content
stringlengths
20
64.1k
सेतोपाटी संवाददाता काठमाडौंको न्युरोडमा एक पुरूषको हत्यामा संलग्न व्यक्तिलाई प्रहरीले सार्वजनिक गरेको छ।, बुधबार दिउँसो प्रहरीले सामाजिक सञ्जाल फेसबुकमार्फत् हत्या आरोपितलाई सार्वजनिक गरेको हो।, हत्या आरोपमा मकवानपुरको हेटौंडा उपमहानगरपालिका-१२ का ६२ वर्षीय जीतबहादुर लामालाई प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी परिसर क...
रासस विराटनगर–२ मा रहेको श्री विराट महेन्द्र रात्रि माध्यमिक विद्यालयमा धनी परिवारका विद्यार्थी अध्ययन गर्दैनन्। दिउँसो ज्याला-मजदुरी गरेर पेट पाल्ने, घरमा घरेलु कामदारको रूपमा काम गर्ने र उद्योगमा मजदुरका रूपमा काम गर्नेहरू नै यस विद्यालयका विद्यार्थी हुन्।, विद्यालयमा साँझ पाँच बजेदेखि रातिको नौ बजेसम्म पठनपाठन हुन्...
सेतोपाटी संवाददाता गोरखाको उहियाबाट एक जना बिरामी वृद्धलाई हेलिकप्टरबाट उद्धार गरिएको छ।, धार्चे गाउँपालिका वडा नम्बर ३ उहियाका ६३ वर्षीय पूर्णबहादुर घलेलाई हेलिकप्टरबाट उद्धार गरिएको हो।, घले सोमबारदेखि बिरामी थिए। उनको नाक र मुखबाट रगत बगिरहने समस्या देखिएको थियो। उनलाई हेलिकप्टरबाट उद्धार गरी काठमाडौं ल्याइएको छ।, ...
सेतोपाटी संवाददाता ६ वर्षकी नाबालिगलाई बलात्कार गरेको आरोपमा विराटनगरमा एक जना पक्राउ परेका छन्।, प्रहरीले विराटनगर १२ का ३८ वर्षीय सजन कामतलाई पक्राउ गरेको हो।, पीडितका अभिभावकले प्रहरीमा दिएको जाहेरी नुसार कामतले भाइटीकाको भोलिपल्ट घरमा कोही नभएको मौका छोपेर ६ वर्षीया नाबालिगलाई बलात्कार गरेका थिए।, ‘पीडित बालिकाको ...
एजेन्सी अर्जेन्टिना र पुर्टो रिकोका दुई सुन्दरीले आपसमा विवाह गरेका छन्। सिएनएनका अनुसार मिस अर्जेन्टिना २०२० मरियाना भरेला र सोही वर्ष मिस पुर्टो रिको बनेकी फाबिओला भ्यालेन्टिनले गत अक्टोबर २८ मा विवाह गरेका हुन्।, २६ वर्षकी भरेला र २२ वर्षकी भ्यालेन्टिन डेढ वर्षदेखि प्रेम सम्बन्धमा थिए। आफ्नो सम्बन्धबारे उनीहरूले कस...
राजेश घिमिरे पटक–पटक म्याद थप गर्दा पनि काम सम्पन्न नगर्ने एक निर्माण कम्पनीलाई सडक डिभिजन कार्यालय चितवनले कारबाही गरेको छ।, भरतपुर महानगरपालिकाको केन्द्रीय बस टर्मिनल चोकदेखि विशालचोक सम्मको ‘बाइपास सडक’ निर्माणमा ढिलासुस्ती गर्ने कम्पनीलाई कारबाही गरिएको हो।, निर्माण कम्पनी गौरी पार्वती निर्माण सेवा प्रालिलाई दैनिक...
रासस नारायणी नदी तटबन्धनको काम सुरुआत भएको छ।, विगत १० वर्षदेखि थालिए पनि बजेट अभावमा थोरै-थोरै काम हुँदै आएकामा रकमको निसाकासँगै यस वर्षबाट नदी किनारका भरतपुर महानगरतर्फका अधिकांश भू-भागमा काम गरिँदै छ।, असार अघि नै बोलपत्र आह्वान भई सम्झौता भएका तीन खण्डमध्ये एउटा खण्डको काम थालिएको छ। अन्य दुई खण्डमा छिट्टै काम थाल...
नारायण खड्का दाङका रोशनी महतरा र शरद आचार्य हत्या-काण्डको नयाँ तथ्य फेला परेको छ। लामो अनुसन्धानपछि बँदेल मार्न थापिएको विद्युतीय धरापमा परी उनीहरूको मृत्यु भएको तथ्य प्रहरीले पत्ता लगाएको हो।, तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १३ दमारगाउँकी १५ वर्षीया रोशनी महतरा र जिल्लाकै दंगीशरण गाउँपालिका वडा नम्बर ६ थपगाउँका १४ ...
एजेन्सी विकासोन्मुख राष्ट्रमा जलवायु परिवर्तन न्यूनीकरणका लागि वार्षिक २ खर्ब डलर खर्च लाग्ने अनुमान गरिएको छ। इजिप्टमा भएको जलवायु परिवर्तन शिखर सम्मेलनमा यस्तो अनुमान पेस गरिएको द गार्डियनले जनाएको छ। , सन् २०३० सम्म हरेक वर्ष २ खर्ब डलर खर्च लाग्ने अनुमान गरिएको हो। यो रकम विकासोन्मुख राष्ट्रमा नवीकरणीय ऊर्जा प्रवर...
रासस कार्तिक शुक्ल पूर्णिमामा कात्तिक २२ गते मंगलबार लाग्ने ग्रस्तोदित खग्रास चन्द्रग्रहण सामाखुसीस्थित तक्षशिला एष्ट्रोनमी क्लबले देखाउने व्यवस्था मिलाएको छ।, सामाखुसीस्थित एकेडेमी भवनको छतबाट निःशुल्क चन्द्रग्रहण देखाउने व्यवस्था गरिएको वरिष्ठ खगोलविद् जयन्त आचार्यले जानकारी दिए।, बेलुकी ०५ः११ बजे चन्द्रोदय हुँदादेख...
सेतोपाटी संवाददाता पर्साको वीरगन्जमा एक जना पुरूष मृत फेला परेका छन्। , शनिबार पौने १२ बजे वीरगन्ज महानगरपालिका-१६मा एक जना पुरूष मृत फेला परेको जिल्ला प्रहरी कार्यालय पर्साका डिएसपी दीपक गिरीले जानकारी दिए। , उनका अनुसार मृतकको पहिचान खुलिसकेको छैन। यद्यपि उनी भारतीय नागरिक हुन्। , उनको शव पोष्टमर्टमको लागि नारायणी अ...
सेतोपाटी संवाददाता मोटरसाइकलको 'लेग गार्ड'मा तरबार राखेर टिकटकमा भिडिओ हालेको आरोपमा दुई जनालाई प्रहरीले काठमाडौंबाट पक्राउ गरेको छ। , प्रहरीले यस घटनामा संलग्न दुई जनालाई पक्राउ गरेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी दिनेशराज मैनालीले जानकारी दिए। , काठमाडौं नागार्जुन नगरपालिका-२ सानोभर्‍याङ बस्ने २३ वर्षीय दिपेश ...
सेतोपाटी संवाददाता काठमाडौंका विभिन्न ठाउँबाट बरामद गरिएका २९ हजार लिटर अवैध मदिरा प्रहरीले नष्ट गरेको छ। , जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार प्रहरीले २८ हजार ८८३ लिटर मदिरा नष्ट गरेको छ। प्रहरीले स्थानीय जनप्रतिनिधिको रोहबरमा मदिरा नष्ट गरेको हो। , चुनाव नजिकिएसँगै प्रहरीले अवैध तरिकाले बनेका मदिरा नष्ट गर्न थाले...
सेतोपाटी संवाददाता स्वास्थ्य मन्त्रालयले निर्वाचन प्रचार प्रसारमा कोभिड प्रोटोकल पालनाका लागि आग्रह गरेको छ। भीडभाडमा जनस्वास्थ्यका मापदण्ड पालना नभए नयाँ भेरियन्ट फैलिन सक्ने भन्दै मन्त्रालयका सहायक प्रवक्ता समीरकुमार अधिकारीले उच्च सतर्कता अपनाउन आग्रह गरेका छन्। , यसबाट बच्नका निम्ति जनस्वास्थ्यका सम्पूर्ण मापदण्ड ...
सबिना श्रेष्ठ जसरी काठमाडौंमा जीवित देवीका रूपमा कुमारीको पूजाआजा हुन्छ, कुनै समय जीवित भगवानका रूपमा काठमाडौंमा कुमार पनि थिए।, उनको पूजाआजा साथै दसैंको समयमा नाच पनि देखाइन्थ्यो। उक्त नाचलाई नेपाल भाषामा 'कुम्हो प्याखँ' भनिन्थ्यो। यो नृत्य काठमाडौंबाट लोप भएको २६ वर्ष भयो।, झन्डै तीन दशकमा यो नाच ब्युँताउने विभिन्न ...
सेतोपाटी संवाददाता ललितपुरको नख्खुमा एक पुरूष मृत फेला परेका छन्। , ललितपुर महानगरपालिकाको नख्खुस्थित विष्णुदेवी मन्दिर परिसरमा एक जना पुरूष मृत फेला परेको जिल्ला प्रहरी परिसर ललितपुरका एसपी सुधिरराज शाहीले जानकारी दिए। , मृतक रामेछाप घर भई नख्खुमा बस्दै आएका ३९ वर्षीय राजन बस्नेत छन्। , आइतबार बिहान मन्दिरमा पुजा गर्...
सेतोपाटी संवाददाता हप्याक नामबाट चिनिने र्‍यापर मिलनजंग कुँवरको मुखमा अगुल्टोले पोलेको आरोपमा एक जना झाँक्रीलाई प्रहरीले पक्राउ गरेको छ। , नवलपरासी पूर्व देवचुली नगरपालिका-१२ का ४२ वर्षीय झाँक्री दीपक सार्कीलाई प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका डिएसपी सन्तोष पाठकले जानकारी दिए। , उनले कावासोती नगरपालिका-१...
नवीनबाबु गुरूङ काठमाडौंको बीच भाग भएर बग्ने बागमती नदी शहरको ढल र फोहोर मिसिएको कारण अत्यधिक फोहोर देखिन्छ। , ढल मिसिएको धमिलो बाक्लो पानीमा सोमबार दिउँसो केही मानिसहरू बल्छी थापेर माछा मारिरहेका थिए।, बल्छीमा भक्तपुरको कुनै खोल्साबाट ल्याएको साना भ्यागुता अल्झाएर माछा मारिरहेको मानिसहरुले निकै बेरपछि एउटा माछा बल्छीम...
सेतोपाटी संवाददाता काठमाडौंको नैकापबाट चितुवा नियन्त्रणमा लिइएको छ।, आइतबार दिउँसो नैकापको एक घरमा पसेपछि चितुवालाई नियन्त्रणमा लिएको हो।, चितुवा १५ किलोको छ। नियन्त्रणमा लिएको चितुवा बच्चा भएको प्रहरीले जनाएको छ। , बिहान पौने ९ बजेदेखि पूरानो नैकाप ठकुरी गाउँस्थित तरकारी टनेलमा चितुवा देखा परेको थियो।, प्रहरीले वन का...
भगवती पाण्डे सुरक्षाकर्मीहरू निर्वाचनको सुरक्षामा खटिएको मौका छोपी भारतसँग सीमा जोडिएका रुपन्देहीका सीमा नाकाबाट विभिन्न सामान तस्करी हुने क्रम बढेको छ।, गत मंगलबार भैरहवा भन्सार कार्यालयले भन्सार छली गरेर नेपाल भित्र्याइएको २ करोडभन्दा धेरै मूल्यका विभिन्न सामान कपिलवस्तुको मायादेवी गाउँपालिका वडा नं. ८ बर्कुल भन्ने ...
सेतोपाटी संवाददाता ललितपुरको फुल्चोकीमा हराएका ४ जना विद्यार्थीको उद्धार भएको छ। , फुल्चोकीमा हराएका चार जना विद्यार्थीको ११ घण्टापछि उद्धार गरेको जिल्ला प्रहरी परिसर ललितपुरले जानकारी दिएको छ। , काठमाडौंको मुलपानीमा रहेको नेपाल राष्ट्रिय निर्माण माध्यमिक विद्यालय कक्षा ११ र १२ मा पढ्ने १२५ जना विद्यार्थी फुल्चोकीमा घ...
एजेन्सी दोस्रो विश्वयुद्ध ताका प्रयोगमा आएका दुई लडाकु विमान अमेरिकाको टेक्ससमा दुर्घटनाग्रस्त भएका छन्।, सैन्य लडाकु विमान प्रदर्शनका क्रममा आपसमा ठोक्किएको अलजजिराले जनाएको छ। ठोक्किएलगत्तै दुबै विमानमा आगलागी भएको थियो।, दुर्घटनाबाट भएको मानवीय क्षतिबारेको विवरण अझै सार्वजनिक भएको छैन।, अमेरिकाको संघीय उड्डयन प्रशा...
नवीनबाबु गुरूङ काठमाडौंको बागमती किनारमा बसोबास गर्दै आएका सुकुम्बासी बस्ती खाली गर्न भन्दै बागमती सभ्यता सर्वाधिकार सम्पन्न समितिले सूचना जारी गरेपछि प्रदर्शन भएको छ। , १० दिनभित्र बस्ती हटाउन भन्दै समितिले सूचना जारी गरेको थियो। त्यसरी उठिबास लगाउन लागेको भन्दै सुकुम्बासी बस्तीका मानिसहरूले आन्दोलन गरेका हुन्। , उनी...
एजेन्सी ट्वीटरका मालिक एलन मस्कले ट्वीटरमा काम गर्ने वा छोड्ने निर्णय लिन सबै कर्मचारीलाई बिहीबार अपरान्ह ५ बजेसम्मको समय दिएका छन्।, त्यस अवधिभित्र मस्कको योजनाअनुसार काम गर्न तयार रहे नरहेकोबारे कर्मचारीहरूले निर्णय लिनुपर्ने न्युयोर्क टाइम्सले जनाएको छ।, बुधबार इमेलमार्फत मस्कले निर्णय लिन सूचित गरेका हुन्।, ‘ट्वीट...
एजेन्सी भारतीय कंग्रेसका पूर्वअध्यक्ष राहुल गान्धी सहभागी भारत जोडो यात्राको एक कार्यक्रमको भिडिओ अहिले भाइरल बनेको छ। , कार्यक्रममा राष्ट्रिय गान बजाउने बेलामा नेपालको राष्ट्रिय गान बजेपछि उक्त भिडिओ भाइरल बनेको हो। बिबिसी हिन्दीका अनुसार उक्त घटना बुधबारको हो। , त्यसमा गान्धीले माइकमार्फत राष्ट्रिय गान बजाउन भन्छन्,...
सेतोपाटी संवाददाता रसुवामा डेढ करोड रुपैयाँ बराबरको रक्सी, चुरोटलगायत सामग्री बेवारिसे अवस्थामा फेला परेको प्रहरीले जनाएको छ। , सशस्त्र प्रहरी बल नेपाल बिओपी टिमुरेले बिहीबार उक्त सामान बरामद गरेको हो। भन्सार छलेर सीमा इलाकाको अस्थायी ड्राइपोर्टमा राखिएको अवस्थामा फेला परेको प्रहरीले जनाएको हो। , अवैध रूपले चोरीपैठारी...
सेतोपाटी संवाददाता भक्तपुरमा गाडीको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ।, गएराति सवा ११ बजे मध्यपुर थिमी नगरपालिका-६ हुकाम ओरालोमा दुवाकोटबाट आउँदै गरेको गाडीले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु भएको जिल्ला प्रहरी परिसर भक्तपुरका डिएसपी राजु पाण्डेले जानकारी दिए।, प्रदेश ३-०१-०२३ च ४२९३ नम्बरको गाडीले बा १० प ९५...
रासस करिब साढे दुई सय वर्षअघि भत्किएर भग्नावशेषसमेत लोप हुने अवस्थामा पुगिसकेको कीर्तिपुर दरबार (लायकु) पुनः अस्तित्वमा ल्याउने प्रयास सुरू भएको छ।, कीर्तिपुरको सर्वाधिक ठूलो र महत्पूर्ण सम्पदा मानिएको लायकु दरबार लामो समयसम्म राज्यबाट ओझेल पर्नुका साथै स्थानीयवासीको अतिक्रमणमा समेत परेर लोप हुने अवस्थामा पुगेको थियो।...
एजेन्सी उत्तर एटलान्टिक सन्धी संगठन नेटोका प्रमुख जेन सोल्टेनवर्गले पोल्याण्डमा खसेको क्षेप्यास्त्र युक्रेनको हुनसक्ने बताएका छन्।, रूसको क्षेप्यास्त्रको प्रतिरक्षा गर्दा युक्रेनी क्षेप्यास्त्र खसेको हुनसक्ने टिप्पणी सोल्टेनवर्गले गरेको बिबिसीले जनाएको छ।, युक्रेनको सीमा क्षेत्र पोल्याण्डको प्रेजवाडोमा बुधबार क्षेप्या...
सेतोपाटी संवाददाता काठमाडौं महानगरपालिकाले खुला मञ्च पार्किङका लागि खुला गर्ने निर्णय गरेपछि ‘मुक्त टुँडिखेल’ अभियानका अभियन्ताहरूले वडा नम्बर २८ मा निवेदन बुझाएका छन्। खुलामञ्चलाई पहिलेजसरी घाँसे मैदान बनाउन र त्यहाँ कुनै हालतमा पार्किङ नबनाउन उनीहरूले वडा अध्यक्षलाई निवेदन दिएका हुन्।, महानगरले खुलामञ्चमा ट्रिपल बेस...
सेतोपाटी संवाददाता सप्तरीमा एक पुरूषको हत्या गरेको अवस्थामा शव फेला परेको छ। , मंगलबार बिहान सवा ७ बजे कञ्चनरूप नगरपालिका-१ बैरवा मुसहरी टोल बस्ने ५० वर्षीय पप्पु भन्ने सञ्जय राउतको हत्या भएको हो। , उनको घाँटी रेटेर हत्या गरिएको अवस्थामा शव फेला परेको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता डिएसपी नरेशकुमार सिंहले जा...
रासस मेलम्ची खानेपानी विकास समितिले मेलम्ची नदी किनारका स्थानीयलाई सतर्कता अपनाउन सूचना जारी गरेको छ। , सोमबार एक सूचना जारी गर्दै समितिले मेलम्चीको पानी पथान्तरणको कार्य सोमबारदेखि सुरू गरिएकाले उक्त पानी पथान्तरणका क्रममा मेलम्ची नदीमा पानीको बहाव घटबढ हुनसक्ने भएकाले सतर्क रहन सूचित गरेको हो। , सुरूङ प्रवेश मार्गहर...
सेतोपाटी संवाददाता नेपाल प्रहरीले स्रोत नखुलेको १३ लाख ८९ हजार रुपैयाँ नगदसहित भारतीय नागरिकलाई पक्राउ गरेको छ।, आइतबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक टर्मिनलमा खटिएको प्रहरीको टोलीले बुद्ध एयरको विमानबाट काठमाडौैंबाट विराटनगर जान लागेका भारतीय नागरिक अकवाल अलीलाई स्रोत नखुलेको रकमसहित पक्राउ गरेको हो। ,...
भगवती पाण्डे बुटवलका सर्वसाधारणको बचत संकलन गरेका सहकारीहरू धमाधम बन्द गरेर सम्पर्कविहीन हुन थालेपछि बचतकर्ताहरू तनावमा परेका छन्।, केही महिनायता बुटवलको राजमार्ग चौराहमा रहेको सुप्रिम सहकारी संकटमा परेको चर्चा सेलाउन नपाउँदै बुटवलका अरू केही सहकारी संस्थाका सञ्चालकहरू पनि कार्यालय बन्द गरेर बेखबर हुन थालेका छन्।, बुट...
निशा भण्डारी सोमबार थापाथलीस्थित सुकुम्बासी बस्तीमा डोजर चलेपछि अहिले उक्त बस्ती अस्तव्यस्त बनेको छ।, केही दिनभित्रै, छलफल गर्ने भनिएता पनि डोजर चलाएको भन्दै त्यहाँका बासिन्दा आक्रोशित बनेका छन्।, बस्ती उजाडिएपछि उनीहरू झिटीगुन्टासहित खुला आकाशमा बसेका छन्।, अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिको आग्रहमा मह...
रासस बागलुङ र म्याग्दी जोड्ने तीन सय ८८ मिटर लामो झोलुंगे पुल निर्माण भएको छ।, बागलुङ नगरपालिका–४ कुडुँले फाँटदेखि म्याग्दी जिल्लाको बेनी नगरपालिका-१ रत्नेचौर जोड्ने झोलुंगे पुल निर्माण भएसँगै यात्रा सहज भएको छ। , झोलुंगे पुलको जिल्लाका रूपमा परिचित बागलुङमा पछिल्लो समय लामा र अग्ला झोलुंगे पुल थपिने क्रम जारी छ।, बाग...
राजेश घिमिरे गण्डक बाँधको पक्की पुल तरेपछि भारतको वाल्मीकि टाइटर रिजर्व सुरू भइहाल्छ। सोमबार बिहान रिजर्वको घना जंगलभित्रको कच्ची सडकमा एक हुल विद्यार्थी भेटिए। करिब १०० किलोमिटर पर पर्ने कोशीनगरको एउटा विद्यालयले आफ्ना विद्यार्थीलाई वाल्मीकि आश्रम देखाउन लैजाँदै थियो।, वाल्मीकि टाइटर रिजर्वको करिब ८ किलोमिटर क्षेत्र ...
सेतोपाटी संवाददाता बारामा एक जना पुरूषको हत्या गरी गाडिएको अवस्थामा शव फेला परेको छ। , कोल्हवी नगरपालिका-११ रामपुर्वा टोल बस्ने ४३ वर्षीय परीक्षण चौधरीको हत्या भएको जिल्ला प्रहरी कार्यालयका डिएसपी राजेश थापाले जानकारी दिए। , उनको शव बुधबार बिहान सवा ९ बजे सोही स्थानका सियाराम चौधरीको गोठघर पछाडि फेला परेको हो। प्रहरील...
सेतोपाटी फोटो टिम सेतोपाटी फोटो टिमले देशको राजनीति, समाज, कला, खेलकुद, घुमफिरलगायत क्षेत्रबाट छानिएका तस्बिरहरूको संगालो ‘यो साताका क्लिक’ मा प्रस्तुत गरेको छ।, आजको शृंखलामा हामीले मंसिर १० देखि मंसिर १६ गतेसम्म खिचिएका केही महत्वपूर्ण तस्बिर समेटेका छौं।, ललितपुर झम्सिखेलस्थित विन्डहर्स ग्यालरीमा टासी आर घलेको हिम...
रासस साँझको बेला छ। कार्यालय बिदा भएर फर्किएका र हाटबजारमा किनमेल गरेर फर्किनेको भीड लागेको छ। सबैलाई दिनभरिको कामको भारी बिसाएर सुस्ताउन घर जाने हतार छ।, यसै बेला राजविराजस्थित सहिद दशनचौकमा उभिएका एक दर्जन बढी स्वयंसेवी अधिकारकर्मीहरूले बाटो हिँड्ने महिला र किशोरीलाई डाक्दै हातहातमा स्यानिटरी प्याड थमाइरहेका छन्।, क...
युनिक श्रेष्ठ जंगलको राजा सिंहको बालकथा सुन्नु भएकै होला। सिंहले जंगलका जनावरलाई दुःख दिएको र जनावरले लिएको बदलामा आधारित छ।, सिंहको त्रासले दिक्क भएपछि सबक सिकाउन सबै जनावर आफैं आहारा बनेर उपस्थित हुने वाचा गर्छन्। र पछि खरायोले जुक्ति लगाएर सिंहलाई कुवामा खसाल्छ र जंगलमा खुसी छाउँछ।, यस्तै खालको कथामा आधारित छ, सातग...
सेतोपाटी संवाददाता मधेस प्रदेशको मिडिया काउन्सिलका अध्यक्ष शिवहरी भट्टराई मृत फेला परेका छन् ।, सर्लाहीको लालबन्दी -१३ पत्थरकोट स्थित होलिडे रिसोर्टमा उनको शव फेला परेको हो ।, नेपाल पत्रकार महासंघ सर्लाही शाखाले शनिबार आयोजना गरेको ११ औं साधारण सभामा सहभागी हुन उनी शुक्रबार लालबन्दी पुगेका थिए।, राति खाना खाएर कोठामा ...
नारायण खड्का दाङका रोशनी महतरा र शरद आचार्य मृत्यु प्रकरणमा संलग्न पाँच जनालाई अदालतले पुर्पक्षका लागि थुनामा पठाएको छ। तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १३ दमारगाउँका ३९ वर्षीय गणेश भनिने हरिशचन्द्र पौडेल, २८ वर्षीय नुमानन्द कार्की, ३१ वर्षीय खिमबहादुर बुढा, ४७ वर्षीय प्रकाश भनिने अम्मरराज कार्कीलाई दाङ जिल्ला अदालतल...
सेतोपाटी संवाददाता काठमाडौं महानगरपालिकाले बागबजारको पार्किङ खाली गरेपछि व्यसायीले विरोध गरेका छन्। , पहिलेदेखि नै पार्किङ गर्दै आएको ठाउँमा राखिएका सवारीसाधन बिहीबार नगर प्रहरीले उठाएपछि व्यवसायी आन्दोलित भएका हुन्।, दुई सातादेखि नै माइकिङ गरेर उक्त क्षेत्रमा पार्किङ नगर्नू भने पनि सर्वसाधारणले नमाने पछि आफूहरूले बाध...
युवराज श्रेष्ठ किरियापुत्रीमाथि जातीय विभेद गरेको भन्दै जिल्ला अदालत कास्कीले तीन जनालाई कैद सजाय तोकेको छ।, पोखराको बाटुलेचौरमा किरियापुत्रीमाथि विभेद गर्ने तीन जनालाई जनही एक वर्ष कैद र ५० हजार जरिवाना गरिएको हो। किरियापुत्रीलाई जातीय विभेद गर्ने देवबहादुर थापा, रामबहादुर जिसी र जनक क्षेत्रीले सजाय पाएका हुन्।, न्या...
रासस कालीकोटको खाँडाचक्र नगरपालिका–१ ले २० वर्ष पुगेर विवाह गर्ने दलित किशोरीलाई १० हजार प्रदान गर्ने भएको छ।  वडाले बालविवाह न्यूनीकरण गर्न  यस्तो निर्णय गरेको जनाइएको छ ।, बालविवाहविरुद्धको साझा अभियान कालीकोटका संयोजक खडानन्द अधिकारीको वडालाई बालविवाह न्यूनीकरणका लागि वडाले गरेको निर्णयले केही हदसम्म कम गर्ने बताए।...
राकेशकुमार मिश्र बाँके डुडुवा गाउँपालिकाको गाउँसभा अझै बस्न नसक्दा सम्पूर्ण सेवा प्रभावित भएको छ। समयमा गाउँसभाले बजेट नल्याएपछि स्थानीयले पाउनुपर्ने सेवा ठप्प भएको छ भने कर्मचारीहरूले तलब भत्तासमेत पाउन सकेका छैनन्। , चालु आर्थिक वर्ष २०७९/८० को साउनदेखि हालसम्मको तलबभत्ता तथा चाडपर्व खर्च गाउँपालिकाका कर्मचारीले खान...
डम्बर बुढामगर बागलुङ काठेखोला गाउँपालिका–५ बिहुँ करलिममा एकैनासका १० घर छन्। सिमेन्टको ब्लकको पर्खाल। निलो जस्तापातको छानो। झट्ट हेर्दा लाग्छ यहाँ बस्ने स्थानीय सुखी नै छन्। यहाँ बस्ने दलित समुदायको पीडा छुट्टै छ।, वि.सं २०७२ वैशाखमा आएका भूकम्पले काठेखोला–५ काउले गाउँमा रहेको उनीहरूको घर भत्कियो। त्यही बर्खागाउँ नै प...
सेतोपाटी संवाददाता धनगढी उपमहानगरपालिकाले छ लेन सडकका कारण हुने डुबान हटाउन संघीय सरकारबाट एक अर्ब ४५ करोड रुपैयाँ माग गरेको छ। , उपमहानगरपालिकाका अनुसार डुबान समस्या समाधानका लागि डिपिआएर अनुसार काम सुरू गर्न बजेट मागिएको हो। , वडा नम्बर १३ को उत्तरी सिमानादेखि मोहनापुलसम्म वडा नम्बर २, ३ र ४ समेतमा छ लेन सडक दायाँ/ब...
सेतोपाटी संवाददाता विराटनगर महानगरपालिकाले बजार क्षेत्रमा निर्माण गरिएका अवैध संरचना हटाउने अभियान सुरू गरेको छ। , अभियानको विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले भाडामा लगाएको घरबाटै सुरू गरिएको हो।  , विराटनगर–९ जलजला रोडस्थित कोइरालाले भाडामा लगाएका पसल सञ्चालकले सटर अगाडि आफूखुसी निर्माण गरेका संरचना हटाएर अ...
सेतोपाटी संवाददाता ट्राफिक प्रहरीले २६ वटा सवारी चालक अनुमती पत्र (लाइसेन्स) निलम्बन गर्न यातायात व्यवस्था विभाग मिनभवन पठाएको छ। , काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले पाँच पटकभन्दा बढी नियम उल्लंघन गरेका २६ ओटा लाइसेन्स निलम्बन गर्न विभागमा पठाएको हो।, सहप्रवक्ता एसपी अवदेश विष्टका अनुसार पटकपटक नियम उल्लंघन ग...
सेतोपाटी संवाददाता हुम्लामा तारा एयरको जहाजसँग चिल ठोक्किएको छ। , बुधबार दिउँसो जहाजसँग चिल ठोक्किएको जिल्ला प्रशासन कार्यालयका निमित्त प्रमुख जिल्ला अधिकारी अमृतप्रसाद सुवेदीले जानकारी दिए। , नेपालगञ्जबाट हुम्लाको सिमकोट विमानस्थलका लागि उडेको जहाजसँग चिल ठोक्किएको हो। नेपालगञ्जबाट उक्त कार्गो जहाज १२:४५ मा उडेको थिय...
रासस नेपाल–भारत सीमामा तटबन्ध निर्माणको विषयलाई लिएर आइतबार भएको झडपबारे दुई देशका अधिकारीबीच छलफल भएको छ।, भारतले निर्माण गरिरहेको तटबन्धका विषयमा दुई देशका अधिकारीबीच सोमबार जिल्ला प्रशासन कार्यालय दार्चुलामा छलफल भएको हो।, आइतबार नेपाल–भारतका स्थानीयबीच तटबन्धको विषयलाई लिएर दोहोरो ढुङ्गामुढा भएको थियो। ढुङ्गामुढा ...
सेतोपाटी संवाददाता कञ्चनपुरको वेदकोट नगरपालिकाले छाडा पशु छोड्नेलाई कारबाही गर्ने चेतावनी दिएको छ। , नगरपालिकाले शुक्रबार एक सूचना जारी गर्दै यस्तो चेतावनी दिएको हो। , नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत पदमराज भट्टले केही दिनयता गाउँबस्तीबाट चौपाया ल्याएर सडक र सार्वजनिक स्थानमा छोड्ने गरिएको र यसले समस्या उत्पन्न भए...
डम्मर बुढामगर भाषा, कला, संस्कृति र परम्परा पहिचान हुन्।, पहिचानसँग जोडिएका पुराना संस्कार संस्कृति आधुनिक प्रविधिको विकासले संकटमा छन्। जसका कारण मौलिक पहिचान नै गुम्ने खतरा बढाएको छ। एक दशक अगाडिसम्म देखिने मौलिक संस्कृति अहिले निकै कम भेटिन्छन्।, सूचना, प्रविधिको विकासले हरेक क्षेत्र डिजिटलमय बनेको छ। सहरदेखि गाउँस...
सेतोपाटी संवाददाता काठमाडौंमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। , तार्केश्वर नगरपालिका-३ तीनपिप्लेमा बागमती प्रदेश ०२-०२५ प ६१८९ नम्बरको मोटरसाइकल आइतबार राति दुर्घटना भएको हो। , दुर्घटना हुँदा सोही ठाउँका २३ वर्षीय सविन फुयालको मृत्यु भएको प्रहरीले जनाएको छ।, दुर्घटनापछि गम्भीर घाइते भएका उनलाई ग्रीनसि...
भगवती पाण्डे सेवाग्राहीले भनेको गैरकानुनी काम गर्न ईन्कार गर्दा रूपन्देहीको तिलोत्तमा नगरपालिकाका कर्मचारी ईश्वरी भण्डारीमाथि कुटपिट भएको छ।, नगरपालिकाको अमिन पदमा कार्यरत भण्डारीमाथि आईतबार दिउँसो तिलोत्तमा वडा नं. ७ निवासी खिमानन्द काफ्लेले कार्यकक्षभित्रै हातपात गरेका थिए।, लालपूर्जामा पाँच धुर मात्रै जग्गा भए पनि ...
सेतोपाटी संवाददाता पुस ५ गतेदेखि एक महिना चितवनको नारायणगढ-मुग्लिन सडकखण्डमा दैनिक चार घन्टा सवारी साधन रोकेर पुल निर्माणका काम गरिने भएको छ।, यस सडकखण्डमा पर्ने चार वटा पुल निर्माण गर्न बाँकी छ।, सिमलताल, कालीखोला, तुइनखोला र चिसेन्जी खोलामा पुल निर्माण गर्नका लागि सवारी साधन नै रोकेर कामलाई तीव्रता दिन लागिएको हो।, ...
युवराज श्रेष्ठ पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनको पूर्वसन्ध्यामा आपतकालीन पूर्वाभ्यास गरिएको छ।, विमानस्थल सञ्चालन गर्दा आकस्मिक सेवा चुस्त दुरूस्त राख्न यस्तो अभ्यास गरिएको विमानस्थल प्रमुख विक्रम गौतमले बताए।, ‘विमानस्थल चलाउँदा धेरै निकाय परिचालित हुन्छ,’ उनले भने, ‘दुर्घटनाका अवस्थामा कुनै कमजोरी ...
रासस धादिङको त्रिपुरासुन्दरी गाउँपालिका–३ मूलपानीस्थित आहालेमा वृद्ध दम्पती मृत भेटिएका छन्।, जिल्लाको उत्तरी क्षेत्रमा पर्ने आहालेका विष्णुबहादुर आलेमगर र निरमाया आलेमगर आफ्नै घरमा मृत भेटिएका हुन्। , जस्ता र काठले बनेको घरमा बस्दै आएका उनीहरूलाई आज बिहान ८ बजे स्थानीयबासीले मृतावस्थामा फेला पारेको त्रिपुरासुन्दरी–३ ...
नारायण खड्का राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्ट केही दिनअघि वडा नम्बर ९ को देवीकोट पुगेका थिए।, उनी वडा कार्यालयले राखेको एउटा कार्यक्रममा सम्बोधन गर्न गएका थिए र मञ्चमा आसीन थिए। उनी प्रमुख अतिथि थिए।, तल चौरमा उनलाई कुरेर गाउँका दुई महिला उभिएका थिए।, यी महिला आफ्नो गाउँघरका समस्या सुनाउन नभई आफ्नो रोगबारे भन्...
अजयकुमार साह झट्ट हेर्दा विश्वासै लाग्दैन, कुनै समय यहाँ बस्ती थियो। चुरे विनाशको कारण कुनै बेला धनुषामा रहेको यो गुल्जार बस्तीको अहिले नामोनिसान छैन।, तत्कालीन धनुषाको दिगम्बरपुर गाविस–४ छेडीपोखरी मानवविहीन बन्न पुगेर त्यहाँका सम्पूर्ण गाउँले अन्यत्र बसाइँ सर्न विवश भएका छन्। हाल उनीहरू गाउँभन्दा करिब दुई किलोमिटर पर...
सेतोपाटी संवाददाता काठमाडौंको हलचोकमा रहेको सशस्त्र प्रहरी बलको मुख्यालयमा रहेको क्यान्टिनमा प्रेसर कुकर विस्फोट हुँदा तीन जना घाइते भएका छन्। , शनिबार राति करिब साढे ८ बजेतिर क्यान्टिनमा खाना पकाउनेक्रममा एक्कासी विस्फोट हुँदा तीन जना घाइते भएको सशस्त्र प्रहरी बलले जनाएको छ। , घाइते हुनेमा एक जना बालक र दुई जना जवान ...
रासस गोरखाको अजिरकोट गाउँपालिकामा २४ सै घण्टा विशेषज्ञ चिकित्सकसहित स्वास्थ्योपचार सेवा सुरू गरिएको छ।, गाउँपालिकाले भच्चेक आधारभूत स्वास्थ्य अस्पतालबाट २४ सै घण्टा स्वास्थ्योपचार प्रदान गर्न सुरू गरेको गाउँपालिका अध्यक्ष दीपक देवकोटाले जानकारी दिए।, नागरिकलाई स्वास्थ्यमा सहज पहुँच पुर्‍याउने उद्देश्यले पाँच शय्याको आ...
निशा भण्डारी ललितपुर महानगरपालिकाले आफ्नो स्थापनाको १०४ औं वर्ष प्रवेशको अवसरमा फोटो प्रदर्शनीको आयोजना गरेको छ। , ललितपुर नगर प्रहरीको संयोजनमा आयोजित फोटो प्रदर्शनीको मेयर चिरीबाबु महर्जनले शुक्रबार एक कार्यक्रमबीच उद्घाटन गरेका छन्।, पाटन दरबार परिसरमा २ दिनसम्म चल्ने फोटो प्रदर्शनीमा ललितपुर महानगरपालिका भित्र नगर...
एजेन्सी तीन वर्षअघि विश्वव्यापी महामारीका रूपमा फैलिएको कोरोनाभाइरस शवबाट पनि सर्न सक्ने वैज्ञानिक अनुसन्धानहरूले देखाएका छन्।, द न्युयोर्क टाइम्सका अनुसा जापानको चिबा विश्वविद्यालयका अनसन्धानकर्ताले हालै गरेका अनुसन्धानमा संक्रिमतको मृत्यु भएपछि निकै दिनसम्म पनि कोरोना भाइरसका जिवाणु शवमा रहने र त्यहीँबाट अरूलाई सर्न...
दिपकजंग शाही इख नभएको मान्छे र बिख नभएको सर्पले केही गर्न सक्दैन भन्ने नेपाली उखान वीरेन्द्रनगर, चौखेढुंगाका इमानसिं बस्नेतको जीवनमा ठ्याक्कै चरितार्थ भयो।, बिरामी हुँदा बिदा नपाएको झोँकमा जागिर छाडेर हिँडेका इमानसिंह स्वरोजगारीबाट हाल मासिक साढे एक लाख रुपैयाँ कमाइ गर्छन्।, उनले राष्ट्रिय स्तरको पुरस्कार पाएका छन्। प...
रासस महोत्तरीको रामगोपालपुर नगरपालिकामा प्रहरी र स्थानीय बासिन्दाबीच झडप हुँदा पाँच जना प्रहरी घाइते भएका छन्।, जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी उपरीक्षक कृष्ण पङ्गेनीका अनुसार झडपमा नेपाल प्रहरीका दुई, सशस्त्र प्रहरीका दुई र एक जना रामगोपालपुर नगरपालिकाका नगर प्रहरी घाइते भएका छन्।, रामगोपालपुर नगरपालिका–५ बस...
रासस बसको ठक्करबाट कञ्चनपुरमा एक जना विद्यार्थीको मृत्यु भएको छ।, आज बिहान पूर्वपश्चिम महेन्द्र राजमार्गअन्तर्गत सुडामा ना ७ ख ६५२१ नम्बरको बसले साइकलयात्री विद्यार्थीलाई ठक्कर दिएको हो।, बसको ठक्करबाट बेदकोट नगरपालिका–६ का कविराज बैजको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक चक्रबहादुर शाहल...
रासस सर्लाहीको हरिपुर नगरपालिकामा मानसिक सन्तुलन ठीक नभएका युवकले आफ्नै घरमा आगो लगाउँदा १५ लाख रुपैयाँभन्दा बढीको क्षति भएको छ। , सर्लाहीको मध्यभागमा पर्ने हरिपुर–२ सानो जगतपुरका कुम्भमाया बराल न्यौपानेका छोरा दीपक न्यौपानेले सोमबार राति आफ्नै घरमा आगो लगाएका थिए। , इँट्टा र काठले बनेको दुई तले घर पूर्ण रूपमा जलेर नष...
सेतोपाटी संवाददाता नेपालका सीमान्तकृत समुदायको अंग्रेजी भाषा र प्रविधिमा पहुँच अनुसन्धानमा आधारित नीतिगत सुझाव पत्रमाथि छलफल गरिएको छ।, त्रिभुवन विश्वविद्यालय शिक्षा विकास तथा अनुसन्धान केन्द्रले सोमबार अनुसन्धानात्मक नीतिगत सुझाव पत्रमाथि सरोकारवालाहरूसँग छलफल गरेको हो।, निम्न आयस्रोत भएका देशमा सीमान्तकृत समुदायको अ...
सेतोपाटी संवाददाता चितवन प्रहरीले जिल्लाका सबै विद्यालय र क्याम्पसहरुमा ‘चेतनामूलक विद्यालय पाठ्यसामग्री’ पढाउने समझदारी गरेको छ।, जिल्ला प्रहरी कार्यालयले सातवटै स्थानीय तहहरुमा छुट्टा–छुट्टै कार्यक्रम गरेर उक्त पाठ्यसामग्री अध्यापनका लागि प्रधानाध्यापक तथा क्याम्पस प्रमुखहरुसँग सम्झौता गरेको छ।, स्थानीय तहहरुको सहयो...
सेतोपाटी संवाददाता हाल देशका पहाडी भूभागमा आंशिक बदली रही तराईमा हुस्सु र कुहिरो लागिरहेको छ।, जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज पनि देशका केही ठाउँमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ।, पछिल्लो समय नेपालमा बिहारमा रहेको न्यून चापीय प्रणालीको सामान्य प्रभाव परेकाले मौसम बदली भएको महाशाखाले जनाएको छ। , ...
सेतोपाटी संवाददाता हस्ताक्षर कीर्ते गरेको आरोपमा महोत्तरीबाट एक जना महामहन्तलाई प्रहरीले पक्राउ गरेको छ। , जिल्‍ला प्रहरी कार्यालय महोत्तरीले आइतबार बिहान मटिहानी मन्दिरका महामहन्त जगरनाथ दासलाई पक्राउ गरेको एसपी कृष्ण पंगेनीले जानकारी दिए। , उनलाई पक्राउ गरी आइतबार नै रूपन्देही पठाइएको छ। दास महोत्तरीमा चर्चित व्यक्त...
रासस सर्लाहीको हरिपुर नगरपालिका–९ पिडारीमा चिसोले कठ्याङ्ग्रिएर मुसहर समुदायका २ जनाको मृत्यु भएको छ।, हरिपुर नगरपालिका–९ पिडारीका ४० वर्षीय रमेश माझी र हरिपुर नगरपालिका ६ लक्ष्मीपुर कोद्राहका ६५ वर्षीय रामभगत माझीको चिसोले कठ्याङ्ग्रिएर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ।, ज्याला मजदुरीको काम गर्ने...
सेतोपाटी संवाददाता काठमाडौं उपत्यकामा मंगलबार बिहान २७० जना ट्राफिक प्रहरीको कारबाहीमा परेका छन्। , काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले गरेको विशेष चेकिङमा २७० जनालाई कारबाही गरेको हो। , विभिन्न ट्राफिक नियमको उल्लंघन गरेकाले उनीहरूलाई कारबाही गरेको कार्यालयका प्रवक्ता एसएसपी राजेन्द्रप्रसाद भट्टले जानकारी दिए।...
सुदीप श्रेष्ठ भगवानको जन्म कसरी भयो होला?, यसको ठ्याक्कै जवाफ त सायद कसैलाई थाहा छैन। सामाजिक अध्येताहरूको अहिलेसम्मको खोजबिनका आधारमा हामी यतिसम्म अड्कल काट्न सक्छौं —, परापूर्वकालमा जब मान्छेसँग समेट्नु र साट्नुपर्ने अनुभवहरू बढ्दै गए, उनीहरूले ती अनुभवलाई कथाको ढाँचा दिए होलान्। पुस्ता–दर–पुस्ता कथा भन्दै जाँदा, लौ...
सेतोपाटी संवाददाता सर्वोच्च अदालतको फैसलाले जेलमुक्त भएका चार्ल्स शोभराजलाई आजै फ्रान्स पठाइएको छ।, केन्द्रीय कारागारबाट हिरासतमुक्त सिरियल किलर शोभराजलाई अध्यागमन विभागले साँझको छ बजे फ्रान्स पठाएको अध्यागमन विभागकी निमित्त प्रमुख प्रदर्शनी कुमारीले जानकारी दिइन्। , उनका अनुसार शोभराजलाई शुक्रबार साँझ ६ बजे कतार एयरव...
विवेक राई स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले हिजो विज्ञप्तिमार्फत् नेपालमा फेरि कोरोनाको जोखिम बढेको बताएसँगै धेरैलाई अब फेरि कोरोना फैलिन थालेको हो भन्ने लागेको छ। , मन्त्रालयले पछिल्लो समय छिमेकी देशहरू चीन र भारतमा संक्रमण बढेपछि त्यसको जोखिम नेपालमा पनि बढेको बताएको छ। , खासगरी ओमिक्रोनको नयाँ सवभेरियन्ट 'बीएफ-७' ...
सेतोपाटी संवाददाता सर्वोच्च अदालतको फैसलापछि जेलमुक्त भएका सिरियल किलर चार्ल्स शोभराजलाई आजै फ्रान्स पठाइने भएको छ। , उनलाई डिपोर्ट गर्न त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पुर्‍याइएको अध्यागमन विभागकी निमित्त प्रमुख प्रदर्शनी कुमारीले जानकारी दिइन्। , शोभराजलाई शुक्रबार साँझ ६ बजेको फ्लाइटबाट फ्रान्स पठाउन लागिएको ह...
सेतोपाटी संवाददाता पोखराको नयाँ बजार बस्दै आएकी २२ वर्षीया अस्मिता लिम्बू मंसिर २० गते घर मोरङ जाने तयारीमा थिइन्।, घर जान उनले बस टिकटसमेत काटेकी थिइन्। भोलिपल्ट घर जान लागेकी अस्मितालाई अघिल्लो दिन मंसिर १९ मा उनकी दिदी रुविना र साथीहरूले नजिकै चलिरहेको औद्योगिक व्यापार मेला हेर्न लगे।, मेला सकिनै लागेको थियो। साँझ ...
सेतोपाटी संवाददाता बारामा एक जना भारतीय नागरिकमाथि गोली प्रहार गरी हत्या भएको छ। , शुक्रबार साँझ साढे ५ बजे महागढीमाई नगरपालिका-२ भुतही पुलमा एक भारतीय नागरिकमाथि गोली प्रहार गरी हत्या भएको जिल्ला प्रहरी कार्यालयका एसपी होबिन्द्र बोगटीले जानकारी दिए। , मृतक भारतको मोतिहारी छौडादानो बस्ने ४५ वर्षीय शिवपुजन यादव छन्।, उ...
नारायण खड्का दाङको चौघेरामा जन्मेकी विमला योगी तीन दशकअघि विद्यालय तहमा स्थायी शिक्षक थिइन्। छोरीलाई पढाउनु जरुरी छैन भन्ने जमानामा पढेर उनी शिक्षक भइन्। त्यसैले उनी गाउँमा उनको कम्ता मान थिएन।, २०२५ सालमा जन्मेकी विमलाले समाजशास्त्र र अर्थशास्त्रमा एमएसम्म पढिन्।  , ‘छोरीलाई पढाउन जरुरी छैन भन्ने मानसिकता भएको समाज थ...
सेतोपाटी संवाददाता त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट १९ किलो सुनसहित एक जना विदेशी नागरिक पक्राउ परेका छन्।, पक्राउ पर्नेमा सुडानका नागरिक मोहम्मद अहम्मद छन्।, शुक्रबार २:१५ को फ्लाइटमा फ्लाई दुबईको उडानबाट नेपाल आएका उनलाई विमानस्थल भन्सार कार्यालयका कर्मचारीले चेक गरेका थिए।, चेक गर्दा उनको साथबाट १९ किलो सुन बर...
निशा भण्डारी अधिवक्ता निहिताविश्वासले १९ वर्ष जेल बसेर छुटेका चार्ल्स शोभराजलाई सुरक्षित घर फर्काउन चाहेको बताएकी छन्। , उनले शुक्रबार सेतोपाटीसँग कुरा गर्दै शोभराजलाई मुटुको भल्भको समस्या रहेको र सुरक्षित घर फर्काउन जरूरी भएको बताइन्। , शोभराजको स्वास्थ्य स्थितिलाई लिएर सर्वोच्चले कैदमुक्त गरेको र मुटुको रोग लागेर नि...
नवीनबाबु गुरूङ यसपटकको तमु ल्होसारको सम्पूर्ण तयारी पूरा भएको छ। यसपटक तमु गुरुङ समुदायले 'तो ल्हो' (बाघ वर्ग) को बिदाइ गर्दै 'हि ल्हो' (बिरालो वर्ग) को स्वागत गरेर भव्य रूपमा मनाउने भएको हो। , आज काठमाडौंको गोंगबुस्थित तमु ह्युल छोंज धी गुरुङ राष्ट्रिय परिषदमा पत्रकार सम्मेलन गर्दै तमु ल्होसार मूल आयोजक समितिले आफ्नो...
सेतोपाटी संवाददाता काठमाडौंको रत्नराज्यलक्ष्मी (आरआर) कलेजमा दुई पक्षबीच झडप भएको छ। , बुधबार बिहान आरआर कलेजमा दुई पक्षबीच झडप हुँदा विद्यार्थीहरू घाइते भएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी दिनेशराज मैनालीले जानकारी दिए। घाइतेको उपचारको लागि मोडल अस्पताल लगिएको छ।, भलिबल खेल्ने कुरामा विवाद सुरू हुँदा विद्यार्थीह...
सेतोपाटी संवाददाता काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम यो वर्षकै कम देखिएको छ। , मौसम पूर्वानुमान महाशाखाका मौसमविद्का अनुसार आज बिहान ५:४५ बजेको मापन अनुसार उपत्यकाको तापक्रम ३.४ डिग्री सेल्सियस छ।, मौसमविद्‍ राजु प्रधानांगका अनुसार आज हिजो मंगलबार साँझ ५.४५ बजेको मापन अनुसार उपत्यकाको न्यूनतम तापक्रम ३ दशमलव ८ डिग्री...
सेतोपाटी संवाददाता पाल्‍पामा टिपर दुर्घटना हुँदा सहचालकको मृत्यु भएको छ। , सोमबार बिहान साढे ५ बजे निस्दी गाउँपालिका-७ पिपेन्डिस्थित सर्वोत्तम चुनढुंगा खानी नजिकै सुनवल भित्री कच्ची सडकमा टिपर दुर्घटना भएको हो।, टिपर दुर्घटनामा सहचालकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका डिएसपी वीरेन्द्र थापाले जानकारी दिए। , हावा भ...
सेतोपाटी संवाददाता चिसो बढेसँगै हिटर-कोइला बाल्दा दुर्घटना हुन सक्ने भन्दै प्रहरीले सात बुँदे अनुरोध गरेको छ। , जिल्ला प्रहरी परिसर काठमाडौंले सूचना जारी गर्दै सात बुँदे अनुरोध गरेको हो। , कोठा तताउन हिटर, कोइलालगायत बाल्दा गुम्सिएर दुर्घटना हुन सक्ने हुँदा प्रहरीले सचेत हुन भनेको हो। , यसरी गुम्सिँदा सुरूमा टाउको दुख...
सेतोपाटी संवाददाता धनुषामा रेलले किचेर एक जना पुरूषको मृत्यु भएको छ।, जयनगरबाट-जनकपुर आउँदै गरेको रेलले किचेर दुर्घटना भएको प्रहरीले जनाएको छ। , विदेह नगरपालिका-९ स्थित वैदेही स्टेशनमा नगराइन नगरपालिका-२ बस्ने ३५ वर्षीय पुरन साहको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनुषाका डिएसपी प्रदिप क्षेत्रीले जानकारी दिए। , उनका ...
नारायण खड्का दाङको राजपुर गाउँपालिका वडा नं. ५ गंगदीको साधारण माध्यमिक विद्यालय कक्षा ८ मा अध्ययनरत सुनिता चौधरी स्थानीय विषयवस्तु किताबमा पढ्न पाउँदा निकै खुसी छिन्। , आफैंले देखेको र भोगेको समाज किताबमा पढ्दा सुनितालाई औधी खुसी लाग्ने गर्छ।, ‘आफैंले देखेका धार्मिकस्थल, गाउँ घरमा गरेको काम किताबमा पढ्दा खुबै चासो हुन...
एजेन्सी जापानमा पछिल्लो समयमा कोरोना भाइरसको संक्रमण तीव्र रूपमा बढेको छ। जापानको स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा दुई लाख भन्दा बढी सक्रमित फेला परेका छन्। , यो संख्या अगष्ट पछिकै सबैभन्दा धेरै हो। अगष्ट १९ मा जापानमा दुई लाख ६१ हजार २५२ जनामा सङ्क्रमण देखिएको थियो। , पछिल्लो २४ घन्टामा २ लाख २ हजार ८५...
सिर्जना राई काठमाडौं महानगरपालिकाको पुरानो बसपार्कमा निर्माणाधीन काठमाडौं भ्यूटावर अर्काे वर्ष सञ्चालनमा आउने भएको छ।, जलेश्वर स्वच्छन्द विकोइ विल्डर्स कम्पनीका प्राविधिक सल्लाहकार एवं इञ्जिनियर विमल रिजालले महानगरको सहयोगमा एक वर्षदेखि धेरैमा डेढ वर्षभित्र भ्यूटावर निर्माण सम्पन्न भई सञ्चालन हुने जानकारी दिए। , विसं ...
विवेक राई झापाका दुधलाल नेम्वाङ सोमबार अमेरिकाको टेक्सासबाट काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल ओर्लिए। दुधलालले साथमा एउटा नयाँ फोन पनि बोकेर ल्याएका थिए। , तर जब उनी सोमबार बिहान विमानस्थल ओर्लिए, उनको नयाँ फोन भन्सार कार्यालयले जफत गरिदियो। , घटनाबारे सुनाउँदै दुधलालले सेतोपाटीसँग भने, 'सेक्युरिटी जाँच...
रासस १७ वर्षीया बालिकालाई आत्महत्या गर्न दुरुत्साहन गर्ने आरोप लागेका २ जनालाई कैद र जरिवानाको फैसला भएको छ।, गम्भीर अपराधको घटना मिलाउन दबाब दिने सप्तरी डाक्नेश्वरी नगरपालिका–७ ब्रहमपुर ललितपुरका ५० वर्षीय शत्रुघन मण्डल र ४५ वर्षीय उचितलाल मण्डललाई एक वर्ष कैद सजायको फैसला भएको हो।, जिल्ला न्यायाधीश हेमन्त रावलको इजल...
सेतोपाटी संवाददाता कीर्तिपुर अस्पतालको तेस्रो तलाबाट हामफाल्दा एक जना युवक घाइते भएका छन्।, सोमबार राति साढे १० बजे एक युवक हाम्फालेर घाइते भएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी दिनेशराज मैनालीले बताए।, बझाङ दुर्गाथली गाउँपालिका वडा नम्बर ५ घर भई कीर्तिपुर नगरपालिका वडा नम्बर ८ पाँगामा डेरा गरी बस्ने २२ वर्षीय सुनि...
सेतोपाटी संवाददाता पश्चिमी न्यून चापीय प्रणालीको सामान्य प्रभावले तराईमा हुस्सु लाग्नुका साथै उच्च पहाडी क्षेत्रमा हल्का हिमपात भइरहेको छ।, जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले बिहान काठमाडौंको आकाश पनि धुम्म छ। चिसो बढेको छ।, दिउँसो प्रदेश १, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका एक–दुई स्थान...
रासस कर्मचारी भएपछि निश्चित उमेरपछि अवश्य अवकाश पाइन्छ, भलै सेवा क्षेत्रअनुसार उमेरको हदबन्दी फरक-फरक हुनसक्ला। तर केही कर्मचारीले कहिल्यै अवकाश पाउँदैनन् भन्दा तपाईंलाई विश्वास नलाग्न सक्छ। विश्वास नलागेर पनि के गर्नु! नेपालमा यस्ता कर्मचारी पनि छन् जो कहिल्यै अवकाश हुँदैनन्।  , जीवनकालमा कहिल्यै अवकाश नपाउने कर्मचार...
नवीनबाबु गुरूङ काठमाडौंसहित देशभरि अहिले चिसो निकै बढेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार काठमाडौंमा मंगलबार बिहानको न्यूनतम तापक्रम ४.२ डिग्री सेल्सियस छ। पश्चिमी न्यून चापीय वायुको प्रभावले राम्ररी घाम लाग्न सकेको छैन। , चिसो बढेसँगै जनजीवन प्रभावित बन्न थालेको छ भने शहरी क्षेत्रमा वायु प्रदुषण पनि बढेको छ। यसको...