content
stringlengths
20
64.1k
चन्द्र काफ्ले शुक्रबार बिहानैदेखिको अविरल वर्षापछि आएको पहिराले पुरिएर आज बिहान एकै परिवारका चार जनाको ज्यान गएको छ ।,, २ नं बजारका उदयबहादुर खड्का परिवारका चार सदस्यको ज्यान गएको हो । आज बिहान करिब २ बजे घर माथिबाट आएको पहिराले पुरिएर खड्काकी ३७ वर्षीया श्रीमती दुर्गाकुमार, १५ वर्षीया छोरी शोभा तथा छोरा १० वर्षीया अन...
सन्जिब बगाले मल्लकालीन राजा रणजित मल्लको पालादेखि शुरु भई लोपोन्मुख अवस्थामा पुगेको इन्द्र–अप्सरा नाच यस वर्ष एक दिन मात्रै हुने भएको छ ।,परम्परागत रुपमा गाईजात्राको भोलिपल्टदेखि चार दिनसम्म नचाइएको सोे नाच केही वर्षअघिदेखि भने कहिले चार दिन त कहिले एक दिन मात्रै हुँदै आएको छ ।,महाभारत कथानुसार अभिशाप परेर पाण्डवमध्ये...
चेतना गुरागाईं वनहरा नदीमा बग्दै गरेका दुई जनाको गए राति उद्धार गरिएको छ ।,कृष्णपुर नगरपालिका–१ दोमिल्लाका अन्दाजी ३० वर्षीय केशव महरा र उनकै दाजु ३५ वर्षीय धर्मलाई बाढी आएको नदी तर्ने क्रममा बग्दै गरेका बेला स्थानीय बासिन्दाले राति ८ बजे उद्धार गरेका हुन् ।,शुक्लाफाँटा नगरपालिका–८ बेलडाँडीबाट घरतर्फ जाँदै गर्दा नदीमा...
लैला शेठ न्यायाधीश लैला शेठको नाम भारतीय कानुन क्षेत्रमा नौलो होइन। दिल्ली उच्च अदालतकी पहिलो महिला न्यायाधीश उनले सुधारात्मक कानुन निर्माणमा ठूलो भूमिका निभाएकी छन्। सम्पतीको उत्तराधिकारी सम्बन्धि ऐन संसोधन गरेर महिलालाई पनि पारिवारिक सम्पतीमा बराबर अधिकार हुने व्यवस्था लागू गर्न उनको योगदान महत्त्वपूर्ण मानिन्छ।,लैङ...
चेतना गुरागाईं माछापुच्छ्रे गाउँपालिका–५ रिभानस्थित ताप्रेबस्तीमा मंगलबार राति पहिरोसहित बढेर आएको खहरे खोलाले घरवारविहीन बनाएका र उच्च जोखिममा परेका १६ घरपरिवारलाई अन्नपूर्ण क्षेत्र संरक्षण आयोजना (एक्याप) ले शुक्रबार दुई लाख ४० हजार रुपैयाँ राहत वितरण गरेको छ ।,पहिराका कारण आफन्त तथा छिमेकीका घरमा शरण लिएर बसेका पीड...
चेतना गुरागाईं बाढीका कारण चितवनको दक्षिणी क्षेत्रमा पर्ने माडी नगरपालिकाका विभिन्न बस्ती डुबानमा परेका छन् ।,रातिदेखि परेको अविरल वर्षाका कारण आएको बाढीले यहाँका दर्जनौं बस्तीका सयौँ घर डुबानमा परेको जिल्ला विपद् व्यवस्थापन समिति चितवनका स्रोतव्यक्ति बलराम लुइँटेलले जानकारी दिए।,उनले यहाँका तीन,/,चार सयभन्दा बढी घर ड...
चेतना गुरागाईं अबिरल वर्षाका कारण महोत्तरी जिल्लाका दुई मुख्य पक्की र ४० वटा ग्रामीण सडकसहित ४२ वटा सडकमध्ये ४१ वटा सडक अवरुद्ध भएका छन् ।,तीन/चार दिनदेखि लगातार भइरहेको वर्षाका कारण सडक बिग्रिएपछि जिल्लामा रहेका ४० ग्रामीण सडक र दुई मुख्य पक्कीसहित ४२ वटा सडकमध्ये ४१ वटा सडक अवरुद्ध भएका छन् ।,लगातारको वर्षाका कारण ज...
चेतना गुरागाईं अविरल वर्षाका कारण जनकपुर उपमहानगरपालिका जलमग्न भई यहाँका घर घरमा पानी पसेको छ ।,पानीको निकास हुन नसकेकाले मुख्य सडक जलाशयमा परिणत भएको छ। एकीकृत शहरी विकास आयोजनाले नाला निर्माणमा गरेको ढिलाइ र लापर्बाहीले गर्दा पानीको बहाव बन्द भई प्रजिअ, सुरक्षाकर्मी आवास परिसर, राष्ट्रिय समाचार समिति, आन्तरिक राजस्व...
नारायण खड्का गएरातिदेखिको लगातार वर्षाका कारण दाङको तुलसीपुर- घोराही सडक खण्ड भत्किएको छ।  मोतीपुरे सोते खोलाले सडक खण्ड भत्काएपछि बाटो पूर्णरूपमा अवरूद्ध भएको छ।,तुलसीपुरबाट एक किलोमिटर पर रहेको सोते खोलाले सडक भत्काएसँगै बाढी वस्तीमा पसेको छ। बाढीले घर भत्काएर तुलसीपुर-१३ की सावित्रा सुनारको मत्यु भएको प्रहरीले जनाए...
चेतना गुरागाईं गएरातिदेखि परेको अबिरल वर्षाले रामपुर नगरपालिका– १० मा एक घर पुरिएको छ भने दुई घर जोखिममा परेका छन् ।,कालीगण्डकी करिडोरको आडैमा रहेको दुर्गा मन्दिर टोलमा रहेको छमबहादुर आलेको घर पुरिएको हो ।,कालीगण्डकी करिडोरको बाटोमा खनिएको कच्ची नाली बाढीले भत्काउँदा घर पुरिएको स्थानीयवासी दामोदर तिमिल्सिनाले बताए । ब...
चेतना गुरागाईं लगातार परेको पानीका कारण खोलानाला बढेपछि जाजरकोटका दर्जन ठाउँमा विद्युत् आपूर्ति बन्द भएको छ । विद्युत् उत्पादनका लागि ल्याइएको पानीको नहर भत्किएपछि विद्युत् सेवा अवरुद्ध भएको छ ।,लाखौँ रकम खर्चेर निर्माण गरेका विद्युत् सेवा अवरुद्ध भएपछि स्थानीयवासी अन्धकारमा बस्न बाध्य भएका छन् । त्रिवेणी नलगाड नगरपाल...
प्रकाश सिलवाल त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले एक क्याम्पसमा कम्तीमा १० भन्दा कम विद्यार्थी हुने विषयलाई अर्काे क्याम्पसमा समायोजन गर्ने भएको छ ।,मुलुककै जेठो र ठूलो विश्वविद्यालयको मानविकी संकायका केही विषयमा विद्यार्थी क्रमशः घटेपछि सो नीति ल्याइएको हो । आइतबार बस्ने त्रिविसभाबाट पारित गरी सो समायोजन (मर्ज) को नीति...
सेतोपाटी संवाददाता शुक्रबार रातिदेखि परिरहेको मुसलधारे वर्षाले सुनसरीको इटहरी उपमहानगरपालिकामा सात जनाको ज्यान गएको छ।,अविरल वर्षाले स्थानीय बूढी खोलामा बाढी आउँदा सात जनाको मृत्यु भएको र केही व्यक्ति हराइरहेको पूर्व क्षेत्रीय प्रहरी कार्यालय, विराटनगरका प्रमुख डिआइजी रमेश भट्टराईले जानकारी दिए।,क्षेत्रीय प्रहरी कार्य...
चेतना गुरागाईं कञ्चनपुरको भीमदत्तनगरस्थित सिद्धनाथ विज्ञान क्याम्पसमा अध्ययनरत विद्यार्थीको आज बिहान होस्टेलमै हत्यापछि सो घटनाको विद्यार्थी संगठनहरुले भर्त्सना गरेका छन् ।,बझाङ घर भई हाल सिद्धनाथ विज्ञान क्याम्पसमा बिएससी चौथो वर्षमा अध्ययनरत विद्यार्थी डम्बर जाग्रीको घाँटी रेटेर हत्या गरेको अवस्थामा होस्टेलको स्टोरम...
चेतना गुरागाईं  पहिराले घर पुरिँदा लेटाङ नगरपालिका–१ मा आज बिहान एक महिलाको मृत्यु भएको छ ।,दुई दिनदेखि लगातार परेको वर्षापछि पहिराले घर पुरिँदा ४० वर्षीया गोपीमाया तामाङको मृत्यु भएको सो वडाका कार्यालय सचिव धनमान तामाङले जानकारी दिए ।,मृतककी ९० वर्षीया सासू टुलकीमाया, ५० वर्षीय श्रीमान् टंक र १० वर्षीय छोरालाई भने स्...
चेतना गुरागाईं  मुसिकोट नगरपालिकाको वडा नं ७ स्थित दरमखोला लघुजलविद्युत् परियोजनाको नहर पहिरोले बगाएपछि आज बिहान परियोजना अवरुद्ध भएको छ ।,अविरल वर्षाका कारण बसेरीमा झण्डै २०० मिटरमाथिबाट खसेको पहिरोले नहरको बाँध भत्काएर पुरेको हुँदा विद्युत् अवरुद्ध भएको विद्युत् सञ्चालक समितिका अध्यक्ष धर्मेन्द्रकुमार मल्लले जानकारी...
चेतना गुरागाईं झापाको कनकाई नदी र झिलझिले खोलाले बगाउँदा दुई जनाको मृत्यु भएको छ भने पाँचजना बेपत्ता भएका छन् ।,झापा गाउँपालिका– २ की कमला घोर्साइनेलाई कनकाई नदीमा आएको बाढीले बगाउँदा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । नदीमा आएको बाढीले आमाछोरीलाई दुबैलाई बगाउँदा छोरी कमलाको मृत्यु भएको र आमा बे...
अनिश रेग्मी जाग्यो नेपाल नामक सामाजिक अभियान सुरु भएको तेस्रो साता अभियन्ताहरूले मैतिदेवीको सेतोपुल-पुरानोबानेश्वर सडकखण्ड सरसफाइ गरेका छन्।,यो अभियान प्रत्येक शनिबार शहरी सडक र पेटीका फोहोर सफा गर्न फेसबुकमार्फत संयोजन गरेर सरू गरिएको हो।,सेता टिसर्ट लगाएका अभियान्ताले आज शनिबारको झरीमा सडकका नाला खोल्ने, खाल्डा पुर्...
सुरेश झा/अरुण यादव चार दिनदेखि लगातार परेको वर्षा र गएराति परेको मुसलधारी वर्षाका कारण सप्तरी जिल्लाको विभिन्न खोलानाला र नदीमा आएको बाढीले सप्तरीमा तीन हजार घर डुबानमा परेको छ, भने एक हजार परिवार विस्थापित भएका छन् ।,अविरल बर्षाका कारण जिल्लाको जनजीवन कष्टकर बनेको छ । साथै सप्तकोशी नदीको बहाव उच्च भएपछि सुनसरी र सप्त...
अनिश रेग्मी काठमाडौं, साउन २५,पोखरीमा पाठी फ्याँकेर अमानवीय तरिकाले लुछाचुँडी गर्दै मारेर रमिता देखाउने जात्रा यसपालि फरक तरिकाले मनाइएको छ।,स्वदेशी र विदेशी मिडियामा जात्राको कडा ,आलोचना, भएपछि बुधबार ललितपुरको खोकनास्थित देवपोखरीमा भएको जात्रा केही फरक ढंगले मनाइएको छ।,यसपालि पाठीलाई पहिले जस्तै लुछाचुँडी गरेको थिएन...
नारायण महर्जन प्रधानमन्त्री शेरबहादुर देउवाले काठमाडौंवासीको सपनाको रुपमा रहेको मेलम्ची खानेपानी आयोजना जतिसक्दो छिटो पूरा गर्न निर्देशन दिएका छन्।,बुधबार दिउँसो मेलम्ची खानेपानी आयोजनाको स्थलगत अनुगमन तथा प्रगतिको ‘व्रिफिङ’ लिँदै प्रधानमन्त्रीले जतिसक्दो छिटो काम सम्पन्न गर्न आयोजना र ठेकेदार कम्पनीका अधिकारीहरूलाई न...
सुजिता कार्की चैनपुर नगरपालिका–२ चित्लाङस्थित लिङ्गेपिङ पाखामा पहिरो जाँदा एक करोडभन्दा बढीको क्षति भएको छ ।,सोमबार राति गएको पहिरोमा परी धर्मराज गौतम, डम्बर विक, अनिल घले, जितबहादुर घलेलगायत किसानहरूको अलँैचीबाली र धानबाली पहिरोले नष्ट गरेको हो ।,पहिरोले चैनपुर नुनढाकी सडक समेत भत्काउँदा यातायातमा समस्या भएको स्थानीय...
सुजिता कार्की बेलकोटगढी नगरपालिका–५ दुईपिपलको डलबीमा लाखेजात्रा हेर्न पुगेका जात्रालुबीच बुधबार झडप भएको छ ।,बेलकोटगढी नगरपालिका वडा नं ५ र ६ दुईपिपल र वडा नं ७ रातमाटेका युवाहरूबीच मोटरसाइकलले ठक्कर दिएको विषयलाई लिएर भएको झडप रोक्न प्रहरीले दुई राउण्ड हवाई फायर गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक ऋषि...
कमलेश मण्डल बैंकिङ कसुर गरेको अभियोगमा राष्ट्रिय वाणिज्य बैंक बर्दिवास शाखाका दुई कर्मचारीलाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा बर्दिवास नगरपालिका ८ का ४८ वर्षिय जगदिश काफ्ले र काभ्रे धुलिखेल नगरपालिका ११ का ३५ वर्षिया अम्बिका पौडेल रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी नायव उपरीक्षक दिपक पोखरेलले बताए।...
सेतोपाटी संवाददाता साउदी अरबको मक्कामा हजका लागि जाने नेपाली मुसलमानहरूको अाज  बिदाई गरिएको छ ।,गृहमन्त्री जनार्दन शर्माले हजका लागि जाने नेपाली मुसलमानहरूलाई त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल पुगी फुल माला लगाई बिदा गरेका हुन् । चरण —चरण गरी मक्कामा हज (विशेष प्रकारको नमाज र प्रार्थना) गर्न नेपाली मुसलमान दाजुभाई दिदी...
सुजिता कार्की युरोपेली सङ्घले विद्यालय क्षेत्र विकास योजना कार्यान्वयन गर्न सरकारलाई सात अर्ब ३६ करोड ८० रुपैयाँ अनुदान स्वरुप प्रदान गर्ने भएको छ ।,आगामी पाँच वर्षका लागि प्राप्त हुने उक्त अनुदान रकम शिक्षा क्षेत्रको व्यवस्थापन र सेवा प्रवाहमा सुधारका निम्ति आवश्यक पर्ने प्राविधिक एवं अन्य आवश्यकता परिपूर्तिमा उपयोग ...
सागर राज तिमिल्सिना कास्कीको माछापुच्छ्रे  गाउँपालिका रिभानमा मंगलबार राति गएको पहिरोले १५ घर परिवार विस्थापित भएका छन् । माछापुच्छ्रे गाउँपालिका वडा नम्बर ५ को हुम्डेका १५ घर परिवार विस्थापित भएका हुन् । पहिरोले १५ घर पूर्ण क्षति भएका छन् ।,बस्तीभन्दा माथीबाट खहरे खोलामा आएको पहिलोले बस्ती नै लगेको हो । खोलामा धमिलो ...
सुजिता कार्की सदरमुकाम कुश्माबजारमा झण्डै ४० हप्ताभन्दा बढी सरसफाइ अभियान गरिएपनि बजारबाट उठाइएको फोहर व्यवस्थापन गर्ने ठाउँ नहुँदा पोखरा–बागलुङ सडक भने दुर्गन्धित बन्न थालेको छ ।,कुश्मा नगरपालिकाको कुश्माबजारबाट दैनिक निस्किने फोहरले पोखरा–बाग्लुङ राजमार्गमा दुर्गन्ध फैलिएको हो । नगरपालिकाले फोहर व्यवस्थापनको उचित वि...
सुजिता कार्की वन क्षेत्रको संरक्षण र प्रवर्द्धनका लागि नवलपरासीमा नेपाली सेनाले काम थालेको छ । जिल्लाको कुकुरमारामा श्री नं २ वन तथा पर्यावरण सुरक्षा गण स्थापना गरी वन क्षेत्रको संरक्षण र प्रवर्द्धनको काम नेपाली सेनाले थालेको हो ।,राष्ट्रपति चुरे तराई मधेश संरक्षण विकास समितिले यस क्षेत्रमा वन तस्करी नियन्त्रण, वनको स...
सुजिता कार्की झापाको  विर्तामोडस्थित बीएण्डसी अस्पतालले भोलिदेखि स्वाइन फ्लूको उपचार गर्ने भएको छ ।,स्वाइन फ्लूको उपचारका लागि अस्पतालले बहिरङ सेवादेखि नै शंकास्पद बिरामीलाई  विशेष रुपमा अन्य बिरामीभन्दा बेग्लै राखेर उपचार गर्ने व्यवस्था मिलाएको बीएण्डसी अस्पतालका डा. दिलीप शाहले बताए ।,स्वाइन फ्लूको उपचारका लागि सरका...
सुजिता कार्की बुधबारदेखि पूर्वी पहाडी क्षेत्रमा अविरल वर्षा आएपछि त्यस क्षेत्रका नदी र खोलामा आएको बाढीले सुनसरी र सप्तरी जिल्लामा पनि त्रास बढेको छ ।,बाग्मतीपूर्वका सबै खोला तथा नदी सप्तकोशी नदीमा आएर मिसिने हुँदा पूर्वी पहाडी क्षेत्रमा पर्ने वर्षा र आउने बाढी त्यस क्षेत्रका सबै खोला हुँदै सप्तकोशी नदीमा जम्मा हुन्छ ...
सेतोपाटी संवाददाता भक्तपुर नगरपालिकाका स्थानीय तहका जनप्रतिनिधिहरुले सडक बोर्ड खारेज गर्न सरकारसँग माग गरेका छन् । बिहिबार काठमाडौंमा आयोजित ‘दिगो सडक मर्मत, सम्भार र स्थानीय सरकारको भूमिका एवम् दायित्व’ विषयक अन्तरक्रिया कार्यक्रममा भक्तपुर नगरपालिकाका मेयर सुनिल प्रजापतिले दिएको जिम्मेवारी पूरा नगर्ने  सडक बोर्ड खार...
सुजिता कार्की सप्तरीको छुट्टाछुट्टै ठाउँमा आज भएको सवारी दुर्घटनामा एक बालिकासहित दुईजनाको मृत्यु भएको छ ।,पूर्वपश्चिम राजमार्गअन्तर्गत सप्तरीको कल्याणपुर सडकखण्डमा बसको ठक्करबाट एक सशस्त्र प्रहरी जवानको मृत्यु भएको छ ।,पूर्वबाट पश्चिम जाँदै गरेको ना५ख ५०६१ नंको बसले विपरीत दिशाबाट आउँदै गरेको स८प १३९३ नंको मोटरसाइकलल...
चन्द्र काफ्ले तनहुँ व्यास ८ कि एक महिला ४ दिनदेखि बेपत्ता भएकी छन्।,व्यास नगरपालिका वाड नम्बर ८ बर्लाचीबाट लमजुङ सूर्यपाल माइत जान भनेर घरबाट हिँडेकी ४५ वर्षिय जमुना ओझा सम्पर्कविहिन भएकी हुन्।,उनका छोरा सुजन ओझाका अनुसार सूर्यपाल जाने भनेर हिँडे पनि दमौलीको भोर्लेटारचोकमा २४ गते प्रहरीको सिसि क्यामेरामा देखिएकी थिइन्...
राकेश यादव जीपमा राखेर तस्करी गरी लैजादै गरेको काठ बिहिवार विहान बनगस्ति टोलीले बरामद गरेको छ ।,बनगस्ति टोलीले ना ३ च ६१५० नम्वर लेखिएको जीप बरामद गरेको हो सो जीपमा  युपी ४१ एटी ३८१२ नम्वर लेखिएको अर्को नम्वर प्लेट पनि फेला परेको छ ।,बिहान करिब ३ बजे बिश्रामपुर नजिकै हवाइफायर गरेर जीप र काठ बरामद गरेको रौतहटका डिएफओ द...
सागरराज तिमल्सिना पोखरा लेखनाथ महानगरपालिका २६ बरालडाडाँमा घर पछाडिबाट आएको पहिरोले तीन जना घाइते भएका छन्।,घर पछाडिबाट आएको पहिरोका कारण घरको पछाडिको भाग भत्किँदा तीन जना घाइते भएका हुन् । घाइते हुनेमा वीरबहादुर लामा, जमुना लामा, दुई वर्षका बालक अन्ज लामा छन्। उनीहरू संजिब बरालको घरमा बस्दै आएका थिए । पहिरो आएको थापा...
सुजिता कार्की जहदा गाउँपालिका–६ पोखरियामा बिहिबार अपराह्न पोखरीमा डुबेर चार वर्षीय बालकको मृत्यु भएको छ।,स्थानीयवासी बुद्धिनाथ मण्डलका छोरा शुभम घर नजिकै पोखरीमा डुबेर मृतवस्थामा भेटिएकोे इलाका प्रहरी कार्यालय रंगेलीले जनाएको छ। रासस पोखरीमा डुबेर चार वर्षीय बालकको मृत्यु
सुजिता कार्की मकवानपुर जिल्ला अदालतका न्यायाधीश दयाराम ढकालले जिल्ला समन्वय समितिका प्रमुख रघुनाथ खुलाल र उपप्रमुख भगवती पुडासैनी तथा सात जिल्ला सदस्यलाई बिहिबार शपथ गराएका छन्  । खुलाल र पुडासैनीले बिहिबार नै  कार्यभार सम्हालेका छन्  । सो समारोहमा हेटौंडा उपमहानगरपालिकाका प्रमुख हरिबहादुर महतले हेटौंडालाई नमूना उपमहा...
सुजिता कार्की नेपाल एशियाली विकास केन्द्र (सिनास)ले प्रकाशन गरेका जर्नललाई विदेशमा मान्यता दिनका लागि गृहकार्य शुरु गरेको छ ।,केन्द्रले सन् १९७३ देखि अहिलेसम्म अनुसन्धानमूलक ८५ अङ्क जर्नल प्रकाशित गरेको छ । केन्द्रका कार्यकारी निर्देशक मृगेन्द्रबहादुर कार्कीले काठमाडौंबाट प्रकाशित जर्नल भारत, चीन र जापानमा मान्यता दिल...
अनिश रेग्मी ‍काठमाडौंको ढल्कुस्थित विष्णुमति नदीमाथि निर्माण सम्पन्न भएको फलामे प्रयोगमा आउनुअगावै भाँचिएको छ। ढल्कु र नरदेवी जोड्नका लागि बनाइएको फलामे पुल भाँचिएको हो।,काठमाडौं दिगो सहरी विकास आयोजना अन्तर्गत हिम सगरमाथा कन्सट्रक्सन प्रा.लि.ले निर्माण गरिरहेको डेढ करोड लागतको पुल भाँचिएको हो। पुलको एक साता पछि उद्घा...
सागर राज तिमिल्सिना मुस्ताङबाट पोखरा फर्कने क्रममा बेलायती पर्यटकको बिहीबार  मृत्यु भएको छ ।,२२ वर्षिय युवती चार्लोट इमा क्याथरिन फुफुर्लेटोनको पहिरोमा परी मृत्यु भएको प्रहरीले जनाएको छ । मुस्ताङको थासाङ गाउँपालिकाको वडा नम्बर ४ स्थित घोप्टेभीरमा माथिबाट खसेको ढुङ्गा लागेर गम्भीर घाइते भएकी पर्यटकको मृत्यु भएको प्रहरी...
सेतोपाटी संवाददाता पाँचथर जिल्लाको फालेलूङ्ग गाउँपालिका १ चुक्पादिनमा आज बिहान पहिरो गएको छ ।,पहिरो जाँदा १ जना बेपत्ता भएका छन् भने ३ वटा घर खेत बगाउँदा करोडौंको क्षति भएको छ। श्याम मगर, तिलचन  विक र मनकुमार विकको दुर्इ /दुर्इ ओटा गरी ६ वटा घर बगाएको छ भने केही घर जोखीमा परेका छन्। पाँचथरमा...
सुजिता कार्की मुलुकका मध्य तथा पूर्वी तराईका केही स्थानमा मनसुन थप सक्रिय भएकाले ती क्षेत्रका नदी आसपासका क्षेत्रमा विशेष सतर्कता अपनाउन जल तथा मौसम विभागले आग्रह गरेको छ ।,विभागले बिहिबार एक सूचनामार्फत पूर्वको कन्काई, कोशी, कमला र मध्य भू–भागको वाग्मती, पूर्वराप्ती लगायतका नदी जलाधारमा बहाव सतर्कता तह आसपास पुग्ने अ...
सुजिता कार्की काभ्रेपलाञ्चोकको बनेपा नगरपालिकामा खानेपानीको चरम अभाव हुँदा स्थानयवासीले सास्ती व्यहोर्नुपरेको छ ।,नगरपालिकाको क्षेत्र विस्तारपछि परेको तत्कालीन साविकको टुकुचानाला गाविसको १, २, ४ र ५ नं वडामा खानेपानीको अभावका कारण उपभोक्ताको जीवन निकै कष्टकर बनेको छ ।,‘छरिएर रहेका केही मुहानबाट आ–आफ्नो तरिकाले पानी ल्...
सुजिता कार्की सुनसरीका प्रमुख जिल्ला अधिकारी गोपालप्रसाद पराजुलीले सप्तकोशी नदीका कारण सुनसरीमा कुनै खतरा नरहेको बताएका छन् ।,उनले पूर्वी पहाडी जिल्लामा वर्षा भएपछि सप्तकोशी नदीमा पानीको बहावमा उतारचढाव हुनु स्वाभाविक भएको बताउँदै पानीको बहावमा वृद्धि भएपनि कोशी नदीमा यही अवस्थाले पानीको बहाव रहिरह्यो भने पनि सुनसरीमा...
सुजिता कार्की अवैध रुपमा खोलाको बालुवा चोरी निकासी गर्ने १३ ट्रकलाई प्रहरीले सोमबार राति नियन्त्रणमा लिएको छ ।,सोमबार राति इन्द्रावती नदीको किनारबाट लुकिछिपी बालुवा चोरी गरी काठमाडौं पठाउने क्रममा राति १० बजे ती ट्रकलाई इलाका प्रहरी कार्यालय मेलम्चीका प्रहरी निरीक्षक नवराज ढुंगानाको नेतृत्वमा खटिएको प्रहरी टोलीले खोला...
सुजिता कार्की कलंकी मन्दिर अगाडि भएको सडक दुर्घटनामा नुवाकोटका २२ वर्षीय अभिषेक घिमिरेको मृत्यु भएको छ ।,आज बिहान करीब ६ः४५ बजे बा ४ ख २७१३ नं को यात्रुबाहक बसले घिमिरेले चलाएको बा ६३ प ३५३४ नं को मोटरसाइकललाई ठक्कर दिँदा गम्भीर घाइते भएका घिमिरेको उपचारका क्रममा वीर अस्पतालमा मृत्यु भएको महानगरीय ट्राफिक प्रहरी महाशा...
सेतोपाटी संवाददाता आज गाईजात्रा पर्व विभिन्न कार्यक्रमको आयोजना गरी मनाइदैँ छ ।,भाद्र कृष्ण प्रतिपदादेखि अष्टमी (८ दिन)सम्म यो पर्व मनाउने गरिन्छ । यसै अवसरमा काठमाडौं उपत्यकालगायतका देशका मुख्य–मुख्य नेवारी बस्तीमा एक वर्ष भित्र दिवंगत आफन्तको सम्झनामा गाई वा मानिसलाई गाईको रुपमा सिँगारी आ–आफ्ना टोलमा परिक्रमा गराउने...
सुजिता कार्की भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म आठ दिन मनाइने परम्परागत सांस्कृतिक उत्सव ‘गाईजात्रा’ आज विभिन्न कार्यक्रमको आयोजना गरी मनाइँदैछ ।,एक वर्षभित्र दिवङ्गत आफन्तको सम्झनामा आज गाई वा मानिसलाई गाईका रूपमा सिँगारी आआफ्ना इलाकामा परिक्रमा गराइने र उनीहरूलाई श्रद्धालुद्वारा दूध, फलफूल, रोटी, चिउरा, दहीका साथै...
सेतोपाटी संवाददाता सरकारकै संरक्षणमा नेपाली महिलाहरुको खाडी मुलुकमा बेचबिखन भइरहेको खुलासा भएको छ ।,व्यवस्थापिका संसद अन्तराष्ट्रिय सम्बन्ध तथा श्रम समिति अन्तरगतको उपसमितिले खाडी मुलुकको स्थलगत अनुगमन निरीक्षण गरी तयार पारिएको प्रतिवेदनमा बेचबिखनमा परेका महिला कामदारहरु दूतावासको शरणमा आउने गरेपनि सरकारकै संरक्षणमा द...
सुजिता कार्की विभिन्न स्थानमा पहिराका कारण दुई घरपरिवार विस्थापित भएका तथा आधा दर्जन बढी घर जोखीममा परेका छन् ।,पहिराका कारण फक्त्ताड्लुङ गाउँपालिका– ३ स्थित लिंखीमको थिवा बस्तीका डम्बरबहादुर लाबुङ लिम्बूको परिवार शुक्रबारदेखि नै विस्थापित भएको छ । सोही ठाउँमा रहेका सात घर पहिराको जोखीममा परेको स्थानीयवासीले बताएका छन...
सेतोपाटी संवाददाता मोरङको पथरी शनिश्चरे ९ रिगुवास्थित धिमाल महाराज ग्रामथानको जग्गा आफूहरूले अतिक्रमण नगरी आफ्नै जग्गामा घर बनाएको स्थानीय भुवनकुमार धिमालले स्पष्ट पारेका छन्।,ग्रामथानको जग्गा अतिक्रमण गरी स्थानीय भुवनकुमार धिमालले घर बनाएको भनि आएको समाचारको विषयमा मंगलबार पत्रकार सम्मेलन गरी महारज ग्रामथानले चर्चेको...
सुजिता कार्की मङ्गलबार कीर्तिपुरमा गाईजात्रा मनाइदैँछ । यो पर्व विशेषत:नेवारी बस्तीमा मनाउने गरिन्छ ।,भाद्र कृष्ण प्रतिपदादेखि अष्टमी (८ दिन)सम्म मनाइने उक्त पर्व एक वर्ष भित्र दिवंगत आफन्तको सम्झनामा  गाई वा मानिसलाई गाईको रुपमा सिँगारी आ–आफ्ना टोलमा परिक्रमा गराउने र उनीहरुलाई श्रद्धालुद्धारा दूध, फलफूल, रोटी, चिउरा...
राकेश यादव नयाँ सडक बनाउँदा माटो झिकेको खाडलमा डुबेर चार जनाको मृत्यु भएको विषयमा छानबिन गर्न बनेको टोली मंगलबार रौतहट आइपुगेको छ।,गृह मन्त्रालयका सहसचिव दीपक काफ्लेको संयोकत्वमा बनेको टोलीले मंगलबार दिउँसो गरुडास्थित घटनास्थल अवलोकन गरेको छ।,टोलीमा पुर्वाञ्चल क्षेत्रीय सडक डिभिजन कार्यालयका प्रमुख मुक्ति गौतम, नेपाल ...
सुजिता कार्की नेपाल विद्युत् प्राधिकरण हेटौंडा वितरण केन्द्रअन्तर्गतका आठ वितरण केन्द्रमा मात्रै १७ करोड १९ लाख २२ हजार ५४ यूनिट विद्युत् खेर गएको छ ।,आर्थिक वर्ष २०७३/७४ मा सो वितरण केन्द्रलाई एक अर्ब ११ करोड ७२ लाख तीन हजार ९६ यूनिट विद्युत् उपलब्ध गराएको थियो । त्यसमध्ये उक्त परिमाणको विद्युत् खेर गएको भन्दै प्राधि...
सुजिता कार्की पूर्वी नेपालका पहाडी र तराईका केही जिल्लामा स्क्रब टाइफस तथा स्वाइनफ्लुको संक्रमण बढिरहेको पाइएको छ ।,यही क्रममा केही दिन अघि पहाडी जिल्ला धनकुटामा स्क्रब टाइफस रोगबाट एक बालिकाको ज्यान गएको बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले जानकारी दिएको छ ।,धनकुटा जिल्लामै अन्य तीन जना बिरामीमा पनि यो रोगको ज...
सुजिता कार्की ‘गोरखा भूकम्प’ ले घर भत्किएपछि २८ महिनादेखि टहरामा बस्दै आएका दुई नगरपालिका र नौवटा गाउँपालिकाका ४४ हजार भूकम्पपीडितले घर बनाउन शुरु गरेका छैनन् ।,निर्माण सामग्री (ढुङ्गा, गिट्टी, बालुवा, छड, सिमेन्ट, काठ) को सामान्यतया अभाव नरहे पनि अनुदान लिएको वर्ष दिनसम्म लाभग्राहीले घर नबनाउनाका मुख्य कारण इच्छाशक्त...
द न्यूयोर्क टाइम्स मृत्यु भएका आफन्तको सम्झनामा विभिन्न झाँकी निकालेर आज मंगलबार काठमाडौं उपत्यकामा गाईजात्रा मनाइँदैछ। आफन्तको मृत्युमा शोकाकूल परिवारलाई दुःख बिर्सेर अगाडि बढ्न यसले प्रेरित गर्छ।,राजा प्रताप मल्लले छोराको मृत्यु शोकमा डुबेकी रानी थुम्थुम्याएर अनुहारमा हाँसो ल्याउन यो जात्रा चलाएका हुन्, जुन आज काठमा...
चन्द्र काफ्ले गत वर्ष अल्पायूमै निधन भएका पत्रकार कर्ण बोहोराकी पत्नीको पनि उपचारको क्रममा निधन भएको छ। दुबै मृर्गौलाले काम गर्न छोडेपछि उपचारको क्रममा भारत पुगेकी ममता बोहोराको मंगलबार निधन भएको हो।,यसअघि गत मंसिरमा ममताको उपचारका लागि कर्ण काठमाडौं आएका थिए। काठमाडौंको भेनस अस्पतालमा बिरामी श्रीमतीको कुरुवा बसेका उन...
राकेश यादव रौतहटको चन्द्रपुर नगरपालिका–२ रैया टोलका तीनजना बालिकाहरु हराइरहेका छन्।,स्थानीय शंकर परियारका छोरीहरु १२ वर्षीया सरस्वती परियार, ९ वर्षीया रोजिना परियार दुई सातादेखि बेपत्ता भएका हुन्। बेपत्ता हुनेमा छिमेकी १२ वर्षीया सिसम राई पनि रहेको परिवारले बताएका छन्।,गत साउन १० गतेदेखि घर नआएपछि परिवारका सदस्यहरुले ...
प्रकाश ढुंगाना ललितपुर, कुसुन्तीमा मारिएका प्रविण खत्रीलाई 'सादा पोसाकका प्रहरीले घरमै आएर गोली हानी हत्या गरेको' भन्दै उनको परिवारले मंगलबार उजुरी दिएको छ।,प्रविणका बाबु प्रमोदले ललितपुर प्रहरी परिसरमा दिएको उजुरीमा 'घरमै बसिरहेका बेला सादा पोसाकका प्रहरीले हत्या गरेको' आरोप लगाउँदै घटना छानबिन गर्न माग गरिएको छ।,सोम...
चन्द्र काफ्ले आफ्नै घरमा काम गर्ने धनबहादुर विकलाई कुटपिट गरी हत्या गरेको आरोपमा पक्राउ परेका खुम्बु पासाङल्हामु गाउँपालिका–४, खुम्जुङका कमल राईले जिल्ला प्रहरी कार्यालय आउनका लागि हेलिकोप्टर चार्टर गरेका छन् ।,आइतबार इलाका प्रहरी कार्यालय नाम्चेले पक्राउ गरेका आरोपित राईले हेलिकोप्टर चार्टर गरेपछि मंगलबार आरोपित राई ...
सेतोपाटी संवाददाता रक्षा मन्त्रालयको नयाँ भवन बन्ने भएको छ ।,बुधबार बिहान प्रधानमन्त्री शेर बहादुर देउबाले सिंहदरबारको दक्षिण पश्चिममा रहेको नेपाली सेनाको क्याबलरी (घोडा स्याहार केन्द्र ) गुल्म रहेको स्थानमा रक्षा मन्त्रालयको नयाँ भवन निर्माणको शिलान्यास गरेका हुन् ।,७२ सालको भूकम्पले रक्षा मन्त्रालय रहेको सिंहदरबारको...
नारायण खड्का डा. गोविन्द केसीले चिकित्सा शिक्षा क्षेत्र सुधारको लागि गरेका आन्दोलनप्रति दाङबाट ऐक्यबद्धता प्रकट गरिएको छ ।,चिकित्सा शिक्षा ऐन पारित गर्नुपर्ने लगायतका माग गर्दै आमरण अनशरणमा बसेका ११ औं पटक अनशनमा बसेका डा. केसीप्रति एेक्यबद्धता जाहेर गरिएको छ । डा. केसीले अघि सारेका मागमा घोराहीका विभिन्न क्षेत्रका व्...
सुजिता कार्की काठमाडौं मेडिकल कलेज सिनामंगलमा चिकित्सकले दिएको औषधिको असरले नौ वर्षीय बालिकाको मृत्यु भएपछि अस्पतालले पाँच लाख रुपैयाँ क्षतिपूर्ति तिरेको छ ।,सिनामंगल बस्ने नौ वर्षीया बालिका सुनिता बस्नेत पलङबाट लड्दा खुट्टा मर्किएपछि परिवारले उक्त अस्पताल पु¥याएका थिए । चिकित्सकले खुट्टामा ब्याण्डेज लगाई ‘फ्ल्याक्जन’...
सुजिता कार्की भारतीय अर्धसैनिक बल (एसएसबी)ले नेपाल भारत सीमा नाका सुनौलीमा नेपालबाट भारततर्फ जाने मालवाहक गाडीमाथि कडा जाँच गर्न थालेपछि ढुवानी प्रक्रिया प्रभावित बनेको छ ।,नेपालकै दोस्रो ठूलो भन्सार नाका बेलहियामा भारतीय एसएसबीले सुरक्षाको नाममा नेपालबाट भारततर्फ जाने सर्वसाधारण यात्रु तथा सवारीसाधनलाई कडा रुपमा जाँच...
सुजिता कार्की करेन्ट लागेर मङ्गलबार दिउँसो सिरहाको औरही गाउँपालिकामा एक युवकको मृत्यु भएको छ ।,आफ्नै खेतमा पानी हाल्ने क्रममा मोटरबाट करेन्ट लागेर औरही गाउँपालिका–४ का रञ्जित यादवको घटनास्थलमै मृत्यु भएको प्रहरी चौकी औरहीले जनाएको छ । रासस करेन्ट लागेर एकको मृत्यु
सुजिता कार्की चितवनको टिकौली जंगलस्थित जैविक मार्ग (करिडोर) क्षेत्रमा वन्यजन्तुमा परेको असरबारे क्यामरा जडान गरी अनुगमन शुरु गरिएको छ ।,यहाँका विभिन्न स्थानमा अत्याधुनिक प्रविधिको क्यामरा जडान गरी अनुगमन शुरु भएको राष्ट्रिय प्रकृति संरक्षण कोष सौराहाका प्रमुख  चिरञ्जीवी पोखरेलले जानकारी दिए ।,उनका अनुसार राजमार्गको वर...
सेतोपाटी संवाददाता बालबालिकाको क्षेत्रमा क्रियाशील अन्तराष्ट्रिय संस्था प्लान इन्टरनेशनल नेपालको सहयोगमा निर्माण भएको काठमाडौंको गोकर्ण माध्यमिक विद्यालयको नयॉ भवनको आज उद्घाटन गरिएको छ।,भूकम्पपछिको पुनर्निर्माणका क्रममा अस्ट्रेलिया सरकारको वैदेशिक मामिला तथा व्यापार विभागको आर्थिक सहायतामा प्लान इन्टरनेशनल नेपालको सह...
सेतोपाटी संवाददाता नेपाल पर्वतारोहण संघ (एनएमए) को नयाँ नेतृत्वका लागि भएको निर्वाचनमा ३८३ मतका साथ अध्यक्षमा सन्तवीर लामा निर्वाचित भएका छन्। उनका निकटतम प्रतिद्वन्द्वी जिङ्बाजाङ्बु शेर्पाले ३१६ मत प्राप्त गरेका थिए।,संघको प्रथम उपाध्यक्षमा दिवसविक्रम शाह ३७० मतका साथ विजयी भए भने द्वितीय उपाध्यक्षमा ३८४ मत प्राप्त ग...
सेतोपाटी संवाददाता राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले आगामी साउन २६ गतेदेखि दुई चरणमा सम्पन्न हुने गरी गुनासो फर्छ्यौटमार्फत छूट सर्वेक्षण तथा पुनः जाँच सर्वेक्षणको काम शुरू गर्ने भएको छ ।,प्राधिकरणले आगामी २६ गतेबाट पहिलो चरण अन्तरगत भूकम्प अतिप्रभावित ८ जिल्लामा छूट सर्वेक्षण तथा पुनः जाँच सर्वेक्षणको काम शुरू गर्ने...
सुजिता कार्की बहुचर्चित धुर्मुस–सुन्तली फाउण्डेशनले ७ नं प्रदेशबाट ‘नमूना नेपाल’ परियोजनाको शुरूवात गर्ने भएको छ।,शनिबार आयोजित पत्रकार सम्मेलनमा चर्चित हास्य कलाकार सीताराम कट्टेल ‘धुर्मुस’ले विकासका दृष्टिमा पछि परेको ७ नं प्रदेशबाट ‘नमूना नेपाल’ परियोजना शुरू गर्न लागिएको जानकारी दिए।,नेपाल सरकारका सरसफाइ राजदूत कल...
सुजिता कार्की रौतहटको गरुडा नगरपालिकामा चार बालिकाको शनिबार डुबेर मृत्यु भएको छ ।,गरुडाबाट जिगडिया जाने बाटोमा पानी जमेको खाल्डोमा डुबेर चारजना बालिकाको मृत्यु भएको हो । मृत्यु हुनेमा गरुडा नगरपालिका–४ का राम एकवालकी छोरी १२ वर्षीया सुनिता साह, नौ वर्षीया संगिता साह, जोगेन्द्र साहकी नौ वर्षीया छोरी सुनैना साह र प्रेम ...
सुजिता कार्की भूकम्प प्रभावित लाभग्राही सूचीमा परेका तर, जग्गा नभएका भूकम्पपीडितलाई घडेरी खरीद गर्न अनुदानस्वरूप  दुई लाख रुपैयाँ दिने सरकारको निर्णय भएपनि नुवाकोटमा त्यसको आकर्षण निकै कम देखिएको छ । भूमिहीन भएर आवास निर्माण गर्न जग्गा खरीदका लागि संकलन शुरू गरेको तीन महिनामा एक थानमात्र निवेदन परेको छ ।,आवास निर्माण ...
सुजिता कार्की जिल्लाको सदरमुकामसहित मुसिकोट नगरपालिकामा सञ्चालित विद्युत् सेवा एक सातादेखि बन्द भएको छ ।,केन्द्रीय लाइनको सल्यानमा र जिल्लाको स्यार्पुदह साना जलविद्युत् योजनाको पावरहाउसमा रहेको मेसिनमा खराबी आएपछि गत आइतबारदेखि विद्युत् सेवा बन्द भएको हो ।,विद्युत् सेवा बन्द भएपछि जिल्लास्थित सरकारी कार्यालयका कामकाजम...
सुजिता कार्की बाजुराको बडिमालिका तीर्थयात्रा जाने क्रममा शनिबार राति अछामको मेल्लेख गाउँपालिका– ५ का वडाध्यक्ष रामबहादुर बोहराको मृत्यु भएको छ ।,जिल्ला प्रहरी कार्यालय अछामका प्रहरी निरीक्षक कर्णबहादुर बमका अनुसार वडाध्यक्ष बोहराको लेक लागेर शनिबार राति ८ः३० बजे बाटामा मृत्यु भएको बताए ।,बोहराको शव हेलिकप्टरको सहायताल...
भगवती पाण्डे जिल्ला कारागार रुपन्देहीमा क्षमता भन्दा झण्डै चारगुणा बढी कैदीबन्दी राखिएको छ।  एक सय जनाको क्षमता भएको कारागारमा ३ सय ८२ जना कैदीबन्दी राखिएको छ।,पुराना भवन र क्षमताभन्दा बढी कैदीबन्दी हुँदा व्यवस्थापन गर्न समेत कारागार प्रशासनलाई समस्या देखिएको छ । त्यस्तै कारागारमा महिला थुनुवा कक्ष समेत छैन । महिला थु...
सेतोपाटी संवाददाता सरकारले आज तराईका केहि जिल्लामा सार्वजनिक विदा दिने निर्णय गरेको छ। गृह मन्त्रालयले आइतबार राति अबेर एक विज्ञप्ति जारी गर्दै रक्षा बन्धन पर्वका लागि तराईका २० जिल्लामा सार्वजनिक विदा दिने निर्णय सुनाएको हो ।,विदा हुने जिल्लामा पूर्वको झापादेखि पश्चिमको कञ्चनपुरसम्म रहेका छन् ।,सार्वजनिक विदा हुने जि...
भगवती पाण्डे दुई वर्षअघिको भारतीय नाकाबन्दीको समयमासमेत प्रभावित नबनेको रुपन्देहीको बेलहिया नाका पछिल्लो एकसातादेखि भने असहज बनेको छ। विगत एक सातादेखि भारतीय सीमा सुरक्षा बल एसएसबीले चेकजाँचको बहानामा कडाई गरेपछि सीमानाका बेहियाले नाकाबन्दीकै झल्को दिएको छ।,बेलहियामा नाकाबन्दीको समयमा समेत आयात निर्यातमा खासै प्रभाव प...
सुजिता कार्की नेपाली सेनाको सैनिक कल्याणकारी योजना निर्देशनालयले पश्चिमाञ्चलको पोखरा र पूर्वाञ्चलको इटहरीमा क्षेत्रीय अस्पताल निर्माण गर्ने योजना अघि सारेको छ ।,संघीय संरचनामा मुलुक गइसकेको अवस्थामा आफ्ना सुविधालाई पनि सोही अनुसार विकेन्द्रीत गर्दै लैजाने उद्देश्यका साथ निर्देशनालयले चालू आर्थिक वर्षमा पोखरा र इटहरीमा...
सुजिता कार्की खाँडाचक्र नगरपालिका– ६ दाहांँमा सडक मर्मत गरेर फर्किने क्रममा जेसिवि मेसिन (स्काभेटर) दुर्घटना हुँदा दुईजनको मृत्यु भएको छ भने एकजना घाइते भएका छन् ।,दुर्घटनामा सुर्खेत छिन्चुका जेसिवि चालक ३२ वर्षीय तुलाराम धौलाकोटी र खांँडाचक्र नगरपालिका– ६ का ६० वर्षीय विष्णु शाहीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयल...
सुजिता कार्की पछिल्लो साता महोत्तरी जिल्लाको बर्दिवास क्षेत्रमा सर्पदंशका घटना बढेपछि उपचार प्रबन्धबारे स्थिति बुझ्न केन्द्रीय टोली बर्दिवास आएको छ ।,गत साउन १५ देखि १९ गतेसम्म तीन जनाको सर्पदंशले मृत्यु भएपछि स्वास्थ्य विभाग, रोग नियन्त्रण महाशाखाको टोली सर्पदंश उपचार केन्द्र बर्दिवासको उपचार प्रबन्ध अवलोकन गर्न आएको...
सेतोपाटी संवाददाता सन् २०१७ को पहिलो खण्डग्रास चन्द्रग्रहण आज लाग्दैछ। नेपालमा सोमबार राति ११ बजेर ७ मिनेटमा सुरू हुने ग्रहण १२ बजेर ६ मिनेटमा मध्य र राति एक बजेर ४ मिनेटमा मोक्ष हुनेछ। यो ग्रहण नेपालसहित दक्षिण र पूर्वी एशियाका देश तथा अष्ट्रेलिया, अफ्रिका र सम्पूर्ण युरोपबाट देख्न सकिन्छ।,राति ११ बजेर ७ मिनेटमा सुरू...
प्रकाश ढुंगाना ललितपुरको कुसुन्तीका ३२ वर्षीय प्रविण खत्री आफ्नै घरमा ढोका लगाएर बसेका थिए। प्रहरीले उनलाई ढोका खोल्न आग्रह गर्‍यो। निकै बेर उनले ढोका खोलेनन्।  त्यसपछि प्रहरीले जर्वजस्ती ढोका खोल्न बल प्रयोग गर्न खोज्यो।,त्यत्तिन्जेलसम्ममा उनी साढे २ तला घरको कौशीबाट पछाडि हाफ हाले। घर पछाडि रहेको चौरमा २ वटै हातमा उ...
प्रकाश ढुंगाना ललितपुर कुसुन्तीमा सोमबार दिउँसो प्रहरीको ‘इन्काउन्टर’मा एक जनाको मृत्यु भएको छ। लागूऔषधको कारोबारमा संलग्न रहेका प्रवीण खत्रीसँग हतियार रहेको सुराकीका आधारमा महानगरीय अपराध महाशाखाकाको टोली खत्रीको घरमा अप्रेसनका लागि गएको थियो।,‘प्रहरीले घर घेरेको थाहा पाएपछि उनी कौशीबाट हाम फालेर भाग्न खोजे, दुवै हात...
सुजिता कार्की प्रहरी र वन कर्मचारीको गस्ती टोलीले आज बिहान सिरहाको मिर्चैयाबाट पाँच वटा टिपरमा ल्याइएको सालको गोलिया काठ नियन्त्रणमा लिएको छ ।,मिर्चैया इलाका प्रहरी कार्यालय र वन कर्मचारीको संयुक्त टोलीले सिन्धुलीबाट मिर्चैयापतर्फ आउँदै गरेको ना३ख ८७७५, बा४ख ६७८९, ना३ख ३४१६, ना३ख ८७१७ र ना५ख ९८६ नंको ५ वटा टिपरलाई गोल...
अनिश रेग्मी श्रावण शुक्ल पूर्णिमाका दिन मनाइने जनैपूर्णिमा तथा ऋषितर्पणी पर्व आज पनि देशका केही भागमा मनाइदैछ। आज खण्डग्रास चन्द्रग्रण लाग्ने भएकाले नागपञ्चमीकै दिन काठमाडौंसहित मुलुकका केही भागमा रक्षा बन्धन मनाइएको थियो।,प्रत्येक वर्षको श्रावण शुक्ल पूर्णिमाका अवसरमा जनैपूर्णिमा पर्व मनाउने प्रचलन रहिआएको हुन्छ । आत...
सुजिता कार्की चितवनमा स्क्रब टाइफसबाट एकजनाको मृत्यु भएको पुष्टि भएको छ । जिल्ला जनस्वास्थ्य कार्यालयका अनुसार चितवनको नारायणी सामुदायिक अस्पतालमा उपचारका क्रममा नवलपरासी रजहरकी २४ वर्षीया एक महिलाको उक्त रोगका कारण मृत्यु भएको हो ।,कार्यालयका कीट नियन्त्रण निरीक्षक रामकुमार केसीले साउन २१ गते अस्पतालमा भर्ना भएकी ती ...
सुजिता कार्की नेपालमा पहिलो पटक स्थापित ज्येष्ठ नागरिकसम्बन्धी पत्रकारिता पुरस्कार काठमाडौंबाट प्रकाशन तथा प्रसारण हुने एजिङ नेपालका अध्यक्ष तथा प्रधान सम्पादक कृष्णमुरारी गौतम (चट्याङ मास्टर) लाई प्रदान गरिने भएको छ ।,‘ऋषि लीला स्मृति पत्रकारिता पुरस्कार’ प्रतिभा छनौट समितिका संयोजक तथा प्रेस स्वतन्त्रता सेनानी बद्री...
सुजिता कार्की प्रधानन्यायाधीश गोपाल पराजुलीले आज पेप्सीकोलास्थित प्राचीन एवं ऐतिहासिक महत्वको नागेश्वर महादेव मन्दिर पुगी पूजाआजा गरेका छन्।,साउन महिनामा नागेश्वरको दर्शन गर्नाले मुद्दामामिला र झन्झटबाट मुक्त हुने मान्यता रहेको छ । मन्दिरमा भक्तजनको सुविधाका लागि स्थायी प्रहटी बिटको पनि व्यवस्था गरिएको छ ।,नागेश्वरमा ...
सुजिता कार्की दुर्घटना न्यूनीकरणका लागि ट्रक चालकलाई परिचय पत्र वितरण गर्न थालिएको छ ।,राप्ती अञ्चल संयुक्त ट्रक व्यवसायी समितिले ट्रक चालकलाई परिचय पत्र वितरण गर्न थालेको समितिका प्रशासनिक सचिव उमेशचन्द मजगैयाले जानकारी दिए ।,समितिमा आबद्ध ट्रक चालकले आफ्नो परिचय पत्र साथमा लिएर मात्र गाडी चलाउन पाउने छन् । मजगैयाका ...
नारायण खड्का दाङ घोराही निवासी प्रमोद वर्माको शव राप्ती सोनारी गाउँपालिका वडा नं. २ अगैया जंगलमा झुन्डिएको अवस्थामा फेला परेको छ । उनको हत्या भएको आशंका गरिएको छ । जंगलमा झुन्डिएको अवस्थामा शव फेला परेपछि त्यसलाई प्रहरीले पनि रहस्यमय भनेको छ । दाङ घोराहीमा कार्यरत पत्रकार पार्वती बस्नेतका श्रीमान् अन्दाजी ३५ वर्षीय वर...
सेतोपाटी संवाददाता स्थानीय तहको निर्वाचनसँगै २० वर्षपछि नागरिकले स्थानीय सरकार पाए।  तर चुनिएका जनप्रतिनिधिले जनतालाई सेवासुविधाका लागि भन्दा आफ्नै लागि विलासिताका सामान खरिद गर्न बढी ध्यान दिएको भनेर अहिले आलोचना भइरहेको छ। त्यसमा पनि विशेष गरी महानगरका मेयरले चढ्ने गाडीमा अाम चासो देखिन्छ।,काठमाडौं, ललितपुर, पोखरा ल...
नारायण खड्का रुकुममा झाडापखालाबाट एकजना युवकको मृत्यु भएको छ । चौरजहारी नगरपालिका–११ का १९ वर्षीय गोविन्द केसीको झाडापखालाबाट मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।,केसीको चौरजहारी अस्पतलामा आइतबार राति १२ बजे मृत्यु भएको थियो । झाडापखाला शुरु भएको ३ घण्टामै उनको मृत्यु भएको अस्पताल स्रोतले जानकारी दिएको छ । कामको सिल...
चेतना गुरागाईं अनाधिकृत पुस्तक उत्पादन र बिक्री वितरणबारे विवाद उत्पन्न भएपछि साझा प्रकाशनले आन्तरिक छानबिन र बजार अनुगमन शुरु गरेको छ ।,अनामनगरस्थित अल्पाइन प्रेसबाट आइतबार साझाको पुल्चोकस्थित गोदाममा राख्न ल्याइएका “सबैको नेपाली” पुस्तकमा प्रकाशन वर्ष र मूल्य फरक परेको भनी कर्मचारीले आवाज उठाएपछि छानबिन सुरु भएको हो...
विद्या राजपुत एक भारतीय जोडीले विश्वको सर्वोच्च शिखर सगरमाथा चढेर नयाँ रेकर्ड कायम गरेको दाबी झुठो प्रमाणित भएको छ। अघिल्लो वर्ष दिनेश र तारकेश्वरी राठौड नाम गरेका जोडीले सगरमाथा चढेर सार्वजनिक गरेका तस्बीरहरु झुठो भएको भन्दै भारतीय प्रहरीले ती जोडीलाई आफ्नो सेवाबाट बर्खास्त गरेको छ।,प्रहरीले जाँचको क्रममा उनीहरुले तस...
सुजिता कार्की रामकिशन यादव उर्फ बाबा रामदेवले जुन दिनदेखि संस्कार टिभीमा आएर आफ्नो पेटको मांसपेसी जाँतोझैं घुमाउन थाले, उनलाई पछ्याउनेहरूको संख्या भारतमा मात्र होइन, नेपालमा पनि ह्वात्तै बढ्यो।,सन् २००२ मा योगगुरूका रूपमा उदाएका उनै रामदेव आज भारतमा आयुर्वेदका सबभन्दा ठूला कारोबारी बनेका छन्। भारतीय टेलिभिजन च्यानलहरू...
नारायण खड्का करेन्ट लगाएर माछा मार्न खोज्दा दाङमा एकजना युवाको मृत्यु भएको छ । तुलसीपुर उपमहानगरपालिका वडा नं. १६ डोक्रेना निवासी २८ वर्षीय हेमन्त केसीको विद्युतको तारबाट खोलामा माछा मार्न प्रयास गर्दा करेन्ट लागेर मृत्यु भएको ईलाका प्रहरी कार्यालय तुलसीपुरले जानकारी दिएको छ ।,स्थानीय ग्वारखोलामा विद्युतको तार हुकिङ ग...
प्रकाश ढुंगाना प्रहरीहरुले अब आफूले पाएको कार्य सम्पादन मुल्यांकन नम्बर आफैँ हेर्न पाउने भएका छन्।  गृह मन्त्रालयले प्रहरी संगठनमा रहेको कार्य मुल्यांकन पद्धति अपारदर्शी भएको भन्दै त्यसलाई पारदर्शी बनाउने तयारी गरिरहेको छ।,गृहमन्त्री जर्नादन शर्मा प्रभाकरले प्रहरी बढुवामा कार्य सम्पादन मुल्यांकन समितिको महत्वपूर्ण भूम...
सेतोपाटी रुपन्देहीको मणिग्राममा व्यवसायी दुर्गालाल भण्डारीमाथि गोली प्रहार भएको छ।,दिउँसो  सिरिसा मार्वलका सञ्चालक दुर्गालाल भण्डारीमाथि २ राउण्ड गोली प्रहार भएको छ।,प्रहरीका अनुसार ब्यापारी भण्डारी सुरक्षित छन् ।,भण्डारीसँग ४० लाख रुपैयाँ चन्दा माग गरेको र नदिएपछि गाेली हानेकाे मनोज पुन नाम गरेकाे एक युवाले टेलिफोनबा...