content stringlengths 20 64.1k ⌀ |
|---|
सुजिता कार्की सुनसरी सदरमुकाम इनरुवामा सोमबार मुस्लिम समाजले विरोध प्रदर्शन गरेको छ ।,रोहिंग्या मुसलमानमाथि भइरहेको नरसंहारको विरोध गर्दै सरकारको ध्यानाकर्षण गराउनका लागि विरोध प्रदर्शन गरेको हो ।,इनरुवामा र्याली प्रदर्शन गर्दै प्रशासन कार्यालय पुगेका मुस्लिम अगुवाले प्रमुख जिल्ला अधिकारी गोपालप्रसाद पराजुलीमार्फत प्... |
सेतोपाटी संवाददाता काभ्रेपलाञ्चोकमा बोलेरो दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ ।,मङ्गलबार बिहान काभ्रेपलाञ्चोकको रोशी गाउँपालिका–३ शिखरआम्बोटेको निङ्गालेमा १७ जना यात्रु बोकेको बोलेरो दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।,बनेपाबाट डाँडापारी जाने क्रममा शिखरआम्बोटेको निङ्गाले भन्ने ठाउँमा पुग्दा बिहा... |
सुजिता कार्की सप्तरी जिल्लामा तेस्रो चरणको निर्वाचन सकिएपछि वडादशैंका अवसरमा जिल्लामा रहेको दुई शक्तिपीठसहित धार्मिकस्थलमा श्रद्धालु भक्तजनको चहलपहल बढेको छ ।,पूर्वाञ्चलकै प्रसिद्ध छिन्नमस्ता शक्तिपीठ र भारदहमा रहेको कंकालनी भगवती मन्दिरमा भक्तजनको निकै भीड लागेको छ । उक्त मन्दिरमा घटस्थापनादेखि नै ठूलो संख्यामा श्रद्... |
सुजिता कार्की सुर्खेत उपत्यकालाई नक्सामा मात्र होइन भिडियोमा पनि देख्न पाइने भएको छ ।,उपत्यकाको बृहत्तर गुरुयोजनाअन्तर्गत यहाँको सबै वस्तुस्थितिलाई ड्रोन क्यामरामार्फत भिडियो दृश्यका रुपमा देखाइने भएको हो ।,आजदेखि ड्रोन क्यामरामार्फत सबै दृश्य उतारेर डकुमेन्ट्रीमार्फत प्रस्तुत गरिने वीरेन्द्रनगर नगरपालिकाका प्रमुख देव... |
सुजिता कार्की भद्रपुर नगरपालिका क्षेत्रमा ३१.५ किमी कालोपत्रे सडक सञ्जाल विस्तार हुने भएको छ ।,लुम्बिनी गजुरमुखी–एपेक्स(जेभी) का निर्देशक प्रकाशमान कडरियाका अनुसार भद्रपुर नगर क्षेत्रमा सडक तथा ढल निकासका लागि सडकको दुवैतर्फ पक्की नालाका साथै जनता चोकको कल्भर्टबाट मेची नदीसम्म तीन मिटर चौडाइको १.५ किमी लामो पक्की नाला... |
सुजिता कार्की रामपुर नगरपालिका–१० मनभागा क्षेत्रका स्थानीयवासीलाई एक गाग्री पानी लिन दैनिक चार घण्टाको पैदल हिँड्नुपर्ने बाध्यता छ ।,यहाँका स्थानियवासीले वर्षौंदेखि यो समस्या भोग्दै आएपनि समस्याले भने अझसम्म पार पाउन सकेको छैन ।,गाउँदेखि तल रहेको किर्लोखोलाबाट गाग्रीमा पानी बोकेर माथि गाउँमा लैजान निकै समस्या छ । उनीह... |
सुजिता कार्की पञ्चकन्या गाउँपालिका–२ कविलासमा आज अपराह्न भएको दुर्घटनामा एक जनाको ज्यान गएको छ ।,कविलासबाट काठमाडौंतर्फ अदुवा बोकी गइरहेको बा२ ख.३०८८ नंको आइचर कंको गाडी अनियन्त्रित भई कविलास–छहरे सडक खण्डमा दुर्घटना हुँदा सोही वडाका १३ वर्षीय बलराम मिश्रको मृत्यु भएको जिल्ला प्रहरी कार्यलयका प्रहरी नायब उपरीक्षक मधुक... |
प्रकाश ढुंगाना दसैंलाई मध्यनजर गरेर प्रहरीले ३२ स्थानमा ट्राफिक चेकिङ गर्ने भएको छ। महानगरीय प्रहरी कार्यालयमा आज पत्रकार सम्मेलन गरी एआइजी जयबहादुर चन्दले उपत्यकाका ३ वटा जिल्लामा नियमित चेकिङ ३२ स्थानमा र विशेष चेकिङ स्थानहरु हेरेर गरिने बताए।,ट्राफिक चेकिङका लागि महानगरीय ट्राफिक महाशाखालाई निर्देशन दिइसकेको उनले ... |
सेतोपाटी संवाददाता छुट अस्थायी करार शिक्षक संघर्ष समितिले शिक्षा ऐन नवौं संशोधन तत्काल परिमार्जन गरेर अघि बढ्नुपर्नेमा जोड दिएको छ।,मंगलबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरेर समितिले राज्यले अहिले नवौं संशोधन ल्याएर विभेदकारी नीति लिएको आरोप लगाएको छ ।,कार्यक्रममा बोल्दै संघर्ष समितिका अध्यक्ष भरत केसीले एउट... |
सुजिता कार्की काठमाडौं उपत्यकाबाट दशैं मनाउन हालसम्म १९ लाख यात्रु बाहिरिएका छन् ।,महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रवक्ता उमेश रञ्जितकारका अनुसार गत भदौ २० गतेदेखि उपत्यकाबाट बाहिरिएका यात्रुको संख्यालाई दशैंका लागि बाहिरिनेको सूचीमा राखिएको छ । उपत्यकाबाट बाहिरिनेको संख्याभन्दा भित्रिनेको संख्या भने निकै न्यून छ ... |
सुजिता कार्की दशैं सुरू भएसँगै सोलुखुम्बुको अधिकांश सरकारी कार्यालय प्रमुखविहीन बनेका छन् । दशैं बिदा हुनु तीन दिन बाँकी हुँदादेखि नै कार्यालय प्रमुख बिदामा बस्दा कार्यालयहरू प्रमुखविहीन बनेका हुन् ।,कतिपय कार्यालय प्रमुखले निमित्त दिएर गएका छन् भने कतिपय कार्यालय कार्यालय सहयोगीले खोल्ने र बन्द गर्ने गरेका छन् । कार्... |
सुजिता कार्की स्थानीय तहमा पदाधिकारी निर्वाचित भएर आएपछि सामाजिक सुरक्षा भत्ता घर दैलोमै पुगेर वितरण गर्न थालिएको छ ।,यसअघि संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले कर्मचारीबाट बदमासी भएको पाइएपछि लाभग्राहीलाई बैंक खातामार्फत भत्ता दिँदै आएको थियो त्यसबाट वृद्ध तथा अशक्तले ज्यादै झण्झट र दुःख सास्ती व्यहोर्नु परेकाल... |
चेतना गुरागाईं इन्डोनेसियाको बालीस्थित माउन्ट आगुङमा ज्वालामुखी विस्फोट सम्भावना बढेको छ। सोमबार माउन्ट आगुङमा सयौं कम्पन मापन गरिएका र पृथ्वीको गर्भबाट म्याग्मा बाहिरी सतहमा आउन माथि सरिरहेको संकेत मिलेको अधिकारीहरूले जनाएका छन्।,सोमबार मात्र ५६० भन्दा बढी कम्पन मापन गरिएको थियो। यो कहिले विस्फोट हुन्छ अनुमान गर्न नस... |
सुजिता कार्की पोखराको पृथ्वीचोकस्थित लखन थापाको शालिक रहेको आइल्याण्डलाई साँघुरो बनाउने काम सुरू गरिएको छ ।,सडकको मापदण्डअनुसार आइल्याण्ड साँघुरो बनाउन हाल लखन थापाको शालिक झिकेर सुरक्षित स्थानमा राखिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीका प्रमुख विश्वराज अधिकारीले जानकारी दिए।,धेरै फराकिलो हुँदा ट्राफिक व्यवस्थाप... |
सुजिता कार्की सुनसरी कोशी गाउँपालिका–८ का वडाध्यक्षसहित १२ जना जुवाडेलाई आज इनरुवामा सार्वजनिक गरिएको छ।,जिल्ला प्रहरी कार्यालय सुनसरीले पत्रकार सम्मेलनको आयोजना गरी उनीहरूलाई सार्वजनिक गरिएको हो । सार्वजनिक गरिएका सबै जनालाई प्रहरीले तीन दिनअगाडि सुनसरी कोशी गाउँपालिका–८ भण्टाबारी क्षेत्रबाट पक्राउ गरेका थिए ।,पक्राउ... |
सुजिता कार्की जनपद प्रहरीमा भर्ना हुन सुदूरपश्चिमका नौवटा जिल्लाबाट पाँच हजार २५८ जनाले आवेदन दिएका छन् ।,सबैभन्दा बढी कैलालीबाट एक हजार ३९९ महिला तथा पुरुषले दर्खास्त दिएका छन् । सुदूरपश्चिम क्षेत्रीय प्रहरी तालिम केन्द्र दीपायलका प्रहरी नायब उपरीक्षक शंकरदत्त भट्टका अनुसार कञ्चनपुरमा ८४४, डडेल्धुरामा ३०१, बैतडीमा ४०... |
सेतोपाटी संवाददाता ५० हजार अमेरिकी डलरसहित रसुवा प्रहरीले एक जना चिनियाँ महिलालाई पक्राउ गरेको छ।,काठमाडौंबाट केरुङ्ग जान लागेकी ४७ वर्षीया लि ल्वागको साथबाट ५० हजार अमेरिकी डलर बरामद भएको हो ।,उनले झोलामा लुकाइ लैजान लागेको सयका दरको ५ सय ३५ थान नोट र ५० को १ सय ३० थान डलर रसुवागढी नाकाबाट प्रहरीले बरामद गरेको रसुवाक... |
गोपाल काफ्ले मोरङको कानेपोखरी गाउँपालिका-३, हरकपुरस्थित एक घरमा आगलागी हुँदा एकै घरका चार जनाको जलेर मृत्यु भएको छ। बिहिबार बिहान २ बजे लागेको आगोले ५६ वर्षिय चन्द्र कुमार राई, ५० वर्षिय पार्वता राई, ४५ वर्षिय बिष्णुकुमारी राई (तामाङ) र ८५ वर्षिय गंगामाया राईको आगोले जलेर मृत्यु भएको हो ।,चन्द्र कुमार राई घरमुली हुन्।... |
सेतोपाटी संवाददाता जवरजस्ती करणी गरेको भनि झुट्टा जाहेरी दरखास्त दिने एक जना महिलालाई प्रहरीले पक्राउ गरेको छ ।,आफुलाई जबरजस्ती करणी गरेको भन्दै प्रहरी परिसर काठमाडौंमा जाहेरी दरखास्त दिने धादिङ्ग छत्रेदेउराली १ घर भइ काठमाडौं तारकेश्वर बस्ने २६ वर्षकी शारदा क्षेत्रीलाई पक्राउ गरिएको एसएसपी रबिन्द्र धानुकले बताए।,उनले... |
सुजिता कार्की अवैधरुपमा चीन लैजान लागेको डलरसहित एक चिनियाँ नागरिक पक्राउ परेकी छन् ।,जिल्ला प्रहरी प्रमुख शरतकुमार थापा क्षेत्रीका अनुसार पक्राउ पर्नेमा ४७ वर्षीया चिनियाँ महिला लि वान रहेकी छन् । उनको साथबाट १०० र ५० दरका ५० हजार अमेरिकी डलरसहित उनलाई रसुवागढी नाकाबाट बुधबार पक्राउ गरिएको हो ।,आज बिहान पत्रकार सम्मे... |
सुजिता कार्की कानून, न्याय तथा संसदीय व्यवस्थामन्त्री यज्ञबहादुर थापाले विजयादशमीका अवसरमा पोखराको बिन्ध्यवासिनी मन्दिरमा आजदेखि सुरू भएको नवदुर्गा महोत्सव शुभारम्भ गरेका छन्।,बिन्ध्यवासिनी धार्मिक क्षेत्र विकास समितिको आयोजनामा सुरू भएको सो महोत्सव असोज १३ गते महानवमीको दिनसम्म सञ्चालन हुनेछ ।,महोत्सवको शुभारम्भपछि ब... |
सुजिता कार्की चितवनमा पछिल्लो चौध दिनमा २८ जनामा स्क्रब टाइफस रोगको संक्रमण देखिएको छ ।,गत भदौ २० देखि असोज ३ गतेसम्म विभिन्न अस्पतालबाट प्राप्त प्रतिवेदनअनुसार २८ जनामा संक्रमण देखिएको हो । गत भदौ २० गते १५४ जनामा रोग देखिएको थियो । अहिले बढेर रोगको संक्रमण १८२ जनामा पुगेको जिल्ला जनस्वास्थ्य कार्यालय चितवनले जनाएको ... |
सुजिता कार्की सर्लाहीका ४७ वर्षीय विकु पण्डित हिन्दुहरुको चाडपर्व अनुसार विगत १८ वर्षदेखि माटोको मुर्ति बनाउँदै आएका छन्। दशैंको अवसरमा उनी र उनका साथीहरुले देवीको माटोको मुर्ति बनाउन सुरु गरेका थिए।,उनले यही दशैंमा काठमाडौंका विभिन्न स्थान पशुपति क्षेत्र, क्षेत्रपाटी, बौद्द, गोर्को, सानेपा, कुपोण्डोल, हनुमास्थान र ब... |
रासस गएरातिदेखि प्रसारण लाइन अवरुद्ध हुँदा चिलिमे जलविद्युत् गृहको २२ मेगावाट क्षमताको विद्युत् उत्पादन बन्द भएको छ ।,प्रमुख जिल्ला अधिकारी हिरादेवी पौडेलका अनुसार धुञ्चेग्राङ क्षेत्रको विद्युत् राष्ट्रिय लाइन बिग्रिएको र मर्मतका लागि केन्द्रबाट आवश्यक प्राविधिक जनशक्ति आज बिहानै काठमाडौँबाट मर्मतका लागि हिँडिसकेको छ ... |
सुजिता कार्की रामेछाप बजारबाट काठमाडौं आउँदै गरेको बस शुक्रबार बिहान दुर्घटना हुँदा तीन जनाको ज्यान गएको छ।,शुक्रबार करीब पौने १० बजेतिर रामेछाप बजारबाट आउँदै गरेको बा २ ख ६३७५ नम्बरको बस मन्थली बजार नआइपुग्दै दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ।,घटनाको विस्तृत विवरण आइसकेको छैन। घाइतेको उद्धारक... |
सुजिता कार्की महानगरीय प्रहरी प्रभाग नागढुंगाले २८ वटा मरेका खसीबोका बरामद गरेको छ ।,प्रभागबाट खटिएको टोलीले आज बिहान जाँचका क्रममा ना ५ ख १६८३ नम्बरको गाडीमा ल्याउँदै गरेको अवस्थामा फेला पारेको हो । प्रभागले मरेका खसीबोकासहित सवारी चालक युवराज पोखरेल, सहचालक दिपेश ढुंगाना र राजु बगालेलाई नियन्त्रणमा लिएको हो ।,प्रभाग... |
चेतना गुरागाईं विश्वकै धनी महिला लिलियान बेटेनकोर्टको निधन भएको छ। श्रृंगार सामान उत्पादक कम्पनी लोरियलकी मालिक ९४ वर्षीया लिलियानको घरमै मृत्यु भएको बिबिसीले जनाएको छ।,सन् २०१७ मा लिलियानको कुल सम्पत्ति ४० अर्ब डलर रहेको बताइको छ। उनी विश्वकै धनी महिला थिइन्।,उनको कम्पनी लोरियल विश्वकै अग्रणी कम्पनी हो जसले सबै किसिम... |
चेतना गुरागाईं बंगालको खाडीबाट आएको न्यूनचापीय क्षेत्रको प्रभावले नेपालमा बदली र वर्षात् भएको छ ।,मनसुन रहिरहेकाले देशैभर वर्षात् भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । न्यूनचापीय क्षेत्र बंगालको खाडीबाट नेपालको पूर्वी मध्य भेग हुँदै अहिले पश्चिममा पुगेको र मनसुनी गतिविधि पनि सक्रिय रहेकाले बदली र वर्षात् भएको मौस... |
सुजिता कार्की जिल्ला मुस्ताङ जोड्ने एक मात्र सडक बेनी–जोमसोम–कोरल्ला सडक तीन दिनदेखि अवरुद्ध बनेको छ । म्याग्दीको अन्नपूर्ण गाउँपालिकास्थित काभ्रेभिरमा गएको पहिरोका कारण सडक अवरुद्ध बनेको हो ।,गत बुधबार दिउँसोदेखि लगातार परेको वर्षाका कारण सडक अवरुद्ध बनेपछि हजारौँ तीर्थयात्री अलपत्र परेका छन् । खासगरी सोह्रश्राद्धमा ... |
सेतोपाटी संवाददाता सत्तारुढ दल नेपाली कांग्रेसका नेता एवम् पूर्वमन्त्री दिपक खड्काले मुलुक यतिवेला चुनावी वर्षमा रहेको बताउँदै सबै निर्वाचन सम्पन्न भएपछि संविधान कार्यान्वयन हुने विश्वास व्यक्त गरेका छन्।,शुक्रबार काठमाडौंमा आयोजित शिखर नेपालको १४ औं वार्षिकोत्सवमा बोल्दै नेता खड्काले यस्तो बताएका हुन् । शिखर नेपालले ... |
सेतोपाटी संवाददाता यस वर्षको हेम–सुनिल जोखिपूर्ण टेलिभिजन पत्रकारिता पुरस्कार भरतबन्धु थापाले प्राप्त गरेका छन्। नेपाल पत्रकार महासंघ नेपाल टेलिभिजन प्रतिष्ठान शाखाले स्थापना गरेको पुरस्कार थापा र धादिङका पत्रकार शिव सिलवाल सयुक्त रुपमा प्रदान गरिएको हो।,देशभरबाट प्राप्त १३ वटा रिपोर्टमध्ये एभिन्युज टेलभिजनको खबरभित... |
शान्ति तामाङ काठमाडौंकी ‘कुमारी’ देवी नौ वर्षपछि यसपालि दसैं अवसर पारेर परिवर्तन गरिने भएको छ।,गणतन्त्र स्थापनापछिको पहिलो कुमारी मतिना शाक्यको उमेर १२ वर्ष पुगेकाले महाअष्टमीको दिन परिवर्तन गर्न लागिएको हो।,‘१२ वर्ष पुगेपछि कुमारी परिवर्तन गर्ने चलन छ,’ वसन्तपुरस्थित कुमारी घरका प्रतिनिधि गौतम शाक्यले सेतोपाटीसँग भने... |
शान्ति तामाङ भुइँचालोपछि सुरु एकीकृत बस्ती विकास अवधारणा सहर हुँदै गाउँ पस्यो। काभ्रेको पहरी बस्ती र सिन्धुपाल्चोकको गिरानचौरमा गत वर्ष नै एकीकृत बस्ती ठडिए। सुविधासम्पन्न ललितपुर महानगरको पीलाछेँ पुनर्निर्माण परियोजनामा भने दुई वर्षदेखि एक इँटा थपिएको छैन।,नयाँ बस्ती बनेपछि भुइँचालोको सास्तीबाट मुक्ति पाइने आशमा रहेक... |
सेतोपाटी संवाददाता गुण्डा नाइके चक्रे मिलन समूह र प्रहरीबीच काठमाडौंमा गोली हानाहान भएको छ।,काठमाडौं ३२ पेप्सीकोलामा भएको गोली हानाहानमा प्रहरीको गोली लागेर चक्रे मिलनका एक सहयोगी रामेश्वर गौतम घाइते भएको महानगरीय अपराध महाशाखाका एसएसपी दिवेश लोहनीले सेतोपाटीलाई जानकारी दिए।,शुक्रबार साँझ प्रहरीको टोलीमाथि चक्रे मिलन ... |
भगवती पाण्डे ,बुटवल–तानसेन सडक खण्डको दोभान नजिकै खसेको पहिरोमा पुरिएर तीन जनाको मृत्यु भएको छ । एक जना महिला घाईते भएकी छन्। पाल्पा तिनाउ गाउँपालिकामा रहेको सिद्धबाबा मन्दिर नजिकै माथिबाट खसेको ढुंगे पहिरोमा परी एउटा कार र ट्रक पुरिएका हुन्।,शुक्रबार साँझदेखि ढुंगा खसेर अवरुद्ध भएको सडक शनिबार बिहान एकतर्फी खुलेपछि ... |
सुजिता कार्की छाती दुखेर औषधि गर्न आएका एक बिरामीको दमकस्थित एक अस्पतालमै मृत्यु भएपछि मृतकका आफन्तले प्रहरीमा उजुरी दिएका छन् ।,एड्भान्स हेल्थ केयर सेण्टरमा औषधि गर्न आएका दमक–६ बस्ने ४४ वर्षीय नवीन रानामगरको मृत्यु भएपछि उनीहरूका आफन्तले बिरामीको मृत्युमा अस्पतालको लापर्बाहीबाट भएको भन्दै अस्पतालविरुद्ध प्रहरी कार्य... |
सुजिता कार्की पछिल्लो दशकमा बढ्दो समस्याका रुपमा रहेको मिर्गौलाका बिरामीका लागि मिर्गौला प्रत्यारोपणको काम चितवनको सरकारी अस्पताल भरतपुर अस्पतालले थाल्ने तयारी गरेको छ ।,कुल जनसंख्याको करीब १० प्रतिशतमा कुनै न कुनै किसिमको मिर्गौलाको समस्या हुने गरेको बताइन्छ । तिनीहरूमध्ये नेपालमा वर्षमा करीब तीन हजारलाई मिर्गौला प्... |
सेतोपाटी संवाददाता ,फोटो पत्रकार एवम् एभिन्यूज टेलिभिजनका पत्रकार भरतबन्धु थापालाई ५१ हजार रूपैयाँ राशीको हेम-सुनिल जोखिमपूर्ण टेलिभिजन पत्रकारिता पुरस्कार दिने निर्णय भएको छ।,नेपाल टेलिभिजनका धादिङ सम्वाददाता शिव सिलवाल र एभिन्युज टेलिभिजनका सम्वाददातासमेत रहेका फोटो पत्रकार भरतबन्धु थापालाई संयुक्त रुपमा प्रदान गरि... |
सुजिता कार्की दशैंमा बढी मासुको खपत हुने र मासुका विभिन्न परिकार खाने प्रचलनले स्वास्थ्यमा गम्भीर संकट निम्त्याउन सक्ने जनाउँदै चिकित्सकले सचेत हुन आग्रह गरेका छन् ।,दशैंमा बढी जोशिएर रातो (खसी, रांँगा र बढी बोसो हुने बगुर र बँदेल ) मासु सकभर नखान उनीहरूले सल्लाह दिएका छन् । आफन्त, नातागोता र साथीभाइसँग मिलेर मासुका स... |
सुजिता कार्की नेपाल प्रहरी श्रीमती सङ्घद्वारा सञ्चालित आसरा सुधार केन्द्र रानीबारीले गत बीस वर्षमा दुई हजार ५१३ लागूऔषध प्रयोगकर्ताको उपचार गरेको छ ।,केन्द्रले लागूऔषध प्रयोगका कारण विसं २०५४ देखि हालसम्म भर्ना भएका चार हजार ७८ मध्ये दुई हजार ५१३ जनाको उपचार गरेको केन्द्रका सचिव रम्भा लामाले बताईन् ।,केन्द्रमा उपचारका... |
सुजिता कार्की पानीसँगै आएको चट्याङ लागेर खाँदबारी नगरपालिका– ६ पाङ्ठामा एक जनाको मृत्यु भएको छ ।,शनिबार राति ११ बजे परेको चट्याङ लागेर ४५ वर्षीया हर्कमाया तामाङको घटनास्थलमै मृत्यु भएको प्रहरी नायब उपरीक्षक सन्तोष खड्काले बताए । पानी परेसँगै गड्याङगुडुङ गरेपछि बिजुली निभाउन जाने क्रममा उनलाई चट्याङ लागेको थियो । जिल्ल... |
सुजिता कार्की शिक्षा राज्यमन्त्री शेषनाथ अधिकारीले अपांगता भएका केही विद्यार्थीलाई छात्रवृत्ति तथा केही अपांगमैत्री आवासीय विद्यालय निर्माणका लागि सरकारले तत्काल ६५ लाख रुपैयाँ छुट्ट्याएको बताएका छ ।,नेत्रहीन युवा संघ नेपालको पाँचौँ साधारणसभाको उद्घाटन गर्दै उनले दृष्टिविहीन विद्यार्थीलाई चित्र, गणित र विज्ञानका विषय... |
सुजिता कार्की विसं २०७२ वैशाख १२ गतेको भूकम्पबाट क्षतिग्रस्त काष्ठमण्डप (मरु सतः) को पुनर्निर्माण कार्य अझै सुरू हुन सकेको छैन ।,विश्वलाई नै नेपालको छुट्टै परिचय दिलाउने काष्ठमण्डप झण्डै एक हजार ३०० वर्ष पुरानो रहेको छ । काष्ठमण्डपको क्षतिग्रस्त भएसँगै काष्ठमण्डपलगायत यो र योसँग जोडिएको अमूर्त सम्पदा पनि ध्वस्त भएको थ... |
रासस महानगरीय ट्राफिक प्रहरी महाशाखाले दशैं, तिहार, छठलगायत चाडपर्वमा मादक पदार्थ सेवन (मापसे) जाँचलाई कडाइ गर्ने भएको छ ।,चाडपर्वको समयमा धेरै मानिस मापसे गरेर सवारी चलाउने र दुर्घटना धेरै हुने गरेको भन्दै मापसेलाई कडाइ गर्न लागेको हो ।,महाशाखाका प्रमुख सर्वेन्द्र खनालले चाडपर्वमा धेरै मापसे सेवन गर्ने र लापरबाहीपूर्... |
रासस महादेवस्थान स्वास्थ्यचौकीमा बालबालिकालाई खुवाउने सिटामोल सकिएको महिना दिन भयो । स्वास्थ्यचौकीको सूचना बोर्डमा सिटामोल सकिएको सूचना टाँसिएको छ ।,खाद्यान्न, पानी, शिक्षा, विद्यालयबाट बञ्चित बेनिघाट रोराङ गाउँपालिका वडा नं २ ब्रुसवाङकी २२ वर्षीया शुक्रिमाया चेपाङको पेटमा पाँच महिनाको बच्चा छ । तीन बच्चाको आमा भइसक्न... |
सेतोपाटी संवाददाता अज्ञात समूहले काठमाडौंको बुढानिलकण्ठस्थित चुडामणी शर्माको घरमा बम विस्फोटको प्रयास गरेको छ।,भ्रष्टाचारको मुद्दा खेपिरहेका शर्माको घरमा गएराती साढे ११ बजेतिर सिलिण्डर बम विस्फोटको प्रयास भएको हो।,२ वटा ग्यास सिलिण्डरमा ग्यास लगाएर अज्ञात समूह भागेको काठमाडौं प्रहरी परिसरका प्रमुख एसएसपी रविन्द्रबहादु... |
सेतोपाटी संवाददाता पद्मकन्या क्याम्पसकी प्राध्यापक साबित्रा पन्तको नाममा स्थापित छात्रवृत्ती पुरस्कार तीन जनालाई प्रदान गरिएको छ।,पद्मकन्या क्याम्पसको ६७ औ वार्षिकोत्सबको आवसरमा पन्तको स्मृतिमा स्थापित अक्षयकोषबाट ३ जना छात्राहरुलाई पुरस्कार बितरण गरिएको हो।,पद्मकन्या क्याम्पसमा प्राध्यापनरत साबित्रा पन्त २०७३ चैत मसा... |
सेतोपाटी संवाददाता ,दशैं तथा विश्व मुटु दिवसको अवसरमा ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालले मुटु परीक्षण विशेष प्याकेज अफर ल्याएको छ।,कार्डियाक स्पेशल प्याकेज नाम सहित अघि सारिएको अफर अन्तर्गत २ हजार ९ सय ९९ रूपैयाँमा मुटु परीक्षण गराउन सकिने ब्यवस्था मिलाएको छ।,प्याकेज अफरमा डाक्टरसँगको कन्शल्टेसन, सिबिसी, ग्लुकोज फास्... |
रासस सिन्धुपाल्चोक जिल्लाको मेलम्ची नगरपालिका–१३ छापभञ्ज्याङबाट मानव बेचबिखनमा संलग्नलाई आइतबार साँझ प्रहरीले एक जनाई पक्राउ गरेको छ ।,आफ्नै नाताभित्रकोे एक महिलालाई बेचेको अभियोगमा मानव बेचबिखन तथा ओसारपसार मुद्दा चलाएका छापभञ्ज्याङका २६ वर्षीय सुवास सार्की २०६९ चैत २८ गतेदेखि फरार रहेका थिए ।,विशेष सूचनाका आधारमा प्... |
रासस वर्षातका कारण अवरुद्ध भएका डडेल्धुराका ग्रामीण सडक सञ्चालन भएका छन् । वर्षातको समयमा बिग्रिएको सडक मर्मतका साथै पहिरो हटाएपछि करीब डेढ दर्जन ग्रामीण सडक सञ्चालन भएका हुन् ।,बगरकोट शिराड, ढिमौला भद्रपुर, ढिमौला चिपुर, उग्रतारा मेलौली, अनार खोली देवललगायत डेढ दर्जन ग्रामीण सडक खुलेसँगै यातायातका सवारीसाधन सञ्चालनम... |
रासस प्रदेश नं २ मा तेस्रो चरणको स्थानीय तह चुनावमा आज मतदान गरेर घर फर्किरहेको अवस्थामा एकजनाको बीचबाटोमै मृत्यु भएको छ ।,धनुषाको बटेश्वर गाउँँपालिकामा मतदान गरेर घर फर्किरहेका बटेश्वर गाउँपालिका–१ का अन्दाजी ५५ वर्षीय योगेन्द्र सिंहको मृत्यु भएको छ ।,स्थानीय मतदान केन्द्रमा मतदान गरेर घर फर्किने क्रममा उनको मृत्यु भ... |
सेतोपाटी संवाददाता ,बनावटी ट्रक दुर्घटना गरी बीमा वापतको रकम ठगी गर्न खोज्ने ४ जनालाई मकवानपुर प्रहरीले पक्राउ गरेको छ।,मनहरीका उज्वल कडेँल, हेटौंडा ११ का सन्तोष खत्री, हेटौंडा १९ का निर्मल सुवेदी र हेटौंडा १३ का मणी लामालाई पक्राउ गरिएको एसपी विकाशराज खनालले जानकारी दिए।,ना५ ख ७२९७ को ट्रक गत भदाैं २५ गते नवलपरासी भ... |
चेतना गुरागाईं सूचना तथा सञ्चार मन्त्रालयको प्रेस सल्लाहकारमा सिन्धुपाल्चोकका सिबी खड्का नियुक्त भएका छन्।,मन्त्रिपरिषद्को आज बसेको बैठकले उनलाई सो पदमा नियुक्त गरेको हो । सिन्धुपाल्चोक, साविक कालिका गाविसमा २०३२ सालमा जन्मनुभएका खड्का २० वर्षदेखि नेपालको पत्रकारिता क्षेत्रमा क्रियाशील छन्।,‘तरुण’ साप्ताहिक, ‘गतिविधि’... |
भानुभक्त सरकारले उपचारमा लापरबाही गर्ने डाक्टरलाई क्षतिपूर्ति तिराउने गरी कानुन बनाउने भएको छ।,सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले चिकित्सकहरूले उपचारका क्रममा कुनै बिरामीको ज्यान गएमा वा घाइते भएमा सम्बन्धित चिकित्सकबाटै क्षतिपूर्ति भराउने गरी विधेयक निर्माण गर्ने निर्णय गरेको हो।,साथै विधेयक निर्माणका लागि स्वास्थ्य... |
सुजिता कार्की वैदेशिक रोजगारीमा यूरोप र अमेरिका पठाउने भनी दैनिक पत्रिकामा विज्ञापन छापेर ठगी गर्ने अन्तरराष्ट्रिय गिरोह पछिल्ला दिनमा नेपालमा सक्रिय भएको छ ।,सो गिरोहले दैनिक पत्रिकामा ‘क्यानडा, यूरोप, न्यूजिल्याण्ड, सिंगापुर साथै जर्मनीमा सबै प्रकारको कामदारहरूको आवश्यकता’ भनी विज्ञापन छाप्ने गरेको छ । यसै हप्ता नेप... |
सुजिता कार्की काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिका–११ खरेलथोकमा स्थानीयवासीले गुठी जग्गा खारेजीको माग गरेका छन् ।,वर्षौंदेखि जोतभोग गरेको जग्गाको तिरो तिर्न कठिनाइ भएकाले पुनर्निर्माणका लागि गुठी जग्गामा घर बनाउन पाँच हजार रुपैयाँदेखि १० हजार रुपैयाँसम्म राजस्व तिनुपर्ने बाध्यता रहेको स्थानीय बासिन्दाले बताए ।,‘गुठीको... |
सुजिता कार्की भूमि सुधार तथा व्यवस्था मन्त्रालयले राष्ट्रिय भू–उपयोग आयोजनालाई चाहिनेजति बजेट नदिँदा भू–उपयोग नक्सा बन्न सकेको छैन ।,विसं २०५७ मा भूमिसम्बन्धी नक्सा तयार पार्ने उद्देश्यले आयोजना स्थापना गरिएको थियो । आयोजना स्थापना भएको एक दशकपछि मात्र नक्सांकन सुरू भयो । १७ वर्षमा तराईका २० जिल्लाको मात्र नक्सा तयार ... |
चेतना गुरागाईं स्कूल बसले किच्दा झापाको कमल गाउँपालिका–२ भालुगाउँका एक विद्यार्थीको आज घटनास्थलमै मृत्यु भएको छ ।,मृत्यु हुनेमा ईश्वरी न्यौपानेकी ५ वर्षीया छोरी इम्प्रेसा न्यौपाने रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।,प्रहरीका अनुसार विद्यालयबाट घर फर्किन लागेकी बालिकालाई ओराल्ने क्रममा दिउँसो २ बजे पाथीभरा ब... |
सेतोपाटी संवाददाता ललितपुर प्रहरीले यसपाली टोलसँगै दसैं मनाउने भएको छ। चाडपर्व विशेष सुरक्षा योजना सार्वजनिक गर्दै प्रहरी परिसर ललितपुरले टोलबासीलाई नै सुरक्षा दिएर दसैं मनाउन लागिएको बताए।,'चाडपर्वमा ललितपुरबासीलाई सुरक्षा दिनु हाम्रो पहिलो कर्तव्य हो, 'परिसरका प्रमुख एसएसपी गणेश ऐरले भने, 'यस वर्ष हरेक टोल टोलमा प्... |
सेतोपाटी संवाददाता जापानको विमानस्थलमा पुगेर अनुमति नपाएपछि फर्किएका कांग्रेस नेता प्रदीप पौडेलले जापानको अध्यागमनमा भएको केरकारलाई सिंगो नेपालीमाथिको दुर्व्यवहार भएको बताएका छन्।,गत आइतबार जापानको राजधानी टोक्योस्थित हानेदा अन्तर्राष्ट्रिय विमानस्थल पुगेका उनलाई स्पोन्सर गर्ने व्यक्तिका कारण अनुमति दिइएको थिइन । त्यस... |
चेतना गुरागाईं साझा प्रकाशनको सञ्चालक समितिको सदस्यबाट आज तीन जनाले राजीनामा दिएका छन्।,समिति सदस्य दीनानाथ शर्मा, प्रदीप नेपाल र प्रा डा कृष्णहरि बरालले आज विज्ञप्ति प्रकाशन गरी राजीनामा दिएका हुन्। उनीहरुले पछिल्ला समयमा साझा प्रकाशन र आफ्नो प्रतिष्ठानमा आँच आउने किसिमका समाचार बाहिर आएकाले उक्त पदमा बसिरहनु उपयुक्त... |
चेतना गुरागाईं पेट्रोलियम पदार्थको मूल्य उच्च बनाएको र यसले सामान्य जनजीवन प्रभाव परेको भन्दै आगामी बिहीबार (सेप्टेम्बर २१ गते) दिल्ली कांग्रेस कार्यकर्ताले विरोध प्रदर्शन गर्ने भएको छ।,प्रधानमन्त्री नरेन्द्र मोदी तथा मुख्यमन्त्री केजरीवालका दलले पेट्रोलियम पदार्थमा अकल्पनीय रूपमा कर दर वृद्धि गरेको बिषय मानव साङ्लो प... |
चेतना गुरागाईं राष्ट्रपति विद्यादेवी भण्डारीले भूकम्पपछि पुनःनिर्माण गरिएकोे रत्नराज्यलक्ष्मी माध्यमिक विद्यालय भवनको आज उद्घाटन गरेकी छन्।,नेपाली काँग्रेसका नेता एवं सांसद प्रकाशमान सिंह, राधेश्याम अधिकारीलगायत करिब चार सय दाताबाट संकलित एक करोड ११ लाख रुपैयाँ लागतमा आठकोठे भवन निर्माण गरिएको हो । सो विद्यालयमा दुई ह... |
सुजिता कार्की नेपालगञ्ज विमानस्थलमा दैनिक हवाई उडानको चाप बढेपछि एयर ट्राफिक जाम हुन थालेको छ ।,नेपालगञ्जबाट काठमाडौँका लागि दैनिक १० र कर्णाली अञ्चलका लागि २० वटा उडान हुन थालेपछि एयर ट्राफिक बढेको हो । हवाईजहाजको संख्या बढेपछि कर्णाली र राजधानी उडान भर्ने जहाजका लागि पार्किङ समस्यासमेत बढेको छ ।,उडान संख्या बढेसँगै ... |
सुजिता कार्की महोत्तरी जिल्लाको जलेश्वर नगरपालिका–६ मा एक परिवारले सोमबार स्थानीय तहको निर्वाचनमा भोट हाल्नका लागि आमाको अन्तिम संस्कार पनि रोकेको छ ।,जलेश्वर–६ बस्ने नरेश महरा र उनका १२ जनाको परिवारले भोट हाल्नकै लागि सोमबार उनकी आमाको अन्तिम संस्कार नगरेको स्थानीय गणेश साहले बताए ।,करीब २० वर्षपछि महापर्वकै रुपमा आए... |
सुजिता कार्की नारायणगढ मुग्लिन सडकखण्ड सहज बनेसँगै राजधानीमा रहेर चाडपर्व मनाउन बाहिरिनुपर्ने र राजधानीसहित अन्य जिल्ला जानुपर्ने यात्रु लाभान्वित भएका छन् ।,विस्तारका क्रममा रहेको सो सडकका ठाउँ–ठाउँमा पहिरो खसेपछि घण्टौँसम्म यात्रुले सडकमा बिताउनुपर्ने अवस्था थियो । सरकारी तवरबाट चाडपर्वलाई लक्षित गरी नारायणगढ मुग्लि... |
विनोद सापकोटा ,खाद्यवस्तुको मात्र यसअघि राहत पाउने झापाका गौरिगञ्ज र वाह्रदशी गाउँपालिकाका बाढीपीडित परिवारले शुक्रबार अखाद्य वस्तुको राहत सामाग्री पाएका छन्। नेपाल ग्रामिण पुर्ननिर्माण संस्था (आरआरएन) ले संयोजन गरेको सो राहत सामाग्री दुई वटा विदेशी संस्थाको प्रत्यक्ष सहभागितामा प्रदान भएको हो ।,क्यानाडाको ग्लोवल मेड... |
प्रकाश ढुंगाना अध्ययनका लागि जर्मनी पुगेका धादिङ त्रिपुरासुन्दरीका आत्माराम थपलियालाई प्रहरीले नेपाल झिकाउने तयारी थालेको छ ।,जातीय सद्भाव भड्काउने स्टाट्स लेखेको भन्दै नेपाल प्रहरीको सिआइबीले उनले नेपाल झिकाउन लागेको एसपी मिरा चौधरीले जानकारी दिइन्।,उनले लेखेका अधिकांश स्टाट्स धर्म सम्बन्धी र जातजाती सम्बन्धी छ। उनले... |
चेतना गुरागाईं ,आवासका लागि सहयोग समूह (लुमन्ती)द्वारा निर्माण गरिएका भूकम्पप्रतिरोधात्मक घर शुक्रबार एक कार्यक्रमबीच २४७ जना भूकम्पपीडित परिवारलाई हस्तातरण गरिएको छ ।,कोन्ज्योसोम गाउँपालिका– ३ दलचोकीमा निर्माण गरिएका घर स्थानीय बासिन्दालाई हस्तातरण गरिएको हो । २०७२ साल वैशाख १२ गतेको भूकम्पबाट पूर्णरुपमा क्षति भएका ... |
चेतना गुरागाईं मोटरसाइकलको ठक्करबाट तुलसीपुरका एक व्यक्तिको मृत्यु भएको छ ।,रा२प ४३९३ नंको मोटरसाइकलको ठक्करबाट तुलसीपुर–७ मोतीपुरका ६४ वर्षीय गोरे गिरीको मृत्यु भएको हो । घाइते गिरीको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।,तुलसीपुर–६ हात्तीखौवामा शुक्रबार दुर्घटनामा परी घाइते भएका गिरीको राप्ती अञ्चल अस्पतालम... |
चेतना गुरागाईं तेह्रथुमको म्याङलुङ नगरपालिकास्थित जिरिखिम्तीबजार नजिकै कृषि हाटबजारका लागि लाखौँ रुपैयाँ खर्चेर निर्माण गरिएका भवन प्रयोगविहीन छन् ।,पाँच वर्षअघि यहाँको कृषिउपजलाई बजारीकरण गर्न बनाइएका भवन र ट्रष्ट अहिलेसम्म प्रयोगमा आएका छैनन् । निर्माण गरेर प्रयोग मै नआई भवन जीर्ण बन्न लाग्दासम्म पनि यिनको प्रयोग र ... |
चेतना गुरागाईं भारतको पूर्वी उडिसा राज्यका तीन विद्यालयमा विषाक्त खानाका कारण १७० भन्दा बढी बालबालिका विरामी भएका छन्।,झण्डै ५० जना आवासीय विद्यार्थी रहेको मल्कानगिरी जिल्लाको विद्यालयका बालबालिकाहरूले शुक्रबार बिहानै अस्वस्थ महशुस गरेका थिए।,बिहानको खाजा खाने बित्तिकै उनीहरू बिरामी भएको स्थानीय अधिकारीहरूलाई उद्धृत ग... |
चेतना गुरागाईं दैलेखका विभिन्न ११ वटा स्थानीय तहमध्ये चामुण्डा विन्द्रासैनीनगरपालिकामा प्रहरीचौकी नभएपछि सुरक्षा दिन समस्या भएको छ ।,स्थानीय नागरिकको सुरक्षाका लागि प्रहरीचौकी आवश्यक भएको उक्त स्थानमा अहिले स्थानीय निकायको मुख्य केन्द्र बनेपछि झनै आवश्यकता खड्किएको छ ।,यसअघि माथिल्लो कर्णाली आयोजनाको सुरक्षाको लागि पा... |
डा. प्रदीप पाण्डे निद्रा हाम्रा लागि अपरिहार्य भए पनि कहिलेकाहीँ हामी निदाउन सक्देनौं। अहिले मान्छेहरुमा निद्रा नलाग्ने समस्या निकै बढेको छ।,निद्रा नलाग्नुका थुप्रै कारण भए पनि यो आफैंमा एउटा रोग पनि हो, जसलाई इन्सोम्निया भनिन्छ।,इन्सोम्नियाबाहेक निद्रा कुनै रोगको लक्षणको रुपमा पनि आउँछ। कोहीलाई भने निद्रा नलाग्ने मात... |
प्रकाश सिलवाल “पहिला पहिला शिक्षक सरुवा कार्यालय बाहिरबाटै हुन्थ्यो । पछि कार्यालयमा बोधार्थका पत्र आउँदा हामी छक्क पर्थ्यौं ।” जिल्ला शिक्षा कार्यालय, धनुषाका सहायक जिल्ला शिक्षा अधिकारी मेहीलाल यादव भन्छन्, “यसमा तपाईंहरु अचम्म नमान्नुहोला कि पछिल्लो समयमा शिक्षा अधिकारी कार्यालयमै भेटिन थाल्नुभएको छ ।”,केही महिना प... |
चेतना गुरागाईं कपिलवस्तु जिल्लामा एचआइभी संक्रमितका बिरामीको संख्या बढेको छ ।,हिजोआज एचआइभी संक्रमित विस्तारै खुल्न थालेपछि एचआइभी संक्रमित बिरामीको संख्या बढ्न थालेको हो ।,आर्थिक वर्ष २०७३÷७४ मा एक सय तीनजना एचआइभी संक्रमित फेला परेका छन् । अघिल्लो वर्षको तुलनामा ५२ जना एचआइभी संक्रमित थपिएका हुन् ।,आव ०७२÷७३ मा जम्म... |
चेतना गुरागाईं धामीझाँक्रीको भरमा परेर अझैपनि गाउँदेखि सहरसम्मका अधिकांश मानिसले मोतियाविन्दुका कारण आँखाको ज्योति गुमाउने गरेका छन् ।,चेतना अभावका कारण मोतियाविन्दु भएपछि झारफुक गर्न धाँमीझाक्री कहाँ जाँदा उपचार नपाएर उनीहरुले आँखाको ज्योति गुमाउने गरेका हुन् ।,मोतिविन्दु भएर आँखा पाकिसकेपछि मात्र उपचारका लागि अस्पता... |
चेतना गुरागाईं सुशासनका क्षेत्रमा क्रियाशील गैरसरकारी संस्थाको दक्षता अभिवृद्धिका लागि सञ्चालित तालिम आज यहाँ सम्पन्न भएको भएको छ ।,नेपाल सहभागितामूलक कार्य समूह (नेपान)द्वारा आयोजित श्रोत परिचालन र आर्थिक दिगोपन तालिममा देशभरिका १४ सामुदायिक संस्था र तीनवटा तिनका सहयोगी संस्था गरी १७ वटा संस्थाका ३१ जनाको सहभागिता थि... |
चेतना गुरागाईं नेपाली काँग्रेसलगायतका राजनीतिक दलहरुले शुक्रबार इटहरी उपमहानगरपालिकाले नगरपरिषद् गर्नु पूर्व बजेट तयारी गर्दा भएका त्रुटि वा भेदभावको विषयलाई लिएर प्रमुख र उपप्रमुखसमक्ष ज्ञापनपत्र बुझाएका छन् ।,नेपाली काँग्रेसका नगर सभापति हेमकर्ण पौडेलसहितका नेताले उपमहानगर प्रमुख द्वारिकलाल चौधरी र उपप्रमुख लक्ष्मी ... |
चेतना गुरागाईं भारत नियन्त्रित काश्मिरमा शनिबार भएको गोली हानाहानमा कम्तीमा दुई जना लडाकूको मृत्यु भएको छ ।,श्रीनगरदेखि १६५ किलोमिटर उत्तरपश्चिमतर्फ पर्ने कुप्वारा जिल्लामा भएको गोली हानाहानमा परी उनीहरुको मृत्यु भएको भारतीय सेनाले जनाएको छ ।,लडाकूहरु भारत नियन्त्रित कश्मिरको भित्री भागमा घुसपैठ गर्ने प्रयास गरेकाले उ... |
रोहेज खतिवडा मुलुकको सबैभन्दा ठूलो विश्वविद्यालयको केन्द्रीय विभाग कस्तो होला? यहाँका प्राध्यापकले के के सुविधा पाउलान्? प्राध्यापकका कक्ष, बैठक, शौचालय कस्तो होला?,कीर्तिपुरमा रहेको मुलुककै ठूलो र जेठो त्रिभुवन विश्वविद्यालय पुग्नुभएको छ भने तपाईंले अनुमान गर्न सकिहाल्नुहुन्छ।,त्रिवि विद्यार्थी संख्या, आंगिक सम्बन्धन... |
सुजिता कार्की आश्विन संक्रान्तिका दिन आज कालीगढले विश्वकर्माको पूजाआजा गरी विश्वकर्मा दिवस मनाउँदैछन् ।,द्वापर युगमा भगवान् कृष्णलाई राक्षसले दुःख दिएपछि विश्वकर्माले समुद्रको बीचमा ‘भेद द्वारका’ बनाइ लुकाएको धार्मिक विश्वास छ । एकै रातमा समुद्रको बीचमा ‘भेद द्वारका’ को निर्माण गरेकाले विश्वकर्मालाई सफल वास्तुविद्का र... |
सुजिता कार्की प्रदेश नं १मा पर्ने ताप्लेजुङसहित १४ जिल्लामा आजदेखि अनावश्यकरुपमा सवारीसाधनका हर्न बजाउन नपाइने भएको छ ।,प्रदेश नं १का १४ वटा जिल्लामा स्थानीय प्रशासनको निर्णयानुसार पूर्व क्षेत्रीय ट्राफिक प्रहरी कार्यालयले हर्न निषेधित क्षेत्र बनाएको हो ।,ताप्लेजुङ, पाँचथर, इलाम, झापा, मोरङ, सुनसरी, तेह्रथुम, धनकुटा, ... |
सुजिता कार्की दुई महिनादेखि अवरुद्ध रहेको परोपकार सहकारी जलविद्युत् परियोजनाको विद्युत् सेवा अझै सञ्चालन हुन सकेको छैन ।,परोपकार बहुउद्देश्यीय सहकारी संस्था लिद्वारा सञ्चालित परोपकार सहकारी जलविद्युत् परियोजनाअन्तर्गत रहेको मुसिकोट नगरपालिका–१ पौदीअमराईमा गत असार २९ गते जलेर अवरुद्ध बनेको ५० केबीको ट्रान्समिटर मर्मत स... |
सुजिता कार्की हलेसी तुवाचुङ नगरपालिकाले ४१ करोड रुपैयाँभन्दा बढीको बजेट, नीति तथा कार्यक्रम पारित गरेको छ ।,होटल हलेसी भिलेजमा शनिबार आयोजित प्रथम नगरसभाले ४१ करोड २९ लाख ४८ हजार १ सय १० रुपैयाँ बराबरको बजेट, नीति तथा कार्यक्रम पारित गरेको हो।,धार्मिक तथा पर्यटकीयस्थल हलेसी महादेवस्थान रहेको नगरपालिकाका प्रमुख इवन र... |
सुजिता कार्की जिल्लाको दमक नगरपालिकामा एक वर्षअघि निर्माण सम्पन्न भएको पूर्वाञ्चलकै पहिलो फोहरमैला प्रशोधन केन्द्र अझै सञ्चालनमा आउन सकेको छैन ।,दमकको बजारी क्षेत्रबाट निस्कने दैनिक फोहरमैलाको दीर्घकालीन व्यवस्थापन गर्ने उद्देश्यले नगरपालिकाले निर्माण गरेको प्रशोधन केन्द्र सञ्चालनमा चासो नदिँदा केन्द्र हालसम्म उपयोगमा... |
सेतोपाटी संवाददाता दसैं, तिहार र छठ पर्वलाई लक्षित गरी काठमाडौं प्रहरी परिसरले विशेष योजना लागु गरेको छ। चाडबाडका बेला हुन सक्ने सम्भावित घटनाहरुलाई न्यूनीकरणका लागि विशेष सुरक्षा योजना लागू गरेको एसएसपी रबिन्द्र बहादुर धानुकले जानकारी दिए।,दसैं मान्नका लागि धेरै जसो मानिसहरु घर गएको बेला धेरै चोरी हुदैँ आएको छ। चाडब... |
नारायण खड्का रोल्पास्थित थवाङ गाउँपालिकाका अध्यक्ष वीरबहादुर घर्तीलाई अपहरणमुक्त गरिएको छ ।,नेपाल कम्यूनिष्ट पार्टी ( विप्लव)का केन्द्रीय सदस्य बलबहादुर वली (सतल)ले सेतोपाटीलाई त्यस्तो जानकारी दिएका हुन् ।,अध्यक्ष घर्तीलाई शनिबार साँझ ७ बजेतिर रोल्पा नगरपालिका–१० भनभनेबाट पत्रकारहरूको रोहवरमा मुक्त गरिएको केन्द्रीय सद... |
सुजिता कार्की दाङका बाढीपीडितलाई मध्यनगर गर्दै निःशुल्क आँखा शिविर गरि २१४ जनाको आँखा जाँच गरिएको छ ।,नेपाल नेत्रज्योति संघ दाङकोे आयोजना तथा राप्ती आँखा अस्पताल रक्षाचौरको प्राविधिक सहयोगमा तुलसीपुर–१३ फूलबारीमा शनिबार एकदिने निःशुल्क आँखा शिविरको आयोजना गरिएको हो ।,आँखा जाँच गरिदा १५ जनाको आँखामा मोतियाबिन्दु देखिएक... |
सुजिता कार्की तेस्रो चरणअन्तर्गत सोमबार हुने प्रदेश नं २ अन्तर्गत सप्तरीमा शान्ति सुरक्षा कायम गर्न नेपाल र भारतका स्थानीय प्रशासनको संयुक्त बैठकले आजदेखि ४८ घण्टा सीमाक्षेत्र बन्द गर्ने निर्णय गरेको छ ।,सप्तरी र बिहार सुपौल जिल्लाका पदाधिकारीको सो बैठकले सीमा क्षेत्रमा सवारीसाधन चल्न नदिने र जाँच कडा पार्ने निर्णय गर... |
सुजिता कार्की नयाँ व्यवस्था अनुसार स्वास्थ्य मन्त्रालयले जिल्ला जनस्वास्थ्य कार्यालय मातहत रहेका स्वास्थ्य संस्थालाई स्थानीय तहमा हस्तान्तरण गर्ने कार्य सुरू गरेको छ ।,बाँके जिल्लाबाट शनिबार देशमै पहिलो पटक स्वास्थ्य संस्था स्थानीय निकायलाई हस्तान्तरणको सुरूवात गरिएको हो । शनिबार आयोजित कार्यक्रममा बाँके जिल्ला जनस्वा... |
सुजिता कार्की सुदूरपश्चिमभरी आज बूढी पोल्ने पर्व मनाइँदैछ ।,विजय उत्सवका रुपमा मनाइने यस पर्वमा बूढी अर्थात् राक्षसीे पुतनालाई पोल्ने गरिन्छ । पुराणअनुसार कृष्णले राक्षसी प्रवृत्तिकी पुतनालाई मारेपछि उनका साथी गोठालाले पुतनाको शव दहन गरेको कथन रहेको पं दयाकृष्ण पन्तले बताए ।,द्वापर युगमा विषाक्त दूध सेवन गराई बालबालिक... |
सुजिता कार्की चाँगुनारायण नगरपालिका– ४ नारायणटारमा करेण्ट लागेर आज एक कामदारको मृत्यु भएको छ ।,नारायणटारमा रहेको विद्युतको ट्रान्सफर्मरमा अचानक विद्युत् चुहिएर नजिकै अनिल ढुंगानाको बनाउँदै गरेको ट्रसमा विद्युतीकरणको काम गर्दै गरेका सिन्धुपाल्चोक तौथली– ५ का १९ वर्षीय सन्तोष श्रेष्ठको मृत्यु भएको हो ।,करेण्ट लागेर घाइत... |
सुजिता कार्की नेपाल टिपर तथा ट्रक व्यवसायी समितिले राजमार्गमा अनुशासित रुपमा ट्रक तथा टिपर चलाउने पाँच जना चालकलाई २० हजार रुपैयाँ नगदसहित सम्मान गरेको छ ।,समितिले शनिबार नौबिसेमा टिपर तथा ट्रक चालकलाई ट्राफिक जनचेतनासम्बन्धी राखेको प्रशिक्षणमा उनीहरूलाई सम्मान गरिएको हो ।,सम्मानित हुनेहरूमा झङ्कबहादुर मगर, विष्णुबहा... |
सेतोपाटी संवाददाता नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ लोडसेडिङ हटिहाल्यो भनेर ढुक्क हुने अवस्था नरहेको बताएका छन्।,आफूले प्राधिकरणको नेतृत्व सम्हालेको वर्ष दिन पुगेको अवसरमा बिहीबार पत्रकार सम्मेलन गर्दै घिसिङले एक वर्षमा गरेका काम र आगामी योजना सुनाए। ‘कार्यकारी निर्देशकको ‘हट चियर’ मा बस्दा मे... |
सुजिता कार्की कञ्चनपुरको भीमदत्तनगरपालिका–७ हल्दुखालका महाकाली जनसेवा माध्यमिक विद्यालयमा कक्षा ८ मा अध्यनरत १३ वर्षीय विद्यार्थी तिलक चन्दको हत्याको आरोपमा प्रहरीले बिहिबार चारजनालाई पक्राउ गरेको छ ।,पक्राउ पर्नेमा मृतककै सहपाठी आशिष अधिकारी, रमेश खड्का, विशाल चन्द र प्रकाश थापा रहेका छन् । जिल्ला प्रहरी कार्यालय, कञ... |
सुजिता कार्की चाँगुनारायण नगरपालिका– ८ मा विद्यालयमा आधारित प्राथमिक उपचार तालीम सम्पन्न भएको छ ।,प्राथमिक उपचारको महत्वलाई समुदायस्तरसम्म पुर्याउने र विद्यालय तथा समुदायस्तरमा दुर्घटनामा हुनसक्ने मानवीय पीडालाई कम गराउने उद्देश्यले नेपाल रेडक्रस सोसाइटी सुडाल उपशाखाले तालिमकोे आयोजना गरेको हो ।,सरस्वती मावि, महेन्द्... |
सुजिता कार्की कपिलवस्तुमा टिपरले मोटरसाइकललाई ठक्कर दिँदा बिहिबार एकजनाको मृत्यु भएको छ ।,पूर्व—पश्चिम महेन्द्र राजमार्गको बुद्धभूमि नगरपालिका–२ बडहरामा पूर्वबाट पश्चिम जाँदै गरेको लु २ ख ११३१ नंको टिपरले विपरीत दिशाबाट आउँदै गरेको लु २० प ८६०६ नं मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक दाङ जिल्ला साविक गोवरडिया–८ बस्... |
सुजिता कार्की आन्द्रामा क्यान्सर भएर थलिएकी फूलकुमारी राजवंशीको स्वास्थ्योपचारका लागि क्यानडाबाट उमादेव राई र नरमाया राईले सहयोग रकम प्रदान गरेका छन् ।,बाह्रदशी गाउँपालिका–७ डाँगीबारी निवासी फूलकुमारीको आर्थिक अवस्था कमजोर भएको र दैनिकी टार्न नै समस्या भएको समाचार राष्ट्रिय समाचार समितिले यसअघि प्रकाशन गरेपछि उनलाई फल... |
सुजिता कार्की साउन अन्तिम साता आएको बाढीका कारण चितवन राष्ट्रिय निकुञ्जमा रहेका दुर्लभ वन्यजन्तु एकसिंगे गैँडाका धेरै बच्चा बगाएको अनुमान गरिएको छ । जसका कारण आउँदो वर्ष निकुञ्जमा गैँडा गणना गर्नुपर्ने प्रस्ताव निकुञ्ज कार्यालयले गरेको छ ।,सन् २०१५ मा चितवन राष्ट्रिय निकुञ्जमा गैँडा गणना गरिएको थियो । चार वर्षको फरकमा... |
Subsets and Splits
No community queries yet
The top public SQL queries from the community will appear here once available.