content
stringlengths
20
64.1k
सुजिता कार्की अवैध रुपमा जिल्लामा विभिन्न खोलाबाट बालुवा झिक्दै गरेका स्काभेटरलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।,जिल्ला प्रहरी कार्यालयको गस्ती टोलीले गए राति त्रिशूली र तादी नदीबाट बालुवा चोरी निकासी गर्नका लागि उत्खननमा प्रयोग भएको स्काभेटरको ब्याट्री निकालेर ल्याएको प्रहरी नायव उपरीक्षक ऋषिराम कँडेलले बताए।,प्रहरीक...
सुजिता कार्की गएराति परेको पानीले सडकमाथिबाट पहिरो खस्दा अवरुद्ध भएको महाकाली राजमार्ग आज दिउँसोदेखि पुनः सञ्चालनमा आएको छ ।,बैतडीको सतवाझदेखि–गोकुलेश्वर सडकखण्डअन्तर्गत डिलाशैनी–६ बांगाबगरमा पहिरो जाँदा यातायात अवरुद्ध बनेको सडक स्थानीय बासिन्दा, प्रहरी र डोजरको सहायताले पन्छाएपछि सडक पुनः सञ्चालनमा आएको जिल्ला प्रहर...
सुजिता कार्की बुधबार  साँझबाट अवरुद्ध बनेको नारायणगढ–मुग्लिन सडकखण्ड आज दिउँसो २ः१० बजेदेखि दुईतर्फी सञ्चालनमा आएको छ ।,उक्त सडकखण्डमा १० भन्दा बढी ठाउँमा पहिरो खसेपछि सडक अवरुद्ध बनेको थियो । नारायणगढ–मुग्लिन सडक आयोजनाका इञ्जिनियर शिव खनालका अनुसार पहिरोले बगाएको भालुढुंगाबाहेक अन्य ठाउँमा दुईतर्फी सडक सञ्चालनमा आएक...
सुजिता कार्की पूर्वीय दर्शनका चिन्तक आचार्य खेमराज केशवशरण दाहालको पशुपति आर्यघाटमा आज अन्त्येष्टि गरिएको छ ।,निवास सिफलबाट उनको पार्थिव शरीर शवयात्रासहित पशुपति आर्यघाट लगी निम्बार्क वैष्णव परम्परानुसार संस्कार गरिएको हो । उनको बुधबार राति निधन भएको थियो । पार्थिव शरीर बिहिबार दिनभर श्रद्धाञ्जलिका लागि निवासमै राखिएक...
सेतोपाटी संवाददाता नेपाल आयल निगमका कार्यकारी निर्देशक गोपाल खड्काले आफूविरूद्ध समाचार लेखेको भन्दै नागरिक दैनिकका पत्रकार दिलीप पौडेललाई धम्की दिएका छन्। संसदको सार्वजनिक लेखा समितिले निगमको जग्गा खरिदमा अनियमितता भएकोले कारवाही गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा सिफारिस गर्ने निर्णय सार्वजनिक भए पछि निगमको जग्ग...
सेतोपाटी संवाददाता डोटीको बोगटान गाउँपालिका वडा नम्बर-६ गगुडामा यात्रुबाहक जिप दुर्घटना हुँदा ९ जनाको मृत्यु भएको छ। दुर्घटनामा परि थप ४ जना गम्भीर घाईते भएका छन्। साबिकको गगुडा गाबिसको वडा नम्बर –८ कटैगाउँको धार नजिकै शैलेश्वरी यातायातको से १ ज ४९१ नम्बरको जिप दुर्घटना भएको  जिल्ला प्रहरी कार्यालय डोटीका डिएसपी शिब ब...
डा. दिनेश धरेल तपाईं आफ्नो तीन-चार वर्षको बच्चासँगै उसको साथीको घरमा हुनुहुन्छ, तर ऊ त्यहाँबाट निस्केर आफ्नो घर जानै मान्दैन। तपाईं आफ्नो बच्चालाई सुत्ने बेलामा खेलौना राख्न भन्नुहुन्छ, तर ऊ अबेलासम्म खेलेरै बस्छ, मान्दैन। यी र यस्तै घटना तपाईंले आफ्नै वा आफ्नो निकटका कोही बच्चाहरुसँग अनुभव गर्नुभएको होला।,तपाईंलाई के...
चन्द्र काफ्ले बाजुरा जिल्लाको धरोहर मानिने धार्मीक तिर्थस्थल बडिमालिकाको दर्शन गर्न जाने क्रममा एक जनाको भिरबाट लडेर मृत्यू भएको छ।,मृत्यू हुनेमा बाजुराको त्रिबेणी नगरपालिका वडा न २ का ५५ बर्षिय डम्मलाल जैशी रहेको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी नायव उपरीक्षक दल बहादुर बोगटीले बताएका छन्।,उनी हाल कैलाली जिल्लाक...
चेतना गुरागाईं आकस्मिक रुपमा हृदयघात हुन लाग्यो, कसरी पहिचान गर्ने ? तत्काल कसरी जोगिन सकिन्छ ?,यी र यस्तै विभिन्न उपचारका प्रश्नका प्राथमिक उपचारका खोजी गर्दै अमेरिकन रेडक्रसको आर्थिक एवम् प्राविधिक सहयोगमा नेपाल रेडक्रस सोसाइटीले प्राथमिक उपचार मोबाइल एप सार्वजनिक गरेको छ ।,एपमा एलर्जी/एनाफिलाक्सिस्क, दमको रोग, रक्त...
चेतना गुरागाईं प्राविधिकले भूकम्पपछि पनि घर तथा भवन बनाउने सर्वसाधारणले प्राविधिक त्रुटि गरिरहेको बताएका छन् ।,उनीहरुले भूकम्प आउनुअघि भन्दा पछिका निजी घर तथा भवनको पुनःनिर्माणको अवस्था डरलाग्दो रहेको बताएका छन् । सूर्यविनायकस्थित मेथड कन्सल्टेन्टद्वारा शुक्रबार आयोजित ‘सुरक्षित एवं भूकम्प प्रतिरोधात्मक घर निर्माण’ वि...
चेतना गुरागाईं नवलपरासीमा बाढीका कारण नदी र खोलामा डुबेर बेपत्ता एक बालकसहित तीन जना अझैसम्म पनि फेला परेका छैनन्।,तीनै जनाको खोजी जारी रहेको प्रहरीले जनाएको छ । बाढीका कारण नवलपरासीमा आज एक बालकसहित दुई जना र बिहीबार एक पुरुष बेपत्ता भएका थिए ।,पाल्हीनन्दन–३ स्थित नहरमा बालक डुबेको देखेर उद्धार गर्न जाँदा सोही स्थानक...
चेतना गुरागाईं नयाँ बानेश्वरस्थित एभरेष्ट होटल नजिक सवारी साधनको ठक्करबाट आज बिहान एक युवकको घटनास्थलमै मृत्यु भएको छ ।,महानगरीय प्रहरी आयुक्तको कार्यालयका अनुसार मृतकको पहिचान र ठक्कर दिने सवारी साधनका लागि अनुसन्धान भइरहेको छ ।,अन्दाजी २२/२५ वर्षीय युवक टाउको र पेटमा गम्भीर चोट लागेको अवस्थामा सडकमा लडिरहेको भनी स्थ...
चेतना गुरागाईं पाल्पाका एक व्यक्तिको स्वाइन फ्लु रोगका कारण आज उपचारका क्रममा काठमाडौँमा मृत्यु भएको छ भने अज्ञात रोगका कारण चार जनाको मृत्यु भएको छ ।,मृत्यु हुनेमा माथागढी गाउँपालिका–३ का ७४ वर्षीय मानबहादुर चिदी छन् । चिदीको काठमाडौँको कलंकीस्थित बयोदा अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । उहाँको स्वास्थ्य जाँच ...
प्रकाश ढुंगाना नौ दिनअघि काठमाडौंको क्षेत्रपाटीबाट बालक अपहरण गर्ने मुख्य योजनाकारलाई प्रहरीले पक्राउ गरेको छ।,मुख्य योजनाकार राजु विकलाई महानगरीय अपराध महाशाखाको टोलीले पक्राउ गरेको हो ।,ललितपुर कुसुन्तीमा डेरामा बस्दै आएका उनले क्षेत्रपाटीका हार्यवेयर ब्यापारी अजय चौधरीका साढे ५ वर्षका छोरा विशालको अपहरण गरेका थिए।,...
सेतोपाटी संवाददाता यसकारण मेरो डा.केसीको आन्दोलनमा ऐक्यवद्धताः सुशीला कार्की, , ,१३ दिनदेखि अनसनरत डा. गोविन्द केसीको आन्दोलनमा ऐक्यवद्धता जनाउन सडकमा ओर्लिएकी सर्वोच्च अदालतका पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीले आफ्नो ऐक्यवद्धता डा.केसीको माग र समग्र स्वास्थ्य क्षेत्रको विकृति र विसंगतीविरूद्ध भएको बताएकी छन्।,शनिबा...
चेतना गुरागाईं नुवाकोट र रसुवालाई जोड्ने बेत्रावतीमा रहेको झोलुंगे पुल गए रातिको बाढीले बगाएको छ ।,फलाखु खोलामा आएको बाढीले पुलको नुवाकोटपट्टिको भाग बगाएको हो । पुलको एकापट्टिको जिप नै बगाइएपछि खोला बस्तीमा पस्ने खतरा बढेको स्थानीयवासी शशिकुमार डंगोलले बताए । फलाँखु खोलामा आएको बाढीले धार्मिक तथा ऐतिहासिक क्षेत्र बेत्...
चेतना गुरागाईं अविरल वर्षाका कारण सल्यानको एक विद्यालयको तीनकोठे भवन भत्किएको छ ।,बिहीबारदेखि परेको अविरल वर्षाका कारण बन्गाड कुपिण्डे नगरपालिका–१२ स्थित सिद्धेश्वरी माविको भवन भत्किँदा पठनपाठनमा समस्या भएको शिक्षक विमलराज डिसीले जानकारी दिए। विद्यालयमा ५० विद्यार्थी अध्ययनरत छन् ।,पुल नबन्दा सास्तीः,पश्चिम क्षेत्रमा ...
चेतना गुरागाईं विसं २०७२ पुस ९ गते जिल्लालाई खुला दिसामुक्त घोषणा गरिएपछि अभियान सुस्ताएको छ ।,जिल्ला खानेपानी, सरसफाइ तथा स्वच्छता समन्वय समितिले आव २०७३/७४ को असार मसान्तभित्र जिल्लाका साबिक पाँच वडालाई पूर्ण सरसफाइ घोषणा गरे पनि तोकिएको समयमा पूर्णसरसफाइ घोषणा नभएपछि जनतामा आशंका देखिएको छ ।,स्थानीय तहको निर्वाचनमा...
चेतना गुरागाईं नवलपरासीमा बाढीका कारण घोलमा डुबेर बेपत्ता भएका एक बालकसहित दुई जना आज मृत अवस्थामा फेला परेका छन्।,बाढीका कारण शुक्रबार पाल्हीनन्दन गाउँपालिका–३ स्थित नारी भन्ने स्थानीय ११ वर्षीय बालक कृष्ण गुप्ता घोलमा डुबेको देखेर उद्धार गर्न जाँदा सोही स्थानका ५१ वर्षीय वृजलाल गुप्ता पनि बेपत्ता भएका थिए । दुवै जना...
प्रकाश ढुंगाना काठमाडौं, क्षेत्रपाटीबाट अपहरणमा परेका साढे ५ वर्षीय विशाल चौधरीलाई गत सोमबार प्रहरीले काँडाघारीबाट सकुशल उद्धार गर्यो। उनी साउन १२ गते स्कुलबाट फर्कने क्रममा अपहरणमा परेका थिए।,महानगरीय अपराध महाशाखाले अपहरण भएको १० औं दिनमा मुख्य योजनकारसहित दुई जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा मुख्य योजनाकार राम...
चेतना गुरागाईं डडेल्धुरा जिल्ला सदरमुकामका बासिन्दा दूषित पानी पिउन बाध्य छन् ।,जिल्ला सदरमुकामस्थित सडक छेउमा गाडिएका खानेपानीका नाला उप्काइएसँगै सदरमुकाम क्षेत्रका बासिन्दा दूषित पानी पिउन बाध्य भएका हुन् । शाखा सडक छेउका नालीलाई व्यवस्थित पार्न नाली खोलिएपछि बजार क्षेत्रका प्रायः घरमा धमिलो पानी गइरहेको स्थानीयको ग...
सेतोपाटी संवाददाता विद्युत प्रसारण लाईनमा देखिएको समस्याका कारण विगत दुई सातायता चितवन माडीका जनताहरु अन्धकारमा बस्न बाध्य भएका छन् । सरोकारवाला निकायले प्रसारण लाईन मर्मतमा चासो नदिँदा उनीहरु अन्धकारमा बस्न बाध्य भएका हुन् ।,पटक /पटकको टेलिफोन वार्तामा समेत कर्मचारी र सरकारले खासै चासो नदेखाएपछि समस्यामा वस्न वाध्य भ...
सुजिता कार्की चीन सरकारले आफ्नो सिमानासँग जोडिएका नेपालका उत्तरी नाकाका हिमाली जिल्लालाई विगत वर्षहरुमा झैँ यस वर्ष पनि खाद्यान्न सहयोग गरेको छ ।,मुगु जिल्लाको चीनसँगको सिमाना नाक्चे लाग्नाबाट एक घण्टा टाढा चीनको हयाजिमार भन्ने क्षेत्रमा आज चिनियाँ प्रतिनिधिले मुगुम कार्मारोङ गाउँपालिका वडा नं १ देखि ९ सम्मका घरधुरीला...
सुजिता कार्की तत्कालीन राजा वीरेन्द्रले २०४२ सालमा गरेको जिल्ला भ्रमणका क्रममा थवाङबासीको पहिलो माग थियो सुलिचौर थवाङ मोटर बाटो सञ्चालनमा ल्याउने । पञ्चायती व्यवस्थाको अन्त्यतिर राजा वीरेन्द्रले जिल्ला भ्रमण गरी जनताको समस्या जनताकै मुखबाट सुन्ने क्रममा थवाङबासीले त्यही माग दोहोर्याएका थिए ।,पञ्चायती व्यवस्थाको ठाउँमा...
सुजिता कार्की माथिल्लो कर्णाली र अरुण तेस्रो जलविद्युत् आयोजनाको प्रमुख अवरोधका रुपमा रहेको वन क्षेत्रको जग्गा प्रयोग गर्न सरकारले प्रवर्द्धकलाई मार्ग प्रशस्त गरिदिएको छ ।,निजी क्षेत्रको जग्गाको मुआब्जा वितरण कार्य सम्पन्न गरिसकेको अरुण तेस्रो जलविद्युत् आयोजनाको प्रवर्द्धक एसजेभिएनले वन क्षेत्रको जग्गा नपाउँदा निर्मा...
सुजिता कार्की काठमाडौं उपत्यकाको फोहर फाल्न ओखरपौवावासीले पुर्याएको अवरोध खुलेको छ।,फोहर व्यवस्थापन कमजोर भएको भन्दै बुधबारदेखि स्थानीय बासिन्दाले अवरोध पुर्याएकोमा आगामी आइतबारसम्मका लागि अवरोध नगर्ने सहमति भएको ककनी गाउँपालिका वडा नं १ का वडाध्यक्ष चन्द्रबहादुर बलामीले जानकारी दिए । फोहर फाल्न अवरुद्ध गरिएपछि नुवाको...
सुजिता कार्की भूकम्पको कारण आवास गुमाएको तर, लाभग्राही सूचीमा नपरेका जिल्लाका भूकम्पपीडितको पुनः सर्वेक्षण तथा पुनः जाँच गर्न लागिएको छ ।,राष्ट्रिय पुनर्निर्माण प्राधिकरण जिल्ला समन्वय समितिले २०७२ साल वैशाख १२ गतेको भूकम्प र त्यसपछिका परकम्पका कारण आवास क्षति बेहोरेका तर इञ्जिनियरले संकलन गरेको लगतको आधारमा सार्वजनिक...
सुजिता कार्की नारायणगढ–मुग्लिन सडकका १० भन्दा बढी ठाउँमा पहिरो खसेपछि सडकको बीचबीचमा १२५ भन्दा बढी सवारीसाधन अलपत्र परेका छन् ।,जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका प्रहरी निरीक्षक सन्तोष पन्तका अनुसार अलपत्र परेका सवारीसाधनलाई गन्तव्यतर्फ लैजान एकतर्फी सडक खुलाउने प्रयास भइरहेको छ । बुधबार साँझदेखि सडक अवरुद्ध बनेक...
सेतोपाटी संवाददाता यस वर्षको ‘बारबरा एडम्स खोजी पत्रकारिता पुरस्कार’ पत्रकार कृष्ण ज्ञवालीलाई दिइएको छ ।  बारबरा शान्ति प्रतिष्ठान, नेपालले विहिबार काठमाडौंमा एक कार्यक्रमका बीच सो पुरस्कार पत्रकार ज्ञवालीलाई प्रदान गरेको हो । बारबरा एडम्स खोजी पत्रकारिता पुरस्कारको राशी १ लाख १ रुपैयाँ रहेको छ ।,नेपाल चिकित्सा शाष्त्...
सेतोपाटी संवाददाता भुइँचालो गएको दुई वर्ष नाघिसक्दा पनि गति लिन नसकेको काष्ठमण्डप पुनर्निर्माण स्थानीय तहको निर्वाचनपछि थप बल्झिएको छ।,स्थानीय बासिन्दा सहभागी अभियानबाटै पुनर्निर्माण गर्ने समझदारी भए पनि काठमाडौं महानगरपालिकामा नयाँ नेतृत्व आएपछि अड्चन सुरु भएको हो। मेयरदेखि वडाध्यक्षसम्मले आफ्नै नेतृत्वमा पुनर्निर्मा...
सेतोपाटी भरतपुर महानगरपालिकाकी मेयर उम्मेद्वार रेणु दाहाललाई फेसबुकमा गाली गरेको अभियोगमा पक्राउ परेका नीरभ ज्ञवालीलाई धरौटीमा छोड्न अदालतले आदेश दिएको छ।,मेयरका एमाले उम्मेद्वार देवी ज्ञवालीका छोरा नीरभलाई हिजो प्रहरीले पक्राउ गरेको थियो। उनलाई २५ हजार धरौटीमा रिहा गर्न जिल्ला अदालत काठमाडौंले आदेश दिएको अधिवक्ता टिक...
चेतना गुरागाईं नुवाकोट विदुर नगरपालिकास्थित तलेजु भवानीको मन्दिर वर्षाले गर्दा भत्किएको छ ।,विदुर नगरपालिका वडा नं २ नुवाकोट दरबार क्षेत्रमा रहेको तीन सय वर्ष पुरानो धार्मिक महत्वको मन्दिरको पूर्वी भाग वर्षाको कारण भत्किएको हो ।,विसं २०७२ वैशाख १२ को भूकम्पको कारण जीर्ण बनेको मन्दिर समयमा मर्मतसम्भार नहुँदा पूर्वी पाख...
सुजिता कार्की धरानबाट चैनपुर आउँदै गरेको ना ४ ख ७०२२ नंंको बस र चैनपुरबाट धरानतर्फ जाँदै गरेको ना ६ ख ४०९३ नंको ट्रक आज धर्नादेवी नगरपालिकामा ठोक्किदा पाँच जना घाइते भएका छ्न ।,घाइतेमध्ये मादी नगरपालिकाका गणेश दाहलको अवस्था गम्भीर रहेको स्थानीय जनप्रतिनिधि नारायण लिंखाले जानकारी दिए ।  घाइते दाहाललाई धरान लैजाने तयारी...
सेतोपाटी संवाददाता अमेरिकाले नेपाललाई अहिलेसम्मकै सबैभन्दा ठूलो अनुदान सहयोग दिने भएको छ। बिहीबारको मन्त्रिपरिषद बैठकले अमेरिकाको मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी)को ५ सय मिलियन डलर अनुदान सहयोग स्वीकार्ने निर्णय गरेसँगै ४४ वर्षपछि नेपालको पूर्वाधारमा अमेरिकाले सहयोग गर्ने भएको हो।,यसअघि अमेरिकी सहयोग नियोग (युएसए...
चेतना गुरागाईं मुसामा लाग्ने एक प्रकारको किर्ना नामको कीराको टोकाइबाट सर्ने ‘स्क्रब टाइफस’को संक्रमणबाट दुई सातायता कैलालीमा केही व्यक्ति पीडित भएका छन् ।,सेती अञ्चल अस्पताल धनगढीमा उपचारका लागि आएका ४० वर्षमुनिका छ जनामा स्क्रब टाइफसको संक्रमण देखापरेको अस्पतालले जनाएको छ । गम्भीर अवस्थामा भर्ना भएका सवै बिरामीलाई भे...
सेतोपाटी संवाददाता शुक्रबार दाङमा आएको बाढीले जनजीवन कष्टकर बन्दै गइरहेको छ । बाढीले गर्दा सवारी साधानहरूको समेत आवातजावत समस्या आएको छ।,तुलसीपुर–घोराही सडक खण्डको ग्वारखोलामा शुक्रबार बाढी आएपछि मोटरसाईकल तार्न ट्रयाक्टर प्रयोग गरिएको छ । एउटा मोटरसाईकल तारेबापत ट्रयाक्टरले कम्तीमा १ सय देखि ५ सयसम्म भाडा लिने गर्छन्...
सुजिता कार्की ठाउँ ठाउँमा पहिरो खसेर अवरुद्ध बनेको नारायणगढ–मुग्लिन सडकखण्डको भालुढुङ्गामा गएराति पहिरोले सडक बगाउँदा समस्या थपिएको छ ।,नारायणगढ मुग्लिन सडक आयोजनाका इञ्जिनियर शिव खनालका अनुसार नारायणगढबाट २७ किलोमिटरको दूरीमा रहेको भालुढुङ्गामा खोल्साले सडकको तीन मिटर क्षेत्र बगाएको छ । तीन मिटर नै हाराहारी लम्बाइ बग...
सुजिता कार्की काभ्रेपलाञ्चोकको साँगाबाट पनि साझा यातायातको बस सञ्चालनमा आएपछि स्थानीय यातायात व्यवसायीले त्यसलाई बन्द गराउने चेतावनी दिएका छन् ।,काभ्रे मिनीबस व्यवसायी समितिको बिहीबार नगरकोटमा भएको ३९औँ साधरणसभामा उनीहरुले साझा यातायातको बस सेवा धुलिखेलबाट पनि सञ्चालन हुने सम्भावना भएकाले यातायात व्यवसायीले एकजुट भएर ...
चेतना गुरागाईं  नारायणगढ–मुग्लिन सडकखण्डको जोखिमपूर्ण क्षेत्रमा पहिराका कारण बीचमा फसेका सवारी साधनलाई एकातर्फ सडक सञ्चालनमा ल्याएर मुग्लिनतर्फ पठाइएको छ ।,सो सडकको जलवीरेदेखि मुग्लिनसम्म खसेका पहिराको छेउको भाग हटाएर करिब १२५ गाडीलाई मुग्लिनतर्फ पठाइएको हो । जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख सन्तोष पन्तका अनुसा...
सुजिता कार्की विभिन्न सङ्घसंस्था एवम् दाताहरुको सहयोगबाट पत्रकार सहारा उपचार कोषमा  २० लाख रुपैयाँ जुटिसकेको नेपाल पत्रकार महासङ्घ, झापा शाखाले जनाएको छ ।,लगभग एक वर्षदेखि थालनी भएको यो अभियानबाट कोषलाई  एक करोड रुपैयाँको बनाउने र त्यसबाट प्राप्त हुने ब्याजबाट पत्रकारको उपचारमा सहयोग गर्ने उद्देश्य रहेको कोषका संयोजक ...
नारायण खड्का दाङको तुलसीपुर बजारमा अटेरी गर्दे फोहर जथाभावी फाल्नेहरुलाई कारबाही गर्दा डेढ लाखभन्दा बढी आर्थिक संकलन भएको छ । तुलसीपुर उपमहानगरपालिका र तुलसीपुर उद्योग वाणिज्य संघको संयुक्त आयोजनामा जारी ‘क्लीन तुलसीपुर ग्रीन तुलसीपुर’ अभियान अन्तरगत अभियानलाई अटेरी गर्दै जथाभावी फोहर गर्नेहरुलाई कारबाही गर्दा उक्त रक...
सेतोपाटी ललितपुर महानगरपालिका–१९ ईषालखमा अमेरिकी महिला मृत अवस्थामा फेला परेकी छिन्।,३२ वर्षीया क्रिष्टिना निकोल नाम गरेकी महिला आफ्नै कोठामा मृत अवस्थामा भेटिएको ललितपुर प्रहरीका एसपी अशोक सिंहले जानकारी दिए उनी विगत ६ महिना देखि कोठामा बस्दै आएकी थिइन् ।,लागु औषध सेवन गरेर उनको मृत्यु भएको हुन सक्ने प्रहरीले अनुमान ...
सुजिता कार्की कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–७ चिउरी खोलाको दोभानमा थुनिएका २७ जनाको गएराति अबेर उद्धार गरियो । गोठाला गएकाहरु निरन्तरको वर्षाका कारण खोलामा पानीको बहाव उच्च भएपछि थुनिएका थिए ।,वडाध्यक्ष जगतबहादुर सिंह, जेपी स्पोर्टस् क्लबका पदाधिकारी र सशस्त्र प्रहरी सहितको टोलीले थुनिएकाको चार घण्टाको अथक प्रयासपछ...
नारायण रिजाल ढोरपाटन नगरपालिका र निसीखोला गाउँपालिकाका विभिन्न स्थानमा पहिरो जाँदा तीन जनाको मृत्यु भएको छ भने तीन जना बेपत्ता भएका छन्। अविरल बर्षापछि बिहीबार राति खसेको पहिरोले पुरिदा ढोरपाटनको अधिकारी चौर पाखापानीमा ५४ वर्षीय ओमप्रकाश बिक र निसीखोला गाउँपालिका वडा नम्बर १ हुल्दीका एक बृद्धको मृत्यु भएको प्रहरीले जन...
सुजिता कार्की बुधबारदेखिको वर्षाका कारण नवलपरासीको सदरमुकाम परासीसहित ग्रामीण क्षेत्र डुबानमा परेका छन्।,वर्षाका कारण स्थानीयको जनजीवन प्रभावित बनेको छ ।,तस्बिर :रासस,  नवलपरासीको सदरमुकाम परासीसहित गाउँ डुबानमा (हेर्नुहोस् तस्बिरमा)
सुजिता कार्की गएराति परेको पानीले सडकमाथिबाट पहिरो खस्दा महाकाली राजमार्ग अवरुद्ध भएको छ ।,बैतडीको सतवाझदेखि–गोकुलेश्वर सडकखण्डअन्तर्गत पर्ने डिलाशैनी–६ बांगाबगरमा आज बिहान ७ बजे पहिरो जाँदा यातायात अवरुद्ध बनेको स्थानीय बासिन्दा सुरेश श्रेष्ठले जानकारी दिए ।,बांगाबगरमा आएको पहिरोका कारण सडक अवरुद्ध हुँदा यातायात पूर्...
सुजिता कार्की पहिरो खस्दा अवरुद्ध बनेको पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासीको दाउन्ने क्षेत्रमा केहीबेरअघिबाट एकतर्फीरुपमा सवारीसाधन सञ्चालनमा आएको छ ।,दाउन्ने पहाडका ठूलाठूला पहिरो सडकमा खसेका कारण गएरातिदेखि अवरुद्ध बनेको राजमार्गको पहिरो हटाएपछि एकतर्फीरुपमा सवारीसाधन सञ्चालनमा आएको प्रहरीले जनाएको छ । अहिले पनि ...
सुजिता कार्की पश्चिम म्याग्दीको धौलागिरि गाउँपालिका–६ कोटबाट खसेको पहिरोले थुनिएको मराङ ठूलोखोला प्राकृतिक रुपमा नै खुलेको छ ।,छिमेकी मल्कवाङको सिमाना आसपासबाट खसेको पहिरोले बिहिबर दिनभर मराङ खोला थुनिएको थियो । खोला थुनिएपछि आसपासका तटीय क्षेत्रका साथै मालिका गाउँपालिकामा पर्ने म्याग्दी खोला आसपासमा रहेका बस्तीका सर्...
सुजिता कार्की नेपालमा विभिन्न २७ जिल्लामा स्क्रब टाइफस रोगको संक्रमण देखिएको छ ।,इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाअन्तर्गतको इपिडिमियोलोजी शाखाका प्रमुख डा गुणनिधि शर्माका अनुसार पछिल्लो प्रतिवेदनबाट २७ जिल्लामा संक्रमण फैलिएको देखिएको छ ।,साउन महीनाको अहिलेसम्म १०४ जना संक्रमित भएको पाइएको र यो बढ्दो क्रममा रहे...
कल्पना पौडेल थालेसिमिया (अपुष्ट रक्तकोष) रोगको पहिचान, न्यूनीकरण र उपचारबारे सरकारले प्रभावकारी कार्यक्रम ल्याउन सकेको छैन।,यो रोगबारे सरकारले खासै चासो नदिएका कारण यसको पहिचान, न्यूनीकरण र उपचारबारे धेरैले जानकारी पाउन नसकेको गुनासो पीडितको छ । नेपालमा थालेसिमियाका बिरामीको एकिन तथ्यांक सरकारी निकायसंग नभएपनि मुलुकभर...
प्रकाश ढुंगाना काठमाडौं उपत्यकामा सबैभन्दा बढी शुक्रबार र शनिबार आपराधिक घटना हुने गरेको छ।,महानगरीय प्रहरी कार्यालय रानीपोखरीले बारका आधारमा गरेको घटना विश्लेषणमा शुक्रबार र शनिबार उपत्यकामा धेरै आपराधिक क्रियाकलाप हुने देखिएको हो।,साताका अन्तिम यी दुई बारमा मात्रै पूरै आपराधिक घटनाका १६ प्रतिशत घटना हुने गरेको डिआइज...
नारायण खड्का अबदेखि यात्रुबाहक सवारी साधनले तुलसीपुर बजारको निश्चित चार स्थानबाट मात्रै यात्रुहरू चढाउन र अोराल्न पाउने भएका छन् । सार्वजनिक यातायातमा सुधारको प्रयास स्वरुप तुलसीपुर उपमहानगरपालिकाले बुधबारदेखि नै लागू हुने गरी निश्चित स्थानबाट मात्रै यात्रु चढाउन र झार्न पाउने नियम लागू गरेको हो । मंगलबार यातायात व्यव...
नारायण खड्का, दाङले पहिलो पटक महिला प्रहरी प्रमुख पाएको छ। जिल्ला प्रहरी प्रमुखका रुपमा दुर्गा सिंह चन्दको दाङ सरूवा भएपछि उनी दाङकी पहिलो महिला प्रहरी प्रमुख बनेकी हुन्।,प्रहरी प्रधान कार्यालय काठमाडौंको महिला बालबालिका सेलमा कार्यरत सिंहलाई गृह मन्त्रालयले  दाङको प्रहरी प्रमुखको रुपमा खटाउने निर्णय गरेको हो।,प्रहरी ...
नारायण खड्का दाङ घोराहीका सिलाई कालिगढहरू आन्दोलनमा उत्रिएका छन् । समयसँगै उचित रुपमा ज्याला वृद्धिको माग गर्दै मंगलबारदेखि कालिगढहरू काम रोकेर आन्दोलनमा उत्रिएका हुन् ।,वर्षेनी हुँदै आएको मूल्य वृद्धिले आफूहरू मर्कामा परेको हुँदा आफ्नो ज्यालामा पनि त्यही अनुरुपको वृद्धि हुनुपर्ने उनीहरूको माग छ। अन्य क्षेत्र र सरकारी...
सुजिता कार्की यसअघि मतदाता परिचयपत्र बनाउन छुटेका व्यक्तिको पाँचथर जिल्लामा अहिले परिचयपत्र बनाउनेको भीड व्यवस्थापनमै कठिनाइ भएको छ ।,अहिलेसम्म जिल्ला निर्वाचन कार्यालयमा तीन हजार २ सय जनाको परिचयपत्र बनाइएको हो । यस्तै, २ सय  जनाको नाम सच्याइएको छ । जिल्ला निर्वाचन कार्यालय पाँचथरमा भीड बढेपछि अहिले गाउँपालिकामै परिच...
सुजिता कार्की जिल्ला प्रहरी कार्यालय पर्साले वीरगञ्जको बाइपास सडकखण्डमा जग्गा अतिक्रमण गरी घर टहरा, ट्र्याक्टर, बस, ट्रक, पसल राख्ने गरेकाले तीन दिनभित्र त्यो ठाउँ खाली गराउन सबैलाई सूचना जारी गरेको छ ।,बाइपास सडकखण्डमा बाटो छेकी राखेका साइड पसल, ट्रक बस मर्मत गर्ने पसल राखी बाटो नै अतिक्रमण गरेकाले यातायातमा असुविधा ...
सुजिता कार्की सरकारले धनकुटा नगरपालिकालाई देशकै सफा शहर घोषणा गरेको छ ।,त्यस्तै, इलाम दोस्रो सफा शहर र हेटौंडा तेस्रो सफा शहर घोषित भएका छन् । प्रथम हुने धनकुटाले  १० लाख रुपैयाँ, इलामले  सात लाख रुपैयाँ र हेटौंडाले  चार लाख रुपैयाँ नगद प्राप्त गरेका छन् ।,नेपाल सरकार, संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयअन्तर्गत ...
प्रकाश ढुंगाना भरतपुर महानगरपालिकामा एमालेका तर्फबाट मेयर उम्मेदवार देवी ज्ञवालीका छोरा निरभ ज्ञवालीलाई प्रहरीले पक्राउ गरेको छ। महानगरीय अपराध महाशाखाको टोलीले बुधबार निरभलाई पुतलीसडकबाट पक्राउ गरेको महाशाखाका एसपी प्रकाशजंग कार्कीले जानकारी दिए।,कार्कीका अनुसार ज्ञवालीविरुद्ध भरतपुरमै माओवादी केन्द्रबाट मेयर उम्मेदव...
सागरराज तिमल्सिना राष्ट्रिय गौरवको आयोजना पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण कार्य शुरु गरिएको छ । चिनीयाँ निर्माण कम्पनी चाइना सिएएमसीले उक्त विमानस्थलको निर्माण कार्य शुरु गरेको हो ।  बुधबार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री जीतेन्द्रनारायण देवले उक्त विमानस्थलको निर्माण कार्यको उद्घाटन गरे...
प्रकाश ढुंगाना राजधानीमा गत बिहीबार स्कुलबाटै साढे ५ वर्षीय बालकको अपहरण भयो। अपहरणकारीहरूले फोन गरेर फिरौती मागे। आमाबाबुले प्रहरीमा उजुरी दिए। तीन दिनको अनुसन्धानपछि सोमबार अपहरित बालकको सकुशल उद्धार गरियो।,प्रहरीले अनुसन्धान अवधिभर गोप्य राखेको यो घटना कसरी भयो? र, कसरी उद्धार गरियो?,असनका व्यापारी अजय चौधरीका छोरा...
चेतना गुरागाईं सरकारी तथा निजी क्षेत्रबाट उत्पादित सिमेन्ट उद्योगले तौल घटाइ उपभोक्तालाई ठगी गरेको पाइएको छ ।,गुणस्तर तथा नापतौल क्षेत्रीय कार्यालय बालाजु र आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागले संयुक्तरुपमा गरेको अनुगमनमा न्यू निशान सप्लायर्स नागार्जुन, जोरगणेश हार्डवेयर स्वयम्भू र अरनिको हार्डवेयर ट्रेडर्स ढुङ्गे...
सुजिता कार्की सौर्यबत्ती जडानका लागि इलाम सदरमुकाममा पोल गाड्ने काम शुरू भएको छ ।,इलाम नगरपालिकाको बजार क्षेत्रमा अव्यवस्थित रूपमा रहेको सडक बत्तीलाई व्यवस्थित गर्दै सौर्यबत्तीका लागि पोलिङ शुरू गरिएको हो ।,शहरी विकास तथा भवन निर्माण विभाग डिभिजन कार्यालय इलामले सघन शहरी विकास कार्यक्रमअन्तर्गत सौर्यबत्ती जडान गर्न ला...
चेतना गुरागाईं सिद्धार्थ राजमार्गको बुटवल–पाल्पा सडकखण्डअन्तर्गत पाल्पाको दोभानमाका दिउँसो ४ः०० बजे पहिरो खस्दा सडक अवरुद्ध भएको छ ।,बुटवलबाट सात किलोमिटर दूरीमा रहेको दोभान क्षेत्रमा अहिले सवारी साधन पहिरोले रोकिएका छन् पश्चिम क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय बुटवलले दोभान प्रहरी चौकीभन्दा २०० मिटर पूर्वतर्फ पहिरो ख...
चेतना गुरागाईं स्वाइन फ्लु रोगको संक्रमणबाट झापा बिर्तामोडमा दुई महिलाको मृत्यु भएको छ ।,दुई साताको अवधिमा बिर्तामोड नगरपालिका–१ र ४ का दुई महिलाको मृत्यु भएको हो । उनीहरूको भारतको नयाँ दिल्लीस्थित एपोलो हस्पिटलमा उपचारका क्रममा मृत्यु भएको हो ।,मृत्यु हुनेमा बिर्तामोड–४ की अनितादेवी मित्तल र बिर्तामोड–१ की मनिषा अग्र...
चेतना गुरागाईं उद्योग मन्त्रालयले मुलुकको उद्योग क्षेत्रमा परिणाममुखी काम गर्न नसकेको सांसदहरुले बताएका छन् ।,व्यवस्थापिका,–,संसद्,, ,उद्योग वाणिज्य तथा उपभोक्ताहित सम्बन्ध समितिअन्तर्गतको प्रतिवेदन एवं निर्णय अनुगमन कार्यान्वयन अनुगमन उपसमितिको आज सिंहदरबारमा बसेको बैठकले मन्त्रालयले समितिले दिएको निर्देशनलाई अटेर ग...
कल्पना पौडेल डोल्पाका चिकित्सक र काठमाडौँमा रहेका विशेषज्ञ चिकित्सकको आपसमा वार्ता हुँदा आशा विकको ज्यान जोगिएको छ ।,भिरबाट खसेको ढुङ्गाले चोट लाग्दा अचेत भएकी आशाको रक्तश्राव रोक्न काठमाडौंका चिकित्सकले तरिका बताएपछि ज्यान बचेको हो ।,ट्रमा सेन्टरका अर्थोपेडिक सर्जन प्रा डा श्रीकृष्ण गिरीले विदेशी मुलुकले प्रयोगमा ल्य...
चेतना गुरागाईं कालीकोटको कालीकोट पलाटा गाउँपालिका,–,८ का भक्तबहादुर रोकायालाई संरक्षित वन्यजन्तु चितुवाको छालासहित महानगरीय अपराध महाशाखाको प्रहरीले मंगलबार पक्राउ गरेको छ ।,अवैध वन्यजन्तु चितुवाको छालाको कारोबारमा संलग्न व्यक्तिहरूको खोजी गर्ने क्रममा काठमाडौं महानगरपालिका,–,२६ गोंगबु नयाँबसपार्कस्थित दिपशिखा सुर्खेत...
चेतना गुरागाईं सूर्यविनायक नगरपालिका–२ बालकोट रागिनी आर्ट अगाडिको वस्ती डुबानमा परेको छ ।,परम्परागत रुपमा सयौ वर्षअघिदेखि बग्दै आएको पानीको निकास टालिदिएपछि विगत दुई सातादेखि १० घर रहेको यहाँको वस्ती डुबानमा परेको हो ।,सडक विस्तारका क्रममा पानी निकासका लागि परम्परागतरुपमा बग्दै आएको स्थान मै ढल राखेर व्यवस्थित गरेपनि ...
चेतना गुरागाईं सल्यानको एक विद्यालयमा विद्यार्थीले तालाबन्दी गरेका छन् ।,दार्मा गाउँपालिका– ३ मा रहेको जनज्योति उच्च माध्यमिक विद्यालय फारुलाचौरका विद्यार्थीले शैक्षिकसत्र आधा बितिसक्दा पनि विद्यालयमा पाठ्यपुस्तक उपलब्ध नगराएको भन्दै तालाबन्दी गरेका हुन् ।,विद्यालय प्रशासनसँग पटकपटक आफ्ना माग सुनुवाइ नभएकाले विद्यालयम...
सुदीप श्रेष्ठ भक्तपुरका विभिन्न १० ठाउँमा बिहीबार पाँच घन्टा बिजुली काटिने भएको छ।,नेपाल विद्युत प्राधिकरणको भार प्रेषण केन्द्रका अनुसार नियमित मर्मतसम्भारको काम गर्नुपर्ने भएकाले बिहीबार बिहान ११ बजेदेखि दिउँसो ४ बजेसम्म ती क्षेत्रमा विद्युत कटौती गरिनेछ।,केन्द्रका अनुसार ठिमी सब-स्टेसनबाट बिजुली वितरण हुने निकोसेरा,...
विनोद सापकोटा भारतको एपोलो अस्पतालमा दुई महिलाको स्वाईन फ्लूको कारण मृत्यु भएको घटना तथ्य परक नभएको जिल्ला जनस्वास्थ्य कार्यालय झापाले जनाएको छ ।,स्वाईन फ्लुकै कारण मृत्यु भएको भनिएका डेथवर्डीको सवै कागजी प्रमाण नहुँदा स्वाईन फ्लु नहुनसक्ने जिल्ला जनस्वास्थ्य कार्यालय झापाका कुलबहादुर पौडेलले सेतोपाटीलाई बताए । जिल्ला...
सुजिता कार्की राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले निजी आवास अनुदान वितरणका लागि  ५३ अर्ब रुपैयाँ संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयमा निकासा गरेको छ ।,निजी आवास पुनर्निर्माणको समय सीमा एक वर्ष निर्धारण गरेको प्राधिकरणले अनुदान वितरणका लागि भूकम्प प्रभावित जिल्लामा पहिलो, दोस्रो र तेस्रो किस्ताको रकम अभाव हुन नदिन...
सेतोपाटी संवाददाता मुग्लिन-नारायणगढ सडक खण्डमा पहिरो खसेर फेरि दुई वटा ट्रक पुरेको छ।,चेपाङडाँडामा झरेको पहिरोले गए राति दुई ट्रक पुरिएको मुग्लिन-नारायणगढ सडक आयोजनाका इञ्जिनियर शिव खनालले बताए।,चेपाङडाँडालगायत विभिन्न १० ठाउँमा ठूल्ठूला पहिरो खसेको खनालले बताए। उनका अनुसार पुरिएका ट्रक चालकहरु भने भागेर बाँच्न सफल भए...
सेतोपाटी संवाददाता स्रोत साधनको अभाव र पर्याप्त ज्ञान नभएर कमजोर बनेको काठमाडौं उपत्यकाको ट्राफिक व्यवस्थापन सुधार्न मेयर विद्या सुन्दर शाक्यले सुझाव अघि सारेका छन्।,महानगरीय ट्राफिक प्रहरी महाशाखामा सोमबार भएको कार्यक्रममा बोल्दै मेयर शाक्यले ट्राफिक अस्तव्यस्त भएकाले तत्काल आवश्यक कदम चाल्नुपर्ने सुझाव दिएका हुन्।,स...
सुजिता कार्की दोलखाका अधिकांश भू–भागका भूकम्पपीडितको जनजीवन पहिरो र वर्षात्सँगै कष्टकर बनेको छ । हिजोआज दैनिकजसो पर्ने वर्षाले भूकम्पले चिरैचिरा बनेको भू–भागको बस्तीका वासिन्दाको दैनिकी झनै पीडादायी बनेको छ ।,दोलखाको उत्तरी दुर्गम क्षेत्र गौरीशंकर गाउँपालिका–३ मार्बु सिक्पाश्वरकी डम्बरकुमारी श्रेष्ठ अहिले वर्षाका कारण...
चेतना गुरागाईं नेपाल प्रेस युनियन मोरङले प्रत्येक वर्ष प्रदान गर्दै आएका विभिन्न पुरस्कारबाट सम्मानित हुने पत्रकारहरुको नाम आज सार्वजनिक गरेको छ ।,शैलजा आचार्य स्मृति पत्रकारिता पुरस्कार ‘न्यू सृष्टि दैनिकका प्रधान सम्पादक’ शंकर खरेल, बिबिसी नेपाली सेवाका विराटनगर संवाददाता विक्रम निरौला र उर्लाबारीका पत्रकार रुपेन्द्...
चेतना गुरागाईं नवलपरासी आज भएको दुई छुट्टाछुट्टै घटनामा परी एक बालिकासहित दुई जनाको मृत्यु भएको छ ।,साँझ सरावल गाउँपालिका–७ स्थित भुजहवामा सिसौको रुखबाट खसेर सरावल–७ भुजहवका चाँद हुसैनको मृत्यु भएको प्रहरीले जनाएको छ ।,त्यस्तै पाल्हीनन्दन गाउँपालिकामा बिजुलीको खम्बामा चढेर अम्बा टिप्न खोज्दा त्यहाँ बाँधिएको बिजुलीको न...
चेतना गुरागाईं अवैध कलवाइपास गरेको आरोपमा काभ्रेपलाञ्चोकको बनेपा–७ स्थित गोदामचोकबाट आज पाँच युवक पक्राउ परेका छन् ।,लामो समयको अनुसन्धानपछि पक्राउ परेका उनीहरुको नाम, थर र ठेगानाबाट अनुसन्धान प्रभावित हुन सक्ने भन्दै गोप्य राखिएको छ ।,प्रहरी नायब उपरीक्षक नविनराज राईले कल वाइपासमा पक्राउ परेको पुष्टि गर्दै त्यसमा ठूल...
कमलेश मण्डल महोत्तरी गाउँपालिकाको एक पोखरीमा डुबेर सोमबार जलेश्वर नगरपालिका ११ का ६५ वर्षीय प्रकाश महतोको मृत्यु भएको छ ।,महतो आफ्नो दिदीको घरमा पूजामा सरिक हुन महोत्तरी पुगेका थिए। उनको महोत्तरी गाउँपालिका ५ स्थित पोखरीमा नुहाउन गएको बेला डुबेर मृत्यु भएको ईलाका प्रहरी बलवाले जनाएको छ।, , , , ,  ...
सेतोपाटी संवाददाता ललितपुरको अल्का अस्पतालले स्वाइन फ्लु लागेको एक विरामीलाई उपचार गरी सामान्य अवस्थामा ल्याएको छ।,महालक्ष्मी नगरपालिकाका ६ का एक ४५ वर्षीय पुरुष व्यक्तिलाई निको अवस्थामा ल्याइपुर्याएको अल्का अस्पतालले जनाएको छ। यही साउन ४ गते ती व्यक्ति सामान्य ज्वरो आएपछि अस्पताल पुगेका थिए।,विरामीको आवश्यक प्रयोगशाल...
सेतोपाटी संवाददाता मध्यपश्चिमाञ्चल विश्वविद्यालय व्यवस्थापन संकाय अन्तर्गत मिति २०७३ चैत २२ देखि २०७४ वैशाख २२ गते सम्म सञ्चालित विविए (BBA) पहिलो, तेस्रो र पाँचौं सेमेस्टर, २०७३ चैत २४ देखि २०७४ बैशाख १२ गते सम्म सञ्चालित विविएस (BBS) पहिलो, तेस्रो र पाँचौं सेमेस्टर र २०७३ चैत्र २४ देखि २०७४ बैशाख १२ गते सम्म सञ्चालि...
नारायण महर्जन कीर्तिपुरको मुख्य प्रवेशद्वारको रुपमा रहेको नयाँ बाटो तीनकुने सडक निर्माण सम्पन्न भएको एकहप्तामै पिँच भत्किएपछि सडक विभागले प्राविधिक अध्ययन थालेको छ।,भौगर्भिक तथा अन्य प्राकृतिक कारण वा निर्माण व्यवसायीको लापरबाहीको कारणले भत्किएको हो भनेर निष्कर्षमा पुग्न भौगर्भिक अध्ययन थालिएको विभागका इन्जिनियर अरुणक...
चेतना गुरागाईं वैदेशिक रोजगारीका क्रममा कामदारको मृत्यु भएमा वा अंगभंग भएमा वैदेशिक रोजगार प्रवद्र्धन बोर्डले दिने राहत रकम तीन लाखबाट वृद्धि गरेर  सात लाख रुपैयाँ पु¥याएको छ ।,वैदेशिक रोजगार नियमावली, २०६४ को तेस्रो संशोधन आज राजपत्रमा प्रकाशित भएपछि कामदारले सो रकम पाउने भएका हुन् ।,केपी शर्मा ओली नेतृत्वको सरकारले ...
चेतना गुरागाईं उपप्रधानमन्त्री गोपालमान श्रेष्ठले अस्थायी शिक्षकको व्यवस्थापनका लागि सरकारले प्राथमिकता दिएर काम गर्ने बताएका छन्।,‘शिक्षालय’ मासिक र ‘आजको आवाज’ मिडियाले आज यहाँ आयोजना गरेको १३ औँ शैक्षिक सम्मान कार्यक्रममा शिक्षामन्त्री श्रेष्ठले आगामी भदौ ३ गतेका लागि तय भएको शिक्षकको परीक्षा, अस्थायी शिक्षकसँग भएक...
चन्द्र काफ्ले रूपन्देहीका एक युवाले मादकपदार्थ सेवन गरी आफ्ना बाबुको हत्या गरेका छन् ।,गएराति करिब दुईबजेतिर मादकपदार्थ सेवन गरी घरमा पुगेका मर्चवारी गाउँपालिका वडा नं. १ का ३५ वार्षीय लाल चाईले ६० वर्षीय बाबु सन्तु चाईलाई निर्घात कुटपिट गरेका थिए । कुटपिटबाट सशक्त घाइते भएका चाईलाई उपचारका लागि मंगलबार बिहान भैरहवास्...
चन्द्र काफ्ले इलामको चुलाचुली गाउँपालिका–२ स्थित चाँजु खोलामा हालै निर्माण भएको झोलुंगे पुल भत्किएको छ । तीन दिनअघि चाँजु खोलामा आएको बाढीले पुल भत्काएको हो ।,वैशाख अन्तिम सातामात्र निर्माण सम्पन्न भएको पुल भत्किएपछि स्थानीय बासिन्दा आक्रोशित बनेका छन् । चुलाचुलीमा सानाठूला करिब एक दर्जन खोला छन् तर कुनैमा पुल छैन । ब...
सुजिता कार्की चिसाङ खोलाको ढुंगेबगर अहिले हरियालीपूर्ण भएको मात्र छैन, बायो इञ्जिनियरिङका माध्यमले खोलाको तटबन्ध पनि निर्माण भएको छ ।,सामूहिक प्रयास गर्ने हो भने जुनसुकै काम सजिलै गर्न सकिने उदाहरण मोरङको केरौन–९ स्थित धर्तीमाता कृषि सहकारी संस्था लिमिटेडले प्रस्तुत गर्दै बायो इञ्जिनियरिङका माध्यमले खोलाको तटबन्ध पनि ...
सेतोपाटी नेपालको एक मात्र अन्तर्राष्ट्रिय विमानस्थल त्रिभुवन विमानस्थल एक महिनामा निकै सफा भएको छ।  फोहर भएर जहिल्यै पनि आलोचना खेप्दै आएको विमानस्थल सफा गर्ने जिम्मा सरकारले गैर आवासिय नेपाली संघलाई दिएको थियो।,अष्ट्रेलियामा बस्दै आएका खेम शर्माले ३० दिनसम्म प्रतिदिन ७ घन्टाका दरले २१ जना प्राविधिक र अन्य जनशक्तिले क...
सुजिता कार्की ‘हजुर, अस्पतालमा त कुनै औषधि निःशुल्क पाइँदैन, डाड सा’बहरुले पर्चीमा लेखिदिनुहुन्छ, हामी बाहिर गएर किन्छौँ ।’,महोत्तरीको बर्दिवास अस्पतालमा सोमबार साँझ आयोजित स्वास्थ्यसम्बन्धी अन्तरक्रियामा स्वास्थ्यमन्त्री गिरिराजमणि पोखरेलले स्वास्थ्य सेवाबारे चर्चा गर्दै स्वास्थ्य संस्थामा निःशुल्क औषधिको व्यवस्था गर...
नारायण खड्का सामूहिक रुपमा करणी गरेको आरोपमा प्रहरीले एकजना अभियुक्तलाई पक्राउ गरेको छ । घोराही उपमहानगरपालिका वडा नं. १८ निवासी २२ वर्षीय अनुप भन्ने खीमबहादुर पुरी पक्राउ परेको दाङका प्रहरी प्रमुख धिरज प्रताप सिंहले जानकारी दिए । पुरी लगायत तीन जना युवाको समूहले घोराही १८ अम्बापुरस्थित कटुवा खोला किनारमा लगेर एकजना य...
सुजिता कार्की सामान्य प्रशासनमन्त्री टेकबहादुर बस्नेतले सोमबार मन्त्रालय मातहतका ललितपुरस्थित कर्मचारी प्रशासनिक प्रशिक्षण प्रतिष्ठान, कर्मचारी प्रशिक्षण प्रतिष्ठान र निजामती किताबखानाको निरीक्षण गर्दै तिनका प्रमुखलाई पाँच दिनभित्र तत्काल गर्नुपर्ने र दीर्घकालीन कामको सूची मन्त्रालयमा बुझाउन निर्देशन दिएका छन् ।,उनले ...
सुजिता कार्की सान्नित्रिवेणी गाउँपालिकाको एक घरमा बाढीसँगै आएको ढुंगाले घर पुर्दा एकै घरका तीन बालबालिकाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन् ।,मृत्यु हुनेमा सान्नित्रिवेणी–६ काव्राका बुदे सार्कीका १३ वर्षीया छोरी ललिता, नौ वर्षीय छोरा लंक र पाँच वर्षीया छोरी कल्पना सार्की रहेको आफन्तले बताएका छन् । उनीहरु ढुङ्ग...
सुजिता कार्की मेची राजमार्गअन्तर्गत चारआली–चन्द्रगढी सडकखण्ड निर्माण शुरु गरी अलपत्र छाडेर निर्माण ठेकेदार बेपत्ता भएपछि सरोकारवालाले निर्माण सञ्चालन गर्न ध्यानाकर्षण गराएका छन् ।,नेपाली काँग्रेस झापा क्षेत्र नं ३ का सभापति गणेश पोखरेलको नेतृत्वमा नेपाली काँग्रेस झापाका पूर्व जिल्ला सदस्य देवेन्द्र गौतम, विभूति विद्या...
सुजिता कार्की प्रत्येक वर्ष सप्तरीको तिलाठी, सकरपुरा, लौनियाँलगायतका स्थानमा खाँडो र त्रियुगा नदीको पानीले दुःख दिँदै आएकोप्रति सरोकारवाला निकायले चासो व्यक्त गरेका छन् ।,सप्तरीको राजविराजमा सोमबार आयोजित समुदायको सहभागितामार्फत जलस्रोत कूटनीति निर्माणका लागि आयोजित जिल्लास्तरीय अन्तरक्रिया कार्यक्रममा वर्षौंदेखि नेपा...
नारायण खड्का दाङको देउती मावि मलैका  विद्यालय व्यवस्थापन समितिका अध्यक्ष अमर बुढामाथि कुटपिट भएको छ ।,बबई गाउँपालिका वडा नं. ७ निवासी अमर बुढाले मंगलबार एक विज्ञप्ति जारी  गरि आफूलाई काँग्रेसका स्थानीय कार्यकर्ताले बिनाकारण कुटपिट गरेको उल्लेख गरेका छन् । कामको सिलसिलामा पंचकुुलेस्थित वडा कार्यालय पुगेको समयमा सोमवार ...
सेतोपाटी संवाददाता प्रहरी प्रधान कार्यालयले ७० जना एसपीहरुको सरुवा गरेको छ।,ललितपुरका एसपी अशोक सिंहको कास्कीमा सरुवा भएको छ। सिआइबीको मिरा चौधरीको धनुषामा,कुबेर कठायतको महोत्तरी,विष्णुकुमार केसीको झापा सरुवा भएको छ।,रुपन्देहीमा श्याम ज्ञवाली, रामदत्त जोशी काठमाडौं,धिरजप्रताप सिंह सिआइबी,इश्वरबाबु कार्की र प्रद्युम्न ...
सेतोपाटी बिजुलीका नांगो तारले करेन्ट लागेर राजधानीमा १ जनाको ज्यान गएको छ २ जना घाइते भएका छन्।  सोमबार राति पानीपोखरीको सडकमा ग्राभेल गर्न गिट्टी बोकेर आएको टिप्परमा नांगो तारबाट करेन्ट लाग्दा चालक सिन्धुपाल्चोक मेलम्चीका नवराज माझीको घटनास्थलमै ज्यान गएको छ।,राति ११ बजे माझी बा १ क ११२५ नम्बरको ट्रिपर लिएर पानी पोखर...
सुजिता कार्की नवलपरासी जिल्लाका विभिन्न खोलाबाट अवैधरुपमा नदीजन्य वस्तु (ढुंगा गिट्टी र बालुवा) को चोरी बढेको छ ।,जिल्लाको गैँडाकोटदेखि सुनवलसम्मका करीब १५ बढी खोलामा नदीजन्य पदार्थको चोरी अत्यधिक रुपमा बढेको स्थानीयले बताएका छन् । त्यसमा सबैभन्दा बढी सुनवल नगरपालिका क्षेत्रका तुरिया र भूमही खो डेढमहीना अघिदेखि खोलाको...
सुजिता कार्की जनकपुर उपमहानरपालिकाका प्रमुख कार्यकारी अधिकृत अर्जुनप्रसाद सुवेदीमाथि स्थानीयले मंगलबार हातपातको प्रयास गरेका छन्।,जिल्ला प्रहरी कार्यालय धुनषाका प्रमुख प्रहरी उपरीक्षक लालमणि आचार्यका अनुसार बिहान ८ बजेतिर सहरी विकास मन्त्री प्रभु शाह स्थलगत निरीक्षणका लागि मुरलीचोक पुगेका थिए । त्यहाँ केहीसमयदेखि पाइप...
सुजिता कार्की मध्यपुरथिमि नगरपालिकाका नवनिर्वाचित वडा सदस्यले समेत मासिक पारिश्रमिक पाउने भएका छन् ।,स्थानीय विकास मन्त्रालयले तत्काल निर्वाचित जनप्रतिनिधिले तलब सुविधा लिन नपाउने परिपत्र गरे पनि नपाको गत असार ३० गते सम्पन्न प्रथम नगरसभाले आन्तरिक स्रोतबाट व्यवस्था गर्ने गरी वडा सदस्यलाई समेत मासिक पारिश्रमिक उपलब्ध ग...