content
stringlengths
20
64.1k
रासस मेची राजमार्गअन्तर्गत राँके–फिदिम सडकखण्डमा पहिरो झरेपछि राजमार्ग अवरूद्ध भएको छ। फाल्गुनन्द गाउँपालिका–३ को पाँग्रेभिरमा बुधबार राति वर्षासँगै पहिरो झरेपछि राजमार्ग अवरूद्ध भएको जिल्ला ट्राफिक कार्यालय पाँचथरका प्रमुख जनक तिम्सिनाले बताए।, सडक माथिबाट ठूलो पहिरो झरेपछि यातायात आवतजावतमा अवरूद्ध भएको उनले जानकारी...
सुजना ढकाल तपाईं काठमाडौंको प्रदर्शनी मार्गस्थित रत्न राज्यलक्ष्मी (आरआर) क्याम्पस जानुभएको छ?, छ भने थाहै होला, मूल गेटबाट भवन छिरेपछि खेल मैदान आउँछ। मैदान सुरू हुनुभन्दा अलि  बाँयातिर लाग्नुभयो भने चर्को गन्ध आउन थाल्छ।, त्यो गन्ध फोहोरी देखिने सानो 'टहरो' बाट आएको हो। कलेजका छात्राहरू यहाँ नाक-मुख थुनेर भित्र पस्छ...
सेतोपाटी संवाददाता प्रहरी महानिरीक्षक(आइजीपी) सर्वेन्द्र खनालले गल्ती गर्ने ट्राफिक प्रहरीमाथि कडा कारबाही गर्ने चेतावनी दिएका छन्।, प्रहरी महानिरीक्षक खनालले ट्राफिक प्रहरीले गलत काम गरे तत्काल आफूलाई खबर गर्न पनि यातायात व्यवसायीलाई आग्रह गरे।, शुक्रबार नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले काठमाडौंमा आयोजना गरे...
सेतोपाटी संवाददाता त्रिवि शिक्षण अस्पताल महाराजगन्जले दोस्रो पटक सफल रुपमा कलेजो प्रत्यारोपण गरेको छ। अंग प्रत्यारोपण सर्जन प्राध्यापक डा रमेश सिंह भण्डारीको टोलीले सफल रुपमा कलेजो प्रत्यारोपण गरेको हो।, ४४ वर्षीय पुरुषलाई २८ वर्षाीय ज्वाइँले कलेजो दान गरेको डा भण्डारीले सेतोपाटीलाई बताए। कलेजो प्रत्यारोपणका लागि दिल्...
नारायण महर्जन लोक सेवा विज्ञापनको विरोधमा प्रधानमन्त्री केपी शर्मा ओलीसहित मन्त्रीहरूको फोटो जलाइएको छ।, लोक सेवा आयोगले समावेशी सिद्धान्तविपरीत स्थानीय तहमा विज्ञापन खुलाएको विरोधमा तराई मधेश राष्ट्रिय परिषदले विरोध जनाउँदै प्रदर्शन गरेको हो। , प्रदर्शनकारीले भृकुटीमण्डपदेखि सुरू गरेका र्‍याली शहीदगेट, असन हुँदै बांग...
रासस रुपनी गाउँपालिकामा टिपरको ठक्करले आज एक मोटरसाइकल चालकको मृत्यु भएको छ।, वडा नं १ स्थित रुपनी–राजविराज सडकखण्डमा टिपरको ठक्करले घाइते मोटरसाइकल चालक ४५ वर्षीय महेन्द्र मण्डलको मृत्यु भएको प्रहरीले जनाएको छ।, रुपनीबाट राजविराजतर्फ आउँदै गरेको बा ४ख ५५४२ नं को टिपरले राजविराजबाट रुपनीतर्फ जाँदै गरेको स ९प ७९१८ नं क...
दिपकजंग शाही दैलेखको गुराँस गाउँपालिकाको एक सामुदायिक वनमा तेह्रथुमबाट गुराँसका बिरूवा ल्याएर रोपिएको छ।, गुराँस–८ मा पर्ने पञ्चकोशी सामुदायिक वनभित्र पर्ने सवलाखोरियामा तेह्रथुमबाट ल्याएर २८ प्रजातिका गुराँसका बिरूवा रोपिएको हो।, सामुदायिक वनभित्र पर्ने उक्त क्षेत्रलाई ‘वनस्पति पार्क’का रूपमा विकास गर्ने उद्देश्यका स...
रासस पहिरो झरेपछि अवरूद्ध बनेको मेची राजमार्गको राँके-फिदिम खण्ड आजदेखि आंशिक रूपमा सञ्चालनमा आएको छ।, पाँचथरको फाल्गुनन्द गाउँपालिका-३ मा पर्ने पाङ्ग्रेभिरमा पहिरो खसेर गत बुधबारदेखि अवरूद्ध बनेको मेची राजमार्ग आजदेखि आंशिक रूपमा खुलेको हो।, प्रजिअ मुरारी वस्तीका अनुसार सडकमा झरेको पहिरो पन्छाइएसँगै आंशिक रूपमा सडक ख...
सेतोपाटी संवाददाता चलचित्र निर्माता छविराज ओझाविरूद्ध बहुविवाहको उजुरी परेको छ।, उनकी पत्नी हेमा ओझाले आइतबार महानगरीय प्रहरी वृत्त गौशालामा छविविरूद्ध बहुविवाहको उजुरी हालेकी हुन्।, उजुरीमा हेमाले आफूहरूबीच २०४१ सालमा विवाह भएको उल्लेख गर्दै छविले फेरि अर्की विवाह गरेको बताएकी छन्।, पछिल्लो समयमा नायिका शिल्पा पोखरेल...
सेतोपाटी संवाददाता मकवानपुर प्रहरीले पेस्तोल र लागुऔषध गाँजासहित एक जनालाई पक्राउ गरेको छ।, प्रहरीले राक्सिराङ गाउँपालिका-१ का कुमार भनिने राजु स्याङ्तानलाई साढे ३१ किलो गाँजा, एक थान पेस्तोल, पाँच थान गोली र एक थान खोखासहित आज सार्वजनिक गरेको हो।, स्याङ्तान गएराति प्रहरीमाथि गोली चलाउने व्यक्ति भएको, प्रहरीको खोजी सू...
नारायण खड्का हिलोको दलदलमा फसेर तीन किशोरीको मृत्यु भएको छ।, घोराही उपमहानगरपालिका वडा नं. १८ अम्वापुरको पैतीखोलास्थित खेतमा हिलोको दलदलमा फसेर स्थानीय दुई दिदीबहिनी र फूपु गरी तीन जनाको मृत्यु भएको हो।, मृत्यु हुनेमा स्थानीय १९ वर्षीया वसन्ती विक,१९ वर्षकै झरना विक र १६ वर्षीया अमृता विक रहेका जिल्ला प्रहरी प्रमुख एस...
सेतोपाटी संवाददाता चितवनमा धुर्मुस-सुन्तली फाउन्डेसनले निर्माण गरिराखेको गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणको काम सुचारू भएको छ।, स्थानीयसँगको विवादपछि रोकिएको काम मंगलबारदेखि पुन: सुचारू गरिएको फाउन्डेसनका सिताराम कट्टेल (धुर्मुस) ले जानकारी दिए।, रंगशाला निर्माणका लागि चितवनमा गठन भएको पाँच हजार एक स...
सेतोपाटी संवाददाता प्रदेश ५ को मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले यातायात व्यवस्था कार्यालयका दुई इकाईमा मंगलबार छड्के अनुगमन गरेको छ।, अनुगमनका क्रममा २१ जना कर्मचारी अनुपस्थित भएको पाइएको कार्यालयले जनाएको छ। यातायात व्यवस्था कार्यालय सवारी शाखा मणिग्राममा गरिएको छड्के अनुगमनमा १० जना कर्मचारी अनुपस्थित रहेको...
प्रभाकर गौतम साउन, धर्म 'कमाउन' यात्रा गर्ने तीर्थारुको महिना।, भारतका चारधाम- बद्रीनाथ, द्वारिका, जगन्नाथ पुरी र रामेश्वरम् जाने बेला यही हो। केदारनाथ, गंगोत्री, यमुनोत्रीदेखि पुनपुन, गया, काशी, गंगासागर लगायत ठाउँ पनि नेपालीहरूको धार्मिक केन्द्र हो।, गोर्खा सैनिकमा भर्ती हुन वा श्रमका निम्तिबाहेक सबभन्दा बढी भारत जा...
सेतोपाटी संवाददाता नेपाल दुरसञ्चार प्राधिकरणले विदेशी अपरिचित नम्बरहरूबाट आउने फोन नउठाउन सर्वसाधारणलाई अनुरोध गरेको छ।, विदेशका अपरिचित नम्बरहरूबाट नेपालका मोबाइल र टेलिफोनमा बारम्बार फोन र मिस्डकल आउने समस्या देखिएपछि दुरसञ्चार प्राधिकरणले बिहीबार सार्वजनिक सूचना जारी गरेको छ।, ‘त्यस्ता अपरिचित नम्बरहरूबाट आउने कलहर...
सेतोपाटी संवाददाता गोरखाको पालुङटार नगरपालिकाले माध्यमिक शिक्षा परीक्षा एसइईमा उत्कृष्ट अंक ल्याएकी एक छात्रालाई पुरस्कृत गरेको छ।, भवानी माध्यमिक विद्यालयबाट एसइईमा सहभागी भएकी छात्रा अञ्जली परियारलाई एक लाख रुपैयाँसहित पुरस्कृत गरेको पालुङटार नगरपालिकाका मेयर दीपकबाबु कँडेलले जानकारी दिए।, शैक्षिक सत्र २०७५ मा एसइई ...
विवेक राई राजधानीको बौद्धमा धावा वाङ्गेल मोक्तानले एउटा कारखाना खोलेका छन्। कारखानामा उनी तामाङ समूदायको लोकबाजा टुङ्ना बनाउँछन्। ,केही दिनअघि हामीलाई उनले कारखानामै भेट्न बोलाए। बाहिरैबाट ट्याक-ट्याक, टुकटुक… आवाज आयो। धावा सानो काँटीले टुङ्नाको बुट्टा निकाल्दै थिए।, महिनामा उनी दुईवटासम्म टुङ्ना तयार गर्छन्। एउटा टु...
सेतोपाटी संवाददाता गुल्मीको सत्यवती गाउँपालिकाका दुई स्थानमा गएको पहिरोमा परी ज्यान गुमाउनेको संख्या १३ पुगेको छ।, वडा नम्बर ४ लिम्घामा गएको पहिरोमा बेपत्ता भएकी सात वर्षीय तारा विकको शव बिहिबार बिहान भेट्टिएको प्रमुख जिल्ला अधिकारी यदुनाथ पौडेलले बताए।, पहिरोमा परी बेपत्ता भएका सम्पूर्णको पहिचान गरिएको र घाइतेको सफल ...
नारायण खड्का रेडियो तुलसीपुर दाङका तत्कालीन अध्यक्ष देवीप्रसाद धिताल (हेमराज)को हत्या भएको ९ वर्ष पुरा भएको छ।, विक्रम संवत २०६७ साल साउन ६ गते बेलुका पौने ७ बजेतिर ४२ वर्षीय धितालको अपरिचित हतियारधारी समूहले गोली हानेर हत्या गरेको थियो। ,हेमराज स्मृति प्रतिष्ठानले हरेक वर्ष साउन ६ गते उनको स्मृतिमा कमक्रम आयोजना गर्छ...
सेतोपाटी चीनसँग सीमा जोडिने सिन्धुपाल्चोकको तातोपानी नाकाबाट एक महिनामा ५३ लाख राजश्व सङ्कलन भएको छ।, चार वर्षपछि जेठ १५ बाट सञ्चालनमा आएको तातोपानी नाकाबाट रु ५३ लाख मात्र राजश्व सङ्कलन भएको भोटेकोशी गाउँपालिकाका अध्यक्ष राजकुमार पौडेलले जानकारी दिए।, औपचारिक रुपमा खुलेको नाकाबाट पहिलो हप्तामा तीन–चार वटा मात्रै कन्ट...
सेतोपाटी संवाददाता राष्ट्रिय मानवअधिकार आयोगका सदस्य प्रकाश वस्तीले मानव अधिकारसम्बन्धी विधेयकहरु ल्याउँदा सरकारले आयोगलाई जानकारी नै नदिने गरेको बताएका छन्।, आयोगले शुक्रबार ललितपुरको हरिहरभवनस्थित आफ्नै कार्यालयमा गरेको कार्यक्रममा सदस्य वस्तीले सरोकारवालाहरुसँगको छलफल र परामर्श पछि मात्रै विधेयक ल्याउनुपर्नेमा मानव...
राकेश यादव मंगलबार रातिदेखि फेरि पानी पर्न सुरू भएपछि रौतहटवासी त्रसित  छन्। असार अन्तिम साता बागमती र लालबकैया नदीमा आएको बाढीले पुर्‍याएको क्षति बिर्सन नपाउँदै फेरि वर्षा हुन थालेपछि जिल्लावासी चिन्तित बनेका हुन्।, असार अन्तिम सातामा आएको बाढीले हजारौं घरमा क्षति पुगेको थियो भने १६ जनाको ज्यान गएको थियो।, बाढीका कार...
सेतोपाटी संवाददाता नुवाकोटको तारकेश्वर गाउँपालिका-५ का गोविन्द वस्तीका लागि हिजो (बिहीबार)को बिहान घामभन्दा पनि उज्यालो भएर आयो।, बुधबार साँझ नै सुत्केरी बेथाले च्यापेकी उनकी श्रीमती गोमाले बिहीबार बिहान ८ बजे नुवाकोट जिल्ला अस्पताल त्रिशुलीमा छोरालाई जन्म दिइन्।  , जिल्ला अस्पतालका डाक्टर मधुकर दाहालको टोलीले बिना अप...
सेतोपाटी संवाददाता नेपाल प्रहरीले ललितपुरको नख्खु स्थित टेलिकम सेवा प्रदायक एनसेलको मुख्यालयमा बम बिष्फोटमा संलग्न रहेको आशंकामा दोर्जे भनिने दोर्ची शेर्पालाई पक्राऊ गरेको छ। , उनलाई गोगंबुबाट  महानगरीय अपराध महाशाखाको टोलीले नियन्त्रणमा लिएको हो।  भाेजपुर षडानन्द नगरपालिका ९ घर भएका उनी  विप्लव समूहको नेकपाका युवा स‌...
सेतोपाटी संवाददाता बालुवाटार जग्गा प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा बयान दिइरहेका पूर्वनायब सुब्बा युक्तप्रसाद श्रेष्ठले आत्महत्या गरेको प्रहरीले जनाएको छ। , प्रहरीका अनुसार, ५७ वर्षीय श्रेष्ठले आइतबार दिउँसो २ बजे काठमाडौंको बालाजुस्थित हिमालयन सिटी सेन्टरको आठौं तलाबाट हाम फालेर आत्महत्या गरेका हुन्। , ‘उ...
सुजना ढकाल ‘आमा वृद्धभत्ता लिनुस्, त्यही पैसाले फी तिर्नुस्!’, शान्ति चौधरीलाई सहपाठीले बेलाबेला यसरी नै जिस्क्याउँछन्।, ६४ वर्षीया चौधरी बिजुलीबजारमा रहेको चक्रवर्ती ल कलेजकी विद्यार्थी हुन्। एलएलबी दोस्रो वर्षमा पढ्दै छिन्।, दैनिक कक्षा सकेपछि उनका साथीहरू घर जान हतार गर्छन्। उनी भने पुस्तकालय जान्छिन्। किताब खोजेर ...
गिरीश गिरी 'ब्लू एप्रोन लगाएका गुरुङ सर घन्टी बजेपछि गितार बोकी क्लासरूमबाट जानुभयो। र, फर्केर कहिल्यै आउनुभएन।', लेखक कुमार नगरकोटीले केही साताअघि छ कक्षा पढ्दाका आफ्ना अंग्रेजी गुरुबारे भावुक हुँदै 'कान्तिपुर कोसेली' मा यी हरफ कोरेका थिए।, नगरकोटीका गुरु थिए विक्रम गुरुङ, जोसँग मैले काठमाडौं र हङकङका कोठा, बार्दली, ...
सेतोपाटी संवाददाता प्रेमिका हत्या गरी १२ वर्षयता फरार एक युवालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा काभ्रेपलाञ्चोकको रोशी गाउँपालिका वडा नम्बर ३ का ३७ वर्षीय राजेश लामा छन्।, ललितपुर उपमहानगरपालिका-२ सानेपा डेरा बस्दै आएका लामालाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले पक्राउ गरी आइतबार सार्वजनिक गरेको हो।, लामाले...
सेतोपाटी संवाददाता धनुषा जिल्लाको महेन्द्रनगर सडकखण्डमा सवारी दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ। , जनकपुर महेन्द्रनगर सडकखण्डमा आइतबार अपराह्न टाटा विंगर र अटो रिक्सा एक आपसमा ठोक्किदा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ भने ४ जना घाइते भएका छन्।, महेन्द्रनगरबाट जनकपुरतर्फ आउँदै गरेको ना१ज ७०२२ नम्बरको विंगर र जनक...
अमृता लम्साल हजुरआमाका कथा, राधादेवी पाटनका गणेशबहादुर र मोतीलक्ष्मी श्रेष्ठकी छोरी हुन्। उनका आमाबाबुका सात छोरी थिए। विभिन्न रोगले राधादेवीका पाँच दिदीबहिनीको कलिलैमा मृत्यु भयो। बाँच्नेमध्ये उनी र एक जना बहिनी 'रुक्मिणी' थिए।, उनको नाम 'राधा' र बहिनीको 'रुक्मिणी' राख्नुको पनि कारण रहेछ।, 'मेरो घर (माइती) कृष्णमन्दि...
सेतोपाटी ठेक्का भएको छ वर्षसम्म पूरा हुन नसकेको पर्यटकीयस्थल कमलविनायक–नगरकोट सडकको प्रतिनिधिसभाको विकास तथा प्रविधि समितिले आइतबार स्थलगत अनुगमन गरेको छ ।,  विसं २०७० मा शुरु भई दुई वर्षमा पूरा हुनुपर्ने १७ किमि सडक छ वर्ष बित्दा पनि निर्माण हुन नसक्दा पर्यटकमार्फत विश्वव्यापी रुपमा नकारात्मक सन्देश गएको स्थानीयवासीक...
सेतोपाटी संवाददाता बारा इलाका प्रहरी कार्यालय सिम्रौनगढको हिरासतबाट फरार भएका चोरी मुद्दाका थुनुवालाई प्रहरीले पक्राउ गरेको छ। , सिम्रौनगढ प्रहरी कार्यालयबाट साउन ३ गते भागेका भारत बिहार मोतिहारी जिल्ला ग्राम पञ्चायत लिपनी वडा नम्बर ४ का १९ वर्षीय फिरोज मियाँलाई मंगलबार रौतहटको गौरबाट प्रहरीले पक्राउ गरेको बारा प्रहरी...
सेतोपाटी संवाददाता अख्तियार दुरूपयोग अनुसन्धान आयोगले जनकपुर उपमहानगरपालिका प्रमुख प्रशासकीय अधिकृत तथा उपसचिव अर्जुन प्रसाद सुवेदी सहित ६ जना विरूद्ध भ्रष्टाचार मुद्दा दर्ता गरेको छ। , उनीहरूले आर्थिक वर्ष २०७४/०७५मा विद्युतीय सामाग्री खरिद गर्दा ११ लाख ३५ हजार घोटाला गरेको दाबी सहित अख्तियारले मंगलबार विशेष अदालतमा ...
सेतोपाटी नारायणगढ–मुग्लिन सडक खण्डमा कन्टेनर र कार एकआपसमा ठक्कर खाँदा कन्टेनर त्रिशूली नदीमा खसेको छ ।, इच्छाकामना गाउँपालिका– ६ जलबीरेमा बुधबार भएको सो घटनामा परी कन्टेनरका चालक नदीमा बेपत्ता भएका छन् भने सहचालक घाइते भएका छन् । कारमा सवार सबै सकुशल रहेका छन् ।, जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार बेपत्ता हुनेमा व...
सेतोपाटी संवाददाता लुम्बिनी बौद्ध विश्वविद्यालयले एलएलबी कक्षा सञ्चालन गर्ने भएको छ। विश्वविद्यालय कार्यकारी परिषद्को बैठकले बुटवलमा यसै शैक्षिक सत्रदेखि यो कार्यक्रम सञ्चालन गर्ने निर्णय गरेको हो।, यो कक्षा सञ्चालनसँगै १२ पास गरेका विद्यार्थीहरु कानुन विषय पढ्न बुटवल बाहिर जानुपर्ने बाध्यता टरेको छ। यो विषय पढ्नका ला...
सेतोपाटी मकवानपुरको हेटौँडा उपमहानगरपालिकामा सवारी दुर्घटनामा परी दुई जनाको ज्यान गएको छ ।, हेटौँडाको बसामाडीमा मोटरसाइकल र ट्रक एकापसमा ठोक्किँदा मोटरसाइकलमा सवार सौरभ सुवेदी तथा अस्मित सुनारको मृत्यु भएको हो ।, बुधबार साँझ भएको दुर्घटनामा परी घाइते भएका दुवैको उपचारको क्रममा बुधबार राति नै ज्यान गएको मकवानपुर प्रहरी...
सन्जिब बगाले ललितपुरको सातदोबाटो-हात्तीवन सडक किनार उनी पाँच महिनादेखि पुराना जुत्ता-चप्पल र झोला सिलाइरहेका छन्।, उध्रिएको सिलाएर आफ्नो जीवन उनिरहेका यी व्यक्ति हुन् सर्लाही, मलंगहवाका भरत राम।, भरतको विशेषता के भने, यही सडकमा उनी ३५ वर्षदेखिको पुस्तैनी व्यापार धानिरहेका छन्। अर्थात्, भरतका बाबु ठागा राम सातदोबाटो क्...
सेतोपाटी संवाददाता अर्घाखाँची जिल्लाको पाणिनी गाउँपालिका वडा नम्बर ५ मैदानको अमजामा रहेको नमस्ते मोबाइलको टावरमा आगजनी भएको छ।, बुधबार राति उक्त टावरमा आगो लगाइएको प्रहरी चौकी पालिले जनाएको छ । आगलागीबाट टावरमा क्षति भएको प्रहरीको भनाइ  छ ।, आगो कसले र किन लगायो भन्ने विषयमा अनुसन्धान भइरहेको र  उक्त समुहको खोजी भैरहे...
सेतोपाटी वर्षायामको भलपानीले रसुवागढी क्षेत्रको राजमार्ग जीर्ण बन्दै गएको छ।, नेपाल–चीनबीचको व्यापार व्यवसाय अभिवृद्धि गर्ने एकमात्र उत्तरी नाका रसुवागढी राजमार्ग जीर्ण भएपछि कन्टेनर डिब्बा कसरी गुढाउने भन्ने विषयमा चिन्ता हुन थालेको सवारी चालकले बताएका छन्।, गोसाइँकुण्ड गाउँपालिका–५ खोपाङ भिर इलाकामा सडक सतह जीर्ण हु...
सेतोपाटी चार्जमा राखेको मोबाइलमा गेम खेल्दा करेन्ट लागेर मोरङको लेटाङमा एक किशोरको मृत्यु भएको छ।, बिहीबार राति बिहान लेटाङ नगरपालिका-३ का १५ वर्षीय सौजन राईको मृत्यु भएको प्रहरीले जनाएको छ।, सो वडाको त्रिशुली चोकका राई साथीको घरमा गएका थिए। सुतिरहेको अवस्थामा राति ओछ्यानमा चार्जमा राखेको मोबाइलमा गेम खेल्दा उनलाई अचा...
सेतोपाटी संवाददाता बुटवल बसपार्कमा रोकिराखेको बसको छतमा एक शव फेला परेको छ। गुल्मी चन्द्रकोटका ३५ वर्षीय दिपक थापाको शब भेटिएको डिएसपी भीमलाल भट्टराईले जानकारी दिए। , लु १६१३७ नम्वरको सो बस १५ दिनयता संचालनमा नआएको उनले बताए। शवको प्रकृति हेर्दा केही दिनअघि नै थापाको मृत्यु भएको हुन सक्ने प्रहरीको अनुमान छ। ‘यो क्षेत्...
रासस हुम्लाको सर्केगाड स्वास्थ्य चौकीमा प्रसूतिका लागि ल्याइएकी एक महिलाको मृत्यु भएको छ।, बुधबार बिहान प्रसूतिका लागि सर्केगाड स्वास्थ्यचौकीमा भर्ना भएकी वडा नं ४ साँयागाउँ निवासी २० वर्षीया अनरुपा टमटाको बिहान १० बजे मृत्यु हो।, टमटालाई सुत्केरी व्यथा लागेपछि बुधबार बिहान ४ बजे प्रसूतिगृहमा ल्याइए पनि दुर्गम क्षेत्र...
सबिना श्रेष्ठ लेखक महेश थापा कम्प्युटर स्क्रिनमा आँखा दौडाउँदै थिए। दाहिने हातका दुई औंलाले सुस्तरी 'माउस' सार्दै घरि सूचना-समाचार पढ्दै, घरि साथीहरूसँग 'च्याट' गर्दै।, त्यही बेला उनका आँखा मदन पुरस्कार गुठीले सार्वजनिक गरेको 'वर्षका उत्कृष्ट किताब'को सूचीमा पर्यो।, उनको मुहार चहकिलो भयो। ओठ थोरै खुले। खुसी उनको आँखाम...
सेतोपाटी जुम्ला सदरमुकाम खलंगा बजारको अन्धकार हटाउन डिजेल प्लान्ट जडान गरिने भएको छ।, दुई साताभन्दा बढी समयदेखि पूर्णरुपमा अध्यारो रहेको खलंगा बजारलाई उज्यालो पार्न सांसद विकास कोषको लगानीमा डिजेल प्लान्ट जडान गरिने भएको हो।, भारतीय दूतावासको सहयोगमा निर्माणाधीन मेशिन जडान नहुँदै बिग्रिएपछि सदरमुकाम उज्यालो गर्न डिजेल...
सेतोपाटी काभ्रेपलाञ्चोक जिल्लाको बनेपा नगरपालिका–५ स्थित शिर मेमोरियल अस्पतालका कर्मचारी आन्दोलित भएका छन्।, सेवा–सुविधबाट वञ्चित गराई श्रमशोषण गरेको जनाउँदै अस्पतालका कर्मचारी आन्दोलित भएका हुन्। आफ्ना मागसहित अस्पताल प्रशासन अगाडि बिहिबारदेखि धर्नामा बसेका कर्मचारीले प्रशासन कार्यालयभित्र कसैलाई पनि आवतजावत गर्न दिए...
सेतोपाटी गण्डकी प्रदेशकै उत्कृष्ट धार्मिक गन्तव्यको रुपमा परिचित बागलुङ कालिका मन्दिर परिसरमा मागेर खाने बेसाहारालाई उद्धार गरिएको छ।, नेपाल सरकारले सडक मानवमुक्त गराउने अभियानअन्तर्गत कालिका मन्दिर प्रवेशद्वारमा लामो समयदेखि मागेर खाने बेसाहारालाई शुक्रबार उद्धार गरेसँगै मन्दिर परिसरलाई ‘मागेर खाने क्षेत्र मुक्त घोषण...
नारायण खड्का रोल्पाकी कमला घर्तीमगरका दुवै खुट्टा छैनन्। हात टेकेर र खुट्टा घिसारेर हिँड्छिन्। सानैदेखि यसैगरी विद्यालय आउने-जाने गरिन्।, जन्मथलो रोल्पाको करेटीमा उनले ५ कक्षासम्म पढिन्। पहाडको उकालो-ओरालो गर्नु त्यति सजिलो थिएन।, दैनिक विद्यालय जान मात्रै उनले एक घन्टा बढी हात टेक्दै खुट्टा घिसार्दै हिँड्नुपर्थ्यो। ह...
रासस अरनिको राजमार्गअन्तर्गत बनेपा नगरपालिका–१४ साझा पेट्रोल पम्प नजिक बनेपाबाट साँगातर्फ जाँदै गरेको मोटरसाइकल र विपरीत दिशातर्फबाट आउँदै गरेको स्कर्पियो गाडीसँग आज बिहान ठक्कर खाँदा मोटरसाइकल चालकको मृत्यु भएको छ।, दुर्घटनामा बा ५७ प ९४६९ नम्बरको मोटरसाइकल चालक बनेपा नपा–१२ कोटथुम्काका २१ वर्षीय रविन थापाको शिर मेमो...
सेतोपाटी संवाददाता नर्सिङ पढाउने कलेजले अब एक सय शैयाको अस्पताल सञ्चालन गर्नुपर्ने भएको छ।, ५० शैया सञ्चालनका लागि स्वीकृति लिएका अस्पताल देखाएर ४० जना विद्यार्थी पढाउँदै आएका कलेजलाई नेपाल नर्सिङ परिषद्ले आर्थिक वर्ष २०७७/७८ भित्रमा आफ्नै एक सय शैया अस्पताल सञ्चालन गर्न निर्देशन दिएको हो।, ‘५० शैया मात्र स्वीकृत भएको...
एजेन्सी भारत प्रशासित कस्मिरमा केही दिनयता सन्त्रास फैलिएको छ। सरकारले कस्मिर पुगेका पर्यटक र अमरनाथ जान लागेका तीर्थयात्रीलाई सूचना (एडभाइजरी) जारी गर्दै जतिसक्दो चाँडो कस्मिर छोड्न भनेको छ।, शुक्रबार सरकारले एडभाइजरी जारी गरेपछि शनिबार झन्डै १० हजार पर्यटक र तीर्थयात्रीले कस्मिर छोडेका छन्।  सरकारी सूचनापछि विमानस्थ...
सेतोपाटी संवाददाता भारतमा बसेर नेपाली व्यवसायीलाई धम्की दिई रकम असुलीधन्दामा संलग्न एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ।, पक्राउ पर्नेमा ललितपुर महानगरपालिका-२४ बस्ने ३० वर्षीय उदय गिरी छन्।, विभिन्न मितिमा नेपाली तथा भारतीय मोबाइल नम्बरहरू प्रयोग गरी भारतबाट समेत फोन गरेर विभिन्न व्यक्तिहरूलाई धम्क्याएर ७५ लाख रकम ...
सेतोपाटी संवाददाता केही दिनदेखि कमजोर रहेको मनसुन आजदेखि पुनःसक्रिय भएको छ।, हाल देशभर सामान्य तथा पूर्ण बदली हुनाका साथै तराईका धेरैजसो स्थानमा मेघ गर्जनसहित वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाको पछिल्लो विवरण अनुसार आज काठमाडौंमा १० दशमलव ० मिलिमिटर वर्षा भएको छ भने पोखरामा ५४ दशमलव ०, दाङमा ३...
सेतोपाटी संवाददाता संखुवासभाको धर्मदेवी नगरपालिका ३ का चार वर्षीय बालक आदित्य अधिकारीको ट्रकको ठक्करबाट मृत्यु भएको छ। , सोमबार बिहान ९: ४० बजेको समयमा कोसी राजमार्ग अन्तर्गत टुटेदेउरालीबाट खाँदबारीतर्फ जाँदै गरेको ना ४ ख २९०० नम्बरको ट्रकले ठक्कर दिँदा बालकको घटनास्थलमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय संखुवासभा...
सेतोपाटी संवाददाता खुला प्रतिस्पर्धाबाट चयन गर्न लागिएको चिकित्सा शिक्षा आयोगको उपाध्यक्ष पदका लागि आवेदन दिएकामध्ये ९ जनाको स्वीकृत भएको छ।, उपाध्यक्षको नाम सिफारिस गर्न गठन भएको सिफारिस समितिले पारशकुमार पोखरेल, निलमणि उपाध्याय, तरूण पौडेल, यहुनचन्द्र सिवाकोटी, रमेशप्रसाद सिंह, राजेन्द्रप्रसाद साह, सुरेन्द्र शेरचन, ...
एजेन्सी अमेरिकाको एल-पासो सहरस्थित वालमार्टमा आइतबार एक बन्दुकधारीले अन्धाधुन्ध गोली चलाउँदा २० जनाको मृत्यु र २६ जना घाइते भए। यसको १३ घन्टा नबित्दै ओहायो राज्यको डेटोनमा दोस्रो बन्दुक आक्रमण भयो, जसमा नौ जना मारिए, १६ जना घाइते भए।, चार दिनअघि मात्र मिसिसिपी राज्यस्थित साउथ हेभन सहरको वालमार्टमा चलेको गोलीबाट दुई जन...
एजेन्सी श्रीलंकामा डेंगुका कारण ४७ जनाको ज्यान गएको छ।, श्रीलंकाको स्वास्थ विभागले जुलाईसम्म ४७ जनाको ज्यान जानुका साथै यसले दुई लाख भन्दा बढीलाई संक्रमण गरेको जनाएको छ।, त्यस्तै गत वर्ष डेंगुका कारण ५८ जनाको मृत्यु भएको एजेन्सीले जनाएको छ।, त्यहाँको इपिडेमोलोजी युनिटले पाँच सहरमा बढी खतरा रहेको जानकारी दिएको छ। कोलोम...
सेतोपाटी ट्राफिक प्रहरीले उपत्यकामा विभिन्न बहाना बनाई यात्रु ठग्ने १२ हजार ७४९ ट्याक्सी चालकलाई कारवाही गरेको छ ।, महानगरीय ट्राफिक प्रहरी महाशाखाको टोलीले आर्थिक वर्ष २०७५-७६ मा कानूनविपरीतका कार्य गरी मिटरमा जान नमान्ने, मिटर बिगार्ने, भाडा अनियमितता गर्ने, बढी भाडा लिने ट्याक्सीका चालकलाई कारवाही गरेको हो ।, महाशा...
कमलेश मण्डल भारततर्फ तस्करीका गर्नका लागि लुकाइछिपाई राखिएको ९५० केजी मरिच प्रहरीले बरामद गरेको छ।, जिल्ला प्रहरी कार्यालय, महोत्तरीका प्रहरी उपरिक्षक श्यामकृष्ण अधिकारीले मोतीहानी नगरपालिका वडा नम्बर ८ स्थित रहिम लहेरी, जवाहर दर्जी तथा हकिम दर्जीको घरमा ३८ वटा बोरामा लुकाइ राखिएको अवस्थामा मरिच बरामद गरेको बताएका छन्...
समिक्षा अधिकारी धनगढी उपमहानगरपालिका-४ मा 'कपडा बैंक' सञ्चालनमा आएको छ। शिवपुरीधामको जग्गामा तीन दाजुभाइ मिलेर यो काम सुरू गरेका हुन्। गोपाल, श्याम, देवेन्द्र हमालले केही दिनअघि सञ्चालनमा ल्याएको 'कपडा बैंक'को सोमबार औपचारिक उद्घाटन भएको छ।, तीन वर्षअघि नै बनेको यो योजनाले सोमबारदेखि मूर्त रूप लिएको व्यवसायी गोपालले ब...
एजेन्सी बाढीका कारण भारतको केरला तथा कर्नाटक राज्यमा ज्यान गुमाउने संख्या १३१ पुगेको छ।, बाढीका कारण सोमबार साँझसम्म केरला राज्यमा ५७ जनाको निधन भएको छ भने कर्नाटकमा ४८ जनाको मृत्यु भएको छ भने १२ जना बेपत्ता रहेका छन्।, त्यसैगरी सो बाढिका कारण केरलमा ५७ जना बेपत्ता तथा ३२ जना घाइते भएको समाचार इण्डिया टुडेले लेखेको छ।...
सेतोपाटी संवाददाता विराटनगरका चामल व्यापारीको हत्या गर्न पाँच लाख भारतीय रुपैयाँ ‘डिल’ गरी आएका भारतीय ‘सुटर’लाई मोरङ प्रहरीले पक्राउ गरेको छ।, विराटनगर हाटखोलाका जितेन्द्र रायको हत्याका लागि भारू पाँच लाखमा डिल गरी आएका दुई सुटरसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको हो। पक्राउ पर्नेमा मन्नु गुप्ता, हरिनारायण झा र सार्...
सेतोपाटी संवाददाता ललितपुरको महालक्ष्मी नगरपालिका ९ मा डिप बोरिङमा लगाइएको ताला खोलिएको छ।, आइतबार वडा ९ का अध्यक्ष बासुदेव शर्मा गौतम, वडा ८ का वडाध्यक्ष विश्वराज श्रेष्ठ र नगर प्रमुख रामेश्वर श्रेष्ठबीच भएको छलफलपछि ताला खोलिएको हो।, ‘हामीबीच केही असमझदारी भएको थियो। हामीले छलफल गरेर कुरा मिलाइसक्यौ,’ वडाध्यक्ष गौतम...
सेतोपाटी धादिङको पृथ्वीराजमार्गको बेनीघाट रोराङ गाउँपालिका–३ सलाङघाटमा भएको बस दुर्घटनामा बेपत्ता भएका यात्रुको खोजीका लागि जिल्ला प्रशासन कार्यालय धादिङले छिमेकी चार जिल्लालाई खोजीकार्यमा सहयोग गर्न आग्रह गरेको छ ।, धादिङका प्रमुख जिल्ला अधिकारी भगीरथ पाण्डेले गोरखा, चितवन, पूर्वीनवलपरासी र तनहुँ पुगेर बेपत्ताको खोजी...
सेतोपाटी संवाददाता गोरखा नगरपालिका -१० को मनकामना बहिरा आवासीय माध्यमिक विद्यालयका कार्यालय सहयोगी श्यामहरि घिमिरेको शव जंगलमा भेटिएको छ।, विद्यालय नजिकै रहेको कुवाडी सामुदायिक वनमा मंगलबार बिहान घिमिरेको शव फेला परेको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी नायब उपरीक्षक महेन्द्र नेपालले जानकारी दिए।, घिमिरे सोमबार साँ...
सेतोपाटी एमबीएस प्रथम वर्षको तथ्याङ्कशास्त्र विषयको प्रश्नपत्र ‘आउट’ गर्ने पाँच जनालाई सोमबार पक्राउ गरिएको छ ।, जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार रामस्वरूप रामसागर बहुमुखी क्याम्पसमा सञ्चालनमा रहेको एमबीएस प्रथम वर्षको तथ्याङ्कशास्त्र विषयको प्रश्नपत्रको उत्तर तयार गरिएको पानाको ‘फोटोकपी’ गरिरहेको अवस्थामा उनीहरू...
सेतोपाटी बालुवा उत्खनन गरेको खाल्डोमा डुबेर नुवाकोटको ककनी गाउँपालिका–१ मा सोमबार दुईको मृत्यु भएको छ ।, ओखरपौवास्थित कोल्पुखोला किनारमा अवैधरूपमा बालुवा उत्खननको क्रममा बनेको खाल्डोमा परेकी स्थानीय १३ वर्षीया बिनिता बलामी र उनलाई बचाउन गएकी सिन्धुली फिक्कल गाउँपालिकाकी ३५ वर्षीया लक्ष्मी तामाङको डुबेर मृत्यु भएको नुव...
सन्जिब बगाले 'बुढाथोकी स्टोरबाट थोरै अगाडि बढेपछि तल झर्ने रोड आउँछ, म तपाईंलाई लिन आइरहेकी हुन्छु,' नविनाले यति भनेपछि बल्खु, कुमारी क्लबदेखि थोरै भित्र रहेको त्यो ठाउँमा हामी पुग्यौं। नविना सडकसम्म आइसकेकी थिइन्।, सफा र चिटिक्क तीन तले घरको एउटा फ्ल्याटमा नविनासँग छिर्यौं। भित्र पस्दै गर्दा नविनाका श्रीमान अर्जुन पौ...
सेतोपाटी संवाददाता सुदूरपश्चिम प्रदेश सरकारले जनै पूर्णिमाको अवसरमा बिहीबार बिदा दिने निर्णय गरेको छ।, साउन २२ गते बसेको मन्त्रिपरिषद् बैठकले जनै पूर्णिमाको अवसरमा बिदा दिने निर्णय गरेको थियो।, सोही अवसरमा प्रदेश नम्बर २ सरकारले पनि बिहीबार सार्वजनिक बिदा दिएको छ।, जनै पूर्णिमाका दिन सुदूरपश्चिम प्रदेशमा बिदा
सन्जिब बगाले साउन पहिलो साताको एक रात। केपी खनाल चाबहिलबाट ९ बजेतिर सामाखुसी चोक आइपुगे।, सामाखुसी चोकमा एक एम्बुलेन्सका चालक सडकमा फोहर फालिरहेका थिए। केपीले ती चालकलाई तुरून्तै फोहर टिप्न भने। चालक मानेनन्। केपी ती चालकको भिडियो खिच्न थाले।, भिडियो खिचेको थाहा पाएपछि चालकले एम्बुलेन्स दौडाए। केपीले एम्बुलेन्स पछ्याए...
सेतोपाटी संवाददाता माउन्टेन टेलिभिजनमा कार्यरत पत्रकार शालिकराम पुडासैनीको आत्महत्या प्रकरणमा एक युवतीलाई प्रहरीले पक्राउ गरेको छ।, जिल्ला प्रहरी कार्यालय चितवनले ओखलढुंगा घर भएकी अस्मिता कार्कीलाई बिहीबार काठमाडौंबाट पक्राउ गरेको हो।, चितवन प्रहरी प्रमुख प्रहरी उपरीक्षक दानबहादुर मल्लले कार्कीलाई चितवन ल्याएर थप अनुस...
प्रभाकर गौतम महिलाले कथा लेख्दैनन्।, सानो छँदा आन्विका गिरीलाई यस्तै लाग्थ्यो। उनले पढेका सबै कथा लेख्नेहरू पुरुष नै थिए।, सात/आठ कक्षा पुगेपछि बल्ल पाठ्यक्रममा पहिलो पटक महिला लेखिका देवकुमारी थापाको कथा पढ्न पाइन्। उनको बुझाइ फेरियो।, उनलाई लाग्यो रे, 'ए, महिला पनि कथा लेख्दा रहेछन्।', सानैदेखि कथा भनेपछि हुरुक्कै ह...
सेतोपाटी संवाददाता न्यूज २४ टेलिभिजनको कार्यालयबाट संचारकर्मी रवि लामिछाने पक्राउ परेका छन्।, महानगरीय प्रहरी परिसर, महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले लामिछानेलाई न्युज २४ को कार्यालयबाटै पक्राउ गरिएको परिसरका प्रहरी उपरीक्षक अशोक सिंहले बताए।, उनका अनुसार पक्राउपछि चितवनबाट आएको प्रहरी टोलीलाई जिम्मा लगाइएको छ।,...
सेतोपाटी संवाददाता बितेको सात महिनामा विभिन्न १ सय ४ देशका ८६ हजार ५ सय ३१ पर्यटकले बुद्धको जन्मस्थल लुम्बिनीको भ्रमण गरेका छन्। तीमध्ये १३ वटा मुलुकबाट भने एकएक जना मात्रै पर्यटक आएका छन्।, लुम्बिनी विकास कोषको तथ्यांक अनुसार सन् २०१९ को ७ महिनाको अवधिमा अल्बानिया, अल्जेरिया, अन्डोरा, सेलोभेनिया, पाराग्वे, पेरु, माल्...
सेतोपाटी संवाददाता प्रहरी प्रधान कार्यालयले नेपाल प्रहरीका ७९ जना प्रहरी नायब उपरीक्षक (डीएसपी) सरुवा गरेको छ।, बिहीबार प्रहरी प्रधान कार्यालयले भदौ महिनादेखिको तलब भत्तासमेत हाल सरूवा भएको दरबन्दीबाट खान पाउने गरी डीएसपीको सरुवा गरिएको जनाएको छ।, कसको सरुवा कहाँ ? (सूचीसहित),  , ७९ जना डीएसपीको सरूवा, को कहाँ...
सेतोपाटी संवाददाता सामाजिक विकृति तथा विसंगतिविरूद्ध कारबाही अभियान चलाएको धरान प्रहरीले १३ जनालाई जुवा-तास खेलिरहेको खालबाट पक्राउ गरेको छ।, इलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरी टोलीले १३ जना व्यक्तिलाई जुवाजन्य गतिविधि गरिरहेका बेला बिहीबार राति ८ बजे धरान-१६ पिण्डेश्वरीबाट रंगेहात पक्राउ गरेको हो।, धरानका प्...
सेतोपाटी संवाददाता फ्रान्सका लागि पूर्वराजदूत केशवराज झाको हत्यामा संलग्न भएको आशंकामा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।, झाको सुरक्षामा खटिएका सुरक्षा गार्ड सानुकान्छा तामाङलाई प्रहरीले आइतबार पक्राउ गरेको हो।, महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले उनलाई काभ्रेबाट पक्राउ गरेको हो। पक्राउ परेका तामाङमाथि अनुसन्धान थ...
सेतोपाटी संवाददाता काठमाडौं महानगरपालिकाले वडा २८ स्थित बुद्ध विहारलाई पुनर्निर्माणका लागि एक करोड रुपैयाँ अनुदान रकम हस्तान्तरण गरेको छ।, शनिबार आयोजित एक कार्यक्रममा मेयर विद्यासुन्दर शाक्यले रकम हस्तान्तरण गर्दै भने  ‘स्थानीय जीवनसँग जोडिएका धार्मिक तथा साँस्कृतिक महत्वका बहा, बहिल, द्यो छेँ, क्वापा छेँ, पाटी, सत्त...
सेतोपाटी संवाददाता झापा प्रहरीले बिहीबार साँझ शिवसताक्षी नगरबाट ठूलो परिमाणको गाँजा र त्यसका कारोबारीलाई पक्राउ गरेको छ।, इलाका प्रहरी कार्यलय झिलझिले र लागुऔषधविरुद्धको अभियन्ताले वडा नम्बर ११ दुधेबाट १२ किलो ग्राम परिमाणको गाँजा बरामद गरेको हो। जिल्ला प्रहरी कार्यालय झापाका अनुसार स्थानीय दिलबहादुर मगरको घरबाट ८ किल...
सेतोपाटी उदयपुर जिल्लाको तराई क्षेत्रका भूभागमा केही दिनदेखि डेङ्गु फैलन थालेको छ ।, केही हप्तायता आएर जिल्लाको पूर्वी क्षेत्रको बेलका चौदण्डीगढी, त्रियुगा नगरपालिकासहित जिल्लाको पश्चिमी क्षेत्रको कटारी क्षेत्रमा समेत  डेङ्गु फैलन थालेको छ ।,  जिल्ला स्वास्थ्य कार्यालय उदयपुरका अनुसार अहिले सबैभन्दा बढी डेङ्गु कटारी क...
सेतोपाटी सबै स्वास्थ्य संस्थामा ल्याब सेवा शुरु गर्ने रम्भा गाउँपालिका पाल्पा जिल्लाको पहिलो गाउँपालिका बनेको छ ।, बिरामीलाई मध्यनजर गर्दै स्वास्थ्य सेवाको दायरा फराकिलो बनाउन गाउँपालिकाभित्र रहेका सबै पाँच वडामा स्वास्थ्य संस्थामा ल्याब सेवा सञ्चालनमा ल्याइएको हो ।,  गाउँपालिकाका सबै स्वास्थ्य संस्थामा ल्याब, प्रसूति...
समिक्षा अधिकारी काठमाडौं हाडीगाउँका अर्मोन्तशमसेर राणा जन्मँदा केटा थिए। उनको हाउभाउ, बोली, लवाइ-खुवाइ केटाकै थियो। आफूलाई कुनै कोणबाट केटी जस्तो देख्थेनन् उनी।, एक दिन उनलाई कसैले सोच्न बाध्य तुल्याइदियो– तँ केटी होस् कि क्या हो? तेरो आँखा र ओठ केटीको जस्तो छ। आवाज त भन्नै पर्दैन। दुरुस्तै केटीको जस्तो।, दस वर्षका हु...
सेतोपाटी राष्ट्रिय वाणिज्य बैंक भरतपुर महानगरपालिका–१० स्थित चौबीसकोठी चोकमा रहेको भवनमा सोमबार बिहान आगलागी भएको छ ।, बिहान ७:३० बजेदेखि लागेको आगो डेढ घण्टामा नियन्त्रणमा आएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायब उपरीक्षक एकनारायण कोइरालाले जानकारी दिए ।, दुई तले सो भवनको आगलागीबाट तल्लो तलाका अधिकांश सामान जल...
सेतोपाटी पृथ्वीराजमार्गअन्तर्गत तनहुँको व्यास नगरपालिका–१२ कमलाबारीमा आइतबार भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् ।, मृत्यु हुनेमा भानु नगरपालिका–५ बस्ने ३९ वर्षीय सुदीपराज पौडेल रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ । दुर्घटनामा सोही ठाउँ निवासी ३४ वर्षीय प्रेमा न्यौपाने पौडे...
खिलानाथ ढकाल बैंकिङ कसुरको अभियोग लागेका कर्णाली सरकारका बर्खास्त मन्त्री खड्गबहादुर खत्रीलाई प्रहरीले ‘फरार’ सूचीमा राखेको छ। उनीउपर सरकारी छाप दस्तखत ‘कीर्ते’ गरेको अभियोगमा मुद्दा अघि बढाउँदै प्रहरीले ‘फरार’ सूचीमा राखेको हो। , बैंकिङ कसुरको अभियोग खेपिरहेका पूर्वमन्त्री खत्रीले अदालतले दिएको म्यादसमेत गुजारेपछि प्...
सेतोपाटी संवाददाता अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले मालपोत कार्यालय कास्कीका एक अधिकृतलाई घुस लिँदालिँदै मंगलबार साँझ पक्राउ गरेको छ।, आयोगको पोखरास्थित टोलीले मालपोत अधिकृत अभिनाश कुँवरलाई नगद ५९ हजार रुपैयाँसहित पक्राउ गरेको हो।, अधिकृत कुँवरले जग्गाको मूल्याङ्कन कम गरी राजश्व घटाइदिएवापत सेवाग्राहीबाट पोखर...
सेतोपाटी संवाददाता पूर्वी नवलपरासीको अरूण खोलामा आएको बाढीले डाइभर्सन बगाउँदा पूर्वपश्चिम राजमार्ग अवरूद्ध भएको छ।, एक साताअघि ट्रक ठोक्किएर पुल भत्किएपछि आवतजावतका लागि डाइभर्सन बनाइएको थियो।, ह्युमपाइप हालेर बनाइएको उक्त डाइभर्सन पनि आइतबारको बाढीले भत्काएपछि बाटो जाम भएको हो।, सुदुरपश्चिम, कर्णाली र प्रदेश पाँचबाट ...
सेतोपाटी संवाददाता सर्पदंशबाट दाङमा एक महिलाको मृत्यु भएको छ। तुलसीपुर उपमहानगरपालिका वडा नं. १२ कुईरेपानी निवासी ३१ बर्षीया बृहस्पती चौधरीको सर्पदंश वाट मृत्यु भएको छ ।, घरको दोस्रो तलामा सुतिरहेको समयमा मंगलबार बिहान २ बजेरित चौधरीलाई सर्पले टोकेको थियो ।, चौधरीलाई उपचारको लागि बाँकेको नेपालगञ्जतर्फ लैजाने क्रममा मं...
नारायण खड्का देब विकाश बैंक नारायणपुर शाखाका म्यानेजर पक्राउ परेका छन् ।, बैंकको १७ करोड रुपैयाँ आर्थिक हिनामिना गरेको अभियोगमा बैंकका म्यानेजर समिर बुढाथोकी पक्राउ परेका हुन । बुढाथोकी माथि बैंकको १७ करोड रकम घोटाला गरेको अभियोग लागेको छ ।, प्रहरीले उनलाई गएराति घोराही उपमहानगरपालिका वडा नं. १० नारायणपुर क्षेत्रबाट प...
सेतोपाटी संवाददाता दाङमा स्रोत नखुलेको झन्डै १६ लाख भारतीय रकमसहित ५ व्यक्ति पक्राउ परेका छन् । पक्राउ पर्नेमा एक महिलासहित चार पुरुष रहेका छन् ।, दाङको तुलसीपुर उपमहानगरपालिका वडा नं. ५ बरुवागाउँ निवासी २७ बर्षीय हिराबहादुर विक, बाँके जिल्लाको कोहलपुर नगरपालिका वडा नं. २ प्रेमनगर निवासी ४२ बर्षीय सुरेश विक, सोही ठाउँ...
सेतोपाटी संवाददाता कतार एयरवेजको जेटबाट दोहादेखि काठमाडौं आउँदै गरेका एक व्यक्ति लागुऔषध कोकिनसहित पक्राउ परेका छन्। लागुऔषध नियन्त्रण ब्युरोको टोलीले आईभेरिकोष्टका नागरिक मार्सेल गुइहालाई बुधबार विमानस्थलबाट पक्राउ गरेको हो।, ब्युरो प्रमुख डिआइजी दिनेश अमात्यले ३५ वर्षीय मार्सेललाई एक केजी ६०० ग्राम कोकिनसहित पक्राउ ...
समिक्षा अधिकारी गत वैशाख १८ गते ढल्कोमा एक युवतीमाथि 'काँटी' आक्रमण भयो। त्यसअघि पनि 'सिरिन्ज' आक्रमणका घटना सुनिएका थिए।, शृंखलाबद्ध 'सिरिन्ज' आक्रमण प्रहरीको टाउको दुखाइ बनेको थियो। सर्वसाधारणलाई आतंकित बनाउने घटना पनि। उपत्यकाका विभिन्न स्थानमा 'सिरिन्ज' आक्रमणका घटना र हल्ला चलिरहेका बेला प्रहरीले अनुसन्धान थाल्यो...
सेतोपाटी संवाददाता जुवा खेलाउन ‘लाइन मिलाइदिनुपर्‍यो’ भन्दै महानगरीय प्रहरी परिसर भक्तपुरको कार्यालयमा गएका एक व्यक्तिलाई चालीस हजार रकमसहित प्रहरीले पक्राउ गरी अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई जिम्मा लगाएको छ।, सिन्धुपाल्चोक चौतारा गाउँपालिका–१ घर भई भक्तपुर नगरपालिका–१ मा बसोबास गरिरहेका ५६ वर्षीय गंगालाल श्रेष्ठ...
सेतोपाटी संवाददाता पर्साका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईलाई मोबाइलमा मेसेज पठाएर बम विस्फोट गराउने धम्की दिएका तीन जनालाई प्रहरीले पक्राउ गरेको छ।, वीरगन्जको बिर्ता हाटबजारमा पटाका पड्काएर आतंकित पार्दै आएको तीन जनाको समूहलाई पर्सा प्रहरीले चार राउन्ड गोलीसहित बिहीबार पक्राउ गरेको हो। सोही समूहले बम विस्फ...
एजेन्सी योगगुरू बाबा रामदेवका नजिकका सहयोगी आचार्य बालकृष्ण अस्वस्थ भएपछि अस्पताल भर्ना गरिएको छ।, स्वास्थ्यमा समस्या आएपछि शुक्रबार करिब अपरान्ह ४ बजे उनलाई ऋषिकेशस्थित एम्समा भर्ना गरिएको भारतीय सञ्चार माध्यमले जनाएका छन्।, पतञ्जली योगपिठका अनुसार उनलाई पहिला हरिद्वारस्थित अस्पतालमा लगिएको थियो। तर अस्पतालले उनलाई ए...
सेतोपाटी काठमाडौँको सिनामङ्गलमा दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ भने चारजना घाइते भएका छन् ।, सिनामङ्गल कार्गो कार्यालय अगाडि आइतबार राति तीनकुनेबाट गौशालातर्फ जाँदै गरेको बा २ ख ४३१७ नम्बरको टिपरले बा ८५ प ५६९, बा ३८ प २३९३ र ना ४३ प ८७३५ नम्बरको तीनवटा मोटरसाइकललाई ठक्कर दिँदा एकजनाको घटनास्थलमा मृत्यु भएको हो ।...
सेतोपाटी संवाददाता दाङको घोराहीमा पोखरीमा डुबेर एक जनाको मृत्यु भएको छ।, घोराही उपमहानगरपालिका वडा नं. १८ गिठेपानी निवासी ५० वर्षीय देउचन रोकाको मानव निर्मित पोखरीमा डुबेर मृत्यु भएको छ।, रोका शनिबार बिहान तालमा डुबेको अवस्थामा मृत फेला परेका हुन्।, शुक्रबार कृष्ण जन्माष्टमीको अवसरमा गाउँघरमा हुने नाच हेर्न भनि रोका घ...
नारायण खड्का थारू समुदायमा महिलाहरूले श्रीकृष्ण जन्माष्टमी पर्वलाई विशेष महत्वका साथ मनाउने गर्छन्।, भदौ महिनाको कृष्ण पक्षको अष्टमी तिथिमा यो पर्व पर्ने हुँदा थारु भाषामा यसलाई ‘अष्टिम्की’ भन्ने गरिन्छ।, अष्टमी पर्वमा थारू महिलाहरू एकाबिहानै घरका सदस्यहरू सँगै बसेर सामूहिक रुपमा दर खाने गर्छन्। त्यही दरको आडमा किशोरी...
प्रशन्न पोखरेल नेपालमा सार्वजनिक शिक्षाको अवस्था कस्तो छ?, शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव खगराज बरालले कक्षा १ को किताबमा पढेको कविताबाट बुझाउने कोशिस गरे।, ‘कुखुरी काँ,, बासी भात खाँ, ‍………….., ………….., खोइ गाई? खोलाले बगायो,, खोइ खोलो, सुक्यो।’, यो कविताको अर्थ आफूले सचिव भएपछि बुझेको उनले सुनाए।, ‘कविताम...
सेतोपाटी सुनसरीको भोक्राहा नरसिंह गाँउपालिका–५ मा आइतबार साँझ एक जनाको छुरा प्रहार गरी हत्या भएको छ ।, स्थानीय मुर्ताज मियाँले धरिलो हतियार प्रहार गरेर वहाव मियाँको हत्या गरेको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी निरीक्षक अर्जुन पोखरेलले जानकारी दिएका हुन् ।, घरायसी झगडाका कारण मुर्ताज मियाँले छुरा प्रहार गर्दा वहा...
सेतोपाटी संवाददाता रोल्पाको परिवर्तन गाउँपालिका वडा नम्बर २ को कार्यालयमा बम विस्फोट भएको छ।, आइतबार राति अज्ञात समूहले विस्फोट गराउँदा कार्यालयको ढोकामा क्षति पुगेको छ।, प्रहरी नायव उपरीक्षक दीपक खड्काका अनुसार घटनास्थलमा प्रहरी पुगिसकेका छन्।, ‘वडा कार्यालयमा आगजनी भएको रहेछ, धेरै क्षति पुगेको छैन,’ उनले सेतोपाटीसँग...