content
stringlengths
20
64.1k
रासस इलामको चुलाचुलीमा गत बुधबार भएको हत्यामा संलग्न नौ जनालाई प्रहरीले पक्राउ गरी अनुसन्धान सुरु गरेको छ।, झापाको दमकस्थित बेलडाँगी शरणार्थी शिविरमा बस्ने ४४ वर्षीय एलबी भनिने लालबहादुर गुरुङको हत्यामा संलग्न भएको आरोपमा प्रहरीले चुलाचुली–४ का नरेन्द्र दर्जी, नरेशकुमार याखा, अभिषेक केरुङ, सेसेहाङ याखा, चन्द्रकुमार एव...
सेतोपाटी संवाददाता हाल देशभरको मौसममा आंशिकदेखि सामान्य बदली रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।, मनसुनको न्यून चापीय रेखा पश्चिमतिर सरदर स्थानको आसपास तथा पूर्वतिर सरदर स्थानको उत्तरतिर छ। भारतको उत्तर-पूर्वी राजस्थानमा न्यून चापीय क्षेत्र सरदर स्थानमा छ।, जसको प्रभावले प्रदेश नं १, बागमती प्रदेश तथा सुदूरपश्...
नवीनबाबु गुरूङ दसैं नजिकिँदै गर्दा मानिस र सवारीसाधनको भिडभाड मध्यनजर गर्दै महानगरीय ट्राफिक महाशाखाले खुलामञ्चमा पार्किङ व्यवस्था गरेको बताएको छ।, महाशाखाले शुक्रबार एक विज्ञप्ति जारी गर्दै चारपांग्रे सवारीसाधनलाई न्युरोड क्षेत्रमा प्रवेश निषेध गर्ने र खुलामञ्चमा पार्किङ व्यवस्था गरिएको बताएको थियो।, शनिबार बिहान १० ...
नारायण खड्का सल्यानको मुलपानीमा मध्यराति जीप दुर्घटना हुँदा एक बालकसहित ८ जनाको मृत्यु भएको छ। , मृतकमध्ये एक महिला र सात पुरूष रहेको इलाका प्रहरी कार्यालय सल्यान कपुरकोटमा कार्यरत एक प्रहरीले ,सेतोपाटी,लाई जानकारी दिए। थप एक जना घाइतेलाई उपचारका लागि दाङ तर्फ पठाइएको छ।, हालसम्म मृतक कसैको पनि पहिचान खुलिसकेको छैन।, ...
सेतोपाटी संवाददाता गोरखाको मनास्लु हिमालमा हिउँपहिरो जाँदा १० जनाभन्दा बढी घाइते भएका छन्।, चुमनुब्री गाउँपालिका वडा नम्बर १ मनास्लु हिमालमा सोमबार मध्यान्ह १२ बजे हिउँ पहिरो खसेको थियो।, अक्सिजनलगायत सामग्री पुर्‍याउन गएकाहरू हिउँ पहिरोमा परेका छन्।, घाइतेको उद्धारका लागि दुइटा हेलिकप्टर पठाइए पनि मौसम प्रतिकूल हुँदा...
सेतोपाटी संवाददाता मुस्ताङका च्याङ्ग्रा भक्तपुरको सल्लाघारीमा ल्याइएको छ।, दसैंका लागि बिक्री गर्न मुस्ताङदेखि भक्तपुरमा च्याङ्ग्रा ल्याइएका हुन्।, भक्तपुर ल्याइएका च्याङ्ग्रा बिक्री गर्न थालिएको छ।, जिउँदो च्याङ्ग्रा प्रतिकिलो एक हजार तीन सय रूपैंयाका दरले बिक्री गरिएको व्यापारीहरू बताउँछन्।, तयारी मासु भने प्रतिकेजी...
नारायण खड्का सल्यानमा गएराति भएको डबल क्याप जीप दुर्घटनामा परि आठ जनाको मृत्यु भएको छ। मृतक सबै जिल्लाको कपुरकोट गाउँपालिका वडा नं. ६ जलवाङका स्थानीय हुन्। , बाँकेको ढकेरीबाट सल्यानको कपुरकोट जलवाङतर्फ जाँदै गरेको रा १ ज ५६३ नम्वरको जीप गएराति करिब १ बजे कपुरकोट गाउँपालिका वडा नं. ३ मुलपानीमा दुर्घटना भएको थियो।, ९ जन...
नारायण न्यौपाने/रासस नेपाली सेनाले विश्वशान्ति स्थापना कार्यमा योगदान पुर्‍याएबापत हालसम्म एक लाख ४१ हजार दुई सय ५९ ‘शान्ति पदक’ प्राप्त गर्न सफल भएको छ।, संयुक्त राष्ट्रसंघको आह्वानमा विश्वका विभिन्न द्वन्द्वग्रस्त मुलुकमा स्थापना गरिएका शान्ति मिसनमा रही सुम्पिएको जिम्मेवारी कुशलतापूर्वक सम्पन्न गरेवापत सेनाले उक्त ...
सेतोपाटी संवाददाता मोरङमा उपचारको क्रममा रहेका दुई जना कैदी फरार भएका छन्।, शनिबार बिहान क्षयरोग निवारण संस्था विराटनगरमा उपचाररत दुई जना कैदी फरार भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक (एसपी) शान्तिराज कोइरालाले जानकारी दिए। कैदी राजकुमार हेमरम र बन्दी मञ्जिल गुरुङ फरार भएका हुन्।, झापा जिल्‍ला कारागारका उनीह...
सेतोपाटी संवाददाता नेपाल मेडिसिटी अस्पताल र रेडियोलोजीको लागि रूसी वैज्ञानिक केन्द्रबीच अनुसन्धान आदानप्रदान गर्ने सहमति भएको छ।, मेडिसिटी अस्पतालका अध्यक्ष उपेन्द्र महतोको निमन्त्रणामा नेपाल आएका केन्द्रका उपनिर्देशक  वरिष्ठ युरोलोजिष्ट प्राध्यापक डा पाव्लव एन्ड्रे  युरिभिचले शैक्षिक कार्यक्रम आदनप्रदान गर्ने समेत बत...
सेतोपाटी संवाददाता अमेरिकाकी चर्चित स्की पर्वतारोही हिलारी नेल्सन गोरखाको मनास्लु हिमालमा मृत फेला परेकी छन्।, गत सोमबार बिहान उनी आफ्ना साथीसँग मनास्लुको चुचुरोमा पुगेकी थिइन्। स्की गरेर फर्किने बेलामा उनी खोंचमा खसेर हराएकी थिइन्। ४९ वर्षीया नेल्सन २ हजार फिट गहिरो खोंचमा परेकी थिइन्।, सांग्रिला नेपाल ट्रेकमार्फत् न...
सेतोपाटी संवाददाता सल्यान जीप दुर्घटनाका एक मात्र घाइतेको पनि उपचारका क्रममा बाँकेमा बिहीबार मृत्यु भएको छ। , सल्यानको कपुरकोट गाउँपालिका वडा नम्बर ६ जलबाङका ३५ वर्षीय तिलक वलीको बेलुका पाँच बजेतिर बाँकेस्थित नेपालगन्ज मेडिकल कलेज कोहलपुरमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी प्रमुख डिएसपी दामोदर केसीले सेतोपाटील...
नारायण ढुंगाना/ रासस काठमाडौंको नागढुंगामा सवारी साधनको चाप बढेकाले त्यहाँबाट सुरू भएको आज बिहानको जाम थानकोटसम्म आइपुगेका थियो।, सवारी साधनको लाम शुक्रबार साँझ पनि उत्तिकै थियो। काठमाडौंको कलंकी होस् या अन्य विभिन्न नाकामा त्यसैगरी सवारी साधनको चाप छ। यात्रुको भीड पनि उत्तिकै छ। प्रहरीलाई सवारी साधनको भीड मिलाउन हम्य...
सेतोपाटी संवाददाता रूपन्देहीमा शुक्रबार राति भएका दुई छुट्टाछुट्टै सवारी दुर्घटनामा दुई जनाको ज्यान गएको छ।, बुटवलमा भएको दुर्घटनामा ४० वर्षीय महिलाको र तिलोत्तमामा भएको दुर्घटनामा २३ वर्षीय युवाको मृत्यु भएको प्रहरीले जनाएको छ।, सिद्धार्थ राजमार्ग अन्तरगत तिलोत्तमाको ड्राइभरटोल नजिकै शुक्रबार राति पौने ११ बजेतिर मोटर...
सेतोपाटी संवाददाता इटहरी उपमहानगरका पूर्व-मेयर द्वारिकलाल चौधरी नेकपा माओवादी केन्द्रमा प्रवेश गर्ने निश्चित भएको छ।, एमाले नेता चौधरीलाई माओवादी केन्द्रले प्रदेशसभामा टिकट दिने बताएपछि उनी माओवादी प्रवेश गर्न लागेका हुन्।, नेता चौधरीले माओवादी प्रवेश गर्न लागेको पुष्टि गरे।, ‘टिकटको कुरा के हुन्छ २३ गते थाहा हुन्छ, म...
सेतोपाटी संवाददाता सुनसरीमा ससुराको हत्या गरेको आरोपमा प्रहरीले बुहारीलाई पक्राउ गरेको छ।, भोक्राहानरसिंह गाउँपालिका-६ पिपलचोक बस्ने ७० वर्षीय खटर मण्डलको हत्या गरेको आरोपमा उनकै बुहारी ३५ वर्षीया गुड्डी मण्डललाई प्रहरीले पक्राउ गरेको हो। शनिबार बिहान उनलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ। , गुड्...
रासस मासु खाँदा घाँटीमा अड्किएर चितवनका एक जना पुरुषको मृत्यु भएको छ।, मृत्यु हुनेमा कालिका नगरपालिका–८ गैरिबारीका ५० वर्षीय धनबहादुर दानी क्षेत्री छन्।, सोमबार साँझ मासु खाने क्रममा घाँटीमा अड्किएपछि उनलाई उपचारका लागि भरतपुरको पुरानो मेडिकल कलेज ल्याइएको थियो।, पुरानो मेडिकल कलेज पुर्‍याउना साथ उनको मृत्यु भएको जिल्...
सुसन चौधरी प्रत्येक वर्ष महानवमीका अवसरमा मात्र खुला गरिने हनुमानढोका दरबार क्षेत्रभित्र रहेको तलेजु भवानीको मन्दिरमा बिहानैदेखि भक्तजनको भीड लागेको छ।, आश्विन शुक्ल नवमी अर्थात् महानवमीका दिन मात्र भक्तजनका लागि खुला गरिने यो मन्दिरमा सयौं भक्तजनको भीड लागेको छ।, आज मात्र खुल्ने मन्दिर भएकाले लाम बस्ने जतिलाई दर्शन ग...
सेतोपाटी संवाददाता बलात्कारको झुठो जाहेरी दिएको आरोपमा प्रहरीले एक जना महिलालाई भक्तपुरबाट पक्राउ गरेको छ।, नवलपरासी बर्दघाट चिसापानी घर भई काठमाडौंको जडिबुटी डेरा गरी बस्ने ३४ वर्षीया महिलालाई पक्राउ गरेको जिल्ला प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक (डिएसपी) राजु पाण्डेले जानकारी दिए।, उनले आफूलाई एक पुरूषले भ...
सेतोपाटी संवाददाता दाङमा बस दुर्घटना हुँदा ३४ जना घाइते भएका छन्। , शनिबार दिउँसो सवा ३ बजे घोराही उपमहानगरपालिका-३ भैंसीबगाउने खोला नजिकै बस दुर्घटना हुँदा ३४ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी उपरीक्षक (एसपी) वीरबहादुर ओलीले जानकारी दिए। , रा १ ख १८४५ नम्बरको बस घोराही-लमही सडकखण्डमा अनियन्त्रित भएर ...
सुदीप श्रेष्ठ आर्काइभबाट, एउटा जात्रा भए पो ‘उत्सव’ भन्नु, दसैं त बुंगमतीका लागि ‘महाउत्सव’ नै हो।, हुन पनि एकथोक हुन्छ र!, मनकामना देवी गोरखाको मन्दिर छाडेर तीन दिन यहाँ बास बस्न आउँछिन्। उनै मनकामना देवीले बुंगमतीका हयंग्रिभ भैरवसँग एक रात बिताउँछिन्।, भीमसेनको उद्दण्ड स्वभावबाट आजित भएपछि हनुमानले बाँसको अंकुशेमा अ...
सेतोपाटी संवाददाता दाङ, तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ११ बगरपुरको बबई नदीको किनारमा तीन शव फेला परेका छन्। , इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी पुष्पराज मल्लका अनुसार गाडिएका पुराना शवहरू बाढीका कारण निक्लिएर किनारमा आएको जानकारी दिए। , ‘गाडिएका पुराना शवहरू बबईमा आएको बाढीले निकालेर किनारमा फालेको रहे...
नारायण खड्का अविरल वर्षापछि राप्ती नदी र डुडुवा खोलामा आएको बाढी गाउँमा पस्दा डुडुवा गाउँपालिकाका चार गाउँ डुबानमा परेका छन्।, गाउँपालिकाअन्तर्गत कृषि चौफेरी, बडर चौफेरी, छोड्कु चौफेरी र सीता पुरूवा गाउँ डुबानमा परेको जिल्ला प्रहरी प्रवक्ता डिएसपी रामप्रसाद घर्तीले जानकारी दिए।, उनका अनुसार डुबानबाट झन्डै ८० घरपरिवार ...
रासस कञ्चनपुरको पुनर्वास नगरपालिकामा गए राति मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ।, जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी निरीक्षक लोकेन्द्र ठगुन्नाका अनुसार पुनर्वास नगरपालिका–११ हुलाकी सडकमा से७प ४७६५ नम्बरको मोटरसाइकल अनियन्त्रित भइ बिजुलीको पोलमा ठोक्किँदा दुवै जनाको मृत्यु भएको हो।, मृत्यु हुनेमा म...
रासस काठमाडौं उपत्यकामा बिहीबार दिनभर वर्षा हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। वर्षाका कारण दसैंमा टीका थाप्न मान्यजनकहाँ जान तथा मानिसलाई आवतजावतमा निकै कठिनाइ भइरहेको छ।, बुधबार रातिदेखि नै काठमाडौं उपत्यकामा लगातार पानी परिरहेको छ। उपत्यकामा गएको २४ घन्टामा २२ दशमलव ४ एमएम पानी परेको छ। मौसमविद् मञ्जु बासीका...
नारायण खड्का लुम्बिनी प्रदेशमा अबिरल वर्षापछि आएको बाढीका कारण विभिन्न जिल्लामा गरी हालसम्म चार जनाको मृत्यु भएको छ।, दाङमा दुई जनाको मृत्यु भएको छ भने अर्घाखाँचीमा एक र गुल्मीमा एक जनाको मृत्यु भएको हो।, त्यस्तै दाङमा एक जना र प्युठानमा एक जना बेपत्ता छन्।, दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १५ धमकापुरका ४८ वर्ष...
सेतोपाटी संवाददाता डोटीमा एक महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा ७७ वर्षीय पुरुष पक्राउ परेका छन्।, जोरायल गाउँपालिका –२ डाँडाखालीका ७७ वर्षीय श्रीधर भण्डारीलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको हो।, श्रीधरविरूद्ध २४ वर्षीय महिलालाई ललाइफकाई घर नजिकैको सामुदायिक वनमा लगेर जबरजस्ती करणी गरेको भन्ने उजुरी परेको प्रह...
सेतोपाटी संवाददाता चन्द्रागिरि नगरपालिकाले बिहीबार राति पहिरोमा पुरिएर मृत्यु भएकाको परिवारलाई तत्काल किरिया खर्चबापत ५० हजार रूपैयाँ दिने भएको छ।, चन्द्रागिरि नगरप्रमुख घनश्याम गिरीले शुक्रबार बिहान घटनास्थल अवलोकन तथा पहिरो पीडितका आफन्तजनसँग कुराकानी गर्दै उक्त जानकारी दिएका हुन्।, राति साढे एक बजे चन्द्रागिरि नगरप...
सेतोपाटी संवाददाता जुवा खेलिरहेका १५ जना व्यक्ति पाँच लाखभन्दा धेरै रूपैयाँसहित पक्राउ परेका छन्।, दाङको दंगीशरण गाउँपालिका वडा नम्बर ५ बालापुरमा जुवा खेलिरहेको अवस्थामा उनीहरूलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी पुष्पराज मल्लले सेतोपाटीलाई बताए। , वडा नम्बर ५ को डाँडा चिसस्थित देवराज गिरीक...
रासस जुम्लामा पहिरोले घर पुरिँदा एकै परिवारका सात जनाको मृत्यु भएको छ। पहिरोमा परेर दुई जना गम्भीर घाइते भएका छन्।, जुम्लाको कनकासुन्दरी गाउँपालिका–५ बारकोटेबाडामा स्थानीय गणेशबहादुर शाहीको घर पहिरोले पुरिँदा सातै जनाको घटनास्थलमै मृत्यु भएको जुम्लाका प्रहरी नायब उपरीक्षक नरेन्द्र चन्दले जानकारी दिए।, 'बिहान चार बजे प...
सेतोपाटी संवाददाता प्युठानमा शुक्रबार दिउँसो पहिरोले घर बगाउँदा बेपत्ता भएका ६ मध्ये तीन महिलाको शव फेला परेको छ।, माण्डवी गाउँपालिका वडा नम्बर ४ फरिन्डेमा स्थानीय ६० वर्षीय बमबहादुर राहु मगरको घर पहिरोमा पुरिँदा बेपत्ता ६ मध्ये बमबहादुरकी भाउजू थामी बुढा मगर, उनकी बुहारी २१ वर्षीया टेकी राहु मगर र टेकीकी बहिनी १८ वर्...
सेतोपाटी संवाददाता सन्दीप लामिछानेमाथि बलात्कार आरोप लगाएकी पीडित नाबालिग नभएको उनका वकिलले दाबी गरेका छन्।, सन्दीप लामिछानेकी वकिल सुधा रिजालले सोमबार काठमाडौं जिल्ला अदालत बाहिर पत्रकारसँग कुराकानी गर्दै पीडित भनिएकी युवती नाबालिग नभएको दाबी गरेकी हुन्।, ‘उहाँले दुईवटा जन्मदर्ता बनाएको देखिएको छ। सिलसिलाबद्ध रूपमा उ...
रासस घरको छतबाट लडेर पूर्वी चितवनमा एक जनाको मृत्यु भएको छ।, इलाका प्रहरी कार्यालय रत्ननगरका अनुसार मृत्यु हुनेमा नवलपुरको गैंडाकोटका ३५ वर्षीय शंकर श्रेष्ठ छन्।, कार्यालयका प्रहरी नायब उपरीक्षक रविनबाबु रेग्मीका अनुसार रत्ननगर नगरपालिका– ९ गणेशचोकमा रोशन आचार्यको घरको कम्पाउन्डमा आज बिहान श्रेष्ठ मृतावस्थामा फेला परे...
नारायण खड्का अविरल वर्षापछिको डुबानले दाङको देउखुरीमा झन्डै चार हजार घर डुबानमा परेका छन्। त्यस्तै दुई सय वटाभन्दा धेरै घर भत्किएका छन्।, दाङका प्रहरी प्रमुख एसपी वीरबहादुर वलीका अनुसार घरहरू डुबानमा पर्दा हजारौं मानिस विस्थापित भएका छन्।, दाङ उपत्यका अन्तर्गतको छुट्टै देउखुरी उपत्यकाको चार पालिकाहरू; राप्ती गाउँपालिक...
सेतोपाटी संवाददाता काठमाडौंमा जंगली भालुको आक्रमणबाट एक पुरुष घाइते भएका छन्।, महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी दिनेश मैनालीका अनुसार शंखरापुर नगरपालिका वडा नम्बर ८ घुमारिचोकका विमान थिङ भालुले टोकेर घाइते भएका हुन्। , सोही ठाउँको जंगलको बाटो हिँड्ने क्रममा विमानलाई शनिबार बिहान अन्दाजी ९ बजेतिर भालुले आ...
रासस जिल्ला प्रशासन कार्यालय मोरङले प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा सदस्य निर्वाचन २०७९ लाई मध्यनजर गरी इजाजतपत्र प्राप्त हातहतियार बुझाउन सार्वजनिक सूचना जारी गरेको छ।, गृह मन्त्रालयको निर्देशनअनुसार शनिबार जारी गरिएको सो सूचनाअनुसार आउँदो कात्तिक ४ गतेभित्र हतियारधनीहरूले बुझाइ सक्नुपर्ने प्रमुख जिल्ला अधिकारी का...
सेतोपाटी संवाददाता बाजुरामा पहिरोले घर पुरिएपछि एक जनाको मृत्यु भएको छ।, पहिरोले पुरिँदा जगन्नाथ गाउँपालिका-१ का अन्दाजी ४५ वर्षीय प्रभुलाल गिरीको सोमबार बिहान मृत्यु भएको हो।, जिल्ला प्रहरी कार्यालय बाजुराका अनुसार पहिरोमा पुरिँदा मृतककी आमा घाइते भएकी छन्।  , उनको उपचारका लागि कोल्टी लगिएको छ।, लगातारको वर्षाका कारण...
रासस उत्तरी गोरखाको चुमनुब्री गाउँपालिका–१ स्थित लार्केपास क्षेत्रमा गएको पाँच दिनदेखि बेपत्ता भएका एक पथ-प्रदर्शकको शव भेटिएको छ।, सोलुखुम्बु जिल्ला पासाङ ल्हामू गाउँपालिका–१ घर भएका ३८ वर्षीय पथ-प्रदर्शक फुछेत्तर लामाको मंगलबार शव भेटिएको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रमुख प्रहरी उपरीक्षक (एसपी) केदार खनालले जानक...
सेतोपाटी संवाददाता काठमाडौंमा भारतीय नागरिकको हत्या गरेको आरोपमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ।, काठमाडौं महानगरपालिका-१९ रामघाटमा एक भारतीय नागरिकको हत्या गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी कृष्णप्रसाद कोइरालाले जानकारी दिए।, पक्राउ पर्नेमा पर्सा बहुदरमाई...
सेतोपाटी संवाददाता पछिल्लो २४ घन्टामा देशभर २७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सोमबार २७ जनामा संक्रमण पुष्टि भएको हो।, एक हजार ५४६  जनाको कोरोना परीक्षण गर्दा उक्त संख्यामा संक्रमित थपिएका हुन्।, ८६७ जनाको पिसिआर र ६७९ जनाको एन्टिजेन परीक्षण गरिएको थियो। अहिले देशभ...
सेतोपाटी संवाददाता चितवन मेडिकल कलेजको आइसियूभित्रै पसेर तोडफोड गरेको आरोपमा ११ जनाविरूद्ध किटानी जाहेरी दर्ता भएको छ।, कलेजले सिसिटिभी फुटेज र भिडिओमा देखिएका तोडफोड गर्नेहरूविरूद्ध जिल्ला प्रहरी कार्यालयमा किटानी जाहेरी दिएको हो। , जिल्ला प्रहरी कार्यालयका प्रमुख एसपी नवराज अधिकारीले ११ जनामध्ये ३ जनालाई पक्राउ गरिस...
सेतोपाटी संवाददाता १०३ वर्षीय वाङ्मय शताब्दी पुरूष सत्यमोहन जोशीको स्वास्थ्य अवस्था चिन्ताजनक छ।, किष्ट अस्पतालमा १८ दिनदेखि उपचाररत् उनको स्वास्थ्य अवस्था चिन्ताजनक भएको निर्देशक प्रा.डा. सुरज बज्राचार्यले जानकारी दिए। , ‘जोशीज्यूको समग्र स्वास्थ्यमा उल्लेखनीय सुधार नभएको र अवस्था चिन्ताजनक नै रहेको छ,’ सोमबार जारी व...
सेतोपाटी संवाददाता हाल प्रदेश १ र मधेश प्रदेशमा सामान्य बदली रही बाँकी प्रदेशहरूमा आंशिक बदली रहेको छ। प्रदेश १ का केही स्थानहरूमा, मधेश प्रदेशका थोरै स्थानहरुमा र बागमती प्रदेशका एक-दुई स्थानमा हल्का वर्षा  भइरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। , हाल नेपालमा  हरियाणा आसपास रहेको न्यून चापीय क्षेत्रको प्...
रासस एक सातादेखि परेको वर्षाले जुम्लामा बाढीपहिराबाट हालसम्म १० जनाको मृत्यु भएको छ भने एक जना अझै बेपत्ता छन्।, प्रमुख जिल्ला अधिकारी मुकेशकुमार केशरीका अनुसार मङ्गलबार विपद् व्यवस्थापन समितिको बैठकमा विपद्ले पारेको धनजनको क्षतिबारे जानकारी दिँदै कनकासुन्दरी गाउँपालिका–५ बारकोटेबाडामा गणेश शाहीको घर भत्कँदा आठ जनाको ...
सेतोपाटी संवाददाता मंगलबारसम्म भएको निरन्तर वर्षाका कारण आएको बाढी, पहिरो तथा अन्य विपदबाट कर्णालीमा मृत्यु हुनेको संख्या ३६ पुगेको छ।, कर्णाली प्रदेश प्रहरी कार्यालयका अनुसार प्रदेशभर २० जना अझै बेपत्ता छन्। २८ जना घाइते भएका छन्।, मृत्यु हुनेमा दैलेखमा १, जाजरकोटमा ३, सल्यानमा ३, जुम्लामा १०, कालीकोटमा ६, मुगुमा ८, ...
रासस नेपाल प्रहरीले बैंकिङ कसुर मुद्दामा उच्च अदालत पाटनबाट २५ लाख रूपैयाँ जरिवाना ठहर भएका एक जनालाई पक्राउ गरेको छ।, प्रहरीको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मीनभवनबाट खटिएको टोलीले बैकिङ कसुर मुद्दामा फरार भारत हरियाना घर भई काठमाडौं महानगरपालिका वडा नम्बर १२ बस्ने ४४ वर्षीय शशी शर्मालाई बिहीबार दिउँसो पक...
एजेन्सी अमेरिकाको कनेक्टिकट राज्यमा गोली हानेर दुई जना प्रहरी अधिकारीको हत्या भएको छ।, द न्युयोर्क टाइम्सका अनुसार स्थानीय समयअनुसार बुधबार राती ब्रिस्टोल भन्ने ठाउँमा ती दुई प्रहरीमाथि गोली हानिएको थियो। गोली लागेर घाइते भएका अर्का प्रहरीको अवस्था गम्भीर रहेको कनेक्टिकट स्टेट पुलिसले जनाएको छ।, गोली कसले, किन चलाएको ...
सेतोपाटी संवाददाता हाल नेपालमा उत्तर प्रदेश आसपास रहेको न्यून चापीय प्रणालीको सामान्य प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।, जसको प्रभावले देशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहेको छ।, आज दिउँसो देशको पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी प्रदेश...
सेतोपाटी संवाददाता कैलालीको धनगढीमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ।, शुक्रबार बिहान धनगढी उपमहानगरपालिका- १३ कैलालीगाँउ जाने भित्री सडकमा मोटरसाइकल दुर्घटना हुँदा स्थानीय ३१ वर्षीय दुर्गा ओझाको मृत्यु भएको प्रहरीले जनाएको छ।, उनी आफैंले चलाएको से ६ प ३९३६ नम्बरको मोटरसाइकल नालामा पल्टेको थियो।, ओझालाई...
रासस मनसुनी गतिविधि सक्रिय रहनुका साथै नेपालको आसपास बनेको न्यूनचापीय क्षेत्रको प्रभावले नेपालमा करिब दुई साता देशैभर वर्षा भयो।, दसैं सुरू भएसँगै भएको लगातारको वर्षाले सर्वसाधारणलाई गन्तव्यमा पुग्न सास्ती दियो। देशका कतिपय क्षेत्रमा पाकेको धानबालीमा क्षति पुर्‍यायो। बाढीपहिरोजन्य घटना बढे। धनजनको क्षति भयो। , यतिखेर ...
सेतोपाटी संवाददाता बुटवलको तिनाउ नदीले बगाउँदा एक पुरूष बेपत्ता भएका छन्।, बुटवल उपमहानगरपालिका वडा नं ११ सिरानगाउँबाट तिनाउ नदी तरेर लुम्बिनी प्रादेशिक अस्पताल तिर जाने क्रममा बुटवल-११ सिरानगाउँ मजुवाका डिल्लीराज अर्याल बेपत्ता भएका हुन्।, नदीले बगाउँदा बेपत्ता भएका उनकाे खाेजी भइरहेकाे बुटवल उपमहानगरपालिका वडा नं ११...
डम्मर बुढा मगर बुर्तिबाङ-बोङ्गादोभान सडक छेउमा एउटा सानो छाप्रो छ। छाप्रोमाथि अनकन्टार भिर, तल तमानखोला। त्यही छाप्रोमा बस्छन्, ६७ वर्षीय देवीराम दर्जीको परिवार। काठ, मुडा र पुराना जस्तापाताले बनेको छाप्रोले राम्रोसँग घाम पानी छेक्दैन। देवीरामको परिवार नौ वर्षदेखि यही छाप्रोमा आश्रय लिँदै आएको छ। ढोरपाटन नगरपालिका-२ द...
रासस बीस वर्षपछि मोरङको महादेवकोल शाखा नहरमा पानी पुगेपछि त्यहाँका किसान हर्षित भएका छन्। सुनसरी मोरङ सिँचाइ आयोजना मातहतमा रहेको महादेवकोल शाखा नहर लामो समयदेखि बालुवा र माटोले पुरिएपछि नहरमा पानी चल्न सकेको थिएन। नहरमा पानी नहुँदा त्यस क्षेत्रका जनता सिँचाइ सुविधाबाट वञ्चित भएका थिए।, त्यस क्षेत्रमा कृषिमा सिँचाइ से...
सेतोपाटी संवाददाता नेपालका ६ वटा प्रदेशबाट मनसुन बाहिरिएको छ। मौसम पूर्वानुमान महाशाखाल शनिबार विशेष बुलेटिन जारी गर्दै गत जेठ २२ गते नेपाल पसेको मनसुन सुदूरपश्चिमबाट बाहिरिँदै गएको जानकारी दिएको छ।, आज शनिबारबाट नेपालको सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश, गण्डकी प्रदेश, बागमती प्रदेश र मधेश प्रदेशको ...
सेतोपाटी संवाददाता १०३ वर्षको उमेरमा आइतबार बिहान निधन भएका वाङ्मय शताब्दी पुरूष सत्यमोहन जोशीको जन्मकुण्डली जलाएर अन्त्येष्टि गरिएको छ।, आफ्नो शव अध्ययन निम्ति किष्ट अस्पताललाई बुझाउने जोशीको अन्तिम इच्छा थियो। त्यसैअनुसार अस्पताललाई शव दान गरेपछि जोशीका जेठा छोरा अनुराज र कान्छा छोरा डा. पूर्णराजले आइतबार साँझ ६ बजे...
रासस/सिन्ह्वा भारतको वित्तीय केन्द्र मुम्बईमा कारको पछाडिको सिटमा बस्नेहरूका लागि पनि सिट बेल्ट लगाउन अनिवार्य गरिएको छ।, मुम्बई ट्राफिक प्रहरीका अनुसार आगामी नोभेम्बरदेखि यो नियम लागु हुनेछ।, यसअघि अगाडिको सिटका यात्रुले मात्र सिट बेल्ट लगाउनुपर्ने अनिवार्यता थियो तर गत महिना सडक दुर्घटनामा परी व्यापारी साइरस मिस्त्र...
सेतोपाटी संवाददाता बुटवलको तिनाउ नदीले बगाएर बेपत्ता भएका बुटवलका एक युवा मृत अवस्थामा फेला परेका छन्। शनिबार बिहान तिनाउमा बगेर बेपत्ता भएका बुटवल उपमहानगरपालिका वडा नं ११ सिरानगाउँ मजुवाका डिल्लीराज अर्याल दिउँसो मृत अवस्थामा फेला परेको इलाका प्रहरी कार्यालय बुटवलले जनाएको छ।, मजुवाबाट तिनाउ तरेर लुम्बिनी प्रादेशिक ...
सेतोपाटी संवाददाता देशभर थप ५२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप ५२ जनामा संक्रमण पुष्टि भएको हो।, १७६३ जनाको कोरोना परीक्षण गर्दा उक्त संख्यामा संक्रमित थपिएका हुन्।, ७४५ जनाको पिसिआर गर्दा ४५ जना र १०१८ जनाको एन्टिजेन गर्दा ७ जनामा संक्रमण दे...
सत्यमोहन जोशी सेतोपाटी आत्मकथा शृंखलाबाट, २०१० जेठ १९ गते।, गौचरन एयरपोर्टबाट दिउँसो ३ बजे उडेको इन्डियन नेसनल एयरवेजले बेलुकी पटना पुर्‍यायो। त्यसको ११ वर्षपछि मात्र हो, त्रिभुवन विमानस्थल बनेको।, उतिबेला गौचरन एयरपोर्टबाट उड्ने भनेकै पटना मात्र थियो। पटनाबाट अर्को जहाज चढेर मुजफ्फरपुर। त्यसपछि फेरि अर्को जहाज चढेर क...
एजेन्सी अमेरिकामा नेपाली सवारी चालकमाथि बन्दुकधारी यात्रुले आक्रमणको प्रयास गरेका छन्। उत्तरी क्यालिफोर्नियाको अकल्याण्डमा नेपाली उबर चालक विमल मगरमाथि बन्दुकधारीले आक्रमणको प्रयास गरेको एबिसी नेटवर्कले जनाएको छ।, बन्दुकधारीले उनको पृष्ठभूमि सोधेपछि मगरले आफू नेपालको रहेको बताएका थिए। त्यसपछि आफ्नो टाउकोमा बन्दुक ताकि...
नारायण खड्का सल्यानमा अरिंगालको टोकाइबाट आमा-छोरीको मृत्यु भएको छ।, अर्का एक जना बिरामी छन्।, शिद्धकुमाख गाउँपालिका १ हामपालकी २१ वर्षीया शोभा बस्नेत वुढाथोकी र उनकी ४ वर्षीया छोरी प्राप्ति वुढाथोकी र शोभाका अंकल २१ वर्षीय नवीन बस्नेतलाई सोमबार अपरान्ह साढे ५ बजेतिर अरिंगालले टोकेको थियो।, उनीहरू आफ्नै खेतमा धान काटेर...
रासस झापाको बिर्तामोड नगरपालिकामा सोमबार बेलुका मोटरसाइकल एकापसमा ठक्कर खाँदा दुई जनाको मृत्यु भएको छ।, उक्त दुर्घटनामा एक बालिकासहित दुई जना घाइते भएका छन्।, बिर्तामोड–२ बेलडाँगीस्थित दक्षिणबाट उत्तरतर्फ आउँदै गरेको मे ५ प १६०४ नंको मोटरसाइकल र विपरीत दिशाबाट जाँदै गरेको मे३प ५५८० नम्बरको मोटरसाइकल एकापसमा ठक्कर खाई ...
विवेक राई नेपालमा डेंगी संक्रमणबाट मृत्यु भएका मानिसहरूमा आधाभन्दा बढी मानिस धेरै हिँड्डुल गर्ने उमेर समूहका रहेको पाइएको छ।, रोग नियन्त्रण महाशाखाको तथ्यांकअनुसार गत असोज २७ सम्म नेपालमा ४५ जनाको डेंगी संक्रमणबाट मृत्यु भएको छ। तीमध्ये २७ जना १५ देखि ५९ वर्ष उमेर समूहका मानिस छन्।, त्यस्तै १४ जना ६० वर्ष माथिका, ३ जन...
रासस कैलालीको भजनीका बाढीपीडित बाढीको दीर्घकालीन समस्या समाधान गर्ने नेतालाई मात्र भोट दिने बताउन थालेका छन्।, प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि नेताहरू भोट माग्न घरदैलोमा जान थालेपछि त्यहाँका स्थानीय नेतालाई बाढीले तहसनहस भएको बस्ती देखाउन थालेका छन्।, उनीहरू भोट माग्नुअघि पीडितको पीडामा मल्हम लगाउन माग गरिरहे...
नारायण खड्का जंगलमा हत्या गरी एकै ठाउँमा गाडेको अवस्थामा शव फेला परेका दाङका रोशनी महतरा र शरद आचार्यका चिता एकै ठाउँमा जल्ने भएका छन्।, फरेन्सिक विज्ञ आएर मंगलबार उनीहरूको शव पोष्टमार्टमको प्रक्रिया सुरू गर्दै छन्। त्यसपूर्व नै रोशनी र शरदका आफन्त तथा परिवार जनले उनीहरूको चिता एकै ठाउँमा सँगसँगै जलाउने निर्णय गरेका ह...
सेतोपाटी संवाददाता अपूर्व क्षितिज सिंहलाई प्रहरीले फेरि पक्राउ गरेको छ।, उनलाई सोमबार प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसएसपी भरत बोहराले जानकारी दिए।, स्ट्यान्ड अप कमेडी गर्दा नेवा समुदायमाथि चोट पुर्‍याएको भन्दै उनीविरुद्ध चार वटा जाहेरी परेको थियो।, उक्त मुद्दामा अनुसन्धान गरी सोमबार सरकारी वकिल...
सेतोपाटी संवाददाता स्रोत नखुलेको २० लाख रूपैयाँसहित धनुषाबाट २ जना युवालाई प्रहरीले पक्राउ गरेको छ।, सुनसरीको इनरूवा नगरपालिका ६ का २२ वर्षीय आशिष कामद र २७ वर्षीय बजरंगप्रसाद गुप्तालाई प्रहरीले पक्राउ गरेको हो।, जिल्ला प्रहरी कार्यालय धनुषाका डिएसपी प्रदीपबहादुर क्षेत्रीका अनुसार गए राति प्र–०१–०२–०४६ प.५६३१ नम्बरको ...
रासस उत्तर–दक्षिण जोड्ने राष्ट्रिय गौरवको आयोजना कालीगण्डकी करिडोरको पर्वत खण्डमा पर्ने लमाए खोलाको मोटरेबल पुल पाँच वर्षदेखि अलपत्र परेको छ।, फलेवास नगरपालिकाको देवीस्थान र कुर्घामा रहेको अलपत्र मोटरेबल पुलमा दुवैतर्फ पिलर उठाएर स्ल्याब ढलान गर्ने कामबाहेक अरू केही भएको छैन।, स्थानीयले ढुंगामाथि मोटरेबल पुल निर्माण ग...
सेतोपाटी संवाददाता काठमाडौंको एक लजको कोठाभित्र गोप्य रूपमा भिडिओ रेकर्ड गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।, काठमाडौं महानगरपालिका-३ बाँसबारीस्थित बाँसबारी रेष्ट्रो क्‍याफे एन्ड लजका म्यानेजरलाई पक्राउ गरेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी दिनेशराज मैनालीले जानकारी दिए।, काठमाडौं चन्‍द्रागिरि-१५ का क्...
एजेन्सी भारतमा जासुसीको आरोपमा एक जना चिनियाँ महिला पक्राउ परेकी छन्।, टाइम्स अफ इन्डियाका अनुसार दिल्ली प्रहरीले बिहीबार काइ रूओ नामकी ती महिलालाई उत्तरी दिल्लीको मञ्जुका तिला क्षेत्रबाट पक्राउ गरेको हो। उनी त्यहाँको एक  तिब्बती शरणार्थी शिविरमा बस्दै आएकी थिइन्।  , चीनको हैनान प्रान्तकी ती महिला नेपाली नागरिकका रूपम...
मन्दिरा घिमिरे यसपालि तिहारको पात्रो उल्टोपाल्टो परेको छ। कात्तिक ६ गते काग तिहारबाट यमपञ्चक सुरू हुन्छ। सामान्य अवस्थामा त्यसको भोलिपल्ट कुकुर तिहार र पर्सिपल्ट लक्ष्मीपूजाको साइत पर्नेमा यसपालि कुकुर तिहार र लक्ष्मीपूजा एकै दिन परेको पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ।, सामान्यतया लक्ष्मीपूजाकै दिन बिहान गाई त...
सेतोपाटी संवाददाता अर्घाखाँचीमा गत बुधबार राति ८ बजेतिर एक जना ७० वर्षीय वृद्ध भिरमा मृत फेला परे।, उनी भूमिकास्थान नगरपालिका-१ साम्नेगाउँका वीरबहादुर गमाल थिए। उनी बाटोबाट ८० मिटर तल भिरमा मृत फेला परेका थिए। उनको अनुहारमा चोट पटक पनि लागेको थियो।, स्थानीयले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए। खबर पाएसँगै नजिकैको प्र...
सेतोपाटी संवाददाता जिल्ला प्रहरी परिसर काठमाडौंले तिहारमा ९ बजेसम्म मात्रै देउसी भैलो खेल्न अनुरोध गरेको छ।, तिहारमा हुनसक्ने सम्भावित अपराधलाई मध्यनजरमा राखेर परिसरले शुक्रबार १८ बुँदे अनुरोध सार्वजनिक गरेको हो।, त्यसअनुसार ९ बजेसम्म मात्रै आफ्ना चिनजान भएका स्थानमा मर्यादित एवम् सभ्य तरिकाले ९ बजेसम्म मात्र देउसी भै...
रासस मेलम्ची खानेपानी विकास समितिले यही महिनाभित्रै उपत्यकामा पानी ल्याउने गरी आवश्यक सुधार र तयारीको काम अघि बढाएको छ।, पानी ल्याउन सामान्य सुधारका काम मात्रै गर्नुपर्ने छ।, आयोजनाका कतिपय संरचना, आयोजनासम्म पुग्ने सडक र पुल नबन्दासम्म तत्काल मर्मत गरेर पानी ल्याउन लागिएको समितिका प्रवक्ता राजेन्द्रप्रसाद पन्तले बताए...
तारानाथ आचार्य बागलुङमा गत असोज २९ गते राति ४२ वर्षीया फूलमाया बोटे (माझी) मृतावस्थामा फेला परिन्। उनी बागलुङ–पोखरा राजमार्गअन्तर्गत बागलुङ नगरपालिका–१ मा पर्ने गणेशघुम्ती माथि मृत फेला परेकी थिइन्। परिवारले उनलाई भेट्दा घाँटीमा सल बेरिएको थियो। हतारहतार परिवारले अस्पताल पुर्‍यायो तर उनको प्राण थिएन।, सधैं समयमै घरमा ...
सेतोपाटी संवाददाता भरतपुरमा भेटिएको शंकास्पद वस्तु नेपाली सेनाको बम डिस्पोजल टोलीले निष्क्रिय पारेको छ।, उक्त शंकास्पद वस्तुलाई सेनाको टोलीले केहीबेर अघि डिस्पोज गरेको हो।, चितवन प्रहरी प्रमुख एसपी नवराज अधिकारीले उक्त वस्तु तर्साउने नियतले राखिएको पाइएको बताए।, 'उक्त वस्तु के हो यकिन गरिएको छैन। विज्ञहरूले अनुसन्धान ...
रासस सुरक्षा गर्ने कुकुरलाई आज घरघरमा पूजाआराधनासहित मीठा-मीठा खानेकुरा खान दिएर सम्मान गरी कुकुर तिहार मनाइँदैछ।, कुकुर तिहार यमपञ्चक अर्थात् दीपावली पर्वको दोस्रो दिन पर्ने भए पनि यस वर्ष तिथिको घटबढका कारण तेस्रो दिन पर्न गएको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ।, समितिका सदस्य एवं वाल्मीकि विद्यापीठ धर्...
रासस जाजरकोटमा भेरी नदीको किनारमा वनभोज खान गएका एक युवकको मृत्यु भएको छ। एक जना बेपत्ता भएका छन्।, मंगलबार वनभोज खान गएका भेरी नगरपालिका–४ का २० वर्षीय रोशन खड्काको मृत्यु भएको प्रहरी नायब उपरीक्षक सन्तोष निरौलाले जानकारी दिए। भेरी नगरपालिका–३ का २६ वर्षीय विक्रान्त केसी भेरीमा बेपत्ता भएका छन्। नदीमा डुबेका वीरेन्द्...
रासस तिहारका बेला फुल्नुपर्ने फूल यसपटक ढिलो गरी फुल्न लागेपछि तेह्रथुमबासी प्लास्टिकका फूलमाला किन्न बाध्य छन्।, फूलैफूलको पर्व तिहारमा फूल ढिला गरी फुलेपछि म्याङ्लुङमा व्यवसायी र उपभोक्ता चिन्तित छन्।, समयमै फूल नफूल्दा घर सजाउन र भाइटिकाका लागि फूलको अभाव भएको छ। तिहारमा आवश्यक फूल नहुँदा यसवर्ष प्लाष्टिकका कृत्रिम...
राजेश घिमिरे चितवनको भरतपुरमा सडकमा शंकास्पद बस्तु भेटिएपछि पूर्व-पश्चिम राजमार्ग सिल गरिएको छ।, चितवन प्रहरी प्रमुख एसपी नवराज अधिकारीका अनुसार भरतपुरको चितवन मेडिकल कलेजनजिकैको सडकमा दिउँसो साढे दुई बजेतिर शंकास्पद बस्तु भेटिएको हो।, उक्त बस्तु बम हुन सक्ने आशंकामा प्रहरीले राजमार्ग सिल गरेर सवारी साधनलाई वैकल्पिक ब...
नवीनबाबु गुरूङ आज खण्डग्रास (थोरै सूर्य ढाक्ने) सूर्यग्रहण लागेको छ।, अपरान्ह ४ बजेर ५२ मिनेटमा सूर्यलाई ग्रहणले छोएको थियो। ३२ मिनेटपछि बेलुका ५ बजेर २४ मिनेटमा ग्रहण हटेको थियो।, ग्रहणले सूर्यलाई छोपेको नेपालबाट पनि देखिएको थियो। संघीय राजधानी काठमाडौंबाट हेर्दा यस्तो देखियो आजको सूर्यग्रहण:, काठमाडौंबाट यस...
रासस नेपाल संवत् ११४३ आज देशभर विविध कार्यक्रम आयोजना गरी मनाइँदैछ।, यस संवतलाई हाल नेवार समुदायले नयाँ वर्षका रूपमा मनाउने गरेका छन्। राष्टिय विभूति शंखधर साख्वाले विसं ९३७ (इसं ८८०) मा गरीब जनताको ऋण मोचन गरी नेपाल संवत्को शुरुआत गरेका थिए। नेपाल संवतले पृथ्वीनारायण शाहको शासनकालसम्म राष्ट्रिय संवतको मान्यता पाएको ल...
रासस कात्तिक शुक्ल प्रतिपदा एवं यमपञ्चकअर्थात् तिहारको चौथो दिन आज गोवर्द्धन, बलि, गोरु र कृषकको पूजाआजा गरी मीठो खानेकुरा खान दिएर मनाइँदैछ। , आँगनमा लिपपोत गरी गाईको गोबरको पर्वत बनाई त्यसलाई गोवर्द्धन पर्वत मानी पूजा गर्ने गरिन्छ। द्वापरयुगमा भगवान् श्रीकृष्णले हत्केलाले गोवर्द्धन पर्वत उचाली गोकुलवासीलाई मुसलधारे ...
हेमन्त जोशी राष्ट्रिय योजना आयोगले एक पालिका एक सहुलियत खाद्यान्न पसल खोल्न सरकारलाई सिफारिस गरेको छ। नागरिकको खाद्य सुरक्षासम्बन्धी मौलिक हक कार्यान्वयनका लागि आयोगले ‘आपूर्ति नीति २०६९ को पुनरावलोकन अध्ययन प्रतिवेदन २०७९’ मार्फत् यस्तो सिफारिस गरेको हो।, एक दशकअघिबाट कार्यान्वयनमा ल्याइएको राष्ट्रिय आपूर्ति नीतिका अ...
नारायण खड्का मोटरसाइकल दुर्घटना परी अर्घाखाँचीमा दुई जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन्।, दुर्घटनामा परी सन्धिखर्क नगरपालिका वडा नं. १ का २६ वर्षीय रोशन सुनाम र २२ वर्षीय कृतिम रायमाझीको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी प्रमुख डिएसपी मुकुन्द रिजालले सेतोपाटीलाई बताए।, डिएसपी रिजालका अनुसार घटना बिहीबार...
रासस कैलालीको टीकापुरमा आर्थिक विकास र दिगोपनका लागि सरोकारवालासँग छलफल भएको छ। छलफल कार्यक्रममा सहभागीले आर्थिक गतिविधि बढेमा विकास सम्भव हुने भएकाले त्यसतर्फ ध्यानपर्ने बताए।, छलफलमा भाग लिँदै सामाजिक अभियन्ता भीमराम चपाईँले पहिला धान बेचेर जग्गा किन्थे, अहिले जग्गा बेचेर धान किनेर खाने गर्नाले समस्या भएको बताए। उनल...
रासस हेटौंडा उपमहानगरपालिका वडा नम्बर १० स्थित बसपार्क नजिक तरकारीको थोक बजारसँग जोडिएको होटलमा बिहीबार दिउँसो आगलागी भएको छ। आगलागीपछि ग्यास सिलिन्डर पड्किएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।, प्रहरीका अनुसार तिहारका बेला होटल मालिक मीना साह होटल बन्द गरी अन्यत्र गएका बेला अचानक आगलागी भएपछि एकपछि अर्कोगरी...
रासस छठ पर्व नजिकिएकाले माटोका भाँडाको माग बढेको छ। यहाँको उत्पादनसँगै केही भारतीयसमेत नेपाली बजारमा छठका लागि विभिन्न सामग्रीको बिक्री बढेको छ।, सीमावर्ती बजारमा भारतीय माटाका भाडा र भित्री बजारमा स्थानीय उत्पादन भएका माटोको भाँडाको कारोबार बढेको हो। धनुषाको जनकपुरधामसहित महेन्द्रनगर सखुवा, ढल्केवर, वटेश्वर, धारापानी...
एजेन्सी सामाजिक सञ्जाल ट्विटरको स्वामित्व आफूले लिएपछि अमेरिकी अर्बपति एलन मस्कले ट्विटरका प्रमुख कार्यकारी अधिकृतसहित उच्च कर्मचारीलाई बर्खास्त गर्न सुरू गरेका छन्।, द न्युयोर्क टाइम्सका अनुसार  ४४ अर्ब डलर ट्विटर किनेका मस्कले बिहीबार सिइओ पराग अग्रवालसहित चिफ फाइनान्सियल अफिसर नेड सेगल,  लेगल एन्ड पोलिसी एक्जुकेटिभ...
सेतोपाटी संवाददाता सुर्खेतमा वनभोज गएका दुई युवक बेपत्ता भएका छन्।, शनिबार भेरीगंगा-२ सत्तरी नजिकै पिकनिक गएका १८ वर्षीय दुई युवक भेरी नदीमा बेपत्ता भएका हुन्।, जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार दिउँसो साढे १ बजे वनभोजकै क्रममा पौडी खेल्न गएका वीरेन्द्रनगर-३ का १८ वर्षीय दीपक थापा र १८ वर्षीय चन्द्र बिसी बेपत्ता...
सेतोपाटी संवाददाता दुई पाङ्ग्रे सवारीसाधनमा साना बालबालिकालाई असुरक्षित तरिकाले नचढाउन ट्राफिक प्रहरीले अनुरोध गरेको छ।, काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले बाइक, स्कुटर लगायत दुई पाङ्ग्रे सवारीसाधनमा बालबालिकालाई असुरक्षित तरिकाले नचढाउन अनुरोध गरेको हो।, दुई पाङ्ग्रे सवारीसाधनहरू तीव्र गतिका कारण अनियन्त्रित ...
विष्णुप्रसाद घिमिरे बिहानको मिरमिरे उज्यालोसँगै गजवीर बोटे घरछेवैको गोठमा डाँढाभाटा लगाउँदै थिए।, पाल्पा जिल्लाको बगनासकाली गाउँपालिका-७ दैलातुंगका गजवीरको गत २०७८ फागुनमा गोठ आगलागी भएको थियो।, 'पानीबाट जोगाउन फालिएका टिन र त्रिपाल बटुलेर लगाउँदै छु,' उनले भने।, यहाँ ३२ घर बोटेमाझीको बस्ती छ। गजवीर, बोटे समुदायका अगु...
सेतोपाटी संवाददाता अस्ताउँदो सूर्यलाई आरधना गरेर अर्घ्य दिएर आज छठ पर्व मनाइँदैछ। विराटनगरका सिंघिया, केशलिया र सुनसरी–मोरङको सिँचाई आयोजनाको नहरमा श्रद्धालुको भक्तजनको भीड लागेको छ।, आस्था र श्रद्धामा आधारित छठमा आफ्नो मनोकांक्षा पूरा हुने विश्वाससहित शनिबारदेखि व्रत बसेका श्रद्धालुले आइतबार अस्ताउँदो सूर्यलाई अर्घ्य...
रासस तनहुँको व्यास नगरपालिका–१० स्थित कुमालटारी, माथिल्लोबाटे गाउँका बोटेहरू यति बेला नदी किनारमा सुन खोज्न नदीतर्फ लागेका छन्। , दसैं र तिहार मनाउँदा लागेको ऋण तिर्न नदी किनारका बालुवा चालेर सुन खोज्न उनीहरू घरबाट निस्किएका हुन्। दसैंतिहार मनाउँदा करिब ३० हजार रूपैयाँ ऋण लागेकाले साहुलाई तिर्न सुन खोज्न नदी किनारतर्फ...
सेतोपाटी संवाददाता सूर्यको उपासना र पूजा गर्दै आइतबार अस्ताउँदो सूर्यलाई अर्घ दिइएको छ।, आज छठको मुख्य दिन हो। अस्ताउँदो सूर्यलाई पूजा गरी अर्घ दिएका व्रतालुले सोमबार बिहानै उदाउँदो सूर्यलाई अर्घ दिएपछि यस वर्षको छठ पर्वलाई बिदाइ गर्नेछन्।, बुटवलमा पनि तिनाउ नदि किनारमा छठ पूजा गरिएको छ। छठ पूजाको लागि तिनाउ नदी किनार...
रासस जुम्लामा अवरूद्ध विद्युत सेवा दुई सातापछि सञ्चालनमा आएको छ।, गत असोज १९ गतेदेखि परेको अविरल वर्षाले बिगारेका संरचना पुनः निर्माण गरिएपछि सेवा सञ्चालन भएको हो।, बाढीपहिराका कारण बिजुली बिग्रिदा जुम्लाका झण्डै तीन हजार ग्राहक अन्धकारमा बस्न बाध्य भएका थिए।, पहिराले कर्णाली राजमार्ग बन्द हुनुका साथै विद्युत सेवासमेत...
सेतोपाटी संवाददाता छठका अवसरमा मधेस प्रदेश सरकारले आज सार्वजनिक बिदा दिएको छ।, छठको अन्तिम दिन मधेस सरकारले सार्वजनिक बिदा दिएको हो।, केन्द्रीय सरकारले छठको तेस्रो दिन अर्थात् अस्ताउँदै गरेको सूर्यलाई अर्घ्य दिने दिन मात्रै बिदा दिएपछि प्रदेश सरकारले छठको अन्तिम दिनमा प्रदेशभर बिदा दिने निर्णय गरेको छ।, मुख्यमन्त्री ल...
रासस नेपाल सरकारले नेपाल पञ्चांग निर्णायक विकास समितिका लागि सात जनाको दरबन्दी स्वीकृत गरेको छ।, अर्थ मन्त्रालयको स्वीकृतिमा मन्त्रिपरिषद्ले समितिका लागि सात जनाको दरबन्दी कायम गर्ने निर्णय गरेको हो।, मन्त्रिपरिषद्ले विसं २०७७ पुस २० गते समितिको गठन आदेश स्वीकृत गरेको थियो। गठन आदेश २०७८ साल साउन १८ गते नेपाल राजपत्रम...
सेतोपाटी संवाददाता काठमाडौंको लाजिम्पाटमा बसको झ्यालबाट टाउको निकाल्दा रूखमा ठोक्किएर एक बालकको मृत्यु भएको छ।, बुधबार दिउँसो साढे ३ बजे बेस्ट इलिमेन्टरी मन्टेश्वरी स्कुलका १३ वर्षीय बालकले बा १ क ४६४२ नम्बरको बसको झ्यालबाट टाउको निकाल्दा रूखमा ठोक्किएर घाइते भएका थिए।, प्रहरीका अनुसार गाडी विद्यालयबाट निस्किने बेलामा...
सेतोपाटी संवाददाता नेपाल खुला विश्वविद्यालयले परीक्षासम्बन्धी आफ्नै नियमावली, प्राज्ञिक परिषद्को निर्णय-निर्देशन र कार्यक्रम निर्देशिका लत्याउँदै नियमविपरीत परीक्षा लिन थालेको छ। , विश्वविद्यालयको प्राज्ञिक परिषदले कोभिड तथा अन्य महामारीमा मात्रै भर्चुअल परीक्षा गर्ने गरी निर्देशिका बनाएको थियो। विश्वविद्यालयले आफैंले...