content stringlengths 20 64.1k ⌀ |
|---|
सेतोपाटी संवाददाता बर्दियासहित पश्चिम नेपालका जिल्लामा बाक्लो हुस्सु र शीतलहरसँगै कठ्यांग्रिने जाडो बढेको छ । बाक्लो हुस्सुसँगैको शीतलहरका कारण बढेको कठ्यांग्रिने जाडोले बर्दियाकोे जनजीवन प्रभावित भएको छ ।,हुस्सुका कारण धेरै भागमा केही दिनदेखि घाम देखिन सकेको छैन । शीतलहरसँगै बढेको जाडोले विद्यालयका छात्रछात्रा, वृद्ध... |
नारायण खड्का तिब्र गतिमा गुडेको गाडीको ठक्करबाट एउटा चितुवा मरेको छ। पूर्व-पश्चिम राजमार्ग अन्तर्गत दाङ र बाँकेको सीमामा यात्रुबाहक माइक्रो (हायस)को ठक्करबाट एउटा चितुवा मरेको दाङकी प्रहरी प्रमुख एसपी दुर्गा सिंहले जानकारी दिइन्।,बाँकेको राप्ती सोनारी गाउँपालिका वडा नं. १ चप्परगौरी नजिक बाँके राष्ट्रिय निकुञ्ज क्षेत्... |
विद्या राजपुत एक वर्षको कान्छो छोरा स्याहार्दै थिइन् उनी, जब श्रीमान् बिरामी भएको खबर आयो।,अछाम, चण्डीगाउँ बस्ने ४० वर्षीया मथुरा कुँवरका श्रीमान् भारतको मुम्बईमा काम गर्थे। खबर सुन्नेबित्तिकै भेट्न गइन्।,दुब्लाएर ‘सिन्का’ भएका थिए। आँखा पूरै गडेका।,मथुराले सोधिन्, ‘के भयो तपाईंलाई?’,खै के भयो के, जति औषधि खायो, उति ग... |
सेतोपाटी खोटाङको हलेसी बजारमा भीषण आगलागी हुँदा कम्तिमा ७ घरमा क्षति पुगेको छ। चार घरमा पूर्ण र तीनमा आंशिक क्षति भएको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ।,हलेसी तुवाचुङ नगरपालिका–७ महादेबस्थानका व्यवसायी मगम राईको घरबाट मंगलबार राति साढे सात बजेपछि सल्केको आगोले राईसहित किराना पसल तथा होटल सञ्चालन हुँदै आएको उचित... |
सेतोपाटी संवाददाता काठमाडौंको डेजाभू डिस्कोका १० जना संचालक विरुद्ध ठगी मुद्दा दायर गरिएको छ।,काठमाडौं प्रहरी परिसरले क्रिकेटर पृथु बाँस्कोटा, जयन श्रेष्ठ, मयंक खड्का, विशाल डाँगी रितेश माडवारी र राजेश महर्जनसहितका १० जना विरुद्ध मुद्दा दायर गरेको हो।,३३ लाख २६ हजार रुपैयाँ बिगो दाबी गरी जिल्ला सरकारी वकिल कार्यालय मा... |
सेतोपाटी प्रहरीले काठमाडौंको नागढुंगाबाट चरेशसहित एक जनालाई पक्राउ गरेको छ।,९ किलोग्राम चरेशसहित धादिङ बेनीघाटका देबलाल तामाङलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।,बा ४ ख ६७८० नम्बरको बस चेकजाँज गर्ने क्रममा उनी पक्राउ परेका हुन् ।
नागढुंगाबाट चरेशसहित एक जना पक्राउ |
दी एटलान्टिक ‘भ्रूण’ भनेको मान्छे लगायत स्तनधारी प्राणीको प्रारम्भिक अवस्था हो। मानव जातिमा भ्रूणले तीन महिना पार गरेपछि गर्भावस्थाको रूप लिन्छ। र, सामान्यतया ९ महिनापछि त्यही भ्रूण बच्चाको रूपमा जन्मिन्छ।,अमेरिकामा भने एउटा भ्रूणले २५ वर्षपछि बल्ल बच्चीका रूपमा जन्म लिएको छ।,सन् १९९२ अक्टोबरमा विकसित भ्रूणबाट डेढ महि... |
सेतोपाटी संवाददाता एमाले सांसद तथा नेपाल प्रहरीका पूर्व डिआइजी नवराज सिलवाले आफू फरार नभएको बताएका छन्। मलेसियामा पुगेका सिलवालले सेतोपाटीसँग कुरा गर्दै आफू विरुद्ध प्रहरीले पक्राउ पूर्जी जारी नगरेको दाबी गरे।,'किर्ते मुद्दामा अनुसन्धानका लागि मलाई बोलाएर सोधपुछ गर्न प्रहरीले पत्र काटेको हो,' उनले सेतोपाटीसँग भने' ‘मल... |
सेतोपाटी संवाददाता हुम्लामा रुघाखोकीले ६ जनाको ज्यान गएको छ।,मंसिरको अन्त्यमा ३ र पुसमा ३ गरी ६ जनाको मृत्यु भएको सर्केगाड गाउँपालिकाका अध्यक्ष कृष्ण रोकायले सेतोपाटीलाई जानकारी दिए।,‘अहिलेसम्म ६ जनाले ज्यान गुमाए। अस्ति मात्र मेरै काका पनि बित्नुभयो। प्रत्येक घरमा केटाकेटी र वृद्धवृद्धा बिरामी छन्। गाउँमा कति बिरा... |
सुजिता कार्की उत्तर दक्षिण जोड्ने राष्ट्रिय गौरवको आयोजना अन्तर्गत कालीगण्डकी करिडोरको पर्वतखण्डमा सवारी साधान चल्ने दुईवटा पुलको निर्माण कार्य सुरू भएको छ।,उक्त खण्डमा निर्माण गरिने तीनवटा पुलमध्ये मोदीखोला र लमायखोलामा पुल निर्माण थालिएको हो। प्रदेशसभा सदस्य विकास लम्सालले हिजो एकैदिन दुईवटै स्थानमा पुल शिलान्यास गर... |
सुजिता कार्की राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत युवराज भुसालले आगामी मनसुनसम्म भूकम्पपीडितको ६० प्रतिशत घर निर्माण भइसक्ने बताएका छन्।,सबै गाउँपालिका र नगरपालिकामा प्राविधिक पुगेपछि भूकम्पपीडितमा उत्साह थपिएकोे र पुनर्निर्माणले पनि गति लिएको उनले बताए।,भूकम्पपीडितका गुनासा सुन्न र समस्या समाधा... |
सेतोपाटी संवाददाता सानो गौचरनस्थित १४ तले अपार्टमेन्टमा बुधबार राति आगलागी भएको छ। कमलपोखरी प्रहरी वृत्तका डिएसपी कुलदीप चन्दका अनुसार साझ ८ बजेपछि उक्त अपार्टमेन्टको दोस्रो तल्लामा भएको आगलागी नियन्त्रणका लागि दमकल पुगिसकेको छ।,अपार्टमेन्टमा एक व्यक्ति भित्रै छुटेको पनि उनले बताए। 'उनलाई उद्दार गरिँदै छ, उनको अवस्था... |
विनोद सापकोटा ,चिसो बढेसँगै बुधबारदेखि झापाको जनजिवन प्रभावित भएको छ। अघिल्लो दिनको तुलनामा चिसो बढेपछि जिल्लाका अधिकांश बजार नराम्ररी प्रभावित भएका छन्।,जाडो महिना शुरु भएलगत्तै जिल्लामा शितलहर बढेको छ। विशेष गरी गौरिगञ्ज, गौरादह, शिवगञ्ज, झापाबजार, बनियानि, बगान, भद्रपुर, पृथ्वीनगरलगायतका ग्रामिण बजार र बस्तीका स्थ... |
सेतोपाटी संवाददाता सानो गौचरनस्थित १४ तले अपार्टमेन्टको दोस्रो तलामा आगलागी हुँदा एकजनाको मृत्यु भएको छ। बुधबार राति ८ बजे केएल रेसिडेन्सि नाम गरेको उक्त अपार्टमेन्टमा आगलागी हुँदा भारतीय नागरिक वीरबल माझीको मृत्यु भएको कमलपोखरी प्रहरी वृत्तका डिएसपी कुलदीप चन्दले बताए।,'हामीले उद्दार गर्ने बेलासम्म उहाँ जिवित हुनु... |
सेतोपाटी संवाददाता राजधानीको बालाजुस्थित ब्याट्री कारखाना अगाडि मोटरसाइकलको ठक्करबाट एक पैदलयात्रीको मृत्यु भएको छ।,मृत्यु हुनेमा लमजुङ पुरानोकोट-४ का २६ वर्षीय प्रेमबहादुर गुरुङ रहेको प्रहरी वृत्त बालाजुले जनाएको छ।,गएराति करिब साढे ११ बजे बालाजुबाट बनस्थलीतर्फ जाँदै गरेको बा ८४ प ६०१५ नम्बरको मोटरसाइकलले गुरूङलाई ठक... |
नारायण खड्का दाङमा बिहिबार बिहान यो वर्षकै सबैभन्दा चिसो दिन भएको मध्य तथा सुदूरपश्चिम क्षेत्रीय हावापानी फिल्ड कार्यालय घोराही दाङले जानकारी दिएको छ।,आज दाङको तापक्रम २.२ डिग्री सेल्सियस रहेको सो कार्यालयले जानकारी दिएको हो।,आज बिहान ८ : ४५ बजेको वायुको तापक्रम जम्मा ४ प्रतिशत मात्रै रहेको फिल्ड कार्यालय घोराही दाङक... |
नारायण खड्का झुसिलकिराले आफूले लगाएको तरकारी खेतीमा क्षति गरेको तुलसीपुर क्षेत्रका किसानले गुनासो गरेका छन्।,तुलसीपुर उपमहानगरपालिका वडा नं. १२ जसपुर क्षेत्रका किसान झुसिलकिराकै कारण आजिद बनेको बताएका छन्। सम्वन्धित निकायमा त्यसबारे जानकारी दिँदापनि कसैले कुनै चासो नदिएको र आफूहरूको तरकारी किराले नाश गरेको स्थानीय कि... |
सुजिता कार्की काठमाडौंको न्यूनतम तापक्रम एक डिग्रीमा झरेसँगै आज यस वर्षकै बढी चिसो महसुस गरिएको छ ।,काठमाडौंको आजको न्यूनतम तापक्रम १ दशमलव ५ डिग्रीसेल्सियस रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । यसअघि बुधबार काठमाडौंको न्यूनतम तापक्रम २ दशमलव २ डिग्रीसेल्सियस थियो । काठमाडौं उपत्यकासहित देशैभर चिसो बढेको मौसमवि... |
सुजिता कार्की अँध्यारोको अन्त्यका लागि बिजुली बालिन्छ। यो सामान्य कुरा हो तर तराई मधेशका विभिन्न जिल्लामा राति मात्रै बाल्नुपर्ने बिजुली दिनभर पनि बलिरहेको हुन्छ भन्ने सुन्दा र देख्दा तपाईलाई कस्तो लाग्छ ? तर यो यथार्थ हो ।,तराई मधेशका नगरपालिकाले रातको समयमा उज्यालोका लागि राखिएका बत्ती दिनभरि बलिरहेको पाइएको छ। प्रा... |
नारायण खड्का अनुमति बिनानै सामुदायिक वनको माटो उठाउने एउटा डोजर र दुईवटा ट्रिपर समातिएका छन्।,ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख एवं डिएसपी प्रकाश सापकोटाले तुलसीपुर उपमहानगरपालिका वडा नं. १९ बाँसगडीमा स्थानीय एक सामुदायिक वनको माटो कसैलाई नसोधी उठाएको हुँदा नियन्त्रणमा लिइएको बताए।,माटो उठाउन प्रयोग भएका ना ७ ख ... |
सेतोपाटी भक्तपुरको सिपाडोलमा प्रहरी नायव निरीक्षक (सइ)ले चलाएको मोटरसाइकल दुर्घटना हुदाँ उनको श्रीमतीको मृत्यु भएको छ।,प्रहरी नायब निरीक्षक सुन्दर खड्काले चलाएको मोटरसाइकल दुर्घटना हुँदाको उनको श्रीमती पवित्रा थापा खड्काको मृत्यु भएको हो। दुर्घटनामा खड्का पनि घाइते भएका छन् । उनको प्रहरी अस्पतालमा उपचार भइरहेको छ।,महा... |
सुजिता कार्की विगत केही दिनयता बढेको कठ्याङ्ग्रिने चिसोका कारण नवलपरासी पश्चिमको दक्षिणी सीमावर्ती क्षेत्रको जनजीवनमा प्रत्यक्ष असर परेको छ। घाम नलागेर चिसो बतास चलेपछि निम्न आयस्रोत भएको र विपन्न मजदूर वर्ग बढी प्रभावित भएका छन् ।,चिसोका कारण विपन्न र गरिब परिवार दिनभरि नै आगो तापेर बस्न बाध्य भएका छन् भने किसान चिसो... |
सुजिता कार्की पोखरादेखि धौलागिरि अञ्चलका चार जिल्ला जोड्ने एकमात्र सडक पोखरा–बागलुङ राजमार्ग फराकिलो बनाउने काम तीव्ररूपमा थालिएको छ।,विगत लामो समयदेखि जीर्ण रहेको राजमार्ग वर्षौंदेखि टालटुलको भरमा चल्दै आएकोमा यस पटक बल्ल बृहत रूपमा सुधार गर्न थालिएको हो। सडक विभागअन्तर्गतको मध्यपहाडी आयोजनाले राजमार्गलाई नयाँ स्वरुप... |
नारायण खड्का दाङको तुलसीपुरमा विद्युत सर्ट भई कपास उद्योगमा आगो लाग्दा लाखौंको क्षति भएको छ ।,तुलसीपुर उपमहानगरपालिका वडा नं. ६ स्थित राप्ती कपास उद्योगमा आइतबार बिहान साढे १० बजेतिर भएको आगलागीबाट उद्योगमा राखिएको कपास, तयारी अवस्थामा राखिएका सिरक डसना तथा काँचो कपडा जलेर नष्ट भएको छ।,उद्योग सञ्चालक लोकमान मुसरले आगल... |
सुजिता कार्की बहुप्रतिक्षित मेलम्ची खानेपानी आयोजनाको दोस्रो खण्डको सुरङ शनिबार छिचोलिएको (ब्रेकथ्रु भएको) छ ।,मेलम्ची नदीको मुहान हेलम्बु गाउँपालिकाको अम्बाथानदेखि ग्याल्थुमसम्मको ८.२ किमी सुरुङ आज छिचोलिएको हो । यसअघि गतवर्ष पुस २४ गते सिन्धु–सुन्दरीजल खण्डको नौ किमीको सुरुङ छिचोलिएको थियो ।,ग्याल्थुम–सिन्धु खण्डको ... |
सुजिता कार्की अंग्रेजी नयाँ वर्ष विदेशी पर्यटकका लागि मात्र नभई स्वदेशी पर्यटकका लागि पनि उल्लासमय पर्वका रूपमा स्थापित हुँदै गएको छ।,पर्यटकलाई लक्षित गरेर पर्यटन व्यवसायीले आफ्ना सेवामा विभिन्न आकर्षणसहितका अफर सार्वजनिक गर्ने गरेका छन्।,विगत झैँ यसवर्ष पनि अंग्रेजी नयाँ वर्ष, २०१८ लाई लक्षित गर्दै देशका मुख्य पर्यटक... |
भानुभक्त शनिबार बिहान तिलगंगा आँखा अस्पतालमा झन्डै हजार जना मान्छे जम्मा भएका थिए। उनीहरु आँखा जचाउन त्यहाँ आएका थिएनन्, कोही आफूलाई संसार देखाउने आँखा दान गर्नेका आफन्त हेर्न आएका थिए, कोही आफ्ना बितिसकेका आफन्तका आँखामा देखिन पुगेका थिए।,हरेक वर्ष पुस १५ गते आँखाका नानी दान गर्नेहरुको सम्झनामा श्रद्धाञ्जली सभा आयोजन... |
रवि महर्जन मुलुककै जेठो त्रिभुवन विश्वविद्यालय (त्रिवि) को ४३ औँ दीक्षान्त समारोह आइतबार सकिएको छ। पुल्चोकस्थित नेपाल इन्जिनियरिङ क्याम्पस परिसरमा आयोजित समारोहमा स्नातक, स्नातकोत्तर, एमफिल र पिएचडी उपाधि प्राप्त गरेका आठ हजार दुई सय ६७ जना विद्यार्थी दिक्षित भएका थिए। ६८ हजार दुई सय ९२ जना विद्यार्थी दीक्षान्त समारोह... |
प्रकाश ढुंगाना ,राम्रो रोजगारी पाउने आशमा काठमाडौंको एक कन्सल्ट्यान्सीबाट दक्षिण अफ्रिकाको जोहान्सवर्ग पुगेका ३ जना युवा भागेर काठमाडौं आएका छन्।,क्यारियर हव प्रालि कंलकीबाट भारतको दिल्ली हुदैँ जोहान्सवर्गमा पुगेका ३ जना केही साताअघि भागेर नेपाल आएका हुन्।,कन्सल्ट्यान्सीले पठाएको कम्पनी त्यहाँ नभएको र विचल्लीमा परेपछ... |
सागर राज तिमिल्सिना पोखरा लेखनाथ महानगरपालिका वडा नम्बर १८ सराङकोटको निर्माणाधिन एक होटलमा दुईजना मृत फेला परेका छन् भने एक जना घाइते फेला परेका छन् ।,माउण्टेन एण्ड रिर्सोट स्पाको निर्माणाधिन भवनको कोठामा कामदारहरू काम गर्न जाँदा दुई जना मृत र एक जना घाइते अवस्थामा फेला परेको उनीहरूले बताएका छन् ।,घाइतेको पश्चिमाञ्चल ... |
नारायण खड्का तुलसीपुर उपमहानगर कार्यपालिकाको आइतबारको बैठकले टरिगाउँ एयरपोर्ट सञ्चालन गर्न तत्कालका लागि नेपालगञ्जबाट इन्धन ल्याउने निर्णय गरेको छ। टरिगाउँ एयरपोर्टमा विमान सेवा सञ्चालनका लागि पहल कदमी लिएको उपमहानगरले इन्धनका वारेमा यस्तो निर्णय गरेसँगै विमान सेवा सञ्चालनका लागि बाटो खुलेको हो।,यही पुस २३ गतेदेखि तुल... |
शान्ति तामाङ देशकै जेठो विद्यालय दरबार हाइस्कुल भत्काइने भएको छ। पुरातत्व विभागले केही दिनअघि सो विद्यालय पुरानै डिजाइनमा पुनर्निर्माण गर्न स्वीकृति दिएपछि विद्यालय भवन भत्काउने बाटो खुलेको हो।,विभागका महानिर्देशक भेषनारायण दाहालले विद्यालय भत्काएर पुनर्निर्माण गर्न स्वीकृति दिइएको सेतोपाटीलाई जानकारी दिए।,‘पुरातात्वि... |
सुजिता कार्की नारायणगढ–मुग्लिन सडकखण्डको भित्तो काट्नका लागि सवारी रोक्दा बस्ती नभएको ठाउँमा रोकिने भएको छ।,रातको समयमा बस्ती नजिक सवारी साधन रोक्दा यात्रुले बस्ती नजिक दिसापिसाब गरेर समस्या उत्पन्न भएपछि यही पुस १८ गतेबाट रातिमा बस्ती नभएको ठाउँमा सवारी रोक्न लागिएको हो।,जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी... |
नारायण खड्का तुलसीपुर उपमहानगरपालिका वडा नं. १ झमके निवासी ६४ वर्षीय चन्द्रबहादुर महताराले चार दिनमै आफ्ना चारै औंला काट्ने पत्नीलाई लिन प्रहरी कार्यालय पुगेका छन्।,ईलाका प्रहरी कार्यालय तुलसीपुरको थुनामा रहेकी ६४ वर्षीया पत्नी रिसमीलाई थुनाबाट निकालेर घर लैजान भन्दै आइतबार बेलुका चन्द्रबहादुर प्रहरी कार्यालय आएका हुन... |
नारायण खड्का घोराही उपमहानगरपालिका वडा नं. ६ बरुवागाउँ निवासी १९ वर्षीय बसन्त वलीको हत्या भएको प्रहरीले पुष्टि गरेको छ।,जिल्ला प्रहरी कार्यालय दाङका एकजना अधिकारीले वलीको हत्या भएको पुष्टि भइसकेको सेतोपाटीलाई जानकारी दिएका छन्। ‘पक्राउ परेका व्यक्तिले प्रहरी समक्ष हत्यारा गरेको स्वीकार गरिसकेका छन्।’ ति अधिकारीले नाम ... |
प्रस्तुति : गिरीश गिरी (नोटः हामीले आजबाट संस्कृतिविद् सत्यमोहन जोशीको आत्मकथा शृंखला सुरु गरेका छौं।),नेपाली कांग्रेसले जितेर भर्खर सरकार बनाएको थियो। एकदिन अनौठो खबर आइपुग्यो- ‘पुरातत्व तथा संस्कृति विभागको डाइरेक्टरमा सत्यमोहन जोशी नियुक्त’।,त्यतिबेला यो नयाँ अड्डा खुलेको थियो। कतिसम्म नयाँ भने, त्यो २०१६ सालभन्दा ... |
विद्या राजपुत २०७२ बैसाख १२ गते। शनिबारको दिन।,शिक्षक फिन्जो तामाङ बिहानै खाना खाइवरि थाङस्यापबाट लाङटाङ जाँदै थिए, आमाबुबा भेट्न।,छिटो–छिटो पाइला चाल्दै गरेका फिन्जो एक्कासि तर्सिए। धर्ति नै फाटेको जस्तो ठूलो आवाज उनको मुटुसम्म पुग्यो। थरर्र कामे।,उभिएकै ठाउँ अगाडिका पहाडबाट ठूल्ठूला ढुंगाले लखेट्न थाले। धर्मराएको शर... |
सुजिता कार्की ‘नेपाली टोपी नेपाली पहिचान यही हो हाम्रो राष्ट्रिय अभियान’ भन्ने मूल नाराका साथ पाँचौँ राष्ट्रिय टोपी दिवस आज विविध कार्यक्रम गरी मनाइएको छ ।,दिवसका अवसरमा जागरुक युवा अभियानले आज बिहान र्याली निकालेका छन् । माइतीघरबाट सुरू भएको र्याली भद्रकाली न्यूरोड हुँदै रत्नपार्कस्थित शान्तिबाटिकामा पुगी समापन भएक... |
सुजिता कार्की पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म विधिपूर्वक गरिने स्वस्थानी व्रत आजदेखि सुरू भएको छ।,पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म एक महिना स्वस्थानी व्रत र माघ स्नान गरिन्छ। पौष शुक्ल चतुर्दशीको दिन हात गोडाका नङ काटी स्नान गरी शुद्ध वस्त्र पहिरिएर व्रतको सुरूवात हुन्छ । बिहान माघ स्नान गरी... |
सुजिता कार्की नवनिर्वाचित प्रदेशसभा सदस्य कुसुमकुमार कार्कीले रुद्रमती अर्थात् धोबीखोलाको पानी पिउन र नुहाउनयोग्य बनाउन आफूले पहल गर्ने बताएका छन्।,बूढानीलकण्ठ नगरपालिका–१०, कपनस्थित नीलोपुलका बासिन्दासँग आज बिहान भेटघाट कार्यक्रममा उनले त्यसका लागि प्रशोधन कारखाना राख्न जग्गा खोजी प्रक्रिया अगाडि बढाइने जानकारी दिए।,... |
सुजिता कार्की लमजुङ भ्रमणमा आएका विदेशी पर्यटकले पनि नेपाली टोपी दिवस मनाएका छन् । सदरमुकाम बेँसीशहरमा आयोजित कार्यक्रममा विदेशी पर्यटक नेपाली टोपीसहित सहभागी भएका हुन्।,‘हाम्रो टोपी हाम्रो शान, नेपाली पहिचान’ भन्ने मूल नाराका साथ स्थानीयवासीले आयोजना गरेको र्यालीमा विदेशी पर्यटकले सहभागिता जनाएका हुन्। नेपालीको पहिच... |
नारायण खड्का ,आफ्नै पतिको चार औंला काटी पोलेर खाने ६४ वर्षीया रिसमी महतरालाई ज्यान मार्ने उद्योगसम्वन्धी मुद्दा दर्ता भएको छ।,सोमबार ईलाका प्रहरी कार्यालय तुलसीपुरमा रिसमीका ६४ वर्षीय पति चन्द्रबहादुरलेनै पत्नी विरुद्ध ज्यान मार्ने उद्योग सम्वन्धी मुद्दा दर्ता गरेका हुन्।,आफ्नो औंला काटेर खाने पत्नीविरुद्ध कुनै जाहेर... |
सेतोपाटी संवाददाता मल्लकालीन सम्पदा रानीपोखरी पुनर्निर्माणबारे सुझाव दिन गठित विज्ञ समितिले त्यतिबेलाको पोखरी निर्माणसम्बन्धी विधि अध्ययन गर्न उत्खनन् गर्ने निर्णय गरेको छ।,विज्ञ समितिको सोमबार बसेको पहिलो बैठकले यस्तो निर्णय गरेको हो। समितिका सदस्य काशीनाथ तमोटका अनुसार पुरातत्वविद्हरूले मंगलबार पोखरीको दक्षिणी डिल ख... |
सेतोपाटी संवाददाता सोमबार दिउँसो राष्ट्रिय सभामा चहलपहल थियो। दौरा सुरुवाल र टोपीमा ठाँटिएका पुरुषसँगै टाउकोमा ढाका टोपी पहिरिएका महिलामध्ये कोही फोटो खिचिरहेका थिए, कोही सेल्फी।,सर्वसाधारणमात्र होइन, नेतादेखि सँस्कृतिविद्सम्म राष्ट्रिय पोशाक दौरा सुरुवाल लगाएर कार्यक्रममा पुगेका थिए।,श्रद्धावान नेपालले प्रस्तावित राष... |
नारायण खड्का दाङ देउखुरीमा पत्नीको खुकुरी प्रहारबाट उनका पति गम्भीर घाइते भएका छन्।,लमही नगरपालिका ५ निवासी सुनिल खड्कालाई उनकी पत्नी सिटिजा खड्काले घरायसी विवादमा सोमवार साँझ आफ्नै पतिमाथि खुकुरी प्रहार गरेको प्रहरीले बताएको छ ।,माईती घर गढवा गाउँपालिका वडा नम्बर १ धानखोलामा गएका बखत पति पत्नीका बीचमा सामान्य विवादकै... |
नारायण खड्का कक्षा ८ को वार्षिक परीक्षा अबदेखि स्थानीय तहले सञ्चालन गर्ने भएको छ। विगतमा जिल्ला शिक्षा कार्यालयले कक्षा ८ को वार्षिक परीक्षा गराउँदै आएको थियो।,संविधान तह विद्यालय शिक्षाको सञ्चालन, व्यवस्थापन लगायतका कार्यहरू स्थानीय तहको क्षेत्राधिकारमा राखेको हुँदा त्यो अधिकार प्रयोग गरेर कक्षा ८ को वार्षिक परीक्षा ... |
रासस काठमाडौं तीनकुनेमा स्कुटर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।,गएराति १२:१५ बजे बा २२ प ७४०१ नम्बरको स्कुटर दुर्घटना हुँदा चालक उदयपुर घर भई हाल ललितपुरको लुभु बस्ने ४९ वर्षीय गोपाल आलेको मृत्यु भएको हो।,महानगरीय ट्राफिक प्रहरी महाशाखाका सहप्रवक्ता मुकुन्द मरासिनीले तीव्रगतिमा गुडिरहेको स्कुटर अनियन्त्रित भई दुर... |
भानुभक्त काभ्रे पात्लेखेतका स्थानीयले बिहानदेखि बन्द गरेको बीपी राजमार्ग नेपाल प्रहरीले बल प्रयोग गरेर खुलाएको छ।,तीन दिनअघि सवारी दुर्घटनामा मारिएकी महिलाका परिवारलाई क्षतिपूर्ति दिनुपर्ने माग राखेर स्थानइले मंगलबार बिहानदेखि राजमार्ग बन्द गरेका थिए।,काभ्रेका प्रहरी प्रमुख सहकुल थापाका अनुसार स्थानीयको बन्दमा प्रहरील... |
सुजिता कार्की नारायणगढ–मुग्लिन सडकखण्डमा आज रातिदेखि यातायात बन्द गरेर काम गरिने भएको छ ।,सडक विस्तारको काम भइरहेको उक्त सडकखण्डमा भित्तो काट्ने काम बाँकी रहेकाले राति १० बजेदेखि बिहान ४ बजेसम्म सवारी रोकेर काम गरिने जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले जनाएको छ । काममा सन्तोषजनक प्रगति हुन नसकेपछि तीव्रता दिन याताय... |
सागर राज तिमिल्सिना ‘सडकमै खाऔँ, सकडमै नाचौँ, सडकमै रमाऔँ’ भन्ने नारासहित पोखरमा बिहिबारदेखि १९ औँ सडक महोत्सव सुरू भएको छ। रेवान पोखराले अंग्रेजी नयाँवर्षको स्वागतमा विगत १८ वर्षदेखि महोत्सवको आयोजना गर्दै आएको छ।,लेकसाइडको हल्लनचोकबाट सुरू विभिन्न साँस्कृतिक झाँकीसहितको र्यालीले कोमागाने पार्क पुगेर औपचारिक रूपमा स... |
सेतोपाटी संवाददाता तमु पत्रकारिता पुरस्कार २०७४ बाट नागरिक दैनिकका पर्यटन पत्रकार अमृत भादगाउँले सहित ७ जना पत्रकार बिहीबार पुरष्कृत भएका छन् । उनीहरुलाई तमु सञ्चारकर्मी संघले सम्मानित गरेको हो ।,गुरुङ समुदायको समृद्धिका लागि पत्रकारिता मार्फत योगदान पुर्याएस्वरुप भादगाउँलेलाई संघले पूर्वप्रधानसेनापति छत्रमानसिंह गुरु... |
विद्या राजपुत फ्रिडम फोरमले सूचनाको हकसम्बन्धी मोबाइल एप सार्वजनिक गरेको छ।,फ्रिडम फोरमले आजदेखि उक्त एप एन्ड्रोइड भर्सनमा सार्वजनिक गरेको हो । एप एन्ड्रोएड मोबाइलकर्ताले प्ले स्टोरबाट आरटिआइ नेपाल टाइप गरी डाउनलोड गर्न मिल्ने एपले सूचनाको हकका सैद्धान्तिक र व्यावहारिक पक्षबारे जानकारी गराउँछ।,एपमा सूचनाको हकसम्बन्धी ... |
सुजिता कार्की गाउँपालिकाको नाम परिवर्तन गर्ने विषयमा जनताको व्यापक असन्तुष्टि र नाराबाजी हुन थालेपछि रोल्पाको एक गाउँपालिकाले प्रहरी घेराबीच बैठक सम्पन्न गरी नाम समेत परिवर्तन गरेको छ।,पूर्वी रोल्पाको सुवर्णावती गाउँपालिकाका बहुमत जनप्रतिनिधिको बैठकले सो नाम परिवर्तन गरी शहीद सुनिल स्मृति गाउँपालिका नामाकरण गरेको हो। ... |
भानुभक्त रानीपोखरी पुनर्निर्माणको काम १५ दिनका लागि स्थगित भएको छ।,महानगरपालिका, पुरातत्व विभाग र सरोकारवालाबीच बिहिबार बिहान भएको बैठकमा पुनर्निर्माणको काम १५ दिन रोक्ने निर्णय भएको पुरातत्व विभागका महानिर्देशक भेषनारायण दाहालले जानकारी दिए।,‘एउटा विज्ञ समिति पनि बनाएका छौं, सो समितिले १५ दिनमा आफ्नो प्रतिवेदन दिन्छ,... |
सुजिता कार्की केही यता पश्चिमी वायु पुनः सक्रिय भएका कारण कठ्याङ्ग्रिने जाडोमा बाराको तेलकुवामा रहेका मुसहर बस्तीका दलितहरू प्रभावित भएका छन्।,एकसय ६० घरधुरी रहेको मुसहर बस्तीका अधिकांश फुसको घरमा गतिलो ओढ्ने ओछ्याउने कपडा अभाव भएकाले अत्यधिक चिसोमा जनजीवन नै कष्टकर भएको ७० वर्षीय तनु माझीको गुनासो छ।,लोकतन्त्र प्राप्... |
विनोद सापकोटा ,दमकमा निर्माण हुन लागेको औद्योगिक पार्कको चिनियाँ उच्च पदस्थ सरकारी टोलीले पुनः अवलोकन गरेको छ। यसअघि पनि चिनियाँ टोलीले ३ पटकसम्म सो स्थलको अध्ययन अवलोकन गरेको थियो।,चीनको ल्हासास्थित आर्थिक तथा प्राविधिक विकास क्षेत्रका अधिकारीहरु बिहीबार झापाको दमक आईपुगेको थियो।,चीन नेपाल यू ई इन्डस्ट्रियल पार्क’ न... |
नारायण खड्का दाङमा बाघको हड्डीसहित तीन व्यक्ति पक्राउ परेका छन्।,पश्चिम दाङको बबई गाउँपालिका–वडा नं. ४ हापुरेमा झण्डै तीन किलो बाघको हड्डीसहित तीन व्यक्तिलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।,पक्राउ पर्ने मध्ये एकजना सल्यान जिल्लाका छन् भने दुईजना स्थानीय रहेका छन्। बबई गाउँपालिका –४ सुन्दरखाल निवासी ५९ वर्षीय पूर्णबहा... |
नारायण खड्का जिल्ला प्रहरी कार्यालय दाङले यात्रुलाई गन्तव्यसम्म नपुर्याई बीच बाटोमै अलपत्र छोडेर हिड्ने एउटा बसका चालक र सहचालकलाई नियन्त्रणमा लिएको छ।,बाँकेको नेपालगञ्जदेखि दाङको घोराही आउने क्रममा बिहिबार साँझ यात्रुलाई गन्तव्यसम्म नपुर्याई बीच बाटोमै यात्रु छोडेर घोराही पुगेको राप्ती अञ्चल सार्वजनिक बस व्यवासायी... |
नारायण खड्का दाङको तुलसीपुरका ६ जना १४ वर्षीया दलित बालिकाहरू घर फर्किएका छन्।,साथीहरूको लहलहैमा कास्कीको पोखरालगायतका स्थानमा पुगेका उनीहरू बिहिबार घर फर्किएको भन्ने सूचना प्राप्त भएको ईलाका प्रहरी कार्यालय तुलसीपुरमा प्रमुख एवं डिएसपी प्रकाश सापकोटाले जानकारी दिए।,उनले शुक्रबार ६ जना बालिका र उनीहरूका अभिभावक लगायत ... |
नारायण खड्का दाङमा करेण्ट लागेर एक जना मजदूरको मृत्यु भएको छ।,तुलसीपुर उपमहानगरपालिका वडा नं. ६ टरिगाउँमा फर्निचर सम्वन्धी काम गर्ने क्रममा करेण्ट लागेर सल्यान जिल्ला निवासी २७ वर्षीय धर्मराज सुनारको मृत्यु भएको प्रहरीले बताएको छ ।,करेण्ट लागेर गम्भीर घाइते भएका सुनारको उपचारका क्रममा राप्ती अञ्चल अस्पताल तुलसीपुरमा म... |
सुजिता कार्की मोरङको मिक्लाजुङ गाउँपालिका–१ रमितेखोलामा सोलारबाट बिजुली उत्पादन सुरू भएपछि स्थानीयवासी हर्षित भएका छन्।,यससँगै सुगम जिल्ला मोरङको अति नै दुर्गम र विकट क्षेत्रका रूपमा चिनिने रमितेखोलाका बासिन्दाको उज्यालोका लागि टुकी र मैनबत्ती बाल्नुपर्ने बाध्यता हटेको छ। पहिलोपटक २४ घण्टा नै बिजुली उपभोग गर्न पाउँदा ... |
सुजिता कार्की दुई वर्षभित्र निर्माण गर्ने उद्धेश्यले तीन नेताले सामूहिकरूपमा शिलान्यास गरेको रजाप्रसाद कोइराला स्मृति सभागृहको ७५ प्रतिशत काम सम्पन्न भएको छ।,मेची रंगशालाको पश्चिम, महेन्द्रपार्कदेखि उत्तरतर्फ खाली जग्गामा कूल १२ करोड ७२ लाख ६९ हजार रुपैयाँ लागतमा अत्याधुनिक एवं अन्तर्राष्ट्रियस्तरको सभागृहको शिलान्यास... |
चेतना गुरागाईं/सुदीप श्रेष्ठ रानीपोखरी हरियो पालले बारिएको थियो।,शैलेश शाक्यले पालको प्वालबाट चियाए।,पोखरीभित्रको मल्लकालीन बालगोपालेश्वर मन्दिरमा सिमेन्टको पिलर ठड्याइँदै थियो।,पोखरीको पानी सुकाएर छिपेछिपे हिलो मात्र बाँकी थियो। ठाउँ–ठाउँमा पिँधसम्म सुख्खै। त्यही पिँधको कालो माटोधरि खोस्रन तम्तयार डोजर देखेर शैलेशले ... |
रासस दुईखाले शिक्षाका संरचना भएकाले स्थानीय तहमा शिक्षासम्बन्धी काम हुन नसकेको बताइएको छ ।,शिक्षा पत्रकार सञ्जालले शुक्रबार आयोजना गरेका ‘संघीय संरचनामा शिक्षा’ विषयक अन्तक्र्रियाका सहभागीहरुले दुई खालको शिक्षाका संरचनाले स्थानीय तहमा शिक्षा सम्बन्धी कुनै काम गर्न नसकिएको बताए ।,सो अवसरमा काठमाडौं महानगरपालिकाका शिक्ष... |
सेतोपाटी संवाददाता निजी आवास निर्माणका लागि अनुदान पाउने सूचिमा नाम समावेश भएका तर घर बनाउन आवश्यक नठान्ने लाभग्राहीले पहिलो किस्तावापत लिएको ५० हजार रुपैयाँ फिर्ता गर्न थालेका छन् । यसै हप्ता मकवानपुरका दुई जना लाभग्राहीले रकम फिर्ता गरेका हुन् ।,यसरी पहिलो किस्तावापत लिएको रकम सरकारी खातामै फिर्ता गर्ने लाभग्राहीमा ... |
नारायण महर्जन अपांगता भएकाहरुका लागि पहुँचयुक्त भौतिक संरचना हुनुपर्ने माग राख्दै शुक्रबार राजधानीमा ह्वीलचेयर र्याली आयोजना भएको छ।,करूणा फाउन्डेसन र स्पाइनल स्पोर्ट्स एसोसिएसनको संयुक्त आयोजनामा नेपाल प्रज्ञा प्रतिष्ठानबाट सुरू भएको र्याली नारायणचौर नक्सालमा पुगेर सभामा परिणत भएको थियो।,र्यालीमा काठमाडौंका मेयर व... |
सेतोपाटी संवाददाता हयाण्ड्स फर नेपालको आयोजनामा दोलखाका भुकम्प पिडित एवं पिछडिएका समुदायका ३०९ जनाको निःशुल्क आँखा परिक्षण गरिएको छ ।,पुस दोस्रो साता कालिञ्चोक गाउँपालिका–५ लापिलाङको थामी बस्तीमा आयोजित कार्यक्रममा ३६ जनाको मोतिबिन्दुको शल्यक्रिया गरिएको हयाण्ड्स फर नेपालका कुमार अधिकारीले जानकारी दिएका छन् ।,काठमाडौं... |
नारायण खड्का दाङमा एक जना युवाको शव फेला परेको छ भने अर्का एक जना बेपत्ता भएका छन्।,घोराही उपमहानगरपालिका वडा नं. ६ बरूवागाउँ निवासी १९ वर्षीय वशन्त वली बंगलाचुली गाउँपालिका वडा नं. ४ शिरबारीस्थित झाडीमा मृत अवस्थामा फेला परेको दाङकी प्रहरी प्रमुख एसपी दुर्गा सिंहले जानकारी दिइन्।,वलीको शरीरको घाउ खत हेर्दा उनको हत्या... |
भानुभक्त काठमाडौं महानगरपालिकाले महानगरभित्र रहेका बेवारिसे भएकालाई आश्रय दिने भएको छ।,यसका लागि महानगरले मानव आश्रम सेवासँग सम्झौता गरेको छ।,‘हामी महानगरभित्र बेवारिसे रुपमा रहेका कुनै पनि उमेर समुहका मानिसलाई व्यवस्थापन गछौं। यसका लागि मानव आश्रम सेवासँग सम्झौता भएको छ,’ मेयर शाक्यले भने।,महानगरले वृद्धवृद्धामा उमे... |
जीवन भण्डारी ‘आहा, सफा भएछ पशुपतिनाथ क्षेत्र त’- शनिबार पशुपतिनाथ दर्शनका लागि पुगेका काठमाडौं हाँडीगाउँका रामचन्द्र अर्यालले भने।,ब्रम्हनालपट्टिबाट मन्दिर उक्लिएका उनले मन्दिरका तामाका पाला परबाटै टल्किएको देखेपछि यस्तो प्रतिक्रिया दिए। करिब ४० वर्षदेखि प्रायः दैनिक पशुपतिनाथ दर्शनमा जाने ७३ वर्षीय अर्याल शनिबार भने ... |
अन्तर्वार्ताः बुद्धिष्टडोर/अनुवादः सुरज सुवेदी भुटानी राजकुमारी असी केसाङ छोदेन टि वाङचुक भुटानको थाङ्का संरक्षण केन्द्रकी कार्यकारी निर्देशक र प्राचीन बौद्ध लिपी तथा सङ्केतहरूको अध्येता हुन्। उनले सांस्कृतिक संरक्षणमा आफ्नी हजुरआमाको बाटो समातेकी छन्। भुटानमा अहिले भइरहेको सांस्कृतिक पुनर्जागरण अभियान अगाडि बढाइरहेकी... |
चेतना गुरागाईं मेलम्ची खानेपानी आयोजनाको अम्बाथान–ग्यालथुम खण्डको सुरुङको निर्माण कार्य (ब्रेक थ्रु) सम्पन्न भएको छ।,सो खण्डको ८.३ किमी सुरुङको अन्तिम बिन्दुमा निर्धारित कार्यक्रमअनुसार शुक्रबार राति १२ बजे दुई वटा विस्फोट गराइ (ब्रेक थ्रु) सुरुङ छेड्ने काम सम्पन्न भएको मेलम्ची खानेपानी विकास समितिका सूचना अधिकारी राज... |
प्रकाश ढुंगाना यौनबर्धक औषधिका नाममा ठगी गर्ने १५ जनालाई प्रहरीले पक्राउ गरेको छ। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले एक जना भारतीय नागरिकसहित १५ जनालाई काठमाडौंबाट पक्राउ गरेको हो।,प्रहरीले उनीहरुले संचालन गर्दै आएको कार्यालयमा छापा मारेर यौनबर्धक औषधिहरुसमेत बरामद गरेको छ। भारत मदरपुर घर भइ ग्रिन हवल एण्ड फि... |
सेतोपाटी संवाददाता लेखनाथ जयन्तीका अबसरमा चितवन साहित्य परिषदले दुईजना स्रष्टालाई पुरस्कृत गरेको छ । उसले शनिबार कवि दीपेन्द्रसिंह थापा र कथाकार निर्मल ढुँगानालाई कृष्ण कृष्णा साहित्य पुरस्कार अर्पण गरेको हो ।,परिषदले कविशिरोमणि लेखनाथ पौड्यालको एक सय चौंतिसौं जन्मजयन्तीका अवसरमा थापाको ’सहयात्री शब्दहरू’ कविता संग्रह... |
शान्ति तामाङ रानीपोखरी विवाद सेलाउन नपाउँदै ठिकअगाडि दरबार हाइस्कुल पनि भत्काएर नयाँ बनाउने तयारी सुरु भएको छ।,विसं १९१० सालमा स्थापित दरबार हाइस्कुल १९४८ मा रानीपोखरीस्थित अहिलेको भवनमा सरेको हो। यसलाई २०२४ सालबाट भानु माध्यमिक विद्यालय भनिन थालेको थियो।,ऐतिहासिक महत्व बोकेको देशकै जेठो विद्यालय भत्काएर चिनियाँ डिजाइ... |
सेतोपाटी संवाददाता सिन्धुपाल्चोकको मेलम्ची नगरपालिकास्थित गिरानचौरमा निर्माणाधिन एकीकृत नमूना बस्ती निर्माणका लागि ग्लोबल फ्रेन्ड्स अफ तिलगंगाले १ करोड रूपैयाँ सहयोग गरेको छ।,गिरानचौरमा निर्माणाधिन एकीकृत सामूदायिक बस्तीको पर्यटन प्रवर्धनसमेतलाई सहयोग गर्ने भन्दै योजनाको खर्चका लागि भनेर तिलगंगाले उक्त रकम सहयोग गरेको... |
चेतना गुरागाईं काठमाडौं सम्पदा,भक्तपुर दरबार स्क्वायरबाट सुकुलढोका छिरेर केही मिटर हिँडेपछि उमा महेश्वर बुलबुल मन्दिर पुगिन्छ। मन्दिरमा ‘बुलुबुलु हिटी’ भनिने होचो धारो छ, जहाँ कुनै बेला राजकुलोबाट पानी आउँथ्यो, बुलबुल गर्दै।,करिब २५ वर्ष भयो, प्राचीन बुलुबुलु हिटी सुकेको। यहाँ एक थोपा पानी रसाउँदैन।,यही हिटीसामु झन्डै... |
नारायण खड्का दाङको न्यूनतम तापक्रम ६.५ डिग्री सेल्सियलसम्म झरेको छ।,जल तथा मौसन विज्ञान फिल्ड कार्यालय घोराहीले सोमबार बिहान ८ :४५ बजे जिल्लाको न्यूनतम तापक्रम ६.५ डिग्री सेल्सियस मापन गरिएको जानकारी दिएको छ। कार्यालयका सहायक इञ्चार्ज शरद शर्माका अनुसार उक्त समयमा अधिकतम तापक्रम २२.२ प्रतिशत रहेको थियो भने वायूको सापे... |
विद्या राजपुत ‘दाइ मलाई पनि चित्र बनाउन सिकाइदिनुस् न!’,हातमा साइकलको सानो पांग्रा लिएर खेल्दै गरेका ५ वर्षीय बालकले सानो स्वरमा आग्रह गरे।,उनले पनि मुसुक्क हाँस्दै भने, ‘हुन्छ, मैले चित्र बनाएको हेर्दै सिक न।’,बालकले भने, ‘हुन्छ तर मलाई तपाईंले कलम समातेको तरिका नै पहिला सिकाउनु पर्छ है। त्यही नै गाह्रो लाग्छ के।’,‘ह... |
सेतोपाटी संवाददाता प्यूठानमा बसले मोटरसाईकललाई ठक्कर दिँदा एक बालकको मृत्यु भएको छ ।,ऐरावती गाँउपालिका वडा नं. ५ झिवाङ्गमा शनिबार बसले मोटरसाइकललाई ठक्कर दिँदा स्वर्गद्धारी नगरपलिका वडा नं. ३ का ६ वर्षीय बालक अनमोल ठकुरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय प्यूठानले जानकारी दिएको छ।,उक्त दुर्घटनामा परि सोही ठाउँकी ४२... |
सुजिता कार्की जाजरकोटका अधिकांश स्थानीय निकायका काम सदरमुकामबाटै हुने गरेका छन्।,जिल्लाका त्रिवेणी नलगाड नगरपालिका र भेरी नगरपालिकाबाहेक अरु स्थानीय निकायको काम सदरमुकामबाटै हुँदै आएको छ। सामान्य कामका लागि पनि सदरमुकाम आउनु पर्ने बाध्यता पुरानै भएको सेवाग्राहीको गुनासो छ।,गाउँमा कुनै सेवा सुविधा नभएका कारण यहाँका स्थ... |
सुजिता कार्की कपिलवस्तुको भारतीय सीमावर्ती कृष्णनगर बजारको कृष्णनगर अस्पताल उद्घाटन भएको ४७ वर्ष बितिसक्दा पनि अझै सञ्चालनमा आउन सकेको छैन।,पश्चिम नेपालको बेलहिया सुनौली नाकापछि दोस्रो भन्सार नाकाका रूपमा परिचित यो नाकाबाट राज्यले वार्षिक अर्बौं रुपैयाँ राजस्व संकलन गर्दै आएपनि नजिकै रहेको अस्पताल भने आर्थिक अभावका का... |
सेतोपाटी संवाददाता सरकारले काठमाडौं उपत्यकाको फोहोरमैला व्यवस्थापन गर्न नुवाकोटको बञ्चरेडाँडामा एकीकृत फोहरमैला व्यवस्थापनको काम सुरू गरेको छ।,लगानी बोर्डले काठमाडौं, ललितपुर र भक्तपुर तीन वटै जिल्लाका स्थानीय निकायसँग सहकार्य गरेर काठमाडौं उपत्यकाको फोहरमैला व्यवस्थापनका लागि नुवाकोटको बञ्चरेडाँडामा फोहरमैला व्यवस्था... |
सेतोपाटी संवाददाता रानीपोखरी पुनर्निर्माणबारे काठमाडौं महानगर भन्छ– भुइँचालोले भत्किएको पर्खाल बनाउँदैछौँ। पोखरीलाई अझ बलियो बनाउँदैछौं।,अरू धेरैलाई पनि लागको होला, कंक्रिट बलियो हुन्छ, धेरै समय टिक्छ।,‘यो गलत धारणा हो। कंक्रिटको आयु केवल ८० वर्ष हुन्छ। यसले ३५० वर्षसम्म पुरानो रानीपोखरी जोगाउँदैन। उल्टै समस्या निम्त्... |
चन्द्र काफ्ले काठमाडौंको मैतिदेवीस्थित सेतोपुलमा भएको बस दुर्घटनामा १७ यात्रु घाइते भएका छन्।,पुरानो बानेश्वरबाट मैतिदेवीतर्फ आउँदै गरेको सिटी यायातायतको बा२ख ८७३३ नम्बरको बस आज बिहान सवा ३ बजे ट्रान्समिटर जडान गरेको जोर बिजुलीको पोलमा ठोकिएर सडकमै पल्टिदाँ १७ जना यात्रु घाईते भएको प्रहरीले जनाएको छ।,दुर्घटनाका घाईते... |
रासस राष्ट्रपति विद्यादेवी भण्डारीले वरिष्ठ न्यूरो सर्जन डा उपेन्द्र देवकोटाको स्वास्थ्यस्थितिबारे जानकारी लिएकी छन्।,पित्तथैलीमा समस्या देखिएपछि बेलायतको लण्डनमा उपचार गराइरहेका डा देवकोटालाई सोमबार टेलिफोन गरी उनको स्वास्थ्यावस्थाबारे जानकारी लिँदै स्वास्थ्यलाभको कामना गरेको राष्ट्रपतिका प्रमुख स्वकीय सचिव भेषराज अध... |
शान्ति तामाङ असन किन सवारीमुक्त बनाउनुपर्छ?,यसको जवाफ हो, दुई सय वर्ष पुरानो ‘अंसया पुलांगु मरि पसः’ जोगाउन।,अर्थात्, असन मिठाइ पसल।,असन र अन्नपूर्ण मन्दिर पर्याय हुन्। अन्नपूर्ण मन्दिरकै कारण असनको नाम रहन गएको इतिहासविद्हरूले आफ्नो पुस्तकमा लेखेका छन्। यही मन्दिर अगाडि छ, असन मिठाइ पसल।,नारायणकृष्ण श्रेष्ठको यो मिठा... |
नारायण खड्का दाङ तुलसीपुरको पातुखोलामा झुलुङ्गे पुल निर्माण भएपछि हजारौं सर्वसाधारण लाभान्वित भएका छन् । ५० लाख बढीको लागतमा निर्मित उक्त पुल ७० मिटर लम्वाईमा निर्माण गरिएको छ।,यो झुलुङ्गे पुलले तुलसीपुर उपमहानगरपालिकाको वडा नं. ३, ७ र ९ का हजारौ स्थानीयलाई आवात जावात गर्न सजिलो भएको छ। पुल निर्माणपछि सबैभन्दा धेरै स्... |
सुजिता कार्की महोत्तरीलगायत तराईका जिल्लामा शीतलहर र चिसो हावाका कारण जाडो बढेर जनजीवन प्रभावित भएको छ।,विगत ११/१२ दिनदेखि निरन्तररूपमा शीतलहर र चिसो हावा चलेर कठ्याग्रिंदो जाडो भएको छ भने हुस्सु र बाक्लो कुहिरोका कारण सम्पूर्ण तराईका जिल्लाको वातावरण बिग्रेर मानिस, चौपाया पशुपंक्षी तथा बालीनालीसमेत प्रभावित भएको छ।,च... |
सेतोपाटी विरोधकै बीच जारी निर्माण रोक्न रानीपोखरी संरक्षण अभियन्ताहरुले निर्माणक्षेत्रमा तालाबन्दी गरेका छन्।,मंगलबार बिहान महानगरपालिका उपमेयर हरिप्रभा खड्गीको अनुगमनपछि संरक्षण अभियन्ताले त्यहाँ तालाबन्दी गरेका हुन्। यसमा उपमेयर खड्गीसहित सम्पदाविद् र पुरातत्वविद्को समर्थन रहेको अभियन्ता आलोक तुलाधरले सेतोपाटीलाई बत... |
सेतोपाटी फ्रान्सेली नागरिक ६५ वर्षीय फ्रान्कोज साभिर मेरी सर्सटरको मृत्यु भएको छ।,काठमाडौंको बसन्तपुरस्थित झोछे टोलमा बेहोस भएका उनको उपचारका क्रममा अस्पताल लैजाने क्रममा मृत्यु भएको हो।,उनी झोछेस्थित धौलागिरी गेष्ट हाउसमा बस्दै आएका थिए।,हृदयघातका कारण उनको मृत्यु भएको हुनसक्ने चिकित्सकले आंशका गरेका छन् ।
... |
सेतोपाटी संवाददाता विश्व सम्पदा सूचीमा सूचीकृत पशुपतिनाथ मन्दिर परिसरमा मंगलबारदेखि सवारी साधन निषेध गरिएको छ।,महानगरीय ट्राफिक प्रहरी महाशाखाले विश्व सम्पदा सूचीमा सूचीकृत पशुपतिनाथ मन्दिर परिसरमा मंगलबारदेखि सवारी साधन प्रवेशमा रोक लगाएको हो।,धार्मिकस्थललाई सोही वातावरणमा रहन दिन मन्दिर परिसरमा सवारी साधन निषेध गर्न... |
विजय नेपाल तातोपानी नाका खुलाउन चीनले ‘ग्रीन सिग्नल’ दिएको छ । नेपाल र चिनियाँ पक्षबिचको संयुक्त सुरक्षा बैठकमा चिनियाँ पक्षले यस्तो संकेत दिएको हो।,सो बैठकमा चिनियाँ पक्षले संयुक्त सुरक्षा संयन्त्रको खाका नै प्रस्तुत गरेको छ। ‘जोइन्ट कमाण्ड मेकानिज्म एग्रिमेन्ट’ मार्फत दुवै देशको सीमा सुरक्षामा समान उपस्थिति जनाउन ची... |
नारायण खड्का दाङ तुलसिपुरका १४ बर्ष उमेरका ६ जना बालिका तीन दिनदेखि बेपत्ता भएका छन्।,एकै पटक ६ जना बालिका बेपत्ता भएपछि आफन्तले मंगलबार प्रहरीलाई खोजिदिन आग्रह गरेका छन्। ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायव निरीक्षक रामबहादुर जिसीका अनुसार पुस ९ गते बिहान (आइतवार) देखि उनीहरू ६ जनै बेपत्ता भएको भन्ने जाहेरी ... |
सेतोपाटी संवाददाता खोटाङका नव निर्वाचित सांसदहरुले हालैको आम निर्वाचनमा स्थानीयले दिएको जनमत खेर जान नदिने बाचा गरेका छन्।,रिपोर्टर्स क्लब नेपालमा खोटाङमा जन्मिएर राजधानीमा पत्रकारिता गर्दै आएका यूवाहरुले आयोजना गरेको शुभकामना आदान प्रदान कार्यक्रममा बोल्दै सांसदहरूले यस्तो बाचा गरेका हुन्।,जिल्लाको समग्र शिक्षा, स्वा... |
नारायण महर्जन काठमाडौं महानगरपालिका उपमेयर हरिप्रभा खड्गीको भ्रमण क्रममा संरक्षण अभियन्ताले रानीपोखरीको गेटमा लगाएको ताला केही समयपछि दिउँसो मेयर विद्यासुन्दर शाक्यले तोडेका छन्।,बिहान रानीपोखरी अवलोकनको क्रममा पुगेकी उपमेयर हरिप्रभाले खड्गीले 'पुरातत्वको स्वीकृति विना बनेको रहेछ' भनेकी थिइन्। उनको अबलोकन क्रममै पुरात... |
नारायण खड्का दाङको तुलसीपुरका ६ जना १४ वर्षीया दलित बालिकाहरू पोखरामा रहेको खुल्न आएको छ। चारदिनदेखि सम्पर्कविहिन बालिकामध्ये केहीले सामाजिक सञ्जालमार्फत आफूहरू पोखराको होटलमा रहेको अवगत गराएको अभिभावकले प्रहरीलाई जानकारी दिएका छन्।,तुलसीपुर उपमहानगरपालिका वडा नं. ५ बसपार्क निवासी ६ दलित बालिका सम्पर्कविहिन भएपछि उनीह... |
सुजिता कार्की आर्थिक अभावमा बैतडी र दार्चुलाका अधिकांश लघुजलविद्युत् आयोजना धमाधाम बन्द हुँदै गएका छन्।,लघुजलविद्युत् आयोजना बन्द हुँदा दार्चुलाको लेकम गाउँपालिका–१ शर्मोलीका १२० घरपरिवार अन्धकारमा बस्न बाध्य भएका त्यहाँका स्थानीय बासिन्दाले बताएका छन्।,लेकम गाउँपालिका–१ चौडमा रहेको ११.५ किलोवाट क्षमता भएको दानुगाड लघ... |
सुजिता कार्की कठ्याङ्ग्रिने जाडो बढ्दै गएपछि कर्णाली क्षेत्रको जनजीवन निकै कष्टकर बन्दै गएको छ।,अत्यधिक जाडोका कारण यहाँका नागरिकका लागि बिहान बेलुकाको समय सकसपूर्ण छ। जाडोका कारण तल झर्नेहरूको पनि त्यत्तिकै ओइरो छ।,हवाईजहाज मात्र नभई गाडीमा दक्षिण झर्नेहरूको भीड छ। अत्यधिक चिसोबाट वृद्ध, अशक्त, महिला र बालबालिका सबैभ... |
सुदीप श्रेष्ठ उता मौसम खुलेन, यता जहाज उडेन।,दुई दिन यस्तै भएपछि तेस्रो दिन एयरपोर्ट धाउने धैर्य गरेनन्। बिहानै कलंकी गए। बस चढे। लागे, भैरहवा।,बाटोभरी श्रीमतीले तारन्तार फोन गरिरहिन्। अस्तिदेखि एउटै कुरा दोहोर्याइरहेकी छन्, ‘यात्रा लामो छ, नआत्तिनू। दुःख परे, मलाई सम्झिनू।’,रामबहादुर तामाङ गोले हिँडडुल गर्न सक्दैनन्,... |
Subsets and Splits
No community queries yet
The top public SQL queries from the community will appear here once available.