content
stringlengths
20
64.1k
सेतोपाटी संवाददाता लेकसाइडमा बर्सेनि आयोजना हुने सडक महोत्सवको २३ औं संस्करणको तयारी पूरा भएको छ।, रेस्टुराँ एन्ड बार एसोसिएसन अफ नेपाल (रेबान)को आयोजनामा मंगलबारदेखि तीन दिनसम्म उक्त महोत्सव सञ्चालन हुने आयोजकले जनाएको छ। , ‘सडकमै खाऔं, सडकमै रमाऔं’ भन्ने नाराका साथ आयोजना हुने महोत्सवमा कोरोनाविरूद्धको खोप समेत लगाइ...
सेतोपाटी संवाददाता काठमाडौं उपत्यकामा थप १२३ कोरोना संक्रमित थपिएका छन्।, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा ९२, भक्तपुरमा १३ र ललितपुरमा १८ संक्रमित छन्।, नेपालमा थप २२० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।, पछिल्लो २४ घण्टामा ७ हजार ६०८ जनाको कोरोना परीक्षण गर्दा सो संख्यामा संक्रमित थपिएका ...
रासस विगत १७ दिनदेखि बेपत्ता भएको एक बालक मृत अवस्थामा फेला परेका छन्।, गत मंसिर २४ गते घरबाट गोरु चराउन घरबाट निस्किएका पर्वतको मोदी गाउँपालिका-६ तिलाहारका १२ वर्षीय सन्देश लामिछाने मंगलबार साँझ मृत भेटिएका हुन्।, पर्वतका प्रहरी नायब उपरीक्षक शिवराज बुढाथोकीका अनुसार मंसिर २४ गते  दिउँसो घरबाट गोरु फुकाएर चराउन निस्क...
सेतोपाटी संवाददाता काठमाडौंको चन्द्रागिरि, फुलचोकीलगायत उच्च स्थानमा हिमपात भइरहेको छ।, हाल देशभर सामान्यदेखि पूर्ण बदली रहि अधिकांश स्थानमा हल्का वर्षा भइरहेको छ। उच्च पहाडी तथा हिमाली भू-भागमा हिमपात भइरहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।, पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव रहेकोले अहिले देशभर सामान्य देखि ...
सेतोपाटी संवाददाता लगातार वर्षाले गोरखाको लाप्राकसहित विभिन्न उच्च भेगमा हिमपात भइरहेको छ। , २०७२ को भूकम्पले क्षति पुर्‍याएपछि गोरखाको लाप्राकमा एकीकृत बस्ती बसाइएको थियो। , राष्ट्रिय पुनर्निर्माण प्राधिकरण, तत्कालीन सहरी विकास मन्त्रालय र गैरआवासीय नेपाली संघबीच सम्झौता भएर २०७३ वैशाख १२ बाट लाप्राक बस्ती पुनर्निर्म...
सेतोपाटी संवाददाता सप्तकोशी डेभलपमेन्ट बैंकको १५ करोड ७५ लाख ४० हजार ५ सय ७५ रुपैयाँ घोटाला प्रकरणमा बैंकका लेखा वित्त प्रमुख देवीप्रसाद भण्डारी र अपरेसन प्रमुख अमित थापा मगर पनि पक्राउ परेका छन्।, प्रहरीले उनीहरूलाई बुधबार साँझ बैंकबाटै पक्राउ गरेको मोरङ प्रहरीका प्रवक्ता डिएसपी दीपक श्रेष्ठले जानकारी दिए।, बैंकको रक...
सेतोपाटी संवाददाता काठमाडौं-२६ मित्रनगरस्थित बसपार्कमा महिलामाथि सामूहिक बलात्कार गरेको आरोप लागेका ९ जनालाई प्रहरीले सार्वजनिक गरेको छ।, प्रहरीले मंगलबार राति सात जना र बुधबार दुई जनालाई पक्राउ गरेको थियो। पक्राउ परेका आरोपीहरूलाई प्रहरीले बुधबार साँझ सार्वजनिक गरेको हो।, महानगरीय प्रहरी परिसर काठमाडौंका अनुसार पक्रा...
सिद्धराज भट्ट/रासस ऐन कानुन बनाउन भइरहेको ढिलाइले कैलालीको ‘गेटा मेडिकल कलेज’लाई कुन प्रारूपमा सञ्चालन गर्ने भन्नेमा अन्योल सिर्जना भएको छ।, ऐनको अभावमा कलेजलाई कुन प्रारूपमा सञ्चालन भन्नेमा टुंगो लाग्न नसकेर अन्योल देखिएको कलेज पूर्वाधार निर्माण विकास समितिका कार्यकारी निर्देशक हेमराज पुजाराले बताए।, ‘कसैबाट पनि ऐन क...
सञ्चिता घिमिरे र गोपालप्रसाद बराल ‘परिक्रमा पथ भेला सऽ अपन ठाममें पिच सडक पहिलबेर देख पैली’ (परिक्रमापथ भएकै हुँदा आफ्नो ठाउँमा कालोपत्रे सडक देख्न पाइयो)। ‘हरदम गाडी चल्ते रहैछै, आब जनकपुर, जलेश्वर जायलेल बहुत सहज भेल’ (जतिबेला पनि गाडी चलिरहेका हुन्छन्, जनकपुर, जलेश्वर जान एकदम सहज भएको छ)। , परिक्रमापथसँगैको महोत्त...
सेतोपाटी संवाददाता चिकित्सा शिक्षा आयोगले तोकेको मापदण्ड विपरित काठमाडौं विश्वविद्यालय मातहतका कलेजले शुल्क लिएकोप्रति सात विद्यार्थी संगठनले विरोध जनाएका छन्।, काठमाडौं विश्वविद्यालयका सम्बन्धन प्राप्त मेडिकल कलेजहरू काठमाडौं मेडिकल कलेज सिनामंगल, नोबेल मेडिकल कलेज मोरङ र मणिपाल मेडिकल कलेज कास्कीले एमबिबीएस, बिडिएस ...
सेतोपाटी संवाददाता नेपाल विद्युत प्राधिकरणका प्रमुख कार्यकारी निर्देशक कुलमान घिसिङले काठमाडौं उपत्यकामा आफूहरूले अपेक्षा गरेभन्दा बढी  बिजुलीको माग आएको बताएका छन्।, शुक्रबार विद्युत प्राधिकरणमा पत्रकार सम्मेलन गर्दै घिसिङले माग बढेपछि काठमाडौंको वितरण प्रणालीमा केही ठाउँमा समस्या देखिएको स्वीकारे।, उनका अनुसार काठमा...
सेतोपाटी संवाददाता अख्तियार दुरूपयोग अनुसन्धान आयोगले भ्रष्टाचार गरेको आरोपमा इलामको सामुदायिक वन उपभोक्ता समूहका तत्कालीन अध्यक्षविरूद्ध  मुद्दा दायर गरेको छ। , माई नगरपालिका-९ स्थित जुनतारा सामुदायिक वन उपभोक्ता समूहका तत्कालीन अध्यक्ष राजेन्द्र थेबेविरूद्ध भ्रष्टाचारको मुद्दा दायर गरेको अख्तियार प्रवक्ता नारायणप्रस...
रासस हिमपातका कारण मङ्गलबार साँझदेखि अवरूद्ध भएको दशरथचन्द र जयपृथ्वी राजमार्ग सञ्चालनमा आएको छ।, मङ्गलबार साँझदेखि लगातारको बाक्लो हिमपातका कारण राजमार्ग अवरूद्ध हुँदा यातायात सेवा पूर्णरूपमा ठप्प भएको थियो भने सयौं यात्रु अलपत्रमा परेका थिए।, नेपाली सेनाले बैतडीस्थित दशरथचन्द राजमार्गमा जमेको हिउँ हटाएको छ।, हनुमानध...
सेतोपाटी संवाददाता अख्तियार दुरूपयोग अनुसन्धान आयोगले भ्रष्टाचार गरेको आरोपमा सर्लाहीका वडाध्यक्षसहित तीन जनाविरूद्ध मुद्दा दायर गरेको छ। , शुक्रबार अख्तियारले काठमाडौंस्थित विशेष अदालतमा ईश्वरपुर नगरपालिका-११ का वडाध्यक्ष राम दुलार साहसहित तीन जनाविरूद्ध भ्रष्टाचारको मुद्दा दायर गरेको प्रवक्ता नारायणप्रसाद रिसालले जा...
युवराज श्रेष्ठ २०१६ साल तिरको कुरा हो, लमजुङको बेसीशहर नगरपालिका– ५ बाख्रेजगतका सिंहराज तामाङ कोदालो बोकेर हवाइ मैदान बनाउन निस्किए। , लमजुङबाट निर्वाचित तत्कालिन कांग्रेस सांसद श्रीकान्त अधिकारीले बाख्रेजगत माथिको डाँडा शितलेस्वाँरामा विमानस्थल बनाउने भनेर गाउँलेलाई कुटो र कोदालो बोकेर डाँडा खन्न लगाएका थिए। , विमानस...
सेतोपाटी संवाददाता प्रहरीले ४४ ग्राम ब्राउनसुगरसहित झापाबाट एक जनालाई पक्राउ गरेको छ।, पक्राउ पर्नेमा मोरङ रतुवामाई नगरपालिका-५ का २६ वर्षीय लावनहाङ राई रहेका छन्।, जिल्ला प्रहरी कार्यालय झापा, इलाका प्रहरी कार्यालय काँकडभिट्टा र लागुऔषध नियन्त्रण ब्युरो काँकडभिट्टाको टोलीले आइतबार अपराह्न एक जनालाई पक्राउ गरेको हो।, ...
सेतोपाटी संवाददाता पाल्पामा सोमबार बिहान जिप दुर्घटना हुँदा पाँच जना घाइते भएका छन्।, घाइते हुनेमा पूर्वखोला गाउँपालिका-६ हेक्लाङका ३० वर्षीय टेकबहादुर पल्ली, २८ वर्षीय पूर्णबहादुर फाल, १९ वर्षीय चिरञ्जीवी सारु, २९ वर्षीय प्रेम सिञ्जाली र ४६ वर्षीया पविसरा सारु रहेका छन्।, घाइतेमध्ये पूर्णबहादुर र चिरञ्जीवीको अवस्था ग...
रासस रुकुमपूर्वमा हिउँ हेर्ने आन्तरिक पर्यटकको घुइँचो लाग्न थालेको छ।, गत मङ्गलबारदेखि बुधबारसम्म भएको हिमपातपछि हिउँ हेर्न भन्दै जिल्लाका विभिन्न ठाउँमा पुग्ने आन्तरिक पर्यटकको सङ्ख्यामा वृद्धि भएको हो । अहिले जिल्लामा कतिपयलाई हिउँ हेर्न, हिउँमा फोटो खिचाउन भ्याइनभ्याइ छ भने कतिपयलाई लामो समयपछि भएको वर्षाका कारण खे...
रासस प्रत्येक वर्ष पौष कृष्ण औँसीका दिन गरिने दर्श एवं तीर्थ वा गया श्राद्ध आज विभिन्न तीर्थस्थलमा विधिपूर्वक गरिँदैछ। दक्षिणायनको अन्तिम औँसीमा पितृलाई श्रद्धापूर्वक तर्पण, सिदादान र पिण्डदान गरी श्राद्ध गर्ने वैदिक विधि छ।, पितृलाई कृष्ण पक्ष प्यारो हुने भएकाले पक्षको अन्तिम दिन अर्थात् औँसीमा आज श्राद्ध गर्ने गरिएक...
सविता बुढा दुई लाख रुपैयाँ बोकेर ओजलाल चौधरी (नाम परिवर्तन) चार दिनअघि इलाका प्रहरी कार्यालय सुख्खड आइपुगेका थिए। , उनले पहिले पैसा टेबुलमा राखे। भने- मलाई यो चाहिँदैन दोषीलाई समात्नुपर्‍यो। , सुख्खडका डिएसपी लक्ष्मण शाही उनको व्यवहार देखेर चकित परे। , 'भएको के हो भन्नुस् पहिले,' उनले भने।  , मंसिर १५ गते ‘पक्का बेरी ...
सेतोपाटी संवाददाता भेरी नगरपालिका जाजरकोटका निमित्त प्रमुख प्रशासकीय अधिकृत दलबहादुर घर्तीसहित १४ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ।, जुवा खेलिरहेको अवस्थामा आज बिहान करिब ३ बजेतिर उनीहरूलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय जाजरकोटले जनाएको छ।, प्रहरीका अनुसार उनीहरू जाजरकोट सदरमुकाम नजिकै गैरीखालीस्थित सन्...
सेतोपाटी संवाददाता सगरमाथा आरोहणका लागि पहिलो पटक एउटा अश्वेत अमेरिकीको समूह नै नेपाल आउन लागेको छ।, द वासिङ्टन पोष्टका अनुसार ,आउने मेमा ९ जनाको उक्त समूह सगरमाथा चढ्न आउन लागेको हो। उनीहरूले आफ्नो टिमको नाम फुल सर्कल एभरेष्ट एक्स्पिडिसन राखेका छन्।, सन् १९५३ मा एडमन्ड हिलारी र तेन्जिङ नोर्गे शेर्पाले संसारको सबैभन्द...
सेतोपाटी संवाददाता बिल बिजक भन्दाबढी मालवस्तु र औषधी लोड गरिएको मालबाहक ट्रक प्रहरीले नियन्त्रणमा लिएको छ।, शनिबार दिउँसो पर्सा प्रहरीले वीरगञ्ज महानगरपालिका-८ घन्टाघरबाट ना६ख ६६६७ नम्बरको ट्रक नियन्त्रणमा लिएको हो।, पर्सा प्रहरी प्रमुख प्रहरी उपरीक्षक रमेशकुमार बस्नेतका अनुसार उक्त ट्रक पोखरा हिँडेको थियो। ट्रकसहित च...
सेतोपाटी संवाददाता पोखरा लैजान्छु भन्दै दिदी-बहिनीलाई बेहोस बनाई भारतको कोठीमा पुर्‍याइ मानव बेचबिखन गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। , मानव बेचबिखन अनुसन्धान अनुसन्धान ब्युरोले नुवाकोटको दुप्चेश्वर गाउँपालिका-५ की २६ वर्षीया अनिशा भन्ने फूलमाया तामाङलाई पक्राउ गरेको प्रवक्ता तथा प्रहरी उपरीक्षक राजेन्द...
सेतोपाटी संवाददाता रूकुम पूर्वमा जंगलमा गाई चराउन गएका दुई बालकले अर्का एक बालकलाई झगडाका क्रममा भिरबाट धकेलेपछि एक जनाको मृत्यु भएको छ। , जिल्लाको भूमे गाउँपालिका वडा नं. १ का ९ वर्षीय सरेश घर्ती र ८ वर्षीय अमृत घर्तीले भिरबाट धकेल्दा स्थानीय ८ वर्षीय जोजो घर्तीको मृत्यु भएको छ। , जिल्ला प्रहरी कार्यालका हवल्दार घनश्...
सेतोपाटी संवाददाता सुदूरपश्चिम प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री दीर्घबहादुर सोडारीका छोरा बबी सोडारी पक्राउ परेका छन्।, आइतबार जिल्ला प्रहरी कार्यालय कैलालीले सवारी ज्यान मुद्दामा बबीलाई पक्राउ गरेको प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक वेदप्रकाश जोशीले जानकारी दिए। उनी सवारी ज्यान मुद्दामा फरार थिए। , गत पुस २ गते...
रासस एक दशक अगाडि नवलपरासी (बर्दघाट–सुस्तापूर्व) मा हावाबाट निकालिएको बिजुली अहिले बन्द भएको छ।, हावाबाट पङ्खालाई घुमाएर टर्वाइनको माध्यमले ब्याट्री चार्ज भई बिजुली निकालिँदै आएकामा टर्वाइनमा समस्या देखिएपछि सिंगो गाउँ नै अँध्यारो भएको छ। , जिल्लाको हुप्सेकोट गाउँपालिका–५ रुद्रपुरको धौवादी डाँडामा हावाबाट बिजुली निकाल...
सेतोपाटी संवाददाता सिराहाका प्रहरी उपरीक्षक हीराबहादुर पाण्डेलाई प्रहरी प्रधान कार्यालयले हेडक्वार्टरमा तानेको छ।, जिल्लामा सिके राउत नेतृत्वको जनमत पार्टीले प्रदर्शन र हड्ताल गरिरहेका बेला प्रहरी प्रमुख पाण्डेलाई केन्द्रमा तानिएको छ।, प्रहरी प्रधान कार्यालय स्रोतका अनुसार पाण्डेलाई केन्द्रमा तानेर उक्त ठाउँमा एसपी अर...
रासस तनहुँमा हालसम्म एक लाख ३५ हजार ८२७ जनाले कोरोनाविरुद्धको खोप लगाइएको छन्।, एक लाख ९५ हजार २९६ जनाले पहिलो मात्रको खोप लगाइसकेको स्वास्थ्य कार्यालयले जनाएको छ। , दश पालिकामध्ये सातवटा पालिकामा कोरोनामुक्त भएका कार्यालयका सूचना अधिकारी शङ्करबाबु अधिकारीले जानकारी दिए। कोरोनामुक्त हुने एक नगरपालिका र ६ गाउँपालिका रह...
रासस काठमाडौंमा बसको ठक्करबाट स्कुटर चालकको मृत्यु भएको छ। , मृत्यु हुनेमा दोलखाकी २५ वर्षीया कृतिका कार्की रहेको प्रहरीले जनाएको छ।, काठमाडौं महानगरपालिका–९ तिलगंगा पिङ्लास्थानमा बा५ख १५३८ नं को बसले बागमती प्रदेश–०२–०२१ प १९३५ नं को स्कुटरलाई सोमबार साँझ ठक्कँर दिँदा गम्भीर घाइते भएकी कृतिकाको उपचारको क्रममा आज बिहा...
भगवती पाण्डे गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल भैरहवाबाट विभिन्न कम्पनीका जहाजले दैनिक २४/२५ वटा उडान भर्छन्।, पहिले काठमाडौंको लागि मात्रै उडान गर्ने विमान कम्पनीहरूले पछिल्ला वर्षमा पोखरा, चितवन र विराटनगरका लागि उडान गर्न थालेका छन्।, जति जहाजले भैरहवाबाट काठमाडौं, पोखरा, चितवन र विराटनगरका लागि उडान भर्छन्, त्यत...
दयाराम आचार्य/रासस नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको हुप्सेकोट गाउँपालिका-५ का पहिरा पीडित चिसो मौसममा पालमुनि बसेर रात काट्न बाध्य छन्।, गत साउनमा बाखखोर गाउँ पहिराको जोखिममा परेपछि उनीहरूलाई प्रहरीले उद्धार गरी हुप्सेकोटको बेलुवास्थित विद्यालयमा राखेको थियो।, करिब तीन महिना विद्यालयमा बिताएका १८ परिवारको अहिले...
सेतोपाटी संवाददाता दाङको लमहीमा स्कार्पियो दुर्घटना हुँदा ६ जना घाइते भएका छन्। घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर छ। , दुर्घटनामा परी चालक लमही नगरपालिका ५ कोलहीका २५ वर्षीय विनोद चौधरी र लमही २ बरुवा गाउँका २८ वर्षीय प्रदीप चौधरी गम्भीर घाइते छन्। उनीहरूको उपचार बुटवलमा भइरहेको प्रहरीले जनाएको छ। , त्यस्तै, लमही ५ र...
रासस तनहुँको ऋषिङ गाउँपालिकाले यही पुस २७ गते सार्वजनिक बिदा दिने निर्णय गरेको छ।, बुधबार बसेको गाउँ कार्यपालिकाको बैठकले उक्त दिन सार्वजनिक बिदा दिने निर्णय गरेको हो। , दोस्रो ऋषिङ अल्ट्रा म्याराथनको अवसरमा सार्वजनिक बिदा दिने निर्णय भएको प्रवक्ता विजय दरैले जानकारी दिए। , गाउँपालिकाले खुला, महिला र स्थानीयका लागि म्...
सेतोपाटी संवाददाता ललितपुरको कोञ्ज्योसोम-३ शंखु छापकमा करेन्ट लागेर बस चालकको मृत्यु भएको छ।, ललितपुर प्रहरीका प्रवक्ता प्रहरी उपरीक्षक प्रज्वल महर्जनका अनुसार गोटिखेलबाट चापागाँउतर्फ जाँदै गरेको बा ३ ख ४१०८ नम्बरको बसको टायर पञ्चर भई रोकीराखेको अवस्थामा पिसाब फेर्ने क्रममा करेन्ट लागेर बस चालक कोञ्ज्योसोम दलचोकी बस्न...
मनोज सत्याल कलंकीबाट मेट्रो चढेर दस मिनेटमै कौशलटार! बुढानिलकण्ठबाट ट्राफिक जाम र सडकको घन्चमन्च छलेर एकैछिनमा बनेपा!, मध्यसहरको बीचमा जमिनमुनि बनेको विशाल मेट्रो स्टेसन, जहाँबाट काठमाडौं उपत्यकाका चारैतिर जाने वातनाकूलित मेट्रो रेलहरू मिनेट-मिनेटमा छुट्दै छन्!, यो काठमाडौं उपत्यकावासीले लामो समयदेखि देख्दै आएको सपना ...
डा. अनिल भट्टराई मुटु रोगीले जाडोमा बिहानै चिसोमा हिँड्न हुँदैन। शारीरिक गतिविधि गर्दा घाम लागेपछि मात्र गर्नुपर्छ। जाडोको समयमा रक्तचाप बढ्ने, पहिल्यै हृदयघात भएका र मुटुको समस्या भएकाले चिसोमा विशेष ध्यान दिनुपर्छ।, चिसोको समयमा घाम कम लाग्ने र दिन पनि छोटो भएकोले भिटामिन डीको त्यसै पनि कमी हुन्छ। भिटामिन डीको मुटुस...
सेतोपाटी संवाददाता काठमाडौंको तिलगंगामा स्कुटर चालकलाई ठक्कर दिएर भागेको बस चालक दुई दिन बित्न लाग्दा पनि पक्राउ परेका छैनन्। , सोमबार साँझ साढे ६ बजे काठमाडौं महानगरपालिका-९ तिलगंगा, पिंगलास्थानमा मयुर यातायातको बसले स्कुटरलाई ठक्कर दिँदा कृतिका कार्कीको मृत्यु भएको थियो। , दुर्घटनापछि फरार रहेका चालकको खोजी गरिरहेको...
भगवती पाण्डे पर्यटकहरूको स्वागतका लागि सात करोड बढी रकम खर्चिएर प्रवेशद्वार निर्माण गरेको रूपन्देहीको सिद्धार्थनगर नगरपालिकाले नगरको फोहोर व्यवस्थापनमा भने बेवास्ता गर्दै आएको छ।, बेलहिया नाकामार्फत् पैदलमार्ग हुँदै नेपाल आउने पर्यटकहरूको लागि नगरपालिकाले डण्डा पुलनजिकै सात करोड बढी रकम खर्चिएर निर्माण गरेको प्रवेशद्व...
सेतोपाटी संवाददाता नेपालमा धेरै समयपछि एकैदिन १ हजारभन्दा बढी कोरोना संक्रमित थपिएका छन्। , स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आइतबार  पिसिआर परीक्षणबाट ८४१ र एन्टिजेन परीक्षणबाट ३२६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।, आइतबार देशभर ६ हजार ७ सय  ५५ जना कोरोनाका संक्रिय संक्रमित छन्। , पछिल्लो २४ घन्टामा कोरोना...
सेतोपाटी संवाददाता नेपालमा थप ९४४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शनिबार ९४४ जना संक्रमित थपिएका हुन्।, पछिल्लो २४ घण्टामा १३ हजार २६४ जनाको कोरोना परीक्षण गर्दा सो संख्यामा संक्रमित थपिएका हुन्।, ९ हजार ७६२ जनाको पिसिआर परीक्षण र ३ हजार ५०२ जनाको एन्टिजेन परीक्षण...
नारायण खड्का बाँकेमा शनिबार फेरि बाघले एक महिलाको ज्यान लिएको छ। , जिल्लाको राप्ती सोनारी गाउँपालिका वडा नं. ६ अब्रहवाकी ३२ वर्षीया चाँदनी थारुको पाटे बाघको आक्रमणबाट ज्यान गएको प्रहरीले जनाएको छ।, जिल्ला प्रहरी प्रमुख एसपी श्यामकृष्ण अधिकारीले माघीको लागि पात टिप्न भनेर बाँके राष्ट्रिय नजिकैको सामुदायिक वनमा पात टिप्...
सेतोपाटी संवाददाता स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले अग्रपङ्क्ति काम गर्ने र ६० वर्षभन्दा माथिका ज्येष्ठ नागरिकलाई कोभिड-१९ विरुद्धको थप एक अतिरिक्त मात्रा खोप दिइने भएको छ।, मन्त्रालयका सचिव डा. रोशन पोखरेलले माघको पहिलो हप्ताबाट अग्रपङ्क्तिमा काम गर्ने चिकित्सक, स्वास्थ्यकर्मी, सुरक्षाकर्मीलाई र माघको दोस्रो हप्ता...
सेतोपाटी संवाददाता काठमाडौं उपत्यकामा ४८१ संक्रमित थपिएका छन्।, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा ३६२, भक्तपुरमा २५ र ललितपुरमा ९४ गरी ४८१ जना थपिएका हुन्।, यस्तै, काठमाडौं उपत्यकामा २९७८ सक्रिय संक्रमित छन्। जसमध्ये काठमाडौंमा १६७६, ललितपुरमा ७२३ र भक्तपुरमा ५७६ सक्रिय संक्रमित छन्।, नेपालमा थप ९४४...
सेतोपाटी संवाददाता कोभिड-१९ युनिफाइड केन्द्रीय अस्पतालका प्रमुख प्रशासकीय अधिकृत (सिइओ) डाक्टर भुपेन्द्रबहादुर बस्नेतले पछिल्लो एक सातामा कोरोना संक्रमण बढेको बताएका छन्। , स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा डाक्टर बस्नेतले केन्द्रीय अस्पतालले समन्वय गर्दै आएका देशभरका अस्पतालमा कोरोनाको विरामी ...
सेतोपाटी संवाददाता सरकारले भोलिदेखि माघ १५ गतेसम्म विद्यालय बन्द गर्ने निर्णय गरेको छ।, कोरोना भाइरसका संक्रमित बढेकोले देशभरका आधारभूत र माध्यमिक तहका विद्यालय बन्द गरिएको हो।, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले आज सूचना निकालेर पुस २७ देखि माघ १५ गतेसम्म विद्यालय बिदा गर्ने निर्णय गरेको हो।, बिदाको उक्त समयमा १...
लक्ष्मीप्रसाद सापकोटा/रासस पर्वतको कुश्मा नगरपालिका-१० पिपलटारीको सिमखेत र फलेवास नगरपालिका-३ शंकरपोखरी जोड्ने मल्याङ्दी खोलामाथि झोलुंगे पुल निर्माण गर्न स्थानीयबासीले माग गरेको झण्डै आधा शताब्दी बितेको छ।, तर पनि अझै उनीहरूको माग पूरा हुनसकेको छैन। वर्षौंदेखि पुलको माग गर्दा पनि अझै सुनुवाइ नभएको स्थानीयबासीको गुनास...
सेतोपाटी संवाददाता विज्ञानको फड्को , संसारमै पहिलो पटक बंगुरको मुटु निकालेर मान्छेमा प्रत्यारोपण गरिएको छ।, अमेरिकाको युनिभर्सिटी अफ मेरिल्यान्ड मेडिकल सेन्टरका चिकित्सकहरूले आठ घन्टा लगाएर गत शुक्रबार एक पुरूषमा बंगुरको मुटु प्रत्यारोपण गरेका हुन्। ५७ वर्षीय डेभिड बेनेट तीन दिनदेखि प्रत्यारोपण भएको त्यही बंगुरको मुटु...
रासस उदयपुरको कटारी नगरपालिकास्थित कमला नदीको पवित्र त्रिवेणी धाममा आज बिहान माघे संक्रान्तिको अवसरमा पाँच हजारभन्दा बढी भक्तजनले मकर नुहाएर पूजा–आराधना गरेका छन्।, कोभिड पुनः तीव्र रूपमा फैलन थालेको भन्दै कटारी नगरपालिका र स्थानीय प्रशासनले त्रिवेणी मेला आयोजनामा रोक लगाए पनि मकर नुहाउन तथा पूजा गर्नका लागि आज बिहान ...
सेतोपाटी संवाददाता सरकारसँग नागरिकता पाउनुपर्ने माग गर्दै काठमाडौंको माइतीघर मण्डलमा सोमबार पनि धर्ना दिइएको छ।, नागरिक संघर्ष समितिको अगुवाइमा संवैधानिक व्यवस्था अनुसार तत्काल नागरिकताको व्यवस्था गर्न सरकारसँग माग गर्दै धर्ना दिइएको हो। , धर्नाका बसेकाहरूले नागरिकताबाट आफूहरूलाई बञ्चित गरिएको विरोधमा धर्नामा बस्नुपरे...
सेतोपाटी संवाददाता काठमाडौं उपत्यकामा भोलिदेखि १२ वर्षदेखि १७ वर्ष उमेर समूहका बालबालिकालाई खोप दिइने भएको छ।, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार उपत्यकाका सबै स्थानीय तहमा १२ वर्ष लागेका र १८ वर्ष मुनिका बालबालिकाहरूलाई कोरोना भाइरसविरूद्ध खोप दिन लागेको हो। , १८ वर्ष मुनिका भन्नाले १७ वर्ष ११ महिना २९ दिन मुन...
विनोद सापकोटा झापाको कनकाई नदी किनारमा लाग्दै आएको माघे संक्रान्ती (माई मेला) यो वर्ष नलाग्ने भएको छ। , कन्काई र शिवसताक्षी नगरपालिकाको सोमबार बसेको संयुक्त बैठकले पछिल्लो समय कोरोना संक्रमण थपिएको भन्दै माई मेला स्थगित गर्ने निर्णय गरेको हो।, दुबै पालिकाको संयुक्त बैठकले कनकाई नदीको पश्चिम तटीय माइधार र पूर्व तटीय को...
सेतोपाटी संवाददाता पत्रकारिता तथा आमसञ्चार केन्द्रीय विभाग स्नातकोत्तर तहमा अध्ययनरत विद्यार्थीहरूले जेष्ठ नागरिकलाई आर्थिक सहयोग गरेका छन्।, त्रिभुवन विश्वविद्यालयअन्तर्गतको रत्नराज्यलक्ष्मी क्याम्पसमा स्नातकोत्तर तह तेस्रो सेमेस्टरमा अध्ययनरत विद्यार्थीहरूले साहारा जेष्ठ नागरिक समाजलाई आर्थिक सहयोग गरेका हुन्। विद्य...
सेतोपाटी संवाददाता शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले विद्यालयहरूका लागि ७ बुँदे सूचना जारी गरेको छ।, पुस २७ देखि माघ १५ गतेसम्म देशभरका विद्यालय बन्द गर्ने निर्णय गरेको मन्त्रालयले यसबीचमा विद्यार्थीलाई अनिवार्य रूपमा खोप लगाउनुपर्ने व्यवस्था मिलाउन आग्रह गरेको छ।, बिदा अवधिमा विद्यालयका प्रधानाध्यापकले स्थानीय ...
सेतोपाटी संवाददाता विवेकशील साझा पार्टीका अध्यक्ष रवीन्द्र मिश्रलाई कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ।, आइतबार ट्वीट गर्दै उनले आफूलाई कोरोनाभाइरस संक्रमण पुष्टि भएको जानकारी दिएका हुन्।, 'म पनि कोरोना पोजेटिभ देखिएको छु। गत केही दिनमा मेरो नजिकको सम्पर्कमा आउनुभएका साथी/शुभेच्छुकलाई सावधानी अपनाउन र आवश्यक देखिए परीक...
सेतोपाटी संवाददाता भक्तपुरमा तीन तले घरबाट खस्दा एक किशोरको मृत्यु भएको छ। , आइतबार मध्यपुर थिमी नगरपालिका-१ लोकन्थली आँखा अस्पतालस्थित बस्ने १६ वर्षीय सौरभ महतो पञ्जियाको मृत्यु भएको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक राजु पाण्डेले जानकारी दिए। , धनुषा जनकपुर उपमहानगरपालिका-६ घर भई लोकन्थलीमा बस्दै ...
निशा भण्डारी कोभिड–१९ विरुद्धको बुस्टर खोप लगाउन सुरु गरिएको छ । , सोमबारदेखि काठमाडौंका विभिन्न खोप केन्द्र मार्फत् कोभिड–१९ विरुद्धको बुस्टर खोप लगाउन सुरु गरिएको हो। कोभिड–१९ विरुद्धको खोपको दुवै मात्रा लगाइसकेका अग्रपंक्तिमा काम गर्नेहरुलाई बुस्टर खोप दिन थालिएको हो। , काठमाडौंका विभिन्न स्थानमा भएका खोप केन्द्रमा...
रोहित महतो प्रदेश २ मा कोरोनाभाइरसो संक्रमण दर दिनानुदिन बढ्दो छ। पछिल्लो ५ दिनयता मात्र साढे तीन सय बढी व्यक्तिमा संक्रमण पुष्टि भएको छ। प्रदेशमा हाल साढे चार सय सक्रिय संक्रमित रहेको स्वास्थ्य निर्देशनालयको तथ्यांक छ। ,  निर्देशनालयका प्रवक्ता विजय झाका अनुसार स्वाब परीक्षण गरिएका झन्डै ४० प्रतिशत व्यक्तिमा संक्रमण ...
सेतोपाटी संवाददाता भक्तपुरको हनुमानघाटस्थित त्रिवेणीघाटमा सुरू हुने भनिएको माधवनारायण ब्रत तथा मेला अन्योलमा छ। नेपाल संवतको आठौं शताब्दीदेखि सुरू भएको उक्त मेलाबारे यस वर्ष कोरोनाका कारण अन्योल भएको हो। , हरेक वर्ष पौषशुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म लाग्ने मेला सोमबारदेखि सुरू हुने भए पनि कोरोना भाइरसका कार...
सेतोपाटी संवाददाता नेपाली कांग्रेस प्रदेश १ समितिका सदस्य शिव कोइराला १० वर्षीया बालिका बलात्कार अभियोगमा पक्राउ परेका छन्।, मोरङ बुढीगंगास्थित टंकिसिनवारीका नेता कोइराला कांग्रेसको पहिलो प्रदेश अधिवेशनबाट १ नम्बर प्रदेश समिति सदस्यमा निर्वाचित भएका थिए। स्थानीय १० वर्षीय बालिकालाई जबर्जस्ती करणी गरेको उजुरी परेपछि प्...
रासस वन्यजन्तुका लागि घाँसे मैदान व्यवस्थापनको काम सुरु गरिएको छ। चितवन राष्ट्रिय निकुञ्जअन्तर्गतको नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको गुन्द्रही ढकाहा मध्यवर्ती सामुदायिक वनमा घाँसे मैदान व्यवस्थापन गर्न थालिएको हो।, उक्त सामुदायिक वनले आधुनिक मेसिनको प्रयोग गरी घाँसे मैदान व्यवस्थापन गर्न थालेको छ। घाँसे मैदान क...
सेतोपाटी संवाददाता डाक्टर सुमनराज ताम्राकारको 'पनौतीः अ माइथोलोजिकल स्केच' पुस्तक विमोचन गरिएको छ।, काभ्रेको पनौतीमा प्रत्येक १२ वर्षमा लाग्ने मकर मेलाको अवसर पारेर उक्त पुस्तक विमोचन गरिएको हो।, बागमती प्रदेशका कृषि तथा पशुपंक्षी विकास मन्त्री बसुन्धरा हुमागाईं, ईन्द्रेश्वर उच्च माविका अग्रज शिक्षक कृष्ण दर्शन जोशी, ...
सेतोपाटी संवाददाता तुलसीपुरमा माघीको दिन राति चोरी गरेको आरोपमा दुई जना पक्राउ परेका छन् भने थप एक जना फरार छन्। , पक्राउ पर्नेमा तुलसीपुर उपमहानगरपालिका वडा नं. ५ घर भई हाल तुलसीपुर ६ रजौरामा कोठा भाडामा बस्दै आएका २० वर्षीय दिलिप परियार र घोराही उपमहानगरपालिका वडा नं. १० नारायणपुर घर भई हाल तुलसीपुर ६ रजौरामा डेरा ग...
सेतोपाटी संवाददाता बाँकेमा एक जना वडाध्यक्ष र बाँकी तीन जना ब्राउन सुगरसहित पक्राउ परेका छन्।, जिल्लाको बैजनाथ गाउँपालिका वडा नं. ३ का वडाध्यक्ष ६४ वर्षीय रामचरण थारु तीन सय दश मिलिग्राम ब्राउन सुगरसहित पक्राउ परेका छन्। उनी नेकपा एमालेबाट निर्वाचित वडाध्यक्ष हुन्। , कोहलपुर नगरपालिका वडा नं.  ११ बाट वडाध्यक्ष थारुसँग...
सेतोपाटी संवाददाता धनुषाको बटेश्वर गाउँपालिकामा लुटपाट गर्ने समूहले प्रहरीमाथि आक्रमण गरेको छ।, लुटेरा समूहले मंगलबार राति करिब ११ बजे बटेश्वर गाउँपालिकास्थित प्रहरी चौकीका प्रहरी सहायक निरीक्षक मनोज पोखरेलमाथि आक्रमण गरेको हो।, महोत्तरी भंगाहा नगरपालिका-७ का अमितकुमार पासवानलाई लुटपाट गर्ने समूहले असई पोखरेलमाथि आक्र...
एजेन्सी भारतमा कोरोना भाइरसको संक्रमण तिब्र रूपमा बढिरहेको छ। , पछिल्लो २४ घन्टामा अघिल्लो दिनको तुलनामा १८ प्रतिशत बढी संक्रमित फेला परेको भारतीय स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ।, मन्त्रालयका अनुसार भारतमा बुधबार २ लाख ८२ हजार ९ सय ८० मा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो। यसअघि मंगलबार यो संख्या २ लाख ३८ हज...
सेतोपाटी संवाददाता झापामा अग्रपङ्तीमा कार्यरत करिब २५ हजारलाई यसै साताभित्र बुस्टर डोज लगाउने तयारी छ । , स्वास्थ्य कार्यालयले गत असार मसान्तसम्ममा कोरोनाविरुद्धको दुवै खोप लगाइसकेकालाई मात्र पहिलो चरणमा बुस्टर खोप लगाउने तयारी गरेको छ।, स्वास्थ्य कार्यालय झापाको तथ्यांक अधिकृत चुडामिण लुइँटेलका अनुसार दुवै डोज कोभिशि...
रासस काठमाडौं महानगरपालिकाले पछिल्लो समय कोभिड-१९ संक्रमितको संख्या बढिरहेको भन्दै त्यसका लागि तयारी अवस्थामा रहेको जनाएको छ।  , कोरोना महामारीको पहिलो र दोस्रो चरणमा प्रयोग भएका निःशुल्क सञ्चालन गरिएका आइसोलेसन र क्वारेन्टिन  स्थलहरू यस पटक पनि आवश्यक परेको खण्डमा तयारी अवस्थामा रहेको कामपाका प्रमुख विद्यासुन्दर शाक्...
सेतोपाटी संवाददाता दुबईबाट आएका व्यक्तिलाई अपहरण गरेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ। , महानगरीय प्रहरी परिसर काठमाडौंले अपहरण गरेको आरोपमा तीन जनालाई पक्राउ गरेको प्रहरी उपरीक्षक दिनेशराज मैनालीले जानकारी दिए। , काठमाडौंको तार्केश्वर नगरपालिका-८ जरङ्खु बस्ने ३२ वर्षीय सञ्जोग राई, ३० वर्षीय रमेश अर्याल र म...
रासस नयाँ भेरियन्टसहितको कोरोना सङ्क्रमण तीव्र हुन थालेपछि पशुपतिनाथ मन्दिर आजदेखि दर्शनार्थीका लागि बन्द गरिएको छ।, पशुपति क्षेत्रका पशुपतिनाथ, गुह्येश्वरी, चन्द्रविनायकलगायत मन्दिरमा बढी भीडभाड हुन थालेपछि नित्य र नैमित्तिक पूजामात्र गर्ने गरी भक्तजनका लागि बन्द गरिएको पशुपति क्षेत्र विकास कोषका कार्यकारी निर्देशक घ...
मनोज सत्याल काठमाडौंको साँखुमा माघ महिनाभरि स्वस्थानीको मेला लाग्छ। यदि कलंकीबाट केही मिनेटमै साँखु पुग्ने सार्वजनिक यातायात हुँदो हो त त्यहाँ बर्सेनि मेला भर्न जानेको कत्रो भिड लाग्दो हो?, हुन त कोरोना कालमा भिड बढाउनु राम्रो होइन। तर हामी अहिलेको कुरा गर्दै छैनौं।, के अबको दस वर्षपछि पनि हामी अहिलेजस्तै बसमा उभिएर, ...
सेतोपाटी संवाददाता मास्क नलगाई सार्वजनिक स्थानमा हिँड्डुल गर्नेहरूलाई काठमाडौं जिल्ला प्रशासनले कारबाही गरेको छ। , बुधबार जिल्ला प्रशासन काठमाडौंको सुन्धारा र कलंकी क्षेत्रमा सार्वजनिक स्थानमा हिँड्डुल गर्ने र पसलमा किनमेलका लागि मास्क नलगाइ आएका आम नागरिकहरूलाई जनही एक सय रुपैयाँका दरले कारबाही गरेको हो। , त्यस्तै, प...
रासस पश्चिमी वायुको प्रभावले देशको अधिकांश स्थानमा आंशिकदेखि सामान्य बदली रही केही हल्का वर्षा र हिमपात भइरेहको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। , उक्त प्रणालीको प्रभावले पहाडी भेगका थोरै स्थानमा हल्का वर्षा र उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानमा हल्का हिमपातको सम्भावना रहेको विभागका वरिष्ठ मौसमविद् वरुण प...
भगवती पाण्डे नगरभित्रका सबै सामुदायिक विद्यालयको समान शैक्षिकस्तर स्थापित गर्न बुटवल उप-महानगरपालिकामा ‘सिंगो बुटवलः एक विद्यालय’ अवधारणा कार्यान्वयनमा गएको छ।, २०७४ सालमा नगर शिक्षा ऐन लागू गरेको उप-महानगरपालिकाको यो अवधारणा कार्यान्वयन सफल भएमा बुटवल शैक्षिक क्षेत्रमा नमूना बन्ने उपमहानगरपालिकाको दाबी छ।, नगर प्रमुख...
सेतोपाटी संवाददाता हतियारधारी व्यक्तिले मोरङमा एक जना ट्रक चालकको कान काटिदिएका छन्।, सुन्दरहरैंचा-१२ विराटचोकमा बुधबार राति ट्रक चालक ५२ वर्षीय बोधविक्रम मुखियाको देब्रे कान काटिएको हो। , दुई जनाको समूहले खाना खाएर आगो तापिरहेका बेला उनको कान काटिदिएको मोरङका प्रहरी उपरीक्षक जनार्दन जिसीले बताए। , उर्लाबारी नगरपालिका...
रासस बागमती नगरपालिकास्थित बागमती नदी, हरिवन नगरपालिकास्थित चापिनी र लखनदेही नदी, लालबन्दी नगरपालिकास्थित कालिञ्जोर र फुलजोर तथा ईश्वरपुर नगरपालिकास्थित बाँके खोलामा दोहन भइरहँदा सरोकारवाला निकाय मौन देखिएका छन्।, जनप्रतिनिधि र कर्माचारीको मिलेमतोमा अवैध नदी भैरहेको स्थानीयबासीले आरोप लगाएका छन्।, स्थानीय निकायले वाता...
सेतोपाटी संवाददाता पूर्वी ताप्लेजुङको मेरिङदिन गाउँपालिका–३ मा बिहीबार दिउँसो भएको दुर्घटनामा एक जनाको मृत्यु भएको छ।, ताप्लेजुङको साँवाबाट दोभानतर्फ आउँदै गरेको मे १ त ७४६१ नम्बरको ट्याक्टर दिउँसो सवा १ बजे दोभान साँवा सडक खण्डको खाम्लुङमा आफैं अनियन्त्रित भएर सो दुर्घटना भएको हो।, प्रहरीका अनुसार मेरिङदिन गाउँपालिका...
सेतोपाटी संवाददाता त्रिभुवन विश्वविद्यालय अन्तर्गत सञ्चालनमा रहेका परीक्षा स्थगित भएका छन्। , बिहीबार बसेको बैठकले हाल सञ्चालनमा रहेको वार्षिक तथा सेमेष्टर प्रणालीका सबै परीक्षा स्थगित गर्ने निर्णय गरेको विश्वविद्यालयले जनाएको छ।, आइतबारदेखि अर्को सूचना प्रकाशित नभएसम्मका लागि परीक्षा स्थगित गरेको हो। , ‘ओमिक्रोन भेरि...
एजेन्सी बेलायतमा बुधबार एक लाख आठ हजार मानिसमा कोरोना संक्रमण भयो। त्यही दिन तीन सय ५९ जना संक्रमितले ज्यान गुमाए।, संक्रमणको अवस्था यस्तो भएका बेला बेलायती प्रधानमन्त्री बोरिस जोन्सनले भने हाउस अफ कमन्समा एउटा घोषणा गरे। उनले आउने सातादेखि कोरोना भाइरस संक्रमण रोक्न लगाइएका अधिकांश प्रतिबन्ध फुकुवा गर्ने बताए। त्यहाँ...
रासस बाँकेको कोहलपुर र सुर्खेतको भेरीगंगा क्षेत्रका स्थानीयबासीले मुआब्जाको विषयलाई लिएर कोहलपुर-सुर्खेत १३२ केभी प्रसारण लाइन निर्माण कार्यमा अवरोध पुर्‍याएका छन्।, स्थानीयबासीले उचित मुआब्जाको ग्यारेन्टी नभएसम्म जग्गा प्रयोग गर्न नदिने चेतावनी दिएपछि आयोजनाको निर्माण कार्य प्रभावित हुन पुगेको हो।, आयोजनाले सुर्खेतको...
सेतोपाटी संवाददाता नेपाल दूरसञ्चार प्राधिकरणले बढ्दो आपराधिक क्रियाकलाप रोक्न कडा कारबाहीको व्यवस्थासहितको साइबर सुरक्षा ऐन-नियम बनाएर त्यसको प्रभावकारी कार्यान्वय गर्नुपर्ने माग गरेको छ।, प्राधिकरणले सूचना तथा सञ्चार प्रविधिको तीव्र विकाससँगै दिनहुँ साइबर सुरक्षामा जोखिम बढिरहेको, सामाजिक सञ्जालमार्फत् हुने गैरकानुनी...
सेतोपाटी संवाददाता गुल्मीमा बोलेरो जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। दुर्घटनामा सात जना घाइते भएका छन्।, दुर्घटनाका घाइतेमध्ये मुसिकोट नगरपालिका वडा नम्ब-–९ उर्लेनीका ५५ वर्षीय काले कामीको उपचारको क्रममा शुक्रबार राति साढे ११ बजे पाल्पामा मृत्यु भएको जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक गोपालचन्द्र भट्टराईले ...
सेतोपाटी संवाददाता महानगरीय प्रहरी परिसर काठमाडौंमा कार्यरत् ५३ जना प्रहरीलाई कोरोना संक्रमण भएको छ।, विभिन्न चरणमा गरिएको परीक्षणमा हालसम्म ५३ जनालाई संक्रमण पुष्टि भएको परिसर प्रवक्ता प्रहरी उपरीक्षक दिनेशराज मैनालीले बताए।, संक्रमितमध्ये १२ जना नेपाल प्रहरी अस्पतालमा उपचाररत् छन्। होम आइसोलेसनमा ३४ जना, कार्यालयको ...
रासस कोरोना सङ्क्रमण बढेसँगै भरतपुर अस्पतालमा बिरामीका कुरूवालाई पास अनिवार्य गरिएको छ। एक बिरामीसँग एक जना मात्रै हुने गरी पास अनिवार्य गरिएको हो । , अस्पतालले यसअघि पनि पासको व्यवस्था गरेको भए पनि कार्यान्वयनमा आउन सकेको थिएन। एक बिरामीका लागि धेरै कुरुवा र भेट्ने मानिसको भिड लाग्ने भएपछि सङ्क्रमण फैलिनसक्ने भन्दै प...
रासस कोरोना संक्रमणको दोस्रो लहरका बेला अग्रपंक्तिमा प्रत्यक्ष रूपमा खटिएका कञ्चनपुरका स्वास्थ्यकर्मीले लामो समय बितिसक्दा पनि जोखिम भत्ता पाएका छैनन्।, तेस्रो चरणको ओमिक्रोन भेरियन्टको संक्रमण बढिरहेका बेला स्वास्थ्यकर्मीहरूले सरकारले उपलब्ध गराउने जोखिम भत्ता पाउने विषयमा अझै अन्यौल रहेको बताएका हुन्।, महेन्द्रनगरस्...
सेतोपाटी संवाददाता तोकिएको भन्दा बढी वजन बोकेर हिँडेका ९७ वटा टिपर कारबाहीमा परेका छन्।, मकवानपुर प्रहरीले शुक्रबार राजमार्गमा आकस्मिक चेकजाँच गरी ती टिपरलाई कारबाही गरेको हो।, हेटौंडा उपमहानगरपालिका-११, हेटौंडा उपमहानगरपालिका-१ तिर्तिरेधारा र मनहरी गाउँपालिका-६ मा प्रहरीले चेकजाँच गरेको थियो।, जिल्ला प्रहरी कार्यालय,...
सेतोपाटी संवाददाता काठमाडौंको चाबहिल चोक र मित्रपार्कमा आकाशे पुलको शिलान्यास गरिएको छ। , आइतबार काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले काठमाडौंको चाबहिल चोक र मित्रपार्कमा आकाशे पुलको शिलान्यास गरेका हुन्।, पुल शिलान्यास गर्दै मेयर शाक्यले आकाशे पुल निर्माणपछि ट्राफिक जामको समस्या कम हुने बताए। उनले स्थानी...
सेतोपाटी संवाददाता धनगढीमा मोबाइल चोरी गरेको आरोपमा पक्राउ परेका दुई जना प्रहरीलाई निलम्बन गरिएको छ।, जिल्ला प्रहरी कार्यालय कैलालीले सोही कार्यालयमा कार्यरत प्रहरी हबल्दार होमबहादुर माल र प्रहरी जवान भरतबहादुर बुढालाई निलम्बन गरेको हो।, जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक वेदप्रकाश जोशीले अद...
सेतोपाटी संवाददाता सुनसरीमा बसको ठक्करबाट एक जनाको मृत्यु भएको छ। , इटहरीमा तेह्रथुम साब्लाका ४५ वर्षीय बमबहादुर लिम्बूको बसको ठक्करबाट मृत्यु भएको इलाका प्रहरी कार्यालय इटहरीले जानकारी दिएको छ। , कार्यालयका अनुसार आइतबार साँझ ६ बजे विपरीत दिशाबाट आउँदै गरेको को १ ख ६१६२ नम्बरको बसले को ११ प ७९३२ नम्बरको मोटरसाइकललाई ...
नारायण खड्का बाँकेको नरैनापुर गाउँपालिकाले उत्कृष्ट किसानलाई पेन्सन दिन थालेको छ।, गाउँपालिकाले उत्कृष्ट किसानलाई पेन्सन दिने नीति तथा कार्यक्रम लिएकोमा माघबाट कार्यान्वयनमा ल्याएको छ।, यो आर्थिक वर्षमा १२ किसान उत्कृष्ट भएका छन्। उनीहरूले जनही २ हजार किसान पेन्सन पाएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दलबहादुर बस...
सेतोपाटी संवाददाता बाँकेमा एक व्यक्ति नालामा मृत फेला परेका छन्।, जानकी गाउँपालिका ६ का ४२ वर्षीय मोहनसिंह ठकुरी नालामा मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ।, उनी सोमबार बिहान साइकलसहित नालामा मृत भेटिएका हुन्।, इलाका प्रहरी कार्यालय कोहलपुरका प्रहरी निरीक्षक होमप्रसाद चौधरीका अनुसार ठकुरी स्थानीय अम्बे स्टिल उद्...
सेतोपाटी संवाददाता नेपालमा कोरोना भाइरसको संक्रमण हुनेको संख्या १० लाख नाघेको छ।, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांक अनुसार कुल ६० लाख ४३ हजार ७४४ जनाको परीक्षण गरिएकोमा १० लाख २३ हजार ३०७ जनामा संक्रमण देखिएको हो। , कुल संक्रमितमध्ये ९ लाख १० हजार ३९४ जना पिसिआर प्रविधि र १ लाख १२ हजार ९१३ जना एन्टिजेन परीक्ष...
एजेन्सी भारतमा पछिल्लो समय कोरोना संक्रमित क्रमशः घट्न थालेका छन्। माघ ६ गते सर्वाधिक ३ लाख ४७ हजार संक्रमित पुगेको भारतमा क्रमशः घटेर पछिल्लो २४ घन्टामा ३ लाख ६ हजार संक्रमित फेला परेका छन्।, भारतको केन्द्रीय स्वास्थ्य मन्त्रालयका अनुसार अघिल्लो दिन ३ लाख ३३ हजार संक्रमित फेला परेको यहाँ एकै दिन ३० हजारले संक्रमित घट...
सबिना श्रेष्ठ सहरको कथा: पनौती, पनौती कथा शृंखला लेख्ने क्रममा आफूले भेटेका र कुराकानी गरेका मान्छेहरूलाई मेरो पहिलो प्रश्न हुन्थ्यो– पनौतीको इतिहास र किम्बदन्ती।, त्यसलगत्तै म अर्को प्रश्न सोध्न आतुर हुन्थेँ, 'पनौती लायकूबारे केही जान्नुहुन्छ? जान्नुहुन्छ भने भन्नुस् न!', सबभन्दा पहिला कुरा गरौं, लायकू भनेको के?, लाय...
सेतोपाटी संवाददाता कोरोनाको जोखिम बढेको भन्दै धनगढी उपमहानगरपालिकाले एक हप्ताका लागि अत्यावश्यक बाहेकका सेवा बन्द गरेको छ।, उपमहानगरपालिकाले एक सूचना जारी गर्दै बुधबारदेखि अत्यावश्यक बाहेकका सबै सेवा माघ १८ गतेसम्म बन्द रहने जानकारी गराएको हो।, कार्यालयका केही कर्मचारीहरूलाई कोभिड-१९ संक्रमण पुष्टि भएको र केही कर्मचार...
सेतोपाटी संवाददाता इलामको माई नगरपालिकामा भएको सवारी दुर्घटनामा झापाको मेचीनगर-८ आयाबारीका १८ वर्षीय एक युवाको मृत्यु भएको छ।, सोमबार दिउँसो २ बजे झापाबाट माइको चिलिमकोट बगान पिकनिक जाने क्रममा माई नगरपालिका-२ मस्तेमा १८ वर्षीय अनुष श्रेष्ठको मोटरसाइकल दुर्घटनामा परेर मृत्यु भएको हो।, मे१०प ६८४३ नम्बरको केटिएम डुक मोट...
सेतोपाटी संवाददाता प्राविधिक शिक्षा तथा व्यवसायिक तालीम परिषद (सिटिईभिटी) का सबै परीक्षाहरू स्थगित भएका छन्।, सिटिइभिटी परीक्षा नियन्त्रण कार्यालयले मंगलबार सूचना जारी गर्दै कोरोना संक्रमणको कारण देखाउँदै सिटिइभिटी अन्तर्गतका सम्पूर्ण परीक्षा स्थगित गरेको हो।, सिटिइभिटीका उपाध्यक्ष खगेन्द्रप्रसाद अधिकारीले परीक्षा केन...
सेतोपाटी संवाददाता पर्सा जगरनाथपुर गाउँपालिका-६ का १२ वर्षीय बालक मन्टुप्रसाद कुर्मीको हत्या आरोपमा प्रहरीले पाँच जनालाई पक्राउ गरेको छ।, इलाका प्रहरी कार्यालय पोखरियाको टोलीले सोही वडाका ६४ वर्षीय गोवारी राउत अहिर, ५५ वर्षीय नग राउत अहिर, ३२ वर्षीय शत्रुधनप्रसाद यादव, ३९ वर्षीय मनमोहनप्रसाद यादव र २५ वर्षीय रोहनप्रसा...
सेतोपाटी संवाददाता कोरोना संक्रमित एक महिलाको उपचारका क्रममा बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएको छ।, अस्पतालका अनुसार उर्लाबारी नगरपालिका-२ की ३६ वर्षीया ती महिलाको सोमबार दिउँसो मृत्यु भएको हो।, महिला आइतबार बिपी प्रतिष्ठानमा भर्ना भएकी छिन्। उच्च रक्तचाप र मधुमेहबाट पीडित ती महिलाले कोभिड-१९ विरू...
रासस नेपालमा सरकारी काम कस्तो ढंगबाट चल्छ भन्ने एउटा उदाहरण वीरगञ्ज सुख्खा बन्दरगाहमा डेढ वर्षदेखि असरल्ल परेको रासायनिक मलको घटनालाई लिन सकिन्छ।, साल्ट ट्रेडिङ कर्पाेरेसन लिमिटेड र कृषि सामग्री कम्पनी लिमिटेडले आयात गरेको सात हजार ५९१ मेट्रिक टन वीरगञ्ज सिर्सिया सुख्खा बन्दरगाहमा समयमै उचित व्यवस्थापन हुन नसक्दा अझै ...