content
stringlengths
20
64.1k
सेतोपाटी संवाददाता दाङमा एक लाखभन्दा बढी नगदसहित पाँच जना जुवाडे पक्राउ परेका छन्।, तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ९ बेलुवाका ३० वर्षीय समिर केसी, ४३ वर्षीय केशव बिक, तुलसीपुर ८ कटकुँईयाका ३३ वर्षीय ईश्वरीप्रशाद भुसाल, २७ वर्षीय दुर्गाप्रसाद डाँगी र ३७ वर्षीय सुमन चौधरी पक्राउ परेको प्रहरीले जनाएको छ।, इलाका प्रहरी...
सेतोपाटी संवाददाता बिपी स्टडी युथ सर्कलले मेलम्ची ग्यालथुमलाई ५० बोरा खाद्यान्न र ६० थान जस्ता पाता हस्तान्तरण गरेको छ। नेपाली कांग्रेसका युवा नेता भुपेन्द्रजङ्ग शाहीको नेतृत्वमा सर्कलले मेलम्ची वडा नम्बर ४ का वडा अध्यक्ष राजकुमार लामिछानेलाई सोमबार उक्त खाद्यान्न हस्तान्तरण गरेको हो।, वडा अध्यक्ष लामिछानेले बाढीको जो...
रासस पहिरोले पृथ्वीराजमार्गअन्तर्गत तनहुँको म्याग्देस्थित थर्पुमा राजमार्ग अवरुद्ध भएको छ।, पहिरोका कारण लेदो माटो झर्दा म्याग्दे–४ मा बुधबार बिहानदेखि राजमार्ग अवरुद्ध भएको हो।, लेदो माटोका कारण १२ चक्के ठूलो गाडी फसेपछि राजमार्ग अवरुद्ध भएको थर्पुका प्रहरी नायब निरीक्षक कृष्णबहादुर बानियाँले जानकारी दिए।, ‘पहिरो झरे...
सेतोपाटी संवाददाता अविरल वर्षापछि आएको बाढीले डाइभर्सन बगाएपछि पूर्वपश्चिम राजमार्गको बुटवल-बर्दघाट सडकखण्ड अवरूद्ध भएको छ।, गए राति आएको बाढीले नवलपरासीको सुनवल नगरपालिका वडा नम्बर १३ बडेरास्थित डाइभर्सन बगाएको हो।, कल्भर्ट निर्माणका लागि बनाइएको डाइभर्सन नै बगाएपछि बुधबार बिहान साडे ४ बजेदेखि नै बुटवल-बर्दघाट सडकखण्...
सेतोपाटी संवाददाता मादक पदार्थ सेवन गरी गाडी चलाएर ठक्कर दिई मजदुरको ज्यान लिएपछि सवारी ज्यान मुद्दा खेपिरहेका विराटनगर–५ बरगाछीका २४ वर्षीय रोबिन भनिने रबिन सिंह कार्की पुर्पक्षको लागि जेल चलान भएका छन्।, मोरङ अदालतका न्यायाधीश सुदर्शनन लामिछानेको इजलासले कार्कीलाई बुधबार पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको हो।, ...
सेतोपाटी संवाददाता कर्तव्य ज्यानमुद्दामा सर्वस्वसहित जन्मकैद सजाय सुनाइएका दुई जना अभियुक्तलाई प्रहरीले ४४ वर्षपछि पक्राउ गरेको छ।, रूपन्देही प्रहरीले मंगलबार हत्याका फरार दुई आरोपीलाई घटना भएको लामो समयपछि पक्राउ गरेको हो।, पक्राउ पर्नेमा रूपन्देही साबिक बलरामपुर गाविस-७ हाल लुम्बिनी सांस्कृतिक नगरपालिका-२ का ७० वर्ष...
सेतोपाटी संवाददाता धनुषा र सिरहा जोड्ने कमला पुल निर्माण कार्य सम्पन्न नहुँदै भासिएको छ।, हुलाकी राजमार्ग  अन्तर्गत सिरहाको बसपिट्टा घाटस्थित गत असार १३ गते हस्तान्तरण गरी सञ्चालनमा ल्याउने सम्झौता भएको कमला पुल सञ्चालनमा नआउँदै भासिएको हो।, सो पुलको १२ वटा स्पानमध्ये एक स्पान १ फिट भासिएको सिरहाका प्रमुख जिल्ला अधिका...
सेतोपाटी संवाददाता प्युठानमा गत सोमबार मृत फेला परेका हेमन्त पुनमगरको हत्या आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ।, प्युठान नगरपालिका वडा नम्बर १० नेपानेमा सोमबार बिहान सवा ६ बजे हेमन्त भन्ने नरेन्द्र मृत र उनका साथी सुरेश बस्नेत गम्भीर घाइते अवस्थामा फेला परेका थिए।, प्रहरीले हेमन्तको हत्या गरेको आरोपमा तीन जनाला...
सबिना श्रेष्ठ पाटन ढोकाबाट दरबार स्क्वायर जाने गल्लीमा अब पुस्तकालय थपिएको छ।, पहिलो घुम्तीबाट चार घर पर बाँयापट्टि तपाईं 'मिनी लाइब्रेरी' अर्थात् फुच्चे पुस्तकालय लेखिएको बोर्ड देख्न सक्नुहुन्छ। त्यही नै हो करिब छ महिनाअघि खुलेको पुस्तकालय 'बुक्स इन'। , सानो ठाउँ अनि थोरै किताबबाट पनि पढ्ने वातावरण बनाउन सकिन्छ भन्ने...
सेतोपाटी पूर्वपश्चिम राजमार्गअन्तर्गत पूर्वी नवलपरासीको गैंडाकोटमा आएको बाढीले डाइभर्सन बगाएपछि सडक अवरूद्ध भएको छ। , सडक विस्तारका लागि नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को गैंडाकोटस्थित थुम्सीमा निर्माण गरिएको डाइभर्सन बाढीले बगाएपछि राजमार्ग अवरूद्ध भएको हो। , सडक विस्तारका लागि निर्माण गरिएका सात वटा डाइभर्सनमध्ये बाढ...
सेतोपाटी संवाददाता नेपाल चिकित्सक संघले बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा छानबिनका लागि उच्चस्तरीय समिति गठन गर्न माग गरेको छ। , शुक्रबार विज्ञप्ति जारी गरी संघले प्रतिष्ठानमा कार्यरत् चिकित्सक, स्वास्थ्यकर्मी तथा कर्मचारीले उठाएका जायज माग सम्बोधन गर्न अनुरोध पनि गरेको छ। , ‘चिकित्सक, स्वास्थ्यकर्मी एव...
विवेक राई कोभिड युनिफाइड केन्द्रीय अस्पतालका प्रमुख कार्यकारी अधिकृत डा. जागेश्वर गौतमले सरकारले अलिक छिटो 'लुजडाउन' गरेको भन्दै पुनः संक्रमण बढ्न सक्ने बताएका छन्।, सेतोपाटीसँग कुरा गर्दै डा. गौतमले केही दिन अझै हेरेर निषेधाज्ञा खुकुलो बनाउनुपर्नेमा अलिक हतारो भएको बताए।  , 'अलिक दिन हेरेर विस्तारै लुजडाउन गर्दै जानु...
राजेश घिमिरे त्रिशूली नदीमाथि सडकको डिलमा चिया पसल चलाउने धनबहादुर परियारले चौधकिलोको पहाडबाट निस्कने मूलको पानी प्रयोग गर्न थालेको २० वर्ष बढी भयो। अटुट आइरहने मूलको पानी उनीहरूका लागि बरदान नै थियो। मंगलबार रातिदेखि परेको अविरल वर्षासँगै उनीहरूले धारो बनाएको ठाउँ वरपर धेरै मुहान पलाउन थाले। बुधबार सडक माथिको पहाडबाट...
सेतोपाटी पूर्वी चितवनमा आज बिहान एक पुरूषको शव फेला परेको छ।, अन्दाजी ४५ वर्षको व्यक्ति आज बिहान मृतावस्थामा भेटिएको इलाका प्रहरी कार्यालय टाँडीले जनाएको छ। , प्रहरी नायब उपरीक्षक इन्द्रबहादुर रानाका अनुसार प्रारम्भिक अनुसन्धानका क्रममा नदीले बगाएर ल्याएको जस्तो देखिने मङ्गोलियन वर्णको पुरूष व्यक्तिको शव रत्ननगर नगरपा...
सेतोपाटी संवाददाता छोराले विदेशमा राम्रो काम नपाएपछि उनका बुवाले वैदेशिक रोजगारीमा पठाउने ‘एजेन्ट’लाई योजना बनाएरै गोली हानी हत्या गरेका छन्।, कपिलवस्तु कृष्णनगर नगरपालिका-१० का ५५ वर्षीय पारस पुरीलाई गोली हानी हत्या गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।, विजयनगर गाउँपालिका-१ का ५० वर्षीय पशुपति कुर्मीलाई प्...
सेतोपाटी संवाददाता झापाको विरिङमा आएको बाढी मानव बस्तीमा पसेको छ। झापा गाउँपालिकाको वडा नम्बर ५ खयरबारीमा बाँध फुटाएर कनकाई पछिको ठूलो नदी गाँउ पसेको हो। , नेपाल रेडक्रस सोसाइटी झापाका सभापति लोकराज ढकालका अनुसार नदीले धमाधम बाँध भत्काइदिएको छ। २० घर डुबानमा परिसकेको उनले बताए। अन्य आसपासको बस्ती पनि उच्च जोखिममा छ।, ...
एजेन्सी १२ वर्षीय अभिमन्यू मिश्रले सबैभन्दा सानो उमेरमा 'ग्रान्डमास्टर' बनेर चेसमा रेकर्ड बनाएका छन्। उनी अमेरिकाको न्यूजर्सीबाट चेस खेल्छन्। उनले यसअघिको रेकर्डलाई दुई महिनाको फरकले उछिनेका हुन्।, अभिमन्यू १२ वर्ष, चार महिना, २५ दिनमा ग्रान्डमास्टर भएका हुन्। यसअघि रसियाका सर्गे काराकिनले १२ वर्ष, ७ महिनाको उमेरमा ग्...
एजेन्सी अब देखि भारतको सिक्किममा कोरोना भाइरसविरूद्ध खोपको दुबै मात्रा लगाएका व्यक्तिहरू घुम्न जान पाउने भएका छन्।, सिक्किम सरकारले सोमबारबाट खोपको दुबै मात्रा लगाएका व्यक्तिहरूलाई घुम्न आउन अनुमति दिएको हिन्दुस्तान टाइम्सले जनाएको छ।  , पर्यटकहरू पूर्वी सिक्किमको राङ्गपो र दक्षिणको मेल्लीबाट प्रवेश गर्न पाउनेछन्। ती ...
सेतोपाटी संवाददाता केही दिनयता देशभर वर्षासँगै दर्जनौं सडकमा पहिरो गएको छ। , सडक विभागका अनुसार पहिरोका कारण १५ वटा सडक अझै अवरूद्ध छन्।,  ५७ वटा सडकखण्ड एकतर्फी सुचारू गरिएको छ भने ३० ठाउँमा दुबैतर्फ सडक खुलाइएको छ।, विगभाका अनुसार पाल्पा, बाजुरा, सिन्धुली, मनाङ, दैलेख, बाजुरा, सिन्धुपाल्चोक, पर्वत, गुल्मी, सुर्खेत, ...
सेतोपाटी संवाददाता कोरोना भाइरसविरूद्ध लगाइने खोप लिन नेपाल एयरलाइन्सको जहाज असार २४ गते चीनको बेइजिङ जाने भएको छ।, सरकारले चीनबाट १० लाख डोज खोप ल्याउने तयारी गरेको छ।, नेपाल वायुसेवा निगमका महाप्रबन्धक डिमप्रकाश पौडेलले आगामी बिहीबार खोप लिन चीन जाने गरी तयारी गरेको बताए।, 'असार २४ गते बेइजिङ जाने तयारी गर्दैछौं। अह...
भगवती पाण्डे १५ वर्ष पहिलेसम्म बुटवल इँटाभट्टा तथा पुरानो बसपार्क पछाडी पुग्दा मुख छोप्नुपर्ने अवस्था थियो।, कुखुरा, माछा, खसीबोका, बंगुर र राँगाको बध गरी झुण्ड्याएका दृश्यले साकाहारीलाई मात्र होइन, मांसहारी मानिसहरू पनि दिग्दार मान्थे।, तत्कालीन समयमा दैनिक तीन सयको हाराहारीमा खसीबोका, १५ देखि २० टन कुखुरा, दुई हजार ...
दिपकजंग शाही मध्यपश्चिमाञ्चल विश्वविद्यालयले दुई जना उपप्राध्यापकलाई बर्खास्त गरेको छ।, ईञ्जिनियरिङ संकाय स्नातकोत्तर कार्यक्रमका निर्देशक उपप्राध्यापक विश्वनाथ यादव र कानुन संकायका सुजन पन्तलाई बर्खास्त गरिएको हो।, यादवमाथि आफूखुशी विद्यार्थीलाई नम्बर दिएको आरोपमा बर्खास्त गरिएको हो भने पन्तलाई प्रश्नपत्र बाहिर्‍याएक...
सेतोपाटी संवाददाता युरोकप र कोपा अमेरिका फुटबल खेलमा अनलाइनमार्फत् सट्टेबाजी खेलाएको अभियोगमा प्रहरीले ८ जनालाई काठमाडौंका विभिन्न स्थानबाट पक्राउ गरेको छ।, काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले ३४ लाख ६५ हजार ५०५ रुपैयाँसहित सोमबार पक्राउ गरेको हो।, प्रवक्ता प्रहरी उपरीक्षक कृष्ण कोइरालाका अनुसार पक्राउ ...
सेतोपाटी वर्षा सुरू भएसँगै नारायणगढ–मुग्लिन सडकखण्ड दिनहुँजसो पहिरो जाने र सडक अवरूद्ध हुने शृंखला चलिरहेको छ। पहिरो पन्छाएर जाममा परेका सवारीले सडकखण्ड पार गर्न नपाउँदै अर्काे पहिरो जाने समस्या यतिबेला बढेको हो।, डिभिजन सडक कार्यालय भरतपुरका सूचना अधिकारी इञ्जिनियर शिव खनालका अनुसार भरतपुर महानगरपालिका-२९ को सेतीदोभा...
एजेन्सी रूसमा मंगलबार एउटा यात्रुवाहक जहाज सम्पर्कविहीन भएको छ। समाचार संस्था एएफपीका अनुसार २८ जना सवार जहाज सुदूरपूर्वी रूसमा सम्पर्कविहीन भएको हो।, २२ जना यात्रु र ६ चालक दलका सदस्य भएको एएन-२६ जहाज पेट्रोपाभलोभ्स्क-काम्चात्स्कीबाट कामचात्का प्रायद्वीपको पालाना जाँदै थियो। अवतरणको क्रममा रहेको जहाज ट्राफिक कन्ट्रोल...
सेतोपाटी निरन्तरको वर्षातका कारण मध्यपहाडी (पुष्पलाल) राजमार्गको बागलुङ खण्ड अवरूद्ध भएको छ।  , राजमार्गको बागलुङखण्डअन्तर्गत बागलुङ नगरपालिका–३ बोक्से, काठेखोला गाउँपालिकाको अछेतामाथिको सुन्तली घुम्ती र बयलडाँडामा राति खसेको पहिराले सडक अवरूद्ध भएको हो।, दुई स्थानमा पहिरो खसेको तथा बोक्सेमा भलसहित लेदो आएर सडक अवरूद्...
सेतोपाटी संवाददाता चितवनको राप्ती नगरपालिकाको जंगलमा भेटिएको सुजिता भण्डारीको शवलाई पोस्टमार्टमका लागि काठमाडौं लगिएको छ। , आइतबार भेटिएको शव सोमबार राति नै जिल्ला प्रहरीले काठमाडौं पठाएको थियो।, काठमाडौंस्थित शिक्षण अस्पतालमा अहिले शवको पोस्टमार्टम भइरहेको छ।, जिल्ला प्रहरी कार्यालय चितवनका सूचना अधिकारी सूर्यबहादुर ...
राजु अधिकारी उपकुलपतिसहितका चार जना पदाधिकारीसँग वार्ता नगरी उनीहरूको बहिर्गमनलाई आन्दोलनको न्यूनतम मुद्दा बनाएका विपी प्रतिष्ठान धरानका आन्दोलनकारीको माग स्वास्थ्य मन्त्रालयले अस्वीकार गरेको छ।, स्वास्थ्य मन्त्रालय वा प्रधानमन्त्री कार्यालयले गठन गर्ने अधिकार सम्पन्न टोलीसित मात्रै वार्ता गर्ने अडानसहित आन्दोलनरत चिक...
द न्यूयोर्क टाइम्स स्पेन र फ्रान्सको सीमा नजिकै क्याटोलिना पहाड छ। त्यहाँ दस हजार जनसंख्या भएको एउटा सहरको पबमा वेटर काम गर्छन्, अल्बर्ट सोला जिम्नेज।, ६५ वर्षीय सोला ग्राहकलाई खानेकुरा दिँदै कथा सुनाउँछन्- म राजाको छोरा हुँ।, उनको कथा यसरी सुरू हुन्छ।, सोला अनाथ थिए। उनलाई सुरूमा मेडिटेरियन टापूका किसानले हुर्काए। पछ...
सेतोपाटी संवाददाता बाँकेमा साइकलमा सवार व्यक्तिलाई चेक गर्ने क्रममा अत्याधुनिक पेस्तोल बरामद भएको छ। , साइकलमा सवार ३१ वर्षीय अजिज अहमद शेषलाई चेक गर्ने क्रममा बुधबार दिउँसो अटोमेटिक पेस्तोल फेला परेको जिल्ला प्रहरी कार्यालय बाँकेले जानकारी दिएको छ।  , नेपालगञ्ज उपमहानगरपालिका वडा नं. १२ घर भएका शेष हाल वडा नं. २१ पुर...
सेतोपाटी संवाददाता विदेशमा चिकित्सा शिक्षा स्नातक तह पूरा गरेका तर कोरोनाले इन्टर्नसिप रोकिएका विद्यार्थीले नेपालमै इन्टर्नसिप गर्न पाउने भएका छन्।, कोरोनाको जटिल परिस्थितिले पढेकै विश्वविद्यालयमा इन्टर्नसिपको अवधि पूरा गर्ने अवस्था नरहेकोले सन् २०२० को अप्रिल महिनाको अन्तसम्ममा अन्तिम परीक्षा उत्तिर्ण गरी इन्टर्नसिपक...
भगवती पाण्डे बुटवलदेखि पूर्व-उत्तरतर्फ रहेको हिलपार्कमा 'बिग बुद्ध' पार्क निर्माणको लागि प्रक्रिया अगाडि बढाइएको छ।, बुटवल उपमहानगरपालिकाले यसअघि नै हिल स्टेसनका रूपमा विभिन्न संरचना निर्माण गरिरहेको हिलपार्कलाई विस्तार गर्दै अब बिगबुद्ध पार्क बनाउने काम सुरू गरिएको हो। , बुद्धावलीको ऐतिहासिक क्षेत्र मानिने बुटवलमा बु...
खिलानाथ ढकाल नेसनल मेडिकल कलेजमा एमबिबिएस पाँचौं वर्षमा अध्ययनरत् विद्यार्थी रामजी राम र पंकज रामले फारम भरेका छन्।, कलेजले बुधबार अपराह्न बोलाएर उनीहरूलाई फारम भर्न दिएको हो।, दुबै विद्यार्थीले फारम भरिसकेको जानकारी सेतोपाटीलाई दिएका छन्।, रामजीसँग १२ हजार र पंकजसँग कलेजले २९ हजार रूपैयाँ लिएर फारम भर्न दिएको हो। त्य...
एजेन्सी उत्तरी इराकको एरबिल विमानस्थलमा ड्रोनबाट आक्रमण गरिएको छ। विमानस्थल मैदानमा रहेको अमेरिकी बेसलाई लक्षित गरी मंगलबार दिउँसो ड्रोनबाट बिस्फोटक पदार्थ खसालिएको समाचार संस्था रोयटर्सले जनाएको छ।, आक्रमण हुनासाथ इराकी कुर्दिस्तानमा रहेको अमेरिकी महामवाणिज्य दूतावासमा साइरन बजेको थियो।, आक्रमणपछि विमानस्थलमा उडान/अव...
रासस पर्वतको कुश्मा नगरपालिका–८ मा पर्ने सुन्दरे खोलाले गाडी बगाउँदा तीन जना बेपत्ता भएका छन्।, गए रातिको भीषण वर्षाले बढेको खोला तर्ने क्रममा मध्यपहाडी लोकमार्गको पर्वत खण्ड निर्माण कम्पनी लामा कन्स्ट्रक्सनको गाडी र त्यसमा सवार तीन जना बेपत्ता भएका हुन्।, बेपत्ता हुनेमा कन्स्ट्रक्सनका साइट इन्चार्ज इञ्जीनियर राजाराम ...
रासस म्याग्दीको मालिका गाउँपालिका–६ रातोढुङ्गामा बाढीले घर बगाउँदा बुधबार बिहान एक जनाको मृत्यु भएको छ।, बाढीबाट एक जना बेपत्ता भएका छन्।, मङ्गला गाउँपालिका–५ को खहरेखोलामा आएको बाढीले म्याग्दी खोलाको धार परिवर्तन गराएर कटान गर्दा खगेन्द्र रोकाको घर बगाएको हो।, घरभित्र सुतिरहेका मालिका–६ का खगेन्द्रका छोरा बजिन र बुहा...
सुसन चौधरी बिपी प्रतिष्ठानको बेथितिविरूद्ध नागरिक आन्दोलनले आज भद्रकालीमा प्रदर्शन गरेको छ। सिंहदरबारलाई औंला तेर्साउँदै प्रतिष्ठान बचाउन उनीहरूले माग गरेका छन्।, नागरिक अगुवा, बिपीमा अध्ययनरत विद्यार्थी लगायतले ब्यानर र प्लेकार्ड बोकेर शान्तिपूर्ण आन्दोलन गरेका हुन्। त्यहीबीच शिल्पी नाटकघरले नाटक प्रदर्शन गरेको हो। ,...
सेतोपाटी संवाददाता प्रहरीले पर्साबाट ४५० एम्पुल लागुऔषध र इन्जेक्सनसहित एक जनालाई पक्राउ गरेको छ।, बुधबार अपराह्न प्रहरीले वीरगञ्ज महानगरपालिका-१६ इनर्वागाउँको पूर्वबाट २३ वर्षीय राहुल साहलाई पक्राउ गरेको हो।, उनी वीरगञ्ज-८ गहवाका हुन्।, पैदल हिँडिरहेका उनले झोलामा तरकारी बोकेका थिए। तरकारीको झोलामा राखेर लागुऔषध ल्या...
सेतोपाटी संवाददाता दार्चुलामा पहिरोले पुरिएर तीन जनाको मृत्यु भएको छ।, नौगाड गाउँपालिका-३ ज्यामिरेमा बुधबार राति अबिरल वर्षाका कारण आएको पहिरोमा परी एकै परिवारका दुईसहित तीन जनाको मृत्यु भएको जिल्ला प्रशाशन कार्यालय दार्चुलाले जनाएको छ।, दार्चुलाका प्रमुख जिल्ला अधिकारी सिद्धराज जोशीले ७२ वर्षीया गेउली ठगुन्ना र उनकी ...
युवराज श्रेष्ठ फेवाताल पुरिन नदिन मुहान क्षेत्रमा बनाएको सिल्टेसन ड्याम बाढीले बगाइदिएको छ।, फेवातालमा भरिने मुख्य पानीको स्रोत हर्पन खोलामा बनाएको बाँध बुधबार राति आएको बाढीले बगाइदिएको पोखरा-२३ का वडाध्यक्ष विष्णुप्रसाद पराजुलीले बताए।, हर्पन खोलाको बाढीका कारण घाँटीछिना र ठूलाखेतका ६ घर जोखिममा परेका छन्।, ‘हर्पन ख...
सेतोपाटी संवाददाता दार्चुलामा स्काभेटर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ। , मृत्यु हुनेमा शैल्यशिखरको आग्रा बस्ने  २८ वर्षीय विशन रावल रहेको प्रहरीले जनाएको छ।, जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक नरेन्द्र चन्दले अपिहिमाल गाउँपालिका –५ मकरीगाड तिङलास्थित कच्ची सडकखण्डमा मकरीगाड हाड्रोपावर कम्पनीको सुपप...
सेतोपाटी संवाददाता कैलालीमा तीन दिनदेखि बेपत्ता भएका बालकको शव फेला परेको छ।, टीकापुर नगरपालिका–१ का दिलीप विष्टका पाँच वर्षीय छोरा विवेक विष्टको शव फेला परेको प्रहरीले जनाएको छ।, उनको टीकापुर नगरपालिका–४ बाघमारास्थित जमरा कुलोमा भेटिएको प्रहरी कार्यालय टीकापुरका डिएसपी प्रकाश सापकोटाले जानकारी दिए। , उनका अनुसार बालक...
एजेन्सी अफगानिस्तानको उत्तरी तथा मध्य भागका महिलाहरू विद्रोही तालिवान समूहविरूद्ध हतियार बोकेर सडकमा निस्किएका छन्।, अमेरिकी र नाटो सैनिकहरू फिर्ता भएपछि पछिल्लो समय तालिवानले अफगानिस्तानका झन्डै एक तिहाइ जिल्लालाई नियन्त्रणमा लिएका छन्।, कट्टरपन्थी तालिवानविरूद्ध सयौं महिलाहरू राइफल बोकेर सडकमा निस्किएका हुन्। उनीहरू...
सेतोपाटी तनहुँको ऋषिङ गाउँपालिका-७ डढीवनमा पहिराले पुरिएर एक महिलाको मृत्यु भएको छ। , बुधबार रातिदेखि परेको अविरल वर्षासँगै आएको पहिराले पुरिएर आज बिहान ती महिलाको मृत्यु भएको हो।, मृत्यु हुनेमा अन्दाजी ५२ वर्षीया देवीसरा थापा रहेको वडा सदस्य याम सारु मगरले जानकारी दिइन्। घरबाट भाग्ने क्रममा माथिबाट खसेको पहिराले पुरि...
सेतोपाटी संवाददाता नेकपा एमालेको विवाद समाधान गर्न बनेको कार्यदलमा रहेका नेता गोकर्ण बिष्टले छिट्टै सहमतिमा पुग्न लागेको बताएका छन्।, बिहीबार दिउँसो सिंहदरबारमा बसेको कार्यदलको बैठकपछि संवाददाताहरूसँग कुरा गर्दै बिष्टले वार्ता निकै सकारात्मक भएको बताए।, ‘आज साँझ वा भोलि बिहान पनि हुनसक्छ, समय भन्न सक्दिनँ तर छिट्टै सह...
सेतोपाटी संवाददाता काठमाडौं उपत्यकामा थप ३ सय ८० जना संक्रमित थपिएका छन्।, जसमध्ये काठमाडौंमा २ सय ६१, ललितपुरमा ७४ जना र भक्तपुरमा ४५ जना संक्रमित थपिएका हुन्।, काठमाडौंमा ५३७७, भक्तपुरमा १०४० र ललितपुरमा १३८५ गरी ७८०२ सक्रिय संक्रमित छन्।  , पछिल्लो २४ घन्टामा २२३९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।, २४ घन्टामा ११ ...
नारायण खड्का घोराही उपमहानगरपालिका वडा नं. १२ का वडाध्यक्ष राजेन्द्र बुढामगर यतिखेर विछिप्त छन्।, उनका २१ वर्षीय छोरा एन्जल बुढामगर चोर बाटोबाट अमेरिका जाने क्रममा कोलम्बियाको क्यारेबियन सागरमा असार ७ गते डुंगा दुर्घटना हुँदा बेपत्ता छन्।, दाङका प्रहरी प्रमुख एसपी सुरेश काफ्लेका अनुसार पश्चिम दाङको बबई गाउँपालिकाको हा...
सेतोपाटी संवाददाता यसवर्षको भगत सर्वजित मानव मर्यादा राष्ट्रिय पुरस्कारबाट दुई संस्था र एक व्यक्ति सम्मानित भएका छन्। , यो पुरस्कारबाट सम्मानित हुनेमा अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक), जागरण मिडिया र सुदूरपश्चिमको बैतडीका पुरण सिंह दयाल छन्।, दुई संस्थाका प्रतिनिधि र दयाललाई शुक्रबार बालुवाटारमा आयोजित समारोहमा...
युवराज श्रेष्ठ अमेरिकी नागरिक जेनिफर विश्व भ्रमणमा निस्कँदा कोही पनि साथी थिएनन्। जहाँ–जहाँ घुम्न गइन्, त्यहीँ उनले साथी बनाइन्।, कोरोना महामारीले डेढ वर्षयता पोखरामा थुनिएकी ३९ वर्षीय जेनिफरले भिन्न–भिन्न देशका ५ जना साथी बनाएकी छिन्। उनीहरू एउटा होटलमा साथसाथ बस्छन्। जहाँ उनीहरू आफैं मिलेर खाना बनाउँछन्, बाँडीचुँडी ...
सेतोपाटी संवाददाता नवलपरासी (बर्दघाट-सुस्तापूर्व) को गैँडाकोटमा सर्पको टोकाइबाट एक बालिलकाको ज्यान गएको छ।, सर्पको टोकाइबाट शुक्रबार राति गैँडाकोट नगरपालिका-३ भुजेल गाउँकी १२ वर्षीया सम्झना भुजेलको मृत्यु भएको हो।, राति सर्पले डसेको भए पनि बिहान मात्रै परिवारले थाहा पाउँदा समयमै उपचार नपाएर भुजेलको ज्यान गएको इलाका प्...
राजु अधिकारी राष्ट्रिय अनुसन्धान विभागमा कार्यरत भोला सिंहको आफ्नै भाइले हत्या गरेका छन्।, विराटनगर-५ पृथ्वी चोक घर भएका र हाल खोटाङमा कार्यरत् ४२ वर्षीय भोला सिंहको हत्या भाइ  साजन सिंहले  गरेको प्रहरीले जनाएको छ। शुक्रबार राति चक्कु प्रहार गरी उनको हत्या गरेको प्रहरीले जनाएको छ।, लागुऔषध प्रयोगकर्ता साजनले मादक पदार...
सेतोपाटी अविरल वर्षाका कारण बुधबार राति घरको पर्खाल भत्किँदा तीन महिने शिशुको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन्। , दाङको घोराही उपमहानगरपालिका- १७ की ३० वर्षीया मनिषा चौधरीकी तीन महिने छोरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक मुकुन्दप्रसाद रिजालले जानकारी दिए।, उनका अनुसार चौधरीसहित उनकी...
सेतोपाटी संवाददाता कोरोना संक्रमणबाट पछिल्लो २४ घन्टामा २२३९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।, शुक्रबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा ११ हजार ३ सय १३ परीक्षणबाट उक्त संख्यामा संक्रमण पुष्टि भएको हो।, मन्त्रालयका अनुसार मुलुकभरमा ६६५७ जनाको पिसिआर परीक्षणबाट १४७९ जनामा संक्रमण पुष्टि भ...
सेतोपाटी संवाददाता मानसिक अस्पताल, पाटनका कन्सल्ट्यान्ट साइक्यास्ट्रिक डा. सुदीप अर्याल मृत अवस्थामा फेला परेका छन्। उनी ३२ वर्षका थिए।, बबरमहल बस्ने डाक्टर अर्याल आइतबार दिउँसो साढे १२ काठमाडौं-३, बाँसबारीस्थित एक गेस्ट हाउसमा मृत अवस्थामा फेला परेको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रहरी वरिष्ठ उपरीक्षक अशोक सिंहले...
सेतोपाटी संवाददाता जातीय विभेदको आरोप लागेकी काठमाडौं बबरमहलकी सरस्वती प्रधानले तनहुँकी रूपा सुनारविरूद्ध प्रहरी कार्यालयमा जाहेरी दिएकी छन्।, प्रधानले रूपाविरूद्ध आइतबार दिउँसो महानगरीय प्रहरी वृत्त सिंहदरबारमा जाहेरी दिएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रहरी वरिष्ठ उपरीक्षक अशोक सिंहले जानकारी दिए।, 'आफ्नो बेइज्...
सेतोपाटी संवाददाता सावित्रा नन्दलाल गौतम स्मृति सेवा समाज (सान) ले संखुवासभाको दुर्गममा रहेको सित्तलपाटी स्वास्थ्य चौकीलाई विभिन्न स्वास्थ्य सामग्री हस्तान्तरण गरेको छ।, खाँदबारी नगरपालिका १० सित्तलपाटीस्थित उक्त स्वास्थ्य चौकीलाई सानले कोभिड- १९ लक्षित स्वास्थ्य सामग्री सहयोग गरेको छ।, शनिबार प्राथमिक स्वास्थ्य केन्द...
सेतोपाटी संवाददाता पाल्पाको निस्दी गाउँपालिका वडा नंं ४, मित्यालका वडा अध्यक्ष न्योबहादुर सुनारीको मृत्यु भएको छ। वडा अध्यक्ष सुनारीको उपचारको क्रममा लुम्विनी मेडिकल कलेज तानसेन प्रभासमा मृत्यु भएको हो। , वडा अध्यक्ष सुनारीलाई स्वासप्रस्वासमा समस्या देखिएपछि मेडिकल कलेज लगिएकोमा उपचारको क्रममा मृत्यु भएको हो।, सोमबार ...
सेतोपाटी पहिराका कारण अवरूद्ध नारायणगढ–मुग्लिन सडक दुईतर्फी सञ्चालनमा आएको छ।, यस सडकखण्डअन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका–६ कालिखोला नजिकै चेपाङडाँडामा सुक्खा पहिरो खसेपछि सोमबार बिहान ४ः४५ बजेदेखि सडक अवरूद्ध बनेको थियो।, सोमबार साँझ ७ः३० देखि एकतर्फी सञ्चालनमा आएको सो सडकखण्ड आज बिहानदेखि दुईतर्फी सञ्चालनमा आए...
विवेक राई अमेरिकाले कोभ्याक्स सुविधामार्फत् दिने भनेको जोनसन एन्ड जोसनको १५ लाख डोज खोप भोलि (सोमबार) बिहान नेपाल आइपुग्दै छ।, एक डोज लगाए पुग्ने सो खोप झन्डै १५ लाख मानिसलाई पुग्ने छ। तर उक्त खोप क-कसलाई लगाउने भन्नेबारे सरकारले निर्णय गरिसकेको छैन। सोको निर्णय स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गर्ने भनिए पनि खोप कस...
सेतोपाटी संवाददाता आइतबार काठमाडौं उपत्यकामा ३९१ कोरोना संक्रमित थपिएका छन्।, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा मुलुकभर १८३१ संक्रमित थपिँदा ३९१ जना उपत्यकामा थपिएका हुन्।, हिजो शनिबार उयत्यकामा ४१९ संक्रमित थपिएका थिए। आज उपत्यकामा थपिएका संक्रमितमध्ये काठमाडौं जिल्लामा २६३, भक्तपुरमा ३१ र ...
रासस मकवानपुरको भिन्नभिन्नै स्थानमा दुई पुरुषको शव फेला परेको छ।, जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार आज बिहान दुई शव फेला परेको छ।, बिहान करिब ५ः३० बजे बकैया गाउँपालिका–३ स्थित बकैयाखोला पुलमा दाङ बबई गाउँपालिका स्थायी ठेगाना भएका हाल बकैया–४ तामाखोला बस्ने ३५ वर्षीय भीमबहादुर खत्रीको शव फेला परेको छ।्, मृतक खत्...
सेतोपाटी डोटीको पूर्वीचौकी गाउँपालिकाले महिनावारी (रजस्वला) भएको बेला घरैमा बस्ने १४ किशोरीलाई नगद पुरस्कारसहित सम्मान गरेको छ।, वर्षभरिमा महिनावारी छाउ हुँदा घरैमा बस्ने वडाभरिका १४ किशोरीलाई सम्मानस्वरूप पुरस्कृत गरिएको गाउँपालिकाले जनाएको छ।, महिनावारी भएका बेला छाउ बार्ने परम्परा तोडेको भन्दै उनीहरूलाई नगद पुरस्का...
सेतोपाटी संवाददाता चिकित्सा शिक्षा सुधार अभियन्ता वरिष्ठ चिकित्सक गोविन्द केसी धरान पुगेका छन्।, बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा चलिरहेको आन्दोलनमा ऐक्यबद्धता जनाउन धरान पुगेका हुन्। , ‘म बिपी प्रतिष्ठानको बेथिति र अनियमितताविरूद्ध चलिरहेको आन्दोलनमा ऐक्यबद्धता जनाउन आएको हुँ,’ केसीले भने। , केसी बुधबार बि...
रासस महोत्तरीको सदरमुकाम जलेश्वर नगरपालिका-९ प्रकौलीमा अवस्थित नेपाली सेनाको रणभीम गण (ब्यारेक)मा आज बिहान नेपाली सेनाका एक सिपालीले आफैंलाई गोली हानी आत्महत्या गरेका छन्।, जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रकाश विष्टका अनुसार रामेछाप जिल्लाको लिखु तामाकोशी गाउँपालिका-५ घर भएका सोमबहादु...
सेतोपाटी संवाददाता कैलालीको भजनी नगरपालिकामा उपमेयरसहित ८ जना जनप्रतिनिधिले लगाएकाे ताला तीन दिनपछि खुलेको छ।, प्रक्रियामा नगई मेयर शेरबहादुर चाैधरीले एकलौटीरुपमा नगर सभाको आयोजना गरेकाे भन्दै उपमेयर छायाँ देवकोटासहितका जनप्रतिनिधिले कार्यालयमा ताला लगाएका थिए।, उनीहरुले नगर सभा पनि याेजना तर्जुमा नगरी नगरसभाकाेआयाेजन...
सेतोपाटी जिल्ला प्रहरी कार्यालय सुर्खेतले ब्राउन सुगरसहित एक पुरूषलाई पक्राउ गरेको छ।, प्रहरीले वीरेन्द्रनगर नगरपालिका–११ सुर्खेत पिपिराका ४२ वर्षीय लीलाराम पुरीलाई प्रहरीले उनकै घर अगाडिबाट पक्राउ गरेको हो।, पुरीलाई एक ग्राम १८० मिलीग्राम लागुऔषध ब्राउन सुगरसहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका सूचना अध...
सेतोपाटी संवाददाता कञ्चनपुरमा लागुऔषधसहित दुई जना पक्राउ परेका छन्।, पक्राउ पर्नेमा वेदकोट नगरपालिका–२ छेलाका २१ वर्षीय विजय चौधरी र सोही ठाउँका १९ वर्षीय अजय चौधरी छन्।, बुधबार सशस्त्र प्रहरी बल नेपाल नम्बर ३५ गण हेडक्वार्टर शैलेश्वरी कञ्चनपुर मातहत खटिएको टोलीले उनीहरूलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुर...
सेतोपाटी कैलालीको गौरीगंगा नगरपालिका-७ मटकौनास्थित सिंहासन सामुदायिक वन क्षेत्रबाट पाटेबाघको छालासहित दुई जना पक्राउ परेका छन्।, पक्राउ पर्नेमा कैलालीकै मोहन्याल गाउँपालिका–५ सालघारीका ५५ वर्षीय पूर्णबहादुुर बुढामगर र लम्कीचुुहा नगरपालिका–१ का लोकेश सिजापति रहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।, सुदूरपश्चिम ...
सेतोपाटी संवाददाता स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले ‘कोरोना गार्ड’ प्रयोग नगर्न आग्रह गरेको छ। मन्त्रालयले बिहिबार सार्वजनिक सूचना जारी गर्दै कोरोना भाइरस रोकथाम र नियन्त्रण गर्ने र निष्प्रभावी बनाउने जनाउँदै बिक्रीमा ल्याइएको कोरोना गार्ड नकिन्न आग्रह गरेको हो। , मन्त्रालया सहप्रवक्ता डा समीरकुमार अधिकारीले कोरोना...
सेतोपाटी संवाददाता गत असार १४ गते भरतपुरबाट हराएकी युवती नारायणी नदी किनारतर्फ जाँदै गरेको सिसिटिभी भिडिओ भेटिएको छ। , उक्त दिन नवलपुरको गैंडाकोटस्थित घरबाट प्रेमी प्रवेश कँडेलसँग भरतपुरतर्फ निस्किएकी विना सापकोटा सोही दिनदेखि हराइरहेकी थिइन्।, बाबु जयश्वर सापकोटाले दिएको जाहेरीका आधारमा प्रेमी प्रवेशलाई नियन्त्रणमा ल...
सेतोपाटी कोरोना भाइरसविरूद्धको खोप ‘भेरोसेल’ लिनका लागि आगामी बुधबार (यही साउन ६ गते) जहाज चीनतर्फ जाने भएको छ।, चिनियाँ खोप उत्पादक कम्पनीको नेपाललाई खोप उपलब्ध गराउने तयारी नपुगेकाले आगामी बुधबार मात्र नेपाल वायुसेवा निगमको वाइडबडी विमान चीनतर्फ जाने भएको हो। यसअघि असार ३१ गते चीन जाने भनेता पनि जहाजको तालिका परिवर्...
सेतोपाटी संवाददाता गुल्मीको गुल्मीदरबार गाउँपालिकाका अध्यक्ष अशोकुमार थापाको निधन भएको छ। ७४ वर्षको उमेरमा अध्यक्ष थापाको बिहिबार बिहान उपचारको क्रममा काठमाडौंमा निधन भएको हो।, गाउँपालिकाकी उपाध्यक्ष  मीना भण्डारीका अनुसार थापा ब्लड क्यान्सरबाट पीडित  अध्यक्ष थापा  १०  दिनअघि अस्पताल भर्ना भएका थिए।, अध्यक्ष थापाका चा...
सेतोपाटी संवाददाता झापाको गौरादहमा एक जना महिलाको शव फेला परेको छ।, आदिवासी समुदायकी ती महिलाको शव घरमा फेला परेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।, स्थानीय वडा नम्बर- १ गेउरिया चोककी ३९ वर्षीया संगीता टुडुकाे शव भेटिएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता प्रहरी नायब उपरीक्षक राकेश थापाले बताए।, प्रहरीका अन...
सेतोपाटी संवाददाता बिहीबार दिउँसो बाँकेबाट दाङतर्फ लागुऔषध खैरो हेरोइन बोकेर आउँदै गरेका दुई युवालाई प्रहरीले पक्राउ गर्‍यो। , बाँके जिल्लाको जानकी गाउँपालिका ३ मुक्तिनगरका ३६ वर्षीय राजा योगी र डुडुवा गाउँपालिका १ खचैडाका ३० वर्षीय राजु भनिने नोर महोम्मद दर्जी दाङको लमही नगरपालिका ९ तल्लो अमेलिया चोकबाट साढे २ बजे पक...
सेतोपाटी संवाददाता कोरोना भाइरसविरुद्धको खोप ‘भेरोसेल’ लिनका लागि यही साउन ६ गते जहाज चीनतर्फ जाने भएको छ। चिनियाँ खोप उत्पादक कम्पनीको नेपाललाई खोप उपलब्ध गराउने तयारी नपुगेकाले आगामी बुधबार मात्र नेपाल वायुसेवा निगमको वाइडबडी विमान चीनतर्फ जाने भएको हो। यसअघि असार ३१ गते चीन जाने भने पनि जहाजको तालिका परिवर्तन गरेर ...
सविता बुढा चुरे गाउँपालिका-६ को जंगल चुरेको फेदी र तराईको समतल फाँट बीचमा पर्छ।, भावना कार्की वर्ष दिनयता १० जनाको परिवारसहित यही जंगलभित्र बस्छिन्। उनीहरूले त्रिपालको ओत लगाएका छन्।, उनीहरू आफ्नो घरजग्गा पहिरोले लगेपछि विस्थापित भएर यो जंगलमा आइपुगेका हुन्। यही त्रिपालमा आएपछि भावनाकी छोरी जन्मिइन्।, केही दिनअघि भावन...
सेतोपाटी संवाददाता कैलालीमा सडकमा छोडिएका छाडा गाईसँग ठोक्किएर मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ।, शुक्रबार राति महेन्द्र राजमार्गको लम्कीचुहा नगरपालिका-६ स्याउलेमा पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको से३प ५९५४ नम्बरको मोटरसाइकल सडकमा बसेका गाईसँग ठोक्किएर दुर्घटना भएको थियो।, दुर्घटनामा घाइते भएका मोटरसाइकल...
सेतोपाटी संवाददाता बागमती युनेस्को क्लबका अध्यक्ष निश्चल बानियाँ युवा वैज्ञानिक अवार्डको लागि मनोनीत भएका छन्। , यही नोभेम्बर १५ मा बेलायतमा हुन गइरहेको सो अवार्ड कार्यक्रमको लागि युरोपियन साइन्स कन्फरेन्सले बानियाँलाई मनोनीत गरेको हो।, उनले कार्वन क्याप्चर प्रविधिमा पुर्‍याएको योगदानलाई प्रोत्साहन गर्दै कार्यक्रमको आ...
सेतोपाटी संवाददाता सरकारले चीनबाट यही साउन १५ गतेभित्र ३२ लाख मात्रा कोरोना भाइरसविरुद्धको खोप ‘भेरोसेल’ ल्याउने भएको छ।, चीनसँग खरिद गरिएको खोप नेपाल वायुसेवा निगमको वाइडबडी जहाजबाट नियमित चार उडानमार्फत यही साउन १५ गतेभित्र ल्याउन लागिएको हो।, मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीले चीनबाट खरिद गरिएको खोप निगम...
सेतोपाटी संवाददाता हरेकवर्ष पवित्र तीर्थस्थल देवघाटधाममा लाग्ने बोलबम मेला यसवर्ष नहुने भएको छ । , कोभिड–१९ को जोखिमका कारण तनहुँ, चितवन र नवलपुरको सङ्गमस्थल पवित्रधाम देवघाटमा यो वर्ष बोलबम मेला नहुने भएको हो । देवघाट क्षेत्र विकास समितिले यस वर्ष बोलबम मेला नगर्ने निर्णय गरेको समितिका कार्यकारी निर्देशक धीरेनबाबु घि...
रासस मुस्ताङको घरपझोङ गाउँपालिका–५ ठिनी खोलामा मालबहाक ट्रक दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ भने चारजना घाइते भएका छन्।, ठिनीबाट सामान लिएर ढुम्बातर्फ जाँदै गरेको ग१ख ६८५२ नम्बरको ट्रक ठिनी खोलामा अवस्थित कच्ची काठेपुल  भत्किँदा आज बिहान दुर्घटना भएको थियो। ,     ट्रकमा सातजना सवार रहेका बताइएको छ। मृ...
सेतोपाटी संवाददाता चितवनमा एक सिंगे गैंडाको आक्रमणबाट एक वृद्धको मृत्यु भएको छ।, रत्ननगर-११ स्थित पन्चकन्या सामुदायिक वनमा न्युरो टिप्न गएका ७५ वर्षीय रोहिका कुमालको गैंडाको आक्रमणबाट मृत्यु भएको हो।, उनी सो वन नजिकै सितल टोलका हुन्।, आक्रमणमा गम्भीर घाइते भएका उनको भरतपुर अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प...
सेतोपाटी संवाददाता बाँकेको कोहलपुरमा ८२ वर्षीया वृद्धाको हत्या भएको छ।, आइतबार बिहान कोहलपुर नगरपालिका वडा नम्बर ११ एकतानगर टोलमा ८२ वर्षीया काउली कार्की मृत फेला परेकी हुन्। कार्की सुतेकै ओछ्यानमा हत्या गरिएको अवस्थामा फेला परेकी हुन्।, बाँके प्रहरी प्रवक्ता तथा नायब उपरीक्षक मधुसुदन न्यौपानेका अनुसार कार्कीको टाउकोम...
सेतोपाटी संवाददाता आइतबार थप १ हजार ८०१ जना कोरोना संक्रमित थपिएका छन्।, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा पिसिआर र एन्टिजेन विधिबाट कुल ९ हजार ६२८ जनाको नमुना परीक्षण गर्दा सो संख्याका संक्रमित थपिएका हुन्। , थप २३ जनाको संक्रमणका कारण मृत्यु भएको मन्त्रालयले जनाएको छ। यीसहित हालसम्म कोरोना...
सेतोपाटी संवाददाता प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले चर्को ब्याज असुली गरेको आरोपमा एक जनालाई पक्राउ गरेको छ।, प्रहरीले दोलखा घर भई ललितपुरको भैंसेपाटी बस्ने ३३ वर्षीय गणेश उप्रेतीलाई पक्राउ गरेको प्रहरी उपरीक्षक श्यामकुमार महतोले जानकारी दिए। उनलाई ब्यूरोको टोलीले गत शुक्रबार काठमाडौं महानगरपालिका वडा नम्बर ७ चाब...
सेतोपाटी संवाददाता प्रहरीले मकवानपुरबाट पाँच किलो ७ सय ग्राम अफिमसहित एक जनालाई पक्राउ गरेको छ।, लागुऔषध ब्युरो काठमाडौंको टोलीले सोमबार मकवानपुरको बकैया गाउँपालिका-५ का ४४ वर्षीय रत्न भुलनलाई पक्राउ गरेको हो। , हेटौडा उपमहानगरपालिका-२ संगमचोकस्थित सडक खण्डमा हिँडिरहेका उनलाई अफिसमसहित पक्राउ गरिएको ब्युरोले जनाएको छ।...
सेतोपाटी संवाददाता सप्तरीको खडक नगरपालिका-९ का ७० वर्षीय दाउद मियाँको हत्या आरोपमा सप्तरी प्रहरीले सोमबार पाँच जनालाई पक्राउ गरेको छ।, हत्या आरोपमा प्रहरीले सप्तरीको खडक नगरपालिका-९ का ३२ वर्षीय नजबुल मियाँ, सोही ठाउँका ६० वर्षीय रफु भनिने रफुवा मियाँ, ४२ वर्षीय इजराइल मियाँ, ५५ वर्षीय वालिस भनिने कालिस मियाँ र उनका छ...
एजेन्सी चीनले प्रतिघन्टा ६ सय किलोमिटरको गतिमा कुद्ने रेल बनाएको छ।, मंगलबार उक्त रेलको प्रारम्भिक भर्सन पूर्वी तटीय सहर छिङताओमा सार्वजनिक गरिएको छ।, चीनको सरकारी स्वामित्वमा रहेको रेलवे रोलिङ स्टक कोअपरेशनले ६ सय किलोमिटर प्रतिघन्टाका गतिमा कुद्ने रेल म्यागलेभ ट्रेन स्वदेशमै बनाएपछि चीन 'ट्रान्सपोर्ट सुपरपावर' भएको ...
रासस मुस्लिम धर्मावलम्बीको दोस्रो महान् पर्व बकर इद (इदुल जोहा) आज देशभरका मस्जिदमा हर्षोल्लासपूर्वक मनाइँदैछ।, इदुल फित्रअर्थात् रमजान पर्वको ७० औँ दिनमा बकर इद मनाउने धार्मिक विधि रहिआएको छ।, इस्लामिक पात्रोअनुसार १२ औँ महिनाअर्थात् दिल हिज्जाको १० औँ दिन यो पर्व मनाउने गरिएको नेपाली जामे मस्जिदका सचिव मन्सुर हुसेनल...
सेतोपाटी संवाददाता सप्तरीमा पोखरीमा डुबेर पाँच वर्षीय बालकको मृत्यु भएको छ।, महादेवा गाउँपालिका-४ बलियाटोलका मोहम्मद इसराइलको डुबेर मृत्यु भएको सप्तरी प्रहरीले जनाएको छ।, स्थानीय भगवती मन्दिरको पोखरीमा नुहाउने क्रममा डुबेर सोमबार सवा १२ बजे बालकको ज्यान गएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ।, मृतक बालकको शव पो...
सेतोपाटी संवाददाता बकर इद (ईद उज अजहा) को अवसरमा सरकारले आज सार्वजनिक बिदा दिएको छ।, सबै सरकारी कार्यालय, निकाय र विदेशस्थित नेपाली नियोगमा बुधबार सार्वजनिक बिदा दिइएको गृह मन्त्रालयका प्रवक्ता जनकराज दाहालले जानकारी दिए।, नेपाल मुश्लिम संघले गृहमन्त्री बालकृष्ण खाँणलाई बकर इदमा बिदा दिन ध्यानाकर्षण गराएको थियो।, प्रध...
सेतोपाटी संवाददाता धनगढीमा स्थानीयबासीको ढुंगा प्रहारबाट १३ जना प्रहरी घाइते भएका छन्।, धनगढी उपमहानगरपालिका वडा नम्बर २ का स्थानीयको ढुङ्गा प्रहारबाट नेपाल प्रहरीका ७ र सशस्त्र प्रहरी बलका ६ जना प्रहरी घाइते भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।, ढुङ्गा प्रहारबाट मेघाफोन १ थान, पारदर्शी सिल्ड १० थान, हेल्मेट...
एजेन्सी अमेरिकी अर्बपति जेफ बेजोस र अरू तीन जना मंगलबार अन्तरिक्षमा पुगेर फर्किएका छन्।, बेजोसको कम्पनी ब्लु ओर्जिनले बनाएको अन्तरिक्ष यान ‘न्यु सेफर्ड’मा उनीहरूले मंगलबार साँझ १० मिनेटको यात्रा गरेका हुन्।, अमेजन कम्पनीका संस्थापक बेजोसले अन्तरिक्ष यात्रामा आफ्ना भाइ मार्क, पूर्वपाइलट ८२ वर्षकी वाली फंक र १८ वर्षीय क...
रासस सिराहाको जिरोमाइल–बडियारपट्टी सहायक सडकअन्तर्गत धनगढीमाई नगरपालिका–५ सन्तनगरमा यात्रुबाहक बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ।, गए राति भएको दुर्घटनामा १३ यात्रु घाइते भएका छन्।, जिरोमाइलबाट बडियारपट्टी जाने क्रममा बा२ख ७१ नम्बरको बस पल्टिँदा बसमा सवार बरियारपट्टि गाँउपालिका–३ निवासी ३५ वर्षीय गणेश मुखियाको ...
रासस अविरल वर्षाले सडकमा क्षति पुर्‍याउँदा मुस्ताङमा खोप ढुवानीमा समस्या भएको छ।, वर्षायामसँगै बढेका नदी खहरेका कारण साना सवारीको आवागमन नै रोकिएपछि ट्र्याक्टरमा खोप ढुवानी गर्नुपरेको छ।, असार २९ गते मुस्ताङको लोमान्थाङ गाउँपालिकाले ट्र्याक्टरमा ढुवानी गरेर ज्येष्ठ नागरिकका लागि दोस्रो मात्रा खोप लगाएको छ।, भेरोसेल खो...
सेतोपाटी संवाददाता चितवनको शारदानगरस्थित घोलमा एक पुरूषको शव भेटिएको छ। भरतपुर–१७ सिमलडाँडा घोलको पानी भित्र शव भेटिएको हो। , चितवन प्रहरीका प्रवक्ता सूर्यबहादुर थापाले शव गोली हानी हत्या गरिएको हुनसक्ने बताए। ‘घोलमा शव थियो, शव नजिकै गोलीका खोका भेटिएका छन्,’ उनले भने, ‘गोली हानेको हो कि जस्तो देखिन्छ।’, उनले मृतकको ...
सेतोपाटी संवाददाता जोन्सन एन्ड जोन्सन कम्पनीले बनाएको कोरोनाभाइरसविरूद्धको एक डोजमात्र लगाए पुग्ने खोप डेल्टा र लाम्ब्डा भेरियन्टविरूद्ध निकै कम प्रभावकारी देखिएको छ।, मंगलबार प्रकाशित एउटा अध्ययन रिपोर्टमा यो खोप पहिलो पटक भारतमा भेटिएको डेल्टा भेरियन्टविरूद्ध ३३ प्रतिशतमात्रै प्रभावकारी पाइएको उल्लेख गरिएको छ।, उक्त...
रासस विषक्त मदिरा सेवन गरेपछि बिरामी परेका चार जनाको मृत्यु भएको घटनामा अनुसन्धानका लागि घटनास्थल पुगेको प्रहरी बागलुङ सदरमुकाम फर्किएको छ।, गलकोट नगरपालिका–७ मल्म पुगेको प्रहरी नायब उपरीक्षक इकवाल हवारीको पाँच सदस्यीय टोली घटनास्थलको स्थलगत अनुसन्धान गरेर फर्किएको हो।, प्रहरीले घटनामा मृत्यु भएका र गम्भीर बिरामी परेक...
सेतोपाटी संवाददाता गृह मन्त्रालयले लामो दूरीका सार्वजनिक यातायात सञ्चालनका लागि सहजीकरण गर्न परिपत्र गरेको छ।, प्रहरी प्रधान कार्यालय नक्साल र ७७ जिल्ला प्रशासन कार्यालयलाई पत्र पठाएर गृहले मध्यम तथा लामो दुरीका सार्वजनिक यातायात सञ्चालन गर्न आवश्यक सहजीकरण गर्न निर्देशन दिएको छ।, गृहका शाखा अधिकृत रामबहादुर केसीले पठ...
सेतोपाटी संवाददाता अमेरिकाले अनुदानमा दिएको जोनसोन एन्ड जोन्सनको खोप बिहीबार काठमाडौं महानगरपालिकाभित्र नदिइने भएको छ। खोप सकिएकाले बिहीबार कसैलाई खोप नदिइने काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले जानकारी दिए। , बुधबार मात्रै काठमाडौं महानगरपालिकामा ६० हजारले यो खोप लगाएका थिए।, पराजुलीका अनुसार काठमाडौ...