content
stringlengths
20
64.1k
सेतोपाटी संवाददाता गोकर्णेश्वर नगरपालिका-५ जोरपाटीस्थित सडकमा ट्याङ्करले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ।, मृत्यु हुनेमा गोकर्णेश्वर नगरपालिका-४ माकलबारीका ४४ वर्षीय गंगाराज राई छन्।, मंगलबार बिहान बा२ख १३८ नम्बरको ट्याङकरले बा६३प ६२०४ नम्बरको स्कुटरलाई ठक्कर दिएको प्रहरीले जनाएको छ।, दुर्घटनामा गम्भीर घा...
सेतोपाटी भक्तपुरकी प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले कसैले पनि नछुटाइकन राष्ट्रिय परिचय पत्रको विवरण दर्ता गराउन आग्रह गरेकी छन्। , प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माको अध्यक्षतामा राष्ट्रिय परिचयपत्र वितरणसम्बन्धी रुजु अधिकारीहरूबीच आज भक्तपुर नगरपालिकामा भएको अभिमुखीकरण कार्यक्रम उनले यस्तो आग्रह गरेकी हु...
सेतोपाटी संवाददाता रूकुम पश्चिममा एक बालिकामाथि बलात्कार भएको छ।, जाजरकोटकी ती बालिकामाथि गत बुधबार रूकुम पश्चिमको आठविसकोट नगरपालिका १४ बाँकेज्युलामा बलात्कार भएको घटना बाहिरिएको हो।, उनी बाँकेज्युलामा आयोजित भलिवल प्रतियोगिता हेर्न गएकी थिइन्।, जाजरकोटको नलगाड नगरपालिका १ की १३ वर्षीया बालिकामाथि बलात्कार भएको हो।, ...
रासस नुवाकोटको सूर्यगढी गाउँपालिका–५ का वडाध्यक्ष भैरवबहादुर अधिकारीसहित नौ जनालाई प्रहरीले तास खेलिरहेको समयमा बिहीबार राति पक्राउ गरेको छ।, जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरीले विदुर नगरपालिका–४ स्थित एक होटलमा तास खेलिरहेको समयमा वडाध्यक्ष अधिकारीसहित नौ जनालाई नियन्त्रणमा लिएको प्रहरी उपरीक्षक तुलबहादुर कार्क...
रासस ललितपुर महानगरपालिकाभित्र ७४ वर्षमाथिका नागरिकलाई निमोनियाविरुद्धको खोप दिइने भएको छ।, सो उमेरका व्यक्तिलाई चिसोबाट जोगाउन उक्त खोप दिन लागिएको हो।, चौहत्तर वर्ष उमेरका व्यक्तिलाई आइतबारदेखि बुधबारसम्म पहिलो चरणको सो खोप दिइने भएको महानगरपालिकाका सामान्य प्रशासन महाशाखा प्रमुख सागर थापाले बताए।, ‘यो खोप लगाउन इच्...
सेतोपाटी संवाददाता रोल्पामा श्रीमतीको हत्या अभियोग लागेका श्रीमान् आत्महत्या गरेको अवस्थामा फेला परेका छन्।, रोल्पा नगरपालिका वडा नं. १० धवाङका ३८ वर्षीय प्रजित बुढा घरभन्दा केही पर झुण्डिएर आत्महत्या गरेको अवस्थामा शुक्रबार बेलुका फेला परेको रोल्पाका प्रहरी प्रमुख डिएसपी नरेशराज सुवेदीले बताए।, उनको श्रीमती ४० वर्षीय...
सेतोपाटी महाकाली नदीमा डुंगा दुर्घटना भएर बेपत्ता भएका शिवनाथ गाउँपालिका-१ का आठ वर्षीय सन्दीप साउदको अवस्था अज्ञात रहेको छ।, बुधबार साँझ शिवनाथ–१ स्थित महाकाली नदीको खाँडघाटमा डुंगा दुर्घटना हुँदा सन्दीप बेपत्ता भएका हुन्।, सन्दीपको खोजीका लागि नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालन गरिएको भए पनि फेला पर्न नसकेको प्रह...
सेतोपाटी संवाददाता झापामा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ।, झापाको गौरादहमा शुक्रबार बिहान भएको मोटरसाइकल दुर्घटनामा गौरादह ५ का करिब ४० वर्षीय वेणु अधिकारी (भानु)को मृत्यु भएको हो।, उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ। दुइटा मोटरसाइकल ठक्कर खाँदा आज बिहान ८ बजे दुर्घटना भएको हो।, दुर्घटनामा ...
सेतोपाटी विद्यालयको पानी ट्यांकी खन्ने क्रममा भक्तपुरमा ऐतिहासिक एवं पुरातात्विक सम्पदाको अवशेष भेटिएको छ।, भक्तपुर नगरपालिकास्थित दरबार स्क्वायर परिसरमा रहेको विद्यार्थी निकेतन माध्यमिक विद्यालयको प्रांगणमा पानी ट्यांकी खन्ने जमिनको सतहबाट साढे छ फिटमुनि मल्लकालीन इँटा ( टेपु ल्हों, चिकं अप्पा (तेलीय इँटा), फ अप्पा, ...
सेतोपाटी संवाददाता बैतडीमा रहेको गोकुलेश्वर कृषि क्याम्पसलाई त्रिभुव विश्वविद्यालयको आंगिक क्याम्पस बनाउन पहल सुरू गरिएको छ।, डिलासैनीमा रहेको क्याम्पसलाई त्रिविको आंगिक क्याम्पस बनाउन नेपाली कांग्रेसका केन्द्रीय सदस्य रमेश लेखकलगायतले त्रिविका कुलपतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवासँग माग गरेका हुन्।, बैतडीको...
सेतोपाटी संवाददाता कैलालीमा धारिलो हतियार प्रहारबाट एक जनाको मृत्युको भएको छ।, धारीलो हतियार चक्कु प्रहारबाट टिकापुर नगरपालीका-८ कालीमाटीका १८ बर्षीया अनुप साउदको मृत्यु भएको हो।, शुक्रबार राति साढे १० बजे भजनी नगरपालीका-३ ठेकीपुरका १८ बर्षीय किरण साउदले चक्कु प्रहार गर्दा उनी घाइते भएका थिए।, उनको टिकापुर अस्पतालमा उ...
सेतोपाटी राष्ट्रपति विद्यादेवी भण्डारीले आज बिहान मुक्तिनाथ मन्दिरमा पूजाअर्चना गरेकी छन्। राष्ट्रपतिले त्यस अवसरमा मुक्तिनाथ मन्दिरका पुजारी कृष्णप्रसाद सुवेदी र आनी कार्पोबाट टीका ग्रहण गरिन्। , मुक्तिनाथको दर्शन भ्रमणका लागि उनी आज काठमाडौंबाट नेपाली सेनाको हेलिकप्टरबाट मुक्तिनाथ पुगेको राष्ट्रपतिको कार्यालयले जनाए...
सेतोपाटी राष्ट्रपति विद्यादेवी भण्डारीले आज ढोरपाटन सिकार आरक्ष क्षेत्रको अवलोकन भ्रमण गरेकी छन्।, नेपाली सेनाको हेलिकप्टरमार्फत् दिउँसो १२ः४० बजे ढोरपाटन आइपुगेकी उनले आरक्ष कार्यालयको निरीक्षणसमेत गरिन्।, निरीक्षणपछि राष्ट्रपतिसमक्ष आरक्ष कार्यालयका प्रमुख संरक्षण अधिकृत वीरेन्द्रप्रसाद कँडेल र आरक्षको सुरक्षार्थ तै...
सेतोपाटी संवाददाता नेपालमा थप ३७२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।, जनसंख्या मन्त्रालयका अनुसार शनिबार ३७२ जना संक्रमित थपिएका हुन्।, पछिल्लो २४ घण्टामा ७ हजार ९११ जनाको कोरोना परीक्षण गर्दा सो संख्यामा संक्रमित थपिएका हुन्।, ५ हजार ३१६ जनाको पिसिआर परीक्षण र २५९५ जनाको एन्टिजेन परीक्षण गरिएको थियो। , नेपाल...
सेतोपाटी काठमाडौं उपत्यकासहित देशभर चिसो बढेको छ।, शुक्रबार काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम १२ दशमलव एक डिग्री रहेकोमा आज १० दशमलव ६ डिग्रीमा झरेको छ। काठमाडौं उपत्यकासहित देशभर औसतमा दैनिक एकदेखि दुई डिग्री सेल्सियससम्म तापक्रम घट्न थालेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। , अब चिसो निरन्तर बढ्दै जाने विभागका ...
सेतोपाटी 'नेपाली सेनाको जागिर लगाइदिन्छु' भन्दै ठगी गरेको आरोपमा एक युवक पक्राउ परेका छन्। , पक्राउ पर्नेमा ताप्लेजुङको मैवाखोला गाउँपालिका–५ का २४ वर्षीय सुवास फावेन लिम्बू रहेको प्रहरीले जनाएको छ।, लिम्बूले नेपाली सेनामा जागिर लगाइदिने प्रलोभनमा मिक्वाखोला गाउँपालिका–४ साँवाका पेम्बा शेर्पासँग रु २० हजार लिएको जिल्ल...
रासस तनहुँको व्यास नगरपालिका–१ गल्वुवेशीस्थित भित्री सडकखण्डमा आइतबार राति भएको दुर्घटनामा एक युवकको मृत्यु भएको छ। मृत्यु हुनेमा सोही ठाउँ बस्ने १८ वर्षीय रोशन गुरुङ रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। , गल्वुबेँसीबाट भादगाउँतर्फ जाँदै गरेको को १ झ ४० नंको विद्युत्को गाडी र विपरीत दिशाबाट आउँदै गरेको ग २१ प ३९२६...
बिबिसी जापानको राजधानी टोकियोमा आइतबार राति एक भूमिगत रेलमा अचानक यात्रहुरू चिच्याउन थाले। उनीहरू आ-आफ्नो सिटबाट उठेर यताउति दौडिए। रेलको ढोका खुल्न नपाउँदै डब्बाबाट भागाभाग गरे।, रेलभित्र यस्तो अफरातफरी मच्चिनुको कारण एक जना यात्रुले अचानक चक्कू झिकेर हमला गर्नु हो।, उनले चक्कूले हमला मात्र गरेनन्, चक्कूकै बलमा सबैला...
सेतोपाटी संवाददाता त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा रहेको एउटा ल्याबले सरकारको निर्देशनविपरीत पिसिआर रिपोर्ट शुल्क लिएको पाइएको छ।, स्टार अस्पतालले सञ्चालन गर्दै आएको ल्याबले प्रतिव्यक्ति दुई हजार रूपैयाँ शुल्क उठाएको पाइएको हो।, सरकारले विमानस्थलमा रहेका निजी अस्पतालका ल्याबहरूलाई प्रतिव्यक्ति १२ सय रूपैयाँभन्दा ...
सेतोपाटी संवाददाता दुई वर्षमा सम्पन्न गर्ने गरी ठेक्का लागेको भक्तपुर नगरकोट सडक निर्माण सुरू भएको सात वर्ष बितिसक्दा पनि निर्माण सम्पन्न नभएपछि चाँगुनारायण नगरपालिकाले सोमबार जिल्ला प्रशासन कार्यालय भक्तपुरमार्फत प्रधानमन्त्रीलाई ध्यानाकर्षण पत्र बुझाएको छ।, प्रधानमन्त्री शेरबहादुर देउवालाई सम्बोधन गर्दै लेखिएको ध्या...
पूर्णप्रसाद मिश्र प्रत्येक वर्ष कार्तिक कृष्ण त्रयोदशीदेखि सुरु हुने नेपाली हिन्दुहरूको दोस्रो ठूलो चाड यमपञ्चक अर्थात् तिहार आजदेखि शुरु गरिँदैछ। , मङ्गलबार बेलुकी यमदीपदान सुरु गर्नुपर्ने नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ। यस वर्ष यमदीपदान आजदेखि शुरु हुने भए पनि काग र कुकुर तिहार कात्तिक १७ गते बुधबार परेको ...
रासस उत्तर-दक्षिण जोड्ने कालीगण्डकी करिडोरअन्तर्गतको बेनी-जोमसोम-कोरला सडक आयोजनाको ६ खण्डको स्तरोन्‍नति गरिएको छ । चीनको स्वशासित क्षेत्र तिब्बत र मुस्ताङको उत्तरी कोरला नाका जोड्ने उक्त सडकको अब एउटा प्याकेजको स्तरोन्‍नतिको काम बाँकी छ । , आयोजनाका प्रमुख जगत् प्रजापतिले ११० किलोमिटर दूरीको जोमसोम-कोरला खण्डको सातमध...
सेतोपाटी संवाददाता विश्व जलवायु सम्मेलन (कोप-२६) मा भाग लिन स्कटल्यान्डको ग्लास्गो गएका प्रधानमन्त्री शेरबहादुर देउवाले विभिन्न देशका नेताहरूलाई भेटेका तस्बिर सार्वजनिक भइरहेका छन्। तीमध्ये एउटा तस्बिर रमाइलो छ र त्यसमा देउवा र उनका समकक्षीको प्रस्तुति नयाँ पनि देखिन्छ।, उक्त तस्बिरमा देउवा र बेलायती प्रधानमन्त्री बोर...
एजेन्सी भारतको दिल्ली प्रदेशका सबै विद्यालयमा सबै विषयका पढाइ सुरु भएको छ।  कोरोनाभाइरसको महामारीका कारण १९ महिनादेखि बन्द भएका विद्यालयमा सोमबारदेखि सबै विषयका पढाइ सुरू भएको हो ।, विद्यालय सञ्चालनसम्बन्धी नयाँ निर्देशिकामा हरेक कक्षा कोठामा कूल विद्यार्थीको ५० प्रतिशतभन्दा बढी विद्यार्थी राख्न नपाइने व्यवस्था गरिएको...
रासस दीपावली (तिहार) पर्व आजदेखि सुरु हुँदैछ। कात्तिक कृष्ण त्रयोदशीदेखि कात्तिक शुक्ल द्वितीयासम्म मनाइने दीपावलीको पहिलो दिन आज मिथिला क्षेत्रमा ‘धनतेरस’ मनाइँदै छ।, मिथिलाको जनबोलीमा ‘दिवाली’ भनिने यो पर्वलाई ‘यमपञ्चक’ पनि भनिन्छ। पर्वको पहिलो दिन आज धातुका नयाँ सामान जोडेर धनतेरस मनाउन लागिएको हो।, कात्तिक कृष्ण त...
सेतोपाटी संवाददाता नेपालगञ्ज विमानस्थलको धावनमार्गमा जहाजसँग बँदेल ठक्कर खाएको छ।, विमानस्थलको धावनमार्गमा सीता एयरको जहाज आज बिहान करिब ६:२० बजे बँदेलसँग ठक्कर खाएको हो। , जहाज नेपालगञ्जबाट हुम्लाको सिमकोट विमानस्थलका लागि उड्ने तयारी गर्दै थियो। धावनमार्गमा बँदेलका बच्चा देखिएका थिए। , बाँकेका प्रहरी नायब उपरीक्षक म...
रासस यमपञ्चक अर्थात् तिहारको आज तेस्रो दिन। आज साँझ ऐश्वर्य, धनधान्य र सम्पन्नताकी देवी लक्ष्मीको पूजा आराधना गरी श्रद्धा भक्तिपूर्वक लक्ष्मीपूजा पर्व मनाइँदैछ।, सफासुग्घर र लिपपोत गरिएको घरमा लक्ष्मीले बास गर्छिन् भन्ने मान्यता छ। यसै आधारमा आज बिहानै घर सफा सुग्घर र गाईको गोबर एवं रातोमाटोले लिपपोत गरी दीपावली गरेर ...
सेतोपाटी प्रत्येक वर्ष कार्तिक कृष्ण चतुर्दशीको बिहान अरुणोदयकालअघि नदी, तलाउ वा धारामा गई स्नान गरी मनाइने नरक चतुर्दशी पर्व आज मनाइँदैछ ।, स्नानपछि सालको पातमा यमदीप दक्षिण दिशामा फर्काई बालेर बगाउने कार्य पनि आज वैदिक सनातन हिन्दू धर्मावलम्बीले गर्छन् । यसलाई नरक स्नान गर्ने र नरक बगाउने भनिन्छ । बोलीचालीको भाषामा ...
एजेन्सी बेलायतले भारतीय स्वतन्त्रतावादी नेता महात्मा गान्धीको जीवन र विरासतको उत्सव मनाउँदै दिपावलीको अवसरमा बिहीबार नयाँ स्मारक सिक्का अनावरण गरेको छ।, सुन र चाँदीमा उपलब्ध यस विशेष सिक्कामा भारतको राष्ट्रिय फूल, कमलको चित्र र गान्धीको एउटा प्रख्यात उद्धरण ‘मेरो जीवन मेरो सन्देश हो’ भन्ने उल्लेख गरिएको छ।, बेलायतका प...
एजेन्सी कोरोना उपचारका संसारमै पहिलो पटक खाने चक्की औषधिलाई बेलायती औषधि नियामक निकायले स्वीकृत गरेको छ।, बिबिसीका अनुसार लक्षण देखिएका कोरोना संक्रमितका लागि बनाइएको उक्त गोटी औषधिको नाम मोल्नुपिराभिर हो। भर्खरै संक्रमित भएका गम्भीर बिरामीलाई यो औषधि दिनको दुईपटक दिइन्छ।, यो औषधि सुरूमा फ्लूको उपचारका लागि विकास गरिए...
रासस बिहीबार बेलुकी ११ बजे सुर्खेतदेखि जुनिचाँदे जाँदै गरेको  बा ५ ख २५०१ नम्बरको मिनीट्रक जाजरकोटको रिठेखोला बाबिया टाकुरामा दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ। घटनामा परी ७ जना घाइते भएका छन् भने एक जना बेपत्ता छन्, खोलामा परेर एक जना बेपत्ता भएको प्रहरीले जनाएको छ। दश जना सवारी उक्त गाडीमा ठेगाना नखुलेको दिलबहा...
सेतोपाटी संवाददाता कार्तिक शुक्ल प्रतिपदा एवं यमपञ्चक अर्थात् तिहारको चौँथो दिन आज गाई, गोरु र कृषकको पूजा आजा गरी मीठो खानेकुरा खान दिएर मनाइँदैछ।, गाईलाई पवित्र मानी पूजा गर्ने वैदिक सनातन कालदेखिको विधि हो। गाईले दिने दूध आमाले खुवाएको दूध जत्तिकै पौष्टिक हुने भएकाले गाईलाई गौमाता भनी सम्मान गरिन्छ।, स्थानीय जातका ...
सेतोपाटी संवाददाता भक्तपुरको मध्यपुर थिमी क्षेत्रका पुरातात्विक तथा पर्यटकीय स्थलहरूको तस्बिर पुस्तक ‘गन्तब्य मध्यपुर थिमी’ सार्वजनिक भएको छ।, मध्यपुर थिमी नगरपालिकाले प्रकाशन र पत्रकार भरतबन्धु थापाले तयार पारेको पुस्तक दुईपोखरीमा बिहिबार एक कार्यक्रमबीच पूर्व प्रधानमन्त्री एवं नेकपा ऐमालेका अध्यक्ष केपी शर्मा ओलीले ...
सेतोपाटी प्रत्येक वर्ष कात्तिक शुक्ल प्रतिपदाका दिन मनाइने नेपाल सम्बत ११४२ आज देशभर विविध कार्यक्रम आयोजना गरी मनाइँदैछ। यस सम्बतलाई नेवार समुदायले नयाँ वर्षका रूपमा मनाउने गरेका छन्।, राष्ट्रिय विभूति शंखधर साख्वाःले विसं ९३७ (इसं ८८०) मा गरिब जनताको ऋणमोचन गरी नेपाल सम्बतको सुरूआत गराएको इतिहास छ।, नेपाल सम्बतले पृ...
डा. अमित शर्मा भट्टराई अपरेसन गर्दा बिरामीलाई स्थिर बनाउने, दुखाइ हुन नदिने र अपरेसन हुँदाको कुनै पनि कुरा याद नहुने बनाउनु नै एनेस्थेसिया हो। एनेस्थेसियाको काम अपरेसनभन्दा अगाडि नै बिरामीलाई तयारी गराउनु पनि हो।, अझै पनि हाम्रो जनसंख्यालाई चाहिनेजति एनेस्थेसियोलोजिस्ट छैनन्। जुन अस्पतालमा शल्यक्रिया हुन्छ त्यहाँ मात्...
सेतोपाटी संवाददाता मुस्ताङको बारागुङ मुक्तिक्षेत्र गाउँपालिका–१ लुप्रामा पाँच वटा कस्तुरी र एउटा फ्याउरो मृत फेला परेका छन्। वन गस्तीमा गएको प्रहरी, वन डिभिजन र संरक्षण क्षेत्र व्यवस्थापन समितिको संयुक्त टोलीले लुप्रा गाउँको खम्पा क्याम्प नजिकैको निच्जा जङ्गलमा पासो थापेर मारिएको मृग र फ्याउरो फेला पारेको हो।, प्रहरी ...
नारायण खड्का सल्यानमा बस दुर्घटनामा परेर ११ जनाको मृत्यु भएको छ।, जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी नायब उपरीक्षक गोबिन्द थापाले दुई बालबालिकासहित ११ जनाको मृत्यु भएको बताए।, प्रहरी निरिक्षक अर्जुन पौडेलका अनुसार सल्यान जिल्ला अस्पताल खलंगामा आठ महिला र एक पुरुष गरी ९ जनाको शव ल्याइएको छ। दुई बालबालिकाको श्रीनगरम...
सेतोपाटी संवाददाता मोरङमा शनिबार साँझ भएको सवारी दुर्घटनामा परेर तीन जनाको मृत्यु भएको छ।, केराबारी- ९ बेलचौरीमा भएको सवारी दुर्घटनामा परी २ जनाको घटनस्थलमै र अर्का एकको उपचारको क्रममा मृत्यु भएको हो।, मोरङको भित्री सडकअन्तर्गत बेलचौरीमा दक्षिणबाट आएको बा १० च ४३०० नम्बरको स्कार्पियो गाडी र को ४० प १७२७ नम्बरको मोटरसा...
रासस/सिन्ह्वा भारतको राजधानी नयाँ दिल्ली र उत्तर प्रदेशमा जिका भाइरसको संक्रमण बढेपछि सतर्कता अपनाइएको अधिकारीहरूले बताएका छन्।, भारतका स्वास्थ्य अधिकारीहरूले यहाँ केही समयअघिदेखि जिका भाइरसका किटाणु बढ्दो अवस्थामा देखिएकाले सतर्क रहन आह्वान गरेको हो।, उनीहरूका अनुसार शनिबार मात्र उत्तर प्रदेशमा ४३ जनामा यो भाइरस देखि...
सिबी अधिकारी गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको यान्त्रिक परीक्षण उडान (क्यालिब्रेसन फ्लाइट) गर्न थाइल्याण्डको एरो थाईले अनुमति पाएको छ।, नेपाल नागरिक उड्डयन प्राधिकरणले पूर्वसम्झौता अनुरूप एरो थाईलाई क्लालिब्रेसन फ्लाइट गर्न अनुमति दिएको हो।, राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको गौतमबुद्ध विमानस्थल क्यालिब्रेसन फ...
नारायण खड्का सल्यानमा भएको बस दुर्घटनामा परेर मृत्यु भएका १२ जनामध्ये १० जनाको सनाखत भएको छ। मृत्यु हुनेहरू अधिकांश तिहार मानेर फर्कंदै थिए।, जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी नायब उपरीक्षक गोबिन्द थापाले दश महिला र दुई पुरुषको बस दुर्घटनामा परेर मृत्यु भएको बताए। एक बालक र एक महिलाको सनाखत हुन बाँकी छ।, दाङको शा...
नवीनबाबु गुरूङ राष्ट्रपति विद्यादेवी भण्डारीले शुक्रबार बिहान ११ बजेर २ मिनेटको शुभसाइतमा आफ्ना कान्छा भाइ डेगेन्द्र पाण्डेलाई सप्तरंगी टीका लगाएर भाइटीका मनाएकी छन्।, राष्ट्रपति भण्डारीले शितलनिवासमा आफ्ना भाइलाई दुबो र मखमलीको माला लगाइदिई कटुस, ओखर र मिठाइ खुवाएकी थिइन्। उनले नेपाली ढाकाटोपी भाइलाई उपहार दिइन्।, त्...
सेतोपाटी संवाददाता नेपालमा थप १३९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।, पछिल्लो २४ घण्टामा ३९३२ जनामा कोरोना भाइरसको परीक्षण गर्दा १३९ जना संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ। , २१३४ पिसिआर परीक्षण गर्दा १२८ र १७९८ जनाको एन्टिजेन परीक्षण गर्दा ११ संक्रमित थपिएका हुन्। हाल नेपालभर ...
सेतोपाटी संवाददाता ललितपुरको ज्वागलमा एक महिला मृत अवस्थामा फेला परेकी छन्।, सर्लाहीको बागमती नगरपालिका घर भई ललितपुर महानगरपालिका वडा नम्बर १० ज्वागलमा डेरा गरी बसेकी २२ वर्षीया रेखा साह तेली शनिबार साँझ ६ बजे मृत फेला परेकी हुन्। उनको मृत्यु भएकोबारे प्रहरीले साढे ७ बजेमात्रै जानकारी पाएको थियो। , रेखा २३ वर्षीय श्र...
सेतोपाटी संवाददाता नेपालमा हाल ७ हजार ६१२ जना सक्रिय संक्रमित छन्।, यस्तै पछिल्लो २४ घण्टामा नेपालमा थप ५३३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १६ हजार ७३६ जनामा परीक्षण गर्दा  ५३३ मा संक्रमण देखिएको हो। , १४ हजार ९१८ जनाको पिसिआर परीक्षण र १८१८ जना...
सेतोपाटी संवाददाता काठमाडौं उपत्यकामा १६९ थपिएका छन्।, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा ११८, ललितपुरमा ३८ र भक्तपुरमा १३ संक्रमित छन्।, यस्तै, काठमाडौं उपत्यकामा १५०९ सक्रिय संक्रमित छन्। जसमध्ये काठमाडौंमा ५०८, ललितपुरमा ५१० र भक्तपुरमा ४९१ सक्रिय संक्रमित छन्।,  पछिल्लो २४ घण्टामा नेपालमा थप ५३३ ...
नारायण खड्का सल्यान एक यात्रुको यात्राकै क्रममा गाडीभित्र मृत्यु भएको छ।, दाङको तुलसीपुर उपमहानगरपालिका-९ बेलुकाका ५४ वर्षीय लालबहादुर वलीको सोमबार गुडिरहेको गाडीको सिटमै मृत्यु भएको हो।, राप्ती राजमार्गअन्तर्गत रुकुमबाट दाङको तुलसीपुर हुँदै नेपालगञ्जका लागि आउँदै गरेको बा प्र-०१००६-ख २५९४ नम्बरको हायसभित्र सिटमै बसेक...
खिलानाथ ढकाल सिभिल ग्रुपका अध्यक्ष इच्छाराज तामाङविरूद्ध करिब ६ अर्बको बिगो तयार भएको छ।, सिभिल सहकारीको निक्षेप ठगी प्रकरणमा उनीसहित १२ जनाविरूद्ध संगठित अपराधमा अनुसन्धान गरिरहेको केन्द्रीय अनुसन्धान ब्युरोले सो बराबरको बिगो तयार पारेको हो।, ‘अब १० दिनभित्र अनुसन्धान प्रतिवेदन जिल्ला सरकारी वकिलको कार्यालयमा बुझाउने...
सेतोपाटी संवाददाता बुटवलको नयाँगाउँमा आगलागी भएको छ।, सोमबार साँझ अलकत्रा बोकेको ट्याक्टरमा लागेको आगो अनियन्त्रित भएपछि नजिकै रहेको घरमा पनि आगो लागेको स्थानीयले बताएका छन्।, बुटवल उपमहानगरपालिका वडा नं १२ स्थीत नयाँगाउँ माध्यमिक विद्यालय अगाडिको चोकमा सडक कालोपत्रे गर्न अलकत्रा लोड गरी राखिएको ट्याक्टरमा आगो लागेपछि...
राजेश घिमिरे अघिल्लो हप्ता नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली राम मन्दिर आउने भएपछि माडी बाँदरझुलाका सुकुम्बासी परिवारहरू भेला भए।, आफ्नै वडामा पर्ने राम मन्दिर गाडी रिजर्भ गरेरै भए पनि पुग्ने निधो गरे।, ओली पुगेको दिन बाँदरझुलाबाट दुई गाडी सुकुम्बासी अयोध्यापुरीस्थित राम मन्दिर आइपुगेका थिए।, नेकपा एमालेले पार्टी अ...
रासस प्रधानमन्त्री शेरबहादुर देउवाले किराँत धर्मालम्बीका महागुरु फाल्गुनन्दको १३७औँ जन्मजयन्तीका अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण किराँत धमावलम्बीमा सुख, शान्ति र समृद्धिको शुभकामना व्यक्त गरेका छन्।, फाल्गुनन्द जयन्तीका अवसरमा उनले शुभकामना सन्देश दिँदै राष्ट्रिय विभूति, हत्याहिंसाका विरोधी तथा समाज सुधारक मह...
सेतोपाटी संवाददाता पेट्रोलियम पदार्थको मूल्यवृद्धि विरूद्ध विद्यार्थीले बुटवलमा चक्काजाम गरेका छन्। , बुधबार रातिदेखि लागू हुनेगरी नेपाल आयल निगमले पेट्रोलियम पदार्थ तथा ग्याँसमा गरेको मूल्यवृद्धिको विरोध गर्दै नेकपा एमाले निकट अनेरास्ववियु रूपन्देहीले बिहीबार बिहानै बुटवलमा चक्काजाम गरेका हुन्।, यसअघि निगमले गत कात्त...
सेतोपाटी संवाददाता बाँकेबाट बेपत्ता पारिएकी निर्मला कुर्मीलाई न्याय दिलाउन स्थानीयको आन्दोलन जारी रहेका बेला प्रहरीले भने 'भारतमा कालगतिले उनको मृत्यु भएको' दाबी गरेको छ।, जिल्ला प्रहरी कार्यालय बाँकेका नायब उपरीक्षक मधुसुदन न्यौपानेले नेपालगन्ज उपमहानगरपालिका–१७ की कुर्मीको कालगतिले नै मृत्यु भएको तथ्य फेला परेको जान...
रासस गत दसैं अघिबाट पुनः सञ्चालन गरिएको चित्लाङ-थानकोट सडक आगामी कात्तिक २८ गतेदेखि पूर्णरूपमा बन्द हुने भएको छ।, मुख्य चाडबाड सकिएलगत्तै अब निर्माणको काम अघि बढ्ने भएकाले अर्को सूचना नभएसम्मका लागि सवारी आवागमन पूर्णरूपमा बन्द गर्न लागिएको चित्लाङ–चन्द्रागिरि-थानकोट सडक निर्माण सरोकार समितिले जनाएको छ। , कात्तिक २६ ग...
सेतोपाटी कोरोना भाइरसले ११ हजार ४ सय ५३ जनाको ज्यान लिइसक्यो तर ३३ वर्षका मलेसियन नागरिक नागेनथ्रन धर्मलिंगमले कोरोनाकै कारण केही दिन बढी बाँच्न पाएका छन्।, लागुऔषध हेरोइन तस्करी गरेको भन्दै बाह्र वर्षदेखि सिंगापुर जेलमा रहेका धर्मलिंगमलाई यही बुधबार फाँसी दिइँदै थियो। मंगलबार सुनुवाइ क्रममा अदालत लिएर जाँदा उनलाई कोर...
खिलानाथ ढकाल अर्कैले नक्कली लालपूर्जा बनाएर धितो राखी बैंकबाट ऋण लिएको गायक योगेश्वर अमात्यको १२ बिगाहा जग्गा सुरक्षित देखिएको छ।, उक्त जग्गा धितो राखी कुमारी बैंकले १९ करोड रूपैयाँ ऋण दिएको थियो। नक्कली कागजातका आधारमा ऋण लिएर आफूलाई ठगेको थाहा पाएपछि कुमारी बैंकले कीर्ते गर्ने व्यक्तिहरूबाट त्यस बराबर रकमको धितो सुर...
रासस किराँत धर्मावलम्बीका महागुरू फाल्गुनन्दको १३७ औं जन्मजयन्ती आज विविध कार्यक्रम आयोजना गरी मनाइँदैछ। विसं १९४२ कात्तिक २५ गते इलाममा सामान्य परिवारमा फाल्गुनन्दको जन्म भएको थियो।, किराँत भाषा, लिपि, संस्कार, संस्कृति एवं समाज सुधारमा उनको महत्वपूर्ण योगदान रहेको छ। समाज सुधारका लागि फाल्गुनन्दले नीति निर्माणसमेत ग...
युवराज श्रेष्ठ तरेली पहाडको एउटा नेटोमा छ, लमजुङको समिभञ्ज्याङ जुन भञ्ज्याङबाट पूर्वतर्फ लागे सदरमुकाम बेसीसहर पुगिन्छ भने पश्चिम लागे पोखरा पुगिन्छ। दक्षिणमा तनहुँको सदरमुकाम दमौली छ।, यो भञ्ज्याङको खुला ठाउँमा एउटा भलिबल कोर्ट छ, वरिपरि स–साना पसल छन्। अनि छ ढुंगाले छाएको एउटा पुरानो भवन।, यो त्यही भवन हो, जसले पञ्च...
सेतोपाटी संवाददाता कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीको विवरण संकलन गरी प्रदेशमा राष्ट्रिय जनगणना २०७८ को सुरूआत गरिएको छ।, प्रदेश जनगणना कार्यालय कर्णालीका प्रमुख तोमानारायण पौडेलसहितको गणक टोली बिहान ८ बजे मुख्यमन्त्री शाहीको निवासमा गएर जनणनाको सुरूआत गरेको हो।, ‘मेरो गणना, मेरो सहभागिता’ नारासहित १२ औं ...
सेतोपाटी संवाददाता पशुपतिनाथ–काशी विश्वनाथ अमृत महोत्सव मोटरसाइकल र्‍याली सुरू भएको छ।  ६ दिने र्‍यालीमा करिब ५० भारतीय तथा नेपाली मोटरसाइकलप्रेमीको सहभागिता छ। , भारत र नेपालका जनताबीचको अटुट र अनन्त सम्बन्धलाई उजागर गर्ने र पारस्परिक सांस्कृतिक सम्बन्धलाई अझ सुदृढ बनाउने र्‍यालीको उद्देश्य रहेको छ। , पशुपतिनाथ मन्दि...
सेतोपाटी संवाददाता नेपाल प्रहरीका ९५ जना प्रहरी नायब उपरीक्षक (डिएसपी)को सरूवा भएको छ। , बिहीबार प्रहरी प्रधान कार्यालयले ९५ जना डिएसपीको सरूवा गरेको हो। प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीको निर्णय अनुसार मंसिर महिनाको तलब भत्ता समेत हाल सरूवा भएको दरबन्दीबाट खान पाउने गरी सरूवा गरिएको हो।, महानगरीय प्रहरी वृत्त क...
सेतोपाटी संवाददाता नेपालमा थप ३९७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।, जनसंख्या मन्त्रालयका अनुसार शुक्रबार ३९७ जना संक्रमित थपिएका हुन्।, पछिल्लो २४ घण्टामा ११ हजार ६६ जनाको कोरोना परीक्षण गर्दा सो संख्यामा संक्रमित थपिएका हुन्।, ९ हजार १३४ जनाको पिसिआर परीक्षण र १९३२ जनाको एन्टिजेन परीक्षण गरिएको थियो। , नेप...
सेतोपाटी संवाददाता सप्तरीमा ट्याक्टर अनियन्त्रित भई दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। , सोमबार दिउँसो सवा ३ बजे खडक नगरपालिका वडा नम्बर ७ कल्याणपुर चोकमा स १ त ७०१९ नम्बरको ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेले जानकारी दिए। , ट्याक्टर अनियन्...
सेतोपाटी संवाददाता सुनसरीको दुई स्थानमा करेन्ट लागेर दुई जनाको मृत्यु भएको छ।, मृत्यु हुनेमा सुनसरी इटहरी उपमहानगरपालिका-१० वसियन पार्कका ४५ वर्षीय धनप्रसाद राई र धनकुटा पाख्रीबास नगरपालिका-१० घर भई हाल इटहरी उपमहानगरपालिका-१७ स्थित दिदिको घरमा बस्दै आएको १४ वर्षीय दगेन्द्र तिमल्सिना रहेका छन्।, शनिबार दिउँसो ३ बजे घर...
रासस मुस्ताङको थासाङ गाउँपालिका–२ को जङ्गलमा चराउन लगिएका १५० याक र चौरी हिमपहिरोमा परेर बेपत्ता भएका छन्।, कोवाङ, लार्जुङ, बोक्सीखोला र नाउरिकोटको शिरमा रहेको मानापाथी हिमालबाट खसेको हिउँपहिरोमा परेर दुई गोठका याक र चौँरीगाई बेपत्ता भएका हुन्।, हिउँपहिरोले नाउरीकोटकी रत्नकुमारी शेरचनको घरको छानो उडाएको वडा अध्यक्ष नर...
सेतोपाटी संवाददाता इलामको सन्दकपुरमा भाइले आफ्नै दाजुको हत्या गरेका छन्।, गाउँपालिका–१  चाँपगैरीका ३० वर्षे चक्र मुखियाले सोमबार साँझ करिब पौने ७ बजे ३५ वर्षीय दाजू इच्छा मुखियाको धारिलो हतियार प्रहार गरी हत्या गरेको इलाम प्रहरीले जनाएको छ।, मदिरा पिएर दाजुसँग वादविवाद गर्दा आवेगमा चक्कु प्रहार गर्दा दाजुको घटनास्थलमै...
रासस पूर्व–पश्चिम राजमार्गअन्तर्गत सप्तरीको खडक नगरपालिकामा ट्याक्टरको ठक्करबाट एक वृद्धाको मृत्यु भएको छ।, सोमबार भएको दुर्घटनामा चार जना गम्भीर घाइते भएका छन्।, मृत्यु हुनेमा खडक नगरपालिका–६ की ७० वर्षीया अनारदेवी पासवान रहेकी छिन्।, पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको स१त ७०१९ नम्बरको ट्याक्टर अनियन्त्रित भई स्थानीय प्...
सेतोपाटी संवाददाता सेवाग्राहीले कार्यालयका समयमा चालक अनुमति पत्रको अनलाइन आवेदन भर्न नपाउने भएका छन्।, प्रणालीमा चाप बढी भएकाले तत्कालका लागि बिहान १० देखि अपराह्न ५ बजेसम्मका लागि सेवा चालु नगरिएको यातायात व्यवस्था विभागले जनाएको छ।, देशभरका यातायात व्यवस्था कार्यालयहरूले यही प्रणालीबाट काम गर्ने र सेवाग्राहीले फारम...
सेतोपाटी संवाददाता काठमाडौंको महाराजगञ्जस्थित नेपाल प्रहरी अस्पतालमा अनियमितता नभएको छानबिन समितिले निष्कर्ष निकालेको छ। , अस्पतालमा वरिष्ठ अधिकृतहरूले अनियमितता गरेको भन्ने गुनासो तथा उजुरीपछि गठन भएको प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी) विश्वराज पोखरेलको नेतृत्वको समितिले कुनै समस्या नदेखेको जनाएको हो। , समितिले महा...
खिलानाथ ढकाल रामेछाप, सिरुबारी गाउँपालिका-२ का २६ वर्षीय समरोज थापा मगर दस वर्षदेखि काठमाडौंमा छन्।, सानै उमेरमा घर छाडेर हिँडेका उनी काठमाडौं आएर तामाका भाँडाकुँडामा बुट्टा भर्ने काम गर्थे। उनी बुढानिलकण्ठ नगरपालिका-११, कपनमा बसिरहेका थिए।, उनकी आमा ४१ वर्षीया पुष्पा थापा मगर र मावल सिन्धुपाल्चोक, इन्द्रावती गाउँपालि...
सेतोपाटी संवाददाता मुगुको सदरमुकाम गमगढी बजारमा गए राति भीषण आगलागी भएको छ।, आगलागीबाट २० घरटहरा जलेर नष्ट भएका छन्। थप आगो फैलन नदिन प्रहरीले एक घर भत्काउनुपरेको थियो।, जिल्ला प्रहरी कार्यालय मुगुका प्रहरी नायब उपरीक्षक चित्रबहादुर भट्टराईले गए राति करिब १२:३० मा आगलागी सुरू भएको र बिहान ४:३० मा मात्रै नियन्त्रणमा लि...
रासस नेपाल कम्युनिष्ट पार्टीले पेट्रोलियम पदार्थमा भएको मुल्यवृद्धिको विरुद्ध भन्दै आज आह्वान गरेको बन्दका क्रममा सवारी रोक्ने १० जनालाई प्रहरीले पक्राउ गरेको छ।, पार्टी निकट अनेरास्ववियु क्रान्तिकारीका वाग्मती प्रदेश इञ्चार्ज राजन साउदसहित नेता, कार्यकर्ता पक्राउ परेका छन् ।, जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता प...
सबिना श्रेष्ठ घरैघर घरैघर घरैघर!, एउटा समय थियो, काठमाडौंमा घरभन्दा बढी मन्दिरहरू हुन्थे। अहिले मन्दिरधरि छेकिने गरी बनेका छन्, घरैघर घरैघर घरैघर!, कलाकार सुजन डंगोलको 'टेल्स अफ सिटी' अर्थात् 'सहरको कथा' शीर्षकको चित्र प्रदर्शनीमा पनि हामी घरहरू नै बढी देख्न सक्छौं।, जहीँतहीँ घरैघरले घेरिएको सहरको कथा चित्रमार्फत् सुन...
नारायण खड्का रोल्पामा बिहीबार बेलुकी भएको बस दुर्घटनामा परी चार जनाको घटनास्थलमै मृत्यु भएको छ।, घटनास्थलमै तीन जना पुरूष र एक महिला गरी चार जनाको मृत्यु भएको हो। रोल्पाका प्रहरी प्रमुख डिएसपी नरेशराज सुवेदीले मृतकको सनाखत भइनसकेको सेतोपाटीलाई बताए। , थप ६ जना घाइतेलाई उद्धार गरी सुनिल स्मृति अस्पताल घर्ती गाउँमा पुर्...
सेतोपाटी संवाददाता काठमाडौं उपत्यकामा १२० संक्रमित थपिएका छन्।, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार  काठमाडौंमा ९१, ललितपुरमा १९ र भक्तपुरमा १० संक्रमित छन्।, यस्तै काठमाडौं उपत्यकामा १५९६ सक्रिय संक्रमित छन्। जसमध्ये काठमाडौंमा ५५९, ललितपुरमा ५६७, भक्तपुरमा ४७० सक्रिय संक्रमित छन्।, नेपालमा थप २९६ जनामा कोरोना ...
सेतोपाटी संवाददाता बैंकिङ कसुरको मुद्दामा फरार भएका एक जनालाई केन्द्रीय अनुसन्धान ब्युरोले पक्राउ गरेको छ। , ब्युरोले ताप्लेजुङ फुङलिङ नगरपालिका वडा नम्बर ११ घर भई काठमाडौंको बूढानिलकण्ठ नगरपालिका वडा नम्बर ३ ठूलोभंगाल चपली बस्ने ४६ वर्षीय अन्दीराम इजम लिम्बूलाई पक्राउ गरेको हो। , उनलाई शुक्रबार ब्युरोको प्रहरीले भक्त...
सेतोपाटी संवाददाता नेपाल प्रहरीको साइबर ब्युरोले सामाजिक सञ्जालमार्फत् नाबालिकाको चरित्र हत्या गरेको आरोपमा एक जनालाई पक्राउ गरेको छ। , काठमाडौं महानगरपालिका वडा नम्बर १२ भोटेबहाल बस्ने २० वर्षीय लव खड्गीलाई ब्युरोले बिहीबार पक्राउ गरेको प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) नविन्द अर्यालले जानकारी दिए। , खड्गीले फेसबुक र इ...
रासस राष्ट्रिय गौरवको आयोजना (पुष्पलाल) मध्यपहाडी लोकमार्गको बागलुङ–घोडाबाँधे खण्ड समयमै कालोपत्र गर्न पटक-पटक बैठक भए।, जिल्ला प्रशासन कार्यालयले आयोजना र निर्माण कम्पनीलाई प्रतिबद्ध बनाउँदै आएको छ।, हरेक वर्षायाम सकिएर हिउँद लाग्दा जिल्लाका सरोकारवालाको बैठक जिप्रकामा हुन्छ। निर्णय पुस्तिकाका पाना भरिन्छन् तर काममा ...
सबिना श्रेष्ठ गत बुधबार सरकारले शताब्दी पुरूष सत्यमोहन जोशीलाई पहिलो इ–पासपोर्ट हस्तान्तरण गर्‍यो।, सर्वसाधरणलाई मंसिर १५ गतेबाट दिइने यो पासपोर्ट जोशीलाई मंसिर १ गते नै एक समारोहबीच परराष्ट्रमन्त्री नारायण खड्काले वितरण गरेका थिए।, एक सय दुई वर्ष पुगेका जोशीलाई भने आफूले पाएको पहिलो इ–पासपोर्टले कहाँ जाने रहर होला?, ...
सेतोपाटी संवाददाता काठमाडौं प्रवेश गर्ने मुख्य नाका नागढुंगा सडकखण्ड एकतर्फी अवरूद्ध भएको छ।, शुक्रबार अपराह्न ५ बजेदेखि नागढुंगा सडकखण्ड एकतर्फी अवरूद्ध भएको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ।, १८ चक्के ट्रक नागढुंगाको नाग मन्दिर नजिकै सडकछेउको नालीमा खसेको थियो। जसकारण एकतर्फी बाटो अवरूद्ध भएको हो।, महाशाखा...
सेतोपाटी संवाददाता काठमाडौंको क्षेत्रपाटीमा एक घर भत्किएर पाँच वर्षीय बालक गम्भीर घाइते भएका छन्। , शुक्रबार करिब अपराह्न साढे ५ बजे बबिता प्रधानको कच्ची माटोले बनेको घर भत्किएको महानगरीय प्रहरी वृत्त सोह्रखुट्टेका प्रहरी नायब उपरीक्षक (डिएसपी) दुर्गा दाहालले जानकारी दिए।, भारतको बिहारस्थित बेत्तिया घर भई काठमाडौंको उ...
सेतोपाटी संवाददाता प्रधानमन्त्री शेरबहादुर देउवाले भारतीय योगगुरु रामदेवको पतञ्जली योगपिठले नेपालमा टेलिभिजन च्यानल सञ्चालन गर्न लागेको र त्यसको उद्घाटन गरेको विषयमा गम्भीर ध्यानाकर्षण भएको नेपाल पत्रकार महासंघको जनाएको छ।, महासंघका महासचिव रोशन पुरीले आइतबार एक विज्ञप्ति जारी गर्दै महासंघको गम्भीर ध्यानाकर्षण भएको बत...
सेतोपाटी संवाददाता अभिभावक नभएका बेला घरको आँगनमै खेलिरहेकी मोरङ कटहरीकी ४ वर्षीया नाबालिका बलात्कारको शिकार बनेकी छन्। , अपराधीको हिंस्रक आक्रमणमा परेकी बालिका यतिबेला कोशी अस्पतालको उपचार कक्षमा गम्भीर अवस्थामा छिन्।, बलात्कार आरोपमा भारत विहारको अररिया घर भई मोरङको कटहरीमा बस्दै आएका २४ वर्षीय मुकेश सरदार पक्राउ पर...
सेतोपाटी संवाददाता राष्ट्रपति विद्यादेवी भण्डारीले प्रदेश २ सरकारले सञ्चालन गरेको ‘बेटी बचाऊ, बेटी पढाऊ’ अभियानलाई राष्ट्रिय कार्यक्रमको रूपमा अघि बढाउनु पर्ने बताएकी छन्।, महोत्तरीको मटिहानी नगरपालिकाले निर्माण गरेको रंगशाला उद्घाटन गर्न आएकी उनले यो अभियान संघ र प्रदेश सरकारबीच समन्वय गरेर देशैभरि लैजानु पर्ने आवश्य...
सेतोपाटी संवाददाता डडेल्धुरामा ट्याक्टर दुर्घटना हुँदा सात जना घाइते भएका छन्।, आइतबार अमरगढी नगरपालिकामा सिमेन्ट बोकेको सुदूरपश्चिम प्रदेश ०१-००-२ त ४९६२ नम्बरको ट्याक्टर दुर्घटना हुँदा उनीहरु घाइते भएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको हो।, प्रहरीका अनुसार घाइतेहरुको डडेल्धुरा अस्पतालमा उपचार भइरहेको छ।, घा...
सेतोपाटी संवाददाता रातो मच्छिन्द्रनाथको रथमा काठको काम गर्ने दिलकुमार बाराहीलाई 'झान्जु अन्तर्राष्ट्रिय अवार्ड' हस्तान्तरण गरिएको छ।उनलाई रातो मच्छिन्द्रनाथको रथ बनाउँदा काठको काम गर्ने शिल्पीका रूपमा पुरस्कृत गरिएको हो।, दक्षिण कोरियाको झान्जु नगरले संसारभरिका अमूर्त सांस्कृतिक सम्पदा प्रवर्द्धन गर्न हरेक वर्ष दिँदै ...
सेतोपाटी संवाददाता बुटवल उपमहानगरपालिका वडा नम्बर-३ का वडाध्यक्ष लालप्रसाद बस्यालको मृत्यु भएको छ।, सोमबार दिउँसो आफ्नै घरको शौचालय जाने क्रममा लडेर उनको मृत्यु भएको बुटवल- १ का वडाध्यक्ष महेन्द्र लिगलले जानकारी दिए।, शौचालय जाने क्रममा लडेर गम्भीर घाइते भएका बस्याललाई उपचारका लागि अस्पताल लगिए पनि चिकित्सकले मृत घोषण...
सेतोपाटी संवाददाता इलाका प्रहरी कार्यालय दमकका प्रहरी नायब उपरीक्षक (डिएसपी) नवराज कार्की ‘बेस्ट पुलिस अफ द मन्थ’ले सम्मानित भएका छन्।, कात्तिक महिनामा प्रदेश १ भरमा उत्कृष्ट काम गरेको भन्दै प्रदेश प्रहरी कार्यालयले कार्कीलाई यो पुरस्कारले सम्मान गरेको हो।, हरेक महिना प्रदेश प्रहरीले राम्रो काम गर्ने प्रहरीलाई कदरस्वर...
सेतोपाटी संवाददाता नेपालले खगोल विज्ञानसम्बन्धी १४ औं अन्तर्राष्ट्रिय ओलम्पियाडमा अनरेबल मेन्सन पुरस्कार पाएको छ। , कात्तिक २८ गतेदेखि मंसिर ५ गते आइतबारसम्म कोलम्बियाको बोगाटामा भएको ओलम्पियाडमा सहभागीमध्ये नेपालका एक प्रतिनिधि विद्यार्थीले पुरस्कार पाएका हुन्।, बुटवल उपमहानगरपालिका-१० स्थित कालिका मानविज्ञान माध्याम...
सेतोपाटी संवाददाता दाङमा चितुवाको* छालासहित दुई जना पक्राउ परेका छन्। , तुलसीपुर उपमहानगरपालिका वडा नं. ५ रानीजरूवाका ३१ वर्षीया महेन्द्र खड्का र राजपुर गाउँपालिका वडा नं. ६ का ३८ वर्षीय सूर्यबहादुर चौधरी घोराहीबाट पक्राउ परेका हुन्। , गोप्य सुचनाको आधारमा प्रहरीले आइतबार राति ९ बजेतिर घोराही उपमहानगरपालिका वडा नं. १६...
रासस पूर्वपश्चिम राजमार्गको कावासोतीस्थित लोकाहा खोलाको पुलबाट खसेर एक साइकलयात्रीको मृत्यु भएको छ। , नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को कावासोती नगरपालिका र देवचुली नगरपालिकाको सीमा क्षेत्रमा पर्ने लोकाहा पुलबाट खसेर बुलिङटार गाउँपालिकाको भारतीपुरका ३९ वर्षीय नरबहादुर कुमालको मृत्यु भएको हो।, प्रहरी नायब उपरीक्षक दिलीप...
सेतोपाटी संवाददाता मौसम र भिजिविलिटी (पारदर्शिता) कम भएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमास्थलबाट हुने आन्तरिक उडान प्रभावित भएका छन्।, बुधबार बिहानैदेखि अधिकांश विमानस्थलको मौसम खराव हुँदा भिजिवलिटी अपुग भएर आन्तरिक उडानहरु प्रभावित बनेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल स्रोतले जानकारी दिएको छ।, कुनै पनि आँखाले हेरे...
सेतोपाटी संवाददाता काठमाडौं-१३ सोल्टीमोडस्थित गाईबाच्छापाटीमा एक युवाको शव जलेको अवस्थामा फेला परेको छ।, मंगलबार राति प्रहरीले जलेको अवस्थामा शव फेला पारेको हो। , ती युवाको मृत्यु शंकास्पद देखिएपछि अनुसन्धान थालिएको प्रहरीले जनाएको छ। , महानगरीय प्रहरी वृत्त कालीमाटीका अनुसार करिब ३०-३२ वर्षको देखिने युवाको शव फेला पर...
रासस चिया टिप्दै गरेका एक मजदुरको जंगली हात्तीको आक्रमणबाट आज बिहान मृत्यु भएको छ।, मृत्यु हुनेमा भद्रपुर नगरपालिका-९ का ६० वर्षीय रामबहादुर बुर्जा (मगर) रहेको प्रहरीले जनाएको छ। , आज बिहान ६ः३० बजे मेचीनगर नगरपालिका-१४ शनिबारेस्थित टंक पौडेलको चिया बगानमा चिया टिप्ने क्रममा जंगली हात्तीले आक्रमण गर्दा उनको घटनास्थलमै...
नवीनबाबु गुरूङ चिसो बढेसँगै काठमाडौंको आकाश धमिलो भएको छ। तुँवालो र धूलोका कारण शुक्रबार काठमाडौंको आकाशमा घाम देखिन सकेको छैन। , सामान्यतया जमिनको सतहबाट उड्ने धूलोधुँवाका कण माथिल्लो तहमा पुगेपछि हावाको बहावसँगै यताउति फैलिनुपर्छ। तर चिसोमा यस्तो हुन पाउँदैन। त्यसैले जाडो याममा धूलोधुवाँका कणले बाक्लो हावा छिचोल्न स...
सेतोपाटी संवाददाता राष्ट्रिय जनगणना २०७८ कुनै पनि प्रकारको अवरोध बिना सम्पन्न भएको केन्द्रीय तथ्यांक विभागले जनाएको छ।, केन्द्रीय तथ्यांक विभागले शुक्रबार पत्रकार सम्मेलन गर्दै कात्तिक २५ गतेदेखि मंसिर ९ गतेसम्म भएको राष्ट्रिय जनगणना २०७८ बिना कुनै अवरोध सम्पन्न भएको बताएको हो।, राष्ट्रिय जनगणनाको सम्बन्धमा केही आशंका...
सेतोपाटी संवाददाता नेपालमा थप २७० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार  शुक्रबार २७० जना संक्रमित थपिएका हुन्।, पछिल्लो २४ घण्टामा १० हजार ४४६ जनाको कोरोना परीक्षण गर्दा सो संख्यामा संक्रमित थपिएका हुन्।, ७ हजार ८२९ जनाको पिसिआर परीक्षण र २६१७ जनाको एन्टिजेन परीक्षण गर...
सेतोपाटी संवाददाता सर्लाहीमा आमासहित दुई जना बालबालिका मृत फेला परेका छन्। , आइतबार बरहथवा नगरपालिका वडा नम्बर १ नयाँबजारस्थित घरमा आमा, छोरा र छोरी मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक माधवप्रसाद बुढाथोकीले जानकारी दिए।  , शिव हजारीकी श्रीमती अन्दाजी २६ वर्षीया कविता घरभित्रै झुण्डिएक...
खिलानाथ ढकाल सिभिल ग्रुपका अध्यक्ष इच्छाराज तामाङसहित १२ जनाविरूद्धको अनुसन्धान प्रतिवेदन जिल्ला सरकारी वकिलको कार्यालयमा पुगेको छ।, केन्द्रीय अनुसन्धान ब्युरोले तामाङसहित १२ जनासँग ५ अर्ब ५९ करोड १३ लाख ६८ हजार ५३९ रुपैयाँ बिगो दाबी गरी अनुसन्धान प्रतिवेदन जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंमा पुर्‍याएको हो।, अहिल...
रासस विसं २००८ को कुरा हो।, काठमाडौं, चाबहिलका कान्छा डङ्गोल र तरिमायाकी जेठी छोरी चैतमायालाई सरकारी भर्तीका लागि थुतेर लगियो।, विसं २००७ पछि प्रजातन्त्रको परिवेश र उमंगका बेला उनीसहितका महिलालाई एक टोलीले एक्कासि लिएर सिंहदरबारमा तालिम दिन सुरू गरेको थियो।, त्यो टोली अरू कोही नभएर नेपाली कांग्रेससँग आबद्ध थिए। त्यस ब...