content
stringlengths
20
64.1k
सेतोपाटी संवाददाता जाजरकोटमा भएको बस दुर्घटनाका ११ जना घाइतेलाई थप उपचारका लागि नेपालगञ्ज लगिएको छ।, घाइते मध्ये मध्यम अवस्था भएका आठ जनालाई गाडीमा नेपालगञ्ज लगिएको छ भने तीन जनालाई हेलिकप्टरमार्फत लगिएको जिल्ला प्रहरी कार्यालय जाजरकोटले जनाएको छ।, नेपाली सेनाको हेलिकप्टर सुर्खेतबाट मगाएर घाइतेहरुलाई नेपालगञ्ज लगिएको ...
सेतोपाटी संवाददाता झापाको दमकबाट प्रहरीले सात जना जुवाडे पक्राउ गरेको छ।, दमक-६ फाल्गुनन्द चोकस्थित परदेशी होटलबाट प्रहरीले सोमबार अपराह्न सात जनालाई पक्राउ गरेको हो।, पक्राउ पर्नेमा सो होटलका सञ्चालक पवन लिम्बु, भक्तिश्वर देवान, प्रमोद लिम्बु, रमेश महतो, बबिन सुब्बा आङदेम्बे, रूपचन्द्र राई र राजकुमार श्रेष्ठ छन्।, उन...
सेतोपाटी संवाददाता भोजपुरमा निर्माणाधीन एउटा पुल भत्किएको छ। , भोजपुरको रामप्रसादराई गाउँपालिका र हतुवागढी गाउँपालिकालाई जोड्ने कावा खोलामाथि निर्माण भइरहेको पुल भत्किएको छ। शनिबार सो पुल भत्किएको हतुवागढी गाउँपालिकाका अध्यक्ष प्रेमकुमार राईले जानकारी दिए। , 'मलाई पनि पुल भत्किएको खबर आएको छ। स्विस सरकारको सहयोगमा बन्...
नारायण खड्का रूकुम पश्चिमको बाफीकोट गाउँपालिका-३ का वडा सदस्य देवबहादुर बोहोरा शनिबार नेकपा (माओवादी केन्द्र) केन्द्रको पालिकास्तरिय अधिवेशनमा ब्यस्त थिए।, पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शनिबार भर्चुअल्ली एकैपटक देशैभरका पालिकाको अधिवेशनको उद्घाटन गरेका थिए।, माओवादी केन्द्र नेता तथा अर्थमन्त्री गृह जिल्ला ...
सेतोपाटी संवाददाता म्याग्दीको रघुगङ्गा गाउँपालिका-१ बेगमा सोमबार जिप दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ। बेनीदेखि बेगको सिमतर्फ जाँदै गरेको ग१ज ७२५१ नम्बरको जिप दुर्घटना भएको हो।, प्रहरी निरीक्षक वीरेन्द्रराज गुरुङका अनुसार मृत्यु हुनेमा ३० वर्षीया गौमाया विक, जिप चालक ३५ वर्षीय दुढबहादुर थापा, ३० वर्षीय खिमु पुन ...
रासस इलाका प्रशासन कार्यालय देवीटारमा कार्यालय प्रमुख नभएपछि त्यहाँका नागरिक सेवा लिनबाट बञ्चित भएका छन्।, कार्यालयमा कार्यरत कार्यालय प्रमुखलाई कायममुकायम दिएको समयसीमा सकेपछि अरू कार्यालय प्रमुखको व्यवस्थापन नभएका कारण इलाका प्रशासन कार्यालबाट नागरिकतालगायतका सेवा दिने काम रोकिएको हो।, जिल्लाका विकट क्षेत्र डाँडापार...
एजेन्सी इतिहासमै पहिलो पटक अन्टार्टिका महादेशमा एयरबस ए३४० जहाज अवतरण भएको छ। , पोर्चुगलको वायुसेवा कम्पनी हाई फ्लाई ८०१ को जहाज गत नोभेम्बर २ मा दक्षिण अफ्रिकाको केप टाउनबाट उडेको थियो। त्यस जहाजका पाइलट कार्लोस मिरपुरी थिए। कार्लोस हाई फ्लाई कम्पनीका उपप्रमुख हुन्। , उनले पहिलो पटक एयरबस ए३४० जहाज अन्टार्टिकामा अवतर...
रासस गुह्येश्वरी जात्राका लागि निकालिएको तलेजु भवानीको मूर्तिलाई दुई दिने जात्रा समापन गरेसँगै हुनमानढोका दरबार क्षेत्रको मूल मन्दिरमा भित्र्याइएको छ।, दुई दिने जात्राका लागि भवानीको मूर्ति आइतबार पशुपति क्षेत्रस्थित गुह्येश्वरी मन्दिरमा लगिएको थियो।, आइतबार गुह्येश्वरी मन्दिरमा रातभर बलीसहित तान्त्रिक र गुप्ति पूजा ग...
रासस पोखरा-बागलुङ सडकखण्डमा आज बस दुर्घटना हुँदा चालकको मृत्यु भएको छ। दुर्घटनामा आठ यात्रु घाइते भएका छन्। , भैरहवाबाट बागलुङतर्फ जाँदै गरेको लु१ख ७७६६ नंको बस कास्कीको अन्नपूर्ण गाउँपालिका–३ पाउदुर घुम्तीस्थित पोखरा–बागलुङ सडकखण्डमा सडकबाट अन्दाजी ३० मिटर तल खसेको थियो।, दुर्घटनामा पाल्पा घर भएका चालक ४५ वर्षीय भूपन...
शेरबहादुर सिंह कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जबाट विस्थापितले दुई दशक बितिसक्दा पनि स्थायी समाधान पाएका छैनन्।, सरकारले विसं २०५८ मा तत्कालीन शुक्लाफाँटा वन्यजन्तु आरक्ष विस्तारका क्रममा यहाँ बस्ती विस्थापित गरेको थियो। , विभिन्न चरणमा विस्थापितलाई जग्गा दिएर पुनर्स्थापना गरे पनि अझै सयौं विस्थापित घरबारविहीन...
सेतोपाटी संवाददाता चितुवाको छालासहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ। , काठमाडौं महानगरपालिका वडा नम्बर ९ विमानस्थल क्षेत्रबाट तीन जनालाई दुर्लभ चितुवाको छालासहित पक्राउ गरेको महानगरीय अपराध महाशाखाले जनाएको छ।, अवैध रूपमा छालाको बिक्री-वितरण गर्न लागेको सूचनाको आधारमा मंगलबार प्रहरी खटिएको थियो। , सो टोलीले नुवाको...
सेतोपाटी संवाददाता सिन्धुलीको एक गोदाममा भीषण आगलागी भएको छ।   , मंगलबार बिहान १० बजेदेखि कमलामाई नगरपालिका–६ रातमाटास्थित गोदाममा भीषण आगलागी भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी नायब उपरीक्षक मनोज लामाले जानकारी दिए।, आगलागी कसरी सुरू भएको हो भन्ने खुलिनसकेको उनले बताए। अहिले दुइटा दमकलले आगलागी नियन्त्रणमा...
सेतोपाटी संवाददाता नेपालमा थप ३१६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बुधबार ३१६ जना संक्रमित थपिएका हुन्।, पछिल्लो २४ घण्टामा १२ हजार ७२७ जनाको कोरोना परीक्षण गर्दा सो संख्यामा संक्रमित थपिएका हुन्।, १० हजार ९१९ जनाको पिसिआर परीक्षण र १८०८ जनाको एन्टिजेन परीक्षण गरिए...
सेतोपाटी संवाददाता नेकपा एमाले महाधिवेशनमा चापाचाप भएको चितवनको सौराहा अहिले सुनसान बनेको छ।, मंगलबारमात्र एमाले महाधिवेशन सकिएको छ। महाधिवेशन समयमा ट्राफिक जाम समेत भएको सौराहा सडक अहिले खाली छन्।, रिसोर्ट एरिया होस् या घुम्ने ठाउँमा मानिसहरूको उपस्थित कम छ। एमाले महाधिवेशन सकिएसँगै सौराहा सुनसान बनेको हो। यद्यपि महा...
सेतोपाटी संवाददाता काठमाडौं उपत्यकामा १५० संक्रमित थपिएका छन्।, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा ११९, ललितपुरमा २९ र भक्तपुरमा २ संक्रमित छन्।, यस्तै काठमाडौं उपत्यकामा १७०३ सक्रिय संक्रमित छन्। काठमाडौंमा ६६८, भक्तपुरमा ४७६ र ललितपुरमा ५५९ सक्रिय संक्रमित छन्।, नेपालमा थप ३१६ जनामा कोरोना भाइरसको ...
रासस बाराको सिम्रौनगढ नगरपालिकाका जोगी साहले छोराको विवाहमा हेलिकप्टर चार्टर्ड गरेर विवाह सम्पन्न गरेका छन्।, जोगी बारा जिल्लाअन्तर्गत सिम्रौनगढ नगरपालिका र आर्दशकोतवाल गाउँपालिकाका ख्यातिप्राप्त खाद्यान्न (गोला) व्यापारी हुन्।, सिम्रौनगढ नगरपालिका–१० देवापुर टेटाका साहले २१ वर्षीय छोरा बिर्जु साहको विवाहका लागि हेलिक...
रासस प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबरा आज सशस्त्र प्रहरी बल, नेपाल एपिएफ अस्पताल बलम्बुबाट स्वास्थ्यलाभ गरी घर फर्किएका छन्।, कोभिड-१९ को संक्रमण निमोनियाका कारण उनी यही मंसिर १३ गतेदेखि सो अस्पतालमा उपचाररत थिए। , अस्पतालका प्रवक्ता सशस्त्र प्रहरी उपरीक्षक डा प्रवीन नेपालद्वारा आज यहाँ जारी विज्ञप्तिमा प्रधानन्याय...
सेतोपाटी संवाददाता राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षाको नतिजा प्रकाशित गरेको छ।, आज बिहान बोर्डको बैठक बसेर नतिजा सार्वजनिक गर्ने निर्णय भएको हो।, परीक्षा नियन्त्रक कृष्णप्रसाद शर्माले नतिजा सार्वजनिक गर्ने निर्णय भएको सेतोपाटीलाई बताए।, ‘कक्षा १२ को परीक्षाको नजिता सार्वजनिक गर्ने निर्णय भएको छ। सिष्टममा अ...
राजेश घिमिरे आइतबार चितवनबाट बाघ गणना सुरू हुँदैछ। चितवन राष्ट्रिय निकञ्जको पूर्वी सेक्टर सौराहाबाट गणना सुरू गर्न लागिएको हो।, क्यामेरा ट्रयापिङ विधिबाट देशभरका बाघ गणनाका लागि तीन वटा कम्प्लेक्स बनाइएको राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले जनाएको छ।, नवलपरासीको त्रिवेणीदेखि दाउन्नेबाट पूर्व रौतहटको बागमती...
सेतोपाटी संवाददाता पाटनस्थित पट्को टोलबाट चोरी भएको ३७ वर्षपछि लक्ष्मी–नारायणको मूर्ति सोही ठाउँमा प्रतिस्थापन गरिएको छ।, शनिबार बाजागाजासहित मूर्तिलाई खटमा राखेर नगर परिक्रमा गराएपछि प्रतिस्थापन गरिएको हो।, नेपालबाट चोरी भई अमेरिका पुगेको लक्ष्मी-नारायणको मूर्ति अमेरिकी सरकारले गत वैशाखमा २ गते नै नेपाललाई फिर्ता गरे...
रासस बुद्ध जन्मस्थल लुम्बिनीमा निर्माणाधीन पाँच हजार जना अट्न सक्ने क्षमताको सभाहल तथा ध्यान केन्द्रको निर्माण अन्तिम चरणमा पुगेको छ।, लुम्बिनी तीर्थयात्री र पर्यटकको गन्तव्य त छँदैछ त्यसका अतिरिक्त सार्कजस्ता अन्य अन्तर्राष्टिय सेमिनार सम्पन्न गराउन सकिने गरी ध्यान केन्द्र तथा सभा हलको निर्माण थालिएको थियो।, सो हल नि...
सेतोपाटी संवाददाता नेपालमा थप २३८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शनिबार २३८ जना संक्रमित थपिएका हुन्।, पछिल्लो २४ घण्टामा ६ हजार ७९७ जनाको कोरोना परीक्षण गर्दा सो संख्यामा संक्रमित थपिएका हुन्।, ५ हजार २९५ जनाको पिसिआर परीक्षण र १५०२ जनाको एन्टिजेन परीक्षण गरिएको...
सेतोपाटी संवाददाता काठमाडौं उपत्यकामा १५८ संक्रमित थपिएका छन्।, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा ९७, ललितपुरमा ५१ र भक्तपुरमा १० संक्रमित छन्।, यस्तै, काठमाडौं उपत्यकामा १७२६ सक्रिय संक्रमित छन्। काठमाडौंमा ६२९, भक्तपुरमा ४८६ र ललितपुरमा ६११ सक्रिय संक्रमित छन्।, नेपालमा थप २३८ जनामा कोरोना भाइरसको...
सेतोपाटी संवाददाता बुटवल उपमहानगरपालिकाले बहुतले पार्किङसहितको बहुउद्देश्यीय भवन निर्माणको योजना बनाएको छ। , लुम्बिनी बस टर्मिनल परिसरमा आधुनिक सपिङ कम्प्लेक्सका सम्पूर्ण सुविधासहित ‘बुटवल सिटी सेन्टर’ बहुउद्देश्यीय भवन बनाउने योजना अगाडि सारिएको उपमहानगरपालिकाले जनाएको छ।, उक्त भवन वहुवर्षे योजनाका रूपमा सार्वजनिक–नि...
रासस बुटवल-नारायणगढ सडकखण्डको निर्माण कम्पनीले म्याद थप गर्न सरकारसँग माग गरेको छ।, निर्माणाधीन सो खण्डमा कोरोना संक्रमण, लगातारको वर्षासँगै ‘साइट क्लिरियर’मा ढिलाइ भएपछि कम्पनीले दुई वर्ष समयावधी थप गर्न  आग्रह गरेको हो। ,     , दाउन्ने-पश्चिमको सडक विस्तारको काम हेर्दै आएका इन्जिनियर प्रदीपराज शाक्यले सो खण्डमा हालस...
सेतोपाटी संवाददाता झापामा खोलामा डुबेर एक पुरूषको मृत्यु भएको छ।, गौरीगंज गाउँपालिका-२ पिण्डानघुटुस्थित खोलामा माछा मार्न गएका एक पुरूषको डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।, मृत्यु हुनेमा झापा गाउँपालिका-१ का ३८ वर्षीय भिम सोरेन छन्। , सोरेन शनिबार बेलुका माछा मार्न गएका थिए। तर आइतबार बिहानसम्म पनि ...
राजेश घिमिरे ६६ वर्षीय हर्कमान लामा १४ वर्ष टाइगर इकोलोजी प्रोजेक्ट र ३२ वर्ष बढी राष्ट्रिय प्रकृति संरक्षण कोषमा काम गरेर तीन वर्षअघि निवृत्त भएका थिए।, सेवानिवृत्त भए पनि उनी थाकेका छैनन्। आइतबारबाट सुरू भएको बाघ गणनाका लागि उनी एउटा समूहको नेतृत्व गर्दै चितवन राष्ट्रिय निकुञ्जको जंगल पसेका छन्।, सन् १९९४ मा पहिलो प...
सेतोपाटी संवाददाता कोरोनाभाइरसको नयाँ भेरियन्ट ओमिक्रोनले अहिले संसारको ध्यान तानेको छ। झन्डै दुई वर्षअघि फैलिएको कोरोना महामारी मत्थर हुँदै गएका बेला केही साताअघि दक्षिण अफ्रिकामा फेला परेको ओमिक्रोनले संसारभरि फेरि अनिश्चितता ल्याएको छ।, यसअघि फैलिएका भेरियन्टबाट ठूलो क्षति व्यहोरेका मुलुकहरूले अहिले ओमिक्रोनलाई निक...
सेतोपाटी संवाददाता नेपालमा पश्चिमी वायुको प्रभावले चिसो बढ्नसक्ने भन्दै सचेत रहन विज्ञहरूले आग्रह गरेका छन्। , पश्चिमी वायु मरूभूमिबाट प्रवाह हुने भएकोले पानीको मात्रा कम हुने र धुलोको मात्रा धेरै हुने र त्यस वायुले पृथ्वीको सतहनजिकै बसिरहने भएकोले गर्दा चिसो बढ्न सक्ने भन्दै त्यसतर्फ विज्ञले सचेत गराएका हुन्।, पश्चिम...
रासस महानगरीय ट्राफिक प्रहरी महाशाखाले काठमाडौं उपत्यकाका विभिन्न स्थानबाट मोटरसाइकल चोरी गरी बिक्री  गरेको आरोपमा प्रहरीले सात जनालाई पक्राउ गरेको छ। , उनीहरूलाई नियन्त्रणमा लिई मंगलबार सार्वजनिक गरेको हो।  , महाशाखाबाट सादा पोशाकमा खटिएको टोलीले काठमाडौंका विभिन्न स्थानमा विशेष अपरेशन सञ्चालन गरी मोटरसाइकल चोरी गर्न...
सेतोपाटी संवाददाता काठमाडौंमा मोटरसाईकल चोरी कार्यमा संलग्न ७ जनाको गिरोह पक्राउ परेका छन्।, महानगरीय ट्राफिक प्रहरी महाशाखाले मंगलबार रामशाहपथस्थित आफ्नै कार्यालयमा पत्रकार सम्मेलन गरी मोटरसाईकल चोरी कार्यमा संलग्न सो गिरोहलाई पक्राउ गरी सार्वजनिक गरेको हो।, गएराति काठमाडौंको बबरमहलबाट उनीहरुलाई पक्राउ गरी थप अनुसन्ध...
भानुभक्त ४० वर्षसम्म बिना सुनुवाइ भारतीय जेलमा राखिएका इलामका दुर्गाप्रसाद तिम्सिनालाई क्षतिपूर्ति दिन कलकत्ता उच्च अदालतले आदेश दिएको छ।, न्यायाधीशद्वय प्रकाश श्रीवास्तव र राजर्षी भारद्वजको संयुक्त इजलासले बुधबार तिम्सिनालाई आठ लाख (पाँच लाख भारतीय रुपैयाँ) तत्काल क्षतिपूर्ति दिन पश्चिम बंगाल सरकारलाई आदेश दिएको हो।,...
सेतोपाटी संवाददाता नेपालमा थप ३१५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।, पछिल्लो २४ घण्टामा ११ हजार ८१० जनाको कोरोना परीक्षण गर्दा ३१५ जनामा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ। , योसँगै नेपालमा ६ हजार ३५२ जना सक्रिय संक्रमित छन्। , पछिल्लो २४ घण्टामा ३०४ जना कोरोनाबाट निको भएका छन...
सेतोपाटी संवाददाता प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा माग गर्दै नेपाल बार एसोसिएसनले मंगलबार पनि सर्वोच्च अदालत परिसरमा विरोध प्रदर्शन गरेको छ।, मंगलबार पनि नेपाल बार एशोसिएसन, सर्वोच्च अदालत बार एसोसिएसनसहितका कानून व्यवसायीले प्रधानन्यायाधीश जबराको राजीनामा माग गर्दै विरोध प्रदर्शन गरेका हुन्। , विरोध प...
सेतोपाटी संवाददाता डेढ वर्षअघि माछा मार्न जाँदा साथीको हत्या गरेको अभियोगमा चितवन जिल्ला अदालतले एकै टोलका ६ युवालाई जन्मकैदको फैसला सुनाएको छ।, २०७७ सालको वैशाख २ गते रत्ननगर-७ मालपुर बस्ने लालबहादुर राउतको हत्या गरेको अभियोगमा सोही टोलका ६ जनालाई जन्मकैदको सजाय सुनाइएको हो।, न्यायाधीश हेमन्त रावलको इजलासले ३५ वर्षीय...
तारानाथ आचार्य ढोरपाटनमा जाडो बढेपछि ढोरपाटनका बालबालिका चिसो छल्न बेँसी झरेका छन्। ढोरपाटनमा जाडो मौसममा हिउँ पर्ने भएकाले बालबालिका बेबाङस्थित जनवादी विद्यालय र अन्य विद्यालयमा झरेका छन् ।, पशु चरन र आलुखेती गर्न ढोरपाटनमा बसेका अभिभावकसमेत विस्तारै बेँसी झरेका हुन्। उनीहरू चैत लागेपछि मात्रै ढोरपाटन उक्लने गर्छन्। ...
सेतोपाटी संवाददाता मकवानपुरको हेटौंडा उपमहानगरपालिका–१९ दामिटारमा बुधबार बिहान टिपरको ठक्करबाट एक जनाको मृत्यु भएको छ ।, हेटौँडाबाट मनहरीतर्फ जाँदै गरेको बागमती प्रदेश ०३–००१ ख १८४९ नम्बरको टिपरले चितवनबाट हेटौंडातर्फ आउँदै गरेको ना ४९ प ८२५२ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा चालक चितवनको रत्ननगरका ४० वर्षीय युवराज आचा...
सेतोपाटी संवाददाता पोखरामा शुक्रबार बिहान भएको सवारी दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ।, पृथ्वी राजमार्गस्थित पोखरा महानगरपालिका–२६ विजयपुरमा लेखनाथबाट पोखरातर्फ आउँदै गरेको लु २ ख २९४८ नम्बरको फलामे छड (रड) बोकेको ट्रक आफैं अनियन्त्रित भई बिहान अन्दाजी ४ः३० बजे नालीमा पल्टिएको थियो।, घटनामा परी घाइते भएका लमजुङ ...
सेतोपाटी संवाददाता उपल्लो डोल्पाको शे–फोक्सुण्डो गाउँपालिकाको रिग्मोगाउँमा गर्भवतीको निःशुल्क स्वास्थ्य परीक्षण गरिएको छ। फोक्सुण्डो ताल छेउमै रहेको रिग्मोगाउँका महिलाले पहिलोपटक घर छेउमै स्वास्थ्य परीक्षण गराएका हुन् । , डोल्पाको टासिडी नामक संस्थाको सहकार्यमा, बोदिसतो बिहार र कान्छीमाया तामाङ फाउण्डेशनले सो सेवा उपल...
नारायण अधिकारी जनप्रतिनिधि आएपछि भरतपुर महानगरपालिकाभित्र २३ वटा ठूला खानेपानी आयोजना नयाँ निर्माण, विस्तार र मर्मत सुधार भएका छन्। पहाडी क्षेत्रसमेत रहेको महानगरमा खानेपानी विस्तारसँगै स्थानीयवासी लाभान्वित भएका छन्।, शुद्ध पानी सहज रुपमा उपभोग गर्न महानगरवासीलाई सहयोग पुगेको छ। महानगरको कविलासमा पानीका लागि भोग्नुपर...
रासस मध्यपुरथिमि नगरपालिका–३ गठ्ठाघरमा वर्षौ अगाडि जर्मन शैलीमा बनेको एउटा सुन्दर घर, जस्ताको तस्तै उभिएको छ। घर वरिपरि ठूला रूख र खाली जमिनलाई सम्याएर धमाधम नयाँ संरचना निर्माण भइरहेका छन्। , भक्तपुर जिल्लामै फरक शैलीमा निर्माण गरिएको ‘जर्मन होम हस्पिटालिटी’ ले आफ्नो स्वरूपमा पूर्णता पाउन अझै एक महिना लाग्ला तर जर्मन...
सेतोपाटी संवाददाता लमजुङमा सोमबार बिहान भूकम्पको धक्का महसुस भएको छ।, राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार बिहान ४ बजेर ३६ मिनेट जाँदा लमजुङको मर्स्याङ्दी गाउँपालिका ६ बाहुनडाँडा आसपास केन्द्रबिन्दु भएर ३ दशमलव ६ रेक्टरस्केलको भूकम्प गएको छ।, केन्द्रका अनुसार उक्त पराकम्प १२ वैशाख २०७२ कै निरन्तरता हो।...
रासस अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भक्तपुरको चाँगुनारायण नगरपालिकामा मंगलबार छापा मारी विभिन्न कागजात बरामद गरेको छ ।, अख्तियारमा धेरै उजुरी परेपछि चाँगुनारायणमा छापा मारी विभिन्न कागजात बरामद गरिएको आयोगका प्रवक्ता नारायणप्रसाद रिसालले जानकारी दिए।, खरिद र भुक्तानीमा अनियमितता गरेको भन्दै उजुरी परेपछि आयोगले चाँ...
कृष्ण अधिकारी/शरद् शर्मा/रासस नेपालमा भेरोसेल लगाएका ६० वर्षभन्दा माथिका  नागरिकलाई सरकारले अतिरिक्त मात्रा खोप लगाउने निर्णय गरिसकेको छ।, अतिरिक्त मात्रासँगै सरकारले ‘बुस्टर डोज’ लगाउने तयारीसमेत गरेको छ।, कुल जनसङ्ख्याको ५० प्रतिशत जनसङ्ख्यालाई कोरोना भाइरसविरूद्धको खोप लगाइसकेपछि मात्रा सरकारले सबै नागरिकलाई ‘बुस्ट...
नारायण खड्का तुलसीपुरमा  निर्माण हुने ‘तुलसी ट्रेड टावर’ निर्माण गर्न आठ वटा निर्माण कम्पनीले फारम भरेका छन्।, उपमहानगरपालिकाले निर्माण गर्न थालेको ६ तले बहुउद्देश्यीय व्यापारिक भवन निर्माणका लागि टेण्डर आह्वान भएको थियो। , मंसिर १६ गतेसम्मको अन्तिम समय सीमा राखेर इबिडिङमार्फत टेण्डर आह्वान भएकोमा ८ वटा निर्माण कम्पनी...
एजेन्सी माल्टा व्यक्तिगत प्रयोगका लागि गाँजा लगाउन र बोक्न पाइने पहिलो युरोपेली मुलुक बनेको छ।, माल्टाको संसदले मंगलबार गाँजासम्बन्धी नयाँ कानुन पारित गरेको छ। नयाँ कानुनमा व्यक्तिगत प्रयोगका लागि ७ ग्रामसम्म गाँजा बोक्न पाइने र घरमा चार वटा बोट लगाउन पाइने व्यवस्था रहेको बिबिसीले उल्लेख गरेको छ।, संसदमा नयाँ कानुनका ...
रासस उदयपुरको सदरमुकाम गाईघाटबाट पहाडी जिल्ला खोटाङको सदरमुकाम दिक्तेलसम्म जोड्ने गाईघाट-दिक्तेल सडक खण्डअन्तर्गत सुनकोसी नदीमा हालै बेलिब्रिज जडान भएको छ। पुल जडानसँगै गाईघाटबाट दिक्तेलसम्म र दिक्तेलबाट गाईघाटसम्म सिधा यातायातका साधन सञ्चालन भएका छन्।, मङ्सिरको दोस्रो हप्तादेखि उदयपुरको रौतामाई गाउँपालिका-५ स्थित फोक...
सेतोपाटी संवाददाता रूपन्देहीको लुम्बिनीस्थित बसपार्कमा रहेका माला पसलमा आगलागी भएको छ। आगलागीबाट टिनको छाप्राबाट बनाइएका १० वटा पसल जलेर नष्ट भएका छन् भने २ वटामा क्षति पुगेको छ।, बिहीबार राति करिब २ बजेदेखि लागेको आगो डेढ घण्टापछि नियन्त्रणमा आएको प्रहरीले जनाएको छ। , नजिकै रहेको लुम्बिनी सांस्कृतिक नगरपालिकामा रहेको...
रासस वि.सं २०७७ साउनमा आएको बाढीपहिराका करणले विस्थापित भएका कालिकोट जिल्ला नरहरिनाथ गाउँपालिका-४ भाटगाउँ, खाती रुप्सा, पाङ र वडा नं ७ बागाछान्ना र घोडेसिल्ला गाउँमा चार करोड रुपैयाँ लागतमा १०१ घर निर्माण हुने भएका छन्।, बाढीपहिरो विस्थापित घरपरिवारलाई चालु आर्थिक वर्षमा नै नरहरिनाथ गाउँपालिकाको वडा नं ४ को डाँडासुन्द...
रासस पाल्पाको तानसेन नगरपालिका–८ जरेपिपल नजिकै पासोमा अल्झिएको पोथी चितुवाको उद्धार गरिएको छ।, खोल्सी पासोमा अल्झिएको अवस्थामा भेटिएको चितुवाको सुरक्षित रूपमा उद्धार गरिएको हो। चितुवालाई अहिले डिभिजन वन कार्यालयमा उद्धारगृहमा राखिएका वन कार्यालय पाल्पाका रेन्जर यमलाल पोखरेलले बताए।, चितुवाको स्वास्थ्य अवस्था सामान्य छ...
राजेश घिमिरे चितवनको भरतपुरमा शुक्रबार दिउँसो भएको सवारी दुर्घटनामा दुई वर्षीया बालिकाको ज्यान गएको छ।, जिल्ला प्रहरी कार्यालयका चितवनका प्रवक्ता डिएसपी नरहरि अधिकारीका अनुसार शुक्रबार दिउँसो १२ बजेतिर बसन्त चोकमा आमाको हात समातेर बाटो काट्दै गरेकी बालिकालाई भरतपुरबाट पूर्व जाँदै गरेको बागमती प्रदेश ०३-००१ ख १३०६ नम्ब...
सेतोपाटी संवाददाता सिस्ने गाउँपालिका-२ का वडा सदस्य धनबहादुर पुनको मृत्यु भएको छ।, छिपखोलास्थित घरबाट रुकुमकोट आउँदै गर्दा वडा नं ४ को फारुलाको बाटोमा लडेका ४४ वर्षीय पुनको उपचारका लागि अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भएको हो।, बिहीबार बिहान कामको शिलशिलामा गाउँपालिकाको केन्द्र रुकुमकोट आउने क्रममा लडेका पुनको थप ...
नारायण अधिकारी उद्योग व्यवसाय गर्न ऋण पाइनु त सामान्य मानिन्छ तर यहाँ कपाल रोप्न पनि ऋणको व्यवस्था गरिएको छ। चितवनस्थित चितवन मेडिकल कलेज शिक्षण अस्पतालले कपाल रोप्न (प्रत्यारोपण गर्न) आउने सेवाग्राहीलाई ऋणको व्यवस्था गरेको हो।, अस्पतालले कपाल प्रत्यारोपणलगायत कस्मेटिक उपचार शुल्क किस्ताबन्दीमा तिर्न पाइने व्यवस्था गर...
सेतोपाटी संवाददाता विद्युत खपत बढाउनका लागि चालिएका कदम र जाडो बढेसँगै विद्युतको आन्तरिक माग ह्वात्तै बढेको छ। नेपाल विद्युत प्राधिकरणको तथ्याङ्कअनुसार, गत वर्षको तुलनामा यस वर्षको विद्युतको उच्च माग (पिक डिमान्ड) तीन सय मेगावाटको हाराहारीमा बढेको हो।, आन्तरिक रूपमा उत्पादन भएको विद्युत खपत गर्न नसकी खेर जाने अवस्था आ...
सेतोपाटी संवाददाता सरकारको आज सार्वजनिक बिदा दिएको छ। , उधौली पर्व तथा योमरी पुन्ही- ज्यापु दिवस (धान्य पूर्णिमा) काे अवसरमा आइतबार सार्वजनिक बिदा दिइएको गृह मन्त्रालयले जनाएको छ।, देशभर सम्बन्धित समुदायका लागि र काठमाडाैं उपत्यकामा सबैलाई सार्वजनिक बिदा दिइएकाे गृहले निकालेकाे सूचनामा उल्लेख छ।, पुस १ गते बसेकाे मन्...
सेतोपाटी संवाददाता नयाँ बानेश्वरस्थित इन्द्रेणी कम्प्लेक्समा आगलागी भएको छ । कम्प्लेक्समा रहेको जीम सेन्टरमा आगलागी भएको प्रहरीले जनाएको छ।, आगो कसरी लाग्यो भन्ने खुलेको छैन। प्रहरीले आगो निभाउन सुरू गरिसकेको छ।, आगलागी नियन्त्रणका लागि काठमाडौं र ललितपुरबाट दमकल पुगिसकेका छन्। दिउँसो करिब साढे ३ बजे आगलागी भएको हो । ...
सेतोपाटी संवाददाता जिल्ला प्रहरी कार्यालयले राक्सिराङ गाउपालिकाको वडा नं ४ र ५ को धुर्सिङ, निबुतार, लाइसिराङलगायत ठाउँमा अवैध रूपमा खेती गरिएको ३३ बिगाहा क्षेत्रफलको गाँजा तथा १९ बिगाहा क्षेत्रफलको अफिम जिल्ला प्रहरी कार्यालय र बागमती प्रदेश दङ्गा नियन्त्रण कार्यालयको संयुक्त टोलीले यही पुस १ गतेदेखि आजसम्ममा फडानी गर...
राजेश घिमिरे चितवनका विकास निर्माणमा रोडाढुंगा!, निर्माण कम्पनी रमन शिवशक्ति जे.भी.का महाप्रबन्धक राजु थपलिया र योजना व्यवस्थापक रञ्जनकुमार ठाकुर सघन सहरी तथा भवन निर्माण आयोजनाको कार्यालयमा भेटिए।, भरतपुर महानगरपालिका भित्रका विभिन्न सडक निर्माणको जिम्मा पाएका उनीहरू आयोजनाका प्रमुखलाई भेटेर निर्माणकार्यमा आइपरेका अप...
सेतोपाटी संवाददाता शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेलले त्रिभुवन विश्वविद्यालयका समस्या पहिचान गरी समाधान गर्ने बताएका छन्।, सोमबार त्रिभुवन विश्वविद्यालयको ४७ औं दीक्षान्त समारोहमा बाल्दै मन्त्री पौडेलले त्रिभुवन विश्वविद्यालयका समस्या पहिचान गरी समाधान गर्ने बताएका हुन्। , उनले दीक्षित विद्यार्थीहरू...
सेतोपाटी संवाददाता उच्च शिक्षा लिन चाहने विद्यार्थीहरूलाई लक्षित गर्दै यही पुस ८ र ९ गते काठमाडौंमा शैक्षिक मेला हुने भएको छ।, भिजन मिडिया इन्कर्पोरेशन र एजुकेशन डटकमको आयोजनामा बानेश्वरस्थित होटल एभरेष्टमा शैक्षिक भेला हुने भएको हो।, भिजन मिडिया इन्कर्पोरेशनका प्रमुख कार्यकारी अधिकृत जीवन लामा गोलेले पुस ९ र १० मा बि...
नवीनबाबु गुरूङ नयाँ बानेश्वरस्थित इन्द्रेणी कम्प्लेक्समा लागेको आगो निभाउने प्रयास जारी छ।, काठमाडौं महानगरपालिकाका दुई वटा र भक्तपुर र ललितपुरका एक एक गरेर चार वटा दमकलले आगो निभाउने प्रयास गरिरहेका छन्।, कम्प्लेक्सको छैठौं र सातौं तलामा आगलागी हुँदा निभाउन कठिन भइरहेको छ।, नेपाली सेना, सशस्त्र प्रहरी बल, नेपाल प्रहर...
रासस दुर्गम क्षेत्र मानिने रघुगंगा गाउँपालिका–८ को कुइने सडक सञ्जालसँग जोडिएको छ। सडक सञ्जालमा जोडिएसँगै कुइनेका बासिन्दालाई जिल्ला सदरमुकाम बेनी र पालिकाको केन्द्र मौवाफाँट पुग्न एक दिन लाग्ने गरेकामा अब यात्रा चार घण्टामा छोट्टिएको छ।, सडक निर्माण भएपछि आवतजावत, निर्माण सामग्री र दैनिक उपभोग्य वस्तु ढुवानी, कृषि उपज...
सेतोपाटी संवाददाता नेपालमा थप २२० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सोमबार २२० जना संक्रमित थपिएका हुन्।, पछिल्लो २४ घण्टामा ४ हजार १४१ जनाको कोरोना परीक्षण गर्दा सो संख्यामा संक्रमित थपिएका हुन्।, २ हजार ७२५ जनाको पिसिआर परीक्षण र १४१६ जनाको एन्टिजेन परीक्षण गरिएको...
रासस महिलालाई दुर्व्यवहार गरेको आरोपमा सुर्खेतमा प्रहरीले धामी र पूजारीलाई पक्राउ गरेको छ।, महिलालाई दुर्व्यवहार गरिएको श्रव्यदृश्य सामाजिक सञ्जालमा सार्वजनिक भएपछि प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो।, पक्राउ पर्नेमा वीरेन्द्रनगर नगरपालिका–११ का ६६ वर्षीय भूपेन्द्र ज्ञवाली, वडा नम्बर ७ का ३९ वर्षीय भक्ति ज्ञवाली र बरा...
सेतोपाटी संवाददाता महिलामाथि दुर्व्यवहार गर्ने धामी र पूजारीलाई प्रहरीले पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय सुर्खेतले मंगलबार तीन जनालाई पक्राउ गरेको हो।, केही दिनअघि धामी–झाँक्रीसँग उपचार गराउने क्रममा एक महिलामाथि अभद्र व्यवहार गरेको भिडियो सार्वजनिक भएपछि प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो।, जिल्ला प्रहरी कार्य...
सेतोपाटी संवाददाता प्रतिबन्धित लागूऔषध ब्राउन सुगरसहित प्रहरीले एक भारतीय नागरिकसहित नेपालगञ्जकी एक महिलालाई पक्राउ गरेको छ। , पक्राउ पर्नेमा बाँकेको नेपालगञ्ज उपमहानगरपालिका वडा नं. १८ कारकाँदोकी ४५ वर्षीया चन्द्रा राना र भारतको उत्तर प्रदेश जिल्ला बहराइच मन्सुरगञ्ज निकट जामा मस्जिदका १८ वर्षीय समिर अन्सारी छन्। , पू...
दिपकजंग शाही गत मंसिर २९ गतेदेखि सम्पर्कविहीन रहेका हुम्लाका चन्द्रे कामी भेटिएका छन्।, उनको खोजीमा गएको प्रहरीले खार्पुनाथ गाउँपालिकामा चन्द्रेलाई फेला पारेका छन्। उनको खोजीका लागि ३५ जना प्रहरी परिचालन गरिएको थियो।, बुधबार बिहान ८ बजे हिँडिरहेको अवस्थामा चन्द्रेलाई फेला पारिएको प्रहरीले जनाएको छ। प्रहरी निरीक्षक दान...
सेतोपाटी संवाददाता नेपालकै पहिलो केबलकार मनकामना केबलकार नियमित सञ्चालनमा आएको छ। स्तरोन्नतिका क्रममा गियर बक्स र टावर मर्मतसम्भार गर्नुपर्ने भएकाले आइतबारदेखि चार दिनका लागि केबलकार सेवा बन्द  गरिएको  थियो। , मनकामना दर्शन प्रालिका नायब महाप्रबन्धक उज्ज्वल शेरचनका अनुसार केबलकारको सेवा यही पुस ४ देखि ७ गतेसम्मका लागि...
एजेन्सी बेलायतको लन्डनस्थित एक उच्च अदालतले मंगलबार दुबईका शासक शेख मोहम्मद बिन रसिद अल मकतुम र उनकी पत्नी हाया बिन्त अल हुसेनको पारपाचुके मुद्दामा फैसला सुनाएको छ।, उक्त फैसलामा अदालतले दुबईका उपराष्ट्रपति एवं प्रधानमन्त्री मकतुमले हायालाई ८८ अर्ब रुपैयाँ  (७३ करोड ४० लाख अमेरिकी डलर) दिनु पर्ने उल्लेख गरेको छ। कुनै ...
एजेन्सी कोभिडको नयाँ भेरियन्ट ओमिक्रोन भाइरस फैलिएपछि भारतको राजधानी नयाँ दिल्लीमा क्रिसमस र अग्रेजी नयाँ वर्षमा हुने कार्यक्रममा प्रतिबन्ध लगाइएको छ। , दिल्लीको विपद् व्यवस्थापन निकायले एक सूचना जारी गर्दै कुनै पनि प्रकारको सांस्कृतिक कार्यक्रम तथा पर्वमा हुने जमघटमा रोक लगाएको हो। नयाँ वर्षअघि नै संक्रमण फैलिने क्षे...
रासस विगत आठ वर्षदेखि अलपत्र परेको भक्तपुर-नगरकोट सडक निर्माण आगामी चैत १५ गतेभित्र सम्पन्न गर्ने कमलविनायक–नगरकोट सडक निर्माण आयोजना तथा निर्माण कम्पनी शैलुङ कन्स्ट्रक्सनले प्रतिबद्धता जनाएको छ।     , सडक छिटो निर्माण सम्पन्नका लागि दबाब दिन चाँगुनारायण नगरपालिकाले बुधबार रातिसम्म आयोजना गरेको अन्तर्क्रिया कार्यक्रमम...
नारायण खड्का रोल्पामा तास खेलेर सँगै सुतेका तीन साथीमाथि एक जनाले रड प्रहार गरेको खुलेको छ।, रुन्टीगढी गाउँपालिका वडा नम्बर ९ का ४६ वर्षीय टेकबहादुर वलीले तास खेलेर एउटै कोठामा सुतेका तीन साथीमाथि रड प्रहार गरेर गम्भीर घाइते बनाएको प्रहरीले जनाएको छ।, प्रहरी नायब उपरीक्षक विनोद घिमिरेका अनुसार घटनाको अनुसन्धानका क्रमम...
सेतोपाटी संवाददाता भक्तपुरमा एक वृद्धको लडेर मृत्यु भएको छ। , चाँगुनारायण नगरपालिका वडा नम्बर ४ चाँगु हाल्छाप बस्ने ७४ वर्षीय कान्छा श्रेष्ठको मृत्यु भएको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक राजु पाण्डेले जानकारी दिए। , बुधबार राति ८ बजे आफ्नै घर अगाडि पानी बग्ने नालीमा लडेर उनी घाइते भएका थिए। , उनको...
सेतोपाटी संवाददाता संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले अन्तर स्थानीय तह कामकाज खटाउने कार्य स्थगित गरेको छ।, मन्त्रीयस्तर निर्णय गर्दै मन्त्रालयले लोक सेवा आयोगबाट स्थानीय तहमा सिफारिस भई स्थायी नियुक्ति भएका कर्मचारीलाई कामकाजमा खटाउने कार्य हालका लागि स्थगित गरेको हो।, पुस ६ मा मन्त्रीस्तरीय निर्णय गर्दै मन...
रासस भारत पिथौरागढको जोलजीविमा नेपाल–भारतका सुरक्षा अधिकारीबीच समन्वयात्मक बैठक बिहीबार बसेको छ।, सीमामा हुने गतिविधि र सीमा अपराध नियन्त्रणलगायतका विषयमा दुवै देशका अधिकारीबीच समन्वयात्मक बैठक बसेको हो।, जोलजीविस्थित सीमा सुरक्षा बल (एसएसबी) को क्याम्पमा भएको बैठकमा सातवटा एजेण्डामा छलफल भएको छ। त्यसअनुसार बैठकको पहि...
सेतोपाटी संवाददाता नेपालमा थप १६७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शनिबार १६७ जना संक्रमित थपिएका हुन्।, पछिल्लो २४ घण्टामा ६ हजार ४४७ जनाको कोरोना परीक्षण गर्दा सो संख्यामा संक्रमित थपिएका हुन्।, ४ हजार २८३ जनाको पिसिआर परीक्षण र २१६४ जनाको एन्टिजेन परीक्षण गरिएको...
एजेन्सी बंगलादेश शुक्रबार बिहान एउटा फेरिमा आगो लाग्दा कम्तीमा ३६ जनाको मृत्यु भएको छ।, समाचार संस्था एएफपीका अनुसार राजधानी ढाकाबाट २५० किलोमिटर दक्षिणमा पर्ने झालोकाथी सहर नजिकै सुगन्धा नदीमा स्थानीय समयअनुसार बिहान तीन बजे उक्त आगलागी भएको हो।, तीन तले फेरिमा झन्डै पाँच सय मानिस सवार थिए। तीमध्ये धेरैजसो ढाकाबाट आफ...
सेतोपाटी संवाददाता काठमाडौं उपत्यकामा ९८ जना कोरोना संक्रमित थपिएका छन्।, भक्तपुरमा ४, ललितपुरमा २६ र काठमाडौं ६८ गरी ९८ संक्रमित थपिएका छन्।, यस्तै, काठमाडौं उपत्यकामा १८५८ सक्रिय संक्रमित छन्। जसमध्ये काठमाडौंमा ७५७ भक्तपुरमा ४९७ र ललितपुरमा ६०४ सक्रिय संक्रमित छन्।, नेपालमा थप १६७ जनामा कोरोना भाइरसको संक्रमण पुष्ट...
नारायण खड्का दाङको घोराहीस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको मेडिकल कलेजको लागि नवलपुर बहुउद्धेश्यीय सरोकार समितिले झन्डै साढे २० बिगाहा जग्गा प्रदान गर्ने भएको छ। , समितिका अध्यक्ष बलिभद्र रानाको पहलबाट घोराही उपमहानगरपालिका वडा नं. १८ नवलपुरमा २० बिगाहा ९ कट्ठा जग्गा मेडिकल कलेजले पाउने लगभग निश्चित जस्तै भए...
रासस अपराध मुद्दामा संलग्न बालकलाई राखिएको ‘बाल सुधार गृह’ सुधारको पर्खाइमा छ।, विराटनगर महानगरपालिका-५ मा अवस्थित सो सुधारगृह एक बिघा क्षेत्रफलमा एक चमेनागृह, कक्षा ५ देखि १० सम्मको सामुदायिक विद्यालय र एक प्रशासनिकसहित आवासीय गृह तथा एक भण्डारण गृह छन्।, युसेपको व्यवस्थापनमा विसं २०७० देखि सञ्चालनमा आएको सो गृह ५० ब...
नारायण खड्का सल्यानमा गत असारमा एक जना वृद्ध महिलालाई कर्तव्य गरी हत्या गरेको आरोपमा चार जना पक्राउ परेका छन्। , मुख्य आरोपित भनिएका फरार युवक भने शनिबारमात्रै पक्राउ परेका छन्। , गत असार ११ गते राति ९ बजे जिल्लाको छत्रेश्वरी गाउँपालिका वडा नं. ३ झिम्पेमा ७० वर्षीया जमनी बुढा मगरको हत्या आरोपमा आफन्त र नातेदार नै पक्र...
रासस सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका–१० शिखरपुरमा ट्रक दुर्घटना हुँदा एकको मृत्यु भएको छ।, आज बिहान ८ः३० बजे बा२ख ३६८९ नम्बरको ट्रकबाट सामान झार्दै गर्दा क्लज थिचिएर ट्रक दुर्घटना भएको इलाका प्रहरी कार्यालय मेलम्चीका प्रहरी निरीक्षक टीकाराम राइले बताए।, ट्रक लगभग १०० मिटर तल पुगेको स्थानीयवासीले बताएका छन्।, जुगल गा...
सेतोपाटी संवाददाता कैलालीमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ। , शनिबार दिउँसो घोडाघोडी नगरपालीका-८ आमफाँटा शिविर बस्ने वर्ष ४१ वर्षीय सुखराम डगौराको मोटरबाट सिँचाइ गर्ने क्रममा करेन्ट लागेर मृत्यु भएको हो।, खेतमा विद्युतीय मोटरले गहुँ सिँचाइ गर्ने क्रममा करेन्ट लागेर उनी घाइते भएका थिए। उनको घोडाघोडी अस्पताल सुख्खड...
एजेन्सी भारतमा कोभिड संक्रमण फेरि तिब्र रूपमा बढ्न थालेपछि राजधानी नयाँ दिल्लीमा पुनः रात्रिकालीन कर्फ्यू लगाइएको छ। , कोभिडको नयाँ भेरियन्ट ओमिक्रोनका कारण संक्रमितहरुको संख्या बढेपछि राज्य सरकारले सोमबारबाटै लागू हुने गरी राति ११ बजेदेखि बिहान ५ बजेसम्म कर्फ्यू लगाउने निर्णय गरेको हो।, यसअघि छिमेकी राज्य उत्तर प्रदे...
सेतोपाटी संवाददाता गोरखा उद्योग बाणिज्य संघको अध्यक्षमा कृष्णकुमार श्रेष्ठ चयन भएका छन्।, उनी सर्वसम्मत अध्यक्ष बनेका हुन्।, वरिष्ठ उपाध्यक्षमा भगवानबाबु मास्के र उपाध्यक्षमा अस्मकबाबु श्रेष्ठ चयन भए।, कोषाध्यक्षमा राजेन्द्र विश्वकर्मा चयन हुँदा महिला उपाध्यक्षमा रिता रेग्मी अर्याल चयन भएकी छन्।, संघको १६ औं अधिवेशन ग...
सेतोपाटी संवाददाता दाङमा मतदाता नामावली बनाउनेहरूको भिडभाड देखिएको छ।  , इलाका प्रशासन कार्यालय तुलसीपुरमा आइतबार सयौं सर्वसाधारण मतदाता नामावली बनाउन बिहानैदेखि नै लाइनमा बसेको देखिएको थियो। , दलहरूका बीचमा आ-आफ्ना कार्यकर्ताको मन जित्ने र रिझाउने होडबाजी चलेको हुँदा गाडी रिजर्भ गरी गाउँ-गाउँबाट सर्वसाधारणलाई मतदाता ...
रासस गौरीगञ्जमा भारतसँग सिमाना जोडिएको गौरिया खोलामा बाढीले पुरिएको एउटा सीमास्तम्भ दुई वर्ष बितिसक्दासमेत यथास्थितिमा उठाउन पहल भएको छैन। यसबाट सीमाकै अस्तित्व संकटमा परेको छ।, गौरीगञ्ज गाउँपालिका-४ बाह्रसुदीमा रहेको १४९ शृङ्खलाको २४ नम्बर सीमास्तम्भ २०७६ सालको बर्खा याममा गौरिया खोलाको बाढीले ढलेको थियो। बाढीले ढलेक...
युनिक श्रेष्ठ ओखलढुंगाको सुनकोशी गाउँपालिका-५ स्थित नागी सानो भीर पहरे-पाखा सामुदायिक वनमा अचेल चहलपहल हुन्छ। सामुदायिक वनभित्र पर्ने एउटा चट्टान खोप्न काठमाडौंदेखि मान्छे गएका छन्। केही स्थानीय पनि काममा जुटेका छन्।  , अनकन्टार ठाउँमा रहेको चट्टानमा बिस्तारै भगवान् गौतम बुद्धको अनुहारको आकार आउँदैछ।, जंगलको बीचमा रहे...
निर्मला घिमिरे सहरी विकासमन्त्री रामकुमारी झाँक्रीले 'ढलको ढक्कन मिलाउन नजान्ने' भन्दै इञ्जिनियरहरूमाथि व्यंग्य कसेपछि सामाजिक सञ्जालमा उनको खुब आलोचना भयो।, मन्त्री झाँक्रीले गत शुक्रबार एक कार्यक्रममा बोल्दै सडकको सतह सलल मिल्नुपर्नेमा ढलका ढक्कनले उबडखाबड पारेको बताइन्। उनले ढक्कन मिलाउने दिन कहिले आउला भनी इञ्जिनि...
सेतोपाटी संवाददाता सँगै सुतेका एक जना साथीको रड प्रहारबाट गम्भीर घाइते भएका तीन जनाको पाँच दिन बितिसक्दा पनि अझैँ होस आएको छैन। , घटनाको पाँच दिन बितिसक्दा पनि घाइते तीन जनाको अझैं अचेत अवस्थामै उपचार भइरहेको खबर प्राप्त भएको जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रहरी नायब उपरीक्षक बिनोद घिमिरेले जानकारी दिए। , पुस ६ गते ...
नारायण खड्का प्रहरीको मोटरसाइकल लिएर फरार घोराही कारागारका नाइके २८ वर्षीय यमराज परियारलाई भगाउन युवतीको प्रयोग भएको पाइएको छ।, ‘सिसी टिभी फुटेजले युवतीको संलग्नता पुष्टि भएको हो,’ एक प्रहरी अधिकारीले सेतोपाटीसँग भने, ‘योजना अनुसार युवतीको प्रयोग गरि उसलाई भगाइएको स्पष्ट जस्तै भइसकेको छ।’, परियारलाई भगाउन भूमिका खेलेक...
सेतोपाटी संवाददाता चेक अनादर मुद्दामा दुई वर्ष कैद सजाय तोकिएकी एक महिला पक्राउ परेकी छन्। , घोराही उपमहानगरपालिका-१५ की ३१ वर्षीया राधा बिकलाई लेनदेन मुद्दामा दाङ जिल्ला अदालतले गत फागुन ६ गते कैदको सजायको फैसला सुनाएको थियो। , त्यसयता फरार रहेकी बिकलाई पुस ९ गते पक्राउ पछि सोमबार अदालतमा उपस्थित गराइएको जिल्ला प्रहर...
रासस जाजरकोटको त्रिभुवन माध्यमिक विद्यालय मेला लगाउनकै लागि बन्द गरिएको छ।, पुस १२ देखि १६ गतेसम्म विद्यालय बन्द गरी मेला लगाएको हो।, रमाइलो मेला तथा संस्कृतिक मेला भन्ने नारा दिएर विद्यालय हाताभित्र कार्यक्रम सञ्चालन गरिँदा विद्यालय बन्द भएको हो।, ‘विद्यालय बन्द गरेर मेला लगाउनु ठिक नभए पनि सर्वदलीय सहमति गराएर जिल्ल...
सेतोपाटी संवाददाता काठमाडौंबाट रेडपाण्डाको छालासहित चार जनालाई पक्राउ गरेको छ। , महानगरीय अपराध महाशाखाको टोलीले मंगलबार काठमाडौंको गोंगबुबाट चार जनालाई रेडपाण्डाको छालासहित पक्राउ गरेको प्रहरी वरिष्ठ उपरीक्षक चन्द्रकुँवेर खापुङले जानकारी दिए। , पक्राउ पर्नेमा निरबहादुर घले, मोहन कर्ण कार्की, कृष्ण तामाङ र सुरेश गिरी ...
सेतोपाटी संवाददाता रौतहटमा स्कार्पियो गाडी दुर्घटना हुँदा मृत्यु हुनेको संख्या ६ पुगेको छ। , मंगलबार अपरान्ह ४ बजे गरुडा नगरपालिका-१ जयनगरमा बिआर ०५ पिए ६९५३ नम्बरको स्कार्पियो गाडी दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक सुनिल मल्लले जानकारी दिए। , गौरबाट जयनगरतर्फ जाँदै थियो।...
सेतोपाटी संवाददाता प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले राज्यले सुम्पिएको दायित्वलाई प्रहरी कर्मचारीहरूले इमानदारीपूर्वक निर्वाह गर्न निर्देशन दिएका छन्। , जिल्ला प्रहरी कार्यालय झापाको मंगलबार निरीक्षण भ्रमणमा पुगेका उनले प्रहरी कर्मचारीहरूलाई उक्त निर्देशन दिएका हुन्। , उनले हरेक प्रहरी कर्मचारीले आपसमा भाइचारा ...
सेतोपाटी संवाददाता हाल देशमा  पश्चिमी  न्यून चापीय प्रणालीको  प्रभाव  रहेको  छ। दिउँसो देशभर सामान्य देखि पूर्णतया बदली रहने मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ।, उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा  मध्यम हिमपातको सम्भावना रहेको छ। सुदूरपश्चिम र लुम्बिनी प्रदेशको थोरै स्थानमा हल्का वर्षाको सम्भावना छ ।,...
रासस पाल्पाको तानसेन–तम्घास सडक दैनिक छ घण्टा बन्द हुँदै आएको छ।, सोमबारदेखि तानसेन नगरपालिकार रिब्दीकोट गाउँपालिकाको जोर्ते क्षेत्रको भिरमा सडक चौडा गर्न पुस २२ गतेसम्म बन्द हुने सडक कार्यालय पाल्पाले जनाएको छ।, हरेक दिन बिहान ९ः३० देखि दिउँसो ३ः३० बजेसम्म सवारीसाधनलाई आवतजावतमा रोक लगाइएको हो।, पुस १२ गतेदेखि २२ गते...
सेतोपाटी संवाददाता काठमाडौंमा गए रातिदेखि वर्षा भएको छ।, साथै मुलुकका अधिकांश स्थानमा बुधबार बिहानदेखि वर्षा भइरहेको छ।, देशभर नै पश्चिमी न्यूनचापीय प्रणालीको प्रभाव रहेकोले हल्कादेखि मध्यम वर्षा भएका छन्।, मौसम पूर्वानुमान महाशाखाका अनुसार उच्च पहाडी भूभागमा वर्षा र हिमाली भेगमा हिमपात भएको छ।, मौसमविद् गंगा नगरकोटीक...
सेतोपाटी संवाददाता सप्तकोशी डेभलपमेन्ट बैंकका प्रमुख कार्यकारी अधिकृत नविन सुवेदी पक्राउ परेका छन्।  , बैंकमा हिनामिना भएको १५ करोड ७० लाख रुपैयाँ प्रकरणमा अनुसन्धानका लागि उनलाई मोरङ प्रहरीले बुधबार पक्राउ गरेको हो। , बैंकबाट गायब रकममध्ये अधिकांश रकम प्रमुख कार्यकारी अधिकृतकै आफन्तको खातामा जम्मा भएको पाइएपछि उनी पक...