content
stringlengths
20
64.1k
एजेन्सी संसारका कतिपय मुलुकका नागरिकले कोरोनाभाइरसविरूद्धको खोप नपाइरहेका बेला अमेरिकीहरूले भने उपलब्ध हुँदा पनि खोप लगाउनमा चासो देखाएका छैनन्। नागरिकहरूलाई खोप लगाउन प्रेरित गर्न अमेरिकाका विभिन्न राज्यहरूले नयाँ-नयाँ स्किमहरू ल्याइरहेका छन्। , कतिपय राज्यले खोपको लागि प्रोत्साहन गर्न चिठ्ठाको घोषणा गरेका छन्। जसमध्...
रासस चितवनमा निषेधाज्ञाको अवधि थप भएको छ। प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछानेले आज सात दिनका लागि थप निषेधाज्ञा जारी गरेका छन्।, गत वैशाख १६ गतेदेखि जारी निषेधाज्ञा यही जेठ २० गते रातिसम्मका लागि जारी गरिएको थियो। थपिएसँगै जेठ २७ गते रातिसम्म जिल्लामा निषेधाज्ञा जारी रहनेछ।, अत्यावश्यक सेवा, तरकारी, फलफूल, दूग्ध प...
सेतोपाटी संवाददाता मेलम्ची खानेपानी आयोजनाको पानी झन्डै एक महिना काठमाडौंमा नआउने भएको छ। , सुरूङ परीक्षणका लागि पानी बन्द गर्नुपर्ने अवस्था आएको मेलम्ची खानेपानी आयोजनाले जनाएको छ। , ‘हामीले परीक्षणकै क्रममा पानी पठाइरहेका थियौं, तीन महिनाको परीक्षण अवधि समाप्त भएको छ,’ आयोजनाका डिभिजनल इञ्जिनियर राजेन्द्र पन्तले सेत...
सेतोपाटी संवाददाता बेलायतको ट्याब्लोइड पत्रिका डेली मेलले नेपालमा कोरोनाभाइरसको नयाँ भेरियन्ट भेटिएको भनेर हावादारी खबर प्रकाशन गरेको छ।, मेलको बिहीबारको संस्करणमा प्रथम पृष्ठमै नेपाल भेरियन्टका युरोपभरि फैलिएको उल्लेख छ। वैज्ञानिकहरूले सरकारलाई निकै संक्रामक रहेको भनिएको उक्त भेरियन्टबारे जानकारी दिएकाले विदा मनाउन ज...
सेतोपाटी संवाददाता सबैका  लागि कहर  बनेर आएको कोरोना महामारी उदयपुर रौतामाईको एउटा परिवारका लागि घरै उजाड्ने काल बनेको छ।, एक साताभित्र परिवारका तीन जनाले कोरोनाकै कारण ज्यान गुमाएका हुन्। रौतामाइ गाउँपालिका –७ की ७१ वर्षीया  तिलमाया मगरको बिहीबार विहान मृत्यु भएको छ। उनका दुई जना छोराको यसअघि नै कोरोनाले ज्यान लगिसके...
एजेन्सी विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले दक्षिण पूर्वी एसियाली मुलुक भियतनाममा देखिएको कोरोना 'हाइब्रिड' भेरियन्ट नभएको बताएको छ। जापानी समाचार पत्र निक्कीसँग कुरा गर्दै भियतनामस्थित डब्लुएचओका प्रतिनिधिले यो भाइरस भारतमै भेटिएको डेल्टा भेरियन्टको प्रकार भएको बताएका छन्।, 'डब्लुएचको परिभाषाअनुसार अहिले भियतनाममा कोर...
सेतोपाटी संवाददाता घोराही उपमहानगरपालिका वडा नं. १५ का वडाध्यक्ष रमेश पाण्डेमाथि प्रहरीले गरेको दुर्व्यवहारका विरुद्ध घोराहीका सबै वडा कार्यालय एक दिनको लागि बन्द गरिएका छन्। , बिरामीको लागि अक्सिजन सिलिण्डरको जोहो गर्न स्कुटर चलाएर एक्लै गइरहेका वडाध्यक्ष पाण्डेलाई मंगलबार दिउँसो जिल्ला प्रहरी कार्यालय अगाडि प्रहरीले...
सेतोपाटी संवाददाता ज्यान मुद्दाका फरार प्रतिवादीहरू हतियारसहित पक्राउ परेका छन्।, जिल्ला प्रहरी कार्यालय मोरङको टोलीले चार जना फरार प्रतिवादीलाई चार थान भरुवा बन्दुकसहित पक्राउ गरेको हो।, पक्राउ पर्नेमा केराबारी गाउँपालिका वडा नम्बर ३ का ४४ वर्षीय डिकबहादुर राई, ३६ वर्षीय वुद्धवीर लिम्बु, १९ वर्षीय रामप्रसाद राई र लेट...
सेतोपाटी संवाददाता सरकारले कोरोना परीक्षणको दायरालाई अझै विस्तार गरिने बताएको छ।, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा कृष्णप्रसाद पौडेलले कोरोना परीक्षणलाई अझैं बढाइने बताए। अहिले परीक्षण घट्नुमा केही कारण रहेको भन्दै मन्त्रालयको मनसाय परीक्षणलाई घटाउनु नरहेको उनको दाबी छ।, ‘संक्रमितहरूको संख्या घट्दो छ तर ...
सेतोपाटी संवाददाता मकवानपुरमा एम्बुलेन्स दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ।, बिहीबार बिहान पौने ५ बजे हेटौडा उपमहानगरपालिका-११ नवलपुरमा दुर्घटना हुँदा एक जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक जयश्वर रिमालले जानकारी दिए।, बागमती प्रदेश ०१-००२५ च ३६३८ नम्बरको एम्बुलेन्सले पछाडिबाट ...
रासस मापदण्डविपरीत ह्याण्ड स्यानिटाइजर उत्पादन तथा बिक्रीवितरण गरेका अभियोगमा ओम निरमाया हेल्थ केयर प्रालि ललितपुरका दुई जनालाई प्रहरीले पक्राउ गरेको छ।, उक्त संस्थाका सञ्चालकद्वय ललितपुर महालक्ष्मी नगरपालिकाका ४३ वर्षीय निरेश थापा र सोही ठाउँ बस्ने मोरङ विराटनगर उपमहानगरपालिका–१४ का ४४ वर्षीय अमित ताम्राकारलाई प्रहरी...
सेतोपाटी संवाददाता सप्तरीमा बालिका अपहरण गरेको आरोपमा एक जना पक्राउ परेका छन्। प्रहरीले बालिकालाई अपहरण गरेको आरोपमा राजविराज नगरपालिका वडा नम्बर २ का ३८ वर्षीय नविन देवलाई पक्राउ गरेको हो।, उनलाई प्रहरीले बिहीबार राति पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेले जानकारी दिए।, ...
सेतोपाटी संवाददाता लागुऔषध ब्राउनसुगर कारोबारमा संलग्न एक भारतीयलाई कञ्चनपुर प्रहरीले पक्राउ गरेको छ।, पकराउ पर्नेमा भारत जिल्ला चम्फावत भजनपुर ग्रामका २१ वर्षीय अमन चन्द छन्।, उनलाई दोधारा-चाँदनी नगरपालिका-१ पक्कीपुलबाट शनिबार अपराह्न पक्राउ गरिएको कञ्चनपुरका प्रहरी उपरीक्षक उमाप्रसाद चतुर्वेदीले बताए।, युके०६एई ९७५८...
रासस आफ्नै विद्यार्थीलाई यौन दुर्व्यवहार गरेको अभियोगमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ।, भक्तपुरको सूर्यविनायक नगरपालिका वडा नम्बर ७ गुण्डुकी १३ वर्षीया बालिकालाई दुर्व्यवहार गरेको आरोपमा एक शिक्षक र तेक्वाण्दो प्रशिक्षकलाई प्रहरीले पक्राउ गरेको हो।, पक्राउ पर्नेमा गुण्डुका शिक्षक हरिकृष्ण कोजु र तेक्वाण्दो प्रशिक...
खिलानाथ ढकाल चन्द्रागिरि नगरपालिका-१३ को डाँडामा कंकाली माध्यमिक विद्यालय छ। यताउता भिरालो जमिन छ र त्यही भिरालो जमिनको एकातर्फबाट स्थानीय अधिकारी परिवारका सदस्यहरूले जग्गा खोस्रिन थालेका छन्।, कंकाली स्कुलकै कम्पाउन्ड घेरेको क्षेत्रभित्र पर्ने त्यो भिरालो जग्गा खोस्रिने क्रम दुई दिनअघिसम्म जारी थियो। अधिकारी परिवारले...
सेतोपाटी संवाददाता काठमाडौं उपत्यकामा शुक्रबार जम्मा १३८४ संक्रमित थपिएका छन्।, पछिल्लो समय उपत्यकामा थपिने संक्रमितको संख्या घट्दै गएको छ। शुक्रबार काठमाडौं जिल्लामा ८९७, ललितपुरमा २९९ र भक्तपुरमा १८८ संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। , यद्यपि सक्रिय संक्रमितको संख्या भने अझै पनि उच्च देखिन...
सेतोपाटी संवाददाता गाँजासहित मकवानपुर प्रहरीले तीन जनालाई पक्राउ गरेको छ।, पक्राउ पर्नेमा मकवानपुर कैलाश गाउँपालिका-७ का ४७ वर्षीय हिराबहादुर मोक्तान, २४ वर्षीय रामकुमार मोक्तान र २४ वर्षीय ठाकुर सुनार छन्।, प्रहरी चौकी चैनपुरबाट खटिएको टोलीले शनिबार दिउँसो उनीहरूलाई काक्सिराङ गाउँपालिका-५ बाट पक्राउ गरेको हो।, पैदल ह...
सेतोपाटी गोरखाको गोरखनाथ मन्दिरमा गुरु गोरखनाथलाई सवा लाख रोट अर्पण गरिएको छ।, गोरखा दरबार परिसरमा गुरु गोरखनाथको मनपर्ने खाद्य परिकारका रुपमा लिइने रोट चढाउने परम्परालाई निरन्तरता दिँदै निषेधाज्ञाका बीच स्वास्थ्य मापदण्डको पालना गरी गोरखनाथलाई रोट चढाइएको हो।, मन्दिरमा दैनिक रोट चढाउने प्रचलन रहेपनि गएको १८ बर्षदेखि ...
सेतोपाटी संवाददाता सिराहामा गोली प्रहारबाट एक जना औषधि व्यवसायी घाइते भएका छन्।, मिर्चैया नगरपालिका वडा नम्बर ४ मा अज्ञात समूहले शनिबार बेलुकी गोली चलाउँदा मेडिकल सञ्चालक करिब ४२ वर्षका सामसागर साफी घाइते भएका हुन्।, साफीमाथि दुइटा गोली लागेको छ। बायाँ तीघ्रा र बायाँ हातमा गोली लागेको प्रहरीले जनाएको छ।, उनको मंगलम् अ...
सेतोपाटी संवाददाता रौतहटको गरुडामा बिहेको नाचगान गरिरहेका स्थानीय र प्रहरीबीच झडप भएको छ।, निषेधाज्ञा कार्यान्वयनका लागि गएको प्रहरी टोली र बिहेमा रमाइरहेका स्थानीयबीच झडप भएको हो।, गरुडा नगरपालिका-२ मा ठूलो संख्यामा स्थानीय भेला भएर नाचगान गरिरहेको पाइएपछि आइतबार राति प्रहरी गएको थियो।, प्रहरीमाथि स्थानीयले ढुंगामुडा...
एजेन्सी अमेरिकाको वासिङ्टन राज्यले कोरोनाभाइरसविरूद्धको खोप लगाउने २१ वर्ष माथिका नागरिकलाई तत्कालै एक खिल्ली गाँजा उपहार दिने कार्यक्रम ल्याएको छ।, सोमबार घोषणा भएको उक्त कार्यक्रमको नाम 'जोइन्ट्स फर ज्याब्स' राखिएको छ। यसबाट युवाहरू कोरोना खोप लगाउन उत्प्रेरित हुने आशा गरिएको छ। खोप लगाउँदा गाँजा खान पाइने कार्यक्रम...
सेतोपाटी संवाददाता निषेधाज्ञाका उलंघन गरी बुटवलदेखि झापाको काँकडभित्तासम्म यात्रु लगेको भन्दै प्रशासन कार्यालयले बस चालकलाई कारबाही गरेको छ।, यात्रु लिएर आएको ना ४ ख ५१५२ नम्बरको यात्रुबहाक बसलाई दमक ४ स्थित पूर्वपश्चिम राजमार्गमा प्रहरीले रोक्न खोज्दा चालकले बस हाँक्दै भागेका थिए।, दमक बसपार्कमा पार्किङ गरिराखिएको उक...
सेतोपाटी संवाददाता रुपन्देही प्रहरीले खोला दोहनमा संलग्न दुई टिपर र चार ट्याक्टर नियन्त्रणमा लिएको छ।, आइतबार जिल्ला प्रहरी कार्यालय, इलाका प्रहरी कारयालय सालझन्डी र रन्यौराबाट खटिएको टोलीले गैरकानुनी रुपमा प्राकृतिक स्रोतसाधन ओसारपसारमा संलग्न टिपर र ट्याक्टर नियन्त्रणमा लिएको हो।, नियन्त्रणमा लिइएका टिपरमा बाग्मती प...
सेतोपाटी संवाददाता संस्कृतिविद् सत्यमोहन जोशी बिरामी भएका छन्। १०२ वर्षका जोशीको छातीमा समस्या देखिएपछि अस्पताल लगिएको थियो।, ललितपुरको इमाडोलस्थित किष्ट अस्पतालमा जोशीको उपचार भइरहेको छ। जोशीलाई बुधबार अस्पताल लगिएको हो।, अस्पतालका चिफ अपरेटिङ अफिसर अमिस पाठकले सेतोपाटीलाई दिएको जानकारीअनुसार जोशीलाई निमोनिया देखिएको...
सेतोपाटी संवाददाता यसपालिको मनसुन अनुमान गरेभन्दा केही दिन पहिला नै नेपाल आइपुग्ने भएको छ।, मौसम पूर्वानुमान महाशाखाका मौसदविद् निराजन सापकोटाका अनुसार जेठ २६-२७ गते मनसुन पूर्वी नेपाल प्रवेश गर्ने सम्भावना छ।, 'भारतको मौसम विभागले आइतबार नै पश्चिम बंगाल र उत्तरपूर्वी भारतमा मनसुन पुगेको जनाएको छ,’ सापकोटाले सेतोपाटीस...
सेतोपाटी संवाददाता सेती प्रादेशिक अस्पतालमा कार्यरत एकजना कर्मचारीको  कोरोना संक्रमणका कारण मृत्यु भएको छ।, अस्पतालको सिएसएसडी शाखामा महिला वार्ड एटेन्डेन्टको रूपमा कार्यरत सीता कुमालको बिहीबार राति मृत्यु भएको हो।, उनमा चार दिनअघि कोरोना पोजेटिभ देखिएको थियो। २५ गते अस्पताल भर्ना भएकी उनको भेन्टिलेटरमा राखी उपचारर भइ...
सेतोपाटी संवाददाता पोखरीमा डुबेर धनुषाका पाँच बालिकाको ज्यान गएको छ। , धनुषाको मुखियापट्टी मुसहरनीया गाउँपालिकाको बहेडाडावेला र तुल्सीयाहीको बीचमा रहेको पोखरीमा डुबेर पाँच जना बालिकाको ज्यान गएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी उपरीक्षक प्रकाश रानाभाटले जानकारी दिए। , पोखरीमा पौडी खेल्ने क्रममा १० देखि १३ वर्ष उ...
सेतोपाटी संवाददाता दाङमा गोली चलेको छ।, आज दिउँसो दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ८ मा गोली चलेको हो। कुलो मर्मतको विषयमा बिबाद हुँदा गोली चलेको हो।, गोली चलाएको आरोपमा पूर्ण वली पक्राउ परेका छन्। , सामान्य विवादमा तर्साउन गोली चलाइएको प्रारम्भिक अनुसन्धानबाट खुलेको जिल्ला प्रहरी कार्यालय दाङका एपसी गणेश चन्नल...
सेतोपाटी दैलेखमा असार १० गतेसम्मका लागि निषेधाज्ञा लम्ब्याइएको छ।  , प्रमुख जिल्ला अधिकारी हरि प्याकुरेलको अध्यक्षतामा बसेको कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्रको बैठकले असार १० गतेसम्मका लागि निषेधाज्ञालाई निरन्तरता दिने निर्णय गरेको हो।, आज राति १२ बजेदेखि असार १० गते राति १२ बजेसम्मका लागि निषेधाज्ञा थप गरिएको प्रजिअ...
सेतोपाटी संवाददाता 'डन' गणेश लामालाई प्रहरीले जिल्ला प्रशासन कास्कीमा बुझाउने तयारी गरेको छ।, वडा प्रहरी कार्यालय बैदाममा राखिएका लामालाई निषेधाज्ञा उल्लंघनको आरोपमा कारबाही अगाडि बढाइएको कास्की प्रहरीले जनाएको छ।, लामासहित बिहीबार चन्द्र लामा र रमेश खड्का पक्राउ परेका थिए। लेकसाइडको एउटा होटलबाट उनीहरूलाई गाडीसहित पक...
सेतोपाटी संवाददाता तुलसीपुरको गहते खोलामा शुक्रबार मध्यान्ह १२ बजेतिर गोली चलेको छ।, तुलसीपुर उपमहानगरपालिका वडा नं. ८ स्थित गहते खोलामा जग्गाको विषयमा सामान्ने भनाभनका क्रममा सोही वडाको चन्द्रगञ्जका २४ वर्षीय पूर्णबहादुर वलीले अमिनलाई लक्षित गरी गोली चलाएको प्रहरीले जनाएको छ।, गाउँलेसहित सिँचाइ कुलो छुट्याउने भनी पुग...
सेतोपाटी संवाददाता रौतहटमा श्रीमतीलाई एसिड छ्यापेको आरोपमा एक पक्राउ परेका छन्।, चन्द्रपुर नगरपालिका वडा नम्बर ७ का सुन व्यवसायीसमेत रहेका ४२ वर्षका दीपक बिकले आफ्नी ३८ वर्षीया श्रीमती दीपिका बिकमाथि एसिड प्रहार गरेका थिए।, एसिड प्रहार गरेको आरोपमा प्रहरीले दीपकलाई शनिबार नै पक्राउ गरेको प्रहरी उपरीक्षक सिद्धिविक्रम श...
राजेश घिमिरे राप्ती-१० स्थित ढाँड खोला गाउँकी सुनिमाया चेपाङ ४९ वर्षकी भइन्। घरधन्दा र मेलापात उनको नियमित काम हो। घरायसी काममै व्यस्त रहने सुनिमायालाई गाउँमा कोही नयाँ मान्छे आयो भने डर लाग्छ। नयाँ मान्छेबाट कोरोना सर्ने डर हुन्छ र यसले ज्यानै लिन सक्छ भन्ने कुरा उनले छिमेकीबाट थाहा पाएकी थिइन्।, ‘नयाँ मान्छेको अघि प...
सेतोपाटी संवाददाता सरकारले आजदेखि नयाँ शैक्षिक सत्र सुरू गरेको छ।, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले आजदेखि शैक्षिक सत्र सुरू गरे पनि पढाइ भने तत्काल नहुने जनाएको छ। कोरोना महामारी नै कायम रहेकोले भौतिक रूपमा विद्यालयमा विद्यार्थी उपस्थित गराएर पढाइ गर्न अझै केही समय लाग्ने भएको छ।, यस्तै असार १५ सम्म विद्यार्थी...
सेतोपाटी संवाददाता गोरखाको मान्बुस्थित ठोट्नेरी खोलामा आएको बाढीले बगाउँदा एक जना बेपत्ता भएका छन्।, आरूघाट गाउँपालिका वडा नम्बर २ कटुन्जे जान लागेका बर्दियाका करिब ३८ वर्षका गोविन्द चौधरी बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय गोरखाले जानकारी दिएको छ।, चौधरी ट्रक मर्मतका लागि जाँदै गर्दा खहरे खोलमा आएको बाढीले बगाएको थि...
सेतोपाटी संवाददाता कपिलवस्तुको गोरुसिंगेमा भएको सवारी दुर्घटनामा परी एक प्रहरी जवानको मृत्यु भएको छ।, तीव्र गतिमा गुडिरहेको जीपको ठक्करबाट प्रहरी जवान रामबहादुर बिसीको ज्यान गएको हो।, मोटरसाइकलमा गोरुसिंगेबाट पत्थरकोटतर्फ जाँदै गरेका प्रहरी जवान बिसीलाई पत्थरकोटबाट गोरुसिंगेतर्फ आउँदै गरेको लु २ च १५१९ नं. को स्कारपिय...
सेतोपाटी संवाददाता आफन्तसँगै पोखरीमा नुहाउन गएकी पाँच वर्षीया बालिकाको डुबेर मृत्यु भएको छ।, महादेवा गाउँपालिका-२ मण्डल टोलकी अपेक्षाकुमारी मण्डलको सोमबार साँझ मृत्यु भएको हो।, घर नजिकै रहेको पोखरीमा नुहाउने क्रममा डुबेपछि आफन्तले उद्धार गरी उनलाई गजेन्द्रनारायण सिंह अस्पताल लगेका थिए।, अस्पताल पुर्‍याउन नपाउँदै बालिक...
सेतोपाटी संवाददाता सप्तरीमा सोमबार राति ट्याक्टरले मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु भएको छ।, प्रहरीका अनुसार खड्क नगरपालिका-८ पहाडे भदिया चोकका २२ वर्षीय अनिल चौधरीको मृत्यु भएको हो।, स१त २७२६ नम्बरको ट्याक्टरले ठक्कर दिँदा चौधरी घाइते भएका थिए।, उनलाई उपचारका लागि लैजाने क्रममा लहानमा मृत्यु भएको प्रह...
सेतोपाटी संवाददाता पहिरोले अवरूद्ध भएको पृथ्वी राजमार्ग खुलेको छ।, पहिरो हटाएपछि आज बिहान ८ बजेदेखि सडक दुवैतर्फ खुलेको छ।, गए राति झरेको पहिरोले पृथ्वी राजमार्गको धादिङस्थित जोगिमारा खण्ड अवरूद्ध थियो।, पहिरो हटाएपछि सडक खुलेको स्थानीय बासिन्दाले जनाएका छन्।, आज बिहानैदेखि डोजर लगाएर पहिरो/बाक्लो लेदो हटाइएको थियो।,...
सेतोपाटी संवाददाता मनसुनी वायुको प्रवेशसँगै विगत केही दिनयता देशभरि वर्षा भइरहेको छ।  मौसम पूर्वानुमान महाशखाले अझै तीन दिन  देशका विभिन्न स्थानमा भारी वर्षाको सम्भावना रहेको बताएको छ।, वर्षाका कारण अहिले विभिन्न नदीहरूको जल प्रवाह बढेको छ भने केही ठाउँमा पहिरो समेत आएको छ।, आगामी ३ दिन कालीगण्डकी, तिनाउ, पश्चिम राप्त...
सेतोपाटी कोरोना भाइरस जनावरबाट सरेको होइन, चीनको प्रयोगशालामा विकास गरिएको हुनसक्छ भनेर धेरैअघिदेखि शंका गरिँदै आएको थियो। यो प्रयोगशालाबाट नियोजित रूपले वा दुर्घटनावश समुदायमा फैलिएको ठान्नेहरू अझै पनि थुप्रै भेटिन्छन्। के यसको पछाडि कुनै वैज्ञानिक आधार छ?, गत वर्ष विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) को सम्मेलनले महामार...
सेतोपाटी संवाददाता प्रहरीले मकवानपुरमा १४३ किलो ३०० ग्राम गाँजा बोकेको कन्टेनर गाडीसहित तीन जनालाई पक्राउ गरेको छ।, हेटौंडा उपमहानगरपालिका वडा नम्बर ११ थाना भर्‍याङबाट गाँजासहित तीन जनालाई बिहीबार बिहान पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक जयश्वर रिमालले जानकारी दिए।, मनहरीबाट हेटौंडा आउ...
रासस गाईभैँसी र बाख्रा चराउन जाजरकोटको जलजला पाटनमा गएर बेपत्ता भएका ७ जनाको अझै खोजी हुन सकेको छैन।, उनीहरू मंगलबारदेखि सम्पर्कविहीन छन्।, कुशे गाउँपालिका औलरिजाका ३५ वर्षीय दिलबहादुर खड्का, २५ वर्षीय विक्रम खड्का, २८ वर्षीया चन्द्रा खड्का, १८ वर्षीय  भविन्द्र खड्का, १२ वर्षीय मीम खड्का, १७ वर्षीया धनसरा खड्का र ४० व...
सेतोपाटी संवाददाता डोटीमा पहिरोले च्यापिएर बालक र बालिकाको मृत्यु भएको छ।, बिहीबार साँझ दिपायल सिलगढी नगरपालिका-५ मा पहिरो जाँदा बाख्रा चराउन गएकी ८ वर्षीया बालिका जेनिसा विष्ट र सोही ठाउँमा मामाघर आएका ६ वर्षीय बालक विनोद भण्डारीको मृत्यु भएको जिल्ला प्रहरी कार्यलय डोटीका प्रहरी नायब उपरीक्षक इन्द्र मल्लले जानकारी दि...
सेतोपाटी संवाददाता अविरल वर्षाको कारण देशका विभिन्न स्थानमा आएको बाढी, पहिरो र डुबानमा परेर ८ जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा सिन्धुपाल्चोकमा ४ जना, पाल्पा, कास्की, डोटी र  सप्तरीमा एक–एक जना छन्। , प्रहरी प्रधान कार्यालयका अनुसार बाढी तथा पहिरोमा परेका सिन्धुपाल्चोकमा ८० जना, कास्कीमा एक, पाल्पा र स्याङजामा एक–एक ...
एजेन्सी भारतीय राज्य उत्तर प्रदेशको गाजिपुरस्थित ददरीघाटमा गत सोमबार बिहान गंगा नदीमा एउटा प्लाइउडको बाकस बग्दै-बग्दै आइरहेको थियो।, सोमबार गंगामा स्नान गर्न गएकाहरूले बाकसबाट बच्चा रोइरहेको आवाज सुने। उनीहरूलाई अचम्म लाग्यो तर कसैले गंगाबाट बाकस बाहिर निकाल्ने आँट गरेनन्। बाकसभित्र बच्चा रोइरहेको सुनेपछि स्थानीय गुल्...
सेतोपाटी संवाददाता हुलाकी राजमार्ग अन्तर्गत झापाको गौरीगञ्जमा सडक निर्माणमा खटिएका कार्यरत् एक जना मजदुर जलेर गम्भीर घाइते भएका छन्।, गौरीगञ्ज गाउँपालिका वडा नम्बर ३ स्थित पेट्रोल पम्पनजिकै हुलाकी सडक कालोपत्रे गर्ने क्रममा अलकत्रा विच्छाउने मेसिनको फायरिङ खोल्दा ३६ वर्षीय मोहम्मद मोनाथ जलेर घाइते भएको इलाका प्रहरी का...
सेतोपाटी संवाददाता दाङमा बिहीबार बेलुका ट्याक्टरको ठक्करबाट एक जनाको मृत्यु भएको छ।, घोराही उपमहानगरपालिका वडा नं. १६ कपासीबगियाका ४८ वर्षीय खलसिंह विकको ट्याक्टरको ठक्करबाट  घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी प्रवक्ता डिएसपी मुकुन्दप्रशाद रिजालले बताए।, तुलसीपुर घोराही सडक खण्ड अन्तरगत घोराही १६ कपासीबगियामा रा१त ३...
सेतोपाटी संवाददाता १० वर्षीया छोरीलाई बलात्कार गरी फरार भएका बाबुलाई प्रहरीले पक्राउ गरेको छ।, पक्राउ पर्नेमा सप्तरी तिलाठी कोइलाडी गाउँपालिका-३ का एक पुरुष छन्।, उनलाई घटना घटेको १३ वर्षपछि बिहीबार पक्राउ गरिएको सप्तरी प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेले बताए।, ती पुरुषलाई अदालतले १३ वर्ष कैद फैस...
सेतोपाटी संवाददाता शुक्रबार देशभर २ हजार ७६८ संक्रमित थपिएका छन्।, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कुल १३ हजार ३७ जनामा परीक्षण गर्दा सो संख्याका संक्रमित थपिएका हुन्।, यो अवधिमा ४ हजार २० जना निको भएका छन्। कुल संक्रमितमा निको हुनेको दर ८९ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ। यस अवधिमा थप ...
सेतोपाटी दाङको देउखुरीमा सर्पको डसाइबाट एक बालिकाको मृत्यु भएको छ।  , गढवा गाउँपालिका-७ विजयपुरका चेतबहादुर बोहोराकी १२ वर्षीया छोरी रेश्मा बोहोराको मृत्यु भएको हो। , आज बिहान करिब साढे सात बजे गोठमा पराल लिन गएका बेला गोमन सर्पले बालिकालाई डसेपछि गढवास्थित सर्पदंश उपचार केन्द्रमा उपचारार्थ भर्ना गरिएको र  सो केन्द्रम...
सेतोपाटी संवाददाता पछिल्लो पाँच दिनमा भारी वर्षापछिको बाढी, पहिरो र डुबानमा परी १६ जनाको मृत्यु भएको छ। अन्य २२ जना सम्पर्कविहीन र १६ जना घाइते भएका छन्।, मृत्यु हुनेमा सिन्धुपाल्चोक र डोटीमा तीन-तीन तथा सप्तरी, काभ्रे, गोरखा, जुम्ला, अर्घाखाँची, पाल्पा, कास्की, कालिकोट, प्युठान र बाजुरामा एक-एक जना रहेको गृह मन्त्राल...
रासस चीनको स्वशासित क्षेत्र तिब्बतमा भारी वर्षापछि आएको पहिरोका कारण थुनिएको नदीलाई चिनियाँ नागरिकले चारैतिरबाट पानी कटाउन थालेका छन्।, एकैपटक पोखरी बनेको नदी फुटेपछि नेपालको तामाकोशीसम्म क्षति पुग्ने देखिएपछि पानी तर्काउन थालिएको जनाइएको छ।, स्थानीय प्रशासनले दोलखा र आसपासका जिल्लाका नदी तटीय क्षेत्रका बासिन्दालाई उच...
सेतोपाटी संवाददाता कोरोना भाइरसको दोस्रो लहर फैलिएपछि भारतसँग सीमा जोडिएको झुलाघाट नाकाबाट साढे चार हजार नेपाली नागरिक स्वदेश फर्किएका छन्।, गत वैशाखदेखि हालसम्म चार हजार ६२६ जना स्वदेश फर्किएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ। प्रहरीका अनुसार बैतडीका दुई हजार २४०, बझाङका एक हजार ६६१, डडेल्धुराका १०१, दार्चुला...
सेतोपाटी संवाददाता भक्तपुरको मध्यपुर थिमी नगरपालिकाले समुदायस्तरमा कोभिड १९ को एन्टीजेन परीक्षण गरेको छ।, नेपाल कोरिया मैत्री नगरपालिका अस्पतालको ब्यवस्थापनमा समुदायस्तरमा १ हजार ३ सय ८ जनामा एन्टिजेन परीक्षण गरेको हो।, परीक्षण गरिएकामध्ये ४८ जनाको रिपोर्ट पोजेटिभ आएको नगरपालिकाका मेयर मदन सुन्दर श्रेष्ठले जानकारी दिए...
सेतोपाटी संवाददाता गोठालो जाँदा सम्पर्कविहीन भएको जाजरकोटका ७ जनालाई सकुशल उद्दार गरिएको छ। आज बिहान उनीहरू सकुशल भेटिएको जिल्ला प्रहरी कार्यालय जाजरकोटले जनाएको छ।, कुशे गाउँपालिकाको औलरिजाका ३५ वर्षीय दिलबहादुर खड्का, २५ वर्षीय विक्रम खड्का, २८ वर्षीया चन्द्रा खड्का, १८ वर्षीय भविन्द्र खड्का, १२ वर्षीय मीम खड्का, १७...
विवेक राई गत जेठ २५ गते ललितपुर महानगरपालिकाले खोप खरिद अनुमतिका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई पत्र पठायो। तर अहिलेसम्म मन्त्रालयले महानगरलाई त्यसबारे कुनै जवाफ दिएको छैन।, ललितपुर महानगरपालिकासँगै देशका धेरै स्थानीय तहहरूले मन्त्रालयसँग खोप खरिद अनुमति मागिरहेका छन्। सुनसरीको धरान उपमहानगरपालिका पनि आफ्ना ...
सेतोपाटी संवाददाता सर्वोच्च अदालतले पत्रकारहरूलाई कोरोनाभाइरसविरूद्ध खोप लगाउने व्यवस्था मिलाउन सरकारलाई आदेश दिएको छ।, न्यायाधीश कुमार चुडालको एकल इजलासले आइतबार 'पत्रकारहरूको पेशागत प्रकृति र परिस्थिति जनसमुदाय वा समूहमा पुग्नु पर्ने वा जनसम्पर्कमा हुनुपर्ने भएकाले पत्रकारको कार्य प्रकृतिको विशेष परिस्थितिलाई समेत म...
सेतोपाटी संवाददाता निषेधाज्ञाबारे निर्णय गर्न काठमाडौं उपत्यकाका तीन प्रमुख जिल्ला प्रमुख अधिकारीहरूको बैठक जारी छ।, पछिल्लो समय थपिएको निषेधाज्ञा सोमबार सकिँदैछ।  निषेधाज्ञा सकिनुअगावै आइतबार बैठक बसेर निर्णय गर्न लागिएको हो।, अहिले काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीहरूबीच बैठक जारी रहेको भक्तपुरका प...
सेतोपाटी संवाददाता गृह मन्त्रालयले १६ जना प्रहरी नायब महानिरीक्षक (डिआइजी)हरूको सरूवा निकालेको छ। , सोमबार मन्त्रालयले सात वटै प्रदेशका डिआइजीहरूको सरूवा निकालेको हो। , सरूवा सूचीअनुसार केन्द्रीय अनुसन्धान ब्युरोमा डिआइजी धिरजप्रताप सिंहको सरूवा भएको छ। उनी प्रदेश २ मा कार्यरत् थिए। , ब्युरोमा कार्यरत् सहकुलबहादुर थाप...
निर्मला घिमिरे जैसीदेवलको साँघुरो कोठाझैं प्रमोद चौधरीको पेट भोकले खुम्चिएको छ। आफूसहित तीन जनाको परिवारलाई कसरी खुवाउने? हरेक बिहान-बेलुकाको चिन्ता हो उनको।, हामी उनको कोठा पुग्दाको साँझ भने उनी केही ढुक्क देखिन्थे। बिहानको अलिकति निस्तो भात रहेछ। चार जनाको भोक थुम्थुमिने देखेर ५५ वर्षीय प्रमोद आफैं थुम्थुमिएका थिए।,...
सेतोपाटी संवाददाता सल्यानको दार्मा गाउँपालिका वडा नम्बर ५ गौतेकी ३० वर्षीया खिमा खड्काको घाँटी थिचेर हत्या भएको पोष्टमार्टम रिपोर्टले देखाएको छ।, गत असार १ गते बिहान स्थानीय ठोलो खोलामा उनी मृत भेटिएकी थिइन्।, आइतबार आएको पोष्टमार्टम रिपोर्टमा उनको घाँटी थिचेर हत्या भएको भन्ने देखिएको जिल्ला प्रहरी प्रमुख डिएसपी गोविन...
युनिक श्रेष्ठ काठमाडौं उपत्यकामा थप एक साता निषेधाज्ञा थपिएको छ। उपत्यकाका तीन प्रमुख जिल्ला अधिकारीहरूको आइतबार साँझ बसेको बैठकले असार ८ गतेदेखि एक साताका लागि निषेधाज्ञा थप्ने निर्णय गरेको हो। , अब काठमाडौं उपत्यकामा असार १४ गतेसम्म निषेधाज्ञा हुने भएको छ। अबको निषेधाज्ञा भने खुकुलो बनाइने भएको छ।, निजी सवारीलाई जोर...
सेतोपाटी संवाददाता कोरोना संक्रमितको उपचारमा खटिएका टेकु अस्पतालका डाक्टर अनुप बाँस्तोलाले पछिल्लो समय अस्पतालमा संक्रमित चाप निकै कम भएको बताएका छन्।, संक्रमितको चाप घट्न थालेपछि अहिले स्वास्थ्यकर्मीहरूलाई समेत धेरै सहज भएको उनी बताउँछन्। , ‘अहिले संक्रमितको चाप निकै कम छ। इमर्जेन्सीका बेडहरू लगभग खाली छ। बाहिर टहराम...
युनिक श्रेष्ठ काठमाडौं उपत्यकामा थप एक साता निषेधाज्ञा थपिएको छ। उपत्यकाका तीन प्रमुख जिल्ला अधिकारीहरूको आइतबार साँझ बसेको बैठकले असार ८ गतेदेखि एक साताका लागि निषेधाज्ञा थप्ने निर्णय गरेको हो। , अब काठमाडौं उपत्यकामा असार १४ गतेसम्म निषेधाज्ञा हुने भएको छ। अबको निषेधाज्ञा भने खुकुलो बनाइने भएको छ।, निजी सवारीलाई जोर...
सेतोपाटी संवाददाता सिन्धुपाल्चोकको हेलम्बुका बाढीपीडितलाई प्रयोग गर्न जेनेरेटर उपलब्ध भएको छ।, १० थान जेनेरेटर उपलब्ध गराइएको हो।, बाढीपीडितका लागि स्पेनिस नागरिक आना रूइज, स्पेनिस कम्पनी रामटोर र मेलम्ची खानेपानी आयोजनासँग आवद्ध संस्था सोलुसियोनिस इन्टिग्रालेस विफोरको सहयोगमा जेनेरेटर उपलब्ध भएको हो।, जेनेरेटर र पेट्...
रवीन्द्र काफ्ले पाँचथरको कुम्मायक गाउँपालिका घर भई फिदिममा बस्दै आएका ४५ वर्षीय पुरूषले ज्वरो, रुघाखोकीलगायत स्वास्थ्य समस्या देखिएपछि गत जेठ ३ गते पाँचथर जिल्ला अस्पतालमा पिसिआर परीक्षणका लागि स्वाब दिए।, स्वास्थ्य समस्याले सताइरहेकै थियो र उनी अस्पताल गएनन्। पिसिआरको रिपोर्ट तीन दिन बित्दा पनि आएन। सिकिस्तै बिरामी प...
युवराज श्रेष्ठ विवेकशील साझा पार्टीले सुरूमा पोखरामा ‘तातो भात’ बाँडे। पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गत पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा उपचाररत कोरोना संक्रमित र तिनका कुरूवालाई उनीहरूले खाना खुवाएका थिए। लकडाउनले अस्पतालबाहिर रहेका रेष्टुरेण्ट बन्द भएका बेला पोखरा बाहिरबाट पुगेका बिरामीले नि:शुल्क खाना खान...
सबिना श्रेष्ठ भक्तपुर गोलमढीको गःहिति (ढुंगेधारा) लाई अचेल स्थानीयहरू दैनिकजसो नियाल्छन्।, यो हितिको दायाँ–बायाँ ढुंगाले बनेका दुइटा सिंह छन्। हाँसिरहेको वा गर्जिरहेजस्तो देखिने यी दुवै सिंहले घाँटीमा घन्टी भएको माला लगाएका छन्। एकातर्फको हात राम्रै भए पनि अर्कोतर्फको फुटिसकेको छ।, स्थानीयलाई एउटै डर छ- हावामा उडिरहेज...
सेतोपाटी महोत्तरीको मटिहानी–जनकपुर सडक खण्डबाट रु ४० लाखसहित एक युवकलाई प्रहरीले पक्राउ गरेको छ।, धनुषाको मुखियापट्टी मुसरनियाँ गाउँपालिका–१ का ३८ वर्षीय संजयकुमार साहलाई आज दिउँसो पक्राउ गरिएको प्रहरी उपरीक्षक दिनेशकुमार आचार्यले बताए।, साह जनकपुरमा धनलक्ष्मी ज्वेलर्स (सुनचाँदीको पसल) सञ्चालन गर्दै आएका छन्।, टीभीएस ...
सेतोपाटी पृथ्वी राजमार्गसँगै जोडिएको व्यास नगरपालिका-१२ स्थित छिर्कनमा राष्ट्रिय विभूति आदिकवि भानुभक्त आचार्यको नाउँमा प्राणी उद्यानको कार्यालय निर्माण गरिएको छ।, विसं २०७३ माघ २० गते नेपाल सरकारको मन्त्रिपरिषद्को निर्णयबाट राष्ट्रिय विभूति भानुभक्तको नाउँमा उद्यानको नामकरण गरिएको हो।, यस उद्यान व्यास नगरपालिका वडा न...
सेतोपाटी संवाददाता पूर्व-पश्चिम राजमार्गअन्तर्गत सिरहाको कर्जन्हा नगरपालिका–१० प्रयागपुरमा गुडिरहेको टिपरमा बुधबार बिहान आफैं आगो लागेको छ।, इँटा लोडे गरी पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको ना१क ५५५१ नम्बरको टिपरमा अचानक आगलागी भएको प्रहरीले जनाएको छ।, गुड्दै गरेको टिपरमा आगलागी भएपछि चालकले हामफालेर ज्यान जोगाएको स्थानी...
सेतोपाटी चामेमा मर्स्याङ्दी नदी फेरि थुनिएको छ।, चामे गाउँपालिका वडा नं ४ र ५ जोड्ने मर्स्याङ्दी नदी थुनिँदा चामेबजार जाने ठूलो पुल जोखिममा रहेको प्रमुख जिल्ला अधिकारी विष्णु लामिछानेले जानकारी दिए। पुलमा रूख तथा ढुङ्गा अड्किँदा नदी थुनिएको प्रजिअ लामिछानेले बताए। , थुनिएको नदीमा पानीको बहाव बढेपछि पुलमाथिबाट पानी गइर...
विमलबहादुर विष्ट सुदूरपश्चिम प्रदेशका पहाडी जिल्ला बैतडी, बझाङ, डडेल्धुरा, बाजुरा, दार्चुला तथा डोटीका विभिन्न राजमार्गमा राखिएका ट्राफिक चिन्ह वर्षेनी हराउँदै जान थालेका पाइएको छ। , राजमार्गमा रहेका ट्राफिक चिन्ह हराउँदै तथा चोरी हुँदै गरेका विषयमा यहाँका सञ्चारकर्मीले पटक-पटक समाचार सम्प्रेषण गर्दा पनि सम्बन्धित निक...
सेतोपाटी संवाददाता शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री कृष्णगोपाल श्रेष्ठ बुधबार बिहान महानगरीय प्रहरी वृत्त सिंहदरबारमा गए।, जातका कारण सञ्चारकर्मी रूपा सुनारलाई आफ्नो घरमा कोठा भाडा नदिएको आरोपमा पक्राउ परेकी बबरमहलकी घरबेटी सरस्वती प्रधानलाई रिहा गर्न उनी प्रहरी कार्यालय पुगेका थिए।, जिल्ला सरकारी वकिलको कार्यालयले...
सेतोपाटी संवाददाता मोरङको रंगेलीमा चट्याङ पर्दा बुधबार एक युवाको ज्यान गएको छ।, रंगेली नगरपालिका ६  चोप्राहास्थित नेवा टोलमा चट्याङ पर्दा नेवा टोलका २३ वर्षिय नितेश रायको मृत्यु भएको छ। उनको उपचारका क्रममा रंगेली अस्पतालमा मृत्यु भएको हो।, घर नजिकैको पिठारीको रूखमुनि बसिरहेको बेला बुधबार दिउँसो १ बजे चट्याङ पर्दा थप ४...
सेतोपाटी संवाददाता शैक्षिक परामर्श सेवा दिँदै आइरहेको एक्सपर्ट एजुकेशन एण्ड भिजा सर्भिसेस चितवनले ५ वटा अक्सिजन कन्सट्रेटर विभिन्न स्वास्थ्य संस्थालाई सहयोग गरेको छ। एक्सपर्ट फाउण्डेशनमार्फत देशका सबै शाखाबाट ५० वटा अक्सिजन कन्सट्रेटर सहयोग गरिरहेको एक्सपर्टको चितवन शाखाले चितवनका दुई स्वास्थ्य संस्था, मकवानपुरका २ स्...
सेतोपाटी संवाददाता सुन तस्करीको आरोपमा राजश्व अनुसन्धान विभागले दुई जना भारतीय नागरिकविरूद्ध मुद्दा दायर गरेको छ। , विभागले सिंहपुर रक्सौल पूर्वी चम्पारण घर भई वीरगञ्ज महानगरपालिका बसोबास गरिरहेका अशोककुमार सिन्हा र निवेदिता सिन्हाविरूद्ध बुधबार उच्च अदालत जनकपुरमा मुद्दा दायर गरेको हो। , उनीहरूसँग १८ करोड ६५ लाख दुई ...
सेतोपाटी संवाददाता सर्लाहीमा इँटाभट्टाले खनेको गाल्डोको पानीमा डुबेर एकैघरका दुई दाजुभाइको मृत्यु भएको छ।, प्रहरीका अनुसार बुधबार मलंगवा नगरपालिका-११ गम्हरियाका ८ वर्षीय रेआज अन्सारी र ६ वर्षीय नेआज अन्सारी छन्।, बिहान ११ बजे बाख्रा चराउन गएका दाजुभाइ पल्सी भन्ने ठाउँमा रहेको इँटाभट्टाले खनेको खाल्डोमा डुबेको सर्लाही ...
सेतोपाटी संवाददाता कालीगण्डकी नदी दोहन हुने क्रम नरोकिए भन्दै ‘नदी र यहाँको सभ्यता बचाउँ अभियान’ मा युवा जुट्न थालेका छन्।, म्याग्दी, बागलुङ, पर्वत, स्याङ्जालगायत क्षेत्रमा कालीगण्डकी नदीमाथि चौतर्फी दोहन हुनथालेपछि युवाहरू सामाजिक सञ्जालमार्फत नदी र सभ्यता बचाउ अभियानमा जुटेको अभियन्ता आरके अदिप्त गिरीले बताए।, ‘मानव...
दिपकजंग शाही सुर्खेतमा एउटा कुकुरलाई आफ्नै मालिकले नजिकैको मोटरेवल पुलमा झुण्ड्याएको भिडिओ र तस्बिर अहिले आलोचित बनेको छ। विशेषगरी अधिकारकर्मीहरूको समूहले यसलाई अपराध भन्दै आवाज उठाइरहेका छन्।, अधिकारकर्मीहरुले ती कुकुर मार्ने व्यक्तिलाई कारबाही गर्न भन्दै प्रहरीमा उजुरी पनि दिएका छन्। सुर्खेतमा विशेषगरी पशुचौपायाको ल...
सेतोपाटी संवाददाता राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका १०६ जना इन्जिनियर र सब-इञ्जिनियरहरू पक्राउ परेका छन्।, सेवाबाट हटाउन लागेको भन्दै शुक्रबार काठमाडौंको माइतीघर मण्डलामा प्रदर्शन गर्न पुगेका इन्जिनियरहरू पक्राउ परेका हुन्।, निषेधाज्ञा जारी रहेको अवस्थामा भिड गरेर प्रदर्शन गर्न पुगेपछि उनीहरूलाई पक्राउ गरेको महानगरी...
सेतोपाटी संवाददाता त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय (पनिका) ले रोकिएका सबै परीक्षा यस वर्ष नै गर्ने भएको छ। कोरोनाभाइरसका कारणले परीक्षाको क्यालेन्डर नै खल्बलिएपछि पनिकाले यस वर्ष रोकिएका सबै परीक्षा सम्पन्न गर्ने तयारी गरेको हो।, परीक्षा नियन्त्रक पुष्पराज जोशीले गत वर्षदेखि रोकिएका सबै परीक्षा यसै व...
सेतोपाटी संवाददाता धनुषामा बुवाको हत्या आरोपमा छोरालाई प्रहरीले पक्राउ गरेको छ।, शुक्रबार बिहान धनुषाधाम नगरपालिका वडा नम्बर १ काशीपुरका ७५ वर्षका बिसो यादव घरमा सुतिरहेको अवस्थामा मृत भेटिएका थिए। बिहान घर परिवारले बोलाउँदा नबोलेपछि हेर्न जाँदा मृत फेला परेको इलाका प्रहरी कार्यालय धनुषाधामका प्रहरी निरीक्षक सुरेश ठाक...
सेतोपाटी संवाददाता प्रधानमन्त्री केपी शर्मा ओलीको गृहनगर दमक नगरपालिकाले एक अर्ब ३८ करोड ४६ लाख रूपैयाँ वार्षिक बजेट विनियोजन गरेको छ।, असार १० गते नगरसभामा उपप्रमुख गीता अधिकारीले पेश गरेको नीति तथा कार्यक्रममा बजेटका विनियोजनका चार आधार तय गरिएको उल्लेख छ। जसमा वडा अथवा टोलको जनसंख्यालाई ४० प्रतिशत अंक भार दिइएको छ ...
सेतोपाटी संवाददाता मनसुनी वायुको प्रभावले शनिबार संघीय राजधानी काठमाडौंलगायत मुलुकका अधिकांश स्थानमा वर्षा भएको छ।, शुक्रबार साँझदेखि नै काठमाडौंलगायत मुलुकका कतिपय स्थानमा भारी वर्षा भएको छ भने केही स्थानमा हल्का वर्षा भएको थियो।, वर्षासँगै भक्तपुरको हनुमन्ते खोलामा पनि पानीको सतह बढेको छ। त्यसैगरी मनोहरा र हनुमन्ते ...
सेतोपाटी संवाददाता राउटे समुदाय सुर्खेतबाट सल्यानमा बसाइ सरेको छ।, सुर्खेतको भेरी नदी किनारमा बस्दै आएका राउटेहरू असार ७ गते सल्यानको कालीमाटीमा बसाइ सरेका छन्। उनीहरू करिब १४३ को संख्यामा रहेका छन्।, कालीमाटी गाउँपालिकाका अध्यक्ष दानबहादुर केसीले गाउँपालिका अन्तरगत वडा नं. ५ को काल्चे डाँडामा राउटेहरू आएर आफैं छाप्रा...
सेतोपाटी संवाददाता पर्सामा ट्रक र टिपर आपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने ४ जना घाइते भएका छन्।, जिल्लाको जगरनाथपुर सडकखण्डमा परवानीपुरबाट ड्राइपोर्टतर्फ जाँदै गरेको यूपि ५२ टि ७५५० नं.को ट्रक र विपरित दिशाबाट आउँदै गरेको ना ७ ख २६६६ नं.को टिपर गएराति आपसमा ठोक्किँदा वीरगञ्ज महानगरपालिका वडा नम्बर २२ जगरनाथपुर...
सेतोपाटी सुनकोशी-तेस्रो (५३६ मेगावाट) जलाशययुक्त विद्युत आयोजना अध्ययनमै सीमित रहेको छ।, आयोजनाको प्राविधिकतर्फका अध्ययन सकिएको छ भने वातावरणीय प्रभाव मूल्याङ्कन (इआइए) र स्थानीयस्तरमा सार्वजनिक सुनुवाइको काम बाँकी रहेको जनाइएको छ। , आयोजनाको प्राविधिकतर्फको सर्वे, भौगर्भिक अध्ययन तथा आयोजना सेरोफेरोका चट्टानलगायत अन्...
लक्ष्मी गारु असार १५ को अवसरमा रोपाइँमा मात्र होइन, घरघरमा दही चिउरा खाने लोक परम्परा रहेको छ।, केही वर्षदेखि असार १५ लाई सरकारले राष्ट्रिय धान दिवसको रूपमा पनि मनाउँदै आएको छ। दही चिउरा खाने परम्पराले असार १५ मा बजारमा दहीको अत्यधिक माग हुने गरेको छ। , भक्तपुर दहीको लागि प्रसिद्ध छ। यहाँको जुजु धौ विश्वप्रसिद्ध रहेको...
सेतोपाटी संवाददाता मकवानपुरबाट दुई जना गाँजासहित पक्राउ परेका छन्।, शुक्रबार दिउँसो प्रहरीले राक्सिराङ गाउँपालिका-५ परेवाभीर सडकखण्डबाट दुई जनालाई पक्राउ गरेको हो।, पक्राउ पर्नेमा राक्सिराङ गाउँपालिका-९ का २० वर्षीय प्रताप स्याङताङ र कैलाश गाउँपालिका-२ का ४३ वर्षीय लालबहादुर स्याङतान छन्।, उनीहरूको साथबाट ७९ किलो गाँज...
सेतोपाटी संवाददाता प्युठानमा एक पुरुषको हत्या भएको छ।, प्युठान नगरपालिका वडा नम्बर १० नेपानेमा सोमबार बिहान सवा ६ बजे एक पुरुष मृत फेला परेका थिए। त्यस्तै, अर्का पुरुष भने अचेत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय प्युठानका प्रहरी नायब उपरीक्षक सुनिल मल्लले जानकारी दिए।, मृतक सोही वडाको कोट भन्ने ठाउँका अन्दाजी ...
सेतोपाटी गाउँमा विद्युत् विस्तारको माग गर्दै बैतडीको मेलौली नगरपालिकाका जनप्रतिनिधिले नै आमरण अनसन सुरू गरेका छन्।, गाउँमा विद्युत् विस्तार नभएको भन्दै मेलौली–९ का वडासदस्य भीमदत्त भट्ट आमरण अनसनमा बसेका छन्।, वडासदस्य भट्टसँगै स्थानीय बमबहादुर चन्द अनसनमा बसिरहेका छन्। उनीहरूले मेलौली नगरपालिका भवनकै आँगनमै सोमबारदेख...
सेतोपाटी पूर्व-पश्चिम हुलाकी राजमार्गअन्तर्गत सप्तरीको बोदे बर्साइन बजार क्षेत्रमा जग्गा विवादका कारण निर्माणकार्य प्रभावित भएको छ।, बोदे बर्साइन बजारको शत्रुघन चोकदेखि पूर्व र इलाका प्रहरी कार्यालयको पश्चिम भागमा कालोपत्र काम सम्पन्न भइसके पनि जग्गा अधिग्रहणको विवादका कारण इलाका प्रहरी कार्यालय पूर्व र शत्रुघन चोकदेख...
दिपकजंग शाही २०७७ चैतयता कोभिड–१९ संक्रमणको दोस्रो चरण सुरू भयो। संक्रमण बढ्दै गयो। ठूला अस्पतालमा कोभिडका बिरामीहरुलाई बेड र अक्सिजन पाउनै सकस भयो। कतिपय अस्पतालहरुले संक्रमितलाई भर्ना गर्न नसकिने सूचनासमेत निकाले।, कोभिड संक्रमण तिव्र रूपमा फैलिँदा स्वास्थ्यकर्मीले रात–दिन नभनी काम गरे। कतिपय विदामा बसेका स्वास्थ्यक...
निशा भण्डारी काठमाडौं उपत्यकामा मंगलबारदेखि सार्वजनिक यातायात सञ्चालनमा आएको छ। सोमबार उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीको बैठकको निर्णयअनुसार आजबाट बिहान ६ बजेदेखि बेलुका ७ बजेसम्म जोर-बिजोर प्रणालीमा सञ्चालन गर्ने निर्णय गरेको हो। बैठकको अनुसार २५ भन्दा बढी सिट क्षमता भएका सार्वजनिक यातायातका साधन सञ्चालन...
सिएनएन पोहोर डिसेम्बरको कुरा हो।, शनिबारको दिन थियो। पिटर र लिसा मार्सल काउचमा गुटुमुटु परेर एकअर्काको अँगालोमा बाँधिएका थिए। टिभीमा उनीहरूको मनपर्ने कार्यक्रम चलिरहेको थियो।, पिटरले पुलुक्क लिसाको आँखामा हेरे अनि भने, 'मसँग बिहे गर्छेऊ?', लिसा उनको कुरा सुनेर एकछिन अलमल्ल परिन्, बेचैन भइन्।, उनी बेचैन हुनुको कारण थिय...
सेतोपाटी संवाददाता लामो समय आन्दोलनलाई बेवास्ता गरेका बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका उपकुलपति डा. ज्ञानेन्द्र गिरीले बुधबार भने आन्दोलनकारीको प्रशंसा गरेर विज्ञप्ति निकालेका छन्।, उपकुलपतिसहित प्रतिष्ठानका चारै जना पदाधिकारीको बहिर्गमनलाई मुख्य मुद्दा बनाउँदै आन्दोलनकारी चिकित्सक तथा कर्मचारीले  कार्...
सेतोपाटी संवाददाता बुधबार बिहानदेखि अवरुद्ध बनेको बुटवल नारायणगढ  सडक खण्ड सांझदेखि सञ्चालनमा आएको छ।, मंगलबार रातिदेखि परेको वर्षापछि आएको बाढीले सो सडकखण्ड अन्तर्गत पर्ने पश्चिम नवलपरासीको सुनवलस्थित बडेरा, वनकट्टी र ज्यामिरेमा बनाइएको डाइभर्सन बगाएको थियो। , सञ्चालनमा आएको डाइभर्सनबाट ठूला लोड गाडीबाहेक अन्यलाई आवत...
सेतोपाटी संवाददाता गाडीको ठक्करबाट चितवनको भरतपुरमा एक जना पैदल यात्रीको मृत्यु भएको छ।, विराटनगरबाट काठमाडौंतर्फ गइरहेको ना ६ ख ४९२३ नम्बरको गाडीले भरतपुर-१० स्थित बाइपास रोडमा पैदल यात्रीलाई बुधबार बिहान ठक्कर दिएको थियो।, दुर्घटनामा भरतपुर-१२ कस्तुरी टोल बस्ने ७६ वर्षीय बसन्तबहादुर लिम्बुको मृत्यु भएको छ।, ठक्करबाट...