content
stringlengths
20
64.1k
दिपकजंग शाही दैलेखको दुल्लु नगरपालिकामा रहेको राष्ट्रिय वाणिज्य बैंकका एक जना कर्मचारीले सोही बैंकका खातावालाको पैसा मासिदिएको खुलेको छ।, बैंकको दुल्लु शाखामा कार्यरत् जयबहादुर थापाले सोही बैंकमा रहेको भवानीप्रसाद आचार्यको खाताबाट ८ लाख रुपैयाँ झिकेको खुलेको हो। पीडित पक्ष जाहेरी दिन जिल्ला प्रहरी कार्यालय दैलेख पुगेक...
सेतोपाटी संवाददाता  ‘वर्षा र सहकालका देवता’ रातो मच्छिन्द्रनाथको महास्नान गराउने कार्य आज सम्पन्न भएको छ।  प्रत्येक वर्ष चैत कृष्ण प्रतिपदाका दिन मच्छिन्द्रनाथलाई लगनखेल चोकस्थित आमा मायादेवीको मन्दिरमा लगेर महास्नान गर्ने परम्परा रहँदै आएको छ। मच्छिन्द्रनाथलाई आज दिउँसो साढे पाँच बजे विधिपूर्वक तःबहालको मन्दिरबाट बाह...
सन्जिब बगाले काठमाडौं उपत्यकाभित्र आज बिहानैदेखि निषेधाज्ञा लागु भएको छ।, काठमाडौं, ललितपुर र भक्तपुरमा बिहीबार बिहान ६ बजेदेखि निषेधाज्ञा सुरू भएको हो।, सडकमा कम सवारी साधन चलेका छन्। प्रहरीले अनुमति नभएका सवारी साधनलाई रोकेको छ। , केही मानिस हिँडेरै गन्तव्यतिर गइरहेका देखिन्छन्।, जिल्ला प्रशासन कार्यालय काठमाडौं, भक...
एजेन्सी भारतमा कोरोनाभाइरसका सक्रिय संक्रमित ३० लाख नाघेका छन्। बुधबार ३ लाख ७९ हजार संक्रमित थपिएसँगै भारतमा सक्रिय संक्रमितको संख्या ३० लाख नाघेको हो।, ३० लाख सक्रिय संक्रमित हुने भारत संसारकै दोस्रो देश हो। यसअघि अमेरिकामा ६८ लाख सक्रिय संक्रमित पुगेका थिए।, सक्रिय संक्रमित बढेसँगै भारतमा दैनिक मृत्युदर पनि दिनदिनै...
सेतोपाटी संवाददाता कोरोनाभाइरस संक्रमण वृद्धि भएपछि आजदेखि काठमाडौं उपत्यकाभित्रका तीन जिल्लामा निषेधाज्ञा लगाइएको छ।, काठमाडौं, ललितपुर र भक्तपुरमा आज बिहान ६ बजेदेखि निषेधाज्ञा लगाइएको हो। यो निषेधाज्ञा वैशाख २२ गतेसम्म चल्नेछ। त्यसपछि पुन: एक साता निषेधाज्ञा गर्ने तयारी छ।, प्रहरीले अत्यावश्यक परेका तथा पास भएका म...
जेफ्री गेटलम्यान (द न्यूयोर्क टाइम्स) दाहसंस्कार गरिने ठाउँहरूमा शवको खचाखच देख्दा लाग्छ, यहाँ विशाल युद्ध चल्दैछ। धेरै लडाकू मारिएका छन्। धेरै ठाउँमा एकैपटक दर्जनौं शव जलाइन्छ।, यो भारतको राजधानी नयाँदिल्ली हो। सामूहिक दाहसंस्कार गरिने व्यस्त ठाउँहरूमा आगोको ज्वालाले जतिखेरै आकाश उज्यालो बनाएको देखिन्छ। लाग्छ, यहाँ च...
एजेन्सी कोरोनाभाइरसको महामारीबाट अति प्रभावित देश ब्राजिलले कोरोनाभाइरस विरुद्धको खोप आफै बनाउन थालेको छ ।  साओ पाउलोमा रहेको बुतान्तान संस्थाले बुतानभ्याक नाम खोप बुधबारदेखि उत्पादन सुरु गरेको अधिकारीहरूले जनाएका छन् ।,  , ब्राजिलको सरकारद्वारा सञ्चालित सो संस्थाले पहिलो पटक कोरोनाभाइरस विरुद्धको खोप उत्पादन सुरु गरे...
सेतोपाटी संवाददाता गत एक सातामै १९ वर्षमुनिका २ हजार ५ सय ५६ जना किशोर-किशोरीमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। , स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांक अनुसार पछिल्लो एक सातामा कुल २९ हजार ३ सय ७३ जना मानिसमा संक्रमण देखिएकोमा २५ सय बढी १९ वर्षमुनिका किशोर-किशोरी छन्। , संक्रमणको नयाँ प्रकार (भेरियन्ट) बालब...
सेतोपाटी संवाददाता सन् २००६ मा दुर्घटनामा परेको एयर डायनेष्टी हेलिकप्टर धौलागिरि हिमालमा भेटिएको छ। , नेपाली सेनाको टोलीले दुई वटा शव र हेलिकप्टर फेला पारेको हो। , सेनाको टोलीले  बुधबार धौलागिरी बेस क्याम्पनजिकै हेलिकप्टर र दुई वटा शव भेटाएको हो।, हिमाल सफाइमा निस्केको सेनाको टोलीले दुर्घटनाग्रस्त हेलिकप्टर र दुई शव फ...
सेतोपाटी संवाददाता गत २४ घण्टामा कोरोना भाइरसको परीक्षण गरिएकामध्ये एक तिहाइ मानिसमा संक्रमण पुष्टि भएको छ। , स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जारी गरेको तथ्यांक अनुसार गत २४ घण्टामा १५ हजार ९१६ जनाको परीक्षण गरिएकोमा ५ हजार ७२७ जनामा संक्रमण पुष्टि भएको हो। अर्थात् परीक्षण गरिएकामध्ये ३६ प्रतिशत मानिसमा संक्रमण पुष...
सेतोपाटी संवाददाता सुदूरपश्चिममा निजी अस्पतालले  २५ बेड छुट्याएर कोरोना संक्रमितको उपचार गर्ने भएका छन्।, प्रदेशको सामाजिक विकास मन्त्रालयसँगको सम्झौता अनुसार धनगढी र अत्तरियाका तीन वटा निजी अस्पतालले २५ बेड उपलब्ध गराएर संक्रमितको उपचार गर्ने भएका हुन्।, धनगढीको नवजीवन अस्पतालले १० वटा, अत्तरियाको पदमा अस्पतालले १० र...
नारायण खड्का दाङको तुलसीपुरस्थित कोरोना विशेष अस्पताल बेलझुण्डीमा बेड अभावले शुक्रबार साँझ पाँच जना कोरोना संक्रमित बिरामीलाई अस्पताल बाहिरै अक्सिजन दिएर राखिएको छ। , उनीहरू तुलसीपुर उपमहानगरपालिका र घोराही उपमहानगरपालिकाका बिरामी रहेको बेलझुण्डी अस्पतालका व्यवस्थापक द्रोर्ण वलीले जानकारी दिए। , ‘अघिसम्म ६ जनालाई अस्प...
सेतोपाटी संवाददाता सुदूरपश्चिममा एकैदिन थप ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ। , पछिल्लो २४ घण्टामा सेती प्रादेशिक अस्पतालमा उपचारका क्रममा धनगढी-८ का ४५ वर्षीय पुरूष, लम्कीचुहा नगरपालिका १ का ४३ वर्षीय पुरूष र बर्दगोरिया गाउँपालिका ५ की ४२ वर्षीया महिलाको मृत्यु भएको हो।, जिल्ला प्रशासन कार्यालय कैलालीका सूचना अधि...
एजेन्सी इजरायलमा धार्मिक कार्यक्रम मनाउन निस्किएका दशौं हजारबीच भागदौड मच्चिँदा कम्तीमा पनि ४५ जनाको मृत्यु भएको छ।, 'लाग बाओमेर' नामक  धार्मिक कार्यक्रम मनाउन बिहीबार राति हजारौं मानिस उत्तरपूर्वी इजरायलस्थित माउन्ट मेरोनमा पुगेका थिए। त्यसैक्रममा भागदौड मच्चिँदा कम्तीमा पनि ४५ जनाले ज्यान गुमाएको समाचार संस्था ,एपी,...
राजेश घिमिरे कोरोना संक्रमितको संख्या बढेपछि जिल्ला प्रशासन कार्यालय चितवनले उद्योग तथा व्यक्तिलाई होल्ड गरेका अक्सिजन सिलिण्डर फिर्ता गर्न निर्देशन दिएको छ।, अस्पतालमा अक्सिजन आवश्यक पर्ने बिरामीको चाप बढेको र सिलिण्डरको अभाव हुन थालेको भन्दै प्रशासनले होल्ड गरिएका सिलिण्डर फिर्ता ल्याएर उपचारमा प्रयोग गर्ने निर्णय ग...
सेतोपाटी संवाददाता 'अक्सिजन सिलिण्डर कालोबजारी भयो' भन्दै फेसबुकमा अफवाह फैलाएको आरोपमा कैलालीमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ।, पक्राउ पर्नेमा धनगढीका तेज खड्का र मदन भट्ट पक्राउ छन्।, जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार उनीहरूलाई सोधपुछका लागि ल्याइएको जनाएको छ। , ‘कहाँ देख्नुभयो, किन लेख्नुभयो भन्ने विषयमा ...
सेतोपाटी संवाददाता निजी अस्पतालले कोरोना संक्रमितसँग चर्को शुल्क लिएको गुनासोपछि काठमाडौं जिल्ला प्रशासन कार्यालयले दुई वटा अस्पतालसँग स्पष्टीकरण सोधेको छ।, काठमाडौं जिल्ला प्रशासन कार्यालयले ह्याम्स अस्पताल र काठमाडौं मेडिकल कलेज(केएमसी) अस्पतालसँग स्पष्टीकरण सोधेको हो।, ती अस्पतालले जारी गरेको मूल्य सूची सार्वजनिक भ...
सेतोपाटी संवाददाता सुदूरपश्चिमका विभिन्न अस्पतालमा उपचारका क्रममा पछिल्लो २४ घण्टामा ७ जना कोरोना संक्रमितको मृत्यु भएको छ। , कैलालीको टीकापुर अस्पतालमा उपचाररत् जानकी गाउँपालिका–३ की ५९ वर्षीया महिलाको शुक्रबार बेलुका साढे ६ बजे मृत्यु भएको थियो। उनी एक दिनअघि मात्र अस्पताल भर्ना भएकी थिइन्।, यस्तै, धनगढीमा रहेको सेत...
युवराज श्रेष्ठ ७० वर्षअघि नेपाली समाज कस्तो थियो? नेपालीहरू कस्ता थिए? हाम्रा रहनसहन र चाडपर्व के थिए होला? , त्यो बेलाको गाउँ होस् या सहरी समाजको व्याख्या, पोखराका सुनिल उलक तस्बिरमार्फत् गर्छन्। ,फेसबुक,मा फोटा राख्छन्। अचेल टिकटकमा पनि ऐतिहासिक भिडिओ क्लिप राखेर कहिल्यै फर्केर नआउने समयबारे सुनाइरहेका हुन्छन्।, युव...
सेतोपाटी संवाददाता पर्साको वीरगंजमा कोरोनाबाट निको हुनेको संख्या बढेको छ।  , प्रदेश २ मा कोरोना संक्रमणको दोस्रो लहरमा समेत सबभन्दा प्रभावित भएको वीरगंजका विभिन्न अस्पताल तथा होम आइसोलेसनमा रहेका संक्रमितहरू कोरोनामुक्त हुँदै गएपछि निको हुनेको संख्या बढेको जिल्ला प्रशासन कार्यालय पर्साका प्रशासकीय अधिकृत एवं कोभिड फोक...
भगवती पाण्डे नेपाल औषधी व्यवस्था विभागले रेम्डेसिभिर औषधी उपलब्ध नगराउँदा रूपन्देहीका विभिन्न अस्पतालमा रहेका कोरोना संक्रमितको उपचार प्रभावित बनेको छ। , अत्यन्त सिकिस्त संक्रमितको उपचारमा प्रभावकारी मानिएको रेम्डेसिभिर औषधी विभागले बंगलादेशबाट दुई पटक गरी  सात हजार भाइल आयात गरेको जनाएको छ। , उक्त औषधी मंगलबार हाम्रो...
सेतोपाटी संवाददाता पर्वतमा जीप दुर्घटना हुँदा १६ जना घाइते भएका छन्।, शुक्रबार बिहान ८-९ बजे मलामी जानका लागि हिँडेको जीप दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ।, ग २ च ५२१३ को जीप कुश्मा नगरपालिका-१०मा बिहान दुर्घटनामा परेको थियो। दुर्घटना हुँदा १६ जना घाइते भएको जिल्ला प्रहरी प्रमुख नायब उपरीक्षक ...
सेतोपाटी संवाददाता यस वर्षको वसन्त याममा सगरमाथा (८,८४८.८६ मिटर) हिमालको आरोहण शुरु भएको छ । कीर्तिमानी आरोही कामीरिता शेर्पाले नेतृत्व गरेको १२ जनाको शेर्पा आरोहीले डोरी टाँग्ने (रोप फिक्सिङ) का क्रममा आज साँझ सगरमाथाको चुचुरामा पुगेपछि आरोहणका लागि बाटो खुला भएको हो । , डोरी टँगाइ टोली साँझ ६ः०० बजे चुचुरामा पुगेर आ...
सेतोपाटी संवाददाता संघीय संसद सचिवालयका एक उपसचिवको कोरोनाभाइरसको संक्रमणबाट मृत्यु भएको छ।, बुधबार सचिवालयले स्वाब परीक्षण गर्दा उनको रिपोर्ट पोजेटिभ आएको थियो। संसद सचिवालयका सहायक प्रवक्ता दशरथ धमलाले कानुन शाखाका उपसचिवको बिहीबार बिहान मृत्यु भएको सेतोपाटीलाई बताए।, 'उहाँलाई मुटुको समस्या पनि थियो। त्यसैगरी पत्थरी...
सविता बुढा अक्सिजन प्लान्ट स्थापना गरी सञ्चालनमा ल्याउन सुदूरपश्चिम प्रदेश सरकारले जिल्ला अस्पतालहरूलाई रकम उपलब्ध गराएको छ।, ८० लाख रूपैयाँका दरले जिल्ला अस्पताललाई रकम उपलब्ध गराइसकिएको प्रदेश सरकारले जनाएको छ।, प्रदेशभित्रका ६ वटा जिल्ला अस्पतालमा अक्सिजन प्लान्ट स्थापना गर्न ८० लाखका दरले रकम उपलब्ध गराइएको हो।, प...
युवराज श्रेष्ठ 'अक्सिजन दिएर राख्नुपर्ने बिरामी छ, आइसोलेसन बेड खाली छ कि छैन?', पोखराको लेखनाथस्थित संक्रामक तथा सरूवा रोग अस्पतालका कार्यकारी निर्देशक डाक्टर विकास गौचनलाई आउने फोनमा धेरैले यही प्रश्न गर्छन्। उनले आफ्नो अस्पतालमा जम्मा ५० बेड आइसोलेसन भएको र अस्पतालको आकस्मिक कक्षमा समेत कोरोना संक्रमित राखेर उपचार ...
सेतोपाटी संवाददाता इलाममा रूखबाट लडेर एक जना युवकको मृत्यु भएको छ।, इलाम नगरपालिका वडा नम्बर ५ का एक युवाको घाँस काट्ने क्रममा: रूखबाट लडेर आज बिहान मृत्यु भएको हो।, घाँस काट्नका लागि खन्युको रूख चढेका २८ वर्षीय मिलन अधिकारीको रूखबाट लडेर शुक्रबार मृत्यु भएको प्रहरीले जनाएको छ।, अधिकारीको घटनास्थलमै मृत्यु भएको हो। घट...
रासस वाणिज्य, आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागले काठमाडौं उपत्यकाका विभिन्न ठूला अस्पतालको अनुगमन गरेको छ। विभागले बिहीबार औषधि व्यवस्था विभाग, जिल्ला प्रशासन कार्यालय काठमाडौं र नेपाल प्रहरीको सहयोगमा उपत्यकाका सात ठूला अस्पतालको अनुगमन गरेको हो।, उपलब्ध सेवा, शुल्कसमेतका बारेमा केन्द्रित भई अस्पतालको अनुगमन गर...
सेतोपाटी संवाददाता मकवानपुरका एक युवाले बञ्चरो प्रहार गरी आफ्नै हजुरआमाको हत्या गरेका छन्।, ९० वर्षीया हजुरआमा कान्छीमाया गुरुङको बन्चरो प्रहार गरी हत्या गरेको अभियोगमा हेटौंडा उपमहानगरपालिका-१७ दियालो दमार बस्ने २२ वर्षीय आकाश गुरुङलाई शुक्रबार बेलुकी प्रहरीले पक्राउ गरेको हो।, सामान्य विवादका क्रममा आकाशले हजुरआमाला...
एजेन्सी अमेरिकाको मेरिल्याण्डमा एक व्यक्तिले अन्धाधुन्ध गोली चलाउँदा कम्तीमा चार व्यक्तिको मृत्यु भएको छ । मेरिल्याण्डको बाल्टीमोर काउन्टीमा एक बन्दुकधारीले अन्धाधुन्ध गोली प्रहार गर्दा एक नेपालीसहित चार जना मारिएका स्थानीय प्रशासनले पुष्टि गरेको छ । मारिने अन्य व्यक्तिहरू ल्याटिन अमेरिकी रहेका पनि बुझिएको छ । मारिने ...
सेतोपाटी संवाददाता कोरोना संक्रमणबाट डोल्पाको त्रिपुरा सुन्दरी नगरपालिकाका मेयर ओमबहादुर बुढाको निधन भएको छ। बुढालाई कोरोना संक्रमण पुष्टि भएपछि ललितपुरको सुमेरू अस्पतालमा भर्ना गरिएको थियो।, उपचारकै क्रममा मेयर बुढाको निधन भएको कर्णाली प्रेदशका मन्त्री नन्दसिंह बुढाले जानकारी दिए।, बुढाका अनुसार उनी जिल्लाका विकासप्र...
सेतोपाटी संवाददाता कास्की प्रहरीले विभिन्न व्यक्ति तथा कम्पनीसँग रहेको १८७ थान अक्सिजन सिलिण्टर संकलन गरी उत्पादक कम्पनीलाई हस्तान्तरण गरेको छ।, पोखरामा रहेका ग्रील उद्योगदेखि जलविद्युत आयोजनासम्मका सिलिण्डर संकलन गरेर अक्सिजन उत्पादक कम्पनीलाई प्रदान गरेको कास्की प्रहरी प्रवक्ता डिएसपी सुवास हमालले जानकारी दिए।, कोरा...
रासस काठमाडौंबाट विभिन्न जिल्ला जाने क्रममा यातायात व्यवसायीले यात्रुबाट धेरै भाडा असुल्ने गरेको भन्ने सूचना महानगरीय ट्राफिक प्रहरी महाशाखामा आएपछि तत्कालै महाशाखाले  एउटा टोली तयार पार्‍यो।  सादा पोशाकमा आफैँ यात्रु बनेर जाने निर्णय गरी गत हप्ताबाट उपत्यकाका विभिन्न क्षेत्रमा उक्त टोली परिचालन गरिएको थियो। काठमाडौंब...
रासस बैतडीको दोगडाकेदार गाउँपालिकाले आफूसँग रहेका सबै सवारी साधन कोरोना नियन्त्रणमा प्रयोग गर्ने जनाएको छ।, गाउँपालिकाले शनिबार एक सूचना जारी गर्दै अध्यक्ष र उपाध्यक्ष चढ्ने गाडीसहित सबै कोरोना नियन्त्रणमा प्रयोग गर्ने निर्णय भएको जनाएको छ।, गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत रवीन्द्रबहादुर धामीका अनुसार गाउ...
एजेन्सी लियोनार्दो दा भिन्चीले कोरेको एउटा भालुको पेन्टिङको लिलामी हुने भएको छ।, 'हेड अफ बियर' नाम दिइएको पेन्टिङ क्रिस्टिजले आगामी जुलाईमा लिलामी गर्दैछ।, लन्डनमा लिलाम गर्नुअघि उक्त पेन्टिङ न्युयोर्क र हङकङमा प्रदर्शनीमा राखिने छ।, क्रिष्टिजका अधिकारीहरूले उक्त पेन्टिङ ८० लाख देखि एक करोड २० लाख पाउन्ड स्टर्लिङ ( १ ...
सेतोपाटी बन्द कोठा वा हलभित्र निश्चित दुरीमा बस्दा कोरोना भाइरस सर्छ कि सर्दैन?, अमेरिकाको रोग नियन्त्रण तथा रोकथाम केन्द्रको नयाँ सार्वजनिक निर्देशिकालाई आधार मान्ने हो भने छ फिटभन्दा बढी दुरीसम्म पनि कोरोना भाइरस एक व्यक्तिबाट अर्को व्यक्तिमा सर्न सक्छ। , केन्द्रले नयाँ वैज्ञानिक अनुसन्धान उद्धृत गर्दै आफ्नो निर्देश...
राजेश घिमिरे कोरोना संक्रमित बढेसँगै चितवनमा ‘रेम्डेसिभिर’को कालोबजारी हुन थालेको छ।, कोरोना संक्रमितका आफन्तले सघन उपचार गराइरहेका बिरामीका लागि उपयोगी हुने भनिएको औषधी रेम्डेसिभिर कालोबजारबाट खरिद प्रयोग गर्दै आएको खुलेको छ। , औषधि व्यवस्था विभागले एक हप्ताको अवधिमा २२२ भाइल रेम्डेसिभिर चितवन पठाएको उल्लेख गरेको छ। ...
भगवती पाण्डे लुम्बिनी प्रादेशिक अस्पतालको इमरजेन्सी वार्डअघि स्वाब संकलन केन्द्र छ।, बिहान ८ बजेदेखि स्वाब दिनेहरूको लाइन लाग्छ। त्यही लाइन मिलाउन, स्वाब झिक्न, मान्छेहरूलाई सम्झाउन व्यस्त हुन्छन् भरत क्षेत्री। उनी एकछिन टुसुक्क बस्नसमेत पाउँदैनन्।, बुटवलको चर्को गर्मी, टाउकोदेखि हातखुट्टा समेत ढाकिने गरी प्लाष्टिकको ...
रासस बहराइनका राजकुमार शेख मोहम्मद अल खलिफासहितको टोलीले विश्वको सर्वोच्च शिखर सगरमाथा (८८८४.८६ मिटर) को सफल आरोहण गरेको छ।, बहराइनको राजपरिवारका सदस्यसहितको टोली आज बिहान ६ः४० बजे सगरमाथाको चुचुरोमा पुगेको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय पर्यटन विभागले जनाएको छ।, सगरमाथाको आधार शिविरमा रहेका विभागका निर्...
एजेन्सी चीनले मंगलबार गत वर्ष गरिएको जनगणनाको तथ्यांक सार्वजनिक गरेको छ।, चीनको राष्ट्रिय तथ्यांक विभागका अनुसार गत वर्ष चीनको जनसंख्या १ अर्ब ४१ करोड २० लाख पुगेको छ। यसअघि सन् २०२० मा चिनियाँ जनसंख्या घटेको भन्दै केही रिपोर्टहरू आए पनि तथ्यांक विभागले  २०२० मा पनि जनसंख्या बढेको जनाएको छ।, सन् २०१० मा गरिएको चीनको छ...
सेतोपाटी संवाददाता प्रहरीले विभिन्न ठाउँबाट ३७० थान अक्सिजन सिलिण्डर संकलन गरेको छ।, चितवन जिल्ला भित्रबाट ११३ र बाहिरबाट २५६ थान सिलिण्डर संकलन गरिएको जिल्ला प्रहीका प्रबक्ता डिएसपी सरोज गिरीले बताए।, उनकाअनुसार जिल्ला भित्र वैशाख २७ गते खैरहनी, टाँडी, भण्डारा, गीतानगर र दिव्यनगरस्थित ईलाका प्रहरी कार्यालयहरुले ९६ वट...
सेतोपाटी संवाददाता सप्तरीमा ट्रकले साइकललाई ठक्कर दिँदा मंगलबार बिहान दुई जनाको ज्यान गएको छ।, साइकलमा सवार सप्तरी हनुमाननगर कंकालिनी नगरपालिका-३ पोर्ताहाका ४५ वर्षीय सत्यनारायण मण्डल र उनकी श्रीमती ४० वर्षीया सुनितादेवी मण्डलको मृत्यु भएको हो।, पूर्वतर्फ जाँदै गरेको ना६ख २८६१ नम्बरको ट्रकले पूर्वपश्चिम राजमार्गमा साइ...
रासस कोभिड–१९ को सङ्क्रमण नियन्त्रणका लागि रसुवामा निषेधाज्ञा लागू भएको छ।, कोरोना सङ्क्रमितको सङ्ख्या दिनानुदिन बढ्न थालेपछि जिल्ला प्रशासन कार्यालयले सूचना जारी गर्दै गए रातिदेखि लागू हुनेगरी निषेधाज्ञा जारी गरेको हो।, अत्यावश्यक कामबाहेक घरबाट बाहिर नजान आग्रह गर्दै प्रमुख जिल्ला अधिकारी ईश्वरीप्रसाद ढकालले कोरोना ...
सेतोपाटी संवाददाता काठमाडौं उपत्यकामा थप ३९२७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। , मंगलबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारीका अनुसार काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा थप ३९२७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो। , त्यसमध्ये काठमाडौंमा मात्र २७८८ जना, ललितपुरमा ६०२ जना र भक्तपुरमा ५...
रासस ताप्लेजुङको फुङलिङ नगरपालिका–७ बहानन्दे नजिकै माथिबाट अचानक झरेको ढिस्कोमा पुरिएर एक बालकको मृत्यु भएको छ।, बहानन्दे दोभान सडकखण्डमा सोमबार माथिबाट झरेको ढिस्कोमा पुरिएर मेरिङदेन गाउँपालिका–२ सान्थाक्राका अन्दाजी १३ वर्षीय फुर्वा शेर्पाको ज्यान गएको हो।, फुर्वा सोही स्थानमा सडक निर्माणका लागि ढुङ्गा ओसार्ने र गिट...
सेतोपाटी संवाददाता नेपाल पत्रकार महासंघले कोरोनाविरूद्ध लडाइँमा खटिएका पत्रकारलाई नि:शुल्क उपचारको माग गरेको छ।, कोरोना महामारीबीच काम गरिरहेका पत्रकारलाई फ्रन्टलाइनर घोषणा गरी स्वास्थ्य र सुरक्षाका उचित प्रवन्ध गर्न महासंघले सरकारसँग माग गरेको अध्यक्ष विपुल पोख्रेलले बताए।, आज बसेको महासंघको दोस्रो केन्द्रीय समिति बै...
राजेश घिमिरे पछिल्लो चौबीस घण्टामा चितवनका विभिन्न अस्पतालमा उपचार गराइरहेका ११ जना कोरोना संक्रमितको मृत्यु भएको छ। , जिल्ला स्वास्थ्य कार्यालयकाअनुसार भरतपुर अस्पताल र चितवन मेडिकल कलेजमा ४/४ र पुरानो मेडिकल कलेजमा ३ जना संक्रमितको उपचारकाक्रममा मृत्यु भएको हो। , मृत्यु हुनेहरु ५ जना चितवनका छन्। अन्य गुल्मीका २ जना...
सेतोपाटी संवाददाता कैलालीमा जारी निषेधाज्ञाको अवज्ञा गरेर संचालन भएका ४ वटा बसका चालकलाई ६–६ हजार जरिवाना तिराइएको छ।  , सोमबार बिनापास यात्रु भरेर धनगढीदेखि काठमाडौं जान लागेको अवस्थामा प्रहरीले उनीहरुलाई नियन्त्रणमा लिएको थियो।,  सुदूरपश्चिम यातायातको ना ७ ख ५२६३ नम्बरको बस र चालक धनगढी उपमहानगरपालिका–१ का ४० वर्षीय...
सेतोपाटी संवाददाता प्रदेश २ मा मंगलबार थप ५ सय ८६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।, प्रदेश दुईका विभिन्न प्रयोगशालामा गरिएको पिसिआर परीक्षणमा १ सय ९४ महिला र ३ सय ९२ जना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालय प्रदेश २ का वरिष्ठ चिकित्सक डा. कमलेशप्रसाद यादवले जानकारी दिए। , मंगलबार धनुषामा सबैभन्द...
सेतोपाटी संवाददाता काठमाडौं उपत्यकामा थप ३९२७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।, मंगलबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारीका अनुसार काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा थप ३९२७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो।, त्यसमध्ये काठमाडौंमा मात्र २७८८, ललितपुरमा ६०२  र भक्तपुरमा ५३७  जना थ...
सेतोपाटी संवाददाता यात्रुसँग तोकिएभन्दा दोब्बर भाडा लिएको आरोपमा दुई जना पक्राउ परेका छन्।, महानगरीय ट्राफिक प्रहरीले बुधबार दुई जनालाई काठमाडौंको कलंकी र बसपार्कबाट पक्राउ परेको हो।, पक्राउ पर्नेमा सप्तकोशी काउन्टर कलंकीमा काम गर्ने बाराका ४१ वर्षीय हृदयनारायण साह र गोंगबुबाट बर्दियाका ३५ वर्षीय कृष्ण चौधरी छन्।, साह...
सेतोपाटी संवाददाता नेपालमा पहिलो पटक संक्रिय कोरोना संक्रमितको संख्या ९७ हजार नाघेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा ९४८३ संक्रमित थपिएसँगै नेपालमा सक्रिय कोरोनाका बिरामी ९७ हजार पुगेका हुन्।, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा मुलुकभरका विभिन्न प्रयोगशालामा गर...
सेतोपाटी संवाददाता लागुऔषधसहित महोत्तरीबाट दुई जना पक्राउ परेका छन्।, पक्राउ पर्नेमा गौशाला नगरपालिका वडा नम्बर ५ का २९ वर्षीय अक्षयकुमार अर्याल र धादिङको धुनिबेसी नगरपालिका वडा नम्बर ७ का ३२ वर्षीय सरोज पाण्डे रहेको प्रहरी प्रवक्ता प्रकाश विष्टले जानकारी दिए।, दुबै जनालाई औरही नगरपालिका वडा नम्बर ४ कठुधारबाट पक्राउ ग...
सेतोपाटी संवाददाता झापाको मेचीनगर नगरपालिकामा जंगली हात्तीको आक्रमणबाट घाइते भएका एक जनाको आज बिहान मृत्यु भएको छ।, गए राति करिब साँढे १२ बजेतिर घर नजिक आएको हात्तीलाई खेदाउने क्रममा हात्तीको आक्रमणबाट गम्भीर घाइते भएका ४५ वर्षीय श्याम राईको उपचारका क्रममा आज बिहान मृत्यु भएको प्रहरीले जनाएको छ।, मेचीनगर ९ तल्लो मागुर...
रासस काभ्रेको बनेपा नगरपालिकामा आज रातिदेखि ‘सिल’ गरिने भएको छ।, स्थानीय जनप्रतिनिधिलगायत कोभिड–महामारी व्यवस्थापनमा सरोकारवालासँगको सोमबारको बैठकले आज राति १२ बजेदेखि नगर सिल गर्ने निर्णय गरेको हो।, कोरोना सङ्क्रमणको दोस्रो लहर तीव्ररूपमा बढेपछि सम्पूर्ण नगर क्षेत्र हाललाई एक हप्ताका लागि सिल गर्नुपरेको नगरप्रमुख लक्...
सेतोपाटी संवाददाता त्रिभुवन राजपथस्थित नामटारबाट हेटौडा आउँदै गरेको मालबाहक ट्रकमा एक सय किलो गाँजा फेला परेको छ।, मकवानपुर प्रहरीका अनुसार ना२ख ९८६२ नम्बरको ट्रकबाट एक क्वीन्टल गाँजा बरामद भएको हो।, सोमबार बिहान मकवानपुरबाट खटिएको प्रहरीले गाँजासहितको ट्रक र तीन जनालाई पक्राउ गरेको छ।, पक्राउ पर्नेमा काभ्रे महाभारत ग...
सेतोपाटी संवाददाता कञ्चनपुरमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ।, आफैँले चलाइएको मोटरसाइकल दुर्घटना हुदा भीमदत्त नगरपालिका वडा नम्बर १ राजिपुरका २८ वर्षीय सुनिल लामिछानेको मृत्यु भएको प्रहरीले जनाएको छ।, उनको सोमबार साँझ मृत्यु भएको हो।, भाँसीबाट राजिपुरतर्फ गइरहेको से ५ प ५५३४ नम्बरको मोटरसाइकल अनियन्त्...
सेतोपाटी संवाददाता अहिले सबैलाई एउटै समस्या छ- उपत्यकाका कुन अस्पतालमा आइसियू खाली होला भनेर थाहा पाउने। किनभने पछिल्लो समय अस्पतालहरूको आइसियू भरिएको खबर मात्र आइरहेका छन्। , यसले गर्दा अहिले धेरैलाई एउटै समस्या छ। त्यो भनेको आपत पर्दा बिरामीलाई कुन अस्पतालमा लाने? सोच्दासोच्दै, अस्पतालहरूलाई फोन घुमाउँदा घुमाउँदै कह...
सेतोपाटी संवाददाता कोरोना भाइरसको संक्रमणबाट नेपालमा पछिल्लो एक सातमा १३५६ जनाको ज्यान गएको छ।, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सोमबार  थप २१४ जनाको मृत्यु भएको हो। यो सँगै पछिल्लो साता नेपालमा मृत्यु हुनेको संख्या १३५६ पुगेको हो।, मंगलबार २२५, बुधबार- १६८, बिहिबार - २१४, शुक्रबार- २०३, शनिबार- १८७, आइतबार...
सेतोपाटी संवाददाता बारामा दुई जना बालकको हत्या भएको छ।, मंगलबार बिहान कलैया उपमहानगरपालिका-७ रंगपुरस्थित बन्दै गरेको मदरसाको एक कोठामा दुई जना बालकको शव फेला परेको हो।, जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक गौतम मिश्रका अनुसार बालक दुबै जनाको घाँटी रेटेर हत्या गरिएको हो।, 'गम्भीर प्रकृतिकै घटना भएको छ। हामी यत...
एजेन्सी भारतमा अहिले कोरोनाभाइरसको दोस्रो लहर फैलिरहेको छ। लाखौं मानिस संक्रमित भएका छन् दैनिक चार हजार मानिसले ज्यान गुमाइरहेका छन्।, महामारीको यो लप्कोले मिरूतस्थित सेन्ट थोमस स्कुलका शिक्षक ग्रेगोरी रेमन्ड राफेलको घरलाई पनि छोयो। उनका जुम्ल्याहा दुई छोरालाई अप्रिल २४ मा ज्वरो आयो।, आइटी इन्जिनियर दुबै जनाको अघिल्लो...
सुदीप श्रेष्ठ काठमाडौं उपत्यकामै सबभन्दा लामो समय चल्ने रातो मच्छिन्द्रनाथको रथयात्रा यस वर्ष एकदिन, त्यो पनि जम्मा डेढ सय मिटर रथ तानेर सम्पन्न भयो।, जेठ १ गते पुल्चोक, दमकल चोकस्थित जोगाम्बर पीठबाट करिब डेढ सय मिटर दुरीको सोह्रखुट्टे पाटीसम्म रथ तानेर जात्रा विसर्जन गरिएको थियो। रातो मच्छिन्द्रनाथलाई बुधबार बुंगमती ...
सेतोपाटी संवाददाता बैतडीमा नदीमा नुहाउने क्रममा एक किशोरको मृत्यु भएको छ।, मंगलबार बिहान महाकाली नदीमा नुहाउन गएका शिवनाथ गाउँपालिका-१  पुण्लगाउँका १७ वर्षीय महेश साउदको मृत्यु भएको प्रहरीले जनाएको छ।, उनी आफन्तको मलामी गएका बेला नदLमा नुहाउने क्रममा बेपत्ता भएका थिए।, सशस्त्र प्रहरी, नेपाल प्रहरी र स्थानीयको सहकार्यम...
सेतोपाटी संवाददाता त्रिभुवन विश्वविद्यालयले वैकल्पिक विधिबाट पढाइ र परीक्षा गर्ने तयारी भइरहेकोले सम्पर्कमा आउन विद्यार्थीलाई अपिल गरेको छ।, उपकुलपति धर्मकान्त बाँस्कोटाले अपिल जारी गर्दै रोकिएका परीक्षाहरू पनि वैकल्पिक विधिबाट लिन आवश्यक व्यवस्था मिलाउनका लागि सम्बन्धित सबैमा अपिल गरेका छन्।, ‘सम्पर्कमा नभएका विद्यार...
सेतोपाटी वागमती प्रदेश सभा सदस्य गीता वाग्लेले आफ्ना छोरी र छोराले आमा खुवाउने औसीमा अष्ट्रेलियाबाट पठाएको रकमले चितवनको एक अस्पताललाई अक्सिजन सिलिण्डर दिएकी छन्।, वाग्लेले ईच्छाकामना गाउँपालिकाको मुग्लिनमा रहेको मुग्लिन हाईवे हस्पिटललाई पाँच थान सिलिण्डर र एउटा ट्रली उपलब्ध गराएकी हुन्।, वाग्लेले हस्पिटलका अध्यक्ष रा...
सेतोपाटी संवाददाता लमजुङको भुलभुलेमा आज बिहान लगातार दुईपटक भूकम्प गएको छ।, आज बिहान ५ बजेर ४२ मिनेटमा ५.८ म्याग्निच्युडको भूकम्प गएको उक्त ठाउँलाई केन्द्रबिन्दु बनाएर फेरि ८ बजेर २६ मिनेटमा ५.३ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जानकारी दिएको छ।, भूकम्पको धक्का पोखरा, तनहुँ, गोरखा, चितवन, धाद...
एजेन्सी मलेसियाको राजधानीको क्वालालम्पुर नजिकैको भूमिगत रेलमार्गमा दुई रेल ठोक्किँदा २ सय बढी यात्रु घाइते भएका छन्।, अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार मलेसियाको पेट्रोनाज ट्वीन टावर नजिकैको टनेलमा सोमबार राति स्थानीय समयअनुसार  पौने ९ बजे एउटा खाली रेल र अर्को यात्रुवाहक रेल ठोक्किएका हुन्।, विपरीत दिशामा गइरह...
सेतोपाटी संवाददाता चीनको स्वशासित तिब्बत सरकारले अनुदानमा दिएको लिक्विड अक्सिजन ल्हासाबाट तातोपानीका लागि प्रस्थान भएको छ।, ल्हासास्थित महावाणिज्य दूतावासले १५० सिलिन्डर लिक्विड अक्सिजन स्थलमार्गबाट तातोपानी पठाइएको जानकारी गराएको छ।, तातोपानी भन्सारका अनुसार सामानको तौल ३० मेट्रिक टन रहेको छ।, लिक्विडले ४० लिटर क्षमत...
रासस कोरोना सङ्क्रमणलाई रोक्न स्थानीय प्रशासनले जारी गरेको निषेधाज्ञाका बीच म्याग्दीका लेकाली क्षेत्रहरुमा कामको माचो शुरु भएको छ।, जिल्लाका बरङ्जा, गौश्वारा, सिमलगायतका सिँचाइको सुविधा भएका र खाली रहेका खेतमा जेठको दोस्रो सातादेखि नै रोपाइँ शुरु भएको हो।, म्याग्दीको शहरी क्षेत्रभन्दा बढी ग्रामीण क्षेत्रहरू अहिले कोरो...
सेतोपाटी संवाददाता शुक्रबारदेखि जारी निषेधाज्ञालाई थप कडा पारिएको छ।, काठमाडौं उपत्यकाका तीन जिल्लाले शुक्रबारदेखि निषेधाज्ञालाई थप कडा पार्ने निर्णय गरेको थियो। सोही निर्णयको पालना गर्न बिहानैदेखि सुरक्षाकर्मीहरू खटिएका छन्।, महानगरीय प्रहरी कार्यालय, रानीपोखरीका प्रवक्ता प्रहरी उपरीक्षक (एसपी) सुशिलसिंह राठौरले आदेश...
सेतोपाटी नयाँ भेरियन्टसहितको दोस्रो लहरको कोरोना कहरका कारण देशभर स्थानीय प्रशासनले निषेधाज्ञा जारी गरेपछि मानिसहरूको सामान्य दैनिकी परिवर्तन भएको छ।, महामारीबीच मानिसहरू सङ्क्रमणबाट बच्न घरभित्रै बसिरहेका छन्।, कोरोनाले आक्रान्त बनाउँदै लगेको यो समयमा  मानिसमा डर, चिन्ता, भय र तनाव बढेर गएको छ।, एकै ठाउँमा समय व्यतीत...
सेतोपाटी संवाददाता नेपाल प्रेस युनियनले कोरोना संक्रमित पत्रकारलाई सहयोग गर्न राहत कोष स्थापना गरेको छ।, युनियनको ३१ औं स्थापना दिवसमा अध्यक्ष बद्री सिग्देलले आज राहत कोष घोषणा गरेका हुन्।, उनले युनियनका तर्फबाट कोषमा १० लाख जम्मा गरिने बताए।, कोषमा केन्द्रीय कार्यसमितिमा रहेकाहरूले कम्तिमा एक हजार सहयोग गर्नुपर्नेछ। ...
सेतोपाटी संवाददाता कोरोनाले बुटवलमा साताभित्र एकै परिवारका तीन जनाको मृत्यु भएको छ।, बुटवल उपमहानगरपालिका वडा नम्बर १० कालिका नगरमा आमा-बुवा र छोराको सात दिनको फरकमा मृत्यु भएको वडाध्यक्ष पदम थापाले बताए।, उक्त परिवारमा अर्का एक सदस्य पनि संक्रमित छिन् भने ६ वर्षीय नाती हालै संक्रमणमुक्त छन्।, वैशाख अन्तिममा आमा र छोर...
सेतोपाटी कैलालीको टीकापुर नगरपालिकाले कोरोना सङ्क्रमणबाट ज्यान गुमाएका मृतकका परिवारलाई १० हजार रुपैयाँ किरियाखर्च उपलब्ध गराउने भएको छ।, नगरपालिकाले कोरोना महामारीले आफन्त गुमाएका परिवारलाई सान्त्वना दिन क्रियाखर्च उपलब्ध गराउने निर्णय गरेको हो। , टीकापुरमा कोरोना महामारीको दोस्रो भेरियन्टपछि २९ जनाको मृत्यु भएको छ।,...
रासस काठमाडौंका तीन स्थानमा पुनः बर्डफ्लु सङ्क्रमण पुष्टि भएको छ। पशु सेवा विभागका अनुसार कीर्तिपुर नगरपालिकाको वडा नम्बर ४ र ९ तथा चन्द्रागिरि नगरपालिका-२ मा सङ्क्रमण पुष्टि भएको हो।, उक्त स्थानका कृषकले पालेका टर्कीको नमूना केन्द्रीय पशुपक्षी रोग अन्वेषण प्रयोगशाला त्रिपुरेश्वरमा रियल टाइम पिसिआर विधिबाट परीक्षण गर्...
सेतोपाटी संवाददाता विश्वकै सबभन्दा ठूलो खगोल विज्ञानको सम्मेलन भएको छ।, खगोल विज्ञानसम्बन्धी जानकारी लिन चाहनेहरूको यो सम्मेलन मे २४ मा सुरू भएको थियो।, कम्युनिकेटिङ एस्ट्रोनोमी विथ पब्लिक (सिएपी) को नवौं कन्फरेन्स भर्चुअल गरेको हो।, कोरोनाभाइरसको महामारीलाई मध्यनजरमा राख्दै सम्मेलन पहिलो पटक भर्चुअल गरिएको हो। जसमा व...
सेतोपाटी संवाददाता बाँकेको कोहलपुरमा छोराको हत्या आरोपमा प्रहरीले बुवालाई पक्राउ गरेको छ।, कोहलपुर नगरपालिका-१२ चपरगौडीमा बुधबार राति करिब पौने १० बजे बुवाले छोराको हत्या गरेका हुन्।, प्रहरी नायब उपरीक्षक (डिएसपी) सुवास खड्काका अनुसार अन्दाजी ५० वर्षीय ठाकुरप्रसाद ओलीलाई हत्या आरोपमा नियन्त्रणमा लिएको छ।, उनले घाँटीमा...
सेतोपाटी संवाददाता बिएण्डसी मेडिकल कलेज विर्तामोडले विवेकशील साझा पार्टीका पूर्वअध्यक्ष उज्जवल थापाको सबै उपचार खर्च व्यहोर्ने घोषणा गरेको छ।, मेडिसिटी अस्पतालमा उपचाररत् थापाको उपचारमा आर्थिक सहयोग आह्वान भएपछि बिएन्डसीले सबै उपचार खर्च व्यहोर्ने घोषणा गरेको हो।, शनिबार बिएन्डसीका कार्यकारी निर्देशक दुर्गा प्रसाईंले ...
सेतोपाटी चन्द्रागिरि नगरपालिकाले मातातीर्थ सामुदायिक अस्पतालमा अक्सिजन प्लान्ट जडान गर्ने भएको छ।, अक्सिजन प्लान्ट जडान गर्नका लागि नगरपालिकाले सम्झौतासमेत गरिसकेको छ। , अस्पतालमा कोभिड-१९ का सङ्क्रमितको उपचारका लागि अस्पतालमा अक्सिजन प्लान्ट जडान गर्न थालिएको नगर स्वास्थ्य संयोजक सन्तोष खड्काले जानकारी दिए। , उनका अन...
सेतोपाटी संवाददाता निषेधाज्ञाको मौका छोपेर सिमावर्ती क्षेत्रमा सशस्त्र प्रहरीले  ठूलाे मात्रामा तस्करी हुँदै गरेको डिजेल बरामद गरेको छ।, माेरङकाे रतुवामाई नगरपालिका ४ स्थित पैयामरी झुर्किया सडक खण्डबाट सशस्त्र प्रहरी बलको सीमा सुरक्षा बलले बल्डङ्गाले  टुटन ट्रकसहित ४६ सय लिटर डिजल बरामद गरेको हो।, शनिबार बिहान नेपालबा...
सेतोपाटी सङ्खुवासभामा पिलुवा खोलाले बगाउँदा एकजनाको मृत्यु भएको छ।, पिलुवा खोलाले बगाउँदा अरुण भ्याली हाइड्रोपावरका कर्मचारीको मृत्यु भएको हो। , मादी नगरपालिका–५ मूलपानीका ३० वर्षीय महेश दाहालको मृत्यु भएको इलाका प्रहरी कार्यालय चैनपुरका प्रहरी निरीक्षक योगराज खतिवडाले जानकारी दिए।, हाइड्रोपावरका कर्मचारी दाहाललाई शुक...
सेतोपाटी संवाददाता डोटीमा एक महिलाको आगो लगाएर हत्या प्रयास भएको छ।, बुधबार राति अज्ञात व्यक्तिले आदर्श गाउँपालिका-४ रोडिङ्गेकी २८ वर्षीया लक्ष्मी भाटको शरिरमा प्रज्वलनशील पदार्थ छर्केर आगो लगाएको हुन्।, जिल्ला प्रहरी कार्यालय डोटीका अनुसार आगोले जलेर लक्ष्मी र उनकी ३ वर्षीया छोरी अन्जु घाइते भएका छन्। उनीहरूको दीपायल...
सेतोपाटी संवाददाता सेवा इन्टरनेशनल युएसएले नेपालका लागि आवश्यक मेडिकल सामग्री हस्तान्तरण गरेको छ।, अमेरिकाका लागि नेपाली राजदूत युवराज खतिवडाको अनलाइन उपस्थितिमा कोरोना महामारीसँग जुध्न अति आवश्यक पर्ने अक्सिजन कन्सन्ट्रेटर, अक्सिमिटर, पी.पी.ई. लगायत विभिन्न सामग्री हस्तान्तरण गरिएको हो।, कोरोना महामारीका कारण गम्भीर ...
सेतोपाटी संवाददाता विवेकशील साझा पार्टीका पूर्व संयोजक उज्वल थापाको परिवारले मेडिकल व्यवसायी दुर्गा प्रसाईँले उपचारका लागि गर्ने भनेको सहयोग आवश्यक नपर्ने जनाएको छ।, हाल थापाको परिवार, आफन्तजन, साथी तथा शुभेच्छुकहरूबाट प्राप्त सहयोगले नै स्वास्थ्य उपचारको खर्च व्यहोरिरहेको र भविष्यमा पनि त्यसै गर्ने भएकोले प्रसाईँले द...
सेतोपाटी संवाददाता कोरानाको हटस्पट बनेको बाँकेको नेपालगन्जस्थीत भेरी अस्पताल र  बर्दिया अस्पताललाई समाजसेवी देव अर्यालले स्वास्थ्य सामाग्री प्रदान गरेका छन्। , समाजसेवी देव अर्याल र उनका भाइ बासु अर्याललेको अगुवाईमा भेरी अस्पताल र बर्दिया अस्पताललाई ४ लाख ८५ हजार बराबरकफ स्वास्थ्य सामाग्री प्रदान गरेका हुन्। , भेरी अस...
जनक श्रेष्ठ लमजुङमा उत्पादन थालेका जलविद्युत् आयोजनाहरुले क्षमताअनुसार विद्यु्त् उत्पादन गर्न थालेका छन्।, नदीमा पानीको बहाव कम भएसँगै क्षमताभन्दा न्यून उत्पादन गरिरहेका ती आयोजनाले हालैको वर्षातपछि पूरै क्षमतामा बिजुली उत्पादन गर्न थालेका छन्। , डुम्रे–बेंसीशहर सडकखण्ड नजिकै जिल्लास्थित बेंसीशहर नगरपालिका–१ दलालमा रह...
एजेन्सी चीन सरकारले दम्पतीलाई तेस्रो सन्तान जन्माउन प्रोत्साहन गर्ने नीति ल्याउने भएको छ।, साउथ चाइना मर्निङ पोष्टका अनुसार सोमबार राष्ट्रपति सी चिनफिङको अध्यक्षतामा बसेको चिनियाँ कम्युनिष्ट पार्टीको पोलिटब्युरोको बैठकमा यो निर्णय  सुनाइएको हो। सरकारले तीन जना बच्चा जन्माउने दम्पतीलाई प्रोत्साहन गर्ने नीति पनि लागू गर...
सेतोपाटी संवाददाता प्रहरीले सुनसरीबाट भारत जाँदै गरेका एक व्यक्तिको साथबाट १६५ किलो गाँजा बरामद गरेको छ।, कोशी गाउँपालिका-८ भाण्टाबारी पानी ट्याङ्कीस्थित सडकबाट लागूऔषध गाँजासहित सोही ठाउँका ४० वर्षीय गणेश यादबलाई आइतबार बिहान प्रहरीले पक्राउ गरेको हो।, भारततर्फ निकासी गर्ने उद्देश्यले सीमातर्फ लैजान तयारी बनाई सडकमा ...
सेतोपाटी अपी हिमाल गाउँपालिका–५ का एक महिलाको यार्सागुम्बा संकलनका क्रममा एक जना महिलाको मृत्यु भएको छ।, यार्सागुम्बा संकलनका लागि अपी हिमाल गाउँपालिकाको सातगंगा वनमा गएको बेला ४० वर्षीया चुन्धरी धामीको मृत्यु भएको हो।, यार्सागुम्बा संकलनका लागि गत वैशाखमै पाटन पुगेकी धामीको पेट दुख्ने समस्या थियो।, दुई/तीन दिनसम्म पे...
सेतोपाटी जिल्ला प्रशासन कार्यालय मोरङले यही जेठ २४ गतेसम्मका लागि निषेधाज्ञाको समयावधि थप गर्ने निर्णय गरेको छ।, कोरोना संक्रमण बढिरहेको अवस्थालाई ध्यानमा राखी जिल्लामा जारी निषेधाज्ञालाई जेठ २४ गतेसम्म थप गर्ने निर्णय गरेको हो।, प्रमुख जिल्ला अधिकारी कोषहरि निरौलाले आज निषेधाज्ञाको समय सकिनु अगाडि पाँचौं सूचना जारी ग...
सेतोपाटी संवाददाता भेरी अस्पतालका स्वास्थ्यकर्मीमाथि आक्रमण गर्नेहरुलाई कारबाहीको माग गर्दै दाङका विभिन्न स्वास्थ्य संस्थामा कार्यरत चिकित्सक, नर्सहरुले प्रदर्शन गरेका छन्। , जेठ १३ गते  राति भेरी अस्पतालमा डाक्टर र स्वास्थ्यकर्मीहरु आक्रमण गर्नेमाथि कारबाहीको माग गर्दै राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा कार्यरत डा...
राजेश घिमिरे गतवर्ष कोरोनाभाइरसको महामारीसँगै सुरू भएको लकडाउनले देश नै ठप्प बन्यो। त्यतिखेर किसानले लगाएका तरकारी बारीमै कुहिएर खेर गएका थिए। ठूलो खर्च गरेर लगाइएको तरकारी खेर जाँदा धेरै किसान निरास भए।, त्यो लकडाउनबाट पाठ सिक्दै अघि बढेका किसान यसपाली भने निषेधाज्ञामा घाटा हुनबाट जोगिएका छन्। चितवनको शुक्रनगरमा व्यव...
सेतोपाटी संवाददाता कोरोना संक्रमण भएर अस्पताल भर्ना भएका पूर्वडिआइजी रमेश खरेल निको भएका छन्।, तीन साना बढी अस्पतालमा उपचारपछि स्वास्थ्यलाभ हासिल गरेर खरेल सोमबार घर फर्किन लागेका हुन्।, नेपाल प्रहरी अस्पतालले सोमबार अपराह्न खरेललाई डिस्चार्ज गर्ने तयारी गरेको छ।, खरेलको कोरोना रिपोर्ट नेगेटिभ आइसकेको छ भने उनलाई अहिल...
सेतोपाटी संवाददाता धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड-१९ अस्पतालमा बेडबाट लडेर घाइते भएकी कोरोना संक्रमित महिलाको मृत्यु भएको छ।, उपचारको लागि भर्ना भएकी महिला सोमबार बेडबाट लडेर घाइते भएकी थिइन्। अस्पतालले उनको मृत्यु भएको आफन्तलाई जानकारी दिएको छ।, बिपीको इमरजेन्सीमा जेठ ११ गते भर्ना भएकी सि...
सेतोपाटी संवाददाता कोरोना सङ्क्रमणबाट बाँकेमा अहिलेसम्ममा ५८७ जनाको मृत्यु भएको छ। जिल्लाभित्रका २९५ र अन्य जिल्लाबाट आएका २९२ जनाको कोरोना सङक्रमणबाट मृत्यु भएको बताइएको छ।, जिल्लास्तरीय कोरोना सङ्कट व्यवस्थापन केन्द्रका कोरोना स्रोत व्यक्ति तेज वलीका अनुसार आज मात्रै बाँकेका विभिन्न अस्पतालमा उपचाररत थप सात कोरोना स...
सेतोपाटी संवाददाता दमकस्थित भुटानी शरणार्थी शिविरबाट एक जनालाई प्रहरीले लागुऔषध ब्राउनसुगरसहित पक्राउ गरेको छ।, पक्राउ पर्नेमा दमक-३ बेलडाँगी सेक्टर सी छाप्रा नम्बर २४४ का ३२ वर्षीय पूर्णबहादुर बानियाँ छन्।, इलाका प्रहरी कार्यालय दमकको टोलीले बानियाँलाई मंगलबार राति ११ बजे घरैबाट पक्राउ गरेको हो।, उनको साथबाट ४७ ग्राम...
शर्मिला पाठक कोभिड-१९ को सङ्क्रमण दरमा केही कमी आएको भन्दै काठमाडौं महानगरपालिकाले तत्काल अक्सिजनसहितको उपचार कक्ष थप सञ्चालन नगर्ने जनाएको छ। अहिले स्वास्थ्य उपकरणसहित सञ्चालनमा आएका अस्पतालहरूमा पनि २० प्रतिशत मात्र कोरोनाका बिरामी रहेकाले कामपाले तत्काल थप उपचार कक्षको आवश्यकता नरहेको जनाएको हो।, दोस्रो लहरको कोरोन...
सेतोपाटी संवाददाता पाँच वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा गोदावरी नगरपालिकाबाट एक जनालाई प्रहरीले पक्राउ गरेको छ।, पक्राउ पर्नेमा गोदावरी-३ मोतिचौर बस्ने सप्तरी सोम्भुनाथ नगरपालिका-२ घर भएका २० वर्षीय राम आशिस सदा छन्।, उनलाई मंगलबार दिउँसो पक्राउ गरिएको महानगरीय प्रहरी परिसर ललितपुरले जनाएको छ।, गोदावरी ...
सेतोपाटी संवाददाता अस्पतालमा काम सकेर घर फर्कने क्रममा विराटनगरका एक जना स्वास्थ्यकर्मी प्रहरीद्वारा निर्घात पिटिएका छन्।, ड्युटी सकेर घर जाँदै गरेका विराटनगरस्थित कोसी अस्पतालमा कार्यरत सिनियर अहेब अशोक राजवशी प्रहरीबाट निर्घात पिटिएका हुन्।, राजवंशीलाई मंगलबार राति ९ बजे विराटनगरको देवकोटा चौकमा खटिएका प्रहरीले कुटप...
भानुभक्त वरिपरि घेरा मोतीको हुन्छ, अगाडि हिरा जोडिएको छ, दायाँबायाँ राखिएको यो रूबि हो। माथिको यो ‘पाराडाइज’ चराको चुच्चो, यो बडी अनि यो प्वाँख हो’, उनले सिसामुनि राखिएको १०० रुपैयाँको नोटमा रहेको राजा वीरेन्द्रले पहिरिएको श्रीपेच हेरेर बयान गरे।, नेपाली झण्डा, टोपी, तक्मा, पदक अनि मिलिटरी पोशाकको उनको पसलबीचमा एउटा ठ...