content
stringlengths
20
64.1k
सेतोपाटी संवाददाता एमसिसीको विरोधमा आन्दोलनमा जाँदा घाइते भएपछि प्रहरीले उद्धार गरेका एक जना प्रदर्शनकारी अस्पतालबाट डिस्चार्ज भएका छन्।, डडेल्धुरा नवदुर्गा गाउँपालिका-५ सिरोला घर भई हाल ललितपुर टिकाथली बस्ने ३० वर्षीय हेमराज अवस्थीलाई अस्पतालले मंगलबार डिस्चार्ज गरेको हो।, उनी अन्नपूर्ण न्युरो अस्पतालमा उपचारमा थिए। ...
सेतोपाटी संवाददाता सशस्त्र प्रहरी बल १३ नम्बर हेडक्वाटरको टोलीले पर्साबाट ठूलो परिमाणमा भन्सार छलेको कपडा बरामद गरेको छ।, मंगलबार साँझ साढे ५ बजे सशस्त्र प्रहरीले १६ लाख रुपैयाँ बराबरको कपडा बरामद गरेको हो।, सशस्त्र प्रहरी निरीक्षक अशोक चालिसेको नेतृत्वमा खटिएको टोलीले वीरगञ्ज महानगरपालिक-२५ बाट ना५त ५४९४ नम्बरको ट्या...
भगवती पाण्डे करिब पाँच वर्षअघि आफू बुटवल उपमहानरपालिका, वडा नम्बर १६ को वडाध्यक्ष निर्वाचित भएपछि रामप्रसाद रेग्मीले वडामा चाँडै गर्नु पर्ने र पाँच वर्षमा गर्न सकिने कामबारे सुझाव संकलन गर्न सर्वपक्षीय भेला बोलाए।, भेलामा अनेक सुझावहरूका साथ कपरकट्टीमा रहेको नीलदह संरक्षित र व्यवस्थित गरेर पर्यकटीय स्थलका रूपमा विकास ...
रासस नेपालगञ्ज उपमहानगरपालिकाले अत्याधुनिक पहिचानसहितको नगर भवन निर्माण सुरूआत गरेको छ।, टाङ्गा स्टेशननजिक रहेको पुरानो नगर भवन जीर्ण भएपछि त्यसलाई भत्काएर नयाँ स्वरूपमा निर्माण गर्न लागिएको उपमहानगरपालिका प्रमुख डा धवलशमसेर राणा जानकारी दिए।, उपमहानगरपालिकाले १३ करोड रुपैयाँको लागत अनुमान बेसमेन्टसहितको व्यावसायिक कम...
रासस झण्डै १५ करोड रुपैयाँको लागतमा निर्माणाधीन लिफ्ट खानेपानी आयोजना चैत मसान्तभित्रै सम्पन्न गर्न गण्डकी प्रदेशको ऊर्जा, जलस्रोत तथा खानेपानी मन्त्रालयले ताकेता गरेको छ। , जिल्लाको सबभन्दा ठूलो लिफ्ट खानेपानी आयोजनाका रूपमा रहेको फलेवास नगरपालिका-३ शङ्करपोखरी र वडा नम्बर २ थापाठानामा निर्माणाधीन लमाएखोला बृहत् लिफ्ट...
रासस मध्यपुरथिमि नगरपालिकाभित्रको कमेरोटारमा ‘कमेरोटार जग्गा एकीकरण आयोजना’ सुरू भएको २२ वर्षपछि बल्ल आयोजनाभित्रका ११ मिटरको सडक कालोपत्र गर्ने कार्य सुरू भएको छ।, काठमाडौं उपत्यका विकास प्राधिकरणले तत्कालीन समयमा दुई वर्षमा सम्पन्न गर्ने लक्ष्य लिएर वि.सं २०५८/५९ बाट सुरू गरेको आयोजनाको काम ढिलाइ गर्दै गएपछि जग्गाधन...
सेतोपाटी संवाददाता काठमाडौंबाट दिल्ली जान लागेका दुई थाई महिला त्रिभुवन विमानस्थलमा पक्राउ परेका छन्।, भारतीय मुद्राको अवैध कारोबार गरेको आशंकामा दुई थाई महिलालाई प्रहरीले अन्तर्राष्ट्रिय उडानतर्फको प्रस्थान बिन्दुबाट बिहीबार पक्राउ गरेको हो। , पक्राउ पर्नेमा ३२ वर्षीया वानविसा जान्तासन र ४१ वर्षीया वारापोर्न खुन्सोम्...
सेतोपाटी संवाददाता बैंकिङ कसुरमा अदालतबाट जरिवाना र सजाय तोकिएका व्यक्ति पक्राउ परेका छन्।, पक्राउ पर्नेमा हेटौंडा घर भई काठमाडौं मनमैजु बस्ने ३२ वर्षीय मुन्दिप भुजेल रहेका छन्। उनलाई प्रहरीले बिहीबार मनमैजुबाट पक्राउ गरेको हो।, महानगरीय अपराध महाशाखाका अनुसार उच्च अदालत पाटनले भुजेललाई ९ लाख जरिवाना र चार दिन सजाय तो...
सेतोपाटी संवाददाता मोरङ सुन्दरहरैचाकी १८ महिने शिशुको हत्या अभियोगमा प्रहरीले २ जनालाई पक्राउ गरेको छ।, शुक्रबार साँझ घर नजिकैको घारीमा अचेत अवस्थामा भेटिएकी सुन्दरहरैंचा-७ की १८ महिने नाबालिकाको शनिबार बिहान मृत्यु भएको थियो।, घरबाट अपरान्ह ४ बजे हराएकी नाबालिका पाँच बजेतिर घरभन्दा १५० मिटर दुरी पश्चिममा अचेत अवस्थाम...
खिलानाथ ढकाल क्रिप्टोकरेन्सीको असीमित कारोबार बढेपछि अर्थ मन्त्रालयले केही समयअघि एउटा कार्यदल गठन गरेको थियो।, सहसचिव भूपाल बराल नेतृत्वमा बनेको कार्यदलले क्रिप्टोकरेन्सी कारोबारबारे अनुसन्धान सकिसकेको छ। त्यो कार्यदलमा राष्ट्र बैंकका अधिकारी पनि छन्।, कार्यदल अहिले प्रतिवेदन लेखिरहेको छ। पन्ध्र-बीस दिनभित्रमा प्रतिव...
सेतोपाटी संवाददाता ह्योल्मो समुदायले शनिबार सम्पूर्ण प्राणी जगतको रक्षा, मानव कल्याण तथा विश्व शान्तिका लागि काठमाडौंस्थित ह्योल्मो समाज सेवा केन्द्रमा छेच्यु पूजा मनाएका छन्। , ह्योल्मो समुदायहरुले वर्षेनी सो पूजालाई आफ्नो मुख्य धार्मिक पर्वको रुपमा मनाउने गर्छन्।, चन्द्रमास पात्रो अनुसार सोनाम ल्होसारको पर्व झैं विभ...
रासस तनहुँको भानु नगरपालिका–९ बाइसजाँगरका स्थानीयबासीले पुनः सडक अवरूद्ध पारेका छन्।, सोही ठाउँका १७ वर्षीय सनिज श्रेष्ठको सुन्दरबजार–९ स्थित मर्स्याङ्दी नदीमा मंगलबार डुबेर मृत्यु भएको घटनामा पीडितको जाहेरी नलिएपछि स्थानीयबासीले बिहीबार साँझदेखि बाइसजाँगरमा सडक अवरूद्ध पारेका हुन्।, कानुनअनुसार अगाडि बढ्ने र निषेधाज्...
सेतोपाटी संवाददाता काठमाडौंको बानेश्वरमा अछामका एक युवामाथि खुकुरी प्रहार भएको छ।, बुधबार बिहानै बानेश्वर हाइटमा ३१ वर्षीय कमलसिंह बोगटीमाथि उनकै साथीले खुकुरी प्रहार गरेका हुन्।, खुकुरी प्रहारबाट बोगटीको ढाड, पेट र कुममा गहिरो चोट लागेको छ। सिभिल अस्पतालमा उपचारपछि उनी घर फर्केका छन्।, प्रहरीले भने यो घटना गोप्य राखे...
सेतोपाटी संवाददाता नवलपरासीमा श्रीमानको हत्या गरेको आरोपमा श्रीमती पक्राउ परेकी छन्। , बुलिङटार गाउँपालिका-५ राइकोट बस्ने ६५ वर्षीया श्यामकुमारी भिरकट्टालाई आइतबार पक्राउ गरेको लुम्बनी प्रदेश प्रहरी कार्यालयले जानकारी दिएको छ। , श्यामकुमारीमाथि ६५ वर्षीय श्रीमान चमनसिंह भिरकट्टाको हत्या आरोप छ। श्यामकुमारीले घरायसी वि...
सेतोपाटी संवाददाता सल्यानमा बहुमूल्य धातु रातो मकर्री हो भन्दै सर्वसाधारणलाई ठगी गरेको आरोपमा तीन जनालाई प्रहरीले पक्राउ गरेको छ।, ठगी गरेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक अर्जुन पौडेलले जानकारी दिए। , पक्राउ पर्नेमा सल्यान बनगाड कुपिन्डे नगरपालिका-९ सेराका २४ वर्षीय ग...
सेतोपाटी संवाददाता नक्कली कागजात बनाई ठगी गरेको आरोपमा पक्राउ परेका शिवम् भीरामुथु पुर्पक्षका लागि कारागार चलान भएका छन्।, ४४ वर्षीय भीरामुथु जिल्ला अदालत काठमाडौंको आदेशले गत मंसिर २१ गते जेल चलान भएका हुन्।, भीरामुथु अहिले डिल्लीबजार कारागारमा रहेको प्रहरीले जनाएको छ।  , भारतको चेन्नई घर भएका भीरामुथुलाई नक्कली कागज...
सेतोपाटी संवाददाता सिरहामा सोमबार राति भारतीय नम्बरको कार दुर्घटना हुँदा एक जनाको घटनास्थलमै मृत्यु भएको छ।, दुर्घटनामा अन्य तीन जना घाइते रहेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ।, मृत्यु हुनेमा धनुषा कमला नगरपालिका-१ का २२ वर्षीय धीरज मण्डल छन्। उनको घटनास्थलमै मृत्यु भएको सिरहा प्रहरी प्रवक्ता प्रहरी नायब उपरी...
नारायण खड्का चार लेन सडक स्तरोन्नति परियोजना लमही फिल्ड कार्यालयले तुलसीपुर-घोराही चार लेन सडक निर्माणको जिम्मा लिएको निर्माण कम्पनीलाई सात दिनभित्र सम्पर्कमा आउन भनेको छ।, परियोजनाले सोमबार गोरखापत्र दैनिकमा सार्वजनिक सूचना प्रकाशित गरी सात दिनभित्र सम्पर्कमा आउन र १५ दिनभित्र देखिने गरी फिल्डमा खट्न आग्रह गर्दै त्यस...
सेतोपाटी संवाददाता नेपाल दूरसञ्चार प्राधिकरणले गैरकानुनी रूपमा डलर सटही ‘क्रिप्टोकरेन्सी’ कारोबार गर्ने सबै मोबाइल एप बन्द गर्न निर्देशन दिएको छ।, इन्टरनेट सेवा प्रदायक सबै कम्पनीहरूलाई प्राधिकरणले सोमबार पत्राचार गरी क्रिप्टोकरेन्सीका एपहरू बन्द गर्न निर्देशन दिएको हो।, प्राधिकरणका सहायक प्रवक्ता अच्युतानन्द मिश्रले ...
सेतोपाटी संवाददाता संखुवासभामा बस दुर्घटनामा परी १५ जनाको मृत्यु भएको घटनामा मादी नगरपालिकाले मृतकको परिवारलाई एक लाख रुपैयाँ दिने भएको छ।, मादी नगरपालिकाको सोमबार बसेको कार्यपालिकाको बैठकले मृतकका परिवारलाई जनही एक लाख दिने निर्णय गरेको नगर प्रमुख विदुरकुमार लिंथेपले जानकारी दिए। यस्तै बैठकले घाइतेहरूलाई ५० हजार रुपै...
सेतोपाटी संवाददाता नेपाल विद्युत प्राधिकरणले आगामी दुई वर्षभित्रमा कर्णाली प्रदेशका १० जिल्लाका बासिन्दाको घरमा विद्युत पुर्‍याउने भएको छ। , प्राधिकरणले कर्णालीबासीको हरेक घरमा दुई वर्षभित्रमा विद्युतको पहुँच पुर्‍याउने लक्ष्यका साथ विद्युतीकरणलाई अगाडि बढाएको हो।, कर्णाली प्रदेशका १० जिल्ला रहेका छन्। कर्णाली प्रदेशम...
सेतोपाटी संवाददाता सरकारी छाप किर्ते गरेको आरोपमा प्रहरीले काठमाडौंको विभिन्न ठाउँबाट १२ जनालाई पक्राउ गरेको छ। , महानगरीय प्रहरी वृत्त कालिमाटीको टोलीले मंगलबार १२ जनालाई पक्राउ गरेको हो। , काठमाडौं महानगर-१२स्थित त्रिपुरेश्वरमा रहेको राहदानी विभागमा किर्ते सरकारी छाप प्रयोग गरी छिटो पासपोर्ट बनाइदिने प्रलोभन देखाएर ...
सेतोपाटी संवाददाता न्यून मूल्यांकन गरी चकलेट तथा पाचकलगायतका वस्तु बोकेको भारतीय ट्रक प्रहरीले नियन्त्रणमा लिएको छ।, पर्सा प्रहरीले मंगलबार वीरगञ्ज महानगरपालिका-१७ आइसिपपी सडकबाट एनएल०१एल ६५४८ नम्बरको भारतीय ट्रक नियन्त्रणमा लिएको हो।, उक्त ट्रकमा ६० लाख बराबरको मालवस्तु रहेको पर्सा प्रहरीले जनाएको छ।, प्रज्ञापन पत्रम...
सेतोपाटी संवाददाता देशभर थप ८२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। , स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बुधबार थप ८२ जनामा संक्रमण पुष्टि भएको हो। , ६ हजार १७५ जनाको कोरोना परीक्षण गर्दा सो संख्यामा संक्रमित थपिएका हुन्।, ४ हजार ७९० जनाको पिसिआर गर्दा  ४१ र १ हजार ३८५ जनाको एन्टिजेन परीक्षण गर्दा ४१ जना...
सुजना ढकाल काभ्रेको बनेपा नगरपालिका- १०, जनागालस्थित सय वर्षभन्दा पुरानो इतिहास बोकेको 'सेतोपाटी' पुनर्निर्माण गरिएको छ। २०७२ को भुइँचालोले जीर्ण बनाएको यो पाटी लामो समय पुनर्निर्माण हुन सकेको थिएन।, वडा कार्यालय र स्थानीयको सहयोगमा पुरातत्व विभागले यही फागुनमा पुनर्निर्माण सम्पन्न गरेको हो।, 'कोरोनाका कारण ढिला भए पन...
सेतोपाटी संवाददाता लागुऔषध खैरो हेरोइन (ब्राउन सुगर)कारोबारमा संलग्न रहेको आरोपमा प्रहरीले १२ जनालाई पक्राउ गरेको छ। , लागुऔषध नियन्त्रण ब्युरोले १२ जनालाई १९१ ग्राम ७१० मिलिग्रामसहितपक्राउ गरेको प्रहरी उपरीक्षक जीवनकुमार श्रेष्ठले जानकारी दिए। , उपत्यकामा लागुऔषधको कारोबार भइरहेको भन्ने सूचनाको आधारमा ब्युरोको टोली ख...
सेतोपाटी संवाददाता काठमाडौंमा होली खेल्ने क्रममा एक जना गम्भीर घाइते भएका छन्। , सिन्धुपाल्चोक भोटेचौर घर भई बौद्धको दक्षिणढोका बस्दै आएकी १८ वर्षीया बिनिता चौलागाईं गम्भीर घाइते भएको काठमाडौं प्रहरी परिसरका प्रहरी उपरीक्षक (एसपी) दिनेशराज मैनालीले जानकारी दिए। , उनका अनुसार चौलागाईं घरमा होली खेल्दै थिइन्। होली खेल्न...
सेतोपाटी संवाददाता सुर्खेतको भेरी नदीमा बेपत्ता भएका तीन जना बालबालिकामध्ये एक जना बालकको शव बुधबार दिउँसो भेटिएको छ।, भेरीगंगा नगरपालिका-२ स्थित भेरी पुलनजिकै एक बालकको शव भेटिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ।, ती बालकको सनाखत भएको छ। मृत भेटिएका बालक लेकवेंशी नगरपालिका-२ का ८ वर्षीय दिनेश बुढा रहेको जिल...
नवीनबाबु गुरूङ काठमाडौं उपत्यकामा हुने सवारी दुर्घटनामा मासिक सरदर १४ जनाको ज्यान जाने तथा ७ जना गम्भीर घाइते हुने गरेको महानगरीय ट्राफिक प्रहरी कार्यालको तथ्याङ्क छ। मृतकमध्ये अधिकांश १७ देखि ३५ वर्ष उमेर समूहका युवा छन्।, आकाशे पुल, ट्राफिक बत्ती र जेब्राक्रसको अभावमा जथाभाबी बाटो काट्न बाध्य पैदलयात्रु धेरै दुर्घटन...
सेतोपाटी संवाददाता बुधबार साँझ कमलपोखरी वरिपरि अरू दिनभन्दा अलिक बढी नै चहलपहल थियो भने झिलिमिली पनि अन्य दिन भन्दा बढी।, लामो समयदेखि बेवारिस बनेको कमलपोखरी उद्घाटन कार्यक्रमका कारण बुधबार साँझ त्यहाँको चहलपहल बढेको हो।, काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्य पनि आफ्नो ‘ड्रिम प्रोजेक्ट’ का रूपमा रहेको कमलप...
सेतोपाटी संवाददाता सिद्धार्थ राजमार्ग अन्तर्गत बुटवलदेखि पाल्पा जाने सडकखण्डको सिद्धबाबा क्षेत्रमा सुरूङ मार्ग निर्माणको प्रक्रिया अघि बढेको छ। सिद्धबाबा क्षेत्रमा सुरूङमार्ग निर्माणको प्रक्रिया अघि बढेको छ।, सुरूङमार्ग निर्माणका लागि गतसाता चिनियाँ कम्पनी 'चाइना स्टेट कन्स्ट्रक्सन इञ्जिनियरिङ'सँग ठेक्का सम्झौता गरिएक...
सेतोपाटी संवाददाता कैलालीमा दुई मोटरसाइकल ठाेक्किँदा दुई जनाको मृत्यु भएको छ।, शुक्रबार टीकापुर नगरपालिका-४ असनेरीमा दुई मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक बेदप्रकाश जाेशीले जानकारी दिए।, से ३ प ९७४६ र लु ७४ प ४०७४ नम्बरको मोटरसाइकल आपसमा ठोक्किएका थिए।, साे ...
सेतोपाटी संवाददाता नाबालिग गायिकामाथि बलात्कार गरेको आरोपमा पक्राउ परेका पल शाहलाई जिल्ला अदालत तनहुँले थप ५ दिन हिरासतमा राख्न अनुमति दिएको छ। , शुक्रबार जिल्ला अदालत तनहुँले अनुसन्धान गर्न थप पाँच दिन हिरासतमा राख्न अनुमति दिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक युवराज खड्काले जानकारी दिए। , नाबालिग गायि...
सेतोपाटी संवाददाता अन्तर्राष्ट्रिय विकाससम्बधी अमेरिकी सहयोग नियोग युएसएडले पाँच वर्षभित्र ६५ करोड अमेरिकी डलर सहयोग गर्ने प्रस्ताव गरेको छ।, काठमाडौंस्थित युएसएडका उच्च अधिकारीका अनुसार वर्षेनी १२ करोड डलरका दरले नेपाललाई सहयोग दिने प्रस्ताव अर्थ मन्त्रालयमा पुगिसकेको छ।, अमेरिकाले युएसएडमार्फत् नेपालमा ६ दशकदेखि विभ...
भगवती पाण्डे यो वर्ष बुटवलमा होलीको रौनक फर्किएको छ। , कोरोनाका कारण विगत दुई वर्ष फिका रहेको होली यसपालि रंगीन बनेको छ।, बुटवल, भैरहवा लगायत क्षेत्रमा दिनभर जसो विभिन्न समूहमा जम्मा भई मानिसहरूले उत्साहपूर्वक होली मनाएका छन्। , कोरोना अघिका वर्षहरूमा जस्तै यसपालि पनि बुटवल ट्राफिक चोकमा युवाहरू जम्मा भएर सांगीतिक कार...
सेतोपाटी संवाददाता प्रहरी बनेर एक महिलालाई बन्धक बनाउने दुई जनालाई संखुवासभा प्रहरीले पक्राउ गरेको छ। , प्रहरीले श्रीमतीलाई बन्धक बनाउने श्रीमान र उनलाई साथ दिने नक्कली प्रहरी बनेका पुरूषलाई पक्राउ गरेको हो। , पक्राउ पर्नेमा पाँचखपन नगरपालिका-४ घर भई तुम्लिङटार बस्ने ३० वर्षीय अर्जुन तामाङ र पीडित महिलाका श्रीमान ३४ व...
सेतोपाटी संवाददाता राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा ०७९ जेठमा गर्ने निर्णय गरेको छ।, आज बसेको बोर्ड बैठकले आउँदो जेठ १६ गतेदेखि परीक्षा सञ्चालन गर्ने निर्णय गरेको अध्यक्ष महाश्रम शर्माले सेतोपाटीलाई जानकारी दिए।, ‘जेठ १६ देखि कक्षा १२ को परीक्षा सञ्चालन गर्ने निर्णय भयो,’ उनले भने, ‘थप विवरण बोर्डको वेबसा...
रासस बैतडीमा गए राति ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ।, चालक बर्दिया ठाकुरद्वार नगरपालिका–५ का ३२ वर्षीय अर्जुन थारूको मृत्यु भएको हो।, बालुवा बोकेर मौराबाट फर्किरहेको सुप प्र०१००२त ५५९८ नम्बरको ट्याक्टर गए राति साढे ८ बजेतिर दशरथचन्द नगरपालिका–१० बाराकोटको भाटाला भन्ने ठाउँमा दुर्घटनामा परेको बैतडीका प्...
सेतोपाटी संवाददाता सशस्त्र प्रहरी बलले पर्साबाट भारतीय ट्रक नियन्त्रणमा लिएको छ।, १३ नम्बर गण हेडक्वाटरबाट खटिएको प्रहरी टोलीले आइतबार राति जिजे१५एक्सएक्स ९९५९ नम्बरको भारतीय ट्रक नियन्त्रणमा लिएको हो।, बिल बिजकभन्दा फरक मालसामान रहेको सूचनाका आधारमा प्रहरीले वीरगञ्ज-२५ अलौबाट ट्रक नियन्त्रणमा लिएको हो।, सशस्त्र प्रहर...
सेतोपाटी संवाददाता बारामा तातोपानीले पोलेर घाइते भएका एक पुरूषको उपचारको क्रममा मृत्यु भएको छ। , जितपुर-सिमरा उपमहानगरपालिका-९ छातापिपरास्थित कोहिनुर कपडा फ्याक्ट्रीमा काम गर्ने २५ वर्षीय शिवनाथ महतोको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक राजेश थापाले जानकारी दिए। , उनको सोमबार बिहान ३ बजे काठमाडौ...
एजेन्सी रूसले युक्रेनको दक्षिण पूर्वी तटीय सहर मरिओपोलमा आइतबार आक्रमण तीव्र पारेको छ।, न्युयोर्क टाइम्सका अनुसार रूसी सैनिक जल, जमिन र आकाशबाट एकैसाथ मरिओपोलका संरचनाहरूमा आक्रमण गरेका छन्। मरिओपोलको केही भाग रूसी सेनाले कब्जा गरेका छन् भने केही ठाउँमा युक्रेनी सुरक्षा फौजको नियन्त्रण छ।, पछिल्लो समय त्यहाँ मानिसहरू ...
एजेन्सी चरम आर्थिक संकटबाट गुज्रिरहेको श्रीलंकामा पेट्रोल/ग्यासको लाइनमा उभिएका दुई जनाको मृत्यु भएको छ।, समाचार संस्था एएफपीका अनुसार आइतबार राजधानी कोलोम्बोमा पेट्रोल किन्न लाइनमा उभिएका ७० वर्षीय वृद्धको मृत्यु भएको हो। , लाइनमा उभिँदाउभिँदै बेहोस भएर लडेका उनको त्यहीँ प्राण गएको थियो। , शनिबार क्यान्डी सहरका मट्टी...
कालिका खड्का सञ्चारकर्मी रूपा सुनारले दलित भएकै कारण कोठा भाडामा नपाएको घटना ताजै छ। अहिले पनि दलित समुदायले पानी छोएको, अन्तरजातीय विवाह गरेको तथा बोक्सीका आरोपमा कुटपीटमा हत्याजस्ता विभेदको सामना गर्नुपरेको छ।, समाजमा ठूलो र सानो जात भनेर गर्ने विभेदको उन्मूलन हुन सकेको छैन। अन्तरराष्ट्रिय जातीय विभेद उन्मूलन दिवस (...
राजु अधिकारी प्रहरीकै ज्यान जानेगरी मोरङको लेटाङमा आइतबार भएको झडपपछि प्रहरीले सोमबार बिहानदेखि सर्च अपरेसन तीब्र पारेको छ। , एक महिला प्रहरीको ज्यान जानेगरी भएको झडपपछि स्थिति तनावपूर्ण बनेकाले मोरङको लेटाङ–५, खेरूवा वरपरको क्षेत्रमा सोमबार बिहान ७ बजेदेखि अर्को आदेश जारी नहुन्जेलसम्मका लागि जिल्ला प्रशासन कार्यालय म...
सेतोपाटी संवाददाता स्थानीय तह निर्वाचनका लागि खुलाएको म्यादी प्रहरीमा आजदेखि आवेदन दिन पाउने भएका छन्। , ७७ वटै जिल्ला प्रहरी कार्यालयमार्फत आजदेखि आवेदन दिन पाइने भएको हो। यसका लागि १८ वर्ष पूरा भई ५४ वर्ष ननाघेका नेपाली नागरिकले म्यादी प्रहरीमा भर्नाका लागि आगामी चैत ११ गतेसम्म आवेदन दिन सक्नेछन्। , भर्ना हुन अन्य स...
रासस जाजरकोट-जुम्ला जोड्ने सडकखण्डको स्तरोन्नतिका लागि बजेट विनियोजन गरिएको छ।, सडकखण्डको पाँचकाटियादेखि व्याउली ढुङ्गासम्म सडक स्तरोन्नति गर्न ५० करोड रुपैयाँ विनियोजन गरिएको छ। , बहुवर्षे ठेक्कामार्फत् सडक स्तरोन्नति गर्न लागिएको भौतिक पूर्वाधार तथा यातायात विकास मन्त्रालय योजना अनुगमन तथा मूल्यांकन महाशाखाका सिडिई ...
भविन कार्की/रासस संखुवासभाको भोटखोला गाउँपालिका-४ को जग्गा ठगी प्रकरणमा मालपोत कार्यालयका नायब सुब्बा महेन्द्र पराजुलीसँग अख्तियार दुरूपयोग अनुसन्धान आयोगले स्पष्टीकरण माग गरेको छ। , भोटखोला गाउँपालिका-४ का वडाध्यक्ष किन्साङ भोटे र मालपोत कार्यालयका नायब सुब्बा पराजुरीसहितको टोलीले स्थानीयबासी दलबहादुर तामाङको २७ रोपन...
सेतोपाटी संवाददाता सिन्धुपाल्चोकको मुन्थलामा बुद्धको मूर्ति तोडफोड भएको छ। , जुगल गाउँपालिका-७ याङ्लाकोटको मुन्थलामा निर्माणाधीन पार्कमा राखिएको बुद्धको मूर्ति अज्ञात समूहले तोडफोड गरेको हो। , बुधबार राति अज्ञात समूहले बुद्धको मूर्ति तोडफोड गरेको वडा नम्बर ७ का अध्यक्ष दिलकुमार लामाले जानकारी दिए। , ‘पार्कमा मूर्ति रा...
सेतोपाटी संवाददाता पूर्वराजा ज्ञानेन्द्र शाह झापा पुगेका छन्।  शुक्रबार शाह र पूर्वरानी कोमल शाह चन्द्रगढी विमानस्थल हुँदै दमक पुगेको उनको सचिवालयले जनाएको छ। , सचिवालयले शाह कति दिन झापा रहने र कहाँ-कहाँ भ्रमण गर्ने भन्ने खुलाएको छैन। , शाह दम्पती झापा दमकस्थित चिया बगानको मिनी दरबारमा बस्नेछन्। , ‘उहाँको भेटघाटको का...
सेतोपाटी संवाददाता दाङ प्रहरीले प्रतिबन्धित लागुऔषध ब्राउन सुगरसहित तीन जनालाई पक्राउ गरेको  छ।, पक्राउ पर्नेमा घोराही उपमहानगरपालिका वडा नं. १५ का २८ वर्षीय विक्रम चौधरी, घोराही-१७ का २५ वर्षीय सुनिल विक र घोराही–१४ का २१ वर्षीय सुशील एरी रहेका छन्। , उनीहरूको साथबाट १ ग्राम ५१० मिलिग्राम ब्राउन सुगर बरामद भएको जिल्ल...
सेतोपाटी संवाददाता कालीकोटबाट नेपालगञ्ज जाँदै गरेको यात्रुवाहक बसमा आगलागी भएको छ।, शुक्रबार दिउँसो ३ बजेर २५ मिनेटमा सुर्खेतको बराहताल गाउँपालिका–८ ओदालताल नजिक ना ८ ख २३५६ नम्बरको बसमा आगलागी भएको हो।, ‘गाडी जलेको छ, मानवीय क्षति भएको छैन,’ जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता प्रहरी नायव उपरीक्षक रामप्रसाद घर्...
सेतोपाटी संवाददाता संस्थालाई नेतृत्व गरिसकेका पूर्वअध्यक्षहरू र केही साधारण सदस्यका गतिविधिका कारण नेपाल पर्वतारोहण संघ (एनएमए) बारम्बार कानुनी र व्यवहारिक समस्यामा झेलिने गरेको छ। यसका कारण संघको नयाँ नेतृत्व पनि तत्काललाई अन्योलमा देखिएको छ। , संघका पूर्वअध्यक्षद्वय आङछिरिङ शेर्पा र जिम्बा जाङ्बु शेर्पाको नेतृत्वमा ...
सेतोपाटी संवाददाता स्थानीय निर्वाचनका लागि सुरक्षामा खटिने म्यादी प्रहरीको दरखास्त फारम लिने समय सकिएको छ।, प्रहरी प्रधान कार्यालयका अनुसार चैत ६ देखि ११ गतेसम्म दरखास्त फारम लिँदा देशभर २ लाख ८० हजार ४९५ जनाले फारम भरेका छन्।  , प्रहरी प्रधान कार्यालयले एक लाख म्यादी प्रहरीका लागि दरखास्त फारम खुलाएको थियो।, निर्वाचन...
सेतोपाटी संवाददाता ताप्लेजुङमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। , फुङलिङ नगरपालिका-८ बस्ने २८ वर्षीय रुपेश राईको मृत्यु भएको लुम्बिनी प्रदेश प्रहरी कार्यालयले जानकारी दिएको छ।  , शनिबार फुङलिङ नगरपालिका-९ गुरुङ गुम्बास्थित सडकमा मे १ त ७७८ नम्बरको ट्याक्टर दुर्घटना भएको कार्यालयले जनाएको छ।, ट्याक्टर आफ...
सेतोपाटी संवाददाता नेपालमा पछिल्लो  २४ घन्टामा थप २१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। , स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सोमबार २१ जनामा संक्रमण पुष्टि भएको हो। , मन्त्रालयका अनुसार ६ हजार ३०९ जनाको कोरोना परीक्षण गर्दा उक्त संख्यामा संक्रमित थपिएका हुन्। , ५ हजार १५२ जनाको पिसिआर र १ हजार १५७ जनाको ...
सेतोपाटी संवाददाता वीरगञ्जबाट जनकपुरतर्फ गइरहेको यात्रुबहाक बस सर्लाहीमा दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ।, पूर्वपश्चिम राजमार्गअन्तर्गत सर्लाहीस्थित फूलजोर भन्ने ठाउँमा आज बिहान सवा ११ बजे पुलबाट बस खोलामा खसेको हो।, ना ४ ख ८५५५ नम्बरको बस पुलबाट खोलामा खस्दा चार जनाको मृत्यु भएको प्रहरी नायब उपरीक्षक माधवप्रसा...
सेतोपाटी संवाददाता लुम्बिनी प्रदेश पूर्वाधार विकास प्राधिकरणका प्रमुख अनन्तराज घिमिरेले राजीनामा दिएका छन्। उनले लुम्बिनी प्रादेशिक अस्पतालको टेन्डर विवादबीच प्राधिकरणका प्रमुख सिइओले सोमबार राजीनामा दिएका हुन्।, राजीनामा दिँदै उनले भने,‘दलालहरूको दलाल बन्नु पर्ने रहेछ। म त्यो बन्न सकिनँ। त्यसैले मैले राजीनामा दिएँ।’,...
सेतोपाटी संवाददाता अवैध रूपमा काठ ओसारपसार गरिरहेको अवस्थामा सुर्खेतबाट तीनजना पक्राउ परेका छन्। शनिबार राति १२ बजे लेकवेशी नगरपालिका-८ गन्नेपानीबाट ७८.९ क्युफिट काठसहित उनीहरूलाई पक्राउ गरिएको हो।, भे १ ख २७७९ नम्बरको मिनी ट्रकमा लोड गरी वीरेन्द्रनगरतर्फ ल्याउँदै गरेको भन्ने विशेष सूचनाका आधारमा उनीहरुलाई पक्राउ गरिए...
रासस नेपाल प्रहरीले बुद्धचित्तको मालासहित एक जनालाई पक्राउ गरेको छ।, नेपाल प्रहरीको त्रिभुवन विमानस्थल सुरक्षा कार्यालयबाट खटिएको टोलीले अवैध रूपमा बुद्धचित्तको माला लिएर कोरिया जान लागेको अवस्थामा राहदानी नम्बर एम ८०९०९५६४ भएका कोरियन नागरिक सुन युङ जाङलाई आइतबार राति पक्राउ गरेको हो।, पक्राउ परेका जाङ कतार एयरलाइन्स...
एजेन्सी चीनको आर्थिक राजधानी मानिने सांघाई शहरमा लकडाउन घोषणा गरिएको छ।, कोरोनाभाइरसको संक्रमण बढ्न थालेपछि अधिकारीहरूले सोमबार बिहानदेखि  लकडाउन गरेको साउथ चाइना मर्निङ पोष्टले जनाएको छ।, सांघाईमा दुई चरणमा लकडाउन हुनेछ। सहरको पूर्वी क्षेत्रमा आजदेखि अप्रिल १ सम्म र पश्चिमी क्षेत्रमा अप्रिल १ देखि ५ सम्म लकडाउन गरिने...
सेतोपाटी संवाददाता प्रहरीले मकवानपुरमा गाँजासहित पाँच जनालाई पक्राउ गरेको छ।  , हेटौंडा उप-महानगरपालिका-१३ पदमपोखरी बस्ने २८ वर्षीय अरविन्द नेपाली, राप्ती नगरपालिका-११ का ५५ वर्षीय सञ्चबहादुर थिङ्ग, मनहरी गाउँपालिका-३ का ५३ वर्षीय बुद्धिबहादुर थिङ्ग रहेको जिल्ला प्रहरी कार्यालयका मकवानपुरका प्रवक्ता प्रहरी नायब उपरीक्...
रासस भरतपुर महानगरपालिका–२९ सत्र किलोमा ट्रकमा आगलागी भएको छ। , जिल्ला प्रहरी कार्यालयका अनुसार सर्लाहीबाट इँटा बोकेर काठमाडौं जाँदै गरेको प्रदेश २–०३–००१ ख ६५८७ नम्बरको ट्रकमा आगलागी भएको हो।, ट्रक गुडिरहेको अवस्थामा ब्याट्रीको तार सर्ट भई आगलागी भएको प्रहरीले जनाएको छ। कार्यालयका प्रहरी नायब उपरीक्षक नरहरी अधिकारीका...
रासस बेनी–दरबाङ सडकखण्ड अन्तर्गत म्याग्दीको बेनी नगरपालिका–६ डम्मरामा रहेको दुई सवारी साधनमा आगजनी भएको छ।, आज बिहान करिब ४ बजे सडकमा पार्किङ गरिएका भ्यान र ट्याक्सीमा अज्ञात व्यक्तिबाट आगजनी गरिएको बताइएको छ।, सडकमै पार्किङमा रहेका ध १ ज ९८६ नं को भ्यान र ध १ ज ७२६ नं को ट्याक्सीमा आगजनी गरिएको जिल्ला प्रहरी कार्यालय...
रासस देशको पुरानो विश्वविद्यालयका कर्मचारी इमान्दार, लगनशील र कानून कार्यान्वयनमा अब्बल हुनुपर्छ। उनीहरुलाई आ–आफ्नो जिम्मेवारी सुम्पिइएको छ तर इतिहास बोकेको विश्वविद्यालयमा कार्यरत कर्मचारीले नै गलत काम गरेभने त्यो सरासर गैरकानूनी मात्रै हुँदैन, अख्तियारको दुरुपयोगसमेत हुन्छ।, यस्तै भएको छ, जेठो विश्वविद्यालयको त्रिवि...
सेतोपाटी संवाददाता काठमाडौंको सेतो पुलमा नवजात शिशुको शव फेला परेको छ। , बिहीबार बिहान करिब साढे ११ बजे काठमाडौं महानगरपालिका-३० मैतीदेवी सेतो पुलमा नवजात शिशुको शव फेला परेको हो। , महानगरीय प्रहरी वृत्त मालीगाउँका अनुसार फोहोरमा फालिएको अवस्थामा शव फेला परेको हो। , स्थानीयले खबर गरेपछि प्रहरीको टोली घटनास्थलमा पुगेको...
सेतोपाटी संवाददाता बागलुङको निसीखोलामा पिकअप भ्यान दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। एक जना गम्भीर घाइते भएका छन्।, निसीखोलाबाट ढोरपाटन नगरपालिकाको मुकाम बुर्तिबाङ बजारतर्फ आउँदै गरेको लु१च ९४८० नम्बरको पिकअप भ्यान निसीखोला गाउँपालिका-२ थारुखोलामा दुर्घटना भएको हो।, दुर्घटनामा परी ढोरपाटन-१ का ऋतुवर्ण पौडेलको घटन...
सेतोपाटी संवाददाता प्रहरी जवान उर्मिला श्रेष्ठको ज्यान लिने गरी हिंसात्मक झडप भएको मोरङ लेटाङ प्रकरणमा मोरङ प्रहरीले २० जनाविरूद्ध कर्तव्य ज्यान मुद्दामा अनुसन्धान अघि बढाएको छ।, आफ्नै छात्रामाथि शिक्षकले दुर्व्यवहार गरेको घटनाको विरोधमा लेटाङमा चैत ६ गते प्रदर्शन भएको थियो।, प्रहरीले नियन्त्रणमा लिएका शिक्षकलाई गाउँम...
सेतोपाटी संवाददाता मनमोहन प्राविधिक विश्वविद्यालयले स्वास्थ्य सेवा क्षेत्रका जनशक्तिलाई प्रविधि, नीति र नेतृत्व सिकाउने गरी दुई वर्षे स्नातकोत्तर तहको पढाइ सञ्चालन गर्ने भएको छ। , विश्वविद्यालयले स्नातकोत्तर तहको नयाँ पाठ्यक्रम निर्माण कार्य पनि पूरा गरेको छ।, विश्वविद्यालयले आगामी शैक्षिक सत्रदेखि कक्षा सञ्चालन गर्ने...
विनोद सापकोटा सांघातिक हमलाका दोषीलाई पक्राउ गरेर छोडिदिएको विषयले उग्ररूप लिएपछि बिहीबार पूर्व-पश्चिम राजमार्ग अन्तर्गत झापाको झिलझिलेमा पीडितले राजमार्ग ठप्प पारेका छन्। , इलाका प्रहरी कार्यालय झिलझिले अगाडि प्रहरीविरूद्ध नाराबाजी गर्दै पीडित, उनीहरूका आफन्त र सयौं स्थानीयले सडक अवरूद्ध बनाएका हुन्।, दिउँसो साढे १२ ...
सेतोपाटी संवाददाता नापी कार्यालय चाबहिल १ नम्बर नापी टोली बुढानिलकण्ठका सर्भेक्षक विनोद केसी र अमिन प्रकाश भट्ट पक्राउ परेका छन्।, अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले दुबै जनालाई एक लाख नगदसहित मंगलबार पक्राउ गरेको हो।, अख्तियारको टंगालस्थित कार्यालयबाट खटिएको टोलीले उनीहरूलाई एक लाख नगद लिइसकेको अवस्थामा पक्राउ...
नवीनबाबु गुरूङ भारतबाट पेट्रोलियम पदार्थको नयाँ मूल्य सूची आएसँगै शनिबार बिहान काठमाडौंका पेट्रोलपम्पहरुमा लामो लाइन देखिएको छ।, आगामी दिनमा पेट्रोल अभाव हुन सक्ने भन्दै मोटरसाइकल तथा साना सवारी चालकहरू पेट्रोल पम्पमा लाइन लाग्न थालेका हुन्।, नेपाल आयल निगमसँग विभिन्न माग राख्दै व्यवसायीहरूले पेट्रोलियम पदार्थको ढुवान...
सेतोपाटी संवाददाता भानु माध्यामिक विद्यालय (दरबार हाई स्कुल)मा रोवोटिक्स प्रयोगशाला र अन्तरक्रियात्मक शिक्षण बोर्डको उद्घाटन गरिएको छ।, बुधबार महानगरका मेयर विद्यासुन्दर शाक्यले प्रयोगशाला तथा बोर्डको उद्घाटन गरेका हुन्।, महानगरबाट प्राप्त ३८ लाख रुपैयाँ अनुदान रकममध्ये २१ लाख ८७ हजार २७५ रुपैयाँमा ६ वटा इन्टरएक्टिभ ब...
सेतोपाटी संवाददाता कर्तव्य ज्यानमुद्दामा अदालतले २० वर्ष सजाय तोकेका फरार व्यक्ति पक्राउ परेका छन्। वीरगन्ज महानगरपालिका-२१पटेलनगरका ४० वर्षीय रविन्द्र पटेल रहेका छन्।, पटेललाई बिहीबार बिहान १० बजे वीरगन्ज-१४ गण्डकबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ।, पर्सा जिल्ला साबिक महुवन गाविस-३ का ४५ वर्षीय...
सेतोपाटी संवाददाता पर्सामा मोटरसाइकल आपसमा ठोक्किँदा दुई जनाको मृत्यु भएको छ। , बिहीबार बिहान पोखरिया नगरपालिका-४ नहर छेउ दुई मोटरसाइकल ठोक्किएर दुर्घटना हुँदा दुबै चालकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक ओमप्रकाश खनालले जानकारी दिए। , मृत्यु हुनेमा धोवीनी गाउँपालिका-२ बस्ने ३५ वर्षीय ललनप्रसा...
सेतोपाटी संवाददाता चैत अन्तिम साता काठमाडौं युथ कन्क्लेभ हुने भएको छ। विभिन्न आठ कलेजको संयुक्त आयोजनामा कन्क्लेभ हुने भएको हो।, आगामी चैत २६ मा प्रज्ञा भवनमा हुने कार्यक्रम युवालाई नेतृत्व, व्यवस्थापन र औद्योगिक सीप विकास गर्न उद्देश्यले आयोजना गर्न लागिएको हो।, कार्यक्रममा विभिन्न क्षेत्रमा ख्याती प्राप्त व्यक्तिहरू...
सेतोपाटी संवाददाता हत्या गरिएको अवस्थामा धनुषामा एक युवकको शव फेला परेको छ।, जिल्लाको हंसपुर नगरपालिका–७ बस्ने १८ वर्षीय विजय महराको शव फेला परेको प्रहरीले जनाएको छ।, सोही नगरपालिकाको वडा नम्बर ६ स्थित गहुँ खेतमा उनको शव फेला परेको धनुषाका प्रहरी प्रवक्ता डीएसपी जितेन्द्र बस्नेतले जानकारी दिए।, उनका अनुसार महराको बाँय...
सेतोपाटी संवाददाता सुर्खेतको वीरेन्द्रनगरबाट लागुऔषधसहित दुई जना पक्राउ परेका छन्।, बुधबार दिउँसो सुर्खेतको वीरेन्द्रनगर–१० पदमपुरबाट वीरेन्द्रनगर–१३ का कर्ण बास बोहोरा र भिमा तामाङलाई प्रहरीले पक्राउ गरेको हो।, जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता प्रहरी नायब उपरीक्षक रामप्रसाद घर्तीका अनुसार उनीहरूले लागुऔषधको ...
सेतोपाटी संवाददाता प्रहरीले कविता सुनुवारको हत्यामा पक्राउ परेका आरोपितलाई सार्वजनिक गरेको छ।, सिक्किम बियुङ घर भई उदयपुर बेलका नगरपालिका-३ किराँत चोक बस्दै आएका १९ वर्षीय विनोद ढकाल र कोशी जनता माध्यमिक विद्यालय रामपुर कक्षा १० मा अध्ययनरत १७ वर्षीया बालिकालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी नायब ...
सेतोपाटी संवाददाता सर्लाही सदरमुकाम मलंगवा नगरपालिका-९ मा एक जना भारतीय नागरिकको गोली हानी हत्या गरिएको छ।, भारत बिसनपुरका ३५ वर्षीय इन्दल कुमारको बुधबार बेलुका करिब ७:४० मा हत्या गरिएको सर्लाहीका प्रहरी उपरीक्षक प्रवीण पोखरेलले बताए।, भारतबाट पछ्याउँदै मोटरसाइकल आएका तीन जनाको समूहले  कुमारलाई गोली हानी हत्या गरेको प...
सेतोपाटी संवाददाता सूर्यविनायक नगरपालिका-२ बालकोटस्थित खल्पिटार बचत तथा ऋण सहकारी संस्था लिमिटेडबाट नगद ६ लाख ९८ हजार ५ सय १२ रुपैयाँ चोरी भएको छ।, दुई जनाको समूहमा आएका व्यक्तिले मंगलबार राति सहकारीको चार वटा ढोका फोडेर चोरी गरेको प्रहरीले जनाएको छ।, सुरूमा सहकारीको च्यानलगेट फुटाए भित्र दराज तथा सेफमा रहेको उक्त नगद...
सेतोपाटी संवाददाता पर्साको बिन्दवासिनी गाउँपालिका वडा नम्बर ३ नहरचोकबाट हतियारसहित तीन जना पक्राउ परेका छन्।, 'लङरेन्ज' दुई नाले बन्दुक एक थान र एक थान कार्टिजसहित तीन जनालाई सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको हो।, सशस्त्र प्रहरी उपरीक्षक तेजप्रसाद पोखरेलका अनुसार हतियारसहित तीन जनालाई बिहीबार नियन्त्रणमा लिइएको हो।, ...
खिलानाथ ढकाल सुर्खेतको गुर्भाकोट नगरपालिका-१४ स्थायी घर भएका ३२ वर्षीय अनिल गुरूङ गत पुस ७ गते अफ्रिकी मुलुक कंगो गएका थिए।, नेपाली सेनाको शान्ति मिसनको सबै मापदण्ड पूरा गरेपछि उनी द्वन्द्वग्रस्त कंगोका लागि छनोट भएका थिए।, त्यसअघि मंसिरमा दिदीकी छोरीको जन्मदिन मनाउन उनी काठमाडौं आएका थिए। उनी गोकर्णस्थित आर्मीको ब्या...
सेतोपाटी संवाददाता प्रधानमन्त्री शेरबहादुर देउवा भारत भ्रमणबाट स्वदेश फर्किने क्रममा नेपाल वायुसेवा निगमको विमानमा पत्रकार ऋषि धमलाले गरेको क्रियाकलापप्रति वायुसेवा सञ्चालक संघले ध्यानाकर्षण भएको जनाएको छ। , संघले बुधबार एक विज्ञप्ती जारी गर्दै प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमण सकेर पर्कनेक्रममा प्रत्यक्ष प्र...
सेतोपाटी संवाददाता चार दिनसम्म मनाइने चैते छठ पर्व उदाउँदो सूर्यलाई अर्घ दिएर शुक्रबार बिहान सम्पन्न भएको छ। परिवारका सबै सदस्य मिलेर उदाउँदो सूर्यलाई गाईको दूधको अर्घ दिएर सम्पन्न गरेका हुन्।, छठको पहिलो दिन नुहाई खाई, दोस्रो दिन खरना, तेस्रो दिन अस्ताउँदो सूर्यलाई अर्घ र अन्तिम दिन उदाउँदो सूर्यलाई अर्घ दिएर मनाउने ...
रासस काठमाडौं, चैत २६, प्रत्येक वर्ष चैत्र शुक्ल अष्टमीका दिन मनाइने चैतेदशैँ पर्व आज नेपालीले शक्तिपीठसहित घर–घरमा नवदुर्गा भवानीको पूजा आराधना गरी मनाएका छन् ।, चैतेदशैँका अवसरमा आज बिहानैदेखि राजधानीलगायत देशभरका शक्तिपीठमा पूजा आराधना एवं दर्शन गर्न भक्तजनको भीड लागेको थियो । मन्दिरसम्म नजाने भक्तजनले भने घरघरमै द...
युवराज श्रेष्ठ पोखरा महानगरका मेयर उम्मेदवार लेखक गनेस पौडेलले फरक नतिजाका लागि मत बदल्नुपर्ने बताएका छन्। अहिलेका दलहरू र तिनका उम्मेदवारले फरक नतिजा दिन नसक्ने दाबी गर्दै उनले देशभर चलेको ‘अटेरी अभियान’लाई साथ दिन आग्रह गरे।, ‘विगत २६ वर्षदेखि एउटै दलका एकै व्यक्ति लगातार सांसद भइरहेका छन्, तर काम केही पनि गर्दैनन्,...
रासस भारतीय राजदूतावासले दार्चुलामा शिक्षा र स्वास्थ्य क्षेत्रमा छ करोड रुपैयाँ सहयोग गर्ने भएको छ। , दुहुँ गाउँपालिका वडा नं ३ स्थित जनविकास माध्यमिक विद्यालय बारबाज र नौगाडको इयरकोट स्वास्थ्य चौकी भवन लगायतका संरचना निर्माणका लागि भारतीय राजदूतावासले सहयोग गर्ने भएको हो।, यसका लागि भारतीय राजदूतावास र नेपाल सरकार सं...
निशा भण्डारी वर्षा र सहकालका देवता सेतो मच्छिन्द्रनाथको रथयात्रा सुरू गरिएको छ। रथयात्राका लागि शनिबार दिउँसो ४ बजे केलटोलबाट देवताको खट दरबारमार्गस्थित तीनधारा पाठशालाअघि लगिएको थियो।, रथयात्रा काठमाडौंको तीनधाराबाट तानेर असन, इन्द्रचोक, वसन्तपुर हुँदै लगनटोल पुर्‍याएर समापन गरिन्छ।, सेतो मच्छिन्द्रनाथलाई चैत शुक्ल अ...
सेतोपाटी संवाददाता सशस्त्र प्रहरीले पर्साबाट मालबाहक ट्रक नियन्त्रणमा लिएको छ।, भन्सार प्रज्ञापन पत्रबिनै मालसामान ढुवानी गरेको पाइएपछि प्रहरीले वीरगञ्व-१५ बाट ना३ख ६९९ नम्बरको ट्रक नियन्त्रणमा लिएको हो।, सशस्त्र प्रहरी बल नेपाल छिन्नमस्ता बाहिनी मुख्यालय र १३ नम्बर गण मुख्यालय पर्साबाट खटिएको टोलीले शुक्रबार बिहान ५ ...
सेतोपाटी संवाददाता कैलालीमा मोटरसाइकल आपसमा ठोक्किँदा दुई जनाको मृत्यु भएको छ।, कञ्चनपुर कृष्णपुर नगरपालिका ५ का २७ वर्षीय लोकेन्द्र पार्की र अन्दाजी ३२ वर्षीय पुरन मडैको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक देवप्रसाद जोशीले जानकारी दिए। उनीहरू दुवै मोटरसाइकल पछाडि सवार थिए। , प्रहरी नायब उ...
सेतोपाटी संवाददाता प्रहरीले मकवानपुरबाट एक जना युवकलाई लागुऔषधसहित पक्राउ गरेको छ।, पक्राउ पर्नेमा हेटौंडा उपमहानगरपालिका-७ नागस्वतीका २२ वर्षीय सन्देश ब्लोन छन्।, उनलाई शनिबार बिहान लागुऔषध ट्रामा १ हजार ४० पिस, नाइट्राभेट ५ सय २५ ट्याब्लेट र कोरेक्स १० बोतलसहित पक्राउ गरिएको मकवानपुर प्रहरीले जनाएको छ।, उनको घरमा ला...
एजेन्सी भारतको गुजरातमा सोमबार एक रासायनिक कारखानामा बिस्फोट हुँदा छ जनाको मृत्यु भएको छ। , हिन्दुस्तान टाइम्सका अनुसार गुजरातको भरूच जिल्लास्थित औद्योगिक क्षेत्रमा रहेको रासायनिक कारखानामा बिस्फोट हुँदा ६ जना कामदारको मृत्यु भएको हो। , यो कारखाना अहमदावादबाट झन्डै २ सय ३५ किलोमिटरको टाढा छ।  , कारखानामा सोमबार बिहान ...
सेतोपाटी संवाददाता त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट एक जना महिला गोलीसहित पक्राउ परेकी छिन्।, पक्राउ पर्नेमा भानु नगरपालिका-७ तनहुँकी २७ वर्षीया सोविता नेपाली छिन्।, उनलाई आइतबार राति प्रहरीले अन्तर्राष्ट्रिय उडानको प्रस्थान कक्षबाट पक्राउ गरेको हो। नेपाल एयरलाइन्सको उडानद्वारा क्वालालाम्पुर हुँदै उनी जापान जान ल...
सेतोपाटी संवाददाता १५ वर्षीया बालिकालाई जबरजस्ती करणी उद्योग गरेको आरोपमा पर्साबाट एक जनालाई प्रहरीले पक्राउ गरेको छ।, पक्राउ पर्नेमा पटेर्वासुगौली गाउँपालिका-४ फरहदवाका २२ वर्षीय आदेश पटेल छन्। उनलाई प्रहरीले सोमबार पक्राउ गरेको हो।, आइतबार साढे १० बजे राति बालिकालाई उनकै घरनजिकको गोठमा दाउरा लिन गएको बेला पटेलले जबर...
भगवती पाण्डे लुम्बिनी प्रदेश सरकारले आर्थिक वर्ष २०८०/८१ सम्ममा प्रदेशका सबै नागरिकलाई आधारभूत खानेपानी पुर्‍याउने आवधिक योजनामा ‘एक घर, एक धारा’ अभियान सुरू गरेको थियो।, संघीय र प्रदेश सरकारले सञ्चालन गरेका खानेपानी आयोजनाको अहिलेको अवस्था हेर्दा प्रदेश सरकारले भनेजस्तो आगामी दुई वर्षमा सबै घरमा पानीको धारो पुग्ने वि...
सेतोपाटी संवाददाता शिक्षक सेवा आयोगले माध्यमिक तहको अध्यापन अनुमति पत्र (लाइसेन्स) का लागि विज्ञापन खुलाएको छ।, आयोगको मंगलबार बसेको बैठकले आजदेखि वैशाख २९ गतेसम्म इच्छुकहरू फारम भर्नसमेत भनेको छ।, तोकिएको न्यूनतम योग्यता, तालिम पुगेका इच्छुक उम्मेदवारहरूले अनलाइनबाट फारम भर्न सक्नेछन्।, https://license.tsc.gov.np/, म...
सेतोपाटी संवाददाता उदयपुरमा प्रहरीले श्रीमतीको हत्या गरेको आरोपमा श्रीमानलाई पक्राउ गरेको छ। , कटारी नगरपालिका-५ सिसाघारी बस्ने ४२ को पोष्टराज दाहाललाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रनिलाल बहादुर श्रेष्ठले जानकारी दिए।  , सोमबार बिहान ४ बजे दाहालले आफ्नै ३८ वर्षीया श्रीमती नानुमाया दाहाललाई शौच...
एजेन्सी भारत झारखण्डमा आइतबार केबलकार आपसमा ठोक्किँदा कम्तीमा दुई जनाको मृत्यु भएको छ।, भारतीय सञ्चारमाध्यमहरूका अनुसार झारखण्डको देउघर जिल्लाको त्रिकुट पहाडमा रहेको रोपवेमा चलिरहेका दुई केबलकार आइतबार साँझ ठोक्किएका थिए। त्योसँगै अन्य केबलकार पनि जहाँको त्यहीँ रोकिएका थिए।, इन्डिया टुडेले केबलकारमा अड्किएकाहरूको सोमब...
सेतोपाटी संवाददाता त्रिभुवन विश्वविद्यालय कानून संकायअन्तर्गत डिनको कार्यालयले एलएलबी पहिलो वर्षमा भर्नाका लागि प्रवेश परीक्षा फारम खोलेको छ।, शैक्षिक सत्र ०७७/०७८ का लागि वार्षिक प्रणालीमा स्नातक तह एलएलबी पहिलो वर्षमा नयाँ विद्यार्थीका लागि भर्ना गर्न लिइने परीक्षाको फारम खुलेको हो।, वैशाख ४ गतेदेखि जेठ ४ गतेसम्म आव...
रासस झापामा भन्सार छलेर अवैध रुपमा नेपाल भित्र्याउँदै गरेको रु २० लाखको बिस्कुट प्रहरीले बरामद गरेको छ।, प्रहरीले बिस्कुटसहित भारतीय नम्बर प्लेटको कन्टेनर र त्यसका चालकलाई नियन्त्रणमा लिएको छ।, जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक वसन्त पाठकका अनुसार गए राति भारतबाट नेपाल भित्रिदै गरेको आर जे १८ जी वी ३७२१ नम...