content stringlengths 20 64.1k ⌀ |
|---|
सेतोपाटी संवाददाता नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले ज्यान मारेर फरार रहेका अभियुक्तलाई १३ वर्षपछि पक्राउ गरेको छ ।,ब्यूरोको टोलीले विसं २०६२ माघमा काठमाडौंको नयाँपाटीमा महेश राईलाई हत्या गरी फरार रहेका इलामका अदिपकुमार राईलाई सोमबार पक्राउ गरी बुधबार सार्वजनिक गरेको हो ।,१८ वर्षीय महेश राईलाई तीन जना साथीहर... |
सागर राज तिमिल्सिना पोखराको पर्यटकीय शहर लेकसाइडमा रहेका घर परिवार र भाडामा बस्नेहरुको तथ्याङक लिन सुरु गरेको छ। सामुदायी प्रहरी केन्द्र बैदाम, वडा प्रहरी कार्यलय बैदाम र पोखरालेखनाथ महानगरपालिका वडा नम्बर ६ को सक्रियातामा डिजिटल रुपमा तथ्याङक संकलन गरेर तथ्याङक राख्न सुरु गरेको हो ।,प्रत्येक घरमा कति जना सदस्यहरु छन्... |
सेतोपाटी संवाददाता नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव सरोज सिटौला पक्राउ परेका छन् । रिपोर्टर्स क्लब नेपालको साक्षात्कार कार्यक्रममा भाग लिन जादा उनी क्लबको कार्यालय परिसरबाटै पक्राउ परेका हुन्।,सादा पोसाकमा आएका प्रहरीले सिटौलालाई पक्राउ गरेर महानगरीय प्रहरी परिसर टेकुमा लगेको छ ।,गृहमन्त्री रामबहादुर ... |
सेतोपाटी संवाददाता यातायात व्यवस्था विभागले सिन्डिकोटको पक्ष लिँदै शुक्रबार गाडी नचलाउने व्यवसायीको इजाजत (पर्मिट) आजै खारेज गरिने बताएको छ।,विभागका महानिर्देशक रूपनारायण भट्टराईले विभिन्न जिल्लाबाट गाडी नचलाउनेको तथ्यांक संकलन भइरहेको र आजै विभागको बैठक बसी पर्मिट खारेज गरिने बताए।,‘हामीले प्रशासन र प्रहरीबाट गाडी नच... |
भगवती पाण्डे पश्चिम नेपाल बस व्यवसायी संघका उपाध्यक्ष जीवन कुमार बन्जाडे र महासचिव पदमराज गहालाई प्रहरीले नियन्त्रणमा लिएको छ।,सिन्डिकेट हटाउने सरकारको निर्णयबिरुद्ध आन्दोलित नेपाल लोकतान्त्रिक यातायात व्यवसायी महासंघका केन्द्रीय सदस्य बन्जाडे र महासचिव गाहालाई रूपन्देही प्रहरीले नियन्त्रणमा लिएको हो।,व्यवसायीले सार्व... |
बिबिसी जब कोही बौद्धिक मान्छेको निधन हुन्छ, तब संसारले मुख्य रूपमा दुइटा कुरा गुमाउँछ।,पहिलो, उनीहरूको जीवन।,दोस्रो, उनीहरूले गरेका काम।,महान् वैज्ञानिक स्टेभन हकिङको मृत्युमा पनि यी दुवै अनुभूति भए। हकिङले जाँदाजाँदै छाडेर गएको ‘उपहार’ ले भने केही हदसम्म यी दुःखमा मल्हम लगाएको छ।,उनले छाडेको उपहार हो, उनको अन्तिम शोध... |
सेतोपाटी संवाददाता ईलाका प्रहरी कार्यालय तुलसीपुरले बस सेवा बन्द गरेका केही समितिका पदाधिकारीलाई प्रहरी पक्राउ गर्ने भए पनि उनीहरू आफैं प्रहरी कार्यालय गएका छन्।,ईप्रका प्रमुख प्रकाश सापकोटाका अनुसार केही व्यवसायीहरु अहिले आफैं प्रहरीका कार्यालयमा उपस्थित भएका छन्।,‘अन्यलाई पनि फोन गरिरहेका छौं र ईप्रका आउन भनेका छौं,... |
दीपकजंग शाही गर्भवती मृत्यु भएपछि मध्यपश्चिमाञ्चल क्षेत्रीय अस्पताल सुर्खेतको स्थिति तनावपूर्ण भएको छ।,कालिकोटको महावै गाउँपालिका(३ सिमखेतकी मनपषा सिहंको उपचारका क्रममा शुक्रबार मृत्यु भएको हो।,३१ वर्षीया मनिषालाई उपचारका लागि बिहीबार सुर्खेत ल्याइएको थियो। मनिषा र उनको पेटमा भएको बच्चाकोसमेत मृत्यु भएपछि आफन्तहरूले अ... |
सेतोपाटी संवाददाता सिन्डिकेट हटाउने सरकारी निर्णयको विरोध गर्दै शुक्रबार देशभरि सार्वजनिक यातायात नचलाएका व्यवसायीले पूर्वमा ठप्प पारेको यातायात सुरक्षाकर्मीले चलाएका छन्।,नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको आन्दोलनको प्रभाब शुक्रबार बिहानदेखि नै पूर्वमा देखिएको थियो ।,बन्दको समर्थन गर्दै अधिकांश सार्वजनिक याताय... |
रासस सरकारले गत चैत १८ गते जारी गरेको यातायात निर्देशिका खारेजीको माग गर्दै यातायात सञ्चालन अवरुद्ध पारेका झापाका सात यातायात व्यवसायी पक्राउ परेका छन् ।,पक्राउ पर्नेमा मेची बस व्यवसायी संघका अध्यक्ष मोहनप्रसाद उप्रेती, हिमाल यातायात संघका कार्यबाहक अध्यक्ष भूपाल ओली, सगरमाथा यातायात प्रालिका अध्यक्ष खगेन्द्र उप्रेती,... |
सेतोपाटी संवाददाता पूर्वराजा ज्ञानेन्द्र शाहले काठमाडौंको बाँसबारीस्थित न्यूरो अस्पतालमा उपचाररत न्यूरो सर्जन डा. उपेन्द्र देवकोटाको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन् ।,पूर्व राजा ज्ञानेन्द्रले शुक्रबार बिहान डा. देवकोटालाई टेलिफोन गरी उनको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका हुन्।,ज्ञानेन्द्रले डा. देवकोटालाई शीघ... |
रासस रातो मछिन्द्रनाथको गुठीलाई पशुपतिनाथको गुठी पछिको नेपालको दोस्रो धेरै सम्पति भएको गुठी मानिए पनि गुठीका नाममा कति सम्पत्ति छ भन्ने अहिलेसम्म यकिन हुनसकेको छैन ।,गुठीको जग्गा संरक्षण र रातो मछिन्द्रनाथको जात्रा सञ्चालनको जिम्मेवार निकाय गुठी संस्थान ललितपुर शाखा यसबारे अनभिज्ञ छ ।,जिल्लाका साविक ४१ गाविसमध्ये आधा ... |
दिपकजंग शाही गर्भवती महिलाको मृत्यु भएपछि मध्यपश्चिमाञ्चल क्षेत्रीय अस्पताल सुर्खेतमा तनाव उत्पन्न भएको छ । कालिकोटको महावै गाउँपालिका ३ सिमखेतकी मनपषा सिहंको शुक्रबार मृत्यु भएको हो ।,३१ बर्षीय मनिषालाई उपचारका लागि बिहिबार सुर्खेत ल्याईएको थियो । उनलाई शनिबार बिहान मृत घोषणा गरिएको हो ।,उनको मृत्यु भएपछि अाफन्तहरूले... |
सेतोपाटी संवाददाता सरकारले बन्द हड्तालको नाममा सवारी साधन नचलाउने यातायात समितिको रुट परमिट आजैदेखि निलम्बन गर्ने भएको छ।,गृह मन्त्रालय, यातायात व्यवस्था विभाग र नेपाल प्रहरीको संयुक्त बैठकले आजैदेखि सवारी साधन नचलाउने बसको रुट इजाजत निलम्बन गर्ने निर्णय भएको यातायात व्यवस्था विभागका महानिर्देशक रूपनारायण भट्टराईले जा... |
सेतोपाटी संवाददाता सरकारले बन्द हड्तालको नाममा सवारी साधन नचलाउने काठमाडौंका २६ वटा माइक्रो बसको रूट इजाजत खारेज भएको छ।,सिनामंगल-रत्नपार्क र रत्नपार्क-नयाँ बसपार्क चल्ने बिभिन्न समितिका २६ वटा माइक्रो बसको रूट इजाजत खारेज भएको यातायात व्यवस्था विभागका प्रवक्ता तुलसीराम अर्यालले सेतोपाटीलाई जानकारी दिए।,गृह मन्त्रालय,... |
सेतोपाटी संवाददाता दक्षिणकाली नगरपालिकाले दक्षिणकाली-रत्नपार्क रुटमा १४ वटा नयाँ बस चलाउन थालेको छ। नगरपालिकाले संयोजनमा शुक्रबार साँझदेखि बस चल्न थालेका हुन्।,बल्खुमा काठमाडौं- १० का सांसद राजन केसी र दक्षिणकालीका मेयर मोहन बस्नेतले बस सेवाको उद्घाटन गरे।,नगरपालिकाले अग्रसरता लिएर सो क्षेत्रका यातायात व्यवसायीसँग म... |
रासस जिल्ला अदालत मोरङमा सुनको तस्करी प्रकरण र सनम शाक्यको हत्याका सम्बन्धमा आज पाँच जनासँग बयान लिइएको छ ।,जिल्ला अदालतका न्यायाधीश नारायण शर्मासमक्ष बिहीबारदेखि शुरु भएको छ जनाको बयानमध्ये आज पाँच जनाको बयान सकिएको र एक जनाको आइतबार बयान लिइने स्रेस्तेदार नवराज दुलालले बताए। आज बयान दिनेमा टेकराज मल्ल ठकुरी, लाक्पा ... |
गिरीश गिरी नेपाल र जापानमा अहिले एउटा कुरा समान छ– यी दुवै देशका यातायात व्यवसायी हड्तालमा छन्। हड्तालको प्रकृति भने फरक छ।,यता नेपालमा यात्रुको आवतजावत प्रभावित भएका बेला उता जापानको अवस्था कस्तो होला?,‘जापान टुडे’ अखबारका अनुसार पश्चिमी जापानको ओकायामा सहरमा लामो समयदेखि सार्वजनिक बस चलाउँदै आएको ‘रियोबी ग्रुप’ का ब... |
सेतोपाटी संवादादता नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले शुक्रबार गरेको देशब्यापी चक्काजाम शनिबारबाट हटाउने निर्णय गरे सँगै यातायात नियमित भएको छ।,शुक्रबार साँझ एक विज्ञप्ति प्रकाशन गर्दै आफ्नो आन्दोलन कार्यक्रम सफल भएको दाबी गर्दै शनिबारदेखि नियमित यातायात सुचारू हुने बताएको हो।,यातायात व्यवसायी महासंघ संयुक्त आन... |
नारायण महर्जन नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले गरेको चक्काजामविरुद्ध कम्पनीमा आबद्ध सवारीसाधन देशैभर सञ्चालनमा आएका छन्। व्यवसायीको सिन्डिकेटबाट नझुकी दर्जनौं कम्पनीले यात्रुहरुलाई सेवा दिइरहेका छन्। यात्रुहरू पनि केही समस्या भए पनि सिन्डिकेटविरूद्ध सरकारले चालेको कदमको प्रसंशा गरिरेका छन्।,सेतोपाटीले शुक्रबा... |
सेतोपाटी सम्वाददाता बिप्लव नेतृत्वको नेकपाद्धारा आब्हान गरिएको नेपाल बन्दको प्रभाव बुटवलमा बिहानैदेखि परेको छ।,शुक्रबार यातायात व्यवसायीको आन्दोलनका कारण सडकमा अलपत्र यात्रुलाई आजको बन्दले झनै सास्ती दिएको छ।,आफ्ना नेता तथा कार्यकर्तालाई सरकारले गिरफ्तार तथा धरपकड गरेको बिरोधमा नेकपाले बन्द आब्हान गरेको जनाएको छ। बन्द... |
नारायण खड्का काठमाडौंबाट दाङ आउँदै गरेको एउटा यात्रुबहाक बसमा पेट्रोल बम प्रहार भएको छ ।,अज्ञात समूहले कपिलबस्तुको गोरूसिङ्गे र चार नम्वरको विचमा पर्ने बन्गैं भन्ने स्थानमा शनिबार बिहान पेट्रोल बम प्रहार गरेको थियो। रा ६ ख ३९७० नम्वरको मालिका कालिका प्रालिको बसमा शनिबार बिहान ५ बजेतिर पेट्रोल प्रहार भएको प्रालिका अध्य... |
सेतोपाटी संवाददाता ३३ किलो सुन प्रकरणमा फरार रहेका प्रहरी हवल्दार पक्राउ परेका छन्।,प्रहरी हवल्दार अमर भन्ने अम्बर बहादुर थापा मगरलाई शुक्रबार साँझ जिल्ला प्रहरी कार्यालय मोरङले पक्राउ गरेको हो।,प्रहरीले थापालाई आइतबार जिल्ला अदालत मोरङमा उपस्थित गराउँदै छ।,मोरङ प्रहरीले विभिन्न चारवटा अपराधमा ६३ जना विरुद्ध जिल्ला अद... |
रासस यातायात समितिलाई कम्पनीमा दर्ता गर्ने र सवारी साधन सञ्चालन गर्ने लिखित प्रतिबद्धता जनाएपछि पक्राउ परेका यातायात व्यवसायी रिहा भएका छन् ।,सिन्डिकेटको माग गर्दै यातायात बन्द गर्ने पूर्व नेपाल यातायात व्यवसायी संघ र कोशी बस व्यवसायी संघआबद्ध तीन व्यवसायीलाई आज बिहान प्रहरीले पक्राउ गरेको थियो । पूर्व नेपाल यातायात व... |
नारायण खड्का दाङमा सिण्डिकेट खारेजीको विरोधमा यातायात हड्तालमा उत्रिएको भन्दै पक्राउ गरिएका सबै कर्मचारी रिहा भएका छन्।,दाङ प्रहरीले जिल्लाको विभिन्न स्थानबाट शुक्रबार रातिसम्म सात जनालाई पक्राउ गरेको थियो। उनीहरूलाई अबदेखि यातायात बन्द गर्ने छैनौं भन्ने कबुलियतनामा कागज गराएर रिहा गरिएको जिल्ला प्रहरी कार्यालय दाङकी ... |
सेतोपाटी संवाददाता काठमाडौंको बसुन्धरामा दुर्घटनामा परेको जीप चेक गर्दा पेस्तोल भेटिएको छ।,बा ३ च १६९४ नम्बरको जीप चेक गर्ने क्रममा गाडीको अगाडिको सिट मुनी मेड इन अमेरिकन अटो पेस्तोल, म्यागजिन र ३ राउण्ड बरामद भएको हो।,राती सवा ११ बजे सो कारले बा ४० प ५६६५ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो । मोटरसाइकल चालक स्याङजा... |
सेतोपाटी संवाददाता केरूङ–काठमाडौं रेलमार्गको सम्भाव्यता अध्ययन गर्ने कम्पनी नियुक्त भएको छ।,नेपाल र चीनका अधिकारीबीच गत साता बेङजिङमा रेलमार्गको सम्भाव्यता अध्ययन गर्ने सहमति भएसँगै सम्भाव्यता अध्ययन गर्ने कम्पनी छानिएको हो।,चिनियाँ पक्षले सम्भाव्यता अध्ययन गर्न चाइना रेलवे फर्स्ट सर्भे एन्ड डिजाइन इन्स्टिच्युटलाई निय... |
सेतोपाटी संवाददाता जिल्ला अस्पताल प्युठानमा एक सुत्केरी महिलाको मृत्यु भएपछि आफन्त र स्थानीयले विरोध प्रदर्शन गरेका छन्।,चिकित्सकको लापरवाहीले मृत्यु भएको भन्दै विरोध प्रदर्शन भएपछि बिहानैदेखि अस्पताल परिसर तनावग्रस्त बनेको हो ।,मंगलबार बिहान सुत्केरी व्यथा लागेपछि भर्ना हुन अस्पताल आएकी उनको सामान्य अवस्थामा सुत्केरी... |
सेतोपाटी संवाददाता ललितपुरको गोदावरी नगरपालिकाकी उपमेयर मुना अधिकारीलाई श्रीमानले कुटपिट गरेका छन्।,मंगलबार राति साढे १० बजे श्रीमानले कुटपिट गरेपछि अधिकारीले प्रहरीको आपतकालीन् नम्बर १०० मा फोन गरेकी थिइन्। फोन आएपछि प्रहरी उनीहरू ठेगाना खोज्दै टौखेल पुगेको थियो।,सातदोबाटो प्रहरी वृत्तको टोलीले कुटपिट गर्ने श्रीमान्... |
दिपकजंग शाही ,डेढ वर्षअघि ६ महिने अनमोल शाहीको पास्नी (भात खुवाई) थियो। ‘पास्नी’ कै दिन बाबुको हातबाट भात खाएर उनको पास्नी उद्घाटन गरेदेखि अनमोल बिरामी परे। उनलाई पखालाले सतायो।,उपचारका लागि मध्यपश्चिमाञ्चल क्षेत्रीय अस्पताल कालागाउँ लगियो। चिकित्सकहरु उपचारमा सहभागी भए तर सफल भएनन्। उनको शरीरका कुनै पनि ठाउँमा घोचिए... |
सुजिता कार्की बाराको चुरियामाईमा आज बिहान विद्यार्थी बोकेको बस दुर्घटना हुँदा ४० विद्यार्थी घाइते भएका छन्।,झापाबाट स्कूले विद्यार्थी बोकेर आएको मे१ख २४२९ नंको मकालु बसलाई ना५ख ३५८२ नंको ट्रकले ठक्कर दिँदा बसमा रहेका विद्यार्थी र शिक्षक गरी ४० जना घाइते भएका मकवापनुर जिल्ला प्रहरी कार्यालयका निमित्त प्रहरी प्रमुख दिली... |
सुजिता कार्की भूकम्पको तीन वर्ष बित्दा पनि विश्व सम्पदा सूचीमा सूचीकृत हनुमानढोका दरबार क्षेत्रका दर्जनौं सम्पदाको पुनर्निर्माण सुरू हुन सकेको छैन ।,पुनर्निर्माण सुरू भएका गद्दी बैठक नौतले दरबारलगायत सम्पदाको काम पनि सुस्त गतिमा भइरहेको छ। सम्पदा पुनर्निर्माण नहुँदा विदेशी पर्यटक आउन कम भएको पर्यटन व्यवसायीको भनाइ छ।,... |
सिएनएन प्रत्येक वर्ष संसारभर ७० लाख मान्छेको प्रदूषणका कारण मृत्यु भइरहेको विश्व स्वास्थ्य संगठनले जनाएको छ। संगठनले हालै सार्वजनिक गरेको रिपोर्टअनुसार प्रत्येक दस जनामा ९ जनाले प्रदूषित सास फेरिरहेका छन्।,संगठनले १०८ देशका ४ हजार तीन सयभन्दा बढी सहरमा गरेको अध्ययनले यो नतिजा निकालेको हो।,‘विश्वका धेरै ठाउँमा प्रदूषणस... |
सेतोपाटी संवाददाता श्रीमानले पिटेको भन्दै प्रहरीलाई खबर गरेकी गोदवरी नगरपालिकाकी उपमेयर मुना अधिकारी मिलापत्र गरेर घर फर्किएकी छन्।,मंगलबार राति श्रीमानले पिटेको भन्दै अधिकारीले प्रहरीको आपतकालीन नम्बर १०० मा फोन गरेकी थिइन्।,अधिकारीको फोनपछि सातदोबाटो प्रहरी वृत्तको टोली टौखेल पुगेको थियो। राति साढे १० बजे प्रहरीले अ... |
सेतोपाटी संवाददाता ठूलो परिमाणमा अवैध लागूऔषधसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ।,नेपाल प्रहरीको लागूऔषध नियन्त्रण ब्यूरोले कलंकीबाट ३ हजार एम्पुल अवैध लागूऔषधसहित रामेछाप लिखु गाँउपालिका १ का ३२ वर्षीय केशव पौडेललाई पक्राउ गरेको हो।,पौडेललाई बुधबार कलंकीको बाबा पेट्रोल पम्प छेउबाट एक हजार एम्पुल डाइजेपाम,एक हजार ए... |
सेतोपाटी संवाददाता निजी विद्यालयले विद्यार्थी भर्ना र मासिक शुल्कमा मनपर्दी गरेको भन्दै आन्दोलनमा उत्रिएका विद्यार्थी संघसंगठनले बुधबार प्याब्सन र एनप्याब्सनको कार्यालयमा ताला लगाएका छन्।,डिल्लीबजारमा रहेको प्याब्सनको कार्यालय, कुपण्डोलमा रहेको एनप्याब्सनको कार्यालय र देशैभरका प्याब्सन, एनप्याब्सनको कार्यालयमा शुल्क व... |
नारायण खड्का दाङको तुलसीपुरमा उपचारका क्रममा एक जना बिरामीको मृत्यु भएपछि मेडिकल सञ्चालक र उपचारमा सम्लग्न व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ।,तुलसीपुरस्थित ज्योति मेडिकलमा उपचारका क्रममा तुलसीपुर उपमहानगरपालिका वडा नं. ७ निवासी ४० वर्षीया प्रेमा कुमालको मृत्यु भएपछि प्रहरीले पीडितको जाहेरीको आधारमा मेडिकल सञ्चालक र उ... |
सबिना श्रेष्ठ नौ महिनाअघिको कुरा हो।,काष्ठमण्डप पुनर्निर्माण अभियान सुरु भइसकेको थियो। राष्ट्रिय पुनर्निर्माण प्राधिकरण, पुरातत्व विभाग, महानगरपालिका र काष्ठमण्डप पुनर्निर्माण अभियानबीच भएको चारपक्षीय सम्झौताअनुसार काम सुरु हुन लागेको थियो।,त्यही बेला नवनिर्वाचित मेयर विद्यासुन्दर शाक्य ‘आफैं पुनर्निर्माण गर्छु’ भन्दै... |
सुजिता कार्की अवैध २० लाख रुपैयाँसहित प्रहरीले एक व्यवसायीलाई पक्राउ गरेको छ।,महानगरीय प्रहरी वृत्त कालिमाटीको प्रहरी टोलीले सोल्टीमोडबाट चितवनका रमेश सापकोटालाई पक्राउ गरेको हो।,बा १३ च ५६०२ नम्बरको गाडीमा चेकजाँच गर्ने क्रममा उनको साथबाट २० लाख रुपैयाँ स्रोत नखुलेको अवस्थामा पक्राउ परेको काठमाडौं प्रहरीले जनाएको छ।,... |
नारायण महर्जन अफगानिस्तानको काबुलमा आत्मघाती बम हमलाबाट मारिएका पत्रकारहरुको सम्झनामा नेपाल पत्रकार महासंघ र फोटो जर्नलिष्ट क्लब नेपालको संयुक्त आयोजनामा बुधबार काठमाडौंको माइतीघर मण्डलामा दीप प्रज्वलन गरेको छ।,दीप प्रज्वलन कार्यक्रममा नेपाल पत्रकार महासंघका केन्द्रीय अध्यक्ष गोविन्द आचार्य र पदाधिकारीहरु, पूर्व अध्यक... |
सेतोपाटी संवाददाता भारतको बिहार र उत्तर प्रदेशमा बनेको न्यूनचापीय रेखाका कारण केही दिनयता नेपालभरिको मौसम बदलिएको छ।,शुक्रबारदेखि सुरु भएको पानी पर्ने क्रम अझै रोकिएको छैन। अझै केही दिन पानी परिरहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।,‘हामीले तीन दिनसम्मको अनुमान गर्छौं, तीन दिनसम्म देशभरि नै हल्काफुल्का वर्षा... |
सेतोपाटी संवाददाता पूर्व मनसुनी वर्षा ‘प्री–मनसुनी’सक्रिय भएसँगै बाहिरी वायुको प्रभावका कारण एक सातादेखि नेपालमा मनसुनी गतिविधि बढेको छ।,प्री–मनसुनसँगै बंगालको खाडीबाट आएको जलवास्पयुक्त हावा र पश्चिमी वायुको प्रभावले नेपालमा बदली र वर्षा गराएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। मनसुनी गतिविधिले केही दिनयता केही समय... |
सेतोपाटी संवाददाता बर्षा र सहकालका देवता मानिने रातो मच्छिन्द्रनाथको रथ तान्नका लागि बैशाख २७ गतेको शुभसाईत निकालिएको छ। यो सँगै ३० गते आइतबार भोटो देखाइने भएको छ।,ललितपुरको पुल्चोकबाट तानिएको मच्छिन्द्रनाथको रथलाई अहिले लगनखेल राखिएको छ। लगनखेलबाट जावलाखेल रथ तान्नका लागि विशेष विधिपुर्वक शुभसाईत हेर्ने चलन अनुसार जो... |
नारायण खड्का दाङमा रहेका विभिन्न यातायात समितिहरूले आजैदेखि गाडी सञ्चालनमा रोक लगाएका छन्।,सिण्डिकेट पक्षधर मानिएका समितिका कतिपय काउन्टर खुलेकै छैनन् भने खोलिएका काउण्टरमा टिकट काट्ने कर्मचारी पनि छैनन्। कर्मचारी भएकाहरूले पनि गाडी छैन भन्दै टिकट काटेका छैनन्।,सरकारले आगामी असारदेखि समितिहरू नविकरण नगर्ने तथा समित... |
नारायण खड्का यातायात समितिहरू सरकारको नीति विपरीत अटेरी गर्दै आन्दोलनमा उत्रिए कारवाही गर्ने स्थानीय प्रशासनले चेतावनी दिएको छ।,दाङका प्रमुख जिल्ला अधिकारी गजेन्द्रबहादुर श्रेष्ठले राज्यको नीति विपरीत चल्न खोज्ने यातायात समितिलाई कारवाही गर्ने चेतावनी दिएका छन्।,यो समस्या दाङमा मात्र नभई देशैभर भएकोले माथिको आदेश पर्ख... |
सेतोपाटी संवाददाता सिन्धुपाल्चोक जिल्लाको इन्द्रावती नदीबाट अनधिकृत रूपमा गिट्टी बालुवा उत्खनन भइरहेको छ।,जिल्ला समन्वय समितिले टेण्डर खोलेर नदीजन्य पदार्थको निकासीलाई अनुमति दिएको इन्द्रावती र सुनकोशी नदीबाट जिससको र सम्बन्धित नगरपालिकाको मिलेमतोमा ठेकेदारले अवैधरुपमा गिट्टी बालुवा उत्खनन गर्ने गरेका छन्।,मेलम्ची नगर... |
सेतोपाटी संवाददाता जाजरकोटको भेरी नगरपालिका तीन महिनादेखि नायब सुब्बाको भरमा सञ्चालन भइरहेको छ। आफू भन्दा कनिष्ठ कर्मचारी कार्यालयको कार्यकारी प्रमुख अर्थात् हाकिम भएपछि अधिकृतस्तरका कर्मचारीले काम गर्न असहज महसुस भएको बताएका छन्।,नगरपालिका मातहत विभिन्न विषयगत निकायमा कार्यरत सातजना अधिकृतस्तरका कर्मचारी छन्। ती अधिक... |
रासस पूर्वी नवलपरासीको पहाडी बुलिङटार गाउँपालिकाले गुणस्तरीय शिक्षाका लागि शिक्षकले पाउँदै आएको सेवा सुविधा समेत रोक्का गर्ने रणनीति बनाएको छ।,यस वर्ष कक्षा ८ को परीक्षामा शून्य दशमलव ४ प्रतिशत मात्र विद्यार्थी पास भएपछि शिक्षा क्षेत्रको सुधारका लागि यस्तो रणनीति बनाएको गाउँपालिकाले जनाएको छ।,शिक्षा क्षेत्रको सुधारका ... |
सेतोपाटी संवाददाता काठमाडौं प्रहरीले २५ हजार लिटर घरेलु मदिरा नष्ट गरेको छ।,महानगरीय प्रहरी परिसर काठमाडौंले बिहिबार बरामद भएको २५ हजार लिटर तयारी घरेलु मदिरा र ४ हजार किलो मदिरा बनाउने कच्चा पदार्थ नष्ट गरेको हो।,प्रहरीले गत वैशाख १ गते यता विभिन्न मितिमा बरामद गरेको घरेलु मदिरा नष्ट गरेको हो।,घरेलु मदिराका कारण समाज... |
सागरराज तिमल्सिना स्याङ्जा पुतलीबजार नगरपालिकाकी मेयर सीमाकुमारी क्षेत्रीले पोखराको फेवातालमा हाम फालेर आत्महत्याको प्रयास गरेकी छन्।,प्रत्यक्षदर्शीका अनुसार आफू चढ्ने गाडी फेवाताल किनारमा राखेर बिहिबार साँझ करिब ४ बजेतिर उनी फेवा तालमा हाम फालेकी हुन्। उनी हाम फालेको देख्ने बित्तिकै किनारमै रहेका एक विदेशी पर्यटकले प... |
निशा भण्डारी नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले सरकारबाट विसं २०७४ चैत १८ मा जारी गरेको यातायात निर्देशिका खारेजीको माग गर्दै यातायात सञ्चालनमा रोक लगाएको छ ।,महासंघले व्यवसायीसँग छलफल नगरी सरकारले यातायात निर्देशिका जारी गरेको भन्दै आज देशभरका यातायात सञ्चालनमा रोक लगाएपछि उपत्यकालगायत देशभरको जनजीवन प्रभावित ... |
भगवती पाण्डे ,सिण्डिकेट तोड्ने सरकारी निर्णयका विरुद्ध चरणबद्ध आन्दोलनको घोषणा गरेका यातायात व्यवसायीको सवारी साधन नचलाउने निर्णयको रुपन्देहीमा पनि बिहानैदेखि प्रभाव परेको छ ।,व्यवसायीले शुक्रबारदेखि सार्वजनिक सवारी साधन नचलाएर ग्यारेजमा थन्क्याएर आन्दोलनमा उत्रिएका छन्। सार्वजनिक सवारीका साधन ठप्प भएपछि विहानैदेखि स... |
सेतोपाटी संवाददाता ,पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले बिहिबार न्यूरो अस्पतालमा उपचारत डा. उपेन्द्र देवकोटालाई भेट गरी स्वास्थ्य लाभको कामना गरेका छन्।,भट्टराई आफ्ना बाल्यकालका साथी तथा सहपाठी देवकोटाको स्वास्थ्य अवस्था बुझ्न बाँसबारीस्थित न्यूरो अस्पताल पुगेका थिए।,डा.देवकोटा नेता भट्टराईका बाल्यकाल देखिका साथ... |
डिल्ली पाण्डे टेकराज मल्ल २०६२ सालतिर काभ्रेपलान्चोक देउपुर मन्डनबाट काठमाडौं आए ।,काठमाडौंमा उनका काकाको घर थियो। २ महिनासम्म काकाको घरमा बसेका उनी पछि कोठा खोज्न निस्किए।,१२ वर्ष बित्यो। यो १२ वर्षमा मल्लको जिन्दगीमा निकै उतारचढाव आए।,काकाको आश्रयबाट छुट्टिएपछि उनलाई बिहान बेलुकाको छाक टार्न र कोठा भाडा तिर्न धौधौ थ... |
सेतोपाटी संवाददाता सिन्डिकेट खारेज गर्ने सरकारी निर्णयको विरोधमा यातायात व्यवसायीले आज देशभरि सार्वजनिक यातायात बन्द गरेका छन्।,केही नयाँ कम्पनीले गाडी चलाए पनि धेरै गाडी चलेका छैनन्। काठमाडौं उपत्यकासहित देशभरि सवारी नचलेपछि यात्रुहरू मर्कामा परेका छन्।,विभिन्न जिल्लाका प्रमुख जिल्ला अधिकारीले गाडी नचलाउने यातायात व्... |
नारायण महर्जन सिन्डिकेट पक्षधर यातायात व्यवसायीले सवारी नचलाउने घोषणा गरे पनि कम्पनीमा दर्तावालहरु सवारीहरू सडकमा शुक्रबार बिहानैदेखि निर्वाध चलेका छन्।,अन्य निजी सवारी साधनहरुले पनि सिन्डिकेटविरुद्धको अभियानमा साथ दिइरहेका छन् । कम्पनीवालहरुले उपत्यकाभित्र र बाहिर सेवा दिन थालेका हुन् ।,बिहान रुटका नियमित गाडी नचलेपछ... |
भगवती पाण्डे नारायणगढमा रहेका आफन्त भेट्न दिल्लीका नितेस मेहता शुक्रबार बिहानै बुटवल आईपुगे। पाँचजना साथीसँगै बिहीबार डिलक्स बसमा यात्रा शुरू गरेका मेहताले दिल्लीदेखि नारायणगढ सम्मको १६ सय भारतीय रूपैया अग्रिम बुझाईसकेका थिए।,सिण्डिकेट तोड्ने सरकारी निर्णयविरुद्ध चरणबद्ध आन्दोलनमा रहेका यातायात व्यवसायीको सवारी साधन ब... |
सेतोपाटी संवाददाता भूकम्पपछि पुनर्निर्माणको कार्य सुरू गरिएको गोरखाको मनकामना मन्दिरमा गजुर राखिएको छ।,क्षमापूजा गरी साइत हेराएर सोमबार मन्दिरमा गजुर राखिएको मन्दिर जीर्णोद्धार समितिका संयोजक नरेन्द्रबाबु श्रेष्ठले जानकारी दिए।,पुरानै मन्दिरको गजुरलाई ४० लाख खर्च गरी मर्मत गरिएको हो।,सरकार र भक्तजनको सहयोगले मन्दिर पु... |
नारायण महर्जन आज २५ सय ६२ औँ बुद्धजयन्ती । शान्तिका अग्रदूत गौतम बुद्धको सम्झना गरी मनाइएको छ।,शान्तिका अग्रदूत गौतम बुद्धको सम्झनामा सोमबार नेपालका साथै विश्वका विभिन्न मुलुकमा बुद्ध जयन्ती मनाइएको छ। बुद्ध धर्मावलम्बीहरूले भगवान बुद्धको पूजाआराधना गरी बुद्ध जयन्ती मनाएका हुन् ।,२५ सय ६२ औँ बुद्ध जयन्तीका अवसरमा बुद... |
सुजिता कार्की बीचमै कक्षा छाड्ने र विद्यालयको घेराभन्दा बाहिर रहेका बालबालिकालाई दिवा खाजाको व्यवस्था गरिएको छ।,कालिका आधारभूत विद्यालयमा पठनपाठन गर्ने विद्यार्थीलाई रिब्दिकोट गाउँपालिकाले निःशुल्क रूपमा दिवा खाजाको सुरूवात गरेको हो। यहाँ रहेका ११६ जना विद्यार्थीलाई एक वर्षसम्मको लागि निःशुल्करूपमा गाउँपालिकाले दिवा ख... |
भानुभक्त अफगानिस्तानको राजधानी काबुलको मध्य भागमा पर्ने एक नगरमा सोमबार बिहान भएको बम विस्फोटमा परी २३ जनाको मृत्यु भएको छ।,मध्य काबुलको सो जिल्लामा भएको आत्मघाती बम हमलामा परी अरु २७ जना गम्भीर घाइते भएका बताइएको छ।,सो विस्फोटमा आत्मघाती पनि दुई जना मारिएका छन्। उनीहरुको पहिचान खुलेको छैन। सोमबार बिहान दुई जना आत्मघा... |
सेतोपाटी संवाददाता मोरङको सुन्दरहरैचा नगरपालिका ७ गोठगाउँमा माइक्रो दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने १० जना घाइते भएका छन्।,मोरङ प्रहरीका अनुसार काँकडभिट्टाबाट काठमाडौंतर्फ आउँदै गरेकोे बा ४ ख ६९१९ नम्बरको माइक्रो सोमबार बिहान अनियन्त्रित भई दुर्घटना भएको हो।,दुर्घटनमा झापा भद्रपुर नगरपालिका १५ का ५२ वर्षीया... |
सुजिता कार्की सर्वोच्च अदालतले आइतबार फेवाताल अतिक्रमण गरेर निर्माण गरिएका संरचना भत्काउन सरकारका नाममा आदेश जारी गरेसँगै २०६९ साल जेठ ३ गते सरकारलाई बुझाइएको प्रतिवेदन कार्यान्वयनतर्फ जाने भएको छ।,तत्कालीन प्रधानमन्त्री बाबुराम भट्टराईको पालामा २०६९ सालमा फेवातालको अतिक्रमण भएको जग्गा छानबिन गर्न विश्वप्रकाश लामिछाने... |
सुजिता कार्की स्थानीय तहलाई समन्वय र अनुगमनको अधिकार पाएको जिल्ला समन्वय समितिका प्रमुखहरूबाट नियमनको पनि अधिकार पाउनुपर्ने आवाज आउन थालेको छ।,नेपालको संविधानमा जिल्ला समन्वय समितिलाई संघीय र प्रदेश सरकारी कार्यालय, गाउँपालिका र नगरपालिकाबीच समन्वय गर्ने अधिकार दिइएको छ।,साविकको जिल्ला विकास समिति (जिसस) लाई समन्वय सम... |
सेतोपाटी संवाददाता दाङमा मोटरसाइकलको ठक्करबाट एक जना महिलाको मृत्यु भएको छ।,तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १७ मानपुर निवासी ५९ वर्षीया विष्णु विश्वकर्माको सोमबार दिउँसो मोटरसाइकलको ठक्करबाट मृत्यु भएको हो।,जिल्ला प्रहरी कार्यालय दाङका अनुसार घोराहीबाट तुलसीपुरतर्फ आउँदै गरेको रा १ प ४९९० नम्बरको मोटरसाइकलले विश्वकर... |
गिरीश गिरी आफ्नो सिर्जनाका माध्यमबाट लामो समयदेखि नेपालका आवाजविहीनलाई आवाज दिँदै आएकी बेलायती कलाकार ज्यान स्याल्टरको निधन भएको छ।,बेलायतको लाइम रेगिसस्थित आफ्नै घरमा सुतिरहेकै अवस्थामा ८२ वर्षीया स्याल्टरको शनिबार निधन भएको हो। आधा दशकभन्दा लामो समयको नेपाल बसोबासपछि उनी गत वर्ष मात्र स्वदेश फिरेकी थिइन्।,उनले नेपाल... |
सेताेपाटी संवाददाता साढे ३३ किलो सुन काण्डमा बयानको लागि छानबिन समितिले एसएसपी दिवेश लोहनीलाई पत्र काटेको छ।,घटनाको अनुसन्धान गर्न गठित समितिले उनलाई बयानका लागि जिल्ला प्रहरी कार्यालय, मोरङ बोलाएको छ। एसएसपी लोहनी बुधबार बिहान विराटनगर जादैछन्।,सरकारले गठन गरेको उच्चस्तरीय छानबिन समितले ३३ केजी सुन प्रकरणमा ६ जना प्र... |
चन्द्र काफ्ले ‘अन्नवाली सप्रियोस, रोगव्याधि नलागोस, प्राकृतिक विपत्ति नपरोस्’ भन्ने कामनाका साथ किराँत समूदायको साकेल उभौली पर्व सोमबारबाट मनाउन सुरु गरेका हुन । भूमी, पितृ र अन्नको पूजाआजा गरी यो पर्व मनाउने गरिन्छ । यसै अवसरमा काठमाडौंमा रहेका किराँत समुदायले सोमबार ललितपुरमा एक कार्यक्रमको आयोजना गरेका छन । यस वर्ष... |
नारायण खड्का पति पत्नी दुबैजना उनीहरूकै शब्दमा पूर्व ‘जनमुक्ति सेना’ हुन्। उनीहरूले २०६३ साल असारमा पार्टीकै नीति अनुरूप पोखरामा जनवादी बिहे गरे।,पतिको टाउको र देव्रे खुट्टामा अझै बमको छर्रा छन्। पत्नीको काँधदेखि थोरै मुन्तिर ‘युद्ध मैदान’ मै गोलि लागेको ठूलो खत पुरिदैँ छ।उनीहरूका ती घाउ बेलाबेला बल्झिन्छन्। जाडो समयम... |
शोभा शर्मा सुनबहादुर तामाङ नुवाकोटको दुप्चेश्वर-१ का वडाअध्यक्ष हुन् तर उनी अहिले केन्द्रीय कारागारमा छन्।,कुनै मुद्दा धरौटीमा रिहा भएका कुनैमा बन्दीप्रत्यक्षीकरणबाट छुटेका उनी चेलीबेटी बेचबिखनको चौथो मुद्दामा सजाय पाएपछि जेल परेका हुन्।,यसअघि उनी चेलीबेटी बेचबिखनकै दुई वटा मुद्दामा धरौटीमा रिहा भएका थिए भने एउटामा सर... |
नारायण महर्जन २५ सय ६२ औँ बुद्धजयन्ती सोमबार राजधानीसहित मुलुकका विभिन्न भागमा शान्तिका अग्रदूत गौतम बुद्धको सम्झना गरी मनाइएको छ।,शान्तिका अग्रदूत गौतम बुद्धको सम्झनामा सोमबार नेपालका साथै विश्वका विभिन्न मुलुकमा बुद्ध जयन्ती मनाइएको छ। बुद्ध धर्मावलम्बीहरूले भगवान बुद्धको पूजाआराधना गरी बुद्ध जयन्ती मनाएका हुन् ।,२... |
सेतोपाटी संवाददाता प्रधानमन्त्री केपी शर्मा ओलीले लुम्बिनीको महेलवारमा ओशो जेतवन अन्तर्राष्ट्रिय कम्युनको उद्घाटन गरेका छन्।,लुम्बिनीको मुख्यद्वारबाट १ किमी पश्चिम रहेको ध्यान आश्रममा बुद्ध जयन्तीको अवसरमा पारेर लुम्बिनी पुगेका ओलीले उद्घाटन गरेका हुन्।,कार्यक्रममा प्रदेश नं ५ का मुख्य मन्त्री शंकर पौडेल पनि उपस्थित थ... |
प्रकाश ढुंगाना ,२०७२ साल माघ ३ गते ललितपुरको नख्खिपोटमा घरमा काम गर्न बसेकी एक ९ वर्षीया बालिकाको बलात्कृत भइन्। घरधनी ललितपुर नख्खिपोटका राकेश खड्काले श्रीमती छोरीसँगै कलकत्ता गएका बेला बालिकालाई बलात्कार गरेका थिए।,मादक पदार्थ सेवन गरी उनले बालिकामाथि बलात्कार गर्दै आएको अनुसन्धानबाट खुलेको थियो।,२०७२ पुस २२ गते सा... |
डिल्ली पाण्डे ३३ किलो सुन प्रकरणमा बयानका लागि बोलाइएका वरिष्ठ प्रहरी उपरीक्षक श्याम खत्री फरार भएका छन्।,प्रहरी प्रधान कार्यालयको मानव स्रोत विभागमा कार्यरत खत्रीलाई सनम शाक्य हत्या प्रकरण छानबिन गर्न बनेको समितिले बयानका लागि बोलाएको थियो।,समितिले बोलाउनुभन्दा केही दिनअघि विदामा बसेका खत्री त्यसपछि कार्यालय फर्केनन्... |
सुजिता कार्की राष्ट्रिय युवा परिषद्ले यस वर्ष ‘एक प्रदेशमा, एक नमूना गाउँ’ बनाउने तयारी गरेको छ। सातवटै प्रदेशमा एक–एक नमूना गाउँ बनाउने तयारी गरिएको परिषद्का कार्यकारी उपाध्यक्ष माधव ढुङ्गेलले बताए।,सो कार्यका लागि आगामी आर्थिक वर्षको बजेटमा रकम छुट्याइने तयारी भएको छ। एउटा गाउँका युवालाई एकीकृत गरेर युवाका कार्यक्रम... |
शान्ति तामाङ बारपाक त्यो बेलाजस्तो खण्डहर रहेन, समेटिएको छ। नयाँ शैलीका नयाँ घर बनेका छन्। मान्छेको जीवन फेरिएको छ।,सुकराम गुरुङको दैनिकी पनि फेरियो।,बिहीबार सबेरै हामी उनको होटल पुग्यौं। झिसमिसेमै काम सुरु गरिसकेका थिए। अघिल्लो दिन पनि पाहुनाको चापले दुई बजे मात्र सुतेका रहेछन्।,झन्डै १४ सय घरधुरीको बारपाकमा सुकराम भ... |
सेतोपाटी संवाददाता सगरमाथा आरोहणमा गएकी फोटो पत्रकार पूर्णिमा श्रेष्ठले सगरमाथाका विभिन्न आधार शिविरमा फोटो प्रदर्शनी सुरू गरेकी छन्।,आफ्नो पाँच वर्षे फोटो पत्रकारिता दौरानमा खिचेका उत्कृष्ठ लागेका फोटो उनले सगरमाथामाका विभिन्न आधार शिविरमा प्रदर्शन गरेकी हुन्।,दुखमा पनि नेपाली महिला मुस्कुराइरहेको तथा खेत रोपेकोजस्ता... |
सेतोपाटी संवाददाता सार्वजनिक विषयमा छलफल बढाउने र पठन संस्कृतिको प्रवर्द्धन गर्ने लक्ष्यका साथ स्थापित ‘डबली द स्पेस बुक क्याफे’को स्थापना भएको छ। भरतपुर विमानस्थल नजिकै रहेको क्याफेले आफ्नो उद्घाटनको अवसरमा विभिन्न अन्तर्क्रिया कार्यक्रम गरेको छ ।,उद्घाटनको पहिलो दिन 'कहाँ बाटो बिरायो शिक्षाले' भन्ने विषयमा शिक्षाविद... |
सेतोपाटी संवाददाता वीरगन्जको मेनरोडमा रहेको एक घरमा मंगलबार साँझ बम विस्फोट भएको छ। घण्टाघर–पावरहाउस सडकखण्डको पानीट्याङ्की चोक नजिक रहेको कमलराउत कुर्मीको घरमा अज्ञात समूहले राखेको सुतली बम विस्फोट भएको हो।,बम विस्फोटमा परी एक भारतीय नागरिक घाइते भएका छन्। घाइते हुनेमा भारत, विहार राज्य छपराका १८ वर्षिय अमितकुमार पाण... |
सेतोपाटी संवाददाता ३३ किलो सुन र सनम शाक्य हत्या प्रकरणमा पक्राउ परेका २८ जना र अन्य केहीलाई प्रतिवादी बनाएर जिल्ला अदालत मोरङमा बुधबार मुद्दा दर्ता हुँदैछ।,पक्राउ परेका र सुन मालिक भनिएका चुडामणि उप्रेती ‘गोरे’ सहित फरार रहेका केहीलाई संगठित अपराध तथा कर्तव्य ज्यानमा मुद्दा दर्ता गर्ने तयारी जिल्ला सरकारी वकिल कार्य... |
नारायण महर्जन बनेपामा नेवारी समुदायले मनाउने प्रसिद्ध चण्डेश्वरी जात्रा मंगलबारदेखि सुरू भएको छ।,हरेक वर्ष बुद्ध पूर्णिमाका दिन बनेपामा चण्डेश्वरी जात्रा हुने गर्दछ ।,सांगा , नाला, धुलिखेल , चौकोट , पनौती लगायतका काभ्रे जिल्लाका ८ वटा नेवार बस्तीमा एकैसाथ जात्रा हुने गर्दछ ।,चण्डेश्वरीदेवीले दैत्यराज चण्डासुरको बध गरे... |
प्रशन्न पोखरेल सरकारले स्वेच्छिक अवकाश योजना स्थगन गरेको विरोधमा निजामती कर्मचारीले अदालत जाने तयारी गरेका छन्।,सरकारले कानून उल्लंघन गर्दै अवकाश योजना थाँती राखेपछि न्याय माग्न अदालत जाने तयारी गरिएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका शाखा अधिकृत मित्रप्रसाद खतिवडाले जानकारी दिए।,'सरकार फेरिएसँगै कानूनको व्य... |
सुजिता कार्की बूढीगंगा नगरपालिका–७ की सपना बादीले ७१ वर्षको उमेरमा नागरिकता प्राप्त गरेकी छन्।,बिहेलगत्तै श्रीमानको मृत्यु भएपछि नागरिकता नपाएकी सपनाले ७१ वर्षको उमेरमा वैशाख १४ गते शुक्रबार नागरिकता पाएको जिल्ला प्रशासन कार्यालय बाजुराले बताएको छ।,साविक गाविस र हालको नगरपालिकालाई जानकारी गराए पनि कसैले नागरिकताको पहल... |
शान्ति तामाङ जगदेखि छानासम्म ढुंगा। एकै खालका छाँटिएका घर। मनै लोभ्याउने दृश्य।,यो बारपाकको चिनारी हो।,२०७२ वैशाख १२ को भुइँचालोपछि बारपाकले यही चिनारी गुमाउँदैछ।,बारपाकमा यतिबेला दुई-चारवटा बाहेक सबैजसो घर सिमेन्ट, बालुवा र इँटाको क्रंकिटले ठडिएका छन्। जति बन्दै छन्, ती पनि कंक्रिटकै बनाउने होड छ। घर निर्माणका लागि ग... |
सुजिता कार्की कम शुल्कमा गुणस्तरीय शिक्षा प्रदान गर्ने उद्देश्यले भोजपुरको सदरमुकाम नजिक पोखरेमा समता स्कूल सञ्चालनमा ल्याइने भएको छ।,समता फाउण्डेशनमार्फत देशका ७५ जिल्लामा स्कूल स्थापना गर्ने उद्देश्यअनुरुप भोजपुरमा एक हप्ताभित्र पढाइ सुरू हुनेगरी समता स्कूल सञ्चालनमा ल्याइन लागेको समता फाउण्डेशनका संस्थापक उत्तम सञ्... |
प्रशन्न पाेखरेल कक्षा ११ र १२ पढाउन अब शिक्षकलाई छुट्टै लाइसेन्स चाहिने भएको छ।,शिक्षा नियमावलीले कक्षा ९ देखि १२ लाई माध्यामिक तहमा ल्याए पनि मावि तहको लाइसेन्स हुने शिक्षकले अब ११ र १२ कक्षा पढाउन नपाउने आयोगले जनाएको छ।,‘स्नातक तह पास गरेका शिक्षकले ११ र १२ पढाउन पाउँदैनन्’, आयोगका प्रवक्ता दामोदर आचार्यले भने, ‘११... |
डिल्ली पाण्डे काठमाडौंको बानेश्वरमा एक व्यक्तिले आफ्नै २ ‘झड्केलो’ छोरालाई हत्या गरी आफ्नै कोठामा शव लुकाएर राखिएको अवस्थामा प्रहरीले फेला पारेको छ।,वागमती किनारमा रहेको सुकुम्बासी बस्तीमा बस्दै आएका दिलीप यादवले करिब एक साताअघि आफ्नै ६ वर्षीय सुजन र ८ वर्षीय सुजल ‘झड्केलो’ छोराको हत्या गरेका हुन्।,प्रहरीका अनुसार हत्... |
सेतोपाटी संवाददाता तीनकुनेमा एक युवकले घरको तलाबाट हाम फालेर आत्महत्या गरेका छन्।,अर्घाखाँचीका राजु खनालले घरको ६ तलामाथिबाट हाम फालेका हुन्।,केही महिना अगाडि दक्षिण कोरियाबाट फर्किएका खनालले डिप्रेसनको उपचार गराइरहेको प्रहरीले जनाएको छ।
तीनकुनेमा घरको ६ तलाबाट हाम फालेर युवकले गरे आत्महत्या |
सुदीप श्रेष्ठ स्विडेनले विद्युतीय गाडी चार्ज गर्ने नयाँ प्रविधि ल्याएको छ। यो प्रविधिको माध्यमबाट सडकमा गुड्दा गुड्दै गाडी चार्ज गर्न सकिनेछ।,यस खालको प्रणाली विश्वमै पहिलो हो। सार्वजनिक सडकमै विद्युतीय कार चार्ज गर्ने ‘ट्रेल’ बनाइएको छ। यो ट्रेलमा गाडी जडान भएपछि सर्रर गुड्दै चार्ज पनि हुँदै जान्छ।,स्विडेनले सन् २०३०... |
सुजिता कार्की ललितपुर महानगरपालिकावासी सामान्य स्वास्थ्य सेवाबाट समेत बञ्चित भएका छन्।,महानगरपालिका क्षेत्रमा प्राथमिक स्वास्थ्य केन्द्रसरहका स्वास्थ्य संस्थासमेत नहुँदा महानगरपालिकावासी सरकारले उपलब्ध गराएका स्वास्थ्य सेवाबाट बञ्चित भएका हुन्।,उपमहानगरापलिका हुँदादेखि नै स्थानीयवासीले नगर अस्पतालको माग गर्दै आएका थिए... |
चन्द्र काफ्ले राष्ट्रीय अविस्कार केन्द्रका प्रमुख तथा सामाजिक अभियन्त महावीर पुनले अविस्कार गरेको स्वचालित मानवरहित ‘मेडिकल ड्रोन’ को पहिलो उडान म्याग्दीमा सफल भएको छ।,ड्रोनले हाई अल्टिच्युडमा करिब ५ किलोमिटरसम्मको उडान भरेको छ। अन्नपूर्ण गाउँपालिका–८ नागीस्थित हिमाञ्चल विद्यालयको चौरबाट आइतबार उडेको ड्रोन पारिको राम्... |
चन्द्र काफ्ले नेपालले सार्क राष्ट्रहरुमध्ये सबैभन्दा बढि रेमिटयान्स भित्र्याउने गरेको खुलासा भएको छ ।,श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले सार्वजनिक गरेको तथ्यांकमा नेपाल सार्क राष्ट्रहरुमध्ये सबैभन्दा बढि रेमिट्यान्स भित्रयाउने मुलुक रहेको उल्लेख गरिएको हो । शुक्रबार सार्वजनिक गरिएको प्रतिवेदनमा नेपाल रेमिट्य... |
नारायण खड्का तुलसीपुर उपमहानगरपालिकाले सुरक्षित आवासका लागि शनिवारदेखि खरको छानो हटाउने अभियान सुरु गरेको छ । नगरप्रमुख घनश्याम पाण्डेले वडा नम्वर १ को भ्यूडहर सुनपुरबाट अभियानको सुरुवात गरेका हुन् ।,‘ निर्वाचनमा हामीले गरेको प्रतिवद्धता अनुरुप खरको छानो विस्थापित अभियान सुरु गरेका हौं,’– मेयर पाण्डेले भने ‘खरको छानो... |
रासस सुनसरी जिल्लाको इटहरी उपमहानगरपालिका–४ पारुहाङ चोकस्थित घना बजार क्षेत्रमा गए राति आगलागी हुँदा चार पसल घर जलेर पूर्ण सखाप हुँदा कम्तीमा रु एक करोड नोक्सानी भएको छ ।,समयमा नै वारुणयन्त्र नपुग्दा ठूलो नोक्सानी ब्यहोर्नुपरेको स्थानीयवासीले गुनासो गरेका छन्। राति १२ बजेतिर सबै सुतेको र ती पसलघरमा प्रायः मानिस नभएका ... |
निर्भीकजंग रायमाझी तस्वीरले नेपालीको वीरता प्रतिबिम्बित गर्छ। धेरै ठाउँमा प्रयोग भएको यस चित्रमा देखाइएका सैन्य योद्धा को हुन् भन्ने विषय भने भ्रममा रहेको छ।,तस्वीरमा युद्धरत सैनिक चोटपटक लागेर घाइते देखिन्छन् तर पनि साहसमा साथ तरबार उठाइरहेका छन्। यी सैनिकलाई धेरैले भक्ति थापा, कोहीले बलभद्र कुँवर त कोहीले पृथ्वीनारा... |
रासस मंगलसेन नगरपालिकामा शुक्रबार परेको चट्याङ लागेर सात जना घाइते भएका छन् ।,असिनापानीसँगै गरेको चट्याङ लागेर नगरपालिका–५ का घाइतेमध्ये मनिषा भाटलाई बढी चोट लागेकाले केही घण्टा बेहोश भएपछि अहिले होशमा आएको प्रहरीले जनाएको छ । छ जना सामान्य घाइते सामान्य उपचारपछि घर फर्किएका छन् ।,यस्तै चौरपार्टी गाउँपालिका–१ सिउडीको ... |
सेतोपाटी संवाददाता दुई बालकको हत्या गरि आफ्नै कोठामा शव लुकाएर फरार भएका दिलिप यादवलाई प्रहरीले पक्राउ गरेको छ।,महानगरिय अपराध महाशाखाको टोलीले उनलाई केहि समय अगाडी पक्राउ गरेको एसएसपी धीरज प्रताप सिंहले बताए। उनलाई सिराहाको मदर चोकबाट पक्राउ गरिएको हो। उनलाई काठमाडौं ल्याउने तयारी भइरहेको प्रहरीले जनाएको छ।,यादवले कर... |
सेतोपाटी संवाददाता
अन्तराष्ट्रिय बौद्ध सम्मेलन लुम्बिनीमा शुरु |
दिपकजंग शाही ,सुर्खेत उद्योग वाणिज्य संघले आफूहरुको माग सुनुवाई नगरेको भन्दै असन्तुष्ट समूहले गरेको आन्दोलनमा सहभागी महिलाहरुमाथि प्रहरीले लात्ती प्रहार गरेको छ । शनिबार दिउँसो वीरेन्द्रनगरस्थित स्थानीय पिपलचौतारबाट उद्योग वाणीज्य संघको कार्यालय नजिक कोणसभा गर्ने भन्दै निस्केको जुलुसमाथि प्रहरीले हस्तक्षेप गर्ने क्रम... |
नारायण खड्का, कुखुराको बीमा हुन्छ, गाईवस्तुको बीमा हुन्छ,तर घोडा /खच्चडको बीमा किन हुँदैन? भन्दै दाङका घोडा व्यवसायीले दुखेसो पोखेका छन्।,दाङको तुलसीपुर उपमहानगरभित्रका घोडा व्यवसायीहरूले विश्व भेटेरीनरी दिवसको अवसरमा शनिबार पशुसेवा शाखा कार्यालय तुलसीपुरमा आयोजित कार्यक्रममा घोडा /खच्चडका पनि बीमा हुनुपर्ने माग गरेका... |
Subsets and Splits
No community queries yet
The top public SQL queries from the community will appear here once available.