content
stringlengths
20
64.1k
सुजिता कार्की नेपाल पञ्चाङ्ग निर्णायक समितिले यस वर्षको बडादशैँको साइत सार्वजनिक गरेको छ ।,विसं २०७४ असोज ५ गते बिहिबार आश्विन शुक्ल प्रतिपदादेखि नवरात्र आरम्भ हुनेछ । त्यस दिन बिहान ९ बजेर ४१ मिनेटमा घटस्थापना गर्न शुभ साइत रहेको समितिका अध्यक्ष प्रा डा रामचन्द्र गौतमले बताए ।,आगामी असोज ९ गते सोमबार पचली भैरव यात्रा...
सुजिता कार्की छ वर्षअघि वैदेशिक रोजगारीको सिलसिलामा कुवेत पुगेकी सिन्धुपाल्चोककी एक युवती पाँच वर्षदेखि सम्पर्कविहीन भएकी छन् ।,चौतारा साँगाचोकगढी नगरपालिका, कुविण्डेकी डोल्मा तामाङलाई २०६८ सालमा स्थानीय दलालले राम्रो काम र पैसा पाउने प्रलोभन देखाउँदै कुवेत पुर्‍याएका थिए । गएको एक वर्षसम्म परिवारको सम्पर्कमा रहेका उन...
सुजिता कार्की चितवनको रत्ननगरस्थित माधवपुर बस्तीमा पसेको दुर्लभ तथा संरक्षित मगर गोहीलाई आज राप्ती नदीमा छाडिएको छ ।,रत्ननगर नगरपालिका– १५ अन्नपूर्ण टोलस्थित माधवपुरकी इन्दिरा न्यौपानेको घरमा पुगेको गोहीलाई आज सौराहा नजिकै राप्ती नदीमा लगेर छाडिएको चितवन राष्ट्रिय निकुञ्जका पूर्वी क्षेत्र प्रमुख तथा सहायक संरक्षण अधिक...
चेतना गुरागाईं  दक्षिण चितवनको माडी नगरपालिकामा सञ्चालित विद्युत् सेवा नौ दिनदेखि अवरुद्ध हुँदा स्थानीय बासिन्दालाई सास्ती भएको छ । यहाँ विद्युत् नहुँदा विद्युत्मार्फत हुने सम्पूर्ण काम ठप्प भएका छन् ।,नेपाल विद्युत् प्राधिकरण भरतपुर वितरण केन्द्रका इञ्जिनियर राजेन्द्र पौडेलका अनुसार भदौ १३ गते चितवन निकुञ्जको जमिनमुन...
चेतना गुरागाईं  चौधौँ निजामती सेवा दिवसमा पुरस्कृत हुने कर्मचारीको नाम सार्वजनिक गरेको छ ।,सामान्य प्रशासन मन्त्रालयका प्रवक्ता शिवराम न्यौपानेका अनुसार उत्कृष्ट काम गरेका ४० जना निजामती कर्मचारीलाई यस वर्ष निजामती सेवा पुरस्कार दिइने छ ।,उत्कृष्ट निजामती सेवा पुरस्कार १० र निजामती सेवा पुरस्कार ३० जनालाई प्रदान गर्न ...
चेतना गुरागाईं  तीस मेगावाट क्षमताको पिके हाइड्रोपावर प्रालिमा रुसले  पाँच अर्ब १० करोड लगानी गर्ने भएको छ ।,उद्योग मन्त्रालयअन्तर्गतको उद्योग लगानी तथा प्रवद्र्धन बोर्डको आज बसेको बैठकले उक्त आयोजनामा रुसको लगानीलाई स्वीकृति दिएको उद्योग विभागका महानिर्देशक शंकर अर्यालले जानकारी दिए। पिके हाइड्रोपावर रामेछाप, ओखलढुंग...
चेतना गुरागाईं नेपाल संस्कृत विश्वविद्यालयको ७०औँ सभाले आज आव २०७४÷०७५ लागि  ९० करोड ८९ लाख ९१ हजार ५ सय रुपैयाँ बजेट पारित गरेको छ ।,विश्वविद्यालयको चालु आवको नीति, कार्यक्रम तथा आयव्यय बजेटको प्रस्तुतिका लागि यहाँ आयोजित सभाले सरकारी अनुदान र आन्तरिक स्रोतका आधारमा ८७ करोड ६४ लाख ९९ हजार ५०० सरकारी अनुदान र तीन करोड...
सेतोपाटी संवाददाता  ,कमल खोलामा आएको बाढीले बगाएर वेपत्ता भएका शिवसताक्षी ३ का ७१ वर्षीय वृद्धको शव सोमबार बिहान फेला परेको छ।,ईलाका प्रहरी कार्यालय झिलझिलेका प्रहरी निरीक्षक डम्बर आचार्यका अनुसार स्थानीय हस्तबहादुर सुव्वाको शव ३ किलोमिटर तलको दुरीमा रहेको सोहि खोलाको किनारमा फेला परेको हो। सुव्बालाई कमल खोलामा आएको ब...
सागरराज तिमल्सिना पोखराको लेकसाइडमा  सोमबार मध्यरातमा अरिंगालको गोलो पोल्दा घरमा आगलागी भएको छ। पोखरा लेखनाथ महानगरपालिका ६ शान्तिपाटन, ठाँडो पसलका कृष्णबहादुर कुँवरको पुरानो घरको अरिंगालले झ्यालमा बताएको गोलो पोल्ने बेलामा घरमा आगो लागेको हो। गोलो पोल्दा लगाईएको आगोले घर नै ध्वस्त भएको प्रहरीले जानकारी दिएको छ ।,आगो ...
मनोज सत्याल थाइल्यान्डको एसियन इन्स्टिच्युट अफ टेक्नोलोजी (एआइटी) का प्रेजिडेन्टले फेसबुकमा स्ट्याटस लेखे– ‘एआइटीमा यस वर्ष अध्ययनका लागि छनोट भएका २८ देशका ४३० जना नयाँ विद्यार्थीमध्ये एक जना तेजिली र सुन्दरी पनि छिन्। हामी उनलाई एआइटी परिवारमा स्वागत गर्न पाउँदा खुसी छौं।’,एआइटी थाइल्यान्डका प्रेजिडेन्ट वोरस्याक कान...
चन्द्र काफ्ले वर्षा र सहकालका देवता देवराज इन्द्रको पूजा–आराधना गरी आज परम्परागत रुपमा इन्द्रजात्रा पर्व मनाइँदैछ । प्रत्येक वर्ष भाद्र शुक्ल चतुर्दशीका दिन पर्ने यो पर्व काठमाडौँ, ललितपुर, भक्तपुर, धुलिखेल, दोलखा लगायतका स्थानमा मनाइन्छ ।,भाद्र शुक्ल द्वादशीका दिन हनुमानढोकाअगाडि धार्मिक विधिपूर्वक इन्द्रध्वजासहितको ...
चेतना गुरागाईं कीर्तिपुर नगरपालिकास्थित सय वर्ष पूरानो नेवारी बस्तीलाई ‘सम्पदा बस्ती’ को रुपमा विकास गर्ने भएको छ ।,विशेषगरी कीर्तिपुर, नगाउँ र पाँगा क्षेत्रमा रहेका प्राचीन नेबारी बस्तीका विविध पक्षबारे अध्ययन गरी अभिलेख तयार गर्न शुरु गरिएको कीर्तिपुर नगरपालिकाले जनाएको छ ।,सम्पदा बस्ती जोगाउन प्राविधिकले त्यस क्षेत...
चन्द्र काफ्ले पृथ्वी राजमार्ग अन्तर्गत धादिङको बेनीघाटमा पहिरो जाँदा सडक अवरुद्ध भएको छ।,मंगलबार बिहान धादिङको बेनीघाट रोराङ–१० मा पहिरो जाँदा पृथ्वी राजमार्ग भएर काठमाडौं आउने तथा पूर्व–पश्चिम जाने गाडी रोकिएका छन्।,बाटो अवरुद्ध भएपछि पोखरा, चितवन लगायत यो मार्ग भएर पूर्व-पश्चिम जाने आउने गाडी बिच बाटोमा नै रोकिएका छ...
सेतोपाटी संवाददाता मकवानपुरको उत्तरी भेगको राक्सीराङ गाँउपालिकाकामा गाँजाको ब्याड प्रहरीले नष्ट गरेको छ ।,अबैध रुपमा गाँजाको ब्याड लगाएको थाहा पाएपछि जिल्ला प्रहरी कार्यालय र प्रहरी ईकाईमा कार्यरत ६५ जनाको प्रहरी टोली पुगेर गाँजाको ब्याड नष्ट गरेको एसपी विकाशराज खनालले जानकारी दिए।,राक्सीराङ गाँउपालिकाको १ देखि ९ वडा,...
सुजिता कार्की नेपालको तराई क्षेत्रका बासिन्दाका लागि साउनको अन्तिम हप्ता निकै दुःखद बन्यो ।,चितवन जिल्लामा लगातार आएको बाढीका कारण प्रत्येक पीडितले यतिखेर ज्यान त बाँच्यो, खाने गाँस र बस्ने बास केही पनि छैन अब कसरी बाँच्ने हो भन्दै पीडा व्यक्त गर्न थालेका छन् ।,काठको खम्बा र बाँसको कपेटाले बारेर माटोले पोतेर बनाइएका अ...
सुजिता कार्की नेपाल प्राध्यापक सङ्घको १५औँ अधिवेशनबाट निर्वाचित कार्यसमितिको पदावधि सकिएको दुई वर्ष हुँदा पनि अधिवेशन हुन सकेको छैन ।,त्रिभुवन विश्वविद्यालय प्राध्यापक सङ्घको अधिवेशन नभएका कारण १६औँ अधिवेशन हुन नसकेको सङ्घले जनाएको छ ।,कार्यसमितिमा २१ जना निर्वाचित हुने व्यवस्था छ भने विभिन्न विश्वविद्यालयबाट छजना सदस...
सुजिता कार्की महोत्तरी जिल्लामा बाढी र डुबानले धेरै प्रभावित भएका क्षेत्रमा सञ्चालित निःशुल्क आँखा जाँच शिविरमा १०३ जना मोतियाबिन्दुका बिरामी फेला परेका छन् ।,बाढी प्रभावित क्षेत्रलाई लक्षित गरी यही शनिबारदेखि सोमबारसम्म छुट्टाछुट्टै तीन ठाउँमा तीन दिन सञ्चालन गरिएका शिविरमा सो संख्याका मोतियाबिन्दुका बिरामी फेला परेक...
सुजिता कार्की नेपालमा पछिल्लो आठ महिनामा मौसमी रुघाखोकी (सिजनल इन्फ्लुएन्जा) र स्क्रब टाइफस रोगबाट १६ जनाको मृत्यु भएको छ ।,इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा काठमाडौंका अनुसार उक्त अवधिमा स्क्रब टाइफसबाट चार र मौसमी रुघाखोकीबाट १२ गरी १६ जनाको मृत्यु भएको हो । एक हजार १४६ जनामा ती रोगको सङ्क्रमण भेटिएका छन् ।,गत...
सुजिता कार्की विराटनगर महानगरपालिकाका नवनिर्वाचित जनप्रतिनिधिले पहिलोपटक  एक अर्ब  ६१ करोड रुपैयाँ बराबरको अनुमानित बजेट सार्वजनिक गर्ने तयारी गरेको छ ।,यही भदौ २३ गते विराटनगरमा हुन गइरहेको नगर परिषद् बैठकले यति ठूलो आकारको बजेट सार्वजनिक गर्न लागेको हो । सो बजेट अहिलेसम्मको ठूलोे हुने बताइएको छ ।,विराटनगर महानगरपालि...
सुजिता कार्की आन्तरिक कार्यालयको छापअंकित ५० केजी ( ८७ हजारभन्दा बढी) नक्कली स्टीकरसहित आइतबार पक्राउ परेका भारतीय वीरेन्द्र गुप्तालाई थुनामा राखी अनुसन्धान भइरहेको छ ।,भारतबाट समान लिई नेपालतर्फ आइरहेको हिमालय ट्रान्सपोर्टको गाडी वीरगञ्ज भन्सार क्षेत्रमा जाँच गर्दा सो नक्कली स्टीकर फेला परेको आन्तरिक राजस्व कार्यालय ...
सुजिता कार्की पोखरा–लेखनाथ महानगरपालिकाको शहिदचोकस्थित फिर्के खहरे खोला माथि सवारी साधन चल्ने पुल निर्माण गरिएको छ ।,जिल्ला समन्वय समितिको  एक करोड ३० लाख रुपैयाँको लागतमा निर्माण गरिएको सो पुल २५ मिटर लम्बाइ र आठ मिटर चौडाइ रहेको प्रमुख इञ्जिनियर  नारायणप्रसाद बरालले जानकारी दिए ।,पुल बनेसँगै शहिदचोकबाट लेकसाइड, बैदा...
सुजिता कार्की तीन महिना पहिले आमा र एक हप्ता पहिले बुबाले अलपत्र छाडेर गएका बालबालिकालाई सोमबार उनीहरूका काका लीलबहादुर पुनलाई जिम्मा लगाइएको छ ।,सूर्योदय महिला बचत तथा सहकारी संस्थाले सञ्चालनमा ल्याएको सेभ हाउसमा झण्डै ३० घण्टा स्याहारसुसार गरिराखिएका ती बालबालिकालाई विभिन्न व्यक्तिको रोहबरमा जिम्मा लगाइएको हो । बालब...
सेतोपाटी संवाददाता मानव बेचबिखन विरुद्धको ११ औं राष्ट्रिय दिवस विभिन्न चेतनामूलक कार्यक्रम गरी मनाइँदैछ ।,यो वर्ष ‘अबको गन्तव्य, मानव बेचबिखनको अन्त्य’ भन्ने मूल नाराका साथ मानव बेचबिखन विरुद्धको राष्ट्रिय दिवस मनाइँदैछ । यसै अवसरमा काठमाडौंमा मंगलबार बिहान विभिन्न चेतनामूलक र्‍याली निकालिएको थियो ।,काठमाडौंको भृकुटीम...
सुजिता कार्की नारायणगढ मुग्लिन सडकखण्डको सडक छेउमा रहेका पहिरोको उच्च जोखिममा परेका ४५ वटा घर स्थानान्तरणको प्रक्रिया अन्तिम चरणमा पुगेको छ ।,मुआब्जा निर्धारण समितिले गठन गरेको उपसमितिले पेश गरेको मुआब्जा रकमलाई समितिले अनुमोदन गरी घरधनीलाई मुआब्जा लिन आउन आह्वान गरेको छ ।,प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टका अनु...
सुजिता कार्की मोरङको बेलबारी नगरपालिका–८ चिसाङखोला नजिकै गएराति दुई मोटरसाइकल एकापसमा ठोक्किँदा चारजना गम्भीर घाइते भएका छन् ।,पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको को ७ प २५५९ नंको मोटरसाइकल र विपरीत दिशाबाट आउँदै गरेको को २५ प ५३५४ नंको मोटरसाइकल आपसमा ठोक्किएका थिए ।,दुर्घटनामा को ७ प २५५९ नंको मोटरसाइकलमा सवार मोरङ काने...
सुजिता कार्की केराखेतीका लागि जग्गा भाडामा दिएर कञ्चनपुरको चाँनदेउमा रहेको रामेश्वर आधारभूत विद्यालयले तीनजना शिक्षकको तलब व्यहोर्दै आएको छ ।,प्रतिबिगाहा  दुई लाख रुपैयाँ रकम पाउने गरी जग्गा भाडामा दिएर विद्यालयले शिक्षकको तलबको व्यवस्था गर्दै आएको हो ।,विद्यालयको स्वामित्वमा रहेको चार बिगाहा जग्गा पाँच वर्षका लागि भा...
सुजिता कार्की जीप दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ भने १२ यात्रु घाइते भएका छन् ।,दुर्घटनामा नेस्याङ गाउँपालिका– ३ की ६३ वर्षीया निमा थुमा लामाको मृत्यु भएको छ । नेस्याङ गाउँपालिका–१ स्थित स्वर्गद्धारीमा जीप दुर्घटना भएको हो ।,नासोङ गाउँपालिका–३ धारापानीबाट मनाङतर्फ आउँदै गरेको ग१ज ६३१५ नं को जीप भ्राताङ खोला नजिक...
सुजिता कार्की काठमाडौं उपत्यकाको फोहोर फालिँदै आएको ओखरपौवाका बासिन्दाले अनिश्चित समयका लागि बन्दको घोषणा गरेका छन् ।,प्रभावित क्षेत्रमा आवासलाई दिँदै आएको मुआब्जाको दूरी र सीमा घटाएको विरोधमा बासिन्दाले फोहोर फाल्न अवरोध गरेका छन् । स्थानीयवासीको अवरोधले सोमबार साँझ र आज बिहान आएका ८५ गाडीलाई फोहोर विसर्जन गर्न दिएर ...
सुजिता कार्की ओलाङ्चुङगोला छिमेकी मुलुक चीनसँग सडक सञ्जालले जोडिए पनि बासिन्दाले यातायातका साधन चढ्न पाएका छैनन् ।,दुर्गम ओलाङ्चुङगोला बस्तीसम्म सडक आए पनि स्थानीयवासीलाई ओहोरदोहोर गर्ने सवारीसाधन छैन । चीनको स्वशासित क्षेत्र तिब्बतबाट ओलाङ्चुङगोला बस्तीमा भने ठूल्ठूला सवारीसाधन आए पनि त्यहाँका स्थानीयवासीलाई ओहोरदोहो...
सन्जिब बगाले काठमाडौं–तराई मधेश द्रूत मार्ग (फास्ट ट्रयाक) को ट्रयाक नेपाली सेनाले नै खोलेको हो। सेनाले ट्रयाक खोलेपछि यो सडकमा २०६९ सालमा नै गाडी गुडेको थियो। तर, पाँच वर्षसम्म यो सडकको अवस्था निकै नाजुक भइसकेको छ। कतै पहिरोले पुरिएको छ त कतै भत्किएको अवस्थामा छ।,फास्ट ट्रयाक निर्माण गर्ने जिम्मेवारी पाइसकेपछि सेनाले...
सेतोपाटी संवाददाता विवेचना दैनिकले आफ्नो २५ औ वार्षिक उत्सव मनाएको छ। रजत जयन्ती पार गरेको अवसरमा पत्रिकाले केही कर्मचारीलाई सम्मान पनि गरेको छ। कार्यक्रममा ईलाम संवाददाता कोकिला ढकाललाई विवेचना अवार्ड २०७४बाट सम्बानित गर्‍यो। उनले नगद ३ हजार ३ सय ३३ रुपैयाँसहित दोसल्ला, गौतम वुद्धको तस्विर अंकित अवार्ड र प्रसंसा पत्र...
सुजिता कार्की जापानी समाजसेवी डा नोबोरु इवामुराका स्मृतिमा सल्लाघारीमा स्थापित डा इवामुरा मेमोरियल अस्पताल एण्ड रिसर्च सेण्टरका अध्यक्षमा महेश धौबञ्जार चयन भएका छन्।,अस्पतालको २० अौँ वार्षिक साधारणसभाले आगामी दुई वर्षका लागि पाँच सदस्यीय अस्पताल सञ्चालक समिति चयन गरेको हो । समितिका सदस्यमा राजुमृगेन्द्र जोशी, शैलेन्द्...
सुजिता कार्की नारायण–मुग्लिन सडकखण्ड विभिन्न ठाउँमा पहिरो खसेर अवरुद्ध बनेकामा आज अपराह्न २ः१५ बजेदेखि सञ्चालनमा आएको छ ।,इलाका प्रहरी कार्यालय मुग्लिनका अनुसार मुग्लिनबाट नारायणगढतर्फ नौ किमीसम्म साना ठूला १६ ठाउँमा पहिरो खसेका थिए । सोमध्ये पाँच किलो नजिकै ठूलो ढुङ्गा खसेपछि पहिरो पन्छाउन समय लागेको थियो । सो ढुङ्गा...
सुजिता कार्की चितवन राष्ट्रिय निकुञ्जको पूर्वी सेक्टरअन्तर्गत पद्मपुरस्थित खुला खोरबाट बाढीपछि हरायो भनिएको संरक्षित वन्यजन्तु बाह्रसिंगे भेटिएको छ ।,बाढीका कारण खुलाखोर भत्किएपछि त्यहाँबाट हराएको भनिएको चार वटा बाह्रसिंगेमध्ये एउटा फेला परेको चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत रामचन्द्र कँडेलले जानकारी द...
सुजिता कार्की रामेछाप जिल्ला कुम्गुस्थलीका विनोद सन्तान र सम्पति दुवै भएर पनि एक्लो जिन्दगी बिताउन बाध्य छन्।,झण्डै ५० वर्ष उमेरका उनी तीन वर्षसम्म रातोपुलमा मागेर गुजारा गर्थे । अहिले उनी एउटा संस्थामा आश्रय लिइरहेका छन् । उनको मिर्गाैलाले काम नगर्ने भएको छ तैपनि उनको उपचार हुनसकेको छैन । संस्थाले विभिन्न माध्यमबाट उ...
सुजिता कार्की बैतेश्वर गाउँपालिका–७ क्षेत्रपामा मुढाले किचेर एक युवकको मृत्यु भएको छ ।,मृत्यु हुनेमा जिरी नगरपालिका–७ का १७ वर्षीय मिङ्मा शेर्पा रहेको जिल्ला प्रहरी कार्यलयले जनाएको छ । मुढा बोक्ने क्रममा चिप्लेर लड्दा उनको मृत्यु भएको हो ।,मुढाले किचेर घाइते उनलाई उपचारका लागि मैनापोखरीस्थित हिमालय कियर अस्पतालमा ल्य...
सुजिता कार्की नेपाल विद्युत् प्राधिकरणले सौर्य प्रणालीबाट उत्पादन भएको ५०० वाट क्षमताभन्दा माथिको विद्युत् खरीद (नेट मिटरिङ) गर्ने भएको छ ।,राष्ट्रिय ऊर्जा संकट निवारण तथा विद्युत् विकास दशकसम्बन्धी अवधारणापत्र र कार्यायोजना, २०७२ लाई कार्यान्वयन गर्ने लक्ष्यका साथ प्राधिकरणले त्यस्तो नीति लिएको हो ।,प्राधिकरणले घरायस...
सुजिता कार्की चापागाउँ–खुमलटार सडकखण्डमा बाटो चौडा पार्ने काम नेपाल विद्युत् प्राधिकरणको उदासीनताका कारण अघि बढ्न सकेको छैन ।,प्राधिकरणले खम्बा सार्न ढिलाइ गर्दा निर्माण कार्य अवरुद्ध भएको डिभिजन सडक कार्यालय ललितपुरले जनाएको छ ।,झण्डै चार महिनादेखि काम अघि बढ्न नसकेको इञ्जिनियर आरती साहले बताए । पटक पटक पत्राचार गर्द...
सुजिता कार्की वैदेशिक रोजगारीमा जाने कामदारसँग तोकिएको भन्दा बढी रकम असुल्ने कार्यमा संलग्न सिनामंगलस्थित सिद्ध ग्लोबल म्यानपावरका एक कर्मचारी रंगेहात पक्राउ परेका छन् ।,मलेसिया जाने दुईजना कामदारसँग एक लाख ६० हजार रुपैयाँ लिइरहेको अवस्थामा वैदेशिक रोजगार विभागको टोलीले आज उक्त म्यानपावरका कर्मचारी भीष्म अधिकारीलाई पक...
भानुभक्त कुनै समय थियो, जब हाम्रा नेताहरू काठमाडौंलाई ‘सिंगापुर बनाइदिने’ बाचा गर्थे।,हिजोआज त्यस्तो बाचा विरलै सुनिन्छ। सायद यस कारण, किनकि बाचा गर्नेले बुझिसके अहिलेकै गतिमा हिँड्ने हो भने काठमाडौं सिंगापुर बन्न त के, नजिक पनि पुग्न सक्दैन।,स्वतन्त्रताको ५२ वर्षमै नेपालजस्तो गरिब देशबाट अमेरिकाजस्तो धनी र विकसित सिं...
सन्जिब बगाले नेपाल अडिटर्स एशोसिएशन (अडान) ले गैर लेखाव्यवसायीहरुको अनाधिकृत काम रोक्न माग गरेको छ ।,लेखाव्यवसायीहरुले कार्यालय खोली वा नखोली लेखापरीक्षणको नाममा अनधिकृत रुपमा काम गरेकाले लेखा व्यवसाय प्रति लाग्ने गरेको आरोप प्रति प्रतिवाद गर्दै गैर लेखाव्यवसायीहरुको त्यस्ता कार्यलाई तत्काल रोक्न र कारवाही गर्न सम्बद्...
सुजिता कार्की नेपाली काँग्रेसका युवा नेता टेकराज पौडेलले निसीखोला गाउँपालिका–१ हुल्दी र वार्ड नं २ बाहुनगाउँका दुई पहिरोपीडित परिवारलाई राहतस्वरूप २० हजार वितरण गरेका छन् ।,मृतक परिवारका सदस्यहरू लालबहादुर सिंजाली र रिमबहादुर छन्त्याललाई उक्त गाउँपालिका उपप्रमुख शोभा कार्की र वडाध्यक्ष इन्द्र मल्लको उपस्थितिमा आइतबार ...
राकेश यादव रौतहटको कटहरीयामा रहेको लालबकैया नदीको पुलमा बाढीले क्षति पुर्‍याउँदा आवतजावतमा समस्या भएको छ । कटहरीया नगरपालिकाको बहादुरपुरमा रहेको पक्की पुलको दायाँबायाँ बाढीले कटान गरेपछि स्थानीय बासिन्दालाई आवतजावतमा नै कठिनाई हुँदै आएको छ ।,सितलपुर, बैरगनिया, बिजयपुर, सन्तपुर दोस्तिया, लक्ष्मनिया लगायत गाउँका बासिन्द...
प्रकाश ढुंगाना प्रहरीले काठमाडौंको क्षेत्रपाटीबाट अहिलेसम्मकै ठूलो मात्रामा सुन बरामद गरेको छ।,क्षेत्रपाटीबाट महानगरीय अपराध महाशाखाले ८८ किलो सुन बरामद गरेको एसएसपी दिवेश लोहनीले जानकारी दिए। बा १७ च ६४२७ नम्बरको गाडीमा राखिएको अवस्थामा सुन बरामद गरिएको उनले बताए ।,गाडी पार्किङ गर्ने स्थानमा सुन रहेको गोप्य सूचना पाए...
गोपाल काफ्ले मोरङको पथरीशनिश्चरे वडा नं. १ र १० को सीमानमा पर्ने मंगलबारे डाँडामा अजिङ्गर फेला परेको छ । बिहान करिब ८ बजे  बाँसको घाँस काट्न जाने क्रममा स्थानीयले देखेका थिए।,खोलाको डिलमा बाँसको घाँस काट्दा सँगै रहेको सिसौको रूखमा उक्त अंजिङ्गर देखिएको थियो। गाउँमा एक्कासी अजिङ्गर देखेपछि स्थानीय त्रसित भएका थिए। गाउँ...
सुजिता कार्की तेञ्जिङ हिलारी विमानस्थल लुक्लामा गएको पाँच दिनदेखि उडान अवरुद्ध हुँदा पर्यटक समस्यामा परेका छन् ।,बाक्लो हुस्सु र वर्षाका कारण गएको बुधबारदेखि उडान अवरुद्ध भएको र शनिबार बिहान केही समय मौसम सफा हुँदा दुईवटा उडान भएको भए पनि त्यसपछि पुनः मौसम बिग्रिएको नागरिक उड्डयन प्राधिकरण लुक्लाका प्रमुख बच्चुनारायण ...
नारायण महर्जन बसन्तपुरमा सोमबार सामुहिक कुमारी पूजा गरिएको छ। काठमाडौंको वसन्तपुरमा १ सय ८ जना कुमारीहरुको सामुहिक पूजा गरिएको हो। नेवार समुदायको परम्परामा कुमारी पुजा गर्नाले सुख–शान्ति र समृद्धि प्राप्त हुने धार्मिक विश्वास रहेको छ। जीवित देवी कुमारीहरुलाई राष्ट्ररक्षकका रुपमा लिने गरिन्छ। पूजा कार्यक्रम कुमारी पूजा...
सुजिता कार्की बेलकोटगढी नगरपालिका–७ रातमाटेमा अवैध रूपमा त्रिशूली नदीबाट बालुवा उत्खनन गर्ने स्काभेक्टर दुर्घटना हुँदा धादिङका सुरेश तामाङ बेपत्ता भएका छन् ।,आइतबार राती नदीबाट अवैध रूपमा बालुवा उत्खनन गरिरहेको स्काभेक्टर नदीमा भाँसिदा महादेवस्थानको तसर्पुका २९ वर्षका चालक तामाङ हराएको जिल्ला प्रहरी कार्यालयका प्रमुख ...
प्रकाश ढुंगाना नेपाल प्रहरीको अपराध अनुसन्धान महाशाखाले सोमबार राति २ बजे क्षेत्रपाटीबाट बरामद गरेको ८८ केजी सुनको मुख्य तस्कर चिनियाँ नागरिक भएको प्रारम्भिक अनुसन्धानले देखाएको छ।,सुनसहित पक्राउ परेका गाडी चालक मनोज अधिकारीले दिएको बयानका आधारमा प्रहरीले एक चिनियाँ युवालाई पक्राउ गरिसकेको छ। अपराध महाशाखाका प्रमुख एस...
सुजिता कार्की फालेलुङमा गाउँपालिका–३ स्थित माङ्लेबुङ, ताङ्लेपा र विकेट क्षेत्रमा गत साउन २७ गते गएको पहिरोका कारण रु एक करोड छ लाख बराबरको कृषिबालीमा क्षति पुगेको छ ।,एक हजार ३७ रोपनी क्षेत्रफलमा लगाइएको धान, कोदो, मकै, अदुवा, अलैँचीलगायतका बालीमा क्षति पुगेको जिल्ला कृषि विकास कार्यालयका वरिष्ठ कृषि विकास अधिकृत कमल ...
सेतोपाटी संवाददाता हास्य कलाकार जोडी सीताराम कट्टेल ‘धुर्मुस’ र कुञ्जना घिमिरे ‘सुन्तली’ले चौंथो एकिकृत बस्ती बनाउने भएका छन्। महोत्तरीमा मुसहरहरुका लागि बस्ती बनाएलगत्तै नमुना नेपाल बनाउने घोषणा गरेका उनीहरुले तराईमा हालै आएको बाढीबाट प्रभावितहरुका लागि एकिकृत बस्ती बनाउने घोषणा गरेका हुन्।,अविरल वर्षासँगै डुबानमा पर...
सेतोपाटी संवाददाता सरकारले ऊर्जासँग सम्बन्धित जनगुनासो तत्काल सम्बोधन गर्न टोल फ्री नम्बर ११५१ संचालनमा ल्याएको छ ।,सोमबार ऊर्जामन्त्री महेन्द्रबहादुर शाहीले ऊर्जा मन्त्रालयमा आयोजित एक कार्यक्रमका बीच ऊर्जासँग सम्बन्धित जनताको गुनासो तत्काल सम्बोधन गर्ने उद्देश्यका साथ टोल फ्रि नम्बर ११५१ सेवाको शुभारम्भ गरेका हुन् ।...
सुजिता कार्की वर्षामा नदीबाट बालुवा निकाल्न रोकिए पनि कागेश्वरी मनोहरा नगरपालिकास्थित बाग्मती नदी किनारबाट दिउँसो बालुवा निकाली राति ट्रकका ट्रक चोरी तस्करी भइरहेको छ ।,नगरपालिकाको वडा नं ४ थलीस्थित बाग्मती नदी किनारमा बालुवाको थुप्रो देख्न सकिन्छ । यहाँ बिहानैदेखि एक दर्जन कामदार नदीमै पसेर बालुवा निकाली रहेका भेटिन्...
सुजिता कार्की कञ्चनपुरको भीमदत्त नगरपालिका–१२ ओदालीका पर्‍या सुनार महाकाली नदी किनारमा गोरु चराइरहेका बेला भेटिए ।  झण्डै तीन दशकदेखि महाकाली किनारमा जीवन बिताइसकेका सुनारलाई यतिबेला महाकाली नदीमा पुल निर्माणको थालनीले खुशीसँगै आफूहरुको घरबास व्यवस्थापनको चिन्ताले पिरलेको छ ।,महाकाली नदीमा ओदालीमा निर्माण हुने पुलसँगै...
सुजिता कार्की  नेपाली काँग्रेस १२ नं वडा एकाइ समितिले धुलिखेल नगरपालिका–१२ शंखुपाटीचौसिथ वडा कार्यालयमा आज ताला लगाएको छ ।,स्वास्थ्य चौकीको कार्यालय सहयोगी नियुक्तिमा नेकपा (एमाले)ले पार्टीकरण गरेको भन्दै समितिले ताला लगाएको हो । वडा एकाइ समितिका सभापति महेन्द्रबहादुर लामाले भने  – ‘कर्मचारी नियुक्तिको विषयमा एमालेले ...
सुजिता कार्की व्यासवासीको गाडी चढ्ने सपना सपनामै सीमित हुन पुगेको छ ।,नेपालतर्फ बाटो नहुँदा भारतीय बाटो प्रयोग गर्दै आएका व्यासवासी दार्चुला– तिंकर सडक बन्ने आशमा आफ्नै भूमिभएर घर फर्कन पाइने भन्दै खुशी । तर सडक निर्माण सुरू भएको झण्डै सात वर्ष बितिसक्दासमेत उनीहरूको गाडी चड्ने सपना पूरा हुन सकेको छैन ।,कुल १४० किमी ल...
सुजिता कार्की पोखरा लेखनाथ महानगरपालिका–१४ चाउथेमा बस्दै आएकी एक महिला व्यवसायी, आफन्त र छिमेकीलाई झण्डै  ४० करोड रुपैयाँ ठगेर बेपत्ता भएकी छन् ।,डेढ दशकअघिदेखि धेरैसँग पैसाको लेनदेन र कारोबार गरेर मन जित्दै आएकी स्यांजा भाटखोला घर भई चाउथेमा बस्दै आएकी ४२ वर्षीया देवकुमारी भुजेल ५३ जनालाई ठगेर भागेको जिल्ला प्रहरी का...
सुजिता कार्की जीपले ठक्कर दिँदा कपिलवस्तुमा आज बिहान एकजनाको ज्यान गएको छ । तौलिहवा जितपुर सडकखण्डको थुमुवा नजिक लु१च ४५०१ नंको जिपले पैदल यात्रीलाई ठक्कर दिँदा कपिलवस्तु नगरपालिका–६ ब्रमेली टोल निवासी ६० वर्षीय यमलाल चुदालीको ज्यान गएको हो ।,तौलिहवाबाट जितपुर आउँदै गरेको जीपको ठक्करबाट गम्भीर घाइते भएका चुदालीलाई उपच...
समुन्द्र राज घिमिरे गाउँभरी हल्ला फैलिएछ, ‘अश्विनीले चिया पसल खोल्यो रे!’,‘राम्रै लेख्थ्यो। विचरा! काठमाडौंमा बाँच्न चिया पसलै चलाउनुपरेछ।’,गाउँकै एक काका काठमाडौं आएको बेला अश्विनी कोइरालालाई फोन गरेर भेट्न अनुरोध गरेछन्। उनले ‘चियापान’ बोलाए।,अश्विनीले काकालाई ‘पर्ल ह्वाइट टी’ पियाउँदै थिए। चिया पिउँदै गर्दा सोधेछन्...
सन्जिब बगाले विश्व सम्पदा सूचीको चितवन राष्ट्रिय निकुञ्जमा पछिल्लो १३ वर्षयता एकसिंगे गैंडाको संख्यामा २ सय ३३ ले वृद्धि भएको छ।,चितवन निकुञ्जकै सबभन्दा आकर्षक पक्ष रहेको दुर्लभ एकसिंगे गैंडा चोरीसिकारीको मारमा छ। निकुञ्ज टोली, नेपाली सेना र समुदायको निरन्तर प्रयासले गैंडा संख्या बढेको निकुञ्जका सहायक संरक्षण अधिकृत ब...
चेतना गुरागाईं महानगरीय ट्राफिक प्रहरी महाशाखाले चक्रपथ किनारामा अवैध रुपमा सञ्चालन भएका पसल हटाउने काम शुरु गरेको छ ।,महाशाखाले आज सडक विभागसँग सहकार्य गरेर बसुन्धरा क्षेत्रको सडकका वरपर रहेका पाँचवटा घरटहरा हटाएको हो । साथै चक्रपथ क्षेत्रलाई व्यवस्थित बनाउन बाटोमा ट्राफिक संकेत राख्ने काम, बिजुलीका पोल सार्ने, अनावश...
चेतना गुरागाईं जनकपुर भन्सार कार्यालयले भन्सार छलेर ल्याइएका एक पिकअप भ्यानसहित लाखौं मूल्य बराबरका लताकपडा पक्राउ गरेको छ ।,जनकपुरस्थित भन्सार कार्यालयले आज यहाँ पत्रकार सम्मेलनको आयोजना गरी सो जानकारी दिएका हुन्।,कार्यालयका प्रमुख भन्सार अधिकृत हेमचन्द्र शर्माले विशेष सूचनाका आधारमा पूर्वपश्चिम राजमार्गअन्तर्गत धनुष...
चेतना गुरागाईं महिनावारी अझै हिन्दू समुदायमा सहजै स्वीकार्य छैन। ठूलो जनसंख्याको मानसिकतामा महिनावारी ‘पाप’ का रुपमा परिचित छ। यही ‘पाप’ पन्छाउने र पखाल्ने नाममा धेरै किशोरी र महिला दुर्व्यवहारको शिकार भएका छन्। सुदूरपश्चिममा भर्खरै महिनावारी सुरु भएका किशोरीदेखि अन्तिमपटक भइरहेका महिलासमेतले छाउपडी बस्दा ज्यान गुमाएक...
रमेश लम्साल  सरकारले कर्णाली र त्यसका सहायक नदीबाट विद्युत् उत्पादन गर्ने र त्यसलाई पर्यटकीय क्षेत्रका रुपमा समेत विकास गर्ने गरी संयुक्त कार्यक्रम अगाडि बढाउने भएको छ ।,मुलुकको जलविद्युत् विकासको प्रचूर सम्भावना भएका क्षेत्रमध्ये कर्णाली नदी र त्यसका सहायक नदी नै हुन् । सरकारले पहिचान गरेकै आधारमा हेर्ने हो भने दक्षि...
चेतना गुरागाईं विकासको मुख्य साधक ऊर्जा क्षेत्रको विकास र व्यवस्थापन सहभागितामूलक र समावेशी बनाई महिला सहभागितालाई सुनिश्चित गर्न दबाब दिने उद्देश्यले राष्ट्रियस्तरमा ऊर्जा तथा वातावरणका लागि महिला सञ्जाल नेपालको गठन गरिएको छ।,आज यहाँ सम्पन्न महिला भेलाबाट कला तिमल्सिनाको संयोजकत्वमा विभिन्न १० जिल्लाका १३ सदस्यीय संज...
नारायण महर्जन मुस्लिम धर्मावलम्बीको दोस्रो महान् पर्व बकर ईद (इदुल जोहा) आज देशभरका मस्जिदमा हर्षोल्लासपूर्वक मनाइँदैछ ।,इदुल फित्र अर्थात् रमजान पर्वको ७० औँ दिनमा बकर इद मनाउने धार्मिक विधि रहिआएको छ । यस दिन मुस्लिम धर्मावलम्बीहरू बिहानै स्नान गरी नजिकैको मस्जिद वा इदगाहमा गई सामूहिक नमाज पढ्छन् । नमाज पढिसकेपछि एक...
सुजिता कार्की चोक चोकमा बिहानै यम्बोःद्यो ठड्याएसँगै आजदेखि धार्मिक तथा सांस्कृतिक महत्व बोकेको परम्परागत इन्द्रजात्रा सुरू भएको छ ।,काठमाडौंको हनुमानढोकामा ३६ हात लामो लिंगो ठड्याएर इन्द्रजात्राको शुभारम्भ गरिए पनि भक्तपुरमा चोक चोक र दोबाटोमा छोटो छोटो लिंगो ठड्याउने प्रचलन छ । ती लिंगोलाई स्थानीय भाषामा यम्बोःद्यो ...
सुजिता कार्की सार्वजनिक यातायात साधनका रूपमा प्रयोग हुँदै आएको रातो नम्बर प्लेटका तीनपांग्रे अटोरिक्सालाई नेपालगञ्जमा सञ्चालन गर्न रोक लगाइएको छ ।,निजी प्रयोगका लागि दर्ता गरेर नियमविपरीत भाडामा चलाउँदै आएका एकहजार ५ सय अटोरिक्सालाई शनिबार प्रहरीले नियन्त्रणमा लिएको थियो ।,जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक टेकबहादु...
सुजिता कार्की गोकर्णेश्वर नगरपालिकाले वडा नं २ नयाँपाटी क्षेत्रलाई खुला दिसामुक्त क्षेत्र घोषणा गरेको छ ।,नगरपालिकाले शनिबार नयाँपाटीमा आयोजना गरेको कार्यक्रममा नगर प्रमुख सन्तोष चालिसेले खुला दिसामुक्त क्षेत्र घोषणा गर्दै राजधानीमै बढी पानी निर्यात गर्ने मुहान क्षेत्र भएकाले पनि यो ठाउँलाई सफा राख्न विशेष कार्यक्रम स...
सुजिता कार्की असहाय, गरीब र जेहन्दार छात्रछात्राको पठन कार्यलाई सहयोग पुर्‍याउने उद्देश्यले एक ‘असहाय छात्रवृत्ति कोष’ स्थापना गरिएको छ ।,शनिबार अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले  ५१ हजार १ सय रुपैयाँ  कोषमा जम्मा गर्दै उनकै  पहलमा औपचारिक रूपमा ‘असहाय छात्रवृत्ति कोष’ स्थापना गरिएको हो । कोटेश्वरमा आयोजित कार्यक...
सुजिता कार्की अरनिको राजमार्गअन्तर्गत बाह्रबिसे नगरपालिका–९ स्थित महभिरमा करीब एकसय मिटर सडक भासिएपछि यातायात सञ्चालनमा कठिनाइ भएको छ ।,सडक भासिएकाले शनिबार बिहानदेखि काठमाडौं–बाह्रबिसे चल्ने सवारीसाधन रोकिएकोमा समान्य मर्मत गरी अपराह्नदेखि एकतर्फी रूपमा यातायात सञ्चालन भएको इलाका प्रहरी कार्यालय बाह्रबिसेका प्रहरी नि...
सुजिता कार्की पाँचबुँदे घोषणापत्र जारी गर्दै रोटरीको क्षेत्रीय सम्मेलन शनिबार सम्पन्न भएको छ । नेपाल ३२९२ अन्तर्गत ४ नं क्षेत्रको सम्मेलन सम्पन्न भएको हो ।,कार्यक्रमको समापनका अवसरमा रोटरी इण्टरनेशनल  डिस्ट्रिक्ट ३२९२ का पूर्व गभर्नर केशव कुँवरले पाँचबुँदे घोषणापत्र सार्वजनिक गरेका हुन् ।,घोषणापत्रमा रोटरी नेपाल ३२९२ ...
सुजिता कार्की मोरङको बक्राहा खोलाको बाढीबाट विस्थापित भएका पीडित परिवारलाई जापानबाट आर्थिक सहयोग प्रदान गरिएको छ ।,बाढीबाट विस्थापित भएका उर्लाबारी–८ बगरेटोलका १४ सन्थाल परिवारलाई जापानबाट त्यहाँ काम गर्दै आएका नेपालीले नगद  २८ हजार रुपैयाँ रकम पठाएर सहयोग प्रदान गरेका हुन् ।,राजघाट–५ रानाटोल घर भई मगर सङ्घ क्षेत्रीय ...
सेतोपाटी संवाददाता जन्मदेखि नै दुई हात नभएकी तर १० हजार फिटमाथि प्लेन उडाएर वल्र्ड रेकर्ड अफ द गिनिज बुकमा नाम लेखाएकी अमेरिकी नागरिक जेसिका कक्सलाई काठमाडौं नयाँ वानेश्वरस्थित नर्थन लाइट एकेडेमी अफ एभिएशन एन्ड टेक्नोलोजी (नाट)ले सम्मान गरेको छ ।,उड्डयन क्षेत्रमा जेसिका विश्वकी एकमात्र विशाल प्रतिभासहित उत्प्रेरणाको स...
सेतोपाटी संवाददाता महानगरीय प्रहरी परिसर काठमाडौं प्रहरीले हजार र पाँच सय दरका प्रतिबन्धित ६७ हजार भारतीय रुपैयाँसहित २ जनालाई पक्राउ गरेको छ ।,शनिबार काठमाडौंको स्वयम्भूमा अवैध भारतीय रुपैयाँ बोकेर हिँडिरहेका बाँकेका कृष्णकुमारी शर्मा र गोरखाका अर्जुन भण्डारी ६७ हजार प्रतिबन्धित भारतीय रुपैयाँसहित पक्राउ परेका हुन् ।...
सुजिता कार्की वैदेशिक रोजगारीको सिलसिलामा साउदी पुगेका कपिलवस्तुकोे वाणगंगा नगरपालिका–९ भर्तापुरका ३० वर्षीय भीमबहादुर पछाईकोे मृत्युपछि परिवार शोकमा डुबेको छ ।,साउदीको सबकातुइन्सा कम्पनीमा कार्यरत पछाईको कामबाट कोठामा फर्कने क्रममा दुर्घटनामा परी मृत्यु भएको हो ।,गत साउन ५ गते मृत्यु भएका पछाईको शव अहिलेसम्म नेपाल नआ...
सुजिता कार्की सडकका खम्बामा अव्यवस्थित रूपमा टाँगिएका केबल र टेलिफोनका तारलाई व्यवस्थित गर्न नेपाल दूरसञ्चार प्राधिकरणले तार काट्न सुरू गरेको छ ।,बिजुलीका तार, टेलिफोनका तार र अन्य केबलका तारसमेत एउटै खम्बा (पोल)मा राखिएको हुँदा शहर अत्यन्त कुरुप देखिएको, असुरक्षा बढ्दै गएको र राजस्वसमेत हिनामिना भएको भन्दै सूचना तथा ...
सुजिता कार्की नापी कार्यालय इलामका प्रमुख ५४ वर्षीय निरोज त्रिखत्री मोरङको विराटनगरस्थित एक होटलको कोठामा आज बिहान मृतावस्थामा फेला परेका छन् ।,नापी अधिकृत त्रिखत्री विराटनगरस्थित पाथीभरा होटलमा सुतेकै ठाउँमा मृतावस्थामा फेला परेको मोरङ प्रहरी प्रमुख प्रहरी उपरीक्षक अरुणकुमार बिसीले जानकारी दिए ।,आव २०७३/७४ को वार्षिक...
सुजिता कार्की फलेवास नगरपालिका भित्रका सबै सामुदायिक विद्यालयमा आगामी आर्थिक वर्षदेखि अंग्रेजी माध्यममा पढाइ सुरू गरिने भएको छ ।,नगरभित्रका सबै सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर वृद्धि गर्ने उद्देश्यले आगामी शैक्षिकसत्रदेखि अंग्रेजी माध्यममा पढाइ सुरू गर्ने तयारी भएको हो । उक्त नगरपालिका भित्र ६२ वटा सामुदायिक विद्...
सुजिता कार्की बिरिङ खोलाले बगाएर अर्जुनधारा नगरपालिका–५ पाण्डवपुर निवासी ४७ वर्षीय गोपाल भनिने मिलन लोहारको आज मृत्यु भएको छ ।,उनलाई शनिबार साँझ बिरिङ खोलाले बगाएर बेपत्ता बनाएको थियो । उनको शव आज बिहान बिरिङ र टाङ्टिङ खोलाको दोभानमा फेला परेको शनिश्चरे प्रहरी प्रमुख अम्मर लावतीले जानकारी दिए ।  रासस, खोलाले बगाएर एक...
सुजिता कार्की सुनसरी आयल सप्लार्यसको आर्थिक सहयोगमा जिल्लाका बाढीपीडितलाई निःशुल्क औषधोपचार गरिएको छ ।,इनरुवा नगरपालिकाको संयोजनमा आज सप्तरीमा आयोजित एकदिने निःशुल्क स्वास्थ्य शिविरमा सो नगरपालिकाका– ९ र १० का ३५० बाढीपीडितले स्वास्थ्य सेवा लिएको सप्लायर्सका सञ्चालक प्रकाश मारुले जानकारी दिए ।,सो शिविरमा आएकामा श्वासप...
मनोज सत्याल भदौ ५ गते यातायात व्यवस्था विभागले सवारी साधनमा इम्बोस्ड नम्बर प्लेट सुरू गर्‍यो। उच्च प्रविधिमा आधारित र सवारी ट्रयाकिङ समेत गर्न सक्ने नम्बर प्लेटको जडान सुरुवातमा सकारात्मक चर्चाको विषय बन्यो।,तर नम्बर प्लेटका डिजाइन सार्वजनिक भएपछि भने इम्बोस्ड नम्बर प्लेटको आलोचना शुरु भयो। नम्बर प्लेटमा हामीले प्रयोग...
सेतोपाटी संवाददाता संयुक्त राष्ट्रसंघ र नेपालबीच ५ वर्षे विकास सहायता संरचनासम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ ।,शुक्रबार काठमाडौंमा एक कार्यक्रमका बीच संयुक्त राष्ट्रसंघकी आवासीय संयोजक भेरिया जुलियान्ड र राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. स्वर्णिम वाग्लेले ५ वर्षे विकास सहायता संरचनासम्बन्धी समझदारी पत्रमा हस...
सुजिता कार्की नेपाल विद्युत् प्राधिकरण नोलाइट शाखाले ग्राहकको फोन नउठाउने र गुनासो सम्बोधन नगर्ने पुरानै चलन हो । समय बदलियो, राजनीति बदलियो, मुलुकको व्यवस्था बदलियो तर कर्मचारीको व्यवहार परिवर्तन भएको छैन ।,महसुल तिर्न गएका ग्राहकलाई प्राधिकरणका कर्मचारीले राम्रो व्यवहार नगर्ने प्रवृत्ति कायमै छ । त्यस्तो व्यवहार गर्...
रबिन्द्र बराल नेपाली काङ्ग्रेस मोरङ जिल्ला कार्यसमितिका सचिव मोदराज घिमिरेले मोरङको रंगेली नगरपालिका ९ स्थित दोमहानाका शान्ति देवी ऋिषिदेवका दुई छोरालाई नि:शुल्क उपचार गरिदिने घोषणा गरेका छन् ।,भदौ १४ गते सेतोपाटी अनलाइनमा ‘हे दैव मलाई अझै दुःख दे’ शीर्षकमा प्रकाशित समाचार पढिसकेपछि रंगेली नगरपालिकाका प्रत्यासी मेयर प...
सुजिता कार्की नेपालबाट बाढीले बगाएर लगेका एकसिंगे गैँडा भारतको वाल्मीकि टाइगर रिजर्भमा अझै कम्तीमा पाँचवटा रहेको त्यहाँका अधिकारीहरुले जनाएका छन् ।,रिजर्भका डिपुटी डाइरेक्टर अमितकुमारका अनुसार रिजर्भका विभिन्न ठाउँमा ती गैँडा पुगेका छन् । रिजर्भबाट बिहीबार सातौँ गैँडा उद्धार गरी चितवन राष्ट्रिय निकुञ्ज ल्याउने क्रममा ...
सुजिता कार्की ‘स्क्रबटाइफस’ रोगबाट डेढमहिनामा जिल्लामा दुई जनाको मृत्यु हुनाका साथै १३९ जना प्रभावित भएका छन् ।,जिल्ला जनस्वास्थ्य कार्यालयका किट नियन्त्रक राम केसीकाअनुसार साउन १ गतेबाट भदौ १५ गते सम्ममा ५२९ जनाको रक्त परीक्षण गरिएकामा भरतपुर अस्पतालमा ४० जना, बकुलहर अस्पताल रत्ननगरमा ४० जना, चितवन मेडिकल कलेजमा ३१ ज...
सुजिता कार्की पूर्व–पश्चिम राजमार्गअन्तर्गत सप्तरीको खरचुयामा माइक्रो बसको ठक्करबाट आज दिउँसो एकजनाको मृत्यु भएको छ ।,काठमाडौंबाट विराटनगरतर्फ जाँदै गरेको बा४ख ६५७२ नंको माइक्रो बसको ठक्करबाट सोही ठाउँ बस्ने २७ वर्षीय बुधेश्वर मण्डलको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । मण्डललाई बाटो काट्ने क्रममा माइक्रो बसले ...
भानुभक्त जतिबेला ट्राफिक प्रहरीले मादकपदार्थ सेवन (मापसे) गरी सवारी चलाउनेको लाइसेन्स खोस्न थाल्यो, सर्वसाधारणमा एक किसिमको अन्योल थियो– एक थोपा रक्सी खान नपाइने यो कस्तो नियम हो? विकसित देशहरूमा पनि यो हदसम्मको कडाइ त विरलै हुन्छ।,दिन बित्दै गए। सर्वसाधारणको गुनासो कम हुँदै गयो, उता ट्राफिक प्रहरी पनि आफ्नो निर्णयमा ...
सुजिता कार्की नेकपा (एमाले)का उपमहासचिव विष्णु पौडेलले प्रदेश नम्बर ५ लाई विभाजन गर्ने प्रयास असफल बनाएजस्तै बुटवललाई प्रदेशको राजधानी हुन रोक्न खोज्ने प्रयासलाई पनि असफल बनाइने बताएका छन् ।,बुटवल उपमहानगरपालिकाले आर्थिक वर्ष २०७४/७५ को बजेट, नीति तथा कार्यक्रम सार्वजनिक कार्यक्रमलाई आज यहाँ सम्बोधन गर्दै उनले बुटवल उ...
सुजिता कार्की काभ्रेपलाञ्चोकमा वर्षौदेखि जोतभोग गरेको जग्गा आफ्नो स्वामित्वमा नहुँदा स्थानीयवासीले सास्ती खेप्नुपरेको छ ।,भूकम्पपीडितले जोतभोग गरेको जग्गाको धितो राख्न नपाएकाले उनीहरुलाई पुनर्निर्माणको काम गर्न अफ्ठ्यारो भएको हो ।,अझै पनि गुठीको जग्गामा मोही कायम होला र पूर्जा पाइएला भनेर दौडिरहेका छौँ मण्डनदेउपुर नगर...
सुजिता कार्की कपिलवस्तुको हिलवर्ट इङ्लिस बोर्डिङ स्कुलले जिल्लामै पहिलोपटक अन्तर्राष्ट्रिय उपाधि हासिल गर्न सफल भएको छ ।,भारतको लखनउस्थित सिटी मन्टेश्वरीले आयोजना गरेको प्रतियोगितामा ‘गिनिज बुक अफ वर्ड रेकर्ड’मा नाम लेखाउन सफल मन्टेश्वरीमा भएको चार प्रतियोगिता लिग अफ नेसन, क्याल्डिसकोप, एक्स्प्रेसिभ र पोष्टर मेकिङमध्य...
सुजिता कार्की सामान्य प्रशासन मन्त्रालयले यसवर्ष २३ अौँ निजामती सेवा दिवस बाढीपीडित केन्द्रीत भएर मनाउने निर्णय गरेको छ ।,अविरल वर्षाका कारण २६ जिल्लामा ठूलो जनधनको क्षति भएकाले हर्षोल्लास भन्दा पनि बाढीपीडितलाई केन्द्रीत गरेर कार्यक्रम गरिने निर्णय भएको मन्त्रायलका उपसचिव सिर्जना तिवारीले जानकारी दिए ।,उनले बाढीपीडित...
चेतना गुरागाईं अमेरिकी पर्यटक टम रिचर्डसन र जोअना लुज त्यो रात सबभन्दा पहिला घटनास्थल पुगेका थिए।,पेरिसको सेन नदीछेउ घुम्दै गर्दा अल्मा सुरुङमार्गमा उनीहरूले जोडदार धमाका सुने। आत्तिँदै हेर्दा एउटा कार दुर्घटनाग्रस्त अवस्थामा थियो। सडक डिभाइडरमा ठोक्किएर भित्तामा बजारिएको कार उनीहरूले परैबाट देखे। आधा भाग कच्याककुचुक ...
चेतना गुरागाईं नेपाल आर्थिक पत्रकार समाज(सेजन)का अध्यक्षमा पुष्पराज आचार्य निर्वाचित भएका छन्।,यहाँ आज सम्पन्न १८ औँ वार्षिक साधारणसभा तथा निर्वाचन कार्यक्रमबाट ११८ मतका साथ आचार्य विजयी भएका हुन्। उनका निकटतम प्रतिद्वन्द्वी मोदनाथ ढकालले १०६ मत प्राप्त गरे । यस्तै उपाध्यक्षमा प्रभात भट्टराई १३७ मतका साथ विजयी भए भने ...
डा.आशिष दत्त अल्जाइमर भनेको उमेर पुग्दै गएपछि बुढेउलीमा लाग्ने एउटा रोग हो। एल्वाइ अल्जाइमर भन्ने बिशेषज्ञ चिकित्सकले दिनुभएको शब्द हो ‘अल्जाइमर’। यसलाई अल्जाइमर  डिमेन्सीया पनि भनिन्छ। बिभिन्न खाले डिमेन्सीय रोग मध्ये अल्जाइमर पनि एक हो।,यो मस्तिष्कमा लाग्ने एउटा रोग हो जसले गर्दा उच्च स्तरीय मानसिक क्षमतामा क्षय भएर...
चेतना गुरागाईं सडक यातायातबाट काठमाडौंसम्मको यात्रा गर्न सास्ती खेपिरहेका यस क्षेत्रका उपभोक्ताले धनगढी विमानस्थलवाट एकपछि अर्को गर्दै हवाई सेवा थपिन थालेपछि राहत महसुस गरेका छन् ।,धनगढी विमानस्थलवाट अहिलेसम्म दैनिक नेपाल एयर लायन्सले एक, निजी क्षेत्रको बुद्ध एयरले दुई र श्रीएयर लायन्सले एक उडान भर्दै आएकामा आजदेखि नि...
चेतना गुरागाईं सुनसरी सदरमुकामसमेत रहेको इनरुवा नगरपालिकाको पहिलो नगरसभाले आव २०७४/७५ को करिब ५५ करोडको बजेट सार्वजनिक गरेको छ ।,नगरपालिकाका प्रमुख राजन मेहताले नगरपालिकाको पहिलो नगरसभाले पारित गरेको ५४ करोड ६९ लाख ३१ हजार रुपैयाँको वार्षिक बजेट सार्वजनिक गरिएको वडाध्यक्ष श्रवण यादवले जानकारी दिए ।,नपाले सशर्त अनुदानक...
चेतना गुरागाईं गएराति अवरुद्ध पासाङल्हामु राजमार्ग खुलेको छ ।,सहायक प्रजिअ स्मिता पौडेलका अनुसार डोजरको सहायताले सडकको पहिरो पन्छाई आज दिउँसोदेखि यातायात सञ्चालन गरिएको हो ।,सडक खुला भएपछि रोकिएका ६० भन्दा बढी सवारीसाधन आफ्ना गन्तव्यतर्फ गइसकेको र नेपाल–चीनको व्यापारिक राजमार्ग एवं पर्यटकीय क्षेत्रसमेत रहेका कारण याता...
चेतना गुरागाईं महानगरीय प्रहरी प्रभाग नागढुंगाले अवैध लागुऔषधसहित तीन जनालाई पक्राउ गरेको छ ।,प्रभागबाट खटिएको टोलीले जनकपुरदेखि काठमाडौँ आउँदै गरेको ना५ख १४३३ नंको यात्रुवाहक बसको झोलामा लुकाई ल्याएको अवस्थामा आज दिउँसो तीन जनालाई पक्राउ गरेको हो ।,पक्राउ पर्नेमा महोत्तरी पिपराका शत्रोहनकुमार साह, जनकपुरका चन्द्रबहाद...