content
stringlengths
20
64.1k
सुजिता कार्की चालू आवका लागि महाकाली नगरपालिकाले करीब ४४ करोड रुपैयाँ बराबरको आयव्यय विवरण प्रस्तुत गरेको छ ।,नगर प्रमुख हंसराज भट्टको अध्यक्षतामा आज बसेको नगरसभामा उपप्रमुख सुना बोहराले विभिन्न ५२ वटा शीर्षकका लागि  ४३ करोड ७१ लाख १९ हजार ९ सय ४ रुपैयाँ विनियोजन गरिएकामा सरकारबाट  २९ करोड ३५ लाख २७ हजार रुपैयाँ प्राप...
नारायण खड्का अपहरणमा परेका रोल्पाको थवाङ गाउँपालिकाका अध्यक्ष वीरबहादुर घर्तीको खोजी गर्न राप्ती अञ्चल प्रहरी प्रमुख एवं एसएसपी दीलिप चौधरी नेतृत्वको टोली केही बेरमा रोल्पा जाने तयारी गरेको छ ।,प्रदेश नं. ५ का प्रहरी प्रमुख एवं एआईजी मिङमार लामाले सेतोपाटीलाई त्यस्तो जानकारी दिएका हुन् ।,अपहरणमा परेका गाउँपालिका अध्यक...
सुजिता कार्की जिल्लाको पूर्वी क्षेत्रका दुई गाउँपालिकाका उपभोक्तालाई विद्युत् महसुल बुझाउन सास्ती भएको छ ।,८० रुपैयाँ विद्युत् महसुल बुझाउन उपभोक्ताको  दुई हजार रुपैयाँ खर्च हुने गरेको उनीहरू बताउँछन् । आठराई गाउँपालिकाको केन्द्र संक्रान्ति बजार र फेदाप गाउँपालिकाका केन्द्रीय विद्युत् लाइन विस्तार भएको छ ।,पायक पर्ने ...
सुजिता कार्की विद्यार्थी हत्याको विरोधमा कञ्चनपुरको भीमदत्तनगरपालिका–७ हल्दुखालका स्थानीयवासीले विरोध प्रदर्शन गरेका छन् ।,प्रहरी र स्थानीयवासीबीच झडप हुँदा केही प्रदर्शनकारी घाइते भएका छन् । यस क्रममा प्रहरीले नौ राउण्ड अश्रुग्याससमेत प्रहार गरेको प्रहरी उपरीक्षक प्रकाशबहादुर चन्दले जानकारी दिए ।,गत आइतबार स्थानीय मह...
सुजिता कार्की कमजोर आर्थिक अवस्थाका कारण छाप्रोमा जीवन गुजारा गर्दै आएका तेह्रथुमको छथर गाउँपालिका–२ हमरजुङका गंगाबहादुर लिम्बूको परिवारलाई अष्ट्रेलियाबाट सहयोग भएको छ ।,लिम्बूको बारेमा विभिन्न सञ्चार माध्यमबाट समाचार प्रशारण भएपछि अष्ट्रेलियास्थित किराँत याक्थुङ चुम्लुङ नामक संस्थाले राहत संकलन अभियन चलाएको थियो।,कला...
सुजिता कार्की सिन्धुपाल्चोकको तातोपानी नाका जोड्ने लार्चाको पक्की पुल पहिरोले भाच्चिएपछि बन्दै गरेको बेलिवृजको काममा सुस्तता आएको छ ।,बेलिवृजको जग बनाउने (फाउन्डेशन) भागमा ठूलो चट्टान देखा परेकाले त्यसलाई हटाउन धेरै समय लागेको हुँदा तीव्र गतिमा हुनुपर्ने काममा ढिलाइ हुन गएको हो ।,मेसिनरी औजार प्रयोग गर्दा पनि चट्टान फ...
सुजिता कार्की त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल काठमाडौंकोे भौतिक पूर्वाधार विकासमा गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) जापानले सघाउने भएको छ ।,नयाँ कार्यसमिति बनेसँगैं बसेको सङ्घको पहिलो बैठकले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भौतिक पूर्वाधारको विकास अन्तर्गत तत्कालका लागि सार्वजनिक शौचालय निर्माणमा सघाउने भएको हो ।...
सुजिता कार्की स्वाइनफ्लु रोगको संक्रमणबाट काभ्रेपलाञ्चोकमा आज एक जनाको मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ ।,जिल्ला स्वास्थ्य कार्यालय काभ्रेपलाञ्चोकका प्रमुख डा अर्जुन सापकोटाकाअनुसार स्वाइनफ्लुका कारण पनौती नगरपालिका– ७ की ४० वर्षीया चाँदनी नेवाको मृत्यु भएको हो ।,‘केही दिनअघि एक महिनाका लागि भारतका विभ...
अनिश रेग्मी  ,वाङ्मय शताब्दि पुरुष डा. सत्यमोहन जोशीलाई शुक्रबार राजधानीमा एक भव्य समारोहबीच सम्मान गरिएको छ।,नेवाः जागरण मञ्चको संयोजनमा लक्ष्मीदास मानन्धरको संयोजकत्वमा स्थापित ‘वाङ्मय शताब्दि पुरुष सत्यमोहन जोशी सम्मान’ समितिका तर्फबाट राष्ट्रपति विद्यादेवी भण्डारीले जोशीलाई सम्मान गरेकी हुन्।,जोशीलाई सम्मान स्वरूप...
चेतना गुरागाईं दुई महिनाअघि मेरो फेसबुकमा एउटा ‘फ्रेन्ड रिक्वेस्ट’ आयो, आशिका कोइरालाको।,अपरिचितको यस्तो आग्रह म स्वीकार गर्दिनँ। तै चिनेको कोही हो कि भनेर प्रोफाइल खोलेँ। तस्बिर देख्नेबित्तिकै चिनिहालेँ– मेरो पुरानो साथी शर्मिलाकी नौ वर्षीया छोरी रहिछे, जोसँग मेरो भेटघाट भइरहन्छ।,मैले तुरुन्त शर्मिलालाई फोन गरेँ। फोन...
चेतना गुरागाईं कोशी नदी नेपालीको पीडा बन्दै गएकामा चिन्ता व्यक्त गरिएको छ ।,नेपाल प्रज्ञा–प्रतिष्ठान र नेपाल इतिहास संघले यहाँ आज आयोजना गरेको ‘कोशी बाढी प्रकोप र अन्तर्राष्ट्रिय कानून तथा सन्धी सम्झौता’ विषयक बृहत् अन्तक्रियामा विभिन्न क्षेत्रका व्यक्तिले विहारको पीडाका रुपमा रहेको कोशी नदी पछिल्लो समय नेपालीको पीडाक...
चेतना गुरागाईं मुलुकको पहिलो निजी क्षेत्रको जलविद्युत् कम्पनी अरुणभ्याली हाइड्रो पावर लिमिटेडको आज सम्पन्न २०औँ साधारणसभाले सेयर धनीलाई १० प्रतिशत लाभांश दिने निर्णय गरेको छ ।,कम्पनीको यहाँ आज सम्पन्न साधारणसभाले आर्थिक वर्ष २०७३÷७४ मा प्राप्त गरेको मुनाफाबाट लाभांश प्रदान गर्न लागेको कम्पनीका कार्यकारी अध्यक्ष रमेशप्...
सुजिता कार्की वैदेशिक रोजगारीका सिलसिलामा कुवेत गएपछि पाँच वर्षदेखि सम्पर्कविहीन सिन्धुपाल्चोककी डोल्मा तामाङका बारेमा राष्ट्रिय समाचार समितिमा समाचार प्रकाशन भएको हप्ता दिनपछि उनी नेपाल आइपुगेकी छन् ।,चौतारा साँगाचोकगढी नगरपालिका, कुभिण्डेकी डोल्मा विसं २०६८ मा कुवेत गएकामा पाँच वर्षदेखि परिवारको सम्पर्कमा नआएको बारे...
सुजिता कार्की सहारा क्लब पोखराद्वारा स्थापित सहारा एकेडेमीको अक्षयकोषमा आजसम्म एक करोड २० लाख २९ हजार २८१ रुपैयाँ संकलन भएको छ ।,अनाथ, असहाय र कठीन अवस्थामा रहेका बालबालिकालाई निःशुल्क आधारभूत शिक्षा र सक्षम राष्ट्रिय फुटबल खेलाडी उत्पादन गर्ने उद्देश्यले सो अक्षयकोष स्थापना गरिएको हो ।,सो एकेडेमीमा हाल १६ जिल्लाका २८...
चेतना गुरागाईं महानगरीय ट्राफिक प्रहरी महाशाखाले विभिन्न समयमा विभिन्न व्यक्तिका हराएका १६ थान मोटरसाइकल फेला पारी आज सम्बन्धित धनीलाई बुझाएको छ ।,मोटरसाइकल हराएका सम्बन्धित धनीलाई महाशाखामा बोलाएर मोटरसाइकल बुझाइएको हो । महाशाखाले सुरेन्द्रबहादुर कार्की, कान्छा डंगोल, अर्जुन बस्नेत, दास्टेम्वा शेर्पा, प्रवीण थापा, वि...
चन्द्र काफ्ले जडिबुटी व्यवसायी संघ नेपालले रिपोर्टर्स क्लब नेपालका सभापति एवम् बरिष्ठ पत्रकार ऋषि धमलालाई अभिनन्दन गरेको छ ।,शनिबार काठमाडौंमा एक कार्यक्रमकाबीच संघले पत्रकार धमलालाई अभिनन्दन गरेको हो। राजधानीमा आयोजित ‘नेपालमा जुडिबुटी व्यवसायको संभाव्यता र चूनौति विषयक विचार गोष्ठी कार्यक्रममा नेपाल सरकारका सूचना तथ...
चेतना गुरागाईं आगोले जलेर गम्भीर घाइते भएकी पोखरा लेखनाथ महानगरपालिका–१ बगरकी अनिता धौलाकोतीको उपचारका लागि जापानमा रहेका नेपालीबाट ७० हजार ९०० रुपैयाँ सहयोग प्राप्त भएको छ ।,रोजगारीका सिलसिलामा जापानमा रहेका सागर गुरुङको सक्रियता संकलित सो रकम उनका भाइ योगेशले घाइतेका श्रीमान् सन्तोषलाई शुक्रबार हस्तान्तरण गरे।,स्टोभ...
चेतना गुरागाईं जिल्ला प्रशासन कार्यालय कास्कीले बिचौलिया तथा लेखापढी गर्नेलाई शुक्रबारदेखि कार्यालय प्रवेशमा निषेध गरेको छ ।,कुनै पनि सेवाग्राहीको कागजपत्र लिएर कार्यालयभित्र त्यस्ता बिचौलिया तथा लेखापढी गर्ने पाइए कारबाही गरिने सहायक प्रजिअ गुरुदत्त ढकालले जानकारी दिए । कार्यालयले निःशुल्क सहायता कक्षको समेत व्यवस्था...
चेतना गुरागाईं दशवर्षीय सशस्त्र द्वन्द्वका क्रममा पीडित भएका र पीडितका परिवारलाई पाँच करोड रुपैयाँभन्दा बढी राहत वितरण भएको छ ।,जिल्लाका १९० द्वन्द्वपीडितलाई पाँच करोड एक लाख राहत रकम वितरण गरिएको प्रजिअ वेदनिधि खनालले बताए । द्वन्द्वकालमा प्रभावित व्यक्ति तथा परिवारको निवेदनका आधारमा स्थानीय शान्ति समिति र जिल्ला प्र...
चेतना गुरागाईं स्वयम्भू व्यवस्थापन तथा संरक्षण महासमितिले शान्ति पोखरी अगाडि रहेको चैत्यको जीर्णोद्धार सम्पन्न गरेको छ ।,विसं २०७२ वैशाख १२ गतेको भूकम्प तथा त्यसपछिका परकम्पका कारण सो चैत्यमा ठूलो क्षति भई जोखिममा परेको छ महासमितिका अध्यक्ष सर्वज्ञरत्न तुलाधरले त्यस क्षेत्रको जीर्णोद्धारका लागि तत्कालीन प्रधानमन्त्री ...
सन्तोष पुर्कुटी आज रेड पाण्डा डे अर्थात् आठौँ अन्तर्राष्ट्रिय रातो हाब्रे दिवस ।,‘सेभ द रेड पाण्डा’ भन्ने नाराका साथ यसको संरक्षणका क्षेत्रमा क्रियाशील संघसंस्थाले विभिन्न कार्यक्रम गरी यो दिवस मनाइरहेका छन् । विश्वकै दुर्लभ वन्यजन्तु रातो हाब्रेको वासस्थान र आहारा संकटमा पर्दै गएपछि रेड पाण्डा नेटवर्कले सन् २०१० देखि...
चेतना गुरागाईं उर्लाबारी नगरपालिकाको शुक्रबार साँझ सम्पन्न प्रथम नगरसभाले चालू आव २०७४/७५ का लागि  ४८ करोड ११ लाख १३ हजार ५३३  रुपैयाँको बजेट पारित गरेको छ ।,नगरसभाले यस वर्ष नगरपालिकाका नौवटै वडामा पूर्वाधार विकासको कार्यक्रमलाई विशेष प्राथमिकताका साथ अघि बढाउने गरी बजेट पारित गरेको नगर प्रमुख खड्ग फागोले जानकारी दिए...
चेतना गुरागाईं जाजरकोट अस्पतालमा शुक्रबारदेखि २४औँ घण्टा आकस्मिक प्रसूति शल्यक्रिया सेवा शुरु भएको छ ।,सांसद शक्तिबहादुर बस्नेतले औपचारिक रुपमा उद्घाटन गरी सो सेवा शुरु गरिएको हो । जाजरकोटमा सुत्केरी सेवा नहुँदा हजारौं खर्च गरेर जिल्ला बाहिर जानुपर्ने अवस्थाको अन्त्य भएको छ । कर्णाली विज्ञान प्रतिष्ठानका चिकित्सकद्वार...
चेतना गुरागाईं भुटानी शरणार्थीले आफ्ना समस्याको दीर्घकालीन समाधानका लागि पहल गर्न आग्रह गर्दै प्रधानमन्त्री शेरबहादुर देउवालाई शुक्रबार ज्ञापनपत्र पठाएका छन् ।,अमेरिकामा एक सातापछि हुन लागेको संयुक्त राष्ट्र संघको महासभामा भाग लिन जान लाग्नुभएका प्रधानमन्त्री देउवालाई भुटानीको संस्थाले अपिल पठाउँदै त्यस्तो माग दोहो¥या...
बिनोद सापकोटा नेपाली भूमि प्रयोग गरी म्यानमारविरुद्ध गतिविधि हुन नदिन नेपाल प्रवेशको पूर्वीद्वार काकडभिट्टामा स्थानीय प्रशासनले सुरक्षा सतर्कता अपनाउन थालेको छ।,पूर्वी नाका हुँदै नेपाल प्रवेश गर्ने विदेशी नागरिकलाई नाकामा कडाई गर्न थालिएको हो। परिचय खुल्ने कुनै कागजात बिना नेपाल प्रवेशमा रोक लगाउने प्रहरीले जनाएको छ।,...
चेतना गुरागाईं निरन्तरको पहिरोले सूर्यगढी गाउँपालिका–२ बागेश्वरी कटुञ्जेका ४२ घरपरिवार उच्च जोखिममा परेका छन् ।,बस्तीको तल र माथि दुवैतर्फबाट निरन्तर पहिरो बगिरहेकाले सुरक्षित स्थानमा बासस्थान मिलाउन आग्रह गरेका छन् ।,भूकम्पका कारण आवास क्षति बेहोरेर लाभग्राही सूचीमा सूचीकृतसमेत भएका उनीहरुले प्राविधिकले ‘बस्ती असुरक्...
सुजिता कार्की मेगा बैंक स्याफ्रुबेँसीमा कार्यरत एक कर्मचारीको बुधबार निधन भएको छ ।,जिल्ला प्रहरी कार्यालय रसुवाका प्रहरी निरीक्षक ध्रुव सिलवालका अनुसार मृत्यु हुनेमा बैंक कर्मचारी अन्दाजी ३६ वर्षीय सुरभ अर्याल रहेका छन् । उनी आफ्नै डेरामा बुधबार बिहान ११ः०० बजे मृत अवस्थामा फेला परेकाले शव परीक्षणका लागि जिल्ला अस्पता...
चेतना गुरागाईं तपाईंलाई कुनै पनि कार्यालय प्रमुखले आफ्नै कार्यालयमा तालाबन्दी गरेको सुन्दा अचम्म लाग्न सक्छ । तर यस्तै घटना भएको छ सुनसरीको कोशी गाउँपालिकामा ।,गाउँपालिकाको कार्यालयमा कार्यरत कार्यकारी अधिकृत र लेखा अधिकृतले आफूखुशी गरेको गुनासो बढेपछि सुनसरीको कोशी गाउँपालिका कार्यालयको कार्यकारी अधिकृत र लेखा अधिकृत...
चेतना गुरागाईं निर्माण व्यवसायी र सडक डिभिजन कार्यालयको लापर्बाहीका कारण संखुवासभाको सदरमुकाम खाँदबारी र तेह्रथुमको वसन्तपुर हुँदै सदरमुकाम म्याङ्लुङ जोड्ने सडक मर्मत नहुँदा यात्रा जोखिमपूर्ण बन्दै गएको छ ।,हिलो सडकमा सवारी गुड्न नसक्दा कृषि उपज र खाद्यान्न ढुवानीमा जिल्लावासीले सास्ती व्यहोर्दै आएका छन् । निर्माण व्य...
सुजिता कार्की पूर्वखोला गाउँपालिकाले यस आवमा ५०० जना युवालाई स्वरोजगार बनाउने भएको छ । आव २०७४-७५ मा ५०० युवालाई सिकर्मी, डकर्मी, वाइरिंग, कृषि तथा पशुपालनसम्बन्धी काममा दक्ष बनाउन तालिम सञ्चालन गर्ने लक्ष्य रहेको छ ।,बेरोजगार युवालाई स्वरोजगार बनाउन गाउँपालिकाले युवा स्वरोजगारका लागि  २१ लाख ५० हजार रुपैयाँ बजेट विनि...
सुजिता कार्की म्याग्दी सदरमुकाम बेनीमा दैनिकजसो भेटिने १२ वर्षका अजय नेपालीलाई पढेर ठूलो मान्छे बन्ने रहर छ ।,म्याग्दीसँग सिमाना जोडिएको पर्वतको उत्तरी जलजला गाउँपालिका–४ धाइरिङको सल्यान स्थायी घर भएका अजय घरपरिवारमा उचित वातावरण नहुँदा विद्यालय जान छाडेका हुन् ।,पर्वत बेनीमा बस्दै आएका नेपालीका बुबा पम्फे विदेशमा छन्...
सुजिता कार्की डडेल्धुरा अजयमेरु गाउँपालिकाका कृषक समूहलाई कृषि सामाग्री हस्तान्तरण गरिएको छ ।,जिल्ला कृषि विकास कार्यालयअन्तर्गत रहेको प्रधानमन्त्री आधुनिक कृषि परियोजनाको आर्थिक सहयोगमा अजयमेरु गाउँपालिका–१ का छवटा कृषक समूहलाई कृषि सामग्री वितरण गरिएको जिल्ला कृषि विकास कार्यालयका वरिष्ठ कृषि अधिकृत दिलबहादुर विष्टल...
सुजिता कार्की नेपाल विद्युत् प्राधिकरण, त्रिशूली जलविद्युत् उत्पादन गृहस्थित त्रिशूली फ्युज सेवा (नो लाइट)मा आगलागी हुँदा केन्द्रबाट प्रवाह हुने विद्युत् सेवा अवरुद्ध भएको छ ।,बुधबार राति १० बजे त्रिशूलीस्थित फ्युज सेवामा विद्युत् वितरण गर्न जडान गरिएको ‘इनकमर’ र वितरणको सातवटा फिडर रहेको फ्युज शाखामा अकस्मात् आगलागी ...
सुजिता कार्की अवैधरुपमा जन्माएको नवजात शिशु मारेर गाडेको अभियोगमा प्रहरीले ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिका–५ बाट तीनजनालाई पक्राउ गरेको छ ।,पक्राउ पर्नेमा अन्दाजी ५० वर्षीय लाक्पा शेर्पा, १२ वर्षीया पेमा जाङ्मु शेर्पा र १६ वर्षीय साङ्गे शेर्पा रहेका छन् । उनीहरूलाई इलाका प्रहरी कार्यालय, दोभानको टोलीले पक्राउ गर...
सुजिता कार्की राजविराज–भारदह सडकखण्डअन्तर्गत सप्तरीको देउरी भरुवामा गएराति भारतीय मालबाहक ट्रकको ठक्करबाट एकजनाको मृत्यु भएको छ ।,मृत्यु हुनेमा राजविराज नगरपालिका–१३ बस्ने १७ वर्षीय प्रमोद यादव रहेको प्रहरीले जनाएको छ । साथै, सोही दुर्घटनामा परी १४ वर्षीय नीरज यादव र १९ वर्षीय सञ्जीव यादव समेत गम्भीर घाइते भएका छन् ।,...
सुजिता कार्की दोलखाका सरकारी र निजी स्वास्थ्य संस्थामा भाइरल ज्वरोका बिरामी ह्वात्तै बढे्का छन् ।,भाइरल ज्वरोले महामारीको रुप लिएको छ । भाइरल ज्वरोले बूढाबूढी, ससाना केटाकेटीलाई निकै असर पारिरहेको स्वास्थ्य संस्थाले जनाएका छन् ।,सदरमुकाम चरिकोटस्थित प्राथमिक स्वास्थ्य केन्द्रमा मात्रै दिनहुँ ५०, अरु स्वास्थ्य संस्थाको...
चेतना गुरागाईं विश्वकै सबैभन्दा बुढी पाण्डा बासीको मृत्यु भएको छ।,गत वर्ष माघमा आफ्नो ३७ औं जन्मोत्सव मनाएकी बासी पाण्डाको बिहीबार बिहान ८ बजेर ५० मिनेट जाँदा मृत्यु भएको उसको हेरविचारमा संलग्न कर्मचारीले जानकारी दिएका छन्। चीनको फुजौ सहरस्थित संरक्षण केन्द्रमा रहेकी बासी सन् १९८० मा जन्मेकी हो।,चीनमा निकै चर्चित बासी...
सुजिता कार्की तपार्इं सगरमाथा क्षेत्रको भ्रमण गर्दै हुनुहुन्छ र उच्च हिमाली क्षेत्रमा जाँदा स्वास्थ्य समस्या आउँछ कि भनेर चिन्तित हुनुहुन्छ ? त्यसो हो भने अब तपाईंको चिन्तालाई अनलाइनमा रहेका चिकित्सकले समाधानको बाटो देखाउने भएका छन् ।,सगरमाथा क्षेत्रमा इण्टरनेट सेवा प्रदान गरिरहेको एभरेस्ट लिङ्क नामक कम्पनीले लुक्लाबा...
सुजिता कार्की बारेकोट गाउँपालिका वडा नं ८ का ४८ वर्षीय पठाने नेपाली नलगाड नदीमा खसेर बेपत्ता भएका छन् ।,बुधबार बेलुकी ८ बजे नेकपा (एमाले)को बारेकोट गाउँपालिकाको भेलाबाट फर्कंने क्रममा सेपुखोलास्थित नलगाड नदी काठको पुलबाट तर्ने क्रममा खसेर बेपत्ता भएका हुन् । बेपत्ता नेपालीको खोजी कार्य जारी रहेको प्रहरीले बताएको छ । र...
सुजिता कार्की मादी गाउँपालिका–५ स्थित भैँसे कास्कीको उत्तरपूर्वी क्षेत्रको प्राचीन व्यापारिक केन्द्र हो ।,उत्तरपूर्वी क्षेत्रका भाचोक, सैमराङ, थुमाको डाँडा, मिजुरे, कालिका लगायतका स्थानबाट पशुवस्तुका साथै घरमा अत्यावश्यकीय सामान किनबेचका लागि सो ठाउँ प्राचीनकालमा प्रमुख व्यापारिक केन्द्रका रुपमा विकास भएको थियो ।,स्था...
सुजिता कार्की जिल्लास्थित कानूनी सहायता केन्द्रले यस वर्ष ५३२ वटा मुद्दामा निःशुल्क कानूनी सेवा प्रदान गरेको छ ।,केन्द्रले गरीब, असहाय, अशक्त, द्वन्द्वपीडित र पीडित ज्येष्ठ नागरिकलाई निःशुल्क कानूनी सेवा प्रदान गर्ने कार्यक्रमअन्तर्गत ५३२ वटा मुद्दामा निःशुल्क कानूनी सेवा प्रदान गरेको जनाएको हो ।,केन्द्रद्वारा प्राप्त...
सुजिता कार्की म्याग्दीको सदरमुकाम बेनीबजारदेखि पर्वतको जलजला गाउँपालिकाको केन्द्र माझफाँट जोड्ने बेनी–मल्लाज सडक सञ्चालनमा आएपछि डेढ घण्टाको बाटो तीस मिनेटमा छोटिएको छ ।,विसं २०७१ असोजमा मार्ग खुलेको सडक स्तरवृद्धि गरेपछि यातायातका साधन सञ्चालनमा आएको हो । मार्ग मात्र खोलिएको सडक प्राविधिक हिसाबले प्रतिकूल भएका कारण प...
सुजिता कार्की नारायणगढ–मुग्लिन सडकखण्डमा सडक बिग्रिएरभन्दा पनि चालकको लापरबाहीले गर्दा धेरै समय जाम हुने गरेको पाइएको छ ।,बीच बाटोमा गाडी रोकिँदा यात्रुले लामो समय लाममा बसेर यात्रा गर्न बाध्य हुनुपरेको छ । नारायणगढ–मुग्लिन सडक आयोजनाले सडक राम्रो बनाएर र प्रहरीले सडक जाम हटाएर मात्र यो सडकखण्ड सहज बन्न नसक्ने देखिएको...
सुजिता कार्की नेपाल पत्रकार महासंघ जुम्ला जिल्ला शाखाले स्थापनाको डेढ दशकपछि आफ्नै भवन निर्माण भएको छ ।,स्थानीय स्तरका सरकारी निकाय र स्थानीय निकायको सहयोगमा  ६६ लाख रुपैयाँको लागतमा दुईतले सात कोठे सो भवन निर्माण भएको हो ।,जिल्ला समन्वय समितिका प्रमुख लालबहादुर सार्कीले हिजो सो भवन उद्घाटन गर्दै कर्णालीमा निर्माण गरि...
सुजिता कार्की एशियाली विकास बैंक (एडिबी)को सहयोगमा क्षेत्रीय सहरी विकास आयोजनाअन्तर्गत धनगढी उपमहानगरपालिका क्षेत्रलाई व्यवस्थित र आकर्षक सहरका रुपमा विकास गर्न लागिएको छ ।,आयोजनाअन्तर्गत धनगढी उपमहानगर क्षेत्रमा झण्डै ४३ किमी सडक स्तरोन्नतिका साथै, ढल निर्माण, फोहर मैला व्यवस्थापन, सडकमा फुटपाथ निर्माण, सौर्य सडक बत्...
चेतना गुरागाईं मलेसिया क्वालालम्पुरको एक धार्मिक स्कुलमा आगलागी हुँदा कम्तीमा २४ जना विद्यार्थी र शिक्षकको मृत्यु भएको छ।,तह्फिज दfरुल कुरान इत्तफाकिया भवनमा बिहीबार बिहान आगो लागेको थियो।,झ्यालमा फलामको ग्रिल हालेका कारण विद्यार्थी र शिक्षकहरु कोठामै थुनिएका बिबिसीले जनाएको छ।,मृत्यु हुनेमा २२ जना विद्यार्थी र दुई शि...
सेतोपाटी संवाददाता रोल्पाको थवाङ गाँउ पालिकाका अध्यक्ष वीरबहादुर घर्तीमगर गएराती अपहरणमा परेका छन्।  राती ११ बजेतिर एकसमूहले उनको कुइजवाङ भन्ने स्थानबाट अपहरण गरेको प्रहरीले जनाएको छ।,ससुराली जाने क्रममा उनको साथमा श्रीमती रहेतापनि श्रीमतीलाई भने अपहरणकारी घर जान भनेका थिए। श्रीमतीले नै प्रहरीलाइ श्रीमान अपहरणमा परेको...
सागरराज तिमल्सिना पोखरा लेखनाथ महानगरपालिका २४ कास्कीकोटमा पोखरीमा डुबेर एक शिक्षक बेपत्ता बनेका छन्। त्यहीको एक निजी विद्यालयमा पढाउने २१ वर्षिय शिव प्रसाद तिमिल्सिना ठूली पोखरीमा डुबेर बेपत्ता भएका हुन्।,तीन जना भएर पोखरीमा पौडी खल्न गएका उनीहरू मध्ये शिव डुबेर बेपत्ता भएको प्रहरीले जनाएको छ। बेपत्ता उनको साँझ गोताख...
सेतोपाटी संवाददाता चितवनमा शुक्रबारदेखि घुँडाको उपचार सम्बन्धि दुई दिने आधारभूत गोष्ठी सञ्चालन हुनेभएको छ ।,दिग्गज र अनुभवी अर्थोपेडिक सर्जनहरुले क्यामेराको प्रयोगबाट गरिने अत्याधुनिक आर्थोस्कोपिक सर्जरी सम्बन्धि सिप र ज्ञान नयाँ पुस्तालाई हस्तान्तरण गर्ने उद्देश्यसहित कार्यक्रम आयोजना गरिएको नेपाल आर्थोस्कोपि संघका अ...
सुजिता कार्की काठमाडौंको गोकर्णेश्वर नगरपालिका–१ सुन्दरीजलका राजमान तामाङ नुवाकोटस्थित लिखु खोलामा मृत भेट्टिएका छन् ।,दश दिनअघि घरबाट सम्पर्कविहीन भएका ४० वर्षका तामाङ बिहिबार राति शिवपुरी गाउँपालिका–३ लिखुस्थित लिखुखोला किनारमा मृतावस्थामा भेट्टिएको जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रहरी निरीक्षक कैलाशकुमार भट्टराई...
चेतना गुरागाईं महानगरीय प्रहरी परिसर भक्तपुरले दशैँ, तिहारमा हुने चोरी, डकैती तथा आपराधिक घटना रोक्न सुरक्षा योजना सार्वजनिक गरेको छ ।,महानगरीय प्रहरी परिसर भक्तपुरले आज आयोजना गरेको पत्रकार सम्मेलनमा सुरक्षा योजना सार्वजनिक गर्दै प्रहरी परिसर भक्तपुरकी प्रहरी उपरीक्षक किरण राणाले दशैँ, तिहार र छठ पर्वमा कुनै पनि आपरा...
चेतना गुरागाईं सरकारले चीन सरकारसँग ऊर्जा क्षेत्रको पारस्परिक सहयोगसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको जनाएको छ ।,शेरबहादुर देउवा नेतृत्वको सरकार गठन भएको १०० दिन पुगेका अवसरमा यहाँँ आज आयोजना गरेको पत्रकार सम्मेलनमा ऊर्जा क्षेत्रको बिस्तृत विकास र विकासका लागि चीन सरकारसँग समझदारीपत्रमा हस्ताक्षर भएको जनाएको छ ।,उप...
सुजिता कार्की तेह्रथुममा स्थानीय तहको चुनावमा निर्वाचित भएका दलित तथा महिला जनप्रतिनिधि सम्मानित भएका छन् ।,दलित सचेतना समाज नेपालले आफ्नो १९ औँ वार्षिक साधारणसभामा बिहिबार जिल्लाभर निर्वाचित दलित महिला, संस्थाका पूर्वकर्मचारी र सामुदायिक संस्थाका सदस्य गरी ६९ जना जनप्रतिनिधिलाई सम्मान गरेको हो ।,कार्यक्रममा सांसद भवा...
नारायण खड्का गलत सूचना सम्प्रेषण गरेको भन्दै जिल्ला प्रहरी प्रमुख दुर्गा सिंहसहित तीन जना प्रहरी अधिकारीलाई विभागीय कारवाहीका लागि सिफारिस गरिएको प्रहरीले जनाएको छ।,एक जना सर्वसाधारण व्यक्तिको मृत्युको सम्वन्धमा गलत सूचना सम्प्रेशन गरेको पाइएपछि एसपीसहित तीनजनालाई विभागीय कारवाहीका लागि सिफारिस गरिएको प्रदेश नं. ५ का ...
नारायण अधिकारी  ,तेस्रो पर्यटकीय गन्तव्य चितवन आउने जोकोही पर्यटकका लागि चितवन राष्ट्रिय निकुञ्जसँगै रमाउने थारु संस्कृति पर्यटककै कारण जगेर्ना पनि हुँदै गएको छ ।,पर्यटकलाई लक्षित गरी थारु समुदायले आफ्नो संस्कृति झल्कने नाचगान, भेषभूषा र खानपान प्रदर्शन गर्ने गरेका छन् । थारु संस्कृति र पर्यटन एकअर्काका पर्याय बन्दै आ...
सुजिता कार्की ढुंगाले च्यापेर भारतमा सडक मजदूरका रुपमा कार्यरत एक नेपालीको मृत्यु भएको छ ।,मृत्यु हुनेमा बैतडीको सुर्नया गाउँपालिका–६ शंकरपुरका २४ वर्षीय रामदत्त अवस्थी रहेका छन् ।,सोमबार बेलुका भारतको उत्तराखण्डको धारचुला नजिक बालुवाकोटमा सडकमा काम गरिरहेका बेला माथिबाट खसेको ढुंगाले च्यापेर उनको घटनास्थलमै ज्यान गएक...
सुजिता कार्की अन्नपूर्ण गाउँपालिका–७ हिस्तानमा एक वर्षअघिनै सम्पन्न हुुनुपर्ने भवन निर्माण योजनाको काम अझै सुरू हुन सकेको छैन ।,सम्बन्धित निकायको बेवास्ता, स्थानीयस्तरमा समन्वयको अभाव र निर्माण व्यवसायीको लापर्बाहीका कारण तत्कालीन हिस्तान गाविसको भवन निर्माण योजनाको काम सम्झौता भएको दुई वर्षसम्म पनि अघि बढ्न नसकेको हो...
प्रकाश ढुंगाना नेपाल प्रहरीका डिआइजी नवराज सिलवालले प्रहरी सेवाबाट राजीनामा दिएका छन्। ३० वर्षे सेवा अवधि सकिन ६ महिना मात्र बाँकी छँदा उनले राजीनामा दिएका हुन्।,वरियता क्रमअनुसार आफूलाई आइजिपी हुनबाट वञ्चित गरेको भन्दै असन्तुष्ट रहेका उनले मंगलबार राजीनामा दिएका हुन्। आइजिपी नियुक्त नभएपछि उनी सर्वोच्च अदालत गएका थिए...
सुजिता कार्की धौलागिरि गाउँपालिका–४ मा पर्ने धौलागिरि चक्रीय पदमार्गको पूर्वाधार निर्माणसम्बन्धी योजनामा अनियमितता भएको स्थानीय बासिन्दाको गुनासो छ ।,मिलेमतोमा पदमार्ग निर्माणका क्रममा लागत अनुमानभन्दा कम परिणामको काम गरेको र श्रमिकलाई ज्याला समेत नदिएको गुनासो बढेको हो । उपभोक्ता समिति र सम्बद्ध कार्यालयका कर्मचारीले...
चेतना गुरागाईं चाडपर्वमा यात्रुलाई सहज रुपमा घर जाने वातावरण बनाउन मुग्लिन–नारायणघाट सडकमा आउन सक्ने समस्या समाधान गरिने भएको छ ।,समस्या समाधानका लागि के गर्नुपर्छ भन्ने अध्ययन गर्न भौतिक पूर्वाधार तथा यातायात राज्यमन्त्री सीता गुरुङको नेतृत्वमा सडक विभाग, मुग्लिन–नारायणघाट सडक आयोजनालगायत सरोकार भएका निकायका प्रतिनिध...
प्रकाश ढुंगाना नेपाल प्रहरीका डिआइजी नवराज सिलवालले प्रहरी सेवाबाट आजैका मितिबाट अलग भएको घोषणा गरेका छन् ।,आज साँझ बिज्ञप्ति निकालेर उनले प्रहरी सेवाबाट अलग भएको घोषणा गरेका हुन् । सरकारले वरियताक्रम अनुसार आइजिपी नियुक्त नगरेको भन्दै सर्वोच्च अदालतमा दायर गरेको रिट खारेज भएको केही घन्टापछि उनले राजीनामा घोषणा गरेका ...
रमेश लम्साल अर्थ मन्त्रालयले जलाशययुक्त बूढीगण्डकी जलविद्युत् आयोजनाको मुआब्जा वितरणका लागि ऊर्जा मन्त्रालयलाई अख्तियारी दिएको छ ।,अर्थले सोमबार मुआब्जा वितरणका लागि चालु आवमा विनियोजित रु १० अर्ब रकम स्थानीय प्रभावितलाई वितरणका लागि अख्तियारी दिएको हो । बूढीगण्डकी आयोजना विकास समिति खारेज भइसकेको र आयोजना ऊर्जा मन्त्...
सुजिता कार्की नारायणगढ–मुग्लिन सडकखण्डको सेती दोभानमा मंगलबार बेलुका सुक्खा पहिरो खसेपछि अवरुद्ध बनेको सडक सुचारु भएको छ ।,रातभर पहिरो पन्छाएर बिहान १ बजेदेखि सडक सुचारु गरिएको जिल्ला प्रहरी कार्यालय, चितवनले जानकारी दिएको छ ।,सो सडक खण्डमा मंगलबार साँझ ७ः४० बजे चट्टानसहितको पहिरो खसेको थियो । पहिरोसँगै खसेको ढुंगाले ...
चेतना गुरागाईं आकर्षक तलब सुविधा सहितको रोजगारीका लागि रुसको मस्कोमा लगिदिने भनी दुई व्यक्तिबाट रकम उठाई अलपत्र पार्ने कार्यमा संलग्न एक भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको छ ।,भारत देहरादुन घर भई काठमाडौँ, हाँडीगाउँ बस्ने सुरजलाल जोशीले दाङ धनौरी घर भएका वसन्त बस्नेत र दंगीशरण बस्ने कमल ओलीलाई मस्को पठाइदिने भनी १...
सुजिता कार्की नेपालको महत्वपूर्ण पदमार्गमा पर्ने अन्नपूर्ण पदमार्गमा रहेको मनाङमा यस मौसममा पर्यटकको लर्काे लाग्न थालेको छ । वर्षा सकिएर हिउँदको सुरूवातसँगै दैनिक ८० देखि १०० जना पर्यटक मनाङ भित्रन थालेका छन् ।,गत वर्ष २२ हजार ८०० बाह्य र ८,००० आन्तरिक पर्यटकले मनाङ भ्रमण गरेका अन्नपूर्ण संरक्षण क्षेत्र मनाङका प्रमुख ...
चेतना गुरागाईं महानगरीय ट्राफिक महाशाखाले ‘सुरक्षित माइक्रोबस यात्रा’ अभियान सुरु गरेको छ ।,काठमाडौँ उपत्यकामा धेरै मानिसहरु माइक्रोले ठक्कर दिएर दुर्घटना भएको भन्दै यसलाई कम गर्न ‘सुरक्षित माइक्रोबस यात्रा’ यात्रा सुरुवात गरेको हो ।,महाशाखाले आज साँझ न्यूरोड गेटमा यात्रु लिन पर्खेका माइक्रोबसका चालकलाई जनचेतनामूलक शि...
सुजिता कार्की नेपाल र चीनबीच जोडिने रेलमार्ग हिमालवारपारको रेलमार्गमध्ये संसारकै सबैभन्दा कठिन भूबनोट भएर जाने ठूलो उचाइको रेलमार्ग हुने भएको छ ।,चीनको गन्सुबाट, ल्हासा, तिनग्री, सिगात्सेदेखि नेपालको रसुवा हुँदै काठमाडौंमा रेलमार्ग जोड्न सैद्धान्तिकरुपमा दुवै देश तयार भएपछि हाल प्राविधिक अध्ययन जारी छ । सिगात्सेबाट का...
सेतोपाटी उपत्यकामा सार्वजनिक यातायातलाई महिला मैत्री बनाउने उद्धेश्यले महानगरीय प्रहरी कार्यालय, रानीपोखरीले  ७१ जनालाई पक्राउ गरेको छ।,यही श्रावण १८ गते वाट सुरू गरेको सेफ्टी पिन अभियान अभियान अन्तर्गत एक महिनाको अवधिमा ७१ जना पक्राउ परेका हुन ।,सार्वजनिक यातायातमा महिला तथा बालबालिका माथि हुने यौनजन्य दुर्ब्यबहारलाई...
सुजिता कार्की काँकडभिट्टामा ‘दिब्यज्योति आइ इयर केयर सेण्टर’ नामक स्वास्थ्य क्लिनिक अवैधरुपमा सञ्चालन भइरहेको छ ।,आँखा, नाक, कान र घाँटीको उपचार एकै थलोमा गर्ने भन्दै गत भदौ पहिलो सातादेखि सञ्चालनमा आएको सो क्लिनिकले सम्बन्ध निकायबाट सञ्चालनको अनुमति नलिई शल्यक्रियालगायतका उपचार थालिसकेको छ ।,स्वास्थ्य उपचारसँग सम्बन्...
सुजिता कार्की बारा जिल्लाको गढीमाई नगरपालिका–२ तेलकुवा मुसहर बस्तीका ७० वर्षीय तनु माझीमा असोज २ गते हुने स्थानीय तहको तेस्रो चरणको निर्वाचनप्रति खासै चासो देखिएन ।,वृद्ध माझीको निर्वाचनप्रति चासो नहुनु पनि स्वाभाविक नै छ । बस्ती नभएर एउटा उजाड ठाउँजस्तो देखिने सो बस्तीमा माझीलाई मात्र होइन अन्य मुसहरलाई पनि निर्वाचनप...
सुजिता कार्की म्याग्दीको उत्तरी क्षेत्र हुँदै हिमाली पर्यटकीय जिल्ला मुस्ताङलाई जोड्ने बेनी–जोमसोम सडकको स्तरवृद्धि हुन थालेको छ ।,बेनी–जोमसोम–कोरला सडक आयोजनाले बेनीदेखि जोमसोमसम्मको ७६ किमी दूरीको सडकमा कालोपत्र गर्न थालेको हो । ठेक्का सम्झौता गरेका निर्माण कम्पनीहरु कार्यक्षेत्रमा परिचालन भएर प्रारम्भिक चरणको काम स...
सुजिता कार्की रसुवा जिल्लाको भू–भागमा उडान भर्ने हेलिकप्टर कम्पनीहरूले विमानस्थलबाट उड्नुअघि रसुवा प्रहरीलाई खबर गरिदिन आग्रह गरिएको छ ।,जिल्ला प्रहरी प्रमुख शरतकुमार थापा क्षेत्रीका अनुसार हेलिकप्टर अवतरण गर्ने स्थानमा सुरक्षा दिनु नेपाल प्रहरीको दायित्व भएको र कुन ठाउँमा हेलिकप्टर बस्छ ठेगान नहुँदा सुरक्षा प्रदानमा ...
सुजिता कार्की कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका– १२ दुवाहाका १६ परिवारको जग्गा वनहरा नदीमा आएको बाढीले बगाउँदा विचल्लीमा परेका छन् ।,खेती लगाउँदै आएको झण्डै दुई बिगाहा दश कट्ठा जग्गा भदौ दोस्रो साता आएको बाढीले बगाएपछि खेतीमै आश्रित परिवार समस्यामा परेका हुन् ।,धान र सखरखण्डी लगाएको खेत नदीमा आएको बाढीले कटान गरी बगरमा...
सुजिता कार्की साविकको सिन्धुलीको भद्रकाली गाविस–५, बुक्ति खट्टारका स्थानीयबासी खानेपानीको योजना सम्पन्न गराउन श्रमदान गरिरहेका छन् ।,गाउँमा दीर्घकालीन खानेपानीको मुहान र पानीको पहुँच नहुँदा अब ‘एक घर एक धारा’ पाइने भएपछि स्थानीय उत्साहपूर्वक खानेपानीको योजनामा श्रमदान गरिरहेका छन् ।,गाउँघरमा अहिले युवाशक्ति कम भएको त ...
सुजिता कार्की विराटनगर महानगरपालिका–१४ स्थित मन्टापोखरीमा डुबेको अवस्थामा आज सोही ठाउँका २३ वर्षीय राजु महतोको शव फेला परेको छ ।,उनलाई स्थानीयवासीले पोखरीको बीचमा तैरिरहेको अवस्थामा भेटेपछि प्रहरीलाई खबर गरेका थिए ।,घटनाबारे थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय रानीका प्रहरी निरीक्षक सन्तोष निरौलाले जानकारी दिए ...
सुजिता कार्की नेपाली कलाको विकासमा संस्थागत प्रयत्न हुनुपर्ने अग्रज कलाकार गोविन्दलाल सिंह डंगोलले बताएका छन् ।,ललितपुर, पुल्चोकस्थित पार्क ग्यालरीमा नेपाल ललितकला पत्रकार समाजको नियमित कार्यक्रम ‘कलाका कुरा’ को १७औंँ शृङ्खलामा डंगोलले कलाको विकास र प्रवर्द्धनमा योजनागत रुपमा काम गर्नुपर्ने बताउँदै भने, ‘नेपाली कलाको ...
सुजिता कार्की विदुर नगरपालिकाभित्र बृहत् खानेपानी आयोजना सञ्चालनका लागि तेस्रो साना सहरी खानेपानी आयोजनामार्फत भइरहेको पाइप विस्तारको काममा अनियमितता भएको उपभोक्ताले गुनासो गरेका छन् ।,करीब  ८१ करोड रुपैयाँको लगानीमा निर्माणाधीन सो आयोजनामा अनियमितताको विवाद भएपछि काम प्रभावित भएको छ । आयोजनाअन्तर्गत उपभोक्ताको घरसम्म...
सुजिता कार्की पृथ्वी राजमार्गको बाँदरेमा आज बिहान एउटा ट्रक दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।,धादिङबाट मुग्लिनतर्फ जाँदै गरेको ग १ ख ४९६४ नंको ट्रक सडकबाट बेनीघाट रोराङ गाउँपालिकाको बाँदरेमा दुर्घटना हुँदा धादिङको ज्वालामुखी गाउँपालिका वडा नं ३ चैनपुर निवासी खेमबहादुर छत्कुलीको मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी ...
सुजिता कार्की पाँचथरको कुम्मायक गाउँपालिकामा सञ्चालित तमोर लिफ्ट खानेपानी आयोजनाको काम स्थगित भएको छ ।,मुहान विवादका कारण सो आयोजनाको काम स्थगित भएको हो । यहाँका यासोक, रानीगाउँ र स्याबरुम्बाका १३ हजार ८४३ घरधुरीलाई लक्षित गर्दै २०७२ सालदेखि निर्माण थालिएको उक्त आयोजनाको निर्माण स्वामी नारायण जेभीले गर्दैआएको थियो ।,न...
सुजिता कार्की रामपुर नगरपालिकाले आर्थिक वर्ष २०७४/७५ को बजेट सार्वजनिक गरेको छ ।,नगरप्रमुख रमणबहादुर थापाले कुल  ४९ करोड ६६ लाख ७१ हजार रुपैयाँ बजेट सार्वजनिक गरेका हुन् । नगर प्रमुख थापाले भवन निर्माणमा दुई करोड रुपैयाँ, फर्निचर खरीदतर्फ  ३५ लाख रुपैयाँ, मेसिनरी उपकरणतर्फ  एक करोड रुपैयाँ र नगरस्तरीय योजना तथा कार्यक...
सुजिता कार्की भरतपुर महानगरपालिका–२१ की २० वर्षीया सुजाता बराल घिमिरेको हत्यामा संलग्न भएको अभियोगमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ ।,पक्राउ पर्नेमा भरतपुर २३ का १७ वर्षीय तिलक नेपाली रहेका छन् । जिल्ला प्रहरी कार्यालय चितवनले आज यहाँ पत्रकारसम्मेलनको आयोजना गरी भदौ १८ गते घरबाट बेपत्ता भएकी घिमिरेको २२ गते दिउँसो न...
सुजिता कार्की सरकारले तराईका बाढी प्रभावित १६ जिल्लामा सघन खोप कार्यक्रम प्रभावकारी बनाउन टोली खटाएको छ ।,झापा, मोरङ ,सुनसरी, सप्तरी, सिराहा, सर्लाही, रौतहट, धनुषा, महोत्तरी, बारा, पर्सा, चितवन, कपिलवस्तु, बाँके, बर्दिया र कैलाली जिल्लामा स्वास्थ्य मन्त्रालय, स्वास्थ्य सेवा विभाग र बाल स्वास्थ्य महाशाखाको नेतृत्वमा खट...
रमेश लम्साल  ,मुलुकको ऊर्जा क्षेत्रलाई मिश्रित प्रणालीमा लैजाने लक्ष्यका साथ सरकारले दुईवटा चिनी उद्योगबाट विद्युत् खरिद प्रक्रिया शुरु गरेको छ ।,विद्युत् विकास विभागमा आज आयोजित एक समारोहमा विभागका महानिर्देशक नवीनराज सिंह, इन्दुशंकर सुगर मिल र एभरेष्ट सुगर मिलका प्रतिनिधिबीच विद्युत् खरिद गर्ने प्रारम्भिक सम्झौतामा ...
नारायण खड्का सवारी दुर्घटनामा एक दम्पत्तिको मृत्यु भएको छ ।,आइतबार बाँकेको सम्शेरगञ्जमा ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा घाइते भएका ३० वर्षीय ढकबहादुर केसीको दुर्घटना भएको दिनमै र २९ वर्षीया उनकी श्रीमती सीता केसीको उपचारका क्रममा सोमबार  मृत्यु भएको आफन्तले जानकारी दिएका छन् ।,दाङ शान्तिनगर गाउँपालिका वडा नं. ३ पातेटा...
चेतना गुरागाईं पोखरा– लेखनाथ महानगरपालिका– ९ पृथ्वीचोकस्थित पोखरा सस्तो बजारमा आज बिहान राखिएको सिलिण्डर बम नेपाली सेनाको टोलीले निष्क्रिय बनाएको छ ।,नेपाल वायु सेवा निगमको स्वामित्वमा रहेको सो जग्गामा अज्ञात व्यक्तिले सिलिण्डर बम राखेर गएको प्रहरीले खबर पाएपछि सेनाको टोलीले निष्क्रिय पारेको जिल्ला प्रहरी कार्यालयका प...
चेतना गुरागाईं  जनता आवास कार्यान्वयन एकाइ अन्तर्गत स्याङ्जाका विभिन्न चार स्थानमा ९६ वटा घर निर्माण भइरहेका छन् ।,कास्कीस्थित शहरी विकास तथा भवन निर्माण विभाग डिभिजन कार्यालयको जनता आवास कार्यान्वयन एकाइमार्फत अति विपन्न, माझी तथा पिछडा वर्गका लागि ती भवन निर्माण गरिएको हो ।,उक्त कार्यालयका शाखाअधिकृत प्रेमप्रसाद पाण...
चेतना गुरागाईं सूचना तथा सञ्चारमन्त्री मोहनबहादुर बस्नेतले सात वटै प्रदेशमा आमसञ्चार राष्ट्रिय प्रशिक्षण प्रतिष्ठान स्थापना गरिने बताएका छन्।,प्रेस चौतारी नेपालले सो प्रतिष्ठान चाँडो स्थापना गर्न र कुनै राजनीतिक व्यक्तिको नाम जोडेर विवादित नबनाउन आग्रह गर्दै आज ध्यानाकर्षण पत्र दिएपछि मन्त्री बस्नेतले सन्तनेता कृष्णप्...
चेतना गुरागाईं विदुर नगरपालिकाभित्र बृहत् खानेपानी आयोजना सञ्चालनका लागि तेस्रो साना शहरी खानेपानी आयोजनामार्फत भइरहेको पाइप विस्तारको काममा अनियमितता भएको उपभोक्ताले गुनासो गरेका छन् ।,करिब ८१ करोडको लगानीमा निर्माणाधीन सो आयोजनामा अनियमितताको विवाद भएपछि काम प्रभावित भएको छ । आयोजनाअन्तर्गत उपभोक्ताको घरसम्म विस्तार...
चेतना गुरागाईं अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल विद्युत् प्राधिकरणका पूर्वमहाप्रबन्धक महेन्द्रलाल श्रेष्ठविरुद्ध दुई करोड ८८ लाख ८२ हजार ८९१  रुपैयाँ बराबरको भ्रष्टाचार गरेको अभियोगमा आज विशेष अदालतमा मुद्दा दायर गरेको छ ।,‘आफ्नो पदीय जिम्मेवारीको दुरुपयोग एवं भ्रष्टाचार गरी गैरकानूनी रुपबाट सम्पत्ति आर्जन गरे...
सुजिता कार्की काभ्रेपलाञ्चोकको पनौती नगरपालिका–११ खोपासी जलविद्युत् आयोजनाको पावर हाउस नजिकै बोलेरो दुर्घटना हुँदा एकजनाको मुत्यु भएको छ । घटनामा परी ११ जना घाइते भएको प्रहरीले जनाएको छ ।,बल्थलीबाट पनौतीतर्फ आइरहेको बा ९ च ७२७७ नंको बोलेरो सोमबार साँझ दुर्घटना भएको बताइएको छ ।,जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका प...
सुजिता कार्की झापाको बिर्तामोडमा तीन वर्षअघिदेखि सञ्चालनमा आएको बिएण्डसी हस्पिटलले सेवा विस्तार गर्दै सोमबारदेखि ५० शय्याकोे सघन उपचार कक्ष (आइसियु) सेवा सुरू गरेको छ ।,विसं २०७१ फागुनमा तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहालले उद्घाटन गरेको यो अस्पताल निजीस्तरमा पूर्वाञ्चलकै  ठूलो अस्पताल हो । मेडिकल कलेज सञ्चालनका ला...
सुजिता कार्की वडा परिषद्बाट पारित भएका योजना गाउँपालिकाबाट हटाइएको भन्दै अछामको ढकारी गाउँपालिकामा चार दिनसम्म तालाबन्दी भएको छ ।,वडाबाट पारित भएका योजनालाई गाउँपालिका प्रमुखलगायत केही व्यक्तिले राजनीतिक आस्थाका आधारमा हटाएको भन्दै वडा नं २, ३ र ५ का जनप्रतिनिधिले तालाबन्दी गरेका हुन् ।,स्थानीयस्तरमा पटक–पटक छलफल भएपन...
सुजिता कार्की जनकपुरको मिथिला अफसेट प्रेसमा प्रहरीले सोमबार छापामारी निर्वाचन आचारसंहिता विपरीत विभिन्न किसिमका प्रचार सामग्री छाप्दै गरेको अवस्थामा नियन्त्रणमा लिएको छ ।,टिसर्ट र टोपीमा पार्टीको नारा लेखिरहेका बेला जनकपुरको कलवार कुट्टीमा रहेको उक्त प्रेसमा प्रहरीले छापा मारी हजारौँ रुपैयाँ बराबरको सामान बरामद गरेको ...
सुजिता कार्की काठमाडौंबाट नवलपरासीको त्रिवेणी जाँदै गरेको यात्रुबाहक बस आज बिहान सबेरै धादिङको बेनीघाट रोराङ गाउँपालिकास्थित विशालटारमा दुर्घटना हुँदा ३१ जना घाइते भएका छन् ।,विशालटारको मोडमा लु २ ख ६६३० नंको यात्रुबाहक बस अनियन्त्रित भई सडकबाट १०० मिटर तल खसेर दुर्घटना भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय गजुरीका प्रह...
सुजिता कार्की विभिन्न प्रतिवेदनहरुले सोलुखुम्बुको लुक्लास्थित तेञ्जिङ हिलारी विमानस्थललाई विश्वकै खतरनाक विमानस्थलको सूचीमा राखेका छन् ।,विमानस्थलको छोटो रनवे, अवतरण गर्ने बेलाको भौगोलिक विकटता, केही समयमै परिवर्तन हुने मौसम आदिलाई उल्लेख गर्दै प्रतिवेदनहरूमा यो विमानस्थललाई खतरनाक विमानस्थलको सूचीमा राखिएको छ ।,तर यह...
सुजिता कार्की साविकका १३ गाविसले ११ लाख रुपैयाँ रकम हालसम्म कर्णाली प्राविधिक शिक्षालयलाई भुक्तानी नगर्दा छात्रवृत्तिका विद्यार्थी मर्कामा परेका छन् ।,आव २०६६/६७ मा कर्णाली प्राविधिक शिक्षालयमा डिप्लोमा तहको निर्माण संकाय सुरू गर्न प्रत्येक गाविसले  दुई लाख रुपैयाँ अनुदान दिने र एक प्राविधिक पढाउने लिखित प्रतिबद्धता ग...
सुजिता कार्की जिल्ला जनस्वास्थ्य कार्यालय, मोरङले बिनादर्ता सञ्चालित दुईवटा ल्याबमा सिलबन्दी गरेको छ ।,विराटनगर–९ अस्पताल चोकमा बिनादर्ता सञ्चालनमा आएको न्यू नेशनल डाइनेष्टिक ल्याब र रङ्गेली रोडमा रहेको श्री कालिका ल्याब क्लिनिकलाई अनुगमन टोलीले सोमबार साँझ शिलबन्दी गरेको जनस्वास्थ्यका शाखा अधिकृत हरि खत्रीले जानकारी ...
प्रकाश ढुंगाना ललितपुर, कुसुन्तीका प्रवीण खत्रीको मृत्यु टाउकोमा नजिकैबाट गोली लाग्नाले भएको पोस्टमार्टम रिपोर्टले देखाएको छ।,टिचिङ अस्पताल महाराजगन्जको फोरेन्सिक ल्याबका वरिष्ठ चिकित्सक डा. हरिहर वस्तीले 'घाउको प्रकृति हेर्दा नजिकैबाट गोली प्रहार भएको' जानकारी दिए। फोरेन्सिक ल्याबले खत्रीको पोस्टमार्टम रिपोर्ट ललितपु...
सुजिता कार्की मेचीनगरकी एक निर्वाचित जनप्रतिनिधिले गैरकानूनी माध्यमबाट कुबेत पठाएकी २४ वर्षीया बिस्मिता दर्जी विदेशमा घरेलु हिंसाको शिकार भएकी छन् ।,कुबेतमा दिनहुँ चर्को शारीरिक यातना भोग्न बाध्य हुनुपरेको भन्दै उनले जीवनरक्षाका लागि तत्काल स्वदेश फर्काइदिन हारगुहार गरेकी छन् ।,मेचीनगर–९ घर भएकी बिस्मितालाई मानव तस्कर...
चेतना गुरागाईं गत साता न्यूयोर्क फेसन विकमा एक-से-एक सुन्दर मोडल र्‍याम्पमा हिँडिरहेका थिए। जवान युवतीका बीच एक यस्ती मोडल स्टेजमा आइन् जसले सबैको ध्यान तानिन्।,उनी थिइन्, सेतै कपाल फुलेकी ६९ वर्षीया मायी मस्क। कपाल फुलेको होस् या गाला चाउरी परेका, मेकअप गरिएको अनुहारमा मुस्कान छर्दै मस्क कम्मरमा हात राखेर र्‍याम्पमा ...