content
stringlengths
20
64.1k
सेतोपाटी संवाददाता काठमाडौंबाट फोहोर बोकेर बन्चरेडाँडातर्फ गएका गाडी आज पनि स्थानीय बासिन्दाले रोकेका छन्।, स्थानीय बासिन्दासँग समन्वय नगरी फोहोर विसर्जन गर्न खोजिएको भन्दै उनीहरूले विरोध गरिरहेका छन्।, मंगलबार प्रहरीले बल प्रयोग गरेर फोहोर विसर्जन गरेको थियो।, फोहोर बोकेर आएका गाडी रोकिएको र फोहोर विसर्जन गर्न नदिइएक...
नवीनबाबु गुरूङ सरकारले कारबाहीको चेतावनी दिएपछि सवारी साधनमा इम्बोस्ड नम्बर प्लेट जडान गर्ने सवारी धनीहरुको यातायात कार्यालय गुर्जुधारामा भिड लागेको छ।, यातायात व्यवस्था विभागले बागमती र गण्डकी प्रदेशमा दर्ता भएका सबै सवारी साधनका धनीलाई असार मसान्तभित्र इम्बोस्ड नम्बर जोडिसक्नुपर्ने र नजोडे कारबाही गर्ने सूचना जारी ग...
रासस कर्णाली नदी छेउको कैलालीतर्फको भागमा निर्माणाधीन तटबन्धको काम पानीको सतह बढ्दा प्रभावित भएको छ। बर्दियातर्फको कर्णाली नदीको भागमा गरिएको पानी डाइभर्सन (पानीको बहाव परिवर्तन) का कारण कैलालीतर्फको तटबन्धन गर्नुपर्ने क्षेत्रमा पानीको सतह बढेर काम प्रभावित भएको बताइएको छ।, वर्षायाम सुरू हुन लाग्दा तटबन्ध बनाउने काममा...
रासस भरतपुर महानगरपालिका–१९ तमु टोलमा बुधार साँझ सेप्टिक ट्यांकीमा खसेर दुई जनाको मृत्यु भएको छ।, स्थानीय रामप्यारी गुरुङको घरमा सेप्टिक ट्यांकी सफा गर्ने क्रममा उनीहरूको मृत्यु भएको हो।, जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारीअनुसार मृत्यु हुनेमा कपिलवस्तुको शिवराज नगरपालिका–९ घर भएका २४ वर्षीय छतिराम चौधरी र २३...
रासस अखिल नेपाल स्वतन्त्र राष्ट्रिय विद्यार्थी युनियन (अनेरास्ववियु) ले त्रिभुवन विश्वविद्यालय (त्रिवि) पदाधिकारीको कार्यकक्षमा लगाइएको तालाबन्दी खोल्न माग गरेको छ।, बुधबार अनेरास्ववियुका अध्यक्ष सुनिता बरालले विज्ञप्ति जारी गर्दै तीन दिनभित्रमा त्रिवि उपकुलपति, रजिष्ट्रार र शिक्षाध्यक्षको कार्यकक्षमा लगाइएको ताला खोल...
रासस ठगी र बैंकिङ कसुर मुद्दाका तीन जना फरार प्रतिवादीहरूलाई प्रहरीले काठमाडौंका विभिन्न स्थानबाट पक्राउ गरेको छ।, ठगी मुद्दामा काठमाडौं धुम्बाराही बस्ने पाल्पा तिनाउ गाउँपालिका–३ का ४० वर्षीय जीतबहादुर गुरुङलाई बुधबार पक्राउ गरिएको प्रहरी जनाएको छ।, ठगी मुद्दामा संलग्न रही फरार रहेका उनलाई काठमाडौं उपत्यका अपराध अनुस...
सेतोपाटी संवाददाता बर्दियाको मधुवनका आन्दोलनरत स्थानीय सर्वसाधारण र स्थानीय प्रहरी प्रशासनका बीचमा सहमति कायम भएको छ। सहमति कायम भएसँगै तीन दिनदेखि अशान्त बनेको बर्दिया बुधबार बेलुकीदेखि शान्त बनेको छ। , जेठ २३ गते बिहान करिब साढे १० बजे बर्दियामा अस्मिता थारूलाई बाघले आक्रमण गरी घाइते बनाएको थियो। पटकपटक बाघले आक्रमण...
मनिका विश्वकर्मा यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायका कथाः, अहिले उनको उमेर ६५ वर्ष भयो। कमैया आमाबाबुबाट जन्मेर ४३ वर्षसम्मको उमेर कमैया भएरै बित्यो। आज चाउरी पर्न थालेका गाला दुई दिनअघि खौरेको दाह्रीले टल्केका छन्। गिजामा थोतेपन छ। , बुढ्यौली झल्किने त्यो अनुहारको मुस्कान र चमक यस्तो देखिन्छ, मानौं आत्मसन्तुष्टिले श...
सेतोपाटी संवाददाता सर्लाहीको चन्द्रनगर गाउँपालिकाले स्नातक पढ्ने छोरीलाई अध्ययन सहयोगका लागि ११ हजार रूपैयाँ दिने भएको छ।, बीस वर्ष पूरा भई १२ कक्षा पास गरेर मात्र बिहे गरेमा प्रोत्साहन स्वरूप ५० हजार रूपैयाँ दिने निर्णय गरेको चन्द्रनगर गाउँपालिकाले थप अध्ययनका लागि सहयोगार्थ ११ हजारर रूपैयाँ दिने निर्णय गरेको हो।, बु...
सेतोपाटी संवाददाता यही स्थानीय तह निर्वाचनको दिन (वैशाख ३० गते) काठमाडौंको बानेश्वरमा सिलिन्डर पड्काएर आतंक मच्चाउने चार आरोपी पुर्पक्षका लागि थुनामा गएका छन्।, उनीहरूविरूद्ध काठमाडौं जिल्ला अदालतमा पेस भएको मुद्दामा अदालतको आदेशले पुर्पक्षका लागि थुनामा पठाएको जिल्ला प्रहरी परिसर काठमाडौंले आज एक सूचना जारी गरी जनाएक...
रासस बजार क्षेत्रमा सार्वजनिक शौचालय नहुँदा समस्या बढेपछि यहाँका रेष्टुराँ र शो–रूमका शौचालयलाई सार्वजनिक प्रयोगमा ल्याउन थालिएको छ।, होन्डा नेपालको शो–रूमले सर्वसाधारणका लागि निःशुल्क शौचालय सेवा सुरू गरेको केहीदिनमै सदरमुकामस्थित वर्ल्ड हाउस क्याफे एन्ड लाउन्जले शुक्रबारदेखि निःशुल्क शौचालय उपलब्ध गराएको हो। , क्याफ...
सेतोपाटी संवाददाता पछिल्लो २४ घन्टामा देशभर थप १९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। , स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आइतबार १९ जनामा संक्रमण पुष्टि भएको हो।, ३ हजार ४५३ जनाको कोरोना परीक्षण गर्दा उक्त संख्यामा संक्रमित थपिएका हुन्। , दुई हजार १६२ जनाको पिसिआर र एक २९१ जनाको एन्टिजेन परीक्षण गरिएको थ...
सेतोपाटी संवाददाता तनहुँको डुम्रे-मुग्लिङ सडकखण्डमा मालबाहक र यात्रुबाहक दुबै खालका सवारी साधन चल्ने भएको छ।, आँबुखैरेनी गाउँपालिका-४ साँखरमा लगातार वर्षाको कारण पहिरो जाँदा सडकखण्डमा क्षति पुगेको थियो। , सडकमा क्षति पुगेपछि जिल्ला प्रशासन कार्यालय तनहुँले अर्को सूचना जारी नभएसम्मको लागि मालबाहक सवारी साधनलाई निषेध गर...
सेतोपाटी संवाददाता चुरोटको निहुँमा खुकुरी प्रहार गरी भाइको हत्या भएको छ। , सुनसरीमा ३० वर्षीय दाइले आफ्नै १८ वर्षीय भाइको हत्या गरेको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ। , बराहक्षेत्र नगरपालिका-४ कौवा खोज बस्ने ३० वर्षीय देवराज धामीले आफ्नै १८ वर्षीय भाइ देवकुमारमाथि खुकुरी प्रहार गरी हत्या गरेको हो। हत्या आरोपम...
एजेन्सी भारतीय कंग्रेसकी अन्तरिम अध्यक्ष सोनिया गान्धी अस्पताल भर्ना भएकी छन्। , कोरोना भाइरसको संक्रमणका कारण स्वास्थ्यमा समस्या आएपछि आइतबार उनलाई दिल्लीस्थित गंगाराम अस्पतालमा भर्ना गरिएको हिन्दुस्तान टाइम्सले जनाएको छ। , उनलाई केही दिन अस्पतालमै चिकित्सकको निगरानीमा राखिने पार्टी प्रवक्ता रन्दीप सिंह सुर्जेवालाले ...
सेतोपाटी संवाददाता ककनीको त्रिशूली 'थ्रि ए' को प्रसारण लाइनमा झुन्डिएका माइला विकलाई काठमाडौंको एक संस्थामा जिम्मा लगाइएको छ। , नुवाकोटको बेलकोटगढी नगरपालिका-१३ घलेगाउँ घर भएका विकलाई काठमाडौंको तार्केश्वर नगरपालिकाको फुटुङस्थित नवजीवन परोपकार संस्थामा राखिएको जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रहरी नायब उपरीक्षक रूपक...
रासस चितवन राष्ट्रिय निकुञ्जले निकुञ्जभित्र गरिने पर्यटकीय गतिविधि यही असार १ गतेदेखि बन्द गर्ने भएको छ।, निकुञ्जभित्र गरिने जंगल सफारी, जंगल वाकलगायत गतिविधि बन्द गर्न लागिएको हो। , निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसार मनसुन सुरू भएसँगै निकुञ्ज भित्रका कच्ची वन पथ बिग्रने, जंगलमा भएका स-साना खोला खोल्सा...
सेतोपाटी संवाददाता नुवाकोटको ककनीमा त्रिशूली प्रसारण लाइन थ्री एको तारमा एक पुरूष झुण्डिएको ६ घण्टा बढी भइसकेको छ। , शनिबार बिहान करिब १० बजेदेखि ककनी गाउँपालिका-७ मा रहेको प्रसारण लाइनको तारमा झुण्डिएका हुन्। , बेलकोटगढी नगरपालिका-१३ घलेगाउँ बस्ने ४४ वर्षीय माइला विकलाई प्रहरी र स्थानीय मिलेर त्यहाँबाट तल झार्ने प्रय...
रासस सुनसरीको कोसी गाउँपालिका–५ मा आइतबार सवारी दुर्घटना हुँदा एकको मृत्यु भएको छ। दुर्घटनामा ६ जना घाइते भएका छन्।, मृत्यु हुनेमा कोसी–७ का पैदलयात्री १८ वर्षीय श्रवणकुमार मेहता रहेको सुनसरीका प्रहरी नायब उपरीक्षक नरेन्द्रकुमार कार्कीले जानकारी दिए।, को २ च ३९९२ नम्बरको जिपले पैदल हिँडिरहेका मेहतालाई ठक्कर दिएको थियो...
सेतोपाटी संवाददाता मोरङको बेलबारीमा गए राति भएको सडक दुर्घटनामा एक जनाको मृत्यु भएको छ।, तीन जना सवार स्कुटर ट्रकमा ठक्कर खाँदा दुई जना गम्भीर घाइते भएका छन्।, जिल्ला ट्राफिक कार्यालय मोरङका अनुसार बेलबारी नगरपालिका वडा नम्बर ४ बेतनामा गए राति करिब ११ बजे दुर्घटना भएको थियो।, पश्चिमबाट पूर्व जाँदै गरेको ना ६ ख ५५४४ नम...
सेतोपाटी संवाददाता काठमाडौंको बौद्धमा सामूहिक बलात्कार गरेको आरोपमा प्रहरीले चार जनालाई पक्राउ गरेको छ। , आइतबार (हिजो) दिउँसो २ बजे काठमाडौं महानगरपालिका-६ बौद्धस्थित लुङ्ता गेष्ट हाउसमा सामूहिक बलात्कार गरेको आरोपमा प्रहरीले चार जनालाई पक्राउ गरेको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रहरी उपरीक्षक दिनेशराज मैनालीले जान...
विवेक राई जेठको टन्टलापुर घाममा खेतको काम सकेर भोलाराम घर फर्किंदै थिए। अलिक बढी थकानले होला, त्यो दिन भोला बाटामा भेटिने गाउँलेहरूसँग अलमल नगरी सिधै घर हिँडे।  , घर पुगेर काँधमा रहेको कोदाली बिसाउन मात्र के लागेका थिए, ‘अंकल छोरा डाक्टर पास भयो रे है’ भन्ने तन्नेरी आवाज भोलाको कानमा ठोक्कियो।, उनले पछाडि फर्केर हेरे।...
रासस मेलम्चीमा बाढी आएको एक वर्ष पुगेको छ। गत वर्ष असार १ गतेको बाढीले २६ जनाको ज्यान गएको थियो धेरै भौतिक सम्पत्ति क्षति भयो।, सिन्धुपाल्चोकलाई सरकारले गत वर्ष सङ्कटग्रस्त जिल्लासमेत घोषणा गरेको थियो। बस्ती संरक्षण, स्थानान्तरण र पुनःनिर्माणका कुरा उठे पनि अहिलेसम्म काम भने हुन सकेको छैन।, गत वर्ष असार १ र साउन १६ गत...
रासस झापाको गौरादहमा ट्र्याक्टरको ठक्करबाट एक बालकको मृत्यु भएको छ।, गौरादह–१ स्थित सडकखण्डमा पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको मे१त ७४३१ नंको ट्र्याक्टरले स्थानीय ९ वर्षीय गौरव अधिकारीलाई ठक्कर दिएको हो।, ठक्करबाट गम्भीर घाइते उनको उपचारका क्रममा दमक अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।, ठक्कर दिने ...
रासस पहिरो खसेपछि अवरूद्ध भएको कालीगण्डकी करिडोर सडकखण्ड अहिले पुनः सञ्चालन भएको छ।, पाल्पाको रामपुुर नगरपालिका–१ स्थित स्याउलीबजार नजिकै पहिरो खस्दा आइतबार दिउँसो ३ बजेदेखि अवरूद्ध सडक सोमबार अपराह्नबाट सञ्चालनमा आएको छ।, करिडोर अन्तर्गतको निर्माणाधीन कालीगण्डकी पक्की पुल नजिकै स्याउलीबजारदेखि तिरतिरेधाराको बीच भागमा...
रासस सुनसरीको कोसी गाउँपालिका–७ हरिपुर सडकखण्डमा सोमबार बस दुर्घटना हुँदा चालकसहित २५ जना घाइते भएका छन्।, पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको ना५ख ६५६४ नम्बरको बस अनियन्त्रित भई सडक छेउको खाल्डोमा खसेको थियो। विपरीत दिशाबाट आउँदै गरेको साइकलमा सवार यात्रुलाई जोगाउने क्रममा बस अनियन्त्रित भई दुर्घटनामा परेको अनुमान गरिएको...
सेतोपाटी संवाददाता मौसम खराब हुँदा जजिरा एयरको जहाज काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण नगरी गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल भैरहवामा अवतरण गर्यो।, कुवेतबाट आएको जहाज आज बिहान काठमाडौंमा अवतरण गर्नुपर्नेमा मौसम खराब भएपछि भैरहवा पठाइएको थियो।, भैरहवामा करिब एक घन्टा बिताएर जजिराको जजिराको जे न...
सेतोपाटी संवाददाता रूपन्देहीको तिलोत्तमामा सडक दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ।, भैरहवाबाट बुटवलतर्फ आउँदै गरेको लु ८३ प ९८४५ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा कपिलवस्तु महाराजगन्ज ९ का २४ वर्षीय बसन्त चौधरीको मृत्यु भएको प्रहरीले जनाएको छ।, लुम्बिनी प्रदेश ट्राफिक प्रहरी कार्यालयका अनुसार सडकमा गुडिरहेको उक्त मो...
सेतोपाटी संवाददाता पछिल्लो २४ घन्टामा देशभर थप १९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। , स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मंगलबार १९ जनामा संक्रमण पुष्टि भएको हो।, २ हजार ८१४ जनाको कोरोना परीक्षण गर्दा उक्त संख्यामा संक्रमित थपिएका हुन्। , एक हजार ७३१ जनाको पिसिआर र १०८३ जनाको एन्टिजेन परीक्षण गरिएको थिय...
सेतोपाटी संवाददाता काठमाडौं जिल्ला अदालतले मनोजकुमार जैसी भन्ने मनोज पाण्डेलाई पुर्पक्षको लागि थुनामा पठाउन आदेश दिएको छ।, मानव बेचबिखन तथा ओसारपसार मुद्दामा पक्राउ परेका पाण्डेलाई काठमाडौं अदालतले सोमबार पुर्पक्षको लागि थुनामा पठाउन आदेश दिएको हो।, न्यायाधीश प्रकाश ढुंगानाको इजलासले उनलाई थुनामा पठाउन आदेश दिएको सूचन...
सेतोपाटी संवाददाता आफूसँग भएका शौचालयलाई सार्वजनिक उपयोगमा ल्याउन इच्छा देखाएका ३३ वटा संघ संस्थासँग काठमाडौँ महानगरपालिकाले सम्झौता गरेको छ।, विभिन्न बैंक, रेष्टुरेन्ट, स्कुल, प्रकाशन गृह, विजनेस कम्प्लेक्ससहित ३२ वटा संघसंस्थाका प्रतिनिधिसँग सोमबार सम्झौता भएको हो। , महानगरका प्रमुख बालेन्द्र शाह (बालेन), उपप्रमुख स...
सेतोपाटी संवाददाता यातायात व्यवस्था कार्यालय ललितपुरका तत्कालीन प्रमुखसहित १७ जनाविरूद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ। , अख्तियार दुरूपयोग अनुसन्धान आयोगको टोलीले तत्कालीन प्रमुखहरूसहित १२ कर्मचारी र ५ जना बिचौलियासहित १७ जनाविरूद्ध मंगलबार काठमाडौंस्थित विशेष अदालतमा मुद्दा दायर गरेको हो। , कार्यालयका कर्मचारी र सिन...
सेतोपाटी संवाददाता तीन दिने भ्रमणका लागि नेपाल आएका दुबईका राजकुमार जुमा अल मोक्तुमले नेकपा एमालेका केन्द्रीय सदस्य एवम् मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई सुनको लौरो उपहार दिएका छन्।, श्री एयरलाइन्सको चार्टर्ड विमान मार्फत चन्द्रगढी विमानस्थल अवतरण गरेका राजकुमारलाई दुर्गा प्रसाईंले स्वागत गरेका थिए। , प्रसाईंलाई राजक...
सेतोपाटी संवाददाता करेन्ट लागेर काठमाडौंको सुन्दरीजलका एक युवाको मृत्यु भएको छ।, मेलम्ची खानेपानी आयोजनाको काम गरिरहेका गोकर्णेश्वर नगरपालिका वडा नम्बर १ सुन्दरीजलका २६ वर्षीय सनम तामाङको करेन्ट लागेर मृत्यु भएको हो।, मंगलबार अपरान्ह ४ बजेतिर उनलाई करेन्ट लागेको थियो।, करेन्ट लागेपछि उपचारका लागि उनलाई नेपाल मेडिकल कल...
सेतोपाटी संवाददाता नरभक्षी बाघलाई नियन्त्रणमा लिन माग गर्दै चितवनको मेघौलीका बासिन्दाले मृतकको शव उठाउन दिएका छैनन्।, बाघले भरतपुर महानगरपालिका-२७ मेघौलीस्थित राधा कृष्ण सामुदायिक वनमा निउरो टिप्न गएकी २३ वर्षीया रेखा बस्नेतलाई आक्रमण गरेको थियो। उनी बिहान ७ बजेतिर जंगल गएकी थिइन्। साढे ८ बजेतिर बाघले आक्रमण गरेको थिय...
मनिका विश्वकर्मा यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायका कथाः, खासमा उनको नाम सुनिल थियो। कक्षामा तीक्ष्ण थिए। शिक्षकले सोधेको प्रश्न भुइँमा खस्न नपाउँदै जवाफ दिन्थे।, सुनिल कक्षा ६ मा पढ्दै थिए। दोस्रो घण्टीमा अंग्रेजीको कक्षा थियो। अंग्रेजी पढाउने शिक्षक अलिक कठिन प्रश्न सुनिललाई नै सोध्थिन्।, एक दिनको कुरा हो शिक्षकले...
सेतोपाटी संवाददाता ललितपुर महानगरपालिकाले सडकका घाइते जनावरलाई अस्पतालसम्म पुर्‍याउन बुधबारबाट एम्बुलेन्स सेवा सुरू गरेको छ। , जनावर अधिकारका लागि लामो समयदेखि काम गरिरहेको संस्था स्नेहाज् केयरसँगको सहकार्यमा महानगरले एम्बुलेन्स सेवा सुरू गरेको हो। ललितपुर महानगरका प्रमुख चिरीबाबु महर्जनले महानगरमा आयोजित एक कार्यक्रम...
सेतोपाटी संवाददाता झापाको विर्तामोडमा विर्तामोड उद्योग वाणिज्य संघ नेतृत्वको आन्दोलनमा प्रहरीले बल प्रयोग गरी १० जना व्यवसायीलाई नियन्त्रणमा लिएको छ।, बुधबारे हटियाका व्यवसायीहरूलाई बिजुलीको मिटर दिनुपर्ने मागसहित चार दिनदेखि व्यवसायीहरू आन्दोलन गरिरहेका थिए।, विर्तामोड उद्योग वाणिज्य संघका अध्यक्ष प्रकाश शिवाकोटी, वर...
सेतोपाटी संवाददाता गैरआवासीय नेपाली संघ (एनआरएन) ले राष्ट्रिय आविश्कार केन्द्रलाई १२ लाख ८७ हजार रूपैयाँ सहयोग हस्तान्तरण गरेको छ।, बुधबार संघको सचिवालयमा आयोजित कार्यक्रममा राष्ट्रिय आविष्कार केन्द्रका अध्यक्ष महाविर पुनलाई संघका कार्यकारी अध्यक्ष कुल आचार्यले १२ लाख ८७ हजार ५ सय असी रूपैयाँ, ४८ पैसाको चेक हस्तान्तण ...
रासस स्कुल बसको ठक्करबाट एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन्।, मृत्यु हुनेमा बाग्लुङको हरिया गाउँपालिका बस्ने ३४ वर्षीय विनोद थापा रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ।, कार्यालयका अनुसार भरतपुर महानगरपालिका–४ अनुपम चोकस्थित डेरिचोकबाट यज्ञपुरी चोकतर्फ आउँदै गरेको ना१क ३५९६ नंको होलिभिजन पब्लिक स...
सेतोपाटी संवाददाता अख्तियार दुरूपयोग अनुसन्धान आयोगले एक जना पूर्वनायब सुब्बाले गैरकानुनी रूपमा २ करोड ४४ लाख रुपैयाँ कमाएको भन्दै मुद्दा हालेको छ।, अख्तियार प्रवक्ता श्यामप्रसाद भण्डारीले बुधबार विज्ञप्ति जारी गर्दै जिल्ला प्रशासन कार्यालय धनुषाका तत्कालीन सुब्बा गणपति झाबाट २ करोड ४४ लाख ७१ हजार १ सय ५ रुपैयाँ जफत ग...
सेतोपाटी संवाददाता प्रहरीले बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादीलाई पक्राउ गरेको छ। , खोटाङको हलेसी नगरपालिका-६ घर भई हाल सूर्यविनायक नगरपालिका-५ कटुन्जे बस्ने ३५ वर्षीय उपेन्द्र घिमिरेलाई पक्रउ गरेको प्रहरी नायब उपरीक्षक राजु पाण्डेले जानकारी दिए।, उनका अनुसार घिमिरेले रकम नै नभएको चेक काटिदिएर २ करोड ३२ लाख रुपैयाँभन...
सेतोपाटी संवाददाता इच्छाराज तामाङलाई धरौटीमा छाड्न घुस लेनदेन गर्नेबारे अधिवक्ता रूद्रप्रसाद पोखरेलसँग वार्ता गरेको अडिओ बाहिरिएपछि काठमाडौंका जिल्ला अदालतका न्यायाधीश राजकुमार कोइरालाले आफूबाट कुनै अनुचित कार्य नभएको बताएका छन्।, बुधबार दिउँसो फेसबुकमा स्टाटस लेखेर सञ्चारमाध्यममा आएको अडिओ र समाचारप्रति आफ्नो ध्यानाक...
सेतोपाटी संवाददाता उपभोग्य म्याद सकिएका र अवैध औषधीमा नयाँ मूल्य र मिति राखेर बिक्री-वितरण गरेको आरोपमा तीन जनालाई बुटवलमा पक्राउ गरिएको छ।, इलाका प्रहरी कार्यालय बुटवलका अनुसार म्याद सकिएका औषधी र भिटामिनहरूमा नयाँ मूल्य र मिति राखेर बिक्री गरी जनस्वास्थ्यमा खेलवाड गरिएको भन्दै उनीहरूलाई पक्राउ गरिएको हो।, पक्राउ पर्...
एजेन्सी मिडिया उद्यमी रूपर्ट मर्डोकले फेरि डिभोर्स गर्ने भएका छन्। न्युयोर्क टाइम्सका अनुसार ९१ वर्षीय अर्बपति मर्डोकले चौथो पटक डिभोर्स गर्न लागेका छन्।, मर्डोक र पूर्वमोडल तथा अभिनेत्री जेरी हलबीच २०१६ मा विवाह भएको थियो। हल अहिले ६५ वर्षकी भइन्।, स्रोतहरूलाई उद्धृत गर्दै टाइम्सले मर्डोक र हलले डिभोर्स गर्न लागेको उ...
सेतोपाटी संवाददाता रामायण यात्राका लागि भारतीय रेल आज जनकपुर आउँदैछ।, नयाँ दिल्लीबाट पर्यटक लिएर  ‘भारत गौरव पर्यटक रेल’ दिउँसो जनकपुर स्टेशनमा आइपुग्ने छ।, ६ सय धार्मिक पर्यटक लिएर दिउँसो साढे १ बजे भारतीय रेल आइपुग्ने मधेश प्रदेशका उद्योग, वन पर्यटन तथा वातावरणमन्त्री शधुधन महतोले जानकारी दिए।, उनका अनुसार पर्यटकलाई...
सेतोपाटी संवाददाता काठमाडौंको बूढानीलकण्ठ नगरपालिकामा एक जना महिला मृत अवस्थामा फेला परेकी छन्। , बूढानीलकण्ठ नगरपालिका-८ भंगालस्थित एक निर्माणाधीन घरमा महिलाको शव फेला परेको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रहरी उपरीक्षक दिनेशराज मैनालीले जानकारी दिए। , मृत फेला पर्नेमा ४१ वर्षीय फुलमाया सुनुवार छिन्। उनको शव बुधबार ...
नवीनबाबु गुरूङ आजबाट ५ देखि ११ वर्ष उमेर समूहका बालबालिकालाई कोरोना बिरुद्धको पहिलो मात्रा खोप दिइँदैछ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बालबालिकाहरुलाई आफू अध्ययनरत विद्यालयमै खोप लगाउने व्यवस्था मिलाएको छ।, बालबालिकाहरुलाई फाइजर–बायोएनटेक खोप दिइनेछ।, पहिलो चरणमा काठमाडौं उपत्यकासहित २७ जिल्लामा असार ९ देखि १५ गते...
सेतोपाटी संवाददाता नेपाल प्रहरीको लागुऔषध नियन्त्रण ब्युरोले थप चार किलो ९०० ग्राम हेरोइनसहित चार जनालाई पक्राउ गरेको छ। , तीन जना विदेशी र एक जना नेपाली नागरिकसहित चार जनालाई पक्राउ गरेको प्रहरी उपरीक्षक जीवनकुमार श्रेष्ठले जानकारी दिए। , ब्युरोले केही समयअघि अपरेसन ह्वाइट डस्ट सञ्चालन गरेको थियो। यो अपरेसन सञ्चालन ग...
सेतोपाटी संवाददाता नयाँ लुगा किनिदिने, आकर्षक काममा लगाइदिने प्रलोभन देखाएर १३ वर्षीया बालिकालाई भारत लैजान खोजेको आरोपमा दुई जनालाई पक्राउ गर्दै प्रहरीले बालिकाको उद्धार गरेको छ। , मोरङ प्रहरीले दिएको जानकारी अनुसार नेपाल–भारत सीमाको विराटनगर-१५ स्थित २ नं. गेटबाट बालिकाको मंगलबार उद्धार गरिएको हो। , झापाकी ती बालिका...
दिपकजंग शाही सँगै पढेका आफ्नै गाउँका साथीहरूमध्ये एक जना आफ्नै ठाउँमा खेतीपाती गर्छिन्। अर्की एक जना काठमाडौंमा व्यवसाय गर्छिन्। यी दुवै साथीका छोराछोरी कोही उच्च शिक्षा पढ्दैछन्, कोही रोजगारीमा छन्।, क्याम्पसका सहपाठी साथीहरू को कहाँ छन् सबै थाहा हुने कुरै भएन। एक जना चाहिँ विद्यालय शिक्षिका भइन्, प्रधानाध्यापक पदको ...
रासस अर्घाखाँचीको मालारानी गाउँपालिका–२ डाडाकटेरीमा एक पुरुषले श्रीमतीको हत्या गरेका छन्। शुक्रबार दिउँसो साढे २ बजे मालारानी–२ डाडाकटेरीका २७ वर्षीय कमल भुसालले गम्छाले घाँटी कसेर २७ वर्षीया सरु भट्टराई भुसालको हत्या गरेको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रहरी निरीक्षक अर्जुन पौडेलले बताए।, दुई जना घरबाट नजिकैको...
भानुभक्त कैलालीको जानकी गाउँपालिका-५ का आदित्य न्यौपानेले असार २ गते फेसबुकमा एउटा स्ट्याटस लेखे। उनको स्ट्याटस ‍पत्रकारिता छाडेर राजनीतिमा आएका रवि लामिछानेसँग सम्बन्धित थियो।, न्यौपानेले लेख्छन्, 'आजभन्दा करिब दुई वर्षअगाडि रवि लामिछाने न्युज २४ मा छँदै 'द लिडर' कार्यक्रम गर्ने भनेर उद्घोष गर्नुभयो। सोहीअनुसार मैले ...
सेतोपाटी संवाददाता अमेरिकाले‍ नेपाललाई नवौं शताब्दीको पार्वतीको मूर्ति फिर्ता गरेको छ।, शुक्रबार एक कार्यक्रम आयोजना गरी अमेरिकाले पार्वतीको मूर्ति नेपाललाई फिर्ता गर‍ेको पुरातत्व विभागले जनाएको छ।  , संयुक्त राज्य अमेरिकाको कनेक्टिकट राज्यस्थित येल युनिभर्सिटी आर्ट ग्यालरीले आफ्नो स्थायी संग्रहमा रहेको नवौं शताब्दीमा...
रासस तनहुँस्थित सेती नदी खोँचमा एक पुरूष मृत अवस्थामा फेला परेका छन्। , शुक्लागण्डकी नगरपालिका–५ महरियाघाटमा शनिबार एक पुरूष मृत फेला परेका हुन्।, अन्दाजी ४५ वर्षीय पुरूषको सनाखत हुन सकेको छैन। , उनको हातमा टाटु समेत रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक राजकुमार विकले जानकारी दिए।, मृतक पुरूषको शव परीक्षणका ...
रासस सुनसरीको बराहक्षेत्र नगरपालिका-२ स्थित सप्तकोशी नदीमा शनिबार डुंगा दुर्घटना हुँदा एक जना बेपत्ता भएका छन्।, बेपत्ता हुनेमा स्थानीय अमर विष्ट रहेको सुनसरीका प्रहरी नायब उपरीक्षक नरेन्द्रकुमार कार्कीले जानकारी दिए। बाढी आएको बेलामा कोशी नदीमा दाउरा निकाल्ने क्रममा डुंगा दुर्घटना भएको प्रहरीले जनाएको छ।, चार जना युव...
सेतोपाटी संवाददाता काठमाडौंको बालुवाटारस्थित एक भवनमा आज आगलागी भएको छ।, आज बिहान आगलागी भएको र निभाउने काम भइरहेको छ।, सुनौलो परिवार कार्यालय रहेको भवनमा आगलागी भएको प्रहरीले जनाएको छ।, दमकलले आगो निभाउने काम भइरहेको छ। नेपाल प्रहरी, सशस्त्र प्रहरी आगलागी नियन्त्रणमा खटिएका छन्। के कारणले आगलागी भएको भन्ने खुलेको छैन...
सेतोपाटी संवाददाता पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको आँबुखैरेनी–मुग्लिन सडकखण्ड अवरुद्ध भएको छ।, आँबुखैरेनी गाउँपालिका–२ स्थित ऐनापहरामा पहिरो जाँदा आज बिहानदेखि उक्त सडकखण्ड अवरुद्ध भएको हो।, पहिरोले उक्त सडकखण्ड दुईतर्फी अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ।, पहिरो पन्छाएर राजमार्ग सञ्चालन गराउने काम भ...
रासस मोबाइल चार्ज गर्ने क्रममा सोमबार करेन्ट लागेर तनहुँमा एक महिलाको मृत्यु भएको छ।, भानु नगरपालिका–९ निवासी ४५ वर्षीय तारा थापाको करेन्ट लागी मृत्यु भएको हो।, मोबाइल चार्ज गर्ने क्रममा प्लगबाट करेन्ट लाग्दा उनको मृत्यु भएको प्रहरीले जनाएको छ।, करेन्ट लागेर सख्त घाइते भएकी थापाको उपचारका लागि दमौली अस्पतालमा लैजाँदै ...
सेतोपाटी संवाददाता आगामी ३ दिनसम्म प्रमुख नदीहरूमा जलसतह सतर्कता तह भन्दा तलै रहने बाढी पूर्वानुमान महाशाखामा जनाएको छ।, महाशाखाका अनुसार शनिबारसम्म कोशी, कर्णाली, नारायणी, महाकाली, कन्काई, कमला, बागमती, पूर्वी राप्ती, पश्चिम राप्ती, बबई र यसका सहायक नदीहरूको बहाव सतर्कता तहभन्दा तलै रहनेछ।, यी मध्ये केहीमा आकस्मिक वह...
सेतोपाटी संवाददाता बझाङमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ।, सुर्मा गाउँपालिका–२ रातोपडमा सडकमा काम गरेर घरतर्फ गइरहेको सु.प.प्र. ०२००१ त १३०८ नम्बरको ट्याक्टर बिहीबार राति घट्टेखोलामा दुर्घटना भएको थियाे।, साे दुर्घटनामा ट्याक्टरमा सवार २७ वर्षीय नरेश बोहराको मृत्यु भएको हो।, यस्तै दुर्घटनामा चालक विमल ...
रासस स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मनसुन सक्रिय रहेकाले आवश्यक पूर्वतयारी तथा सतर्कता अपनाउन सबै अस्पताललाई निर्देशन दिएको छ। , मन्त्रालयको स्वास्थ्य आपतकालीन तथा विपद् व्यवस्थापन इकाइका प्रमुख डा. समीरकुमार अधिकारीले मनसुनजन्य प्राकृतिक विपद्सँगै खानेपानी प्रदूषण भई सरसफाइमा चुनौती थपिन गई हैजालगायत संक्रामक रोग...
सेतोपाटी संवाददाता कैलालीमा तीन दिनदेखि नदिमा बेपत्ता बालक मृत अवस्थामा फेला परेका छन्।, असार १५ गते बुधबार गोकन्द्री खोलामा पौडी खेल्ने क्रममा बेपत्ता भएका धनगढी उपमहानगरपालिका-१९ का ११ वर्षीय निखिल विक शुक्रबार मृत फेला परेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ। , उनी बेपत्ता भएको ठाउँबाट करिब ८ सय मिटर टाढा भे...
रासस खोटाङको रावाबेँसी गाउँपालिका–६ हौँचुरस्थित डाँडागाउँमा पहिरो खस्दा एक घर बगाएको छ।, ११ घर उच्च जोखिममा समेत परेका छन्। केही दिनदेखि लगातार परिरहेको वर्षाका कारण गएरातिदेखि खस्न सुरू भएको पहिराले स्थानीयबासी बलराम खत्रीको घर बगाएको हो।, उनको घरमा कोही पनि मानिस नरहेका कारण मानवीय क्षति भने हुन पाएन। रातिदेखि निरन्...
सेतोपाटी संवाददाता देशभर थप ४४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। , शनिबार ४४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ।, पछिल्लो २४ घण्टामा २४६७ जनाको कोरोना परीक्षण गरिएको थियो।  , जसमध्ये ३३ जनाको पिसिआर र ११ जनाको एन्टीजेन परीक्षणबाट संक्रमण पुष्टि भएको हो...
सेतोपाटी संवाददाता नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारले किसानलाई मल ल्याउने आश्वासनमात्रै दिएको बताएका छन्। , शनिबार ललितपुरको च्यासलको पार्टी मुख्यालयमा आयोजित कार्यक्रममा बोल्दै सरकारले किसानहरूलाई आश्वासन दिएर अलमल्याएको बताए। , हरेक वर्ष किसानले मल चाहिएको बेला नपाउने गरेको उनले बताए।, ‘हरेक साल किसानलाई...
सेतोपाटी संवाददाता काठमाडौंमा एक जना युवक मृत युवकमा फेला परेका छन्। , शनिबार बिहान काठमाडौं महानगरपालिका-३ तिलिङगेटारस्थित होण्डाइ कम्पनीको सटरमा सोही कम्पनीमा काम गर्ने युवक मृत अवस्थामा फेला परेका हुन्।  , नुवाकोट मेघाङ गाउँपालिका-६ घर भएका २४ वर्षीय आशिष तामाङ छन्। उनी कोठाभित्र सुतिरहेकै अवस्थामा मृत फेला परेको प...
सेतोपाटी संवाददाता ललितपुरमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। ्, शनिबार बिहान ललितपुर महानगरपालिका-१५ थसिखेल चोकमा मोटरसाइकल दुर्घटनामा परेको हो। , बागमती प्रदेश ०२-०३४ प ०७५८ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा चालकको मृत्यु भएको प्रहरीले जनाएको छ।, मृतक महालक्ष्मी नगरपालिका-१० लामाटार बस्...
सेतोपाटी संवाददाता एक लाख बढी रकमसहित जुवा खेलिरहेको अवस्थामा तुलसीपुरको एक होटेलबाट सात जुवाडे पक्राउ परेका छन्। , पक्राउ पर्नेमा एक जना होटेल संचालकसहित सात जना छन्। , होटेलमा जुवा खेलिरहेको भन्ने गोप्य सूचनाको आधारमा शनिबार दिउँसो ३ बजे इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी श्यामु अर्यालको नेतृत्वमा पुगेको...
सेतोपाटी संवाददाता काठमाडौंको कपनस्थित आकाशेधारामा एक जना महिलाको शव फेला परेको छ।, बुढानिलकण्ठ नगरपालिका-१० बालुवाखानी कपन बस्ने ६४ वर्षीया सबिता गिरी खड्काको शव फेला परेको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता प्रहरी उपरीक्षक दिनेशराज मैनालीले जानकारी दिए। , उनका अनुसार मृतकको एउटा आँखामा निलडाम जस्तो देखिएको छ। ,...
सेतोपाटी संवाददाता काठमाडौंको चन्द्रागिरि केबलकारमा समस्या आउँदा फसेका ४३६ जनाकै उद्धार भएको छ।, बुधबार दिउँसो पौने २ बजे केबलकारमा समस्या आएको थियो। समस्या आउँदा चन्द्रागिरिको भालेश्वर मन्दिरमा फसेका ४३६ जना पर्यटकको राति आठ बजे उद्धार भएको प्रहरी उपरीक्षक दिनेशराज मैनालीले जानकारी दिए। , केबलकार आधा घण्टादेखि ४५ मिन...
दीपक बोहरा कक्षामा वरिपरि नातिनातिना उमेरका सहपाठी छन्। उनीहरुकै बीचमा पाका व्यक्ति पनि ध्यान दिएर पढिरहेका हुन्छन्।, कपाल सेताम्य भएका ती व्यक्ति कक्षा कहिल्यै छुटाउँदैनन्। अरु विद्यार्थी सरह उनको पनि पढाइमै ध्यान केन्द्रित हुन्छ।, दाङको बबई गाउँपालिका–५ स्थित जनज्योति आधारभूत विद्यालयको कक्षा ५ मा दिनहुँ देखिने दृश्...
रासस भक्तपुरमा मिनी ट्रकको ठक्करबाट गए राति स्कुटर चालकको मृत्यु भएको छ।, चाँगुनारायण नगरपालिका–५ पिखेलमा भक्तपुर डेकोचाबाट चाँगुनारायणतर्फ जाँदै गरेको बा५ख ५४२३ नंको मिनी ट्रकले ठक्कर दिँदा बा ६७ प ८४२२ नंको स्कुटर चालकको मृत्यु भएको हो।, दुर्घटनामा घाइते भक्तपुर नगरपालिका–१ सल्लाघारीका ३२ वर्षीय माधव बस्नेतको शिक्षण...
नवीनबाबु गुरूङ त्रिचन्द्र कलेज बचाऔं अभियानलाई ऐक्यवद्धता जनाउँदै विद्यार्थीहरूले मार्च गरेका छन्।, नेपालकै जेठो त्रिचन्द्र कलेजको भवन जीर्णोद्धार गर्ने पहल नभएपछि विद्यार्थीहरूले मार्च गरेका छन्। शुक्रबार घण्टाघर, कलेज परिसरमा उनीहरूले मार्च गरेका हुन्।, ०७२ सालको भूकम्पमा जीर्ण उक्त भवनको जोखिमलाई हेर्दै रातो स्टिकर...
सेतोपाटी संवाददाता काठमाडौंमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। , गएराति काठमाडौं महानगरपालिका-१२ सोल्टी मोडमा मोटरसाइकल दुर्घटनामा परेको प्रहरी प्रधान कार्यालयले जानकारी दिएको छ।, प्र.३.०२-००७ प ९१९४ नम्बरको मोटरसाइकल आफैं अनियन्त्रित भई दुर्घटनामा परेको थियो। दुर्घटनामा परी मकवानपुर, चित्लाङ घर भएका २...
सेतोपाटी संवाददाता अहिलेसम्म २७ जनामा हैजा पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। , शनिबार दिएको जानकारी अनुसार २७ जनामा हैजा पुष्टि भएको हो। , जसमध्ये १० जनाको केस स्टूल कल्चर गरी, १२ केस आरडिटी र पाँच जनाको केस ह्याङिङ ड्रप गरी पुष्टि भएको हो। , सुरूमा असार २ गते हैजा देखिएको थियो। काठमाडौंको बागबज...
सेतोपाटी संवाददाता नुवाकोटमा त्रिशुली नदीले बगाएर बेपत्ता भएका आमा-छोरा मध्ये आमाको शव फेला परेको छ।, गत शनिबार दिउँसो बिदुर नगरपालिका-३ ढोडेनी बस्ने ३२ वर्षीया सन्जिता भन्ने मोतिमाया श्रेष्ठलाई खोलाले बगाएको थियो।, उनका ७ वर्षीय छोरा युनिक श्रेष्ठलाई बगाउँदा बचाउन जानेक्रममा सन्जितालाई पनि बगाएर बेपत्ता बनाएको थियो। ...
सेतोपाटी संवाददाता धादिङमा एक वृद्धाको शव फेला परेको छ। , शनिबार सिद्धलेक गाउँपालिका-१ थोपल खोलास्थित खोलाको किनारमा एक वृद्धाको शव फेला परेको हो। , निलकण्ठ नगरपालिका-७ बाँसबोटे बस्ने ६४ वर्षीया मनमाया रेग्मी मृत फेला परेको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ।, उनी शुक्रबार घरबाट घाँस काट्न हिँडेकी थिइन्। तर फर्क...
सेतोपाटी संवाददाता प्रकृतिमाथि जति आक्रमण गर्‍यो त्यति नै आक्रमण हामीलाई प्रकृतिले गर्छ। हामी जति प्रकृतिको दोहन गर्छौं, सजायस्वरूप प्राकृतिक विपद्का घटनाहरू बढ्दै जान्छन्। अर्थात् जब मानवता हराउँछ, तब प्रकृतिको स्वरूप पनि बदलिन्छ।, प्राकृतिक स्रोतमाथिका दोहनले प्रकृति त कुरूप बन्छ नै साथमा हाम्रो समाज र समाजमा रहेका ...
रासस जनकपुरधाम उपमहानगरपालिका क्षेत्रका सामुदायिक विद्यालयमा आजदेखि एक महिना बिदा दिइएको छ। , उपमहानगपालिकाको शिक्षा शाखा प्रमुख मेहीलाल यादवले सूचना जारी गर्दै उपमहानगरपालिकाभित्रका सामुदायिक विद्यालयमा आजदेखि साउन २६ गतेसम्म वर्षे बिदा दिइएको जानकारी दिए। , विद्यालयमा एक शैक्षिक सत्रमा हिउँदे बिदा र वर्षे बिदा दुवै ...
सेतोपाटी संवाददाता झापामा मोबाइल चोरीमा संलग्न व्यक्तिबाट ८० राउन्ड गोली बरामद भएको छ। , गोली बरामद भएपछि भद्रपुर नगरपालिका-५ का १८ वर्षीय मोहम्बद प्यारेलाई पक्राउ गरेको १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरले जानकारी दिएको छ। उनीमाथि मोबाइल चोरी गरेको आरोप छ।  , गत शुक्रबार पुरानो भद्रपुरमा राजु अग्रवालले मोबाइल पस...
रासस गाईघाट झरना छेउको झोलुङ्गे पुल भत्काइएको खबर सुन्दा ६० वर्षीय दिलबहादुर घर्तीलाई ननिको लागेको छ। ताराखोला गाउँपालिका–१ स्थित दरमखोलामा रहेको उक्त झोलुङ्गे पुलको अहिले नामोनिसान छैन। , ‘ट्रस्ट’ पुल बनाउन पुरानो झोलुङ्गे पुल हटाइएको हो। “६ कक्षा पढ्न हरिचौर जाँदा गाईघाटको पुल तरेर जानुपथ्र्यो”, घर्तीले भन्नुभयो, “न...
रासस सप्तरीको सप्तकोसी नगरपालिकास्थित चन्द्रनहरमा डुबेर आज एक वृद्धको मृत्यु भएको छ।, मृत्यु हुनेमा सप्तकोसी नगरपालिका–४ का ७० वर्षीय लक्ष्मी सदा रहेको इलाका प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ।, गाई चराउन जङ्गलतर्फ जाँदै गरेको अवस्थामा चन्द्रनहर पार गर्ने क्रममा पानीमा पसेका सदा अचानक डुबेका थिए।, सदा डुबेको खबर प्रा...
सेतोपाटी संवाददाता नेपालबाट अन्तर्राष्ट्रिय उडान भरिरहेको निजी क्षेत्रको हिमालय एयरलाइन्सले काठमाडौं–कुवेत–काठमाडौं सिधा उडान सुरू गरेको छ।, कम्पनीले अन्तर्राष्ट्रिय गन्तव्य विस्तार गर्दै आठौँ गन्तव्यका रूपमा कुवेतमा उडान सञ्चालन गरिएको विज्ञप्तिमार्फत जनाएको छ।, छैठौं गल्फ सिटी कुवेतका लागि हिमालय एयरलाइन्सले जुलाई १...
सेतोपाटी संवाददाता नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेपाल-भारतबीच भएको सन् १९५०को सन्धि पुनरावलोकन गर्नुपर्ने बताएका छन्।, शनिबार भारतको राजधानी नयाँदिल्लीस्थित फाउन्डेशन फर पब्लिक अर्वानेश एण्ड पोलिसीको कार्यक्रममा बोल्दै उनले सन् १९५०को सन्धि पुनरावलोकन गर्नुपर्ने बताएका हुन्। , कूटनीतिक संवा...
सेतोपाटी संवाददाता पर्साबाट दुई जनालाई प्रहरीले २० लाख रुपैयाँ स्रोत नखुलेको रकमसहित पक्राउ गरेको छ।, वीरगंज महानगरपालिका-१६ रजतजयन्ती चोकबाट स्रोत नखुलेको २० लाख रुपैयाँसहित दुई जनालाई मंगलबार राति प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय पर्साले जानकारी दिएको छ।, पक्राउ पर्नेहरूमा भारत विहार मोतिहारी रक्सौल बस्न...
नवीनबाबु गुरूङ साउन महिना प्राकृतिक रुपमा पनि हरियो महिना हो। वन जंगल खेतबारी सबैतिर हरियाली हुन्छ साउनमा। गाउँघरतिर साउनलाई खेतीपाती सकेर सफासुगर बन्ने महिनाको रुपमा लिईन्छ। , हाम्रो संस्कृति अनुसार साउन १ गते विधिवत रुपमा लुतो फालेपछि हिलो मैलोको काम सकिएको बुझिन्छ भने वर्खाभरिको कामको चटारोले आफ्नो शरीरको सरसफाई गर...
सेतोपाटी संवाददाता काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले महानगरभित्रका कुकुरलाई घेरेर राख्न नसकिने बताएका छन्। , आइतबार नगर कार्यपालिकाको बैठकमा नगर सभा सदस्यहरूले काठमाडौं महानगरभित्रका कुकुरहरूलाई व्यवस्थापन गर्नुपर्ने कुरा राख्दा बालेनले कुकुरहरूलाई एउटा स्थानमा घेरेर राख्न नसकिने बताएका हुन्।, उनले कुकुरहरूलाई ...
सेतोपाटी संवाददाता लागु औषध हेरोइन चार किलोसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ। , लागु औषध नियन्त्रण ब्युरोको टोलीले तीन जनालाई हेरोइनसहित पक्राउ गरेको प्रहरी वरिष्ठ उपरीक्षक विकासराज खनालले जानकारी दिए।, पक्राउ पर्नेमा दुई जना विदेशी र एक जना नेपाली नागरिक छन्। , दक्षिण अफ्रिकाको जोहानशबर्गबाट दुबई हुँदै काठमाडौं...
सेतोपाटी संवाददाता काठमाडौंमा नक्कली छाप र दस्तखतको प्रयोग गरी ठगी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। , मकवानपुर थाहा नगरपालिका-६ घर भई सातदोबाटो बस्दै आएका २१ वर्षीय बासुदेव अर्याललाई पक्राउ गरको जिल्ला प्रहरी परीसर काठमाडौंका प्रवक्ता प्रहरी उपरीक्षक दिनेशराज मैनालीले जानकारी दिए। , उनका अनुसार अर्यालले...
सेतोपाटी संवाददाता छिल्लो २४ घन्टामा देशभर थप ३५७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। , स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मंगलबार ३५७  जनामा संक्रमण पुष्टि भएको हो।, तीन हजार ३५७ जनाको कोरोना परीक्षण गर्दा उक्त संख्यामा संक्रमित थपिएका हुन्। , एक हजार ८५७ जनाको पिसिआर र एक हजार ५०० जनाको एन्टिजेन परीक्षण...
सेतोपाटी संवाददाता अख्तियार दुरूपयोग अनुसन्धान आयोगले घुस लिइरहेको अवस्थामा मोहन्याल गाउँपालिकाका अधिकृतलाई पक्राउ गरेको छ।, कैलालीको मोहन्याल गाउँपालिकाका अधिकृत दिपेन्द्र बुढा क्षेत्रीलाई पक्राउ गरेको अख्तियारका प्रवक्ता श्यामप्रसाद भण्डारीले जानकारी दिए। , उनका अनुसार क्षेत्रीले सेवाग्राहीसँग ३० हजार रुपैयाँ घुस मा...
रासस चितवन राष्ट्रिय निकुञ्जअन्तर्गत नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को अमलटारी सेक्टरबाट उद्धार गरिएको गैंडाको बच्चा (केटो) को मृत्यु भएको छ। , करिब एक हप्ता अगाडि अमलटारीबाट उद्धार गरेर सौराहास्थित राष्ट्रिय प्रकृति संरक्षण कोष जैविक विविधता संरक्षण केन्द्रमा लगिएको केटोको निमोनियाका कारण मृत्यु भएको जनाइएको छ। ,     ...
रासस ‘परोपकाय पुण्याय पापाय परपीडनम्’ अर्थात् अरूको उपकार गर्नुभन्दा ठूलो अर्को कुनै धर्म हुँदैन र अरूलाई पीडा (दुःख) दिनुभन्दा तल्लोस्तरको अर्को कुनै पाप हुँदैन। त्यसमा पनि सामाजिक परोपकारलाई हिन्दू धर्मशास्त्र बेदलगायत विभिन्न धार्मिक ग्रन्थमा समेत उत्कृष्ट धार्मिक कार्य मानेको छ।, समाजको हितका लागि आफ्नो तर्फबाट गर...
मन्दिरा घिमिरे रामेछापको खाँडादेवी गाउँपालिकाकी निर्मला भण्डारीले सानै हुँदा बायाँ खुट्टा गुमाइन्। चार वर्षकी निर्मला बाटोमा खेलिरहेको बेला टिपरले ठक्कर दिएको थियो रे। त्यो दिनको घटना उनलाई राम्ररी सम्झना छैन।  , सम्झन सक्ने भएदेखि उनी एउटा खुट्टाको सहाराले उभिइरहेकी छन्। उनी आफ्नै खुट्टामा उभिएकी मात्र छैनन्, जीवनका ...
नारायण खड्का दाङको तुलसीपुरमा बाटो खन्दा भेटिएका प्राचिन सिक्का काठमाडौं लगिएको छ।, झन्डै दुई हप्ता अगाडि पुरातत्व विभागका कर्मचारी तुलसीपुर आएर सिक्का बुझेर काठमाडौं लगेको एक प्रहरी अधिकारीले जानकारी दिए। तुलसीपुर उपमहानगरपालिका-४ मा जेठ ३० गते दिउँसो बाटोको ट्र्याक खन्नेक्रममा सिक्का फेला परेको थियो।, फेला परेको सिक...
सेतोपाटी संवाददाता सिभिल सेभिङ्स एन्ड क्रेडिट सहकारी संस्थाको घोटाला प्रकरणमा थप एक जनालाई प्रहरीले पक्राउ गरेको छ। , केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबीले) पूर्वअध्यक्ष इच्छाराज तामाङकी श्रीमती सिर्जना शाक्य तामाङलाई पक्राउ गरेको प्रहरी उपरीक्षक श्यामकुमार महतोले जानकारी दिए। , उनका अनुसार सिर्जना सो संस्थाकी लेखा समि...
सेतोपाटी संवाददाता काठमाडौं महानगरपालिकाले दुइटा सञ्चार माध्यमलाई कारबाहीको माग गर्दै प्रेस काउन्सिलमा उजुरी दिएको छ।, काठमाडौं महानगरपालिकाले दुइटा सञ्चार माध्यमलाई कारबाहीको माग गर्दै प्रेस काउन्सिललाई पत्र लेखेको मेयर बालेन शाहले विज्ञप्तिमार्फत् जानकारी दिएका छन्।  , मंगलबार महानगरले विज्ञप्ति जारी गर्दै महानगरपाल...
सेतोपाटी संवाददाता काठमाडौंको चन्द्रागिरि नगरपालिकाले फोहोरलाई ६ प्रकारमा वर्गीकरण गर्न अनुरोध गरेको छ।, मंगलबार बसेको नगरकार्यपालिका बैठकले फोहोरमैलालाई ६ प्रकारमा वर्गीकरण गरी ६ वटै झोलामा राख्नुपर्ने निर्णय गरेको हो। यसरी वर्गीकरण गरिएको फोहोर तोकिएका ६ वटा विभिन्न रङका झोलामा राख्न नगरपालिकाले अनुरोध गरेको हो।, यस...
राजेश घिमिरे आर्थिक वर्ष २०७८/०७९ मा चितवन राष्ट्रिय निकुञ्जमा ३७ वटा एकसिंगे गैंडा र छ वटा बाघसहित २०५ वन्यजन्तुको मृत्यु भएको छ। , निकुञ्जले उपलब्ध गराएको विवरणअनुसार एक वर्षभित्र १०४ वटा वन्यजन्तुहरू प्राकृतिक कारणले (उमेर पुगेर, बिरामी भएर, बाघको आक्रमणबाट) मरेका छन्। कुकुरको आक्रमणबाट ५९, तारजालीमा परेर १६, सडक द...