content stringlengths 20 64.1k ⌀ |
|---|
सेतोपाटी संवाददाता पोखराको विभिन्न सडकमा मिटरमा जान नमान्ने ३६ वटा ट्याक्सीलाई प्रहरीले नियन्त्रणमा लिएको छ।,पोखरामा सञ्चालित भाडाका मिटर ट्याक्सीले सर्वसाधारण यात्रुसँग मिटरमा जान नमानी ‘बार्गेनिङ’ गर्ने गरेको उजुरीपछि प्रहरीले अनुगमन थालेको थियो।,जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको प्रहरी टोलीले मंगलबार मात्र वि... |
दिपकजंग शाही अाज विहानदेखि सम्पर्क विहिन भएको मकालु एयरको जहाज हुम्लाको खार्पुनाथ गाउँपालिकाको वामनखर्क भन्ने ठाउँमा दुर्घटनाग्रस्त अवस्थामा फेला परेको छ।,जहाज ३ टुक्रा भएको छ भने चालक दलका दुई सदस्यको मृत्यु भएको विमानस्थलका प्रवक्ता प्रेमनाथ ठाकुरले बताए। मृत्यु हुनेमा किरण भट्टराई र आदित्य नेपाली रहेका छन्। शवलाई ... |
सेतोपाटी संवाददाता प्रहरीले गैरकानूनी रूपमा वैदेशिक रोजगारीमा पठाएको अभियोगमा दुई जनालाई पक्राउ गरेको छ।,काठमाडौं तारकेश्वर नगरपालिका-८ जरङ्खु बस्ने नवलपरासी गैंडाकोट नगरपालिका-१३ की ४३ वर्षीया मनमाया आचार्य र तनहुँ सुन्धारा-२ का ३९ वर्षीय छविलाल घिमिरेलाई मंगलबार प्रहरीले पक्राउ गरेको हो।,विशेष सूचनाको आधारमा खटिएको ... |
सेतोपाटी संवाददाता हुम्लामा दुर्घटना भएको मकालु एयरको जहाज क्षतविक्षप्त अवस्थामा भेटिएको छ।,जहाजको पहाडमा ठोक्किएर दुर्घटना भएको हो।,हुम्लाको खार्पुनाथ गाउँपालिकाको वामनखर्क भन्ने ठाउँमा दुर्घटनाग्रस्त अवस्थामा जहाज फेला परेको थियो।,‘नाइन एन एजेयु’ कलसाइन रहेको जहाज सामान लिएर सुर्खेतबाट हुम्ला प्रस्थान गरेको थियो।,सु... |
नारायण खड्का दाङमा ट्रकले मोटरसाइलकलाई ठक्कर दिँदा दुई जनाको मृत्यु भएको छ।,दुर्घटनामा मोटरसाइकल चालक घोराही उपमहानगरपालिका १२ हापुर निवासी चालक २८ वर्षीय भिमबहादुर पुन र पछाडि सवार रोल्पा नगरपालिका वडा नं. ९ निवासी ४० वर्षीय बुद्धिबल घर्तीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङले जानकारी दिएको छ।,दुर्घटनाका गम्भीर ... |
सेतोपाटी संवाददाता नेपालका कामीरिता शेर्पाले सगरमाथा आरोहणमा नयाँ रेकर्ड बनाएका छन्। उनले विश्वको सर्वोच्च शिखर सगरमाथाको चुचुरोमा २२ पटक चढ्ने क्रममा बुधबार बिहान पाइला टेकेका हुन्।,पर्यटन संस्कृति तथा नागरिक उड्ययन मन्त्रालयका अधिकारीले बुधबार बिहान साढे ८ बजे शेर्पा सगरमाथाको चुचुरोमा पुगेको जनाएको छ।,आप्पा शेर्पा ... |
भगवती पाण्डे सार्वजनिक अपराधको मुद्दामा पक्राउ परेका एक युवकसँग सरकारी कर्मचारीले घूस लिएका छन् ।,सार्वजनिक अपराधको मुद्दा छिनोफानोका लागि छिट्टै जिल्ला प्रशासन कार्यालयमा पठाई दिन्छु भन्दै सरकारी वकिल कार्यालय रुपन्देहीका नायव सुब्बा नारायण पौडेलले घूस लिएको पीडितले बताएका छन्।,गत वैशाख १९ गते प्रहरीकै गाडीमा ढुंगा प... |
भगवती पाण्डे सिद्धार्थ राजमार्ग अन्तर्गत तानसेन बुटवल सडक खण्डमा सोमबार रात गएको पहिरोले राजमार्ग अवरुद्ध बनेको छ। तानसेन बुटवल सडक खण्ड अन्तर्गत तिनाउ गाउँपालिकाको दोभान र सिद्धबाबाको बिचमा पहिरो खसेपछि सडक अवरुद्ध भएको हो ।,बिहान करिब १ बजेतिर पहिरो खसेपछि दोभान -बुटवल सडकखण्डको हेडबक्सनिर सडक अबरूद्द बनेको छ।,पहिरो... |
ललित सिंह सुर्मा गाउँपालिकाको धनसेरी वन सुरक्षा समितिले यार्सागुम्बा संकलनमा वैशाख १६ गते रोक लगाएको थियो । तर वैशाखको अन्तिममा यार्सा संकलन गर्न खुला गरेपछि यहाँका स्थानीयबासिन्दा खुशी भएका छन र यार्सागुम्बा संकलन गर्ने क्रममा जिल्लाका दर्जनौं विद्यालय बन्द भएका छन्।,यार्सा संकलन गर्दा सबैजसो घरबाट बालकदेखि हिड्डुल ग... |
सेतोपाटी संवाददाता प्रदेश ४ को स्तरीय सुरक्षा गोष्ठीको उद्घाटन गृहमन्त्री रामबहादुर थापाले गरेका छन्।,आइतबार पोखरामा आयोजित उक्त कार्यक्रममा जिल्लाको सुरक्षा व्यवस्थाबारे जानकारी दिने क्रममा ११ जिल्लाका सुरक्षा प्रमुखहरूले विप्लव माओवादी नै सुरक्षाको प्रमुख चुनौती भएको बताएका छन्।,गोष्ठीमा देश संघीयतामा गएसँगै केन्द्... |
रासस महोत्तरी प्रहरीले आइतबार एक बालविवाह रोकेको छ ।,जलेश्वर नगरपालिका–१ स्थित महादेव मन्दिरमा हुन लागेको विवाह केटीले नै विवाह मन्जुर नगरेपछि प्रहरीको सहयोगमा सो विवाह रोकिएको हो ।,जलेश्वर नगरपालिका–९ परिकौलीका २७ वर्षीय गणेश चौधरी कलवारको महोत्तरी गाउँपालिका–४ की १७ वर्षीया रागनीकुमारी चौधरीसँग हुन लागेको सो बालविवा... |
रासस म्याग्दीको अन्नपूर्ण गाउँपालिका–२ भुरुङ तातोपानी बजारमा आइतबार साँझ आएको बाढीले चार वटा घर पुरिएको छ ।,भीषण वर्षापछि बजारमाथि रहेको खहरेखोला थुनिएर बाढी आउँदा चार घर पूर्ण र तीन घरमा आंशिक क्षति पुगेको वडाध्यक्ष ओमप्रकाश फगामीले बताए। बालकृष्ण मिजारको एक तले, लट्टे गिरीको दुई तले, अकुमारी पुर्जाको दुई तले र ढावा ... |
सेतोपाटी संवाददाता गाउँमा पक्राउ गरी जिल्ला सदरमुकाम लैजाँदै गरेका आफ्ना नेतालाई विप्लव माओवादी कार्यकर्ताले प्रहरीलाई आक्रमण गरी भगाएका छन्।,आइतबार नेपाल बन्दको क्रममा पक्राउ परेका नेत्रविक्रम चन्द विप्लव नेतृत्वका नेकपा डोल्पाका कार्यकर्तालाई जिल्ला सदरमुकाम दुनै लैजाँदै गरेका बेलाबीच बाटोमै प्रहरीमाथि कार्यकर्ताले ... |
प्रशन्न पोखरेल गोरखाको भीमसेन थापा गाउँपालिकाको केन्द्र मसेलको घ्याम्पेशालबाट खाञ्चोक सरेको छ। गाउँपालिका अध्यक्ष ईश्वर पाण्डेका अनुसार केन्द्र सार्न माग गर्दै ८९ दिनसम्म चलेको अनशन खाञ्चोकमा केन्द्र सार्ने सहमतिपछि आइतबार सकिएको छ।,'खाञ्चोकमा रहेको चामुन्डा प्राविलाई अन्यत्रै सारेर त्यहाँ गाउँपालिकाको केन्द्र भवन बना... |
डिल्ली पाण्डे प्रहरीले दरबारमार्गस्थित होटल ल्याण्डमार्कमा भएको सामुहिक बलात्कारको मुद्दा सोमबार जिल्ला सरकारी वकिल कार्यालय, काठमाडौंमा बुझाएको छ।,महानगरीय प्रहरी परिसर काठमाडौंले करिब तीन महिनाको अनुसन्धानपछि सोमबार उक्त मुद्दा काठमाडौं सरकारी वकिल कार्यालयमा बुझाएको काठमाडौं प्रहरी प्रवक्ता डिएसपी मोहन थापाले जानका... |
लेखनाथ खतिवडा पाँचथरको सदरमुकाम फिदिममा मोटरसाइकल दुर्घटना हुँदा एक व्यक्तिको मृत्यु भएको छ।,मृत्यु हनुेमा फिदिम २ निवासी ४० वर्षीय मिलन लावती रहेका छन्। गणतन्त्र चोक नजिकै युमा आर्ट सेन्टर सञ्चालन गर्दै आएका लावतीको मोटर साइकल कुदाँउदा कुदाँउदै ज्यान गएको हो।,बिहान १० बजे घरबाट मे ६ प ६९२५ नम्बरको मोटरसाइकल चढेर पसल ... |
सेतोपाटी मकवानपुरमा संचारक्षेत्रमा क्रियाशिल पत्रकारहरुलाई प्रदान गरिने ‘हेटौँडा जर्नालिजम अवार्ड’ दुवईमा हुने भएको छ । न्यू मिडिया एकेडेमीले आइतबार हेटौँडामा पत्रकार सम्मेलन गरी अवार्डबारे जानकारी दिएको हो ।,पत्रकार सम्मेलनमा कार्यक्रम निर्देशक मणीराज गौतमले आउँदो असार ८ गते हुने कार्यक्रममा नौ विधामा अवार्ड वितरण गर... |
सेतोपाटी संवाददाता आइतबार रातिदेखि देशभर भएको अविरल वर्षा र हावाहुरीको कारण विभिन्न जिल्लाको जनजीवन कष्टकर बनेको छ।,प्रहरीका अनुसार रामेछापको मन्थली नगरपालिका १ रणजोर खोलामा आएको बाढीले बगाएर एक युवती बेपत्ता भएकी छन्।,उनीसँगै बेपत्ता भएका १५ जनालाई स्थानीय र प्रहरीले उद्धार गरेको छ।,बेपत्ता युवतीको खोजीकार्य भइरहेको ... |
सेतोपाटी संवाददाता अवैध लागू औषध ब्राउन सुगरसहित झापाका २ जना पक्राउ परेका छन्।,महानगरीय प्रहरी परिसर, काठमाडौंले सोमबार काठमाडौंमा पत्रकार सम्मेलन गरी झापा सुरुङ्गाका २९ वर्षीय कर्णबहादुर सार्की र सोही ठाउँमा २६ वर्षीय रुद्रबहादुर सार्कीलाई २० ग्राम ब्राउन सुगरसहित काठमाडौंको माछापोखरीबाट आइतबार अपरान्ह पक्राउ गरिएको... |
सेतोपाटी संवाददाता काठमाडौंको हनुमानढोका दरबार क्षेत्रमा रहेको काष्ठमण्डप पुनर्निर्माणको काम सुरू भएको छ।,स्थानीय जनताको सहभागितामा सोमबारबाट काष्ठमण्डप पुनर्निर्माणको काम सूरु गरिएको हो। सोमबार बिहान संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री रविन्द्र अधिकारीले क्षमा पूजा गरेपछि यसको पुनर्निर्माणको कामले औपचारिकता पाए... |
भगवती पाण्डे स्थानीय उपभोक्ताको आँखा छलेर वर्षौ पुरानो र फुटेको खानेपानी पाइप बिच्छाएको खानेपानी संस्थान बुटवलले अन्ततः बिच्छाएको पाइप निकालेको छ ।,बुटवल उपमहानगरपालिका वडा नं. ८ शुख्खानगरदेखि वडा नं. ७ दिपनगर लाइनसम्म विस्तार गर्दै गरेको उक्त खानेपानी पाइप चारैतिर प्वाल परेको भेटिएपछि स्थानीय बासिन्दाले नबिच्छाउन आग्... |
सेतोपाटी संवाददाता ट्याक्सीमा छुटेको ७ लाख ५५ हजार रूपैयाँ फिर्ता नगर्ने ट्याक्सी चालकलाई प्रहरीले पक्राउ गरेको छ।,बुधबार बल्खुबाट नम्बर थाहा नभएको ट्याक्सीमा कमलादीसम्म जाने क्रममा बारा जितपुर-सिमराका ६७ वर्षीय नारायणप्रसाद पाठकले ७ लाख ५५ हजार रकम भुलेका थिए।,छोराको किराना पसलका लागि आवश्यक रकम लिएर काठमाडौं आएका प... |
सेतोपाटी संवाददाता दुवै खुट्टा नभएका एक चिनियाँ नागरिकले सगरमाथाको सफल आरोहण गरेका छन्।,दुवै खुट्टा नभएका ७० वर्षीय चिनियाँ पर्वतारोही सिया बोयुले सोमबार बिहान सगरमाथाको सफल आरोहण गरेको संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयले पुष्टी गरेको छ।,उनी नेपाली मोहडाबाट सगरमाथाको शिखर पुग्ने पहिलो ‘डबल एम्पुटी’ भनिने दु... |
भगवती पाण्डे पश्चिमाञ्चल क्षेत्रीय राजश्व अनुसन्धान कार्यालयले भन्सार छली गरेको आशंकामा दुई वटा ट्रक नियन्त्रणमा लिएको छ।,भन्सार पास भएर काठमाडौं जाँदै गरेका ना.७ ख ९३२८ र ना.५ ख ७३८३ नम्बरका दुई वटा ट्रकमा एक/एक एक्साभेटर र एक/एक वटा ह्यामर (ब्रेकर) लोड गरिएका थिए।,भारतबाट आयात गरिएका मेसिनरी सामान आईतबार साँझ भैरहवा... |
लेखनाथ खतिवडा घरमा जेठी श्रीमती हुँदाहुँदै दोस्रो विवाह गरी कान्छी श्रीमती भित्र्याउने नव दुलाहा दुलहीलाई पाँचथर प्रहरीले पक्राउ गरेको छ।,पक्राउ पर्नेमा कुम्मायक गाउँपालिका १ का श्रीमान् विवश मोते र कान्छि श्रीमती सुमित्रा नेपाली रहेका छन् ।,पाँचथर जिल्लाको कुम्मायक गाउँपालिका १ बस्ने जेठी श्रीमती सुनिता परियारले आफू ... |
शान्ति तामाङ काठमाडौं महानगरपालिकाले व्यक्ति र संस्थाले हडपेका जग्गा फिर्ता गरेर पार्क बनाउन थालेको छ।,दुई महिनाअघि वडा नम्बर ३ बाट सुरू भएको ‘सार्वजनिक जग्गा जनताको हितमा’ अभियान अहिले अरू वडामा पनि फैलिएको छ।,वडा नम्बर ४ ले व्यक्ति र संस्थाले हडपेको ५० रोपनी जग्गा आफ्नो मातहत ल्याएको छ।,‘हामीले अहिलेसम्म करिब ५० रो... |
सेतोपाटी संवाददाता धरहरा पुनर्निर्माणका लागि टेण्डर आह्वान गरिएको छ।,सोमबार पुनर्निर्माणका लागि टेण्डर आह्वान गरिएको राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले जनाएको छ।,‘धरहरा पुनर्निर्माणका लागि हामीले सोमबार टेण्डर आह्वान गरेका छौं। एक महिनासम्म इच्छुक कम्पनीले आवेदन दिन सक्छन्। बाँकी दुइ हप्ता मूल्याङ्कनका लागि समय छुट्या... |
नारायण खड्का जिल्ला समन्वय समिति दाङले बबई गाउँपालिका वडा नम्बर ७ को कालितारा र ओदालेमा भएको अवैध ढुंगा उत्खननको लागि छानबिन गर्न समिति गठन भएको छ।,जिल्ला समन्वय समिति दाङको सोमबार बसेको बैठकले छानबिनको लागि उपप्रमुख श्रीधर शर्मा पौडेलको संयोजकत्वमा चार सदस्य समिति गठन गरेको हो।,समितिको सदस्यमा जिल्ला समन्वय समितिका स... |
सेतोपाटी संवाददाता बुलगेरीयाका विश्वप्रख्यात आरोही ब्रोउन पोर्टल सिसापहाड हिमाल आरोहणको क्रममा हराएका छन्।,मकालु एड्भेन्चर कम्पनी मार्फत गएका ब्राउनको खोजी जारी रहेको मकालु एडभेन्चरका प्रबन्ध निर्देशक मोहन लम्सालले जानकारी दिए। लम्सालका अनुसार ब्रोउन आरोहणका लागि अप्रिल २९ मा प्रस्थान गरेका थिए।,यसअघि ८ हजारभन्दा माथि... |
डिल्ली पाण्डे हिन्दु युवा संघका संस्थापक अध्यक्ष काशी तिवारीको हत्यामा जन्मकैदको सजाय पाएका सीयाराम कुशवाहालाई प्रहरीले पक्राउ गरेको छ।,रौतहटको कटहरिया नगरपालिकाका मेयर समेत रहेका कुशवहालाई केन्द्रीय अनुसन्धान ब्यूरोको टोलीले बिहिवार काठमाडौंबाट पक्राउ गरेको डिआइजी पुस्कर कार्कीले सेतोपाटीलाई जानकारी दिए।,जिल्ला अदाल... |
रासस सुनसरीको सदरमुकाम इनरुवा–३ मा बिहीबार एकजना मृत अवस्थामा फेला परेका छन् ।,इनरुवा–३, बुढीबजै टोल बस्ने अन्दाजी ५२ वर्षीय सुरेश गुप्ता मृत अवस्थामा फेला परेका हुन् ।,आफ्नै घरमा सुतिरहेको अवस्थामा बिहीबार गुप्ता मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । घटनाको विषयमा आवश्यक अनुसन्धान भइरहेक... |
रासस क्रिश्चियन धर्मको प्रचार गर्दै हिँडेका दुई भारतीय नागरिकसहित ६ जनालाई तेह्रथुमको आठराई सङ्क्रान्तिबजारबाट प्रहरीले पक्राउ गरेको छ ।,पक्राउ पर्नेमा झापाको दमक नगरपालिका–१ बस्ने २८ वर्षीय दिनेश सुब्बा, दमक नगरपालिका–१ बस्ने २२ वर्षीय आशिष सुब्बा, दमक नगरपालिका–२ बस्ने २८ वर्षीय दीपक सुब्बा, दमक नगरपालिका–२ बस्ने ४४... |
सेतोपाटी संवाददाता विपत् व्यवस्थापनका लागि उपयोगी हुने सामग्री भण्डारण र प्रकोप पूर्व तयारीका लागि बुटवलमा प्रदेशस्तरीय सहायता कक्ष बन्ने भएको छ।,बुटवल उपमहानगरपालिका परिसरमा यो भण्डारण केन्द्र रहने छ। विपत् व्यवस्थापनका लागि तालिम प्राप्त प्राविधिकसहित अत्यावश्यक सामग्रीहरू भण्डारण गरिने छ।,सोही विषयमा उपमहानगरपालिका... |
सेतोपाटी संवाददाता प्रहरी प्रधान कार्यालयले २ सय ६० जना प्रहरी सहायक निरीक्षक (असई) लाई प्रहरी नायव निरीक्षक (सई) मा बढुवा सिफारिस गरेको छ।,बढुवा सिफारिस समितिको बिहिबार बसेको बैठकले रिक्त सई पदमा बढुवा सिफारिस गरेको हो।,हेर्नुहोस् बढुवा सिफारिस सूची,
२६० जना सईमा बढुवा सिफारिस |
नारायण महर्जन वर्षा र सहकालका देवताका रुपमा पूजिने रातो मछिन्द्रनाथको रथ शुभ साइतमा बिहिबार ललितपुरको लगनखेलबाट तानेर जावलाखेल ल्याइएको छ। नेपालको सबैभन्दा लामो जात्राको रुपमा परिचित मछिन्द्रनाथको रथ वैशाख ६ गते पुल्चोकबाट तान्न सुरू भएको थियो।,रथ जावलाखेल लगेको चौथो दिन राष्ट्रप्रमुखलाई भोटो देखाएपछि मात्र जात्रा समा... |
रासस आज शुक्रबार जनकपुर भ्रमणमा आउनुहुने भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले जनकपुरधामस्थित जानकी मन्दिरमा षोडसोपचार विधिबाट विशेष पूजाअर्चना गर्नेछन् ।,मन्त्रको प्रधानता रहेको यो पूजा जानकी मन्दिरमा आउने विशिष्ट अतिथिलाई मात्र गराइने परम्परा छ । जानकी मन्दिरका महन्त रामतपेश्वर दास वैष्णवका अनुसार यसअघि सो मन्दिरमा भ... |
चेतना गुरागाईं कीर्तिपुरकी बाह्र वर्षीया सानु महर्जन चार कक्षा पढ्छिन्। उनले विज्ञान किताबमा विभिन्न किराकिरीका फोटा देखेकी छन्। नाम पढेकी छन्।,तिनैमध्ये एक हो, जुनकिरी।,उनले जुनकिरी देखेकी भने छैनन्।,रातमा पिलपिल बत्ती बाल्दै उड्ने प्रकृतिको यो अनुपम सृष्टि देख्दै नदेखी हुर्कंदैछ, सानुजस्तै नयाँ सहरी पुस्ता।,पुराना प... |
अच्युत रेग्मी गोंगबु–सामाखुसीहुँदै रत्नपार्क चल्ने २६ माइक्रोबसलाई यातायात व्यवस्था विभागले निलम्बन गरेपछि यात्रु मर्कामा परेका छन्।,नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले यही वैशाख २१ गते आह्वान गरेको बन्दमा बस सञ्चालन नगरेको भन्दै विभागले गोंगबु भएर रत्नपार्क चल्ने माइक्रोबसलाई निलम्बन गरेको थियो।,बानियाँटारबाट स... |
सेतोपाटी संवाददाता प्रहरीले ललितपुरका हरिसिद्धीबाट ७ किलो नक्कली सुनसहित २ जनालाई पक्राउ गरेको छ।,फलामलाई सुन भन्दै प्रति किलो ३० लाखका दरले बेच्ने तयारी गर्दै गरेका बेला महानगरीय अपराध महाशाखाको टोलीले दिपेन्द्र बराइली र रमेश वैद्यलाई बिहिबार साँझ पक्राउ गरेको हो।,महाशाखाको टोलीले उनीहरूको साथबाट सुन जस्तै ७ वटा बिस्... |
सेतोपाटी संवाददाता भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणमा विरोध कार्यक्रम गर्न सक्ने भन्दै प्रहरीले ग्रेटर नेपालका ३ जनालाई पक्राउ गरेको छ।,महानगरीय अपराध महाशाखाको टोलीले ग्रेटर नेपालका विमल बुर्लाकोटी, प्रकाश सुवेदी र गोविन्द गोरालाई बागबजार र बालाजुबाट पक्राउ गरिएको अपराध महाशाखाका प्रमुख एसएसपी धिरजप्र... |
रासस रिड नेपाल नामक सामाजिक संस्थाले देशका ४२ जिल्लामा ६७ वटा पुस्तकालय स्थापना गरेको छ ।,सो संस्थाले समुदायमा पुस्तकालयको स्थापना गरी स्थानीयवासीलाई शैक्षिक ज्ञानको विकास गर्ने उद्देश्य राखेको छ । पछिल्लो पटक विकास गरेका केही पुस्तकालयमा महिला कक्ष, बाल कक्ष, युवा कक्ष, सूचना कक्ष तथा श्रव्यदृश्यको समेत व्यवस्था गरिए... |
रासस चितवनमा केही दिनअघि आएको हावाहुरी सहितको असिनापानीले कृषि क्षेत्रमा रु ४२ करोड ५० लाखको क्षति भएको जिल्ला कृषि विकास कार्यालय चितवनले जनाएको छ ।,प्रारम्भिक विवरणअनुसार केरामा मात्रै रु ४० करोडको क्षति भएको र बाँकी तरकारी तथा मकैमा रु दुई करोड ५० लाखको क्षति भएको कार्यालयका प्रमुख सुधिर श्रेष्ठले जानकारी दिएका छन्... |
एजेन्सी भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको जारी दुई दिने नेपाल भ्रमणको पहिलो दिन नेपालको जनकपुरबाट शुभारम्भ गरिएको 'जनकपुर-अयोध्या ' बससेवाको उद्घाटित बस शनिबार अयोध्या पुगेको छ।,शुक्रबार भारतीय प्रधानमन्त्री मोदीले आफ्ना नेपाली समकक्षी केपी शर्मा ओलीसँगै जनकपुरबाट संयूक्त रूपमा सो बससेवाको सुरूवात गरेका थिए। अयोध्... |
सेतोपाटी संवाददाता प्युठानको प्याकुरीमा एउटा रात्री बस दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ। महेन्द्रनगरबाट प्युठान आउँदै गरेको महाकाली यातायातको ना ४ ख १८७६ नम्बरको बस शनिबार राति दुर्घटनामा परेको प्रहरीले जनाएको छ।,दुर्घटनामा ४ जनाको घटनास्थलमै मृत्यु भएको हो । अन्य एक जनाको उपचारका क्रममा ल्याउदै गर्दा मृत्यु भएको ... |
नारायण महर्जन नेपालको राजकीय भ्रमणमा रहेका भारतका प्रधानमन्त्री नरेन्द्र मोदीलाई काठमाडौं महानगरपालिकाले गर्ने नागरिक अभिनन्दनमा नेपाली फोटो पत्रकारलाई रोक लगाएको छ। साढे तीन बजे काठमाडौंको सभागृहमा हुने नागरिक अभिनन्दन कार्यक्रममा भारतीय मिडियाकर्मीलाई मात्र प्रवेश दिइएको छ।,नेपाली फोटो पत्रकारहरूले गेटबाटै सुरक्षाकर... |
रासस कूटनीतिक नियम मिचेर नेपाल प्रवेश गर्ने भारतीय प्रहरीका सबइन्स्पेक्टरसहित तीन भारतीय प्रहरी शुक्रबार कृष्णनगरमा पक्राउ परेका छन् ।,पक्राउ पर्नेहरुमा भारतको बलरामपुर जिल्ला पचपेडवा थानाका सबइन्स्पेक्टर डिएस चतुर्वेदी, कन्स्टेबल नासिर हुसेन र कन्स्टेबल कोमल रहेको प्रहरीले जनाएको छ ।,उनीहरु कृष्णनगर भन्सार सीमा नाका ... |
नारायण खड्का प्यूठानमा आइतबार विहान ३ बजे भएको बस दुर्घटनामा चालकको मृत्यु भएको छ। कैलाली जिल्लाको चौमाला ६ निवासी बसका चालक विरबहादुर थारुको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ।,जिल्ला प्रहरी कार्यालय प्यूठानका प्रमुख एवम् डिएसपी राजेन्द्रप्रशाद पोखरेलले मृतकको साथमा फेला परेको लाईसेन्सका आधारमा बसका चालक थारूको मृत... |
नारायण महर्जन २४ दिन लामो रातो मछिन्द्रनाथको जात्रा आइतबार भोटो देखाएर सकिएको छ।,नेपालको सबैभन्दा लामो जात्राको रूपमा मनाइने मच्छिन्द्रनाथको जात्रा यसपाला मलमास परेको हुनाले चाँडै सकिएको हो।,जात्राको अन्तिम दिन आज ललितपुरको जावलाखेलमा राष्ट्रप्रमुखको उपस्थितिमा भोटो देखाइएको छ।,राष्ट्रप्रमुखले भोटो जात्रा हेर्ने परम्प... |
सेतोपाटी संवाददाता नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी कार्यकर्ताले चितवनको भरतपुरस्थित भाटभटेनी सुपर मार्केटमा आइतबार बिहान बम विस्फोट गराएका छन्।,आइतबार बिहान करिब साढे तीन बजे मोटरसाईकलमा आएका दुई जनाले ग्रिनेड बम विस्फोट गराएको चितवनका प्रहरी प्रमुख दीपक थापाले जानकारी दिए।,उनले बम विस्फोट... |
नारायण महर्जन शताब्दीपुरुष संस्कृति विद् सत्यमोहन जोशीले आईतबार आफ्नो ९९ औ जन्मोत्सव मनाउँदै सय वर्षमा प्रवेश गरेका छन्।,९९ औं जन्मोत्सवका अवसरमा शुभकामना दिन आईतबार लतिलपुरको पाटनस्थित जोशी निवासमा उल्लेख्य संख्यामा सर्वसाधरण , शुभचिन्तक , इष्टमित्रहरु पुगेका थिए । जोशी निवासमा बिहानै देखि शुभकामना दिनेहरुको भीड लागे... |
लेखनाथ खतिवडा ३० वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा पाँचथरका २ जना युवाहरूलाई जनही १० वर्ष कैद सजायको फैसला गरेको छ।,बिहिबार पाँचथर जिल्ला अदालतका जिल्ला न्यायधीश मनोज केसीको इजलासले फिदिम नगरपालिका १ का १८ वर्षीय जयन्द्र तामाङ र सोही ठाउँका १९ वर्षीय समिर केरुङविरुद्ध जनही १० वर्ष कैदको फैसला गरेको हो।,आरोपितहरू ... |
सेतोपाटी संवाददाता नेत्र विक्रम चन्द नेतृत्वको नेकपाका कार्यकर्ताहरूले रुपन्देहीका विभिन्न स्थानमा बम जस्तै देखिने शंकास्पद वस्तु राखेपछि जनजीवन त्रसित बनेको छ।,बुटवल मणिमुकुन्द सेन पार्कसँगै रहेको भारतीय भूपू सैनिक पेन्सन क्याम्प र तिलोत्तमा नगरपालिकाको नयाँ मिलमा बम जस्तै शंकास्पद वस्तु भेटिएको प्रहरीले जनाएको छ।,बु... |
नारायण खड्का नेत्र विक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले गरेको नेपाल बन्दले आइतबार बिहानैदेखि दाङको जनजीवन प्रभावित भएको छ। दाङमा यातायात, कलकारखाना, उद्योग धन्दा र बजार ठप्प रहेका छन्।,साना सवारी साधान भने छिटफुट रूपमा सञ्चालनमा आएका छन्।,नेकपाका महासचिव नेत्र विक्रम चन्द (विप्लव)ले शनिबार प्रेस वक... |
नारायण खड्का प्युठानमा आइतबार बिहान करिब ३ बजे भएको बस दुर्घटनामा परि ज्यान गुमाएका पाँचै जनाको सनाखत भएको छ। दुर्घटनामा परि प्युठान जिल्लाको गौमुखी गाउँपालिका वडा नं. २ निवासी १७ वर्षीय हिरा टमाटा, गौमुखी गाउँपालिका वडा नं. ३ का २६ वर्षीय हरि मल्ल, प्युठान नगरपालिका वडा नं. २ बस्ने ३६ बर्षीया सविता शर्माको मृत्यु भएक... |
सागरराज तिमिल्सिना पोखराका दुई ठाउँमा बम फेला परेको छ।,विप्लव माओवादीले गरेको बन्दका बेला बम फेला परेकाले उनीहरूले नै तर्साउनका लागि राखेको हुन सक्ने प्रहरीले जनाएको छ।,पोखरा लेखनाथ महानगरपालिकाको विजयपुर र पोखरा विमानस्थल अगाडि बम फेला परेको कास्कीका प्रहरी प्रवक्ता खड्कबहादुर खत्रीले जानकारी दिए।,विजयपुरको बम नेपाली... |
सेतोपाटी संवाददाता ग्लोबल काठमाडौं कन्सल्ट मीनभवनमा बुधवारदेखि सुरु भएको शैक्षिक मेलाको पहिलो दिन एक्सेलसिया कलेज सिड्नीका एडमिसन डिरेक्टर दिप्तीमान बेहेरा र ग्लोबल कन्सल्ट सिड्नीका चेयरम्यान एवं प्रसिद्ध माइग्रेसन एजेन्ट योगेन्द्र पौडेलले शैक्षिक परामर्श प्रदान गरे।,मेलामा एक्सेलसिया कलेजमा उपलव्ध विजनेश, साइकोलोजी क... |
डिल्ली पाण्डे फिल्म निर्माता एवम् वितरण माधव वाग्लेसहित ६ जनालाई प्रहरीले २ करोड ६० लाख नक्कली नेपाली नोटसहित पक्राउ गरेको छ।,प्रहरीले वाग्लेसहित महेन्द्र वोगटी, सुजित तामाङ, साजन तामाङ, प्रकाश सुवेदी, विकेश नापितलाई पक्राउ गरेको हो।,प्रहरीले उनीहरुलाई काठमाडौंको कमलपोखरी, ललितपुरको लुभु, चारढुङ्गे, चावहिल, बागबजार र ... |
भगवती पाण्डे रूपन्देहीको तिलोत्तमा मणिग्राममा बुधबार साँझ गोली चलेको छ। तिलोत्तमा नगरपालिका वडा नं. ५ शान्ति नमुना मावि नजिकै गोली चलेको ईलाका प्रहरी कार्यालय मंगलापुरले जनाएको छ।,अज्ञात समूहको गोली प्रहारबाट ज्याला मजदुरी गर्ने मर्चवारीमाई गाउँपालिका ४ का ४० वर्षीय रामकेश धवल गम्भीर घाइते भएको प्रहरी नायव निरीक्षक य... |
नारायण खड्का चितवनको चित्रवन नगरपालिका–१७ स्थायी घर भई हाल छिमेकी देश भारतमा बच्चा बच्चीको शिक्षा दिक्षाको लागि बस्दै आएका ७३ वर्षीय राजेन्द्रप्रसाद तिमल्सिना पहिलो पटक छोरीको घर प्यूठान जाँदै थिए। प्यूठानको प्यूठान नगरपालिका वडा नम्बर २ क्वाडीमा उनकी छोरी ३६ वर्षीया सविता शर्माको घर थियो। सविता उनकी एक मात्रै छोरी ह... |
सेतोपाटी संवाददाता एसियालीस्तरको हाजिरीजवाफ प्रतियोगिता नोबेल क्वीज मेनिया-६ को उपाधि बंगलादेशको नोट्रे ड्याम कलेजले जितेको छ।,आइतबार राति ९ बजे कान्तिपुर टेलिभिजनमार्फत प्रशारित कार्यक्रमको फाइनलमा भारत र नेपालका प्रतिश्पर्धिलाई हराउँदै बंगालादेशको नोट्रे ड्याम कलेजले ५ लाख नगद पुरस्कारसहित उपाधि जितेको हो।,विभिन्न च... |
डिल्ली पाण्डे दुई करोडभन्दा बढी नेपाली नक्कली रुपैयाँसहित ६ जनालाई प्रहरीले पक्राउ गरेको छ।,महानगरीय प्रहरी परिसरले पक्राउ गरेको ६ जनालाई बुधबार साँझ साढे ५ बजे पत्रकार सम्मलेन गरी सार्वजनिक गर्ने जनाएको छ।,एसएसपी विश्वराज पोखरेलका अनुसार अभियुक्तहरूलाई काठमाडौंका विभिन्न स्थानबाट पक्राउ गरिएको हो।,‘काठमाडौंको गोंगबुल... |
सेतोपाटी संवाददाता सोमबार काठमाडौंबाट पक्राउ परेका धर्मगुरु आचार्य श्रीनिवासलाई हातहतियार तथा खरखजना मुद्दामा १० दिनको म्याद थप गरी अनुसन्धान सुरू गरेको छ।,आफ्नै योजनामा गोली हान्न लगाएर त्रास फैलाएको भन्दै उनलाई मोरङ प्रहरीले पक्राउ गरेको थियो।,श्रीनिवासीलाई म्याद थपको लागि जिल्ला प्रशासन कार्यालय मोरङमा उपस्थित गराइ... |
सेतोपाटी संवाददाता परपुरूषसँग लागेको भन्दै श्रीमतीको हत्या गर्ने बर्दिया गोलाका दर्नबहादुर क्षेत्रीलाई प्रहरीले पक्राउ गरेको छ।,परपुरूषसँग लागेको आसंकामा २७ वर्षिया श्रीमती रेशमकला रोकायाको हत्या गरी फरार क्षेत्रीलाई महानगरीय अपराध महाशाखाको टोलीले पक्राउ गरेको हो।,क्षेत्रीले श्रीमती रोकायालाई मंगलबार बिहानै काठमाडौं... |
नारायण महर्जन नेपालीहरूको सपनाको शहर काठमाडौं, अनि काठमाडौंको मुटु सिंहदरबार । धेरैलाई लाग्छ – सिंहदरबार सुन्दर होला, रमाइलो होला। मुलुकको प्रशासनिक केन्द्र सिंहदरबार यतिखेर ढकमक्क फूलहरूले सजिएको छ। २०७२ सालको भूकम्पले चिरा चिरा परेको सिंहदरबार परिसर थरिथरीका फूलहरूले सजिएको छ।,तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीले... |
दिपकजंग शाही सुर्खेतको वीरेन्द्रनगरमा रहेको मध्यपश्चिमाञ्चल क्षेत्रीय अस्पताल करिब १२ वर्ष अघिसम्म जिल्ला अस्पतालका रूपमा सञ्चालन भैरहेको थियो । साविकको मध्यपश्चिम क्षेत्रका नागरिकलाई विशेषज्ञसहितको सेवा दिने गरी अस्पतालको विकास गर्ने योजनासहित २०६२ सालतिर यसलाई मध्यपश्चिमाञ्चल क्षेत्रीय अस्पतालका रूपमा नामाकरण गरिएको... |
भगवती पाण्डे भैरहवामा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलले अधिग्रहण गरेका जग्गाधनीले मुआब्जा वितवरण छिटो गर्न आग्रह गरेका छन्।,मंगलबार भैरहवामा आयोजित कार्यक्रममा उनीहरूले अधिग्रहणमा परेको लामो समयसम्म पनि मुआब्जा नपाउनु दुखद् भएको बताए।,१ हजार ७ सय ६५ परिवारको जग्गा अधिग्रहण गरिएकोमा अहिलेसम्म २० प्रतिशत... |
सेतोपाटी संवाददाता वैशाख २१ गते नख्खु कारागारभित्र रहस्यमय मृत्यु भएका कैदी भक्तबहादुर सुनुवारको मृत्युबारे छानबिनका लागि प्रहरीले छानबिन समिति गठन गरेको छ।,महानगरीय प्रहरी परिसर ललितपुरले सुनुवारको मृत्युबारे अध्ययन गर्न एक छानबिन समिति गठन गरेको हो।,मृतकका आफन्तले जेलभित्र नै हत्या भएको हुन सक्ने भन्दै महानगरीय प्रह... |
प्रशन्न पोखरेल स्थानीय तहमा खटिएका अधिकांश स्वास्थ्यकर्मीले माघयता तलब तलबभत्ता पाएका छैनन्।,स्थानीय तह मातहतका प्राथमिक स्वास्थ्य केन्द्र र स्वास्थ्य चौकीका स्थायी र करार स्वास्थ्यकर्मीले स्थानीय सरकारले पैसा नभएको भन्दै तलब नदिएको बताएका छन्।,तयारीबिनै स्वास्थ्य संस्थालाई स्थानीय तहअन्तर्गत राख्दा आफूहरूले समयमै तलब... |
सेतोपाटी संवाददाता काठमाडौंको कालिमाटीमा रहेको एक इन्टरप्राइजेजको काउन्टरबाट ३ लाख रुपैयाँ लुट्ने लुटेरा पक्राउ परेका छन्।,पक्राउ पर्नेमा रौतहटका कैलाश ठकुरी रहेको प्रहरीले जनाएको छ। सिसि क्यामरामा देखिएको हुलियाको आधारमा ठकुरीलाई पक्राउ गरेको महानगरीय प्रहरी वृत्त कालीमाटीले जनाएको छ।,प्रहरीका अनुसार वैशाख ९ गते बिहा... |
नारायण खड्का तुलसीपुर उपमहानगरपालिकाले तुलसीपुर बसपार्कस्थित बधशाला तथा मासु विक्री कक्षहरू एक हप्ता भित्रै सुधार नगरे कारवाही गर्ने चेतावनी दिएको छ।,तुलसीपुर उपमहानगरपालिकाका आर्थिक संयोजक तथा वडा नम्बर १८ का अध्यक्ष माधव वली नेतृत्वमा गएको अनुगमन टोलीले तुलसीपुर बसपार्क क्षेत्रका अधिकांश बधशाला तथा मासु पसलहरू फोहो... |
सेतोपाटी संवाददाता भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको मुक्तिनाथ भ्रमणका बेला २० घण्टा भक्तजनले मुक्तिनाथ मन्दिरमा पूजाआजा गर्न नपाउने भएका छन्।,मोदीको सुरक्षार्थ र मन्दिर सजावट तयारीका लागि भन्दै स्थानीय प्रशासनले २८ गते बेलुकी ४ बजेदेखि २९ गते दिउँसो १२ बजेसम्म भक्तजनका लागि मन्दिर प्रवेशमा रोक लगाएको मुस्ताङका प्र... |
सेतोपाटी संवाददाता झापा, उदयपुर र धनुषामा हावाहुरीका कारण ३ जनाको मृत्यु भएको छ।,उदयपुरको कटारी नगरपालिका १ कालीखोलाकी ६५ वर्षीया आइतीमाया माझीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ।,बुधबार बिहान आएको हावाहुरीले माझीको घर भत्केको थियो।,त्यसैगरी, धनुषाको क्षिरेश्वरनाथ नगरपालिकामा पनि हावाहुरीले घर भत्क... |
सेतोपाटी संवाददाता नक्कली पेस्तोल देखाई पैसा असुली गर्ने एक जना टोले गुण्डालाई प्रहरीले पक्राउ गरेको छ।,महानगरी प्रहरी वृत्त महाराजगञ्जको टोलीले काठमाडौं तारकेश्वर नगरपालिका बस्ने ३२ वर्षीय सुदिप गुरुङलाई पक्राउ गरेको महानगरीय प्रहरी परिसर काठमाडौंका डिएसपी मोहनकुमार थापाले जानकारी दिए।,गुरुङले नक्कली पेस्तोल देखाई नय... |
सेतोपाटी संवाददाता निजी विद्यालयहरूले विद्यार्थी भर्नाका बेला मनोमानी रूपमा लिएका शुल्क फिर्ता हुने भएको छ।,विद्यार्थी भर्ना गर्दा निजी विद्यालयहरूले अस्वभाविक शुल्क लिएको बताउँदै विद्यार्थी संघसंगठनहरूले चरणबद्ध आन्दोलन गरेपछि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले शुल्क फिर्ता गर्नुपर्ने बताएको हो।,शिक्षा, विज्ञान ... |
सेतोपाटी संवाददाता काठमाडौंका फुटपाथमा व्यापार गरे महानगरपालिकाले सामान जफत गरी लिलाम गर्ने भएको छ।,महानगरपालिकाले आइतबारदेखि साँझ हुने फुटपाथ व्यापारको अनुगमन गर्ने बताएको छ। व्यापार गरेको पाइए सामान जफत गरी लिलाम गर्ने निर्णय भएको प्रवक्ता ज्ञानेन्द्र कार्कीले जानकारी दिए।,‘फुटपाथ भनेको मानिस हिँड्नका लागि बनाइएको ... |
सेतोपाटी संवाददाता प्रहरीले काठमाडौंको न्यूरोडबाट १० लाख ४० हजारसहित हुण्डी कारोबारीलाई पक्राउ गरेको छ।,महानगरीय प्रहरी वृत्त र महानगरीय अपराध महाशाखाको संयुक्त टोलीले हुण्डी कारोबारमा संलग्न झापा शिवसताक्षी नगरपालिकाका २४ वर्षीय बिपिन उप्रेतीलाई पक्राउ गरेको हो।,विशेष सूचनाको आधारमा खटिएको प्रहरी टोलीले उप्रेतीलाई १०... |
सेतोपाटी संवाददाता लागूऔषध विक्री वितरण तथा ओसारपसार गर्ने चार जनालाई प्रहरीले पक्राउ गरेको छ।,महानगरीय प्रहरी वृत्त महाराजगञ्जबाट खटिएको टोलीले लागूऔषध विक्री गरिरहेको अवस्थामा उनीहरूलाई पक्राउ गरिएको महानगरीय प्रहरी परिसर काठमाडौंका डिएसपी मोहनकुमार थापाले जानकारी दिए।,पक्राउ पर्नेहरूमा बर्दिया जिल्ला राजापुर ४ का ३... |
नारायण महर्जन कीर्तिपुरमा ऐतिहासिक फोटो प्रदर्शनी गरिएको छ। प्रदर्शनीमा कीर्तिपुरको २५० वर्षअघिदेखि हालसम्मको इतिहास, कला–संस्कृति, नेवारी समाज र संस्कार तथा सम्पदा क्षेत्रका गरी २ सय वटा फोटोहरु छन्।,प्रदर्शनीमा आएका ६८ वर्षिया अवलोकनकर्ता कीर्तिपुर निवासी लक्ष्मीकुमारी खत्री आफ्नो पुरानो फोटो देखेर दंग परिन्। त्यस्... |
प्रकाश ढुंगाना प्रहरी प्रधान कार्यालयले ७९ जना एसपीहरुको सरुवा गरेको छ।,एसपी किरण बज्राचार्यको ट्राफिक प्रहरी कार्यालय पथलैया बारा, मिरा चौधरीको जिल्ला प्रहरी कार्यालय बारामा सरुवा भएको छ। कर्मचारी प्रशासन शाखामा रहेका एसपी रेवती ढकालको पर्सामा सरुवा भएको छ भने ओमबहादुर रानाको कास्कीमा सरुवा भएको छ।,उमा चर्तुबेदी सुर्... |
सेतोपाटी संवाददाता काठमाडौंका विभिन्न पसलबाट पुरातात्विक महत्वका विभिन्न धातुबाट बनेका मूर्तिलगायत चिज बस्तुहरू बिदेशीलाई बिक्री वितरण गरेको आरोपमा प्रहरीले तीन जना व्यवसायीलाई पक्राउ गरेको छ।,दरबारमार्गस्थित क्यूरियो आर्टमा पुरातात्विक महत्वका बहुमूल्य धातुको मूर्तिलगायत चिज बस्तुहरूलाई १२औं, १३औं शताब्दी (८००/९०० वर... |
सेतोपाटी संवाददाता सिन्डिकेट नमान्ने कागज गरेपछ पक्राउ परेका यातायात व्यवसायी हिरासतमुक्त भएका छन्।,जिल्ला प्रशासन कार्यालय काठमाडौंमा ‘सिन्डिकेट मान्दिनँ, कम्पनी दर्ता गर्छु, सवारी साधन चलाउँछु र सरकारलाई सहयोग गर्छु’ भन्ने व्यहोराको कागजमा सही गरेपछि राष्ट्रिय यातायात व्यवसायी महासंघका अध्यक्ष योगेन्द्र कर्मचार्यसह... |
सेतोपाटी संवाददाता सरकारले यस वर्षको राष्ट्रिय पत्रकारिता पुरस्कार महेन्द्र विष्ट र राजेश अहिराजलाई प्रदान गर्ने भएको छ।,सञ्चार तथा सूचना प्रविधि राज्यमन्त्री गोकुल बाँस्कोटाले यस वर्षको राष्ट्रिय पत्रकारिता पुरस्कार विष्ट र अहिराजलाई दिने निर्णय गरिएको जानकारी दिएका हुन्।,सोमबार राष्ट्रिय पत्रकारिता दिवसको अवसरमा सरक... |
दिपकजंग शाही गएको आर्थिक वर्षदेखि सञ्चालनमा रहेका सुर्खेत र दैलेखका सडक योजनाका भुक्तानी नहुँदा समस्या भएको छ।,गएको आर्थिक वर्षबाट ठेक्का भई सम्पन्न भएका तथा सञ्चालनमा रहेका सुर्खेत र दैलेखमा पर्ने १०१ वटा योजनामध्ये केही योजनाको ७२ करोड बढी रकम भुक्तानी गर्न बाँकी रहेको डिभिजन सडक कार्यालय सुर्खेतले जनाएको छ।,सुर्खेत... |
सेतोपाटी संवाददाता मकवानपुरमा चट्याङ लागेर ३ जनाको मृत्यु भएको छ। आईतबार मकवानपुरको विभिन्न स्थानमा परेको चट्याङबाट ३ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्याय मकवानपुरले जनाएको छ।,आईतबार साँझ ७ बजे हेटौंडा उपमहानगरपालिका १६ चिसापानीमा घरमा सुतिरहेका स्थानीय कृष्णबहादुर बलामीको मृत्यु भएको थियो।,त्यसैगरी हेटौडाकै मनोह... |
सेताेपाटी संवाददाता त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ६ जना चिनीयाँ नागरिक १ किलो ६ सय ग्राम सुनसहित प्रक्राउ परेका छन्।,सुनजस्तो देखिने १. ६ केजी पहेलो पदार्थसहित उनीहरूलाई प्रहरीले आइतबार बेलुका पक्राउ गरेको हो। सुनस्तो देखिने पदार्थ सुननै भएको प्रहरीले जनाएको छ।,उनीहरू चिनीयाँ जहाजको नियमित उडानबाट चीन जान लाग... |
सेतोपाटी संवाददाता पर्साको जिराभवानीमा प्रहरी र स्थानीयबीच भएको झडपमा प्रहरीले दर्जनौं राउन्ड हवाई फायर गरेको छ।,मापसे गरी नेपालबाट भारत जादै गरेका चार जना युवालाई ड्यूटीमा रहेका प्रहरीले रोक्न खोज्दा प्रहरीमाथि नै अभद्र व्यवहार गरेकाले उनीहरूलाई नियन्त्रणमा लिए पछि घटना भएको हो।,प्रहरीले उनीहरूसँगै मोबाइल चोरी गर्ने ... |
सेतोपाटी संवाददाता मदिरा सेवन गरेर एउटै मोटरसाइकलमा सवार ४ जना भारतीय नागरिक र दुईजना मोबाइल चोरलाई छुटाउन दबाब दिँदै पर्साको जिराभवानी गाउँपालिकाकी उपाध्यक्ष उषा चौधरीको टोलीले प्रहरीमाथि आक्रमण गरेको अभियोगमा उनलाई पक्राउ गरिएको छ।,उपाध्यक्ष चौधरीको नेतृत्वमा प्रहरी चौकीमा आक्रमण गरेको तथा प्रहरी जवानहरूलाई कुटपिट ग... |
सेतोपाटी संवाददाता ललिपुरको बखुण्डोलमा एक बिदेशी महिला कोठामै मृत अवस्थामा फेला परेकी छन्।,ललितपुरको बखुण्डोलमा रहेको स्थानीय मदन मोहन प्रदानको घरमा डेरा गरी बस्दै आएकी इथोपियन नागरिक आईतबार साँझ ओछ्यानमै मृत अवस्थामा फेला परेको ललितपुर प्रहरीले जनाएको छ।,घटनाका बारेमा अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ।
... |
विनोद आचार्य केही महिनाअघि ओजस्वी वैद्य र लुनिभा मानन्धरको कलेज जाने दिन सकिए।,झिसमिसेमै कलेजका लागि हतार–हतार दौडनु नपरेपछि दुई सखी एकाबिहानै वागमतीको दुवै किनार चक्कर लगाउन थाले।,चक्कर लगाउनेमा उनीहरूमात्र हुन्थेनन्, अरू अपरिचित मान्छे पनि हुन्थे।,यसरी वागमती किनारको चक्कर लगाउने उद्देश्य भने दुई सखी र अपरिचितको फरक... |
सेतोपाटी संवाददाता प्रहरीले लागूऔषधसहित एक जनालाई पक्राउ गरेको छ।,प्रहरीले बालाजु पुल नजिक लागूऔषध कारोबार भइरहेको भन्ने सूचनाको आधारमा चेकजाँच गर्ने क्रममा नुवाकोट साविक कल्याणपुर गाविस वडा नम्बर २ हाल विदुर नपा वडा नम्बर १३ घर भएका २४ वर्षीय धन बहादुर तामाङलाई पक्राउ गरेको हो।,उनको साथबाट लागूऔषध चरेस ८०० ग्राम फेला... |
सुशीला रेग्मी एउटा सानो खरले छाएको झुपडी छ, त्यो पनि धुवाँले रंगिएको कालोभित्ता भएको झुपडीको एक कुनामा सिंजापती दम्पत्तीको बसोबास छ।,गाउँमा सिंजापती साँहिलाका नामले चिनिने खड्गबहादुर र उनकी श्रीमती सरुमा सिंजापती उमेरले डाँडापारिको घाम बनेका छन्। उनीहरूका सन्तान छैनन् न त कमाएर दिने आफन्त नै।,झुपडीको घर सिँजापती दम्पत... |
नारायण खड्का दाङमा एक महिलाले आफूले बाटोमा भेटाएको डेढ तोला सुनकागहना सम्बन्धित व्यक्तिलाई फिर्ता गरेकी छन्।,घोराही उपमहानगरपालिका वडा नं. ५ निवासी रूद्रकुमारी महरा आफूले भेटाएको डेढतोला सुनका गरगहना सोमबार प्रहरीको रोहवरमा सम्वन्धित व्यक्तिलाई फिर्ता गरेकी हुन्।,उक्त सुनका गरगहना घोराहीको वडा नं. १४ गोरखा टोल निवासी ... |
मनोज सत्याल कुखुराको विषाक्त सुली नदीमा मिसाउँदा स्याङ्जा गल्याङस्थित आँधीखोलाका जलचर सखाप भएका छन्।,मेडिकल सञ्चालक एवं व्यवसायी खुमा अर्यालको खिलुङ कालिका एग्रो फार्मले आँधीखोलामा सुली मिसाउँदा हजारौं जलचर सखाप भएका हुन्।,सुली गलाउन रासायनिक पदार्थ मिसाइएकाले विषाक्त भएको प्रहरीले जनाएको छ। प्रहरीले घटनामा संलग्न भन्... |
डिल्ली पाण्डे हिन्दू धर्मगुरु आचार्य श्रीनिवास पक्राउ परेका छन्। आफूले आफैंलाई गोली हान्न लगाएको अभियोगमा मोरङ प्रहरीको टोलीले श्रीनिवासलाई सोमबार काठमाडौंबाट पक्राउ गरेको हो।,धर्मगुरू श्रीनिवास आफैंले गोली हान्न लगाएको खुलेपछि पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मोरङका डिएसपी निशान्त थापाले सेतोपाटीलाई बताए।,आचार्य... |
सेतोपाटी संवाददाता आफैंले गोली हान्न लगाएको आरोपमा पक्राउ परेका हिन्दु धर्मगुरु आचार्य श्रीनिवासलाई हातहतियार तथा खरखजाना मुद्दामा मोरङ प्रहरीले प्रक्रिया अघि बढाएको छ।,सोमबार काठमाडौंबाट पक्राउ परेका आचार्यलाई मंगलबार मोरङ प्रहरीले हातहतियार तथा खरखजनामा मुद्दा चलाउने तयारी भइरहेको मोरङ प्रहरी प्रमुख एसपी अरुण बीसीले... |
शोभा शर्मा धेरै वर्षसम्म शारीरिक र मानसिक हिंसा सहेर चुपचाप बसेकी मुना अधिकारी गत साता राति नै प्रहरी थाना पुगिन्।,घरमा श्रीमानले कुटपिट गरेपछि उनी घर छोडेर माइत हिँडेकी थिइन्। बिच बाटोमा पर्ने ललितपुरस्थित बाडेगाउँ प्रहरी चौकी पसेर उनले आफूमाथि कुटपिट भएको मौखिक उजुरी दिइन्। श्रीमानको पिटाइले उनको आँखा वरिपरि निलडाम ... |
डिल्ली पाण्डे हराएको भनिएको तस्करीको ३३ किलो सुन र सनम शाक्य हत्यामा जोडिएपछि मोरङका चुडामणि शर्मा ‘गोरे’ चर्चामा छन्।,गृह मन्त्रालयका सहसचिव ईश्वरराज पौडेल नेतृत्वको छानबिन समितिले पछिल्लो समय नेपालबाट ३८ क्विन्टल सुन तस्करीमा गोरे समूह सक्रिय रहेको निष्कर्ष निकालेको छ।,शाक्य प्रकरणमा मुछिएका गोरेविरूद्ध समितिले जिल्... |
नारायण महर्जन भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको दुई दिने नेपाल भ्रमणका लागि सरकारले तयारी तिब्र पारेको छ।,त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलदेखि मोदी पुग्ने हरेक बाटोको सरसफाई तिब्र पारिएको छ। सडकको दायाँबायाँ फूलका बिरूवा रोपिएको छ भने दुबै देशका झन्डाहरू टाँगिएका छन्।,चाबहिलदेखि बौद्धसम्मको सडक चिटिक्क पारिएको छ।... |
नारायण खड्का दाङमा एक १४ वर्षीया बालिकाले परीक्षामा फेल भएपछि आत्महत्या गरेकी छन्।,राप्ती गाउँपालिका वडा नं. २ बराहाखुटीको आदर्श नमुना मावि लालमटियामा कक्षा ८ मा अध्यनरत १४ वर्षीया शकुन्तला केसीले आत्महत्या गरेकी हुन्। राप्ती गाउँपालिका वडा नं. २ लालमटिया निवासी केसीले वैशाख २ गते नतिजा सार्वजनिक भएकै दिन आफ्नै घरमा झ... |
सत्यमोहन जोशी (प्रस्तुतिः गिरीश गिरी) बम्बईबाट हिँडेको रेलले अचानक अर्कै बाटो समात्यो।,जानुपर्थ्यो पटना जंक्सन। नजिकै पुगेपछि रेल मोडियो पटना सिटीतिर।,बम्बई विश्वविद्यालयका नेपाली विद्यार्थी मसँगै यात्रा गरिरहेका थिए। अर्कै बाटो समातेपछि उनीहरू हंगामा गर्न थाले। विद्यार्थीमध्येका बनवारीलाल मित्तल अलिक टाठा थिए। उनी मस... |
Subsets and Splits
No community queries yet
The top public SQL queries from the community will appear here once available.