content
stringlengths
20
64.1k
सेतोपाटी संवाददाता रौतहट गढीमाई नगरपालिका-३ लक्ष्मीपुर मुसरीटोलकी एक महिलाको हत्या भएको छ।, दुई साता नपुग्दै रौतहटमा हत्याको यो दोस्रो घटना हो।, प्रहरीका अनुसार ३५ वर्षीया मिन्त्रादेवी बैठाको आइतबार साँझ हत्या भएको हो। प्रहरीलाई सवा ६ बजे हत्याको खबर आएको थियो। , घाँस काट्न गएकी ती महिलालाई घाँटीमा सारीको फेरोले कसेर ...
सेतोपाटी संवाददाता पूर्वाञ्चल विश्वविद्यालयले स्नातक र स्नातकोत्तर तहको परीक्षा वैकल्पिक विधिबाट लिने निर्णय गरेको छ।, विश्वविद्यालयको सोमबार बसेको कार्यकारी परिषद् बैठक र आइतबार बसेको प्राज्ञिक परिषद् बैठकले स्नातक तथा स्नातकोत्तर तहको नियमित तर्फका परीक्षा वैकल्पिक विधिबाट सञ्चालन गर्ने निर्णय गरेको हो।, परीक्षा निय...
सेतोपाटी संवाददाता सोमबार देशभर कोरोनाका ८ सय ९९ संक्रमित थपिएका छन्।, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार विगत २४ घण्टामा सो संख्याका संक्रमित थपिएका हुन्। यीसहित हालसम्म संक्रमित हुनेको संख्या ३९ हजार ४ सय ६०  पुगेको छ। यसअघि आइतबारमात्र १२२१ जना कोरोना संक्रमित थपिएका थिए।, विगत २...
सेतोपाटी संवाददाता बौद्धमा झण्डै तीन लाख रकमसहित जुवातास खेल्ने १२ जनालाई प्रहरीले पक्राउ गरेको छ।, शनिबार दिउँसो काठमाडौं महानगर-६ बौद्ध सिमलटारबाट प्रहरीले १२ जनालाई पक्राउ गरेको हो।, उनीहरू ३६ वर्षीय दावा शेर्पाको घरमा जुवा खेलिरहेका थिए। प्रहरीले उनलाई पनि पक्राउ गरेको नेपाल प्रहरीले जनाएको छ।, महानगरीय प्रहरी वृत...
सेतोपाटी संवाददाता काठमाडौं उपत्यकामा थप २ सय ९८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।, सोमबार स्वास्थ्य मन्त्रालयका प्रवक्ता प्रा. डा जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा थप २ सय ९८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो। त्यसमध्ये काठमाडौंका १ सय ९० जना, ललितपुरका ६७ जना र भक्तपुरमा ४१ जना छन्।, उनीह...
सेतोपाटी च्याउ खेतीका लागि पराल काट्ने क्रममा थ्रेसर यन्त्रले टाउको च्यापेर आइतबार झापा, कनकाई नगरपालिकामा एक व्यक्तिको ज्यान गएको छ।, कनकाई –२ निवासी २४ वर्षीय विकास लिम्बूको चलिरहेको थ्रेसर मेसिनले टाउको च्यापेर घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।,  जिप्रका झापाका प्रवक्ता राकेश थापाका अनु...
सेतोपाटी संवाददाता काठमाडौं महानगरपालिका वडा नम्बर १६ बालाजुमा रहेको जनमैत्री अस्पताल सोमबारदेखि सञ्चालनमा आएको छ।, २०७२ सालपछि बन्द रहेको उक्त अस्पताललाई सरकारले हालै कोरोनाका बिरामी उपचारका लागि खुलाउने निर्णय गरेको थियो। यो अस्पताल केन्द्र सरकार मातहतको हो।, ‘आजदेखि अस्पताल सञ्चालनमा ल्याएका छौं,’ वडाध्यक्ष मुकुन्द...
सेतोपाटी कास्की प्रहरीले सरकारी छाप किर्ते मुद्दामा दोषी ठहरिएका तीन जना फरार प्रतिवादी पक्राउ गरेको छ।, पर्वतको मोदी गाउँपालिका–६ तिलाहर घर भई चाउथेमा व्यापार गर्ने निर्दोष गिरी, पोखरा महानगरपालिका–३३ का ऋषिराम गिरी र पोखराको हरिचोकका असिम भण्डारीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता सुवास हमालले जानकार...
एजेन्सी विश्व स्वास्थ्य संगठन(डब्लुएचओ)ले कोरोना भाइरसको खोपलाई अनुमति दिने प्रक्रियालाई गम्भीरतापूर्वक लिन आवश्यक रहेको बताएको छ।, संगठनकी प्रमुख वैज्ञानिक सोम्या स्वामीनाथनले पत्रकारहरूसँग कुरा गर्दै सबै देशसँग परीक्षण पूरा नभइ उपचारको अनुमति दिने अधिकार भएपनि यसलाई हलुका ढंगले लिन नहुने बताएकी छन्।, डब्लुएचओले हाल ...
सेतोपाटी संवाददाता काठमाडौं उपत्यकामै सबभन्दा बढी जाम हुने कोटेश्वर-जडिबुटी सडकखण्ड ८ लेनमा विस्तार गर्ने काम सुरू भएको छ।, यसअघि ४ लेन रहेको सडकलाई अब ८ लेनको बनाउन लागिएको भौतिक पूर्वाधार तथा यातायात मन्त्री वसन्त नेम्वाङले सेतोपाटीलाई बताए।, सडक आठ लेनमा विस्तार भएपछि पिक आवरमा घण्टौंसम्म जाममा बस्नुपर्ने बाध्यताको...
रूमा रिजाल विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा धरानमा उपचाररत् सिरहाका ६५ वर्षीय कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ।, सिरहाको मिर्चैया-६ निवासी उनको सोमबार राति साढे ९ बजे मृत्यु भएको प्रतिष्ठानका प्रवक्ता डा. निगदेश सापकोटाले जानकारी दिएका छन्।, सापकोटाका अनुसार उनलाई गत भदौं १० गते विराटनगरस्थित विराट मेड...
सेतोपाटी संवाददाता महोत्तरीका एक स्वास्थ्यकर्मीमा मृत्युपछि कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ।, मनरा शिसवा नगरपालिका-४ का ४० वर्षीय स्वास्थ्यकर्मीको मृत्युपछि कोरोना पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय महोत्तरीका प्रमुख नगेन्द्र चौधरीले जानकारी दिए।, उनका अनुसार मृतक पुरूष गाउँमै औषधी पसल चलाउँथे। एचए पढेका उनी गा...
सेतोपाटी संवाददाता धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत ६५ वर्षीय कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ। , सिरहाको मिर्चैया-६ निवासी उनको सोमबार राति साढे ९ बजे मृत्यु भएको प्रतिष्ठानका प्रवक्ता डा. निदेश सापकोटाले जानकारी दिए। , उनलाई गत भदौं १० गते विराटनगरस्थित विराट मेडिकल कलेजबाट धरान रिफ...
राजेश घिमिरे चितवनका थप ३५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।, भरतपुर अस्पताल कोभिड–१९ प्रयोगशाला र धुलिखेलस्थित प्रयोगशालाबाट सोमबार राति प्राप्त रिपोर्टमा थप ३५ जनामा कोरोना पोजेटिभ देखिएको छ।, उनीहरुमध्ये ३१ जना भरतपुर महानगरपालिका भित्रका छन्।, भरतपुर अस्पताल कोभिड–१९ प्रयोगशालाका प्रमुख डा.नितु अधिकारीकाअनुसार य...
सेतोपाटी कोरोना संक्रमण पुष्टि भएपछि विगत १४ दिनदेखि होम आइसोलेसनमा रहेका वागमती प्रदेशकी उपसभामुख राधिका तामाङ कोरोना मुक्त भएकी छन्। उपसभामुख तामाङले सोमबार सामाजिक सञ्जालमार्फत आफू र छोराको समेत कोरोनाको पुनःपरीक्षण गर्दा निगेटिभ रिपोर्ट आएको जानकारी दिएकी हुन्।, उपसभामुख तामाङले आफ्नो स्वास्थ्यको चिन्ता र सद्भावसह...
सेतोपाटी सुर्खेतको सुब्बाकुनामा १३२ केभी प्रसारण लाइनको सबस्टेशन निर्माणमा ढिलाइले विद्युत् आपूर्तिमा समस्या देखिएको छ।, चार वर्षदेखि सुब्बाकुनामा सबस्टेशन निर्माणको प्रक्रिया अघि नबढ्दा कर्णालीका पाँच जिल्लामा विद्युत् आपूर्तिमा समस्या देखिएको हो।,  सबस्टेशन निर्माणका लागि जग्गा अधिग्रहण भइसकेको छ।, हाल सुर्खेत, दैले...
निशा भण्डारी जिल्ला प्रशासन कार्यालय ललितपुरले महानगरपालिका रिङरोडभित्र शुक्रबार कर्फ्यू आदेश जारी गरेको छ।, शुक्रबार बिहान ४ देखि राति १० बजेसम्म कर्फ्यू आदेश जारी गरिएको हो। अहिले ती क्षेत्र सुनसान छन् भने सुरक्षा जाँचमा कडाइ गरिएको छ। अत्यावश्यकबाहेक कसैलाई पनि बाहिर निस्कन दिइएको छैन।, कोरोना संक्रमणमा भीडभाड बढेक...
खिलानाथ ढकाल ट्राफिक प्रहरी प्रभाग मंगलबजारमा कार्यरत् प्रहरी जवान कमलप्रसाद घिमिरे बिहीबार नटोल डाइभर्सनमा थिए। यो ललितपुर महानगरपालिकाको पछाडिपट्टि हो।, सवारी साधनहरूलाई ‘डाइभर्ट’ गर्दै ड्युटी गरिरहेका थिए। उनको साथमा प्रहरी सहायक निरीक्षक कृष्ण घलान पनि थिए।, रातो मच्छिन्द्रनाथको रथ ल्याउनेहरूको भीडभाड बढिरहेको थिय...
युनिक श्रेष्ठ बिहीबार राति नौ बजेतिर काठमाडौं महानगरपालिका-१५ स्वयम्भुस्थित मनमोहन अस्पतालको आकस्मिक कक्षमा दुई समूहबीच झडप भएको छ।, अस्पतालका अनुसार झडप हुँदा अज्ञात समूहले घाइतेहरूमाथि कुटपिट गरेका थिए भने नर्स, चिकित्सक, प्यारामेडिक्स तथा सुरक्षा गार्डहरूमाथि समेत हातपात भएको थियो।, अस्पतालले शुक्रबार विज्ञप्ति जार...
सेतोपाटी संवाददाता रुपन्देहीको भैरहवामा थप एक जना कोरोना संक्रमितको मृत्यु भएको छ। भीम अस्पतालको आइसियूमा उपचाररत् संक्रमितको एक्कासि हृदयघात हुँदा मृत्यु भएको अस्पतालले जनाएको छ।, आइसियूमा उपचार गराइरहेका बुटवल उपमहानगरपालिका वडा नं. ६ का ५७ वर्षीया पुरूषको हृदयघातपछि मृत्यु भएको हो।, अस्पतालका सूचना अधिकारी डा.नाराय...
राजेश घिमिरे कलेज अफ मेडिकल साइन्सेज शिक्षण अस्पताल चितवनका स्वास्थ्यकर्मीले दुई महिनादेखि तलब नपाएको गुनासो गरेका छन्। कोरोना भाइरसको महामारीका बीच फ्रन्टलाइनमा खटेका उनीहरूलाई तलब नपाउँदा परिवार धान्नै मुस्किल भएको छ।, अस्पताल प्रशासनसँग पटक-पटक अनुरोध गर्दा पनि समयमै तलब पाउन नसकिएको यहाँ कार्यरत नर्सहरूले बताए।, ‘...
रासस ‘वर्षा र सहकालका देवता’ रातो मच्छिन्द्रनाथको यसवर्ष भोटो जात्रा नहुने भएको छ।, बुगद्यः जात्रा व्यवस्थापन कार्यदल १९ औं जातीय खलः पुचःका संयोजक चन्द्र महर्जनले कोभिड महामारीका कारण मुलुकमा दिनानुदिन कोरोना संक्रमित थपिँदै गएकाले सो जोखिम कम गर्न आज करुणामयको क्षमापुजा गरिने, आउँदो २१ गते सोह्रखुट्टे पाटीसम्म रथ ता...
निशा भण्डारी स्थानीय युवा र गुठीयारहरूले रातो मच्छिन्द्रनाथको रथ तानेर पुल्चोकको बीच सडकमा ल्याएका छन्। , लामो समयदेखि थाती रहँदै आएको रातो मच्छिन्द्रनाथको रथलाई निषेधाज्ञाकै बीच तानिएको हो। मलमास अगाडि नै मच्छिन्द्रनाथलाई बुंगमती लग्नुपर्ने प्रचलन कारण अधीर भएका स्थानीय सयौंको संख्यामा पुल्चोकमा जम्मा भएका थिए। रथ ता...
एजेन्सी लगातार दोश्रो दिन पनि ८३ हजार बढी संक्रमित फेला परेको भारतमा हालसम्म ३९ लाख ३६ हजार जनालाई कोरोना संक्रमण भइसकेको छ।, बिबिसी हिन्दीमा प्रकाशित समाचारका अनुसार भारतले गर्दै आएको कोरोना परीक्षणको नतिजाले परीक्षण गरिएका प्रत्येक १२ जना मध्ये एक व्यक्तिमा संक्रमण पुष्टि हुने गरेको छ।, इण्डियन काउन्सिल अफ मेडिकल रि...
नारायण महर्जन बिहीबार झडप भएपछि रोकिएको रातो मच्छिन्द्रनाथको रथ आइतबार अपरान्ह  तानिएको छ।, सीमित मानिसहरूको उपस्थितिमा आइतबार दिउँसो रथ तानिएको हो।, रथ तान्ने ठाउँ दमकल, पुल्चोकलगायत क्षेत्रमा सुरक्षा व्यवस्था कडा बनाइएको जिल्ला प्रशासन कार्यालय ललितपुरले जनाएको छ।, आज रथलाई ललितपुर महानगरपालिका अगाडि सोह्रखुट्टे पार...
निशा भण्डारी ललितपुर महानगरमा लगाइएको कर्फ्यूबीच शुक्रबार रातो मच्छिन्द्रनाथको क्षमापूजा सुरू भएको छ।, निशेधाज्ञा तोड्दै रथ तान्ने क्रममा स्थानीय र प्रहरीबीच बिहीबार भएको झडपपछि जात्रा व्यवस्थापन कार्यदल तथा ज्यापु समाजको बैठकले क्षमापूजा गर्ने निर्णय गरेको थियो। त्यही बैठकले सबै सरोकारवालाको सहमतिमा रातो मच्छिन्द्रना...
सेतोपाटी संवाददाता बुटवलस्थित धागो कारखानामा रहेको कोरोना विशेष आइसोलेसन अस्पतालमा थप दुईजना कोरोना संक्रमितको मृत्यु भएको छ।, लुम्बिनी प्रादेशिक अस्पतालद्वारा संचालित आइसोलेसन अस्पतालमा नवलपरासीकी एक महिला र बुटवलका एक पुरुषको मृत्यु भएको हो।, अस्पतालका कोरोना फोकल पर्सन डा. सुदर्शन थापाले पश्चिम नवलपरासीको प्रतापपुर...
रुमा रिजाल सुनसरीको इनरुवा नगरपालिका-९, बबियाकी अलबिना १९ वर्ष पुगिन्। यो उमेरमै उनी धेरैका लागि सहयोगी र केहीका लागि आँखाको कसिंगर बनेकी छन्।, बबियामा मुस्लिम समुदायको बाक्लो बसोबास छ। यहाँ छोरी मान्छेहरू विरलै घरबाट बाहिर निस्कन्छन्। अलबिनालाई भने उनको परिवारले समाजमा जनचेतना जगाउन हौसला दिइरहेको छ। , आफ्नी आमा सहजा...
सेतोपाटी काभ्रेपलाञ्चोकका सात स्थानीय तह हाल कोरोनामुक्त छन्।, सात गाउँपालिका कोरोनामुक्त अवस्थामा छन्। , जिल्लाका १३ स्थानीय तहमध्ये मण्डन देउपुर नगरपालिका तथा रोशी, बेथानचोक, तेमाल, महाभारत, खानीखोला र चौंरीदेउराली गाउँपालिका कोरोनामुक्त भएका हुन्।, कूल संक्रमितमध्ये सबैभन्दा बढी ४३ प्रतिशत सक्रिय संक्रमित बनेपा नगर...
एजेन्सी पाकिस्तानको पूर्वी पंञ्जाब प्रान्तको चकवाल जिल्लामा शुक्रवार घर भत्किँदा कम्तीमा १० व्यक्तिको ज्यान गएको उद्धारकर्मीहरूले बताएका छन्।, उक्त क्षेत्रका उद्धारकर्मीहरूले स्थानीय सञ्चारमाध्यमलाई दिएको जानकारी अनुसार एउटा घरको छत खसी अर्को घरमाथि पर्दा चार जनाको मृत्यु भएको र अन्य थुप्रै घाइते भएका छन्।, घटनापछि उद...
सेतोपाटी संवाददाता काठमाडौं उपत्यकामा आइतबार थप ३ सय ५४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।, स्वास्थ्य मन्त्रालयका प्रवक्ता प्रा.डा जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घन्टामा थप ३ सय  ५४  जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो।, त्यसमध्ये काठमाडौंका २ सय ९०, ललितपुर र भक्तपुरका ३२-३२ जना छन्। उनीहरूको विभि...
सेतोपाटी संवाददाता सरकारी प्रयोगशालाहरूले आफ्नो परीक्षण क्षमताको ५० प्रतिशतलाई शुल्क लिएर परीक्षण गर्न पाउने भएका छन्।, स्वास्थ्य मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले सरकारी प्रयोगशालाहरूलाई कुल क्षमताको ५० प्रतिशत सम्म मापदण्डमा नपरेका व्यक्तिहरूको सशुल्क परीक्षण गर्न पाउने गरी निर्णय गरिएको जानकारी दिए।, यसअघ...
सेतोपाटी संवाददाता रुकुम पश्चिममा १६ किलो प्रतिबन्धित लागुऔषध अफिमसहित तीन जना पक्राउ परेका छन्।, पक्राउ पर्नेमा जाजरकोट जिल्लाको नलगार्ड नगरपालिका वडा नं. ९ का ३७ वर्षीय प्रेमबहादुर सिंह, ४० वर्षीय मानबहादुर सिंह र ३२ वर्षीय तपबहादुर सिंह छन्।, जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमबाट खटिएको प्रहरी र कर्णाली प्रदेश प्र...
सेतोपाटी पहाडी जिल्ला लमजुङमा चितुवाका चार बच्चा एकै ठाउँमा भेटिएका छन्।, सोमबार साँझ जिल्लास्थित बेँसीशहर नगरपालिका –२ किरेपानी सामुदायिक वन नजीकै विष्णु थापाको पुरानो घरमा चितुवाका बच्चा फेला परेका हुन्।, स्थानीयावसी कृष्ण केसीका अनुसार मान्छे नबस्ने सो स्थानमा चितुवाको बच्चा भेटिएपछि डिभिजन वन कार्यालय लमजुङलाई खबर...
सेतोपाटी संवाददाता सोमबार वीरगन्जमा थप एक जना कोरोना संक्रमित व्यक्तिको मृत्यु भएको छ। महागढीमाई नगरपालिका-१० निवासी ६० वर्षीय संक्रमित पुरुषको वीरगन्ज हेल्थ केयरमा उपचारको क्रममा मृत्यु भएको हो। , उनको सोमबार राति १० बजे मृत्यु भएको नारायणी अस्पतालका प्रवक्ता डा. अतुलेश चौरसियाले जानकारी दिए। , उनलाई गत भदौं १४ गते अ...
सेतोपाटी संवाददाता विभिन्न शिक्षण संस्थानहरूमा अध्ययनरत् विद्यार्थीहरूलाई कोरोना रोकथामका लागि स्वयंसेवकको रुपमा खटाइने भएको छ।, स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले स्वास्थ्य विधामा अध्ययनरत् विध्यार्थीहरूलाई कोरोना रोकथामा लागि खटाउन सम्झौता भएको जनाए।, उनले अब स्वास्थ्य सेवा विभागले आवश्यक्ता अनुसार त...
एजेन्सी साउदी अदालतले सोमबार सन् २०१८ साउदी अरबका पत्रकार जमाल खाशोग्गीको हत्या गरेको आरोपमा आठ जना प्रतिवादीलाई सात वर्षदेखि २० वर्षसम्मको जेल सजाय सुनाएको त्यहाँको सरकारी सञ्चारमाध्यमले जनाएको छ।, सार्वजनिक अभियोजन सेवालाई उद्धृत गर्दै साउदी प्रेस एजेन्सीले भनको छ, 'अपराधी मध्ये पाँच जनालाई २० वर्ष जेल र अन्य तीनलाई...
एजेन्सी कोरोनाभाइरसको महामारीका कारण बन्द भएका कम्बोडियाका विद्यालयहरू पुनः खुल्न थालेका छन्।, सरकारी अधिकारीहरूले झण्डै छ महिनादेखि बन्द भएका विद्यालयहरू सोमबारबाट पुनः सञ्चालन हुन थालेको जानकारी दिएका छन्।, शिक्षा मन्त्री हाङ चौन नारोनले विद्यालय सञ्चालन गर्दा आधारभूत स्वास्थ्य मापदण्ड भने पुरा गर्नुपर्ने व्यवस्था ग...
सेतोपाटी कञ्चनपुरको बेलौरी नगरपालिका–१० नेपाल–भारत सीमास्थित दशगजा क्षेत्रबाट लागु पदार्थ ब्राउन सुगरसहित दुई जनालाई सशस्त्र प्रहरीले सोमबार साँझ पक्राउ गरेको छ।, सशस्त्र प्रहरीको बोर्डर आउट पोष्ट भुडाका सशस्त्र प्रहरी निरीक्षक गोविन्द थापाको नेतृत्वको टोलीले एक ग्राम ब्राउन सुगरसहित दुई जनालाई पक्राउ गरेको हो।, पक्रा...
सेतोपाटी बैतडीका दुई शिक्षकमाथि आफ्नै विद्यालयमा अध्ययनरत एक छात्रालाई बलात्कार गरी गर्भवती बनाएको आरोप लागेको छ।, जिल्लाको दुर्गम सिगास गाउँपालिकाका शिक्षकले नै आफ्नै विद्यालयकी छात्रालाई बलात्कार गरेको आरोप लागेको हो। पीडित किशोरी बलात्कर भएपछि अर्कैसँग भागेर बिहे गरेको र छ महिनामै छोरी जन्मिएपछि बलात्कार गरेको कुरा...
सेतोपाटी संवाददाता स्वास्थ्यकर्मीलाई कोरोना संक्रमण पुष्टि भएपछि लुम्बिनी प्रादेशिक अस्पताल बुटवलको एनआइसियू शाखाको सेवा बन्द गरिएको छ।, उक्त शाखामा कार्यरत् ५ जना स्वास्थ्यकर्मी र कर्मचारीलाई कोरोना संक्रमण पुष्टि भएपछि सेवा बन्द गरिएको हो।, अस्पताल प्रशासनका अनुसार स्वास्थ्यकर्मी र कर्मचारीमा संक्रमण पुष्टि भएपछि उक...
सेतोपाटी संवाददाता धनुषामा एक बालिकामाथि बलात्कार भएको घटना सार्वजनिक भएको छ।, जिल्लाको लक्ष्मीनियाँ गाउँपालिका वडा नम्बर-२ सिनुरजोडाकी १४ वर्षीया एक बालिकामाथि शनिबार दिउँसो बलात्कार भएको हो।, गत भदौ २० गते शनिबार दिउँसो ३ बजे गाउँकै स्थानीय ५५ वर्षीय पुरूषले आफैंले गर्दै आएको किराना पसल नजिकै साथीहरूसँग खेलिरहेकी बा...
सेतोपाटी शहर र सुविधासम्पन्न ठाउँमा बालबालिकाले १२ महिना खोप पाए पनि उपल्लो डोल्पाका बालबालिकाले मुस्किलले छ महिना खोप पाउने गरेका छन्।, भौगोलिक विकटता र अत्यधिक चिसोका कारण उपल्लो डोल्पाका चार स्थानीय तहका बालबालिकाले छ महिना खोपविहीन बन्नुपरेको हो। वैशाखदेखि असोजसम्म मात्र उपल्लो डोल्पाका बालबालिकाले खोप पाउने गरेको...
सेतोपाटी संवाददाता सहकारी संस्थाको ५ करोड ६७ लाख हिनामिना गरी फरार भएका व्यक्ति पक्राउ परेका छन्।, महानगरीय अपराध महाशाखाको टोलीले ललितपुर महानगरपालिका २३ धापाखेलमा लुकिछिपी बसिरहेको अवस्थामा सोमबार ४४ वर्षीय राजकाजी खड्गीलाई पक्राउ गरेको हो। उनको घर काठमाडौं– ३१ मा हो।, महाशाखाका प्रवक्ता एसपी ईश्वर कार्कीका अनुसार २...
राजेश घिमिरे क्यान्सरको उपचारका लागि भदौ १७ गते भरतपुर आइपुगेकी धनुषाकी सूर्यकला देबीले केही दिन पछि कोरोना परीक्षणको अवसर पाइन्।, भोलिपल्ट बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालले उनको स्वाब निकालेर परीक्षणका लागि पठायो। चार दिनमा रिपोर्ट आयो।, भरतपुर अस्पतालको कोभिड-१९ परीक्षण प्रयोगशालाले भदौ २२ गते सोमबार सार्वजनि...
युवराज श्रेष्ठ कोरोना भाइरस संक्रमणका कारण पोखरामा मंगलबार दिउँसो एक जना वृद्धाको मृत्यु भएको छ।, पश्चिमाञ्चल क्षेत्रीय अस्पताल अन्तर्गत कोभिड–१९ उपचार केन्द्रको आइसियूमा उपचाररत् ७३ वर्षीया महिलाको मंगलबार दिउँसो मृत्यु भएको अस्पतालका निर्देशक डा. अर्जुन आचार्यले बताए।, पोखरा १० की वृद्धा बिरामी भएपछि पोखराकै मेडिप्ल...
युवराज श्रेष्ठ पोखराका निर्माण व्यवसायी राजु रानाभाटलाई गत साता काठमाडौं जानुपर्ने भयो। , काठमाडौं जान पिसिआर परीक्षणको रिपोर्ट चाहिने भएपछि उनी पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पुगेर स्वाब दिए। भोलिपल्ट रिपोर्ट नेगेटिभ आयो, काठमाडौं गए। , आफुखुसी पिसिआर परीक्षण गर्न चाहनेलाई अस्पतालले शुल्क लिने गरेको छ। रानाभाटले गत सा...
राजेश घिमिरे भरतपुर अस्पतालमा उपचाररत् कोरोना संक्रमित वृद्धको मृत्यु भएको छ।, नवलपुरको देवचुली नगरपालिका–१ बस्ने ६४ वर्षीय वृद्धको मंगलबार साँझ उपचारका क्रममा मृत्यु भएको अस्पतालका सूचना अधिकारी लिलाधर पौडेलले जानकारी दिए।, केही समयदेखि मिर्गौलाको डायलासिस गराइरहेका ती वृद्धमा भदौ १७ गते कोरोना संक्रमण पुष्टि भएको थि...
सेतोपाटी संवाददाता झापामा एकै घरका १० सदस्यमा कोरोना संक्रमण पुष्टि भएको छ। , कनकाई नगरपालिका-३ स्थित  एक घरका सम्पूर्ण सदस्यमा कोरोना पुष्टि भएको नगर प्रमुख राजेन्द्र पोखरेलले जानकारी दिए।, झापामा एकैघरका यतिका सदस्यमा कोरोना पुष्टि भएको सम्भवत् यो पहिलो घटना हो।, नगरप्रमुख पोखरेलका अनुसार १४ वर्षको नातिदेखि ८४ वर्षक...
नारायण महर्जन निषेधाज्ञा खुकुलो भएसँगै काठमाडौं उपत्यकामा सार्वजनिक तथा निजी सवारीसाधन चल्न थालेका छन्।, काठमाडौं उपत्यकाका तीन जिल्ला प्रशासन कार्यालयले बिहीबारदेखि निषेधाज्ञा खुकुलो बनाउने निर्णय गरेको थियो। निषेधाज्ञा खुकुलो भएसँगै काठमाडौं उपत्यकामा सवारीसाधनको चाप बढेको छ।, प्रशासनले निजी तथा सार्वजनिक सवारीसाधनम...
सेतोपाटी संवाददाता बुधबार देशभर कोरोनाका १ हजार ८१ संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा सो संख्याका संक्रमित थपिएको जानकारी दिए।, यीसहित हालसम्म संक्रमितको संख्या ४९ हजार २ सय १९ पुगेको छ। पछिल्लो २४ घण्टामा ९ सय १८ जना कोरोनाबाट मुक्त भई घर फर्किएका छ...
सेतोपाटी संवाददाता काठमाडौं उपत्यकामा थप ४ सय ६४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।, बुधबार स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार उपत्यकामा थप ४ सय ६४ जनामा संक्रमण देखिएको हो।, त्यसमध्ये काठमाडौंका ३ सय ९४ जना, भक्तपुरका ३६ जना र ललितपुरका ३४ जना छन्।, उनीहरूको विभिन्न प्रयोगशालामा परीक्षण गरिएको थियो। ...
युवराज श्रेष्ठ पोखराका निर्माण व्यवसायी राजु रानाभाट मुटुको नियमित चेकजाँचका लागि गत आइतबार काठमाडौं जानुपर्ने भयो। काठमाडौंमा निषेधाज्ञा थियो, उपत्यका प्रवेश गर्न पिसिआर रिपोर्ट अनिवार्य थियो। उनले पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पुगेर स्वाब दिए। भोलिपल्ट रिपोर्ट नेगेटिभ आयो, आइतबार काठमाडौं गए।, मुटुको नियमित चेकजाँचक...
सेतोपाटी संवाददाता सानेपास्थित मेघा अस्पतालमा उपचाररत् काठमाडौंकी ८३ वर्षीया कोरोना संक्रमित वृद्धाको मृत्यु भएको छ।, उनको बुधबार बिहान साढे ९ बजे मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय ललितपुरले जनाएको छ।, उनलाई गत भदौ २० गते अस्पताल भर्ना गरिएको थियो।, मृतकको शव नेपाली सेनाको टोलीले व्यवस्थापन गर्ने जनाइएको छ।, मंगलब...
सेतोपाटी संवाददाता प्रदेश नम्बर १ का प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक ईश्वरबाबु कार्कीलाई कोरोना संक्रमण देखिएको छ।, सोमबार उनले प्रादेशिक जनस्वास्थ्य प्रयोगशालामा स्वाब परीक्षण गरेका थिए। मंगलबार रिपोर्ट आउँदा संक्रमण पुष्टि भएको हो।, कार्कीले आफूलाई संक्रमण देखिएको बताए।, उनी प्रदेश प्रहरी कार्यालयको आफ्नो निवा...
सेतोपाटी संवाददाता पाल्पामा घर भत्किँदा च्यापिएर एक जनाको मृत्यु भएको छ।, पाल्पाको बगनासकाली गाउँपालिका वडा नंं ७ खानीगाउँमा घर भत्किँदा च्यापिएर २२ वर्षीय सुमन कनौजेको मृत्यु भएको हो।, खानीगाउँकी कान्तीसरा कनौजेको घर भत्किँदा राति सुतिरहेका उनका २२ वर्षीय छोरा सुमन कनौजेको मृत्यु भएको हो।, घर भत्किएर च्यापिएको अवस्था...
सेतोपाटी संवाददाता सप्तरीमा प्रहरी उपरीक्षक र प्रहरी नायब उपरीक्षकसहित थप १७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।, गजेन्द्र नारायण सिंह सगरमाथा अस्पतालको पिसिआर प्रयोगशालामा गरिएको परीक्षणमा प्रहरी उपरीक्षक राजेन्द्र प्रसाद धमला र प्रहरी नायब उपरीक्षक तिलक भारतीसहित १७ जनामा कोरोना संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य ...
सेतोपाटी संवाददाता नेपालगन्ज उद्योग वाणिज्य संघले असोज १ गतेदेखि पूर्णरुपमा लकडाउन हटाउन माग गरेको छ।, बिहीबार बाँकेमा बसेको संघको बैठकले आन्तरिक लकडाउन र निषेधाज्ञालाई पूर्ण रुपमा हटाउन माग गरेको हो।, बैठकपछि संघका अध्यक्ष अब्दुल वाहिद मन्सुरीले लकडाउन र निषेधाज्ञाले गर्दा उपभोग्य तथा अत्यावश्यक बस्तु उत्पादन, विक्री...
सेतोपाटी संवाददाता कञ्चनपुरमा नदीमा डुबेर एक बालिकाको मृत्यु भएको छ।, पुनर्वास नगरपालिका वडा नम्वर ५ सिमरीकी १२ वर्षीया सन्ध्या चौधरीको दोदा नदीमा डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ। , बुधबार माछा मार्ने क्रममा नदीमा बगेकी बालिकालाई बेहोस अवस्थामा उद्धार गरिएको थियो।, बेहोस बालिकाको उपचारका लागि अस्पताल लैजाने क्रममा...
दिपकजंग शाही दैलेखको भैरवी गाउँपालिका–२ रावतकोटका कमल थापा आफ्ना दुइटा गोरुलाई बिहीबार बेलुका घरनजिकैको बारीमा बाँधेर, घाँस दिएर घर गए। यो बेला मलका लागि गाईगोरू बारीमा बाँध्ने गरिन्छ।, बिहीबार तल्लो गरामा बाँधेका गोरू माथिल्लो गरामा सार्न भनेर थापा गोरू भएको ठाउँमा आए। आफ्ना गोरूको अवस्था देखेपछि डराए।, ‘बिहान माथिल्...
सेतोपाटी संवाददाता नेत्रविक्रम चन्द ‘विप्लव’का छोरा प्रकाश चन्दले एमबिबिएस प्रमाण-पत्र परीक्षा उत्तीर्ण गरेका छन्। नेपाल मेडिकल काउन्सिलले लिएको परीक्षामा पास भएपछि उनी डाक्टर भएका हुन्।, भदौ २३ गते रिजल्ट प्रकाशित हुँदा काउन्सिलबाट पास भएको चन्दले बताए। उनले अघिल्लो दिन परीक्षा दिएका थिए।, उनी चितवन मेडिकल कलेजमा पढे...
सेतोपाटी संवाददाता ललितपुरस्थित नल्लुको जंगलमा मानव कंकाल भेटिएको छ।, बिहीबार कोञ्जयोसोम गाउँपालिका-३ नल्लुस्थित ढुङ्गे सामुदायिक वन उपभोक्ता समूहको जंगलमा एक जनाको कंकाल भेटिएको हो।, महानगरीय प्रहरी वृत्त, चापागाउँका डिएसपी कृष्ण ओझाका अनुसार स्थानीयले कंकाल भेट्टाएपछि प्रहरीलाई खबर गरेका थिए।, सो कंकाल कसको, कुन उमे...
युवराज श्रेष्ठ पोखरा–३३ भरतपोखरीका डा. अञ्जन तिवारीको अमेरिका गएर एमडी गर्ने चाहनामा कोरोना भाइरसको महामारीले पानी फेरिदियो।, महामारी हुन्थेन भने उनी वैशाखमै अस्पताल छोडिसकेका हुने थिए, एमडी अध्ययनको तयारीका लागि।, उनको अर्को योजना पनि थियो- बिहेपछि पत्नीसँग घुम्न जाने। माघ २९ गते उनको र कृष्मा गिरीको बिहे भएको थियो।,...
सेतोपाटी संवाददाता तुलसीपुर बसपार्कमा एकजना गाडी धनीले बस भित्रै विष सेवन गरी आत्महत्या गरेका छन्।, सल्यान जिल्लाको शारदा नगरपालिका वडा नं. १३ निवासी ३४ वर्षीय भरत बस्नेतले दाङको तुलसीपुरमा पार्किङ गरेर राखेको आफ्नो बस भित्रै शुक्रबार विष सेवन गरि आत्महत्या गरेका छन्।, इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी शि...
सेतोपाटी बर्दिया जिल्ला गुलरिया नगरपालिका–५ निवासी २२ वर्षीय सनी थारू बबई नदीमा डुबेर बेपत्ता भएका छन्।, शनिबार उनी नुहाएर फर्कने क्रममा डुबेर बेपत्ता भएका हुन्।, खोजीका लागि डुङ्गासहित सशस्त्र प्रहरी ३१ नम्बर गणको विपद् व्यवस्थापन तालिम प्राप्त टिम, नेपाल प्रहरी र स्थानीय परिचालित भएको सशस्त्र प्रहरी ३१ नम्बर गणका प्...
सेतोपाटी साउदीस्थित नेपाली राजदूतावासले साउदी अरबमा कोरोनालगायत अन्य विभिन्न कारणले निधन भएका ६० नेपालीको शव नेपाल ल्याउन बाँकी रहेको जनाएको छ।, साउदी अरबका लागि नेपाली राजदूत डा महेन्द्रसिहं राजपुतले ती शव नेपाल पठाउने प्रक्रियामा रहेका बताएका छन्।, हालसम्म विदेशमा विभिन्न कारणले निधन भएका ३ सय नेपालीहरूको शव नेपाल ल...
सेतोपाटी संवाददाता ललितपुरमा कोरोना संक्रमित तीन जनाको मृत्यु भएको छ।, जिल्ला स्वास्थ्य कार्यालयका अनुसार मेघा अस्पतालमा उपचार गराइरहेका भक्तपुरका ३८ वर्षीय पुरुषको शनिबार बिहान ७:४० बजे मृत्यु भएको छ। उनी भदौ २६ गते अस्पताल भर्ना भएका थिए।, यस्तै, शनिबार बिहान २ बजे पाटन अस्पतालमा काठमाडौंका ५१ वर्षीय पुरुषको मृत्यु ...
एजेन्सी एस्ट्राजेनेकाले अक्सफोर्डसँग मिलेर बनाइरहेको खोपको परीक्षणमा सहभागी एक जना विरामी भएपछि रोकिएको परीक्षण पुनः सुरू भएको छ।, रोयटर्समा प्रकाशित समाचारका अनुसार एस्ट्राजेनेकाले शनिबार खोप अनुगमनकर्ताबाट अनुमति पाएपछि परीक्षण पुनः सुरू भएको जनाएको छ। , एस्ट्राजेनेकाले बनाइरहेको यो खोप हाल बनिरहेका अन्य खोप तुलनामा...
सेतोपाटी संवाददाता सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिकाको वडा नम्बर ७ का दुई स्थानमा गएको पहिरोमा परी मृत्यु भएका दुई जनाको परिचय खुलेको छ।, नाकुचे भन्ने स्थानमा गएको पहिरोमा पुरिएकी ६३ वर्षीया भक्तिमाया श्रेष्ठको शव फेला परेको छ। जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक (डिएसपी) प्रकाश सापकोटाका अनुसार सात वटा घर...
सेतोपाटी संवाददाता जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले हाल देशभर बदली रहेकाले प्रदेश १,प्रदेश २, बागमती प्रदेश, गण्डकी प्रदेश र प्रदेश ५ का केही स्थानहरूमा मेघ गर्जन र चट्टयाङ सहित वर्षा भइरहेको जनाएको छ। उसले यो क्रम मंगलबारसम्म जारी रहने जनाएको छ।, अहिले काठमाडौंमा पनि भारी वर्षा भइरहेको छ।, विभाग...
सेतोपाटी विश्वव्यापी महामारी कोरोना भाइरस संक्रमणबाट शनिबार साँझसम्म नेपालबाहिर विभिन्न १६ मुलुकमा मृत्यु भएका नेपालीको संख्या २ सय ४३ पुगेको छ।, यो साता मात्रै थप ४३ नेपालीको निधन भएको पुष्टि भएको गैरआवासीय नेपाली सङ्घ स्वास्थ्य समितिका संयोजक डा सञ्जीव सापकोटाले बताए। , गत मार्च महिनायता साउदी अरबमा मात्रै ४१ जनाको ...
सेतोपाटी बागलुङको जैमिनी नगरपालिका–१ कुश्मीशेरामा पहिरोले घर पुरिँदा एक वृद्धाको मृत्यु भएको छ।, कुश्मीशेराको टुनीवटमा घर माथिबाट आएको पहिरोले घर पुरिँदा ६० वर्षीया लक्ष्मी पौडेलको मृत्यु भएको हो।, पहिरोबाट उनका ७० वर्षीय श्रीमान् मणिभद्र पाध्या गम्भीर घाइते भएका छन्। पाध्यालाई स्थानीयवासीले उद्धार गरेका थिए।, उनलाई उ...
सेतोपाटी संवाददाता बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत् एक जना कोरोना संक्रमितको मृत्यु भएको छ।, प्रतिष्ठानका प्रवक्ता डा. निदेश सापकोटाका अनुसार आइतबार विराटनगर-१२ का ७० वर्षीय वृद्धको मृत्यु भएको हो। उनको दिउँसो २:१८ बजे मृत्यु भएको सापकोटाले बताए।, उनी ज्वरो, खोकी र स्वासप्रश्वासमा समस्या भएपछि सुरू...
सेतोपाटी संवाददाता कीर्तिपुरमा घरबेटीको कुटपिटबाट डेरा गरी बस्ने पुरूषको मृत्यु प्रकरणमा थप दुई जना पक्राउ परेका छन्। , गत शुक्रबार दिउँसो कीर्तिपुर नगरपालिका ७ भाजंगलका प्रेमकृष्ण महर्जनको कुटपिटबाट आफ्नै घरको डेरामा बस्ने भारतीय नागरिक ४२ वर्षीय शम्भु चौधरीको मृत्यु भएको थियो।, प्रहरीले खबर पाएपछि प्रेमकृष्ण महर्जनल...
सेतोपाटी संवाददाता काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्य कोरोना मुक्त भएका छन्।, पछिल्लो पटकको परीक्षणमा नेगेटिभ रिपोर्ट आएसँगै उनी कोरोनामुक्त भएको निजी सचिवालय स्रोतले जनाएको छ।, स्रोतका अनुसार केही दिन निवासमा आराम गरेर उनी काममा फर्किने छन्।, भदौ १५ गते उनमा कोरोना पुष्टि भएको थियो। कोरोना पुष्टिपछि होम ...
सेतोपाटी संवाददाता नेपाल वायुसेवा निगमका वरिष्ठ पाइलट विजय लामालाई कोरोना संक्रमण देखिएको छ।, स्टार अस्पतालमा स्वाब परीक्षण गर्दा उनलाई कोरोना देखिएको हो।, उनी अहिले सोल्टी होटलको आइसोलेसनमा छन्।, लामाले आइतबार स्वाब दिएका थिए। सोमबार बिहान रिपोर्ट आएसँगै आफू आइसोलेसनमा भर्ना भएको उनले बताए।, उनीसँगै नेपाल वायुसेवा नि...
सेतोपाटी संवाददाता कोभिड १९ का कारण नेपालमा रोकिएका विदेशी नागरिकको भिसामा अध्यागमन विभागले सहजीकरण गरिदिएको छ।, अब 'टुरिस्ट, वर्किङ, फेमिली' र 'एनआरएन' भिसामा रही नेपालमा रोकिएकालाई सम्बन्धित देश फर्किन सहजीकरण भएको अध्यागमन विभागले जनाएको छ।, जसअनुसार भदौ ४ गतेभन्दा पछाडि भिसा सकिएकाले कुनै जरिवाना तिर्नुपर्ने छैन। ...
सेतोपाटी संवाददाता धनगढीमा वन्यजन्तु संरक्षणका लागि आरक्षण केन्द्र स्थापना गरिएको छ।, धनगढी उप–महानगरपालिका वडा नम्बर ४ मा रहेको शिवपुरी सामुदायिक वनमा सात लाखको लगानीमा घाइते तथा टुहुरा वन्यजन्तुका लागि आरक्षण केन्द्र स्थापना गरिएको हो।, डिभिजन वन कार्यालय धनगढी र धनगढी उप–महानगरपालिकाको झण्डै सात लाखको लागतमा जनावरक...
सेतोपाटी संवाददाता प्रहरीले अपहरणमा परेको नाटक गर्ने एक महिलालाई पक्राउ गरेको छ। , जिल्ला प्रहरी कार्यालय बाँकेले शनिबार बाँके नेपालगन्ज उपमहानगरपालिका ६ फुल्टेक्राबाट ३३ वर्षीया आशिककुमारी चौधरीलाई पक्राउ गरेको हो। , उनले सानु दहितको नामबाट सुन्दर केटीको तस्वीर राखी नयाँ फेसबुक 'आइडी' बनाएकी थिइन्। त्यसपछि उनी नवलपरा...
नारायण महर्जन पूर्वराजपरिवारले प्रयोग गर्ने गरेको जहाज नारायणहिटी दरबार संग्रहालयमा राखिएको छ।, शनिबार साँझ जहाजलाई क्रेनले तानेर संग्रहालयमा पुर्‍याइएको हो। विमानस्थलबाट तीनकुने, नयाँ बानेश्वर, माइतीघर, भद्रकाली हुँदै जहाज संग्रहालयसम्म पुर्‍याइएको थियो।, भित्र राख्ने ठाउँ नमिलेपछि आइतबार दिउँसो भने जहाज सडकको छेउमै ...
सेतोपाटी संवाददाता सरकारले एसिड आक्रमणमा परेका पीडितहरूको उपचार र ओषधीको सबै खर्च व्यहोर्ने गर्ने निर्णय गरेको छ।, सोमबार बसेको मन्त्रिपरिषद् बैठकले एसिड आक्रमणकारीलाई सजाय, आयात निर्यात र बिक्री वितरणका लागि नयाँ ऐन बनाउने निर्णय गरेको सरकारका प्रवक्ता परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले जानकारी दिए।, ज्ञवालीका अनुसार...
सेतोपाटी संवाददाता रौतहटको चन्द्रपुरमा ट्रकको ठक्करबाट एक जना बालिका मृत्यु भएको छ।, ट्रकले ठक्कर दिँदा चन्द्रपुर नगरपालिका-१० का विक्रम साह तेलीकी ६ वर्षीया छोरी अनुष्का साहको मृत्यु भएको रौतहटका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक भरत श्रेष्ठले जानकारी दिए।, आइतबार राति करिब नौ बजेतिर चन्द्रपुर नगरपालिका-१० बक्तौरा...
सेतोपाटी संवाददाता वरिष्ठ चिकित्सक गोविन्द केसीले १९ औं सत्याग्रह थालेका छन्। विभिन्न माग राख्दै पटक-पटक सरकारलाई अल्टिमेटम दिँदै आएका केसीले सोमबार जुम्लामा अनसन थालेका हुन्।, उनी जुम्ला बजार नजिकै सिंहचौरस्थित बाबिरा मस्ट मन्दिरमा सत्याग्रह बसेका छन्। ‘मलाई यहाँ हिँडडुल गर्नदेखि उपचार गर्न जान समेत बारम्बार अवरोध हु...
सेतोपाटी संवाददाता ललितपुरको महालक्ष्मी नगरपालिकाका मेयर रामेश्वर श्रेष्ठमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।, सोमबार राति आएको रिपोर्टमा कोरोना पुष्टि भएको मेयरले बताए।, उनमा केही दिन अघि ज्वरो आएपछि उनले स्वाब परीक्षण गराएका थिए।, 'ज्वरो आएपछि स्वाब परीक्षण गराउँदा हिजो राति कोरोना संक्रमण पुष्टि भयो,' उनले भने,...
सेतोपाटी संवाददाता दुर्लभ वन्यजन्तु सालकसहित रुपन्देहीमा ५ जना पक्राउ परेका छन्। इलाका प्रहरी कार्यालय बुटवलको टोलीले बुटवल ५ नेपालगञ्ज रोडबाट उनीहरुलाई सालकसहित पक्राउ गरेको हो। , जिल्ला प्रहरी कार्यालय रुपन्देहीका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक खड्कबहादुर खत्रीले पक्राउ पर्नेहरुमा सिराहा नगरपालिका ७ बस्ने ३६ वर्...
एजेन्सी कोरोना भाइरसको संक्रमणमा बढेपछि इजरायल सरकारले फेरि देशव्यापी रूपमा लकडाउन गर्ने घोषणा गरेको छ। संक्रमणको वृद्धिलाई नियन्त्रण तथा न्युनीकरण गर्न सरकारले तीन हप्ता लामो लकडाउन गर्ने निर्णय गरेको हो।, कोरोना भाइरस संक्रमणको दोस्रो लहरलाई नियन्त्रण गर्न देशव्यापी लकडाउन गर्ने विकसित राष्ट्रमध्ये इजरायल पहिलो भएको...
निशा भण्डारी सोमबार रातो मच्छिन्द्रनाथलाई बुङ्मती पुर्‍याइँदैछ। यसअघि भदौ १८ गते रथ यात्राका क्रममा पुल्चोकमा स्थानीय र प्रहरीबीच झडप भएपछि रथ यात्रा स्थगित भएको थियो।, रथयात्रा स्थगितपछि ज्योतिषीले आजका लागि शुभसाइत जुराएका थिए। , यसवर्ष नरिवल खसाल्ने र भोटो देखाउने कार्यक्रम आयोजना गरिएन। रातो मच्छिन्द्रनाथलाई बुङ्म...
राजेश घिमिरे नारायणगढ मुग्लिन सडक खण्डको पहिरो पन्छाइएपछि साँझबाट सवारी साधन गन्तव्यतर्फ जान थालेका छन्।, डिभिजन सडक कार्यालय चितवनका ईन्जिनियर शिव खनालकाअनुसार उक्त सडकखण्डको चार ठाउँमा झरेको ठूलो पहिरोमध्ये सिमलतालको पहिरो पूर्णरूपमा हटाउन सकिएको छैन। उक्त स्थानमा सवारी साधन एकतर्फी मात्रै चलेको छ। अन्य स्थानहरुमा भ...
सेतोपाटी संवाददाता नेपाल प्रहरीले आफ्ना कर्मचारीहरूले पालना गर्नुपर्ने आचार संहितासम्बन्धी कार्यादेश, २०७७ जारी गरेको छ।, मंगलबार सार्वजनिक गरेको कार्यादेशमा कर्मचारीहरूले विपरित लिङ्गीलाई मुसार्ने, टाँसिने, छुने, चिमोट्ने धाप मार्नेजस्ता कार्य गर्न नहुने उल्लेख गरिएको छ।, त्यस्तै कर्मचारीले अनुमति बिना विदेशी नियोग, ...
सेतोपाटी संवाददाता पछिल्लो २४ घण्टामा कोरोना भाइरसको संक्रमणबाट थप ८ जनाको मृत्यु भएको छ।, बुधबार स्वास्थ्य मन्त्रालयले दिएको जानकारीअनुसार यसको संक्रमणबाट थप ८ जनाको मृत्यु भएको हो।, कोरोनाको संक्रमणबाट नेपालमा मृत्यु हुनेको संख्या ३ सय ७९ पुगेको छ। मृत्यु हुनेमा चार जना महिला छन् भने अन्य पुरूष छन्।, काठमाडौंकी ७१ ...
सेतोपाटी संवाददाता नेपाल विद्युत प्राधिकरणमा कुलमान घिसिङको पुनर्नियुक्ति माग गर्दै शान्तिपूर्ण प्रदर्शनमा निस्किएका युवालाई प्रहरीले निर्घात पिटेको छ।, बिहीबार दिउँसो 'हनरेड (१००) ग्रुप’का अध्यक्षलाई प्रहरीले बबरमहल अगाडि प्रहरीले लाठी, मुक्का र बुट प्रहार गरेको हो।, सो ग्रुपका अध्यक्ष बब्लु गुप्तालाई प्रहरीले पटक पट...
रासस सर्वोच्च अदालतले पूर्व प्रधानन्यायाधीश अनिरुद्धप्रसाद सिंहको निधनमा बिहीबार एक दिन देशभरका अदालतमा बिदा दिने निर्णय गरेको छ।, सर्वोच्च अदालतको आज बसेको आकस्मिक पूर्ण बैठकले सिंहको निधनप्रति दुःख व्यक्त गर्दै सर्वोच्च अदालतसहित देशभरका अदालतमा बिहीबार शोक बिदा दिने निर्णय गरेको हो।, ,सिंहको निधनबाट राष्ट्रले एउटा ...
सेतोपाटी संवाददाता भैरहवास्थित युनिभर्सल कलेज अफ मेडिकल साइन्सेजको हाडजोर्नी विभागका तत्कालीन प्रमुख डाक्टर ज्ञानेश्वरप्रसाद सिंहको परिवारलाई क्षतिपूर्ति माग गर्दै काठमाडौंस्थित उक्त कलेजको सम्पर्क कार्यालयमा तालाबन्दी गरिएको छ।, गत वर्ष भदौमा घाँटीमा अड्किएको हड्डी निकाल्ने क्रममा सहकर्मी डाक्टरले गरेको लापरबाहीले बि...
सेतोपाटी संवाददाता बाँकेमा थप एकजना कोरोना संक्रमितको मृत्यु भएको छ।, ज्यान गुमाउने संक्रमित ५९ वर्षीय एक पुरुष हुन्।, नेपालगगञ्ज उपमहानगरपालिका वडा नं. २१ पुरैना निवासी ५९ वर्षीय पुरुषको शनिवार राति साढे ११ बजे मृत्यु भएको हो।, उनको दुबै तिरको फोक्सोमा निमोनिया भएर मृत्यु भएको बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले...
रासस दाङमा करेन्ट लागेर आज अपराह्न तीन बालबालिकाको मृत्यु भएको छ।, घोराही उपमहानगरपालिका – १० उत्तरअम्राइमा करेन्ट लाग्दा सोही ठाउँका चार वर्षीया रेणुका चौधरी, आठ वर्षीय प्रशान्त चौधरी र तीन वर्षीय अमृत चौधरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक सुमित खड्काले बताए।, उनका अनुसार स्थानीयवासी एक व्...
सेतोपाटी नौमूले गाउँपालिका वडा नं १ स्थित मालुभीरमा ट्रयाक्टर दुर्घटना हुँदा चालक कविराम पुरीको घटनास्थलमै मृत्यु भएको छ।, नौमूले सडक निर्माणका लागि प्रयोग गरिएको ना ७ त १२१६ नम्बरको ट्रयाक्टर अपराह्न ३  बजे दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय दैलेखका सूचना अधिकारी नैनबहादुर साउदले बताए।, सहचालक नौमूले गाउँपालिकाक...
सेतोपाटी जिल्ला प्रशासन कार्यालय नुवाकोटले मापदण्ड विपरित सञ्चालन भइरहेका क्रसर उद्योगहरु बन्द गराएको छ।, सहायक प्रमुख जिल्ला अधिकारी बद्रीनाथ गैरेको नेतृत्वमा गएको टोलीले जिल्लाका विभिन्न स्थानमा सञ्चालित पाँच क्रसर उद्योग बन्द गराएको हो।, प्रचलित कानूनअनुसार क्रसर उद्योगहरू सञ्चालन भए नभएको अनुगमन गर्नेक्रममा मापदण्...
सेतोपाटी नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरमा ज्वाइँले खुर्पा प्रहार गरी ससुराको हत्या गरेका छन्।, नवलपुरको कावासोती नगरपालिका–१५,  शेरगञ्ज बस्ने ३१ वर्षीय सुवास मगरले ससुरा ७३ वर्षीय विष्णु राईलाई गए राति खुर्पा प्रहार गरी हत्या गरेका हुन्।, ज्वाइँ मगरले ससुरा राईलाई घाँटीमा खुर्पा प्रहार गरी हत्या गरेको जिल्ला प्...
सेतोपाटी मेलम्ची खानेपानी आयोजनाको दोस्रो चरणअन्तर्गत याङ्री र लार्केको पानी राजधानी ल्याउन नयाँ प्रविधिबाट काम गर्ने गरी तयारी सुरू भएको छ।, पहिलो चरणमा मेलम्ची खोलाको पानी ल्याउन ‘ड्रिलिङ ब्लाष्टिङ एण्ड मकिङ’ (डिबीएम) प्रविधिबाट सुरुङ निर्माण गरिएको थियो। डिबीएम प्रविधिबाट सुरुङ बनाउँदा विष्फोट गरिन्थ्यो।, यो प्रविध...
सेतोपाटी जिल्ला प्रहरी कार्यालय तनहुँले आफ्नै बाबुलाई कर्तव्य गरी मारेर गाडेको घटनाको अनुसन्धान थालेको छ।, आँबुखैरेनी गाउँपालिका–४ खस्राङ बस्ने ४१ वर्षीय राजकुमार गुरुङलाई निजकै छोरा  २१ वर्षीय वीरमानले कर्तव्य गरी मारेकाले निजलाई ज्यान मुद्दामा अनुसन्धान थालिएको हो।, बाबुको हत्यापछि जातीय रीतिरिवाजअनुरुप चिहान खनी पु...