content
stringlengths
20
64.1k
सेतोपाटी संवाददाता भौतिक योजना तथा पूर्वाधारमन्त्री मोहम्मद इस्तिहाक राई र संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजेन्द्र श्रेष्ठले सिसडोल क्षेत्रको अनुगमन गरेका छन्।, आठ वर्षदेखि अलपत्र अवस्थामा रहेको मुड्खु-तीनपिप्ले सडक खण्डको निरीक्षण गर्न दुई मन्त्री सिसडोल पुगेका हुन्।, सिसडोल पुगेर भौतिकमन्त्री राईले सो सडक ...
सेतोपाटी संवाददाता रोल्पाको माडी खोलामा बोलेरो गाडी खस्दा बेपत्ता भएका नुवाकोटका चालक अझै फेला परेका छैनन्।, भदौ १० गते राति ९ बजेतिरमाडी गाउँपालिका वडा नं. ४ बर्साबाङमा बा ७ च ५००२ नं. को गाडी माडी खोलामा खसेको थियो।, शहिद मार्ग अन्तरगत सिस्ने बजारबाट घर्तीगाउँ रोल्पातर्फ जाँदै गरेको गाडी सडकबाट करिब एक सय मिटर तल मा...
रासस हरितालिका (तिज) व्रतको तयारी स्वरुप आज दर खाने तयारीमा नेपाली महिलाहरू छन्।, दर खाने दिनसँगै चार दिने तिज पर्व आजदेखि सुरु हुँदैछ। विशेषगरी नेपाली नारीले मनाउने हरितालिका अर्थात् तिजको पहिलो दिन आज दर खाइन्छ।, माइतीले चेलबेटीलाई बोलाई दर खुवाउने परम्परा छ। दरका रुपमा विशेषगरी दुधबाट बनेका शुद्ध परिकार खाइन्छ। जसल...
सेतोपाटी संवाददाता औषधि व्यवस्था विभागले बजारमा रहेको जिन्कोमिन-डिटी नामको औषधि फिर्ता गर्न निर्देशन दिएको छ।, उक्त औषधि न्यून गुणस्तरको भेटिएपछि विभागले बजारमा रहेका उक्त औषधि फिर्ता गर्न भनेको छ।, बजार अनुगमनका क्रममा उक्त औषधि न्यून गुणस्तरको रहेको पाइएको थियो।, बजारमा रहेका उक्त औषधि फिर्ता गर्ने, बिक्री वितरण नगर...
सेतोपाटी संवाददाता रूपन्देहीको तिलोत्तमा नगरपालिका गोरकटामा दुईवटा मोटरसाइकल एकआपसमा ठक्कर खाँदा दुईजना बालबालिकाको मृत्यु भएको छ।, मणिग्रामबाट गोरकट्टातर्फ जाँदै गरेको र गोरकट्टाबाट मणिग्रामतर्फ जाँदै गरेको मोटरसाइकल एकआपसमा ठक्कर खाँदा उक्त दुर्घटना भएको प्रहरीले जनाएको छ।, लु १६ प ६१३० र लु २८ प ४३७३ नम्बरको मोटरसा...
रमेश गिरी/रासस सडकको बीचबीचमा खाल्डै खाल्डो। कतै कालोपत्र गर्न ग्राबेल बिछ्याउदै छ भने कतै पर्खाल भत्किएर सडक नै पहिराले बगाएर जोखिम अवस्था छ। कतै कतै कुलो र कल्भर्ट पुरिँदा सडकबाटै पानी बगेर ओहोर दोहोर गर्नै जोखिम छ। यो अवस्था विगत आठ वर्षदेखि स्तरोन्नति सुरू भएर अझै निर्माण सम्पन्न नभएको ‘भक्तपुर नगरकोट सडक खण्ड’ मा...
सेतोपाटी संवाददाता कञ्चनपुरमा हात्ती धपाउन खोज्दा एक जनाको मृत्यु भएको छ।, गाउँ पसेको हात्ती धपाउन खोज्दा सोमबार बेलुकी शुक्लाफाँटा नगरपालिका वडा नम्बर ७ सिमलफाँटाकी २२ वर्षीया मीना जोशीको मृत्यु भएको हो।, हात्तीका बथान गाउँ पसेपछि उनी धपाउन गएकी थिइन्। हात्तीको आक्रमणबाट उनको मृत्यु भएको प्रहरीले जनाएको छ।, जिल्ला प्...
सेतोपाटी संवाददाता हरितालिका तीजको अवसरमा पशुपतिनाथ मन्दिरका चारवटै ढोका खुला गरिएको छ। , मंगलबार बिहान सवा ३ बजेदेखि नै पशुपतिका चार वटै ढोका खुला गरिएको पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव मिलन कुमार थापाले सेतोपाटीलाई जानकारी दिए।, थापाकाअनुसार यसपालि दर्शनार्थीको सहजताका लागि पशुपतिको पूर्वी ढोका दिनभरि नै खुला ...
एजेन्सी देशका विभिन्न भागमा परेको अविरल वर्षासँगै आएको बाढीपहिरोमा परी पाकिस्तान एक हजारभन्दा बढीको ज्यान गएको छ। सयौँ घाइते भएका छन्। बाढीपहिरोका कारण दशौँ हजार विस्थापित भएका छन्। , बाढीले देशभर भीषण क्षति पुर्‍याएपछि पाकिस्तान सरकारले अन्तर्राष्ट्रिय सहयोगका लागि अपिल गरेको छ।, अमेरिका, यूके, संयुक्त अरब एमिरेट्स ...
सेतोपाटी संवाददाता देशका केही भागमा आज बिहानैबाट वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार अहिले प्रदेश-१ र बागमती प्रदेशका एक/दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।, आज दिउँसो देशका पहाडी भू-भागका केही स्थानहरूमा र अन्य भू-भागका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाक...
सेतोपाटी संवाददाता भाद्र शुक्ल तृतीयाका दिनमा मनाइने हरितालिका तीज पर्व आज महादेवको पूजा आराधना गरी मनाइँदैछ। आजको दिन व्रत बसी शिव–पार्वतीको पूजा, उपासना गरेमा सुख, शान्ति र परिवारको कल्याण हुने धार्मिक विश्वास छ।, शिव–पार्वतीको पूजा गरेपछि नाचगान गर्ने चलन पनि छ। कोरोना भाइरस संक्रमणको जोखिमका कारण विगत दुई वर्षमा स...
सेतोपाटी संवाददाता भक्तपुरको मध्यपुर थिमि नगरपालिकाले मापदण्ड विपरितका संरचना हटाउन भदौ १४ गते ३५ दिने सूचना जारी गरेको छ। , नगरपालिका क्षेत्रभित्रको अरनिको राजमार्ग, त्यसका सहायक मार्गहरू र नगरका अन्य भित्री सडकहरू तथा क्षेत्रमा समेत प्रचलित भवन निर्माणसम्बन्धी मापदण्ड विपरित सार्वजनिक बाटो, सडक, जग्गा अतिक्रमण गरी व...
दिपकजंग शाही मंगलबार तीजको दिन वीरेन्द्रनगर-१० चक्रपथ नजिकै पठानटोलका केही घरपरिवार मिलेर  नाचगान गर्दै थिए। संयुक्त रूपमा खाना खाने कार्यक्रम पनि थियो। उनीहरूले दिउँसैदेखि तीज मनाइरहेका थिए।, नाचगान गर्दै बसेका मानिसहरूको ध्यान नजिकैको चक्रपथतिर खासै गएन। केही मिटरपर एक युवकको हत्या भएको खबर उनीहरूले सामाजिक सञ्जालबा...
सेतोपाटी संवाददाता काठमाडौं महानगरपालिकाले‍ कोटेश्वरस्थित रहेका डिजिटल होर्डिङ बोर्ड पनि हटाउने भएको छ। , कोटेश्वरस्थित तीन-चार ठाउँमा रहेका ठूला होर्डिङ बोर्ड निकाल्न लागेको काठमाडौं नगर प्रहरी नायब उपरीक्षक किशोरकुमार भट्टले जानकारी दिए। , ‘अहिले हामी कोटेश्वरमा रहेका होर्डिङ बोर्ड हटाउन गइरहेका छौं,’ उनले भने, 'प्र...
सेतोपाटी संवाददाता 'मिस नेपाल अर्थ २०२२' विजेता डा. शरिसा श्रेष्ठले वर्ल्ड बुक अफ रेकर्ड्समा आफ्नो नाम लेखाएकी छन्। , भारतको मध्य प्रदेशस्थित इन्दोरमा आयोजित वर्ल्ड बुक अफ रेकर्ड्स अवार्ड समारोहमा शरिसा विश्व रेकर्ड होल्डरको रूपमा सम्मानित भएकी हुन्। उनी कार्यक्रममा विशेष अतिथिकाे रूपमा सहभागी थिइन्। , उनको टोलीले नेप...
सेतोपाटी संवाददाता आज बिहान ६ बजेदेखि अवरुद्ध नारायणगढ–मुग्लिन सडकखण्ड करिब ९ घण्टापछि सञ्चालनमा आएको छ।, भरतपुर महानगरपालिका–२९ केराबारीस्थित नारायणगढ–मुग्लिन सडक खण्डमा माथिबाट लेदो सहितको पहिरो झर्दा सडक अवरूद्व भएको थियो।, सडक विभागसँग समन्वयगरी पहिरो पन्छाएर बाटो खुलाइएको चितवन जिल्ला प्रहरी कार्यालयका प्रवक्ता ड...
सेतोपाटी संवाददाता कैलालीमा एक महिलाको शव फेला परेको छ।, बिहीबार बिहान भजनी नगरपालिका–३ कुसुमघाटस्थित मोहना नदीमा महिलाको शव फेला परेको हो। , कपाल फुलेकी वृद्ध महिलाको शव बगिरहेको अवस्थामा स्थानीयहरूले देखेपछि प्रहरीलाई खबर गरेका थिए। , शव उठाएर परीक्षणका लागि टीकाुपर अस्पताल लगिएको प्रहरीले जनाएको छ। शवको पहिचान खुलि...
सेतोपाटी संवाददाता कैलालीमा एक वृद्धा मृत अवस्थामा फेला परेका छन्।, बिहीबार बिहान ८ बजे भजनी नगरपालिका-३ कुसुमघाट स्थित मोहना नदीमा अन्दाजी ७० वर्षीय वृद्धा मृत फेला परेको जिल्ला प्रहरी कार्यालय कैलालीले जानकारी दिएको छ।, उनको सनाखत भइसकेको छैन।, उनी नदीमा बगिरहेको अवस्थामा स्थानीयले देखेका थिए। देखेपछि स्थानीयले प्रह...
सेतोपाटी संवाददाता काठमाडौं महानगरपालिकाले त्रिपुरेश्वरस्थित वर्ल्ड ट्रेड सेन्टरमा राखिएको डिजिटल होर्डिङ बोर्ड हटाएको छ। , मापदण्डविपरित होर्डिङ बोर्ड राखिएको पाइएपछि महानगरले हटाएको काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहका स्वकीय सचिव भूपदेव शाहले जानकारी दिए। , शाहका अनुसार उक्त होर्डिङ बोर्ड अनुमति विना राखिएको छ।...
सेतोपाटी संवाददाता देशभर थप २०६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।, पछिल्लो २४ घण्टामा थप २०६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।, २ हजार ८६९ को परीक्षण गर्दा सो संख्यामा संक्रमित थपिएका हुन्। १५९५ जनाको पिसिआर परीक्षण गर्दा १३४ र १२७४ जनाको परीक्षण गर्दा ७२ जनामा...
सेतोपाटी संवाददाता कक्षा १२ को नतिजा प्रकाशन भएको छ।, आज अपरान्ह बसेको राष्ट्रिय परीक्षा बोर्डको बैठकले कक्षा १२ को नतिजा प्रकाशन गर्ने निर्णय गरेको बोर्डका अध्यक्ष महाश्रम शर्माले सेतोपाटीलाई बताए।, ग्रेडिङ पद्धतीअनुसार नतिजा प्रकाशित गरिएको हो। बोर्डले गत जेठ १६ देखि २५ गतेसम्म परीक्षा सञ्चालन गरेको थियो।, यसपालि कू...
रासस स्रोत नखुलेको ३९ लाख ५० हजार पाँच सय रूपैयाँ नगदसहित नेपाल प्रहरीले एक जनालाई पक्राउ गरेको छ।, प्रहरी प्रभाग नागढुंगाको टोलीले धादिङबाट काठमाडौं आउँदै गरेको ना ४ ख ९६७४ नम्बरको बसबाट नवलपरासी बर्दघाट नगरपालिका वडा नम्बर ६ का २२ वर्षीय टिकाराम भट्टराईलाई पक्राउ गरेको हो।, टिकारामलाई प्रहरीले शनिबार सार्वजनिक गरेको...
राजु अधिकारी उदयपुरमा एकै परिवारका तीन जनाको हत्या भएको छ।, उदयपुर प्रहरी प्रमुख प्रहरी उपरीक्षक ज्ञानेन्द्र फुयालका अनुसार बेलका नगरपालिका- ७ गोवाटारका ३७ वर्षीय राजकुमार बस्नेत, उनकी श्रीमती ३३ वर्षकी सरिता बस्नेत र उनीहरूका १२ वर्षका छोरा सुजन बस्नेतको हत्या भएको हो।, हत्या भएको ठाउँ भोजपुर र उदयपुरको सीमा जोडिएको ...
शर्मिला पाठक अवैध रूपमा निर्माण भएका संरचना भत्काउने काममा लागिरहेको काठमाडौं महानगरपालिकाको ध्यान अब लामो समयदेखि उठ्न नसकेको घरजग्गा र सम्पत्ति कर उठाउनेतिर पनि मोडिएको छ। , विगत २९ वर्षदेखि घरजग्गा र सम्पत्ति कर नतिर्ने ठूला करदातालाई फेरि ताकेता गरी यसअघि असुलउपर गर्नुपर्ने सम्पूर्ण बक्यौता रकम लिने तयारीमा कामपा ...
रासस चार महिनापछि टेकुस्थित ट्रान्सफर स्टेसनको फोहोर व्यवस्थापनको काम आइतबार बिहानसम्ममा सकिने भएको छ। , सिसडोल र बञ्चरेडाँडाका स्थानीयवासीले विगतमा महानगरसँग भएको सम्झौताअनुसार सडक मर्मतको काम समयमा नै सम्पन्न नगरेको, स्थानीयवासीलाई स्वास्थ्य, शिक्षा, रोजगारीको व्यवस्थाजस्ता माग पूरा नगरेको भन्दै कहिले फोहोर बोकेको ग...
सेतोपाटी संवाददाता आज आइतबार देशभरको मौसममा आंशिक देखि सामान्य बदली रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।, हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थान भन्दा केही उत्तरतर्फ रहेकाले बागमती प्रदेशका थोरै स्थानहरूमा र अन्य प्रदेशका एक-दुई स्थानमा हल्का देखि मध्यम वर्षा भइरहेको छ।, आज दिउँसो प्रदेश नं १, मधेश प्रदेश, बागम...
सेतोपाटी संवाददाता वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठले धेरै आम्दानी हुने र पैसा पाइहाल्ने काममा मात्रै सरकारले सोच्ने गरेको भन्दै दुःख व्यक्त गरेका छन्।, शुक्रबार राति नेपाल विद्युत प्राधिकरणले काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन्।, उनले गाडीमा भन्सार लिनुलाई नै सरकारले आम्दानी देखिरहेको ब...
सेतोपाटी संवाददाता राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को ग्रेड वृद्धि (पुरक) परीक्षाको समय तालिका तथा आवेदन फारम बुझाउनेबारे सूचना प्रकाशन गरेको छ।, बोर्डको सूचना अनुसार २०७९ असोज ३० गते आइतबार अनिवार्य अंग्रेजी, एक विषयमा मात्र परीक्षा दिने परीक्षार्थीको सबै  विषय र दुई विषयमा परीक्षा दिने परीक्षार्थीका लागि आफूले पर...
डम्मर बुढा मगर/रासस दैनिक हजारौं मानिसको आवतजावत हुने ठाउँ हुन् बागलुङ, बुर्तिबाङ र गलकोट बजार। बजार साना छन् तर व्यापार व्यवसाय र मानिसको चाप ठूलो छ यहाँ। भर्खरभर्खर विकास गति दिँदै गएका यी बजारमा धेरै पूर्वाधार निर्माण हुन बाँकी नै छ। भौगोलिक हिसाबले पछाडि परेका यी ठाउँ राष्ट्रिय राजमार्गका कारण छोटो समयमै अनपेक्षित...
सेतोपाटी संवाददाता देशभर दुई सय २१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।, सोमबार स्‍वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा दुई सय  २१ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।, १५१९ जनामा परीक्षण गर्दा १२२ र २५३९ जनामा परीक्षण गर्दा ९९ जनामा संक्रमण पुष्टि भएको हो।, ४ हजार ५८ जनाको परीक्षण गर्दा स...
सेतोपाटी संवाददाता राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले हिरासतमा रहेका व्यक्तिसँग बसेर गफ गरिरहेको तस्बिर सार्वजनिक भएपछि प्रहरीले छानबिन समिति गठन गरेको छ।   , संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री जीवनराम श्रेष्ठमाथि दुर्व्यवहार गरेको आरोपमा पक्राउ परेका शेरजंग गुरूङलाई सोमबार लामिछाने प्रहरी वृत्...
सेतोपाटी संवाददाता काठमाडौं महानगरपालिकाले १७ वटा विभिन्न संस्थालाई कर बुझाउन दस दिने अल्टिमेटम दिएको छ।, महानगरपालिकाको राजस्व विभागले मंगलबार १७ वटा विभिन्न संस्थालाई पत्र लेख्दै कर बुझाउन दस दिने अल्टिमेटम दिएको हो।, सम्पत्ति कर नबुझाएको भन्दै महानगरले पटक/पटक ताकेता गर्दा पनि कर नबुझाएको राजस्व विभागका प्रमुख शिवर...
एजेन्सी चीनको सिचुवान प्रान्तमा सोमबार गएको भूकम्पमा परी कम्तीमा  सात जनाको मृत्यु भएको छ।, स्थानीय समय अनुसार सोमबार अपरान्ह करिब १ बजेतिर ६.८ म्याग्निच्युडको भूकम्प जाँदा उनीहरूको मृत्यु भएको समाचार संस्था सिन्ह्वाले जनाएको छ।, सिचुवान प्रान्तले अहिले कोरोना महामारी र लामो खडेरीको पनि सामना गरिरहेको छ। सिचुवानको राज...
सेतोपाटी संवाददाता देशभर थप तीन सय जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।, पछिल्लो २४ घण्टामा थप तीन सय जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको हो।, ४ हजार ५९० को परीक्षण गर्दा सो संख्यामा संक्रमित थपिएका हुन्। १९८१ जनाको पिसिआर परीक्षण गर्दा १७७ र २६०९ जनाको परीक...
युनिक श्रेष्ठ प्रहरी हिरासतमा रहेका गरूड सेक्युरिटिजका सुरक्षा गार्ड शेरजंग गुरूङको रिहाइ माग्दै सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको रिट दायर भएको छ।, शेरजंगकी श्रीमती लक्ष्मी गुरूङले सोमबार बन्दी प्रत्यक्षीकरणको रिट दिएको गरूड सेक्युरिटिजका प्रशासकीय अधिकृत अभिषेक कार्कीले जानकारी दिए।, उनकी श्रीमतीले रिट दायर गरे...
युनिक श्रेष्ठ केही दिनअघि नेपाल प्रहरीको लागुऔषध नियन्त्रण ब्युरोको टोली ललितपुर महानगर-१७ दुपाटका अनिश महर्जनको घर पुग्यो। लागुऔषध प्रयोगकर्ताको जालो पछ्याउँदै जाँदा प्रहरी २९ वर्षीय महर्जनको घर पुगेको थियो।, महर्जनको घरमा भेटिएका सामान देखेर प्रहरीले नयाँ तथ्य फेला पार्‍यो। बैंकहरूले ऋण दिँदा धितो राखेर जसरी अनिश पन...
डम्मर बुढामगर/रासस बागलुङको निसीखोला गाउँपालिका–५ निसेलढोरकी नर्मता विकलाई बुधबार बिहानैदेखि सुत्केरी व्यथाले च्याप्यो।, नजिकमा स्वास्थ्य संस्था थिएनन्। व्यथाले च्यापेपछि आफन्तले स्वास्थ्यकर्मीलाई खबर गरे। निसीखोलादेखि स्वास्थ्यकर्मी तत्काल आउन नसक्ने भए।, निसीखोलादेखि नर्मताको घर निसेलढोर पुग्न झण्डै एक दिन लाग्छ। आफ...
रासस नेपालगञ्जस्थित भेरी अस्पतालमा उपचारका लागि भर्ना भएका दुई जना डेंगीका बिरामीको मृत्यु भएको छ।, बढैयाताल गाउँपालिका–८ बर्दियाका ८६ वर्षीय पुरुष र टीकापुर नगरपालिका–६ कैलालीकी १२ वर्षीया बालिकाको उपचारका क्रममा बुधबार मृत्यु भएको भेरी अस्पतालका प्रमुख मेडिकल सुपेरिटेन्डेन्ट डा बद्री चापागाईंले बताए।, उनकाअनुसार, ८६...
रासस झापा, मेचीनगर–६ स्थित मिश्र डाँडाको एउटा घरमा पूजाको प्रसाद खाँदा करिब ३५ जना गाउँले बिरामी परेका छन्। , काकडभिट्टा खानेपानी कार्यालय छेउको मिश्र डाँडाका जनम थापामगरको घरमा आइतबार भीम मगरको एक वर्षको बर्खान्त सकेर सोमबार पूजा लगाइएको थियो।, प्रसाद खाएका करिब ३५ जना आफन्त र छिमेकी मंगलबार बिहानदेखि बिरामी परेको इल...
सेतोपाटी संवाददाता कमेडियन अपूर्व क्षितिज सिंहको स्वास्थ्यमा समस्या देखिएपछि अस्पताल लगिएको छ। , उनलाई मंगलबार साँझ वीर अस्पताल लगिएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रहरी उपरीक्षक (एसपी) दिनेशराज मैनालीले जानकारी दिए।, 'स्वास्थ्यमा असहज भएको भनेर अस्पताल लगिएको छ। उपचार हुँदैछ,' उनले भने।, नेवा समुदायमाथि लक्षित गर्...
युनिक श्रेष्ठ राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेले एक बालिकालाई बलात्कार गरेको भन्दै प्रहरीमा उजुरी परेको छ।, लामिछानेविरूद्ध जिल्ला प्रहरी परिसर काठमाडौंमा मंगलबार जबरजस्ती करणीको उजुरी आएको काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रहरी अतिरिक्त महानिरीक्षक रविन्द्रसिंह धानुकले पुष्टि गरेका छन्।, 'सन्दिप लाम...
सेतोपाटी संवाददाता हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा केही दक्षिण तिर अवस्थित छ।, जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार  प्रदेश १, मधेश प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेश तथा बाँकी प्रदेशका पहाडी भू-भागमा सामान्य बदली रही अन्य प्रदेशहरूमा आंशिकदेखि सामान्य बदली रहेको छ। , प्रदेश १, मधेश प्रदेश, बागमती ...
सेतोपाटी संवाददाता नक्कली शैक्षिक प्रमाणपत्र बनाएको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ।, काठमाडौं महानगरपालिका-९ बत्तिसपुतलीका तीन फोटो स्टुडियो सञ्चालकलाई पक्राउ गरेको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी उपरीक्षक (एसपी) कृष्णप्रसाद कोइरालाले जानकारी दिए।, मोरङ घर भई गौशाला बस्‍ने एभिआइ फोटो स्टु...
एजेन्सी भियतनामको दक्षिणी सहर होचीमिन्ह सिटी नजिकैको कराओके बारमा भएको भीषण आगलागीमा परि कम्तीमा ३२ जनाको मृत्यु भएको छ।, मंगलबार राति कम्प्लेक्सको दोस्रो तल्लाबाट सल्किएको आगो र धुवाँमा धेरै ग्राहक र कर्मचारी फसेको भियतनामको सरकारी सञ्चारमाध्यमले जनाएका छन्। , त्यहाँबाट निस्कने आकस्मिक बाटो पनि आगोले बन्द गरेपछि केही...
नारायण खड्का प्रहरीले म्याद थप्न लगेका लक्ष्मण विश्वकर्मा जिल्ला अदालत, दाङको भवनको दुई तला माथिबाट हाम फालेर भागेको पुष्टि भएको छ।, सिसिटिभी क्यामराको फुटेजमा घोराही उपमहानगरपालिका वडा नम्बर १७ का २२ वर्षीय लक्ष्मण विश्वकर्मा बिहीबार पाँच बजेतिर जिल्ला अदालतको दुई तला माथिबाट भुइँमा हाम फालेर भागेको स्पष्ट देखिएको प्...
सेतोपाटी संवाददाता हाल प्रदेश १, मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशमा सामान्य बदली तथा कर्णाली प्रदेशमा सामान्य बदली रहेको छ। , जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार प्रदेश १, मधेश प्रदेश, बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जन, चट्याङसहित हल्का वर्षा भइरहेको...
सेतोपाटी फोटो टिम सेतोपाटी फोटो टिमले देशको राजनीति, सामाजिक, कला, घुमफिरलगायत क्षेत्रबाट छानिएका तस्बिरहरूको संगालो 'यो साताका क्लिक' मा प्रस्तुत गरेको छ।,  , आजको शृंखलामा हामीले भदौ १९ देखि भदौ २४ गतेसम्म खिचिएका केही तस्बिर समेटेका छौं।, इन्द्रजात्राको अवसरमा जीवित देवी कुमारीलाई रथमा राखेर बसन्तपुर दरबार परिक्रम...
सेतोपाटी संवाददाता दार्चुलामा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ।, नौगाड गाउँपालिका–२ दललेखमा गएराती चट्याङ लागेर सोही ठाउँका मोहन सिंह पार्कीको मृत्यु भएको हो।, पार्की घरमा एक्लै सुतिरहेका थिए। प्रहरीले यस घटनाको कानुनी प्रक्रिया अघि बढाएको छ।, नौगाडमा पहिरोका कारण पनि दुई जनाको मृत्यु भइसकेको छ।, बेपत्ताहरूको खोजी ...
रासस वर्षा र सहकालका देवता देवराज इन्द्रको पूजा, आराधना गरी आज परम्परागत रूपमा इन्द्रजात्रा पर्व मनाइँदैछ। प्रत्येक वर्ष भाद्र शुक्ल चतुर्दशीका दिन पर्ने यो पर्व काठमाडौं, ललितपुर, भक्तपुर, धुलिखेल, दोलखालगायतका स्थानमा मनाइन्छ।, भाद्र शुक्ल द्वादशीका दिन हनुमानढोका अगाडि धार्मिक विधिपूर्वक इन्द्रध्वजासहितको लिङ्गो ठड...
रासस उच्च माध्यमिक विद्यालय शिक्षक युनियन (हिस्टुन) ले कक्षा ११ र १२ मा पढाउने शिक्षकहरुलाई एक पटकका लागि उमेर हद नलाग्ने गरी आन्तरिक प्रतिस्पर्धाबाट स्थायी गराउन माग गरेको छ।, सरकारले सङ्घीय शिक्षा ऐन ल्याउन लागेका सन्दर्भमा उनीहरूले राज्यले उक्त तहमा हालसम्म पर्याप्त दरबन्दी नदिई तथा स्थायी नगराई वर्षौंदेखि कार्यरत ...
युवराज श्रेष्ठ पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले आर्ट ग्यालरी र पुस्तकालयको वैकल्पिक व्यवस्था गरेर मात्र भवन भत्काउँछु भनेका थिए। पोखरा आर्ट ग्यालरीमा भदौ १० गतेदेखि सुरू 'अनन्त रेखाहरू' शीर्षकको चित्रकला प्रदर्शनी उद्घाटनमा पनि उनले उक्त प्रतिबद्धता दोहोर्‍याए। , आर्ट ग्यालरी र पुस्तकालय भवनको भुइँतलामा २७ वटा...
सेतोपाटी संवाददाता दार्चुलामा बाढी र पहिरोमा परी ज्यान गुमाउनेको संख्या ५ पुगेको छ।, शुक्रबार रातिदेखिको अविरल वर्षापछि आएको बाढीले घर बगाउँदा महाकाली नगरपालिका–२ का ७७ वर्षीय नन्दराम बोहरा र वडा नम्बर १ सल्लाकी ४३ वर्षीया मानमती कार्कीको मृत्यु भएको हो।, यस्तै नौगाड गाउँपालिकाका ३२ वर्षीया जानकी ठगुन्ना, १५ वर्षीया ध...
नारायण खड्का रूकुम पूर्वको सिस्ने गाउँपालिका-५ का वशन्त मल्लले पालेको ६ मध्ये एउटा भैंसीले साउन २२ गते पाडी पायो।, साउन २३ गते वडा कार्यालय पुगेर मल्लले भैसी, पाडी र सालनालसहितको फोटो लगेर भत्ताको लागि निवेदन दिए।, भदौ २४ गते पशु सेवा शाखा कार्यालयबाट दुई जना कर्मचारी मल्लको घरमा स्थलगत अनुगमनका लागि आए। मल्ले दिएको न...
रासस वीर अस्पतालले घरबहाल कर आन्तरिक राजस्व कार्यालयमा बुझाउने गरेको जनाएको छ।, काठमाडौँ महानगरपालिकाले वीर अस्पतालले पनि घरबहाल कर नबुझाएको भन्ने सूचना सार्वजनिक गरेकोप्रति आपत्ति जनाउँदै राजस्व कार्यालयमा गएर विवरण हेर्न सकिने जनाएको हो।, महानगरले यस्तो तथ्य सार्वजनिक गर्नुअघि पत्र लेखेको भए यस विषयमा जानकारी गराइने...
सेतोपाटी संवाददाता पछिल्लो २४ घन्टामा देशभर १०४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। , स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आइतबार १५२ जनामा संक्रमण पुष्टि भएको हो। , ३ हजार ५८७ जनाको कोरोना परीक्षण गर्दा उक्त संख्यामा संक्रमित थपिएका हुन्। , एक हजार ५९२ जनाको पिसिआर र एक हजार ९९५ जनाको एन्टिजेन परीक्षण गरिए...
सेतोपाटी संवाददाता सरकारी वकिलको कार्यालय काठमाडौंले एक अर्ब बढी जरिवाना माग गरेका क्रिप्टो व्यवसायी अमित श्रेष्ठलाई उच्च अदालत पाटनले १५ लाख धरौटीमा छाड्न आदेश दिएको छ।, गत बिहीबार न्यायाधीश राजेन्द्र खरेल र किरण पोखरेलको संयुक्त इजलासले श्रेष्ठलाई धरौटीमा छाड्न आदेश दिएको अदालतका रिजष्ट्रार ठगिन्द्र कट्टेलले जानकारी...
सेतोपाटी संवाददाता काठमाडौं महानगरपालिकाले तीनकुनेमा अनधिकृत रूपमा बनाएका संरचनामाथि डोजर चलाएको छ।  , फुटपाथ अवरोध हुने गरी बनाइएका घरका भर्‍याङ, पालीलगायत संरचना हटाएको काठमाडौंका नगर प्रहरी उपरीक्षक मनोज लामिछानेले जानकारी दिए। , व्यवसायीले फुटपाथमा भर्‍याङ राखेर दोस्रो तलामा व्यवसाय सञ्चालन गर्दै आएका थिए। त्यस्तै...
राजु अधिकारी गुणस्तर कायम गरे ठूलो परिमाणमा नेपाली चिया आयात गर्ने वचन दिएको उत्तरी छिमेकी चीनले त्यसको कार्यान्वयन थाल्ने तयारी सुरू गरेको छ।, चीनले पहिलो पटक नेपालमा उत्पादन भएका ‘ब्ल्याक टी’ का धेरै वटा नमूना माग गरेर अहिले गुणस्तर परीक्षण थालेको छ। राष्ट्रिय चिया तथा कफी बोर्डका अनुसार चीनले बेइजिङस्थित नेपाली दूत...
सेतोपाटी संवाददाता काठमाडौं महानगरपालिकाले तीनकुनेमा भएका अनधिकृत संरचनामाथि डोजर चलाएको छ।  , फुटपाथमा अवरोध हुने गरी बनाइएका घरका भर्‍याङलगायत संरचना हटाएको काठमाडौंका नगर प्रहरी उपरीक्षक मनोज लामिछानेले जानकारी दिए। , व्यवसायीहरूले फुटपाथमा भर्‍याङ राखेर दोस्रो तलामा व्यवसाय सञ्चालन गर्दै आएका थिए। त्यस्तै कतिपय अन...
सबिना श्रेष्ठ क्रिकेटर सन्दीप लामिछानेमाथि नाबालिग बलात्कारको आरोप लागेपछि धेरैले पीडितकै दोष भएको तर्क गर्दै सामाजिक सञ्जाल, कतिपय मिडिया, चिया पसल, क्याफे वा चौतारीमा आफ्ना भनाइ राख्ने गरेका छन्।, ती बालिका किन लामिछानेसँग भेट्न गइन्? किन नगरकोटबाट फर्केपछि रातभर उनीसँगै बसिन्? बलात्कार भएको थियो भने किन चिच्याइनन्?...
सेतोपाटी संवाददाता नेपाल–भारत सीमा सुनौलीमा स्रोत नखुलेको ७२ लाखसहित एक नेपाली व्यवसायी पक्राउ परेका छन्।, सोमबार बिहान करिब १० बजेतिर भारतबाट नेपाल आउँदै गरेका सिद्धार्थनगर नगरपालिका दयापथ बस्ने ३८ वर्षीय सुभाष सुनारलाई स्रोत नखुलेको नेपाली रूपैयाँ ७२ लाख ८० हजार सहित पक्राउ परेको सुनौली प्रहरी चौकीले जनाएको छ। , सुन...
नारायण ढुंगाना/रासस रोमानिया जाने योजना बनाएर राहदानी बनाउन काठमाडौं जिल्ला प्रशासन कार्यालय आएका शङ्खरापुर नगरपालिकाका प्रदीप शिवभक्तिलाई १० महिनाअघि राष्ट्रिय परिचयपत्र बनाउँदाको दु:ख सम्झन मन छैन। , त्यो बेला राष्ट्रिय परिचयपत्र बनाउन यही कार्यालयमा उनी वाक्कदिक्क भएका थिए।, ‘त्यो बेलाको भिड दु:ख सम्झन चाहन्नँ’, उन...
सेतोपाटी संवाददाता काठमाडौं महानगरपालिकाले सडक किनारमा राखेर कुनै पनि सर-सामान बिक्री वितरण नगर्न आग्रह गरेको छ।, बुधबार सडक किनारमा राखिएका सबै सामानहरू हटाउन व्यापारीलाई माइकिङ गरी जानकारी दिएको महानगरका प्रहरी उपरीक्षक दिनेश अर्यालले जानकारी दिए। , अर्यालका अनुसार केही दिन माइकिङ गरी सबैलाई जानकारी दिइनेछ। , ‘दुई च...
सेतोपाटी संवाददाता काठमाडौं महानगरपालिकाले सोह्रखुट्टेमा रहेको अनधिकृत संरचनामाथि डोजर चलाएको छ।, बुधबार सोह्रखुट्टेस्थित घरले एक फिट बाटो मिचेका कारण डोजर चलाइ संरचना भत्काएको महानगरका प्रहरी नायब उपरीक्षक शिव पौडेलले जानकारी दिए। , उनका अनुसार उक्त घरलाई पहिले पनि सूचना दिएको थियो। , ‘पटक पटक माइकिङ र सूचना टाँसेर अ...
युनिक श्रेष्ठ १७ वर्षीया नाबालिगमाथि बलात्कार गरेको आरोप लागेका निलम्बित क्रिकेटर सन्दीप लामिछानेविरूद्ध पक्राउ पुर्जी जारी भएको सात दिन भइसकेको छ।, गत बिहीबार काठमाडौं जिल्ला अदालतले लामिछानेलाई पक्राउ गर्न प्रहरीलाई अनुमति दिएको थियो। पुर्जी जारी गर्नेबित्तिकै प्रहरीले लामिछानेलाई जहाँ भेट्यो त्यही पक्राउ गर्न सकिने...
एजेन्सी थाइल्यान्डमा सैनिकले गोली चलाएर आफ्ना दुई जना साथीको हत्या गरेका छन्। , बुधबार बैंककस्थित रोयल थाइ आर्मी वार कलेजका ५९ वर्षीय सार्जेन्ट मेजर योङयुथ मुङकोर्नकिमले आफ्ना तीन सहकर्मी साथीमाथि गोली चलाएका हुन्। , गोली लागेर दुई जनाको मृत्यु भएको ,साउथ चाइना मर्निङ पोष्ट,ले जनाएको छ। एक जना सैनिक घाइते छन्। घटना स्...
नारायण खड्का रोल्पामा भदौ १६ गते दिउँसो मृत भेटिएका एक दम्पतीको मृत्यु कसरी भयो भन्ने विषयमा प्रहरी अनुसन्धान निष्कर्षमा पुग्न सकेको छैन।, परिवर्तन गाउँपालिका-२ राङ्सीका २५ वर्षीय दुर्गाबहादुर पुन र उनकी ३७ वर्षीया श्रीमती पार्वती पुनको शवमा ठाउँ-ठाउँमा खुकुरी हानिएको अवस्थामा शव फेला परेको थियो।, पुन दम्पती एक महिनाद...
सेतोपाटी संवाददाता पछिल्लो २४ घन्टामा देशभर ११९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बुधबार ११९ जनामा संक्रमण पुष्टि भएको हो।, ४ हजार ८४ जनाको कोरोना परीक्षण गर्दा उक्त संख्यामा संक्रमित थपिएका हुन्।, एक हजार ९५५ जनाको पिसिआर र २ हजार १२९ जनाको एन्टिजेन परीक्षण गरिएको...
सेतोपाटी संवाददाता ललितपुरको लुभुमा घरको दुई तलाबाट खसेर एक जना बृद्धा महिलाको मृत्यु भएको छ। , बिहीबार बिहान महालक्ष्मी नगरपालिका-८ लुभु टाउनप्लानिङ बस्ने ६६ वर्षीया सन्तुमाया श्रेष्ठको आफ्नो घरको दुई तलबाट खसेर मृत्यु भएको प्रहरीले जनाएको छ। , दुई तलामाथिबाट खसेपछि श्रेष्ठ गम्भीर घाइते भएकी थिइन्। उनको उपचारको लागि ...
सेतोपाटी संवाददाता बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरूपण तथा मेलमिलाप आयोग ऐनलाई संशोधन गर्न सरकारले ल्याएको विधेयक प्रतिनिधि सभाको यो कार्यकालमा नटुंगिने भएको छ। , प्रतिनिधि सभाको कानून समितिले विधेयकमा सहमति जुटाउन असफल भएको हो। सरकारले गत असार ३१ गते संशोधन विधेयक दर्ता गराए लगत्तै सरोकारवालाहरूले यसका केही...
नारायण खड्का दाङ लमहीको कर्मठ सामाजिक उद्यमी महिला सहकारी संस्था लिमिटेड राष्ट्रिय स्वर्णिम प्रतिभा पुरस्कारबाट पुरस्कृत भएको छ। , देशभरबाट उत्कृष्ट सहकारीको रूपमा कर्मठ सहकारीलाई ठहर गरी तीन लाख रुपैयाँ पुरस्कार र सहकारीकी ७६ वर्षीया अध्यक्ष देवीमाया थापालाई सम्मान गरिएको छ।  , लुम्बिनी सम्मेलन तथा ध्यान केन्द्र भैरह...
रासस बेलायत पठाइदिन्छु भन्दै झन्डै साढे १३ रूपैयाँ ठगी गर्ने एक जनालाई नेपाल प्रहरीले पक्राउ गरेको छ।, प्रहरीको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मीनभवनबाट खटिएको टोलीले बेलायत पठाइदिन्छु भनी ठगी गर्ने सोलुखुम्बु दूधकोसी गाउँपालिका–२ घर भई काठमाडौं कागेश्वर मनोहरा नगरपालिका काँडाघारी बस्ने ४३ वर्षीय बालकृष्ण क...
सेतोपाटी संवाददाता नेपाल टेलिकमले दार्चुलाको विकट स्थान छाङरुमा बुधबार फोरजी सेवा शुभारम्भ गरेको छ।, त्रिदेशीय सीमाना पर्ने दार्चुलाको ब्यास गाउँपालिकामा अवस्थित छाङरुमा टेलिकमले हेलिकप्टरबाट उपकरण ढुवानी गरी जडान गरेर उक्त सेवा सञ्चालनमा ल्याएको हो।, यो सँगै टेलिकमको फोरजी सेवा पश्चिम नेपालको अन्तिम सीमानासम्म पुगेको...
मन्दिरा घिमिरे टुकुचा खोलाका विभिन्न खण्डमध्ये नारायणहिति दरबार संग्रहालयदेखि तीनधारा पाठशालासम्मको खण्ड जयनेपाल हल आसपासबाट बग्छ भन्ने काठमाडौं महानगरपालिकालाई अनुमान थियो।, विगतमा भएका विभिन्न अध्ययन क्रममा निकालिएका स्याटलाइट तस्बिरका आधारमा यो खण्ड जयनेपाल आसपास नै बग्ने अनुमान गरिए पनि ठ्याक्कै कहाँनिर बग्छ भन्ने...
सेतोपाटी संवाददाता नेपाल फोटो पत्रकार महासंघको अध्यक्षमा हरिप्रसाद रेग्मी निर्वाचित भएका छन्।, चितवनको सौराहामा सम्पन्न दोस्रो केन्द्रीय महाधिवेशनले रेग्मीलाई अध्यक्षमा सर्वसम्मत चयन गरेको हो।, चितवनको रत्ननगरका रेग्मीले काठमाडौंलाई कार्यक्षेत्र बनाई फोटो पत्रकारिता गरिरहेका छन्।, महासंघका वरिष्ठ उपाध्यक्षमा सागर श्रे...
रासस आउँदो ३६ घण्टासम्म निर्जल र निराहार भएर मनाइने कठोर व्रत जितियाअन्तर्गत उपवासको क्रम आज बिहानैदेखि सुरू भएको छ।, सन्तानको दीर्घ जीवन, पुत्र प्राप्ति तथा पारिवारिक सुख शान्तिका लागि मनाइने यो पर्वका लागि शनिबार बिहानैदेखि सम्पूर्ण मिथिलाञ्चलका नारीहरुले उपवास सुरू गरेका हुन्।, नेपाल र भारतका विभिन्न भागमा नहा खा (...
सेतोपाटी संवाददाता सिन्धुपाल्चोकमा कार दुर्घटना हुँदा चार जना घाइते भएका छन्।, शनिबार बिहान करिब ७ बजे चौतारा साँगाचोकगढी-११ पोखरेस्थित चौतारा बन्देउ सडकखण्डमा कार दुर्घटना हुँदा चार जना घाइते भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक शिव बुढाथोकीले जानकारी दिए।, बा ४ च ५६७७ नम्‍बरको कार आफैं अनियन्त्रित भई स...
सेतोपाटी संवाददाता पछिल्लो २४ घन्टामा देशभर ५९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आइतबार ५९ जनामा संक्रमण पुष्टि भएको हो।, २ हजार ८८२ जनाको कोरोना परीक्षण गर्दा उक्त संख्यामा संक्रमित थपिएका हुन्।, एक हजार ७५३ जनाको पिसिआर र एक हजार १२९ जनाको एन्टिजेन परीक्षण गरिएको...
सेतोपाटी संवाददाता काठमाडौंको हात्तीसारस्थित सिद्धार्थ बैंकको पार्किङमा महानगरपालिकाले टुकुचा उत्खनन सुरू गरेको छ।, महानगरपालिकाको डोजर सहितको टोली हात्तीसार पुगेर बैंकले पार्किङमा प्रयोग गर्दै आएको क्षेत्रमा डोजर चलाएर उत्खनन् गरिरहेको हो।, टुकुचा अतिक्रमण गरेको भन्दै महानगरले केही दिनदेखि हात्तीसार क्षेत्रमा डोजर चल...
नवीनबाबु गुरूङ काठमाडौंको हात्तिसारस्थित सिद्धार्थ बैंकको पार्किङमा महानगरपालिकाले टुकुचा फेला परेको छ।, महानगरपालिकाको डोजरसहितको टोलीले हात्तिसारस्थित बैंकको पार्किङमा डोजर चलाएको हो। , टुकुचा खोला अतिक्रमण गरेको भन्दै महानगरले केही दिनदेखि हात्तीसार क्षेत्रमा डोजर चलाइरहेको छ। यसअघि बिहीबार महानगरले जय नेपाल हलको प...
सेतोपाटी संवाददाता प्राध्यापक अच्युत वाग्ले काठमाडौं विश्वविद्यालयको रजिष्ट्रार नियुक्त भएका छन्। , काठमाडौं विश्वविद्यालय ऐनको दफा १५(१०) अनुसार उपकुलपति प्राध्यापक भोला थापाको सिफरिसमा सो विश्वविद्यलायका कुलपति समेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवाले उनलाई चार वर्षका लागि सो पदमा नियुक्त गरेका हुन्। , हाल उनी काठ...
भगवती पाण्डे इन्टरनेट सेवाप्रदायक कम्पनी लुप नेटवर्क लिमिटेडका सञ्चालक सतिस पोखरेलविरूद्ध चेक बाउन्सको मुद्दा दर्ता भएको छ। , पश्चिम नवलपरासीको सुनवल नगरपालिका वडा नं. १ का आकाश भनिने प्रियव्रत श्रेष्ठले पोखरेलविरूद्ध चेक बाउन्सको मुद्दा दिएका हुन्।, श्रेष्ठले सञ्चालन गर्दै आएको एक्मी टेक्निकल इन्स्टिच्युट प्रा.लि खरि...
भगवती पाण्डे पाल्पाको रम्भादेवी गाउँपालिका–४, ताहुँका होमबहादुर रायमाझी घरमा ताल्चा लगाएर रूपन्देहीको तिलोत्तमामा बस्न थालेको चार वर्ष भयो। उनका जेठा छोरा वैदेशिक रोजगारीमा छन्। कान्छो छोरा बुटवलमै बैंकमा जागिरे छन्।, ताहुँमै जन्मेहुर्केर जीवनको ऊर्जाशील उमेर भारतीय सेनामा बिताएका होमबहादुर बाँकी जीवन जन्मथलोमै बिताउन...
सेतोपाटी संवाददाता काठमाडौंको कपनमा आगलागीमा परी मृत्यु हुनेको संख्या तीन पुगेको छ।, बुधबार बेलुकी पौने ७ बजे कपनको एक घरमा आगलागी हुँदा हालसम्म तीन जनाको मृत्यु भएको महानगरीय प्रहरी वृत्त बौद्धका डिएसपी हरि बस्नेतले जानकारी दिए।, घरमा रहेको ग्यास सिलिन्डर पड्किएर आगलागी भएको प्रहरीले जनाएको छ।, काठमाडौं उपत्यका प्रहर...
सेतोपाटी संवाददाता पछिल्लो २४ घन्टामा देशभर ७४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मंगलबार ७४ जनामा संक्रमण पुष्टि भएको हो।, ३ हजार ५१२ जनाको कोरोना परीक्षण गर्दा उक्त संख्यामा संक्रमित थपिएका हुन्।, एक हजार ५३५ जनाको पिसिआर र एक हजार ९७७ जनाको एन्टिजेन परीक्षण गरिएक...
सेतोपाटी संवाददाता काठमाडौंको कपनमा आगलागी हुँदा दुई जनाको मृत्यु भएको छ। , बुधबार बेलुकी पौने ७ बजे कपनको एक घरमा आगलागी हुँदा दुई जनाको मृत्यु भएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रहरी उपरीक्षक दिनेशराज मैनालीले जानकारी दिए। , घरमा रहेको ग्यास सिलिन्डर पड्किएर आगलागी भएको प्रहरीले जनाएको छ।, काठमाडौं उपत्यका प्रहरी...
नारायण खड्का आफ्नो पालिका भित्र पर्ने तुलसीपुर–घोराही चार लेन सडकका खाडलहरू तुलसीपुर र घोराही उपमहानगरपालिका आफैंले पुर्ने भएका छन्। , यसअघि ठकेदार कम्पनीले नै आफै खाडल पुर्ने प्रतिबद्धता जनाएको थियो। तर ठेकेदार कम्पनीले भनेजस्तै काम नगरेपछि दुई पालिकाले खाडल पुर्ने निर्णय स्वीकार गरेका हुन्। , दशैं तिहार जस्ता चाडपर्...
सेतोपाटी संवाददाता पीडित मजदुर किसानहरूले मिटरब्याजी साहु‍को घर घेराउ गरी विरोध प्रदर्शन गरेका छन्।, बुधबार नवलपरासी पुगेर पीडितहरूले मिटरब्याजी साहु जगदीश बानियाँ र सुनिल बानियाँको घर घेराउ गरेको मिटरब्याज तथा ठगी विरूद्ध किसान मजदुर संघर्ष समितिका प्रवक्ता निर्गराज नबिनले जानकारी दिए।, उनका अनुसार सहमति कार्यन्वयनमा...
सेतोपाटी संवाददाता चिकित्सा क्षेत्रको सुधारसहित विभिन्न ७ माग राखी ९ दिनदेखि आमरण अनसन बसेका डा. गोविन्द केसीलाई उपचारका लागि शिक्षण अस्पतालमा भर्ना गरिएको छ।, स्वास्थ्य स्थिति जटिल हुँदै गएपछि धनगढीबाट श्री एयरलायन्सको नियमित उडानबाट बुधबार साँझ उनी काठमाडौं आएका थिए। , धनगढीमा अनसन बसिरहेको डा. केसीले आफ्नै खर्चमा क...
सेतोपाटी संवाददाता दैलेखको छामघाट खोलामा बगेर दुई जनाको मृत्यु भएको छ।, बुधबार महाबु गाउँपालिका-३ मा पर्ने छामघाट खोलामा बगेर दुई जनाको मृत्यु भएको हो।, कर्णाली प्रदेश प्रहरी कार्यालयका अनुसार दैलेखको महाबु गाउँपालिका–३ का अन्दाजी ४८ वर्षीय  कृष्णबहादुर बुढा र भैरवी गाउँपालिका–२ का अन्दाजी ३० वर्षीय लिलाबहादुर थापाको ...
रासस अख्तियार दुरुपयोग अनुसन्धान आयोगले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका उपसचिव प्रमोद नेपालविरूद्ध आइतबार विशेष अदालतमा मुद्दा दायर गरेको छ।, आयोगले उपसचिव नेपाललाई केही दिन पहिले पाराग्लाइडिङ सञ्चालनका लागि अनुमति दिने क्रममा बिबी एयरवेजका प्रमुख कार्यकारी अधिकृत हरिभक्त श्रेष्ठसँग छ लाख रूपैयाँ घुस लि...
सेतोपाटी संवाददाता मोरङ प्रहरीले चाडपर्व विशेष सुरक्षा रणनीति अपनाएको जनाएको छ। बडादसैँ, दीपावली तथा छठ लगायतका चाडपर्वलाई लक्षित गरी सुरक्षा रणनीति लागु गरिएको प्रहरीले जनाएको छ । , चाडपर्वको समयमा नागरिकको स्वतन्त्रता, धार्मिक तथा सांस्कृतिक आस्था, धनजनको सुरक्षा, उपभोक्ताको अधिकार, आ–आफ्नो गन्तव्यमा जाने यात्रुको स...
नारायण खड्का बाँकेमा चार दिनदेखि दुई बालिका बेपत्ता भएका छन्।, राप्ती सोनारी गाउँपालिका-१ का कुसुम बैरियाका १३ वर्षीया बन्दना बिक र ११ वर्षीय निशा परियार चार दिनदेखि सम्पर्कबिहीन भएको भन्दै परिवारले प्रहरीमा उजुरी दिएका छन्।, उनीहरू बेपत्ता भएको तीन दिनपछि बन्दनाकी सानीआमाले इलाका प्रहरी कार्यालय, कुसुममा उजुरी दिएको ...
सेतोपाटी संवाददाता डेंगीका कारण हालसम्म २९ जनाको मृत्यु भएको छ भने संक्रमितको संख्या २२ हजार नाघेको छ।, इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको तथ्यांक अनुसार संक्रमितको संख्या २ हजार ९ सय ८८ पुगेको हो। संक्रमितमध्ये सबैभन्दा बढी काठमाडौंमा छन्। काठमाडौंले संक्रमितको संख्यामा ललितपुरलाई उछिनेको छ।, तथ्यांकअनुसार  का...
नवीनबाबु गुरूङ काठमाडौंको कपनमा आगलागीमा परी हालसम्म तीन जनाको मृत्यु भएको छ। बुधबार बेलुकी पौने ७ बजे कपनको एक घरमा आगलागी हुँदा तीन जनाको मृत्यु भएको महानगरीय प्रहरी वृत्त बौद्धका डिएसपी हरि बस्नेतले जानकारी दिए।, उक्त घरमा रहेको अक्सिजनका ग्यास सिलिन्डरहरू पड्किएर आगलागी भएको प्रहरीले जनाएको छ। घरमा ट्रेकिङ कम्पनीक...
राजेश घिमिरे चितवनको रत्ननगर नगरपालिकास्थित पूर्वपश्चिम राजमार्गको कयर खोला पुलनजिकै बेल्सीबाट दक्षिणतर्फ लागेपछि हाजीपुर गाउँ आउँछ। करिब एक किलोमिटर साँघुरो कालोपत्रे सडक सकिएपछि कच्ची बाटो सुरू हुन्छ।, करिब पाँच सय मिटर अघि बढेपछि त्यो बाटो पनि सकिन्छ। त्यहाँबाट पाँच सय मिटरभन्दा बढी खेत कटेपछि बुढी राप्ती खोला देखि...
सेतोपाटी संवाददाता काठमाडौंको कपनमा आगलागी भएको कार्यालय कीर्तिमानी हिमाल आरोही निर्मल पुर्जा (निम्स दाइ) को भएको पाइएको छ।, निर्मल पुर्जा उर्फ निम्स दाइ ३६ वर्ष उमेरमा आठ हजार मिटर उचाइका १४ वटै हिमाल सबभन्दा छोटो अवधिमा चढेर विश्व कीर्तिमान बनाउने व्यक्ति हुन्।, बुधबार बेलुकी पौने ७ बजे कपनको एक घरमा रहेको एलिट हिमा...
सुदीप श्रेष्ठ टुकुचा खोल्सा जमिनमुनि बगाउन हात्तीसार क्षेत्रमा निर्माण गरिएको भूमिगत सुरूङ कम्तिमा १३० वर्षअघि राणा प्रधानमन्त्री वीरशमशेरको पालमा बनेको पुष्टि हुने थप प्रमाणका साथै सुरूङको बनोट र संरचनाबारे थप विवरण पुरातत्व विभागले पत्ता लगाएको छ।, काठमाडौं महानगरपालिकाले सय वर्षभन्दा पुरानो पुरातात्विक सम्पदा कसैले...
नवीनबाबु गुरूङ १० बुँदे सहमतिपछि डा. गोविन्द केसीले अनसन तोडेका छन्।, सरकारसँग शनिबार साँझ १० बुँदे सहमति गरेपछि डा. केसीले अनसन तोडेका हुन्।, कैलालीबाट अनसन सुरु गरेका केसीको स्वास्थ्यमा समस्या देखिएको त्रिवि शिक्षण अस्पताल भर्ना गरिएको थियो।, केसीले त्रीवि शिक्षण अस्पतालमा उपचारत एक बिरामीको हातबाट जुस पिएर १३ ‌औं द...
राजु चापागाई/रासस देवचुली–१५ कि सीतादेवी पौडेल अहिले  ६० वर्षकी भइन्। उनको जीवनकालमा ५० वटाभन्दा धेरै दसैंको प्रत्यक्ष अनुभव छ तर पछिल्ला १०/१२ वटा दसैं भने सीतादेवीलाई दसैंजस्तो लागेको छैन। करिब १२ वर्षअघि माटोको घर भत्काएर कङ्क्रिट र सिमेन्टबाट नयाँ घर बनाएपछि रातो माटो र कमेरोले घर लितपोत गर्नु त परै जाओस् तिनलाई द...