content
stringlengths
20
64.1k
सेतोपाटी संवाददाता जिल्ला अस्पताल कालीकोटमा अक्सिजन प्लान्ट जडान गरिएको छ । कोभिड–१९ का बिरामीको उपचारका लागि सहज होस् भनेर जिल्ला अस्पताल कालीकोटमा अक्सिजन प्लान्ट जडान गरिएको हो । , कोभिड–१९ का बिरामीको उपचारका लागि जिल्ला अस्पताल कालीकोटमा अक्सिजन प्लान्ट जडान गरिएको जिल्ला स्वास्थ्य कार्यालय कालीकोटका निमित्त प्रम...
सेतोपाटी संवाददाता काठमाडौं उपत्यकामा शुक्रबार बिहान भूकम्पको धक्का महशुस गरिएको छ।, बिहान ७ बजेर ५ मिनेटमा भक्तपुरको सल्लाघारी केन्द्रविन्दु बनाएर भूकम्पको गएको हो।  राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार उक्त भूकम्प ३.५ म्याग्नेच्युडको थियो।, यसअघि गत असार २१ गते बिहान ६ बजेर ३२ मिनेटमा पनि काठमाडौं उप...
सेतोपाटी संवाददाता काठमाडौं उपत्यकामा शुक्रबार बिहान भूकम्पको धक्का महशुस गरिएको छ।, बिहान ७ बजेर ५ मिनेटमा भक्तपुरको सल्लाघारी केन्द्रविन्दु बनाएर भूकम्पको गएको हो।  राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार उक्त भूकम्प ३.५ म्याग्नेच्युडको थियो।, यसअघि गत असार २१ गते बिहान ६ बजेर ३२ मिनेटमा पनि काठमाडौं उप...
सेतोपाटी संवाददाता चितवनकी सुजिता भण्डारीको मृत्युको सम्बन्धमा आत्महत्या दुरुत्साहनको मुद्दा दर्ता भएको छ।, असार २० गते मृत भेटिएकी राप्ती ३ की भण्डारीलाई आत्महत्याका लागि दुरुत्साहन गरिएको भन्दै परिवारले जिल्ला प्रहरी कार्यालयमा मुद्दा दर्ता गरेको हो।, आफन्त पर्ने एक युवकको नाम तोकेर सुजिताकी आमा अम्बिका भण्डारीले आत...
सेतोपाटी संवाददाता डडेल्धुरामा जबरजस्ती करणी गरेको आरोपमा दुई युवकलाई प्रहरीले पक्राउ गरेको छ।, परशुराम नगरपालिका-५ परिगाउँका २३ वर्षीय विपीन भट्टराई र डोटीको जोरायल गाउँपालिका-२ बुडरका २३ वर्षीय आकाश मल्ललाई प्रहरीले पक्राउ गरेको हो।, साउन५ गते बुडरबाट मोटरसाइकलमा घर पुर्‍याइदिने भन्दै बाटोमै आफूमाथि जबरजस्ती करणी गर...
भगवती पाण्डे नेपालमा अहिले कोभिड-१९विरूद्धको खोप अभियान सञ्चालन भइरहेको छ। तर सबैले खोप पाउने निश्चित भइसकेको छैन।, त्यसैबीच बिहीबार दिउँसो अर्घाखाँची सन्धिखर्क नगरपालिका वडा नम्बर ४ वांङलाका चोपनारायण श्रेष्ठले फेसबुकमा दुईवटा तस्विर सार्वजनिक गरे। उनले एक महिलाले कोरोना विरुद्धको खोप लगाउँदै गरेको तस्वीर सार्वजनिक ग...
सेतोपाटी संवाददाता आफ्नै साथीलाई अपहरण गरेर बन्धक बनाएको अभियोगमा सुनसरी प्रहरीले इटहरीबाट तीन जनालाई पक्राउ गरेको छ।, इटहरी उपमहानगरपालिका-७ का २५ वर्षीय संगीत थापा, १९ वर्षीय अनिष कार्की र वडा नम्बर ८ का २३ वर्षीय सिद्धार्थ राईलाई प्रहरीले पक्राउ गरेको हो।, इटहरी-४ का २२ वर्षीय निर्मल श्रेष्ठलाई अपहरण गरेको आरोपमा प...
डा.स्वजन खत्री हामी सबैले दाँत सफा गर्न जरूरी छ। यसका धेरै कारण छन्। पहिलो त आफ्नो दाँत सफा र सेतो देखाउनु नै हो।, अर्को कुरा, दाँत र गिजाको बीचमा धेरै फोहोर अड्किएको हुन्छ जसबाट गिँजामा संक्रमण हुनुका साथै गिँजामा रगत आउने समस्या हुन्छ। , त्यस्तै स्याउलगायतका फलफूल खाँदा रगत आउने हुन्छ। गिजाको संक्रमणबाट जोगाउनसमेत द...
सेतोपाटी सुदूरपश्चिम प्रदेशका सात पहाडी जिल्ला जोड्ने भीमदत्त राजमार्ग पुनःअवरूद्ध भएको छ।, जिल्ला प्रहरी कार्यालय डोटीका अनुसार आज बिहान उक्त राजमार्गको गैरा नजिक पहिरो खस्दा राजमार्ग अवरूद्ध भएको हो। सडक माथिबाट ठूलाठूला ढुङ्गा र रूखसँगै आएको पहिराका कारण राजमार्ग बन्द भएको हो।, अवरूद्ध राजमार्ग पुनःसञ्चालनका लागि स...
सेतोपाटी संवाददाता काठमाडौं उपत्यकामा थप दस दिन निषेधाज्ञा लम्ब्याइएको छ।, आइतबार उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूको बैठकले सोमबारदेखि दस दिनसम्मका लागि निषेधाज्ञा थप्ने निर्णय गरेको हो।, निषेधाज्ञा लम्बिए पनि सबै आदेशहरू साबिकको आदेशबमोजिम नै रहेको काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालिप्रसाद पराजुलीले ...
सेतोपाटी संवाददाता नेपाल मेडिकल काउन्सिल(एनएमसी)को प्रमाणपत्र किर्ते गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।, केन्द्रीय अनुसन्धान ब्युरोले आइतबार ललितपुर महानगरपालिका वडा नम्बर २ का ३६ वर्षीय विजयश्याम रंजितलाई पक्राउ गरेको प्रहरी उपरीक्षक श्यामकुमार महतोले बताए।, उनलाई प्रहरीले काठमाडौं महानगरपालिका वडा नम्बर...
सेतोपाटी संवाददाता राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवाको तस्वीर जोडेर टिकटक बनाएको आरोपमा एक जना पक्राउ परेका छन्।, नेपाल प्रहरीको साइबर ब्युरोले जिल्ला प्रहरी कार्यालय झापासँग समन्वय गरी एक जनालाई पक्राउ गरी काठमाडौं ल्याएको हो।, जिल्ला प्रहरी कार्यालयले मेचिनगर नगरपालिका वडा नम्बर ६का ३८ वर...
सेतोपाटी संवाददाता राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) को वाइडबडी ए ३३० जहाजले मलेसियाको राजधानी क्वालालम्पुरबाट हरेक महिनाको एक उडानबाट  नेपाली नागरिकको शव ल्याइरहेको छ।, वैदेशिक रोजगारीका सिलसिलामा विभिन्न कारणले मलेशियामा ज्यान गुमाएका नेपालीको शव ल्याउन त्यहाँस्थित नेपाली राजदूतावासको आग्रहमा...
सेतोपाटी संवाददाता महानगरीय ट्राफिक प्रहरी प्रभाग बल्खुकाे भवन शिलान्यास गरिएकाे छ।, महानगरीय ट्राफिक प्रहरी प्रभाग बल्खु- १४ हाइटमा ट्राफिककाे नयाँ भवनकाे ट्राफिक प्रहरी महाशाखा प्रमुख एसएसपी जनक भट्टराईले शनिबार शिलान्यास गरेका हुन्।  , हाल भइरहेको बल्खुमा कक्ष साँघुरो भएकाले क्षमता विस्तारका लागि भवन निर्माण गर्न ल...
सेतोपाटी संवाददाता भीमदत्त नगरपालिका–२ का १३ वर्षीया निर्मला पन्त हत्या प्रकरणका तीन वर्ष बितिसकेको छ । साथीको घरबाट स्कुलको गृहकार्य गरी घर फर्किने क्रममा सम्र्पकबिहीन भएकी उनीको बलात्कारपछि हत्या गरिएका अवस्थामा शव उखुबारीमा भेटिएको थियो ।, ‘निर्मला हत्या प्रकरणमा न्याय पाऔँ’ भन्दै निर्मलाका बुबा,  स्थानीयवासी र अधि...
सेतोपाटी संवाददाता पर्सा प्रहरीले वीरगञ्जस्थित एक होटलबाट कटुवा पेस्तोलसहित तीन जनालाई पक्राउ गरेको छ।, सानो हतियार बेचबिखनका लागि बसिरहेको भन्ने सूचनाका आधारमा प्रहरीले आइतबार तीन जनालाई पक्राउ गरेको हो।, पक्राउ पर्नेमा वीरगञ्ज-२५ का २२ वर्षीय अनिल पटेल, २० वर्षीय रक्की पटेल र पर्सा पोखरिया नगरपालिका-२ का २० वर्षीय व...
सेतोपाटी संवाददाता जनता समाजवादी पार्टी (जसपा) को आन्तरिक विवादको हस्ताक्षर सनाखत गराउन निर्वाचन आयोग पुगेका रेशम चौधरी तटस्थ बसेका छन्।, उनले निर्वाचन आयोग पुगेर जसपाका दुबै पक्षका नेतासँग कुरा गरेर बाहिर निस्केपछि पत्रकारसँग आफू तटस्थ बस्ने निर्णय गरेको जानकारी दिए। उनी निलम्बित प्रतिनिधि सभाका सांसद तथा केन्द्रीय क...
सेतोपाटी संवाददाता कोरोना संक्रमण दर ह्वात्तै बढेपछि प्रदेश १ का विभिन्न जिल्लामा फेरि निषेधाज्ञा र लकडाउनको श्रृंखला सुरू भएको छ। ,  , यही क्रममा मोरङको उर्लाबारी नगरपालिकाले मंगलबार मध्यरातिदेखि साउन १९ गते रातिसम्म नगरका सम्पूर्ण सेवा तथा व्यवसाय बन्द गर्ने निर्णय गरेको छ।, उर्लाबारी नगरपालिकाको विपद् व्यवस्थापन के...
सेतोपाटी संवाददाता चेक बाउन्सको मुद्दामा १३ लाख ७० हजार जरिवाना पाएकी महिलालाई प्रहरीले पक्राउ गरेको छ।, केन्द्रीय अनुसन्धान ब्युरोले ललितपुर महानगरपालिकास्थित कुपण्डोलबाट तनहुँकी ४५ वर्षीया शोभा गुरूङलाई पक्राउ गरेको प्रहरी उपरीक्षक कमल थापाले जानकारी दिए।, उनीविरूद्ध गत चैत ३० गते उच्च अदालत पाटनले १३ लाख ७० जरिवाना...
सेतोपाटी संवाददाता दाङको घोराहीमा रहेको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानले अक्सिजन उत्पादन सुरू गरेको छ।, कोरोना महामारीको समयमा संघीय सरकारले उपलब्ध गराएको साढे दुई करोड बजेटबाट प्लान्ट स्थापना गरी अक्सिजन उत्पादन सुरू गरेको हो। , प्रतिष्ठानले दैनिक एक सय सिलिन्डर अक्सिजन उत्पादन गर्न थालेको उपकुलपति डा. संगीता भण...
सेतोपाटी संवाददाता काठमाडौं उपत्यकामा थप ९ सय ९९ कोरोना भाइरसका संक्रमित थपिएका छन्।, सोमबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा सो संख्यामा संक्रमित थपिएका हुन्।, जसमध्ये काठमाडौंमा मात्रै ६ सय ७७, ललितपुरमा १ सय ९७ र भक्तपुरमा १२५ जना संक्रमित थपिएका हुन्।, त्यस्तै मन्त्रा...
खिलानाथ ढकाल मिटरब्याजी गणेश उप्रेतीविरूद्ध जबरजस्ती १४ करोड असुली गर्न खोजेको भन्दै अर्का निर्माण व्यवसायीले जाहेरी दिएका छन्।, केन्द्रीय अनुसन्धान ब्युरोमा पुगेर डोल्पाका निर्माण व्यवसायी दीपेन्द्र शाहीले मंगलबार जाहेरी दिएका हुन्।, दुई करोड २० लाख रूपैयाँ तिर्नुपर्ने हिसाब रहेकोमा उप्रेतीले १४ करोड हिसाब पुर्‍याएर ...
सेतोपाटी संवाददाता सोमबार डेढ महिनायताकै बढी संक्रमित थपिएका छन्।, जेठ २५ गते ५१५३ संक्रमित थपिए पनि त्यसपछि भने संक्रमित भने औसत ३ हजारमा झरेको थियो।, सोमबार मात्रै थप ३ हजार ४२१ जना कोरोना संक्रमित थपिएका छन्।, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १२ हजार २४० नमूना पिसिआर परीक्षण गर्दा २ हजार...
सञ्चिता घिमिरे/सुभानु आचार्य निर्माण सुरू भएको पाँच वर्ष बितिसक्दा पनि ललितपुरको ढोलाहिटी–लेले सडक पूरा भएको छैन।, ढोलाहिटीबाट टाखेलसम्मको सडक कालोपत्र भए पनि टाखेलबाट लेले खण्डमा निर्माण बाँकी छ। , टाखेलबाट टीकाभैरवसम्म जंगल क्षेत्रमा मापदण्डानुसार सडक निर्माणका लागि निर्माणस्थल खाली भइरहेको काठमाडौं चक्रपथ विस्तार आ...
सेतोपाटी संवाददाता मंगलबारमात्रै थप ३ हजार ८९९ जना कोरोना संक्रमित थपिएका छन्।, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १२ हजार ६५५ नमूना पिसिआर परीक्षण गर्दा २ हजार ७२६ मा संक्रमण देखिएको छ भने एन्टिजेन विधिबाट ४ हजार ८६३  गर्दा ११७३ मा संक्रमण देखिएको छ।, कुल १७ हजार ५१८ जनाको नमूना परीक्षण गर्द...
सेतोपाटी संवाददाता पोखराको फेवाताल लामो समयदेखि अतिक्रमणको शिकार हुदैँ आएको छ।, २०३१ सालमा फेवातालको बाँध फुटेको मौका पारेर २०३४ सालमा हजार रोपनी भन्दा बढी जग्गा व्यक्तिको नाममा पास गरियो। पछिल्लो समय फेवाताल किनारा पुर्ने काम भएका छन्। सीमसार क्षेत्रमा सूचीकृत फेवाताल संरक्षणको दायित्व केन्द्र सरकारमा आएको छ। तर ताल ...
सेतोपाटी संवाददाता मकवानपुर प्रहरीले गाडीबाट ६५ किलो गाँजासहित दुई जनालाई पक्राउ गरेको छ।, प्रहरीले बिहीबार हेटौंडा उपमहानगरपालिका-१९ स्थित सडक खण्डबाट बा११च ९५०९ नम्बरको गाडीबाट गाँजा बरामद गरेको हो।, पक्राउ पर्नेमा भरतपुर महानगरपलिका-२० का ३८ वर्षीय रोशन परियार र मकवानपुर राक्सिराङ गाउँपालिका-६ का ४३ वर्षीय ललित ताम...
सेतोपाटी संवाददाता बुधबार थप  ३ हजार ८४० जना कोरोना संक्रमित थपिएका छन्।, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १० हजार ८८६ नमूना पिसिआर परीक्षण गर्दा २ हजार ६३४ मा संक्रमण देखिएको छ भने एन्टिजेन विधिबाट ४ हजार ९२२  गर्दा १२०६ मा संक्रमण देखिएको छ।, कुल १५ हजार ८०८ जनाको नमूना परीक्षण गर्दा सो स...
सेतोपाटी संवाददाता काठमाडौं उपत्यकामा थप ८ सय ५९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।, बुधबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारीका अनुसार काठमाडौं उपत्यकामा थप ८ सय ५९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो।, जसमध्ये काठमाडौंका ५५९ जना, ललितपुरका २०६ जना र भक्तपुरका ९४ जना छन्।, यस्तै, पछिल्ल...
सेतोपाटी संवाददाता पुष्पलाल (मध्यपहाडी) राजमार्ग योजनाका तत्कालीन योजना प्रमुखसहित पाँच जनाविरूद्ध भ्रष्टाचारको मुद्दा दायर भएको छ।, अख्तियार दुरूपयोग अनुसन्धान आयोगले मंगलबार गैरकानुनी लाभ तथा हानी गरी भ्रष्टाचार गरेको भन्दै पाँच जनाविरूद्ध काठमाडौंको विशेष अदालतमा मुद्दा दायर गरेको प्रवक्ता नारायणप्रसाद रिजालले जानक...
सेतोपाटी संवाददाता सरकारको मन्त्रिपरिषद् बैठकले बेवारिसे शव व्यवस्थापन निर्देशिका, २०७८ स्वीकृत गरेको छ।, बेवारिसे शवको उचित व्यवस्थापन गर्न बनाएको निर्देशिका सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले स्वीकृत गर्ने निर्णय गरेको सरकार प्रवक्ता तथा कानुनी मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए।, निर्देशिका बनाउन गृहको...
सेतोपाटी संवाददाता सरकारले नेपाली सेनाका रथी प्रभुराम शर्मालाई कायममुकायम प्रधान सेनापति बनाउन सिफारिस गरेको छ।, मंगलबार बालुवाटारमा बसेको मन्त्रिपरिषद बैठकले शर्मालाई कामु प्रधान सेनापति बनाउन राष्ट्रपतिलाई सिफारिस पठाउने निर्णय गरेको प्रधानमन्त्री शेरबहादुर देउवाको सचिवालय स्रोतले जानकारी दिएको छ।, शर्मालाई साउन २५ ...
सेतोपाटी संवाददाता काठमाडौं उपत्यकामा थप ७ सय ७४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।, मंगलबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारीका अनुसार काठमाडौं उपत्यकामा थप ७ सय ७४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो।, जसमध्ये काठमाडौंका ४७५ जना, ललितपुरका १६७ जना र भक्तपुरका १३२ जना छन्।, काठमाडौं उप...
एजेन्सी अमेरिकाको अलास्कामा ८.२ म्याग्नेच्युडको भूकम्प गएको छ।, स्थानीय समयअनुसार बुधबार राति अलास्काको चिगनिकभन्दा ७५ माइल्स दक्षिणी पूर्वको तटीय क्षेत्रलाई केन्द्रविन्दु बनाएर भूकम्प गएको हो। भूकम्पपछि त्यहाँ सुनामी आउन सक्ने चेतावनी दिइएको छ।, राष्ट्रिय मौसम सेवाले सुनामीको चेतावनी दिएको हो। दक्षिण अलास्का प्रायद्व...
सेतोपाटी संवाददाता सप्तरीमा एक जना बालकको पोखरी डुबेर मृत्यु भएको छ।, शुक्रबार बिहान करिब सवा ११ बजे रुपनी गाउँपालिका वडा नम्बर १ नकटीरायपुर टवल बस्ने ६ वर्षीय युवराजकुमार यादवको पोखरीमा डुबेर मृत्यु भएको हो।, घर छेउ रहेको मुखिलाल यादवको माछा पोखरीमा बच्चाहरूसँग खेल्ने क्रममा बालक डुबेको प्रहरी नायब उपरीक्षक माधवप्रसा...
सेतोपाटी संवाददाता कर्णालीमा गाडी खस्दा कैलालीमा दुई जना बेपत्ता भएका छन्।, लम्कीचुहा नगरपालिकाको चिसापानीस्थित पिचमारीनजिक एक गाडी सडकबाट ३ सय मिटर तल कर्णाली नदीमा खसेको प्रहरीले जनाएको छ।, गाडी डुबेकोले खोजी कार्य भइरहेको इलाका प्रहरी कार्यालय चिसापानीका प्रहरी निरीक्षक पुष्कर पन्तले जानकारी दिए ।, उनका अनुसार तीन ...
सेतोपाटी संवाददाता इन्सेकले शोषण, विपन्नता, विभेद मुक्त समाज निर्माणको अभियानमा तीन दशकदेखि क्रियाशील जानकी गाउँपालिका कैलालीका फिरूलाल चौधरीलाई ‘२७ औँ प्रकाश मानव अधिकार पुरस्कार’ बाट सम्मानित गर्ने निर्णय गरेको छ।, इन्सेकका महासचिव रूद्रबहादुर चर्मकारको संयोजकत्वमा गठन भएको तीन सदस्यीय पुरस्कार छनोट समितिले चौधरीलाई...
सेतोपाटी संवाददाता जिल्ला रुकुम पश्चिम त्रिवेणी गाउँपालिका वडा नं. ३ स्थित गोठमा चौपायालाई घाँसपात गर्न गएकी २६ वर्षीया मनकला खत्री खड्काको साउन ११ गते राति मकैबारीमा शव फेला परेको थियो।, मनकलाको घर वडा नं. ४ र गोठ वडा नं. ३ मा पर्छ। घरदेखि लगभग २०-३० मिटरको दुरी। मनकला घरमा ६ वर्षीय छोरा र सासु आमासँग बस्दै आएकी थिइन...
सेतोपाटी महोत्तरी जिल्लाको ३०३ वर्ष पुरानो गुरुकुल परम्पराको विद्यालयमा दैनिक रुद्राभिषेक पूजा हुने गर्दछ।, नेपालको गुरुकुल परम्परा धानिरहेको यस विद्यालयको आर्थिक अवस्था राम्रो नभए पनि बटुक र विद्यालय परिवारले अनुदान मागेरै भए पनि दैनिक रुद्राभिषेक पूजालाई भने निरन्तरता दिएका छन्।  , विसं १७७५ मा स्थापित बालागुरु षडान...
रमेश गिरी पुरानो नेवार बस्ती, सम्पदाको शहर, जात्रापर्वले सम्पन्न। यति हुँदाहुँदै पनि मध्यपुरथिमि नगरपालिका क्षेत्र सधैँ ओझेलमै थियो। पछिल्लो चारवर्षे अवधिमा भने यसको मुहार फेरिएको छ। यहाँका जीर्ण सम्पदा, भत्किन लागेका दरबार, भत्किएका पाटी, मठमन्दिरले धमाधम परम्परागत स्वरुपमा नयाँ जीवन पाएका छन्। पुरिएका ऐतिहासिक पोखरी...
सेतोपाटी संवाददाता बिहीबार थप ३ हजार ३६५ जना कोरोना संक्रमित थपिएका छन्।, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ९ हजार ५५५ नमूना पिसिआर परीक्षण गर्दा २ हजार ३३५ मा संक्रमण देखिएको छ भने एन्टिजेन विधिबाट ४ हजार ६८७  गर्दा १०३० मा संक्रमण देखिएको छ।, कुल १४ हजार २४२ जनाको नमूना परीक्षण गर्दा सो सं...
सेतोपाटी संवाददाता चीन र जापान सरकारले अनुदानमार्फत् दिने भनेर घोषणा गरेको कोरोना खोप यसै साताभित्र नेपाल आउने भएको छ।, आइतबार गृह मन्त्रालयमा भएको छलफलमा स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठले चीनबाट १६ लाख र जापानबाट १६ लाख खोप यही साताभित्र आउने जानकारी गराए।, केही समयअघि चीन र जापानले अनुदानस्वरुप नेपाललाई १६/१६ ला...
सेतोपाटी संवाददाता शनिबार थप ३ हजार १०६ जना कोरोना संक्रमित थपिएका छन्।, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ९ हजार २६३ नमूना पिसिआर परीक्षण गर्दा २ हजार २८० मा संक्रमण देखिएको छ भने एन्टिजेन विधिबाट ४ हजार २५६  गर्दा ८२६ मा संक्रमण देखिएको छ।, कुल १३ हजार ५१९ जनाको नमूना परीक्षण गर्दा सो संख्...
सेतोपाटी संवाददाता ललितपुर जिल्ला ललितपुर महानगरपालिकाले आयोजना गरेको ‘महिलाका लागि महिला’ विषयक सात दिने कार्यक्रम सम्पन्न भएको छ।, महिलालाई उद्यमशील बनाउने उद्देश्यले साउन १० गतेबाट ललितपुर महानगरपालिकाले कार्यक्रम सञ्चालन गरेको थियो।, जावलाखेलमा एक हप्तासम्म सञ्चालित कार्यक्रममा कार्यक्रममा महिलाहरूलाई उद्यमशीलताबा...
सेतोपाटी संवाददाता कैलालीमा बृद्धभत्ता बुझ्न पुगेका एक जनाको मृत्यु भएको छ।, टीकापुर नगरपालिका-८ का ७६ वर्षीय नरबहादुर साउदको भत्ता बुझ्न वडा कार्यालय आएका बेला मृत्यु भएको हो।, वडा नम्बर ८ का अध्यक्ष दीर्घ ठकुल्लाका अनुसार ती बृद्ध अस्वस्थ भएपछि केहीबेर चौतारामा आराम गरिरहेका थिए। उनलाई उपचारका क्रममा स्वास्थ्य चौकी ...
दिपकजंग शाही मध्यपश्चिमाञ्चल विश्वविद्यालयले साउन १२ गतेदेखि स्नातक र १३ गतेदेखि स्नातकोत्तर तहको परीक्षा तालिका सार्वजनिक गर्‍यो।, परीक्षा तालिका सार्वजनिक गरिएको केही दिनपछि विद्यार्थी संगठन र उपप्राध्यापकका संगठनहरू विभिन्न माग लिएर उपकुलपति समक्ष पुगे।, विश्वविद्यालयको उच्चस्तरीय समस्या समाधान समितिले ती संगठनहरूस...
सविता बुढा दार्चुलामा तुइनबाट खसेर बेपत्ता भएका युवा अझै फेला परेका छैनन्। जयसिंह धामी महाकालीमा खसेर बेपत्ता भएपछि व्याँस गाउँपालिका-२ को उनको गाउँ शोकमग्न बनेको छ।, गाउँका एक दर्जनजति युवाहरू महाकालीको किनारैकिनार जयसिंहको खोजी गरिरहेका छन्। नदीमा पानीको बहाव निकै बढेको छ। पानी पनि परिरहेकोले खाजी कार्यमा समस्या आएक...
सेतोपाटी संवाददाता स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना विरूद्धको खोप लगाएको प्रमाण पत्र वितरण गर्दा शुल्क नलिन सम्बन्धित अस्पताललाई निर्देशन दिएको छ।, आइतबार सूचना जारी गर्दै मन्त्रालयले केही अस्पतालहरूले खोप लगाएको प्रमाण पत्र दिँदा शुल्क लिने गरेको जनगुनासो आएको भन्दै ती अस्पताललाई शुल्क नलिन भनेको छ।, अहिले उ...
सेतोपाटी कोभिड–१९ जोखिमका बीचमा तनहुँका केही स्थानीय तहमा विद्यालय सञ्चालनमा आएका छन्।, जिल्ला सङ्कट व्यवस्थापन केन्द्र तनहुँले कोरोनाको जोखिम कायमै रहेकाले तत्काल विद्यालय सञ्चालन नगर्न निर्देशन दिए पनि उक्त निर्देशनको अटेरी गर्दै सामुदायिक तथा निजी विद्यालय सञ्चालनमा आएका हुन्। , तनहुँ जिल्लामा निषेधाज्ञा खुकुलो भएस...
प्रकाश अधिकारी आर्थिक वर्ष २०७३/७४ यताका हरेक नीति तथा कार्यक्रम र बजेट वक्तव्यमा संघीय सरकारले नछुटाएको कार्यक्रम हो, ‘एक प्रदेश, एक सरकारी मेडिकल कलेज अवधारणाअन्तर्गत सुर्खेतमा मेडिकल कलेज स्थापना।’ , बर्सेनि बजेटमा समावेश गरिए पनि सुर्खेतमा मेडिकल कलेजको पूर्वाधार निर्माणमा भने हालसम्म कुनै प्रगति भएको छैन।, विसं २...
सेतोपाटी संवाददाता मित्र राष्ट्र भुटानले नेपाललाई कोरोनाभाइरस विरूद्धको खोप दिन लागेको कुराको अहिले चर्चा छ।, भुटानबाट तीन लाख डोज अष्ट्राजेनेका खोप ल्याउन भारतको नयाँदिल्लीस्थित नेपाली राजदूतावासले प्रक्रिया अघि बढाइरहेको छ। दूतावासका अनुसार भुटानको राजदूतावासमार्फत् खोप ल्याउने कुराकानी भइरहेको छ। यद्यपि खोप ठ्याक्क...
सेतोपाटी संवाददाता सुनसरीमा एसिड प्रहार गरी तीन जनालाई घाइते बनाएको आरोपमा प्रहरीले काठमाडौंबाट एक जनालाई पक्राउ गरेको छ।, प्रहरीले बराहक्षेत्र नगरपालिका वडा नम्बर ३ हर्दिया बस्ने ३० वर्षीय रोमन राजधामीलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी नायब उपरीक्षक नरेन्द्रकुमार कार्कीले जानकारी दिए।, ईलाका प्रह...
सेतोपाटी कर्णाली प्रदेश सरकारलाई कर्मचारी व्यवस्थापनमा सकस भएको छ।, प्रदेश सरकारले गरेको संगठन तथा व्यवस्थापनअनुसार स्वीकृत भएका दरबन्दीअनुसारका कर्मचारी नआउँदा प्रदेश सरकारलाई सकस भएको हो।, संघीय सरकारको संरचनालाई बदल्दै कर्णाली प्रदेश सरकारले आफ्नै सङ्गठन संरचना निर्माण गरेको थियो।, प्रदेश सरकारले निर्माण गरेको संगठ...
सेतोपाटी बागमती प्रदेश सामाजिक विकास मन्त्रालयले कोभिड-१९ संक्रमणको तेस्रो लहरको सम्भावित जोखिमलाई तत्काल न्यूनीकरण र उपचार सेवालाई प्रभावकारी बनाउने उद्देश्यले प्रदेशका १३ जिल्ला अस्पतालमध्ये ८ वटाको अस्पताल परिसरमा बृहत अक्सिजन प्लान्ट जडान गर्ने कार्य अघि बढाइएको छ। , यसअघि मकवानपुरको हेटौंडा, नुवाकोटको त्रिशूली, भ...
सेतोपाटी संवाददाता जिल्ला प्रहरी कार्यालय दाङले शारीरिक रूपमा मोटा देखिने प्रहरी जवानदेखि सबैलाई दैनिक दौडाउन सुरू गरेको छ।, नयाँ प्रहरी प्रमुख एसपी सुरेश काफ्ले जिल्लामा आएको दोस्रो दिनदेखि नै त्यस्तो अभियान सुरू भएको हो।, ‘म दाङ आएको भोलिपल्टदेखि नै बिहान दैनिक रूपमा सबैलाई दौडाउन थालेको छु,’ एसपी काफ्लेले भने, ‘बिह...
नरेन्द्रसिह कार्की सुरक्षा निकायले  महाकाली नदीमा बेपत्ता भएका जयसिंह धामीको खोजी जारी राखेका छन्। नेपालतिर सशस्त्र प्रहरी बल र नेपाल प्रहरी तथा भारततर्फ भारतीय एसएसबीले नदी छेउछाउ खोजी जारी राखेका हुन्।, यही साउन १५ गते तुइनबाट नदी तर्नेक्रममा उनी बेपत्ता भएका थिए। सुरक्षाकर्मीले व्यास गाउँपालिका–२ मालदेखि महाकाली नग...
सेतोपाटी संवाददाता अब  खोप लगाएको प्रमाणपत्र जिल्लाका ५० शैयाभन्दा माथिका अस्पतालहरुबाट लिन सकिने भएको छ। , स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको सचिवस्तरीय बैठकले यस्तो निर्णय गरेको हो। वैदेशिक रोजगार, अध्ययन, उपचार लगायत अन्य कार्यका लागि विदेश जानुपर्ने नागरिकले खोप लगाएको कार्डको आधारमा प्रमाणीकरण गर्न मन्त्रालयले नि...
सेतोपाटी संवाददाता प्रहरीले झापाबाट लागुऔषध ब्राउनसुगरसहित एक जनालाई पक्राउ गरेको छ।, पक्राउ पर्नेमा गौरादह नगरपालिका- १ का ३७ वर्षीय कृष्णकुमार ताजपुरिया छन्।, उनीहरू दुबैको साथबाट ६ ग्राम ब्राउनसुगर फेला परेको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ।, प्रहरीले गौरादह बजारबाट सुरूमा ताजपुरियालाई पक्राउ गरेको थियो। उनको ...
सेतोपाटी संवाददाता काठमाडौंमा हारजित हुने गरी (जुवा) ओखर हान्ने २१ जना ६ लाख ४ हजार रुपैयाँ सहित पक्राउ परेका छन्।, मंगलबार महानगरीय प्रहरी परिसर काठमाडौंले २१ जनालाई काठमाडौं महानगरपालिका वडा नम्बर १५ बिजेश्वरी क्षेत्रबाट पक्राउ गरेको प्रहरी उपरीक्षक रमेश बस्नेतले जानकारी दिए।, हारजित हुने गरी ओखर खेलिरहेको भन्ने सूच...
सेतोपाटी संवाददाता सरकारले शिक्षक सेवा आयोगको अध्यक्षमा मधुप्रसाद रेग्मीलाई नियुक्त गरेको छ।, आज बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले काठमाडौं महानगरपालिका वडा नम्बर १० का रेग्मीलाई आयोगको अध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए।, सदस्यहरूमा काठमाडौं कलंकीका डिल्ल...
सेतोपाटी संवाददाता सरकारले गठन गरेको वार्ता टोली र विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका आन्दोलनकारीबीच मंगलबारबाट वार्ता सुरु भएको छ। , सरकारले विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका आन्दोलनकारीसँग वार्ता गर्न सोमबार डाक्टर कृष्णप्रसाद पौडेलको नेतृत्वमा तीन सदस्यीय समिति बनाएको थियो। मंगलबार धरान आइपुगेको ...
सेतोपाटी संवाददाता मस्तिष्कघात भएर १९ दिनदेखि काठमाडौंको न्युरो अस्पतालमा उपचाररत पोखरा महानगरका मेयर मानबहादुर जिसी मंगलबार डिस्चार्ज भएका छन्। डिस्चार्ज भएपनि उनको खुट्टा र हातको नियमित थेरापी गर्नुपर्ने र स्वास्थ्यकर्मीको निरन्तर निगरानीमा रहने जिसीका प्रेस संयोजक माधव बरालले बताए।, पोखरास्थित घरमै बिहान ४ बजेतिर उ...
युवराज श्रेष्ठ पहिरोको बाटो काठको भर्‍याङ चढेर छिचोल्दै गरेका युवाले पिँठ्युमा भ्याक्सिन बोकेका छन्।  , सदरमुकाम चामेबाट नासों गाउँपालिका जान उनले यस्तो धेरै ठाउँमा यस्तै भर्‍याङ चढ्नुपर्‍यो। काठको फलेक बिच्छ्याएर बनाएको पुल तर्नुपर्‍यो। बाढी र पहिरो जाँदाजाँदै हत्केलामा ज्यान राखेर मनाङका स्वास्थ्यकर्मीले जिल्लाका सब...
सञ्चिता घिमिरे/रासस पुराना प्रविधि हटाएर नयाँ प्रविधिको प्रयोग किन गरिन्छ भनी सोधे समय र खर्चको बचतका लागि भन्ने धेरैको जवाफ हुनसक्छ। ‘स्मार्ट’ चालक अनुमतिपत्रमा भने उल्टो स्थिति देखापरेको छ। जुन सुरुवातीदेखि नै सेवाग्राहीका लागि छिटो होइन ढिलो र झन्झटिलो बनेको छ।, प्रविधिको कारणले नभएर होइन यसको व्यवस्थापन सहज हुन नस...
युवराज श्रेष्ठ कास्कीको अन्नपूर्ण गाउँपालिका–३ नौडाँडामा ४ दिनयता एउटा चितुवा घुमिराखेको थियो। स्थानीयले चितुवालाई बस्तीबाट टाढा जंगलतर्फ धपाउन खोजे।, चितुवा गाउँ वरिपरि नै बस्न चाह्यो। जंगल जान मानेन। स्थानीयले जिल्ला वन कार्यालय कास्कीलाई चितुवाले दु:ख दिएको भन्दै खबर गरे। वनका कर्मचारीले पनि चितुवालाई सकेसम्म जंगल ...
डा. सुम्निमा शर्मा बांगोटिंगो दाँत मिलाउने विभिन्न तरिका हुन्छन्। दाँत मिलाउन विभिन्न तरिकाले तार बाँध्न सकिन्छ। दाँत बाँधेर दाँतलाई आकर्षक बनाउन सकिन्छ।, यस्तै दाँतको नाप लिएर प्लाष्टिकको ट्रे जस्तो बनाउन सकिन्छ। यसलाई ल्याबले कम्प्युटराइज सिस्टमबाट बनाइएको हुन्छ। बिरामी आफैंले समेत यसलाई निकाल्न सक्छन्।, दाँत मात्रै...
सेतोपाटी संवाददाता प्रहरीले काठमाडौंबाट ब्राउनसुगरसहित दुई जनालाई पक्राउ गरेको छ।, महानगरीय प्रहरी वृत्त महाराजगञ्जको टोलीले धारापाटीमा डेरा गरी बस्ने बाँके नेपालगञ्ज उपमहानगरपालिका-२ का २३ वर्षीय सुवास बराल र बाँके नैनापुर गाउँपालिका-२ का ३५ वर्षीय मोबिल जोलाहा रहेका छन्।, भुइँ तलामा डेरा गरी बस्ने उनीहरूलाई ब्राउनसु...
सेतोपाटी बाढीपहिराले पुर्‍याएको क्षति निरीक्षणका लागि पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसाल शनिबार हिमाली जिल्ला मनाङ पुगेका छन्। , असार १ गतेको बाढीपहिराले क्षति पुर्‍याएको मनाङको भौतिक क्षतिको अवलोकनमा उनीहरू आएका हुन्। जिल्लाका विभिन्न स्थानमा पुर्‍याएको क्षतिको ...
सेतोपाटी संवाददाता इटहरीमा फेला परेको ग्रिनेड बम नेपाली सेनाले निष्कृय पारेको छ।, इटहरी उपमहानगरपालिका-२ स्थित अन्नपूर्ण मार्गमा बम फेला परेको थियो।, शनिबार बिहान अन्नपूर्ण मार्गमा गिट्टी खन्याएर सडक समयाउने क्रममा बम फेला परेको हो।, बिहान करिब ८ बजे सडक निर्माणका क्रममा गिट्टी खन्याएपछि एक बालकले बल आकारको उक्त बम फे...
सेतोपाटी संवाददाता राष्ट्रिय परीक्षा बोर्डले २०७७ सालको माध्यामिक शिक्षा परीक्षा (एसईई) को नतिजा प्रकाशित गरेको छ।, बोर्डको शनिबार बसेको बैठकले विद्यालयहरूबाट आएको आन्तरिक मूल्याङ्कनलाई प्रमाणीकरण गरी नतिजा प्रकाशित गरेको बोर्ड अध्यक्ष चन्द्रमणि पौडेल बताए।, यसपालि पाँच लाख १७ हजार विद्यार्थी एसईईमा सामेल थिए।, एनसेलम...
तारानाथ आचार्य सिङ्गल स्पान प्रविधिमा बनेको 'संसारकै लामोपुल' भनेर प्रचारित बागलुङ अदुवाबारी पुलको अवलोकन गर्न आउनेको ठूलो लर्को लाग्ने गरेको छ। , कोरोना महामारीका कारण भइरहेको निषेधाज्ञा र महामारीको त्रास छल्दै पुल घुम्न आउनेको कमी छैन। कालीगण्डकीमाथि बनेको पुल आफैंमा सुन्दर छ।, पुलको पश्चिमतर्फ पर्ने शहीदपार्कले पर्...
सेतोपाटी संवाददाता सिन्धुपाल्चोकस्थित बाह्रबिसे प्रहरीको हिरासतमा रहेका व्यक्तिको मृत्यु भएपछि छानबिन हुने भएको छ।, प्रहरी हिरासतमा रहेका बाह्रबिसे नगरपालिका वडा नम्बर ७ का ३५ वर्षीय खड्गबहादुर तामाङको मृत्यु भएको थियो। प्रहरीले उनलाई कुटपिट गरेको भन्दै पीडित पक्षले आइतबार बाह्रबिसे बजारमा प्रदर्शन  गरेका थिए। उनीहरूल...
शेरबहादुर सिंह/रासस कालीकोटका ६० वर्षीया पर बुढा शनिबार भारतको पर्यटकीय शहर नैतीतालमा भारी बोक्दै गर्दा भेटिए। शिरमा ढाका टोपी, नाम्लो र पिठियुँमा भारी बोकेर नैतीताल तल्ली ताल भन्ने स्थानतर्फ जाँदै गरेका उनले भारी बोकेरै दैनिक ५०० भारूसम्म कमाउने गरेको बताए। ‘हामी कालीकोटका मात्रै भारी बोक्ने यहाँ ५०/६० जना नेपाली छौं...
सेतोपाटी संवाददाता सबेरै उठेर भान्छाको काम गरेर बारीमा तरकारी गोडमेलसमेत गर्ने सदरमुकाम चामे गाउँपालिका–४ की समीरा गुरुङ अहिले अँध्यारोमा गुज्रनुपरिरहेको छ।, विगतमा विद्युत् आपूर्ति सहज थियो र सबेरै उठेर भान्छाका साथै अन्य काम पनि सहजै गर्न भ्याइन्थ्यो। ‘बिहान सबेरै उठेर गर्न भ्याइने काम विद्युत् नहुँदा ढिलो गरी गर्न ...
निरु गौतम विकास निर्माण र अन्य प्रगतिका हिसाबले अगाडि रहेको लुम्बिनी प्रदेशमा घरेलु हिंसाका घटना भने बढेका छन्।, प्रदेश प्रहरी कार्यालयका अनुसार आर्थिक वर्ष २०७७ साउनदेखि असार मसान्तसम्ममा दुई हजार ३१८ घरेलु हिंसाका उजुरी परेका छन्।  ,   , प्रहरीको तथ्यांक हेर्दा हरेक वर्ष यो सङ्ख्या बढ्दो छ। गत आव २०७६/७७ मा एक हजार ...
सेतोपाटी संवाददाता प्रहरीले जुवा खेलिरहेको अवस्थामा ६ जनालाई काठमाडौंबाट पक्राउ गरेको छ।, काठमाडौं महानगरपालिका वडा नम्बर १० मध्यबानेश्वरबाट आइतबार राति सवा ७ बजे जुवा खेलिरहेका ६ जनालाई पक्राउ गरेको प्रहरी उपरीक्षक रमेश बस्नेतले जानकारी दिए।, रामकृष्ण केसीको साढे दुई तलाको घरमा जुवा खेलिरहेको भन्ने सूचना प्रहरीले पाए...
सविता बुढा बाजुराको स्वामीकार्तिक खापर गाउँपालिकाका स्थानीयले प्याज लगाउन थालेको २५ वर्ष भयो।, २०५३ मा त्यहाँका किसानले आफूले खानमात्र प्याज लगाएका थिए।  खाएर उब्रिएको प्याज बेच्थे पनि।, त्यसरी प्याज लगाउनेमा गाउँपालिकाको बाहुनीगाउँका दीप कामी पनि एक थिए। उनले  त बेच्यो भने घर खर्च चल्ला भनेर अलि धेरै नै प्याज लगाउँथे...
सेतोपाटी संवाददाता काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले 'एक वडा, एक पार्क'को नीति अनुसार काठमाडौं महानगरपालिका अघि बढेको बताएका छन्। , आज वडा नम्बर-५ को हाँडीगाउँमा नरबुद्धपार्कको शिलान्यास कार्यक्रममा सम्बोधन गर्ने सिलसिलामा प्रमुख शाक्यले यस्तो बताएका हुन्।, ‘कठमाडौं महानगरपालिकाले एक वडा, एक पार्कको ...
सेतोपाटी संवाददाता बलाधिकृत रथी प्रभुराम शर्माले कायममुकायम प्रधान सेनापतिको जिम्मेवारी सम्हालेका छन्।, प्रधान सेनापति पूर्णचन्द्र थापाले आज सैनिक मुख्यालयमा आयोजित कार्यक्रममा शर्मालाई संगठनको जिम्मेवारी हस्तान्तरण गरेका हुन्।, शर्मालाई मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले साउन २५ देखि लागू हुने ...
सेतोपाटी संवाददाता सोमबार थप ३ हजार ६५१ जना कोरोना संक्रमित थपिएका छन्।, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १० हजार ४४५ नमूना पिसिआर परीक्षण गर्दा २ हजार ६ सय ९ मा संक्रमण देखिएको छ भने एन्टिजेन विधिबाट ६ हजार १४९ मा परीक्षण गर्दा १ हजार ४२ लाई संक्रमण देखिएको छ।, कुल १६ हजार ५९४ जनाको नमूना ...
सेतोपाटी संवाददाता त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट एक सय ५० ग्राम सुनजस्तै देखिने बालासहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ।, मंगलबार बिहान पौने १० बजे काठमाडौंस्थित विमानस्थलबाट रामेछाप घर भइ काठमाडौं महानगरपालिका वडा नम्बर ६ कुमारीगल बौद्ध बस्ने २५ वर्षीय सन्तोष बस्नेतलाई प्रहरीले पक्राउ गरेको हो।, उनलाई प्रह...
सेतोपाटी संवाददाता जिल्ला प्रहरी कार्यालय सुनसरीले झन्डै एक महिनाको अवधिमा विभिन्न मुद्दाका २३८ जना फरार प्रतिवादीलाई पक्राउ गरेको छ।, यसमा पाँच दिनदेखि २० वर्षसम्म कैद सजाय तोकिएका प्रतिवादी रहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ।, प्रहरीले साउन १ गतेदेखि अदालतबाट कैद र जरिवाना फैसला भएका तर फरार रहेका अभियुक...
सेतोपाटी चितवनमा दुई वटा मोटरसाइकल आपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ।, पृथ्वी राजमार्गअन्तर्गत चितवनको इच्छाकामना–३ कुरिनघाटमा आज काठमाडौंबाट मुग्लिनतर्फ आइरहेको बा ४६ प ३२० नंको मोटरसाइकल र विपरीत दिशाबाट गइरहेको ग १६ प ५५३१ नं मोटरसाइकल आपसमा ठक्कर खाँदा ग १६ प ५५३१ नम्बरको मोटरसाइकल चालक स्याङ्जाको पुतली बजार ...
सेतोपाटी संवाददाता काठमाडौं उपत्यकामा बिहीबारदेखि राति आठ बजेपछि सवारी साधन चलाउन निषेध गरिएको छ। , मंगलबार काठमाडौं उपत्यकाका तीन प्रमुख जिल्ला अधिकारीहरूको बैठकले राति ८ बजेपछि अतिआवश्यक बाहेकका सवारीसाधनहरू चलाउन निषेध गर्ने निर्णय गरेको हो। , ललितपुरका प्रमुख जिल्ला अधिकारी ढुण्डीप्रसाद निरौलाले रातिको समयमा धेरै ...
भगवती पाण्डे साहुको चामल पुर्‍याउन भारतबाट नेपाल आएका चालकको रूपन्देहीमा हत्या भएको छ।, प्रहरीले हत्यामा संलग्न रहेको आरोपमा रूपन्देहीका तीन र तनहुँका एक जनालाई पक्राउ गरेको हो।, प्रहरीले सिद्धार्थनगर नगरपालिका-६ का ३० वर्षीय अलि भन्ने सद्दाम कुजडा, सोही ठाउँका २७ वर्षीय रिजवन अलि मुसलमान, २८ वर्षीय महेश कहार र तनहुँ ...
दिपकजंग शाही कैलाली सुदूरपश्चिमको राजधानी भएको जिल्ला हो। तराईको जिल्ला भएकाले पहाडी सुविधाको खोजीमा अछाम, सुर्खेत, दैलेख, डोटीलगायत पहाडी जिल्लाका मानिसहरू कैलाली बसाइ सर्छन्। , कैलालीमै केही यस्ता बस्तीहरू पनि छन् जहाँका मानिस सडक, बिजुली, शिक्षा र स्वास्थ्य त परको कुरा दैनिक उपभोग्य  सामानका लागि पनि छिमेकी जिल्ला ...
सेतोपाटी संवाददाता १२ वर्षअघि पाँच वर्षीया नातिनीको हत्या गरेका एक व्यक्तिलाई सुनसरी प्रहरीले पक्राउ गरेको छ। , सुनसरी भोक्राहा ६ का ६२ वर्षे बसन्त खत्वेलाई प्रहरीले पक्राउ गरेको हो।, खत्वेले २०६६ साल वैशाख १६ गते आफ्नी ५ वर्षीया नातिनी सोशिला कुमारी खत्वेलाई घाँटी बटारी हत्या गरेका थिए। हत्यापछि उनले नातिनीको शवलाई प...
प्रशन्न पोखरेल सरकारले विद्यार्थीहरूलाई कोरोनाविरूद्ध खोप दिने निर्णय गरेको छ।, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले परीक्षार्थीलाई प्रवेश पत्रका आधारमा खोप लगाउने व्यवस्था मिलाउने निर्णय गरेको हो।, स्वास्थ्य सेवा विभागका खोप शाखा प्रमुख डाक्टर झलक गौतमले अहिले परीक्षा दिइरहेका परीक्षार्थीहरूलाई कोरोनाविरूद्ध खोप दिन ला...
रासस पोखरा पर्यटन परिषद्को समन्वयमा बिहीबार पोखराका दुई हजार ५०० पर्यटनकर्मीलाई कोरोनाविरुद्धको खोप लगाइएको छ। पोखराको विभिन्न पाँच स्थानमा पर्यटन सम्बद्ध सङ्घ संस्थालगायत पर्यटन क्षेत्रका मजदुर, कर्मचारी र पर्यटन व्यवसायीलाई प्राथमिकताका आधारमा खोप लगाउन कार्यक्रम सम्पन्न गरिएको परिषद्का महासचिव रामचन्द्र शर्माले जान...
सेतोपाटी उदयपुरको रौतामाई गाउँपालिका–८ पुवाँरेभञ्ज्याङको भिरबाट लडेर गए राति एक युवकको मृत्यु भएको छ।, मृत्यु हुनेमा रौतामाई गाउँपालिका–८ डिल्लीबरगाउँका ३० वर्षीय चन्द्रबहादुर रिखाम मगर रहेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ।, पुवाँरेबाट घर जान डिल्लीबरतर्फ लाग्दा अग्लो भिरबाट लडेर मगरको मृत्यु भएको जिल्ला प्र...
रासस सिन्धुपाल्चोकको मेलम्ची बजार र त्यस आसपासका क्षेत्रमा अत्यधिक वर्षा तथा पहिराका कारण नदी कटान हुँदा क्षति पुगेको छ।, गत असार १ र यही साउन १६ गते मेलम्ची नदीमा आएको बाढीले ठूलो क्षति पुगेपछि त्यस क्षेत्रको अध्ययन गर्न गएको खानी तथा भूगर्भ विभागको टोलीले अत्यधिक वर्षा र वर्षापछि पहिरो जाँदा उक्त क्षति पुगेको निष्कर...
सेतोपाटी नेपालको एक मात्र सिकार आरक्ष बागलुङको ढोरपाटनलाई तराईसँग जोड्ने सालझण्डी–सन्धिखर्क–ढोरपाटन सडक स्तरोन्नतिको काम समयमा नसकिँदा सर्वसाधारणलाई सास्ती भएको छ। , तराईबाट छोटो दूरीमा बागलुङलाई जोड्न दशकअघि रेखांकन भएको यो सडकको अवस्था अहिले पनि उस्तै छ।, रुपन्देहीको सालझण्डीबाट अर्घाखाँचीको सन्धिखर्क हुँदै बागलुङको...
सेतोपाटी प्रस्तावित गेटा मेडिकल कलेजलाई सुदूरपश्चिमाञ्चल विश्वविद्यालय मातहत ल्याउन कञ्चनपुरका सात विद्यार्थी संगठनले माग गरेका छन्।, कलेजलाई विश्वविद्यालय मातहत ल्याएर आगामी वर्षदेखि पठनपाठन सञ्चालन गर्न संगठनमा आबद्ध विद्यार्थीले माग गरेका हुन्।  , प्रस्तावित मेडिकल कलेजलाई तत्काल छिटोभन्दा छिटो सुपविश्वविद्यालयअन्त...
सेतोपाटी संवाददाता भारतीय बजारबाट  तस्करी गरेर ल्याइएको कपडा सशस्त्र प्रहरीले विराटनगरबाट बरामद गरेको छ। सशस्त्र प्रहरी बल बिओपी दरैयाले कपडा बरामद गरेको हो।, भारतदेखि भन्सार छली गरेर ल्याइएको करिब २ लाख मूल्य बराबरको कपडा विराटनगर १६ दरैयाबाट बरामद गरेको प्रहरीले जनाएको छ। , बरामद गरेको कपडा क्यारिङ गर्नेले ल्याएको ख...
सेतोपाटी ‘प्रहरी हुँ’ भन्दै कुटपिट गरी रकम असुल्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ।, कनकाई नगरपालिका–७ का ४० वर्षीय विकास उप्रेती र विर्तामोड नगरपालिका-३ का ३२ वर्षीय टीका खत्रीलाई बिहीबार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता प्रहरी नायब उपरीक्षक राकेश थापाले जानकारी दिए।, विर्तामोड-५ की नयनसरी राजव...
सेतोपाटी विराटनगर महानगरपालिकाको हाटखोलामा अत्याधुनिक जिल्ला कारागार भवन निर्माण  गर्न लागिएको छ।, मोरङका प्रमुख जिल्ला अधिकारी कोषहरि निरौलाले निर्माणाधिन भवन शिलान्यास गर्दै यसको गुणस्तरमा ध्यान दिन र निर्धारित समयमै सम्पन्न गर्न निर्माण कम्पनीलाई निर्देशन दिए।, उनले भवनमा बस्ने कैदीबन्दीको जीवन सुरक्षा गर्नु राज्यक...
सेतोपाटी संवाददाता काठमाडौं उपत्यकामा थप ७३९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आइतबार थप ७३९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो।, काठमाडौंमा ५ सय २२ , ललितपुरमा एक सय ५४ र भक्तपुरमा ६३ जना संक्रमित थपिएका हुन्। योसँगै अहिले उपत्यकामा ११ हजार ७८६ जना सक्रिय संक्रमित...
सेतोपाटी संवाददाता त्रिवि शिक्षण अस्पताल महाराजगञ्जले मुसा, उडुस, उपियाँ, साङला नियन्त्रण गर्न सूचना जारी गरेको छ।, अस्पताल परिसरभित्रका स्थानका मुसा, उडुस, उपियाँ र साङ्ला लगायत नियन्त्रण गर्नुपर्ने भएकाले सूचना प्रकाशित गरिएको शिक्षण अस्पतालले जनाएको छ।, अस्पतालले शुक्रबार प्रकाशित गरेको सूचनामा दर्तावाला फर्मबाट मा...
सेतोपाटी संवाददाता बैंकिङ कसुरमा इन्टरपोलले ‘रेड नोटिस’ जारी गरेका अभियुक्त केदार ढुंगानालाई नेपाल ल्याइएको छ।, पोर्चुगल प्रहरीको सहयोगमा प्रहरी प्रधान कार्यालय इन्टरपोल शाखाले काभ्रे भुम्लु गाउँपालिका-१ का ४३ वर्षीय ढुंगानालाई शनिबार काठमाडौं ल्याएको हो।, ढुंगानालाई पोर्चुगल प्रहरीले पक्राउ गरेको थियो। ढुंगाना पहिल्ल...
सेतोपाटी संवाददाता आइतबार नेपालमा थप दुई हजार २१२ जनामा कोरोना भाइरस संक्रमित थपिएका छन्।, पछिल्लो २४ घण्टामा थप दुई हजार २१२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। १२ हजार १०६ जनाको कोरोना परीक्षण गर्दा सो संख्यामा संक्रमित थपिएका हुन्।, आठ हजार ८८ जनाको पिसिआर गर्दा एक ...