content
stringlengths
20
64.1k
चेतना गुरागाईं भरुवा बन्दुक लुकाएर राखेको अभियोगमा एक युवकविरुद्ध हातहतियार खरखजानाअन्तर्गत शुक्रबार मुद्दा दर्ता गरिएको छ ।,अभियुक्त सोलुदूधकुण्ड नगरपालिका–१० टाप्टिङका २३ वर्षीय पासाङ तामाङविरुद्ध मुद्दा दर्ता गरिएको प्रहरीले जनाएको छ ।,ससुरा नाता पर्ने माझी तामाङको बारीमा डेरा गरी बस्ने पासाङले बन्दुक लुकाएर राखेको...
चेतना गुरागाईं  पाँच वर्षयतादेखि नवीकरण नभएका जिल्ला समन्वय समितिका सवारी साधन सञ्चालन ल्याएको पाइएको छ ।,हालसम्म सञ्चालन हुँदै आएका १३ मोटरसाइकल र दुई गाडीमध्ये ९० प्रतिशत सवारी साधन नवीकरण नगरी सञ्चालनमा ल्याइएको जिससका उपप्रमुख कार्मा बुढाले जानकारी दिए। “खोतल्दै जाँदा सञ्चालित सवारी साधनको न लाइसेन्स भेटिन्छ, न बि...
चेतना गुरागाईं मोरङको दोस्रो ठूलो शहर उर्लाबारीमा रहेको सार्वजनिक शौचालय लथालिङ्ग अवस्थामा पुगेको छ ।,विसं २०६१ मा उर्लाबारी युवा क्लबको संयोजनमा निर्मित उक्त शौचालय सिद्धार्थ क्लबले पुनःनिर्माण गरेको थियो । तत्कालीन उर्लाबारी गाविसको ५० हजार र हार्डवेयर पसल तथा स्थानीयवासीको सहयोगमा  एक लाख ५० हजार रुपैयाँमा सो शौचाल...
चेतना गुरागाईं  अनौपचारिक शिक्षा केन्द्र सानोठिमी भक्तपुरले ७५ जिल्लालाई पूर्णसाक्षर जिल्ला बनाउने घोषणा गरे पनि अधुरो भएको छ ।,यहाँ शुक्रबार आयोजित पत्रकार सम्मेलनमा केन्द्रका निर्देशक चूडामणि पौडेलले हालसम्म देशभरका ३८ जिल्ला मात्रै पूर्णसाक्षर जिल्ला घोषणा भएको बताए। जिल्लामा ९५ प्रतिशत नागरिक साक्षर भएपछि पूर्ण सा...
चेतना गुरागाईं सिरियाको उत्तरी सहर एलेप्पोमा सातवर्षपछि पुनः विद्युत सेवा सुरु भएको छ ।,द्वन्द्वका कारण विद्युत सेवा अवरुद्ध भएकोमा फेरि सेवा सुरु भएको विद्युत मन्त्री जुहेइर खार्बौट्लीले शुक्रबार घोषणा गरे । एलेप्पोबासीलाई सिरियाका अन्य प्रदेशहरूमा जस्तै क्रमशः सेवा दिन लागिएको उनले बताए।,विद्युत् सेवा पुनः सुरु गर्न...
चेतना गुरागाईं स्थानीय तहको तेस्रो चरणको निर्वाचनलाई लक्षित गर्दै नेपाली सेनाले महोत्तरी जिल्लाको १० वटा सडकखण्डको मर्मत कार्य शुरु गरेको छ ।,साउन २८ गतेदेखि ३२ गतेसम्म जिल्लाको आधा दर्जन बढी नदीमा आएको बाढीले महोत्तरीको सडक बगाएको तथा तोडफोड गरी सवारीसाधन चल्न नसक्ने बनाएको बेला स्थानीय तहको निर्वाचन प्रभावित हुनसक्न...
चेतना गुरागाईं यहाँका पाँच सामुदायिक तथा निजी विद्यालयले राष्ट्रिय सेवा दलको अनुमति पाएपछि कक्षा ८ र ९ मा अध्ययनरत विद्यार्थीलाई तालिम दिन थालेका छन् ।,काँकडभिट्टा मावि, बलभद्र जनता मावि, लिटल फ्लावर्स बोर्डिङ स्कुल, वीरेन्द्र नमूना मावि र शहीद धर्मभक्त मावि केर्खाले अनुमति पाएपछि ७९ दिने तालिम सञ्चालन गर्न लागिएको हो...
चेतना गुरागाईं कैलाली जिल्लाको चुरे पहाडी क्षेत्रको मोहन्याल गाउँपालिकामा अझैसम्म पनि बाटो,, ,बिजुली,, ,टेलिफोनलगायतका पूर्वाधारको निर्माण हुननसक्दा स्थानीय बासिन्दा न्यूनतम सेवा पाउनबाट वञ्चित रहेका छन् ।,आधारभूत सेवा सुविधा पुर्‍याउन पटक,÷,पटक पहल गरिए पनि कुनै सुनुवाइ नभएको गाउँपालिकाका अध्यक्ष नबलसिं रावलले बताए।,...
चेतना गुरागाईं देवी देवता खुशी पार्ने निहुँमा धेरै मठमन्दिर र धार्मिकस्थलमा बलि चढाउने गरिएता पनि इलामको यस्तो ठाउँ छ जहाँ पशुबध गर्न कहिल्यै दिइदैन् ।,जिल्लाको पश्चिमी माङसेबुङ गाउँपालिकाको बाँझोस्थित किराँत धर्मावलम्बी रहेको माङसेबुङमा अहिले पनि पशुबलि र मदिरा निषेध छ । यहाँका प्रत्येक घरैपिच्छे तीनवटा बाँसका लिङ्गा...
चेतना गुरागाईं पोखरा–लेखनाथ महानगरपालिकाको रामघाटस्थित बौद्ध अघौँ सदनको हातामा विद्युतीय शवदाह गृह निर्माण गरिने भएको छ ।,सरकारको झण्डै १३ करोडको लागतमा निर्माण हुने सो शवदाह गृहमा एकै चोटी तीनवटासम्म शव जलाउन सकिने बौद्ध अघौँ सदनका अध्यक्ष भुवनसिंह गुरुङले जानकारी दिए।,कास्कीमा गुरुङ समुदायको बस्ती बढ्दै गएको र दैनिक...
सुजिता कार्की पूर्वपश्चिमराजमार्गअन्तर्गत महोत्तरी र धनुषाको साँधमा पर्ने रातुनदीको पुल आजदेखि पाँच दिनका लागि बन्द भएको छ ।,गत साउन २८ गते आएको भीषण बाढीले रातु पुल भासिएपछि पुलमा बेलिब्रिज राखिने भएपछि पुलबाट आवातजावत गर्ने सवारीसाधनमा रोक लगाइएको छ ।,पुलमा बेलिब्रिज राख्ने भएपछि वैकल्पिक मार्गको रुपमा नदीको दक्षिणत...
सुजिता कार्की तेह्रथुमको आठराई गाउँपालिका–२, खाम्लालुङमा अवस्थित झाँक्री गुफा प्रशस्तै पर्यटकीय सम्भावना भए पनि ओझेलमा परेको छ । गुफाको प्रचारप्रसार र पूर्वाधार विकासमा सम्बन्धित निकायको ध्यान पुग्न सकेको छैन ।,गुफासम्म पुग्नका लागि सडक बनाइए पनि सवारी साधन सञ्चालन योग्य भइसकेको छैन । कात्तिके सामुदायिक वनभित्र रहेको ...
सुजिता कार्की मध्यपुरथिमिको गठ्ठाघरमा सञ्चालित हेल्दी हार्ट क्लिनिकले आयोजना गरेको एकदिने निःशुल्क स्वास्थ्य शिविरमा ५०९ जना लाभान्वित भएका छन् ।,सहज र सर्वसुलभ रूपमा जिल्लामै मुटु रोगको सम्पूर्ण परीक्षण एवं उपचार गर्ने उद्देश्यले सञ्चालित क्लिनिकले आफ्नो प्रथम वार्षिकोत्सवका अवसरमा शनिबार शिविर आयोजना गरेको हो ।,शिवि...
चेतना गुरागाईं गएरातिको भारी वर्षासँगै खसेको पहिरोले सिन्धुपाल्चोकको एक विद्यालय भवन पुरिएको छ ।,साविक फुल्पिङकोट गाविस,– ,९ हाल बलेफी गाउँपालिका,– ,३ धुस्कोटको ओख्रेनीस्थित चारकोठे सिमासिंह आधारभूत विद्यालय भवन पुरिएकाले पठनपाठनमा असर पुगेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सोनाम तामाङले बताए।,करिब डेढ सय मिटरमाथि...
सुजिता कार्की गोरखाको धार्चे गाउँपालिका–३ उहियाको खोर्लाका २ सय  घरधुरीमा रहेका मौसमी रुघाखोकी र ज्वरोका बिरामीको उपचार सुरू गरिएको छ ।,उहिया स्वास्थ्य चौकीका तीनजना स्वास्थ्यकर्मीले घरघरै पुगेर बिरामीको स्वास्थ्य परीक्षण गरी औषधि उपलब्ध गराउन थालेका हुन् ।,शनिबार २५० जना बिरामीको उपचार गरिएको जनस्वास्थ्य कार्यालयका म...
सुजिता कार्की युवाको सक्रियतामा मध्यपुरथिमिमा २५ वर्षपछि महाकाली नाच प्रदर्शन हुने भएको छ ।,हरेक वर्ष सञ्चालन हुँदै आएको सो नाच अर्थ अभावका कारण २५ वर्षदेखि बन्द भएको थियो । मध्यपुरथिमि नगरपालिका–५ र ६ का युवा सम्मिलित युवा मिलन केन्द्रको सक्रियतामा महाकाली नाच संरक्षण समिति गठन गरेर यस वर्षदेखि नाच सञ्चालनमा ल्याइने ...
चन्द्र काफ्ले बाजुराको कोल्टी विमानस्थलमा अवतरण गर्नेक्रममा सीता एयरको विमान ठूलो दुर्घटनाबाट जोगिएको छ। अगाडिको दुई वटै टाएर ‘पञ्चर’ भए पनि नेपालगन्जबाट बाजुराका लागि उडेको विमानलाई पाइलटले सफल अवतरण गरेपछि ठूलो दुर्घटना टरेको हो।,विमानका यात्रु र चालक दलका सबै सदस्य सकुसल रहेको तारा एयरले जनाएको छ।,नेपालगन्जबाट इन्ज...
सेतोपाटी संवाददाता जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको बाढी पूर्वानुमान शाखाले नेपालका पूर्व क्षेत्रमा बाढीको खतरा रहेको जनाएको छ। झापा, मोरङ, सुनसरी र सप्तरीमा भारी बर्षा हुन सक्ने र त्यसले बाढी आउने जनाएको छ। शाखाले मेची, विरिङ, कन्काई, सुनसरी खोला, त्रियुगा, कोशी नदीमा बहाव बढेको उल्लेख गरेको छ। साथै कुनैपनि बेला ...
सेतोपाटी संवाददाता ट्राफिक प्रहरीले सडकमा हुने दुर्घटना न्यूनीकरणका लागि नयाँ अभियान सुरू गरेको छ।,महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख सर्वेन्द्र खनालले सडक दुर्घटनामा सबैभन्दा पीडित मोटरसाइकल हुने भएकाले दुई पाङ्ग्रे सवारीलाई लक्षित गरी उपत्यकामा बुधबारदेखि सडक ट्राफिक सचेतना कार्यक्रम सुरू गरेका छन्।,सवारी दुर्...
सेतोपाटी संवाददाता गएरातिदेखि परेको अविरल वर्षाले मुग्लिङ-नारायणगढ सडक खण्ड अवरूद्ध भएको छ। इच्छाकामना गाउँपालिका– ६ चोरखोला नजिकै चारकिलोमा वर्षाले सडक बगाएपछि यातायात अवरूद्ध भएको मुग्निङ प्रहरीले जनाएको छ।,चारकिलोमा त्रिशूली किनारतर्फको आधा सडक बगाएपछि सवारीसाधन रोकिएका छन्।  सडकको करिब ५० मिटर भाग खोलामा बगेको नार...
रवीन्द्र बराल मोरङको रंगेली नगरपालिका ९ स्थित दोमहाना बजार नजिकै ५ धुर ऐलानी जग्गामा सानो झुपडी बनाएर बस्दै आएकी शान्ति देवी ऋिषिदेवका छोरा  १३ वर्षीय सन्तोष ऋिषिदेवको पेटमा पानी जमेर मृगौला नेफेटीक ट्रिन भन्ने रोगबाट पीडित छन्।,उनकै १० वर्षिय कान्छो छोरा गणेश पनि हाईड्रोशील रोगबाट अस्पतालमा भर्ना भएका छन्।,बिगत दुई व...
चेतना गुरागाईं राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले भूकम्पबाट क्षति पुगेको सिंहदरबारको प्रवलीकरणका लागि टेको लगाउन (स्काफोल्डिङ) शुरु गरेको छ ।,प्राधिकरणले वर्षा लागेसँगै सिंहदरबारको मूल भवनलाई पानीबाट बचाउन प्लाष्टिकको ओत लगाएको थियो । सिंहदरबारलाई प्रवलीकरण (रेट्रोफिटिङ) गर्ने निर्णय यसअघि नै भइसकेको छ । प्रवलीकरण गर्न...
सुजिता कार्की राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले भूकम्पबाट क्षति पुगेको सिंहदरबारको प्रवलीकरणका लागि टेको लगाउन (स्काफोल्डिङ) सुरू गरेको छ ।  प्राधिकरणले वर्षा लागेसँगै सिंहदरबारको मूल भवनलाई पानीबाट बचाउन प्लाष्टिकको ओत लगाएको थियो ।,सिंहदरबारलाई प्रवलीकरण (रेट्रोफिटिङ) गर्ने निर्णय यसअघि नै भइसकेको छ । प्रवलीकरण गर्...
चन्द्र काफ्ले अविरल वर्षाले मुम्बईको भिन्डी बाजारमा रहेको एक पाँच तले घर भत्किँदा कम्तिमा ३ जनाको मृत्यु हुनुका साथै ३० जना मान्छे पुरिएका छन्।,यद्यपी भवनले करिब १०० जना मान्छे पुरेको हुनसक्ने स्थानीयवासीले आशंका गरेका छन्।,१० देखि १२ परिवार बसोबास गर्ने उक्त भवनमा फसेकाहरूको उद्धार भइरहेको मुम्बई प्रहरीले जनाएको छ।,ब...
भगवती पाण्डे बुटवलको मिलनचोकमा बिहिबार बिहान भएको दुर्घटनामा एक जनाको ज्यान गएको छ। एउटै दिशातर्फ गईरहेका दुई वटा ट्रकले पालैपालो ठक्कर दिँदा बा. ६४ प ६३८४ नं.को मोटरसाईकलमा सवार पाल्पा तानसेन नगरपालिका वडा नं. ६ का २७ वर्षिय रुक बहादुर थापाको मृत्यु भएको प्रहरीले जनाएको छ ।,राजमार्ग चौराहबाट बसपार्क तर्फ जाँदै गरेको ...
सुजिता कार्की राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले म्याग्दी जिल्लामा इञ्जिनियर नखटाउँदा भूकम्पपीडितको आवास निर्माण कार्य प्रभावित बनेको छ । प्राधिकरणले जिससमार्फत उपलब्ध गराएको पहिलो किस्ता बुझेका लाभग्राहीले इञ्जिनियर नआउँदा चाहेर पनि आवास निर्माणको काम अघि बढाउन नपाएका हुन् ।,जिल्ला समन्वय समिति म्याग्दीले गत आव २०७३ ...
सुजिता कार्की मुस्ताङको थासाङ गाउँपालिका–१ टुकुचेमा निर्माण भएको थापाखोला जलविद्युत् आयोजनाले परीक्षण उत्पादन सुरू गरेको छ ।,माउण्ट कैलाश इनर्जी प्रालिले निर्माण गरेको १३.६ मेगावाट क्षमताको आयोजनाले विद्यु्त उत्पादन सुरू गरेको हो । परीक्षण सफल भएपछि उत्पादित विद्युत् केन्द्रीय प्रसारण लाइनमा जोडिने आयोजनाका साइट व्यवस...
सुजिता कार्की धनगढी उपमहानगरपालिका–८ क्याम्पस चोक क्षेत्रबाट २३ किलोग्राम लागूऔषध चरेससहित प्रहरीले बुधबार एकजनालाई पक्राउ गरेको छ ।,विक्री गर्ने उद्देश्यले बोरामा चरेस राखेर लगिरहेको अवस्थामा बझाङको कडेल गाउँपालिका–५ शिवराज उपाध्यायलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी निरीक्षक पुष्कर चन्दले बताए।,...
सुजिता कार्की बाढीका कारण डुबानमा परेका सप्तरीको तिरहुत गाउँपालिकास्थित भेडिया र मैनाकडेरीका बाढीपीडित परिवारलाई राहत वितरण गरिएको छ ।,बाढीबाट अति प्रभावित मैनाकडेरी र भेडियाका एक सय २५ परिवारलाई कारितास नेपालको सहयोगमा जिल्लास्थित श्रीपुर्राज सामुदायिक विकास केन्द्रले राहतस्वरुप पाल, पोषणयुक्त खानेकुरा र सरसफाइ तथा श...
सेतोपाटी संवाददाता भारतीय नम्बर प्लेटको स्कुटीले ठक्कर दिँदा झापा शिवसताक्षी ८ झिलझिलेका मुन्ना गुप्ताको मृत्यु भएको छ ।,काकडभिट्टाबाट बुधबार साँझ झिलझिले आउने क्रममा नम्बर प्लेट नखुलेको मोटर साईकलमा सवार गुप्ताको भारतीय स्कुटीले ठक्कर दिदा मृत्यु भएको प्रहरीले जनाएको छ। नियमविपरित राजमार्ग पार गर्देगरेको डव्ल्युवी ७४...
चन्द्र काफ्ले काठमाडौंको भिएस निकेतन स्कुल नजिकै बागमती किनारमा १ जनाको शव फेला परेको छ।,महानगरीय प्रहरी वृत्त बानेश्वरका अनुसार नदीले बगाएर ल्याएको शव स्थानीयले देखेपछि प्रहरीलाई खबर गरेका थिए। अन्दाजी ३५ वर्षीय पुरुषको शव कहाँबाट बगेर आएको भन्ने यकिन नभएको प्रहरीले जनाएको छ।,राजधानीको बाफल क्षेत्रका केही भागमा पानील...
सेतोपाटी संवाददाता कञ्चनपुरको महाकाली नदीमा चार लेनको पुल बन्ने भएको छ।  प्रधानमन्त्री शेरबहादुर देउवाले बिहीबार पुलको शिलान्यास गरेका छन्।,सदरमुकाम भीमदत्तनगरदेखि पाँच किलोमिटर दक्षिणमा बन्न लागेको सो पुलले महाकाली पारिका गाउँ चाँदनी दोधारालाई जोड्ने छ।,सडक विभागका महानिर्देशक गोपाल सिग्देलले पुलले चाँदनी दोदोधराका स...
अनिश रेग्मी बुधबार रातिको अविरल वर्षाले राजधानीको बाफलस्थित नमूना सामुदायिक स्कुल ज्ञानोदय उच्च माविमा पसेको बाढी सफा गर्न नेपाली सेनाले सहयोग गरिरहेको छ।,स्थानीय मनमती खोलामा आएको बाढी स्कुलमा पसेको हो। स्कुल भवनको भुइँतलामा रहेका सबै कोठामा पानी पसेपछि बिहीबार एक दिन छुट्टी गरिएको प्रधानाध्यापक नातिकाजी महर्जनले जान...
सेतोपाटी संवाददाता गत साउन २७ गएको पहिरोबाट बाटो अवरुद्ध भएर बालबालिका विद्यालय आउँन नसक्दा पाँचथरको फालेलुङ गाँउपालिका–३, मेमेङको खोलाघारीस्थित सिद्धकाली आधारभूत विद्यालय अझै सञ्चालनमा आउन सकेको छैन ।,साउन २७ गते बिहान गएको पहिरोबाट विद्यालय सेवा क्षेत्रका ४१ परिवार विस्थापित भएपछि उक्त विद्यालयका २८ बालबालिका विद्या...
चन्द्र काफ्ले अष्ट्रेलियाका लागि एजुकेशन तथा माइग्रेसन भिसामा ख्याती कमाएको ग्लोबल कन्सल्ट र रेष्ट ग्रुपले नेपालको बाढीग्रस्त क्षेत्रमा राहत प्रदान गरेको छ ।,ग्लोबल कन्सल्ट र रेष्ट ग्रुपको आयोजनामा केही अघि सिड्नीमा सम्पन्न तीज रमझम साँझबाट प्राप्त एक हजार अष्ट्रेलियन डलर बराबरको ८२ हजार रुपयाँ धुर्मुस सुन्तली फाउण्डे...
सुजिता कार्की सरकारले वर्षातको समयमा खोलाजन्य वस्तु निकासीमा रोक लगाए पनि ढुंगा, गिट्टी, बालुवा उत्खनन तथा निकासी अझै रोकिएको छैन ।,चुरे क्षेत्रका खोलाबाट ढुंगा बालुवा निकासी भइरहेको छ । खोलामा जथाभावी ढुंगा उत्खनन गरेकै कारण बाढीले नराम्रो क्षति पुर्‍याएको छ । मोरङको केराबारीस्थित खदम, हचुवा, मुगु खोलामा दिउँसोभन्दा ...
सुजिता कार्की तातोपानी नाका जोड्ने लार्चाको पक्की पुल बगाएपछि बेलिवृज निर्माणमा विभिन्न अवरोधका कारण काममा ढिलाइ भएको छ ।,सिन्धुपाल्चोकको तातोपानी क्षेत्रमा दैनिक जसो भारी वर्षा, माथिबाट ढुंगा खस्ने समस्या र पहिरो खस्ने गरेका कारण यातायात सञ्चालनमा अवरोध हुने गरेको छ ।,पुलको जग तयार गर्ने क्रममा ठूला ठूला ढुंगा निस्कि...
सुजिता कार्की बाराको निजगढ नजिक पूर्वपश्चिम महेन्द्र राजमार्गमा टिपरले एम्बुलेन्सलाई ठक्कर दिँदा एक महिलाको मृत्यु भएको छ भने अन्य चारजना घाइते भएका छन् ।,हेटौंडाबाट बिरामी बोकेर कोल्हवीतर्फ जाँदै गरेको ना४च १७७७ नंको एम्बुलेन्सलाई निजगढबाट पथलैयातर्फ आउँदै गरेको ना३ख ९२८० नंको टिपरले बिहिबार निजगढ नजिक पर्ने उनासी पु...
सुजिता कार्की मालपोत कार्यालय भक्तपुरले मोठ र तामेली फाँटमा बिचौलियालाई प्रवेश निषेध गरेपछि त्यसको विरोधमा नेपाल लेखापढी कानून व्यवसायी एशोसिएशनले आन्दोलन सुरू गर्दा कार्यालयको काम ठप्प भएको छ ।,एशोसिएशनले गरेको यो आन्दोलनका कारण सेवाग्राही मर्कामा परेका छन् । आज एशोसिएशनले विभिन्न माग राख्दै मालपोत कार्यालयको मूलढोका...
रबिन्द्र बराल माेरङकाे रंगेली नगरपालिका ४ स्थित बक्राहा किनारमा रहेको नेपाल र  भारतकाे बीचमा रहेकाे सहायक पिलर( स्तम्भ) पुरिएको छ ।,नेपाल भारत सीमानामा रहेको १६५ / ३ नम्बरको सहायक पिलर साउन २८ गते अाएकाे बाढीले बगाएर ल्याएको हिलोले पिलरै नदेखिने अवस्थामा रहेको  छ ।,स्थलगत रिपोर्टिङकाे क्रममा उक्त सहायक पिलर हिलो माटाे...
सेतोपाटी संवाददाता १५ किलोग्राम अवैध सुनसहित सात जना पक्राउ परेका छन्।,नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यरोले काठमाडौंमा चीनबाट ल्याइएको १४ किलो अवैध सुनसहित तीन जनालाई र जनकपुरबाट १ किलो सुनसहित चार प्रक्राउ गरेको हो।,ब्यूरो प्रमुख डिआईजी पुष्कर कार्कीका अनुसार बुधबार साँझ टोखामा पेम्बा दोर्जे शेर्पाको डेराबाट १४...
एजेन्सी उत्तर कोरियाली शासक किम जोङ उन तेस्रो सन्तानका बाबु बनेका छन्।,उत्तर कोरियाको गुप्तचार संस्थाले गत फेब्रुअरीमा उनकी श्रीमती री सोल छुले तस्रो सन्तान पाएको रिपोर्ट बनाएको सञ्चारमाध्यमले जनाएका छन्।,किम र रीले सन् २००९ मा विवाह गरेका थिए। उनीहरूको पहिलो सन्तान सन् २०१० मा जन्मिएको थियो भने सन् २०१३ मा री दोस्रो ...
चेतना गुरागाईं मुम्बईका विभिन्न भूभागमा भएको अविरल बर्षाका कारण बुधबार पाँच जनाको मृत्यु भएको छ।,भारतीय समाचारमाध्यम र प्राप्त जानकारीअनुसार भारी बर्षाका कारण यहाँका विद्यालयहरु बन्द गरिएको छ भने यातायातका साधन पनि चल्न सकेका छैनन् ।,भारतको आर्थिक राजधानी मानिने सो सहरमा गत सोमबार बेलुकीदेखि वर्षा निरन्तर भइरहेको छ । ...
सुजिता कार्की काठमाडौं उपत्यकाको सडक विस्तार तथा ट्राफिक व्यवस्थापनलाई सहयोग गर्न सडक किनारमा राखिएका पोल सार्नुपर्ने भएकाले नेपाल विद्युत् प्राधिकरणले आज केही स्थानमा विद्युत् कटौती गरेको छ ।,प्राधिकरणका अनुसार आज दिनभरजसो महाराजगञ्ज वितरण केन्द्र मातहतका सबै स्थानमा विद्युत् कटौती गर्न लागिएको हो ।,ट्राफिक प्रहरीले ...
सुजिता कार्की कञ्चनपुर शुक्लाफाँटा नगरपालिकाका जननिर्वाचित प्रतिनिधि र राष्ट्र सेवकका छोराछोरी अब सामुदायिक विद्यालयमा पढ्ने भएका छन् ।,सामुदायिक विद्यालयप्रतिको जनविश्वास जगाइ शिक्षाको गुणस्तर खस्कन नदिनका लागि यो अभियान सञ्चालन गरिएको हो । नगरपालिकाले नीति तथा कार्यक्रममै राष्ट्रसेवक कर्मचारी, शिक्षक, विद्यालय व्यवस...
सुजिता कार्की पीडामै रुमल्लिएका सुनसरी र मोरङ जिल्लाका बाढीपीडतलाई व्यवहारिक जीवनमा अभ्यस्त तुल्याउ मनोपरामर्श तालिम दिन थालिएको छ ।,बाढीबाट परिवारका सदस्य गुमाउन पुगेका तथा घरबारविहीन भई त्रस्त भएका व्यक्तिलाई सहज अवस्थामा ल्याउने उद्देश्यले काठमाडौंबाट आएकी मनोपरामर्शदाता कञ्चन रावतले यस क्षेत्रका पीडित माझमा मनोरञ्...
सेतोपाटी संवाददाता मुस्लिम समुदायको महानपर्व  ईद उल अजहा ‘बक्रईद’ कै दिन अर्थात भदौ १७ गतेको लागि तय गरिएको स्नातक तहको परीक्षा त्रिभूवन विश्वविद्यालयले सारेकोमा मुस्लिम विद्यार्थीहरूले खुसी प्रकट गरेका छन् ।,राजधानीमा मंगलबार मुस्लिम विद्यार्थी संघर्ष समितिले पत्रकार सम्मेलन गरेर त्रिविले बक्रईदकै दिनमा राखेको परीक्ष...
सेतोपाटी संवाददाता पशुपति नाथ मन्दिर परिसरमा  यहि भदौ १५, १६ र १७ गते अन्तर्राष्ट्रिय सनातन हिन्दु सम्मेलनको आयोजना गरिने भएको छ ।,सनातन संस्कृति समाज नेपालले मंगलबार पत्रकार सम्मेलन गरी सो कुराको जानकारी दिएको हो ।,पत्रकार सम्मेलनमा सनातन संस्कृति समाजका संयोजक हरिबोल भट्टराईले नेपाललाई जसरी पनि सनातन हिन्दुराज्य घोष...
सुजिता कार्की बनेपा नगरपालिका– ८ स्थित इट्टाभट्टा नजिकै मकैबारीमा आज एक महिला मृत अवस्थामा फेला परेकी छिन् ।,अर्धनग्न अवस्थामा फेला परेकी करीब ४५ वर्षीया ती महिलाको कुनै पहिचान खुल्न नसकेको धुलिखेल जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक महेन्द्र मरासिनीले बताए ।,‘यो शव केही दिन अघिको नै हुनसक्छ कुहिएको अवस्थामा...
सुजिता कार्की बैतडीको तल्लोसोराडमा मानिसमाथि आक्रमण गर्ने चितुवा खोजी गर्न प्रहरी परिचालन गरिएको छ।,चितुवा मानववस्ती प्रवेश गरी लगातार मानिसमाथि आक्रमण गर्न थालेपछि त्यसलाई मार्ने उद्देश्यले हतियारसहित १७ जना प्रहरीको टोली प्रभावित क्षेत्रमा पुगेको हो । शनिबार पाटन इलाका प्रहरी कार्यालयबाट गएको टोलीले आक्रमणकारी चितुव...
सेतोपाटी संवाददाता फेसबुकका संस्थापक मार्क जुकरवर्ग दोस्रो पटक बाबु बनेका छन्।, जुकरवर्ग र उनकी श्रीमती प्रिसिला च्यानले फेसबुक पोस्ट मार्फत् यसबारे जानकारी दिएका हुन्। उनीहरु दोस्रोपटक छोरीकै आमाबाबु बनेका हुन्। उनीहरुले छोरीको नाम ‘अगस्ट’ राखेको बताएका छन्।, जुकरवर्गले छोरी अगस्टका लागि एक पत्रसहित फेसबुकमा आफ्नी ...
सुजिता कार्की सरकारले राष्ट्रिय गौरवको आयोजनाका रूपमा राखेको बूढीगण्डकी जलविद्युत् आयोजनाको वित्तीय र भौतिक प्रगति ९० प्रतिशतमाथि रहे पनि चिनियाँ कम्पनीसँग गरिएको समझदारीका कारण अन्योलता बढेर गएको छ ।,चिनियाँ कम्पनी गेजुवासँग गरिएको समझदारीका कारण आयोजनालाई कसरी अगाडि बढाउने भन्ने विषयमा ऊर्जा मन्त्रालयले हालसम्म ठोस ...
सागरराज तिमल्सिना भाइरलका कारण कास्की कारागारमा रहेका ५० कैदी एकै पटक बिरामी परेका छन् । ज्वरो आउने, रुघाखोकी लाग्ने र वान्ता आउने भएपछि भाइरलले बिरामी भएका हुन् ।,उनीहरूको पश्चिमाञ्चल अस्पतालमा उपचारका लागि लगेको कारगार प्रमुख हरि प्रसाद गौतमले जानकारी दिए ।,कैदी बिरामीको उपचारपछि उनीहरूलाई जिल्ला कारागार कास्कीमा नै...
सुजिता कार्की कीर्ते गरी चिनियाँ नागरिकलाई नेपाली नागरिकता बनाइदिने एकजनालाई आज बिहान प्रहरीले पक्राउ गरेको छ ।,कीर्ते नागरिकता बनाएपछि फरार रहेका सिन्धुपाल्चोक जिल्ला मेलम्ची नगरपालिका–११ का ४५ वर्षीय वाङदोर्जे लामालाई आज इलाका प्रहरी कार्यालय, मेलम्चीको प्रहरी टोेलीले पक्राउ गरेको हो ।,जिल्ला अदालत चौताराबाट कीर्ते ...
नारायण महर्जन सुदूरपश्चिमवासीले गौरा पर्व मंगलबार हर्षोउल्लासका साथ मनाइरहेका छन्।,यसै अवसरमा काठमाडौंमा बसोबास गर्दै आएका सुदूरपश्चिमवासीले पनि सैनिक मञ्च टुँडिखेलमा विशेष कार्यक्रम आयोजना गरे।,गौरा पर्वको मुख्य आकर्षण देउडा हो। देउडामा पौराणिक कथा, देवीदेवताका गाथा तथा सामाजिक विकृतिविरुद्ध व्यङ्ग गर्ने चलन छ। एकताक...
सुजिता कार्की मोरङका बाढीपीडितले भोकभोकै पालमुनि जाग्राम बसेर रात काट्नु गरेको गुनासो गरेका छन् ।,आएका राहत कता गए कसैलाई अत्तोपत्तो छैन । सरकारी संयन्त्र सबैको घरघरमा राहत पुर्‍यायौँ भनिरहेको छ । बाढीपीडितलाई आवास र खानपिनको व्यवस्था गर्न सरकारले प्रतिव्यक्ति दैनिक ७० रुपैयाँ प्रदान गरेको छ । तर विराटनगर–७ का बाढीपीड...
चेतना गुरागाईं कागेश्वरी मनहरा नगरपालिकाको गागलफेदी–१मा आज कागेश्वरी महादेव मन्दिरमा ‘कागेश्वरी मेला’ लागेको छ ।,मेलामा विभिन्न जिल्लाका हजारौँ तीर्थयात्रुको सहभागिता थियो । मेलामा हिन्दू र बौद्ध दुवै सम्मिलित थिए । थुप्र्रै झाँक्रीहरु ढ्याङ्ग्रो ठोक्दै सहभागी भएका थिए । स्वस्थानी व्रतकथामा सतीदेवीको अंग पतन भएको ठाउँ...
चन्द्र काफ्ले मुस्ताङको थाक सातसय क्षेत्रअन्तर्गतको १३ गाउँ मुखिया थकाली समुदायको परम्परागत मौलिक पर्व कुमार यात्रा (फालो) मंगलबारदेखि शुरु भएको छ ।,थकाली समुदायको उद्गमस्थल थासाङ गाउँपालिका–२ कोवाङमा प्रत्येक वर्ष भाद्र महिनाको शुक्ल पक्ष अनुराधा नक्षत्रका दिनदेखि तीन दिनसम्म कुमारयात्रा पर्व मनाउने चलन छ । फालो पर्व...
चेतना गुरागाईं विश्व शान्तिको केन्द्र बुद्ध जन्मस्थल लुम्बिनी एक सातादेखि अन्धकारमय बनेको छ । धेरै भार थाम्न नसकी ट्रान्सफर्मर पड्किएपछि लुम्बिनी क्षेत्र अन्धकारमय बनेको हो ।,अघिल्लो शनिबार ट्रान्सफर्मर पड्किएपछि अन्धकारमय बनेको पर्यटकीय नगरी लुम्बिनी अहिलेसम्म पनि अन्धकारमय छ । लुम्बिनी आसपासका क्षेत्रमा वैकल्पिक वित...
नारायण खड्का तुलसीपुर उपमहानगरपालिकाले सोमबार पारित गरेको नीति तथा कार्यक्रममा नौंला र रोचक पक्षहरू समेटेको छ । दुई दशकपछि भएको स्थानीय तहको निर्वाचन वाट निर्वाचित जन प्रतिनिधिले पारित गरेको नीति तथा कार्यक्रममध्ये केहि नितान्त भिन्न र आकर्षक कार्यक्रम रहेका छन् ।,उपमहानगरले ८४ वर्ष उमेर माथिका जेष्ठ नागरिकको सम्मान ग...
सुजिता कार्की पाल्पा पूर्वखोला गाउँपालिका बिरकोटमा स्वास्थ्य चौकी भवन निर्माण भएको छ ।,नेपाल सरकार स्वास्थ्य मन्त्रालयको  दुई करोड आठ लाख ७७ हजार ५ सय ५० रुपैयाँको लागतमा निर्माण भएको सो स्वास्थ्य चौकी दुईतले २० कोठा भएको स्वास्थ्य चौकीका प्रमुख मोहन ढकालले जानकारी दिए ।,यस स्वास्थ्य चौकीबाट प्रसूति सहितको विभिन्न सेव...
सुजिता कार्की वैदेशिक रोजगारीको सिलसिलामा दुबई पुगेका चितवनको रत्ननगर नगरपालिका–६ स्थित बछौलीका परशुराम सापकोटा दम्पतीको मृत्युपछि परिवार शोकमा डुबेको छ ।,अकस्मात् छोरा बुहारीको निधनले उनकी आमा मिसकुमारी सापकोटा अचेत छिन् भने उनका अन्य परिवारजन शोकमा परेका छन् ।,‘सुरूमा खबर आउँदा नचाहिने कुरा बोल्यो भन्ने भो,’ बुबा मो...
सुजिता कार्की दाङका बाढीपीडितलाई राहत वितरण सुरू गरिएको छ । घर पूर्ण रूपमा घर भत्किएकालाई  प्रतिघर १० हजार रुपैयाँ र विस्थापित परिवारमा प्रतिव्यक्ति  दुई हजार १ सय रुपैयाँका दरले १०९ घरपरिवारलाई पहिलो दिन  २१ लाख ४२ हजार १ सय रुपैयाँ  वितरण गरिएको प्रमुख जिल्ला अधिकारी गजेन्द्रबहादुर श्रेष्ठले जानकारी दिए।,उनका अनुसार...
सुजिता कार्की चितवनको राप्ती नदीले बगाएर एक महिलाको मृत्यु भएको छ । मंगलबार नदी तर्नेक्रममा बगाएर राप्ती नगरपालिका–१ दुवीचौरकी ३० वर्षीया कल्पना प्रजाको मृत्यु भएको चितवन प्रहरीले जनाएको छ ।,खोला तर्नेक्रममा एक्कासी बगेर उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । रासस राप्तीले बगाएर महि...
सुजिता कार्की बाजुराको गौमुल गाउँपालिकाले आर्थिक वर्ष २०७४/७५ का लागि  २१ करोड ७४ लाख १९ हजार सातसय रुपैयाँको बजेट सार्वजनिक गरेको छ ।,गत आवको आयव्ययसमेत गाउँसभामा प्रस्तुत गरिएको थियो । गत आवको व्ययतर्फ तीन करोड २९ लाख ७२ हजार दुई सय रुपैयाँ र चालूतर्फ  १८ करोड ३४ लाख ८९ हजार एकसय रुपैयाँ रकम विनियोजन गरेको गाउँपालिक...
सुजिता कार्की फिन चर्च एडले भूकम्पले भत्काएका गोरखाका ११३ विद्यालयमा २२६ वटा कक्षाकोठा पुनर्निर्माण गरेको छ । गोरखा नगरपालिका, पालुङटार नगरपालिका, मसेल, बगुवा, ताप्ले, मान्वु, आरुघाटलगायत क्षेत्रका विद्यालयमा अर्धपक्की भवन निर्माण गरिएको फिन चर्च एडकी कार्यकारी व्यवस्थापक जेभिस रानाले जानकारी दिए ।,दुईकोठे एउटा भवन पु...
सुजिता कार्की अविरल वर्षाका कारण स्थानीय बूढीगंगा नदीमा साउनको अन्तिम साता आएको बाढीले बगाएर मृत फेला परेकामा आठ जनाका परिवारलाई जनही दुई लाख रुपैयाँका दरले १६ लाख रुपैयाँ प्रदान गरिएको छ ।,बाढीमा परेर मृत फेला परेका १२ जनामध्ये दुई जनाको सनाखत हुन नसकेकोे र अन्य दुई जनाका आफन्त सम्पर्कमा आइनसकेकाले उनीहरूले प्राप्त ग...
सुजिता कार्की सरकारले निमुखा, गरीब महिलाको लागि निःशुल्क कानूनी सेवा लिन सकिने व्यवस्था गरेको भए पनि रोल्पा भने सो सेवा लिने महिलाको संख्या निकै कम देखिएको छ ।,गत आवमा दर्ता भएका २२७ सम्बन्धविच्छेदका मुद्दामध्ये कानूनी सेवा लिएर दर्ता भएका मुद्दा सात मात्र रहेको बताइएको छ । अघिल्लो आवमा १० जनाले सो सेवा लिएकामा गत आवम...
चेतना गुरागाईं मान्छेले विभिन्न विधामा गिनिज बुक अफ रेकर्डस्मा नाम लेखाएका छन्। विभिन्न तरिकामा धेरै मान्छे नाचेर राखिएका रेकर्ड पनि सयौं छन्। यस्तै रेकर्डको सूचीमा हालै रोबोट पनि समावेश भएका छन्।,१ हजार ६९ वटा रोबोट एकैपटक नाचेर गिनिज बुकमा रेकर्ड दर्ता भएका हुन्। डब्लुएल इन्टेलिजेन्ट टेक्नोलोजी नामक चिनियाँ कम्पनीले...
सागर राज तिमिल्सिना जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी प्रमुख तथा प्रहरी उपरीक्षक अशोक सिंहले कास्कीको सुरक्षा व्यवस्थालाई सुधार गर्न १५ बुँदे कार्ययोजना सार्वजनिक गरेका छन् ।,आइतबार पोखरामा पत्रकार सम्मेलन गरी उनले अपराध नियन्त्रण तथा रोकथामलाई पहिलो प्राथमिकतामा राखेको बताए । ‘पहिलो प्राथमिकता गुडागर्दीलाई रोक्न...
सेतोपाटी संवाददाता भारतको सिलगुढीमा १८ दिन थुनामा रहेको इलामका उदयहाङ फागोका परिवारले सरकारप्रति आक्रोश व्यक्त गरेका छन्।,आफ्नी आमाको उपचारका लागि सिलगुढी गएका बेला पश्चिम बंगाल सरकारले झुटा आरोप लगाएर पक्राउ गर्दा नेपाल सरकारले छुटाउनका लागि कुनै पहल नगरेको आरोप फागोका परिवारले लगाएका हुन् ।,इलाम जिल्ला सुर्योदय नगरप...
सुजिता कार्की प्रसिद्ध धार्मिकस्थल सुपा देउरालीमा आउने धार्मिक पर्यटकको संख्या वृद्धि भएको छ ।  विगतका वर्षको तुलनामा आजभोलि आउने दर्शनार्थीको संख्यामा दोब्बर भन्दा बढी छ ।,विगतका वर्षमा दैनिक दुई सयदेखि एक हजार भक्तजन आउने गरेकामा अहिले दैनिक एक हजारदेखि दुई हजारजनासम्मले दर्शन गर्ने गरेको मन्दिर संरक्षण समितिका अध्य...
सुजिता कार्की राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले जोखिमयुक्त भनी पहिचान भएका बस्तीका भूकम्प प्रभावितलाई लाभग्राहीको सूचीमा राख्ने प्रक्रिया शुरू गरेको छ ।,प्राधिकरण कार्यकारी समितिको पछिल्लो बैठकले धादिङको गंगा जमुना गाउँपालिकाका १७ घरधनीलाई लाभग्राही सूचीमा राखेको हो । प्राधिकरणले यसरी लाभग्राही सूचीमा राखेकामा गंगा ज...
सुजिता कार्की सिन्धुपाल्चोक जिल्लाको मेलम्ची नगरपालिका–२ भोटेचौरबाट भ्रष्टाचार र अन्य मुद्दाका अभियुक्तलाई प्रहरीले शनिबार पक्राउ गरेको छ ।,मेलम्ची नपा–२ भोटेचौर बस्ने ५८ वर्षीय श्रीराम खतिवडालाई इलाका प्रहरी कार्यालय मेलम्चीको टोलीले पक्राउ गरी आज सिन्धुपाल्चोक जिल्ला अदालतमा बुझाउन लगिएको इलाका कार्यालयका प्रहरी निर...
राकेश यादव रौतहटको दुर्गाभगवती गाउँपालिकाका सयौं बाढी पीडितहरुले राहत नपाएको भन्दै जिल्ला सदमुकाम गौरस्थित जिल्ला प्रशासन कार्यालय अगाडि प्रदर्शन गरेका छन्।,राहत वितरणमा भेदभाव भएको भन्दै यस्तो क्रम बन्द गर्न उनीहरुले स्थानीय प्रशासनसँग माग गरेका छन्। घर डुबानमा परेर केही पनि सामान नभएको र दुईसाता बित्न लाग्दा पनि राह...
भानुभक्त बारबरा शान्ति प्रतिष्ठान नेपालले हेटौंडा सामुदायिक आँखा अस्पतालको सहयोगमा सर्लाहीको सिसौटका वाढी डुवानमा परेका चमार, डोम र मुस्लिम समुदायका १ सय १३ परिवारलाई राहत वितरण गरेको छ।,सर्लाहीको अति विकट र पिछडिएको सिसौट गाउँ हाल रामनगर गाउँपालिकामा पर्छ । यहाँ चमार, डोम र मुस्लिम लगायतका विपन्न समुदायको बस्ती रहेको...
नारायण खड्का थारु समुदायले आइतबार हर्षाेल्लासपूर्वक अट्वारी पर्व मनाइ रहेका छन्।,थारुको सघन बसोवास रहेका जिल्लामध्ये पश्चिम नेपालका दाङ, सुर्खेत, बाँके, बर्दिया, कैलाली, कञ्चनपुरमा अट्वारी पर्व धुमधामसँग मनाउने गर्छन्।,हरेक वर्षको अष्टमीपछि चन्द्रमा देखिने बित्तिकै उनीहरुले यो पर्व मनाउने गर्छन्। मुख्यगरी थारु समुदायक...
सुजिता कार्की झापाको भद्रपुरस्थित ओम साई पाथीभरा हस्पिटलमा एक युवतीको पेटभित्र रहेको करीब १० किलोको अण्डाशयको ट्युमरको सफल शल्यक्रिया गरिएको छ ।,मेचीनगर–१५ स्थित ज्यामिरगढीकी १८ वर्षीया ती युवतीको पेटभित्र रहेको ट्युमर बिनाचिरफार दूरबिन प्रविधिबाट निकालिएको हो ।,गत शुक्रबार ती युवतीको पेट एक्कासी दुख्न थालेपछि उनलाई ओ...
चेतना गुरागाईं अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सामाजिक सुरक्षा भत्ता शीर्षकमा निकासा भएको दुई लाख ४५ हजार रकम भ्रष्टाचार गरेको अभियोगमा जाजरकोटका तत्कालीन सुवानाउली गाविसका सचिवविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ ।,आयोगका प्रवक्ता जीवराज कोइरालाका अनुसार तत्कालीन सुवानाउली गाविसका सचिवत्रय किरण न्यौपाने, चिरञ...
सुजिता कार्की त्रिभुवन विश्वविद्यालयले आइतबार प्रा डा भूपप्रसाद धमलालाई विश्वविद्यालय अन्तर्गत अन्तर्राष्ट्रिय सम्बन्ध केन्द्रको कार्यकारी निर्देशकमा नियुक्त गरेको छ ।,प्रा डा धमला पाटन बहुमुखी क्याम्पसमा अंग्रेजी विषय अध्यापन गर्नुहुन्छ । उनले हालसम्म अंग्रेजीमा छ पुस्तक, तथा भाषा, साहित्य र राजनीति विषयमा ३२ अनुसन्ध...
भानुभक्त डाक्टर गोविन्द केसीले काठमाडौं नेसनल मेडिकल कलेजलाई दिइएको सम्बधन खारेज लगायत तीन बुँदे माग पूरा गर्न सरकारलाई भदौ २१ गतेसम्मको अल्टिमेटम दिएका छन्।,आइतबार एक विज्ञप्ति जारी गर्दै केसीले सत्याग्रहकै बेला चिकित्सा शिक्षा ऐन जारी नहुन्जेल कुनै पनि नयाँ मेडिकल कलेज नखोल्ने भनेर विगतमा बारम्बार भएका सम्झौताहरु, म...
सुजिता कार्की रत्ननगर नगरपालिका वडा नं ८ रमाइलो टोलमा रहेका २० घर बाढी प्रभावित परिवारलाई लायन्स क्लब अफ चितवन राइनो सिटीको नेतृत्वमा नयाँ घर बनाइने भएको छ ।,करीब ५० लाख रुपैयाँको लागतमा चितवनमा रहेका विपन्न परिवारका लागि घर निर्माण गर्ने निर्णय भएको सो संस्थाका पूर्व अध्यक्ष नीरज श्रेष्ठले जानकारी दिए ।,बाढीले यहाँका...
सुजिता कार्की महोत्तरी जिल्लामा बाढीमा ज्यान गुमाएका नौ जनामध्ये दुई जनालाई आइतबार  २५ हजार रुपैयाँका दरले तत्काल राहत प्रदान गरिएको छ ।,सरकारले जिल्लामा बाढीमा ज्यान गुमाएकालाई  दुई लाख रुपैयाँका दरले घोषणा गरेकामा हाल २५ हजार रुपैयाँ तत्काल राहतस्वरुप पठाएकामा दुई जनालाई जिल्ला प्रशासन कार्यालय महोत्तरीले सो रकम दिए...
सुजिता कार्की नेपालकै महत्वपूर्ण पर्यटकीय क्षेत्रमध्येको अन्नपूर्ण पदमार्ग आफैँमा जोखिम छ ।,बेँसीशहरबाट मनाङसम्म ९० किमी रहेको बेँसीशहर–चामे सडक पूरै कच्ची छ । मनाङ जिल्लामा मोटरबाटो पुगे पनि कच्ची सडकका कारण यात्रा सहज हुन सकेको छैन ।,चालकले आफ्नो ज्यान जोखिममा राखेर यात्रुलाई गन्तव्यसम्म पुराउने गर्छन् । जोखिम मोलेर...
सुजिता कार्की सडक विभाग र महानगरीय ट्राफिक प्रहरी महाशाखाको संयुक्त पहलमा चक्रपथ सडक चौडा गर्ने कार्यलाई तीव्रता दिइएको छ ।,उपत्यकाको ट्राफिक व्यवस्थालाई सहज बनाउनका लागि विभाग, महाशाखा र काठमाडौं महानगरपालिका मिलेर शनिबारदेखि हरेक दिन बिहान दुई घण्टा चक्रपथ चौडा गर्ने कार्यलाई तीव्रता दिएका हुन् ।,विभाग, महाशाखा र मह...
चन्द्र काफ्ले नेपाल मेडिकल काउन्सिलले एमबीबीएस तर्फको ‘बेसिक साइन्स’ विषयको अध्यापनका लागि हालै जारी गरिएको ‘एक्रिडिटेशन स्ट्यान्डर्ड फर एमबिबिएस २०१७’ मापदण्ड  माथेमा प्रतिवेदनको मर्म विपरित जारि भएको र आफूहरूलाई अन्याय गरेको भन्दै प्राध्यापकहरू नेपाल मेडिकल काउन्सिलको बेसिक साइन्स ‘स्टाण्डर्ड’ विरूद्ध सर्वोच्चमा पुग...
सुजिता कार्की कञ्चनपुर पुनर्वास नगरपालिका– ९ का २४ वर्षीय सुरज सार्की सोमबार बिहान मृत अवस्थामा फेला परेका छन् ।,इलाका प्रहरी कार्यालय त्रिभुवन बस्तीका प्रहरी निरीक्षक दलराम टमटाले घर नजिकैको सडकको नालीमा सार्कीको शव भेटिएको छ । नाक र मुखबाट रगत बगेको अवस्थामा उनको शव भेटिएको पनि प्रहरीले जनाएको छ ।,‘घटनाका सम्बन्धमा ...
सुजिता कार्की केही दिनयता जिल्ला अस्पताल पर्वतमा भाइरल ज्वरोका बिरामीको चाप ह्वात्तै बढेको छ ।,अहिले जिल्ला अस्पताल पर्वतमा दैनिक १२० जनासम्म भाइरल ज्वरोका बिरामी आउने गरेको अस्पतालले जनाएको छ । अन्य समयमा ४० देखि ५० जनासम्म बिरामी आउने अस्पतालमा विगत दुई सातादेखि अस्पताल आउने बिरामीको संख्यामा तेब्बरले वृद्धि भएको छ ...
शोभा शर्मा त्रिभुवन विश्वविद्यालयले सम्बन्धन दिएको २ हप्ता नपुग्दै काठमाडौं नेसनल मेडिकल कलेजको अस्पतालले नि:शुल्क बिरामी जाँच्ने  र वार्डका बेड पनि नि:शुल्क उपलब्ध गराउने विज्ञापन छाप्यो।,अरु कतिपय सेवाहरूमा पनि भारी छुट दिने जनायो।,राष्ट्रिय दैनिकमा विज्ञापन छापेको अर्को दिन सो अस्पतालमा हामी पुग्दा त्यहाँ बिरामी भन...
रोहेज खतिवडा मदनपुरस्कार विजेताको लेखन यात्रा,महाभारतको युद्ध किन भयो? जवाफ सयौं भेटिनसक्छ।,कवि तथा समालोचक घनश्याम कँडेललाई लाग्यो- सामाजिक न्यायको अभावका र विभेदका कारण यो नरसंहारकारी युद्ध भयो।,उनको विचारमा दृष्टिविहीन भएकै कारण धृतराष्ट्रलाई सिंहासनबाट बञ्चित गरिएपछि यो युद्धको बिजारोपण भइसकेको थियो।,विचित्रविर्यक...
सेतोपाटी संवाददाता नायक राजेश हमालले सर्लाहीका बाढी र डुबान पीडितलाई राहत वितरण गरेका छन्। उनले सर्लाहीका सकरौल शिवनगर, बिनगर्राका बाढी पीडितलाई राहत वितरण गरेका हुन्।,सर्लाहीको सकरौल, सिवनगर, बिनगर्राका पीडितले राहत नपाएको भन्ने समाचार सञ्चारमाध्यममा प्रकाशित भएपछि उनी आफैँ राहत बोकेर काठमाडौंबाट सर्लाही पुगेका हुन्।...
एजेन्सी बलात्कारमा दोषी ठहर भएका देरा सच्चा सौदाका प्रमुख गुर्मित राम रहिम सिंहलाई २० वर्ष जेल सजाय हुने भएको छ।,हरियाणाको पञ्चकुलास्थित भारतको केन्द्रीय जाँच ब्युरोको अदालतले उनलाई दुई महिलालाई बलात्कार गरेको ठहर गर्दै १०/१० वर्ष जेल र १५/१५ लाख भारु जरिवाना गर्ने फैसला गरेको हो।,रहिमलाई अहिले रोथकको जिल्ला कारगारमा ...
सन्जिब बगाले प्रधानमन्त्री शेरबहादुर देउवाले नेपालको मध्य तथा सुदूर पश्चिम क्षेत्रमा विशेष रूपमा मनाइने महत्वपूर्ण सांस्कृतिक पर्व गौरा नेपालीको विशिष्ट पहिचान भएको बताएका छन्।,गौरा पर्वका अवसरमा शुभकामना दिँदै प्रधानमन्त्री देउवाले यो पर्वको छुट्टै सांस्कृतिक महत्व रहेको उल्लेख गरेका छन् ।,प्रधानमन्त्रीको सन्देशमा भन...
सुजिता कार्की काठमाडौं जिल्ला अदालतमा हुण्डी कारोबार गर्ने सात जनाविरुद्ध चार अर्ब १४ करोड रुपैयाँको बिगो दाबीसहित सोमबार मुद्दा दायर गरिएको छ ।,राजस्व अनुसन्धान विभागले सोमबार सो राशिको बिगोसहित दलबहादुर पुन, लवकुमार नेपाल, मिलिमा थामी राई, राजेन्द्र गुरुङ, विद्यादेवी गुरुङ, मिलन गुरुङ र धरम गुरुङविरुद्ध मुद्दा दायर ...
सुजिता कार्की रम्भा गाउँपालिका–१, हुगीकी सुमित्रा विकलाई आफ्नो विवाहको सम्झना छैन ।,माइतीले १३ वर्षको उमेरमा २८ वर्षीय नरबहादुर विकसँग सुमित्रा विकको विवाह गरिदिए । विवाहपछि नरबहादुर, श्रीमती, उनका ससुराका साथ भारत गएको मात्र सुमित्रालाई सम्झना छ ।  सुमित्रा १५ वर्षको उमेरमा आमा बनिन् । अहिलेसम्म एक छोरा, १२ छोरी, ३८ ...
रासस नेपाली सेनाले देशको आर्थिक विकासको मेरुदण्डको रूपमा हेरिएको काठमाडौं–तराई–मधेश द्रुतमार्ग (फाष्ट ट्रयाक) को जिम्मेवारीलाई पूर्वाधार निर्माणमा सुनौलो इतिहास रच्ने अवसर र ठूलो चुनौतीका रूपमा लिएको छ ।, काठमाडौं उपत्यकालाई तराई मधेशसँग जोड्ने सबैभन्दा छोटो ७६ दशमलव २ किमीको राष्ट्रिय गौरवको यो आयोजना (फाष्ट ट्रय...
सुजिता कार्की भरतपुर महानगरपालिका–१५ मंगलपुरमा आज बिहान छोराको कुटाइबाट आमाको मृत्यु भएको छ ।,जिल्ला प्रहरी कार्यालयका अनुसार अन्दाजी ४५ वर्षीया सविता दरैलाई आफ्नै छोरा २० वर्षीय आशिष दरैले  बिहान करीब १० बजे बाँधेर कुटपिट गर्दा गम्भीर घाइते भई उपचारका लागि अस्पतालतर्फ ल्याउँदै गर्दा मृत्यु भएको हो ।,मादकपदार्थ सेवन ग...
सुजिता कार्की अख्तियार दुरूपयोग अनुसन्धान आयोग सुर्खेतले प्रदेश नं ६ मा शिक्षा क्षेत्रमा भ्रष्टाचारका सबैभन्दा बढी उजुरी परेको जनाएको छ ।,आयोग कार्य क्षेत्रभित्रका जिल्लाबाट परेका विषयगत उजुरीलाई विश्लेषण गर्दै अख्तियारले शिक्षा, स्थानीय विकास, वन तथा भू–संरक्षणसँग सम्बन्धित उजुरी बढी परेको जनाएको हो ।,गत वर्ष परेको ६...
सुजिता कार्की डडेल्धुरा र डोटी राजमार्ग छेउमा कलिला हातले कुटेको गिट्टी र जम्मा गरेको बालुवाले जिल्ला सदरमुकामका ठूल्ठूला निर्माण कार्य भइरहेका छन् ।,सडक छेउका विपन्न र गरीब परिवारका बालबालिका विद्यालय समय अघिपछि प्रायः गरी हातमा हम्मर, कुटो र बालुवा जमा गर्ने बोरा समातेको अवस्थामा सडक छेउमा भेटिने गर्दछन् ।,गिट्टी कु...
चेतना गुरागाईं दाङको तुलसीपुरमा डेङ्गुका बिरामी फेला परेका छन् । तुलसीपुरस्थित सिटी अस्पतालमा पाँचजना डेङ्गु रोगका बिरामी फेला परेका हुन् ।,अस्पतालमा उपचारका लागि आएका बिरामीको रगतको परीक्षण गर्दा डेङ्गुको संक्रमण फेला परेको अस्पतालका डा सुवोधकुमार शर्माले जानकारी दिए।,तुलसीपुर–५ र ६ का एक पुरुष र दुई महिला त्यसैगरी श...