content
stringlengths
20
64.1k
सेतोपाटी संवाददाता पर्साको विरगञ्ज महानगरपालिका १९ विन्दाबासिनीको एक राइस मिलमा मंगलबार बिहान आगलागी भएको छ।,आगलागीबाट  करिब १० लाखको क्षति भएको प्रहरीको प्रारम्भीक अनुमान छ। मनोज साह कलवारले सञ्चालन गरेको मनोज राइस मिलमा बिहान सवा ५ बजे आगो लागेको थियो।,राइस मिलमा रहेका विभिन्न सामान आगोले जलेर नष्ट हुँदा १० लाखको क्...
सेतोपाटी संवाददाता रौतहटको कटहरिया नगरपालिका १ महादेवटोलमा एक जनाको हत्या भएको छ।,मंगलबार राति ९ बजे सोही ठाउँका जुगल महतोको घरमा लगेर एक समूहले स्थानीय ३० वर्षीय शिव मंगल महतोलाई कुटपिट गरी हत्या गरेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ।,हत्यामा संलग्न रहेको आशंकामा १ जनालाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको इल...
नारायण खड्का तुलसीपुरको फोहर फाल्ने ठाउँमा एउटा नवजात शिशुको शव फेला परेको छ।,तुलसीपुर उपमहानगरपालिकाले फोहर फाल्दै आएको पातुखोला बगरमा सालनालसहितको नवजात शिशुको मृत अवस्थामा फेला परेको हो।,प्लास्टिकमा बेरेको अवस्थामा फालिएको ८/९ महिनाको जस्तो देखिने सालनालसहितको नवजात शिशु मृत अवस्थामा फेला परेको ईलाका प्रहरी कार्याल...
लेखनाथ खतिवडा  ,ग्रामिण समुदायका महिलालाई सुन सफा गरीदिने भन्दै नक्कली मिसावट भएको सुन दिइ ठगि गरेको आरोपमा पाँचथर प्रहरीले फिदिम नगरपालिका १३ लुङरुपाबाट ४ जना भारतीय नागरिकलाई पाँचथर प्रहरीले पक्राउ गरेको छ ।,पक्राउ पर्नेमा भारत बिहार राज्य पूर्वचम्पारण बस्ने वर्ष ३६ को कृष्ण साह लगायत अन्य चार जना रहेका छन् ।,लुङरूप...
चन्द्र काफ्ले धादिङको थाक्रे गाँउपालिका १ धारापानी खोल्सामा मिनि ट्रक दुर्घटना हुँदा चालकको मृत्यु भएको छ।  ट्रकमा सवार ३ जना घाइते भएको प्रहरीले जनाएको छ।,सिम्लेबाट थाक्रेतर्फ जादै गरेको बा १ ख ९८४२ नम्बरको आईचर ट्रक सोमबार राति साढे ११ बजे, सडकबाट अन्दाजी एक सय मिटर तल खसेको हो।,दुर्घटनामा चालक धादिङ थाक्रे १ का बल ...
नारायण खड्का जिल्ला समन्वय समितिले देउखुरी क्षेत्रका क्रसर उद्योग र अर्जुन खोलाको दोभानको अनुगमन गरेको छ।,जिल्ला समन्वय समितिका प्रमुख जितेन्द्रमान नेपाली, उप प्रमुख श्रीधर शर्मा पौडेल र प्राविधिक टोलीले क्रसर उद्योग र ठेक्का भएको अर्जुन खोला दोभानको अनुगमन गरेको हो।,‘अनुगमनमा क्रसर उद्योगले आवश्यक कागजात बिना धेरै मा...
सेतोपाटी संवाददाता काठमाडौं महानगरपालिकालाई धुम्रपान तथा सूर्तिजन्य पदार्थमुक्त सहर घोषणा गरिएको छ।,काठमाडौं महानगरपालिका मेयर विद्यासुन्दर शाक्यले शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गरी महानगरलाई ‘हेल्दी सिटी’को रूपमा विकास गर्न धुम्रपान तथा सूर्तिजन्य पदार्थमुक्त सहर घोषणा गरिएको जानकारी गराए।,धुम्रपान तथा सूर्तिजन...
सेतोपाटी संवाददाता नेपालबाट वर्षेनी तेस्रो मुलुकमा हुने मानव बेचविखन रोकथामका लागि सक्रियतापूर्वक कार्य गर्दै आएको संस्था थ्रि एन्जल्स नेपालले अन्तर्राष्ट्रिय अवार्ड पाएको छ।,वर्ल्ड सिएसआर डेको अवसरमा भारतको मुम्बईमा यही फेब्रुअरी १८ तारिखमा आयोजित विशेष कार्यक्रममा संस्थाले ‘एनजीओ लिडरसीप अवार्ड’ प्राप्त गरेको थ्रि ए...
सुजिता कार्की लमजुङमा दुई दिन विद्युत् आपूर्ति बन्द हुने भएको छ।,उदिपुरदेखि दमौली जोड्ने ३३ केभी प्रशारण लाइन फागुन १३ र १५ गते पूर्णरूपमा बन्द हुने भएको हो। मध्यमर्स्याङ्दीदेखि तल्लो मर्स्याङ्दीसम्मको १३२ केभी प्रशारण लाइनको दोस्रो सर्किटको टावर नम्बर २ देखि टावर नम्बर १ सम्मको तार तन्काउने कामका लागि विद्युत् आपूर्त...
सुजिता कार्की स्थानीय प्रशासनले जिल्लामा हुने दुर्घटनाका घाइतेको पहिलो उपचार चितवनको सरकारी अस्पतालमा गर्न निर्देशन दिएको भए पनि कार्यान्वयन हुन सकेको छैन।,जिल्लामा सरकारी अस्पताल भरतपुर अस्पताल रहेको छ भने अन्य दुई मेडिकल कलेज र साना ठूला अस्पताल रहेका छन्। यातायात व्यवसायी, एम्बुलेन्स चालक र यहाँका मेडिकल कलेज एवं अ...
सुजिता कार्की भूकम्प पीडितलाई दिइँदै आएको राहत हस्तान्तरण प्रक्रियालाई सहज तुल्याउन राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले कार्यस्थलमा खटिएका प्राविधिकलाई  ८५ लाख रुपैयाँभन्दा बढीको ट्याबलेट (कम्प्युटर) उपलब्ध गराएको छ।,प्राधिकरणका सचिव मधुसुदन अधिकारीले आज केन्द्रीय आयोजना कार्यान्वयन एकाइका आयोजना निर्देशक तपेन्द्रबहादु...
सुजिता कार्की बहुप्रतिक्षित मेलम्ची खानेपानी आयोजना पूर्णताको अन्तिम चरणमा पुगेसँगै राजधानीवासीका धारामा दशैंताका मेलम्चीको पानी आउने भएको छ ।,अर्बौं रुपैयाँको विशाल उक्त परियोजनाबाट मेलम्ची खोलाको पानी राजधानीका धाराबाट खस्ने प्रायः पक्का भएको हो। साथै, सरकारले मेलम्चीको पानी राजधानीमा प्रवाह गर्नेसम्बन्धी ठोस कार्यय...
डिल्ली पाण्डे  ,‘तपाईँको एरियामा कुनै प्रहरीले घुस खादै गरेको छ, अथवा डिउटीको कर्तव्य निभाएको छैन भने सिधै मलाई फोन गर्नुहोस्, त्यसको ५ मिनेट भित्र त्यस्ता प्रहरीको बर्दी उत्रिनेछ,’ काठमाडौं प्रहरी प्रमुख एसएसपी विश्व पोखरेलले घुस खाने प्रहरी विरुद्धमा उजुरी गर्न नागरिकलाई आग्रह गरेका छन्।,आर्थिक लालसमा फसेका प्रहरी क...
डा. रघुनाथ ओसिस धिताल अंग्रेजी शब्द प्लास्टिकलाई नेपाली भाषामा पगाल्न सकिने एक लचकदार पदार्थ भन्ने गरिन्छ जसको अर्को नाम ‘पोलिइथिन’ हो। तपाईहरूले कत्ति को याद गर्नु भएको छ, करिब(करिब तपाईको दैनिक जीवनलाई प्लास्टिकले पूर्ण रूपमा घेरेको छ। अहिले घुम्ने कुर्सीमा बस्नु भएको छ भने हेर्नोस् त त्यो प्लास्टिकले बनेको छ। अनि क...
रासस एक मात्र दृष्टिविहीन स्रोत कक्षा सञ्चालित विद्यालयमा अध्ययनरत विद्यार्थीका लागि छात्रावास निर्माण गरिएको छ ।,सदरमुकाम कुश्माबजारस्थित शिवालय माविमा अध्ययनरत भई भाडामा बस्दै आएका दृष्टिविहीन विद्यार्थीको बसाइमा सहज होस् भन्ने उद्देश्यले करीब रु ७८ लाखको लागतमा प्लान नेपालले उक्त आवास शुक्रबार प्रतिनिधिसभाका नवनिर्...
रमेश गिरी (रासस) “भीमसेन देया लज खङ्गलो वानला ल्याँसे,,बिस्युवाने म्वायक सो झायला”,( भीमसेनको लिङ्गले मन लोभियो कि, भाग्नु नपर्ने गरी हेर्न आउनुभयो कि),दत्तात्रय मन्दिर अगाडिको भीमसेन मन्दिरको पाटीमा आज बिहान यो गीत गुञ्जिरहँदा भीमसेनको लिङ्ग दर्शन गर्न आउनेको उत्तिकै भीड लागेको थियो । फागु पूर्णिमासम्म हरेक दिन बिहान...
(रासस) पूर्वको सिस्ने गाउँपालिका– ३ पोखरास्थित जनता माविमा कक्षा १० का प्रकाश खड्काको एसइइ परीक्षा आउन एक महिना बाँकी भए पनि अहिलेसम्म अनिवार्य नेपाली र स्वास्थ्य तथा जनसंख्या विषयको किताब पाएका छैनन् ।,आठबीसकोट नगरपालिका– २ स्यालाखदीस्थित ज्ञानोदय मावि कक्षा १० का भूपेन्द्र विष्टले पनि शैक्षिकसत्रको अन्त्यमा हुने वार...
चेतना गुरागाईं वसन्त बस्नेत सुन्धारामा रेस्टुरेन्ट चलाउँथे। राम्रो चल्थ्यो। तै चित्त बुझेन। बस्ती फैलिरहेको ललितपुर, खुमलटारमा अझ राम्रो चलाउने इच्छा जाग्यो।,वसन्तले गत भदौमा सुन्धाराको रेस्टुरेन्ट बेचे।,त्यसबाट आएको पैसा र ऋण खोजेर झन्डै १८ लाख रूपैयाँ जम्मा गरे। अनि हानिए, खुमलटार।,मूल सडककै नयाँ घरको भुइँतलामा महिन...
दिपकजंग शाही शनिबार सुर्खेतको वीरेन्द्रनगर बजारमा सरसफाई अभियान चलाइएको छ । वीरेन्द्रनगर नगरपालिकाले सञ्चालन गरेको विशेष सरसफाई कार्यक्रममा प्रदेश नं. ६ का मुख्यमन्त्री महेन्द्रबहादुर शाहीसहित विभिन्न मन्त्री, नगरपालिकाका प्रमुख÷उपप्रमुख तथा पदाधिकारी, विभिन्न कार्यालयका प्रतिनिधिहरु सहभागी भएका थिए ।,बिहान साढे ७ बजे...
नारायण खड्का हात्तीपाइले रोग विरुद्धको औषधी पढे लेखेका र जान्ने बुझ्नेहरुले नै खान नमान्ने गरेको पाइएको छ । दाङमा शनिवारदेखि सुरु भएको हात्तीपाइले विरुद्धको औषधी खुवाउने अभियानमा  खटिएकी स्वास्थ्य स्वयमसेवक देवा बस्नेतले पढे लेखेको र जान्ने बुझ्नेहरुले नै औषधी खान नमान्ने गरेको सेतोपाटीलाई बताइन ।,‘ नपढेका मान्छेलाई ह...
रासस मेची राजमार्गअन्तर्गत पाँचथरको फाल्गुनन्द–३ मा रहेको तीनपांग्रे भन्ने ठाउँमा जीप र ट्र्याक्टर एकआपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ ।,आज बिहान झापाको विर्तामोडबाट फिदिम आउँदै गरेको मे १ज २७९३ नम्बरको जीप र फिदिमबाट राँके जाँदै गरेको मे १ त ३५५३ नम्बरको ट्र्याक्टर ठोक्किँंदा फाल्गुनन्द–२ कि ५८ वर्षीय लिलामाया च...
रासस झापाको बिर्तामोड नगरपालिका – ७ मा शनिबार जंगली हात्तीको आक्रमणबाट दुई जनाको मृत्यु भएको छ ।,मृत्यु हुनेमा बिर्तामोड नगरपालिका – ३ मियाबारी निवासी ७० वर्षीय च्याङ्ग्रा राजवंशी र बिर्तामोड नगरपालिका – ७ निवासी ७० वर्षीय लसुने मियाँ रहेको इलाका प्रहरी कार्यालय बिर्तामोडले जनाएको छ ।,घर नजिकैको दुन्दर निचाझोडा सामुदा...
सेताेपाटी संवाददाता काठमाडौं सुन्धारास्थित एक होटलमा युवतीको शव फेला परेको छ। उदयपुरकी २४ वर्षीया शर्मिला राउतको शव होटलमा भेटिएको प्रहरीले जनाएको छ।,घटनामा संलग्न रहेको भन्दै विशाल खड्कासहित दुई जनालाई नियन्त्रणमा लिएर अनुसन्धान थालिएको महानगरीय प्रहरी जनसेवाका डिएसपी टेकुन्नद लिम्बुले जानकारी दिए।,मृतक युवती र प्रहर...
सेतोपाटी संवाददाता उपत्यकामा ट्राफिक नियम उल्लंघन गरी सवारी चलाउने १ हजार ३ सय ७ जना सवारी चालक ट्राफिक कारबाहीमा परेका छन्।,शनिबार ट्राफिक प्रहरीले विभिन्न कसुरमा कारबाही गरेको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ। जसमा जथाभावी यात्रु चढाउने तथा ओराल्ने मात्रै १८७ जना सवारी चालक छन्।,यसैगरी मदिरा पिएर सवारी साध...
रासस/सिन्ह्वा अफ्रिकी मुलुक मोगादिसुमा शुक्रबार दुई वटा बम विस्फोटन हुँदा कम्तीमा १८ जनाको मृत्यु भएको छ। विस्फोटमा परी अन्य २० जना घाइते भएका छन् ।,एम्बुलेन्सका निर्देशक अब्दुकादीर अब्दीरहमानले दुई वटा बम विस्फोटनमा परी १८ जनाको मृत्यु भएको पुष्टी गरे। उनले एउटा बम आक्रमण राष्ट्रपति निवासलाई लक्षित गरिएको जानकारी दिए...
सेताेपाटी संवाददाता नेपाल प्रहरी आवासीय विद्यालयले आफ्नो ३४औं स्थापना दिवश मनाएको छ। शनिबार विद्यालय परिसरमा विभिन्न कार्यक्रम बिच स्थापना दिवस मनाएको हो।,नेपाल प्रहरी श्रीमती सङ्घकी अध्यक्ष श्रीमती सीमा अर्यालले ३४औं स्थापना दिवसको उद्घाटन गर्दै खेलकुदलगायत विभिन्न क्षेत्रमा नतिजा प्राप्त गर्ने विद्यार्थी तथा शिक्षकल...
नारायण खड्का दाङमा दुग्धजन्य पदार्थको मूल्यमा वृद्धि भएको छ । दाङ जिल्ला डेरी व्यवसायी संघ घोराहीको शनिबार बसेको बैठकले दुग्धजन्य पदार्थको मुल्यमा बृद्धि गरेको हो । संघले चार बर्षयता दुग्धजन्य पदार्थको मुल्य बृद्धि नभएको हुँदा किसानको मागलाई मध्यनजर गर्दै मुल्य बृद्धि गर्नु परेको बताएको छ ।,दुग्धजन्य सबै पदार्थहरुमा न...
छापाबाट कपिलबस्तुको कृष्णनगर -२ बसपार्कस्थित एउटा होटलमा खाना खान गएको व्यक्तिको मृत्यु भएको छ।,लु १ ख ७१५५ नम्बरको बसमा बुटवलबाट भारतको दिल्ली जाँदै गरेका बुटवलका ५० वर्षीय चन्द्र बहादुर खत्री, खाना खान होटलमा गएका बेला गए राति पौने १० बजे अचेत भएर लडेका थिए।,उनको उपचारको क्रममा शिवराज अस्पताल बहादुरगञ्जमा ११ बजे मृत...
सेतोपाटी संवाददाता सुनसरीको इनरूवा नगरपालिका-९ बबियामा शनिबार राति बसको ठक्करबाट एक पैदलयात्रीको मृत्यु भएको छ।,राति करिब  १० बजे ना २ ख ९८४६ नम्बरको बसको ठक्करबाट सुनसरी इनरुवा नगरपालिका ८ डुम्राहाका ३५ वर्षिय करम लाल उरावको मृत्यु भएको प्रहरीले जनाएको छ ।,बसको ठक्करबाट गम्भीर घाइते भएका उरावको उपचारको क्रममा इनरुवा ...
सेताेपाटी संवाददाता पूर्वी क्षेत्रमा गुन्डागर्दी तथा आतंक फेलाउँदै आएका एलिस गुरूङ पक्राउ परेका छन्।,विराटनगर प्रहरीले गुरूङलाई विराटनगरको महेन्द्र चोकको एक होटेलबाट शुक्रबार पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मोरङका एसपी अरुण बिसिले जानकारी दिए।,‘प्रहरी आएको सूचना पाउन साथ संगै रहेका युवाले गुरुङलाई भगाउने प्रयास गर...
सुदीप श्रेष्ठ भुइँचालो कथा,हामी धेरैले भुइँचालो बिर्सिसकेका थियौं, तर भुइँचालोले हामीलाई बिर्सेको रहेनछ।,लामो समयपछि काठमाडौंलाई केन्द्र बनाएर बुधबार बिहान भुइँचालो गयो। धक्का खासै ठूलो थिएन। तै निद्रामा मस्त धेरैलाई जगाउन पर्याप्त थियो।,तीन दशमलव ६ म्याग्निच्युडको धक्काले बिहान २ बजेर २३ मिनेटमा पनि अत्यायो। तत्कालै ...
चेतना गुरागाईं उषा बस्नेतलाई आजभोलि घरको गेट खोलेर निस्कन डर लाग्छ। गेट खोल्नेबित्तिकै उनका पाइला सडकमा पुग्छन्। गाडी र मोटरसाइकल नजिकैबाट यस्तरी हुँइकिन्छन्, कुन बेला धक्का दिन्छन् थाहा हुन्न।,उषाको घर सानेपा, सत्मार्गमा पर्छ।,दुई महिना अघिसम्म उनको घरबाहिर करिब एक मिटरको फुटपाथ थियो। एकदिन फुटपाथ हरायो। सडक फैलिएर घ...
डिल्ली पाण्डे गत साउन ३० गते पोखराको महेन्द्रपुलस्थित भुपेन्द्र हिराचनले आफ्नै घरमा सञ्चालन गरेको जुवा खालमा प्रहरीले छापा मार्‍यो। लामो समयदेखि हिराचनले मिनी क्यासीनोकै रूपमा जुवाखाल सञ्चालन गर्दै आएका हिराचनको जुवाखालबाट प्रहरीले ९ जना जुवाडेसहित १० लाख भन्दा बढी नगद बरामद गर्‍यो।,२०७४ साउन ३१ गते पोखराको फुलबारीस्थ...
नारायण खड्का दाङमा एकजना महिलाको झारफुकको क्रममा मृत्यु भएको छ।,दंगिशरण गाउँपालिका वडा नम्बर ५ खल्लाचिस निवासी २५ वर्षीया डसनी चौधरीको झारफुकका क्रममा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ। झारफुकका क्रममा बिरामीको मृत्यु भएपछि प्रहरीले तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ६ डुम्ररीगाउँ निवासी ४५ वर्षीय करण चौधरीलाई पक्रा...
सेतोपाटी संवाददाता कपिलवस्तुको बुद्धभूमि नगरपालिका १ वीरपुरमा एक युवती मृत अवस्थामा फेला परेकी छन्।,बुधबार बिहान क्याम्पस जाने भन्दै हिँडेकी १८ वर्षीया त्रिवेणी कुवँर साँझसम्म घर नआएपछि परिवारले खोजी थालेका थिए। बुधबार बिहानदेखि परिवारको सम्पर्क बाहिर रहेकी कुँवर बिहिबार बिहान स्थानीय राजपुरा सामुदायिक वनमा मृत अवस्था...
नारायण खड्का दाङमा दुईदिन विद्युत अवरुद्ध हुने भएको छ।,बिहान ७ बजेदेखि बेलुका ५ बजेसम्म विद्युत अवरुद्ध हुने विद्युत प्राधिकरणले जानकारी दिएको छ। मर्मतको काम भइरहेको हुँदा विद्युत अवरुद्ध हुने जानकारी दिइएको छ।,बिहिबार र शुक्रबार (आज र भोलि) लमही–घोराही–तुलसीपुर ३३ केभी प्रसारण लाइन तथा घोराही वितरण केन्द्र अन्तरगत लम...
सुजिता कार्की भक्तपुर, काभ्रे र ललितपुर जोड्ने सडक विस्तार कार्य रोकिएको छ ।,जिल्ला वन कार्यालय भक्तपुरले वन क्षेत्रमा सडक परेको भन्दै रोक लगाएपछि सूर्यविनायक नगरपालिका–८ सिपाडोलको घ्याम्पेडाँडादेखि पार्टी भन्याङसम्मको दुई किलोमिटर सडक विस्तारका कार्य रोकिएको हो।,सडक विस्तारका क्रममा वन क्षेत्रमा पर्ने ५० मिटर सडक निर...
सुजिता कार्की अरनिको राजमार्गअन्तर्गत १५ किलोमिटर लामो सूर्यविनायक–धुलिखेल सडकखण्ड अब आठ लेन बन्ने भएको छ।,सडक आठ लेनको बन्ने भएपछि सडक विभागले आज भक्तपुरको जगातीमा आयोजना गरेको राय सुझाव संकलन कार्यक्रममा सरोकारवालाले छिट्टै यो सडक विस्तार गर्नु पर्ने मागसमेत गरेका छन्। काठमाडौं उपत्यका भित्रिने र बाहिरिने सवारी साधन...
सेतोपाटी संवाददाता नेपालमा दण्डहिनताले गहिरो रूपमा जरा गाडेको अध्ययन प्रतिवदेन सार्वजनिक भएको छ।,एम्नेष्टि इण्टरनेशनलले जारी गरेको विश्वको मानव अधिकारको अवस्थासम्बन्धी अध्ययन प्रतिवेदनमा नेपालमा दण्डहिनताले गहिरो जरा गाडेको उल्लेख गरिएको हो।,बिहिबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै एम्नेष्टिको नेपाल शाखाले सत्य, न्याय...
निर्भीकजंग रायमाझी देशमा काठमाडौंबाहेक अन्त कतै सडक थिएन। राणा शासकहरू यहाँ विदेशदेखि बोकेर ल्याएका मोटर गुडाउँथे। पूर्वका जनता राजधानी आउनुपरे सिन्धुली हुँदै काभ्रे निस्केर बनेपा-भक्तपुर बाटो प्रयोग गर्थे।,यो त्यति बेलाकै कुरा हो।,हिँडेर काठमाडौं आउने पूर्वेलीहरु उपत्यका खाल्डो छिर्नुअघि बनेपा बास बस्थे। एक रात थकाइ ...
सुजिता कार्की पुनर्निर्माण प्राधिकरण गठन हुनु अघि नेपाल रेडक्रस सोसाइटीमार्फत तालिम लिएर घर बनाएका दोलखाका दुई हजार ८९० घरधुरीले अझै अनुदान पाउन सकेका छैनन्।,भूकम्पलगत्तै जिल्ला दैवी प्रकोप उद्धार समितिमार्फत १० गाविसको राहत र उद्धारको जिम्मा पाएको नेपाल रेडक्रस सोसाइटीले पुनर्निर्माण अभियान तत्काल सुरू गर्नुपर्छ भन्द...
सुजिता कार्की लहान नगरपालिका– १ मारुती होटल नजिक अनिल अग्रवालको किराना पसलमा आज दिउँसो १ बजे प्रेसरकुकर बम पड्किएको छ।,बमबाट ४२ वर्षीय अनिलकुमार अग्रवालको गर्धन र निधारमा चोट लागेको छ। किराना पसलको सामान क्षति भएको छ।,उक्त बम जनतान्त्रिक तराई मुक्ति मोर्चा क्रान्तिकारीले राखेको सशस्त्र प्रहरी बल वेश कार्यालय लहानले जन...
सुजिता कार्की स्थानीय वायुको प्रभावका कारण देशका अधिकांश भेगमा बदली र केही स्थानमा हल्का वर्षा भएको छ।,उक्त वायुको प्रभावसँगै पश्चिमी वायुको सामान्य असरले आज खासगरी देशभरका पहाडी भेगमा बदली र एक/दुई स्थानमा हल्का वर्षा भएको मौसमविद् मीनकुमार अर्यालले जानकारी दिए।,उनका अनुसार उपत्यकाको उत्तरी भेगमा बढी बदली रहेको र मेघ...
डिल्ली पाण्डे काठमाडौंको चावहिलबाट गौशालार्फ जाँदा मित्रपार्क नपुग्दै बाँया तर्फ लस्करै पुराना मोटरसाईकल बिक्रि तथा साट्ने केही रिकन्डिसन  पसल छन्। ती पसलमध्ये ‘बिएण्डबी’ नामक एक पसल छ, जहाँ उपत्यका भित्र चोरी भएका मोटरसाईकल पाईन्छन्।,काभ्रे तिमालका सुरेश तामाङ र सिन्धुपाल्चोक मेलम्चीका उग्रेन लामाले सञ्चालन गरेको उक्...
सेतोपाटी संवाददाता बर्दियाको बर्दिया नगरपालिका ३ का १७ वर्षिय श्याम थारुले आफ्नै १५ वर्षिया बहिनी सावित्री थारुको हत्या गरेका छन्।,शुक्रबार बिहान ३ बजे घरमा सुतिरहेका बेला थारुले फरुवाले हानेर बहिनीको हत्या गरेको प्रहरीले जनाएको छ।,घरयासी विवाद हुँदा थारुले बहिनीको हत्या गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ।,फरुवा प्रहा...
गिरीश गिरी शान्तिमार्गका किराना व्यवसायी अन्जु शर्माको अनुहारमा मुस्कान थियो।,महिनौंपछि उनको पसल अगाडिको बाटो सम्याइएको थियो। एक साताअघिसम्म यहाँ तेर्सिएको बाटै छेक्ने ढाट पन्छ्याइएको थियो।,बीच बजारको सडकमा कसले ढाट तेर्स्याए? र, फेरि किन पन्छाए?,यो कथा हो, मेलम्ची आयोजनाले भत्काएर जताततै अलपत्र छाडेका बाटाहरूको। त्यो...
सेतोपाटी संवाददाता काठमाडौंको सुकेधारामा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ।,सडकमा गुडिरहेको ज ७ प ५२२१ नम्बरको मोटरसाइकलले बा ८५ प २८२७ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको र उक्त मोटरसाइकल चालक चितवनका २६ वर्षिय रोशन अधिकारीको मृत्यु भएको प्रहरीले जनाएको छ।,आफ्नो सुरमा हिँडेका अधिकारीलाई अर्को मोटरसाइकलले ठ...
सुजिता कार्की पुरातत्व विभागको पछिल्लो उत्खननले मुलुककै सबैभन्दा बढी १३६ पुरातात्विकस्थल कपिलवस्तुमा रहेको देखाएको छ।,पुरातात्विक हिसाबले मुलुकमा भएका जिल्लामध्ये सो जिल्लामा सबैभन्दा बढी पुरातात्विकस्थल पाइएपछि यो स्थान सांस्कृतिक हिसाबले धनी मानिएको छ।,मुलुकको नयाँ संरचनाअनुसार प्रदेश नम्बर ५ मा पर्ने यस क्षेत्रका व...
दिपकजंग शाही डोल्पा प्रदेश सभा (ख) बाट चुनाव जितेका वीरबहादुर शाही अचेल सुर्खेतमा कोठा भाडामा लिएर बस्छन्। पाँच कोठाको फ्ल्याटको मासिक १५ हजार रुपैयाँ भाडा तिर्नुपर्छ।,सुर्खेतका लागि १५ हजार भाडा महंगै हो। धेरै पैसा तिरे पनि सांसद शाहीले मन खोलेर पानी भने खर्च गर्न पाउँदैनन्।,‘सबैतिर पानीको अभाव छ, पुर्‍याइपुर्‍याई चल...
सुजिता कार्की बनेपा नगरपालिकाले नगरलाई व्यवस्थित बनाउने अभियान स्वरुप बिहिबार मुख्य बजारको पुल बजारदेखि बुडोलडाँडासम्मको अरनिको राजमार्ग दायाँबायाँका सबै सामग्री हटाएको छ।,नगरपालिकाका प्रमुख लक्ष्मीनरसिंह बादेको नेतृत्वमा सडक देउछाउमा राखिएका साना फलफूल व्यवसायी, कपडा व्यवसायी, चटपटे व्यवसायीदेखि ठूला निर्माण व्यवसायी...
सेतोपाटी संवाददाता २०७२ साल वैशाख १२ गतेको भूकम्पले भत्काएको नेपाल प्रहरी विद्यालय साँगाको छात्रावास भवन नयाँ बन्ने भएको छ।,बिहीबार विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष एआईजी माधव जोशीले विद्यालयमा पुरूष छात्रवास भवनको शिलान्यास गरेका हुन्।,२ करोड ७१ लाखमा बन्न लागेको अत्याधुनिक छात्रवास भवन एक वर्ष भित्रमा बनाइसक्ने व...
चन्द्र काफ्ले सिरहामा एक युवाले आफ्नै आमाको हत्या गरेका छन्।,सिराहको लक्ष्मीपुर गाउँपालिका–४ का २८ वर्षीय राम दासले आफ्नै आमा ४५ वर्षीय ज्ञानदेवी दासको हत्या गरेका हुन्।,घरयासी बिवादमा दासले आमालाई रड प्रहार गरी गम्भीर घाईते बनाएका थिए। घाइते भएकी उनको उपचारकै क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिराहले जनाएको छ...
सेतोपाटी संवाददाता भारतको बनारस हिन्दु युनिभर्सिटी अन्तर्गतको मेडिकल कलेजमा एमबिबिएसमा भर्ना गराईदिन्छु भन्दै शैक्षिक योग्यताको प्रमाणपत्र र लाखौ रकम लिएर ठगी गर्दै हिड्नेलाई प्रहरीले पक्राउ गरेको छ।,पर्सा विन्दबासिनी घर भई ललितपुर धोविघाट बस्दै आएका २९ वर्षिय रमेश प्रसाद चौहानलाई ठगी गरेको आरोपमा प्रहरीले पक्राउ गरेक...
सुन्दर कुमार थकाली करीब १३ हजार जनसंख्या मात्र भएको हिमालपारी मुस्ताङमा घरेलु महिला तथा बालबालिका हिंसाका घटना दिन प्रतिदिन बढ्दै गएको महिला तथा बालबालिका कार्यालय मुस्ताङले जनाएको छ।,गैरजिल्लाबाट विभिन्न काम गर्ने प्रयोजनमा मुस्ताङ आएका समुदाय र दलित समुदायको बस्तीबीचनै हिंसा मौलाउँदै गएको कार्यालयले जनाएको हो।,हिंसा...
सुधिर भण्डारी उपभोक्ताले अचेल सामान्यतया दुई प्रकारका स्मार्टकार्ड प्रयोग गरिरहेका छन्। बैंकले दिने एटिएम कार्ड र सवारी चालक अनुमतिपत्र अर्थात् स्मार्ट लाइसेन्स।,यी दुई कार्डमा धेरै समानता छन्।  दुबैमा जोडिएका चिप्समा उपभोक्ताका विवरण रहन्छन्। मेसिनबाट सबै विवरण पढ्न मिल्छ। त्यस्तै कार्डमा अंकित सामान्य अक्षर वा विवरण...
सुजिता कार्की बहुप्रतिक्षित मेलम्ची खानेपानी आयोजनाको सुरुङ मार्ग निर्माणको काममा सुस्तता आएको छ।,ठेकेदार कम्पनीले निर्माण सामग्रीको अभाव भएको भन्दै कुनै दिन कामै नहुने, कुनै दिन एक मिटर खनिएको र काम भएको दिनमा पनि छदेखि आठ मिटर मात्र सुरुङ खनिएकाले काममा ढिलाइ भएको मेलम्ची खानेपानी विकास समितिका सिनियर इञ्जिनियर एवं ...
नारायण महर्जन काठमाडौंको हनुमानढोकास्थित बसन्तपुरमा होलीको चीर ठड्याइएको छ।,शुक्रबार बिहान रंगीविरंगी कपडाहरूको ध्वजासहितको तीन खण्डे चीर ठड्याइएको हो। चीर ठड्याएसँगै शुक्रबारदेखि राजधानी लगायत मुलुकभर औपचारिक रूपमा होली पर्व सुरू भएको मानिन्छ।,हनुमानढोका दरबारको दक्षिण पटाङगिनी, ऐतिहासिक मोहनकाजी चोक तथा दाखचोकमा ११ ...
विष्णु कुमार आले अर्घाखाँचीबाट विदेशिएका युवाले गाउँको विद्यालयमा कम्प्युटर तथा शैक्षिक सामग्री उपलब्ध गराएका छन्।,आफ्नो गाँस कटाएर  माध्यमिक तहसम्मका विद्यार्थीलाई नि:शुल्क प्राविधिक कम्प्युटर शिक्षा हासिल गराउने उद्धेश्यले उनीहरूले सो सामग्री उपलब्ध गराएका हुन्।,२१ औँ शताब्दीमा कम्प्युटर शिक्षा बिना विदेश पुगेर आफूल...
नारायण खड्का नेत्र विक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले आह्वान गरेको बन्दको प्रभाव दाङमा मंगलबार बिहानैदेखि परेको छ।,बन्दका कारण यातायातका साधान सञ्चालनमा आउन सकेका छैनन् भने शिक्षण संस्था, बजार, कलकारखाना सबै ठप्प छन्। बजारमा आन्तरिक रूपमा फाट्टफुट्ट मोटरसाइकल र अटो- रिक्साहरू भने सञ्चालनमा आएका छ...
सबिना श्रेष्ठ बालकृष्ण पोख्रेल दिनहुँ बोझे पोखरी वारपार गर्छन्।,उनी उदयपुरका हुन्। बालकोट बस्छन्। पाँच वर्षदेखि ललितपुर, इमाडोलको पिस पोइन्ट एकेडेमीमा पढाउँछन्। स्कुल आउजाउ गर्न बोझे पोखरी पार गर्नुपर्छ।,पहिलोपटक बोझे पोखरी देख्दा दुईवटा मन्दिर बनिसकेका थिए। वरिपरिका घरले पोखरीका केही भाग अतिक्रमण गरिसकेको थियो। पोखरी...
मनोज सत्याल नेपालगन्जका श्रीजंग शाह थापाथलीस्थित प्रधानमन्त्री गेस्ट हाउस पुगे। प्रधानमन्त्री बिपी कोइराला निवासमा थिएनन्। सहयोगीले पर्खन भने।,भारतको कोलकाता विश्वविद्यालयबाट राजनीतिशास्त्र र डिप्लोमेसी पढेका शाह बेरोजगार थिए। यही मेसोमा तत्कालीन मन्त्री त्रिवेणीप्रसाद प्रधानले उनलाई बिपीसँग भेट्ने तारतम्य मिलाइदिएका ...
नारायण खड्का दाङस्थित शान्तिनगर गाउँपालिकामा आफ्नो घाँटी रेटेर नजिकैको जंगर पसेका एकजना व्यक्तिलाई प्रहरीले उद्दार गरी उपचारको लागि अस्पताल पुर्‍याएको छ।,शान्तिनगर गाउँपालिका वडा नम्बर ३ बाघमारे निवासी मानसिक सन्तुलन ठिक नभएका २४ वर्षीय भूपेश थापाले आफ्नो घाँटी आफैँ हँसियाले रेटेर जंगलतर्फ भागेको खबर पाएपछि प्रहरीले ज...
सुजिता कार्की बूढीगंगा नगरपालिकाको बार्जुगाड पुलमा मंगलबार शंकास्पद वस्तु फेला गरेको छ।,प्रहरी नायब उपरीक्षक हरिबहादुर वलीकाअनुसार साफे मार्तडी सडकखण्डअन्तर्गत बार्जुगाड पुलमा बोराले बेरेर राखिएको अवस्थामा उक्त शंकास्पद वस्तु फेला परेको हो।,उनले भने –‘नेपाली सेनाको टोली बम निष्क्रिय पार्न जाँदैछ।’ उक्त शंकास्पद वस्तु ...
डिल्ली पाण्डे शृंखलावद्ध रूपमा ६ जनाको हत्या गरी फरार भएका सकिल हुसेन कतारमा पक्राउ परेका छन्। सुनसरी र सप्तरीमा ६ जनाको हत्या गरी फरार भएका सप्तरी टिकुलीया ७ का ४२ वर्षिया हुसेनलाई केही दिनअघि कतार प्रहरीले पक्राउ गरेको हो।,इन्टरपोलको रेड र्कनर नोटिसमा रहेका हुसेन केही दिनअघि कतारमा पक्राउ परेको र उनलाई नेपाल ल्याउने...
सेतोपाटी संवाददाता पोखराको विजयपुरमा बम बिष्फोट भएको छ। विष्फोटमा परि समाचार संकलन गर्न गएका पत्रकार र प्रहरी घाइते भएका छन्।,अज्ञात समूहले राखेको बम डिष्पोजल गर्ने क्रममा विष्फोट भएको प्रहरीले जनाएको छ। बिष्फोट हुँदा समाचार संकलनका लागि गएका गण्डकी टेलिभिजनका संवाददाता घनश्याम पाण्डे र जिल्ला प्रहरी कार्यालय कास्कीका...
नारायण महर्जन प्रधानन्यायाधीश गोपाल पराजुलीविरुद्ध नारावाजी गर्दै डाक्टर केसीको समर्थनमा जुटेकालाई प्रहरीले नियन्त्रणमा लिएको छ।,सर्वोच्च अदालतमा हाजिर हुन पुगेका डाक्टर गोविन्द केसीका समर्थकहरुले बबरमहलस्थित जिल्ला प्रसाशन कार्यालय घेराउ र नाराबाजी गर्न पुगेका थिए।,केसीका समर्थक र प्रहरीबीच केहीबेर झडपसमेत भएको थियो।...
सबिना श्रेष्ठ काठमाडौं सम्पदा,ललितपुर, इमाडोलको ‘बोझे पोखरी’ मा पोखरी भन्नलायक कुनै अवशेष बाँकी छैन। बाँकी छ त केवल खुला चौर।,स्थानीय चुनाव बेला मेयरले ‘बोझे पोखरी जिर्णोद्वार गरेर पर्यटन स्थल बनाउने’ बाचा गरेका थिए। अहिले जे भइरहेको छ, त्यसले स्थानीय झस्किएका छन्।,जिर्णोद्वार गर्नु त कहाँ हो कहाँ, उल्टै पोखरी मासिने ...
विजय नेपाल अव्यवस्थित सदरमुकाम चौतारालाई व्यवस्थित गर्ने योजनासहित दश वर्षअघि सुरु गरिएको ‘रिङरोड’ अझै पूरा हुनसकेको छैन। चौतारा मुलबजारलाई केन्द्रमा पारेर चारैतिरबाट सडक सञ्जालले घेर्नेगरी रेखा कोर्ने काम भइसकेको भएपनि योजनामा सर्वपक्षीय सहमति जुट्न नसक्दा ‘रिङरोड’ सपना अधुरै रहेको हो।,रिङरोड निर्माणको लागि राष्ट्रिय...
शान्ति तामाङ राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले पछिल्लो समय देशका ७ सय ५३ स्थानीय र सात प्रदेश सरकारको आम्दानी र खर्चको हिसाबकिताब गरिरहेको छ।,आउने वर्षको बजेटमा कुन सरकारलाई कति अनुदान भन्ने निक्र्यौल गर्न आयोगले सबै विस्तृत विवरण अध्ययन गर्न लागेको हो।,‘अहिले डाटा संकलनको काम भइएरहेको छ। द्वितीय स्रोतअनुसार ...
सेतोपाटी संवाददाता प्रधानन्यायाधीश गोपाल पराजुलीविरुद्ध नाराबाजी गर्दै डाक्टर केसीको समर्थनमा जुटेकालाई पक्राउ गरेको प्रहरीले केहीबेर अघि रिहा गरेको छ।,पक्राउ गरी उनीहरूलाई वैद्यखानासँगकै महानगरीय प्रहरी वृत्त सिंहदरबारमा राखिएको थियो।,सर्वोच्च अदालतमा हाजिर हुन पुगेका डाक्टर गोविन्द केसीका समर्थकहरूले बबरमहलस्थित जिल...
सेतोपाटी संवाददाता अरनिको राजमार्गअन्तर्गत तातोपानी फुल्पिङकट्टि जोड्ने लार्चाको निर्माणधीन बेलिब्रिज पुल भाँचिएको छ।,मंगलबार दिउँसो दुई बजे बेलिब्रिज पुललाई जोड्ने क्रममा 'अनब्यालेन्स' हुँदा पुल भाँचिएको हो। पुल भाँचिएपछि तातोपानी बाह्रबिसे चल्ने सवारीसाधन बाटोमै रोकिएको जिल्ला प्रहरी कार्यालयका प्रमुख मोहनप्रसाद पोख...
सेतोपाटी संवाददाता रोजगारीका लागि मकाउ लैजाने भन्दै  टर्कीमा लगेर अलपत्र पार्ने सप्तरी बैखाका ओम प्रकाशकुमार पंजियारलाई प्रहरीले पक्राउ गरेको छ।,नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीले पंजियारलाई पक्राउ गरेको हो।,ब्यूरोका अनुसार पंजियारले टीकाराम विश्वकर्मा र किरण मगरलाई मकाउ लैजाने भन्दै ३ महिनासम्म भारतको...
प्रकाश ढुंगाना २०७२ भदौं ३ बजे सामाखुसीमा कुमार घैंटे प्रहरी इन्काउन्टरमा मारिएपछि पलायन भएका थिए, समिरमानसिंह बस्नेत।,मितको नाता जोडेका घैंटेसँग मिलेर चन्दा आतंक मच्याउन उनको प्रमुख भूमिका रहने प्रहरीले थाहा पाएपछि उनलाई पक्राउ गर्न अपराध महाशाखाले टोली नै खटाएको थियो। तर बस्नेत भने भाग्न सफल भएका थिए।,बस्नेतलाई भगाउ...
डिल्ली पाण्डे गुन्डा नाइके मनोज पुन प्रहरी इन्काउन्टरमा मारिएका छन्। बुधबार बिहान रुपन्देहीको देवदहमा प्रहरीको गोलीबाट उनी मारिएका हुन्। पक्राउ गर्न गएको प्रहरी टोलीमाथि आक्रमण गरेर भाग्ने क्रममा प्रहरीको जवाफी कारबाहीमा उनको मृत्यु भएको हो।,रुपन्देहीका एसपी श्याम ज्ञवालीका अनुसार देवहद नगरपालिका ४  भवानीपुरमा प्रहरीस...
सेतोपाटी संवाददाता सरकारले उपत्यकाका ६ स्थानमा विरोध प्रदर्शनमा रोक लगाएको छ।,जिल्ला प्रशासन कार्यालयले मंगलबार सूचना  जारी गरी उपत्यकाका ६ स्थानमा विरोध प्रदर्शन गर्नमा रोक लगाएको हो। यी स्थानमा कुनैपनि किसिमका जुलुश प्रदर्शन धर्ना घेराउ जस्ता कार्यक्रम गर्न पाइने छैन।,जिल्ला प्रशासन कार्यलयले राष्ट्रपति भवन शितल निव...
डिल्ली पाण्डे गएको ४ वर्षमा प्रहरीले ६ वटा ‘इन्काउटर’ गर्‍यो, जसमा ५ जनाको मृत्यु भएको छ।,गुण्डागर्दीको आडमा विभिन्न अपराधिक गतिविधिमा संलग्न भएर समाजमा त्रास फैलाउनेलाई पक्राउ गर्न खोज्दा प्रहरीमाथिनै गोली चलाउन खोज्दा गरिने प्रहरीको जवाफी कारबाहीनै इन्टकाउण्टर हो।,प्रहरीको ‘इन्काउटर’ मा परी गुण्डा नाइके दिनेश अधिकार...
सेतोपाटी संवाददाता प्रहरी इन्काउण्टरमा मारिएका गुण्डा नाईके मनोज पुनलाई ११ राउण्ड गोली लागेको छ।,बुधबार बिहान ३:३० बजे देवदह नगरपालीका ४ भवानीपुरमा चेकजाँचमा रहेका प्रहरीमाथि पुनले गोली चलाएपछि जवाफी कारबाही उनी मारिएका थिए। पुनमाथि ११ राउण्ड गोली प्रहार भएको प्रहरीले जनाएको छ।,प्रहरीका अनुसार मनोजको छाति, दाईने खुट्ट...
सेतोपाटी सनातन धर्मको प्रख्यात धार्मिक सम्पदा शास्वतधाममा श्रीलंकाबाट भगवान गौतम बुद्धको अस्तु ल्याइएको छ । उक्त अस्तु शाश्वतधाममा,निर्माण गर्न लागिएको बुद्धिष्ट सेन्टरमा राखिनेछ ।,बुद्धिष्ट सेन्टर स्थापना हुनुअघि भक्तजनहरूको दर्शनका लागि शाश्वतधाममा विशेष मण्डप तयार गरि अस्तु राखिएको छ ।,अस्तु दर्शनका लागि अहिले बौद्...
डिल्ली पाण्डे स्थानीय टोले गुण्डादेखि राजनीतिकर्मी हुँदै हत्या अपहरणलगायत दर्जनौं आपराधिक घटनाका नाईके मनोज पुन बुधबार बिहान साढे तीन प्रहरी इन्काउण्टरमा मारिए।,रूपन्देही देवदह, खैरेनीका २९ वर्षीय पुन ०६२–६३ देखि अपराध दुनियाँमा प्रवेश गरेका थिए। प्रहरीका अनुसार उनले ६३–६४ सालपछि जिल्लामा हुने ठेक्कापट्टादेखि विकास नि...
सुजिता कार्की बुधबार बिहान ‘गोरखा भूकम्प’को परकम्प गएको छ ।,बिहान २ बजेर २३ मिनेट जाँदा डल्लु आसपास केन्द्रविन्दु रहेको ३.६ रिक्टर स्केलको परकम्प गएको खानी तथा भूगर्भ विभाग, भूकम्प मापन केन्द्रका प्रमुख लोकविजय अधिकारीले जानकारी दिए।,उनका अनुसार हालसम्म ४ रिक्टरभन्दा माथिका ४८९ परकम्प गएका छन्।, बुधबार बिहानै परकम्प
सेतोपाटी संवाददाता बुधबार बिहानै मनोज पुनसँग प्रहरी इन्काउण्टरमा मारिएका ४० वर्षिय सोमबहादुर आले भारतीय सेनाको जागिर छाडेर मनोज पुनको सहयोगी बन्दै अपराध दुनियाँमा प्रवेश गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ।,प्रहरी स्रोतका अनुसार आले भारतीय सेनाका जवान थिए, मनोज पुनकै कुरा सुनेर उनले जागिर छाडेर नेपाल आएर मनोजसँग जोडिएक...
सेतोपाटी संवाददाता राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले ‘परियोजना निगरानी सूचना प्रणाली’ संचालनमा ल्याएको छ।,प्राधिकरणले भूकम्पपछिको पुनर्निर्माणको कामबारे अन्तर्राष्ट्रिय दाताहरूलाई समेत अनुगमन गर्न सहज हुनेगरी ‘परियोजना निगरानी सूचना प्रणाली’ बुधबारबाट संचालनमा ल्याएको हो।,एशियाली विकास बैंकको आर्थिक सहयोगमा संचालनमा ...
नारायण खड्का दाङमा मोटरसाइकलको ठक्करबाट दुईजना पैदल यात्रु घाइते भएका छन्।,घाइते हुनेमध्ये एकजना प्रदेश नम्बर ५ का सभामुख पूर्णबहादुर घर्तीकी दिदी परेकी छन्। दाङकी प्रहरी प्रमुख एसपी दुर्गा सिंहका अनुसार घर्तीकी ७५ वर्षीया दिदी माया बुढा मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते भएकी छन्।,सभामुख घर्तीले आफ्नै गाडीमार्फत दिदील...
सुजिता कार्की निर्माणाधीन कोटेश्वर–कलंकी सडक छेउका घर–टहरा भत्काउन ढिलाइ गर्दा काममा अवरोध पुगेको छ।,सातदोबाटो, खसीबजार, महालक्ष्मीस्थानलगायतका ठाउँमा सडक छेउमा घर टहरा नहटाउँदा काममा बाधा पुगेको काठमाडौं चक्रपथ सुधार आयोजनाका इञ्जिनियर निरञ्जन शर्मा अर्यालले बताए।,उनले भने, ‘हामीले सम्बन्धित व्यक्तिलाई पटक-पटक भने पन...
सेतोपाटी संवाददाता बुधबार बिहान प्रहरी इन्काउण्टरमा मारिएका मनोज पुनले अर्कैको नामको पासपोर्ट प्रयोग गर्ने गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ।,पुनले रुपन्देहीनै ठेगाना राखेर सुनिल कुमार रानाको नाममा आफ्नो फोटो राखी पासपोर्ट बनाएको फेला परेको छ।,त्यसैगरी, पुनले सुनिल कुमार थापा सरङकोटी नाम राखेर बैंकको एटीएम कार्ड समेत...
भानुभक्त केहीदिन यता राजधानीलगायतका पहाडी क्षेत्रको मौसम धुम्म भरहेको छ। दिउँसो राम्ररी घाम लाग्न सकेको छैन। राम्ररी घाम नलागेकाले तापक्रम धेरै बढेको छैन।,मौसम पूर्वानुमान महाशाखाले यो क्रम अझै केही दिन जारी रहने बताएको छ।,‘हामीले तीन दिनसम्मको अनुमान लगाउन सक्छौं,’ महाशाखाका मौसमविद् राजु प्रधानांगले भने, ‘काठमाडौंलग...
डिल्ली पाण्डे पुस अन्तिम साता महानगरीय प्रहरी वृत्त महाराजगन्जले असई सुमित सिटौलालाई पक्राउ गर्‍यो। लागूऔषध मुद्दामा कारबाही अघि बढाएको सिटौलासँग करिब १ सय ग्राम गाँजा भेटिएको प्रहरीले जनाएको छ।,संघीय प्रहरी इकाई बागमतीमा कार्यरत सिटौला तालिमकै क्रममा प्रहरी एकेडेमी भित्र रहेको बेला पक्राउ परेका हुन्।,त्यस लगत्तै महान...
सेतोपाटी संवाददाता दाङको तुलसीपुरमा एक युवक मृत फेला परेका छन् । तुलसीपुर उपमहानगरपालिका वडा नं. ९ दोघरेको सडक खण्ड नजिकै अन्दाजी १९-२० बर्ष जतिको युवक मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको हो । ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख प्रकाश सापकोटाका अनुसार शनिवार दिउँसो युवक सडक छेउमा मृत अवस्थामा फेला परेका हुन् ...
रासस कुनै बेला घर खर्च जुटाउन नसकेर विदेश जाने आकाँक्षा पालेर बसेका रुकुम पूर्वको सिस्ने गाउँपालिका–३ पोखराका ओमप्रकाश खड्काले अहिले मौरीपालनबाट राम्रो आम्दानी गरिरहेका छन् ।,उनले २०६२ सालदेखि मौरी पाल्न शुरु गरेका थिए । मौरीपालनले सफल उद्यमीसँगै वार्षिक लाखौँ रुपैयाँ आम्दानी गर्ने मैरी पालका रूपमा समेत चिनाएको छ । बा...
सेताेपाटी संवाददाता फ्रुटीको बाकस भित्र गाँजा लुकाएर तस्करी गर्न खोज्ने तीन जना पक्राउ परेका छन्।,मकवानपुर प्रहरीले हेटौंडाको रातोमाटेबाट ६६ केजी गाँजासहित तीन जनालाई पक्राउ गरेको हो। पक्राउ पर्नेमा आईत लामा, राजकुमार चौधरी र निराज चौधरी छन्।,ना ५ ख ७७०७ नम्बरको ट्रकमा लुकाएर उनीहरुले गाँजा तस्करी गर्न खोजेको मकवानपुर...
एजेन्सी डगलास हाइस्कुलमा भएको बन्दुक आक्रमणपछि बसेको प्रहरी चेकपोइन्टमा घटनाको भोलीपल्ट एक युवतीलाई अंगालो हाल्दै क्रिष्टि गिलोरी। पार्कल्यान्ड फ्लोरिडामा एक बन्दुकधारीले अन्दाधुन्द बन्दुक चलाउँदा १७ जनाले आफ्नो ज्यान गुमाएका थिए। (फोटो: मार्क विल्सन, गेटी इमेजेजस),बन्दुक आक्रमणमा मारिएको सम्झनामा मैनबत्ती बाल्न आएका ...
एजेन्सी मेक्सिकोको भूकम्प प्रभावित क्षेत्रको निरीक्षणमा निस्किएका वरिष्ठ कर्मचारी सवार हेलिकोप्टर दुर्घटना भएको छ। दुर्घटनामा परी १४ जनाको मृत्यु भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्।,भूकम्पको इपिसेन्टर ओक्साआकाको नजिकै सान्टिआगोमा अवतरण गर्ने क्रममा हेलिकोप्टर दुर्घटनामा परेको हो।,हेलिकोप्टरमा सवार आन्तर...
नारायण महर्जन पाटनमा नयाँ कुमारी निहिरा बज्राचार्यलाई प्रतिस्थापन पूजा गरिएको छ ।,प्रतिस्थापन पूजा गरेपछिमात्रै नयाँ कुमारीलाई देवी मानिने तलेजु मन्दिरका पुजारी रखन राजोपाध्यायले बताए।,पाँच वर्षीया कुमारी बज्राचार्य आजैदेखि कुमारी घरमा बस्न थालेकी छन्। आसनमा रहेकी कुमारीको पहिलो महिनावारीपछि अर्की कुमारीको खोजी हुने ग...
सेतोपाटी संवाददाता रौटहटको गौर नगरपालिका ७ स्थित मुन्ना होटलबाट अटोमेटिक पेस्तोल सहित ३ जना भारतीय नागरिक पक्राउ परेका छन्।,जिल्ला प्रहरी कार्यालय रौतहटका अनुसार पक्राउ पर्नेमा भारतीय नागरिक २८ वर्षिय मदनकुमार कुसाहा,२७ वर्षिय दिनेश कुसाहा र २७ वर्षिय अजयप्रसाद कुसाह छन्।,प्रहरीले उनीहरुको साथबाट एक थान अटोमेटिक पेस्त...
छापाबाट हेटौंडा उपमहानगरपालिका ११ ट्याक्टरको ठक्करबाट २ जनाको मृत्यु भएको छ ।,शनिबार राति हेटौंडाबाट मनोहरीतर्फ जादै गरेको ना ३ ख ६०२७ नम्बरको ट्याक्टरको ठक्करबाट नवलपरासी सुनवल नगरपालिका ८ का २६ वर्षिय प्रेमबहादु क्षत्री र चितवन भरतपुर उपमहानगरपालिका ११ की २० वर्षिया मात्रा क्षेत्रीको मृत्यु भएको जिल्ला प्रहरी कार्या...
भानुभक्त ७० मेगावाट जडित क्षमताको मध्यमर्स्याङ्दी जलविद्युत केन्द्र मर्मतका लागि सातदेखि दश दिन बन्द हुने भएको छ। केन्द्रको बाँधको बाँयातर्फको क्षेत्रमा भूक्षयलाई रोक्न राखिएको संरचनाको मर्मतका लागि १० फागुन बाट बन्द गर्न लागिएको हो।,मध्यमर्स्याङ्दीको विद्युत उत्पादन बन्द भएपनि यसका कारणले आम उपभोक्तालाई लोडसेडिङ गर्न...
सुजिता कार्की ठूलो परिमाणको लागूऔषधसहित सप्तरी छिन्नमस्ता गाउँपालिका–२ बाट आज तीन जनालाई पक्राउ गरेको छ।,पक्राउ पर्नेमा छिन्नमस्ता गाउँपालिका–३ का २८ वर्षीय सोनु राय, राजविराज नगरपालिका–८ का २५ वर्षीय सुरज यादव र उदयपुर कटारी नगरपालिका–४ का ३२ वर्षीय कृष्ण सुनुवार रहेको सप्तरीका प्रहरी उपरीक्षक मुकेशकुमार सिंहले बताए।...
सुजिता कार्की मिथिलाको महाकुम्भ भनिने मिथिला माध्यमिकी परिक्रमाका यात्री आज महोत्तरी जिल्ला प्रवेश गरेका छन्।,गत शुक्रबार धनुषाको हनुमाननगरबाट मिथिलाबिहारी (श्रीराम) र किशोरीजी (जानकी, सीता) को डोला (डोली) अघि लगाएर १५ दिने परिक्रमाका यात्री आज तेश्रो दिनको विश्रामका लागि महोत्तरी जिल्लाको मटिहानी आइपुग्ने क्रम एकाबिह...
सेतोपाटी संवाददाता सरकारले बेवास्ता गरेपछि प्रदेश नम्बर ६ सुर्खेतस्थित भेरी अञ्चल आयुर्वेद अस्पताल दयनीय बन्दै गएको छ।,सर्वसाधारणले यस अस्पतालको उपचार सेवाबाट सन्तुष्टि लिए पनि अस्पताल भने बजेटकै अभावमा दयनीय बन्दै गएको हो। विगत १५ वर्षयता औषधि बनाउने ४ वटा मेसिन बिग्रदा समेत सरकारले मर्मत गर्ने बजेटको व्यवस्था नगरेको...
नारायण खड्का दाङको तुलसीपुरमा धुलो नियन्त्रणको माग गर्दै एक घण्टा चक्का जाम भएको छ।,आइतबार बिहान साढे १० बजेदेखि साढे ११ बजेसम्म स्थानीयले धुलो नियन्त्रणको माग गर्दै तुलसीपुर–घोराही सडखण्ड एक घण्टा बन्द गराएको स्थानीय सचिन पौडेलले जानकारी दिए।,तुलसीपुरको बरुवागाउँले कुलोदेखि हात्तिखौवा चोकसम्म फोरलेनको सडक निर्माण कार...