content
stringlengths
20
64.1k
सेतोपाटी संवाददाता नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ की पत्नी सीता दाहाल मंगलबार नेपाल मेडिसिटी अस्पतालबाट डिस्चार्ज भएकी छन्।, कोभिड संक्रमणका कारण स्वास्थ्यमा समस्या देखा परेपछि उनी गत शुक्रबार अस्पताल भर्ना  भएकी थिइन्। , उनको नियमित स्वास्थ्यजाँचमा संलग्न चिकित्सक वरिष्ठ नशारोग विशेषज्ञ डा.ब...
सेतोपाटी संवाददाता विद्यार्थीहरूलाई कोरोनाविरूद्ध खोप लगाउन सरकारले माघ १५ देखि २० गतेसम्म विद्यालय खोल्ने भएको छ।, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले देशैभरका विद्यालय छ दिन खुल्ने र त्यो बेला सबै विद्यार्थीलाई खोप लगाउनुपर्ने बताएको छ।, कोरोना बढेपछि सरकारले विद्यालय बन्द गरेको थियो।, मन्त्रालयका प्रवक्ता दीपक ...
सेतोपाटी संवाददाता बारामा जीप र मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु भएको छ। , कलैया उपमहानगरपालिका-५ का ४० वर्षीय नरेश साह र ५५ वर्षीय शितल साहको मृत्यु भएको जिल्ला प्रहरी कार्यलय बाराका प्रहरी नायब उपरीक्षक (डिएसपी) राकेश थापाले जानकारी दिए। , दुर्घटना बुधबार राति कलैया उपमहानगरपालिका-२५ कलैया-वीरगन्ज सडकखण्डमा भएको...
सेतोपाटी संवाददाता नेपालमा पछिल्लो २४ घण्टामा थप १२ हजार ८ जनामा कोरोना पोजेटिभ पुष्टि भएको छ।, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा गरेको २५ हजार ९ सय ९ जनाको परीक्षणबाट उक्त संख्यामा संक्रमित फेला परेका हुन्।, मन्त्रालयका अनुसार १८१०३ पिसिआर परीक्षणबाट ९ हजार ४ सय ३२ र ७८०६ एन्टिजेन परीक्षणबा...
सेतोपाटी संवाददाता काठमाडौं उपत्यकामा पछिल्लो २४ घन्टामा ६१७२ जना कोरोनामा नयाँ संक्रमित फेला परेका छन्। , यो कुल संक्रमितको आधा भन्दा बढी हो। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा १२ हजार ८ जनामा संक्रमण पुष्टि भएको थियो।, मन्त्रालयका अनुसार काठमाडौं उपत्यकामा ५६ हजार ८ सय ८२ जना सक्रिय संक्रमि...
सेतोपाटी संवाददाता कारागारबाट भागेपछि प्रहरीले भारत पुगेर पक्राउ गरी ल्याएका तुलसीपुर कारागारका तत्कालीन नाइके यमराज परियारको थुनछेक बहस बुधबारमात्रै हुने भएको छ।, परियारलाई जिल्ला प्रहरी कार्यालय दाङले आज जिल्ला अदालतमा उपस्थित गराएको थियो। तर समय अभावका कारण आज थुनछेक बहस हुन नसकेपछि प्रहरी हिरासतमै राख्न भनिएको जिल...
सेतोपाटी संवाददाता काठमाडौं उपत्यकामा तीन वटा जिल्ला प्रशासन कार्यालयले जारी गरेको आदेशबारे समीक्षा गर्ने भएका छन्। , शुक्रबार प्रमुख जिल्ला अधिकारीहरू बैठक बस्दै यसबारे समीक्षा गर्ने काठमाडौंका प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजालले जानकारी दिए। , कोरोना भाइरसको संक्रमणलाई नियन्त्रण गर्न काठमाडौं उपत्यकामा प्रशा...
सेतोपाटी संवाददाता नेपालमा पछिल्लो २४ घण्टामा थप ८ हजार ४५४ जनामा कोरोना पोजेटिभ पुष्टि भएको छ।, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा गरेको २० हजार ३ सय ५९ जनाको परीक्षणबाट उक्त संख्यामा संक्रमित फेला परेका हुन्।, मन्त्रालयका अनुसार ५५७१ पिसिआर परीक्षणबाट र  २८८३ एन्टिजेन परीक्षणबाट संक्रमण पुष...
सेतोपाटी संवाददाता कोरोनाको जोखिम बढेपछि कैलालीका १३ मध्ये पाँच स्थानीय तहले अत्यावश्यक बाहेकका सेवा बन्द गरेका छन्।, धनगढी उपमहानगर, भजनी नगरपालिका, गोदावरी नगरपालिका, गौरीगंगा नगरपालिका र जोशीपुर गाउँपालिकाले सूचना जारी गर्दै हाललाई सेवा बन्द गरेका हुन्।, धनगढी उपमहानगरपालिकाले एक सूचना जारी गर्दै बुधबारदेखि अत्यावश...
सबिना श्रेष्ठ सहरको कथा: पनौती, उनी हरेक दसैंमा कुमारीको साजसज्जा र भेषभुषामा तुलजा भवानीलाई भेट्न जान्छिन्।, त्यो बेला पनौती बसपार्कदेखि लायकू (दरबार) सम्म बाजागाजाको लश्कर हिँड्छ। मान्छेको भिड लाग्छ। त्यही भिडमा सबैले उनको दर्शन गर्छन्, फूल चढाउँछन्। नभए अरू दिन त्यही बाटो ओहोरदोहोर गर्दा पनि उनलाई कसैले चिन्दैनन् व...
सेतोपाटी संवाददाता नेपाल पर्वतारोहण संघले कुष्टरोगबाट ग्रसित २ सय व्यक्तिलाई न्यानो कपडा र स्वास्थ्य सामाग्री वितरण गरेको छ।, संघले जापानको द निप्पोन फाउण्डेशनको आर्थिक सहयोगमा सञ्चालन गरिरहेको सहयोग परियोजनाअन्तर्गत दक्षिणकाली नगरपालिका वडा नम्ब २ स्थित खोकना आरोग्य आश्रमका कुष्टरोगबाट ग्रस्ति दुई सय जना व्यक्तिलाई स...
सेतोपाटी संवाददाता मोरङको बेलबारीमा आफ्नै बुबाको हत्या गरेको आरोपमा प्रहरीले छोरालाई पक्राउ गरेको छ।, बेलबारी नगरपालिका-९ डाँगा बजारका ३५ वर्षीय जय बहादुर खत्रीलाई आफ्नै ८० वर्षिय बुबा दलबहादुरको हत्या गरेको आरोपमा प्रहरीले पक्राउ गरेको हो।  , इलाका प्रहरी कार्यालय बेलबारीका अनुसार खत्रीले आफ्नो बुबालाई बुधबार राति कर...
भगवती पाण्डे पहिलो र दोस्रो लहरको कोभिड संक्रमणको नियन्त्रण र उपचारमा महत्वपूर्ण भूमिका खेलेका लुम्बिनी प्रदेशका सरकारी अस्पतालहरू तेस्रो चरणको कोरोना संक्रमण फैलिरहँदा भने नेतृत्वविहीन भएका छन्।, लुम्बिनी प्रदेशका १२ जिल्लामा साविक अञ्चल अस्पताल, जिल्ला अस्पताल र आयुर्वेद अस्पताल गरी २५ वटा अस्पताल प्रदेश सरकार मातहत...
सेतोपाटी संवाददाता ललितपुर महानगरपालिकाले जावलाखेल चोकमा मंगलबारदेखि सूचना केन्द्र सञ्चालनमा ल्याएको छ। , नगरवासीलाई नगरभित्रका समस्या, गुनासो र आवश्यकताबारे सहज रूपमा जानकारी गराउने उद्धेश्यले सूचना केन्द्र सञ्चालनमा ल्याइएको ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले जानकारी दिए।, सूचना केन्द्रले उपत्यका र ललितपु...
सबिना श्रेष्ठ सहरको कथा: पनौती, झन्डै एक दशक भयो उनको निधन भएको। उनको निधनले छाडेको ठाउँ अझै खाली छ। पनौतीले अझै उनको अभाव महशुस गरिरहेको छ।, गणेशमान दुवाल पनौतीवासीले नौ बाजा सम्झँदा सम्झने नाम हुन्।, सायदै कसैले सोचेका थिए, उनको निधनसँगै पनौतीमा चाडपर्वको रौनक हराउनेछ।, भयो त्यस्तै।, हिजोआज पनौतीको हरेक चाडपर्वमा नौ...
रासस जिल्ला प्रहरी कार्यालय सुर्खेतले लागुऔषध ब्राउन सुगरसहित सुर्खेतबाट दुई जनालाई पक्राउ गरेको छ।, प्रहरीले गुर्भाकोट नगरपालिका–८ सुर्खेतका ३२ वर्षीय लक्ष्मण परियार र सोही नगरको वडा नम्बर ९ का ३० वर्षीय रमेश ओलीलाई पक्राउ गरेको हो।, सोमबार नेपालगञ्जबाट सुर्खेततर्फ आउँदै गरेको सवारीसाधन म्याजिक रोकी जाँच गर्ने क्रममा...
रासस राष्ट्रिय भूमि आयोग चितवनले यही माघ १८ गतेदेखि लालपुर्जा वितरणको प्रक्रिया सुरू गर्ने भएको छ।, आयोगले गत साता जिल्लाका माओवादी पार्टीका नेता बद्री तिमिल्सिनालाई अध्यक्ष बनाएसँगै काम अघि बढाउन लागिएको हो। आयोगले भरतपुर महानगरपालिका-१४ सहित ६ वटा वडाबाट काम सुरू गर्न लागेको हो। , सबै वडामा ६ जनाका दरले प्राविधिकसहि...
सेतोपाटी संवाददाता मृत्युपछि स्वर्गमा बास होस् भन्ने कामना गर्दै गोदावरीको होसल छोइलिङ गुम्बामा सात दिनसम्म नरक पूजा गरियो। , ललितपुर–मनुष्यको मृत्युपछि नर्कमा जानु नपरोस् र स्वर्गको बास होस भन्ने कामना गर्दै गोदावरीस्थित होसल छोइलिङ गुम्बामा नरक पूजा गरिएको छ। सात दिने पूजाको अन्तिम दिन सोमबार गुम्बाको आँगनमा विभिन्न...
सेतोपाटी संवाददाता बर्दियामा टिपरको ठक्करबाट दुई जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन्।, जिल्ला प्रहरी कार्यालय बर्दियाका अनुसार सोमबार राति ८ बजेतिर बढैयाताल गाउँपालिका-०३ सतपतियामा भे १ क १४९५ नम्बर टिपर अनियन्त्रित भएर आगो तापिरहेका मानिसहरूलाई ठक्कर दिन पुगेको थियो।, स्थानीय रामु थारूको घरअगाडि आगो तापिरह...
रासस जिल्ला अस्पताल स्याङ्जामा अक्सिजन प्लान्ट सञ्चालनमा आएको छ।, बिजुली नहुँदा जडान भएर पनि जिल्ला अस्पतालमा लामो समयदेखि अक्सिजन प्लान्ट सञ्चालनमा आउन सकेको थिएन।, कोरोना भाइरसको सङ्क्रमणका समयमा अक्सिजन प्लान्टको महशुस गरी गत असारमा सो प्लान्ट स्थापना गरिएको हो।, विद्युतको समस्याले त्यसयता प्लान्ट सञ्चालन गर्न नसकि...
सेतोपाटी हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव छ।, उक्त मौसमी प्रणालीको प्रभावले बुधबार रातिदेखि मौसम थप प्रभावित हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।, हाल पहाडी भू-भागमा आंशिक बदली रही तराईका भू-भागमा हुस्सु–कुहिरो लागेको छ। पश्चिमी वायुको प्रभावले बदली हुनका साथै कतिपय स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना छ।...
एजेन्सी उत्तर कोरियाली शासक किम जोङ उन र उनकी पत्नी री सोल जु लामो समयपछि सँगै सार्वजनिक कार्यक्रममा सहभागी भएका छन्।, उत्तर कोरियाको सरकारी सञ्चारमाध्यम केसिएनएले नयाँ वर्षको उपलक्ष्यमा मंगलबार प्योङयाङमा आयोजित एउटा कन्सर्टमा किम दम्पती सहभागी भएको जनाएको छ।, कुनैबेला किमकी पत्नी जु उनीसँगै विभिन्न सार्वजनिक कार्यक्...
सेतोपाटी संवाददाता लोक सेवा आयोगले फागुन ६ गतेदेखि परीक्षा गर्ने भएको छ।, यसअघि तोकिएका परीक्षाहरू कोरोनाका कारण स्थगित गरिएको थियो।, आयोगले सूचना निकालेर परीक्षाको तालिका प्रकाशित गरेको छ।, उपसचिव वा सो सरह, शाखा अधिकृत वा सो सरह, स्वास्थ्य सेवातर्फ सातौं, आठौं र नवौं तहको विभिन्न पदका लिखित परीक्षाहरू फागुन ६ देखि स...
रासस सप्तरीको बोदेबरसाइन नगरपालिका–१ धनगढीमा एक युवकले आफ्नै भाउजूको पेट्रोल छर्केर आगो लगाई हत्या गरेका छन्। सत्ताइस वर्षीया राजकुमारी साहको उपचारका क्रममा मृत्यु भएको प्रहरीले बताएको छ। , दुई दिनअघि २० वर्षीय परमेश्वर साहले घरमै रोटी पकाइरहेकी आफ्नी भाउजू राजकुमारीको शरीरमा पेट्रोल छर्केर आगो लगाएको पीडित परिवारले आ...
रासस नेपाल प्रहरीले अवैध रुपमा भन्सार छलेर ल्याएको सुन, मोबाइल र ल्यापटपसहित चार जनालाई पक्राउ गरेको छ।, प्रहरीको त्रिभुवन अन्तर्राष्ट्रिय सुरक्षा कार्यालयले जजिरा एअरको फ्लाइटबाट दुबई, कुवेत हुँदै नेपाल आएका मोरङका ३० वर्षीय पदमबहादुर अधिकारी, सोही ठाउँका ३० वर्षीय मानसिंह विश्वकर्मा, झापाका २२ वर्षीय समिर रसाईली र म...
सेतोपाटी संवाददाता तुलसीपुरमा आगलागीबाट जलेर एउटा भैंसी र चार सय बढी चल्ला मरेका छन्। , तुलसीपुर उपमहानगरपालिका वडा नं. ३ शितल चौतारा टोल शिव खोलाका ३३ वर्षीय विनय गिरीको भैंसी गोठ र कुखुरा पाल्ने टहरोमा आगो लागेको थियो। , मंगलबार बेलुका ६ बजेतिर लागेको आगोबाट गिरीले पालेको एउटा भैंसी र ४ सय २० चल्ला जलेर मरेको इलाका ...
सेतोपाटी संवाददाता बाजुरामा ११ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ परेका छन्।, जगन्नाथ गाउँपालिका-२ को एक निजी स्कुलमा पढाउने कञ्चनपुरका भीम ठगुन्ना पक्राउ परेका हुन्।, बालिकाको परिवारसहित बस्दै आएको होटलमा खाजा खान पुगेका उनले माघ २० गते राति जबरजस्ती करणी गरेको भन्दै आफन्तले २३ गते प्रहरीकहाँ ...
सेतोपाटी संवाददाता काठमाडौं महानगरपालिकाले बागमती र विष्णुमती नदी किनारमा १७ वटा पार्क निर्माणको कार्य अघि बढाएको छ।, सोमबार वडा नं १७ मा इन्द्रायणी गुरुयोजना अन्तर्गत इन्द्रायणी पार्कको शिलान्यास गर्दै काठमाडौं महानगरका प्रमुख विद्यासुन्दर शाक्यले पार्क निर्माण भइरहेको जानकारी दिएका हुन्। , पार्कको लागत १ करोड ८० लाख...
सेतोपाटी संवाददाता काठमाडौंको धापासीमा कारले ठक्कर दिँदा एक जना बालकको मृत्यु भएको छ। , मंगलबार राति सवा ८ बजे कारले ठक्कर दिँदा तीन वर्षीय बालकको मृत्यु भएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रहरी उपरीक्षक दिनेशराज मैनालीले जानकारी दिए। , टोखा नगरपालिका-६ धापासीमा बा १७ च ५०२२ नम्बरको टोयटा कारले तीन वर्षीय बालकलाई ...
सेतोपाटी संवाददाता रौतहटमा एक किशोरीको शव फेला परेको छ। , बुधबार बिहान साढे ११ बजे इशनाथ नगरपालिका-९ की १९ किशोरीको गहुँबारीमा शव फेला परेको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक विनोद घिमिरेले जानकारी दिए। , सोही नगरपालिकाको वडा-४ स्थित गहुँबारीमा १९ वर्षीय चाँदनी खातुनको शव फेला परेको  प्रहरीले जनाएको छ।, ‘घटना श...
सेतोपाटी संवाददाता कर्णाली प्रदेश सरकारले ल्याएको ‘कर्णाली सूचना प्रविधि तथा आमसञ्चार प्रतिष्ठान स्थापना सम्बन्धि व्यवस्था गर्न बनेको विधेयक’ संशोधन गर्न माग गरिएको छ।, बुधबार नेपाल पत्रकार महासंघका केन्द्रीय कोषाध्यक्ष कलेन्द्र सेजुवालको नेतृत्वमा मुख्यमन्त्री जीवनबहादुर शाहीलाई भेटेर विधेयकलाई सुधार गरेर मात्र अगाडि...
रासस ठाडो उकालो, पिठ्युँमा डोको, डोकोमा गाग्रीभरि पानी, पानीमाथि तीन वर्षकी छोरी बोकेर दैनिक पानीको जोहो गर्नुपर्ने बाध्यता छ घोराही उपमहानगरपालिका–१९ खोलीगाउँका महिलाको। , एक गाग्री पानी लिन हरेक दिन उकालो–ओरालो झर्नुपर्ने बाध्यताका कारण उनीहरूको बिहानभरको समय त्यतै बित्ने गरेको छ।, एउटै मुहानको पानी प्रयोग गर्ने ३१ ...
रासस बाँके र बर्दियामा बाघ गणनाका लागि निकुञ्जमा राखिएका क्यामेरा चोरी हुँदा गणना  प्रभावित हुने गरेको छ।, बाघ गणना गर्दा एक स्थानमा करिब १५ दिनसम्म क्यामेरा राख्ने गरिएको छ।, बाँके र बर्दिया राष्ट्रिय निकुञ्जमा चार ब्लक बनाएर बाघ गणना भइरहेको छ। यी दुई निकुञ्जमा गणनाको लागि राखिएका २३ क्यामेरा चोरी तथा तोडफोड भएको रा...
रासस धनुषाको कुर्थादेखि भारतको जयनगरसम्म रेल सेवा सञ्चालन हुने निश्चित भएपछि नेपाल रेल्वे कम्पनीले रेलको लिकमा अव्यवस्थित रुपमा लाग्दै आएको हाटबजार हटाउन सुरू गरेको छ।, अगामी महिनादेखि रेल सेवा सञ्चालनको तयारी गरेको नेपाल रेल्वे कम्पनीले जनकपुरधाम उपमहानगरपालिका– १ सीता चोकस्थित रेल्वे लिकमा व्यापारीले लगाउँदै आएको दै...
सेतोपाटी संवाददाता डोटीमा ट्यांकर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ।, बिहीबार राति जोरायल गाउँपालिका-२ छतिवन बुडर बजार नजिकै पानी बोक्ने ट्यांकर दुर्घटना हुँदा सोही ठाउँका ४२ वर्षीय तारा ऐरको मृत्यु भएको हो।, बुडरबाट छतिवन घर जान से १ क २१ नम्बरको ट्यांकरमा सवार रहेका उनी दुर्घटनामा परेका थिए।, सोही घटनामा उनको मृ...
रासस चन्द्रबहादुर भुजेल बिहान उठेर आँगनको धारामा हातमुख धोएपछि सडकका छेउमा बाँसको मुडामा टुक्रुक्क बसेर चिया पिउँदै वरपर हेर्छन् र मुस्कुराउँछन्।, घर अगाडि टायल बिछ्याइएको फराकिलो सडक छ। छिमेकमा एकै रूप र शैलीका चिटिक्क घर छन्। बिजुलीले घर झलमल्ल छ। सिलिङमा जिप्सन लगाइएको छ।, दमक नगरपालिका वडा नं  १ मा निर्मित एकीकृत ...
नारायण खड्का दाङको तुलसीपुर उपमहानगर भए पनि सम्साँझै सुनसान हुन्छ। हिउँदे वर्षाले चिसिएको तुलसीपुरका बासिन्दा बिहीबार साँझ घरभित्र पसिसेका थिए। रात छिप्पिँदै जाँदा लामो दूरीका बस र ढुवानीका सामान बोक्नेबाहेक अरू सवारी साधन सडकमा थिएनन्। प्राय: रात यसरी नै बित्ने तुलसीपुरमा बिहीबार मध्यरातिपछि भने हो-हल्ला भयो।, तुलसीप...
सेतोपाटी संवाददाता भूमि, व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री शशी श्रेष्ठले भूमिसम्बन्धी समस्या सदाका लागि अन्त्य गर्ने गरी कामलाई  तीव्र बनाइएको बताएकी छन्।, धनुषा जिल्लाको जनकपुर उपमहानगरपालिका वडा नं. १९ साविकको वेगाशिपुर गा.वि.समा रहेको गाउँब्लकमा रहेकाहरूलाई लालपूर्जा वितरण गर्दै मन्त्री श्रेष्ठले कोही पनि वा...
मनिका विश्वकर्मा यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायका कथाः, 'विश्वभरका नौ हजार व्यक्तिको नाम मनोनयन हुँदै छ। तपाईंको नाम पनि छ। तर तपाईंको नाम फाइनलमा पुग्छ कि पुग्दैन भन्ने थाहा छैन। जुन २६ सम्म यो कुरा गोप्य राख्नू होला।', सन् २०१९ मा भूमिका श्रेष्ठको इमेलमा यस्तो सन्देश आयो। , उक्त सन्देश बेलायती संस्था 'एपोलिटकल' ...
सेतोपाटी संवाददाता राष्ट्रपति विद्यादेवी भण्डारी र पूर्वप्रधानमन्त्री एवं नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले संस्कृतिविद सत्यमोहन जोशीको स्वास्थ्य लाभको कामना गरेका छन्।  , पूर्वमन्त्री एवं एमाले नेता एवं काठमाडौं क्षेत्र नम्बर-९ का सांसद कृष्णगोपाल श्रेष्ठमार्फत् जोशीको स्वास्थ्य लाभको कामनासहित सन्देश पठाएका हुन्।...
सेतोपाटी संवाददाता कुनै समय ट्रली बसको टिकट काउण्टर रहेको र पछिल्लो समय जीर्ण बनेको त्रिपुरेश्वर चोकमा तपाईं आज-भोलि पुग्नुभयो भने त्यहाँ टिकट काउण्टर होइन आधुनिक र सुविधा सम्पन्न सार्वजनिक शौचालय देख्न सक्नुहुनेछ। त्यहाँ काठमाडौं महानगरपालिकाले एरोसानसँगको सहकार्यमा आधुनिक र सुविधा सम्पन्न शौचालयको निर्माण गरेको छ।, ...
रासस चितवनमा बर्डफ्लू रोगको संक्रमण पुन: देखिएको छ। राप्ती नगरपालिका-६ स्थित अनिता पशुपक्षी कृषि फर्ममा बर्डफ्लू देखिएको हो।, प्रमुख जिल्ला अधिकारी आस्मान तामाङले कुखुरा मर्न थालेपछि यही माघ २५ गते नमूना सङ्कलन गरी काठमाडौं पठाइएकामा बिहीबार सङ्क्रमण पुष्टि भएको जानकारी दिए। उनका अनुसार बर्डफ्लूको एचफाइभ एनवान सङ्क्रम...
सेतोपाटी संवाददाता कोरोना महामारीको तेस्रो चरणमा बन्द भएका शैक्षिक संस्था, रेष्टुरेन्ट तथा रात्रिकालीन व्यवसाय सञ्चालनमा आउने भएका छन्।, कोभिड संकट व्यवस्थापन केन्द्र (सिसिएमसी) तथा उपत्यकाका प्रशासन सम्मिलित जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्र (डिसिसिएमसी)को निर्णय अनुसार आइतबारदेखि शैक्षिक संस्था, होटल, रेष्टुरेन्ट...
सेतोपाटी संवाददाता प्रहरीले रेडपान्डाको दुइटा छालासहित एक जनालाई पक्राउ गरेको छ।, रूकुम पश्चिम बाँफिकोट गाउँपालिका-५ घर भई हाल काठमाडौं नयाँ बसपार्क मञ्जुश्री बस्दै आएका २५ वर्षीय नवराज केसीलाई पक्राउ गरेको महानगरीय प्रहरी वृत्त सातदोबाटोले जानकारी दिएको छ। , ‍ललितपुर महानगरपालिका-१३ एकान्तकुनामा रेडपान्डा छालाको बेचब...
नारायण खड्का दाङमा आफूलाई शिव भगवानको भक्त बताउने एक जना धामी जबर्जस्ती करणी गरेको उजुरीपछि पक्राउ परेका छन्। , तुलसीपुर उपमहानगरपालिका वडा नं. १९ का ३५ वर्षीय गोपाल विक तुलसीपुर-१८ खैरेनी टोलकी 'माता' र उनकी भान्जी १४ वर्षीया नाबालिकाको जोहरीपछि विक पक्राउ परेका हुन्। , इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी ...
सेतोपाटी संवाददाता बाँकेमा बैंक तोडफोड गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। , नेपालगन्ज उपमहानगरपालिका-२ स्थित राष्ट्रिय वाणिज्य बैंकमा तोडफोड गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ। , कैलाली टिकापुर घर बताउने २६ वर्षीय सन्जु विकलाई प्रहरीले शुक्रबार पक्राउ गरे...
सेतोपाटी संवाददाता त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ९ सय ३६ ग्राम सुनसहित २ विदेशी नागरिक पक्राउ परेका छन्। बंगलादेशी नागरिक मोहम्मद तोफिकी उल्ला र भारतीय नागरिक पारसनाथ शाह सुनसहित विमानस्थल प्रहरीले पक्राउ गरेको हो। , उनीहरू विमानस्थलको आगमन टनेलमा पक्राउ गरेको अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयका प्रवक...
सेतोपाटी संवाददाता बैतडीमा टिपर दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ।, पाटन नगरपालिका ३ गुरुडाबाट पाटनतर्फ आइरहेकाे बा ३ ख ४८७९ नम्बरको टिपर साेमबार अपरान्ह ४ बजेतिर दुर्घटना भएको प्रहरीले जनाएको छ। , जिल्ला प्रहरी कार्यालय बैतडीका अनुसार दुर्घटनामा परी घटनास्थलमै तीन जनाकाे मृत्यु भएको छ भने घाइते थप ५ जनालाई उपचार...
नारायण खड्का सवारी दुर्घटनामा एक जना युवकको मृत्युपछि दिनभर तनावग्रस्त बनेको घोराही अहिले शान्त बनेको छ। , घोराही उपमहानगरपालिका वडा नं. ३ का १९ वर्षीय अर्जुन खड्काको मृत्युपछि आक्रोशित आफन्त र स्थानीयले घोराही-लमही सडकखण्ड अवरूद्ध गरेका थिए। , घोराहीबाट लमहीतर्फ जाँदै गरेको प्रदेश १–०२–००१– ख– ९४०४ नम्बरको ट्रकले घोर...
नवीनबाबु गुरूङ प्रतिनिधि सभाको बैठकमा एमसिसी टेबल हुने भएपछि बानेश्वर तनावपूर्ण बनेको छ। , प्रतिनिधि सभाको बैठकमा सरकारले एमसिसी टेबल गर्ने भएपछि त्यसैको विरोधमा उत्रिएका प्रदर्शनकारीमाथि प्रहरीले पानीको फोहराले हानेको हो।, अहिले प्रहरीले अश्रुग्यास पनि प्रहार गरेको महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रहरी उपरीक्षक...
सेतोपाटी संवाददाता लागुऔषध ब्राउन सुगरसहित पक्राउ परेका र्‍यापर  लाउरेलाई जिल्ला अदालत कास्कीले धरौटीमा छाड्न आदेश दिएको छ। , मंगलबार लाउरे नामबाट परिचित आशिष रानालाई ५० हजार धरौटीमा छाड्न आदेश दिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक रमेश थापाले जानकारी दिए। , प्रहरीले उनीसँगै अरू थप तीन जनालाई पनि पक्राउ गरेको...
खिलानाथ ढकाल गत माघ २६ गते बिआर ०१ बिसी ५६९७ नम्बरको भारतीय नम्बर प्लेटको कार वीरपुरस्थित एउटा स्कुलको कम्पाउन्डमा फेला परेको थियो।, कोसी ब्यारेजनजिकै भान्टाबारीबाट करिब पाँच किलोमिटरभित्र भारतीय प्रहरीले बेवारिसे कार फेला पारेको थियो।, नजिकै कारको चाबी पनि फालिएको थियो। कसैले कार पार्किङमा राखेर चाबीसमेत खुला ठाउँमा ...
सेतोपाटी संवाददाता बाढीले क्षतिग्रस्त बनेको मेलम्ची खानेपानी आयोजना मर्मतमा तीन वटा निकाय खटिएका छन्।, तीन सातायता मेलम्चीको मर्मत मेलम्ची खानेपानी आयोजना, सिँचाइ मन्त्रालय र सडक विभागले गरिरहेका छन्।, मेलम्ची खानेपानी आयोजनाका प्रवक्ता डिभिजनल इन्जिनियर राजेन्द्र पन्तका अनुसार अहिले हेडवर्क्सको काम भइरहेको छ। जहाँ बा...
सेतोपाटी संवाददाता अवैध कल सेन्टर सञ्चालन गरिरहेको आरोपमा प्रहरीले ८० जनालाई भक्तपुरबाट पक्राउ गरेको छ। , प्रहरीले एक चिनियाँ नागरिकसहित ८० जनालाई पक्राउ गरेको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक राजु पाण्डेले जानकारी दिए।, मंगलबार सानोठिमीस्थित तीन तले घरबाट कल सेन्टर सञ्चालक २९ वर्षीय वाङ्गजिनाओसहित...
सेतोपाटी संवाददाता देशभर थप ४७६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। , स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मंगलबार थप ४७६ जनामा संक्रमण पुष्टि भएको हो। , पछिल्लो २४ घण्टामा ९ हजार ४२४ जनाको कोरोना परीक्षण गर्दा सो संख्यामा संक्रमण पुष्टि भएको हो। , ६ हजार ६०४ जनाको पिसिआर गर्दा २९९ र २ हजार ८२० जनाको एन्ट...
सेतोपाटी संवाददाता प्रहरीलाई प्रदर्शनकारीबाट जोगाउँदा बुद्धनगरकी जानकीको पसलमा क्षति पुगेको घटनामा  क्षतिपूर्ति दिन काठमाडौं जिल्ला प्रशासन कार्यालयले गृह मन्त्रालयसँग पहल गर्ने भएको छ। , मंगलबार दिउँसो काठमाडौंका प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजाल, महानगरीय प्रहरी परिसर प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक सुदीप गिरी...
खिलानाथ ढकाल लोक गायक तथा अभिनेता जयनन्द लामाको मृत्युको कारण के हो, अहिले नै पोष्टमार्टम रिपोर्ट आइसकेको छैन। , तर, प्रहरीको प्रारम्भिक अनुसन्धानले उनको मृत्यु ‘आकस्मिक दुर्घटना’बाट भएको देखाएको छ। , महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी उपरीक्षक शिवकुमार श्रेष्ठका अनुसार बुधबार बिहान ७ बजे लामाको शव उनकै घरअगाडि फे...
रविन न्यौपाने अबिच्युरी, वरिष्ठ लोकगायक तथा कलाकार जयनन्द लामाको ६६ वर्षको उमेरमा निधन भएको छ। बुधबार राति भक्तपुरस्थित आफ्नो निवास नजिकै आफ्नै कारबाट ओर्लिने क्रममा अल्झिएर लड्दा उनको निधन भएको हो।, जयनन्द नेपाली दर्शकमाझ चर्चित कलाकार हुन्। उनले गायक र अभिनेता दुवै भूमिकामा आफूलाई अब्बल सावित गरे। र, दुवै कामबाट टन्...
सेतोपाटी संवाददाता विराटनगरस्थित कोशी अस्पतालको शौचालयमा नवजात शिशुको शव फेला परेको छ।, जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार आइतबार बिहान साढे नौ बजे अस्पतालका कर्मचारीले शौचालयमा सालनालसहितको शिशुको शव फेला पारेका थिए। अस्पतालले खबर गरेपछि प्रहरी त्यहाँ पुगेको थियो।, प्रहरीका अनुसार शौचालयको प्यानमा भेटिएको शिशुका अभ...
युवराज श्रेष्ठ जिल्ला प्रहरी कार्यालय तनहुँमा बलात्कारको जाहेरी परेपछि प्रहरीले कलाकार पल शाह (पूर्ण विक्रम शाह) को खोजी थालेको छ।, १७ वर्षीया गायिकाका परिवारले तनहुँमा बुधबार बलात्कारको जाहेरी दिएपछि खोजी सुरू गरिएको तनहुँ प्रहरी प्रवक्ता डिएसपी युवराज खड्काले बताए। , ‘उजुरी आएपछि हामीले थप अनुसन्धान थालेका छौं,’ खड्...
सेतोपाटी संवाददाता गृह मन्त्रालयले त्रिभुवन विमानस्थलमा टिकट र पासपोर्टबिनै युवक  जहाजभित्र पुगेको घटनाबारे छानबिन गर्न ९ सदस्यीय समिति गठन गरेको छ।, अध्यागमन विभागका महानिर्देशक नारायणप्रसाद भट्टराईको संयोजकत्वमा शुक्रबार गृहले समिति गठन गरेको हो।, गृह प्रवक्ता फणिन्द्रमणि पोखरेलका अनुसार सात दिनभित्र प्रतिवेदन पेश ग...
सेतोपाटी संवाददाता काठमाडौंको चन्द्रागिरिमा रोकिराखेको गाडीमा ठक्कर खाँदा एक मोटरसाइकल चालकको मृत्यु भएको छ।, मृत्यु हुनेमा २६ वर्षीय आकाश रानाभाट रहेका छन्। उनी चेकपोष्टमा बस्थे।, उनले चलाएको प्रदेश नम्बर ३ ०२-२२ प २९१९ नम्बरको माेटरसाइकल बा २ ख ७०४९ नम्बरको रोकिराखेको फाेर्स गाडीमा ठक्कर खाएको थियो। , शुक्रबार (आज) ...
सेतोपाटी संवाददाता बलात्कारको आरोप लागेका अभिनेता पल शाहलाई पक्राउ गर्न प्रहरी प्रधान कार्यालयले सबै प्रहरी युनिटलाई आन्तरिक सर्कुलर गरेको छ।, जिल्ला प्रहरी कार्यालय तनहुँमा जबरजस्ती करणीको जाहेरी परेसँगै प्रहरी प्रधान कार्यालयले शाहलाई पक्राउ गर्न आन्तरिक सर्कुलर जारी गरेको हो। , ‘जाहेरी दर्तापछि उहाँलाई खोज्न सबै प्...
सेतोपाटी संवाददाता नेपालमा पछिल्लो २४ घण्टामा थप २ सय ७५ जनामा कोरोना पोजेटिभ पुष्टि भएको छ।, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा गरेको ८ हजार ६२८ जनाको परीक्षणबाट उक्त संख्यामा संक्रमित फेला परेका हुन्।, मन्त्रालयका अनुसार ५४५२ पिसिआर परीक्षणबाट र ३१७६ एन्टिजेन परीक्षणबाट संक्रमण पुष्टि भएको ...
सेतोपाटी संवाददाता उत्तरी मोरङको लेटाङस्थित स्थानीय लालहिरा सामुदायिक वनमा १२ वर्षीय बालिकाको शव फेला परेको छ।, लेटाङ भोगटेनी नगरपालिका –८, ज्यामिरे टोलकी १२ वर्षीया करूणा राईको शव खाल्डो खनेर गाडिएको अवस्थामा फेला परेको मोरङ प्रहरीका प्रवक्ता डिएसपी मञ्जिल मुकारूङले जानकारी दिए।, ‘शव नग्न अवस्थामा फेला परेको थियो। पो...
रासस एनआइसी एशिया बैंकको एटिएम फोड्दै गरेको अवस्थामा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।, महानगरीय प्रहरी वृत्त मालिगाउँबाट खटिएको प्रहरी टोलीले काठमाडौँ महानगरपालिका–१ नक्साल भगवतीबहालस्थित सगरमाथा इन्स्योरेन्स भवनमा रहेको एनआइसी एशिया बैंकको एटिएम फोड्दै गरेका काभ्रेपलाञ्चोक धुलिखेल नगरपालिका–७ का २१ वर्षीय आकाश तामा...
पूर्णप्रसाद मिश्र प्रत्येक वर्ष फागुन कृष्ण चतुर्दशी मध्यरातमा परेका दिन मनाइने महाशिवरात्रि पर्व आराध्यदेव भगवान् शिवको पूजा–आराधना गरी आज देशभर मनाइँदैछ।, पर ब्रह्मले फागुन कृष्ण चतुर्दशीका दिन मध्यरातमा शिवरुप धारण गरेकाले मध्यरातमा चतुर्दशी तिथि परेकै दिन पूजा, आराधना, दर्शन गरे यस लोकमा सुख शान्ति र परलोकमा सद्गत...
सेतोपाटी संवाददाता बलात्कारको आरोप लागेर प्रहरी नियन्त्रणमा रहेका अभिनेता पल शाहविरूद्ध पीडित गायिकाले नवलपुर प्रहरीमा अर्को उजुरी दिएकी छन्।, यो उजुरी गैंडाकोट इलाका प्रहरी कार्यालयमा दर्ता गरिएको स्रोतले बताएको छ।, स्रोतका अनुसार पल शाहले पीडित गायिकालाई गैंडाकोटको एक रिसोर्टमा सुटिङको क्रममा बलात्कार गरेको आरोप उजु...
सेतोपाटी संवाददाता दाङमा कारले मोटरसाइकललाई ठक्कर दिँदा १० वर्षीया बालिकाको मृत्यु भएको छ। दुर्घटनामा परेर तीन जना घाइते भएका छन्।, कारले मोटरसाइकललाई ठक्कर दिँदा राप्ती गाउँपालिका वडा नम्बर ७ आनन्दपुरकी सन्ध्या चौधरीको मृत्यु भएको प्रहरीले जनाएको छ।, गम्भीर घाइते चौधरीको उपचारका क्रममा: लमही अस्पतालमा गए राति मृत्यु ...
सेतोपाटी संवाददाता अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) को अनुदानमा सञ्चालन हुने परियोजनाका लागि १० जना कर्मचारी माग गरिएको छ।, अर्थ मन्त्रालय अन्तर्गतको मिलेनियम च्यालेन्ज एकाउन्ट नेपाल विकास समिति (एमसिए नेपाल) ले मंगलबार विभिन्न १० पदमा कर्मचारी माग गरेको हो।, गत आइतबार एमसिसी सम्झौता संसदबा...
सेतोपाटी संवाददाता मंगलबार परेको महाशिवरात्री पर्वको पूर्वसन्ध्यामा सिद्धबाबा मन्दिर झकिझकाउ पारिएको छ।, बुटवल नजिकै पाल्पाको तिनाउ गाउँपालिका वडा नम्बर ३ मा रहेकोे सिद्धबाबा मन्दिरमा शिवरात्रीको दिन हरेक वर्ष विशेष पूजाआजा हुँदै आएको छ।, यस वर्ष पनि शिवरात्रीको अवसरमा विशेष पूजा अर्चनाको आयोजना गरिएको सिद्धबाबा मन्दि...
सबिना श्रेष्ठ भक्तपुरको भ्रमण सूचीमा नयाँ गन्तव्य थपिएको छ – न्हू पुखू अर्थात् रानीपोखरी।, २०४० सालदेखि सेनाको नियन्त्रणमा रहेको यो पोखरीलाई भक्तपुर नगरपालिकाका मेयर सुनील प्रजापतिले सार्वजनिक स्वामित्वमा ल्याएर जिर्णोद्धार गराएका हुन्। नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले मंगलबार उद्घाटन गरेपछि पोख...
रासस साहित्यकार एवं पत्रकार बिके पाल्पाली (विजयकुमार पोखरेल) को निधन भएको छ।, विसं २०३२ मा पाल्पामा जन्मेका उनको गए राति आफ्नै निवास भक्तपुरको सिपाडोलमा निधन भएको हो।, केही वर्षदेखि दुवै मिर्गौलामा समस्या आएपछि डायलासिस गराउँदै आएका पाल्पालीलाई पछिल्लो समय कोरोना संक्रमणसमेत भएको थियो।, केही दिन अस्पतालमा राखेर उपचार ...
नारायण खड्का बाँकेमा स्वचालित पेस्तोलसहित तीन युवक पक्राउ परेका छन्। , नेपालगञ्ज उपमहानगरपालिका वडा नं. १२ का २८ वर्षीय दीपेन्द्र अधिकारी, नेपालगञ्ज १८ का २२ वर्षीय सुशान्त केसी र कैलाली जिल्लाको लम्कीचुहा नगरपालिका वडा नं. ३२ वर्षीय द्वारिका उपाध्याय छन्। , जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रवक्ता डिएसपी मधुसुद...
सेतोपाटी संवाददाता देशभर थप १०५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। , स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बिहीबार थप १०५ जनामा संक्रमण पुष्टि भएको हो। , पछिल्लो २४ घण्टामा ४ हजार ९२४ जनाको कोरोना परीक्षण गर्दा सो संख्यामा संक्रमण पुष्टि भएको हो। , २ हजार ४४८ जनाको पिसिआर गर्दा ७० र २ हजार ४७६ जनाको एन्टि...
सविता बुढा धनगढीकी गीता चौधरी सानैदेखि प्रहरी हुन चाहन्थिन्। महिला प्रहरीहरू टक्क पोशाकमा ठाँटिएको देख्दा आफूलाई त्यही रूपमा कल्पना गर्थिन्। सुरक्षामा खटिने प्रहरी संगठन प्रवेश गरेर देशको सेवा गर्ने सपना देख्थिन्।, यो सपना पूरा हुन पाएन। तैपनि गीता दुखी छैनन्। किनकी उनी प्रहरीकै जिम्मेवारी हाराहारीको सुरक्षाकर्ममा छिन...
सेतोपाटी संवाददाता नोबेल मेडिकल कलेजका विद्यार्थीहरूले अन्य शिक्षण अस्पतालमा पढ्नको लागि स्थानान्तरणको माग राख्दै रिले अनसन सुरू गरेका छन्।, बिहीबारदेखि काठमाडौंको माइतीघर मण्डलमा चिकित्सा शिक्षा आयोगले लिएको एकीकृत प्रवेश परीक्षाबाट योग्यता श्रेणीमा पास गरेर चिकित्सा शिक्षा आयोगको नियमानुसार काठमाडौं विश्वविद्यालयमा ...
सेतोपाटी संवाददाता युवाहरूलाई सीपमूलक तालिम दिने उद्देश्यका साथ अल–हैल व्यवसायिक तालिम तथा साँस्कृतिक केन्द्र भवनको निर्माण हुने भएको छ। , काठमाडौं महानगरपालिका वडा नं. ४ टुसालमा निर्माण हुन लागेको अल–हैल व्यवसायिक तालिम तथा साँस्कृतिक भवन केन्द्रको बिहीबार सहरी विकास मन्त्री रामकुमारी झाक्रीले शिलान्यास गरेकी हुन्।, ...
सेतोपाटी संवाददाता सर्लाहीमा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ। , ईश्वरपुर नगरपालिका-१३ अमुवा खोलास्थित भित्री सडकखण्डमा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक जटाशंकर यादवले जानकारी दिए। , बुधबार बिहान गौरीशंकरबाट बयलबास जाँदै गरेको ज ११ प ८९४५ नम्बरको म...
रासस नेपालको कानुनमा २० वर्ष उमेर नपुगी विवाह गर्न नपाइने व्यवस्था रहे पनि धनुषामा अझै बालविवाह भइरहेको छ।, केटा र केटीको उमेर २० वर्ष नपुगी विवाह गर्नु हुन, त्यस्तो विवाह कानुनी रूपमा स्वतःबदर हुन्छ र दण्डितसमेत हुने कुरा अधिकांशलाई थाहा नहुँदा सानै उमेरमा विवाह गराई दिनेक्रम बढेको हो। , बालविवाह हुनेक्रम बढेपछि धनुष...
सेतोपाटी संवाददाता काठमाडौंको बानेश्वरस्थित संसद भवन अगाडि नक्कली प्रेसरकुकर बम राखेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।, महानगरीय अपराध महाशाखाको टोलीले गए राति एक जनालाई पक्राउ गरेको प्रहरी उपरीक्षक कृष्ण कोइरालाले जानकारी दिए। , काभ्रेको भुम्लु गाउँपालिका-२ का सुवास महतलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। उ...
रासस काठमाडौंको बूढानीलकण्ठमा मृत फेला परेका एक व्यक्तिको हत्या भएको खुलेको छ। , महानगरीय प्रहरी परिसर काठमाडौंका अनुसार बूढानीलकण्ठ नगरपालिका ४ बस्दै आएका ३२ वर्षीय मानबहादुर राउतको आफ्नै साथीबाट हत्या भएको खुल्न आएको हो।, उक्त घटनामा संलग्न रहेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको परिसरका प्रवक्ता प्रहरी उपरीक्...
दिपकजंग शाही प्रहरीको नियन्त्रणमा रहेका कालिकोटका एक युवकको मृत्यु भएपछि मृतकका परिवारले प्रहरी चौकीका इन्चार्जविरूद्ध जाहेरी दिएका छन्। , परिवारले सुर्खेत वीरेन्द्रनगर नगरपालिका-११स्थित सुब्बाकुना प्रहरी चौकीका इञ्चार्ज सहायक प्रहरी निरीक्षक (असई) शेरसिंह धामीविरूद्ध जाहेरी दिएका हुन्। जिल्ला प्रहरी कार्यालय सुर्खेतम...
सेतोपाटी संवाददाता रूपन्देहीको तिलोत्तमा नगरपालिकामा वडा नं. २ स्थित शंकरनगर खानेपानी तथा सरसफाई उपभोक्ता संस्था सुरक्षित खानेपानी वितरणमा सर्वोत्कृष्ट भएको छ।, खानेपानी तथा ढल व्यवस्थापन विभागले शंकरनगर खानेपानी संस्थालाई सुरक्षित खानेपानी सेवा प्रदान गरेको भन्दै देशभरकै सर्वोत्कृष्ट ठहर गर्दै प्रमाणपत्र प्रदान गरेको...
सेतोपाटी संवाददाता बैंकिङ कसुर मुद्दामा फरार रहेका एक जनालाई प्रहरीले काठमाडौंबाट पक्राउ गरेको छ।, काभ्रे पाँचखाल नगरपालिका-९ घर भई हाल बौद्ध बस्दै आएका ३६ वर्षीय श्यामसुन्दर घिमिरेलाई पक्राउ गरेको महानगरीय अपराध महाशाखाले जानकारी दिएको छ।, प्रहरीले घिमिरेलाई आइतबार जोरपाटीबाट पक्राउ गरेको महाशाखाले जानकारी दिएको छ। ,...
सेतोपाटी संवाददाता महोत्तरी जिल्लाको मटिहानी नगरपालिका-८स्थित बजारमा शनिबार बिहान पाँच वटा पसलमा आगलागी हुँदा डेढ करोड बराबरको धनमाल क्षति भएको छ।, स्थानीय जगदीशप्रसाद गुप्ताको दुई तले घरमा मटिहानी नपा-७ बस्ने भोलाकुमार महतोले सञ्चालन गरेको सीता किराना पसलमा बिहान ७ बजे विद्युत् सर्ट भएर आगलागी भएको थियो।, आगलागीबाट २...
सेतोपाटी संवाददाता काठमाडौंको सोल्टीमोडबाट सालकसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ। , महानगरीय प्रहरी वृत्त कालिमाटीले काठमाडौं महानगरपालिका-१३ स्थित सोल्टीमोडबाट एक जनालाई सालकको आखेटोपहारसहित पक्राउ गरेको हो। , धादिङ त्रिपुरा सुन्दरी गाउँपालिका-३ घर भई तार्केश्वर नगरपालिका-१० नेपालटार बस्ने ४० वर्षीय गोपाल बानिया...
सेतोपाटी संवाददाता दाङ-सल्यान सडकखण्ड आइतबारदेखि १० दिनसम्म दैनिक साढे आठ घन्टा बन्द हुने भएको छ।, राप्ती राजमार्ग अन्तर्गत दाङ–सल्यान सडकखण्डको कपुरकोटदेखि चोरखोलासम्म सडक मर्मत गर्न सडक खण्ड बन्द गर्न लागिएको हो।, उक्त सडकखण्ड २२ गतेदेखि चैत १ गतेसम्म १० दिनका लागि साढे आठ घन्टा बन्द हुने भएको हो।, उक्त सडकखण्डमा दै...
सेतोपाटी संवाददाता नारायणी नदीमा पौडी खेल्ने क्रममा डुबेका दुई जना बालकको मृत्यु भएको छ।, भरतपुर-७ विशालचोक बस्ने १० वर्षीय विधान गौतम र पहिचान नखुलेका अन्दाजी ११/१२ वर्षका बालक बिहीबार दिउँसो नदीमा डुबेको अवस्थामा भेटिएका थिए। , उनीहरूलाई स्थानीयबासीको सहयोगमा उद्धार गरी भरतपुर अस्पताल भरतपुर पुर्‍याइएपछि मृत्यु भएको...
भगवती पाण्डे चार वर्ष अघिसम्म मानिसको मृत्यु भएपछि शव दाहसंस्कार गर्ने स्थलको रूपमा प्रयोग हुँदै आएको मसानघाटलाई व्यवस्थित गरी रूपन्देहीको शुद्धोधनमा आकर्षक पार्क निर्माण गरिएको छ।, गाउँ र बस्तीको बीचमा रहेको दाहसंस्कार स्थललाई अन्यत्र व्यवस्थापन गरी सोही स्थानलाई उपयोग गरी गाउँपालिकाले सुन्दर पार्क बनाएको हो।, गाउँको...
सेतोपाटी संवाददाता महोत्तरीमा मिथिला परिक्रमा मेलामा आएकी एक तीर्थयात्रीको मृत्यु भएको छ।, जलेश्वर नगरपालिका-६ स्थित परिक्रमा पोखरीको उत्तरपट्टी घाटमा नुहाउने क्रममा लड्दा एक महिलाको मृत्यु भएको प्रहरी नायब उपरीक्षक प्रकाश विष्टले जानकारी दिए।, भारतको मधुबनी थाना बासोपट्टी ग्राम पञ्चायत-९ भाइएसपट्टी गाउँकी ५० वर्षीया ...
मनोज सत्याल सेतोपाटी ब्रिफिङ, सरकारले राष्ट्रिय प्रसारण नियमावली संशोधन गरेपछि कतै युट्युब च्यालन दर्ता गर्न त लागेको होइन भन्ने प्रश्न उठेको छ।, नियमावलीले पहिलो पटक इन्टरनेटबाट प्रसारण हुने च्यानल दर्ता हुनुपर्ने प्रावधान गरेको छ। अहिले नेपालमा थुप्रै युट्यबु च्यानलले सूचना र समाचार दिइरहेका छन्। तिनीहरूको नियमनको प...
रासस भक्तपुरमा बर्डफ्लू भेटिएको छ।, सूर्यविनायक नगरपालिका-१० स्थित तीन वटा पोल्ट्री फार्मका कुखुरामा बर्डफ्लू भेटिएको हो।, पाइला अग्रिकल्चरल फार्म, शिवराम कवाँको शिखर पोल्ट्री फार्म र हरिकृष्ण कवाँको अजिमा पोल्ट्री फार्ममा बर्डफ्लू भेटिएको हो। , ती पोल्ट्री फार्मका कुखुरामा बर्डफ्लू भेटिएको केन्द्रीय पशुपंक्षी रोग अन्...
सेतोपाटी संवाददाता नवलपरासी पश्चिमस्थित नेपाल गण्डक जलविद्युत् केन्द्रकको पावर हाउसनजिकै दुई जना मृत फेला परेका छन्।, प्रतापपुर गाउँपालिका-७ सूर्यपुरास्थित गण्डक नहरमा दुई जना मृत फेला परेको जिल्ला प्रहरी कार्यालय नवलपरासी बर्दघाट सुस्ता पश्चिमले जनाएको छ।, मृत्यु हुनेमा भारत महारागञ्ज सम्देउरहवाका ४४ वर्षीय कमलेश गौड...
सेतोपाटी संवाददाता मोरङमा ब्राउनसुगरसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ। , कानेपोखरी गाउँपालिका-५ का २२ वर्षीय प्रकाश ढकाल, २९ वर्षीय बिक्रान्त चौधरी र सुमन भुजेललाई पक्राउ गरेको १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरले जानकारी दिएको छ। , ईलाका प्रहरी कार्यालय पथरी मोरङबाट खटिएको प्रहरी टोलीले गोप्य सूचनाको आधारम...
युवराज श्रेष्ठ धौलागिरी हिमश्रृङ्खला अन्तर्गत मानापाथी हिमालबाट शनिबार बिहानै हिमपहिरो गयो।, बिहान करिब साढे ४ बजेतिर हिमपहिरो जाँदा गाउँमा ठूलो हावाहुरी चल्यो, गाउँलेले हिमपहिरो गएको थाहा पाए। , हिमपहिरोले चौंरी गोठ उडाइदेला भनेर मुस्ताङको थासाङ गाउँपालिका-२ नौरीकोटकी सुशीला गौचनले सोचेकै थिइनन्।, ‘गोठमा चौंरी थियो, ...
सेतोपाटी संवाददाता पश्चिम नेपाल बस व्यवसायी प्रालिले दुर्घटनाबाट मृत्यु भएका चालकका आश्रित परिवारलाई १५ लाख रुपैयाँ रकम हस्तान्तरण गरेको छ।, प्रालिले गएको मंसिर १५ गते कास्कीको अन्नपूर्ण गाउँपालिका काहुलेमा दुर्घटनामा परी मृत्यु भएका बस चालक भुपराज खनालकी श्रीमती माया खनाललाई सोमबार आयोजित एक कार्यक्रममा हस्तान्तरण गर...
सेतोपाटी संवाददाता काठमाडौं महानगरपालिका-६ चाबहिलस्थित सिरक डसना बनाउने ठाउँमा भीषण आगलागी भएको छ।, गोपीकृष्ण हलको पछाडि सरस्वतीनगरमा रहेको सिरक डसना बनाउने ठाउँमा मंगलबार राति ८ बजे आगलागी भएको हो।, टहराबाट सल्केको आगोले वरिपरिका केही घरमा पनि क्षति पुर्‍याएको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ।, चार वटा दमकलल...
सेतोपाटी संवाददाता कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय परिसरभित्रको जंगलमा एक पुरूषको शव फेला परेको छ।, आज बिहान त्रिवि क्रिक्रेट मैदान नजिकै जंगलमा शव फेला परेको हो। ती पुरूष गोरखाका हुन्। उनको नाम भने खुलेको छैन। ती पुरूष बल्खु बस्ने गर्दथे।, प्रहरीका अनुसार करिब ७२ वर्षका पुरूषको रूखमा झुण्डिएको अवस्थामा शव फेला ...
सेतोपाटी संवाददाता सङ्खुवासभाको मादी नगरपालिका-६ मा भएको बस दुर्घटनामा परी मृत्यु हुनेमध्ये १० जनाको पहिचान खुलेको छ। , बस दुर्घटनामा मृत्यु हुने १४ मध्ये १० जनाको पहिचान खुलेको र  १ पुरूष २ महिला र १ बालक गरी ४ जनाको पहिचान अझै खुलेको नखुलेको प्रहरीले जनाएको छ।, बिहीबार बिहान साढे ७ बजे मादीको ओखरबोटे बजारबाट झापाको ...