content stringlengths 20 64.1k ⌀ |
|---|
सेताेपाटी संवाददाता राजधानीभित्र लागूऔषध कारोबार गर्ने समूहलाई प्रहरीले पक्राउ गरेको छ।,महानगरीय प्रहरी वृत्त कालिमाटीबाट खटिएको टोलीले मकवानपुर हेटौंडा घर भई हाल बल्खु बस्ने ३५ वर्षीय सन्तोष सापकोटा, काभ्रे दाप्चा घर भई हाल त्रिपुरेश्वर बस्ने २० वर्षीया आशिका विसिङ्खे र सिन्धुली दुम्जाघर घर भई हाल भक्तपुर गठ्ठाघर बस्... |
भानुभक्त मकवानपुर प्रहरीले बिहीबार २ सय ३० किलो गाँजा बरामद गरेको छ।,इलाका प्रहरी कार्यालय मनहरीको प्रहरी टोलीले राक्सीराङ– २ का ४३ वर्षिय राजकुमार मोक्तानलाई ८० किलो गाँजासहित बिहान ३ बजे पक्राउ गरेको हो।,उनलाई हिरासितमा राखेर थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।,त्यसैगरी हेटौंडा उपमहानगरप... |
विनोद सापकोटा नियमन गर्ने निकायलाई नै आर्थिक प्रभावमा पारेर भारतीय तस्करले झापामा राष्ट्रिय जनावार गाईको अवैध तस्करी गर्ने गरेका छन्।,सीमा सुरक्षाको जिम्मा पाएको नेपालस्थित सशस्त्र प्रहरीलाई प्रति गोटा नेपाली १० र भारतीय सीमा सुरक्षा बल एसएसबीलाई भारतीय १० रुपैयाँ दिएपछि नेपालबाट जति पनि गाई निकासी गर्न पाएको तस्कर स्... |
चन्द्र काफ्ले सडक विस्तारको विरोधमा बुधबार पनि काठमाडौंको माईतीघर मण्डलामा विरोध प्रद्र्रशन गरिएको छ ।,गैरन्यायिक ढंगले भईरहेको सडक विस्तारको काम तत्काल रोक्न सरकारसँग माग गर्दै काठमाडौं उपत्यका सडक विस्तार पीडित संघर्ष समितिको आह्वानमा बुधबार पनि माईतीघर मण्डलामा ३ घण्टा विरोध प्रर्दशन गरिएको हो । जग्गा प्राप्ती ऐनको... |
प्रशन्न पोखरेल राजधानीको भद्रकाली र माइतीघरबीचको दुरी मुस्किलले एक किलोमिटर छ। यी दुई ठाउँमा केही दिन यता पाल टाँगेर केही मानिस अनसन बसेका छन्। अनसनबाट पूरा गर्न खोजेका उनीहरुका मागमा ठूलो अन्तर छ।,माइतीघरमा अनसन बसेका तीन विद्यार्थी भन्छन्–अस्थायी शिक्षक स्थायी बनाउने परीक्षा रद्द गर्नुपर्छ।,भद्रकाली मन्दिर छेउको पिप... |
प्रशन्न पोखरेल स्वेच्छिक अवकाशमा जान निवेदन दिएका कर्मचारीको नामवली प्रकाशन रोकिएको छ।,राजपत्रमा प्रकाशित सूचनाअनुसार चैत १३ गते स्वेच्छिक अवकास रोजेका कर्मचारीको सूची सार्वजानिक गर्नु पर्ने थियो।,संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले अन्तिम समयमा नामावली प्रकाशन रोकेको हो।,मन्त्रालयको वेवसाइटबाट सूची सार्वजानि... |
लेखनाथ खतिवडा चौध वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा पाँचथर फाल्गुनन्द गाउँपालिकास्थित प्रहरी चौकी नवमीडाँडाका प्रहरी सहायक निरीक्षक (असई) बलबहादुर ठटाल पक्राउ परेका छन्।,चौध वर्षीया बालिकालाई बलात्कार गरेको रहस्य सार्वजनिक भएपछि जिल्ला प्रहरी कार्यालय पाँचथरले असई ठटाललाई मंगलबार पक्राउ गरेको हो। पीडितका आफन्तका... |
नारायण खड्का परिवर्तित समयसँगै आजभोलि समाजमा अन्तरजातीय विवाह सहज बन्दै गएको पाइएको छ। अन्तर जातीय विवाह गरेका जोडीहरूले दलित र गैर दलित जात बीचको विवाह समाजमा विस्तारै सहज रूपमा स्वीकार्य बन्दै गएको बताएका छन्।,५३औँ अन्तर्राष्ट्रिय जाति तथा रंगभेद उन्मुलन दिवसका अवसरमा सेतोपाटीले दाङमा अन्तरजातीय विवाह गरेका केही जोड... |
गिरीश गिरी/प्रकाश ढुंगाना म्याग्दीको दुर्गम भेगबाट वैदेशिक रोजगारीमा सन्तान पठाएको एउटै परिवारले एक दशक भित्रै चारमध्ये तीन तन्नेरी छोरा गुमाएको छ। तीस वर्षभन्दा कम उमेरमै तीन जनै दाजुभाइ कमाउन गएका ठाउँमा सुत्यासुत्यै मृत अवस्थामा फेला परेका हुन्।,मलेसियाबाट २८ वर्षीय धर्मलाल रोकाको शव बुधबार त्रिभुवन अन्तर्राष्ट्रिय... |
भानुभक्त दक्षिणकालीबाट काठमाडौं आउँदै गरेको बस पल्टँदा २ जनाको मृत्यु भएको छ भने २२ यात्रु घाइते भएका छन्। दुर्घटनामा परी गम्भीर घाइते भएका दक्षिणकाली मन्जु बस्नेत र सुनिल श्रेष्ठको उपचारका क्रममा राजधानीको वयोधा अस्पतालमा मृत्यु भएको हो।,बिहीबार बिहान साढे ९ बजेतिर काठमाडौं आइरहेको बा १ ख ९९९९ नम्बरको यात्रुवाहक बस फ... |
सुजिता कार्की काठमाडौं महानगरपालिकाले नियम बाहिर रही राखिएका विज्ञापन हटाउने कामलाई तीव्रता दिएको छ।,एक वर्षअघि नै अभियानका रूपमा जथाभावी रूपमा राखिएका विज्ञापन तथा होर्डिङबोर्ड हटाइसकेको कामपामा पुनः जथाभावी विज्ञापन देखिएकाले सुन्दर सहरको परिकल्पनासहित उक्त कार्य सुरू गरेको कामपाले जनाएको छ।,यदि कसैको भरोसामा उक्त क... |
सुजिता कार्की एनसिएलको टावरमा आगलागी गराएको आशंकामा आज दुई जनालाई जिल्ला प्रहरीले पक्राउ गरेको छ। इलाम नगरपालिका– १ साजेजुङमा रहेको टावरमा आज बिहान आगलागी गराएको आशंकामा विशाल राई र विमल राईलाई प्रहरीले पक्राउ गरेको हो।,बिहान करिब ३ बजे आगलागी भएको थियो। आगलागीपछि खोजतलास गर्ने क्रममा सोही ठाउँ निवासी उनीहरूलाई नियन्त... |
सेताेपाटी संवाददाता अस्पतालमा उपचार गराउन आएकी महिलालाई आफू डाक्टर रहेको भन्दै विभिन्न प्रलोभनमा पारी बलात्कार गर्ने पाल्पा तानसेनका २७ वर्षीय अर्जुन कोइरालालाई प्रहरीले पक्राउ गरेको छ।,कोइरालाले गएको चैत ६ गते आमाको उपचार गराउन गंगालाल अस्पतालमा आएकी एकजना युवतीलाई ‘म पनि न्यूरो अस्पतालको डाक्टर हुँ गंगालाल अस्पतालको... |
सेताेपाटी संवाददाता राजधानीको गौशालाबाट चैत ३ गते राति प्रहरीले पक्राउ गरेका गुण्डा नाइके तथा नेता गणेश लामालाई अनुसन्धानको लागि १० दिन म्याद थप गरिएको छ।,यसअघि प्रहरीले जिल्ला प्रशासन कार्यालयले १० दिन हिरासतमा राख्ने अनुमति दिएको थियो।,हातहतियार तथा खरखजानामा प्रहरीले अनुसन्धान गरिरहेको महानगरीय प्रहरी परिसर काठमाड... |
सेतोपाटी संवाददाता कास्की जिल्लाको पोखरा लेखनाथ महानगरपालिका ७ लेकसाइड स्थित फेवातालमा हावाहुरीले अलपत्र परेका सात जना आन्तरिक पर्यटकहरुको एपीएफ टोलीले सकुशल उद्वार गरेको छ ।,घटनाबारे जानकारी पाउनासाथै सशस्त्र प्रहरी बल नेपाल कालिका गण मालेपाटन पोखराबाट फेवाताल टावर सुरक्षार्थ खटिएको एपीएफ टोली तत्कालै उद्वार कार्यमा ... |
डिल्ली पाण्डे तीन महिनाअघि उनको मनमा एक सपना पलायो– काठमाडौं जाने, काम गर्ने अनि महिनाको ५० हजार तलब खाने। त्यो सपना उनले तब देखिन जब चिनेजानेका दाइले काठमाडौंमा आफ्नै रेष्टुरेन्टमा वेटर बनाइदिन्छु भने।,कास्कीको एउटा गाउँमा साधारण जिन्दगी बाँचिरहेकी उनी हौसिदै रात्रीबस चढेर काठमाडौं आइपुगिन्।,उनलाई बोलाउने दाइको गोंगब... |
सेतोपाटी संवाददाता भक्तपुरमा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ।,सोमबार अपरान्ह वर्षासँगै चट्याङ पर्दा सिन्धुली हरिहरपुर घर भइ ताथलीस्थित शंकर इट्टा भट्टामा काम गर्ने १९ वर्षका सुरेन्द्र बल तामाङको मृत्यु भएको हो।,इट्टा भट्टा भित्र झ्याउलीले बारेको घर भित्र बसिरहेको अवस्थामा चट्याङ लागेर घाईते भएका उनको भक्तपुर अस्पत... |
चन्द्र काफ्ले खोटाङको रूपाकोट मझुवागडी नगरपालिका ३ का मक्करध्वज राईले मदिराको नसामा श्रीमतीको हत्या गरेका छन्। जिल्ला प्रहरी कार्यालय खोटाङका अनुसार राईले सोमबार साँझ श्रीमती अईसरा साईलाई बाँसको भाटाले हानेर हत्या गरेका हुन्।,मदिराले लट्ठ भएका राईले सामान्य बिवादमा श्रीमतीको हत्या गरेको प्रहरीले जनाएको छ।,श्रीमतीको हत... |
रासस नेपाली सेनाको पूर्वी पृतना मुख्यालय इटहरीअन्तर्गत कार्यरत रहेका दुई नेपाली सैनिकको मृत्यु भएको अवस्थामा शव परीक्षणका लागि ल्याइएको बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले जानकारी दिएको छ ।,नेपाली सेनाको पूर्वी पृतना मुख्यालय इटहरीभित्र रहेको पोखरीमा दुई व्यक्ति डुबेर मृत अवस्थामा देखिएपछि स्थानीयवासीले हल्ला ... |
चन्द्र काफ्ले ताप्लेजुङको सिदग्वा गाँउपालिका ४ मा भीरबाट लडेर एक जनाको मृत्यु भएको छ।,सोमबार साझ भीरबाट लडेर स्थानीय ६३ वर्षिय कमल लिम्बुको मृत्यु भएको प्रहरीले जनाएको छ।,आफन्तको घरबाट आफ्नो घर जाँदै गरेका लिम्बु राति ९ बजे भीरबाट लडेर घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।,घटनाका बारेमा प्रहरीले अनुसन्धान थालेको ज... |
सेतोपाटी संवाददाता सुर्खेतको पञ्चपुरी नगरपालिकामा माध्यमिक शिक्षा परीक्षा (एसइई) दिन आएकी एक छात्रा मंगलबार बिहान मृत फेला परेकी छन्।,इलाका प्रहरी कार्यालय बाबियाचौरका प्रमुख प्रहरी निरीक्षक सुशोभन श्रेष्ठले दिएको जानकारी अनुसार पञ्चपुरी–३ चौरकी गौरीकला रोकाया बिहान मृत फेला परेकी हुन्।,उनी एसइई परीक्षाका लागि बाबियाच... |
डिल्ली पाण्डे एसइइ परीक्षामा चिट चोर्न नपाएको भन्दै मुगुमा प्रहरीमाथि ढुङ्गामुढा भएको छ। मुगुको छाँयानाथ नगरपालिका १० रोवा मावी परीक्षा केन्द्रमा प्रहरीले चिट चोर्न नदिएको भन्दै सोमबार राति स्थानीयले प्रहरी पोस्टमा आक्रमण गरेको जिल्ला प्रहरी कार्यालय मुगुले जनाएको छ।,स्थानीय तथा विद्यार्थी मिलेर राति प्रहरी सुतेका बेल... |
सेतोपाटी संवाददाता काठमाडौंको दक्षिणकालीमा ट्रिपरले साईड नदिएको भन्दै स्थानीयले चालकमाथि कुटपिट गरेका छन्।,सोमबार साँझ बा ४ ख ४९३३ नम्बरको ट्रिपरले साईट नदिएको भन्दै स्थानीय दिपेश केसी, उनकी श्रीमती सरस्वती उप्रेती, रमेश श्रेष्ठलगाएतका ब्यक्तिले ट्रिपर चालक काभ्रेका श्याम खड्कालाई कुटपिट गरेको प्रहरीले जनाएको छ।,उनीहर... |
भगवती पाण्डे/रवीन्द्र शाही हरेक नयाँ पर्यटन मन्त्रीले गर्ने एउटा प्रतिवद्धता हो–वैकल्पिक अन्तर्राष्ट्रिय विमानस्थल बनाइनेछ। अन्तर्राष्ट्रिय उडान हुने एउटामात्र विमानस्थल हुँदा नयाँ पर्यटन मन्त्रीको यो साझा प्रतिवद्धता बनेको छ।,त्रिभुवन विमानस्थलबाहेक अहिले थप दुई अन्तर्राष्ट्रिय विमानस्थलको निर्माणको काम भइरहेको छ, प... |
विनोद सापकोटा ,जता ततै धुलै धुलो। जता हेर्यो उतै फोहोरको डङ्गुर। सार्वजनिकस्थल र सडकमा फोहोरको पहाड।,‘सकिन्छ फोहोर व्यवस्थापन गरौं सकिन्न फोहोर नगरौं’ भन्ने निकायनै सडकमा फोहोर फालिरहेको छ। फाल्नेलाई कुनै कारबाही छैन। नियमन गर्ने निकायनै सडकमा फोहोर फालिरहेको छ।,झापाका अधिकांश शहरबाट निस्कने फोहोरले सडक किनार र जंग... |
सेताेपाटी संवाददाता युवतीलाई जबरजस्ती करणी गर्नै एक युवकलाई प्रहरीले पक्राउ गरेको छ।,धनुषा धनौजी गाउँपालिका वडा नम्बर ५ बस्ने वर्ष २१ को सुधिर कुमार कापर पक्राउ परेका हुन्। धनुषा प्रहरीले लुकिछिपी बसेका कापरलाई आइतबार पक्राउ गरी महानगरीय प्रहरी वृत गौशलालाई बुझाएको हो।,कापरले गत साउन ११ गते ९ तिलगंगास्थित विन्देश्वर ... |
सेताेपाटी संवाददाता महानगरीय प्रहरी वृत गौशालाबाट ड्यूटीमा खटिएका दुई प्रहरीले सुन लुटेको खुल्न आएको छ।,प्रहरीले सुन लुटेको अभियोगमा प्रहरी हवल्दार विश्वराज कुशहवा र जवान बिष्णुबहादुर थापाले पक्राउ गरि अनुसन्धान सुरू गरको महानगरीय प्रहरी परिसर काठमाडौंका डिएसपी मोहन थापाले जानकारी दिए। उनीहरूलाई निलम्बन गर्ने तयारी गर... |
सेताेपाटी संवाददाता ललितपुरको भैंसेपाटीमा एक किशोरी मृत अवस्थामा फेला परेकी छिन्।,पाटन अस्पताल ललितपुरमा कार्यरत चिकित्सक घरमा काम गर्ने १८ वर्षीया मन्तु भन्ने प्रियंका यादव झुन्डिएको अवस्थामा फेला परेको महानगरीय प्रहरी परिसर ललितपुर जानकारी दिएको छ।,सोमबार राति उनी झुन्डिएको अवस्थामा फेला परेकी हुन्। मृत शवलाई पोस्टम... |
सेतोपाटी संवाददाता नेपाली सेनाको पूर्वी पृतना मुख्यालय इटहरीमा सोमबार दुई सैनिकको ‘रहस्यमय’ मृत्यु भएको छ।,नेपाली सेनाका प्रवक्ता सहायक रथी गोकुल भण्डारीले दिएको जानकारी अनुसार सोमबार साँझ पृतना भित्रै रहेको पोखरीको डिलमा दुई सैनिक अर्धचेत अवस्थामा फेला परेका थिए।,‘उनीहरुलाई उपचारको लागि धरानस्थित विपी कोइराला स्वास्थ... |
प्रकाश ढुंगाना आजबाट काठमाडौंका ७ स्थानमा स्मार्ट ट्राफिक लाइट बल्न थालेको छ। नयाँबानेश्वर चोक, पुतलीसडकको पद्मोदय मोड, कुमारी बैंक अगाडि, महाराजगंजको नारायण गोपाल चोक, सोल्टी मोड र काठमाडौं महानगरपालिकाको अगाडि स्मार्ट ट्राफिक लाइट बल्न थालेको हो।,आज दिउँसो ३ बजे बानेश्वर चोकबाट ट्राफिक लाइट बालेर त्यसको शुभारभ्भ गर... |
सेतोपाटी संवाददाता युवतीहरुलाइ फकाइ फुल्याइ होटलहरुमा लगेर यौन ब्यापारमा लगाउने प्रहरी फन्दामा परेका छन्।,महोत्तरी घर भइ चावहिल बस्ने ५० वर्षीय भक्तबहादुर बुर्जा मगरलाई काठमाडौं प्रहरी परिसरले पक्राउ गरेको हो।,केशर महल र संचय कोष वरिपरी वेस वनाई महिलाहरुलाई आर्थीक प्रलोभन देखाई धेरै पैसा कमाई हुन्छ भनि ललाई फकाई जवरजस... |
सुजिता कार्की राष्ट्रिय फुटबल खेलाडी विमल घर्ती मगरकी बहिनी मनिषा घर्ती मगरको हत्यामा आरोपित आशिष भनिने रुद्रनारायण चौधरीले सफाइ पाएका छन्।,मनिषाको मृत्युको कारण झुण्डिएर भएको पृष्टि भएको छ। विसं २०७३ जेठ १३ गते बिहान मनिषा आफ्नै घर बर्दघाट–८ मा मृतावस्थामा भेटिएपछि उनकै प्रेमी आशिषले उनको हत्या गरेको भन्दै नवलपरासी ज... |
प्रकाश ढुंगाना/भगवती पाण्डे गत फागुन ९ गते बिहानै गुन्डानाइके मनोज पुन इन्काउन्टरमा मारिए। उनीसँगै उनको सहयोगी सोमबहादुर आलेको पनि घटनास्थलमा नै मृत्यु भयो। इन्काउन्टरमा पुन मारिएपछि उनको गोप्य दस्तावेज प्रहरीले फेला पारेको छ।,पुनको डायरीमा ३ सय जनाको नाम चन्दा असुलीको सुचीमा रहेको रुपन्देहीमा एसपी श्यामलाल ज्ञवालीले ... |
डिल्ली पाण्डे ,काठमाडौं प्रहरीले नेपाल प्रहरी इतिहासमै सबैभन्दा ठूलो धनराशीको पुरस्कार दिने भएको छ। पुरस्कारको सुविधा काठमाडौंमा कार्यरत ३३ सय प्रहरीले लिन पाउने छन्।,काठमाडौंमा कार्यरत उत्कृष्ट काम गर्ने ६ जना प्रहरी कर्मचारीलाई प्रत्येक महिना नगदसहित पुरस्कृत गर्ने निर्णय काठमाडौं प्रहरीले गरेको हो।,मंगलबार महानगरी... |
सागरराज तिमिल्सिना कास्की प्रहरीले पोखरामा रहेको बालसुधार गृहबाट भागेका एक बालबन्दीलाई स्याङ्जाबाट पक्राउ गरेको छ।,पोखरा लेखनाथ महानगरपालिका वडा १८ सराङकोटमा रहेको बालसुधार गृहबाट जिल्ला दाङ शान्तिनगर एक्लेका १४ वर्षीय प्रविण चौधरीलाई स्याङ्जाबाट पक्राउ गरेको हो।,जबरजस्ती करणी मुद्दामा फागुन २३ मा बाल सुधार गृह सराङको... |
सेतोपाटी संवाददाता राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले भूकम्पबाट क्षतिग्रस्त घरहरूको प्रबलीकरणका लागि विशेष अभियान सञ्चालन गर्ने भएको छ।,पुनर्निर्माणमा उल्लेख्य प्रगति भइरहे पनि प्रबलीकरणमा खासै प्रगति हुन नसकेको भन्दै प्राधिकरणले सामान्य क्षति पुगेको तर बस्न मिल्ने घरलाई मर्मत गरेर भूकम्प प्रतिरोधी बनाउने अभियान संचाल... |
सेतोपाटी संवाददाता फिल्म ‘कृ’ का निर्माता सुवास गिरीलाई प्रहरीले नियन्त्रणमा लिएको छ।,फिल्म निर्माता तथा निर्देशक शम्भु प्रधान आफ्नो पुरानो फिल्म ‘सम्झना’ को गीत 'कृ'मा चोरी गरिएको भन्दै प्रहरीमा उजुरी दिएपछि प्रहरीले 'कृ' निर्माता गिरीलाई मंगलबार काठमाडौंबाट नियन्त्रणमा लिएको हो।,पुरानो फिल्म सम्झनाको ‘उकालीमा अघि अघ... |
शान्ति तामाङ/नारायण महर्जन खुमलटारका स्थानीय अचेल औधी खुसी छन्। खुसी हुन उनीहरूलाई कसैले केही ठूलै कुरा दिएको होइन। आँगनअगाडिको बाटो धुलो नउड्ने भयो भनेर उनीहरूको खुसी बढेको हो।,सम्बन्धित निकायले खनेपछि कालोपत्रे गर्नुपर्ने दायित्व पूरा नगर्दा ४ वर्षदेखि उनीहरूले धेरै कष्ट व्यहोरे। लामो संघर्ष गरे। कहिले डेलिगेसन गए... |
सेतोपाटी संवाददाता काठमाडौका विभिन्न स्थानबाट दुई सय पैतीस जनालाई प्रहरीले मंगलबार पक्राउ गरेको छ।,महानगरीय प्रहरी परिसर काठमाडौंको मातहतमा रहेको क्यूआरटी र सादा पोशाकको प्रहरी टोलीले काठमाडौंका विभिन्न स्थानबाट गाँजा सेवन गर्नेदेखि ट्यापे मुन्द्रे तथा विभिन्न अपराधमा संलग्न रहेको आरोपमा २ सय ३५ जनालाई पक्राउ गरिएको म... |
सेतोपाटी संवाददाता उदयपुरमा डिजेल बोकेको ट्याक्टर दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ।,उदयपुरको कटारी नगरपालिका ११ मा मंगलबार राति डिजेल बोकेको ना ६ ख ३२३१ नम्बरको ट्याक्टर दुर्घटना हुँदा २ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ।,मृत्यु हुनेमा बाराका चालक पूर्णप्रसाद खनाल र मकवानपुर नामाटारका सरोज मोक्तान छन्। उनीहरुको... |
सेतोपाटी संवाददाता एक दशकपछि काठमाडौं उपत्यकामा मंगलबार जडान गरेको ट्राफिक बत्ती बुधबारै बिग्रिएको छ।,महानगरीय ट्राफिक प्रहरी महाशाखा, काठमाडौं महानगरपालिकाको सक्रियतामा ११ वर्षपछि हिजोदेखि ट्राफिक बत्ती सञ्चालनमा आएको थियो। नयाँ बानेश्वर, नारायणगोपाल चोक, पद्यमोदय मोड, शंकरदेव मोड, नारायणहिटी दक्षिण गेट, काठमाडौँ मह... |
सेतोपाटी संवाददाता ,चितवनको नारायणगढस्थित लायन्स चोकमा इपी एजुकेसन एन्ड माईग्रेसन अष्ट्रेलियाले आफ्नो नयाँ शाखा खोलेको छ।,एक कार्यक्रमका बीच शैक्षिक परामर्श संघ (इक्यान) का केन्द्रीय सदस्य सोमबहादुर कँडेल र सोलीसीटर तथा शैक्षिक परामर्शगाता खीलेन्द्रराज तिम्सीनाले संयुक्त रुपमा इपी एजुकेसन चितवनको उद्घाटन गरेका हुन्।... |
रासस महानगरीय प्रहरी परिसरले ४७ तोला सुनसहित चार जनालाई पक्राउ गरेको छ ।,परिसरअन्तर्गतको महानगरीय प्रहरी वृत्त गौशालाले आइतबार र सोमबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भन्सार छली तस्करी गरेको आरोपमा धनुषाका महमद सेफुल्ला, सर्लाहीका रवी महतो, सिरहाका रामपुकार महतो र धनुषाका आशिष महतोलाई पक्राउ गरेको छ ।,जसमध्ये स... |
गोपाल काफ्ले मोरङको पथरी शनिश्चरेमा बम फेला परेको छ।,महेन्द्र राजमार्गको डेर्न कल्भर्टमा एउटा कार्टुनमा राखिएको अवस्थामा आइतबार बिहान ७:१० बजे बम भेटिएको प्रहरीले जनाएको छ।,विप्लब माओवादीले आव्हान गरेको कोशी अञ्चल बन्द आव्हान गरेकाले उक्त बम उनीहरूले नै राखेको हुनसक्ने प्रहरीको आशंका छ।,बम भेटिएसँगै नेपाली सेनाको डिस... |
रासस यहाँको विजयनगर गाउँपालिका–४ ज्योतिनगरबाट गाई काटेको आरोपमा प्रहरीले चार जनालाई पक्राउ गरेको छ ।,रातको समयमा गाउँमा गाई काटेको सुराकीका आधारमा प्रहरीले स्थानीयवासी ७० वर्षीय हुमबहादुर रानालाई करीव ३० किलो मासुसहित पक्राउ गरेको हो । रानासँग धेरैे मासु फेला परेपछि केको मासु हो भनेर सोधपुछ गर्दा गाईको मासु भएको राना... |
सेतोपाटी संवाददाता ,काठमाडौं प्रहरी प्रमुख एसएसपी विश्वराज पोखरेलले आफू मातहतका प्रहरी कार्यालयमा रहेका मुद्दाको अनुसन्धान गर्ने प्रहरीलाई आर्थिक लोभमा नपरी काम गर्न निर्देशन दिएका छन्।,काठमाडौंका सम्पूर्ण प्रहरी कार्यालयका मुद्दा शाखा तथा उजुरी छानबिन शाखामा काम गर्ने १ सय १५ जना प्रहरीलाई शनिबार आर्थिक लोभलालसबाट ट... |
प्रकाश ढुंगाना / भगवती पाण्डे रसियन युवतीलाई नेपालको बाटो हुदैँ भारत तस्करी गर्ने नेपाली एजेन्ट पक्राउ परेका छन्। २ जना रसियन युवतीलाई प्रहरीले उद्धार गरेको छ।,रुपन्देही प्रहरीले बेलहियाका बब्लु मिया सिद्धिकीलाई पक्राउ गरेको एसपी श्यामलाल ज्ञवालीले जानकारी दिए। उद्धार हुनेमा २ जना रसियन मुलकी युवती नारगिदा र कुन्देश ख... |
सेताेपाटी संवाददाता चैत्र शुक्ल नवमीका दिन मनाइँने रामनवमी पर्व आज श्रद्धाभक्तिका साथ भगवान श्री रामचन्द्रको पूजा आराधना गरी मनाइँदैछ।,यसै अवसरमा देशका विभिन्न भागका राम मन्दिरहरूमा श्रद्धालुहरूको घुइँचो लागेको छ। आज बिहान ७ बजेर ३४ मिनेटसम्म अष्टमी र त्यसपछि नवमी तिथि लागेको नेपाल पञ्चांग निर्णायक समितिले जनाएको छ। त... |
सेताेपाटी संवाददाता नेपाल विद्युत प्राधिकरणले अहिले काठमाडौं उपत्यका लगायत मुलुकभर घोषित/अघोषित कुनै पनि प्रकारको लोडसेडिङ नगरिएको र गर्नु पर्ने अवस्था समेत नरहेको प्रष्ट पारेको छ।,औद्योगिक ग्राहकलाई केही घण्टाको लोडसेडिङ बाहेक अन्य ग्राहकलाई पूर्णरूपमा विद्युत आपूर्ति भइरहेको जानकारी दिँदै प्राधिकरणका कार्यकारी निर्द... |
सुजिता कार्की नेपाली भाषा साहित्यको संरक्षण एवं साहित्यिक कृति उत्पादन गर्दै आएको सरकारी स्वामित्वको संस्था साझा प्रकाशका कर्मचारीले प्रभावकारी रूपमा काम नगर्दा बजारमा माग भइरहेका पुस्तकहरू पनि स्टोरमै थन्किएका छन्।,भरतपुरस्थित स्याउलीबजारमा रहेको क्षेत्रीय कार्यालयको अव्यवस्थापनका कारण कर्मचारी आफूखुशी बिदामा बस्ने, ... |
डिल्ली पाण्डे गृहसचिव मोहनकृष्ण सापकोटाको फोनपछि बैकिङ कसुरमा पक्राउ परेका प्रकाश मिश्रलाई प्रहरीले शनिबार बिहान छाडेको छ।,मिश्रलाई 'चेक बाउन्स' मुद्दामा महानगरीय अपराध महाशाखाले शुक्रबार पक्राउ गरेको थियो।,मिश्रले किसन राईलाई दिएको एक करोड तीस लाखको चेकमा बैंकले खातामा पैसा नभएको भन्दै फिर्ता गरिदिएको थियो। त्यसपछि र... |
दिपकजंग शाही कर्णाली प्रदेश सरकारले मंगलबारदेखि कार्यालय समयमा फेसबुक चलाउन प्रतिबन्ध लगाउने भएको छ।,जनताको कामभन्दा फेसबुकमा कर्मचारी व्यस्त हुन थालेपछि प्रदेश सरकारले फेसबुकमा प्रतिबन्ध लगाउन लागेको हो।,प्रदेशका सरकारी कार्यालयमा कार्यालय समयमा फेसबुक चलाउन प्रतिबन्ध लगाउनका लागि गृहकार्य सुरू भएको छ।,पहिलो चरणमा प्... |
सुजिता कार्की चालू आर्थिक वर्षको आठ महिनामा झापामा ३९ हजार २५० सवारी साधन चालक कारवाहीमा परेका छन्।,कारवाहीमा परेकामध्ये सबैभन्दा बढी मोटरसाइकल चालक रहेका छन्। जिल्ला ट्राफिक प्रहरी कार्यालयका अनुसार चालू आवमा कारवाहीमा परेका चालकबाट ट्राफिक प्रहरीले दुई करोड ४९ लाख ३९ हजार रुपैयाँ राजस्व संकलन गरेको छ।,प्रहरी निरीक्ष... |
प्रशन्न पोखरेल देशभर रहेका ८६ हजार निजामती कर्मचारीलाई संघ, प्रदेश र स्थानीय तहमा समायोजन गर्न अझै छ महिना लाग्ने भएको छ।,फागुन २८ गते कर्मचारी समायोजन नियमावली मन्त्रिपरिषदबाट स्वीकृत भएपछि समायोजन प्रक्रिया सुरु भएको हो। कर्मचारी समायोजन गर्न विज्ञसहितको समिति गठन गरिएको छ।,संघीय मामिला तथा सामान्य प्रशासन सचिव शंकर... |
सेतोपाटी संवाददाता गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले २०७५ सालमा सरकारी बिदा कटौती गर्ने बताएका छन्।,नेपाल चेम्बर अफ कमर्सको प्रतिनिधिमण्डलसँगको भेटमा उनले बिदा कटौतीबारे केही दिन भित्रै निर्णय हुने बताएका हुन्। चेम्बरको प्रतिनिधिमण्डलले सार्वजनिक बिदा घटाउन गृहमन्त्रीसँग माग गरेका थिए।,गृहमन्त्री बादलले जवाफमा आगामी ... |
प्रशन्न पोखरेल नुवाकोट प्रशासनले त्रिशुली नदी धमिल्याउने फिरफिरे तथा क्रसर बन्द गरेको छ।,६० प्रतिशत माटो मिसिएको बालुवा धुने क्रममा फिरफिरेबाट निस्केको लेदोसहितको पानी सिधै नदीमा मिसाउँदा हिउँदमा पनि बर्खाजस्तै त्रिशुली धमिलो बग्थ्यो।,मापदण्डविपरित चलेका पाँच वटा क्रसरसहित ६० वटा फिरफिरे उद्योगगत शुक्रबारदेखि बन्द गरि... |
सुजिता कार्की आफ्नो मनलाई विकारमुक्त बनाई सुख र शान्ति अनुभूत गर्न चाहनेहरू हिजोआज विपश्यना ध्यानप्रति आकर्षित भएको पाइन्छ।,शील, समाधि र प्रज्ञालाई बुझ्न र आफ्ना मनभित्रका राग, द्वेष र मोह हटाएर चित्त निर्मल पार्न विपश्यना ध्यान नै उत्तम भएको ठानेरै होला श्रीमहालक्ष्मी नगरपालिका–८ सानागाउँ निवासी धनबहादुर महर्जनलाई १२... |
निशा भण्डारी काठमाडौं उपत्यकामा मनाईने सेतो मछिन्द्रनाथको रथ जात्रा आइतबारबाट सुरु भएको छ। सेतो मछिन्द्रनाथको रथ साँझ ५ बजे जमलको तीन धाराबाट तानेर असनसम्म लगिएको छ।,उपत्यकाका वृद्धवृद्धालाई दर्शन गराउँन रथलाई नगर परिक्रमा गराउँने चलन अनुसार रथलाई नगर घुमाएर असन लगिएको हो।,वर्षा र सहकालका देवता मानिने सेतो मछिन्द्रनाथ... |
सेताेपाटी संवाददाता प्रहरीले कोटेश्वर क्षेत्रमा आकस्मिक छापा मारी २६ जनालाई पक्राउ गरेको छ।,उपत्यकाको शान्ति सुरक्षालाई मजबुत तथा उपत्यकामा हुने आपराधिक गतिविधिलाई नियन्त्रणमा लिन महानगरीय प्रहरी परिसर काठमाडौंले केही समय अघिदेखि आकस्मिक रूपमा चेकजाँच थालेको काठमाडौं प्रहरी प्रमुख एसएसपी विश्वराज पोखरेलले जानकारी दिए।... |
भगवती पाण्डे २०६७ असार ९ गते दिउँसो ३ बजे, पानी परेर भर्खर रोकिएकोे थियो । आशा भण्डारी बिहानको खाना खाएर पसलमा बसेकी थिईन् । बर्षाको मौसम भएपनि पानी रोकिनासाथ हावा हुरी चलिरहेको थियो, चर्को गर्मिको मौसम थियो ।,चामल, दाल, तेल लगायतको दैनिक उपभोग्य वस्तुको थोक कारोबार हुने बुटवल जेसिज चोकमा रहेको विष्णु भण्डारी स्टोर्स ... |
सेतोपाटी संवाददाता प्रहरीको मोस्ट वान्टेड सुचीमा रहेका बारुद सिंह भन्ने सुरेन्द्र यादवलाई प्रहरीले पक्राउ गरेको छ।,सिआइबीको टोलीले उनलाई आज साँझ वीरगन्जबाट पक्राउ गरेको एसपी जीवन श्रेष्ठले जानकारी दिए।,सिआइबीले उनलाई पक्राउ गरेर जिल्ला प्रहरी कार्यालय सर्लाहीमा बुझाउँदैछ।,सर्लाही प्रहरीमा परेको ४ वटा जाहेरीमा २ वटामा ... |
नारायण खड्का लमही बजारमा ठेला गुडाएर तरकारी बेच्दै गर्दा चिनेका धेरैले उनलाई ‘अभिवादन कमरेड’ भन्छन् भने कतिपयले ‘नमस्कार’ भनि सम्वोधन गर्छन्। तर, अलि धनिमानी र ठूलाबढा भनाउँदा भने ‘त’ भनेर सम्बोधन गर्छन्। यो अनुभव, दाङको लमही नगरपालकिा वडा नम्बर ५ निवासी ३९ वर्षीय कालुराम चौधरीको हो।,चौधरी नेकपा माओवादी केन्द्रबाट लमह... |
सेतोपाटी संवाददाता पोखरा एक बालिकाको ढुंगाले हानेर हत्या भएको छ। नयाँ बजारस्थित सभागृह टोलमा ५ वर्षीया विहानी थापालाई एउटा ग्यारेजमा काम गर्ने किशोरले ढुंगाले हानी हत्या गरेका छन्।,आइतबार राति हत्या गरी बालिकाको शव शभागृह टोलमा फालिएको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख तथा एसपी अशोक सिंहले सेत... |
भानुभक्त वैदेशिक रोजगारीका लागि कतार पुगेर फर्केका पूर्वी नवलपरासीको मध्यबिन्दु नगरपालिका–१५ प्रसौनीका २५ वर्षीय गोविन्द घिमिरे नेपाल उत्रिएपछि सम्पर्कविहीन भएका छन्।,कतारबाट गत फागुन ११ गते हिमालय एयरलाइन्सको जहाजबाट त्रिभुवन विमानस्थलमा उत्रिएका घिमिरे एक महिनासम्म पनि परिवारको सम्पर्कमा नआएको परिवारिक स्रोतले जनाएक... |
चन्द्र काफ्ले अनलाइन नेटवर्किङ व्यापार गर्ने नाममा ठगी गर्ने दुई विदेशी नागरिकलाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा बंगलादेशी नागरिक राहत हसन राणा र भारतीय नागरिक तरमेश शर्मा रहेको प्रहरीले जनाएको छ।,काठमाडौंको बत्तिसपुतली बस्दै आएका उनीहरूले ४-५ महिना अगाडि नेपाल आएर विश्वमा नाम चलेको अनलाइन व्यापार गर्ने फोरे... |
सेताेपाटी संवाददाता काठमाडौंको गोंगबुबाट प्रहरीले दुईजना लागूऔषध कारोबारीलाई पक्राउ गरेको छ ।,प्रहरीले उनीहरूलाई गोंगबुस्थित गौमुखी गेष्ट हाउसबाट पक्राउ गरेको हो।,पक्राउ पर्नेमा ताप्लेजुङका २५ वर्षीय लाक्पा शेर्पा र तेह्रथुमका २१ वर्षीय पासाङ शेर्पा रहेका छन्।,उनीहरूबाट लागूऔषध नुर्फिन १०० थान फेनारगन १०० थान डाइयाजे... |
दिपकजंग शाही इट्टा भट्टामा च्यापिएर सुर्खेतमा एकजनाको मृत्यु भएको छ।,सोमबार बिहान करिब ८ बजेतिर वीरेन्द्रनगरस्थित सूर्य इट्टा भट्टाभित्रको इट्टा निकाल्न गएका बेला पर्खाल भत्किँदा मजदूरको मृत्यु भएको हो।,मृत्यु हुनेमा भारतको बहराईच मटेरा कगर गाँउ बस्ने ४२ वर्षीय सुकइलाल तेली साह रहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले ज... |
भगवती पाण्डे सिद्धार्थ उद्योग वाणिज्य संघका कार्यसमिति सदस्य हरि सेठियामाथि गत फागुन १ गते शिवरात्रीको दिन राति करिब ९ बजे पहिलो पटक आक्रमण भयो।,अज्ञात समूहको आक्रमणमा सामान्य घाइते भएका सेठियाले भैरहवास्थित भिम अस्पतालमा उपचार गराए।,घटनाको सम्बन्धमा स्वास्थ्यकर्मीहरूलाई समेत गुपचुप राख्न सेठियाले आग्रह गरे। आक्रमणमा ... |
सेताेपाटी संवाददाता गत फागुन ३० गते राति काठमाडौंको गौशालाबाट पेस्तोलसहित पक्राउ परेका ‘गुण्डा नाइके’ गणेश लामाबाट बरामद पेस्तोल आफ्नो नभएको प्रहरीमा बयान दिएका छन्।,६ राउण्ड गोली लोड भएको पेस्तोलसहित पक्राउ परेका लामाले सुरूदेखि पेस्तोल आफ्नो नभएको दाबी गर्दै आएका छन्।,लामा विरुद्ध काठमाडौं प्रहरीले हातहतियार खरखजनाम... |
डिल्ली पाण्डे धुलिखेलका २४ वर्षिय विवेक लामा बुधबार पक्राउ परे। प्रहरीको खोजी सूचीमा रहेका लामा पाकेटमारको समूह बनाएर उपत्यकाभित्र सक्रिय थिए। पटकपटक पक्राउ परेर छुट्ने गरेका लामा बुधबार चक्रपथ परिक्रमा गर्ने बसमा सवार यात्रु सरोज कार्कीको पाकेट मार्दै गर्दा सिनामंगलबाट पक्राउ परे।,यसैबीच महानगरीय प्रहरी वृत्त गौशाला... |
सागरराज तिमिल्सिना बिहिबारदेखि सुरू भएको एसईई परीक्षामा कास्कीमा सुस्त श्रवण र दृष्टिविहीन गरी १७ जना अपाङ्ग परीक्षार्थी माध्यमिक शिक्षा एसईई परीक्षामा सहभागी भएका छन्।,अमरसिंह मावि अमरसिंहबाट ९ जना तथा जनप्रकाश मावि भण्ढार ढिकबाट ३ जना दृष्टिविहीन गरी ११ जना सहभागी दृष्टिविहिन र ६ जना सुस्त श्रवणमा भएका विद्यार्थी सह... |
नारायण खड्का आजदेखि सुरू भएको माध्यामिक शिक्षा परीक्षा (एसईई) मा दाङमा एकसय ८२ परीक्षार्थी अनुपस्थित रहेको पाइएको छ।,जिल्ला शिक्षा अधिकारी रमेशप्रसाद मैनालीले छात्रा एकसय ११ र छात्र ७१ जना गरी कुल एकसय ८२ जना विद्यार्थी पहिलो दिन एसईई परीक्षा दिन नआएको बताए। बिहिबार ६ हजार १ सय ९४ छात्रा र ५ हजार २ सय ३७ छात्र परीक्षा... |
सेताेपाटी संवाददाता प्रहरीले काठमाडौंको थानकोटबाट अवैध लागूऔषधसहित एक जनालाई पक्राउ गरेको छ।,विराटनगरबाट काठमाडौं आउँदै गरेको ना ७ ख ६३४२ नम्बरको यात्रुवाहक बसबाट विराटनगरका २५ वर्षीय अमित कुमार साहलाई अवैध लागूऔषधसहित पक्राउ गरेको प्रहरीले जनाएको छ।,साहको साथबाट प्रहरीले ५ सय एम्पूल नुफिन, फेनार्गन ५ सय एम्पूल डाइजा... |
नारायण खड्का सल्यानमा एसईई परीक्षा दिन जाँदै गरेका एकजना विद्यार्थीको नदीमा डुबेर मृत्यु भएको छ।,सिद्धेश्वरी माध्यामिक विद्यालाय बनगाँड कुपिण्डे नगरपालिका वडा नम्बर १२ माझर्खकमा अध्ययनरत छात्र प्रकाश परियारको शारदा नदीमा डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रमुख एवं डिएसपी भरत विश्वकर्माले जानकारी दिए।,... |
सुजिता कार्की आजदेखि सुरू भएको माध्यमिक शिक्षा परीक्षा (एसईई) मर्यादित ढंगबाट सञ्चालन नगरेको भन्दै सिरहाको दुई वटा परीक्षा केन्द्रका केन्द्राध्यक्ष र एक निरीक्षकलाई आज निष्कासन गरिएको छ।,इलाका प्रशासन कार्यालय लहानका प्रमुख सोमप्रसाद भट्टराईको नेतृत्वमा खटिएको परीक्षा अनुगमन टोलीले मर्यादित तरिकाबाट परीक्षा सञ्चालन नग... |
सुजिता कार्की नारायणगढ–मुग्लिन सडकखण्डको निर्माण सम्पन्न गर्ने मिति तीन महिना थपिएको छ। विभिन्न समयमा काम गर्न नपाएको भन्दै निर्माण कम्पनीले मिति थप्न माग गर्दै आएका थिए। उनीहरूले एक हजार दिनसम्म मिति थपको माग गरेको भए पनि तीन महिना मात्रै थपिएको हो।,नारायणगढ–मुग्लिन सडक आयोजनाका इन्जिनियर शिव खनालका अनुसार पहिलो खण्ड... |
सेताेपाटी संवाददाता प्रधानसेनापति राजेन्द्र क्षेत्रीले गोरखाको अजिरकोट गाउँपालिका ४ सिम्जुङस्थित हिमालय माध्यामिक विद्यालयको नवनिर्मित भवनको उद्घाटन गरेका छन्।,लायन्स क्लब अफ गोरखाको समन्वयमा लायन्स क्लब अफ इन्टरनेशनलको दुई करोड २० लाख बजेटले १६ कोठे दुई तले भवन निर्माण भएको हो। यो भवन भूकम्प प्रतिरोधी छ।,पुनर्निर्माण... |
सेतोपाटी संवाददाता माओवादी अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' गत पुसमा लाजिम्पाटबाट खुमलटार बसाइँ सरे।,प्रचण्ड नजिकै बस्न आएको खबरले चापागाउँदेखि खुमलटारसम्मका वासिन्दामा अलिकति आश जाग्यो।,उनीहरूको आशा थियो- सडकको दुर्दशा र स्थानीयको दुर्गती आफैंले भोगेपछि दाहालले केही पहल गरिदेलान्।,प्रचण्ड तीन महिनादेखि त्यही बाटो हु... |
सेतोपाटी संवाददाता ताप्लेजुङको फुङलिङ बजारमा रहेको एक होटलमा शुक्रबार बिहान आगलागी भएको छ । फुङलिङ नगरपालिका–२ स्थित हेलिप्याडमा रहेको होटल ईको भ्यु पोईन्टमा बिहान करिब ६ बजे आगलागी भएको प्रहरीले जनाएको छ।,आगलागीबाट होटलको छतमा रहेको रेष्टुरेण्ट जलेर नष्ट भएको छ । पक्की भवनको तल्लो तलामा लज सञ्चालन हुँदै आएको थियो भने... |
डिल्ली पाण्डे माघ २९ गते बिहान ५ बजे ललितपुरको थसिलेलमा बा २ ख ३६०६ नम्बरको बसले दोलखाका फुरनाङ शेर्पालाई ठक्कर दियो। बसको ठक्करबाट शेर्पाको घटनास्थलमै मृत्यु भयो।,भक्तपुरबाट कंलकीतर्फ जाँदै गरेको उक्त बस शेर्पालाई ठक्कर दिएर भागेको थियो। ठक्कर दिने सो बस नियन्त्रणमा लिन प्रहरीलाई निकै मुस्किल भयो।,प्रहरीले रिङरोडमा च... |
चन्द्र काफ्ले क्रिकेट श्रृंखला- ४,(सेतोपाटीले सोमबारदेखि क्रिकेट श्रृंखला सुरू गरेको छ। यो श्रृंखलामा नेपाली क्रिकेटलाई अझ माथि लैजान राज्यले गर्नु पर्ने पाँच कामको चर्चा गर्नेछौं। श्रृंखलाको पहिलो भागमा नेपाली क्रिकेट खेलाडीले पाउने पारिश्रमिकबारे चर्चा गरेका थियौं। दोस्रो भागमा नेपाल क्रिकेट संघ (क्यान) मा केन्द्रीत... |
नारायण खड्का तुलसीपुरको व्यस्त बसपार्कको अटो भिलेजलाई पातुखोलामा स्थान्तरण गर्ने तयारी भइरहेको छ। अटो भिलजको काम बसपार्कमा हुँदा ध्वनी प्रदुषण लगाएत बजार व्यवस्थापनमा चुनौति थपिएको भन्दै अटो भिलेजलाई पातुखोलाको बगरमा सार्न लागिएको तुलसीपुर उपमहानगरपालिकाले जानकारी दिएको छ।,तुलसीपुरलाई व्यवस्थित र नमुना योग्य सहरका रुप... |
सेताेपाटी संवाददाता सिन्धुपाल्चोकको मेलम्चीमा बस दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ।,सिन्धुपाल्चोकबाट नाम्लाङतर्फ जाँदै गरेको आमा हेल्मो यातायातको बा ३ ख ४३२५ नम्बरको बस मेलम्ची नगरपालिका १२ स्थित तामाखानीमा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख मोहनप्रसाद पोखरेलले जानकारी दिए।,दुर्घटनामा ३ जनाको घटनास्थलमै ... |
सेताेपाटी संवाददाता मोटरसाइकल दुर्घटना हुँदा सुर्खेतमा एकजनाको मृत्यु भएको छ।,वीरेन्द्रनगर–१, बाङगेसिमल नजिक शुक्रबार बिहान र भे ४ प ८९२१ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा दैलेखको चामुन्डा विन्द्रासैनी नगरपालिकाकाका गगन अर्खालीको मृत्यु भएको हो।,दैलेखबाट सुर्खेततर्फ आउँदै गरको मोटरसाइकल अनियन्त्रित भई सडकबाट करिब १० मि... |
भगवती पाण्डे सामुदायिक विद्यालयतर्फ देशमै अब्बल रहेको बुटवलको कालिका माध्यमिक विद्यालय र कमजोर शैक्षिक अवस्थामा रहेको मानवज्ञान माध्यमिक विद्यालय मर्ज भएर कालिका मानवज्ञान मावि भएको छ।,दुवै विद्यालयलाई समायोजन गरी कालिका मानवज्ञान माविको नामाकरणबाट पठनपाठन गराउने सहमति भएअनुरुप बुटवल उपमहानगरपालिका कार्यपालिकाको बिहिब... |
रासस दुप्चेश्वर गाउँपालिका–१ घ्याङ्फेदीका वडाध्यक्ष सुनबहादुर तामाङलाई मानव बेचबिखन मुद्दामा दोषी ठहरिएका छन्। उनलाई जिल्ला अदालतले ३७ वर्ष ६ महिना कैद सजाय र दुई लाख ५० हजार रुपैयाँ जरिवानाको फैसला गरेको छ।,जिल्ला न्यायाधीश लोकजङ्ग शाहको एकल इजलाशले वडाध्यक्ष तामाङसहित तीनजनालाई कैदका साथै जरिवानाको फैसला गरेको हो।,... |
सेताेपाटी संवाददाता सिंहदरबारभित्र मन्त्रालयको मोटरसाइकल चोरी गर्ने २ जनालाई प्रहरीले पक्राउ गरेको छ।,सिंहदरबारस्थित महिला बालबालिका तथा समाज कल्याण मन्त्रालयमा पार्किङ गरी राखेको बा.१ ब ९९१३ नम्बरको सरकारी मोटरसाइकल चोरी गर्ने मन्त्रालयका कर्मचारी रमेश सुनार र चितवन रत्ननगर नगरपालिका–७ का दिनेश सुनारलाई पक्राउ गरेको ... |
चन्द्र काफ्ले ,(सेतोपाटीले सोमबारदेखि क्रिकेट श्रृंखला सुरू गरेको थियो। यो श्रृंखलामा नेपाली क्रिकेटलाई अझ माथि लैजान राज्यले गर्नु पर्ने पाँच कामको चर्चा गरेका छौं। श्रृंखलाको अन्तिम भागमा आज नेपालको क्रिकेटमा कर्पोरेट क्षेत्र जोड्नेबारे चर्चा गरेका छौं।),चार वर्षअघि नेपालले बंगलादेशमा भएको टि-ट्वान्टी विश्वकपमा उत... |
सेताेपाटी संवाददाता बर्दियामा ५ वर्षिया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एक युवक पक्राउ परेका छन्।,बर्दियामा चैतबढैयाताला गाउँपालिका–७ मा ५ वर्षीया बालिकालाई जबरजस्ती करणी उद्योग गरेको अभियोगमा १७ वर्षीय कृष्ण थारुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएको छ।,थारुले गएको बिहिबार बालिकालाई जबरजस्ती... |
सेतोपाटी संवाददाता सडक कालोपत्रे गर्ने सहमतिसँगै स्थानीयले सडक चापागाउँ–खुमलटार सडक शुक्रबार साँझदेखि खोलेका छन्।,शुक्रबार सडक विभाग, ठेकेदार र संघर्ष समितिबीच भएको त्रिपक्षीय सम्झौता भएसँगै अवरोध हटेको संघर्ष समितिका संयोजक हिमाल राईले सेतोपाटीलाई जानकारी दिए ।,‘त्रिपक्षीय सम्झौता भएको छ। अब हामी अवरोध हटाउँछौं,’ राई... |
रासस महोत्तरी जिल्लाको उत्तरीक्षेत्रमा धमाधम इनारहरु सुक्न थालेपछि खानेपानीको सङ्कट बढेको छ । खानेपानीको स्रोत इनारमात्र भएका जिल्लाका उत्तरी क्षेत्रको बर्दिवास नगरपालिकाका हाथीलेटको बिजयवस्ती, किसाननगर, बिजलपुरा, मनहरीपुर, हात्तीलेट, पशुपतिनगर, गौशाला नगरपालिकाका बेलगाछी, भरतपुर, लक्ष्मीनिंया र रामनगर एवम् भङ्गाहा नग... |
नारायण खड्का तुलसीपुर उपमहानगरपालिका वडा नं. १० निवासी ३५ बर्षीया बेलमती विक शुक्रवार छोरीको लागि तरकारी बोकेर घोराही जाँदै थिइन् । तर गाडिका स्टाफको ताना तान र हानाहानले गर्दा विक एउटा गाडिमा र उनको झोला अर्को गाडीमा पुग्यो । घोराहीमा अध्यनरत छोरीको लागि तरकारी र केही खानेकुरा लगेर जाँदै गरेकी विकको झोला हरायो । उनले... |
विनोद सापकोटा ,चार वर्षदेखि ओछ्यान परेका झापा शिवसताक्षी-३ पाराबारीका टिकाप्रसाद नेपालको जीवनमा शुक्रबारदेखि अप्रत्याशित परिवर्तन आएको छ।,१० मिनेट दुरीमा रहेकी आमालाई समेत भेट्न नपाएका उनले भने, ‘भेट्न जाँउ खुट्टाको साहारा थिएन। कसरी जाने?,’ शुक्रबार उनले घरमै दाताले दिएको ह्विल चेयर पाएपछि भने, अब मेरो जीवनमा अप्रत्... |
सेताेपाटी संवाददाता शुक्रबारदेखि काठमाडौं उपत्यकामा चल्ने सबै सार्वजनिक सवारी चालक र सहचालकलाई ‘छुट्टै ड्रेस’ लगाउने व्यवस्था गरिएको छ।,महानगरीय ट्राफिक प्रहरी महाशाखा र नेपाल राष्ट्रिय यातायात व्यवसायी महासंघको पहलमा सबै सार्वजनिक सवारी साधनका चालक र सहचालकका लागि पहिचान खुल्ने ज्याकेटको व्यवस्था गरिएको हो।,चालक र सह... |
डिल्ली पाण्डे सन् २०१० जुनमा वुटवलका ब्यापारी दम्पत्ति रमेश भण्डारी र आस्था भण्डारीको हत्या गरी फरार वुटवल सालझण्डीका अर्जुन गौतम पक्राउ परेका छन्।,गौतमलाई भारतमा पक्राउ गरी शनिबार नेपाल ल्याइएको रूपन्देही प्रहरी प्रमुख श्याम ज्ञवालीले सेतोपाटीलाई जानकारी दिए।,इन्टरपोलले गौतमका नाममा रेडर्कनर नोटिस जारी गरेको थियो। के... |
सेतोपाटी संवाददाता नेपाली सेनाले लिएको सैन्यतर्फको लिखित परीक्षामा सहभागी १२ जना नक्कली परीक्षार्थी पक्राउ परेका छन्।,शनिबार विभिन्न परीक्षा केन्द्रबाट १२ जना नक्कली परीक्षार्थीलाई पक्राउ गरिएको काठमाडौं प्रहरीका एसएसपी विश्वराज पोखरेलले सेतोपाटीलाई बताए। पक्राउ परेकामध्ये ८ जना महिला छन् ।,प्रहरीले सीआईटी कलेज, कोटेश... |
रासस प्रदेश नं १ का सामाजिक विकासमन्त्री जीवन घिमिरेले दक्ष चिकित्सकको दरबन्दी रिक्त रहेका कारण प्रभावकारी सेवा दिन नसकेको जिल्ला अस्पताल उदयपुरलाई तत्काल चिकित्सकको दरबन्दी पूर्ति गरिने बताएका छन् ।,शुक्रबार उदयपुर आइपुगेका उनलाई ५० श्ययाको जिल्ला अस्पताल उदयपुरमा १३ दक्ष चिकित्सकको दरबन्दी रहे पनि अहिले दुई मेडिकल अ... |
सेताेपाटी संवाददाता चार केजी अवैध लागूऔषध अफिमसहित मकवानपुरका ३ जना युवालाई काठमाडौंमा पक्राउ गरिएको छ।,नेपाल प्रहरीको लागूऔषध नियन्त्रण ब्यूरोले मंगलबार पत्रकार सम्मेलन गरी लागूऔषध अफिमसहित मकवानपुरका ३ जनालाई काठमाडौंको दक्षिणकालीमा पक्राउ गरिएको जानकारी गराएको हो।,मकवानपुर ज्यामिरेका २९ वर्षीय सोमबहादुर तितुङ, रानी... |
सेतोपाटी संवाददाता गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अध्यागमनको छड्के अनुगमन गरेका छन्।,मन्त्री थापा आकस्मिक रूपमा अध्यागमन पुग्दा ४ जना कर्मचारी मात्र भेटिएका थिए। मन्त्री पुग्दा प्रस्थानतर्फ १५ डेस्कमध्ये ४ जना कर्मचारी मात्र भेटिएका थिए। कर्मचारी नदेखेपछि थापाले तत्कालै बाँकी क... |
चेतना गुरागाईं र सुदीप श्रेष्ठ सिंहदरबार बाहिरका सरकार,(सम्पादकीय नोट : नेपालको इतिहासमा पहिलो पटक राजधानी बाहिर पनि अधिकार सम्पन्न सरकारहरू गठन भएका छन्। नेपाली नागरिकले चुनेका सरकारले सिंहदरबारमा जस्तै प्रदेश र स्थानीय तहमा पनि काम सुरू गरेका छन्। यी सरकारले सुरू गरेका काम, उनीहरूका चुनौतीलगायत पाटाहरू समेटेर सेतोप... |
Subsets and Splits
No community queries yet
The top public SQL queries from the community will appear here once available.