए।,रेलवे विभागसँग समन्वय गरी उनीहरूले मंगलबारदेखि काम सुरु गरेका छन्।,'अध्ययन गर्न केरूङसम्म पुग्छौं, आज ठाउँ-ठाउँमा अध्ययन गर्दैछ...
नारायण खड्का दाङमा पहिलो पटक वायु गुणस्तर मापन केन्द्र स्थापना हुने भएको छ।,सगरमाथा सिमेन्ट उद्योग स्थापना भएको क्षेत्र घोराही उपमहानगरपालिका वडा नम्बर २ को रामपुरमा उक्त केन्द्र  स्थापना गर्ने तयारी भएको घोराहीका मेयर नरुलाल चौधरीले बताए।,वातावरण मन्त्रालय र वातावरण विभागसँग भएको सम्झौता अनुसार उपकरण जडान गर्न लागिएक...
दुर्गा कार्की 'छोराछोरी रुँदै रोगभोगले क्या खाऊँ र क्या लाऊँ...,तर्रै आँशु चुँदै महिलाका पीडमर्का हेर्या...,हुम्लीका पाऊ दुख्या मुगु जिल्ला गाडी गुड्या...,नेता जति लुक्या जनताका समस्या ल्यायौँ...।',५६ वर्षे अदानकला महताराले सिमकोटका टलक्क टल्केका हिमालका अघिल्तिर उभिएर देउडा गाउँदा ‘साझा सवाल’ को रेकर्डिङमा उपस्थित कर...
सेतोपाटी संवाददाता यस महिनाको ‘उत्कृष्ट प्रहरी पुरस्कार’ महानगरीय प्रहरी वृत्त कालिमाटी र गौशलाका प्रहरी प्रमुखले पाएका छन्।, शुक्रबार परिसरमा आयोजित एक समारोहकाबीच उत्कृष्ट काम गर्ने प्रहरी अधिकारीलाई पुरस्कृत गरिएको हो।, गत चैतदेखि काठमाडौं जिल्लामा उत्कृष्ट कार्य गर्ने प्रहरीलाई  प्रत्येक महिना ५० हजार रुपैयाँसम्म ...
विनोद सापकोटा झापा र मोरङको दुई अलग अलग स्थानमा गएराति भएको सवारी दुर्घटना हुँदा तीन जनाको ज्यान गएको छ ।,झापाको कमल गाउँपालिका  ५ मा सोमबार राति रोकिराखेको ट्याक्टरसँग मोटरसाइकल ठोक्किदा दुई जनाको मृत्यु भएको हो ।  पूर्वपश्चिम राजमार्ग अन्तरगत कमल गाउँपालिका–५ पाडाजुँगी चोकमा राति साढे ११ बजेतिर बिग्रेर रोकिएको मे. १...
डिल्ली पाण्डे तस्करीको ३३ किलो सुन र सनम शाक्य हत्याकाण्डका मुख्यअभियुक्त चुडामणि उप्रेती 'गोरे' पक्राउ परेका छन्।,गृह मन्त्रालयको छानबिन समितिका एक सदस्यका अनुसार गोरेलाई भारतबाट पक्राउ गरिएको हो। उनलाई सोमबार पक्राउ गरेर मंगलबार बिहान काठमाडौं ल्याइएको थियो।,गृह मन्त्रालयमा साढे १२ बजे पत्रकार सम्मेलन गरेर गोरेलाई स...
डिल्ली पाण्डे तस्करीको ३३ किलो सुन र सनम शाक्य हत्या काण्डका मुख्यअभियुक्त चुडामणि शर्मा 'गोरे' लाई प्रहरीले सार्वजनिक गरेको छ।,गृह मन्त्रालयले बनाएको छानबिन समितिले मंगलबार दिउँसो पत्रकार सम्मेलन गरेर गोरेलाई सार्वजनिक गरेको हो।,मन्त्रालयमा आयोजित पत्रकार सम्मलेनमा समिति संयोजक सहसचिव ईश्वर पौडेलले उनलाई आजै जिल्ला अ...
सेतोपाटी संवाददाता राष्ट्रकवि माधवप्रसाद घिमिरेलाई थप उपचार निम्ति दिल्ली लगिने भएको छ। एक साताअघि आन्तरिक रक्तस्राव बढेपछि उनलाई अस्पताल भर्ना गरिएको थियो।,ग्रयान्डी अन्तर्राष्ट्रिय अस्पतालको हाइ केयर युनिटमा उपचार भइरहेको उनलाई आज साँझ पाँच बजे दिल्ली लगिने भएको उनको पारिवारीक श्रोतले जनाएको छ।,उनान्सय वर्षीय घिमिरे...
डिल्ली पाण्डे तस्करीको ३३ किलो सुन र सनम शाक्य हत्याकाण्ड मुख्य अभियुक्त चुडामणि उप्रेती गोरेले बाहिर आएजस्तो आफू ठूलो सुन तस्कर नभएको बताएका छन्।,मंगलबार बिहान काठमाडौंको गौरीघाटबाट पक्राउ परेका गोरेले छानबिन समितिलाई दिएको बयानमा आफूले तस्करीको सुन व्यवस्थापन गर्ने र क्यारिङ गर्नेमात्र गरेको बताएको समिति स्रोतले जा...
सेतोपाटी संवाददाता तस्करीको ३३ किलो सुनकाण्ड र सनम शाक्य हत्याकाण्डका अभियुक्तबारे थुनछेक बहस सकिएको छ।,जिल्ला अदालत मोरङका न्यायाधीश नारायणप्रसाद शर्माको इजलासमा ११ दिनअघि चलेको बहस मंगलबार सकिएको हो।,तस्करीको ३३ किलो सुन र सनम शाक्य हत्या प्रकरणको छानविन गर्न बनेको समितिले २०७० सालयता चुणामणि उप्रेतीको समूहले झन्डै ...
प्रशन्न पोखरेल नयाँ शैक्षिक सत्र सुरू भएसँगै सरकारले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले वैशाखभर धुमधामसाथ भर्ना अभियान चलायो। प्रधानमन्त्रीसमेत केही विद्यार्थीका अभिभावक बने।,त्यो अभियानको नारा थियो- एक बच्चा भर्ना मेरो सामाजिक दायित्व, पहुँचको सुनिश्चितता र सिकाइमा स्थायित्व।',तामझामले भर्ना अभियान चलाएपनि विद्य...
सेतोपाटी चलचित्र पत्रकार संघ नेपालले स्थापनाको १९औं बार्षिकोत्सब सम्पन्न भएको छ । जेठ ७ गतेलाई संघले आफ्नो स्थापना दिवसको रूपमा बनाउँदै आइरहेको छ। संघ नेपाल पत्रकार महासंघको पहिलो एसोसियट संस्था हो।,सोमबार आफ्नो स्थापना दिवस पारेर पाँ फिल्म पत्रकारलाई सम्मान तथा पुरस्कार प्रदान गर्यो।,सञ्चार तथा सूचना प्रविधि राज्यमन्...
रासस  हत्या काण्डका फरार अपराधीलाई १९ वर्षपछि प्रहरीले पक्राउ गरेको छ ।,मादी गाउँपालिका–९ का अमिरबहादुर रानाभाटको हत्यारा मादी गाउँपालिका–३ का ३८ वर्षीय ‘ठकुरी माइलो’ भन्ने मनबहादुर शाहीलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।,प्रहरीका अनुसार सर्वोच्च अदालतबाट कर्तव्य ज्यान मुद्दामा शाहीलाई यसअघि नै...
नारायण खड्का गृहमन्त्री रामबहादुर थापाले काममा लापरवाही गर्ने निर्माण व्यवसायीको देशभरको विवरण पठाउन निर्देशन दिएको खबरले दंगाली जनता खुसी भएका छन्। वर्षौंदेखि निर्माणाधीन सडक र पुलको काम अधुरै रहँदा यात्रामा ठूलो जोखिम र हैरानी  खेप्दै आएका दंगाली जनता अब केही हुन्छ कि भन्ने आशा गर्न थालेको छन्।,दाङका मुख्य बजारमा दु...
रासस  स्याङ्जाको चापाकोट नगरपालिका–२ चिर्केथुम्कामा गाई काट्ने तीनजनालाई प्रहरीले पक्राउ गरी मंगलबार मुद्दा दर्ता गरेको छ ।,वडा प्रहरी कार्यालय, वालिङका अनुसार चापाकोट नगरपालिका–३ का ४३ वर्षीय लालबहादुर नेपाली, ५० वर्षीय मंगलबहादुर नेपाली र ३६ वर्षीय अनिलकुमार नेपालीलाई पक्राउ गरी मुद्दा दर्ता गरिएको हो ।,स्थानीयले दि...
चेतना गुरागाईं पार्टी एकता अवसरमा वृक्षरोपण गर्न केपी ओली र पुष्पकमल दाहालले यस्तो बिरुवा छाने, जसको नेपाली नाम छैन। यहाँका बगैंचामा खासै देखिँदैन। धेरैले त सुनेका पनि छैनन्।,अंग्रेजीमा ‘जिन्को वाइलोवा’ भनिने यो वनस्पति त्यसै छानिएको होइन।,तत्कालीन एमाले र माओवादी पार्टीले यो बिरुवा रोपेर राजनीतिक सन्देश दिन खोजेका छन...
सेतोपाटी संवाददाता दरबारमार्गस्थित होटल ल्याण्डमार्कमा भएको बलात्कारकाण्डका मुख्य अभियुक्त शैलेश कार्कीलाई पुर्पक्षको लागि जेल चलान गरिएको छ।,सोमबार जिल्ला अदालतको आदेश अनुसार उनलाई जेल चलान गरिएको महानगरीय प्रहरी परिसर काठमाडौंका डिएसपी मोहनकुमार थापाले जानकारी दिएका छन्।,डिएसपी थापाले भने, ‘अदालतको आदेश अनुसार कार्क...
सागरराज तिमिल्सिना पोखराको मणिपाल शिक्षण अस्पतालका कर्मचारीले मंगलबारबाट काम छाडेर आन्दोलनमा उत्रेपछि अस्पतालको आकस्मिक बाहेक सबै सेवा ठप्प भएको छ।,मणिपाल शिक्षण अस्पतालको फार्मेसीमा कार्यरत कर्मचारीले अनियमितता गरेको आरोपमा ४ जना कर्मचारीलार्इ अस्पताल प्रशासनले  जागिरबाट निष्कासन गरेपछि अस्पतालमा कार्यरत अन्य कर्मचार...
सेतोपाटी संवाददाता कैलालीको अत्तरियाबाट ६ किलो चरेससहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ।,नेपाल प्रहरीको क्षेत्रीय अनुसन्धान समूह र ईलाका प्रहरी कार्यालय मालाखेतीको प्रहरी टोलीले अत्तरिया बजारमा हिँडिरहेको अवस्थामा ६ किलो चरेससहित बाजुरा जिल्लाकोे छेदेदह गाउँपालिका–३ का २९ वर्षीय छत्रबहादुर बुढा र ५२ वर्षीय नौले बुढ...
डिल्ली पाण्डे तस्करीको ३३ किलो सुन र सनम शाक्य हत्याका मुख्यअभियुक्त चुडामणि उप्रेती ‘गोरे’ले आफूमाथि लागेको अभियोगलाई अस्वीकार गरेका छन्।,मंगलबार काठमाडौंबाट पक्राउ परेका गोरेको बुधबार मोरङ जिल्ला अदालतमा बयान सुरू भएको छ।,बयानमा क्रममा गोरेले  आफू सुन तस्कर नभएको अदालतमा बयान दिएको स्रोतले सेतोपाटीलाई जानकारी दियो।,...
सेतोपाटी संवाददाता भक्तपुरको गठ्ठाघरमा ट्रकले स्कुटरलाई ठक्कर दिँदा तीन जनाको मृत्यु भएको छ।,बा ३ ख ६६७४ ट्रकको ठक्करबाट बा ५६ प १२२७ स्कुटरमा सवार तीन जनाको मृत्यु भएको हो।,उनीहरूको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।,मृत्यु हुनेमा लोकन्थलीका ५० वर्षीय हरिबहादुर कटुवाल, दोलखाकी ४० वर्षीया सविता घिमिरे र १३ वर्ष...
सेतोपाटी संवाददाता जिल्ला अदालत मोरङले ३३ किलो सुन प्रकरण र सनम शाक्य हत्यामा पुर्पक्षको लागि जेल चलान गरिएका २८ जनालाई क्षेत्रीय कारागार झुम्का लग्ने तयारी गरिएको छ।,मोरङ कारागारमा ठाँउ नभएपछि उनीहरूलाई क्षेत्रीय कारागार झुम्का लग्ने तयारी गरिएको हो।,मोरङ कारागारमा ठाउँ नहुँदा २८ जनालाई अहिलसम्म जिल्ला प्रहरी कार्याल...
सेतोपाटी संवाददाता हतकडीसहित भागेका एक अभियुक्तलाई प्रहरीले ९ घन्टापछि नियन्त्रणमा लिएको छ।,मंगलबार दिउँसो करिब साढे १ बजेतिर कास्की मादी गाउँपालिका वडा नम्बर १० थुम्सीकोट घर भएका राज कुमार परियार प्रहरीको नियन्त्रणमा हुँदा हुँदै मकैबारीबाट हतकडीसहित फरार भएका थिए।,प्रहरी प्रभाग बैदामबाट खटिएको टोलीले परियालाई नियन्त्...
सुदीप श्रेष्ठ स्वर्गलोकमा इन्द्र देउतालाई सन्देश पठाउनुछ, मच्छिन्द्रनाथ र मीननाथको जात्रा सकियो भनेर।,त्यस्तै सन्देश पाताललोकमा नाग देउतालाई पनि पठाउनुछ।,बौद्ध तान्त्रिक विधिअनुसार यही जेठ १९ को साइत जुरेको छ। साइतको दिन आकाशमा भुर्रर उडाइने एकजोडी भँगेराले स्वर्गसम्म हाम्रो सन्देश लैजान्छ।,नाग देउताकहाँ पो कसरी पुर्य...
सेतोपाटी संवाददाता राष्ट्रकवि माधवप्रसाद घिमिरेलाई थप उपचारका लागि भारतको नयाँदिल्लीस्थित मेदान्त अस्पताल लगिएको छ।,विगत केही हप्तायता ग्रान्डी अस्पतालमा उपचारका लागि भर्ना गरिए पनि आन्तरिक रक्तश्राव नरोकिएपछि राष्ट्रकवि घिमिरेलाई थप उपचारका लागि बुधबार अपरान्ह मेदान्त अस्पताल लगिएको हो।,अस्पतालले राष्ट्रकवि घिमिरेलाई...
सेतोपाटी संवाददाता प्रहरीले काठमाडौंको लैनचौरबाट ब्ल्याक डाइमण्डसहित ८ जनालाई पक्राउ गरेको छ।,महानगरीय प्रहरी वृत्त दरबारमार्गको प्रहरी टोलीले बुधबार दिउँसो काठमाडौंको लैनचौरबाट डाइमण्डसहित रमेश रजक लगायत ८ जनालाई नियन्त्रणमा लिएको काठमाडौं प्रहरीले जनाएको छ।,३ करोडमा अवैध रूपमा उक्त डाइमण्ड विक्री हुँदै गरेको सूचनापछ...
सेतोपाटी संवाददाता भिएलएन नेपाल हार्वेस्ट ग्रुप अफ कम्पनीका अध्यक्ष राम श्रेष्ठ पक्राउ परेका छन्।,महानगरीय प्रहरी परिसर काठमाडौंको टोलीले अध्यक्ष श्रेष्ठलाई आइतबार दिउँसो पक्राउ गरेको हो।,जिएसजीले बायोमेट्रिक मेडिकलको डाटाहरू राख्ने काम गरेको थियो। ग्रुपका अन्य सदस्यलाई समेत पक्राउ गरिएको महानगरीय प्रहरी परिसरका डिएसप...
रवीन्द्र शाही संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री  रवीन्द्र अधिकारीको ध्यान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको एयर ट्राफिक व्यवस्थापन गर्नेमा केन्द्रीत छ।,व्यवस्थापनका लागि २१ घन्टा विमानस्थल सञ्चालनदेखि आन्तरिक उडानका लागि छुट्टै विमानस्थल बनाउनेसम्मको प्रस्ताव उनले अगाडि सारेका छन्।,पछिल्लो समय उनले काभ्रेको...
सेतोपाटी संवाददाता सरकारले १२ सय किलोमिटर लामो मदन भण्डारी राजमार्ग बनाउने निर्णय गरेको छ। मन्त्रिपरिषद्को बैठकले चुरे तथा भित्रि मधेसका उपत्यका जोड्ने राजमार्ग बनाउने निर्णय गरेको हो।,राजमार्ग झापाको शान्तिनगरबाट सुरु भएर डडेलधुराको रुपाल पुगेर टुङ्गिने सरकारका प्रवक्ता गोकुल बास्कोटाले जानकारी दिए।,आइतबार साँझ बालुव...
सेतोपाटी संवाददाता अर्घाखाँचीमा तोकिएको समयमा काम नसक्ने ठेकेदारलाई पक्राउ गरेको छ। पक्राउ परेका ठेकेदारलाई सार्वजनिक अपराध ऐन अन्तरगत मुद्दा चलाउने तयारी भईरहेको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जनाएको छ।,पक्राउ पर्नेमा सारजमिन डोरपाटन सडकखण्ड अन्तरगत कञ्चनखोलादेखि ढुंगे खोलासम्म सडक निर्माणको जिम्मेवारी पाएका ठेक...
सेतोपाटी संवाददाता काठमाडौंसँग चिनियाँ नाका जोड्ने छोटो बाटो खुलेको छ।,नेपाली सेनाले मैलुङ–स्याप्रुवेशी सडक ट्रयाक खोलेपछि चिनियाँ नाका रसुवागढी जोड्ने छोटो बाटो खुलेको हो।,रक्षा मन्त्री ईश्वर पोखरेलले आइतबार बिहान मैलुङमा आयोजित एक कार्यक्रमबीच बाटोको उद्घाटन गरे।,बाटो उद्घाटनपछि रक्षा मन्त्री पोखरेलसँगै भौतिक पूर्वा...
सेतोपाटी आइतबार बसेको मन्त्रीपरिषदको बैठकले जारी ३३ किलो सुन तस्करी प्रकरण सम्बन्धी  छानबिन गरिरहेको विशेष अनुसन्धान टोलीको म्याद ०७५ जेठ मसान्तसम्म थप गरेको छ।,विगत ५ वर्षदेखि विमानस्थलबाट सुन तस्करी हुने गरेको तथ्य बाहिरिएसँगै गृह मन्त्रालयका सहसचिव इश्वरचन्द्र पौडेलको संयोजकत्वमा गृहले छानबिन समिति बनाएको थियो।,चैत...
रासस पोखरा लेखनाथ महानगरपालिकाले पृथ्वीचोकदेखि तालचोकसम्म राजमार्गको दायाँबायाँ मापदण्ड विपरीत निर्माण गरिएका संरचना हटाउने भएको छ । ,महानगरपालिकाका ट्राफिक व्यवस्थापन समितिका अध्यक्ष एवं प्रमुख मानबहादुर जिसीको अध्यक्षतामा बसेको बैठकले अस्थायी घर, टहरा र ग्यारेजका सामान हटाउने निर्णय गरेको हो ।,मापदण्ड विपरीत निर्माण...
रासस झापाको दमक–७ का वडाध्यक्ष भीम पौडेलको घरमा गएराति अज्ञात समूहले बम विष्फोट गराएको छ ।,विष्फोटबाट छर्रा लागेर सर्वसाधारण एक महिलासहित दुई जना घाइते हुनुका साथै पक्की घरमा सामान्य क्षति पुगेको छ । इलाका प्रहरी कार्यालय दमकदेखि पूर्व ५०० मिटर क्षेत्रमा अवस्थित रहेको वडाध्यक्ष पौडेलको पक्की घरलाई लक्षित गरी शक्तिशाली...
रासस  म्याग्दी जिल्लाको मालिका गाउँपालिका–५, देवीस्थानको मगर दाङमा रहेको सुन्दर गाईखर्क तालको संरक्षणका लागि स्थानीयले चिनियाँ प्रविधिको प्रयोग गरेका छन् । ,संरक्षण र पूर्वाधार अभावका कारण जीर्ण बन्दै गएको ताललाई चिनियाँ प्रविधि (३३ वटा बोरामा माटोसँगै बाँसको प्रयोग गरी पर्खाल लगाउने विधि) प्रयोग गरी संरक्षण थालिएको ह...
रासस रकम अभावका कारण कञ्चनपुरको महाकाली नदी कटान नियन्त्रणका लागि निर्माणाधीन तटबन्ध निर्माणको काम प्रभावित बनेको छ ।,सिँचाइ मन्त्रालयमार्फत अर्थमन्त्रालयलाई तटबन्ध निर्माणका लागि  ४५ करोड अपुग रकम माग गरेको छ महिना बितिसक्दा पनि रकम निकासा नहुँदा निर्माण कार्य प्रभावित बनेको हो ।,केही समयअघि दुई करोड निकासा भएको जानक...
रासस गुल्मी काँग्रेसले ‘गाउँ जाउँ गाउँमै रमाऔँ’ ५० दिने महाभियानकोे दोस्रो चरणको कार्यक्रममा महिला संघका कार्यकर्तामार्फत सामाजिक विकृति विसंगतिविरुद्ध जिल्लाका विभिन्न स्थानमा अभियान सञ्चालन गरिएको छ । ,पाँच हप्तादेखि नेपाली काँग्रेस गुल्मीले थालनी गरेको ‘गाउँ जाउँ गाउँमै रमाऔँ’ ५० दिने महाभियानमा पार्टीका प्रतिनिधि ...
रासस भूकम्प गएको तीन वर्ष भयो तर घर बनाउने राहत रकम नपाउँदा रम्भा गाउँपालिका–२ फोक्सिङकोट बस्ने लक्ष्मी गाहा अझै पनि टिनको टहरामा बास बसिरहेका छन्।,२०७२ वैशाख १२ गतेको विनाशकारी भूकम्पले उनको घरमा पूर्णरूपमा क्षति भएको थियो। भूकम्प गएको दिनदेखि उनी आफ्ना चार पारिवारिक सदस्य अहिलेसम्म चारैतिर टिनले बारेको टहरामा बसोबास...
दिपकजंग शाही गर्भवती बोकेको एम्बुलेन्स दुर्घटना हुँदा सल्यानमा एकजनाको मृत्यु भएको छ ।,सल्यानको बागचौर नगरपालिका वडा नं. २ चिलढालेबाट गर्भवति बोकेर थारमारे जाँदै गरेको प्राथमिक स्वास्थ केन्द्र थारमारेको रा १ झ १३४ नम्बरको एम्बुलेन्स सोमबार दुर्घटनामा परेको हो ।,दुर्घटनामा परि गर्भवतिका साथमा गएकि आफन्त ४४ बर्षीय जानकी...
रासस सुनसरी जिल्लाको इटहरी उपमहानगरपालिका–६ स्थित मुख्य बजार क्षेत्रमा मध्य रातबाट प्रारम्भ भएको आगलागीमा तयारी कपडाका दुई थोक पसलका कम्तीमा रु तीन करोडको सामान जलेर नष्ट भएको प्रारम्भिक अनुमान गरिएको छ ।,राती १२:१५ बजेभन्दा अगावै विद्युत् सर्ट भएर आगलागी भएको प्रारम्भिक अनुमान गर्दै इलाका प्रहरी कार्यालय इटहरीले आगो ...
सेतोपाटी संवाददाता माइ इन्भेष्टमेन्ट कम्पनीका सञ्चालक पक्राउ परेका छन्।,महानगरीय प्रहरी परिसर काठमाडौंको टोलीले सञ्चालक अनिल गजमेरलाई आइतबार काठमाडौंबाट पक्राउ गरेको हो।,सञ्चालक गजमेरले विभिन्न व्यक्तिलाई ठगी गरेको उजुरीको आधारमा पक्राउ गरिएको परिसरका डिएसपी मोहनकुमार थापाले बताए।,डिएसपी थापाले भने, ‘रकम ठगी गरेको उजु...
सेतोपाटी संवाददाता महानगरीय प्रहरी कार्यालय रानीपोखरीमा सोमबारदेखि  डिआइजी मनोज नेउपालेले जिम्मेवारी सम्हालेका छन्।,गृहमन्त्रीको निर्णय अनुसार नेपाल प्रहरीको जनपद समूहतर्फ प्रहरी नायव महानिरीक्षक (डिआइजी) पदस्थापनमा नेउपालेलाई रानीपोखरीको जिम्मेवारी दिइएको थियो।,डिआइजी नेउपानेले जिम्मेवारी सम्हाल्दै जनताको सुरक्षा र स...
सेतोपाटी संवाददाता ८ वर्षपछि आठ कक्षा पास नगरेका नेपालीले कुनै पनि जागिर  नपाउने भएका छन्।,नेपाल कानून आयोगले तयार पारेको आधारभूत शिक्षाको अधिकारसम्बन्धी एेनको मस्यौदामा ८ कक्षासम्म(आधारभूत शिक्षा) को शिक्षा अनिवार्य भएकाले  त्यति नपढेकालाई कुनै पनि सेवामा नियुक्ति नदिने व्यवस्था गरिएको छ।,आधारभूत शिक्षा दिने जिम्मेवा...
भगवती पाण्डे रुपन्देहीको लुम्बिनी सांस्कृतिक नगरपालिका ११ स्थित गजिदहियाम नौखनियाँमा पोखरीमा डुबेर एउटै गाउँका चार जना बालिकाको मृत्यु भएको छ।,पौडी खेल्नका लागि पोखरीमा पसेकी एक बालिका डुबेपछि ती बालिकालाई जोगाउन पोखरीमा पसेका अन्य तीन जना बालिकाको पनि पोखरीमा डुबेर मृत्यु भएको इलाका प्रहरी कार्यालय लुम्बिनीले जनाएको ...
सेतोपाटी संवाददाता प्रहरीले नक्कली नोट लिएर क्यासिनोमा जुवा खेल्ने जोर्डनका एक नागरिकलाई पक्राउ गरेको छ।,महानगरीय अपराध महाशाखा टोलीले आइतबार ६६ वर्षे जोर्डनका नागरिक माजिन अब्दिलजबार फालेब एलसालिमेनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरेको हो।,उनी गएको अप्रिल ३० मा नेपाल आएका थिए। उनी विभिन्न देशका नक्कल...
सेतोपाटी संवाददाता नेपाल प्रहरीको केन्द्रीय प्रवक्ताको जिम्मेवारी एसएसपी शैलेश थापा क्षेत्रीले सम्हालेका छन्।,प्रहरी प्रधान कार्यालयले प्रहरीद्वारा सम्पादित जनसरोकारका काम कारवाहीलाई यथार्थ तथा तथ्यगत रूपमा सञ्चार माध्यमहरूमा प्रवाह गर्न एसएसपी क्षेत्रीलाई केन्द्रीय प्रहरी प्रवक्ताको जिम्मेवारी दिइएको हो।,प्रहरी महानि...
डिल्ली पाण्डे भन्सार छलेर ३८ क्विन्टल सुन नेपाल भित्र्याउन मुख्य भूमिका खेल्ने चुडामणि उप्रेती ‘गोरे’ले नेपालका कुनै पनि बैंकमा खाता नखोलेको तथ्य खुलेको छ।,३३ किलो तस्करीको सुन र सनम हत्याको छानबिन गर्न बनेको समितिको अनुसन्धानले ‘गोरे’को कुनै बैंकमा खाता नभेटेपछि बैंकिङ कारोबार नगरी ‘गोरे’ले करोडौं रकम चलाएको पुष्टी भ...
रासस  प्रधानमन्त्री केपी शर्मा ओलीले ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालमा पुगेर त्यहाँ उपचारत राष्ट्रकवि माधवप्रसाद घिमिरेको सम्पूर्ण खर्च सरकारले व्यहोर्ने बताएका छन् ।,राष्ट्रकविको स्वास्थ्यवस्थाबारे जानकारी लिँदै प्रधानमन्त्री ओलीले आवश्यक परे सरकारले विदेशमा लगेरसमेत राष्ट्रकविको उपचार गराउने प्रतिबद्वता व्यक्त गरे।...
रासस  मुस्लिमका चाड पर्वमा दिइँदै आएको बिदा कटौती भएकोमा मुस्लिम संघले आपत्ति जनाएको छ ।,नेपाल मुस्लिम संघ, लमजुङले सरकारले आफ्नो चाडपर्वमा बिदा कटौती गरेकोमा आपत्ति जनाउँदै प्रधानमन्त्रीलाई ध्यानाकर्षण पत्र पठाएको हो । मुस्लिम संघ, लमजुङले प्रमुख जिल्ला अधिकारीमार्फत प्रधानमन्त्रीलाई ध्यानाकर्षण गराएको हो ।,नेपाली ना...
रासस  सर्वोच्च अदालतले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेपाल भ्रमण आउनुभन्दा अगाडि पक्राउ परेका सात जनालाई थुनामुक्त गर्न आदेश दिएको छ ।,न्यायाधीश ओमप्रकाश मिश्र र प्रकाशमान सिंह राउतको संयुक्त इजलासले गैरकानूनीरुपमा थुनामा राखेको भन्दै उनीहरुलाई थुनामुक्त गर्न आदेश दिएको हो ।,आदेशमा भनिएको छ, 'निजहरुलाई ३५ दिन म्य...
रासस महोत्तरी जिल्लाको एकडारा गाउँपालिका–३, अजमरपट्टिमा प्रहरीले छापा मार्दा करीब दुई क्विन्टल लागूऔषध गाँजासहित पेस्तोल र गोली बरामद गरेको छ ।,जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी उपरीक्षक कुवेर कडायतका अनुसार सोमबार साँझ एकडारा गाउँपालिका–३ बस्ने जीतेन्द्रकुमार मण्डल र चुनचुनदेवी मण्डलको घरमा छापामारी गर्दा क्रम...
तोलाकान्त बगाले (रासस) स्याङ्जाको वालिङ—१३, थुमपोखराका महिला अध्ययनका लागि विद्यालय भर्ना भएका छन् ।,स्थानीय लक्ष्मी माध्यमिक विद्यालयमा यहाँका स्थानीय २५ देखि ५२ वर्ष उमेर समूहका २० जना महिला शिक्षाको महत्व बुझेपछि विद्यालय भर्ना भएका विद्यालयका प्रधानाध्यापक गोपाल गैह्रेले बताए ।,'हाम्रो पालामा छोरीलाई धेरै पढाउन हु...
रासस  महोत्तरी जिल्लाको बलवा नगरपालिका–१ बञ्चौरीमा सोमबार अबेर साँझ विषादी सेवनबाट दुई मितिनीको मृत्यु भएको छ ।,मृत्यु हुनेमा बलवा नगरपालिका–१, बञ्चौरी गाउँ बस्ने राजु चौधरीकी छोरी १६ वर्षीया खुशीकुमारी चौधरी र अरुण झाकी छोरी १५ वर्षीया चाँदनीकुमारी झा रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।,दुवै मितिनीले स...
रासस पूर्व—पश्चिम राजमार्गमा पर्ने झापाको कमल गाउँपालिका–५ स्थित पाडाजुँगी सडकखण्डमा गएराति भएको सवारी दुर्घटनामा परेर दुईको ज्यान गएको छ ।,राति साढे ११ बजेतिर पश्चिमबाट पूर्व जाँदै गरेको को ३३ प १९५१ नम्बरको मोटरसाइकलमा सवार दुवैको ज्यान गएको प्रहरीले जनाएको छ ।,मोटरसाइकल बाटोछेउमा रोकी राखेको मे १ त ४२२८ नम्बरको ट्र...
सेतोपाटी संवाददाता युवतीमाथि जवरजस्ती करणी गरी फरार सर्लाही कबिलासी नगरपालिका ४ का २२ वर्षिय शिवनाथ भन्ने शिव नारायण कुमार यादवलाई प्रहरीले पक्राउ गरेको छ।,गएको चैत ४ गते स्थानीय १९ वर्षिया युवतीलाई जबरजस्ती करणी गरी फरार यादवलाई इलाका प्रहरी कार्यालय हरिपुरका प्रमुख प्रहरी निरीक्षक अनिल ठकुरीको टोलीले सर्लाहीकै कबिला...
सेतोपाटी संवाददाता समयमै काम सम्पन्न नगर्ने कास्कीका एक टेकेदार पक्राउ परेका छन्।,पृथ्वी राजमार्गअन्तर्गत गगनगौडादेखि कास्कीको लेखनाथसम्म १४ सय मिटर सडक २०७४ असारमा र्ममत सम्भार सम्पन्न गर्ने सम्झौता भए पनि काम अझै नसकिएकोले ठेकेदार सुरेन्द्र बस्नेत पक्राउ परेका हुन्।,कास्की प्रहरी प्रमुख ओम रानाका अनुसार सिरूवा कन्ट्...
सेतोपाटी संवाददाता ८८ किलो सुन तस्करीमा संलग्न भएको अभियोगमा जिल्ला अदालत काठमाडौं र पाटन उच्च अदालतले थुनामा पठाएका २ जनालाई सर्वोच्च अदालतले धरौटीमा छोड्न आदेश दिएको,उच्च अदालतको आदेश बदर गर्ने माग गर्दै ८८ किलो सुन तस्करीमा मुछिएका नन्दकुमार पाण्डुरंग र उल्लाहस दिनकर सालुङ्गे गएको चैतमा सर्वोच्च अदालत गएका थिए।,बिह...
सेतोपाटी संवाददाता समयमै काम सम्पन्न नगरेको भन्दै प्रहरीले कास्कीका एक ठेकेदारलाई पक्राउ गरेको छ।,पृथ्वी राजमार्गको गगनगौरादेखि लेखनाथसम्मको १४ सय मिटर सडक गत असारमा मर्मतसम्भार सक्ने सम्झौता भए पनि काम अझै नसकिएकाले ठेकेदार सुरेन्द्र बस्नेतलाईशुक्रबार साँझ पक्राउ गरिएको कास्कीका प्रहरी प्रमुख एसपी ओम रानाले जानकारी द...
प्रशन्न पोखरेल चार वर्षअघि सर्प विज्ञ लक्ष्मीप्रसाद फुयाँलले सर्पदंशको औषधी उत्पादन गर्ने योजना बनाए। विज्ञ समूह बनाएर उनले ०७१ सालमा औषधी बनाउने  प्रक्रिया सुरू गरे।,फुयाँलसहित २० जनालाई  एन्टी स्नेक भेनम (सर्पले टोकेपछि लगाइने औषधी) उत्पादन गर्ने अनुमतिका लागि निवेदन दिए। स्वास्थ्य, उद्योग, वन मन्त्रालय, स्वास्थ्य स...
डिल्ली पाण्डे फागुन पहिलो साता त्रिभुवन विमानस्थलबाट बाहिरिएको तस्करीको ३३ किलो सुन लुटने योजना राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक) का नेता भुजुङ गुरुङले बनाएको खुलेको छ।,गृह मन्त्रालयका सहसचिव ईश्वरराज पोडैल नेतृत्वको छानविन समितिले गरेको अनुसन्धानबाट सुन लुट्न भुजुङले युवा परिचालन गरेको खुलेको हो।,‘सुन भुज...
सेतोपाटी संवाददाता त्रिभुवन विमानस्थलबाट प्रहरीले शुक्रबार एक किलो ३ सय ग्राम सुनसहित एक भारतीय नागरिकलाई पक्राउ गरेको छ। दुबईबाट नेपाल एयरलाईन्सको विमान चढेर काठमाडौं आएका भारत केरालाका शम्सिद पलाक्कम कुझिइललाई उक्त परिणामको तरल सुनसहित पक्राउ गरेको हो।,कम्मर पेटीमा प्लाष्टिकको कभर राखेर काठमाडौं भित्र्याएको सुन प्रह...
नारायण खड्का भालुवाङ पश्चिम र पूर्वी नेपाललाई जोड्ने एकमात्रै सडक खण्ड अन्तरगत दाङको एउटा प्रमुख बजार हो । यो बजारको मुख्य स्थानमा ८ मिटर घडेरीको मुल्य तीन करोड सम्म पर्छ ।,भालुवाङ बजारमा सयौं निजी घरहरु निर्माण भइ सकेका छन र अरवौं लगानी छ । तर यसरी निर्माण भएका र भइरहेका सबै भौतिक संरचना वनको जग्गामा भइरहेको र अतिक्र...
लेखनाथ खतिवडा १५ वर्षीया एक बालिकालाई बलात्कार गरेको आरोपमा पाँचथर प्रहरीले एक युवालाई पक्राउ गरेको छ।,पक्राउ पर्नेमा फिदिम नगरपालिका ४ का २२ वर्षीय मनोज लिम्बु रहेका छन्। उनलाई प्रहरीले शुक्रबार पक्राउ गरेको हो।,पीडित बालिकालाई आरोपितले वैशाख ३० गते बलात्कार गरेको आरोप छ। पीडितका आफन्तले उजुरी दिएकै दिन आरोपितलाई गिर...
एजेन्सी क्युबामा विमान दुर्घटना हुँदा कम्तिमा १०० जनाको ज्यान गएको छ।,ल्याटिन अमेरिकी मुलुक क्युबाको राजधानी हवानास्थित जोसे मार्टी अन्तर्राष्ट्रिय विमानस्थल नजिकै भएको दुर्घटनामा परी सय जनाभन्दा बढीको मृत्यु भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले जनाएका छन्।,क्युवाको सरकारी एयरलाइन्स क्यूबाना डे एविएशनको ‘बोइङ ७३७’ ...
कमलेश मण्डल  ,हात हतियारसहित बर्दिबास नगरपालिका-३ भब्सीस्थित राईमण्डल इन्देश्वर महादेव मन्दिरका प्रमुख पूजारी बसन्त बलम्पाकीलाई  प्रहरीले पक्राउ गरेको छ।,भोले बाबाको भेषमा अपराधिक तथा यौनजन्य क्रियाक्लाप गर्ने आरोपमा उनलाई प्रहरीले चार थान खुकुरीसहित पक्राउ गरेको इलाका प्रहरी कार्यालय बर्दिबासका डिएसपी प्रविण पोखरेलले...
नारायण महर्जन इस्लाम धर्मालम्बीहरुको मुख्य पर्ब इर्द उल फित्र (इद) पर्व सुरू भएको छ। मुस्लिम समूदायले एक आपसमा आर्शिबाद तथा शुभकामना आदान प्रदान गरी मनाउने गरेका छन् ।,मुस्लिम क्यालेन्डर अनुसार रमजान महिना भर सूर्योदय भएदेखि सूर्यास्त नहुँदासम्म उपवास अर्थात रोजा बस्ने चलन छ।,वर्षका १२ महिनामा रमजानको महिनालाई एउटा शु...
सेतोपाटी संवाददाता फोटो पत्रकार पूर्णिमा श्रेष्ठले पहिलो पटक सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेकी छन्।,फोटो पत्रकार क्लबको सदस्य श्रेष्ठले शनिबार बिहान ८:१० बजे शिखर चुमेकी छन्।,सफल आरोहणसँगै श्रेष्ठ सर्वोच्च शिखरमा पाइला टेक्ने पहिलो नेपाली फोटो पत्रकार बनेकी छिन्।,‘सर्वोच्च शिखर सगरमाथामा पाइला टेक्ने पहिलो नेपाल...
सेतोपाटी अभिनेत्री निशा अधिकारीले पहिलो सन्तानको रूपमा छोरालाई जन्म दिएकी छन्। बिहिबार निशाले अमेरिकाको एक अस्पतालमा छोरालाई जन्म दिएकी हुन्।,गत असारमा उनले क्रिकेटर शरद भेषावकरसँग विवाह बन्धन गरेकी थिइन्।,बिहिबार आमामा बनेकी निशाले आफ्नो फेसबुकमा शनिबार आफू आमा बनेको र भर्खरै आएको सानो मान्छेले खुशी र माया ल्याएको उल...
नारायण खड्का ट्रयाक्टर दुर्घटनामा परि दुई जनाको मृत्यु भएको छ भने थप १४ जना घाइते भएका छन्।,दुर्घटनामा परि दाङको तुलसीपुर उपमहानगरपालिका वडा नं. १० नयाँ गाउँ निवासी ४० वर्षीय गणेश भण्डारी र तुलसीपुर १२ कौवापुर निवासी ३० वर्षीय चुडामणि चौधरी रहेको जिल्ला प्रहरी कार्यालय रुकुम पूर्वका प्रमुख एवं डिएसपी सविनलाल श्रेष्ठले...
रासस  प्रहरीले चुलाचुली गाउँपालिकाबाट भरुवा बन्दुकसहित पाँचजनालाई पक्राउ गरेको छ ।,प्रहरीले चुलाचुली गाउँपालिका वडा नं १ का नयन फागो, पोवेन फागो, विवस फागो, विश्वजित चेम्जोङ र पासाङ तामाङलाई पक्राउ गरेको हो । उनीहरुको साथबाट बिना इजाजतको एक थान भरुवा बन्दुकसमेत बरामद गरेको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ ।,उनीह...
सुधिर भण्डारी वीर अस्पतालको तेस्रो तल्लाको कुर्सीमा दुई महिला बात मार्दै थिए।,अस्पताल त चिटिक्क बनाउन लाग्या रैच है ,?,‘अँ धुर्मुसेले गर्न लाग्या रे’ अर्की महिलाले ठट्यौली शैलीमा थपिन्,,, ‘पहिले यही अस्पतालको चर्पी जाँदा रिङ्गाटा छुट्थ्यो। अहिले त भान्छा भन्दा सफा छ।’,उनले यति भनेपछि त्यहाँ हाँसोको फोहोरा छुट्यो।,ति म...
दिपकजंग शाही  ,फेसबुकमा कुराकानी गरेको आधारमा करिब नौ महिनाअघि दैलेखका एक युवकले पूर्वी नेपालकी एक युवतीसंग प्रेम सम्बन्ध कायम गरे । सुर्खेतको पिपीरा बस्दै आएका दैलेखका जीवन शाही आफ्नो डिभाईसबाट विभिन्न फेसबुक अकाउण्ट बनाएर चलाउँथे । उनले आफ्ना विभिन्न फेसबुक आईडीको प्रयोग गर्ने क्रममा एउटा आईडीबाट पूर्वी नेपालकी एकजन...
नारायण खड्का दाङको भालुवाङ निवासी एकजना बालकको शनिबार राप्ती नदीमा डुबेर मृत्यु भएको छ।,राप्ती गाउँपालिका वडा नं. १ पुलचोक भालुवाङ निवासी ८ वर्षीय प्रदीप रोकाको शनिबार दिउँसो राप्ती नदीमा डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङले जानकारी दिएको छ।,८ वर्षीय बालक आफ्नी आमासँगै राप्ती नदीमा गएका थिए। आमा लुगा धुन व्य...
रासस  महोत्तरीको गौशाला–१० स्थित राष्ट्रिय मावि बहादुरगञ्ज वर्षौंदेखि एकजना मावि शिक्षकको भरमा मात्र चलिरहेको छ।  वर्षौं पहिले स्थापना भएको सो विद्यालय एकजना मावि तहका शिक्षकको भरमा सञ्चालनमा हुँदै आएको हो।,कक्षा १० सम्म पढाइ हुने सो विद्यालयमा एकमात्र प्रधानाध्यापक शुभकरण यादव मावि तहका शिक्षक हुन । विद्यालयमा निमावि...
सेतोपाटी संवाददाता दुई महिना लामो तत्कालीन एपेक्स बैंक घोटालाको अनुसन्धान प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)ले टुंग्याएको छ।,ब्यूरोले सरकारी वकिल कार्यालयमार्फत् १ सय ४८ जनाभन्दा बढी विरुद्ध पाटन उच्च अदालतमा बैंकिङ कसुर मुद्दा दर्ता गराएको हो। लामो समयको अनुसन्धानपछि अनुसन्धान प्रतिवेदन सरकारी वकिल कार्यालय...
नारायण खड्का कमलहरी मुक्ति अभियानकी अभियन्ता दाङकी २७ वर्षीया उर्मिला चौधरीलाई  ‘फ्रिडम फोरम फियर अवार्ड’ प्रदान गरिएको छ। गत जेठ २ गते नेदरल्याण्डको मिडर्वमा एक भव्य समारोहकाबीच उर्मिलालाई  उक्त पुरस्कार प्रदान गरिएको हो।,उर्मिलालाई थारु समुदायको कमलहरी प्रथा उन्मुलनमा योगदान पुर्‍याएको भन्दै उक्त अवार्ड प्रदान गरिएक...
डिल्ली पाण्डे गृह मन्त्रालयले बनाएको छानबिन समितिले पछिल्ला पाँच वर्षमा झन्डै ३८ क्विन्टल तस्करीको सुन नेपाल भित्रिएको निष्कर्ष निकालेको छ।,यो तस्करीका मुख्य पात्र हुन्, मोरङका चुडामणि उप्रेती उर्फ गोरे। दुबई प्रहरीको जागिर छोडेर सुन तस्करीमा लागेका गोरे पछिल्लो समय फरार छन्।,उनले दिएको यातनाबाट सुन भरिया सनम शाक्यको ...
सेतोपाटी संवाददाता प्रहरीले गत बुधबार राजधानीका विभिन्न स्थानबाट बरामद गरेको नेपाली रुपैयाँ नक्कली भएको पुष्टी भएको छ।,प्रहरीले बरामद गरेको २ करोड ६० लाख ६३ हजार रुपैयाँ नोट नक्कली भएको नेपाल राष्ट्र बैंकले पुष्टी गरेको हो।,१ हजार दरका १० वटा नोट परीक्षण गर्दा आधिकारिक नभई जाली भएकाले कानूनी प्रक्रिया अगाडि बढाउन राष्...
नारायण महर्जन जगन्नाथपुरीस्थित पूर्व यामना ऋग्वेद गोवद्र्धन मठका शंकराचार्य निश्चलानन्द सरस्वतीलाई टुँडिखेलमा नागरिक अभिनन्दन गरिएको छ।,नेपालको साताव्यापी धार्मिक यात्रामा आएका उनलाई मंगलबार प्रधानमन्त्री केपी शर्मा ओलीले अभिनन्दन गरेका हुन्। नागरिक अभिनन्दनपछि उनले टुँडिखेलमा प्रवचन दिएका थिए।,प्रधानमन्त्री केपी शर्म...
सेतोपाटी संवाददाता ललितपुरको बुङ्मतीस्थित ‘देः पुखु’ मा कलात्मक पौवा चित्र राखिएको छ।,लोकेश्वरको आठ अवतार कुदिएको चित्र पोखरीको भित्तामा राखिएको हो। पोखरीको सौन्दर्य र शोभा बढाउन स्थानीयहरूले मिलेर पौवा चित्र राखिएको स्थानीय अमीर शाक्यले बताए।,‘लोकेश्वरले मछिन्द्रनाथलाई प्रतिनिधित्व गर्छ। मछिन्द्रनाथ र बुङ्मतीको वर्षौ...
दिपकजंग शाही नेपाल विद्युत प्राधिकरणले सोमबारदेखि औद्योगिक क्षेत्रमा पनि २४ सै घन्टा बिजुली दिन थाल्यो। योसँगै मुलुक लोडसेडिङ मुक्त भयो।,कर्णाली प्रदेशको राजधानी सुर्खेत मानबहादुर खड्काले भने तीन दिनदेखि बिजुली बाल्न पाएका छैनन्। आइतबारको हावाहुरीले विद्युतको पोल ढालेपछि सुर्खेत लगायत आसपासका क्षेत्रमा मंगलबार दिउँसोस...
सेतोपाटी गत वर्ष खोलेको इडिभी चिठ्ठाको नतिजा सार्वजनिक भएको छ । अमेरिकाले सन् २०१९ को इडीभी नतिजा सोमबार सार्वजनिक गरिएको हो ।,यस डीभी चिट्ठाको नतिजा यहाँ गएर हेर्न सकिन्छ । डिभी परे नपरेको हेर्नका लागि डिभी भर्दा पाएको कन्फर्मेशन नम्बर अनिवार्य हान्नु पर्नेछ । डिभी परेको वा नपरेको जानकारी इमेल अथवा अन्य माध्यमद्वारा ...
सेतोपाटी संवाददाता सुर्खेतबाट सिमिकोटका लागि बिहान कार्गो सामान लिएर उडेको मकालु एयरको जहाज सम्पर्कबिहिन भएको छ।,बुधबार बिहान ६ बजेर २० मिनेटमा सुर्खेत विमानस्थलबाट उडेको ९ एन एजेयु कल साइन जहाज २ घण्टा वितिसक्दा पनि सम्पर्कमा आएको छैन।  जहाज बिहान ६ बजेर ५५ मिनेटमा सिमकोट अवतरण गर्नुपर्ने थियो।,उक्त एयरलाइन्सले सुर्ख...
सेतोपाटी संवाददाता  ,कतिपय स्थानीय सरकारले जनप्रतिनिधिले आफ्ना छोराछोरीलाई सामुदायिक विद्यालयमामात्र पढाउनुपर्ने नियम बनाएकोमा सर्वोच्च अदालतले त्यस्तो नियम कार्यान्वयन नगर्न सर्वोच्च अदालतले आदेश दिएको छ।,स्याङ्जा जिल्ला चापाकोट नगरपालिकाका डिल्ली आचार्यले दिएको रिटमा मंगलबार कायम मुकायम प्रधानन्यायाधीश दीपकराज जोशीक...
दीपक जंग शाही यसअघि प्रहरीले धूँवा देखेर सिमिकोट विमानस्थलमा जानकारी दिएको थियो। सिमिकोटले हामीलाई जानकारी गरायो, तर उक्त जानकारी गलत रहेछ,’  प्रवन्धक विनोद पन्तले भने,‘ खोज्न गएको हेलिकप्टर चालकको फोन अफ छ पछिल्लो सूचना आएको छैन।’,‘यसअघि हामीले धुला चौरमा जहाज भेटिएको जानकारी पाएका थियौ। तर उक्त जानकारी गलत रहेछ,’ प्...
सेतोपाटी संवाददाता मध्यपुर थिमी नगरपालिकाका प्रमुख मदनसुन्दर श्रेष्ठमाथि आक्रमण गर्ने मुख्य योजनाकार कुशल बोगटीलाई प्रहरीले आज पक्राउ गरेको छ ।,मध्यपुरथिमि गठ्ठाघरस्थित आफ्नै निवासमा गत वैशाख ८ गते मध्यपुर थिमि नपाका नगरप्रमुख श्रेष्ठलाई सांघातिक आक्रमण गरी घाइते बनाउने मुख्य योजनाकार नेकपा बिप्लव समूहका कार्यकर्तामध्...
सेतोपाटी जनस्वास्थ्यको क्षेत्रमा कार्यरत इञ्जिनियरहरुको संस्था सोसाईटी अफ पब्लिक हेल्थ इञ्जिनियर्स(सोफेन)को अग्रसरतामा खानेपानी तथा ढल निकास विभाग र नेपाल इञ्जिनियर्स एशोसियनको सक्रिय सहभागितामा देशभर मानव मलमूत्रीय फोहरमैला व्यवस्थापन अभियान सञ्चालन हुने भएको छ ।,मंगलबार राजधानीमा आयोजित पत्रकार सम्मेलनमा तीनै संस्था...
डिल्ली पाण्डे ३३ किलो सुनकाण्ड र सनम शाक्य हत्याकाण्डमा मुख्य अभियुक्त बनाइएका चुणामणि उप्रेती 'गोरे'लाई प्रहरीले नै उम्काउन खोजेको तथ्य फेला परेको छ।,महानगरीय अपराध महाशाखा काठमाडौंबाट गोरेलाई पक्राउ गर्न भन्दै मोरङ गएका डिएसपी प्रजित केसीको टोलीले नै उनलाई उम्काउन खोजेको तथ्य फेला परेको हो।,मोरङ प्रहरीलाई केसीले बुझ...
नारायण खड्का सल्यानमा बस दुर्घटना हुँदा ३७ यात्रु घाइते भएका छन्।,जिल्लाको शारदा नगरपालिका वडा नं. १ पटनेरीमा बुधबार दुइटा बस आपसमा ठोक्किदा दुबै बसमा सवार ३७ यात्रु घाइते भएको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रमुख भरत विश्वकर्माले जानकारी दिए।,घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर रहेको सल्यान प्रहरीले जानकारी दिएको छ।...