content
stringlengths
20
64.1k
सुजिता कार्की अछामको साँफेबगर नगरपालिका–३ डिक्रेनीको मष्टामाडौं प्राथमिक विद्यालयमा पछाडिपट्टि मष्टा देवताको मन्दिर छ। ५० जना अध्ययनरत विद्यालयमा दुई शिक्षिका र दुई शिक्षक छन्। छाउ भएका बेला शिक्षिका महिनाको चार दिन विद्यालय जाँदैनन्। एक महिनामा विद्यालयको ४ दिनको पढाइ छुट्ने गर्छ ।,विद्यालय नजिकै रहेको मष्टाको देवताक...
अनिल तिवारी मुलुककै पहिलो फोहर–मैला व्यवस्थापन केन्द्र वीरगन्जमा निर्माण भइरहेको छ।,वीरगन्ज महानगपालिका-१६ नगवाको पूर्वी सीमामा निर्माणाधीन केन्द्रमा आगामी २० वर्षसम्म महानगपालिकाको फोहोर व्यवस्थापन गर्ने लक्ष्य राखेको छ। उक्त केन्द्रबाट कम्पोष्ट मल तथा प्लाष्टिजन्य पर्दाथ बिक्री गरी आर्थिक आम्दानीसमेत गरिने महानगपालि...
नारायण खड्का दाङमा शुक्रबार भएको जीप दुर्घटनामा परि एकजनाको मृत्यु भएको छ भने थप तीनजना घाइते भएका छन्।,बंगलाचुली गाउँपालिका आँपडाडाँमा शुक्रबार बिहान लु १ ज २६५४ नं. को जीप दुर्घटना हुँदा प्यूठानको श्रमारानी गाँउपालिका वडा नं.५ निवासी कविराम बरालको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।,उक्त दुर्घटनामा परि प्यूठान श्...
चेतना गुरागाईं काठमाडौंको भित्री बजार चारपाङ्ग्रे सवारीमुक्त गरिएपछि केही स्थानीय व्यापारीले ‘ढुवानीमा समस्या पर्ने’ भन्दै चिन्ता व्यक्त गरे।,‘बिहान ७ देखि बेलुकी ७ बजेसम्म सवारी निषेध गरेपछि हामीले कुन बेला मालसामान ढुवानी गर्ने?’ स्थानीय व्यवसायी अमूलकाजी तुलाधरले भने।,राजधानीकै बढी भिडभाड हुने र सुनदेखि नुनसम्म पाइ...
सुजिता कार्की दश जोड दुई तहमा अध्ययनरत विद्यार्थीका लागि राष्ट्रिय प्रारम्भीक प्रतिभा पहिचान शैक्षिक प्रतियोगिताको आवेदन आह्वान गरिएको छ।,पाँचौँ राष्ट्रिय एस्ट्रोनोमी ओलम्पियाड, २०१८ को आवेदन खुला भएको नेपाल एस्ट्रोनोमिकल सोसाइटीले जनाएको छ। ओलम्पियाड एक शैक्षिक प्रतिष्पर्धात्मक प्रतियोगिता हो।,ओलम्पियाडमा २०७५ असार ६...
सुजिता कार्की गएरातिदेखि मौसममा आएको परिवर्तनका कारण बैतडीसहित प्रदेश नं ७ का अधिकांश पहाडी जिल्लामा हिमपात भएको छ।,हिमपातसँगै चिसोले जनजीवन प्रभावित भएको छ। जिल्लाको खोडपे, सतबाँझ, सुर्नयालगायतका क्षेत्रमा हिमपात भएको छ।,यस्तै, दार्चुलाको अपी, राप्ला, घुसा, खण्डेश्वरी, व्यासलगायत ठाउँमा हिमपात भएको छ। जिल्लाको उत्तरी...
सुजिता कार्की धनगढी क्षेत्रमा निर्माणाधीन ‘छ लेन’ सडकको चौडाइ घटाउन नहुने माग गर्दै आज धनगढी बन्द गरिएको छ।,युवा दबाब समूहको अगुवाइमा भएको बन्दका कारण व्यापार व्यवसाय शिक्षण संस्था ठप्प भएका छन्।,बन्दका क्रममा प्रदर्शनमा उत्रिएका धनगढी उपमहानगरपालिका–३का वडाध्यक्ष बलबहादुर ऐरलगायत आठजनालाई केही समय नियन्त्रणमा लिएर छा...
सुजिता कार्की राष्ट्रिय योजना आयोगले सरकारको ७.२ प्रतिशत आर्थिक वृद्धिदरको लक्ष्य प्राप्त गर्न स्थानीय तहको भूमिका महत्वपूर्ण हुने जनाएको छ।,आयोगका सदस्य सुनिलबाबु श्रेष्ठले तीन वर्षमा आर्थिक वृद्धिदर ७.२ पुर्‍याउने लक्ष्य स्थानीय तहको भूमिकामा निर्भर हुने बताएका छन्।आयोगको आयोजना तथा भरतपुर महानगरपालिकाको सहकार्यमा च...
एजेन्सी पृथ्वीकाे तापक्रम दिनप्रतिदिन बढ्दै गएकाे तथ्य वैज्ञानिकहरूले बताएका छन्।  मानवीय जीवनशैली तथा विकास कार्यका कारण नै यसरी तापक्रम बढेकाे वैज्ञानिकहरूले बताएका हुन्।,अमेरिकी अन्तरिक्ष संस्था नासा र बेलायती मौसविदहरुले गएको वर्ष २०१७ सबैभन्दा गर्मी वर्ष बनेको जनाएका छन्। १६७ वर्ष यताको तथ्यांकलाई हेर्दा गएको वर्...
रासस अर्घाखाँचीस्थित छत्रदेव गाउँपालिका वडा नं ४  मथुराडाँडामा प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद्(सिटिइभिटी) को सम्बन्धनमा एग्रोफरेष्ट्री पोलिटेक्निक इन्स्टिच्युट नामक शिक्षालय सञ्चालनमा आएको छ।,विसं २०७४ कात्तिकदेखि नियमित कक्षा सञ्चालन भएको उक्त शिक्षालयमा ४० विद्यार्थी अध्ययनरत छन्। शिक्षा मन्त्रालय र सिट...
रासस सुमोको ठक्करबाट फर्पिङमा एक  स्कुटर चालककाे मृत्यु भएकाे छ। ठक्करबाट दक्षिणकाली नगरपालिका वडा नं ६ बस्ने २७ वर्षीया एलिसा भण्डारीकाे मृत्यु भएकाे छ।,गए राति कुलेखानीबाट काठमाडौँ आउँदै गरेको ना१ज ३३७५ नंको टाटा सुमोले बा५७प ३०७८ नंको स्कुटरलाई ठक्कर दिँदा सो दुर्घटना भएको थियो ।,महानगरीय ट्राफिक प्रहरी महाशाखाका स...
रासस सप्तरीको खड्ग नगरपालिकाले शीतलहरका कारण पीडित विपन्न परिवारलाई शुक्रबार कम्बल वितरण गर्नाका साथै नगरको सबै वडामा दाउरा उपलब्ध गराई आगो ताप्ने व्यवस्था मिलाएको छ।,नगरप्रमुख हेमायु हकले नगरपालिकाको आन्तरिक कोषबाट विपन्न समुदायका लागि एक हजार थान कम्बल तथा रेडक्रस, जिल्ला दैवीप्रकोप उद्धार समिति, बाइबल समाज र एमनेष्...
सुजिता कार्की रातको समयमा सवारी रोकेर काम गरिएको भए पनि नारायणगढ–मुग्लिन सडकखण्डको कामको प्रगति हुन नसकेपछि माघ १३ गतेदेखि दिउँसो सवारी रोकेर काम गरिने भएको छ।,जिल्ला प्रशासन कार्यालय चितवनमा आज सरोकारवालाबीच भएको छलफलपछि रातको समयमा भन्दा दिउँसोमा कामको प्रगति हुन सक्ने भन्दै यस्तो निर्णय गरिएको हो। बिहान १० देखि दिउ...
रासस यातायात विभाग अन्तर्गतको वाग्मती अञ्चल कार्यालयबाट सवारी अनुमतिपत्र (लाइसेन्स)को परीक्षामा पास भएर राजस्व बुझाएका डेढ लाख सेवाग्राहीले स्मार्ट सवारी चालक प्रमाणपत्र कार्ड पाएका छैनन्।,पहिले वाग्मती अञ्चल कार्यायलयबाट मात्रै स्मार्ट कार्ड वितरण हुने गरेकामा अरु अञ्चल कार्यालयबाट समेत सेवा शुरु भएपछि मेसिनको क्षमता...
रासस गुल्मीमा रहेका विचित्र सीता गुफा प्रचारप्रसार, उचित संरक्षण तथा आर्थिक अभावले गर्दा दिनप्रतिदिन ओझेलमा पर्न थालेको छ।,मुसिकोट नगरपालिका–१ पौँदीअमराई र इश्मा गाउँपालिका–४ दोहोली सीमाना अन्तर्गतको निस्तिखोलाको किनारामा रहेको गुफाको प्रचारप्रसार र आर्थिक अभावले गर्दा ओझेलमा पर्दै जान थालेको गुनासाे बढेकाे छ।,यस गुफा...
रासस/एजेन्सी दक्षिण कोरियाको राजधानी सोलको मध्यभागमा रहेको एक हाेटलमा भएको आगजनी आक्रमणमा परी कम्तीमा पाँच व्यक्तिको मृत्यु भएको छ।,यस आक्रमणमा परी चार जना घाइते भएकाे प्रहरी स्रोतले जानकारी दिएको छ। घाइतेहरुलाई नजिकैको अस्पतालमा पुर्याइएको र उनीहरूको अवस्थाको विषयमा कुनै  विस्तृत जानकारी भने नअाएकाे बताइएकाे छ।,त्रिप...
सेतोपाटी संवाददाता साउन महिनामा परेको अविरल वर्षाका कारण बाढी आएपछि सिङ्गो तराई त्राहिमाम थियो। धुर्मुस सुन्तलीका नामले चिनिएका सिताराम कट्टेल र कुञ्जना घिमिरे राहत वितरण गर्दै रौतहट पुगे।,रौतहट जिल्लाको सनतपुर स्थित मुसहर वस्तीमा पनि अन्त जस्तै बाढी पसेको थियो। यो वस्तीका ४७ घरमध्ये केही घरमात्रै बचेका थिए, जहाँ मान्...
नारायण महर्जन साँखुस्थित शालीनदीमा माधवनारायण व्रत बसेका व्रतालुले परदेश यात्रा शुरु गरेका छन् ।,माघ कृष्ण त्रयोदशी अर्थात् पुस ३० गते शालीनदीबाट–बज्रयोगिनी ढोकासम्म साष्टाङ्ग दण्डवत गरेर परदेश यात्रा शुरु भएको थियो । माघकृष्ण चतुर्दशीका दिन माघ १ गते व्रतालु साँखुबाट हिँडेरै बज्रयोगिनी र पशुपतिको दर्शन गरिसकेका छन्।,...
सुजिता कार्की भूकम्पसँगै गएको सुख्खा पहिरोले बस्ती छाडेर विस्थापित भएका तादी गाउँपालिका–१ उर्लेनीका २७ परिवारका लागि खरानीटारको बुदुनेमा जग्गा खरीद गरिएको छ। भूकम्प र पहिरोले बस्ती नै बगाएपछि विस्थापित भएकालाई तादी–३ खरानीटारको बुदुनेमा जग्गा उपलब्ध गराएको गाउँपालिका अध्यक्ष नारायणप्रसाद पाण्डेले जानकारी दिए।,उर्लेनीब...
सुजिता कार्की कलैया उपमहानगरपालिका–२ औधापुरकी कुन्तीदेवी यादवको २७ दिनदेखिको दैनिकी आगो तापेरै बित्ने गरेको छ।,शनिबार उक्त बस्तीमा पुग्दा उनी मात्र होइन उनीजस्तै बस्तीका सबै आगो तापेरै दिन काट्दै थिए। पच्चीस दिनदेखि घामको मुख देख्न नपाएका उनीहरू यस वर्षको शीतलहर धेरै वर्षपछि लामो समयसम्म चलेको बताउँछन्।,औधापुर–२ का सञ...
सुजिता कार्की थापाथलीस्थित परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालमा आज अपराह्न ग्यास चुहिँदा चमेनागृहमा आगलागी भएको छ।,अस्पतालका प्रशासक रानु थापाले अपराह्न १ बजेतिर लागेको आगोका कारण मानवीय क्षति नभए पनि भान्छामा रहेका सामान र भाँडा जलेको बताइन्। अस्पतालका वरिष्ठ लेखा अधिकृत चन्द्रबहादुर गुरुङका अनुसार ग्यास सिलिण्डरक...
सुजिता कार्की सरकारी राहत पाएसँगै जिल्लामा पुनर्निर्माणले गति लिएको छ। राहतको लामो प्रतीक्षामा बसेका भूकम्पपीडितले राहत रकमको पहिलो किस्ता पाउनासाथ पुनर्निर्माण कार्यलाई तीव्रता दिएका हुन्।,पहिलो किस्ता पाएसँगै प्राविधिक खटाइएपछि अधिकांश भूकम्प पीडितले घर निर्माण सुरू गरेका छन्। भूकम्प प्रभावितलाई अनुदान वितरण निर्देश...
सेतोपाटी संवाददाता कुनैबेला सफा हावामा सास फेर्न पाएका चिरपरिचित वरिष्ठ नागरिकले काठमाडौंमा फेरिएको हावाबारे शनिबार चर्चा गरेका छन्।,आर्थिक क्षेत्रका हिमालयशम्शेर, न्यायिक क्षेत्रका केदारनाथ उपाध्याय, स्वास्थ्य क्षेत्रका डा. मृगेन्द्रराज पाण्डे, संस्कृतिका सत्यमोहन जोशी र प्राध्यापन क्षेत्रका वीरेन्द्र मिश्रसँग पत्रका...
सेतोपाटी युवा उद्यमी मनिषकुमार अग्रवालको आइतबार बिहान निधन भएको छ।,नेपाल उद्योग वाणिज्य महासंघको निर्यात प्रवर्द्धन समितिका सभापति तथा  कार्यकारिणी सदस्य अग्रवालकाे नयाँ दिल्लीकाे मेदान्त अस्पतालमा उपचारकाे क्रममा निधन भएकाे हाे।,एचपी ग्रुप अफ कम्पनिजका प्रबन्ध निर्देशक अग्रवालको रक्त क्यान्सरकाे कारण निधन भएको पारिवा...
सेतोपाटी संवाददाता सोमबार बसन्त पञ्चमी विद्याकी देवी सरस्वतीको पूजा आराधना गरी मनाईदैछ।,यसै अवसरमा सोमबार देशभरका सरस्वती मन्दिरमा पूजा आराधना गर्नेको भिड लाग्ने गर्दछ। आजकै दिन विद्यालय नपठाएका साना बालबालिकाहरूलाई अक्षराम्भ गराउने चलन छ। सरस्वतीको पूजाको दिन अक्षराम्भ गरिए विद्या आउने विश्वास रही आएको छ। यसै अवसरमा ...
सुजिता कार्की ‘चितवन आर्थिक गतिविधिको राजधानी हुने कुरामा भने कसैले रोक्न सक्दैन।’ गएको पुस २१ गते भरतपुरमा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं चितवन क्षेत्र नं ३ का प्रतिनिधिसभा सदस्य पुष्पकमल दाहाल, ‘प्रचण्ड’ले यस्तो अभिव्यक्ति दिएका थिए।,आर्थिक राजधानी भएपछि अरु सबै राजधानी चितवनको तुलनामा पछि पर्ने दाहालको टिप्प...
सुजिता कार्की राजमार्गमा चल्ने ट्रक र ट्रिपरले बढी दुर्घटना गराएपछि जिल्लाको भरतपुरदेखि मकवानपुरको मनहरीसम्म ‘टाइम कार्ड’ लागू गरिएको छ।,जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले लोकमार्गमा अत्यधिक गतिमा चल्ने यस्ता सवारीसाधनबाट दुर्घटना बढी हुने गरेको गुनासो आउन थालेपछि टाइम कार्डको प्रयोग गरिएको जनाइएको छ।,चालू आवमा भए...
सुजिता कार्की चितवनको सिमसार क्षेत्रमा हालै गरिएको चरा गणनामा ६ प्रजातिका चरा घटेको पाइएको छ। पानीमा आश्रित चराको अवस्था पत्ता लगाउन चितवनमा पुस अन्तिम साताबाट जलपक्षी (पानीचरा)को गणना सुरू गरिएको थियो।,चरा गणनाको प्रतिवेदनबारे जानकारी दिँदै चरा विज्ञ तथा बर्ड एजुकेशन सोसाइटी चितवनका पूर्वअध्यक्ष वासु विँडारीले हाँस प...
सुजिता कार्की घोराही उपमहानगरपालिकाका ११ वटा वडा कार्यालय निर्माण तथा मर्मत हुने भएका छन्।,प्रथम नगर सभाबाट पारित पूँजीगत निर्माणतर्फ भवन खरीद तथा निर्माण कार्यका लागि  पाँच करोड रुपैयाँ बजेट विनियोजन भएको छ।,आफ्नै भवन नहुँदा सेवा प्रवाहमा समस्या देखिएपछि उपमहानगरले सबै वडामा आफ्नै भवन निर्माणको प्रक्रिया थालेको हो। ज...
सुजिता कार्की नयाँ व्यवस्थाअनुसार माध्यमिक तहसम्मको शिक्षा सञ्चालनको जिम्मा स्थानीय तहलाई दिएपछि त्यसलाई कसरी सञ्चालन गर्नेमा सिरहाका अधिकांश स्थानीय तहका प्रमुख र उपप्रमुखहरू अन्योलतमा परेका छन्।,संघीय व्यवस्थाअनुसार स्थानीय तहलाई माध्यमिक तहसम्मका शिक्षा सञ्चालनको जिम्मा र परीक्षा सञ्चालनको जिम्मा परीक्षा बोर्डलाई द...
सेतोपाटी संवाददाता सोमबार बसन्त पञ्चमी विद्याकी देवी सरस्वतीको पूजा आराधना गरी मनाईदैछ।,यसै अवसरमा सोमबार देशभरका सरस्वती मन्दिरमा पूजा आराधना गर्नेको भिड लाग्ने गर्दछ। आजकै दिन विद्यालय नपठाएका साना बालबालिकाहरूलाई अक्षरारम्भ गराउने चलन छ। सरस्वतीको पूजाको दिन अक्षरारम्भ गरिए विद्या आउने विश्वास रही आएको छ। यसै अवसरम...
सेतोपाटी संवाददाता इन्डोनेसियन प्रहरीको 'इन्काउन्टर'मा परि एक नेपाली लागु औषध कारोबारीको मृत्यु भएको छ।,मृत्यु हुनेमा ३४ वर्षीय शरण कुमार  तामाङ रहेका  छन् ।,'हामीले यस विषयमा हाम्रा अवैतनिक वाणिज्यदूतसँग बुझ्ने काम गरिरहेका छौं, 'मलेसियास्थित नेपाली दुतावासका द्धितिय सचिव प्रेमराज गौतमले सेतोपाटीसँग भने, 'भोली सम्ममा...
चेतना गुरागाईं काठमाडौंको भित्री बस्ती मंगलबारबाट चारपाङ्ग्रे सवारीमुक्त भएका छन्।,भित्री बस्तीका ११ वडाध्यक्ष र स्थानीय प्रतिनिधिले ट्राफिक महाशाखाको सहकार्यमा माघ २ बाट इन्द्रचोकदेखि क्षेत्रपाटीसम्म चारपाङ्ग्रे सवारी निषेध गरेको हो।,भिडभाडयुक्त ठाउँमा सवारी निषेध गर्दा आवागमन सहज भए पनि व्यापारिक कारोबार र आपतकालीन ...
नारायण खड्का पुसको अन्तिमसम्म शून्य दशमलव १ डिग्री सेल्सियससम्म झरेको दाङको तापक्रम माघदेखि क्रमिक रूपमा सुधार हुँदै जान थालेको छ।,जल तथा मौसम विज्ञान विभाग फिल्ड कार्यालय दाङका सहायक प्रमुख शरद शर्माका अनुसार बुधबार बिहान ८ :४५ बजे दाङको न्यूनतम तापक्रम ५.५ डिग्री सेल्सियस रहेको थियो।,उनले पुस मसान्तसम्म शून्य डिग्री...
चन्द्र काफ्ले काठमाडौँ- उद्यमी तथा मिडिया व्यवसायी अजेयराज सुमार्गीले आफूबिरुद्ध ब्ल्याकमेलिङको आरोप लगाएका बेला कान्तिपुरले कडा शब्दमा त्यसको प्रतिवाद गर्दै उनले मुख्य मुद्दाबाट ध्यान मोड्न लगाएका गम्भीर आक्षेपलाई पुष्टि गर्न उनलाई चुनाैती दिएको छ।,सोमबार सुमार्गीले कान्तिपुर मिडिया प्रा.लीका मालिक कैलाश सिरोहियामाथि...
सुजिता कार्की चितवनको नारायणगढ–मुग्लिन सडकखण्ड बुधबारदेखि पुनः रातिमा ६ घण्टा बन्द हुने भएको छ ।,माघेसङ्क्रान्ति पर्वका कारण चार दिन खुला गरिएको उक्त सडक बुधबारदेखि पुनः राति १० देखि ४ बजेसम्म बन्द रहने नारायणगढ–मुग्लिन सडक आयोजनाका प्रमुख चन्द्रनारायण यादवले जानकारी दिए।,यसअघि देवघाटको माघी मेलालाई ध्यानमा राखेर पुस ...
सुजिता कार्की भक्तपुरमा माटो व्यवसायमा संलग्न एक व्यवसायीको आज हत्या भएको छ ।,माटो व्यवसायी चाँगुनारायण नगरपालिका–९ ताथली बस्ने ५५ वर्षीय सीताराम सैंजूको हत्या भएको महानगरीय प्रहरी परिसर भक्तपुरले जानकारी दिएको छ।,आज बिहान ५ बजे सैंजूको शव भक्तपुर नगरपालिका–९ ब्रह्मायणीमा घोप्टो परेको अवस्थामा भेटिएको प्रहरी परिसर भक्...
शान्ति तामाङ अमिका महर्जन त्रिवि शिक्षण अस्पतालमा स्नातक नर्सिङ पढ्दै छिन्। कलेजको शुल्क मात्र साढे ४ लाखभन्दा बढी तिरेकी छन्। पढाइ यसै वर्ष सकिन्छ। त्यसपछि काम गर्न विदेश जाने उनको योजना छ।,‘म पाएसम्म नेपालमै काम गर्न चाहन्थेँ, पिसिएल (प्रमाणपत्र तह) सकेपछि थाहा पाएँ, यहाँ न कामको सम्मान छ, न राम्रो पारिश्रमिकै पाइन्...
रासस सल्यानमा मोटरसाइकल दुर्घटना हुँदा एक जना कर्मचारीको मृत्यु भएको छ।,मंगलबार राति रा ४ प २०१२ नंको मोटरसाइकल बागचौर नजिकै दुर्घटना हुँदा पशु सेवा कार्यालय बागचौरमा कार्यरत ५४ वर्षीय पूर्णबहादुर डाँगीको घटनास्थलमै मृत्यु भएको हो।,मंगलबार बेलुकी कार्यालय समय सकेर घर फर्कने क्रममा बागचौर पातीहाल्न सडकखण्डको शारदा नदीन...
सेतोपाटी संवाददाता गति अनियन्त्रित भएर मोटरसाइकल दुर्घटना हुँदा झापाको दुधेमा बुधवार दिउँसो एक युवाको ज्यान गएको छ।,पश्चिमबाट तीव्र गतिमा पूर्व जाँदै गरेको मे ४ प ८८०८ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा झापा गौरिगञ्ज गाँउपालिका वडा नम्बर १ का २१ वर्षीय सुजन लिम्बूको मृत्यु भएको इलाका प्रहरी कार्यालय झिलझिले जनाएको छ।,दु...
विजय नेपाल सरकारले भूकम्प पीडितलाई घर बनाउन दिने आवास अनुदानको दोस्रो किस्ता लिने म्याद पुस सकिएसँगै  सकिएको छ। २०७३ पुस मसान्तभित्र पहिलो किस्ता बापतको ५० हजार लिएका लाभग्राहीले यहि पुस मसान्तभित्र दोस्रो किस्ता लिइसक्नुपर्ने प्रावधान अनुसार उनीहरूको म्याद सकिएको हो।,पुस मसान्त आइसक्दा पनि सरकारले म्याद थपको निर्णय न...
भानुभक्त त्रिवि शिक्षण अस्पतालका हाडजोर्नी विशेषज्ञ डाक्टर गोविन्द केसीले शितलहर प्रभावित मुसहरको  उपचार गर्ने भएका छन्।,रौतहटको गढीमाई नगरपालिकामा शितलहर प्रभावित मुसहरलाई डाक्टर केसीले शिविर चलाएर बिहीबारदेखि उपचार सुरु गर्ने उनका सहयोगी अभिषेकराज सिंहले जानकारी दिए।,केसीसहितको टिम बुधबार काठमाडौंबाट केही थान कम्बल ...
सुजिता कार्की पछिल्लो तीन वर्षमा त्रिवि शिक्षण अस्पताल महाराजगञ्जबाट  १ सय ९३ नर्स विदेश पलायन भएका छन्।,अन्य अस्पतालमा भन्दा राम्रो सेवा सुविधा दिने अस्पतालका रूपमा चिनिएको शिक्षण अस्पतालमा पनि सन्तुष्ट हुन नसकेपछि नर्सहरु राजीनामा दिँदै विदेश पलायन हुने क्रम बढेको हो ।,पछिल्लो पाँच वर्षमा विदेशिने नर्सको संख्या उच्च...
सुजिता कार्की नारायणगढ–मुग्लिन सडकखण्डमा रातिको समयमा यातायात रोकेर गरिएको काम प्रभावकारी हुन सकेको छैन ।,काम प्रभावकारी नभएपछि गत वर्ष झै दिउँसोमा सवारी रोकेर सडक विस्तारको काम गर्ने गृहकार्य थालिएको छ। पुस १८ गतेबाट सडक विस्तारको कामलाई तीव्रता दिन राति १० बजेदेखि बिहान ४ बजेसम्म यातायात रोकेर काम गरिँदै आएको छ । बी...
नारायण खड्का दाङलाई पाँच नं.प्रदेशको राजधानी नबनाउन षडयन्त्र भएको भन्दै पूर्वपश्चिम राजमार्गको भालुवाङ सडकमै बसेर आमहड्ताल गरिएको छ।,राजमार्गको बीचमा त्रिपाल बिच्छाएर बुधबार बिहानैदेखि भालुवाङबासीले  आमहड्ताल गर्दै आएका छन्। जिल्लाको अन्य क्षेत्रका टायर बाल्ने गरिएको भएपनि भालुवाङमा भने हालसम्म एउटा पनि टायर बालिएको छ...
सुजिता कार्की मोरङका १५ स्थानीय तहमा दमकल छैन। झट्ट आगलागी हुँदा निभाउने यन्त्र नै नभएपछि जिल्लावासी अन्य जिल्लामा दमकल बोलाउन बाध्य छन्। बाँकी दुई स्थानीय तहमा वारुणयन्त्र छन्।,बेलबारी, सुनवर्सी, लेटाङ, उर्लाबारी, रंगेली, रतुवामाई, पथरीशनिश्चरे नगरपालिका र जहदा, धनपालथान, मिक्लाजुङ, केरावारी, ग्रामथान, कानेपोखरी, बूढ...
नारायण खड्का दाङमा बसको ठक्करबाट एकजना पैदल यात्रुको मृत्यु भएको छ।,बुधबार राति साढे ११ बजेतिर ना ५ ख ४६८६ नं.को बसको ठक्करबाट राप्ती गाउँपालिका वडा नं. ५ लठ्ठहवा निवासी १९ वर्षीय अर्जुन चौधरीको  मृत्यु भएको प्रहरीले जानकारी दिएको छ।,घाइते चौधरीको उपचारका क्रममा लमही अस्पतालमा राति नै मृत्यु भएको थियो। पूर्व पश्चिम रा...
सुजिता कार्की साँफे–मार्तडी राजमार्ग अन्तर्गतको बूढीगंगा नगरपालिका–१, अम्कोटेमा रहेको सडकखण्ड बिहिबारदेखि तीन दिनका लागि सडक बन्द हुने भएको छ।,सडक निर्माणका क्रममा सडकको छेउ र माथिपट्टि रहेका ढुंगा फुटाउनुपर्ने भएकाले सडकमा आवतजावत गर्ने सवारीका साधनमा रोक लगाइएको पी.एस कन्सट्रक्सन कम्पनीका प्रेमबहादुर थापाले बताएका छ...
सेतोपाटी संवाददाता प्रदेश नम्बर २ को अस्थायी मुकाम जनकपुरलाई बनाएसँगै वीरगञ्जबासी आन्दोलनमा उत्रिएका छन्।,बिहिबार बिहानैदेखि प्रदर्शनकारीहरूले बारा, पर्सामा विरोध प्रदर्शन गरेका  छन्।,विरोध प्रदर्शनले गर्दा  मुख्य बजार बढी प्रभावित भएको छ।,पर्साका प्रमुख जिल्ला अधिकारी विनोद प्रकाश सिंहले आन्दोलनले भन्सार क्षेत्र खासै...
सेतोपाटी संवाददाता बुधबार सरकारले प्रदेश १ को अस्थायी मुकाम विराटनगरलाई बनाएसँगै बिहिबार बिहानैदेखि धनकुटाबासी आन्दोलनमा उत्रिएका छन्।,बिहिबार बिहानै धनकुटाबासीले विभिन्न क्षेत्रीय कार्यालयमा, डिभिजन कार्यालय लगायतका सरकारी कार्यलयमा आगजनी गरेका छन्।,प्रदर्शनकारी र प्रहरीबीच धनकुटाका मुख्य चोकहरूमा झडप र ढुंगा हानाहान...
गिरीश गिरी हिँड्नु छ राजमार्गमा, खोज्नु छ जिब्रोमा झुन्डिने स्वाद!,बस सञ्चालकहरुले त राजमार्गका यात्रुको यस्तो चाहना कुण्ठितै बनाउँदै आएका छन्। नत्र हाम्रा राजमार्गमा स्वादका खान्कीको कमी छैन।,निजी सवारीमा हुनुहुन्छ भने आउनुस् शम्भु होटलतिर मोडिऔं।,इटहरी जाँदै गर्दा जुन विन्दुमा कोशी ब्यारेज टुङ्गिन्छ, त्यहाँबाट दुइटा...
नारायण खड्का दाङ तुलसीपुर बजारको बीपी चोकस्थित सगरमाथा ईलोक्ट्रोनिक पसलमा चोरी भएको छ।,गोविन्द बस्यालको उक्त पसलबाट विभिन्न कम्पनीका १७ थान मोबाईल चोरी भएको ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख एवं डिएसपी प्रकाश सापकोटाले जानकारी दिए।,दुईलाख ५९ हजार ९ सय मूल्य बराबरका १७ थान मोबाइल चोरी भएको खुल्न आएको सापकोटाले बत...
सबिना श्रेष्ठ पाटन दरबार स्क्वायरबाट दक्षिणपूर्व ओकुबहालको एउटा घरमा बुट्टा कुँदिएको खुला ढोका छ। भित्र सानो गल्ली छ। दस मिटर जति हिँडेपछि अर्को ढोका आउँछ। त्यो ढोका छिरेपछि घरैघरबीचमा एउटा चोक छ।,त्यही सानो चोकमा छ, हजारौं बुद्धको मन्दिर, महाबुद्ध।,साततले यो मन्दिर 'ग्रन्थकुट' अर्थात् शिखर शैलीमा बनेको छ। मन्दिरमा ९ ...
नारायण खड्का दाङका थारु समुदायमा माघी पर्वको उल्लास छाएको छ। थारु समुदायले यो पर्वलाई पाँच दिनसम्म हर्षौउल्लासका साथ मनाउने गर्छन्।,माघीको पूर्व सन्ध्यामा आइतबार हरेक थारु गाउँमा संगुर र माछा मार्ने गरिन्छ। आइतबार बेलुका माछा र सुंगुरको मासु र अनदीको झोर सबैजसो थारु घरको प्रमुख परिकार हो। माछासँगै गंगटा र घोङ्गी खाने ...
सेतोपाटी संवाददाता ‘जनता पोस्ट’ दैनिकको प्रकाशन सुरु भएको छ। माघ १ गते सोमबारदेखि प्रकाशन सुरु भएको जनता पोस्ट दैनिकका सम्पादक नारायण अमृत छन्। लामो समयदेखि कान्तिपुर मिडिया ग्रुपसँग आबद्ध नारायण जनता पोस्ट दैनिकमा सम्पादक हुनुअघि नेपालखबर डट कमको सम्पादक थिए।,पर्यटन व्यवसायी तेन्जी शेर्पा अध्यक्ष रहेको जनता पब्लिकेसन...
नारायण खड्का दाङस्थित बेलझुण्डी क्षेत्रमा रातारात टहरा निर्माण हुन थालेपछि बेलझुण्डीबासीले स्थानीय प्रशासनको ध्यानाकर्षण गराएका छन्।,प्रदेश नं. ५ को संभावित प्रदेश राजधानी बन्ने चर्चा पाएको तुलसीपुर उपमहानगरपालिका वडा नं. १७ स्थित सक्राम खोला किनारमा रातारात टहराहरू निर्माण हुन थालेपछि स्थानीयले त्यस्ता कार्य रोक्न स्...
द गार्डियन एम्सटरडममा कार चलाउनेलाई राम्ररी थाहा छ, यहाँका सडकमा साइकलको राज छ।,सहरका गल्लीदेखि मूल सडकसम्म साइकल हुल बाँधेर हुइँकिन्छन्। न ट्राफिक नियमले छेक्छ, न गाडीलाई बाटो छाड्नुपर्छ। कारवाला नै साइकलका अगाडि आफूलाई निरीह सम्झन्छन्।,सहरभरी जतासुकै साइकल मार्गको जालो फैलिएको छ। ती यति सुरक्षित र आरामदायी छन्, केटा...
सुजिता कार्की जाजरकोटको गाउँगाउँमा सिस्नु हानाहान गरि माघी पर्व मनाउन सुरू भएको छ।,जिल्लाको नलगाड नगरपालिका, वारेकोट गाउँपालिका, भेरी नगरपालिकामा सिस्नु हानाहान गरी माघी पर्व मनाइन्छ।,मामा छोरीलाई फूपूका छोराले सिस्नु हान्ने, साली, भिना, सोल्टी, सोल्टिनाबीच सिस्नु हानाहान गरेर मनाउने गरिन्छ।,सिस्नु हानाहान गर्नका लागि...
भानुभक्त सेवा सुविधा बढाउनु पर्ने लगायत ११ बुँदे माग राखेर आन्दोलनमा उत्रिएका नर्स सरकारबीच सहमति भएको छ।,स्वास्थ्य मन्त्रालय र नेपाल नर्सिङ संघका प्रतिनिधिबीच बिहीबार नर्सहरुले उठाएका सबै माग सम्बोधन गर्ने सहमति भएको नेपाल नर्सिङ संघकी कार्यवाहक अध्यक्ष गंगा थापाले सेतोपाटीलाई जानकारी दिइन्।,‘हाम्रा ११ वटै माग उहाँहर...
सुजिता कार्की दाङको घोराही तुलसीपुर सडकखण्डको विजौरीमा माइक्रो बस दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ भने १० जना घाइते भएका छन्।,आज बिहान बा३ख ९५२१ नंको माइक्रोबस बाक्लो हुस्सुका कारण अनियन्त्रित भई दुर्घटना भएको इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ।,माइक्रो बसमा सवार तुलसीपुर–३ श्रीकुला निवासी २२ वर्षीय ज्ञानबह...
सेतोपाटी संवाददाता उद्योगी अजेयराज सुमार्गीले  कान्तिपुर पब्लिकेशनका अध्यक्ष कैलाश सिरोहियाले आफ्ना संचारमाध्यमको दुरुपयोग गर्दै आफूविरुद्ध  लगातार समाचार सम्प्रेषण गरिरहेको आरोप  लगाएका छन् ।,आज पत्रकार सम्मेलन गरेर उनले सिरोहियाले पहिल्यै बेचिसकेको जग्गा फिर्ता लिन  ब्ल्याकमेल गरिरहेको बताए।,मुक्ति श्री प्रालिका अध्...
रासस दुई वर्षअघि राष्ट्रपतिद्वारा शिलान्यास भएको रानीपोखरी पुनर्निर्माण भएको भए गत कात्तिकमै राजधानीको मुटुमा रहेको यो ऐतिहासिक सम्पदाले पुनःजीवन पाउने थियो।,सरकारले १८औँ भूकम्प सुरक्षा दिवसका दिन २०७२ माघ २ गते रानीपोखरी र बीचको बालगोपालेश्वर मन्दिर पुनर्निर्माणका लागि राष्ट्रपति विद्यादेवी भण्डारीका हातबाट शिलान्यास...
चेतना गुरागाईं 'शारीरिक अपांगताका कारण ऋण नपाएर व्यवसाय गर्नबाट वञ्चित' बताएका पेमा दोर्जे तामाङले ऋण र आर्थिक सहयोग पाएका छन्।,राष्ट्र बैंकका गभर्नर चिरञ्जीवी नेपालले उनलाई भेटेर एक लाख रुपैयाँ सहयोग गर्नुका साथै बैंक ऋण निम्ति सहजीकरण गरिदने प्रतिबद्धता जनाएका छन्।,व्यवसाय गर्ने आँट र चाहना हुँदाहुँदै ऋण नपाएकै कारण...
सुजिता कार्की जाडोको कारण हरेक वर्ष तराईमा सर्वसाधारणको मृत्यु हुने गरेको छ।,यो वर्ष पनि झण्डै सय जनाको जाडोकै कारण मृत्यु भइसकेको छ। तराईमा शीतलहरको कारणले वर्षेनी सर्वसाधारणका मृत्यु हुने गर्दछ।,तराईमा सर्वसाधारणको मृत्युको पहिलो कारण गरिबी भएको चिकित्सकहरूको भनाइ छ। ‘जाडो समयमा तराईमा अत्यधिक शीतलहर हुन्छ’ डा मनोजक...
सुजिता कार्की नेपाल सामाजिक परिचालक कर्मचारी संघले गत पुस १४ गते राज्यमन्त्री स्तरीय निर्णयले अवकाश गरिएका कर्मचारीहरूलाई पुर्नस्थापना नगरिए कडा आन्दोलनमा उत्रिने चेतावनी दिएको छ।,संघले सोमबार आयोजित गरेको पत्रकार सम्मेलनमा अवकाश गरिएका कर्मचारीहरूलाई पुर्नस्थापना नगरिए कडा आन्दोलनमा उत्रिने चेतावनी  दिएको हो।,संघकी अ...
सुजिता कार्की लमजुङमा निर्माण सम्पन्न माथिल्लो मर्स्याङ्दी ‘ए’ जलविद्युत् आयोजनाको बाँध क्षेत्रमा जोखिम बढेको स्थानीयवासीले गुनासो गरेका छन्। मर्स्याङ्दी गाउँपालिकाअन्तर्गत ङादीमा बाँध क्षेत्रमा बनेको तलाउ वरपर सुरक्षित तारजाली नहुँदा जोखिम भएको हो।,आयोजनाले बाँधक्षेत्र वरपर केही स्थानमा तारजाली राखे पनि अधिकांश स्थान...
नारायण महर्जन सोमबार टुँडिखेलमा  माघे संक्रान्ति विशेष कार्यक्रम गरी मनाइएको छ।,यस अवसरमा  प्रधानमन्त्री शेरबहादुर देउवाले सम्पूर्णलाई शुभकामना दिएका छन्।,काठमाडौं उपत्यकामा बसोबास गर्दै आएका थारु समुदायले माघी पर्वको अवसर पारेर टुँडिखेलमा आयोजना गरेको विशेष कार्यक्रममा बोल्दैे उनले नयाँ संविधानले थारु समुदायको हितका ...
नारायण महर्जन माधव नारायण मेला भर्न व्रतालुहरु मंगलबार बिहानै पशुपतिस्थित वाग्मती नदिमा स्नान गरेका छन् ।,काठमाडौंको चिसिएको मौसमले व्रतालुहरुलाई निको चिसो बनाईदियो। पौराणिक सहर साँखुमा सुरु भएको माधवनारायण स्वस्थानीका ब्रतालुहरु सोमबार साँझ पशुपतिनाथ आएका हुन्। एक महिने माधवनारायण स्वस्थानीका ब्रतालु एवम् रितले उपत्य...
नारायण खड्का सोमबार दाङमा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा परि दुईजनाको मृत्यु भएको छ।,अमेलिया तुलसीपुर सडकखण्डमा सोमबार बेलुका भएको सवारी दुर्घटनाका एकजना घाइतेको उपचारका क्रममा मृत्यु भएको छ। तुलसीपुर उपमहानगरपालिका वडा नं. १९ निवासी १९ वर्षीय गिरिराज भण्डारीको कोहलपुर मेडिकल कलेज बाँकेमा उपचारका क्रमम गएराति मृत्...
सेतोपाटी तीन दशकअघि अचेलजस्तो तराईमा शितलहर चल्दैनथ्यो। न त चिसोकै कारण कसैको ज्यान जान्थ्यो।,सन् १९९२ पछिका हिउँदमा भने उत्तरी भारत र नेपालको तराईमा दिनभरि घाम लाग्न छोड्यो।,यो समयमा भारतका बिहार, उत्तर प्रदेश र नेपालको तराईमा धेरै उद्योग र कलकारखाना खुले। वायूमण्डल प्रदुषित भयो। त्यही प्रदुषित वायुले शितलहर चल्न थाल...
सुजिता कार्की छ महिनासम्म चल्ने मल्लकालीन नवदुर्गा नाच अर्थात् माछा मार्ने जात्रा माघेसंक्रान्तिदेखि सूर्यमढीबाट सुरू भएको छ।,जात्रा पहिलो चरणमा यही माघ १५ गतेसम्म भक्तपुर नगरपालिकाका विभिन्न ठाउँमा सञ्चालन गरिने परम्परा छ। भक्तपुर नगरपालिका क्षेत्रमा मात्र २१ ठाउँमा प्रदर्शन गरिने यो जात्रा लगातार दत्तात्रय, काठमाडौं...
प्रस्तुति: गिरीश गिरी सत्यमोहन जोशीको आत्मकथा- २,मैले चार राजा देखेँ। त्रिभुवन, महेन्द्र, वीरेन्द्र र ज्ञानेन्द्र। यी चार राजासँगका मेरा अनुभव बेग्लाबेग्लै रहे।,मलाई सबैभन्दा मनपरेका राजा त्रिभुवन हुन्। उनीसँग मेरो सर्वाधिक निकटता रह्यो। अरुसँग चाहिँ औपचारिक भेटघाट मात्र भए।,सबैभन्दा श्रद्धा पनि त्रिभुवनकै लाग्छ। त्यो...
सुजिता कार्की झापाको कमल गाउँपालिका–१ निवासी केदार कटुवालको पहिचान अहिले फेरिएको छ भने उनी चर्पीदाताको रूपमा चिनिन थालेका छन्।,विगतदेखि नै सामाजिक कार्य गर्दै आएका कटुवाल अहिले चर्पीदाताको रूपमा चिनिन्छन्। उनले आफ्नो वडाका अतिविपन्न घरपरिवारलाई चर्पी निर्माण गर्ने सामग्री व्यक्तिगत तवरबाट सहयोग गर्नेमात्र होइन, आफ्नो ...
रासस काभ्रेपलाञ्चोकको धुलिखेल नगरपालिका–७, हुर्खा मार्ग नजिकै आज बिहान एक महिलाको शव फेला परेको छ ।,जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका प्रहरी प्रमुख प्रहरी उपरीक्षक सहकुलबहादुर थापाले सिन्धुपाञ्चोक जिल्ला त्रिपुरासुन्दरी गाउँपालिका–२ बस्ने मानबहादुर थामीकी श्रीमती ४६ वर्षीया जुनीमाया मृतावस्थामा फेला परेको बताए।,...
रासस सुनसरीका अग्रज पत्रकार डम्बरबहादुर थापाको आज बिहान इनरुवा–६ मधेशास्थित आफ्नै निवासमा दम रोगका कारण निधन भएको छ।,एकहत्तर वर्षीय थापाले केही सातायता नियमित औषधि सेवन गरिरहेका थिए। निडर पत्रकार थापा पञ्चायतकालमा निष्पक्ष र स्वतन्त्र पत्रकारितालाई अघि बढाउन सफल बनेकै कारण योद्धा पत्रकारका रुपमा कहलिएका थिए। उनले २०४७...
रासस डडेल्धुराका एक  सर्वसाधारणको २० वर्षपछि मात्रै सवारी साधन चढ्ने धोको पूरा भएको छ।,डडेल्धुरा अजयमेरु गाउँपालिका वडा नं १ खतेडा, बजकोट गाउँका करिब १५० घरधुरी बासिन्दाको सवारी साधन चढ्ने धोको स्थानीय सरकार आएसँगै बाटो पनि बनेपछि पूरा भएको हो ।,वि.सं २०५४ मा उद्घाटन गरी सडक खन्ने कार्य गरिए पनि २० वर्षपछि जनप्रतिनिधि...
रासस राजवंशी समाज उत्थान समिति (विराट)ले विराटनगरमा सम्पूर्ण पूर्वाधार भएकाले यसलाई अविलम्ब राजधानी घोषणा गर्नुपर्ने माग गरेका छन्।,उत्थान समिति केन्द्रीय कार्यसमितिका अध्यक्ष भुवनेश्वर मण्डल राजवंशीले आज आयोजित पत्रकार सम्मेलनमा परापूर्वकालदेखि यस क्षेत्रमा बसिरहेका विराट राजवंशीले १ नं प्रदेशको नाम विराट प्रदेश हुनु...
रासस राष्ट्रिय पुनःनिर्माण प्राधिकरण झापाबाट यस वर्ष बाढीबाट पूर्णरुपमा घर क्षति भएका परिवारका लागि न्यानो कपडा खरिद गर्न  १० हजार रुपैयाँ र घर मर्मत गर्न १५ हजार रकम प्राप्त भएको छ।,झापाका निमित्त प्रजिअ कृष्णराज पौडेलको अध्यक्षतामा आज बसेको जिल्ला विपद् व्यवस्थापन समितिको बैठकले सो रकम झापामा ८११ परिवारले प्राप्त गर...
रासस स्वास्थ्य बीमा कार्यक्रमबाट पाल्पा  जिल्लाका ५० हजार बासिन्दा लाभान्वित भएका छन्।,आर्थिकरुपमा विपन्न र गरिब समुदायका बिरामीको गुणस्तरीय स्वास्थ्य सेवामा सहज पहुँच पुर्याउने उद्देश्यले स्वास्थ्य बीमा कार्यक्रम सञ्चालन गरिएको हो। अहिलेसम्म १४ हजारभन्दा बढी घर परिवारले स्वास्थ्य बीमा दर्ता गरेका छन्।,सामाजिक सुरक्षा...
रासस अर्नाको आक्रमणबाट सुनसरीको कोशी गाउँपालिका–४ जुद्धगञ्जका मजेबुल मियाँकी १३ वर्षीया छोरी सजनम खातुनको आज मृत्यु भएको छ।,घरबाट कोशी कटानतर्फ जाँदै गरेको अवस्थामा कोशी टप्पु वन्यजन्तु आरक्षबाट निस्किएको अर्नाले आक्रमण गर्दा उनको मृत्यु भएको स्थानीयवासी जुद्धिन मन्सुरीले जानकारी दिए।,अर्नाको आक्रमणबाटस्थानीयवासी जमिल...
रासस शालीनदी मेला भर्न जाने यात्रुबाट साँखु बस व्यवसायी संघअन्तर्गत चल्ने बसका सहचालकले यातायात व्यवस्था विभागले तोकेभन्दा बढी भाडा लिने गरेका छन्।,पुस शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म माधवनारायणको मेला लाग्ने शालीनदीमा लाखौँ भक्तजन पुग्ने गर्छन् । मेला भर्न गएका ज्येष्ठ नागरिक, अपाङ्ग र विद्यार्थीलाई यहाँ चल...
नारायण खड्का दाङमा ट्रयाक्टर दुर्घटना हुँदा १८ जना घाइते भएका छन्।,तुलसीपुर सुकौरा सडकखण्ड अन्तरगत तुलसीपुर उपमहानगरपालिका वडा नं. १० राईखल्यानको मोडमा मंगलबार दिउँसो रा १ त १६७५ नम्वरको ट्रयाक्टर दुर्घटना हुँदा १८ जना घाइते भएको प्रहरीले जानकारी दिएको छ।,दुर्घटनाका १८ घाइतेमध्ये १६ जनालाई राप्ती अञ्चल अस्पताल तुलसीपु...
सुजिता कार्की सिन्धुपाल्चोकको पूर्वी उत्तरी क्षेत्र कर्थलीमा दोलखा हुँदै छिमेकी मित्रराष्ट्र चीनसितको फलाटे नाका जोड्ने बाह्रविसेदेखि कर्थलीसम्मको नौ किलोमिटर बाटो कालोपत्र हुन लागेपछि स्थानीयबासीमा खुशियाली छाएको छ।,सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिकाको बतासेदेखि दोलखा हुँदै चीनको सीमास्थित फलाटे नाकासम्म जोड्ने छोटो...
नारायण खड्का दाङको गढवामा जाडोले कठ्याङ्ग्रिएर एकजनाको मृत्यु भएको छ।,गढुवा गाउँपालिका वडा नम्बर १ बडहरा निवासी ७१ वर्षीय जोखु चौधरीको जाडोले कठ्याङ्ग्रिएर मृत्यु भएको प्रहरीले जानकारी दिएको छ।,चौधरी अपाङ्गता भएका व्यक्ति हुन्। उनी अविवाहित थिए र उनको स्याहार गर्ने कोही थिएन। उनका भतिजाहरू कामको सिलसिलामा छिमेकी देश भ...
शान्ति तामाङ सर्लाहीको रामनगर गाउँपालिकाकी उपाध्यक्ष नितुदेवी यादवलाई केही दिनअघि एउटा तालिममा भाग लिन जनकपुर जानु थियो। झन्डै २ घन्टाको बाटो उनी एक्लै गएर फर्कने अवस्था थिएन। नितुदेवीका अघि लागे, श्रीमान् बिष्णु यादव। दुबै जना जनकपुर गए। तालिम सकेर बुधबार घर फर्किए।,७ कक्षासम्म पढेकी यादव असोज २ गतेभन्दा पहिले गृहिणी...
नारायण खड्का दाङको लमहीमा स्कूल बसको ठक्करबाट एक वर्षीय बालकको मृत्यु भएको छ।,लमही नगरपालिका वडा नं. ५ चैलाहीमा स्कूल बसको ठक्करबाट स्थानीय रामजान अदलीका एक वर्षीय छोरा अब्दुल अनसारीको मृत्यु भएको वडा प्रहरी कार्यालय लमहीका प्रहरी प्रमुख सुरज खड्काले जानकारी दिए।,शुक्रबार बिहान साधना मन्टेश्वरी स्कूलको लु १ क १३५३ नम्...
सेतोपाटी संवाददाता काठमाडौंको पुरानो बस्ती भएका भित्री सडकमा माघ २ गतेदेखि चार पाङग्रे सवारी साधन सञ्चालन गर्न नपाइने भएको छ।,अतिव्यस्त र साघुरा गल्ली भएको भोटाहिटी तथा असनलगायत क्षेत्रका भित्री बस्तीका सडकमा चार पाङग्रे सवारी साधन सञ्चालन गर्न नपाइने भएको हो। पौराणिक तथा क्षेत्र विशेषको मौलिकतालाई बढ्दो सवारी चापले अ...
नारायण खड्का राजधानी बन्ने र नबन्ने हल्लासँगै दाङको जग्गा कारोबारमा व्यापक उतारचढाव आउने गरेको छ।,सेयर बजार झै यतिबेला दाङमा जग्गाको भाउमा व्यापक गिरावट आएको छ। प्रदेश नं. ५ को राजधानी दाङकै लमही क्षेत्र हुने कि  बुटवल पनि हुनसक्ने हल्ला व्याप्त बनेपछि तुलसीपुरको बेलझुण्डी क्षेत्रमा जग्गाको कारोबार ह्वात्तै घटेर गएको ...
विजय नेपाल सिन्धुपाल्चोकमा विभिन्न समयमा गरी दुई हजार आठ सय ३५ गाँजाका बोट नष्ट गरीएका छन् । यसै वर्षको साउन देखी असोज महिनामा लागु पदार्थ नियन्त्रण जिल्ला कार्यान्वयन समितिको सक्रियतामा सो परिमाणको गाँजाका बोटहरु नष्ट गरिएका हुन् ।,जिल्लामा यस वर्ष सबैभन्दा ठुलो परिमाणको गाँजा खेती सुनकोेशी गाँउपालिकाको वडा नं. ६ को ...
रासस आगो ताप्ने क्रममा शरीरका कपडा जलेर झापा बुद्धशान्तिकी एक गृहिणी सख्त घाइते  भएकी छन्।,बुद्धशान्ति–३ की ४५ वर्षीया तारा भट्टराईलाई कम्मरमुनिको भाग जलेपछि बिर्तामोडको बिएन्डसी हस्पिटलको सघन उपचार कक्षमा राखेर उपचार गराएकाे छ।,पारिवारिक स्रोतका अनुसार बिहान नुहाइसकेपछि घर बाहिर बालिएको आगो ताप्ने क्रममा उहाँको शरीरम...
सेतोपाटी संवाददाता पाँच दिनदेखि आमरण अनसनरत डा गोविन्द केसीले भोलि अनसन तोड्ने भएका छन्।,अनसन तोडाउन त्रिवि शिक्षण अस्पतालमा पुगेका शिक्षा मन्त्री दीपक बोहोरा नेतृत्वको टोलीसँग वार्ता गरी डा केसीले भोलि बिहान १० बजे अनसन तोड्ने भएका हुन्।,डा केसीले मन्त्री बोहोरासँग ५ बुँदा सहमति गरेका छन्।,मन्त्री बोहोराले सर्वोच्च अ...
सेतोपाटी डा. गोविन्द केसीले जारी १४ औं अनशन शनिबार बिहान तोडेका छन्। शुक्रबार राती सरकारसँग ५ बुँदे सम्झौता गरेका केसी बिहान १० बजे अनशन तोडेका हुन्।सर्वोच्च अदालतले चिकित्सा शास्त्र अध्ययन संस्थानको डिनमा पुन: बहाली गर्ने निर्णय गरेपछि त्यसको खारेजी र सो निर्णय गर्ने प्रधानन्यायाधिश गोपाल पराजुलीकोसमेत राजीनामा माग ग...
चेतना गुरागाईं भक्तपुर, सिद्धपोखरी छिर्न नयाँ बाटो खुलेको छ। मूलसडकसँगै जोडिएको झन्डै एक मिटर चौडा बाटोमा समतल इँटा छापिएका छन्। थोरै भिरालो छ। र, फनक्क घुमेर पोखरीको ढोकासम्मै पुग्छ।,यो बाटो सिद्धपोखरी घुम्न चाहने ती व्यक्तिका निम्ति हो, जो ह्विलचेयरमा हिँड्छन्।,‘भक्तपुरका पर्यटकीय संरचना अपांगतामैत्री बनाउने योजनाको...
चन्द्र काफ्ले स्वयम्भुस्थित स्वयम्भूनाथको भजनघरमा शनिबार साँझ आगलागी भएको छ।,काठमाडौं प्रहरीका एसपी रामदत्त जोशीका अनुसार स्वयम्भूनाथ परिसरमा रहेको भजनघरमा राति ८ बजेतिर आगो लागेको हो।,प्रहरीका अनुसार माथि दमकल लैजान नसकिने भएकाले आगो नियन्त्रण अझै हुन सकेको छ। यद्यपी पाइप जोडेर भए पनि आगो नियन्त्रणमा लिने प्रयास भइरह...
सुजिता कार्की हलेसी चुवाचुङ नगरपालिका–१ बाहुनीडाँडाका वडाध्यक्ष रुद्र राईका छोरा १४ वर्षीय किरण दूधकोशीमा डुबेर बेपत्ता भएका छन् ।,साथीसँग माछा मार्न गएका किरण बिहिबार अपराह्नदेखि बेपत्ता भएका हुन् । घर नजिकै पर्ने दूधकोशीस्थित जोर्तीघाटमा माछा मार्न गएका समयमा कोशी तर्ने क्रममा डुबेर उनी बेपत्ता भएको स्थानीयवासीले बत...
रासस जाजरकाेटमा भाइरल प्रभावित क्षेत्र जुनीचाँदे गाउँपालिका वडा १, २ र ३ मा औषधि र डाक्टरसहितको टाेली पुगेको छ।,पूर्वगृहमन्त्री तथा प्रतिनिधिसभा सदस्य शक्तिबहादुर बस्नेत, स्वास्थ्य मन्त्रालयका सचिव पुष्पा चौधरी र डाक्टरसहितको टिम जाजरकोट पुगेको हो। जाजरकोटको जुनचाँदे गाउँपालिकाको वडा १, २ र ३ मा औषधि वितरण र सदरमुकामम...
सेतोपाटी संवाददाता राष्ट्रिय परीक्षा बोर्डले कक्षा ११ को नतिजा आज सार्वजनिक गरेको छ । बोर्डले पहिलो पटक ग्रेडिङ प्रणालीअनुसार सबै समूहको नतिजा शनिबार सार्वजनिक गरेको हो ।,३ लाख ४७ हजार ७ सय ४८ जनाले परीक्षा दिएकोमा ७४ जनाको नतिजा रद्द गरिएको परीक्षा नियन्त्रक डम्बर बतासले जानकारी दिए। बोर्डले एसइइकै जस्तै नौ समूहमा वि...
रासस इटहरी उपमहानगरपालिका–२० तरहरा क्षेत्रमा रहेको काबेली होटलमा गए राति जुवा तास खेलिरहेको अवस्थामा  ७६ हजार नगद र चार बुक ताससहित छ जनालाई रंगेहात पक्राउ गरिएको छ।,प्रहरी चौकी तरहराका प्रहरी टोलीले सुराकका आधारमा जुवा तास खेलिरहेको अवस्थामा इटहरी–५ का ३५ वर्षीय वीरेन सुब्बा, इटहरी–१ का ४१ वर्षीय घनश्याम न्यौपाने, इट...
रासस पश्चिम चितवनको पर्यटकीय क्षेत्र पटिहानीमा पहिलो पटक पर्यटकका लागि जिप सफारी सुरू भएको छ।,पर्यटकीय क्षेत्रको रुपमा विकास भएको पटिहानीलाई सौराहा जोड्ने गरी जिप सफारी सुरु भएको हो। चितवन राष्ट्रिय निकुञ्जले यहाँको बेलसर मध्यवर्ती सामुदायिक वनमा पाँचवटा जिप जंगल सफारीका लागि अनुमति दिएसँगै औपचारिक रुपमा जिप सफारी सुर...
रासस त्रिभुवन राजपथ अन्तर्गत धादिङको थाक्रे गाउँपालिका–५ दामेचौरमा शनिबार दिउँसो स्करपियो गाडी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ।,इलाका प्रहरी कार्यालय खानीखोलाका प्रहरी निरीक्षक जीवन निरौलाका अनुसार मकवानपुरबाट काठमाडाैंतर्फ आउँदै गरेको बा १६ च ८७७३ नं को स्कारपियो सडकबाट खोल्चामा खसेर दुर्घटना भएको थियो। दुर्घटन...