content
stringlengths
20
64.1k
खिलानाथ ढकाल दुई छोराछोरी र श्रीमती रहेका डोटी केआइसिंह गाउँपालिका-७ का २६ वर्षीय केशवराज भट्ट ‘लिभिङ टुगेदर’मा बस्थे। , उनले आफूलाई उपराष्ट्रपति कार्यालयको शाखा अधिकृत भनी परिचय दिने गरेका थिए। शाखा अधिकृतकै लोकसेवा तयारी गरिरहेकी एक युवतीलाई विवाह गर्ने बहानामा ‘लिभिङ टुगेदर’मा राखेका थिए। , उनी ढाका टोपी र शरीरमा च...
सेतोपाटी स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले धेरै समयका अन्तरमा कोरोना भाइरसविरूद्धको खोप लगाउँदा पनि प्रभावकारी हुने जनाएको छ।, मन्त्रालयले ‘कोभिसिल्ड’ खोपको पहिलो मात्रा लगाएको लामो समयका अन्तरमा अहिले ज्येष्ठ नागरिकलाई दोस्रो मात्रा लगाउन थालिएकाले उक्त  खोपले काम गर्ने स्पष्ट पारेको छ। , मन्त्रालयका सहप्रवक्ता डा ...
सेतोपाटी संवाददाता अख्तियार दुरूपयोग अनुसन्धान आयोगले प्रहरी सहायक निरीक्षक (असई) विरूद्ध भ्रष्टाचारको मुद्दा दायर गरेको छ।, प्रहरी कल्याण कोषले नक्सालमा सञ्चालन गरेको पेट्रोल पम्पमा कार्यरत असई दिलिप कार्कीविरूद्ध अख्तियारले आइतबार विशेष अदालतमा मुद्दा दायर गरेको सहायक प्रवक्ता वेदप्रसाद भण्डारीले बताए।, सार्वजनिक सम...
सेतोपाटी संवाददाता दाङको लमहीबाट एक जना स्थानीयको भान्सा भित्र छिरेको चितुवा नियन्त्रणमा लिइएको छ।  , शनिबार बेलुकी लमही नगरपालिका वडा नं. ८ उचानिम्बुस्थित गाउँमा गौशाला भित्र प्रवेश गरेपछि गाईको बाच्छामाथि आक्रमण गरि चितुवा निर्माणाधिन भान्सा घरमा छिरेको थियो। , बन्यजन्तु संरक्षणको क्षेत्रमा काम गर्दै आएका स्थानीय चि...
रासस स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरसविरूद्धको खोप लगाएकाको क्युआर कोडसहित प्रमाणपत्रको शुल्क नलिन आग्रह गरेको छ। , केही म्यानपावर कम्पनीले प्रमाणपत्रका लागि वैदेशिक रोजगारमा जाने व्यक्तिसँग शुल्क लिइरहेको जानकारीमा आएकाले विज्ञप्ति जारी गर्दै सो आग्रह गरिएको मन्त्रालयका सहप्रवक्ता डा समीरकुमार अधिकारील...
सेतोपाटी संवाददाता झापामा एक पुरूषको शव फेला परेको छ।, आइतबार बिहान कमल गाउँपालिका वडा नम्बर २ स्थित क्याम्पाचोक नजिकको खेतमा सडिसकेको अवस्थामा स्थानीय पुरूषको शव फेला परेको हो।, चोकबाट ५० मिटर पूर्व धानखेतमा राजु लिम्बुको शव फेला परेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।, सोही वडाको नयाँ बस्तीमा बस्दै आएका ५० वर्...
रासस कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा नर्सिङ विषयमा स्नातकोत्तर तह (एमएन)को पठनपाठन  हुने भएको छ। यसका लागि प्रतिष्ठानले पाठ्यक्रम तयार  गरी अनुमतिका लागि चिकित्सा शिक्षा आयोगसमक्ष निवेदन दिएको  छ।, प्रतिष्ठानका शिक्षाध्यक्ष प्राडा निरेश थापाका अनुसार प्रतिष्ठानले १२ सिटको लागि आयोगसमक्ष माग गरेको छ।, उनले भने,‘...
मनोज सत्याल हेलम्बु गाउँपालिकाका अध्यक्ष निमा ग्याल्जेन शेर्पाले दसैँसम्ममा अस्थायी रूपमा मेलम्चीको पानी काठमाडौं पठाउन सकिने बताएका छन्। , राष्ट्रिय विपद् जोखिम न्यूनीकरण प्राधिकरणले आयोजना गरेको कार्यक्रममा शेर्पाले मेलम्ची माथि भ्रेमाथाङ क्षेत्रको गेगरानलाई बग्नबाट रोक्न आग्रह गरे।, खानी तथा भूगर्भ विभागका सिनियर भ...
सेतोपाटी संवाददाता मोरङ बेलवारीमा भएको ग्याङ फाइट काण्डमा हत्या गरेको  अभियोगमा एक आरोपितलाई प्रहरीले एक वर्षपछि पक्राउ गरेको छ। , प्रहरीले मोरङकै ग्रामथान–२ का  ३१ वर्षीय कृष्ण चौधरीलाई शनिबार पक्राउ गरेको हो । पक्राउ परेका चौधरी घटनाका मुख्य अभियुक्त भएको प्रहरीको दाबी छ।  , बेलबारी–५ कसेनी लोहन्द्रा खोलामा भएको ग्य...
सेतोपाटी संवाददाता काठमाडौं उपत्यकामा थप ९६१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सोमबार थप ९६१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो।, काठमाडौंमा ६७७, भक्तपुरमा ११७ र ललितपुरमा १६७ संक्रमित थपिएका छन्।  योसँगै अहिले उपत्यकामा ११ हजार ५४५ जना सक्रिय संक्रमित छन्।, काठमाड...
सेतोपाटी संवाददाता धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान दुई महिनायता आन्दोलित छ। प्रतिष्ठानको शुद्धीकरण माग गर्दै विद्यार्थी र कर्मचारीहरूले उपकुलपति, रजिष्ट्रार लगायतका कार्यकक्षमा तालाबन्दी गरेका छन्।, बिपी प्रतिष्ठानमा पछिल्लो समय भएका खरिदमा अनियमितता देखिएको सरकारी रिपोर्टले नै ‌औंल्याएको छ। राजधान...
रासस टोखा नगरपालिकाले विदेश जाने नागरिकका लागि चाहिने क्यूआर कोडसहितको कोभिड प्रमाणपत्र २४ घण्टाभित्र उपलब्ध गराउने भएको छ।, यसअघि स्वास्थ्य सेवा विभागले मात्र विदेश जाने नागरिकलाई क्यूआर कोड उपलब्ध गराउँदै आए पनि अब टोखा नगरपालिकाले उपलब्ध गराउने भएको हो।, टोखा नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख रनलाल कुलालले vaccine....
सेतोपाटी संवाददाता ४० वर्ष लामो भारतीय जेल जीवन भोगेका इलामका दुर्गाप्रसाद तिम्सिनालाई अब विराटनगरस्थित मानव सेवा आश्रममा राखेर उपचार गरिने भएको छ।, लामो जेल जीवनले  मानसिक स्वास्थ्यमा समस्या झेलिरहेका दुर्गाप्रसादलाई घरमा राखेर उपचार गर्न नसकिने अवस्था भएपछि माई नगरपालिका, मानवअधिकार मञ्च इलाम र परिवारको पहलमा आश्रमम...
सेतोपाटी स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले वि.सं २०८० सम्म प्रत्येक प्रदेशमा कम्तीमा एउटा सरकारी मेडिकल कलेज स्थापना गर्ने भएको छ।, मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीले सात वटै प्रदेशमा कलेज निर्माण गर्ने क्रममा नै प्रदेश नं २ मा मधेश स्वास्थ्य प्रतिष्ठान र रामराजाप्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठानको ...
सेतोपाटी संवाददाता चीनबाट आठ लाख मात्रा भेरोसेल खोप काठमाडौं आइपुगेको छ।, गए राति सवा १ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा खोप आइपुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको खोप शाखाका वरिष्ठ फार्मेसी अधिकृत बडेबाबु थापाले जानकारी दिए।, उनकाअनुसार नेपाल एयरलाइन्सको विमानबाट आठ लाख डोज आइपुगेको हो। बाँकी खोप भने बिह...
सेतोपाटी संवाददाता एक क्वीन्टल गाँजासहित जनकपुरबाट सोमबार एक जनालाई प्रहरीले पक्राउ गरेको छ।, पक्राउ पर्नेमा मकवानपुर जिल्ला हेटौडा उप-नगरपालिका वडा नम्बर १९ का ३५ वर्षीय वीरबहादुर बलोनलसई रहेको प्रहरीले जनाएको छ।    , जनकपरधाम उपमहानगरपालिका वडा नम्बर ४ स्थित मुरलीचोकबाट १० पोकामा रहेको गाँजासहित उनलाई पक्राउ गरिएको ...
विनोद सापकोटा सरकारले भूमि आयोग विघटन गरेपछि त्यसको पुनर्गठन माग गर्दै झापामा एक लाख बढी संख्याका किसानहरूले हस्ताक्षर बुझाएका छन्।, जिल्ला प्रशासन कार्यालय झापाका प्रमुख जिल्ला अधिकारीमार्फत् उनीहरूले सरकारलाई हस्ताक्षर बुझाएका हुन्।, नेकपा एमालेको भ्रातृ संगठन अखिल नेपाल किसान महासंघले संकलन गरेको ती हस्ताक्षर प्रमु...
सेतोपाटी संवाददाता पहिरोका कारण बन्द भएको नागढुंगा-नौबिसे सडकखण्ड एकतर्फी सञ्चालनमा आएको छ।, बुधबार बिहानैदेखि पहिरोका कारण बन्द भएको सडक एकतर्फी सञ्चालनमा आएको जिल्ला प्रहरी धादिङका प्रहरी उपरीक्षक महेन्द्र खड्काले जानकारी दिए।, उनका अनुसार सुरूङ मार्ग बन्दै गरेको खत्रीपौवा भन्ने क्षेत्रमा पहिरो खसेको थियो।, अहिले पह...
सेतोपाटी पोखरा महानगरपालिकाले प्रत्येक वर्ष सामुदायिक विद्यालयका दुईजना छात्रालाई निःशुल्क प्राविधिक विषय पढाउने भएको छ । , महानगरपालिकाले सञ्चालन गरेको गण्डकी बहुप्राविधिक शिक्षालयमा सामुदायिक विद्यालयबाट एसइई उत्तीर्ण छात्रामध्येबाट दुई जनालाई निःशुल्क पढाउने भएको हो ।, महिलालाई उद्यमशील बनाएर आत्मनिर्भर बनाउनका लाग...
तारानाथ आचार्य/रासस हा...हो....इ..गाई भैंसीलाई किलो दाम्लो..., बाखरीलाई खोर साइलो..., बारीमा लगाएको कोदो गोडमेल गर्ने बेला दक्षिण बागलुङका गाउँमा सुनिने भदौरे गीत हो यो।, भदौरे गाउँदै कोदो गोडमेल सकेपछि किसान धानखेतको गोडमेलमा लाग्छन्। स्थानीय भाषामा धानखेतको बुट्टा (साझ जङ्गलका ससाना मुना) फालेपछि याद आउँछ बलेवाको ला...
सेतोपाटी संवाददाता जापान सरकारले अनुदानमा दिएको थप आठ लाख डोज अष्ट्राजेनेका खोप शनिबार र सोमबार काठमाडौं आइपुग्ने भएको छ।, काठमाडौंस्थित जापानी राजदूतावासले दिएको जानकारीका अनुसार जापानबाट कुल १६ लाख १४ हजार ७४० डोज खोप नेपाल आउन लागेको हो। त्योमध्ये आठ लाख डोज साउन २३ र २४ गते नेपाल आइपुगेको थियो।, राजदूत किकुता युता...
सेतोपाटी संवाददाता जिल्ला प्रशासन कार्यालय काठमाडौंले जनैपूर्णिमा र गाईजात्रामा स्वास्थ्य मापदण्डको पूर्ण रूपमा पालना गर्न अनुरोध गरेको छ।, बिहीबार काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालिप्रसाद पराजुलीले एक सूचना जारी गर्दै जनैपूर्णिमा र गाईजात्रा लगायतका पर्वहरूमा स्वास्थ्य मापदण्डको पूर्णरूपमा पालना हुने गरी सांकेतिक ...
सेतोपाटी संवाददाता सप्तरीमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ।, शुक्रबार पौने २ बजे राजविराज नगरपालिका वडा नम्बर १५ विश्वकर्मा चोकमा दुर्घटना हुँदा एक जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेले जानकारी दिए।, राजविराज वडा नम्बर ११ झलही फर्सैठका २७ वर्षीय विनोद सदाक...
सेतोपाटी पर्वतको जलजला गाउँपालिका अध्यक्ष यामबहादुर मल्ललाई पक्राउ गर्न कास्की जिल्ला अदालतले जिल्ला प्रहरी कार्यालय पर्वतलाई पत्राचार गरेको छ।, गत साउन ३१ गते अदालतको तहसिल शाखाबाट प्रहरीलाई लेखिएको पत्रमा अध्यक्ष मल्ललाई पक्राउ गरी अदालतमा दाखिला गर्न अनुरोध गरिएको जनाइएको छ।, अध्यक्ष मल्ललाई व्यवसायी ध्रुवबहादुर था...
सेतोपाटी संवाददाता भारतमा आफन्त भेटेर घर फर्किने क्रममा नाकामा बेहोस भएर ढलेका कञ्चनपुरका एक जनाको मृत्यु भएको छ।, बिहीबार १२ बजेको समयमा गौरीफण्टा नाका हुँदै घर फर्किनका लागि कञ्चनपुरको डोकेबजारमा पुगेका लालझाडी गाउँपालिका रैतिने बिछुवाका ५२ वर्षीय रामदिङ रानाको मृत्यु भएको प्रहरीले जनाएको छ।, जिल्ला प्रहरीले कार्याल...
सेतोपाटी संवाददाता गैरआवासीय नेपाली संघ (एनआरएनए) का उपाध्यक्ष डा. बद्री केसीले गैरआवासीय नेपली संघको दशौं विश्व सम्मेलन तथा महाधिवेशनमा अध्यक्षको उम्मेदवारी दिने तयारी गरेका बताएका छन ।, डा. केसीले सन् २००३ देखिनै आफू एनआरएन अभियानमा लागेको बताउँदै एनआरएनएको रुपरेखा कोरिसकिएकाले त्यसलाई पूरा गर्ने जिम्मेवारी आफूले लि...
नारायणी रजौरे/रासस ‘देशको शान्तिसुरक्षामा खटिने हाम्रो उपचारका लागि बस्तीमा आउनुभयो, औषधि दिनुभयो, खानका लागि दाल, चामल दिनुभयो हाम्रा जनता खुसी भएका छन्’, राउटेका मुखिया ४५ वर्षीय सूर्यनाराण शाहीले भने।, नेपाली सेनाका १९ नम्बर बाहिनी अड्डा तुलसीपुरका बाहिनीपति सहायक रथी मदनकुमार केसी र सल्यानका प्रमुख जिल्ला अधिकारी ...
रञ्जिता अधिकारी/रासस घोराही उपमहानगरपालिका-६ का गोकर्ण नेपालीले जनता आवास कार्यक्रमअन्तर्गत २०७५ सालमा फाराम भरे।, उनको घर अझै बनेको छैन। दैनिक ज्यालादारी काम गरेर गुजारा चलाएका नेपालीले घर बनाउँदा लाग्ने खर्च जुटाउनसक्ने अवस्था छैन।, सरकारले पनि अहिलेसम्म घर बनाइदिएको छैन। वरपरका आफूसँगै फाराम भरेका सात घरमध्ये तीन प...
रासस मनसुनी वायु सक्रिय रहेका कारण हाल देशभर सामान्यदेखि पूर्ण बदली रही अधिकांश स्थानमा वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।,     , मनसुनको सामान्य प्रभावसँगै न्यून चापीय रेखा नेपाल भन्दा केही दक्षिणतिर रहेकाले अहिले प्रदेश नं १ वाग्मती, गण्डकी, लुम्बिनी प्रदेशका केही स्थानमा ह...
सेतोपाटी संवाददाता दाङ प्रहरीले छुट्टाछुट्टै दुइटा अपरेसनबाट कस्तुरीको विणा र तीन थान चितुवाको छालासहित पाँच जनालाई पक्राउ गरेको छ।, सोमबार जिल्ला प्रहरी कार्यालय घोराहीमा पत्रकार सम्मेलनमा एसपी सुरेश काफ्लेले घोराही उपमहानगरपालिका वडा नं. १५ शहिद गेटस्थित होटल टुडे प्लाजाबाट कस्तुरीको विणासहित दुई व्यक्तिलाई पक्राउ ग...
सेतोपाटी संवाददाता प्रहरीलाई लात्ताले हानेर जिल्ला प्रहरी काभ्रेको हिरासतमा रहेका एक थुनुवा फरार भएका छन्।, पूर्पक्षका लागि जिल्ला कारागार ल्याउने क्रममा प्रहरीलाई लात्ताले हानेर काभ्रे महाभार ६ का सुनिल बाइवा फरार भएका हुन्।  उनी चोरी तथा डाँका मुद्दामा पक्राउ परेका थिए।, जिल्ला प्रहरी कार्यालयले बाइवा फरार भएको स्वी...
नारायण खड्का रोल्पामा बल्दै गरेको अगुल्टो प्रहार गरी बुवाको हत्या गरेको पछि प्रमाण नष्ट गर्न राति नै घर लिपपोत गरेको आरोपमा एक जना पक्राउ परेका छन्।, त्रिवेणी गाउँपालिका वडा नं. ४ चालढुङका २५ वर्षीय छोरा टेकबहादुर नेपालीले ६० वर्षीय बुवा लक्षिण नेपालीको आइतबार राति साढे १० बजेतिर अँगेनामा बल्दै गरेको अगुल्टाले प्रहार ...
सेतोपाटी संवाददाता कैलालीमा एक जना वृद्ध मृत फेला परेका छन्। गौरीगंगा नगरपालिका-२ धबैमा मंगलबार बिहान ७२ वर्षीय कर्णबहादुर खत्री मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ।, उनी घर नजिकैको धानबारीमा मृत फेला परेको जिल्ला प्रहरी कार्यालयका सहप्रवक्ता प्रहरी निरीक्षक लोकेन्द्र गुरूले जानकारी दिए। , उनको मृत्युबारे अनुसन्...
रासस सरकारले कोरोना भाइरसविरुद्धको भेरोसेल खोपको दोस्रो मात्रा भदौ ११ गते शुक्रबारदेखि १३ गतेसम्म काठमाडौँ जिल्लामा लगाउने भएको छ।, तीन दिन भेरोसेलको पहिलो मात्रा लगाएकालाई दोस्रो मात्राको खोप दिन थालेको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख बद्रीबहादुर खड्काले बताए।, उनकाअनुसार भेरोसेल खोपको पहिलो मात्रा लगएका ५० वर्ष व...
सेतोपाटी संवाददाता प्रहरीले ललितपुरबाट ११ जना जुवाडेलाई पक्राउ गरेको छ। , महालक्ष्मी नगरपालिका ३ महर्जन चोकस्थित सुनिल महर्जनको घरमा जुवा खेलिरहेकाहरूलाई प्रहरीले बिहीबार साँझ पक्राउ गरेको हो। , पक्राउ पर्नेमा महालक्ष्मी ३ का अनिल महर्जन, मनोज दाहाल, केदार नेपाल, दिनेश केसी, भक्तपुर दधिकोटका आनन्द लामा, ललितपुर ९ का व...
दिपकजंग शाही दैलेखको ठाँटीकाँध गाउँपालिका–५ की मञ्जु विककी छोरी भदौ ५ गतेदेखि बिरामी परिन्।, डेढ महिनाकी उनकी छोरी करिश्मालाई निमोनिया भएको थियो। सामान्य समस्या होला र निको भइहाल्ला भन्ने सोचेर मञ्जुले भोलिपल्टसम्म पर्खिइन्।, छोरीलाई धेरै नै समस्या हुन थालेपछि स्थानीय मेडिकलमा उपचार गर्न लगिन्। त्यहाँ पनि निको नभएपछि ...
खिलानाथ ढकाल अबिच्युरी, कुरा २०२८ सालतिरको हो। पञ्चायती व्यवस्थाका कारण 'भूमिगत' जेबी टुहुरे एक दिन धरानस्थित महेन्द्र बहुमुखी क्याम्पस पुगेका थिए।, छोटो सांस्कृतिक कार्यक्रममा उनले त्यहाँ गीत गाए-, बसाइँ हिँडेको ताँतीले, बस्नेको मन रुवाउँदछ, लाखौंको लागि उजाड छ यो देश, मुठ्ठी भरलाई त स्वर्ग छ!, पञ्चायतकालको दबदबा रहे...
सेतोपाटी संवाददाता बेलायत सरकारले एक लाख ३० हजार डोज अस्ट्राजेनेका खोप नेपाल सरकारलाई दिएको छ।, बिहीबार नेपालका लागि बेलायती राजदूत निकोला पोलिटले त्रिभुवन विमानस्थलमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रमुख विशेषज्ञ  दीपेन्द्ररमण सिंहलाई उक्त खोप हस्तान्तरण गरेकी हुन्।, परराष्ट्र मन्त्रालयले उक्त सहयोग गरेकोमा बेला...
सेतोपाटी बागलुङमा पछिल्लो समय बाढीपहिरो र भूक्षयका घटना बढ्न थालेपछि मौसम विभागले जिल्लाको मौसम पूर्वानुमान जानकारी गराउन थालेको छ।, बागलुङ नगरपालिकाका इञ्जिनियर गौरव शर्माको समन्वयमा मौसम पूर्वानुमानले दुई/दुई दिनका बीचमा जिल्लाको मौसमसम्बन्धी जानकारी पठाउँदै आएको छ। , उनले विभिन्न फेसबुक पेजमार्फत् मौसमका जानकारी ना...
सेतोपाटी संवाददाता गुण्डागर्दी गरेको आरोपमा प्रहरीले नक्सालबाट एक जनालाई पक्राउ गरेको छ।, पक्राउ पर्नेमा कमलपोखरीका वर्षीय सञ्जय श्रेष्ठ छन्। महानगरीय प्रहरी परिसरको टोलीले श्रेष्ठलाई बिहीबार पक्राउ गरेको हो।, नक्सालमा जग्गा रहेकी उर्मिला कुमारी खड्काले श्रेष्ठविरूद्ध जाहेरी दिएपछि उनलाई पक्राउ गरिएको परिसर प्रमुख प्र...
रासस अविरल वर्षाका कारण नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको २३ स्मृति नजिक बाढीले डाइभर्सन बगाउँदा पूर्वपश्चिम राजमार्ग पूर्णरूपमा अवरुद्ध भएको छ।, जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी मधुसुदन सिंहका अनुसार बिहीबार राति करिब ९ बजेको समयमा डाइभर्सन बाढीले बगाएपछि पूर्णरूपमा राजमार्ग अवरुद्ध भएको हो।, नारायणगढ–बुट...
प्रा. डा. सृजना डंगोल नवजात शिशु, पाँच वर्ष मुनिका बच्चा र पाँच वर्षदेखि १६ वर्ष कम उमेरका बच्चालाई विभिन्न खाले समस्या हुन्छन्। नवजात शिशुलाई सबैभन्दा धेरै संक्रमणले समस्या दिन्छ। त्यसपछि निसासिएको बच्चा हुन्छन्, त्यस्तै समय नपुगी जन्मिएका बच्चा हुन्छन्।, पाँच वर्ष मुनिको बच्चालाई पखला लाग्ने, वान्ता हुने, निमोनीया, ...
रासस अनलाइन माध्यमबाट परीक्षा सञ्चालन गर्नुपर्ने मुख्य मागसहित आन्दोलनरत विद्यार्थी सङ्गठन र मध्यपश्चिम विश्वविद्यालयबीच सहमति भएको छ।, दुई पक्षबीच शनिबार साँझ सम्पन्न वार्तामा भौतिक उपस्थिति र वैकल्पिक माध्यममध्ये कुनै एक रोज्न स्वयं विद्यार्थीलाई नै दिने सहमति भएको हो।, सहमतिअनुसार अब विद्यार्थीले परीक्षा व्यवस्थापन...
खिलानाथ ढकाल जिल्ला प्रहरी कार्यालय स्याङ्जामा कार्यरत् प्रहरी जवान तस्मिन पुन मगरले सेयर भरेर दुई महिनामै ५१ हजार ९८ रूपैयाँ कमाए।  , उनी प्रहरी कर्मचारीको कपाल काट्ने काम गर्छन्। उनले आफूसँगै श्रीमती, बुवा-आमा र छोराछोरीको नाममा डिम्याट अकाउन्ट खोलेका छन्।, ‘म परिवारका सबैको सेयर भर्ने गर्छु, सबैको गरेर मैले दुई महि...
सविता बुढा जनावर भनेपछि हुरूक्कै हुने टीकाराम सार्कीको बाल्यकाल गाईलाई चराउँदै बित्यो। सानैमा त उनको नजिकको साथी पनि गाई नै थियो।, उनलाई ढुक्क तब हुन्थे जब उनले गाईलाई पेटभरि खाना खुवाउँथे।, त्यसैले उनी स्कुलको छुट्टीपछि साँझपख गाईलाई चराउन चौरमा दौडिहाल्थे।, उसो त सबै जनावरको पनि फिक्री हुन्थ्यो।, टीकाराम घरमा पालेका...
सेतोपाटी संवाददाता बुटवल उपमहानगरपालिका वडा नम्बर ३ ज्योति नगरमा पहिरोले दर्जन घरमा क्षति पुर्‍याएको छ।, २०५५ सालमा पहिरो गएको स्थानमा पुनः पहिरो खसेको हो।, आज बिहान ६ बजे चुरेबाट खसेको पहिरोले मनमाया भाट क्षेत्री लगायतका करिब एक दर्जन घरमा क्षति पुर्‍याएको छ।, स्थानीय बासिन्दाका अनुसार पहिरो तीन वटा घरभित्रै पुगेको छ...
सेतोपाटी संवाददाता अविरल वर्षाले बुटवल-पाल्पा सडकखण्ड अवरुद्ध भएको छ।, सिद्धार्थ राजमार्ग अन्तर्गत ​तिनाउ गाउँपालिका वडा नम्बर ३ सिद्द्दधवावा, तिनाउ ३ सिसुवा, तिनाउ ५ हिँउदेखोला, तिनाउ ५ केराबारी र तिनाउ ५ जरेपिपलमा पहिरो खसेको छ।, पहिरो खसेपछि सिद्धार्थ राजमार्ग अवरुद्ध बनेको प्रहरीले जनाएको छ।, यस्तै रम्भा ३ सितापहा...
एजेन्सी स्वीट्जरल्यान्डको पहाडी क्षेत्रमा घाइते भएका गाईहरूको हेलिकप्टरबाट उद्धार गरिएको छ।, समाचार संस्था रोयटर्सका अनुसार गर्मी मौसममा  उच्च स्थानका चौरमा चर्न गएका गाई घाइते भएपछि शुक्रबार हेलिकप्टरबाट ल्याइएको हो।, घाइते भएपछि हिँडेर तल झर्न नसक्ने  १० वटा गाईहरूलाई हेलिकप्टरबाट उद्धार गरी पहाडको फेदमा पुर्‍याइएको...
सेतोपाटी संवाददाता पहिरोमा परेर पाल्पामा एक बालिकाको मृत्यु भएको छ।, तानसेन नगरपालिका वडा नम्बर ५ कैलाश नगरमा पहिरोले घर पुरिँदा १० वर्षीया बालिकाको मृत्यु भएको हो।, गए राति करिब २:३० बजे पहिरो खसेको थियो।, स्थानीय नारायण दर्जीको घर पहिरोले पुर्दा १० वर्षीया नैना दर्जीको मृ्तयु भएको प्रहरीले जनाएको छ। पहिरोले घरमा सुत...
रासस इन्टरनेट सेवा प्रदायक निजी संस्थाले समाचार प्रकाशन गरेको विषयमा विराटनगरबाट सञ्चालित एक अनलाइन समाचार पोर्टलको सेवा अवरुद्ध गरी ब्लक गरेको छ।, नेपाल पत्रकार महासङ्घ मोरङका सचिव नेत्रप्रसाद अधिकारीले आज एक प्रेस विज्ञप्ति जारी गर्दै विराटनगरको सञ्चारगृह ‘आवर विराटनगर नेट’ले इन्टरनेट सेवा प्रदायक क्लासिक टेक नेटको ...
सेतोपाटी संवाददाता आइतबार बिहानदेखि अवरूद्ध बनेको सिद्धार्थ राजमार्गको बुटवल-तानसेन सडकखण्ड एकतर्फी खुलेको छ।, लुम्बिनी प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवलका अनुसार पाल्पाको तानसेन नगरपालिका-८ डुम्रेमा खसेको पहिरो पन्छाएपछि सडक एकतर्फी खुलेको हो। , अविरल वर्षाका कारण शनिबार रातिदेखि सो सडक खण्डको एक दर्जनभन्दा बढी स्...
रासस स्थानीयले गैँडाकोट नगरपालिकाको कार्यालयमा तालाबन्दी गरिदिएका छन्।, अविरल वर्षाले घर डुबानमा पर्दा पनि जनप्रतिनिधिले बेवास्ता गरेको जनाउँदै उनीहरुले आइतबार तालाबन्दी गरिदिएका हुन्।, अविरल वर्षाले नवलपरासी (बर्दघाट–सुस्तापूर्व) गैँडाकोट–४ मा २०० भन्दा बढी घर डुबानमा परेको थियो। नगरपालिकाको प्रशासनिक भवनमा तालाबन्दी...
सेतोपाटी संवाददाता काठमाडौं उपत्यकामा ९०६ जनालाई संक्रमण देखिएको छ।, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा ६६५, भक्तपुरमा १०३ र ललितपुरमा १३८ जना संक्रमित थपिएका हुन्।, यस्तै काठमाडौं उपत्यकामा ९१४६ सक्रिय संक्रमित छन्। जसमध्ये काठमाडौंमा ५५८३, भक्तपुरमा १३५३ र ललितपुरमा २२१० सक्रिय संक्रमित छन्।, थप २ ...
राजु अधिकारी झापा गौरादह- ९ की टीका भट्टराईले सेनाद्वारा बेपत्ता पारिएका पति शान्तिराम भट्टराईको खोजी थालेको १८ वर्ष पूरा भयो।, यसबीचमा टीकाको जीवनमा धेरै कुरा भए तर पतिको अवस्था जान्ने हुटहुटीले उनलाई कहिल्यै छाडेन।, बुवा हराउँदा तीन वर्षकी मात्रै थिइन् ठूली छोरी। २० वर्ष पूरा भएर उनको बिहे भइसकेको छ। शान्तिरामलाई से...
सेतोपाटी संवाददाता दार्चुलामा पहिरोमा परेर घाइते भएका दुई जनालाई हेलिकप्टरमार्फत् उद्धार गरिएको छ।, दुहु गाउँपालिका-५ मा सोमबार बिहान पहिरो जाँदा घाइते भएका जनक पार्की र उजलीदेवी डडाललाई उपचारका लागि धनगढी ल्याइएको हो।, नेपाली सेनाको हेलिकोप्टरमार्फत् सोमबार बेलुका ५ बजेतिर उनीहरूलाई धनगढी लगिएको जिल्ला प्रहरी कार्याल...
रासस वैदिक सनातन धर्मावलम्बीले ‘श्रीकृष्ण जन्माष्टमी’ पर्व आज देशभर भगवान् श्रीकृष्णको पूजा–आराधना गरी श्रद्धा–भक्तिपूर्वक मनाउँदै छन्।, ज्ञानयोग, कर्मयोग र भक्तियोगका प्रणेता भगवान् श्रीकृष्णको जन्म द्वापरयुगमा भाद्रकृष्ण अष्टमीको मध्यरातमा भएकाले आजको दिनलाई ‘श्रीकृष्ण जन्माष्टमी’ र रातलाई ‘मोहरात्री’ भनिन्छ । यस दि...
रासस महोत्तरीमा सौतेलो छोराको हत्या गरेको आरोपमा कारागारमा रहेकी एक महिलाले त्यहीँ छोरा जन्माएकी छिन्।, सौताको छोरालाई घाँटी थिचेर हत्या गरेको आरोपमा जलेश्वर कारागारमा लगिएकी २० वर्षीया रागनी देवीले त्यहीँ छोरा जन्माएको कारागार कार्यालय महोत्तरीका सूचना अधिकारी सञ्जीवकुमार साहले बताए।, राम गोपालपुर नगरपालिका–६ बस्ने च...
युनिक श्रेष्ठ महालक्ष्मी विकास बैंक कुमारीपाटी शाखामा एक ऋणीले ऋण चुक्ता गरेर धितो राखेको आफ्नो सुन फिर्ता माग्दा नक्कली भएको खुलेको छ।, ललितपुर महानगरपालिका वडा नम्बर ११ चाकुपाटकी विष्णु महर्जनले ६ वर्षअघि २०७२ फागुनमा कुमारीपाटीको महालक्ष्मी विकास बैंकबाट ऋण लिएकी थिइन्। उनले बैंकबाट १४ लाख बढी रुपैयाँ ऋण लिएकी थिइन...
सेतोपाटी महाकाली नदीमा पानीको बहाव बढेपछि कञ्चनपुरको पश्चिमी नाका गड्डाचौकी हुँदै भारत आवागमन गर्न वनबासा पुलमा रोक लगाइएको छ।, इलाका प्रहरी कार्यालय गड्डाचौकीका प्रहरी नायब निरीक्षक जीवन गुरुङले सोमबार दिउँसोको मापनअनुसार महाकाली नदीमा पानीको बहाव बढेर दुई लाख ४५ हजार क्युसेक नाघेको बताए।, भारतीय पक्षले पुल जीर्ण रहे...
नारायण खड्का बुधबार राति नेपालगन्जबाट आउँदै गरेको एउटा कार घोराही-लमही सडक खण्डमा पर्ने सिस्ने खोलामा पस्यो। पुल नभएपछि चालकले उर्लिएको खोलामै गाडी हालेका थिए। उर्लिएको खोलाले गाडी बगायो, त्यसमा सवार चार जनाले ज्यान गुमाए। गम्भीर घाइते भएका चालकको उपचार जारी छ।, ३-०१-०२४ च ४४४० नम्बरको कार त्यही खोलामा बगेको थियो जहाँ...
सेतोपाटी संवाददाता काठमाडौं महानगरपालिका लगायत उपत्यकाका सडक र चोकमा केही दिनदेखि थुप्रिएको फोहोर छिटो व्यवस्थापन गर्न प्रधानमन्त्री शेरबहादुर देउवा सकारात्मक भएका छन्।, सोमबार काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्य, उपप्रमुख हरिप्रभा खड्गी श्रेष्ठलगायतसँगको छलफलमा प्रधानमन्त्री देउवा जति सक्दो छिटो उपत्यका...
सेतोपाटी सडक सञ्जालबाट टाढा रहेको मनाङको नार्पाभूमि गाउँपालिका पुग्न समस्या भएको छ।, मर्स्याङ्दी नदीमा गत असार १ गते आएको बाढीले गाउँपालिका पुग्ने एक मात्र झोलुङ्गे पुलमा क्षति पुर्‍याएपछि आवातजावतमा कठिनाइ भएको हो। , बाढीले सदरमुकाम चामेसँग जोड्ने एकमात्र पुलमा क्षति पुगेपछि अहिले गाउँपालिकाबासी ज्यान जोखिम मोलेर साम...
सेतोपाटी ‘बृहत् यौनिकता शिक्षा’को महत्व र बुझाइका बारेमा नेपालमा विस्तारै परिवर्तन हुँदै गएको छ।, विद्यालयका शिक्षक तथा स्वयं किशोर–किशोरीका ‘साथी शिक्षक’मार्फत् प्रदान गरिने यस प्रकारका शिक्षा, सूचना र जानकारीले उनीहरूको समग्र शिक्षा सिकाइ र स्वास्थ्यमा सकारात्मक प्रभाव देखिन थालेको हो।, विश्व स्वास्थ्य संगठनका अनुसा...
सेतोपाटी संवाददाता राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना सुर्खेतको काल्चे पुगेर लोपउन्मुख राउटे समुदायसँग भेट तथा अवस्था अवलोकन गरेका छन्।, कार्यक्रमको सिलसिलामा सुर्खेत आएका अध्यक्ष तिमिल्सिनाले सुर्खेत र सल्यान जिल्लाको सिमानामा पर्ने गुर्भाकोट नगरपालिकाको काल्चेमा मंगलबार पुगेर राउटे समुदायको अवस्था र समस्य...
सेतोपाटी संवाददाता मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी)की उपाध्यक्ष फतिमा सुमार अर्को साता नेपाल आउँदै छिन्।, उनले नेपालमा रहँदा प्रधानमन्त्री शेरबहादुर देउवा, प्रमुख प्रतिपक्षी दलका नेता केपी शर्मा ओली,  सत्तारूढ गठबन्धन दलका नेताहरू पुष्पकमल दाहाल ‘प्रचण्ड’, माधवकुमार नेपाल र सांसदहरूसँग भेट्ने कार्यक्रम छ। लामो सम...
सेतोपाटी संवाददाता ओखलढुङ्गामा मोटरसाइकलको ठक्करबाट एक पैदलयात्रीको मृत्यु भएको छ। , मानेभन्ज्याङ गाउँपालिका वडा नम्बर ५ ताराबारीस्थित सिद्धिचरण राजमार्गमा मोटरसाइकलको ठक्करबाट एक जना पैदलयात्रीको मृत्यु भएको प्रहरीले जनाएको छ। मृत्यु हुनेमा सोही पालिका ओखरबोटकी ५० वर्षीया कर्ममाया मगर छिन्।, बुधबार बेलुका पौने ५ बजे ...
विवेक राई काठमाडौं उपत्यकामा विद्यालय सञ्चालनको तयारी भइरहँदा विज्ञहरूले भने अहिले बेला नभएको बताएका छन्।, हिजो (बुधबार) उपत्यकाका तीन वटै जिल्लाका सिडिओको बैठकले सुरक्षा मापदण्ड अपनाएर विद्यालय सञ्चालन गर्न सकिने आदेश जारी गरेसँगै उपत्यकामा विद्यालय खोल्ने तयारी गरिएको हो। , काठमाडौं महानगरपालिकाले पनि आगामी सातादेखि...
एजेन्सी अमेरिकाको न्यू योर्क र न्यू जर्सीमा आँधी आउँदा कम्तीमा ६ जनाको मृत्यु भएको छ।, बुधबार आएको आँधीका कारण ६ जनाको मृत्यु भएको रोयटर्सले जनाएको छ। साथै न्यू योर्क र न्यू जर्सीका गभर्नरहरूले आपतकालीन घोषणा गरेका छन्।, रोयटर्सका अनुसार न्यू जर्सीमा दुई जना र न्यू योर्कमा चार जनाको मृत्यु भएको हो।, आँधीपछि त्यहाँ भार...
सेतोपाटी महानगरीय ट्राफिक प्रहरी महाशाखाले क्यूआर पे मार्फत् ट्राफिक जरिवाना भुक्तानी गर्न मिल्ने व्यवस्था गरेको छ। , बिहीबार काठमाडौंमा आयोजित क्यूआर पेमेण्ट कार्यक्रमको शुभारम्भ गर्दै महाशाखाले अब ट्राफिक जरिबाना क्यूआर पे मार्फत् तिर्न सक्ने व्यवस्थाको सुरूआत गरेको हो।, महाशाखाले भोलि (शुक्रबार) देखि लागू हुन गरी क...
सेतोपाटी संवाददाता हेटौंडास्थित युनिलिभर नेपाल लिमिटेडमा नापतौल तथा गुण नियन्त्रण कार्यालयको टोलीले सिलबन्दी गरेको छ। , म्याद गुज्रिएको कच्चापदार्थ फेला परेपछि कार्यालयको टोलीले उसको गोदाममा सिल गरेको हो। युनिलिभरले चिया उत्पादन गर्दै आएको छ।  , प्रशासनसहितको अनुगमन टोलीले उक्त उद्योगमा रहेको चियापत्तीको म्याद गुज्रिए...
सेतोपाटी संवाददाता सरकारले चार जना प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी) को सरुवा गरेको छ।, बुधबार बसेको मन्त्रिपरिषद बैठकले एआइजीहरूको सरुवा गरेको हो। यसअघि केपी ओली सरकारले गरेको सरुवा गृहमन्त्री बालकृष्ण खाणको निर्देशनमा कार्यान्वयनमा आएको थिएन।, प्रहरी प्रधान कार्यालय स्रोतका अनुसार हाल महानगरीय प्रहरी कार्यालय रानी...
सेतोपाटी संवाददाता काठमाडौंको बानेश्वरस्थित बागमती खोलामा एक पुरूषको शव फेला परेको छ।, शुक्रबार बिहान सवा ६ बजे काठमाडौं महानगरपालिका वडा नम्बर ३१ नयाँ बानेश्वर बागमती खोलामा पुरूषको फेला परेको महानगरीय प्रहरी वृत्त बानेश्वरका प्रहरी नायब उपरीक्षक मिमबहादुर लामाले जानकारी दिए।  , मृतक काभ्रे घर भएका बिक्रम तामाङ हुन्।...
सेतोपाटी संवाददाता शनिबार बिहानै अर्घाखाँचीमा भएको गाडी दुर्घटनामा एक जनाको मृत्यु भएको छ।, शितगंगा नगरपालिका वडा नम्बर ३ बरबोटमा भएको हायस माइक्रो दुर्घटनामा परी पाँच जना घाइते भएका छन्।, काठमाडौंबाट अर्घाखाँची जाँदै गरेको बा३ख ८६३९ नम्बरको हायस शनिबार बिहान शितगंगा-३ बरबोटस्थित नेपाली सेनाको ब्यारेक नजिकै दुर्घटनामा...
उप.प्रा.डा शेखर केसी कपाल हाम्रो शरीरको अभिन्न अंग हो। कोभिडको दोस्रो लहरपछि बिरामीको कपाल अत्यधिक मात्रामा झरेको छ। , कपाल झर्ने सबैभन्दा महत्वपूर्ण कारण वंशाणुगत हो। त्यसमा पनि आमा गोताको नाताबाट धेरै कपाल झर्ने समस्या आएको हुन्छ।, वंशानुगत कारणले कपाल झर्दा निधार, तालु र टुप्पीबाट झर्छ। १५ देखि ३५ वर्षको उमेरमा कपा...
सेतोपाटी संवाददाता छाडा चाैपायाका कारण ट्राफिक व्यवस्थापनमा असर परेकाे भन्दै जिल्ला प्रहरी कास्की, ट्राफिक प्रहरी कास्की र पाेखरा महानगरपालिका चाैपाया व्यवस्थापनमा लागेकाे छ।, छाडा चाैपायाका कारण सडक दुर्घटनाकाे सम्भावना बढेको भन्दै कास्की प्रहरी र महानगरपालिकाले छाडा गाईवस्तुलाई नियन्त्रणमा लिएकाे हाे।, जिल्ला ट्राफि...
सेतोपाटी संवाददाता नेपाल मेडिकल काउन्सिलले लिएको विशेषज्ञ चिकित्सकको लाइसेन्स परीक्षामा ३० प्रतिशट डाक्टर फेल भएका छन्।, स्नातकोत्तर तह (एमडी) पास गरेर प्रमाण-पत्रका लागि काउन्सिलले लिएको परीक्षामा सहभागीमध्ये ३० प्रतिशत डाक्टर फेल भएका हुन्।, शुक्रबार दुई सिफ्टमा काउन्सिलले एमडी डाक्टरहरूको परीक्षा लिएको थियो। पुल्चो...
सेतोपाटी संवाददाता काठमाडौंबाट नेपालगञ्ज गएका दुई जनालाई प्रहरीले विमानस्थलबाट सुनसहित पक्राउ गरेको छ।, शुक्रबार दिउँसो श्री एयरबाट नेपालगञ्ज विमानस्थल उत्रिएका दुई जनालाई प्रहरीले चार किलो २१ ग्राम सुनसहित पक्राउ गरेको हो।, प्रहरीका अनुसार पक्राउ पर्नेमा झापा खुदुनाबारीका २६ वर्षीय लगुन विश्वकर्मा र मोरङ लेटाङका २६ व...
सेतोपाटी संवाददाता प्रहरीले ५१ किलो गाँजासहित चितवनबाट चार जनालाई पक्राउ गरेको छ।, ना७ख ५०११ नम्बरको रात्रि बसबाट रत्ननगर नगरपालिका-१५ का २७ वर्षीय सोनाम वाइबा, कालिका नगरपालिका-८ का २५ वर्षीय विमल तामाङ, काठमाडौं बुढानिलकण्ठ नगरपालिका-८ का २० वर्षीष राजकुमार तामाङ र चितवन राप्ती नगरपालिका-१ का २० वर्षीय मिनराज घलान प...
सेतोपाटी संवाददाता त्रिभुवन विश्वविद्यालयले विभिन्न तहका विद्यार्थीले गर्ने थेसिस हुने चोरी पत्ता लगाउन सफ्टवेयर प्रयोग गर्ने भएको छ। , त्रिविका रेक्टर शिवलाल लम्सालले अबदेखि विद्यार्थीले गरेका थेसिसलाई ‘डकटिन’ नाम गरेको एन्टिप्लेजरिजम सफ्टवेयरले जाँच गर्ने जानकारी दिए। , ‘त्रिविले अबदेखि सफ्टवेयरमार्फत थेसिसमा हुने च...
सेतोपाटी संवाददाता भरतपुर महानगरले अटिजम भएका बालबालिकाको अध्ययनका लागि महानगर स्तरिय सरकारी अटिजम विद्यालय सञ्चालनमा ल्याएको छ।, महानगरले बाल मन्दिर अटिजम विशेष विद्यालय भरतपुर महानगर-१० मा स्थापना गरेको हो। यो नेपालमै पहिलो रहेको दाबी महानगरको छ।, साबिकको बाल मन्दिर स्कुललाई नारायणी नमुना माविमा गाभेर यहाँ अटिजम विश...
सेतोपाटी संवाददाता केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)को इन्स्पेक्टर हुँ भन्दै धम्क्याएको आरोपमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ। , शनिबार सल्यान दार्माकोट गाउँपालिका वडा नम्बर २ बस्ने ३२ वर्षीय दिपेन्द्र रोकायलाई इलाका प्रहरी कार्यालय कोहलपुरको टोलीले पक्राउ गरेको हो। , उनले बाँके कोहलपुर नगरपालिका वडा नम्बर ११ बसप...
सञ्चिता धिमिरे/रासस धनुषाको कुर्थादेखि महोत्तरीको बिजलपुरासम्मको रेलमार्ग निर्माण ९० प्रतिशत सम्पन्न भएको छ। , भारतीय अनुदान सहयोगमा निर्माणाधीन सो रेलमार्गको मुख्य पूर्वाधारको काम सकिएको छ भने ‘रेल्वे टेलिकम्युनिकेशसन’ काम मात्रै बाँकी छ। भारतको जयनगरदेखि धनुषाको कुर्थासम्म रेलमार्ग तयार भएर रेल सञ्चालन गर्ने तयारी भ...
सेतोपाटी संवाददाता गाँजासहित पक्राउ गरेर प्रहरीले हिरासतमा राखेका व्यक्तिको मृत्यु भएपछि परिवारले घटनालाई रहस्यमय भन्दै छानबिनको माग गरेका छन्।, शुक्रबार विराटनगरको जनपथ टोलबाट साढे तीन किलो गाँजासहित पक्राउ परेका विराटनगर –११ का ३७ वर्षीय भीम कामतको आइतबार मृत्यु भएको हो।, हिरासतमा रहेकै बेला बिरामी भएपछि उनलाई उपचार...
सेतोपाटी संवाददाता आइतबार देशभर १ हजार ८९ जनामा कोरोना संक्रमण देखिएको छ।, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार यस दिन कुल ७ हजार ९७१ जनाको नमुना परीक्षण गर्दा सो संख्याका संक्रमित थपिएका हुन्। पछिल्लो २४ घण्टामा २० जना संक्रमितको मृत्यु पुष्टि भएको छ।, यीसहित हालसम्म देशभर कोरोनाबाट मृत्यु हुनेको संख्या १० हजार ...
सेतोपाटी पुण्यमाता खोलामा आएको बाढीका कारण डुबानमा परेर अवरूद्ध भएको अरनिको राजमार्गअन्तर्गत काभ्रेपलाञ्चोकको बनेपा पुलबजार खण्डमा पानीको बहाव घटेपछि करिब दस घण्टापछि यातायात सञ्चालनमा आएको छ।, पुलबजार डुबानमा परेको कारण आज बिहान २ः०० बजेदेखि अवरूद्ध भएको सडकखण्ड खोलामा पानीको बहावसँगै केअस्बेर पहिलेदेखि यातायात सञ्चा...
सेतोपाटी संवाददाता पछिल्लो २४ घण्टामा थप १ हजार ८९७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।, स्वास्थ्य जनसंख्या मन्त्रालयका अनुसार सोमबार १५ हजार ९७९ जनामा कोरोना परीक्षण गर्दा सो संख्यामा संक्रमित थपिएका हुन्।, पछिल्लो २४ घण्टामा ११ हजार ६०९ जनाको पिसिआर र ४ हजार ३७० जनाको एन्टिजेन परीक्षण गरिएको थियो।, त्यस्तै, ...
सेतोपाटी संवाददाता काठमाडौं उपत्यकामा थप चार सय ५३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। , आइतबार उपत्यकामा चार सय ५३ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ। काठमाडौंमा दुई सय ८८, ललितपुरमा ९८ र भक्तपुरमा ६७ जना कोरोना संक्रमित थपिएका हुन्। , योसँगै काठमाडौं उपत्यकामा सात हज...
सेतोपाटी संवाददाता नेपाल सेना र भारतीय सेनाबीच संयुक्त सैन्य अभ्यास हुने भएको छ।, असोज ४ गतेदेखि १७ गतेसम्म भारतको पिथौरागढमा संयुक्त सैन्य अभ्यास हुन लागेको हो।, अभ्यास सूर्यकिरणको १५ औ संस्करण हुन लागको र त्यसका लागि ३ सय सैनिक भारत जाने सैनिक प्रवक्ता सन्तोषबल्लभ पौडेलले बताए।, सैन्य अभ्यासका लागि प्रमुख सेनानीको न...
विवेक राई काठमाडौं उपत्यकामा आगामी असोज १ गतेदेखि विद्यालय खुल्ने भएका छन्।, आज दिउँसो काठमाडौं सिडिओ लगायत उपत्यकाका स्थानीय तहहरूबीच भएको बैठकले असोज १ गतेदेखि विद्यालय खोल्ने निर्णय गरेको हो। , काठमाडौं प्रमुख जिल्ला अधिकारी कालिप्रसाद पराजुलीले उपत्यकाका स्थानीय तहहरूले कोभिडको अवस्था हेरी असोज १ गतेदेखि विद्यालय ...
खिलानाथ ढकाल पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव मिलनकुमार थापा र पूर्वसदस्य सचिव प्रदीप ढकालसँग अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बयान लिएको छ।, पशुपतिको शिवलिंगमा लगाइएको सुनको जलहरीमा भ्रष्टाचार भएको आरोप लागेपछि उनीहरू दुई जनालाई अख्तियारले बयान लिएको हो।, बयानमा कार्यकारी निर्देशक डाक्टर घनश्याम खतिवडासहित अन्...
पूर्णप्रसाद मिश्र/रासस भगवान् शिव र पार्वतीबीच केही विषयमा विवाद भएपछि मृगरुप लिई शिव भगवान् पशुपति क्षेत्रस्थित मृगस्थलीमा रहे। एकाएक देवादिदेव महादेव गायब भएपछि देवताहरुमा खलबल भयो । शिव भगवान्को खोजी शुरु भयो । महादेव मृगस्थलीमा मृगको रुपमा विचरण गरेको देवताहरुले थाहा पाएपछि खोजीमा ब्रह्मा, विष्णु र इन्द्र निस्किए।...
सेतोपाटी संवाददाता काठमाडौं उपत्यकामा ५१९ जनालाई संक्रमण देखिएको छ।, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मंगलबार काठमाडौंमा ३६४, भक्तपुरमा ६६ र ललितपुरमा ८९ जना संक्रमित थपिएका हुन्।, यस्तै काठमाडौं उपत्यकामा ७३१० सक्रिय संक्रमित छन्। जसमध्ये काठमाडौंमा ४०१९, ललितपुरमा २०१५ र भक्तपुरमा १२७६ सक्रिय संक्रमित छन्।,...
सेतोपाटी संवाददाता पछिल्लो २४ घण्टामा नेपालमा एक हजार ६७७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। , स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अनुसार मंगलबार १५ हजार ३४ जनामा कोरोना परीक्षण गर्दा सो संख्यामा संक्रमित थपिएका हुन्।, नेपालमा अहिले ३० हजार ३०३ जना सक्रिय संक्रमित छन्। , त्यस्तै मंगलबार दुई हजार ७२ संक्रमित निको...
सेतोपाटी संवाददाता गाँजासहित पक्राउ परेका युवा भीम कामतको प्रहरी हिरासतमै मृत्यु भएको विषयलाई लिएर उनका आफन्तले गरेको चक्काजाममा प्रहरीसँग झडप भएको छ।, विराटनगरस्थित भट्टीमोडमा सडक अवरूद्ध गर्न बसेका उनीहरूलाई हटाउन खोज्दा प्रहरीसँग झडप भएको हो। प्रहरीमाथि स्थानीयले ढुंगामुढा गरेका छन्।, शुक्रबार दिउँसो विराटनगर- ११ ब...
सेतोपाटी संवाददाता मोरङको बेलबारीमा प्रहरीले 'बन्दुक बनाउने कारखाना' फेला पारेर त्यसका सञ्चालकलाई पक्राउ गरेको छ। , जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार बेलबारी नगरपालिका-१ स्थित ५२ वर्षीय आशबहादुर लिम्बूले आफ्नै घरमा कारखाना सञ्चालन गर्दै भरुवा बन्दुक बनाएर बेचबिखन गर्दै आएको फेला परेको हो।, बेलबारी प्रहरीले लिम्बूको...
सेतोपाटी संवाददाता संखुवासभामा हत्या गरिएका एकै परिवारका ६ जनाको शव पोष्टमार्टमको लागि धरान पठाइएको छ। , मादी नगरपालिका- १ उम्लिङबाट मंगलबार दिउँसो ६ जनाकै शव धरानस्थित बिपी स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पठाइएको प्रदेश नम्बर १ प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक (डिआइजी) अरूणकुमार जिसीले जानकारी दिए। , '...
सेतोपाटी संवाददाता जिल्ला अदालत मोरङका न्यायाधीश चढ्ने गाडीले ठक्कर दिँदा एक महिलाको मंगलबार साँझ मृत्यु भएको छ।, न्यायाधीश ईश्वर पराजुलीले प्रयोग गर्ने बा१४च ६०१६ नम्बरको कारले ठक्कर दिँदा ४२ वर्षीया लक्ष्मी दाहालको मृत्यु भएको हो।, पराजुलीका अंगरक्षक विन्दकुमार सिंहले कार सिक्न खोज्दा अदालत परिसरमै ठक्कर दिएर दाहाल ...
सेतोपाटी संवाददाता आज तीजका अवसरमा पनि पशुपतिनाथ मन्दिर भक्तजनका लागि खुला गरिएको छैन। , हिन्दु नारी महिलाहरूले आज तीज पर्व मनाउँदैछन्। तीजमा वर्त बस्ने चलन पनि छ।, कोरोनाभाइरस महामारी कायमै रहेको भन्दै भक्तजनलाई पशुपतिनाथ मन्दिर परिसरमा जान दिइएको छैन।, भक्तजनहरू भने बिहानैदेखि पशुपतिनाथ मन्दिरमा पूजाअर्चनाका लागि पु...
सुशीला रेग्मी/रासस कालीगण्डकीमा अहिलेजस्तो ठाउँठाउँमा पुल बनेका थिएनन्। कालीको भेल उर्लेर आउने अनि पानीको सतह घट्ला कि भनेर दिनभरजसो कुरेर बस्नुपर्ने हुन्थ्यो। यसो गर्दा रातै पथ्र्यो। , बोटे दाईले डुङ्गा तार्न सक्दिन भनेपछि कति पटक त माइतीमा जान नपाएर घर फर्कनु परेको स्मरण रामपुरकी ६७ वर्षीया रुक्मीणा रेग्मीसँग ताजै छ...
सेतोपाटी संवाददाता काठमाडौंको पुरानो बानेश्वरस्थित एक आँखा उपचार केन्द्रको भवनमा बम राखिएको आशंका गरिएको छ। , बिहीबार बिहान करिब ११ बजे मातृका आँखा केन्द्रको भवनमा शंकास्पद वस्तु राखिएको महानगरीय प्रहरी परिसरका प्रहरी वरिष्ठ उपरीक्षक अशोक सिंहले सेतोपाटीलाई जानकारी दिए।, यद्यपी बम हो वा होइन भन्ने पुष्टि भइनसकेको उनले...