content stringlengths 20 64.1k ⌀ |
|---|
सेतोपाटी संवाददाता हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेकाले तराईका अधिकांश स्थानमा हुस्सु र कुहिरो लागेको छ।, मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो प्रदेश १, बागमती र गण्डकी प्रदेशमा आंशिक बदली हुने सम्भावना छ।, यस्तै प्रदेश १ को उच्च पहाडी र हिमाली भागमा हल्का हिमपातसमेत हुने सम्भावना छ। बाँकी स्थानको मौसम सा... |
रोहित महतो सत्यनारायण महतो 'आलोक' आफूलाई ब्रम्हचारी भन्छन्। गृहस्थी नगरेका उनी अहिले १३ बच्चाका बावु बनेका छन्। , आलोक कुनैबेला विद्यावारिधि गर्न अमेरिका हिँडेका थिए। भिसा प्रकृया हुँदै थियो। उनले त्यतिबेला अकस्मात कबीर सत्संग भेटे। विद्यावारिधि गर्ने रहर छोडेर कबीर दर्शनमा लागे। , कबीर नामले निचिने सन्त कबीरदास चौ... |
रासस श्रीमतीको हत्या गरेको आरोपमा झापाको अर्जुनधारा नगरपालिकाबाट शनिबार एक व्यक्ति पक्राउ परेका छन्।, पक्राउ पर्नेमा अर्जुनधारा–८ स्थित प्लटिङ नजिकै बसोबास गर्दै आएका ३३ वर्षीय मनोज बस्नेत छन्।, गत बुधबार राति ४५ वर्षीया श्रीमती कल्पना पोखरेल बस्नेतको हत्या गरेको आरोपमा उनी पक्राउ परेका हुन्।, श्रीमतीको हत्या गरेर शव ... |
सेतोपाटी संवाददाता काठमाडौंको रातोपुलमा एक जना पुरूषको हत्या भएको छ। , मंगलबार बिहान रातोपुलमा एक जना पुरूषको शव फेला परेको हो। मृतक काठमाडौंको कपन बस्ने ध्रुव खड्का छन्। , काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय र जिल्ला प्रहरी परिसर काठमाडौंको संयुक्त टोलीले यसमा अनुसन्धान अघि बढाएको थियो। शव फेला परेपछि दुबै कार्... |
सेतोपाटी संवाददाता पश्चिमी वायुको प्रभाव कायमै रहेकाले देशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ। , आज (बिहिबार) प्रदेश नं. १, बागमती प्रदेश, र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ ।, प्रदेश १, बागमती, गण्डकी प्रदेशका... |
सेतोपाटी संवाददाता राष्ट्रपति विद्यादेवी भण्डारीको सवारीको क्रममा डाक्टरमाथि लाठी चार्ज गर्ने प्रहरी निलम्बित भएका छन्।, जिल्ला प्रहरी परिसर काठमाडौंले वरिष्ठ हवल्दार शम्भुजंग गुरूङलाई निलम्बन गरेको नेपाल प्रहरीका प्रवक्ता डिआइजी पोशराज पोखरेलले जानकारी दिए।, ‘अहिले उहाँलाई निलम्बन गरिएको छ’, उनले भने, ‘थप अनुसन्धानका... |
सेतोपाटी संवाददाता भारतको सर्वोच्च अदालतले आफ्नो एक फैसलामा सिक्किमका नेपालीलाई विदेशी मूलका भनी लेखिएको अंश हटाएको छ।, द स्क्रोलका अनुसार सिक्किममा आयकर छुटसम्बन्धी गत महिना गरिएको एक फैसलामा सिक्किमका नेपाली समुदायलाई विदेशी मूलका भनी गरिएको व्याख्या सर्वोच्चले बुधबार हटाएको हो।, सर्वोच्चले सुरूको रिट निवेदनमा उक्त ... |
सेतोपाटी फोटो टिम , , , , , सेतोपाटी फोटो टिमले देशको राजनीति, सामाजिक, कला, घुमफिरलगायत क्षेत्रबाट छानिएका तस्बिरहरूको संगालो 'यो साताका क्लिक' मा प्रस्तुत गरेको छ।, आजको श्रृंखलामा हामीले माघ २१ देखि माघ २७ गतेसम्म खिचिएका केही तस्बिर समेटेका छौं।, तस्बिरहरू:, शिवरात्रि नजिकिँदै गर्दा पाशुपत क्षेत्रमा देखिएका एक ... |
सेतोपाटी संवाददाता पर्साको वीरगन्जमा स्रोत नखुलेको १८ लाख रूपैयाँ नगदसहित दुई जनालाई सशस्त्र प्रहरी बलले पक्राउ गरेको छ। , वीरगन्ज महानगरपालिका-१६ मा पर्ने वीरगन्ज-रक्सौल सडकखण्डबाट बुधबार दुई जनालाई नगदसहित पक्राउ गरिएको सशस्त्र प्रहरीका सहायक प्रवक्ता प्रहरी नायब उपरीक्षक (डिएसपी) शैलेन्द्र थापाले जानकारी दिए।, भारत... |
रोहित महतो म उनको आँगनमा पुग्दा राति सुत्न ओछ्याउने पराल घाममा सुकाउँदै थिइन् बेचनी सदा। उनलाई अचेल रातभर निद्रा पर्दैन।, पुसभरि जाडोले निद्रा परेन। माघ लागेपछि छोरीको बिहेको चिन्ताले पिरोलेको छ।, दुई छोरीको बिहेमा भएको खर्चले थपिएको ऋणको भारी अझै बाँकी छ। फेरि अर्की छोरीको बिहे गर्नु छ। ऋणको भारी अझै गह्रौं हुनेवाला ... |
एजेन्सी टर्की र सिरियामा सोमबार बिहान गएको शक्तिशाली भुकम्पमा परी १५ हजारभन्दा बढीले ज्यान गुमाइसकेका छन्। यो संख्या अझै बढ्नसक्ने अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले बताएका छन्।, टर्कीको विपद्सम्बन्धी निकायका अनुसार त्यहाँ ज्यान गुमाउनेहरूको सङ्ख्या १२ हजार नाघेको छ। त्यहाँको सरकारी सञ्चारमाध्यमका अनुसार हालसम्म टर्की... |
सेतोपाटी संवाददाता नेपाल चिकित्सक संघले आइतबार आकस्मिक बाहेकका सेवा बन्द गर्ने घोषणा गरेको छ।, शनिबार बसेको संघको केन्द्रीय कार्यकारिणी समितिको आकस्मिक बैठकले आइतबार देशभरका सरकारी तथा गैरसरकारी, निजी, सहकारी स्वास्थ्य संस्था, अस्पताल, निजी तथा सरकारी मेडिकल कलेज, प्रतिष्ठान लगायतका सम्पूर्ण स्वास्थ्य संस्था तथा अस्पत... |
धनबहादुर गुरुङ नेपाली मौलिक घरको झ्याल–ढोका, तोरण र टुँडालमा कला खोप्ने काम परापूर्वकालदेखि सुरू भएको हो।, नेपाली कलाको इतिहासमा काष्ठकलाको स्थान महत्वपूर्ण छ। मठ, मन्दिर, घर, सत्तल पाटीलगायत स्थलमा नेपाली काष्ठकलाको नमूना भेट्न सकिन्छ।, पछिल्लो समय काष्ठकला हराउँदै जान थालेको छ। कास्कीको पोखरामा एउटा परिवार काष्ठकला ... |
नारायण खड्का तुलसीपुरको बसपार्कभित्र छ, सुन्दर टोल। नाम सुन्दर भए पनि यो टोलको बाटो निकै साँघुरो छ। मुस्किलले मानिस छिर्न मिल्ने सानो गल्लीमा २२ वर्षीय राजेश पुन बाटो देखाउन मेरो अगाडि लागे। एउटा घरमा पुगेपछि उनी माथिल्लो तला उक्लिए। जस्ता पाताको ढोका खोले।, भित्र १७ वर्षीया सुनिता बोहोरा एकहोरो ढोकातर्फ हेरेर चुपचाप ... |
रासस पोखरामा गत माघ १ गते भएको यती एयरलाइन्सको विमान दुर्घटनामा मृत्यु भएका पोखरा–२५ हेमजा हनुमानचोकका एक दम्पतीको एक महिनापछि सोमबार अन्त्येष्टि गरिएको छ।, दुर्घटनामा ज्यान गुमाएका राजन सापकोटा र उनका श्रीमती आनिषा बानियाँ सापकोटाको हेमजा सेती नदी मराङघाटमा अन्तिम संस्कार गरिएको हो। अनिषाको शव पहिचान गर्न समस्या भएपछ... |
सेतोपाटी संवाददाता नेपाल टी-२० क्रिकेट लिगमा भएको स्पट फिक्सिङमा केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले अनुसन्धान पूरा गरेको छ।, स्पट फिक्सिङमा १२ जनालाई प्रतिवादी बनाएको सिआइबीका प्रवक्ता एसपी सन्जयसिंह थापाले जानकारी दिए।, सिआइबीले अनुसन्धान प्रतिवेदन मंगलबार सरकारी वकिल कार्यालय काठमाडौंमा बुझाएको हो।, प्रहरीले सेभे... |
रासस आमाको हत्या अभियोगमा तनहुँमा छोराबुहारी पक्राउ परेका छन्।, पक्राउ पर्नेमा तनहुँको बन्दीपुर गाउँपालिका–३ शेराका ४७ वर्षीय राजकुमार सार्की र ३५ वर्षीया सुशीला मजाकोटी रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ।, ८४ वर्षीय माया सार्कीको हत्या गरेको अभियोगमा छोराबुहारीलाई सोमबार पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक ... |
सेतोपाटी संवाददाता ललितपुरको लुभूमा अक्सिजन ग्यासको सिलिन्डर पड्किँदा पाँच जना घाइते भएका छन्। सोमबार दिउँसो सवा १२ बजे महालक्ष्मी नगरपालिका-८ लुभूको चसिडोलमा एक घरमा अक्सिजन सिलिन्डर पड्किएको जिल्ला प्रहरी परिसर ललितपुरका प्रमुख एसएसपी सिद्धिबिक्रम शाहले जानकारी दिए।, पदमबहादुर सुनारको साढे २ तलाको घरमा सिलिन्डर पड्क... |
सबिना श्रेष्ठ मिथिलाक कथासभ : अध्याय ९, मिथिला परिकारहरूको स्वाद चाख्न आउनुभएका हाम्रा सबै पाठकमा मिथिला कथा शृंखलाको नवौं अध्यायमा स्वागत छ।, यो अध्यायको सुरूआत मिथिलाको एउटा प्रख्यात उक्तिबाट गरौं–, पग–पग पोखैर माछ मखान,
मधुर बोल मुस्की मुख पान,
विद्या वैभव शान्तिक प्रतीक,
सरस क्षेत्र मिथिलांचल थिक, अर्थात्, पाइलैपि... |
सेतोपाटी संवाददाता नेपाल प्रहरीका महानिरीक्षक धिरजप्रताप सिंहले अपराधका घटना हुन नदिन प्रभावकारी रूपमा परिचालन हुन प्रहरीहरूलाई निर्देशन दिएका छन्।, बुधबार प्रहरी प्रधान कार्यालयमा भएको कार्यक्रममा उनले कार्यालय प्रमुखलाई अझै सक्रिय भएर जिम्मेवारी बहन गर्न निर्देशन दिए। , ‘हालैका घटनाको समीक्षा गर्दै आगामी दिनमा हुन स... |
सेतोपाटी संवाददाता अहिले सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशमा आंशिक बदली रही देशका अन्य भू-भागमा मौसम सामान्यतया सफा रहेको छ।, मौसम पूर्वानुमान महाशाखाले हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको जनाएको छ। आज (शुक्रबार) दिउँसो प्रदेश नं १ का पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रहने र देशका अन्य भू-भागहरूमा आं... |
सेतोपाटी संवाददाता मुक्त कमैया विकास मञ्च, कमैया महिला जागरण समाज बर्दियालगायत मञ्चले १० बुँदे माग राखेका छन्।, सरकारको तर्फबाट भएका घोषणा कार्यान्वयन नहुँदा विश्वासको संकट आएको भन्दै आफ्नो माग पूरा गर्न सरकारसमक्ष उनीहरूले आग्रह गरेका छन्।, मुक्त कमैया विकास मञ्च, कमैया महिला जागरण समाज बर्दिया, राष्ट्रिय मुक्त हलिया... |
सेतोपाटी संवाददाता यही फागुन ६ गते त्रयोदशीमा पशुपतिनाथमा लाग्ने महाशिवरात्रि मेलाको सम्पूर्ण तयारी पूरा भएको छ। , पशुपति क्षेत्र विकास कोषका अनुसार महाशिवरात्रिमा पशुपतिनाथको दर्शन गर्न आउने भक्तजनको सहजताका लागि आठ उपसमिति गठन गरिएको छ। शिवरात्रिको तयारीका लागि संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीक... |
सेतोपाटी संवाददाता दाङ तुलसीपुरमा खाना पकाउने ग्यास सिलिन्डर बिस्फोट हुँदा घाइते दुई मध्ये एक जनालाई थप उपचारका लागि काठमाडौं लगिएको छ। , सिलिन्डर बिस्फोटबाट गम्भीर घाइते भएकी तुलसीपुर उपमहानगरपालिका–१६ को लहलौराकी ५० वर्षीया कुसुम केसीलाई बिहीबार बेलुकी विमानमार्फत काठमाडौं लगिएको हो। उनको थप उपचार कीर्तिपुरस्थित अस्... |
सेतोपाटी संवाददाता काठमाडौंको बालाजुमा भएको यातायात मजदुरको आन्दोलन उग्र बन्दा भएको तोडफोड, आगजनी र लुटपाट घटनामा प्रहरीले थप २९ जनालाई पक्राउ गरेको छ। , जिल्ला प्रहरी परिसर काठमाडौंले यस घटनामा थप २९ जनालाई पक्राउ गरेको एसपी सीताराम रिजालले जानकारी दिए। उनका अनुसार पक्राउ पर्नेमध्ये ६ जना लुटपाटको घटनामा संलग्न छन्। ... |
सेतोपाटी संवाददाता भन्सार छलेर ल्याइएका ४० थान मोबाइल सेटसहित पसल सञ्चालकलाई प्रहरीले पक्राउ गरेको छ।, नारायणगढको इन्द्रदेव मार्गस्थित एमथ्री मोबाइल हाउसमा बिक्रीका लागि राखिएका मोबाइलसहित सञ्चालकलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता डिएसपी विजयराज पण्डितले बताए।, भन्सार छली गरी ल्याएको अवैध म... |
सेतोपाटी संवाददाता नुवाकोटमा बस दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ। , बिहीबार अपराह्न ४ बजेतिर बिदुर नगरपालिका वडा नम्बर १२ स्थित चैनपुरमा बस दुर्घटना हुँदा २ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नुवाकोटका डिएसपी खगेन्द्र खड्काले जानकारी दिए। , बटाहाबाट दाम्चेतर्फ जाँदै गरेको बा २ ख ८४५ नम्बरको बस दुर्घटनामा प... |
रासस यही फागुन १ गते नयाँ बसपार्कस्थित लोत्से मलमा तोडफोड गरी लुटपाट गर्ने तथा प्रहरीको सवारी साधन आगजानीमा संलग्न ४० जनालाई प्रहरीले पक्राउ गरेको छ।, यातायात मजदुरका नाममा प्रहरीका दुईवटा भ्यानमा आगो लगाउने, लोत्से मल तोडफोड गर्ने तथा मोबाइल लुटपाटमा संलग्न भएको आरोपमा उनीहरुलाई प्रहरीले शुक्रबार साँझ पक्राउ गरेको थि... |
रासस म्याग्दीको बेनी नगरपालिकाको वडा नम्बर ७ मा पर्ने कुरिलाखर्कको सडक र पैदलमार्ग भएर दैनिक सयौँ सवारीसाधन र मानिस ओहोरदोहोर गर्छन्।, बेनी–५ भिरमुनिका ५० वर्षीय राहुल विकले एक वर्षदेखि सोही सडकको छेउमा रहेको ओडारमा आश्रय लिइरहेका छन्। छोराहरूको मृत्यु, श्रीमतीले दोस्रो विवाह गरेको र आफन्तले हेला गरेपछि ओडारमा बस्नुपर... |
रासस नेपाली सेनाले एकैपटक पाँच सय ५५ वटा नेपाली मौलिक बाजा मादल बजाएर विश्व कीर्तिमान कायम गरेको छ।, महाशिवरात्रि तथा सेना दिवसका अवसरमा शनिबार सैनिक मञ्च टुँडिखेलमा आयोजित समारोहमा प्रधानसेनापति प्रभुराम शर्मालाई सेनाले मादलमा कायम गरेको कीर्तिमानको प्रमाणपत्र वर्ल्ड बुक्स् अफ रेकर्डका नेपाल प्रतिनिधिले हस्तान्तरण गर... |
रासस नेपाल र भारतका ऊर्जा सचिवस्तरीय संयुक्त निर्देशक समिति (जोइन्ट स्टेयरिङ कमिटी)को बैठक सकिएको छ।, भारतको राजस्थानस्थित माउन्ट आबुमा शनिबार साँझ सम्पन्न संयुक्त निर्देशक समितिको १०औं बैठकले अन्तरदेशीय विद्युत् व्यापार, विद्यमान प्रसारण लाइन तथा निर्माणाधीन र प्रस्तावित प्रसारण लाइनबारे केही महत्वपूर्ण सहमति जनाएको ... |
सेतोपाटी संवाददाता धनगढी उपमहानगरपालिकाले शौचालयको डिजाइन प्रतियोगिता आयोजना गरेको छ।, उपमहानगरले बनाउन लागेका सार्वजनिक शौचालयको डिजाइन बनाउने मध्ये उत्कृष्ट एक इन्जिनियरलाई एक लाख ५० हजार पुरस्कार दिने भएको छ।, यसका लागि उपमहानगरले नेपाल आर्किटेक्ट इन्जिनियर्स एशोसिएशनसँगको सहकार्य गरेर देशभरका इन्जिनियरलाई आफ्नो डि... |
रासस महाशिवरात्रिको अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले पशुपतिनाथ मन्दिरमा पूजा आराधना गरेकी छन्।, पूजा आराधनापछि पशुपतिनाथ मन्दिरका मूल भट्ट गणेश भट्टबाट राष्ट्रपति भण्डारीले प्रसाद ग्रहण गरेकी छन्।, यसअघि राष्ट्रपति भण्डारी पशुपतिनाथ मन्दिर प्रांगणमा आउँदा पशुपति क्षेत्र विकास कोष सञ्चालक परिषद्का अध्यक्षसमेत रहे... |
सेतोपाटी संवाददाता आज आंशिकदेखि सामान्य मौसम बदली भई प्रदेश नम्बर १ र गण्डकी प्रदेशका उच्चपहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपात हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले बताएको छ।, तराईका एक-दुई स्थानमा बिहानीपख हुस्सु र कुहिरो लागे पनि मध्यान्हपछि खुल्ने महाशाखाले जनाएको छ।, देशमा पश्चिमी वायुको आंशिक प्... |
चन्द्र काफ्ले मध्यपश्चिमको दुर्गम पहाडी गाउँ थवाङ सशस्त्र माओवादी द्वन्द्वको उद्गम क्षेत्रका रूपमा चिनिन्छ। अहिले यो ठाउँ अर्को कारणले पनि चर्चामा छ।, थवाङलाई चर्चामा ल्याउने व्यक्ति हुन् जापानी चिकित्सक डा. रियुचिकी इशिदा, जसले एक दशकभन्दा बढी समयदेखि यहाँ बसेर स्वयंसेवा गरिरहेका छन्।, उनी सन् १९६८ मा क्षयरोगविरूद्ध ... |
रासस पूर्वी चितवनमा गैँडाको आक्रमणबाट एक जनाको मृत्यु भएको छ।, रत्ननगर नगरपालिका वडा नम्बर ९ का ६० वर्षीय चन्द्रबहादुर तामाङको मृत्यु भएको हो।, चितवन राष्ट्रिय निकुञ्जका अनुसार मंगलबार बिहान बाटोमा हिँड्ने क्रममा रत्ननगर–९ लालपर्सा नजिक उनलाई गैँडाले आक्रमण गरेको हो।, बिहान ६ बजे तामाङ मृतावस्थामा भेटिएको र घटनाको प्... |
सेतोपाटी संवाददाता डिआइजी अशोक सिंहले राजीनामा दिएका छन्। , उनी उमेर विवादमा परेका थिए।, उनले बुधबार प्रहरी प्रधान कार्यालयमा राजीनामा पत्र बुझाएको प्रहरी प्रधान कार्यालय स्रोतले सेतोपाटीलाई जानकारी दिएको छ।, उनको राजीनामा पत्र आज नै गृह मन्त्रालय पठाउने तयारी रहेको उक्त स्रोतले बताएको छ।, उमेरबारे उनीविरूद्ध अख्तियार... |
सेतोपाटी संवाददाता वातावरण संरक्षणका लागि काम गर्दै आएका चितवनका युवाहरूले स्थानीय तहको फोहोर व्यवस्थापन नीति तथा कार्यक्रम निर्माण र अनुगमनमा युवाहरूको सहभागिता र अवसरका लागि युवा परिषद् स्थापना गर्न माग गरेका छन्।, सामाजिक संस्था बेटर चितवनको आयोजनामा भरतपुरमा भएको पालिकाहरूको फोहोर व्यवस्थापनसम्बन्धी युवा मञ्च कार्... |
राजु अधिकारी जिल्ला प्रशासन कार्यालय इलामले बिहान ७ बजेदेखि राति अबेरसम्मै राहदानी सेवा दिन थालेपछि सेवाग्राहीलाई सजिलो भएको छ।, अरूबेला दुई/तीन दिनसम्म पालै नपाउने सेवाग्राहीले एकै दिनमा राहदानीको सबै सेवा पाएपछि बिहानैदेखिको सेवा प्रभावकारी बनेको देखिएको छ। पहाडी जिल्ला इलामका विभिन्न ठाउँबाट सेवा लिन आउनेहरूले एकैद... |
सेतोपाटी संवाददाता ९ किलो चरेशसहित तीन जनालाई सशस्त्र प्रहरीले पक्राउ गरेको छ। , कैलाली धनगढी उपमहानगरपालिका-१४ एचगाँउ स्याउले घाटस्थित सीमा इलाकाबाट बुधबार ९ किलो चरेशसहित तीन जनालाई पक्राउ गरेको सशस्त्र प्रहरीका सहायक प्रवक्ता डिएसपी शैलेन्द्र थापाले जानकारी दिए। , सशस्त्र प्रहरी बल बिओपी फुलबारीबाट खटिएको टोलीले पक... |
सेतोपाटी संवाददाता हुन्डी कारोबार गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। , काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले एक जनालाई पक्राउ गरेको प्रवक्ता एवं एसपी सोमेन्द्रसिंह राठौरले जानकारी दिए। , भारत हिमाञ्चल प्रदेश घर भई काठमाडौं महानगरपालिका-१४ कुलेश्वर बस्ने ४९ वर्षीय विजयकुमार गुप्तालाई गत सोमबार पक्राउ... |
सेतोपाटी संवाददाता काठमाडौंमा चोरी गरेको आरोपमा प्रहरीले ६ जनालाई पक्राउ गरेको छ।, जिल्ला प्रहरी परिसर काठमाडौंले चोरी गर्ने समूहलाई पक्राउ गरेको प्रवक्ता एवं एसपी सीताराम रिजालले जानकारी दिए। , पक्राउ पर्नेमा पाँचथर घर भई गोकर्णेश्वरका सुनचाँदी व्यवसायी ४३ वर्षीय राजकुमार योङ्या लिम्बू, धनकुटाका ३८ वर्षीय जीवन मगर, ... |
सेतोपाटी संवाददाता सिराहामा मनी ट्रान्सफरका कर्मचारीबाट लुटपाट भएको छ। , मिर्चैयास्थित ग्लोबल आइएमई बैंकबाट कल्याणपुर नगरपालिकास्थित मनी ट्रान्सफरमा जाँदै गरेका एक कर्मचारीबाट ९ लाख रुपैयाँ लुटपाट भएको जिल्ला प्रहरी कार्यालयका डिएसपी रवीन्द्रराज पाण्डेले जानकारी दिए।, कल्याणपुर मिर्चैया सडकखण्डमा पर्ने कटहा पुलबाट रकम... |
रासस मकवानपुरमा जङ्गली हात्तीको आक्रमणबाट गए राति एक जनाको मृत्यु भएको छ।, हात्तीको आक्रमणबाट बकैया गाउँपालिका–५ पावसका ५० वर्षीय जनकलाल माझीको मृत्यु भएको हो।, जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक बलराम श्रेष्ठका अनुसार गए राति ९ बजे घर नजिकै बाख्राको खोरतर्फ जाँदै गरेका माझीलाई हात्तीले आक्रमण गरेको हो।, गम्भीर ... |
भगवती पाण्डे सिद्धार्थ राजमार्गअन्तर्गत बुटवल-तानसेन सडकखण्ड दैनिक आठ घण्टा बन्द हुने भएको छ।, वर्षा होस् या हिउँदयाम जुनसुकै समयमा पनि झर्ने पहिरोका कारण असुरक्षित बनेको बुटवलदेखि दोभानसम्मको सडकलाई सुरक्षित बनाउन सिद्धबाबा क्षेत्रमा सुरूङमार्ग निर्माण हुँदैछ।, सोही सुरूङमार्ग निर्माणको लागि डाइभर्सन बनाउन शुक्रबारदे... |
सेतोपाटी संवाददाता नाबालिग बलात्कारको आरोप लागेका क्रिकेटर सन्दीप लामिछानेले आफूलाई क्रिकेट खेल्न विदेश जान दिनुपर्ने माग गरी सर्वोच्च अदालतमा दिएको रिटको शुक्रबार सुनुवाइ हुँदैछ।, सर्वोच्च अदालतको वेबसाइटका अनुसार लामिछानेको रिट न्यायाधीश ईश्वर खतिवडाको इजलासमा परेको छ।, आज न्यायाधीश खतिवडाको इजलासमा १५ वटा रिट छन्। ... |
मनिका विश्वकर्मा यो फागुन ६ गते शनिबारको कुरा हो। ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जन लगनखेलको हनुमानथान दर्शन गर्न गएका थिए। मन्दिरको प्रवेशद्वारदेखि वरिपरिको क्षेत्र जम्मै गाडी र मोटरसाइकलले ढाकिएको थियो।, सम्पदा क्षेत्रमा पर्ने उक्त स्थल मन्दिर दर्शनार्थीहरूको मात्र होइन, वरपरका स्थानीयको निम्ति पनि पार्किङ... |
नवीनबाबु गुरूङ काठमाडौंको हनुमानढोकास्थित बसन्तपुरमा आज बिहान होलीको चीर ठड्याइएको छ।, रंगीविरंगी कपडाहरूको ध्वजासहितको तीन खण्डे चीर ठड्याइएको हो।, चीर ठड्याएसँगै सोमबारदेखि राजधानीलगायत मुलुकभर औपचारिक रूपमा होली पर्व सुरू भएको मानिन्छ।, चीर ठड्याइसकेपछि गुर्जुको पल्टनबाट हर्ष बढाइ गरिएको थियो। त्रेता युगदेखि नै चलि... |
सेतोपाटी संवाददाता नाबालिग बलात्कारको आरोप लागेका क्रिकेटर सन्दीप लामिछानेले आफूलाई क्रिकेट खेल्न विदेश जान दिनुपर्ने माग गरी सर्वोच्च अदालतमा दिएको निवेदनमाथि अहिले सुनुवाइ भइरहेको छ।, सर्वोच्च अदालतको वेबसाइटका अनुसार लामिछानेको निवदेनमाथि न्यायाधीश ईश्वर खतिवडाको इजलासमा सुनुवाइ भइरहेको छ।, आइसिसी विश्वकप क्रिकेट ल... |
शोभा शर्मा नाबालिग बलात्कारको आरोप लागेका क्रिकेटर सन्दीप लामिछानेले आफूलाई क्रिकेट खेल्न विदेश जान दिनुपर्ने माग गरी सर्वोच्च अदालतमा दिएको निवेदनमाथि सुनुवाइ सकिएको छ।, लामिछानेको निवदेनमाथि न्यायाधीश ईश्वर खतिवडाको एकल इजलासमा सुनुवाइ भएको हो।, सुनुवाइको क्रममा लामिछानेका पक्षबाट बरिष्ठ अधिवक्ता शम्भु थापा र सरोजकृ... |
सबिना श्रेष्ठ मिथिलाक कथासभ : अध्याय १४, वाल्मीकि ऋषिकहाँ बसेका एक जोडी सुगा र सुगिनीले ऋषिको मुखबाट राम–सीताको कथा सुनेका रहेछन्।, एकदिन पहाडको टुप्पोमा गएर उनीहरूले लय हाल्दै भनेछन्, ‘श्रीराम नामका एक प्रख्यात राजकुमार छन्। उनको विवाह मिथिलाकी राजकुमारी सीतासँग हुनेछ। उनीहरूले हजारौं वर्ष राज्य गर्नेछन्। धन्य हो सी... |
युवराज श्रेष्ठ रोग लाग्दा पनि मान्छेले भगवानलाई धन्यवाद दिन्छ र? त्यो पनि उपचार गर्न असाध्य र अति महँगो मानिने रोगमा!, हो दिन्छन्। , राष्ट्रिय महिला भलिबल टिमकी पूर्वखेलाडी मञ्जु गुरुङ पनि क्यान्सर लागेकोमा धन्य छिन्। उनलाई स्तन क्यान्सर भयो। उपचार भयो। उपचारपछिको जीवनको अनुभवमा उनी धन्य भएकी हुन्।, भन्छिन्, ‘मलाई स्... |
राजकुमार पराजुली अरनिको राजमार्गअन्तर्गत सूर्यविनायकदेखि धुलिखेलसम्म सडक विस्तार योजनाअन्तर्गत काभ्रेपलाञ्चोकको साँगाबाट निर्माण सुरु भएको छ।, उक्त सडकखण्ड तीन वर्षमा सक्ने गरी भक्तपुरको सूर्यविनायक–साँगा र साँगा–धुलिखेलको सडकखण्ड विस्तार गर्न छुट्टाछुट्टै दुई चरणमा सम्झौता भएको थियो। , यी दुवै सडकखण्डको काम ठेक्का सम... |
मन्दिरा घिमिरे काठमाडौं महानगरपालिकाले दुई महिनाअघि दरबारमार्गको एक लेन पार्किङ हटाएलगत्तै व्यवसायीहरूले विरोध गरेका थिए। त्यसपछि महानगरले सडक किनारको उक्त पार्किङको सट्टा दरबारमार्गका चार ठाउँमा वैकल्पिक व्यवस्था गरिएको जानकारी दियो। , दरबार मल, विश्वज्योति मल, अन्नपूर्ण होटल र राइजिङ मलमा पार्किङ व्यवस्था गरिएको महा... |
सेतोपाटी संवाददाता चितवनको नारायणी नदीबाट एक जना पुरूषको उद्धार भएको छ।, सशस्त्र प्रहरी बलले एक जना पुरूषको उद्धार गरेको सहायक प्रवक्ता एवं डिएसपी शैलेन्द्र थापाले जानकारी दिए।, भरतपुर महानगरपालिका-३ पुल्चोकस्थित पुलबाट सोमबार बेलुकी खैरहनी नगरपालिका-९ बस्ने २० वर्षीय मनिष महतोले नारायणी नदीमा हामफालेका थिए।, उनले हाम... |
भागवत भट्टराई राजनीतिज्ञ र राजनीतिक दलसँग पहुँच भएका कतिपय व्यक्तिको उपचारका लागि राज्यले वर्षौं गैरकानुनी रूपमा करोडौं रकम खर्च गर्दै आएको छ।, यो वर्षको साउनदेखि माघ महिनासम्म सहायताको नाममा सरकारले ५ करोड ४६ लाख रूपैयाँ वितरण गरेको छ। लिनेमा अधिकांश नेता र उनीहरूका आफन्त छन्।, यो वर्ष पूर्वराष्ट्रपति डा. रामवरण यादव... |
सेतोपाटी संवाददाता बझाङमा २ वर्षीया बालिका बलात्कार गरेकाे आराेपमा एक जनालाई प्रहरीले पक्राउ गरेकाे छ।, बलात्कार आरोपमा प्रहरीले खप्तड छान्ना गाउँपालिकाका-७ का एक पुरुषलाई पक्राउ गरेकाे जिल्ला प्रहरी कार्यालयका डिएसपी जागेश्वर भण्डारीले जानकारी दिए।, पीडित परिवारले कार्यालयमा आइतबार उजुरी दिएका थिए। उक्त उजुरीको आधारम... |
सेतोपाटी संवाददाता नक्कली लाइसेन्स बनाएको आरोपमा एक जना पक्राउ परेका छन्। , काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले एक जनालाई नक्कली सवारी लाइसेन्स बनाएको आरोपमा पक्राउ गरेको छ। , रामेछाप घर भई भक्तपुरको ब्यासी बस्ने २८ वर्षीय नविन मानन्धरलाई पक्राउ गरेको एसपी सोमेन्द्र सिंह राठौरले जानकारी दिए। उनलाई सोमबार प्रहर... |
सेतोपाटी संवाददाता मानव बेचबिखन गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। , मानव बेचबिखन अनुसन्धान ब्युरोको टोलीले मोरङ कानेपोखरी गाउँपालिका-३ हरकपुरका ४४ वर्षीय गणेशबहादुर लावतीलाई पक्राउ गरेको हो। ब्युरो प्रवक्ता एसपी कृष्ण पंगेनीका अनुसार उनलाई काठमाडौं-७ चाबहिलबाट पक्राउ गरेको हो। , लावतीले केही व्यक्तिहरूला... |
सेतोपाटी संवाददाता सैनिक अदालतले उपरथी प्रेम शाहीलाई सेवाबाट हटाउन आदेश दिएको छ। , बिहीबार उपरथी ताराध्वज पाण्डेको अध्यक्षतामा गठन भएको सैनिक अदालतले शाहीलाई सेवाबाट हटाउन आदेश दिएको सैनिक प्रवक्ता एवं सहायक रथी कृष्णप्रसाद भण्डारीले जानकारी दिए। , आर्थिक अनियमितता गरेको, सैनिक आचरण, मर्यादाको उल्लंघन गरेको आरोप शाहीम... |
सेतोपाटी संवाददाता विराटनगर महानगरपालिकाले नगर बस सन्चालनको तयारी थालेको छ।, आगामी तीन महिनाभित्रमा १९ वटा बस सन्चालनमा ल्याउने गरी तयारी थालिएको महानगरले जनाएको छ।, प्रदेश सरकार र लगानी बोर्डको सहयोगमा महानगरले नगर बस सञ्चालन गर्ने तयारी गरेको महानगरपालिका उपप्रमुख शिल्पा निराला कार्कीले बताइन्।, ‘महानगरको १९ वटै वडा... |
मन्दिरा घिमिरे तपाईं कतिको बिरालोप्रेमी हुनुहुन्छ?, तपाईं आफ्नो वरिपरि जतिबेला पनि बिरालो भइराखोस् भन्ने चाहनुहुन्छ? यदि चाहनुहुन्छ भने तपाईं झम्सिखेलको 'क्याट क्याफे'मा जान सक्नुहुन्छ। त्यहाँ तपाईं बिरालोसँग खेल्दै र खेलाउँदै सँगै खानेकुरा खाई भरपुर मनोरञ्जनका साथसाथै आनन्द लिन सक्नुहुन्छ।, एक हप्ताअघि मात्रै सञ्चालन... |
सेतोपाटी संवाददाता काभ्रेको बेथानचोक गाउँपालिका वडा नम्बर ६ मा निर्माण गरिएको खानेपानी आयोजना समुदायलाई हस्तान्तरण गरिएको छ।, सिउरानीमा एक करोड ९३ लाख ६३ हजार दुई सय ५७ रूपैयाँ खर्च गरेर बनाइएको खानेपानी आयोजनाबाट २ सय २३ घरघुरीका एक हजार तीन सय ३७ जना प्रत्यक्षरूपमा लाभान्वित भएका छन्।, सिउरानी भञ्जाङखर्क खानेपानी आय... |
रासस चितुवाको आक्रमणबाट तनहुँमा १४ बालबालिकाको मृत्यु भएको छ भने १९ जना घाइते भएका छन्।, वि.सं २०७४ फागुन ९ गतेदेखि हालसम्म पाँच वर्षको अवधिमा जिल्लाका विभिन्न स्थानमा भएको चितुवा आक्रमणमा परी १० बालक र चार बालिकाको मृत्यु भएको हो।, यसरी मृत्यु हुनेमा बन्दीपुर गाउँपालिका–५ की सुप्रीति थापा, बन्दीपुर–१ का सुप्रिम थापा,... |
सेतोपाटी संवाददाता काठमाडौं महानगरपालिकाले माडवारी समाजलाई धर्मशालामा बनाएको अवैध संरचना हटाउन २४ घण्टे अल्टिमेटम दिएको छ।, बिहीबार महानगर प्रहरी प्रमुख राजुनाथ पाण्डे नेतृत्वको टोलीले माडवारी समाजलाई गौशालास्थित धर्मशालामा बनाएको अवैध संरचना हटाउन मौखिक रूपमा २४ घण्टे अल्टिमेटम दिएको काठमाडौं महानगरपालिका ८ का वडाध्य... |
सेतोपाटी संवाददाता हाल देशमा पश्चिमी वायुको प्रभाव सामान्य रहेको छ। जसको कारण आज देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।, महाशाखाकाअनुसार आज (शुक्रबार) दिउँसो कोसी र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रहने छ भने देशका अन्य प... |
सेतोपाटी संवाददाता सुदूरपश्चिम र लुम्बिनी प्रदेशमा तराईका केही स्थानमा आज अपराह्नतिर हावाहुरी चल्ने भएको छ। जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार आज यी प्रदेशका केही स्थानमा हावाहुरीको सम्भावना रहेको छ।, हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेकाले आंशिकदेखि सामान्य मौसम बदली भइ आज कोसी, गण्... |
सेतोपाटी संवाददाता काभ्रेको पनौती आसपासलाई केन्द्रबिन्दु बनाएर आइतबार बिहान भूकम्प गएको छ।, राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार आज बिहान ८ बजेर ३ मिनेट जाँदा काभ्रेको पनौती आसपास केन्द्रभएर ४.३ म्याग्निच्युडको भूकम्प गएको हो।, भूकम्पको धक्का काभ्रेसहित छिमेकी जिल्लामा महसुस भएको छ।,
,
काभ्रे केन्द्र बनाएर भूकम्प... |
सेतोपाटी संवाददाता ओखलढुंगाको चिसंखुगढी गाउँपालिका-३ दियालेमा आइतबार बिहान एउटा यात्रुबहाक बोलेरो जिप दुर्घटना हुँदा २ जनाको घटनास्थलमै ज्यान गएकोछ।, घटनास्थलमा रहेका पत्रकार लीलाराम खड्काका अनुसार सदरमुकाम ओखलढुंगातर्फ गइरहेको ना १ ज ८४७३ नम्बरको जिपमा १३ जना सवार रहेका थिए।, घटनामा परी ओखलढुंगाको चिसंखुगढी -३ का स्थ... |
नवीनबाबु गुरूङ होलीको दिन पारेर काठमाडौं टमाटरको उत्सव ला टोमाटिना आयोजना गरिएको छ। ग्लोबल टुरिज्म प्रमोसन काउन्सिल र राष्ट्रिय जनपक्षीय चलचित्रकर्मी संघले लैनचौरस्थित नेपाल स्काउटको ग्राउन्डमा ला टोमाटिना गरेको हो।, लैनचौरमा भएको ला टोमाटिनामा युवायुवतीहरू रमाएका थिए।, ला टोमाटिना युरोपेली मुलुक स्पेनमा लोकप्रिय छ।, ... |
रासस कतारकी राजकुमारी आश्मा अल्थानी अन्नपूर्ण प्रथम हिमाल आरोहणका लागि आज म्याग्दी आएकी छन्।, आठ हजार ९१ मिटर अग्लो अन्नपूर्ण प्रथम हिमाल अन्नपूर्ण गाउँपालिका–४ मा अवस्थित छ। इलाइट ट्रेकिङ कम्पनीमार्फत् उनी अन्नपूर्ण हिमाल आरोहण गर्न आएकी हुन्।, काठमाडौंबाट अल्थानीको आरोहण टोलीका सदस्य सिम्रिक एयरको हेलिकप्टरमार्फत् अ... |
रासस बागलुङको गलकोट नगरपालिका–९ स्थित अम्मरबसेकी बेलकुमारी गौतमको हत्यामा संलग्न सोही गाउँका इन्द्रबहादुर विकलाई प्रहरीले सार्वजनिक गरेको छ। , फागुन १९ गते राति ६५ वर्षीया गौतम आफ्नो घरको पूर्व पाण्डुकेसरी वनको गोरेटो बाटोदेखि अन्दाजी ६० मिटर तल भिरमा मृत फेला परेकी थिइन्। , मृत फेला परेकी गौतमको गहना लुटिएको देखेपछि ... |
रासस ओखलढुंगामा एक वृद्ध दम्पतीको शव फेला परेको छ। , मोलुङ गाउँपालिका–२ लामिडाँडा निवासी ७० वर्षीय हेमप्रसाद दाहाल र उनकी ६९ वर्षकी श्रीमती बेदुका घर नजिकैका रूखमा झुन्डिएको अवस्थामा फेला परेको प्रहरी प्रमुख निरीक्षक देवेन्द्र दासले जानकारी दिए।, सो घटनाबारे थप अनुसन्धान भइरहेको निरीक्षक दासको भनाइ छ। ,
ओखलढुंगामा भे... |
जमुना वर्षा शर्मा नेपालको पर्यटकीय नगरी पोखरा। पोखराको पनि विदेशी पर्यटकको केन्द्र लेकसाइड। आज यहाँ रहेका विभिन्न देशका पर्यटक होलीको रङमा निकै रमाए। , होली नेपाली परम्पराको रङको पर्व। आपसमा रङ खेलेर यो पर्व मनाउने गरिन्छ। विभिन्न रङमा रंगिएर नाचगान गर्दै रमाएका नेपालीसँग मिसिन पुग्छन् विदेशी पर्यटक पनि। विदेशी पर्यटक... |
सबिना श्रेष्ठ मिथिलाक कथासभ : अध्याय १६, मिथिलाका बारेमा एउटा भनाइ प्रचलित छ- जुन खानेकुरा स्वर्गमा पनि पाइन्न, त्यो मिथिलामा पाइन्छ!, हुन त स्वर्ग कसले देखेको छ र! तर यो भनाइले स्वर्गका रूपमा एउटा यस्तो लोकको परिकल्पना गरेको छ, जहाँ पुण्य आत्माहरू बस्छन् र जहाँ तीनै लोकका सबै सुख-सुविधा उपलब्ध छन्। त्यस्तो तीनै लोकका... |
युवराज श्रेष्ठ अमेरिकी पर्यटक एमी रोज सोमबार अन्नपूर्ण आधारशिविर (एबिसी) र घोरेपानी–पुन हिल पदयात्रामा जाने योजनामा थिइन्।, पोखराको इथिकल ट्रेकिङ कम्पनीमार्फत् पदयात्रामा जान लागेकी एमीलाई रङहरूको पर्व होलीले रोक्यो।, ‘रङहरूको उत्सव होली कस्तो हुँदो रहेछ भनेर हेर्न पदयात्रामा जाने आजको योजना रद्द गरेँ,’ उनले भनिन्, ‘ए... |
आकांक्षा कार्की यसपालि ,'महिनावारीका कुरा', मा हामीले रंगकर्मी आकांक्षा कार्कीको अनुभव समेटेका छौं। ३२ वर्षीया आकांक्षाले १४ वर्ष हुँदादेखि नै स्कुलमा नाटक खेल्थिन्। , रातो बंगलामा स्कुलिङ र ए लेभल पढेकी आकांक्षाले भारतको बेंगलुरूस्थित क्राइस्ट युनिभर्सिटीबाट साहित्य, मनोविज्ञान तथा थिएटरमा डिप्लोमा गरिन्। पढ्ने क्रम... |
मनिका विश्वकर्मा चार महिनादेखि भत्किएको पाटन, झम्सिखेलको फुटपाथ पुनर्निर्माण सुरू भएको छ।, पुल्चोकको दमकल चोकदेखि झम्सिखेलको सरस्वती मन्दिरसम्मको फुटपाथ अपांगता भएका व्यक्तिहरूका लागि सहज हुने गरी पुनर्निर्माण भइरहेको ललितपुर महानगरपालिकाले जनाएको छ।, वडा नम्बर ३ का प्राविधिक ईश्वरकुमार श्रेष्ठले चैत महिनाभित्र पूरा ग... |
रासस कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको बँदेलमा ‘अफ्रिकन स्वाइन फिभर’को संक्रमण देखिएको छ। , शुक्लाफाँटा राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत किशोर मेहताले निकुञ्जको बँदेलमा अफ्रिकन स्वाइन फिभरको संक्रमण देखिएको जानकारी दिए।, ‘यही फागुन १९ गते निकुञ्जमा गस्ती गरिरहेका बेला बँदेल मृतावस्थामा भेटिएको थियो’,... |
राजेश घिमिरे पेटमा रक्सीको बोतल भेटिएका युवकको स्वास्थ्य अवस्थामा सुधार भइरहेको उपचारमा संलग्न चिकित्सकले बताएका छन्। , भरतपुरस्थित पुरानो मेडिकल कलेज शिक्षण अस्पतालका ल्याप्रोस्कोपिक तथा जीआई सर्जन विभागका प्रमुख कन्सल्टेन्ट डा.नारायणप्रसाद बेलबासेले उनी सामान्य हिँडडुल गर्न थालेको बताए। , डा.बेलबासे नेतृत्वको स्वास्... |
सेतोपाटी संवाददाता अमेरिकाबाट पठाइएको पार्सलमा गाँजा भेटिएको छ। , लागुऔषध नियन्त्रण ब्युरोले अमेरिकाबाट पठाइएको पार्सलमा गाँजा फेला पारेको हो। यसमा संलग्न रहेको आरोपमा प्रहरीले ३ जनालाई पक्राउ गरेको ब्युरो प्रवक्ता एवं एसपी चक्रराज जोशीले जानकारी दिए। , ६.९ किलो गाँजा बरामद गरेको उनले बताए। , त्रिभुवन अन्तर्राष्ट्रिय ... |
नारायण खड्का बुहारीको बिहे! त्यो पनि सासूससुराले नै गरिदिएको! , यस्तो पनि हुन्छ र? , हुन्छ नि, समाजमा असल मानिस भए तिनले बुहारीको पनि बिहे गरिदिन्छन्। , दाङको तुलसीपुरमा यस्तै भयो। भरखरै, यही साताको बिहीबारको कुरा हो। , बिहे भएको हो ३० वर्षीया आरती श्रेष्ठको। उनका सासूससुरा विना श्रेष्ठ र शिव श्रेष्ठले बिहे गरिदिएका ह... |
सविता बुढा धनगढी- ३ का हरिनाथको एउटै चिन्ता छ। बढ्दो महंगीमा कसरी परिवार पाल्नु भन्ने पीरले उनलाई दिनमा चैन र रातमा निद्रा लाग्दैन। , ‘विहान, दिउँसो काम गरेको कमाई साँझ सकिन्छ, उल्टो झन् ऋण लाग्छ बेचैन हुन्छु,’ उनले भने।, उनका अनुसार केही समयअघि सम्म एक सय रुपैँयाको तरकारी दुई छाकलाई पुग्थ्यो, तर मंहगीले पाँच सयको तरक... |
सेतोपाटी संवाददाता नेपालमा सन् २०२२ को जुनदेखि यस वर्षको मार्चसम्ममा ४ हजार ३ सय ४४ अनलाइन लैंगिक हिसाका घटना दर्ता भएका छन्।, संयुक्त राष्ट्रसंघ नेपालले आयोजना गरेको ‘अनलाइन लैंगिक विकृति’ अन्तरक्रिया कार्यक्रममा एसपी पशुपतिकुमार रायले उक्त कुरा बताएका हुन्।, अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा आयोजित कार्यक्रममा साम... |
रासस कोरोना भाइरसबाट संक्रमित हुनेहरूको संख्या फेरि बढ्न थालेको पाइएको छ।, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांकअनुसार पछिल्ला केही दिनयता अहिले दैनिक सक्रिय संक्रमित बढिरहेका हुन्।, फागुन २६ गतेदेखि सक्रिय संक्रमित दैनिक बढिरहेका हुन्।, फागुन २६ गते सक्रिय संक्रमित पाँच जना, २७ गते १२, २८ गते १५, २९ गते १६, ३० ग... |
सेतोपाटी संवाददाता कृषि ज्ञान केन्द्र, कालिकोटका निमित्त कार्यालय प्रमुखसहित १२ जनाविरूद्ध भ्रष्टाचारको मुद्दा दायर भएको छ। , अख्तियार दुरूपयोग अनुसन्धान आयोगले सोमबार १२ जनाविरूद्ध विशेष अदालतमा मुद्दा दायर भएको प्रवक्ता भोला दाहालले जानकारी दिए।, कलिकोटको सिमनाथ कृषि विकास सहकारी संस्था लिमिटेडले उच्च प्रविधियुक्त न... |
सेतोपाटी संवाददाता बालाजुमा प्रहरीको गाडीमाथि आगजनी र तोडफोडको घटनामा प्रहरी वृत्त बालाजुका तत्कालीन डिएसपी रविन विष्टमाथि कारबाही गरिएको छ।, कारबाहीस्वरूप उनको तीन वर्ष बढुवा रोक्का गरिएको काठमाडौं प्रहरी स्रोतले जानकारी दियो।, काठमाडौंको बालाजुमा भएको यातायात मजदुरको आन्दोलनको घटनामा दुई जना डिएसपीलाई कारबाही गर्न स... |
सेतोपाटी संवाददाता विराटनगरस्थित तुलसी बहुमुखी सहकारीका सन्चालकहरूले आफूहरूको करोडौं रकम ठगेको भन्दै जिल्ला प्रहरी मोरङमा उजुरी दिने सर्वसाधारणको लर्को लागेको छ। , मोरङ प्रहरी प्रमुख एसपी दिपक पोखरेलका अनुसार सहकारीका क्षेत्रीय प्रबन्धकसहित ८ जना पदाधिकारीहरूका विरूद्धमा ठगीमा जाहेरी दरखास्त परेको छ। उनीहरूमध्ये प्रहर... |
सेतोपाटी संवाददाता बैतडीमा एक जना मृत फेला परेका छन्। , दोगडा केदार गाउँपालिका–६ चम्तडीमा ५२ वर्षीय नरीभानसिंह नगारी सोमवार मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको हो।, उनी आफ्नै वडामा मृत फेला परेको प्रहरीले जनाएको छ।, उनको मृत्युबारे प्रहरीले अनुसन्धान गरिरहेको जनाएको छ।,
बैतडीमा एक जना मृत फेला |
सेतोपाटी संवाददाता कैलालीमा ट्र्याक्टर दुर्घटना एक जनाको मृत्यु भएको छ।, भजनी नगरपालिका–३ कुडी चोकमा से.२ त १०२० नम्बरको ट्र्याक्टर आइतबार राति दुर्घटना भएको थियो।, ट्र्याक्टर अनियन्त्रित भएर दुर्घटना हुँदा ट्र्याक्टरमा सवार भजनी नगरपालिका–१ ठेगरपुरका २८ वर्षीय टीकाराम चौधरीको मृत्यु भएको छ। , दुर्घटनामा गम्भीर घाइते... |
सेतोपाटी संवाददाता राहदानी विभागले भोलि (मंगलबार) पनि सेवा दिने भएको छ। मंगलबार घोडेजात्राको अवसरमा काठमाडौं उपत्यकामा सार्वजनिक विदा छ।, सार्वजनिक विदा भए पनि विभाग बिहान १० बजेदेखि दिउँसो साढे २ बजेसम्म खुल्ने जनाइएको छ।, , ,
राहदानी विभाग भोलि पनि खुल्ने |
सेतोपाटी संवाददाता कैलालीमा ठगीमा संलग्न भएको आरोपमा आठ जनालाई प्रहरीले पक्राउ गरेको छ। , टीकापुरबाट ग्लोबल ओरियन्स प्रालिको नामबाट ठगी गर्ने ८ जनालाई प्रहरीले पक्राउ गरेको हो। , फेसबुकबाट चिनजान गरी पुस १५ गते विभिन्न व्यक्तिबाट ४० हजारदेखि एक लाख २० हजारसम्म नगद संकलन गरेर ठगी गरेको आरोपमा टीकापुर प्रहरीले ८ जनालाई ... |
डाक्टर सुरेन्द्र शाह कुनै पनि कारणले मांसपेशी कमजोर भयो भने हर्निया हुन्छ। पेटभित्रको अंग फुलेर बाहिर गाँठोजस्तो देखिएमा त्यसलाई हर्निया भएको भनिन्छ।, मांसपेशी कमजोर हुँदै गएर प्वाल परेपछि हर्निया हुन्छ। त्यो प्वालबाट पेटभित्रको बोसो आन्द्रा बाहिर सुन्निएर आउँछ, जुन हेर्दा गाँठो जस्तो देखिन्छ।, धेरैजसो हर्निया नाइटोको... |
सेतोपाटी संवाददाता काठमाडौं उपत्यकामा केही दिनदेखि वर्षा भइरहेको छ।, आज बिहान पनि काडमाडौं उपत्यकामा हल्का वर्षा भएको छ। काठमाडौं उपत्यकासहित पहाडी क्षेत्रमा वर्षा र उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमपात भएका छन्।, जल तथा मौसम विज्ञान विभागका अनुसार स्थानीय वायुसँगै पश्चिमी वायुको पनि प्रभाव छ।, देशभर सामान्यदेखि पूर... |
रासस प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले क्षयरोग अन्त्यका लागि सरकारले आवश्यक स्रोत र साधनको व्यवस्थापन गर्ने बताएका छन्। , विश्व क्षयरोग दिवसका अवसरमा शुभकामना सन्देश दिँदै उनले क्षयरोग अन्त्य अभियान स्थानीय तहदेखि सुरु भएको र अभियानका लागि आवश्यक पर्ने स्रोत र साधनको व्यवस्थापन सरकारले गर्ने बताएका हुन्।, प्रधा... |
नारायण खड्का बर्दियामा बाघको आक्रमणबाट सोमबार घाँस दाउरा गर्न गएका दिदी बहिनीको मृत्यु भएको छ।, मधुवन नगरपालिका-५ की ५५ वर्षीया समुद्रा बुढा क्षेत्री र ५० वर्षीया धनसरी गुरूङको बाघको आक्रमणबाट मृत्यु भएको जिल्ला प्रहरी प्रमुख एसपी सुधिरराज शाहीले सेतोपाटीलाई बताए।, उनीहरू दिदी-बहिनी हुन्।, उनीहरू स्थानीय चिरौटे सामुद... |
सेतोपाटी संवाददाता राष्ट्रिय जनगणना २०७८ सार्वजनिक भएको छ।, राष्ट्रिय तथ्यांक कार्यालयले १२ औं राष्ट्रिय जनगणना २०७८ को पूर्ण विवरण सार्वजनिक गरेको हो।, प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले आज जनगणनाको प्रतिवेदन सार्वजनिक गरेका हुन्। , राष्ट्रिय जनगणना अनुसार नेपालको जनसंख्या २ करोड ९१ लाख ६४ हजार ५ सय ७८ पुगेको ... |
सेतोपाटी संवाददाता सामुदायिक रेडियो राष्ट्रिय सम्मेलन तथा सामुदायिक रेडियो प्रसारक संघको १७ औं साधारण सभा बुधबारदेखि ललितपुरमा जारी छ।, अकोराबको आयोजनामा भएको कार्यक्रममा बुधबार पारदर्शी र सबल स्थानीय सरकारका लागि सामुदायिक साझेदारी विषयमा छलफल भएको थियो।, साथै बदलिँदो सूचना प्रविधिमा सामुदायिक रेडियोको दीगोपनाबारे पन... |
सबिना श्रेष्ठ काठमाडौंको नेवाः समुदायमा एउटा विश्वास छ- सहरका विभिन्न आठ दिशामा बस्ने आठ जना अजिमाले कुनै पनि विघ्नबाधा प्रवेश गर्न दिने छैनन्।, अष्टमात्रिकासमेत भनिने यी आठ अजिमालाई दिदीबहिनी मानिन्छ। उनीहरूमध्ये तीन जना— कंगः अजिमा, टेबहाः अजिमा र वटु अजिमाको आज पाहांचःह्रे जात्राका अवसरमा असनमा भेट भएको छ।, कुनै बे... |
सेतोपाटी संवाददाता १५ देखि ४९ वर्ष उमेर समूहका ६ हजार एक ८० विवाहित महिलाले ९ जनाभन्दा बढी बच्चा जन्माएको पाइएको छ।, राष्ट्रिय जनगणना २०७८ को अन्तिम परिणामअनुसार ६१ लाख ४५ हजार ३९ जना (यो उमेर समूहको) विवाहित महिलामध्ये ६ हजार १८० जनाले नौ जनाभन्दा बढी बच्चा जन्माएको देखिएको हो।, सबैभन्दा बढी दुई जना बच्चा जन्माउने दे... |
Subsets and Splits
No community queries yet
The top public SQL queries from the community will appear here once available.