content
stringlengths
20
64.1k
सेतोपाटी संवाददाता गौतमबुद्धको मावलीगाँउ रूपन्देहीको देबदह भवानीपुरमा पहिलोपटक औपचारिक रुपमा बुद्धजयन्ती मनाईएको छ।,लुम्बिनीसँग नजिकै रहेर पनि ओझेलमा परेको भन्दै देवदह नगरपालिका पर्यटन प्रवर्धन तथा विकास समितिले लुम्बिनी विकास कोषको सहयोगमा पहिलो पटक बुद्ध जयन्ती मनाउन लागेको हो।,गौतमबुद्धको जन्मस्थल लुम्बिनीबाट ५७ कि...
ललित सिंह औषधि अभावमा दुर्गमका बिरामी समस्यामा परेका छन् ।,स्वास्थ्य चौकीले सिटामोलसमेत उपलब्ध गराउन नस्कँदा दहबगड, काँडा, भामचौर, गडराय, धमेनालगायतका दजनौँ स्वास्थ्य चौकीमा उपचार लिन आउने बिरामी समस्यामा परेका हुन् ।,‘ज्वरो आउन थालेको तीन दिन भयो, शुरुमा सामान्य रुघाखोकी होला भनेर उपचार गरिएन, पछि ज्वरो बढ्दै गए, स्व...
सुजिता कार्की अरुण तेस्रो आयोजनाअन्तर्गत तुम्लिङटारस्थित रहेको कार्यालय भवनमा बम विस्फोट हुँदा सामान्य क्षति भएको छ।,गएराति करिब १२ बजे अज्ञात समूहले गराएको बम विस्फोटबाट कार्यालय भवनमा सामान्य क्षति भएको प्रमुख जिल्ला अधिकारी शिवराज जोशीले जानकारी दिए।,बम विस्फोट गराउनेको व्यापक खोजी भइरहेको पनि उनले बताए।रासस, अरुण...
भानुभक्त प्रहरीले महोत्तरीकी पुनदेवीको हत्या आशंकामा उनका श्रीमान् शिवशंकर दासलाई पक्राउ गरेको छ।,मटिहानी नगरपालिका–२ की ३० वर्षिय पुनमदेवी दास खत्बेको शव गत २१ गते जनकपुर-मटिहानी सडक खण्डअन्तर्गत बर्दाहस्थित सडक छेउमा बोराभित्र हालिएको अवस्थामा भेटिएको थियो। उनको हत्यापछि श्रीमान् दास फरार थिए।,दासलाई नेपाल–भारत सीमा...
सुजिता कार्की सरकारी कामकाज स्थानीयस्तरमै हुन थालेपछि म्याग्दीका गाउँहरू भरिन थालेका छन् भने सदरमुकाम बेनीबजार खाली हुँदै जान थालेको छ।,संघीयताको कार्यान्वयसँगै स्थानीय निकाय बलियो भएर ग्रामीण बस्तीसम्म यातायात सेवाको पहुँच विस्तार क्रमशः हुन थालेपछि सदरमुकाम बेनीबजारमा चहलपहल घट्दै गएको छ। मानिसको चहलपहल घट्न थालेपछि...
सुजिता कार्की खुला दिसामुक्त जिल्लाका शिक्षक नै शौच गर्न जंगलतिर जान्छन् भन्दा तपाईलाई अचम्म लाग्न सक्छ । तर तपाई अचम्मित नहुनुहोस्, यो घटना यथार्थ हो।,शौच गर्न जंगलतिर जानु शिक्षकको रहर होइन्, यो उनीहरूको बाध्यता हो। खुला दिसामुक्त घोषित जिल्ला तेह्रथुमका दर्जन बढी सुख्खाग्रस्त गाउँका विद्यालयमा अध्यापनरत शिक्षक शौच ...
सुजिता कार्की विभिन्न प्रजातिका फूल फुल्ने वनस्पतिमध्ये ३१२ प्रजाति नेपालमा मात्र पाइने गरेको छ।,वनस्पति विभागले दिएको जानकारीअनुसार पाँच हजार ३०९ फूल फुल्ने वनस्पतिमध्ये नेपालमा मात्र ३१२ प्रजाति पाइने गरेको हो। जसमध्ये गुराँस ३१ किसिमका छन्।,यसैगरी, लेउ एक हजार एक, झ्याउ ढुसी दुई हजार ४६७, लाइकेन्स ७९२, झ्याउ एक हजा...
सेतोपाटी संवाददाता लुम्बिनीमा अन्तर्राष्ट्रिय शान्ति केन्द्र निर्माण हुने भएकोछ । बुद्ध जयन्तीको अवसर पारेर आइतबार पर्यटन मन्त्री रविन्द्र अधिकारीले युनिभर्सल पीस केन्द्रको शिलान्यास गरेका हुन्। दुई वर्ष अगाडि जग्गा प्राप्ती गरेको ‘द महासिद्ध स्यान्चुरी फर युनिर्भर्सल पीस’ केन्द्रको भवनको आइतबार एक कार्यक्रमबीच शिलान्...
दिपकजंग शाही पूर्वी क्षेत्रका विभिन्न ठाउँबाट आउँदा कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरको धुलियाबिटदेखि सुरु हुन्छ, चार लेनको बाटो। सुर्खेत–जुम्ला सडक खण्डअन्तर्गत पर्ने उक्त चार लेनको सडक नै वीरेन्द्रनगरको मुख्य सडक हो, जुन निर्माणाधीन छ।,चार लेनको बाटो यात्रा गर्ने क्रममा बीचमा पुगिसकेपछि बाटोको तल्लोपट्टि एउटा गे...
सुजिता कार्की भूकम्पका कारण भत्किएका निजी आवास निर्माणका लागि सरकारी अनुदान लिएर आवास नबनाउनेले पहिलो किस्ता ५० हजार रुपैयाँ फिर्ता गर्न थालेका छन्।,राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले निजी आवास निर्माणका लागि दिइएको सरकारी अनुदानको सदुपयोग गरेर भवन निर्माण नगरे अन्य खालको सुविधासमेत कटौती गर्ने भएपछि निजी आवास निर्माण...
सुजिता कार्की चप्पल फाटेर प्वालै प्वाल परेका छन्। शरीर ढाकेको कपडा ठाउँ ठाउँमा उध्रिँदै गएका छन्। टोपीदेखि पैतालासम्मका कपडा धुलाम्मे छन् – सुपा तामाङका।,चरम गरिबीको स्पष्ट झल्को शरीर ढाक्ने लुगाले दिइरहेको थियो। तर ४८ वर्षीय सुपाले सन्तानप्रति पोखेका माया, ममता र वात्सल्य समाजका लागि उदाहरणीय बन्न पुगेको छ।,उनले रसुव...
सुजिता कार्की जर्मन विकास बैंक (केएफडब्लू) सम्पदा पुनर्निर्माण कार्यबाट पछि हटेको छ।,विसं २०७२ सालको विनाशकारी भूकम्पले क्षति पुर्‍याएका भक्तपुरका सम्पदाहरूको पुनर्निर्माण कार्यमा सहयोग गर्ने प्रतिबद्धताबाट केएफडब्लू पछि हटेको हो।,सम्पदा पुनर्निर्माण कार्यको प्रक्रियाका सम्बन्धमा नगरपालिका र दातृ निकायबीच सहमति हुन नस...
सेतोपाटी संवाददाता सरकारले गठन गरेको छानबिन समितिको बयानकै क्रममा सम्पर्क बाहिर रहेका प्रहरीका डिएसपी सञ्जय राउत सम्पर्कमा आएका छन्।,डिएसपी राउतलाई बयानको लागि गृहमन्त्रालयमा बुझाइएको प्रहरी स्रोतले जनाएको छ।,समितिको आग्रहमा बुधबार मात्र प्रहरी प्रधान कार्यालयले ७७ जिल्लाका प्रहरी कार्यालयलाई सर्कुलर जारी गरेको थियो। ...
सुजिता कार्की काठमाडौं महानगरपालिकाले लामो समयदेखि निर्माण गर्ने भन्दै आएको आधुनिक शौचालय निर्माणको काम अझै अघि बढ्न सकेको छैन।,पाँचवटा निर्माण कम्पनीले निर्माणका लागि लागत खर्चसहित योजना पेश गरे पनि कामपाले भनेअनुसारको डिजाइन नआएकाले काम सुरू हुन नसकेको कामपा सार्वजनिक निजी साझेदारी एकाईका प्रमुख महेश काफ्लेले जानकार...
सेतोपाटी संवाददाता  ,सर्वोच्च अदालतले काठमाडौंको हनुमान ढोका दरबार परिसरमा  भवन निर्माण गर्न रोक लगाएको छ।,विश्वसम्पदा सूचीमा रहेको हनुमान ढोका दरबार परिसरमा महर्जन विजनेस एशोसिएशन प्रालीले  मापदण्ड विपरित भवन बनाउन लागेकोले त्यसलाई रोक्न माग गर्दै जनहित संरक्षण मञ्चलर सम्पदा संरक्षण अभियान्ता गणपति लाल श्रेष्ठ लगायतल...
सेतोपाटी संवाददाता विराटनगरबाट प्रहरीले एक थान पेस्तोल र ठूलो परिमाणमा अवैध लागूऔषधसहित एक भारतीय नागरिकलाई पक्राउ गरेको छ।,विराटनगर महानगरपालिका–४ स्थित नहरको छेउमा मंगलबार शंकास्पद अवस्थामा रहेका यादवसहित ७ जना भारतीय नागरिकहरूलाई प्रहरीले पक्राउ गरी खानतलासी गर्दा यादवको साथबाट उक्त हतियार तथा लागूऔषध बरामद भएको हो...
सेतोपाटी संवाददाता एउटा विकास आयोजना सम्पन्न हुन कति समय लाग्ला ? २ वर्ष, ४ वर्ष, ५ वर्ष, १० वा २० वर्ष। तर, नेपाललाई विश्वमै चिनाउने शान्तिको अग्रदूत गौतम बुद्धको जन्मस्थल लुम्बिनीको गुरुयोजना ४० वर्षदेखि अधुरै छ।,लुम्बिनी क्षेत्रको संरक्षण र र योजनाबद्ध विकास गर्न सन १९८७ मा लुम्बिनी गुरुयोजना बनाउन सुरू गरिएको थियो...
सेतोपाटी संवाददाता प्रहरीले बाँकेको नेपालगञ्जबाट २५ टन  प्रतिबन्धित दाल बरामद गरेको छ।,नेपाल प्रहरीको ५ नम्बर प्रदेश प्रहरीको विशेष टोलीले बिहिबार नेपालगञ्जबाट ‘अगेडा’ नामक प्रतिबन्धित दाल बरामद गरेको हो।,विभिन्न स्थानबाट संकलन गरी प्रतिबन्धित २५ सय किलो दाल बरामद गरिएको नेपालगञ्ज प्रहरीले जनाएको छ।,अन्य दालसँग मिसाएर...
भानुभक्त उत्तर कोरियाली शासक किम जोङ उन शुक्रबार शिखर वार्ताका लागि दक्षिण कोरियाको सीमामा रहेको गाउँमा जाँदै छन्।,सन् १९५३मा छुट्टिएपछि दुई कोरियाका नेताबीच पहिलो पटक दक्षिण कोरियाली भूमिमा वार्ता हुन लागेको हो।,दुबै देशले यो शिखर वार्ता हुने ठाउँको सजावट र खानाका माध्यमबाट पनि शान्तिको सन्देश दिने प्रयत्न गरिरहेका छ...
सेतोपाटी संवाददाता प्रमुख निर्वाचन आयुक्त अयोधीप्रसाद यादवको घरमा बम विष्फोट गराएको आशंका प्रहरीले चार जनालाई पक्राउ गरेको छ।,वैशाख ९ गते यादवको हात्तीवनस्थित निवासमा बम विष्फोट गराइएको थियो भने निवास परिसरमा राखिएको अर्को शंकास्पद वस्तुलाई नेपाली सेनाको टोलीले निष्क्रिय पारेको थियो।,प्रहरीले बम विष्फोटमा संलग्न रहेको...
सुजिता कार्की ७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा उदयपुर कटारी नगरपालिका–३ ताराघारी च्याङ्गाका ५० वर्षीय साइला भन्ने भालु विकलाई प्रहरीले पक्राउ गरेको छ।,विकले बुधबार सोही ठाउँकी ७ वर्षीया बालिकालाई विद्यालयबाट घर आउँदै गरेको बेलामा ललाईफकाई आफ्नै घरमा लगेर जबरजस्ती करणी गरेको उजुरी परेपछि उनलाई नियन्त्रण...
प्रशन्न पोखरेल नेपालको राष्ट्रिय झण्डा सिम्रिक रङको छ। यसको किनारामा निलो छ।त्यसमा अंकित चन्द्र र सूर्य भने सेता छन्।  तर सरकारी विद्यालयका किताबमा झण्डाको रङ कालो मात्रै देखिन्थ्यो।,सरकारले यो वर्षदेखि रंङ्गिन किताब छापेसँगै विद्यार्थीले झण्डाको वास्तविक रङबारे जानकारी पाउने भएका छन्।,यो शैक्षिक सत्रदेखि कक्षा १ देखि...
सेतोपाटी संवाददाता फोटो पत्रकार क्लब नेपालले ‘नेपाल ल्याण्ड अफ कन्ट्रास्ट २०१६’ फोटोबुक सार्वजनिक गरेको छ। क्लबले विहीबार काठमाडौंमा एक कार्यक्रम आयोजना गरी फोटोबुक विमोचन गरेको हो।,कार्यक्रममा उपस्थित अतिथिहरू फूलकुमारी महतो मेमोरियल ट्रष्टका उपाध्यक्ष विरेन्द्र महतो, नेपाल उद्योग वाणिज्य महासंघका निवर्तमान अध्यक्ष प...
सेतोपाटी संवाददाता अवैध लागूऔषध खैरो हिरोइनसहित प्रहरीले काठमाडौंको कालीमाटीबाट एक जनालाई पक्राउ गरेको छ।,महानगरीय प्रहरी वृत्त कालीमाटीबाट खटिएको प्रहरी टोलीले बारा कलैया नगरपालिका ५ का १९ वर्षीय मुन्ना महम्मदलाई ५ ग्राम अवैध लागूऔषध खैरो हिरोइनसहित पक्राउ गरेको काठमाडौं प्रहरीले जाएको छ।,पञ्जाभित्र लुकाएर राखेको अवस...
सेतोपाटी संवाददाता प्रहरीले चोरी गरेको अभियोगमा दुई जनालाई पक्राउ गरेको छ।,आफूले काम गरेको पसलबाट भाडा चोरी गर्ने २ जनालाई प्रहरीले पक्राउ गरेको हो।,काठमाडौंको नरदेवीस्थित महेश थपलियाको भाडा पसलमा काम गर्ने नुवाकोट कसनीका अर्जुन सेढाईं र गोरखा भिमसेन नगरपालिका १ का सन्तोष पाण्डेलाई प्रहरीले पक्राउ गरेको हो।,उनीहरू दुव...
सेतोपाटी संवाददाता हाम्रो मौलिकता बुझेका दक्ष जनशक्ति उत्पादन गर्ने उद्देश्यका साथ ‘नेपाल भोकेशनल एकेडेमी’को उद्घाटन बिहीबार भएको छ। एकेडेमीले ४० जना प्राज्ञिक र एकसय ६० जना तालिमे गरेर वर्षेनी दुइसय जना प्राविधिक जनशक्ति उत्पादन लक्ष्य लिएको छ।,मौलिक नेपाली घर उभ्याउनका निम्ति विशेषत सिकर्मी, डकर्मी, बज्रकर्मी, विजुल...
सेतोपाटी संवाददाता साढे ३३ केजी सुन काण्डमा मुछिएका एसएसपीसहित तीन प्रहरी अधिकारी निलम्बनमा परेका छन्।,प्रहरी प्रधान कार्यालयले एसपी विकास खनाल, डिएसपी सञ्जय राउत र सई बालकृष्ण सञ्जेललाई निलम्बन गरेको हो।,प्रहरी नियमावलीअनुसार कर्तव्य ज्यान र संगठित अपराधमा अनुसन्धान सुरु भएसँगै उनीहरु निलम्बनमा पर्ने प्रहरी प्रवक्ता ...
भगवती पाण्डे लुम्बिनीमा हुन गइरहेको २५६२ औं बुद्धजयन्ती तथा अन्तर्राष्ट्रिय बौद्ध सम्मेलन अवधिभर भैरहवा लुम्बिनी सडक खण्डमा ट्रिपर, ट्रक, ट्याक्टर र लरीलगायतका मालवाहक गाडी सञ्चालनमा रोक लगाइएको छ।,तीन दिनसम्म मनाइने बौद्ध सम्मेलन र बुद्ध जयन्तीको लागि विभिन्न राष्ट्रबाट विशिष्ट पाहुना एवं बौद्ध धर्मावलम्बी लुम्बिनी आ...
रवीन्द्र शाही भक्तपुरको चाँगुनारायणमा संचालन भइरहेको नेपाल इन्जिनियरिङ कलेजमा अनियमितता भएको भन्दै नेपाल विद्यार्थी संघले आन्दोलनको घोषणा गरेको छ।,संचालकहरु बीचको विवादका कारण पठनपाठन प्रभावित हुँदा अध्ययनरत झण्डै २२ सय बिद्यार्थीहरु अन्यौलमा परेको विद्यार्थीहरुले आरोप लगाएका छन्।,सामाजिक संस्था दर्ता ऐन २०३४ अनुसार ज...
सागर राज तिमिल्सिना पश्चिमाञ्चज क्षेत्रिय अस्पताल (पोखरा स्वास्थ्य विज्ञान प्रतिस्ठान)को फार्मेसीमा औषधि अभाव भएपछि बिरामीहरू बाहिर क्लिनिकबाट महङ्गोमा औषधि किन्न बाध्य भएका छन्।,स्वास्थ्य विमा मार्फत निःशुल्क पाउने औषधिहरूसमेत अस्पातलको फार्मेसीमा नपाउँदा विरामी महङ्गो मूल्य तिरेर औषधि किन्न बाध्य भएका छन् ।,बिरामीका...
सेतोपाटी संवाददाता धादिङको मलेखु नजिकै त्रिशुली नदीमा शुक्रबार बिहान ग्याँस बुलेट पल्टिदाँ चालकको ज्यान गएको छ।,काठमाडौं जाँदै गरेको एचआर ५५ क्यु ८६३० नम्बरको लोड ग्याँस पल्टिँदा भारत घर भएका ३६ वर्षीय चालक सुरेन्द्र सिंहको ज्यान गएको जिल्ला ट्राफिक प्रहरी कार्यालय गजुरीले जानकारी दिएको छ ।,अनियन्त्रित भई ग्याँस बुलेट...
सेतोपाटी संवाददाता प्रहरी प्रधान कार्यालयले ५ हजार ३९ जना प्रहरी जवानको सरूवा गरेको छ।,वैशाख ९ गतेको निर्णयअनुसार मुख्यालयलउ प्रहरी जवानको सरुवा गरेको हो।,सूचनामा २०७५ साल वैशाख महिनाको तलब, भत्तासमेत हाल सरूवा भएको दरबन्दीबाट खाने व्यवस्था गरिएको उल्लेख छ ।,हेर्नुहोस् कसको कहाँ सरूवा भयो?, नेपाल प्रहरीका ५ हजार बढी ...
सुजिता कार्की मन्त्रालयबाट बजेट नआउँदा बैतडीको दोगडाकेदारमा सामाजिक सुरक्षाभत्ता अझै वितरण हुन सकेको छैन।,आर्थिक वर्ष ०७४/७५ को पहिलो चौमासिकको सुरक्षा भत्ता कात्तिकमै वितरण हुनुपर्ने भए पनि हालसम्म वितरण नभएको हो। चौमासिकरूपमा वितरण गर्दै आइएको सुरक्षा भत्ता चालू आर्थिक सुरू भएदेखि हालसम्म नपाउँदा अपांगता भएका व्यक्त...
मनोज सत्याल स्थानीय तहका प्रतिनिधि र सरकारी कर्मचारीका छोराछोरीलाई सामुदायिक विद्यालय पढाउने शिक्षामन्त्री गिरिराजमणि पोखरेलको ध्यानाकर्षण प्रस्तावमा प्रधानमन्त्री केपी शर्मा ओलीले त्यस्तो व्यवस्था गर्न अहिले ‘हतारो’ हुने जवाफ दिएका छन्।,गत सोमबार बसेको मन्त्रिपरिषद बैठकमा भर्ना अभियानबारे जानकारी गराउँदै पोखरेलले नगर...
नारायण खड्का प्रतिबन्धित स्थानबाट अवैध रूपमा बालुवा गिट्टी उत्खनन् तथा ओसार पसारमा प्रयोग गरिएको भन्दै प्रहरीले सात ट्रिपर नियन्त्रणमा लिएको छ।,तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ७ को ग्वारखोलाबाट बिहिबार बिहान अवैध रूपमा बालुवा गिट्टीको चोरी निकासी गर्न प्रयोग गरिएका सातवटा ट्रिपर नियन्त्रणमा लिएको प्रहरीले जानकारी दि...
सेतोपाटी युनिसेफको नायव कार्यकारी निर्देशक फतोमाता एनदायले भूकम्प गएको तेस्रो वर्षको सन्दर्भ पारेर दोलखामा स्वास्थ्य चौकी भवन हस्तान्तरण गरेकी छिन्। बिहीबार दोलखाको मलुमा भएको हस्तान्तरण कार्यक्रममा उनले नयाँ भवनको चावी स्वास्थ्य संस्था इन्चार्ज दीपेन्द्र खड्कालाई हस्तान्तरण गरेकी हुन्।,भूकम्प प्रभावित जिल्लामा ७४ वटा...
सुजिता कार्की काठमाडौं महानगरपालिकाले चालू आर्थिक वर्षको चैत मसान्तसम्ममा जथाभावी फोहर फाल्ने ९१ जनालाई कारवाही गरेको छ।,कामपाको गाडी फोहर लिन आउँदा फोहर नफ्याँक्ने अन्य समयमा जथाभावी फाल्ने र कामपाले तोकिएको स्थानमा फोहर नथुपार्ने ९१ जना कारवाहीमा परेका हुन्।,विशेषगरी पुतलीसडक, बागबजार, न्यूरोड, जमल क्षेत्रमा रातिको ...
सेतोपाटी संवाददाता प्रहरीले विभिन्न वन्यजन्तुको छाला, खपटा, टाउकोको हड्डीसहित एक जनालाई पक्राउ गरेको छ।,प्रहरीले विशेष सुराकीको आधारमा ललितपुर गोदावरी नगरपालिका वडा नम्बर ८ पछमहा घर भएका २२ वर्षीय सुकराज नगरकोटी ‘सानु’ लाई पक्राउ गरेको हो।,सतुङ्गलमा शंकास्पद अवस्थामा हिँडिरहेकोमा महानगरीय प्रहरी प्रभाग बलम्बुबाट प्रहर...
सेतोपाटी संवाददाता विगत केही वर्षदेखि सर्लाही जमुनियास्थितमा मदनपुर बजारमा रहेका घर पसल, र धानको परालमा आगो लगाउँदै हिड्ने दुई जना पक्राउ परेका छन्।,पटक पटक व्यक्तिगत रिसिईबी तथा ईर्स्यामा आगो लगाउँदै गरेको बेला चैत २३ गते राति विरेन्द्र राय यादव पक्राउ परेका छन्।,कबिलासी नगरपालिका वार्ड नं. ६ बस्ने राम नरेश राय यादवक...
सुजिता कार्की विराटनगरस्थित भारतीय राजदूतावासको सम्पर्क कार्यालयनजिक बम विस्फोट गराएको अभियोगमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।,पक्राउ पर्नेमा मोरङको बेलबारी नगरपालिका–४ बस्ने ४२ वर्षीय युगेन भन्ने उदय राई र ताप्लेजुङको थुकिमा–७ बस्ने ३४ वर्षीय भीम लिम्बू रहेको जिल्ला प्रहरी कार्यालय मोरङले आज पत्रकार सम्मेलन गरी...
नारायण खड्का दाङ देउखुरीको राप्ती गाउँपालिकाका स्थानीयले धूलो नियन्त्रणको माग गर्दै दुईदेखि बाटो बन्द गराएका छन्। राप्ती गाउँपालिका वडा नम्बर २ लालमटियाका स्थानीयहरूले धूलो नियन्त्रयणको माग गर्दै दुई दिनदेखि सडकमै धर्ना बसेका छन्।,स्थानीय ऐरावती क्याम्पस रोडमा नदीजन्य पदार्थ ओसार्न गुड्ने दर्जनौं ट्रिपर र ट्याक्टरले ग...
अमित ढकाल जनआन्दोलन– २ चर्कंदै गएपछि यसलाई दबाउन दरबारले सेना परिचालनका लागि भारतको ग्रिन सिग्नल खोजेको थियो । भारतले दरबारको यो प्रस्ताव ठाडै अस्वीकार गरेको थियो ।,२०६३ वैशाख ९ गते आन्दोलनकारीहरुले राजाको अघिल्लो दिनको घोषणा अस्वीकार गर्दै दरबारतिर निशाना साँधेपछि आन्दोलन दबाउन सेना परिचालन गर्ने निर्णय गरी दरबारले भ...
नारायण खड्का दाङ तुलसीपुर उपमहानगरपालिकाका ६४ वर्षीय रोबरबहादुर खत्रीको हत्या गरेको आशंकामा प्रहरीले ४० वर्षीया एक महिलालाई  पक्राउ गरेको छ।,ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख प्रकाश सापकोटाले ती महिलालाई नियन्त्रणमा लिएर अनुसन्धान भैरहेको जनाएका छन्।,पक्राउ पछि प्रहरीसँगको बयानमा ती महिलाले आफूमाथि  बलात्कारको प...
सुजिता कार्की महोत्तरीसहितका मिथिला क्षेत्रमा आज जानकी नवमी उत्सव मनाइँदै छ।,वैशाख शुक्ल नवमीका दिन त्रेता युगमा राजा जनकले हलो जोत्दा धर्तीबाट जानकी(सियोबाट उत्पति भएकाले सीता नामकरण) उत्पति भएको विश्वासमा मिथिलामा यस दिनलाई जानकी नवमी पर्वका रूपमा मनाइन्छ।,पर्वका अवसरमा मटिहानीस्थित लक्ष्मीनारायण मठमा आज बिहानैदेखि ...
सेतोपाटी संवाददाता पुलिस रिपोर्ट बनाउन अब कालिमाटी र गौशालाबाट पनि निदेदन दिन सकिने भएको छ।,प्रहरी प्रधान कार्यालयले पुलिस रिपोर्टका लागि राजधानीका २ स्थानमा सेवा विस्तार गरेको हो। 'अब कालिमाटी र गौशाला प्रहरी वृतबाट पनि प्रहरी रिपोर्टका लागि आवेदन सकिन सकिन्छ,' प्रहरी प्रवक्ता मनोज नेउपानेले भने ।,यसअघि रानीपोखरी, लल...
सेतोपाटी संवाददाता कलाकार तथा नेता पुष्पराज पुरुष भनिने पुष्पराज पौडेललाई प्रहरीले पक्राउ गरेको छ।,महानगरीय प्रहरी परिसर काठमाडौंको टोलीले पौडेललाई पक्राउ गरेको हो। अर्काको जग्गाको किर्ते कागज बनाई ८ करोडभन्दा बढी रकम ठगी गरेको उजुरीको आधारमा पक्राउ गरेको महानगरीय प्रहरी परिसर काठमाडौंका एसएसपी विश्वराज पोखरेलले जानका...
सुजिता कार्की महोत्तरीको जलेश्वर नगरपालिकास्थित भूमिगत जलस्रोत विकास समिति शाखा कार्यालयमा वर्षौंदेखि गाडी थन्किएका छन्।,महोत्तरी, धनुषा, सर्लाही र सिन्धुलीको संयुक्त उक्त कार्यालयको परिसरमा ती गाडी थन्किएका हुन्। सो कार्यालय परिसरभित्र करिब चार बिगाहा क्षेत्रफलमा तीनवटा रिङ मेशिन, एउटा पानी ट्याङ्कर, तीनवटा जिप, तीनव...
सेतोपाटी संवाददाता काठमाडौंको कालिमाटीमा एक युवकले ३ लाख रुपैयाँ लुटेर फरार भएका छन्।,मंगलबार बिहान कालिमाटी चोकमा रहेको क्रिष्टल इन्टरप्राइजेजमा रहेका दुई युवतीलाई पानीको बोलत देखाएर एसिड भन्दै ३ लाख रुपैयाँ लिएर  उनी फरार भएका हुन्।,महानगरीय प्रहरी परिसर काठमाडौंका एसएसपी विश्वराज पोखरेलले फरार युवकको खोजी भइरहेको ब...
भानुभक्त/शान्ति तामाङ चैत अन्तिम साता भएको काठमाडौं महानगरपालिकाको नगरसभामा वडा नम्बर ५ का अध्यक्ष रमेश डंगोलले मेयर विद्यासुन्दर शाक्यलाई सोधे– मेयरसाब, बसपार्कमा भ्यू टावर बनाउन लागेको तीन वर्ष भयो। अहिलेसम्म केही बनेको देखिँदैन, त्यहाँभित्र के भइरहेको छ?,मेयर शाक्यले जवाफ दिए– उपमेयरज्यूलाई सोध्नुस्। यस्ता कुरा उहा...
डिल्ली पाण्डे २२ केजी सुन तस्करीको मुख्य नाइके चिनीयाँ नागरिक जे झोङलाई प्रहरीले पक्राउ गरेको छ।,केन्द्रीय अनुसन्धान व्यूरोको टोलीले मंगलबार बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट चिनीयाँ नागरीक जे झोङलाई पक्राउ गरेको ब्यूरोका प्रमुख डिआइजी पुष्कर कार्कीले सेतोपाटीलाई जानकारी दिए।,यसअघि गत भदौमा प्रहरीले रसुवाहुँ...
सुजिता कार्की भूकम्पपछिको पुनर्निर्माणका लागि कूल रकम सात खर्ब छ अर्ब रुपैयाँ आवश्यक पर्ने भनिए पनि हालसम्म करिब एक खर्ब २० अर्ब रुपैयाँ मात्र खर्च भएको छ।,पटकपटकको सरकार परिवर्तन, तीन तहको निर्वाचन तथा राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका कार्यकारी प्रमुखको फेरबदलका कारण पुनर्निर्माणका कार्यमा सुस्तता आएर रकम खर्च गर्न...
सेतोपाटी संवाददाता ३३ किलो सुन प्रकरणमा छानबिनका लागि एसपी विकासराज खनाललाई नियन्त्रणमा लिएको छ। मंगलबार साँझ मकवानपुर जिल्लाका प्रहरी प्रमुखका रूपमा कार्यरत खनाललाई नियन्त्रणमा लिएको गृह मन्त्रालय स्रोतले जानकारी दिएको छ।,गृह मन्त्रालयबाट गठित समितिले मंगलबार खनालसँग बयान समेत लिएको थियो। बयानलगत्तै उनलाई नियन्त्रणमा...
डिल्ली पाण्डे गत फागुन १८ गते मोरङका सनम शाक्यको हत्यापछि नेपालमा हुने सुन तस्करीमा प्रहरीका उच्च अधिकारी नै मुछिन थालेका छन्। तस्करी गरेर ल्याएको साढे ३३ किलो सुन बाटोबाटै गायब पारेको भन्दै सुन भरिया शाक्यको हत्या भएको प्रहरी अनुसन्धानमा देखिएको छ।,गृह मन्त्रालयले बनाएको छानबिन समितिले यही विषयमा महानगरीय अपराध महाशा...
सुदीप श्रेष्ठ बेलायती भूगर्भ वैज्ञानिक जन इलियट र उनका सहकर्मीले वैशाख १२ को भुइँचालोका सम्बन्धमा सोमबार तीनवटा विश्लेषण सार्वजनिक गरेका थिए।,पहिलो, गोरखा र सिन्धुपाल्चोकलाई केन्द्रविन्दु बनाएर गएका भुइँचालाको सबै शक्ति निख्रिएको छैन। बचेको शक्ति काठमाडौंमुनि थुप्रिएर बसेको छ।,दोस्रो, यो भुइँचालोले काठमाडौं उपत्यका र ...
नारायण महर्जन महाभूकम्प गएको आज तीन वर्ष पुरा भएको अवसरमा प्रधानमन्त्री केपी शर्मा ओली धरहरा पुगेर भूकम्पमा परी ज्यान गुमाउनेप्रति श्रद्धाञ्जली दिएका छन्।,हजारौंको ज्यान जाने गरी गएको विनाशकारी भूकम्पको सम्झनामा बुधबार विभिन्न कार्यक्रमको आयोजना हुँदैछन्।,राष्ट्रिय पुननिर्माण प्राधिकरणले आयोजना गरिरहेको कार्यक्रममा प्...
नारायण खड्का दाङमा भएको मोटरसाइकल दुर्घटनामा परि एकजना प्रहरी जवानको मृत्यु भएको छ भने अर्का जवान घाइते भएका छन्।,प्रहरी जवान ओविलाल गिरीको मोटरसाइकल दुर्घटनामा परि मृत्यु भएको र अर्का प्रहरी जवान बसन्त अधिकारी घाइते भएको दाङ जिल्ला प्रहरी प्रमुख एवं एसपी दुर्गा सिंहले जानकारी दिइन्।,रातिको ड्यूटीमा गएका उनीहरू सवार ब...
एजेन्सी भारतीय 'धर्मगुरु' आशाराम बलात्कारमा दोषी ठहर भएका छन्। बुधबार जोधपुरको एउटा अदालतले आशारामसहित पाँच जना बलात्कारमा दोषी भएको फैसला गरेको हो।,आशाराम पाँच वर्षअघि बालिकालाई बलात्कार गरेको अभियोग लागेको थियो।,उत्तरप्रदेशकी एक किशोरीले आशारामले आफूलाई आश्रममा बलात्कार गरेको भन्दै राजस्थानमा मुद्दा हालेकी थिइन्।,सु...
सुजिता कार्की भूकम्पबाट अतिप्रभावित दोलखामा जिल्लामा हालसम्म सरकारी कार्यालय र निजी निवास गरी ३० हजार १०४ घर निर्माण कार्य सम्पन्न भएको छ ।,२०७२ साल वैशाख १२ गते गएको विनाशकारी भूकम्पले दोलखाको सदरमुकामका केही पक्की घरबाहेक सबै भौतिक संरचना पूर्णरूपमा नष्ट भएका थिए जसको निर्माण कार्य तीव्ररूपमा अगाडि बढ्दा हालसम्म सो ...
सुजिता कार्की जलजला गाउँपालिकाले अवैध र अव्यवस्थित रूपमा सञ्चालित ढुंगाखानीलाई कानूनी दायरामा ल्याउने प्रक्रिया सुरू गरेको छ।,माझफाँट, लेखफाँट, बाँसखर्कमा अवैध रूपले सञ्चालन भइरहेका एक दर्जनभन्दा बढी ढुंगाखानीलाई कानूनी दायरामा ल्याउन गाउँपालिकाले प्रारम्भीक वातावरणीय प्रभाव मूल्याङ्कन गर्न लागेको हो।,प्राविधिक र विज्...
नारायण महर्जन विनासकारी  महाभूकम्पले तीन वर्षअगाडि काठमाडौंसहित १४ जिल्लाको जनजीवन अस्तव्यस्त बनायो।,पुननिर्माण प्राधिकरणका अनुसार काठमाडौं उपत्यकाभित्रका ४ सय ६० सांस्कृतिक सम्पदामा ठूलो नोक्सान पुर्‍यायो। यसमध्ये विश्व सम्पदा सूचीमा समावेश १ सय ४० सम्पदा क्षतिग्रस्त बने।,तर आशा गरे अनुसार क्षतिग्रस्त संरचनाहरूको पुन...
सुजिता कार्की नयाँ बसपार्कस्थित विष्णुमति करिडोरमा ५०० मिटर सडक विस्तार गरिएको छ।,काठमाडौं महानगरपालिका–२६ मित्रनगर विकास तथा सुधार समिति र ल्होत्से बहुउद्धेश्यीय प्रालिको संयुक्त पहलमा मित्रनगरदेखि बसपार्क पुलसम्मको करिडोर विस्तार गरिएको हो।,उक्त बाटो विस्तारसँगै बालाजुदेखि बानियाँटारसम्म करिडोर हुँदै सवारी साधन आगमन...
प्रशन्न पोखरेल सरकारले जिल्लामा रहेर शिक्षाका गतिविधि हेर्ने कार्यालयलाई गृह मन्त्रालय मातहतमा ल्याएको छ।,शिक्षा मन्त्रालय अन्तरगतका जिल्ला शिक्षा कार्यालय खारेज गरी शिक्षा विकास तथा समन्वय एकाइ सञ्चालनमा ल्याइएको हो।,गृह मन्त्रालय अन्तरगत रहेको प्रशासन कार्यालयको एउटा शाखाको रूपमा एकाइले काम सुरू गरिसकेको छ।,साविक जि...
प्रकाश ढुंगाना सुन काण्डबारे छानबिन गर्न बनेको समितिले प्रधानमन्त्री केपी शर्मा ओलीलाई अहिलेसम्म भइरहेको प्रगतिबारे जानकारी गराएको छ।  गृह मन्त्रालयका सहसचिव ईश्वरराज पौडेल नेतृत्वको समितिले सोमबार प्रधानमन्त्री ओलीलाई २ घन्टा बढी ब्रिफिङ गराएको हो।,समितिका अनुसार ९ महिनामा ४७ क्विन्टल  सुन अवैध तरिकाबाट नेपाल भित्रिए...
गिरीश गिरी भुइँचालोको तीन वर्ष ,भुइँचालोले दीर्घकालीन चोटका रुपमा हाम्रा पहाडी घरहरुको मौलिकता विनाश गरिदिएको छ।,प्रधानमन्त्रीले मुलुकलाई कृषिप्रधानमा फर्काउने प्रण गरिरहेका छन्। यही बेला गाउँ-गाउँमा दुईकोठे ‘आरसीसी’ घर ठडिँदै छन्। यिनै घरले अब यहाँ बस्नेलाई फेरि किसान बन्न नदिने विज्ञहरु बताउँछन्। सरकारी प्राविधिकहर...
सेतोपाटी संवाददाता प्रहरीले गायब साढे ३३ किलो सुन प्रकरणका मुख्य नाइके मोरङ उर्लाबारीका ३५ वर्षीय गोरे भनिने चूडामणि उप्रेतीलाई पक्राउ गर्न इन्टरपोलमार्फत डिफ्युजन नोटिस जारी गरिएको छ।,त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सेटिङमा बाहिरिएको ३३ केजी सुन र योसँगै जोडेर भएका तीन जनाको मृत्यु प्रकरणमा मुख्य व्यक्ति भनी प्...
सुजिता कार्की बुटवलको राजमार्ग चौराहादेखि गोलपार्कसम्म सडक मिचेर बनाइएका घर संरचना आजदेखि पुनः भत्काउन थालिएको छ।,सडक विस्तारको जिम्मा पाएको बुटवल बेलहिया व्यापारिक सडक विस्तार आयोजनाले आजदेखि पुनः सडकको ८२ फुटभित्रका घर भत्काउन थालेको हो। आयोजनाले मिलनचोकदेखि ट्राफिक चोकसम्मका ठाउँठाउँका करिब ७० घर डोजर लगाएर भत्काएक...
सेतोपाटी संवाददाता  ,त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै अवैध रूपमा बाहिरिएको ३३ किलो सुन प्रकरण अनुसन्धानका लागि डिएसपी सञ्जय राउतलाई खोज्न सातै प्रदेश र ७७ जिल्लाका प्रहरी कार्यालयलाई सर्कुलर गरेको छ।,सरकारले गठन गरेको छानबिन समितिको निर्देशनमा सर्कुलर जारी गरेको प्रहरी प्रधान कार्यालय स्रोतले सेतोपाटीलाई जानका...
प्रकाश ढुंगाना लामो समयदेखि रोकिएको नेपाल प्रहरीको सईको बढुवा भएको छ।,बढुवा सिफारिस समितिले ७३ जना सईहरुको इन्सपेक्टरमा बढुवाका लागि सिफारिस गरेको छ।,२०६० सालमा सइमा बढुवा भएकाहरुको बढुवा निकालिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ।,१ हजार ६१ जनामध्ये उत्कृष्ट ७३ जनालाई बढुवाका लागि सिफारिस गरिएको उच्च प्रहरी स्रोतले ...
रासस महोत्तरीको गौशाला नगरपालिका–१ रामनगर जंगलमा लाखौँ रुपैयाँ लुटिएको छ ।,आज बेलुकी गौशालाबाट बर्दिवासतर्फ जाने क्रममा अज्ञात समूहले नगद रु नौ लाख र एकथान मोबाइल लुटेको छ ।,बर्दिवासस्थित सूर्य नेपाल डिलरका कर्मचारीले बजारमा संकलन गरेको रु नौ लाख नगद र एक थान मोबाइल अज्ञात समूहले लुटपाट गरेको हो ।,जिल्लाको औरही, गौशाल...
रासस मध्यपुर थिमि नगरपालिकाका प्रमुख मदनसुन्दर श्रेष्ठमाथि दुईजनाले शनिबार सांघातिक आक्रमण गरेका छन् ।,साँझ करिब ६ बजे घर प्रवेश गर्न लागेका बेला दुई अपरिचित व्यक्तिले ‘मेयरसाब’ भनी बोलाउँदै फलामे रडले प्रहार गरेको घाइते प्रमुख श्रेष्ठले जानकारी दिएका छन् ।,आक्रमणपछि घाइते प्रमुख श्रेष्ठको मध्यपुर थिमी अस्पतालमा उपचार...
डा.दिनेश काफ्ले  ‘नहुदा’ महिलाको स्वास्थ्य र समाजको मान्यतामाथि धेरै बहसहरू चलिरहको छ। महिला हुनुको विशेषतालाई सम्मान गरेका पौराणिक, धार्मिक मान्यता प्रसस्थ सुनिन्छ। तर, महिला भएकै कारणबाट प्राकृतिक भनौं दैविक पक्षमा देखिने रूप र स्थितिलाई अनदेखा गर्न खोज्ने, हेय दृष्टी राख्ने वा अलग्याउने सामाजिक मान्यता समेत पाइन्छ।...
रासस  ‘म अभागीको कर्मै खोटो हजुर..!’ गत बुधबार एमाले नेता माधवकुमार नेपालले छोरी शवनम खातुनको खाजा र कापीकलमका लागि दिएको  छ हजार नगद आफू सुतेको फुटपाथबाटै चोरिएपछि रहिशाले आफूलाई सम्हाल्न गाह्रो पार्दै भनिन्, 'मेरो सात वर्षकी छोरीको खुशी तिन (चोर) लाई सह्य भएनछ ।',महोत्तरी, औरही नगरपालिका–१ की बासिन्दा खातुनका पति हम...
रासस ‘महानायक’ राजेश हमालले एक बालकलाई शुक्रबार विद्यालय भर्ना गराएका छन् ।,हमालले बुद्धभूमि नगरपालिका तथा जिल्ला प्रशासन कार्यालय, शिक्षा विकास तथा समन्वय एकाइ कपिलवस्तुको समन्वयमा अभिभावक बनी बुद्धभूमि नगरपालिका–२ गोरुसिंगेस्थित गौतमबुद्ध माविमा पाँच वर्षीय राज थारुलाई कक्षा १ मा भर्ना गर्दै अभिभावक बनेका हुन् ।,'मे...
नारायण खड्का दाङको देउखुरीमा ट्रक र यात्रुबाहक माइक्रो बस एक आपसमा ठोक्किँदा २ जनाको मृत्यु भएको छ। घटनामा परी ५ जना गम्भीर घाईते भएका छन्।,सनिबार साँझ लमही नगरपालिका वडा नं. ९ रिहार नजिक घोराहीबाट नेपालगञ्ज जाँदै गरेका भे १ ज ६१४ नम्बरको माइक्रो  र पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको ना ६ ख ६६४८ नम्बरको ट्रक एक आपसमा ठोक...
मनोज सत्याल व्यस्तता देखाउँदै प्रधानमन्त्री केपी शर्मा ओली घरपायकको विद्यालय नआएपछि मुगुकी ६ वर्षीया थिल्ने साङ् तामाङ नयाँ वर्षको दिन प्रधानमन्त्री भेट्न रारा ताल पुगिन्।,विद्यालय भर्नालाई देशभरि अभियान बनाउन कस्सिएका प्रधानमन्त्री ओलीलाई अभिभावक मान्न थिल्ने आमासँगै १० घन्टा हिँडिन्।,मुगुका जिल्ला शिक्षा अधिकारी धनस...
नारायण खड्का पूर्व पश्चिम राजमार्ग अन्तरगत दाङमा शनिबार बेलुका भएको सवारी दुर्घटनमा मृतकको संख्या तीन पुगेको छ।,उपचारका क्रममा रोल्पा जिल्लाको रुन्टीगढी गाउँपालिका वडा नम्बर ६ निवासी अन्दाजी ३५ वर्षीया देवीका थापा मगरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङले जानकारी दिएको छ। प्रहरीका अनुसार थापाको गएराति उपचारका क्र...
डिल्ली पाण्डे तपाईँ  कुनै सेकेनह्याण्ड मोटरसाईकल किन्दै हुनुहुन्छ? यदि त्यस्तो हो भने  होसियार रहनुहोस्। तपाईँले किन्न खोजेको मोटरसाईकल चोरीको पनि हुन सक्छ।,यातायात कार्यालय जाने झन्झट नपर्ने घरमै सम्पूर्ण काम गरि ल्याईदिने भन्दै सस्तोमा मोटरसाईकल पाउने गल्ती नगर्नूहोला।,उपत्यकामा चोरीका मोटरसाइकललाई यसरी ठगी गरि बिक्...
सुजिता कार्की रानीपोखरी पुनर्निर्माणका क्रममा अहिलेसम्म दुई करोड ५० लाख रुपैयाँ सकिएको छ।,विसं २०७२ को गोरखा भूकम्पका कारण पूर्ण रूपमा क्षति पुगेको रानीपोखरी पुनर्निर्माणका लागि ११ करोड ६० लाख ७३ हजार ९०० रुपैयाँ लाग्ने अनुमान भए पनि करिब सात करोड रुपैयाँमा निर्माण कम्पनीलाई जिम्मा दिइएको कामपाका लेखा अधिकृत श्याम पाण...
सुजिता कार्की चितवनको रत्ननगरस्थित सौराहा नजिकै राप्ती किनारमा फेरि आज एउटा दुर्लभ पाटेबाघ मरेको छ।,चितवन राष्ट्रिय निकुञ्जको छेउ राप्ती किनारमा वयस्क बाघ मृत फेला परेको चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी एवं सहायक संरक्षण अधिकृत नुरेन्द्र अर्यालले जानकारी दिए। बाघ गए राति अर्काे बाघसँगै जुधेर मरेको अनुमान छ। बिह...
सुजिता कार्की भक्तपुर जिल्ला सूर्यविनायक नगरपालिका–९ अरनिको राजमार्गस्थित नलिनचोक बाँसघारीमा पैदल यात्रुको ज्यान जाने गरी ठक्कर दिएर फरार ट्रक चालकलाई प्रहरीले पक्राउ गरी आजै ज्यान मार्ने उद्योगअन्तर्गत मुद्दा चलाएको छ।,यही वैशाख १ गते राति बा४ख २९३४ नंको ट्रकले ठक्कर दिँदा स्थानीयवासी ४८ वर्षीय रामहरि भुजेलको मृत्यु ...
सेतोपाटी संवाददाता काठमाडौंको नयाँ बजारबाट ठूलो परिणाममा अवैध लागूऔषधसहित प्रहरीले ४ जनालाई पक्राउ गरेको छ।,महानगरीय प्रहरी वृत्त सोह्रखुट्टेको प्रहरी टोलीले शनिबार नयाँ बजारबाट डाईजेपाम, फुरर्नरफिन, फेनारगन करिब १६ सय इम्पुल अवैध लागूऔषधसहित स्याङ्जा अर्जुन चौपारी ३ का रविन गुरुङ, भोजपुर दिङ्गला ९ का लाक्पा शेर्पा र ...
सेतोपाटी संवाददाता त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट २ किलो सुनसहित एक भारतीय नागरिक पक्राउ परेका छन्।,गएको शुक्रबार राति दुबईबाट नेपाल आउँदै गरेका एक भारतीय नागरिकको साथबाट प्रहरीले करिब २ किलो लिक्विट सुन बरामद गरेको विमानस्थल प्रहरीले जनाएको छ।,केमिकलको प्रयोग गरेर तरल बनाइएको सुनलाई ठूलो खालको कम्मरपेटी भित्र ...
सत्यमोहन जोशी (प्रस्तुतीः गिरीश गिरी) खस सभ्यता खोज्दै महाविकट कर्णाली–४,सिंजाखोलाबाट काठमाडौं आइसकेपछि हामी आ–आफ्ना दुनियाँमा फर्कियौं।  मानवशास्त्री विहारीकृष्ण श्रेष्ठजीको काज सकिएकाले गृहमन्त्रालयमै हाजिर भए।,भूगोलविद् स्थिरजंगबहादुरजी योजना आयोग गए।,भाषाशास्त्री चूडामणि बन्धुजी प्राध्यापक, विश्वविद्यालयमै फर्किए।...
–पूर्णप्रसाद मिश्र विश्व सम्पदा सूचीमा सूचीकृत पशुपतिनाथ मन्दिर परिसरबाट ४० वर्षपछि सोमबारदेखि वाग्मती तीर्थयात्रा शुरु गरिँदैछ ।,नेमुनिको पालादेखि शुरु भएको विश्वास गरिने वाग्मती तीर्थयात्रा विसं २०३४ पछि हुन सकेको थिएन । सोमबार बिहान पशुपतिनाथ मन्दिरमा पञ्चामृतसहित पूजा एवं रुद्रीपाठ गरेपछि यात्रा शुरु हुनेछ ।,वाग्म...
रासस मध्यवर्तीका बासिन्दालाई त्रसित बनाउँदै आएको जंगली हात्ती ध्रुवेले गएराति पाँच वटा घर भत्काएपछि स्थानीय त्रसित बनेका छन् ।,स्थानीयवासीले उचित क्षतिपूर्तिको माग गर्दै आइतबार दिउँसो दुई बजेदेखि साँझ ६ बजेसम्म भरतपुर–माडी–ठोरी हुलाकी सडकको प्रवेशद्वार घैलाघारीमा सडक अवरुद्ध पारेका थिए। उनीहरुले घैलाघारी मध्यवर्ती उपभ...
सेतोपाटी संवाददाता निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त अयोधीप्रसाद यादवको निवासमा आज साँझ बम बिस्फोट भएको छ ।,ललितपुरको हात्तीवनस्थित यादवको निवासमा बम बिस्फोट भएको ललितपुरका एसएसपी गणेश ऐरले जानकारी दिए।,सवा ८ बजेतिर बम विस्फोट भएको र यादवको घरको सिसाहरु फुटेको प्रहरीले जनाएको छ। 'कसले र किन बम पड्काएको भन्नेबारेम...
सेतोपाटी संवाददाता प्रमुख निर्वाचन आयुक्त अयोधिप्रसाद यादवको घरबाहिर शंकास्पद वस्तु भेटिएको छ।,यादवको हात्तिवनस्थित घर अगाडि शंकास्पद वस्तु भेटिएको प्रहरीले जनाएको छ। शंकास्पद वस्तु  बम हुन सक्ने अनुमान गरिएको छ।,यादवको घरमा सेनाको बम डिस्पोजल टोली पुगिसकेको छ। यसअघि साँझ ८ बजेतिर यादवको घरलाई लक्षित गर्दै बम बिस्फोट ...
प्रकाश ढुंगाना साढे ३३ किलो सुन काण्डमा पुर्व डिआइजी गोबिन्द निरौला पक्राउ परेका छन् । सुन तस्करीमा सघाएको आरोपमा उनलाई पक्राउ गरिएको हो। उनलाई बानेश्वर प्रहरी बृतमा राखिएको छ।,उनी गत चैत २८ गते अवकाशमा गएका प्रहरी अधिकारी हुन् । गत फागुन ९ गते दुबइबाट तस्करी भएको साढे ३३ किलो सुन गायव भएपछि गृह मन्त्रालयले छानबिन समि...
सेतोपाटी संवाददाता प्रहरीले अवैध विदेशी मुद्रासहित चिनीयाँ नागरिकलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरेको छ।, बिमान बंगलादेशको फ्लाट नं. बीई ०७२ बाट ढाका उड्ने तयारीमा रहेका एक चिनियाँ नागरिकलाई अवैध ३८ हजार १ सय चिनीयाँ युआन र १९ हजार ९ अमेरिकी डलरसहित विमानस्थलबाट पक्राउ गरेको हो।, पक्राउ परेका व्यक्...
रासस ट्राफिक प्रहरीका नायब निरीक्षक रामचन्द्र खनियाँले आइतबार दिउँसो एक युवतीलाई एसिड छर्किएका छन्।,पूर्वी चितवनको रत्ननगरमा कार्यरत खनियाँले  दिउँसो ३ बजेको समयमा भरतपुर महानगरपालिका वडा नं ४, त्रिचोकमा गोरखा घर भई सोही ठाउँ डेरा गरी बस्ने २८ वर्षीया कल्पना श्रेष्ठलाई एसिड छर्किएको प्रहरीले जनाएको छ ।,जिल्ला प्रहरी क...
भगवती पाण्डे रुपन्देहीको ओमसतिया गाउँपालिका–६ की १५ वर्षीया किशोरी रीता हरिजन (परिवर्तित नाम) को हत्यामा संलग्न अभियुक्तलाई बिहिबार रुपन्देही प्रहरीले सार्वजनिक गरेको छ।,वैशाख ३ गते राति घरबाट निस्किएकी हरिजन ४ गते बिहान घर नजिकैको खेतमा मृत फेला परेकी थिइन्। घटना लगत्तै अनुसन्धान थालेको प्रहरीले हरिजनको हत्या गरेको आ...
सुजिता कार्की एक महिलालाई आइतबार शरीरमा तेजाब खन्याउने प्रहरी नायब निरीक्षकविरुद्ध ज्यान मार्ने उद्योगमा आज मुद्दा दर्ता भएको छ ।,गोरखा घर भई भरतपुर महानगरपालिका– ४ त्रिचोकमा डेरा गरी बस्ने कल्पना श्रेष्ठमाथि डेरा नजिकैको चोकमा तेजाब खन्याउने दंगा नियन्त्रण गण हेटौंडा दरबन्दी भई अस्थायी ट्राफिक पोष्ट टाँडीमा कार्यरत प...
नारायण खड्का दाङको घोराहीमा प्रहरीले पाकेट मारेर भाग्दै गरेका तीन जनालाई पक्राउ गरेको छ।,बिहिबार दिउँसो पक्राउ गर्दा उनीहरूको साथबाट प्रहरीले दुई लाख ७५ हजार रुपैयाँ समेत बरामद गरेको छ।,घोराही उपमहानगरपालिका १४ नयाँ बसपार्कमा दुई जना व्यक्तिको पकेट काटेर लुटेको दुई लाख ७५ हजार रुपैयाँसहित तीन जनालाई प्रहरीले सार्वजनिक...
नारायण खड्का हापुरे खानेपानी तथा सरसफाइ संस्थाको हापुरेस्थित कार्यालयमा स्थानीय उपभोक्ताले बिहिबार तालाबन्दी गरिदिएका छन्।,बुधबारको साधारण सभामा पेस गरिएको आर्थिक प्रतिवेदन पारदर्शी नभएको भन्दै बबई गाउँपालिका वडा नम्बर ४ र ५ का उपभोक्ताले खानेपानी कार्यालयमा ताला लगाएका हुन्।,धारा जडानबाट संकलित रकम पारदर्शी नभएको भन्...
सेतोपाटी संवाददाता एमाले अध्यक्ष केपी शर्मा ओलीले पहिलो पटक प्रधानमन्त्रीको पदभार सम्हाल्दा गरेको निर्णय हो- दुई वर्षभित्र देशलाई तुइनमुक्त पार्ने।,त्यतिबेला ९ महिनामै सत्ताबाट बाहिरिनु परेका ओलीले दुई महिनाअघि दोस्रो पटक प्रधानमन्त्रीको कार्यभार सम्हालेका छन्। यसपालि पदभार सम्हाल्दा उनले दुई निर्णय गरेका छन्- दुई वर्...
चेतना गुरागाईं र सुदीप श्रेष्ठ काठमाडौंबाट ६ सय ६२ किलोमिटर टाढा धनगढीमा पनि धूलोको सास्ती छुटेन!,सहरी विकासको काम धूनधान जो छ।,धूलो नउडाई सडक बन्न सक्छन् भन्ने इञ्जिनियरहरूले बुझे पो!,पूर्व–पश्चिम राजमार्गको अत्तरियाबाट दक्षिण मोडिनासाथ बुङ्बुङ्ती धूलो उड्न थाल्छ। धनगढीसम्मै छ लेन सडक बन्दैछ। दुवैतर्फ फुटपाथ र नालाका...
सेतोपाटी संवाददाता विमानस्थलमा मालिन्दो एयर ठूलो दुर्घटनाबाट बच्यो, चालक दलसहित सबै १३९ यात्रु सकुशल,काठमाडौंबाट मलेसियाको क्वालालम्पुरतर्फ उड्न लागेको मालिन्दो एयरको जहाज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ठूलो दुर्घटनाबाट जोगिएको छ।,काठमाडौंबाट बिहीबार राति ९:४५ बजे मलेसियाको क्वालालम्पुरका लागि उड्न खोजेको उडान न...
रवीन्द्र शाही त्रिभुवन विमानस्थलको आन्तरिक उडान र  अवतरण ९ बजेपछि  सुचारू भएको छ।,मालिन्दो एयरको जहाज बिहिबार राति दुर्घटनामा परेपछि नेपालको एकमात्र अन्तर्राष्ट्रिय त्रिभुवन विमानस्थल बिहिबार राति १० बजेदेखि अवरुद्ध भएको थियो।,विमानस्थलका नायब महाप्रवन्धक राजुकमार क्षेत्रीका अनुसार आन्तरिक उडानका जहाजलाई लामो रनवे नचा...
नारायण महर्जन रातो मच्छिन्द्रनाथको रथयात्रा बिहिबारबाट सुरु भएको छ ।,वर्षा र सहकालका देवता मानिने रातो मच्छिन्द्रनाथको रथयात्रा ललितपुरको पुल्चोकबाट सुरु भएको हो । दिउँसो मीननाथको रथलाई पुल्चोक पुर्‍याएपछि रातो मच्छिन्द्रनाथको रथयात्रा सुरु गरिएको हो।,बिहिबार पहिलो दिन रथ नःटोल पुर्‍याइएको छ। रथ तान्ने पर्वभरी होम र ग...
सेतोपाटी संवाददाता बिहीबार राति चिप्लिएर त्रिभुवन विमानस्थलको चौरमा पुगेको मालिन्दो एयरको जहाजलाई फलामे डोरी (लठ्ठा) ले पार्किङ वे ल्याउने प्रयास जारी छ।,जहाज रनवेबाट झन्डै ४० मिटर पर चौरमा पुगेको छ। बिहान १० बजेसम्म जहाजलाई  २ फिट जति तानिएको छ।,विमानस्थल प्रशासनले मध्यान्ह १२ बजेसम्म जहाज पार्किङ वेमा ल्याउने जनाएको...