content stringlengths 20 64.1k ⌀ |
|---|
सुजिता कार्की बनेपा नगरपालिकाले नगरलाई व्यवस्थित बनाउने उद्देश्यले बनेपा नगरपालिका–६ बुडोलडाँडा आसपास सडक छेउछाउमा व्यवसायी निर्माण गरेका संरचना डोजर लगाएर हटाउन थालेको छ।,उक्त संरचना हटाउन नगरपालिकाले यही फागुन १० गते सूचना जारी गरेको थियो। समयसीमा सकिएलगत्तै बनेपाको पुल बजारदेखि २८ किलोमिटरसम्मको अरनिको राजमार्ग दाय... |
डिल्ली पाण्डे ,बालाजुस्थित फुलबारीमा अचेत अवस्थामा फेला परेका नुवाकोट सूर्यगडी गाँउपालिका ३ का कुमार सुचिकारलाई उनकै साथीले हत्या गरी फालेको प्रहरी अनुसन्धानबाट खुलेको छ।,गत माघ २७ गते बिहानै अचेत अवस्थामा फेला परेका सुचीकारको उपचारकै क्रममा ट्रमा सेन्टरमा सोही दिन मृत्यु भएको थियो।,सुचिकारलाई उनकै साथीहरूले फेसबुकको... |
सेतोपाटी संवाददाता महानगरीय प्रहरी परिसर काठमाडौंले दुई सय जना युवालाई खबरी सूचनादाता ‘सुराकी’ को रूपमा खटाएको छ।,अपराध नियन्त्रण गर्न र प्रहरीलाई सूचना उपलब्ध गराउने उद्देश्यले दुई सय युवासँग केही दिनअघि मात्र गोप्य सहमति भइसकेको परिसरका एसएसपी विश्वराज पोखरेलले बताए।,एसएसपी पोखरेलले भने, ‘हामीले केही युवासँग सम्झौता... |
निर्भीकजंग रायमाझी त्रिपुरेश्वरको कालमोचन घाट परिसरमा दुईतले मन्दिर थियो। लक्ष्मी-नारायणको मन्दिर भए पनि यसको खास नाम 'जंग-हिरण्य-हेम मन्दिर' हो।,२०७२ को भुइँचालोमा एेतिहासिक महत्त्वको यो मन्दिर जगैदेखि भत्किएको छ। वरिपरिका चार नारायणको मठ, दुईवटा पञ्चायन मठ र जंगबहादुरको स्तम्भ भने जोगिएका छन्।,भुइँचालो गएको वर्षदिनप... |
सुजिता कार्की परम्परागत सोचमा परिवर्तन आउन नसक्दा कञ्चनपुरमा अझै छाउपडी प्रथाले प्रश्रय पाउँदै आएको छ।,रजस्वला भएका महिलालाई अलग्गै गोठमा राख्ने चलनले निरन्तता पाउँदै आएको छ। समाजमा महिलालाई हेर्ने सकारात्मक सोचको विकास नहुनु नै परम्परादेखि चल्दै आएको ‘कु’ प्रथालाई महिलाले नै छाड्न सकेका छैनन्।,महिनावारी भएको समयमा घर... |
सेतोपाटी संवाददाता सरकारी कार्यालय तथा विभिन्न निजी संघसस्थाको कागजपत्र तथा छाप कीर्ते गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ।,महानगरीय अपराध अनुसन्धान महाशाखाबाट खटिएको टोलीले मकवानपुर हेटौंडा १७ स्थित रातमाटे घर भएका २४ वर्षीय कविर श्रेष्ठ भनिने उदय थिङलाई पक्राउ गरेको हो।,पक्राउ परेका थिङ कोटेश्वरमा संचालित डाक्टर... |
भगवती पाण्डे फागु पूर्णिमा अर्थात् होली पर्व तराई क्षेत्रमा शुक्रबार धुमधामका साथ मनाइएको छ।,मेलमिलाप र सद्भावको सन्देश लिई आउने रङहरूको पर्व फागु पर्व पहाडी क्षेत्रमा बिहिबार मनाइए पनि तराई क्षेत्रमा भने शुक्रबार मनाइएको हो।,बुटवल लगायत आसपासको तराई क्षेत्रमा बसोबास गर्नेहरू अधिकांश पहाडी क्षेत्रबाट नै बसाई सरी आएको ... |
भानुभक्त शुक्रबार साँझ काठमाडौं उपत्यकामा असिना पानी परेको छ।,जल तथा मौसम पूर्वानुमान महाशाखाले स्थानीय मौसम प्रणालीका कारण असिना पानी परेको जनाएको छ।,यो प्रणालीले काठमाडौं आसपासका क्षेत्रमा मात्र हावाहुरीसँगै असिना पानी परेको हो।,महाशाखाका मौसमविद राजु प्रधानांगले पानी परेपछि शनिबारदेखि राजधानीको मौसम खुला हुने बताए।... |
भानुभक्त अमेरिका लैजाने भन्दै ७ जनालाई ठगी गर्ने एक दम्पत्तिलाई प्रहरीले पक्राउ गरेको छ।,महानगरीय अपराध महाशाखाको टोलीले दाङका ४१ वर्षीय छविलाल चौधरी र उनकी श्रीमती ४६ वर्षीया सुभद्रा कर्माचार्यलाई काठमाडौंको कालोपुलबाट पक्राउ गरेको हो।,उनीहरुले विभिन्न मन्त्री तथा अमेरिकन दूतावासका कर्मचारीसँग राम्रो सम्बन्ध रहेको भ... |
लाइभमिन्ट खुला सार्वजनिक स्थानले सहरलाई सास फेर्ने ठाउँ दिन्छ। संसारका ठूल्ठूला सहरले खुला ठाउँ व्यवस्थित गर्दै सार्वजनिक पार्क बनाउन थालेका छन्।,भारत, नयाँदिल्लीको ‘सिटी पार्क’ पछिल्लो उदाहरण हो।,मध्यसहरमा बनेको ९० एकड (७२० रोपनी) क्षेत्रफलको यो पार्क बिहीबारबाट सर्वसाधारण निम्ति खुला गरिएको छ।,यो दिल्लीको निजामुद्दि... |
भानुभक्त अष्टेलिया पठाइदिने भन्दै ३ करोड भन्दा बढी रकम ठगी गर्ने २ जनालाई प्रहरीले पक्राउ गरेको छ।,'नेपाल जब प्लेसमेन्ट' नामको कम्पनी नै खोलेर काठमाडौं टोखाका २५ वर्षीय रोशन कार्की र मोरङ बेलबारीकी पूजा प्याकुरेल भुजेलले ७ जनाबाट ३ करोड भन्दा बढी रूपैयाँ ठगी गरेको उजुरीपछि उनीहरूलाई पक्राउ गरिएको महानगरीय प्रहरी परिस... |
रासस महानगरीय प्रहरी परिसर काठमाडौँले सिन्धुपाल्चोक घर भई चुच्चेपाटी बस्दै आएका २५ वर्षीय छिरिङ शेर्पाको हत्याका अभियोग लागेका विकास तामाङलाई आज बिहान पक्राउ गरेको छ ।,परिसरबाट खटिएको टोलीले अभियुक्त सिन्धुपाल्चोक घर भई चुच्चेपाटी बस्ने १८ वर्षीय तामाङलाई बिहान ७ः३० बजे चाबहिलबाट पक्राउ गरेको हो । अभियुक्त तामाङले पुर... |
रासस ,धुलिखेल उद्योग वाणिज्य संघ काभ्रेपलाञ्चोकको आयोजनामा यही फागुन २३ देखि चैत ३ गतेसम्म ‘काभ्रे महोत्सव–२०७४ हुँदैछ ।,धुलिखेलस्थित धुलिखेल रंगशालामा हुने महोत्सव ‘विकास, सुशासन र अग्रगमनको आधार, नेपालको आर्थिक समृद्धिको बहार’ भन्ने नाराका साथ आयोजना गर्न लागिएको संघका अध्यक्ष मञ्जुकुमार कोजुले जानकारी दिएका छन् ।,... |
रासस भूमिकास्थान नगरपालिका वडा नं ७ स्थायी बसोबास गर्ने सुनिल परियार सामाजिक सञ्जाल इमोमार्फत ठगिन पुगेका छन् ।,यही फागुन १० गते रोजगारीको सिलसिलामा युनाइटेड अरब दुबईमा रहेका प्रताप रानाले परियारलाई तपाईँलाई लट्री परेको छ भनी इमोमार्फत जानकारी गराएका थिए । रानाले परियारलाई “ २५ लाख लट्री परेको छ, नागरिकताको फोटोकपी पठ... |
दिपकजंग शाही ,कर्णाली प्रदेशले ‘सडक सुरक्षा कार्यक्रम’ शुरु गरेको छ । कर्णाली प्रदेशको आन्तरिक मामिला तथा कानून मन्त्रालयले अघि सारेको ‘समृद्धिका लागि सुरक्षा अभियान’अन्तर्गत प्रदेशका दशवटै जिल्लाहरुमा शनिबारदेखि सडक सुरक्षा कार्यक्रम सुरू भएको हो ।,कर्णाली प्रदेशमा सवारी दुर्घटनाका कारण धेरै मानविय क्षति भइरहेकाले स... |
रासस ,अध्ययनका लागि नजिक विद्यालय नहुँदा रोल्पा नगरपालिका– ९ ह्वामाका विद्यार्थी दैनिक चार घण्टा पैदल हिँडेर विद्यालय जान बाध्य छन् ।,रोल्पा नगरपालिका– ९ ह्वामाको बागेश्वरी माध्यमिक विद्यालयमा अध्ययन गर्ने विद्यार्थी विद्यालय आउँदा र घर फर्कंदा दैनिक चार घण्टा पैदलयात्रामै बिताउनु पर्दा उनीहरुले पढाइमा सास्ती व्यहोर्... |
रासस नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) र यहाँको प्रहरीको सहयोगमा तीन हुचिल र सालकको सुकेका मासु (सुकुटी)सहित दुई जनालाई नियन्त्रणमा लिइएको छ ।,पक्राउ पर्नेमा बेलकोटगढी नगरपालिका–७ रातमाटेका कृष्णलाल श्रेष्ठ र तार्केश्वर गाँउपालिका–२ तारुकाका बलराम श्रेष्ठ रहेको नुवाकोट प्रहरी प्रमुख बसन्त कुँवरले जानक... |
रासस जनसंख्या तथा वातावरणमन्त्री लालबाबु पण्डितले वातावरण प्रदूषण गर्ने अब जो कोहीलाई कारबाही गरिने बताएका छन् ।,भक्तपुर मध्यपुरथिमि नगरपालिका– ३ कौशल्टार र सूर्यविनायक नगरपालिका–२ बालकोटको सिमानामा पर्ने हनुमन्ते खोला सरसफाइ अभियानको आज उद्घाटन गर्दै उहाँले वातावरण प्रदूषण गर्नेलाई कारबाही गर्ने दृढता व्यक्त गरेका हु... |
चेतना गुरागाईं फुटपाथमा हिँड्दै झम्सिखेलबाट पुल्चोक जाने हो भने, साना नानीबाबुले झैं ताते गर्दै पाइला चाल्नुपर्छ।,एक–एक पाइला हेर्दै हिँड्दा कहिले खुट्टा बाउँडिन्छ त कहिले ठोकिन्छ। कति त लड्छन् नै।,यसको कारण सतह नमिलेको उबडखाबड फुटपाथ हो, जुन बेलैमा मर्मत नहुँदा पैदलयात्रुलाई सास्ती छ।,यहाँ छापिएका सिमेन्ट ब्लक भासिएर... |
भानुभक्त त्रिवि शिक्षण अस्पतालका बरिष्ठ हाडजोर्नी विशेषज्ञ डाक्टर गोविन्द केसीले प्रधानन्यायाधीश गोपाल पराजुली १० दिनभित्र पदमुक्त नभए आफूले अनसन थाल्ने बताएका छन्।,शनिबार एक विज्ञप्ति जारी गर्दै डाक्टर केसीले प्रधानन्यायाधीश पराजुलीको भ्रष्टाचार र दुष्कर्मका कारण देशको न्यायालय नै बन्धक बनिरहेको र पराजुलीले पदमा बसे... |
सेतोपाटी संवाददाता काठमाडौं बाट दाङमा अध्यनका लागि आएका एकजना विद्यार्थीको राप्ती नदीमा डुवेर मृत्यु भएको छ ।,काठमाडौं, नयाँ वसपार्क गोङ्गबु निवासी २२ बर्षीय सुदिप लम्सालको राप्ती नदीमा नुहाउने क्रममा डुवेर मृत्यु भएको वडा प्रहरी कार्यालय लमहीका प्रमुख एवं प्रहरी निरीक्षक सुरज खड्काले जानकारी दिएका छन् ।,शुक्रवार दिउ... |
सेतोपाटी संवाददाता दाङमा होलीका दिन ट्राफिक नियम विपरित चलेका ६२ वटा मोटरसाईकल चालक कार्वाहीमा परेका छन् । जिल्लाका विभिन्न ठाउँमा गरिएको सवारी जाँचका क्रममा ६२ जना मोटरसाइकल चालकहरु कार्वाहीमा परेको जिल्ला ट्राफिक कार्यालय दाङले जानकारी दिएको छ ।,सवारी चालक पत्र नभएका २७ , तीन जना चढाएका १६ , हेलमेट नलगाई चलाउने १२ ,... |
नारायण खड्का दाङको देउखुरीमा एक महिलामाथि बोक्सीको आरोपमा कुटपिट भएको छ । राजपुर गाउँपालिका वडा नं. ७ वनकट्टी निवासी ३५ बर्षीया सुशीला कवँरले बोक्सीको आरोपमा आफुमाथि कुटपिट गरेको भन्दै प्रहरीमा जाहेरी दिएकी छन् ।,ईलाका प्रहरी कार्यालय गढवामा पिडित कवरले आफुमाथि सातजना स्थानीयले बोक्सीको आरोप लगाउँदै निर्मम रुपमा कुटपि... |
रासस बागलुङ नगरपालिका–४ कुँडुलेमा निर्माणाधीन श्रीरंगवेंकटेश मुक्तीनारायण मन्दिरको निर्माण अन्तिम चरणमा पुगेको छ । छ करोडको लागतमा बन्न लागेको मन्दिरको ८५ प्रतिशत काम पूरा भएको छ । विसं २०४२ मा निर्मित मन्दिर जीर्ण बनेपछि नयाँ निर्माण भइरहेको हो । मन्दिर निर्माणमा विभिन्न क्षेत्रबाट दाताको सहयोग जुटेको निर्माण समिति... |
सेतोपाटी सामान्य विवादले ठूलो रूप लिदां पर्साको बहुदरमाई नगरपालिका ६ गमरियामा शनिबार एक व्यक्तिको हत्या भएको छ। सामान्य विवादपछि स्थानीय ४० वर्षीय मोतीलाल साहले सोही ठाउँका ५५ वर्षीय सुकल साह तुराहालाई कुटपिट गरी हत्या गरेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ।,कुटपिटबाट घाइते भएका सुकल साहलाई अस्पताल पु¥याउना साथ... |
सेतोपाटी चितवनको गंगलबाट एक क्वीन्टल अवैध गाँजा सहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ। शनिबार राति राप्ती नगरपालिका-११ आँपपानी स्थित हरियाली सामुदायिक वनबाट सोही ठाँउका राजन तामाङ र कुमार तामाङलाई नियन्त्रण लिएको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ।,राति अटोमा लोड गरी सडकतर्फ ल्याउदै गरेका बेला उक्त गाँजा ब... |
रासस छुट्टाछुट्टै घटनामा तीन व्यक्तिले ज्यान गुमाएका छन् भने एक व्यक्ति बेपत्ता भएका छन्। भकतपुरमा सडक दुर्घटनामा एक मोटरसाइकल चालकले ज्यान गुमाए भने रूखबाट लडेर झापामा अर्का व्यक्तीको निधन भएको हो। त्यस्तै आगलागीमा परि कपिलवस्तु, जीतपुरमा एक बालिकाको मृत्यु भएको छ भने सुनकोशीमा नुहाउने क्रममा खोटाङ एक टिपर चालकको डुब... |
सेतोपाटी संवाददाता दोलखा बिनु गाँउपालिका ४ सिंगटी बजारस्थित सेतीदेवी मन्दिरमा लागेको जात्रामा भएको झगडा नियन्त्रणमा गएको प्रहरीको वाकीट्वाकी लुटिएको छ।,जात्रामा स्थानीय विराज श्रेष्ठ र सरोज ठकुरीबीच झगडा गरेको र श्रेष्ठको गल्ती देखेर प्रहरीले उनलाई नियन्त्रणमा लिन खोज्दा स्थानीयले प्रहरीको सेट लुटेर फरार भएको प्रहरीले... |
सागर राज तिमिल्सिना होली पर्वका अवसरमा पोखरा आएका विदेशी पर्यटकले पोखरेलीसँगै होलीमा रमाएका छन्।,उनीहरूले एक आपसमा रंगले शुभकामना साट्दै रंगहरूको पर्व होली मनाएका हुन्। नाट्टा पश्चिमाञ्चल क्षेत्रिय संघ पोखराले बिहिबार बिहान आयोजना गरेको कार्यक्रममा रंग खेल्दै विदेशी पर्यटक रमाए।, , , , ,
होलीमा यसरी रमाए पोखरामा विदे... |
रासस पाल्पा जिल्ला तानसेन–७ चुच्चेबारीमा महिलाको शव भेटिएको छ ।,शव पाल्पा जिल्ला तानसेन नगरपालिका–८ गैरा भन्ने स्थानकी ३८ वर्षीया शान्ति हिताङ्ग रहेको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी नायब उपरीक्षक विनोद घिमिरेले जानकारी दिए ।,यही फागुन १४ गतेदेखि हराएकी हिताङ्ग बुधबार स्थानीय खोलाको पानीमा डुबेको अवस्थामा भेटिए... |
सेतोपाटी संवाददाता होलीका नाममा जथाभावी सवारी नियम मिच्ने १०९ ओटा सवारी साधनलाई प्रहरीले नियन्त्रणमा परेका छन् ।,महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार काठमाडौंबाट ५० ओटा सवारी साधन, ललितपुरबाट ५१ र भक्तपुरबाट ८ गरी अहिलेसम्म एक सय ९ ओटा सवारी साधन नियन्त्रणमा लिइएको हो । जसमा धेरैजसो मोटरसाईकल रहेको प्रहरीले जनाएको... |
नारायण खड्का दाङको बेलझुण्डीस्थित रंगशाला निर्माणको लागि ३४ करोड रुपैयाँ बजेट विनियोजन भएको छ।,तुलसीपुर–१९ वेलझुण्डीस्थित खेलकुद विकास समितिको कार्यालय परिसरमा रंगशाला निर्माण गरेर जिल्लाको खेलकुद विकास गर्नका लागि उक्त बजेट विनियोजन गरिएको जानकारी दिइएको छ। दाङ जिल्ला खेलकुद विकास समितिका अध्यक्ष डिल्लीबहादुर डाँगीले... |
सेतोपाटी संवाददाता ट्राफिक प्रहरीले होलीको अवसरमा ट्राफिक नियम विपरीत चलाएका २ सय ६४ वटा सवारी साधन नियन्त्रणमा लिएको छ।,महानगरीय ट्राफिक प्रहरी महाशाखाको टोलीले उपत्यकाभित्रका तीन जिल्लामध्ये सबैभन्दा बढी काठमाडौंबाट नियन्त्रणमा लिएको महाशाखाका एसएपी उमेश रंजितकारले बताए।,प्रहरीले नियन्त्रणमा लिएकामध्ये ११ वटा कागजप... |
नारायण खड्का घोराही उपमहानगरपालिकाले अबदेखि आफ्नो क्षेत्रभित्र खोलाजन्य वस्तुको उत्खनन् आफैँ गर्ने भएको छ।,स्थानीय तहले खोला तथा नदीजन्य वस्तुको उत्खनन तथा संकलनको काम गर्न पाउने प्रावधान अनुरुप अबदेखि आफैँ बालुवा, गिट्टी तथा ढुङ्गा जन्यवस्तुको उत्खनन् गर्ने निर्णय कार्यपालिकाको बैठकले गरेको छ।,नगर कार्यपालिकाको बुधबा... |
सेतोपाटी संवाददाता फरार अभियुक्त पक्राउ गर्न गएको प्रहरी टोलीमाथि बुधवार साँखुमा आक्रमण भएको छ।,साँखुमा केही युवाले प्रहरीमाथि आक्रमण गरेको महानगरीय प्रहरी परिसर काठमाडौंका एसएसपी विश्वराज पोखरेल बताए।,माघ २५ गते जोरपाटीमा एक युवतीमाथि जवर्जस्तीकरणीका अभियुक्त सुजन ऐरी लुकेर बसेको सूचनाको आधारमा प्रहरी पक्राउ गर्न पुग... |
सेतोपाटी संवाददाता प्रहरीले मकवानपुरबाट दुई क्विन्टल गाँजा बरामद गरेको छ।,चितवनको सशस्त्र प्रहरी बल गणिमाई गण भण्डाराबाट गस्तीमा गएको सशस्त्र प्रहरीको टोलीले बिहिबार बिहान मकवानपुरस्थित राकसिराङ गाउँपालिका ६ बाट २ सय ३ किलो अवैध गाँजा बरामद गरेको हो।,चितवन र मकवानपुर जिल्लाको सीमा क्षेत्रमा पर्ने डाबराङ गाउँको एउटा गो... |
सागरराज तिमिल्सिना पोखरामा होली खेल्ने क्रममा घरको छतबाट खस्दा एक बालक गम्भीर घाइते भएका छन्।,पोखरा लेखनाथ महानगरपालिका २ विन्ध्यवासिनीका ११ वर्षीय आविष्कार रेग्मी घरको छतबाट खस्दा गम्भीर घाइते भएका हुन् । उनको पोखराको फिस्टेल हस्पिटलमा उपचार भइरहेको कास्कीका प्रहरी प्रवक्ता खड्क बहादुर खत्रीले जानकारी दिए।,घाइते रेग्... |
सुजिता कार्की बसन्त ऋतुको रमाइलो पर्व फागु (होली) को उल्लास हिमाली र पहाडी जिल्लामा बिहानैबाट छाएको छ।,बागलुङ पनि होलीको रमझमबाट अछुतो छैन। रङको पर्व भनेर चिनिने होलीको उत्साह सर्वत्र छाएको छ। विशेष गरी युवापुस्ता होलीको ‘मुड’ मा देखिन्छन्। पसलमा रङ, खेलौना, होलीमैत्री पोशाक किन्नेको भीड छ। पर्वको छेकोमा विभिन्न संघसं... |
सेतोपाटी संवाददाता होलीको अवसरमा ट्राफिक प्रहरीले हालसम्म ट्राफिक नियम उल्लंघन गरी चलाएका ८ सय ६ वटा सवारी साधन नियन्त्रणमा लिएको छ भने जबर्जस्ती रंग दल्ने तथा लोला हान्ने २ सय ७५ जनालाई पक्राउ गरेको छ।,होलीको अवसरमा अर्काको इच्छाविपरीत जबर्जस्ती रङ दल्ने, प्लास्टिकको लोला हान्ने, फोहर छ्याप्नेलाई पक्राउ गरिएको हो।,त्... |
सेतोपाटी संवाददाता होलीको अवसरमा अर्काको इच्छाविपरीत जबर्जस्ती रङ दल्ने, प्लास्टिकको लोला हान्ने, फोहर छ्याप्ने ४ सय २५ लाई प्रहरीले पक्राउ गरेको छ।,पक्राउ पर्नेमा २१ जना महिला र ४०१ जना पुरूष रहेका काठमाडौंका प्रहरी प्रमुख एसएसपी विश्वराज पोखरेलले जानकारी दिए।,प्रहरी काठमाडौंका विभिन्न स्थानबाट पक्राउ गरेको हो।,‘हाम... |
सेतोपाटी संवाददाता पर्सा प्रहरीले बुधबार राती वीरगञ्जमा भएको गोली प्रहार घटनालाई छानबिन गरी अभियुक्तहरूलाई सार्वजनिक गरेको छ।,पक्राउ पर्नेमा गोली लागेर घाइते भएका विन्दवासिनी गाउँपालिका वडा नम्बर ३ स्थायी घर भई वीरगञ्ज १३ रानीघाटमा बस्दै आएका अरविन्द र भीम भन्ने उमेशप्रसाद चौरसियाकी श्रीमती वर्ष २३ की प्रियंका चौरसिया... |
सेतोपाटी संवाददाता विदेशी पर्यटकहरूले पनि रंगहरूको पर्व होली मनाइरहेका छन्।,विभिन्न मुलुकबाट नेपाल घुम्न आएका पर्यटकहरू पानी र रंगसँगै नेपालीहरू माझ झुमेका छन्। राजधानीको पर्यटक घुम्ने क्षेत्र ठमेल, बसन्तुपर ललितपुरको पाटन दरबार स्क्वायरमा पर्यटकहरूले होली मनाइरहेका छन्।,नेपालीहरूले जत्तिकै उनीहरूले रंग दलेर एक आपसमा ... |
सागरराज तिमिल्सिना पोखरामा होली खेल्ने क्रममा घरको छतबाट खस्दा एक बालकको ज्यान गएको छ। पोखरा लेखनाथ महानगरपालिका २ विन्ध्यवासिनीका ११ वर्षिय आविष्कार रेग्मी घरको छतबाट खस्दा ज्यान गएको हो।,उनको पोखराको फिस्टेल हस्पिटलमा उपचारका क्रममा ज्यान गएको कास्कीका प्रहरी प्रवक्ता खड्क बहादुर खत्रीले जानकारी दिए। होली खेल्ने क्र... |
चेतना गुरागाईं सानेपाका रामकृष्ण सिलवालको घरसामु झन्डै बाह्र वर्षअघि नयाँ बाटो बन्यो। आँगनबाट सडकमा टेक्न एक खुड्किला ओर्लिनुपर्थ्यो।,अचेल पर्दैन। पाइला सारे पुग्छ।,यही तालमा सडक अग्लिँदै गए अब केही वर्षमा पाइला सारेर मात्र पुग्ने छैन। उक्लिनुपर्नेछ।,हामी कुरा गर्दैछौं, घर र सडक उचाइको।,सिलवालको आँगन र बाटोको सतह एउटै... |
सुदीप श्रेष्ठ चोभारबाट पानी बगेपछि काठमाडौं खाल्डोमा जे रह्यो, त्यो होचा–अग्ला थुम्का उठेको फराक चउर थियो।,हाम्रा पुर्खा दूरदर्शी थिए। चउरमा खेती गरे, थुम्कामा बस्ती बसाए। जब बस्ती साँघुरियो, अर्को थुम्कातिर लम्के। चउर मासेनन्।,काठमाडौं सभ्यतासँग गाँसिएका चउर आज डोब मात्र बाँकी छन्। कति शासकले खाए, कति व्यापारिक स्वार... |
सुजिता कार्की सडक विस्तारका कारण दैनिक छ घण्टा बन्द हुँदै आएको गल्छी–स्याफ्रुबेंसी सडकखण्डमा ११ दिन सवारी साधन आवतजावत गर्न बन्द नहुने भएको छ।,नुवाकोट र धादिङ दुवै जिल्लामा बुधबारदेखि सुरु भएको महोत्सवलाई लक्ष्य गर्दै उक्त सडकखण्ड महोत्सव अवधिभर सञ्चालन हुने योजनाले पक्षले जनाएको छ। महोत्सवमा आउनेहरूलाई सहज आवतजावत गर... |
भानुभक्त काठमाडौंको चुच्चेपाटीमा एक युवकको हत्या भएको छ।,बिहीबार राति धारिलो हतियार प्रहारबाट गम्भीर घाइते बौद्धका २५ वर्षीय छिरिङ शेर्पाको उपचारका क्रममा मृत्यु भएको हो।,शेर्पाको हत्यामा संलग्न रहेको आशंकामा प्रहरीले १८ वर्षीय विवेक तामाङलाई पक्राउ गरेको छ।,सामान्य विवादमा विवेकले छिरिङलाई छातिमा हतियार प्रहार गरेको... |
दिपकजंग शाही जाजरकोटको जुनीचाँदेमा ठूलो परिमाणको अवैध हातहतियार फेला परेको छ। जुनीचाँदे गाउँपालिका–११ स्थित चन्द्रबहादुर शाहीको घरमा घरेलु हातहतियार भेटिएको हो।,गोप्य सूचनाका आधारमा प्रहरीले उक्त हातहतियार बरामद गरेको हो। शाहीको घरमा विष्फोटक पदार्थसँगै जंगली जनावरका अंग पनि फेला परेको जिल्ला प्रहरी कार्यालय जाजरकोटले... |
भानुभक्त मदिरा सेवन गरी प्रहरीलाई ढुंगामुडा गर्दा हेटौंडा पदमपोखरीमा ५ जना प्रहरी घाइते भएका छन्।,बिहीबार साँझ मदिरा सेवन गरी हल्ला गर्ने युवालाई प्रहरीले नियन्त्रणमा लिन खोज्दा उनीहरूले प्रहरीलाई ढुगां प्रहार गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रमुख एसपी विकासराज खनालले जानकारी दिए।,ढुंगामुडाबाट घाइते प्रहरीको ... |
नारायण खड्का दाङमा डाक्टर र इमर्जेन्सी सेवासहितको एम्बुलेन्स सञ्चालनमा आएको छ।,दाङ लमहीस्थित फ्लोरेन्स अस्पताल प्रालिले ‘क’ वर्गको एम्बुलेन्स सञ्चालनमा ल्याएको हो। जसलाई जिल्ला एम्बुलेन्स सञ्चालन समितिले स्वीकृति प्रदान गरिसकेको छ।,लमही नगरपालिका वडा नम्बर ५ बाट सेवा दिँदै आएको निजी अस्पतालले करिब २० लाख रुपैयाँको लाग... |
नारायण खड्का जबरजस्ती करणी मुद्दाका एकजना फरार अभियुक्त पक्राउ परेका छन्। तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ४ राजापुर निवासी ३८ वर्षीय अभियुक्त राकेश नेपालीलाई पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ।,अभियुक्त नेपाली पछिल्लो समय गाउँ घरमै लुकीछिपी बस्दै आएको भन्ने गोप्य सूचनाको आधारमा छापा मार्दा उनी राजापुरस्थित आफ्नो... |
लेखनाथ खतिवडा पाँचथरको फालेलुङ गाउँपालिकामा ट्याक्टरको डालीबाट खसेर एकजनाको मृत्यु भएको छ।,फालेलुङ गाँउपालिका ३ स्थित मेमेङबाट मच्छेबुङ जाँदै गरेको मे १ त १९७५ नम्बरको ट्याक्टरमा सवार फिदिम नगरपलिका ५ का १४ वर्षिय साहिल तुम्बापोको बिहिबार ज्यान गएको हो।,फालेलुङको कच्ची सडकमा सवार तुम्बापोको घटनास्थलमा नै मृत्यु भएको ज... |
सुजिता कार्की नेपाल विद्युत् प्राधिकरण इलामले लामो समयदेखि विद्युत् महशुल नबुझाउने सरकारी कार्यालयको लाइन धमाधम काट्न थालेका छन्।,तीन महिनाभन्दा लामो समयसम्म विद्युत् महशुल नतिर्ने मालपोत कार्यालय, आदर्श मावि, घरेलु तथा साना उद्योग विकास समिति, शीतभण्डारको लाइन काटिएको प्राधिकरणका इलेक्ट्रिक सुपरभाइजर तारा एक्तेनले जा... |
सुजिता कार्की राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पतालमा डाक्टरको लापर्वाहीले एक गर्भवती महिलाको मृत्यु भएको भन्दै आक्रोशित स्थानीयले तोडफोड गरेपछि अस्पताल तनावग्रस्त भएको छ।,राजविराज–भारदह सडकखण्डअन्तर्गत अस्पताल गेटमा टायर बालेर यातायात अवरुद्ध पारेपछि अवस्था झन तनावग्रस्त भएको प्रहरीले जनाएको छ। सुत्... |
नारायण महर्जन पूर्वयुवराज पारस शाहले मंगलबार काठमाडौंको टेकूस्थित पचली भैरव मन्दिरको दर्शन गरेका छन्।,शाहले भैरवनाथ मन्दिरमा पुगी पूजा आराधना गरेका हुन्। त्यस अवसरमा मन्दिर परिसरमा उनलाई पञ्चै बाजा बजाएर स्वागत गरिएको थियो।,पूर्व युवराज शाह मन्दिर पुग्दा उनका समर्थकहरुले ‘सरकारको जय होस’ जस्ता नाराबाजी समेत गरेका थिए।... |
सेतोपाटी संवाददाता जनसंख्या तथा वातावरण मन्त्री लालबाबु पण्डितले नकुहिने प्लास्टिक उत्पादन गर्ने कम्पनीहरूलाई प्रतिबन्ध लगाउने बताएका छन्।,मंगलबार भक्तपुरमा आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै मन्त्री पण्डितले नकुहिने गरी खाद्यान्न लगायत अन्य वस्तुका सामान प्याकेजिङ गरिएका सामानमा प्रतिबन्ध लगाउने र नकुहिने प्लास्टि... |
सेतोपाटी संवाददाता मगर समुदायले विभिन्न कार्यक्रम गरी २६ औं मगर दिवस मनाइरहेका छन्।,मगर समुदायले हरेक वर्ष मगर दिवस मनाउने गरेका छन्। आज, भोलि र पर्सि यो दिवस मनाइँदै छ।,नेपाल मगर संघ स्थापनाको दिनलाई मगर समुदायले दिवसकै रूपमा मनाउने गर्छन्।,समानता सामाजिक न्याय, अस्तित्व र अधिकार सम्पन्न समृद्ध समाजसहितको देश निर्माण... |
दिपकजंग शाही सुर्खेतको मालारानीमा ट्याक्टर दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ । गुर्भाकोट नगरपालिका २ मा पर्ने मालारानीस्थित कोटखोला नजिक मंगलबार बिहान भे १ ख ६१६८ नं. को ट्याक्टर दुर्घटना हुँदा चालकसहित ३ जनाको मृत्यु भएको हो ।,स्थानीय खरिगैरा बजारबाट घर निर्माणका लागि सरिया लिएर जाँदै गरेको ट्याक्टर दुर्घटना भएको ... |
सागरराज तिमिल्सिना पोखरा लेखनाथ महानगरपालिका ३० पावर हाउस चोक नजिकै पैदल यात्रुलाई ट्रकले ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ।,तनहुँबाट पोखरातर्फ आउँदै गरेको ना २ ख ३६६९ नम्बरको ट्रकले रुकुम घर भई हाल पोखरा लेखनाथ महानगरपालिका ३२ खुदीखोलामा बस्ने ३६ वर्षिय जीतबहादुर पुनलाई ठक्कर दिँदा मुत्यु भएको हो।,घाइते भएका पुनको उ... |
सेतोपाटी संवाददाता सिरियामा जारी नरसंहारको विरोध गर्दै मानव अधिकार तथा शान्ति समाजले मंगलबार राजधानीमा विरोध प्रदर्शन गरेको छ।,पुल्चोकस्थित राष्ट्रसंघको कार्यालय अगाडि एक घण्टा धर्ना दिँदै सिरियामा जारी बमबारी र नरसंहार तत्काल रोक्न माग गरेको हो।,धर्नामा सहभागीहरूले संयुक्त राष्ट्रसंघ सुरक्षा परिषदद्वारा पारित युद्ध व... |
अनिल तिवारी नारायणी उपक्षेत्रीय अस्पताल वीरगञ्जका ८६ कर्मचारी छड्केमा परेका छन्।,जिल्ला प्रशासन कार्यालय पर्साले मगंलबार बिहान गरेको छड्केमा अस्पतालका अधिकांश डाक्टर, नर्स, प्राविधिक र प्रशासनतर्फका सय जना कर्मचारी अनुपस्थित थिए ।,प्रशासकीय अधिकृत ठाकुरराम भण्डारीको नेतृत्वमा जिल्ला प्रशासन कार्यालयबाट गएको टोलीले अस्... |
नारायण खड्का दाङमा मंगलबार दिउँसो भएको सवारी दुर्घटनामा परि एकजना नायब सुब्बाको मृत्यु भएको छ।,रुकुमको मुसिकोट नगरपालिकाका स्थायी बासिन्दा अन्दाजी ५० वर्षीय हरिबहादुर नेपालीको मोटरसाइकल दुर्घटनामा परि मृत्यु भएको प्रहरीले जानकारी दिएको छ।,तुलसीपुरस्थित यातायात व्यवस्था कार्यालय राप्तीमा नायब सुब्बा नेपालीको झण्डै एक म... |
दिपकजंग शाही जानकी सुनारको न्वारन गरेको एक दिन मात्र भएको थियो, उनको घरजग्गा पहिरोले बगायो। धन्न जानकीलाई केही भएन। परिवारका अरू सदस्य पनि जोगिए।,यो २०७१ साउन २९ को घटना हो।,उनीहरूको घर सुर्खेत, भेरीगंगा नगरपालिका, पाँडुलेमा पर्छ। साबिकमा लेखपराजुल गाविस–९ थियो।,पहिरोले घरजग्गा बगाएपछि केही दिन आफन्तकहाँ बसे। त्यसपछि ... |
सागरराज तिमिल्सिना पोखरा लेखनाथ महानगरपालिका ४ फिर्केपुलमा मोटर साइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ।,मंगलबार राति साढे ११ बजे ग ११ प ६१२३ नम्बरको मोटरसाइकल पुलमा दुर्घटना हुँदा मोटरसाइकलमा सवार पोखरा १ सिम्पानी बस्ने २९ वर्षिय ऋषिकेश पहारीको मुत्यु भएको हो।,घाइते पहारीको उपचारका लागि फिस्टेल अस्पताल लगिएलगत्त... |
दिपकजंग शाही संस्थागतभन्दा व्यक्तिगत तवरले जग्गाको खण्डीकरण हुने भएकाले सुर्खेतमा व्यवस्थित बसोबास निर्माण गर्न कठिनाइ हुने जिल्ला बसोबास व्यवस्थापन समितिले जनाएको छ।,पछिल्लो समय प्लटिङ कारण गुरुयोजनाभित्र पर्ने क्षेत्रहरू समेत कुरुप अवस्थामा पुगेको समितिका अध्यक्ष रामबहादुर सिंहले बताए।,अध्यक्ष सिंहले प्रदेश, स्थानीय... |
नारायण खड्का होलीमा शान्ति सुरक्षाको लागि दाङमा एक हजार ३० जना प्रहरी खटाइने भएको छ।,दाङकी प्रहरी प्रमुख एवं एसपी दुर्गा सिंहले सो जानकारी दिएकी हुन्।,उनले होलीका दिन ठाउँ-ठाउँका चेकपोस्टमा चेक जाँच हुने हुँदा मर्यादित भएर होली मनाउन आग्रह गरेकी छन्। अपरिचित व्यक्ति र कसैको इच्छा विपरीत जबरजस्ती रंग नलगाउन उनले आग्रह... |
सुजिता कार्की पाँचथरको फिदिम नगरपालिका–१० खलङगाटारमा निर्माणाधीन इमानसिं रंगशाला निर्माण सुरू भएको दश वर्षसम्ममा पनि पूरा हुन सकेको छैन।,विसं २०६४ बाट निर्माण सुरू भएको जिल्लाको एक मात्र ‘इलेभेन’ साइजको खेलमैदान बजेट अभाव लगायतका विविध कारणले निर्माण कार्यले अझैसम्म पूर्णता नपाएको हो। सेभेन साइजमा रहेको खेलमैदान स्थान... |
सुजिता कार्की भारतीय पक्षले नेपालको सहमति बिना नै महाकाली नदीमाथि चारवटा काठे पुल लगाएको छ। केही महिनापहिले जिल्ला प्रशासन कार्यालय, दार्चुलालाई सहमतिका लागि पत्राचार गरेको भारतले नेपालले सहमति नजनाउँदै चार पुल लगाउँदै आफ्नो मिचाहा प्रवृत्ति देखाएको छ।,भारतीय पक्षले त्रिदेशीय सीमा क्षेत्र नजिकै पर्ने नजांग खोला, लखनपु... |
सेतोपाटी संवाददाता राष्ट्रिय सेवा दलको १३ औं ब्याचको दीक्षान्त समारोह सम्पन्न भएको छ।,बुधबार लगनखेलमा आयोजित कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले दीक्षित हुनेलाई ब्याच तथा प्रमाणपत्र वितरण गरेका हुन्।,कार्यक्रममा सम्बोधन गर्दै उनले स्थायी राजनीतिमा अब देश पुगेको र त्यसले साकार रूप पाए मुलुकमा समृद्धि र शान्तिसँ... |
भानुभक्त राजधानीको नागढुंगाबाट ठूलो परिमाणको बिस्फोटक पदार्थसहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ।,मंगलबार साँझ प्रहरीले दैलेख नौमुले- ८ का २४ वर्षीय दशरथबहादुर शाहीलाई पक्राउ गरेको हो।,धादिङबाट काठमाडौं आउँदै गरेको बा ३ ख ९७१९ नम्बरको बसमा सवार शाहीको साथबाट उक्त विपोटक पदार्थ फेला परेको हो।,महानगरीय प्रहरी वृत्त था... |
नारायण खड्का ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख एवं डिएसपी प्रकाश सापकोटाको विरुद्धमा सामाजिक सञ्जालमा मनपरी ‘स्ट्याटस’ लेखेको आरोपमा एकजना युवा पक्राउ परेका छन्।,तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १ भमके निवासी १९ वर्षीय आकाश भण्डारीले ‘श्री पाँच भण्डारी सरकार’को नामबाट फेसबुकमा विभिन्न ‘स्ट्याटस’ लेखेका थिए।,उनल... |
सेतोपाटी संवाददाता काठमाडौंको थानकोटबाट अवैध लागूऔषधसहित योगी सागर नाथ (बाबा) पक्राउ परेका छन्।,काठमाडौंको साँखुस्थित नारायण मन्दिरमा बस्दै आएका २८ वर्षिय बाबा सागर नाथ ७५ थान फेनारगन र डाईजेपामसहित पक्राउ परेको काठमाडौं प्रहरी प्रमुख एसएसपी विश्वराज पोखरेलले जानकारी दिए।,गोरखाबाट काठमाडौं आउँदै गरेका बेला नियमित चेकज... |
सेतोपाटी संवाददाता ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालका मधुमेह, थाइरोइड तथा हर्मोन रोग बिशेषज्ञ डा. सन्देश पन्थी बङ्गलादेशको प्रधानमन्त्रीबाट गोल्ड मेडलसहित सम्मानित भएका छन् ।,जन गणतन्त्र बङ्गलादेशकी प्रधानमन्त्री शेख हसिनाले गत आइतबार प्रधानमन्त्री कार्यलायमा आयोजित एक बिशेष समारोहमा डा. पन्थीलाई गोल्ड मेडलबाट सुसोभित... |
सेतोपाटी संवाददाता त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट दुबइ जान लागेका एक व्यक्तिबाट प्रहरीले ६३ लाख ७ हजार रुपैयाँ बरामद गरेको छ।,फ्लाई दुबइको उडानद्वारा भिजिट भिसामा दुवही जान लागेका राहदानी नम्बर ०९७८६६१० बाहक स्याङ्जा वालिङ नगरपालिका–६ तिप्लेका २८ वर्षीय गंगाबहादुर पौडेललाई प्रहरीले पक्राउ गरेको हो।,अवैध रुपमा ल... |
दिपकजंग शाही सर्वसाधारणको ज्यान जाने गरि सिरियामा भैरहेको शृंखलाबद्ध आक्रमणप्रति सुर्खेतका विद्यार्थीहरूले बुधबार विरोध जनाएका छन्।,स्थानीय एड्भान्स वेटर इङ्लिस मिडियम सेकेन्डरी स्कूल, एडभान्स स्कूल काउन्सिलका विद्यार्थीहरूले कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा सिरियामा भएको बम आक्रमणको निन्दा गरेका छन्।,आक्रमणबा... |
सुजिता कार्की परम्परादेखि १३ दिनसम्म गरिँदै आएको मृत्युसंस्कार पाँच दिनमा सिध्याउने क्रम बढ्न थालेको छ।,फागुन ११ गते शुक्रबार ८७ वर्षीय आमा राधादेवी कार्कीको निधन भएपछि नेपाल धितोपत्र बोर्डका अध्यक्ष रेवतबहादुर कार्कीले १५ गते मंगलबार पाँच दिनमै काजक्रिया सके।,ओखलढुंगाको माम्खाली गाउँका मुडुला कार्की समाजको सचिवसमेत र... |
सेतोपाटी संवाददाता प्रहरीले काठमाडौं नागढुंगास्थित चेकप्वाइन्टबाट ८ किलो अवैध लागूऔषध चरेससहित एक जनालाई नियन्त्रणमा लिएको छ।,धादिङबाट काठमाडौं आउँदै गरेको बा२ख ८१९ नम्बरको बसमा सवार मकवानपुर थाहा नगरपालिका– का २४ वर्षीय रमेश थिङलाई ८ किलो चरेससहित पक्राउ गरिएको महानगरीय प्रहरी वृत्त थानकोटले जनाएको छ।,पक्राउ परेका थि... |
सेतोपाटी संवाददाता राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले छुट तथा पुनःजाँच सर्वेक्षणबाट प्राप्त करिब १ लाख गुनासोलाई अन्तिम प्रमाणीकरण गर्न स्थानीय तहमा पठाउने तयारी गरेको छ।,बुधवार बसेको केन्द्रीय गुनासो व्यवस्थापन समितिको बैठकले छुट तथा पुनःजाँच सर्वेक्षण गरिएका विवरणको विश्लेषण गरी सम्भावित पुनर्निर्माण लाभाग्राही, प्र... |
दिपकजंग शाही ,जिल्ला प्रहरी कार्यालय सुर्खेतले होलीलाई ध्यानमा राख्दै विशेष सुरक्षा योजना लागू गरेको छ । आज मनाइने होली पर्वमा विभिन्न घटना हुन सक्ने भएकाले जिल्लाको सुरक्षा स्थितिलाई ध्यानमा राख्दै प्रहरीले विशेष सुरक्षा योजना लागू गरेको हो ।,सुरक्षा योजनाअन्तर्गत जिल्लाभर मोबाइल गस्ती, ठाउँ–ठाउँमा चेकिङ प्वाइन्ट, प... |
सेतोपाटी संवाददाता सर्वोच्च अदालतले कान्तिपुर मिडिया ग्रुपलाई तीन दिनभित्र बयानका लागि उपस्थित हुन आदेश दिएको छ।,कान्तिपुर दैनिकविरुद्ध परेको अवहेलना मुद्दामा सुनुवाई गर्दै आइतबार प्रधानन्यायाधीश गोपाल पराजुलीको एकल इजलासले ग्रुपका अध्यक्ष कैलाश सिरोहिया, निर्देशक स्वस्तिका सिरोहिया, कान्तिपुर दैनिकका प्रधानसम्पादक सु... |
सेतोपाटी संवाददाता प्रहरीले होलीमा जबरजस्ती लोला हान्ने र रंग दल्नेलाई सार्वजनिक अपराधदेखि ज्यान मार्ने उद्योगमा मुद्दा चलाउने भएको छ।,महानरीय प्रहरी परिसरले काठमाडौंमा आइतबार पत्रकार सम्मेलन गर्दै होलीका नाममा जबरजस्ती लोला हान्ने तथा रंग दल्नेलाई कडा कारवाही गर्ने बताएको हो।,पत्रकार सम्मेलनमा एसएसपी पोखरेलले होलीक... |
सेतोपाटी संवाददाता कर्णालीबासीले प्रदेश नम्बर ६ को स्थायी राजधानी सुर्खेतलाई बनाउने प्रदेशसभाको निर्णयप्रति आपत्ति जनाएका छन्।,कर्णाली जनअधिकार मञ्चले सुर्खेतलाई नै प्रदेश नम्बर ६ को स्थायी राजधानी बनाउने प्रदेशसभा र प्रदेश सरकारको निर्णयप्रति आपत्ति जनाएको हो।,मञ्चले सुर्खेतलाई प्रदेशको राजधानी बनाउने सो निर्णय तत्का... |
सुजिता कार्की गोरखा फुजेलका कृष्णप्रसाद अधिकारी हत्यासम्बन्धी मुद्दाको जाहेरवाला नुरप्रसाद अधिकारीलाई अदालतमा झिकाउन आइतबार जिल्ला अदालत चितवनले आदेश जारी गरेको छ।,जिल्ला अदालतका मुख्य न्यायाधीश कुलप्रसाद शर्माले अधिकारीलाई झिकाउन आदेश दिएका हुन्। जाहेरवाला नुरप्रसाद कृष्णप्रसादका दाजु हुन्। अदालतका स्रेस्तेदार गेहेन्... |
सेतोपाटी संवाददाता निजामती सेवाका ३७ सय कर्मचारीले स्वेच्छिक अवकाश लिने भएका छन्।,आइतबारसम्म काठमाडौंमा कार्यरत ७ सय र काठमाडौं बाहिरका ३ हजार ४८ कर्मचारीले स्वेच्छिक अवकाशका लागि आवेदन दिएको सामान्य प्रशासन मन्त्रालयले जनाएको छ।,स्वेच्छिक अवकाश रोज्नेमा ३ सचिव र १३ सहसचिव पनि छन्।,‘अहिलेसम्म ३७ सय ४८ कर्मचारीले आवेदन... |
सेतोपाटी संवाददाता राजधानीको कोटेश्वरदेखि कलंकीसम्मको रिङरोड निर्माण कार्य अन्तिम चरणमा पुगेको छ। तर बिडम्बना निर्माण कार्य अन्तिम चरणमा पुग्दा यसको डिजाइन नै गलत भएको देखिएको छ। १० किलोमिटर लामो सडकमा न त पर्याप्त जेब्राक्रस छन् न त आकाशे पुल नै। अझ सडकमा दुइतर्फी सवारी छुट्याउन 'मेडियन' समेत तयार गरिएको छैन।,चिनियाँ... |
शोभा शर्मा अदालतकै लापरबाहीका कारण तोकीएको भन्दा पाँच वर्ष ६ महिना बढी जेलमै बस्न बाध्य भएकी पद्ममाया गुरुङ्ले क्षतिपूर्तिस्वरुप ६ लाख रुपैँया पाउने भएकी छन्।,जेलबाट निस्कीएको १५ वर्षपछि धनकुटास्थित बुधबारेकी पद्ममायाले क्षतिपूर्ति पाउने भएकी हुन्। पद्ममायाको रिटमा आइतबार प्रधानन्यायाधीश गोपाल पराजुली र न्यायाधीश के... |
सेतोपाटी संवाददाता ललितपुरको गोदावरी नगरपालिका ३ टौखेलमा एक व्यक्ति मृत अवस्थामा फेला परेका छन्।,अन्दाजी ३२ वर्षिय व्यक्ति आइतबार मृत अवस्थामा भेटिएको महानगरीय प्रहरी परिसर ललितपुरले जनाएको छ।,मृतकको सनाखत भने हुन सकेको छैन। घटनका सम्बन्धमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।,
ललितपुर, टौख... |
सेतोपाटी संवाददाता पाँच दिनअघि छोरीको घर जाने भन्दै हिँडेका सल्यानको कालिमाटी गाउँपालिका ७ का ५० वर्षिय जोगी दमाई आइतबार साँझ स्थानीय बबई नजिक किरारमा मृत अवस्थामा फेला परेका छन्।,छोरीको घर जाने भन्दै पाँच दिनअघि घरबाट निस्कका दमाई छोरीको घरमा नपुगेपछि उनको खोजी थालिएको थियो। आइतबार साँझ बबई किनारमा मृत अवस्थामा फेला ... |
भानुभक्त काठमाडौंको पुतलीसडकस्थित सेयर मार्केट भवनमा सोमबार बिहान आगलागी भएको छ।,पौने १० बजेतिर भवनको पाँचौं तलामा रहेको एनआइएसी ल्यांग्वेज सेन्टरमा आगलागी भएको काठमाडौं प्रहरीले जनाएको छ। आगो नियन्त्रण गर्न महानगरपालिका र नेपाली सेनाका ४ दमकलले प्रयास गरिरहेका छन्।,'अहिलेसम्म कुनै मानवीय क्षतिको रिपोर्ट आएको छैन, आग... |
सेतोपाटी संवाददाता दोलखाको मैलुङ गाउँपालिका ७ ज्यामिरेस्थित तामाकोशी नदीको किनारमा एक पुरुष मृत फेला परेका छन्।,मृतक व्यक्तिको सनाखत हुन सकेको छैन। अन्दाजी ३५ वर्षीय पुरुषको शव आइतबार साँझ फेला परेको र घटनाका सम्बन्धमा अनुसन्धान भइरहेको दोलखा प्रहरीले जनाएको छ।,
तामाकोशी किनारमा एक पुरुष मृ... |
सेताेपाटी संवाददाता पुतलीसडकस्थित सेयरमार्केट भवनमा सोमबार बिहान आगलागी भएको छ। भवनकौ चौथो तल्लामा रहेको एनआईसी ट्रेडिङ सेन्टरमा आज बिहान करिब १० बजे आगलागी भएको प्रहरीले जनाएको छ।,आगो नियन्त्रणका लागि काठमाडौं महानगरपालिका, नेपाली सेनाको दमकल तथा प्रहरी र स्थानीय खटेका थिए। आगलागी नियन्त्रणका लागि जुद्ध बारुण यन्त्र... |
सेतोपाटी संवाददाता सिराहाको धनगढीमाई नगरपालिका ८ कसहामा एम्बुलेन्सको ठक्करबाट एक जनाको मृत्यु भएको छ।,आइतबार साँझ स १ झ ४७१ नम्बरको एम्बुलेन्सले ‘अन-टेष्ट’ लेखिएको मोटरसाइकललाई ठक्कर दिँदा धनगढीमाई ८ कै २३ वर्षीय दीपेन्द्र महतोको मृत्यु भएको हो।,एम्बुलेन्ससहित चालक उदयपुरका सुखैर चौधरीलाई ईलाका प्रहरी कार्यालय गोलबजार... |
सेतोपाटी संवाददाता पुतलीसडकस्थित सेयरमार्केट भवनमा सोमबार बिहान लागेको आगो नियन्त्रणमा आएको छ।,जुद्ध बारुण यन्त्रका तीन तथा ललितपुर महानगर, भक्तपुर नगरपालिका, नेपाली सेना र नेपाल प्रहरीको एक/एक गरी सातवटा दमकलको प्रयोग गरी आगलागी नियन्त्रण गरिएको थियो।,भवनकौ चौंथो तल्लामा रहेको एनआईसी ट्रेडिङ सेन्टरमा आज बिहान करिब १०... |
सेतोपाटी संवाददाता भूकम्प अति प्रभावित जिल्लाका ७० प्रतिशत लाभग्राही निजी आवास पुनर्निर्माणमा जुटेका छन्।,प्राधिकरणको सोमबारसम्मको तथ्याङ्कअनुसार भूकम्प अतिप्रभावित १४ जिल्लाका कूल ६ लाख ६७ हजार ६ सय ६२ मध्ये ६ लाख १० हजार ५ सय भूकम्पपीडितसँग अनुदान सम्झौता भइसकेको छ।,१ लाख २ सय ३६ घरको पुनर्निर्माण सम्पन्न भएको छ र ३... |
नारायण खड्का दुर्घटनामा परि दाङमा एकजना शिक्षकको मृत्यु भएको छ।,गढवा गाउँपालिका वडा नम्बर २ महदेवा निवासी ५४ वर्षीय नारायण शर्माको मोटरसाइकल दुर्घटनामा परि मृत्यु भएको ईलाका प्रहरी कार्यालय कुसुम बाँकेले जानकारी दिएको छ।,गढवास्थित मावि चइनपुरका शिक्षक शर्मा नेपाल शिक्षक महासंघ गढवाका अध्यक्ष पनि हुन्। शर्मा नेपालगञ्जत... |
नारायण खड्का तुलसीपुर उपमहानगरले सार्वजनिक स्थानमा व्यापार गर्न नदिने नीति अवलम्बन गरेको छ।,बजारका चोक र सार्वजनिक स्थानमा गरिँदै आएको व्यापारले बजारको शोभा घटेको, दुर्घटनाको जोखिम बढेको तथा सडक अस्तव्यस्त बनेको भन्दै सडक व्यापार हटाउन सुरू गरिएको मेयर घनश्याम पाण्डेले जानकारी दिए।,तुलसीपुर बजारलाई व्यवस्थित बनाउने भन... |
सेतोपाटी संवाददाता काठमाडौस्थित अमेरिकी दूतावसमा कार्यरत सेक्युरिटी गार्डलाई प्रहरीले पक्राउ गरेको छ। महानगरीय प्रहरी वृत्त महाराजगन्जको टोलीले ४५वर्षीय राजेन्द्र आचार्यलाई दुई साता अगाडि पक्राउ गरि अनुसन्धान गरिरहेको हो।,आचार्यका बारेमा एक महिलालाई जवर्जस्ती करणी गरेको उजुरी दिएको आधारमा उनी पक्राउ गरेको वृत्तका प्रम... |
सेतोपाटी संवाददाता अनुमतिबिना चिकित्सकीय अभ्यास गरेको आरोपमा पक्राउ परेका एक चिनियाँ चिकित्सक जेल चलान भएका छन्।,बौद्धस्थित चाइना ग्रेट वाल सेन्टरमा कार्यरत चिनियाँ चिकित्सक लङ जियोङ जेल चलान भएका हुन्। १६ जना धरौटीमा छुटेका छन्। छुट्ने मध्ये तीन जना साधारण तारेखमा रिहा भएको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)का एसपी ... |
गिरीश गिरी हिमाली भेगमा आर्थिक अवसरका अगाडि पहिचान ओझेलमा परिरहेको एक उदाहरण बनेका छन्, नौ वर्षीय जीवन राउत।,ट्याम्पुमा चढेर राजधानी भित्रै यात्रा गरिरहँदा आइतबार जीवन भिक्षु वस्त्रमा भेटिएका थिए। उनको अनुहार वा गतिविधि भने कतैबाट पनि बौद्धमार्गी समुदायका जस्ता देखिँदैन थियो। उनलाई काखैमा राखेर यात्रा गरिरहेका बाबु त ... |
सेतोपाटी संवाददाता बैतडीको मेनौली नगरपालिका ९ रोकटामा चितुवाको आक्रमणबाट १८ महिने बालक घाइते भएका छन्।,स्थानीय मान बहादुर चन्दका छोरा गणेश चितुवाको आक्रमणबाट घाइते भएका हुन्। घाइते बालकको उपक्षेत्रीय अस्पाल डडेल्धुरामा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय वैतडीले जनाएको छ।,सोमबार साँझ ८ बजे आमाको काखमा बसेर दुध खाइरहे... |
Subsets and Splits
No community queries yet
The top public SQL queries from the community will appear here once available.