content
stringlengths
20
64.1k
सुजिता कार्की दशैं, तिहार र छठ पर्वलाई लक्ष्य गरेर नारायणगढ–मुग्लिन सडक बुधबारदेखि चौबीसै घण्टा सञ्चालन हुने भएको छ ।,विस्तारका क्रममा रहेको सो सडकमा पहिरो खस्ने समस्या बढेपछि सुरक्षाका कारण गत असार २५ गतेदेखि रातका समयमा सडक रोकिँदै आएको छ । मुग्लिनतर्फबाट आउने सवारीलाई साँझ ७ बजेदेखि बिहान ५ बजेसम्म तथा नारायणगढतर्फ...
सुजिता कार्की सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका– ४ स्थित जिरी हटियाबाट हतियारसहित तीन युवालाई प्रहरीले आज पक्राउ गरेको छ ।,पक्राउ पर्नेमा तिलाठी कोइलाडी गाउँपालिका–३ सकरपुरा बस्ने २४ वर्षीय ईश्वर मुखिया, स्थानीयवासी १८ वर्षीय महेश मुखिया र २५ वर्षीय उपेन्द्र मुखिया रहेको प्रहरी उपरीक्षक मुकेशकुमार सिंहले जानकारी दिए ...
सुजिता कार्की मध्यपुरथिमिमा रहेको चक्रवर्ती हवी नर्सिङ कलेजले अवैधानिकरुपमा ३८ जना विद्यार्थी भर्ना गरेर एकैदिन  ९२ लाख ५० हजार रुपैयाँ संकलन गरेको छ ।,प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटिइभिटी)सँग कुनैपनि स्वीकृति नलिई ऐन, नियम विपरीत अवैधानिकरुपमा विद्यार्थी भर्ना गरेको हो ।,सिटिइभिटीको अनुमतिबिना नै क...
सुजिता कार्की जिल्ला प्रहरी कार्यालय र इलाका प्रहरी कार्यालय मेलम्चीको संयुक्त टोलीले नागरिकता प्रमाणपत्र र सरकारी छाप कीर्ते गरी १० वर्ष अघिदेखि फरार रहिआएका एक अभियुक्तलाई आज पक्राउ गरेको छ ।,काभ्रेपलाञ्चोक जिल्लाको जिरोकिलोदेखि पिछा गर्दै प्रहरी टोलीले सिन्धुपाल्चोक जिल्लाको सदरमुकाम चौताराबाट ४९ वर्षीय कुमार पाण्ड...
सेतोपाटी संवाददाता श्री मानव तथा बोलबम परिवारले आगामी कात्तिक २२ गते धनुषाको जनकपुरमा १ करोड शिव प्रार्थिव पुजन महायज्ञको आयोजना गर्ने भएको छ।,बोलबम परिवारले आइताबार  पत्रकार सम्मेलन गरेर उक्त महायज्ञको तयारीमा आफूहरू जुटिरहेको जानकारी दिएको हो ।,संस्थाका अध्यक्ष ललन ठाकुरले १३ वर्षपछि जनकपुरमा विश्वकै उदाहराणीय र भव्...
चेतना गुरागाईं अट्ठाइस वर्षपछि सुरु भएको चार दिन लामो महाकाली नाच आजदेखि सकिएको छ । मध्यपुरथिमि नगरपालिका–५ र ६ का युवा मिलन केन्द्र आबद्ध युवाको सक्रियतामा महाकाली नाच संरक्षण समिति गठन गरेर यस वर्षदेखि यो नाच सञ्चालन गरिएको हो ।,गत २१ गते राति मध्यपुरथिमि–५ भुँलाखेलस्थित नित्यनाथको पूजा गरी सुरू भएको यो नाच प्रत्येक...
सेतोपाटी संवाददाता आर्मीको लप्टन हुँ भन्दै रकम ठगी गरेको अभियोगमा एक जना पक्राउ परेका छन् ।,ललितपुर प्रहरीले ललितपुर २६ का ४० वर्षीय राजकुमार थापालाई पक्राउ गरेको हो । उनले आर्मीको लप्टन हुँ भन्दै लगनखेल लगायतका पसल र ब्यापारीसँग रकम उठाएका थिए भने कतिपयलाई जागिर खुवाइदिने भन्दै रकम असुलेका थिए।,अहिलेसम्म उनले १ लाख २...
सेतोपाटी संवाददाता अपहरण गरी बन्धक बनाइ रकम असुली गरेको अभियोगमा प्रहरीले ३ जनालाई पक्राउ गरेको छ। सिआइबीले रोल्पा थवाङका सुनिलकुमार थामी,आत्मियता बुढामगर र रुकुमका जितेन्द्र सुनारलाई पक्राउ गरेको हो ।,उनीहरुले भदौं ६ गते घोराहीका ५३ वर्षीय हस्तबहादुर नेपालीलाई काम छ भन्दै बोलाएर अपहरण गरेका थिए। नेपाली उनीहरुका चीनजा...
सुजिता कार्की पछिल्लो समयमा भक्तपुरमा चश्मा लगाउनेको संख्या बढेको छ ।,अहिलेका बालबालिकाले धेरै समय कम्प्युटर र मोबाइल चलाउने भएका कारण चश्मा लगाउनेको संख्या बढेको जिल्ला सामुदायिक आँखा केन्द्र भक्तपुरका प्रमुख धिरज अधिकारीको भनाइ छ । धुलो धुवाँमा हिँड्ने, लामो समयसम्म टेलिभिजन हेर्ने लगायतका कारण पनि धेरैको आँखामा समस...
चेतना गुरागाईं मुलुकको पर्यटन क्षेत्रको विकासमा सञ्चारमाध्यमको महत्वपूर्ण भूमिका रहेकामा जोड दिइएको छ ।,पर्यटन पत्रकार सङ्घ (जाट) नेपालको सातौँ वार्षिक साधारण सभाका अवसरमा आज यहाँ आयोजित कार्यक्रममा नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत दीपकराज जोशीले मुलुकको पर्यटन प्रवद्र्धनका लागि सञ्चार माध्यमको ठूलो भूमिका...
चेतना गुरागाईं सञ्चारमाध्यमले आत्महत्यासम्बन्धी समाचार प्रकाशन/प्रसारण गर्दा संवेदनशील हुनुपर्नेमा जोड दिइएको छ ।,विश्व आत्महत्या रोकथाम दिवसका अवसरमा आज राजधानीमा मनोविज्ञान सम्प्रदाय नेपाल र साइडडेक्स फाउन्डेशनले आयोजना गरेको ‘आत्महत्या न्यूनीकरणमा मिडियाको भूमिका’ विषयक अन्तर्क्रियामा सहभागिले आत्महत्यालाई प्रेरित ...
सेतोपाटी संवाददाता ७ वर्षअघि बृद्धाको गोली हानी फरार भएका एक जनालाई मकवानपुर प्रहरीले ७ वर्षपछि पक्राउ गरेको छ।,नामटार ६ का कुमार भन्ने सागर पण्डितलाई काठमाडौंको चन्द्रागिरीबाट पक्राउ गरिएको एसपी विकाश खनालले जानकारी दिए।,उनले २०६७ सालमा हाँडीखोला बस्ने ६२ वर्षक ठुलीमाया थिङको गोली हानी हत्या गरेका थिए।,काठमाडौं प्रहर...
चेतना गुरागाईं  ,वर्षौंदेखि रङ नलगाइएको पशुपतिनाथको मूल मन्दिरभित्रका ढुंगामा सफाइ गरी चम्काउन थालिएको छ ।,पशुपति क्षेत्र विकास कोष, वाग्मती सफाइ महाअभियान र खेम्स क्लिनिङको संयुक्त आयोजनामा पशुपतिनाथको मूल मन्दिरभित्र आजदेखि सफाइ शुरु गरिएको हो ।,बिहान दर्शनार्थीको भीड हुने भएकाले दिउँसो १ बजेपछि भीड कम हुने समय पारे...
चेतना गुरागाईं विराटनगर महानगरपालिकाले आज चालु आवका लागि तीन अर्बभन्दा बढीको बजेट सार्वजनिक गरेको छ ।,आव २०७४/०७५ का लागि महानगरपालिकातर्फ एक अर्ब ७४ करोड ८९ लाख २१ हजार, मझौला सहर एकीकृत शहरी वातावरणीय सुधार परियोजना/क्षेत्रीय विकास परियोजनातर्फएक अर्ब ६४ करोड गरी तीन अर्ब ३८ करोड ८९ लाख २१ हजार रुपैयाँको अनुमानित बज...
चेतना गुरागाईं प्रभावित क्षेत्रका बासिन्दाले राखेको माग पूरा गर्ने सहमतिपछि आजदेखि काठमाडौँ उपत्यकाको फोहोर ओखरपौवामा फाल्न थालिएको छ ।,प्रभावित क्षेत्रका बासिन्दाका माग पूरा गर्न पाँचबुँदे सहमति तथा कार्यदल गठन गरेपछि फोहोर फाल्न शुरु गरिएको ककनी गाँउपालिका– २ का वडाध्यक्ष केदार पौडेलले जानकारी दिए।,काठमाडौँको फोहोर ...
चेतना गुरागाईं वैदेशिक रोजगारीको क्रममा साउदी अरबको जेलमा परी आजीवन कारावासको सजाय सुनाइएका नवलपरासीको मध्यविन्दु नगरपालिका–४ का स्थानेश्वर भुसालले ‘ब्लडमनी’ बापत तिर्नुपर्ने रकमका लागि आर्थिक सहयोग कोष स्थापना गरिएको छ ।,भुसाल २०६७ साल असोजमा साउदी अरब जानुभएको थियो । साउदीमा चालकको काम गर्ने क्रममा त्यहाँ गएको १० मह...
चेतना गुरागाईं हतियारसहित पक्राउ परेका भारतीय नागरिकलाई आज पर्सा प्रहरीले सार्वजनिक गरेको छ ।,जिल्ला प्रहरी कार्यालयले आज पत्रकार सम्मेलन गरी एक थान कटुवा पेस्तोलसहित पक्राउ परेका भारत विहारको पूर्वी चम्पारण रक्सौलको मौजे निवासी महम्मद शम्शेरलाई प्रहरीले सार्वजनिक गरेको हो ।,नियमित चेकजाँचका क्रममा शम्शेरलाई गएराति वी...
चन्द्र काफ्ले किंग्स कलेजले आगामी भदौ २९ देखि ३१ सम्म १६औं इन्टरनेशनल आन्टरप्रेनरसिप फोरम (आइएफ) सम्मेलन आयोजना गर्ने भएको छ।,तीन दिनसम्म सञ्चालन हुने कार्यक्रम आयोजनाका लागि कलेजले बेलायतस्थित इसेक्स विजनेश स्कुलसँग सहकार्य गरेको छ।,हरेक वर्ष विश्वका विभिन्न राष्ट्रमा आयोजना हुने यस आइएफ सम्मेलनको यस वर्षको नारा ‘दिग...
प्रकाश ढुंगाना २०६६ सालमा रुपन्देही प्रहरीले लागु औषध र हातहतियार मुद्दा एक जनालाई समात्यो, त्यस बेला पक्राउ परेका व्यक्तिले भारत जुगौली बताउँदै आफ्नो नाम बब्लु तिवारी प्रहरीलाई टिपाएका थिए।,गत पुस महिनाको अन्तिममा लागु औषधसहित एक जनालाई केन्द्रीय लागु औषध नियन्त्रण ब्युरोले काठमाडौंबाट एक जनालाई पक्राउ गर्यो ।,प्रहरी...
सुजिता कार्की जाजरकोटको अति दुर्गम क्षेत्रमा रहेको स्वास्थ्य संस्थामा भिडियो एक्स–रे सेवा सुरू भएको छ ।,जिल्लाको त्रिवेणी नलगाड नगरपालिका वडा नं ७ स्थित दल्ली स्वास्थ्य चौकीमा भिडियो एक्स–रे सेवा सुरू गरिएको हो ।,साविकका आठ गाविस अर्थात्, त्रिवेणी नलगाड नगरपालिका र बारेकोट गाउँपालिकाका ,तल्लो डोल्पा, रुकुमको पश्चिमी क...
सुजिता कार्की सोलुखुम्बुको दूधकौसिका गाउँपालिकाको नाम परिवर्तन गरिएको छ ।,गाउँपालिकाको आइतबार सम्पन्न पहिलो गाउँसभाले दूधकौसिका नाम परिवर्तन गरी थुलुङ दूधकोशी राखेको वडा नं ७ का अध्यक्ष रामसंघर्ष थुलुङले जानकारी दिए ।,सो गाउँपालिकाको नाम स्थानीय तह पुनःसंरचनाका बेला पनि थुलुङ दूधकोशी राख्नका लागि थुलुङले माग गरेका थिए...
सुजिता कार्की पोखरा–लेखनाथ महानगरपालिका–९ पृथ्वीचोकस्थित पोखरा सस्तो बजारमा आज बिहान शंकास्पद वस्तु फेला परेको छ ।,नेपाल वायु सेवा निगमको स्वामित्वमा रहेको सो जमिनमा एक व्यवसायीले ठेक्कामा लिएर सटर निर्माण सुरू गरेका र त्यस ठाउँमा एका बिहानै झोलामा पोको पारेर राखिएको शंकास्पद वस्तु फेला परेको जिल्ला प्रहरी कार्यालय का...
सुजिता कार्की दशैंका लागि भारतबाट मजदूरी गरेर घर फर्किंदै गरेका सल्यान मर्मा–५ का तीनजना आज बिहान कञ्चनपुरको ब्रह्मदेव बजारमा लुटिएका छन्।,भारतको उत्तराखण्डस्थित पौडी गड्वालबाट मजदूर गरेर घर फर्किंदै गरेका सल्यान मर्माका देवबहादुर राना, दलवीर राना र नन्दराम राना भीमदत्तनगरपालिका–९ मा रहेको ब्रह्मदेव बजारमा नेपालीबाटै ...
सुजिता कार्की पश्चिम नेपालमा सबैभन्दा बढी दुर्घटना हुने नवलपरासीको कावासोती क्षेत्रमा बढ्दो सवारी दुर्घटना न्यूनीकरण गर्न एक विद्यालयमा ,एक/एक, जना ट्राफिक शिक्षक तयार गरिँदै आएको छ ।,विद्यालयबाट सञ्चार छिटो हुने भएकाले अटो वेज प्रालि चितवन र रोटरी क्लब नारायणगढको सहयोगमा जिल्ला ट्राफिक कार्यालय कावासोती नवलपरासीले प्...
सुजिता कार्की मिनिबसले ठक्कर दिँदा कपिलवस्तुमा आइतबार साँझ एक महिलाको मृत्यु भएको छ ।,वाणगंगा–१ बैरियामा बाटो काट्ने क्रममा पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको लु२ख १५७१ नंको मिनिबसले ठक्कर दिँदा दाङ गोबडिया गाउँपालिका–६ बस्ने ५५ वर्षीया किजी चौधरीको मृत्यु भएको हो ।,पूर्व–पश्चिम राजमार्गको बैरियामा बाटो काट्ने क्रममा बसल...
नारायण महर्जन सातदिनसम्म मनाइने इन्द्रजात्रा नानीचाःया जात्रा मनाए सँगैं समापन भएको छ। कुमारी, भैरव र गणेशको रथ रथलाई प्याफल, यट्खा, नरदेवी हुँदै किलागल, भेंडासिंह, इन्द्रचोक, मखन हुँदै कुमारी घरमा पुर्‍याइ भित्र्याएपछि  जात्रा सकिएको हो।,भाद्र शुक्ल द्वादशीका दिन हनुमानढोकाअगाडि धार्मिक विधिपूर्वक इन्द्रध्वजा सहितको ...
सेतोपाटी संवाददाता काठमाडौंको ठमेलबाट बाल यौनदुराचारीको आरोपमा एक जना विदेशी नागरिक पक्राउ परेका छन् ।,काठमाडौंको ठमेलस्थित एक होटलबाट अष्ट्रियाका ४५ वर्षीय नागरिक केन्डलर मारकुसलाई पक्राउ गरिएको एसपी मिरा चौधरीले जानकारी दिइन्। उनको कोठाबाट एक जना बालकको प्रहरीले उद्धार गरेको छ ।,उनले ती बालकलाई उपत्यकाबाहिरबाट काठमा...
सेतोपाटी संवाददाता नयाँ बानेश्वरमा मन्त्रीको गाडीले मोटरसाइकललाई ठक्कर दिँदा दुई जना घाइते भएका छन् ।,सूचना तथा सञ्चार राज्यमन्त्री तप्तबहादुर विष्ट सवार गाडीले बानेश्वरमा मोटरसाईकललाई ठक्कर दिँदा दुई जना घाइते भएका हुन्।,प्रहरीका अनुसार राज्यमन्त्री विष्ट सवार बा १ झ ७१६३ गाडीले बा ४८ प ९२५० को मोटरसाइकललाई ठक्कर दिए...
चेतना गुरागाईं व्यस्त दैनिकी, तनाव र अव्यवस्थित खानपान आधुनिक सहरीया जीवनको अभिन्न अंग जस्तै हुन्। यिनै तीन कारण हुन् जसले हामीलाई अस्वस्थ बनाउँदै लगेका छन् र हाम्रो शरीरलाई रोगको घर।,पछिल्लो समय उच्च रक्तचाप, कोलेस्ट्रोल, मधुमेहजस्ता रोग सामान्य भइसकेका छन्।,यसको अर्को कारण पनि छ-हामी स्वादे जिब्रोको बहसमा छौं। तलतल ...
बिबिसी मस्तिष्क रोगका कारण निधन भएकी १३ वर्षीया बालिकाका अंगहरु आठ जनामा प्रत्यारोपण गरिएको छ। एकै मान्छेका अंग यति धेरै जनामा प्रत्यारोपण हुनु एकदमै दुर्लभ हो।,बेलायत सोमरसेटकी जमिमा लेजेलको सन् २०१२ मा मृत्यु भएको थियो। उनले आफ्नो मुटु, फोक्सो, मृगौला, पित्तथैली, कलेजो र सानो आन्द्रा दान गरेकी थिइन्।,उनका यी अंगका क...
सुजिता कार्की सानो उमेरका बालबालिकालाई प्रशिक्षण दिएर भारोत्तोलनको कुशल खेलाडी बनाउने उद्देश्यका साथ नेपालगञ्जमा अन्तर्राष्ट्रियस्तरको ‘वेटलिफ्टिङ फिटनेस एकेडमी सेण्टर’ भवनको निर्माण कार्य द्रुत गतिमा भइरहेको छ ।,नेपालगञ्जमा एक वर्षपछि आयोजना हुने आठौँ राष्ट्रिय खेलकुद प्रतियोगितालाई समेत दृष्टिगत गरी सो सेण्टर भवनको ...
समुन्द्र राज घिमिरे (तस्बिर: अनिश रेग्मी) ‘मुन्द्रे’ भनेर चिनिने सुरजको हातमा भुइँ बढार्ने ब्रस थियो। उनी पशुपति आर्यघाटछेउ आफू बस्ने पाटीको भुइँ बढार्दै थिए।,‘खुम्ले’ उर्फ कुमार नयाँ बुट बजार्दै सुरजतिर आए।,निहुरिएर बढारिरहेका सुरजको आँखा ताक्दै कुमारले टल्किएको नयाँ बुट देखाए। भने, ‘ओई मुन्द्रे, यहाँ हेर् त मेरो नया...
चेतना गुरागाईं राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले नेपाल टेलिकमलाई पाँच दिनभित्र धरहरा पुनःनिर्माण सम्बन्धमा आफ्नो आधिकारिक धारणा तयार गरी पेश गर्न निर्देशन दिएको छ ।,प्राधिकरणले भदौ १२ गते टेलिकमलाई धरहरा पुनःनिर्माण सम्बन्धमा आफ्नो आधिकारिक प्रस्ताव पेश गर्न पत्राचार गरेको थियो । उक्त पत्रको जवाफ नआएपछि प्राधिकरणले आज...
विद्या राजपुत कुश्माबजारमा ठूला पशु चौपाया बध गर्ने अत्याधुनिक पशु बधशाला निर्माण भएको छ।,कुश्मामा झण्डै  दुई करोड रुपैयाँको लगानीमा बसेल पशु बधशाला निर्माण भएको हो। बधशाला दशैँअगावै सञ्चालनमा आइसक्ने भएको छ।,बसेल ताजा मासु पसलका सञ्चालक शिवलाल सार्कीले सञ्चालन गर्न लागेको पशु बधशाला ठूला पशु बध गर्ने पश्चिमाञ्चलकै सब...
विद्या राजपुत पोखरा लेखनाथ महानगरपालिकाको पृथ्वीचोकस्थित बसपार्कमा सहारा क्लबद्वारा सञ्चालित सार्वजनिक शौचालय २९ लाख रुपैयाँको लागतमा मर्मतपछि सञ्चालनमा आएको छ।,सुविधासम्पन्न सो शौचालय महानगरपालिकाको करिब १४ लाख चार हजार रुपैयाँ, सहारा क्लबको रु १३ लाख ४९ हजार, बाबा फाउण्डेशन नेपालको  ६० हजार रुपैयाँ , बिबी निर्माण से...
विद्या राजपुत तराईका बाढीपीडितलाई यहाँका शैक्षिक संस्थाले आर्थिक सहयोग प्रदान गरेका छन्।,निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन (प्याब्सन) ले आफ्ना सदस्य विद्यालयबाट छ लाख ३० हजार रुपैयाँ संकलन गरेको थियो। सदस्य विद्यालयले भने शिक्षक, अभिभावक र विद्यार्थीबाट बाढीपीडितको सहयोगार्थ भन्दै स्वेच्छिक सहयोग आह्वान गरेको थियो।...
विद्या राजपुत पढाइ र सिकाइको तौरतरिका सरलीकृत गरी गुणस्तरीय शिक्षा प्रदान गर्न डिजिटल प्रविधिबाट पढाइ शुरु गरिएको छ।,गोसाइँकुण्ड गाउँपालिकाका अध्यक्ष कर्साङनुर्पु तामाङका अनुसार स्याफ्रुबेँसी माविबाट डिजिटल प्रविधिबाट पढाइ शुरु गरिएको हो। सदरमुकाममा अवस्थित धुञ्चे माविमा पनि सोही प्रविधिबाट पढाइ शुरु गर्न आग्रह गरिएको...
विद्या राजपुत घरमै सुत्केरी हुने पुरानो परम्परालाई छाड्दै ग्रामीण भेगका महिला सुत्केरी हुन स्वास्थ्य संस्थामा जान थालेका छन्।,जिल्ला स्वास्थ्य कार्यालयले बैतडीलाई पूर्ण संस्थागत सुत्केरी जिल्ला घोषणा गर्ने लक्ष्य लिएपछि स्वास्थ्य संस्थामा आएका सुत्केरी हुनेको संख्या बढ्दै गएको हो। तीन वर्षको तथ्यांकलाई हेर्दा स्वास्थ्...
चेतना गुरागाईं मेक्सिकोको पिपिजियापानमा गएको ८.१ म्याग्निच्यूडको भूकम्पमा परी हालसम्म १२ जनाभन्दा बढीको मृत्यु भएको छ। मृतकको संख्या अझै बढिरहेको र कयौं अरू घाइते भएका अन्तर्राष्ट्रिय समाचारमाध्यमले जनाएका छन्।,अमेरिकी जिओलोकिजल सर्भेका अनुसार भूकम्पको केन्द्रविन्दु पिपिजियापान सहरबाट ८७ किलोमिटर दक्षिण–पश्चिम क्षेत्र...
विद्या राजपुत दशैँ नजिकिँदै आएपछि बजारमा बिक्रीवितरणमा राखिएका वस्तु अखाद्य पाइएको एक अनुगमन टोलीले बताएको छ।,मेचीनगर क्षेत्रभित्र मेचीनगर नगरपालिकाले शुक्रबार गरेको अनुगमनका क्रममा यस्तो भेटिएको हो। नगरपालिकाका खाद्य अधिकृत दीपेन्द्र कार्की नेत्तृत्वको टोलीले धुलाबारीका २० पसल तथा स्थानीय हाटबजारमा अनुगमनका क्रममा म्...
राकेशकुमार मिश्र बाँके डुडुवा गाउँपालिका– ४ कम्दी पदमपुरस्थित शिवगायत्री विद्या विस्तार गौशाला गुरुकूल आश्रम गौशाला संकटमा परेको छ।,जैविक खेतीका लागि प्राङ्गारिक मल उत्पादन, स्थानीय जातका गाईको संरक्षण, गौमुत्रबाट औषधि बनाउने उद्देश्यले सञ्चालनमा ल्याइएको गौशालामा ५५ वटा गाई र बाच्छाबाच्छी छन्। तर गौशालाको उचित व्यवस्...
विद्या राजपुत कैलाली जिल्लामा अझै तीन प्रतिशतभन्दा बढी बालबालिका विद्यालय शिक्षाको पहुँचबाट बाहिर रहेका छन्।,खासगरी, विपन्न तथा सीमान्तकृत समुदायका बालबालिका शिक्षाको पहुँचभन्दा बाहिर रहेको जिल्ला शिक्षा कार्यालयले जनाएको छ। राज्यले सबै नागरिकलाई शिक्षाको समान अवसर प्रदान गर्ने व्यवस्था गरेको छ। तर आर्थिक अवस्थाका साथ...
विद्या राजपुत चक्रपथ क्षेत्रमा चल्ने सवारीसाधनलाई व्यवस्थित बनाउन बसुन्धरादेखि बालाजुसम्मको सडकमा सरसफाइ गरिएको छ।,महानगरीय ट्राफिक प्रहरी महाशाखा, सडक विभाग, काठमाडौँ महानगरपालिका, ग्रिनसिटी अस्पताललगायत विभिन्न संघ संस्थाको आयोजनामा आज बिहान सरसफाइ गरिएको हो।,सरसफाइको क्रममा महाशाखा, विभाग, महानगरपालिकालगायतका संघ स...
विद्या राजपुत नुवाकोटको गुरुङ गाउँमा बस दुर्घटना भएको छ। दुर्घटनामा ३ जनाको घटनास्थलमा मृत्यु भएको प्रहरीले जनाएको छ।,शनिबार काठमाडौंबाट छहरे नुवाकोटका लागि छुटेको बा १ ख ६३४८ नम्बरको यात्रुबहाक बस करीब १२ बजे टोखा-छहरे सडक खण्डको शिवपुरी गाउँपालिका- ७ गुरुङ गाउँमा दुर्घटना भएको थियो।,प्रहरीले दिएको प्रारम्भिक जानकारी...
विद्या राजपुत होमनेट नेपालले सञ्चालन गरेको भूकम्पपीडितलाई सीपमूलक तालिम र रोजगारी कार्यक्रम प्रभावकारी देखिएको छ ।,सो संस्थाले रोजगारीको खोजीमा रहेको भूकम्पपीडितको विवरण लिई रोजगारदाता संस्थासँग समन्वय गरी रोजगारी उपलब्ध गराउँदै आएको छ ।,शहरी रोजगार कार्यक्रमअन्तर्गत खाद्य सुरक्षा तथा जीविकोपार्जन परियोजनाअन्तर्गत अक्...
विद्या राजपुत लमजुडको मध्यनेपाल नगरपालिकामा करेण्ट लागेर आज बिहान एक जनाको मृत्यु भएको छ।,मृत्यु हुनेमा मध्यनेपाल ७, रामबजारका ३६ वर्षीय विलबहादुर बोटे रहेका छन्। मिदिम खोलामा माछा मार्ने क्रममा उनकोे करेण्ट लागेर मृत्यु भएको हो।,ब्याट्री प्रयोग गरी माछा मार्ने क्रममा लामो बाँस बिजुलीको तारमा छोइएपछि करेण्ट लागेको थिय...
सेतोपाटी संवाददाता दशैमा राजधानीबाहिर जाने यात्रुका लागि यातायात व्यवसायीले आगामी मंगलबारदेखि टिकट बुकिङ खुल्ला गर्ने भएका छन् ।,बढी भाडा लिन पाउने र हुटमा यात्रु राख्न पाउने आफ्नो माग सरकारले पूरा गर्ने भएपछि यातायात व्यवसायीले मंगलबारदेखि दशैंको लागि टिकट बुकिङ खुला गर्ने भएका छन् ।,मुलुकभर बर्षाद्को पानीका कारण बिग...
भानुभक्त (तस्बिरः नारायण महर्जन) शुक्रबार बिहान सवा ११ बज्दा दक्षिणकाली नगरका मेयर मोहन बस्नेत आफ्नो कार्यालयमा कसैलाई पर्खिरहेका थिए।,‘बाह्र बजे आउँछु भन्नुभएको छ,’ उनले घडी हेर्दै भने, ‘एकछिन अझै कुरौं।’,साढे ११ बजे कीर्तिपुर नगरका मेयर रमेश महर्जन कोठाभित्र छिरे।,‘स्वागत छ मेयरसाब, हजुर आएर यो ठाउँलाई पवित्र पारिदि...
सेतोपाटी संवाददाता डा‍ गोविन्द केसीले त्रिवि अन्तरगतका निजी मेडिकल कलेजहरूले विद्यार्थीहरूलाई ब्ल्याकमेल गरेर तोकिएको भन्दा बढी रकम असुलेको बताएका छन् ।,आइतबार उनले एक प्रेस विज्ञप्ति जारी गरी त्रिवि अन्तर्गतका निजी मेडिकल कलेजहरूले विद्यार्थीहरूलाई ब्ल्याकमेल गरेर ज्यादतीपूर्ण रुपमा तोकिएको शुल्क (३१ लाख रुपैयाँ) माथ...
सुजिता कार्की सोलुखुम्बुमा रहेका आठ स्थानीय तहमध्ये छवटामा बैंक नहुँदा सास्ती भएको छ । बैंक नभएका कारण कारोबारका लागि स्थानीय तहका कर्मचारी र जनप्रतिनिधिहरू सदरमुकाम धाउन बाध्य भएका छन् ।,लिखुपिके गाउँपालिकाका प्रमुख डम्बरबहादुर बस्नेत बैंकको कामकै लागि दुई दिन पैदल हिँडेर सदरमुकाम आउन बाध्य भएको बताए । गाउँमा बैंक नभ...
सुजिता कार्की चितवन राष्ट्रिय निकुञ्जको कछुवानी पोष्ट नजिकै दलदलमा फसेर आज एउटा गैँडा मरेको छ ।,दलदलमा फसेर अड्किएको अर्धवयस्क पोथी गैँडा आज बिहान मरेको निकुञ्जका सहायक संरक्षण अधिकृत अभिनय पाठकले जानकारी दिए।,शनिबार दलदलमा फसेको भेटिएपछि गैँडालाई हात्तीको सहायतामा निकालिएको थियो । दलदलमा अड्किएर शिथिल भइसकेका कारण गै...
सुजिता कार्की कास्कीमा मोटर चल्ने आठ वटा पुल निर्माणाधीन छन् ।,आव २०७३/७४ को असार मसान्तसम्म दुई पुल भने बनिसकेका छन् । पोखराको बसपार्क र रामबजार जोड्ने सेती नदीमाथि बनेका चोर साँघु र सहरीचोकदेखि लेखसाइड जोड्ने फिर्के खोलामाथिको पुल बनी सवारी आवागमन सुरू भइसकेको जिल्ला समन्वय समिति कास्कीका जिल्ला इञ्जिनीयर नारायणप्रस...
सुजिता कार्की नवगठित भोजपुर हातेमालो समाज युएईले भोजपुरको अस्पताललाई आर्थिक सहयोग गरेका छन् ।,भोजपुरबाट वैदेशिक रोजगारीका लागि युएई गएका युवाको सक्रियतामा गठित समाजले जिल्ला अस्पताललाई सहयोगार्थ ह्विलचियर खरीदका लागि एक लाख रुपैयाँ दिने भएका हुन् ।,जिल्लामा आइपर्ने प्राकृतिक तथा दैवी विपत्ति र जिल्लाको विकासमा सहयोग प...
सुजिता कार्की पशु क्वारेण्टाइन विराटनगर चेक पोष्टका कार्यालय सहयोगी पशुपति खतिवडाले पंक्षी तथा चौपायाको परीक्षण सुँघेरै गर्ने गरेका छन् ।,विगत पाँच वर्षयता भारतबाट विराटनगर रानी चेक पोस्ट हुँदै नेपाल भित्रिने गरेका पंक्षी तथा चौपायाको स्वास्थ्य परीक्षण सुँघेकै भरमा निरोगिताको प्रमाणपत्र दिने गरेको पाइएको हो ।,यदाकदा च...
सुजिता कार्की जथाभावी फोहोर फाल्ने र खोला अतिक्रमण गर्ने क्रम बढेपछि भक्तपुर र काठमाडौंको सीमाना भएर बग्ने मनोहरा खोलाको संरक्षण र सफाइ अभियान सुरू गरिएको छ ।,मनोहरा खोला सरसफाइ तथा सम्पदा बचाउ नागरिक अभियानले ५२ हप्तासम्म हरेक शनिबार बिहान ६ः३० बजेदेखि ९ बजेसम्म मनोहरा खोला सरसफाइ गरी खोला संरक्षण गर्ने जनाएको हो ।,भ...
भगवती पाण्डे कपिलवस्तु प्रहरीको नियन्त्रणमा रहेका एक व्यक्ति चितवनबाट हत्कडी सहित भागेका छन् ।,मानव बेचबिखन आरोपमा कृष्णनगर प्रहरीले नियन्त्रणमा लिएका मंगला गाउँपालिकाका ३ म्याग्दीका सन्देश किसान सोमबार राति हत्कडीसहित भागेका हुन्।,प्रहरी  स्रोतका अनुसार २१ वर्षिय किसानलाई बानेश्वर प्रहरीको आग्रहमा सोमबार कृष्णनगर प्र...
सुजिता कार्की तेह्रथुमका स्वास्थ्य संस्थामा सामान्य अवस्थाका बिरामीलाई चाहिने औषधिको पनि अभाव भएको छ ।,आर्थिक वर्ष सुरू भएपछि जिल्ला स्वास्थ्य कार्यालयले औषधि पठाउन छाडेकाले औषधि अभाव भएको हो । स्थानीय तह आफैँले औषधि खरीद गर्नुपर्ने व्यवस्था रहेको भन्दै कार्यालयले औषधि पठाएको छैन ।,कार्यालयले औषधि पठाउन छाडेपछि दुई मह...
सुजिता कार्की जिल्ला प्रहरी कार्यालय कास्कीको फरार रहेका अपराधीलाई पक्राउ गर्ने अभियानअन्तर्गत २९ वर्षपछि एकजना चोरीका अभियुक्तलाई पक्राउ गरेको छ ।,कास्की जिल्ला अदातलको २०४५ जेठ १९ गतेको फैसलाअनुसार एक वर्ष दुई महिना १५ दिन कैद तोकिएका पोखरा लेखनाथ महानगरपालिका वडा नंं ५ का राजेन्द्र भट्टराईलाई पक्राउ गरिएको प्रहरी न...
सुजिता कार्की तनाव झेल्न नसक्ने व्यक्तिमा डिप्रेसन र मानसिक रोगका कारण काभ्रेपलाञ्चोकमा आत्महत्याका घटना बढ्दै गएका छन् ।,धुलिखेल अस्पतालका चिकित्सक डा अजय रिसालले जैविक, मनोवैज्ञानिक र सामाजिक मुख्य कारणले मानिसलाई आत्महत्यातर्फ डोर्‍याएको उल्लेख गर्दै आत्महत्याका विभिन्न कारक तत्व हुन्छन् भने ।,डा रिसालले भने – ‘जुन...
सुजिता कार्की अख्तियार दुरूपयोग अनुसन्धान आयोगले पाँच लाख रुपैयाँ घुस लिँदै गर्दा तीन कर्मचारीलाई पक्राउ गरेको छ ।,आयोगबाट खटिएको टोलीले नेपाल नापतौल तथा गुणस्तर विभागका ट्याक्सी ट्याम्पो एकाइका प्रमुख विकास ध्वजु, नायब सुब्बा दुर्गाप्रसाद रेग्मी र ठाकुरराम खड्कालाई आज बिहान पक्राउ गरेको हो ।,आयोगको टोलीले भक्तपुरको स...
सुजिता कार्की जाजरकोटको भेरी नगरपालिका–३ न्यूरोडमा पहिरो जाँदा १२ दिनदेखि यातायात अवरुद्ध छ ।,पहिरोले जाजरकोट–डोल्पा सडकको खलंगा–रिम्ना खण्ड भत्किएको छ । यातायात अवरुद्ध हुँदा यात्रु खलंगादेखि रिम्नासम्म चार पाँच घण्टा पैदल हिँड्न बाध्य छन् ।,दैनिक उपभोग्य वस्तु ओसारपसारमा पनि समस्या छ । पहिरोले पैदल यात्रीलाई आउजाउमा...
मनोज सत्याल  ,अभिनेत्री करिश्मा मानन्धर ९ कक्षा भर्ना भएपछि वाङ्देन लामा ‘नोस्टाल्जिक’ भएका छन्।,वाङ्देनकी आमा पनि उनी जन्मेपछि नै १० कक्षा भर्ना भएकी थिइन्। त्यसपछि कक्षा १२ सम्म पढिन्। पढाइप्रति आफ्नी आमाको जस्तै लगाव र दृढता उनले करिश्मामा देखेका छन्।,वाङ्देन मैतिदेवीस्थित त्रिवेणी पब्लिक स्कुलका प्रिन्सिपल हुन्, ज...
सेतोपाटी १ किलो सुनसहित ताइवानी नागरिक त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ परेका छन् ।,विमानस्थल भन्सार कार्यालय परिसरमा यात्रु जाँच गर्ने क्रममा क्याथे ड्रागन एअरको उडानबाट हङकङ हुँदै काठमाडौं आएका ताइवानी नागरिक चिएचुन चाङलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।,उनको साथबाट लुकाइछिपाइ ल्याएको करिब १ केजी सुन बर...
अर्जुन गिरी तनहुँको बन्दीपुर गाउँपालिका वडा नम्बर–६ का वडा सदस्य वीरेन गुरुङलाई अज्ञात समूहका  युवाले  खुकुरी प्रहार गरेका छन् । व्यास नगरपालिका–२ बागबजार पेट्रोल पम्प नजिकै होटलमा गुरुङमाथि मंगलबार  हमला भएको हो ।,खुकुरी प्रहारबाट घाइते वडा सदस्य गुरुङलाई रत्नहरि अस्पताल दमौलीमा सामान्य उपचारपछि मंगलबारै पोखरा मणिपाल...
सेतोपाटी काठमाडाैं  विश्वविद्यालय (केयु) को सात स्कुलहरुमध्ये एक— स्कुलअफ आट्र्सको एक दिवसीयकार्यक्रम ‘केयु स्कुलअफ आट्र्स मीट एण्ड ग्रीट– २०१७’ आइतबार हुने भएको छ।,स्कुल कम्प्लेक्स, हात्तिवनमा हुने मेलामा स्कुल अफ आट्र्समा अध्ययनको अभिलाशा राख्ने विद्यार्थीहरु जम्मा हुने अपेक्षा गरिएको छ ।,जहाँ उनीहरुले स्कुलमा उपलब्...
चेतना गुरागाईं चार किलो लागुऔषध चरेससहित प्रहरीले आज एक जनालाई पक्राउ गरेको छ ।,पक्राउ पर्नेमा मकवानपुर थाहा नगरपालिका–६ घर भई हाल काठमाडौँ बालाजु बस्ने ३१ वर्षीय ‘शुक्रराज थिङ’ भन्ने राजु लामा रहेका छन् ।,प्राप्त सूचनाका आधारमा उनलाई काठमाडौँ महानगरपालिका–९ तिलगंगास्थित महाराजा होटलको कोठा नं १०१ बाट पक्राउ गरेको हो ...
सुजिता कार्की मध्यपुरथिमि नगरपालिकाले आव ०७३/०७४ मा  छ करोड ७७ लाख २० हजार रुपैयााँ राजस्व संकलन गर्ने लक्ष्य राखेकामा १९१.१७ प्रतिशत वृद्धि गरी १२ करोड ९४ लाख ६० हजार रुपैयाँ संकलन गरेको छ ।,नयाँ जनप्रतिनिधिले १०० दिनमा गरेका काम तथा प्रगति आज सार्वजनिक गर्दै नगरप्रमुख मदनसुन्दर श्रेष्ठले जनप्रतिनिधि आएपछि प्रत्येक व...
सुजिता कार्की दशैं, तिहार र छठ पर्वलाई लक्षित गरेर नारायणगढ–मुग्लिन सडक यही भदौ २८ गतेबाट रातको समयमा पनि खुला गरिने भएको छ ।,स्थानीय प्रशासन, प्रहरी, निर्माण कम्पनी र सरोकारवालाहरुको आज काठमाडौंमा  सम्पन्न बैठकले चाडपर्वका बेला सडकलाई यात्रुमैत्री बनाउन विभिन्न निर्णयसमेत गरेको छ ।,गत असार २५ गतेबाट सो सडक रातको समयम...
सुजिता कार्की तेस्रो चरणको स्थानीय निर्वाचनको मुखमा आएर धनुषा जिल्लाको धनुषाधाम नगरपालिकाका प्रमुख पदका उम्मेदवारको घरमा अज्ञात समूहले बम विस्फोट गरेको छ ।,बिहिबार राति घरको कम्पाउण्डभित्र गएर अज्ञात व्यक्तिले बम विस्फोटन गराएको हो । सो घटनापछि धनुषाधामको सुरक्षा अवस्था अत्यन्तै कडा बनाइएको छ । धनुषाधाम नगरपालिकाको रा...
सुजिता कार्की नेकपा (माओवादी केन्द्र) दोलखाका नेता राम ढुङ्गेल खुकुरी प्रहारबाट गम्भीर घाइते भएका छन् ।,कालिञ्चोक गाउँपालिकाका सह–संयोजक ३३ वर्षीय नेता ढुङ्गेल खुकुरी प्रहारबाट गम्भीर घाइते भएका हुन् । खुकुरी प्रहारबाट ढुङ्गेलको टाउकामा गम्भीर चोट लागेको छ । कालिञ्चोक गाउँपालिका–३ लामिडाँडाका ढुङ्गेललाई बिहिबार मध्याह...
सुजिता कार्की सडक र विद्युत्लाई पहिलो प्राथमिकता दिँदै टेम्केमैयुङ गाउँपालिकाको प्रथम गाउँसभा सम्पन्न भएको छ ।,गाउँपालिकाको पूर्वाधार निर्माणअन्तर्गत सडक र विद्युतलाई पहिलो प्राथमिकतामा राखी गाउँसभाले बजेट विनियोजन गरेको छ । गाउँसभाले सडकमा  पाँच करोड ९ लाख  सत्तरी हजार रुपैयाँ, विद्युतमा एक करोड ३८ लाख ३० हजार रुपैया...
सुजिता कार्की गुल्मीको एक विद्यालयमा भाइरल ज्वरोले गर्दा दुई दिन विद्यालय बन्द गर्नुपरेको छ ।,मुसिकोट नगरपालिका–५ स्थित आँपचौरमा रहेको नेपाल राष्ट्रिय माध्यमिक विद्यालयमा भाइरल ज्वरोले गर्दा विद्यालयका अधिकांश शिक्षक र विद्यालयका करीब आधा विद्यार्थी भाइरल ज्वरोले बिरामी भएपछि बुधबार र बिहिबार अर्थात् हिजोसम्म दुई दिनक...
सुजिता कार्की भारतका विभिन्न स्थानमा अलपत्र परेका चार नेपाली बालबालिकालाई उद्धार गरी बिहिबार नेपालगञ्ज  ल्याइएको छ ।,भारतस्थित नेपाली दूतावास र विभिन्न संघ संस्थाको सहयोगमा उनीहरूलाई दिल्ली, उडिसा, चण्डिगढलगायत स्थानबाट उद्धार गरिएको हो ।,माइती नेपालको अगुवाइमा सर्लाही जिल्लाका १३ वर्षीय अमिर तामाङ, १४ वर्षीय सुरेश रम...
सुजिता कार्की जिल्ला प्रहरी कार्यालय बिहिबार एकै दिन २४ फरार दोषीलाई पक्राउ गर्न सफल भएको छ ।,जिल्ला अदालत सुनसरीबाट कैद सजाय पाई फरार रहेका कुटपिट मुद्दाका १२, लुटपाट मुद्दा– केही सार्वजनिक अपराध मुद्दा– लागुऔषध ओसारपसार मुद्दा– लेनदेन मुद्दाका एक एक, जालसाजी मुद्दाका चारलाई पक्राउ गरिएको हो ।,त्यस्तै अंश मुद्दा, गाल...
सुजिता कार्की स्थानीय तह पुनःसंरचनाको सुरूबाटै विवादमा रहेको खोटेहाङ गाउँपालिकाको केन्द्र खोटाङ बजारमा रहने भएको छ । जिल्लाको पुरानो सदरमुकाम रहेको खोटाङबजार र व्यापारिक केन्द्र इन्द्रेणीपोखरीमध्ये कुनै एक ठाँउमा केन्द्र रहनुपर्ने विषयको विवाद मतदानमार्फत टुङ्ग्याइएको हो ।,निर्वाचन आयोगले अस्थायीरुपमा खोटाङबजारमा नै ग...
सुजिता कार्की कञ्चनपुरको साविक दोधारा गाविसका पूर्वअध्यक्ष बेलबहादुर रानामाथि भारतीय लुटेराले बिहिबार हमला र लुटपाट गरेका छन् ।,भारतीय बजारबाट उपचार गरी फर्कने क्रममा नगरा नजिक तीनजना भारतीय लुटेराले हमला र लुटपाट गरेका हुन् । नेपाली काँग्रेसका महाधिवेशन प्रतिनिधिसमेत रहेका रानासँग रहेको मोबाइल सेट र भारतीय रुपैयाँ ३६...
सुजिता कार्की गत मंगलबारदेखि हराइरहेकी नवलपरासीको बर्दघाट नगरपालिका–१६ केराघारी बस्ने एक बालिका फेला परेकी छिन् ।,आशा गुरुङकी १२ वर्षीया छोरी अस्मिता गुरुङ गत मंगलबार गंगा मावि गंगाबस्तीबाट साथीहरूसँग दिउँसो १२ बजेको समयमा पौडी खेलिरहेको अवस्थामा हराएकी थिइन् ।,तीनजना साथी घर फर्के तर अस्मिता भने दाइको ससुराली सर्दी ज...
सुजिता कार्की पर्वतको मोदी गाउँपालिका–४ खुइँजरीका सन्तबहादुर पुन १७ वर्षदेखि साउदी अरबको कारागारमा अलपत्र परेका छन् । २०५७ साल फागुनमा साउदी पुगेका पुन त्यहाँको गाउँमा भेडाबाख्रा हेर्ने काम गर्दै आएका थिए । उनले  भेडा चोर्न आएका व्यक्तिको हत्या गरेको अभियोगमा जेल जीवन बिताइरहेका छन् ।,स्थानीय अदालतले ०५८ साल जेठ पहिलो...
सन्तोष पुर्कुटी ओलाङ्चुङगोला छिमेकी मुलुक चीनसँग सडक सञ्जालले जोडिए पनि बासिन्दाले यातायातका साधन चढ्न पाएका छैनन् ।,दुर्गम ओलाङ्चुङगोला बस्तीसम्म सडक आए पनि स्थानीयवासीलाई ओहोरदोहोर गर्ने सवारीसाधन छैन । चीनको स्वशासित क्षेत्र तिब्बतबाट ओलाङ्चुङगोला बस्तीमा भने ठूल्ठूला सवारीसाधन आए पनि त्यहाँका स्थानीयवासीलाई ओहोरदो...
सेतोपाटी युवाहरुको समूह ‘राम्रो ख’ ले बाढीपीडित बालबालिकालाई सहयोग गर्न ‘बालबालिकालाई तपाईंको सहयोगको आवश्यकता’ नामक कार्यक्रम आयोजना गरेको छ।,समूहले जनकपुरको श्री शंकर जनता उच्च माध्यमिक विद्यालयका पीडित बालबालिकाका निम्ति सहयोग कार्यक्रम गरेको हो।,गत साता ललिपुरको लबिम मलमा आयोजित कार्यक्रममा नाच, गायन, बिट बक्सिङ प...
चेतना गुरागाईं जिप दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ भने १२ यात्रु घाइते भएका छन् ।,दुर्घटनामा नेस्याङ गाउँपालिका– ३ की ६३ वर्षीया निमा थुमा लामाको मृत्यु भएको छ । नेस्याङ गाउँपालिका–१ स्थित स्वर्गद्धारीमा जीप दुर्घटना भएको हो ।,नासोङ गाउँपालिका–३ धारापानीबाट मनाङतर्फ आउँदै गरेको ग१ज ६३१५ नं को जीप भ्राताङ खोला नजि...
चेतना गुरागाईं लोकसेवा आयोगबाट खुलाइने विज्ञापनमा सयौँ गुना दरखास्त परे पनि केही विज्ञापनमा भने दरखास्त नै नपर्ने गरेको छ ।,आव२०७३/०७४ मा विज्ञापन खुलाइएका ३९ पदमा कुनै पनि दरखास्त नपरेको आयोगले जनाएको छ ।,आयोगबाट यसरी खुलाइएका विज्ञापनमा दरखास्त नपर्ने स्वास्थ्यतर्फका प्राविधिक पद छन् । एघार पदबाहेक सबै स्वास्थ्यतर्फ...
सुजिता कार्की कञ्चनपुरमा नदी कटान नियन्त्रणका लागि तटबन्ध निर्माणमा करोडौँको बजेट विनियोजन गरिएको भए पनि निर्माणमा भने ढिलासुस्ती देखिएको छ ।,झण्डै एक दशकअघि सरकारले देशका अन्य क्षेत्रझै कञ्चनपुरको भीमदत्तनगरमा जनताको तटबन्ध फिल्ड कार्यालय नं ७ स्थापना गरेर यहाँको महाकाली, दोदा, मोहना नदीको कटान नियन्त्रणमा लागि सुरूअ...
चेतना गुरागाईं पूर्वाञ्चल विश्वविद्यालयले मेडिकल कलेज सञ्चालन गर्ने तयारी थालेको छ ।,विश्वविद्यालयको आज यहाँ सम्पन्न २८औँ सभाले विश्वविद्यालयको गोठगाउँमा रहेको ८०५ विघा क्षेत्रफल जमिनलाई शैक्षिक केन्द्रका रुपमा विकास गर्ने प्रस्ताव पारित गरेको प्रवक्ता राजेशकुमार झाले जानकारी दिए।,सभाले उक्त जमिनमा एमबिबिएस शैक्षिक का...
सुन्दर कुमार थकाली ग्रामिण पूनर्निर्माण तथा पूनर्स्थापना आयोजना डोलिडारले  २ वर्ष अघिदेखि सुरू गरेको कागबेनी-खिङ्गा हुँदै मुक्तिनाथ रानीपौवा जोड्ने सडक स्तरोउन्नोति तथा कालोपत्रे गर्ने कार्य सकेको छ।,सडकको केही काम बाँकी रहदै गर्दा आयोजनाले यात्रुको हितलाई मध्यनजर गर्दे बुधबारदेखि उक्त सडक खुल्ला गर्ने निर्णय गरेको हो...
सेतोपाटी संवाददाता भारतीय वरिष्ठ पत्रकार तथा सम्पादक गौरी लंकेशलाई गोली हानी हत्या गरेको विरोधमा नेपालका पत्रकार तथा लेखकहरूले काठमाडौंमा प्रदर्शन गर्ने भएका छन् ।,मंगलबार साँझ लंकेशलाई बैंगलोरस्थित उनकै निवास भित्र गोली हानी विभत्स हत्या गरेको विरोधमा नेपालका पत्रकार तथा लेखकहरू सडकमा ओर्लिन लागेका हुन् ।,दिउँसो तीन ...
सुजिता कार्की कीर्तिपुर नगरपालिकाले पर्यटनको प्रवर्द्धनका लागि स्थानीय बल्खु खोलामा नजिकै सहासिक खेल बञ्जी जम्पको सम्भाव्यता अध्ययन सुरू गरेको छ ।,कीर्तिपुर र तीनथानाको सिमानास्थलमा पर्ने त्यस क्षेत्रमा रहेको डाँडामा बञ्जी जम्प संरचनाका लागि विस्तृत परियोजना प्रतिवेदन निर्माणको कार्य सुरू भएको छ ।,कीर्तिपुर नगरपालिका–...
सेतोपाटी संवाददाता चिकित्सा शिक्षाभित्रको विकृति अन्त्य र नेसनल मेडिकल कलेजको सम्बन्धन खारेज नभए बुधबार(आज) देखि डाक्टर गोविन्द केसी १२ औं अनशन बस्ने भएका छन्।,आज दिउँसो साढे तीन बजेसम्म पनि सरकार मागप्रति संवेदनशील नभए डा. केसी फेरि अनशन बस्ने डा. केसीका वार्ता टोली सदस्य डा. अभिषेकराज सिंहले सेतोपाटीलाई जानकारी दिए।...
सुजिता कार्की बाढीका कारण चितवन जिल्लामा ४९९ घर पूर्ण क्षति भएको जिल्ला विपद् व्यवस्थापन समितिले जनाएको छ ।,समितिका स्रोत व्यक्ति हरिबाबु ढकालले मङ्गलबारसम्मको प्राप्त विवरणबारे जानकारी दिँदै ४९९ घर क्षति भएकामध्ये रत्ननगर, राप्ती र माडी नगरपालिका बढी प्रभावित भएका छन् ।,साउन अन्तिम साताको बाढीले जिल्लाको सात स्थानीय ...
सुजिता कार्की महोत्तरी जिल्लाको बर्दिबासमा गएराति अज्ञात समूहले बम विष्फोट गराएको छ ।,जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी उपरीक्षक कुबेर कठायतका अनुसार गएराति ८ बजेतिर बर्दिबास नगरपालिका कार्यालय अगाडि एउटा बम विष्फोट भएको हो ।,नगरपालिका कार्यालय अगाडि रहेको बालुवाको ढेरमाथि स्टीलको खाजा खाने बक्सामा बारुद भरेर ब...
सुजिता कार्की विद्यार्थीलाई प्रयोग गर्नका लागि जिल्ला शिक्षा कार्यालयले दिएका लाखौँका तीनवटा चर्पी बझाङको एक विद्यालयमा प्रयोगविहीन हुँदा विद्यार्थी झाडी र खोला किनारामा दिसापिसाब गर्न थालेका छन् ।,शिक्षा कार्यालयद्वारा विद्यालयमा छात्रछात्रालाई प्रयोग गर्न दिएका तीनवटा चर्पीका पाँचकोठा प्रयोगविहीन भएपछि दुर्गा माध्यम...
सुजिता कार्की सडक विस्तारका क्रममा ‘रिटेनिङ वाल’ अर्थात टेवा पर्खाल भत्किएर तरकारी तथा अन्नबाली नष्ट भएको भन्दै एक वर्षदेखि स्थानीयवासीले अवरोध गरेपछि भक्तपुर र काठमाडौं जोड्ने सडक निर्माण अलपत्र बनेको छ ।,भक्तपुरको बोडेबाट काठमाडौंको मूलपानी जोड्ने बोडे–मूलपानी सडक विस्तारका क्रममा नीलबाराही चेकपोस्ट नजिकै निर्माण भइ...
सेतोपाटी संवाददाता  ४ दशकसम्म नेपाली क्रिकेट हाकेका जयकुमारनाथ शाहको बुधबार बिहान निधन भएको छ।,पूर्वराष्ट्रिय क्रिकेट खेलाडी तथा नेपाल क्रिकेट संघ क्यानका पूर्वअध्यक्ष शाहको ८९ वर्षको उमेरमा निधन भएको हो।,नर्भिक अस्पतालमा उपचारको क्रममा उनको निधन भएको पारिवारिक स्रोतले जनाएको छ।,उनी लामो समयदेखि मुटुरोगबाट पीडित थिए। ...
नारायण महर्जन त्रिवि कार्यकारी परिषद्ले गठन गरेको अनुगमन समितिले बुधबार घट्टेकुलोस्थित काठमाडौं नेसनल मेडिकल कलेज शिक्षण अस्पतालको अनुगमन र निरीक्षण गरेको छ। अनुगमनका क्रममा अस्पताल पुगेको टोलीले डाक्टर, अस्पताल प्रशासनका कर्मचारी र बिरामी कोही पनि भेटेन।,यो त्यही मेडिकल कलेजको अस्पताल हो जसलाई त्रिवि कार्यकारी परिषदल...
सुजिता कार्की चितवनमा बाढी प्रभावित व्यक्तिको संख्या यकिन नहुँदा राहत वितरण प्रभावित भएको छ ।,सरकारबाट प्राप्त प्रतिव्यक्ति दैनिक ७० रुपैयाँ राहत रकम, संख्या यकिन नहुँदा राम्ररी वितरण गर्न सकिएको छैन जसका कारण एउटा नगरपालिकाबाहेक अन्य नगरपालिका र भरतपुर महानगरमा घरधुरीको आधारमा मात्रै न्यून राहत उपलब्ध गराइएको जिल्ला ...
सुजिता कार्की बेनी–जोमसोम सडकमा भदौ ३१ गतेसम्म रातको समयमा यातायात सञ्चालन बन्द गरिएको छ ।,सो सडकखण्ड अन्तर्गत म्याग्दी र मुस्ताङ क्षेत्रमा पहिरो खस्ने र खोलामा पानीको सतहसमेत नघटेपछि यात्रुको सुरक्षाका लागि गत साउन ५ गतेदेखि भदौ १५ गतेसम्म रातको समयमा सवारी सञ्चालनमा रोक लगाउने निर्णय गरिएको थियो ।,तर, अहिले पनि समस्...
सुजिता कार्की काभ्रेपलाञ्चोकमा भूकम्पपीडितका नाममा विद्युत् ‘हुकिङ’ गरेर चोरी हुने गरेको छ ।,जिल्लाको दाप्चा, कटुञ्जे, तीनघरे, रोहीणी, उग्रचण्डीनालाको घिमिरे गाँउ, मण्डनदेउपुर क्षेत्रमा टहरामा बस्नेले विद्युत् प्राधिकरणको अनुमति नलिई विद्युत् उपभोग गरेको नेपाल विद्युत् प्राधिकरण, काभ्रे वितरण केन्द्रका प्रमुख रवीन्द्र...
सुजिता कार्की नवलपरासीमा राष्ट्रिय जनावर गाई काटेर मासु बेचेको आरोपमा दुई युवकलाई प्रहरीले पक्राउ गरेको छ ।,गाई काटेको आरोपमा घटनाको चार दिनपछि नवलपरासी मध्यविन्दु नगरपालिका–९ वसन्तपुरमा स्थानीयवासी बुद्ध विकलाई प्रहरीले मंगलबार पक्राउ गरेको हो ।,विकले पालेको ३ वर्षको गाई गाउँकै केसी विकले सामुदायिक वनमा काटेर गाउँलेल...
सुजिता कार्की पोखरा–लेखनाथ महानगरपालिका–१० स्थित कुँडहर आधारभूत प्राथमिक विद्यालयको हातामा १० हजार लिटर क्षमताको खानेपानीे ट्यांकी निर्माण गरिएको छ ।,लायन्स क्लब अफ पोखरा ग्रीन टाउनको सक्रियतामा बेलायतस्थित क्वीन एलिजावेथ ग्रामर स्कुलको  तीन लाख १० हजार रुपैयाँको सहयोगमा सो ट्यांकी निर्माण गरिएकोे हो।,नवनिर्मित ट्यांक...
सुजिता कार्की राप्ती आँखा अस्पतालमा  पाँच करोड रुपैयाँको लागतमा आधुनिक सुविधा सम्पन्न बहिरङ्ग भवन निर्माण हुने भएको छ । सांसद वुद्धिराम भण्डारी र समाजसेवी दातानारायण आचार्यले आज दाङमा आयोजित कार्यक्रममा भवनको शिलान्यास गरेका हुन् ।,कार्यक्रममा समाजसेवी प्रकाश आचार्यले सो भवनका लागि  पाँच लाख रुपैयाँ सहयोग गरे ।,त्यस्त...