content
stringlengths
20
64.1k
मनिका विश्वकर्मा यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायका कथा:, घरमा छोरी जन्मिन्। खुसियाली छायो।, हुर्किँदै जाँदा छोरी अलि भिन्न देखिन थालिन्। तेह्र वर्ष उमेर पूरा भयो। स्वर तिख्खर हुँदै जानुपर्ने, फरक सुनिन थाल्यो। छातीमा स्तन देखिनुपर्ने, छेकछन्दै थिएन। महिनावारी पनि भएको छैन।, हेर्दाहेर्दै मखमल (परिवर्तित नाम) को ओठमा...
नारायण खड्का रुकुम पूर्वमा दिदी-बहिनीको हत्या आरोपित दुई किशोरी बाल सुधार गृहमा पठाइएका छन्।, पुथा उत्तरगंगा गाउँपालिका-३ का १० वर्षीया रिना र ८ वर्षीया कालीमाया बुढाको हत्या भएको थियो। उक्त घटनामा जिल्ला अदालत रूकुम पूर्वले शुक्रबार आरोपित दुई किशोरीलाई सुधार गृहमा पठाउन आदेश दिएको हो। , जिल्ला प्रहरी प्रमुख डिएसपी र...
सेतोपाटी संवाददाता कैलालीमा छोराको हत्या आरोपमा बुवा पक्राउ परेका छन्। , शनिबार दिउँसो १२ बजे धनगढी उपमहानगरपालिका-६ मट्यारीमा एक पुरूषको शव फेला परेको हो।, बाबुले इटाले हानेर छोराको हत्या गरेको भन्ने सूचना प्रहरी कहाँ आएको थियो। , ४७ वर्षीय बुवा महेशकुमार चौधरीले आफ्नै २१ वर्षीय छोरा अर्जुन चौधरीको हत्या गरेको आरोप छ...
रासस अस्ट्रेलिया पठाइदिन्छु भन्दै ३० लाख रूपैयाँ ठगी गर्ने एक जना युवकलाई प्रहरीले पक्राउ गरेको छ।, काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले वैदेशिक रोजगारीका लागि अस्ट्रेलिया पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा चितवन भरतपुर महानगरपालिका घर भई काठमाडौं, लाजिम्पाट बस्ने २७ वर्षीय सन्जय रेग्मीलाई आइतबार पक्राउ गरेको हो...
रासस नवलपरासी (बर्दघाट सुस्तापूर्व) को गैंडाकोट नगरपालिका–१४ बेल्डीहामा इनार सफा गर्ने क्रममा एक जनाको मृत्यु भएको छ।, अचानक इनार भासिँदा गैंडाकोट १३ का ४४ वर्षका तुलसी थारूको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नवलपरासी (बर्दघाट सुस्तापूर्व) का सूचना अधिकारी सन्तोष पाठकले जानकारी दिए।, स्थानीय चेतबहादुर भुसालको घरको इ...
रासस पृथ्वी राजमार्गको धार्केमा पुलको छेउमा जमिन भासिएर अवरुद्ध बनेको सडक खुलाउन अझै केही घन्टा लाग्ने भएको छ। भासिएको ठाउँमा ग्यावियन जाली भर्ने काम भइरहेको छ।, यसका लागि नेपाल प्रहरी, नेपाली सेना र स्थानीयले काम जारी राखेका छन्। सोमबार दिउँसोदेखि अवरुद्ध  बाटो तत्काल खुलाउन सकिने अवस्था छैन।, काम भइरहेकाले कम्तीमा च...
सेतोपाटी संवाददाता हाल देशमा पश्चिमी वायुको साथै स्थानीय वायुको प्रभाव रहेको छ।, जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार  हाल देशभर आँशिक देखि सामान्य बदली रही सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशको एक-दुई स्थानमा हल्का वर्षा भइरहेको छ।, दिउँसो देशभर आंशिक देखि सामान...
रासस हेटौंडामा सर्पको टोकाइबाट एक जनाको मृत्यु भएको छ।, आइतबार हेटौंडा–१९ बस्तीपुरमा विषालु सर्प खेलाउने क्रममा ३५ वर्षीय सोनु कँडेलको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।, प्रहरीका अनुसार कँडेलले घरनजिकै रहेको जंगलबाट आफैंले  सर्प ल्याएका थिए। , उक्त सर्प खेलाउने क्रममा सर्पले दाहिने हातको माझी औंल...
प्रकाश ढुंगाना पूर्वगृहमन्त्री रामबहादुर थापा ‘बादल’ का सल्लाहकार इन्द्रजित राई पक्राउ परेका छन्।, नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने ठगी धन्दामा संलग्न रहेको भन्दै प्रहरीले एमाले नेता रामबहादुर थापा ‘बादल’ गृहमन्त्री हुँदा उनका सल्लाहकार रहेका राईलाई पक्राउ गरेको हो।, उच्च प्रहरी स्रोतका अनुसार राईलाई सादा प...
युनिक श्रेष्ठ प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले कपनका निरा आचार्यको हत्यामा संलग्न भन्दै विनोद विश्वकर्मालाई शनिबार झापाबाट पक्राउ गर्‍यो। आइतबार पत्रकार सम्मेलन गरी सार्वजनिक गर्ने क्रममा प्रहरीले झापामा बाउन्सरको काम गर्ने विनोद कसरी काठमाडौं आइपुगे र किन उनले निराको हत्या गरे भन्ने घटनाक्रम पनि खुलाए...
रासस तनहुँको आँबुखैरेनी गाउँपालिकाले पढ्दै कमाउँदै कार्यक्रम सुरुआत गरेको छ। गाउँपालिकाले पहिलोपटक आँबुखैरेनी–४ आमडाँडाबेँसीस्थित चण्डेश्वरी आधारभूत विद्यालयमा पढ्दै कमाउँदै कार्यक्रम थालनी गरेको हो।, विद्यार्थीलाई सीपसँग जोड्ने उद्देश्यसहित कार्यक्रम सुरु गरिएको गाउँपालिकाका अध्यक्ष शुक्र चुमानले जानकारी दिए।, ‘विद्...
भगवती पाण्डे हुलाकी राजमार्गअन्तर्गत पश्चिम नवलपरासीको बर्दघाट नगरपालिका-१३, नारायणचोकबाट परासीसम्मको साढे १२ किलोमिटर खण्ड निर्माण सुरू भएको सात वर्ष पूरा हुँदा पनि काम सकिएको छैन।, दुई वर्षमा सम्पन्न गर्ने गरी २०७३ फागुन १५ गते निर्माणको सम्झौता भएको थियो। यसपछि अहिलेसम्म चार पटक म्याद थप भयो।  , चौथो पटक थपिएको म्य...
सेतोपाटी संवाददाता बझाङमा यार्सागुम्बा संकलनको क्रममा २ जनाको मृत्यु भएको छ।, मंगलवार सुर्मा गाउँपालिका – ४ का अन्दाजी ४५ वर्षीय प्रमु बोहराको मुत्यु भएको हो। , उनको यार्सागुम्बा संकलनका क्रममा अत्यधिक हिमपात र पानी परेपछि घर आउने बेला चिसोले कठ्यांग्रीएर बाटोमै मृत्यु भएको स्थानीयले बताएका छन् ।, उनको मृत्युको खबर प्...
सेतोपाटी संवाददाता धादिङको गणेशखोलामा पुलको मुखनेर जमिन भासिएपछि अवरूद्ध भएको पृथ्वी राजमार्ग १८ घन्टापछि एकतर्फी रूपमा सञ्चालनमा आएको छ। , जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायब उपरीक्षक सन्तु जैसवालले बिहान साढे १० बजेबाट एकतर्फी सवारी चलाउन थालिएको जानकारी दिए। , ‘अहिलेलाई एकतर्फी सवारी पठाउन थालिएको छ,’ उनले भ...
रासस गुल्मीमा सामुदायिक वनको दुई हजार हेक्टरमा डढेलो लागेको छ। गत वर्षको चैत र यस वर्ष वैशाखमा जिल्लाका विभिन्न ८९ ठाउँमा डढेलो लागेको छ। , डढेलोबाट साना बिरुवा, पातपतिङ्गर, चराचुरुङ्गी एवं विभिन्न जडीबुटी पूर्णरूपमा नष्ट भएका छन्। ठूला रुखमा पनि आंशिक क्षति पुगेको डिभिजन वन कार्यालयका सूचना अधिकारी मुना शर्माले जानका...
रासस दार्चुलाको व्यास गाउँपालिका–१ बोलिङ्गमा हिमपहिरोमा परी बेपत्ता भएका पाँच यार्सागुम्बा सङ्कलकको पहिचान खुलेको छ। बेपत्ता भएका चार महिला र एक पुरुषको पहिचान खुलेको हो ।  , सशस्त्र प्रहरी बल नेपाल, नम्बर ५० गुल्म छाङरुका प्रहरी नायब उपरीक्षक ईश्वरीदत्त भट्टका अनुसार बेपत्ता हुनेमा दार्चुलाको दुहु गाउँपालिकाका ३८ वर्...
रासस अन्नपूर्ण गाउँपालिका–८ राम्चेको रच्चान टोलमा थोरै घर छन्। मुलगाउँबाट केही तलको यसै टोलमा ओमबहादुर पुर्जाको परिवारको पनि बसोबास छ।, आफ्नो जीवनको अधिकांश समय गोठमा बसेर घर खर्च जुटाएका पुर्जाका चार छोरी र एक छोरा छन्।, ओमबहादुर र उनकी जीवनसाथी राममायाले गोठमा गाईभैँसी पालेर छोराछोरीको पढाइलेखाई गराइहेकी थिइन्।, जति...
रासस उपचारका क्रममा प्रहरीको आँखा छली भागेको थुनुवालाई करिब एक महिनापछि प्रहरीले फेला परेको छ।, महोत्तरी कारागारका थुनुवा कृष्णकुमार यादव गत चैत २४ गते बिरामी भई उपचारका लागि जनकपुर लगिएका बेला चिकित्सकको क्लिनिकबाटै भागेका थिए।  , सोमबार जलेश्वर नगरपालिका–३ स्थित भारतीय सीमावर्ती बस्ती मलिबारामा लुकीछिपी हिँडडुल गरिर...
युवराज श्रेष्ठ वनस्पति वैज्ञानिक तीर्थबहादुर श्रेष्ठ २०५३ सालतिर आफ्नो खोज–अनुसन्धानका क्रममा कास्कीको ल्वाङ गाउँ पुगेका थिए।, उनी पोखराबाट हिँडेर पुगेका थिए। गाउँमा बिजुली थिएन। अहिलेको जस्तो समृद्धि थिएन। ल्वाङ गाउँबाट देखेको सूर्योदय भने अहिले पनि उनको स्मरणमा ताजै छ।, ‘ल्वाङ गाउँमा हामी जाँदा देखिएको सूर्योदय एकदम...
सेतोपाटी संवाददाता नेपाली कांग्रेस चितवनका नेता शंकर कँडेल मृत फेला परेका छन्।, चितवनमा पोल्ट्री व्यवसाय गर्दै आएका कँडेल मंगलबार साँझ भरतपुर महानगरपालिका–३ बेल्चोकस्थित आफ्नै कार्यालयमा मृत फेला परेका हुन्।, जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायब उपरीक्षक विजयराज पण्डितका अनुसार प्रहरीले कँडेल मृत फेला परेको सूचन...
सेतोपाटी संवाददाता नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर ठगी गरेको प्रकरणमा अझै कम्तीमा १० पक्राउ पर्ने देखिएको छ। , जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी दानबहादुर कार्कीले अझै १०/११ जना पक्राउ पर्न सक्ने बताएका हुन्। , ‘अझै पनि १०/११ जना व्यक्तिहरू पक्राउ पर्नुपर्ने प्रारम्भिक अवस्थाको कुरा हो,’ उनले भने, ‘अ...
सेतोपाटी संवाददाता दुइटा सुरक्षा निकायबीच लडाइँ भइरहेको अफ्रिकी मुलुक सुडानमा रहेका १९ जना नेपाली त्यहाँबाट फर्किएका छन्।, परराष्ट्र मन्त्रालयले इजिप्टको कायरोस्थित नेपाली दूतावासमार्फत् सुडानमा रहेका नेपालीहरूसँग सम्पर्क गरेको थियो। दूतावासको सम्पर्कमा रहेका ३१ जनामध्ये १९ जनालाई साउदी सरकारको सहयोग पानीजहाजबाट जेद्द...
सेतोपाटी संवाददाता कैलालीमा वन अतिक्रण हटाउने काम जारी छ। वन डिभिजन कार्यालय कैलाली वनमा क्षेत्रमा भएको अतिक्रमण हटाउन सक्रिय रूपमा लागेको हो। , आइतबार गोदावरी नगरपालिकाको–३ मा पूर्व-पश्चिम राजमार्ग किनारमा वन अतिक्रमण गरेर बनाइएका टहरामा प्रहरीको सहयोगमा डिभिजन वन कार्यालयले डोजर लगाएको थियो। त्यहाँ भूमिहीनको बहानामा...
सेतोपाटी संवाददाता मकवानपुरमा झन्डै ५१२ किलो गाँजासहित दुई जना पक्राउ परेका छन्। , बुधबार कैलाश गाउँपालिका-४ स्थित कटुन्जेबाट ५११ किलो ९०० ग्राम गाँजासहित दुई जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ। , पक्राउ पर्नेमा सोही ठाउँका राधाकृष्ण रिजाल र उत्तम रिजाल छन्। , राधाकृष्णको घरबाट ३२७ किलो ८००...
सेतोपाटी संवाददाता बैतडीको दशरथचन्द नगरपालिकाले नेपाल–भारत सीमा नाका  झुलाघाटसहित विभिन्न बजार क्षेत्रमा सिसिटिभी क्यामरा जडान गर्न थालेको छ।, नगर प्रमुख पुष्करराजा जोशीका अनुसार सिसिटिभी क्यामरा अतिआवश्यक भएपछि जडान गर्ने काम सुरू गरेको हो। , उनका अनुसार झुलाघाट नाकासँगै गढी, गोठलापानी, साहिलेक र देहीमाण्डौं बजारमा स...
सविता बुढा संघीय सरकारले भूमिहीन परिवारलाई जग्गा दिने भनेर तीन वर्षअघि एउटा आयोग बनायो। आयोगले वडा कार्यालयमार्फत् फारम पनि भरायो। , कैलालीको गोदावरी नगरपालिका–३, चौकीडाँडामा पूर्व–पश्चिम महेन्द्र राजमार्ग किनारमा बस्ने शिव दमाईले पनि फारम भरे। उनले जमिन पाउने टुंगो छैन बरू केही दिनअघि डोजर आएर उनको टहरो भत्काइदियो।, ...
सेतोपाटी संवाददाता दार्चुलामा हिमपहिरोमा परी बेपत्ता भएकाहरूको खोजी गर्ने काम स्थगित भएको छ।, व्यास गाउँपालिका-१ मा मंगलबार गएको हिमपहिरोमा पुरिएका तीन जनाको मृत्यु भएको छ। अन्य दुई जना अझै बेपत्ता छन‍्। , खराब मौसमका कारण आजका लागि खोजी गर्ने काम स्थगित भएको सशस्त्र प्रहरी बलका सहायक प्रवक्ता डिएसपी शैलेन्द्र थापाले ...
सेतोपाटी संवाददाता मापदण्डअनुसार भवन निर्माण गरेपनि नक्सा स्वीकृत नगरी भवन निर्माण गरेका झन्डै दुई हजार जनाको नक्सा पास भएको छ। , नक्सा स्वीकृत गराउन ७ हजार बढीले दिएको निवेदनमध्ये १ हजार ७३५ जनाको नक्सा पास भएको महानगरपालिकाले जनाएको छ।, गत भदौ २३ गते सूचना जारी गर्दै महानगरले मापदण्ड पुगेका तर नक्सा पास नगरी निर्माण...
सेतोपाटी संवाददाता नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर विदेश पठाउने भन्दै ठगेको प्रकरणमा पक्राउ परेका आठै जनालाई थप सात दिन हिरासतमा राख्न अनुमति दिएको छ। , काठमाडौं जिल्ला अदालतले आइतबार थप सात दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी सीताराम रिजालले जानकारी दिए।, यस प्रकर...
रासस सुडानमा हालै विकसित परिस्थितिमा त्यहाँ रहेका नेपाली नागरिकको सकुशल उद्धार तथा घर फिर्तीका लागि कायरोस्थित नेपाली राजदूतावासको सम्पर्कमा रहेका १३ जना नेपाल आइपुगेका छन्।, दूतावासको सम्पर्कमा रहेका ३१ जनामध्ये साउदी अरेबिया सरकारको सहयोगमा १९ जनालाई जेद्दा पुर्‍याइएको थियो। उनीहरूमध्ये १३ जना बिहीबार नेपाल आइपुगेको...
सेतोपाटी संवाददाता दाङमा आफ्नै छोरीको बलात्कार गरेको अभियोगमा बुवा पक्राउ परेका छन्।, गत चैत ३० गते बिहान ११ बजे घरमा कोही नभएको समयमा मदिराले मातेको अवस्थामा छोरीको बलात्कार गरेको जाहेरीका आधारमा ३७ वर्षीय बुवा पक्राउ परेका हुन्।, हजुरबुवा-हजुरआमा चौपाया चराउन गएको समयमा आफूमाथि बुवाले बलात्कार गरेको किटानी जाहेरी पी...
रासस संखुवासभाको चैनपुर नगरपालिका–९ खाम्लिङमा चार बालबालिका अचेत अवस्थामा फेला परेका छन्।, आज बिहान चैनपुर–९ खाम्लिङका मनबहादुर तामाङका चार जना छोराछोरी अचेत अवस्थामा फेला परेको इलाका प्रहरी कार्यालय चैनपुरका प्रहरी निरीक्षक मिलन बस्नेतले जानकारी दिए। , मनबहादुरका छोरा ९ वर्षीय मनधोज, ८ वर्षीय राजेन्द्र, ५ वर्षीय निमस...
रासस कञ्चनपुरको दोधारा चाँदनीमा खटिएका एक सशस्त्र  प्रहरी नायब निरीक्षकमाथि शुक्रबार राति खुकुरी प्रहार भएको छ।, दोधारा चादँनी नगरपालिका–७ कञ्चभोजमा रहेको सशस्त्र प्रहरी बलको बिओपीका प्रमुख सशस्त्र प्रहरी नायब निरीक्षक नरेन्द्र चैँसिरमाथि चार/पाँचजनाको युवा समूहले खुकुरी प्रहार गरी घाइते बनाएको छ।, सशस्त्र प्रहरी बल ३...
रासस शान्तिका अग्रदूतका रूपमा विश्वमा परिचित सिद्धार्थ गौतमको २५६७औँ जयन्ती आज भगवान् विष्णुको नवौँ अवतारका रूपमा जन्म लिएका बुद्धको पूजा, आराधना एवं प्रवचन गरी मनाइँदै छ।,  , प्रत्येक वर्ष वैशाख शुक्ल पूर्णिमाका दिन बुद्ध जयन्ती मनाइन्छ। , सिद्धार्थ गौतमले विश्व शान्ति स्थापनाका लागि पुर्‍याएको योगदानको स्मरणस्वरूप य...
सेतोपाटी संवाददाता भक्तपुरमा चोरी गरेको आरोपमा एक जना पक्राउ परेका छन्। , मध्यपुर ठिमी नगरपालिका-१ लोकन्थलीबाट एक जनालाई पक्राउ गरेको जिल्ला प्रहरी परिसर भक्तपुरका डिएसपी बसन्त पाठकले जानकारी दिए। , शनिबार राति साढे २ बजेतिर शंका लागेर प्रहरीले सर्लाही कर्मैया गाउँपालिका-९ घर भई काठमाडौंको गुहेश्वरी बस्ने १८ वर्षीय अर...
सरिशा अछामी नक्कली कागजात देखाएर नेपाली नागरिकता लिएको आरोपमा पक्राउ गरी प्रहरीले आइतबार दस जना भारतीय नागरिकलाई सार्वजनिक गरेको छ। उनीहरूलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको विशेष टोलीले शनिबार पक्राउ गरेको थियो।, भारतीय नागरिकहरूको समूहले नेपालका विभिन्न जिल्ला प्रशासन कार्यालयमा झुटा विवरण पेस गरी नागरिक...
सेतोपाटी संवाददाता असरल्ल तार व्यवस्थापन गर्न दूरसञ्चार प्राधिकरणले १३ वटा रूट तय गरेको छ।, टेलिफोन तथा इन्टरनेटलगायतका तारहरू सडक छेउको पोलहरूमा गुजुल्टो परेको, चुँडिएको अवस्थामा रहेको र त्यसले सहरी सौन्दर्यता बिगारेको तथा दुर्घटनाको जोखिम बढाएकाले प्राधिकरणले व्यवस्थापन गर्न लागेको हो। , प्राधिकरणले माइतीघरदेखि विमा...
सेतोपाटी संवाददाता कीर्तिपुरको प्यंगथाँबाट रातो मच्छिन्द्रनाथ र ‘जीवित देवी’ भनिने याकः मिसा (एक्ली केटी) को प्रतिमूर्ति आइतबार हटाइएको छ।, कीर्तिपुर नगरपालिकाको सक्रियतामा नगर प्रहरी र जनपद प्रहरीसमेत परिचालन गरेर आइतबार साँझ साढे ६ बजेतिर दुवै मूर्ति झिकिएको हो।, अहिले ती मूर्ति नगरपालिकामा लगेर राखिएको प्यंगथाँस्थि...
सेतोपाटी संवाददाता कञ्चनपुरमा एक पुरूष मृत फेला परेका छन्।, पुनर्वास नगरपालिका–९ ‘ख’ गाउँका स्थानीय ३६ वर्षीय भक्तबहादुर थापा घरभन्दा ४ सय मिटर टाढा सोमबार मृत फेला परेको प्रहरीले जनाएको छ। , इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक नरेशराज मल्लका अनुसार उनको मृत्युबारे अनुसन्धान थालिएको छ।, कञ्चनपुरमा एक पुरूष मृत फे...
रासस उन्नाइस वर्षअघि कारागारबाट भागेका म्याग्दीका एक कैदी पक्राउ परेका छन्।, जिल्ला अदालत म्याग्दीले कर्तव्य ज्यान मुद्दामा दोषी ठहर भएका धवलागिरि गाउँपालिका–३ का ४८ वर्षीय लक्ष्मीप्रसाद बुढा (लक्षीना) लाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।, जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रहरी निरीक्षक किरण लामाका अनुसार यही वैशाख ...
सेतोपाटी संवाददाता मोरङको बुढिगङ्गा गाउँपालिकामा सडकको रिटेनिङ वालको काम रोक्न माग गर्दै एक युवक बिजुलीको हाइटेन्सन लाइनको पोलमा चढेका छन्। , उनी  ४ घण्टादेखि हाइटेन्सन लाइनको पोलमा चढेर बसिरहेका छन्। , मोरङको बुढीगंगा गाउँपालिका–७ डंग्राहाका ४० वर्षीय दिनेश कुमार माझी  सडकमा निर्माण भइरहेको रिटेनिङ वालको निर्माणको का...
सेतोपाटी संवाददाता नेपाल प्रहरीका २२ जना प्रहरी नायब उपरीक्षक (डिएसपी) प्रहरी उपरीक्षक (एसपी)मा बढुवा सिफारिस भएका छन्। , शुक्रबार बसेको बढुवा समितिको बैठकले २२ जनालाई एसपीमा बढुवा गर्न सिफारिस गरेको हो। , पहिलो नम्बरमा गौतमकुमार केसीको नाम सिफारिस भएको छ।, दोस्रोमा बसुन्धरा खड्का, तेस्रोमा अपिलराज बोहरा, चौथोमा नवराज...
सेतोपाटी संवाददाता काठमाडौं महानगरपालिकाले भोलिबाट महानगरभित्रको तार व्यवस्थापन गर्ने भएको छ।, आइतबार बसेको बैठकले उक्त निर्णय गरेको महानगर प्रहरी प्रमुख राजुनाथ पाण्डेले जानकारी दिए। , उनका अनुसार पहिलो चरणमा माइतीघर मण्डलादेखि बानेश्वर हुँदै एयरपोर्टसम्म र न्यूरोडदेखि बसन्तपुर हुँदै असन क्षेत्रको तार व्यवस्थापन गर्न...
सेतोपाटी संवाददाता काठमाडौंको बानेश्वरबाट जुवा खेल्ने ११ जनालाई प्रहरीले पक्राउ गरेको छ। , काठमाडौं महानगरपालिका-३१ बानेश्वर कात्यानीचोक बस्ने सगोल कोइरालाको घरबाट शुक्रबार दिउँसो ११ जनालाई पक्राउ गरेको हो। , विशेष सूचनाको आधारमा प्रहरी वृत्त बानेश्वरबाट खटिएको प्रहरीले उनीहरूलाई ८ लाख १० हजार ४ सय रुपैयाँ र १२ बुक ता...
रासस धवलागिरि हिमालमा बेपत्ता भएका एक मजदुरको शव सात महिनापछि भेटिएको छ। , पाँच हजार मिटर उचाइमा रहेको फ्रेञ्च पासमा भेटिएको शव आज घटनास्थलबाट पोखरा हुँदै काठमाडौं लगिएको छ।, उद्धारमा संलग्न म्याग्दी दानाका इन्द्रसिंह शेरचनले सिन्धुपाल्चोकको लिपा गाउँपालिका–१ का २७ वर्षीय देव लामाको शव भेटिएको जानकारी दिए।, ‘गत असोज २...
रासस चितवनमा आफूलाई ‘विशेष प्रहरी’ भनेर परिचय पत्र देखाउँदै हिँड्ने चार जनालाई प्रहरीले पक्राउ गरेको छ। , पक्राउ पर्नेमा भरतपुर महानगरपालिका–५ का २२ वर्षीय खुमबहादुर थापा, राप्ती नगरपालिका–८ का १९ वर्षीय सच्चीन ज्ञवाली, रत्ननगर नगरपालिका–५ का २३ वर्षीय सञ्जीवकुमार मिश्र र खैरहनी नगरपालिका–१३ का २४ वर्षीय सुजन सिलवाल र...
सेतोपाटी फोटो टिम सेतोपाटी फोटो टिमले देशको राजनीति, सामाजिक, कला, घुमफिरलगायत क्षेत्रबाट छानिएका तस्बिरहरूको संगालो ‘यो साताका तस्बिर’ मा प्रस्तुत गरेको छ।, आजको श्रृंखलामा हामीले वैशाख २४ गते देखि वैशाख २९ गतेसम्मका तस्बिर समेटेका छौं।, तस्बिरहरू:, भ्रष्टाचारीलाई कारबाही गर्न भन्दै माओवादी जनवर्गीय संगठनहरूले गरेक...
रासस बाँकेको कोहलपुरमा एक युवकको नदीमा डुबेर मृत्यु भएको छ। , कोहलपुर इलाका प्रहरी कार्यालयका अनुसार आज ३६ वर्षीय कमल साहानीको जेठिनाला नदीमा नुहाउँदा डुबेर मृत्यु भएको हो । मृतक साहानी बैजनाथ गाउँपालिका–४ बोरिङ बस्तीका हुन्। , प्रहरीका अनुसार साहानी आज बिहान ९ बजे घरदेखि दुई सय मिटर दक्षिण पर्ने नदीमा नुहाउन गएका थिए...
सेतोपाटी संवाददाता धादिङमा गुडिरहेको बसमा एक्कासी आगलागी भएको छ। , शनिबार बिहान साढे ११ बजेतिर धुनिवेशी नगरपालिका-९ गणेशमन्दिरस्थित सडकखण्डमा गुडिरहेको बसमा आगलागी भएको जिल्ला प्रहरी कार्यालयका धादिङका एसपी गौमत मिश्रले जानकारी दिए। , खानीखोलाबाट काठमाडौं आउँदै गरेको ग १ ख ४८४६ नम्बरको बसमा एक्कासी आगलागी भएको हो। , व...
सेतोपाटी संवाददाता काठमाडौं उपत्यकामा आज बिहानैदेखि पानी परिरहेको छ। , पश्चिमी वायु र स्थानीय वायुको प्रभावले उपत्यकाका केही स्थानमा बिहानैदेखि वर्षा भएको मौसमविद् सविना शाक्यले जानकारी दिइन्। , उपत्यकामा बिहानै बादल लागेका कारण भिजिविलिटी पनि कमजोर भएको छ। , उपत्यका आसपासका जिल्लाहरूमा पनि पानी पर्ने क्रम सुरू भएको म...
सेतोपाटी संवाददाता नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका एमाले सांसद टोपबहादुर रायमाझीलाई प्रहरी वृत्त सोह्रखुट्टेको हिरासतमा राखिएको छ। , आइतबार उनलाई बुढानिलकण्ठको पासिकोटस्थित एक घरबाट पक्राउ गरिएको थियो।  पक्राउ गरेर उनलाई सोह्रखुट्टे वृत्तको हिरासतमा राखिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी सीताराम रिजा...
रासस गैंडाको आक्रमणबाट पश्चिम चितवनमा एक जनाको मृत्यु भएको छ।, अर्का एक घाइते भएका छन्। मृत्यु हुनेमा भरतपुर महानगरपालिका–१७ नारायणचोकका ६० वर्षीय झलकराज पौडेल रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। , पौडेललाई आफ्नै घर पछाडि काम गरिरहेको अवस्थामा आज बिहान ११ बजे गैंडाले आक्रमण गरेको हो। गैंडाको आक्रमणबाट गम्भीर घाइत...
रासस तनहुँको व्यास नगरपालिकाका भालुको आक्रमणबाट एक जना घाइते भएका छन्।, घाइते हुनेमा व्यास–८ मलपौरेका ३५ वर्षीय गोरे विक रहेका छन्।, आज बिहान पाँच बजे घर नजिकैको मकै बारीमा मकै खान आएको भालु धपाउन जाँदा भालुले विकमाथि आक्रमण गरेको वडाध्यक्ष युवराज गुरुङले बताए।, घाइते विकको स्थानीयले तत्काल उद्धार गरी रिस्तीस्थित स्वा...
दिपकजंग शाही सुर्खेतको चौकुने गाउँपालिका–५, रेक्चाका शिव ढकालले केही दिनअघि ३५ वटा बाख्रा सस्तो मूल्यमा बेचे। उनले ग्राहकले भनेकै मूल्यमा दिए।  , उनले नियमित आम्दानीका लागि बाख्रापालन गरेका थिए। बाख्रा पाल्नको झन्झटले वा अर्को कुनै व्यवसायमा लागेकाले बेचेका होइनन्। पानीको समस्याले नबेची नहुने बाध्यता आइलागेकाले हो।, ‘...
सेतोपाटी संवाददाता बुटवलमा मोटरसाइकल दुर्घटनामा परी एकजनाको मृत्यु भएको छ। , मृत्यु हुनेमा प्युठान घर भई बुटवल उपमहानगरपालिका- १३ जितगढी बस्ने ४४ वर्षीय श्रीधर पोखरेल रहेका छन्। , बुधबार राती लु ६३ प ८१८५ नं. को मोटरसाइकलमा बुटवलको नयाँगाउँबाट बेलबास आउँदै गरेका पाेखरेल बेलबास पाखापानीमा दुर्घटनामा परेका थिए। , गम्भीर...
सेतोपाटी संवाददाता सरकारले यो वर्षको गणतन्त्र दिवसलाई भव्य बनाउने तयारी गरेको छ।, मुलुकमा गणतन्त्र स्थापना भएको १५ वर्ष पूरा भएकाले गणतन्त्रका १५ वर्षको समीक्षासहित यस पटक तीन दिनसम्म विविध कार्यक्रम गर्ने तयारी थालिएको सञ्चार तथा सूचना प्रवधिमन्त्री एवं नेपाल सरकारका प्रवक्ता रेखा शर्माले जानकारी दिइन्।, गणतन्त्र दिव...
सेतोपाटी संवाददाता सर्पले डसेको बिरामीलाई समयमै अस्पताल पुर्‍याउनुको साटो प्रार्थना गर्न लगाउने महिला पक्राउ परेकी छन्। , बर्दियाको बासगढी नगरपालिका – २ बेतहनीकी ६० वर्षीया यमुना भनिने योगेन्द्रकुमारी घर्ती पक्राउ परेकी हुन्। घर्ती सच्चाइ धर्मको 'धर्म गुरू' रहेको प्रहरीले जानकारी दिएको छ। , बुधबार राति १ बजेतिर सुतिरह...
सेतोपाटी संवाददाता फेसबुक ह्याक गरी ठगेको आरोपमा एक जना युवक पक्राउ परेका छन्।, साइबर ब्युरोले एक जनालाई शुक्रबार पक्राउ गरेको एसपी पशुपतिकुमार रायले जानकारी दिए। पक्राउ पर्नेमा अर्घाखाँची सन्धिखर्कका ३३ वर्षीय कपिल गहतराज छन्।, उनले एक व्यक्तिको फेसबुक ह्याक गरेका थिए। ह्याक गरेपछि पीडितका आफन्तहरूलाई मेसेज गरी रकम अ...
सेतोपाटी संवाददाता नक्कली भुटानी शरणार्थी प्रकरणमा थप एक जना पक्राउ परेका छन्।, नेपाल हज समितिका अध्यक्ष शमशेर मियाँ बिहीबार बिहान सिंहदरबारभित्रै बाट पक्राउ परेको जिल्ला प्रहरी परिसर, काठमाडौंका एसएसपी दानबहादुर कार्कीले जानकारी दिए। , मियाँले चढ्ने सरकारी गाडी भुटानी शरणार्थी प्रकरणमा ठगी गर्ने गिरोहले प्रयोग गरेको ...
सेतोपाटी संवाददाता बालयौन दुरूपयोग गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।, जिल्ला प्रहरी परिसर ललितपुरले बाल यौन दुरूपयोग आरोपमा एक जना शिक्षकलाई पक्राउ गरेको डिएसपी भुवनेश्वर साहले जानकारी दिए। , प्रहरीले ललितपुर महानगरपालिका-२३ धापाखेल बस्ने २५ वर्षीय अमन यादवलाई पक्राउ गरेको हो। उनले १६ वर्षीया नाबालिगलाई ...
सेतोपाटी संवाददाता आफूले पढाउने स्कुलकी छात्रामाथि बलात्कार गरेको अभियोगपछि फरार भएका एक शिक्षक पक्राउ परेका छन्।, बलात्कार अभियोगमा शान्तिनगर गाउँपालिका– ७ घर भई स्थानीय शिवशक्ति मावि धनौरीमा पढाउँदै आएका ३५ वर्षीय शिक्षक खुमानन्द पौडेल पक्राउ परेका हुन्।, उनीमाथि चैत २० गते बेलुकी सोही स्कुलको कक्षा १० मा अध्ययनरत ए...
युनिक श्रेष्ठ नक्कली भुटानी शरणार्थी प्रकरणमा प्रहरीले तीन वटा कसुरमा मुद्दा दर्ता गर्नुपर्ने रायसहित प्रतिवेदन सरकारी वकिल कार्यालय काठमाडौंमा बुझाउँदै छ। , आइतबार साँझसम्म प्रतिवेदन बुझाउने भनिए पनि केही कुराहरू टाइप गर्न बाँकी रहेकाले सोमबार बिहान १० बजेसम्म प्रतिवेदन बुझाउने तयारी रहेको जिल्ला प्रहरी परिसर काठमाडौ...
रासस पोखरामा सवारी दुर्घटनामा परी एक जनाको मृत्यु भएको भने एक घाइते भएका छन्।, मंगलबार बिहान भएको दुर्घटनामा परी घाइते भएका काठमाडौं कपनका १८ वर्षीय सफल खतिवडाको उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ। उनी मोटरसाइकलको पछाडि बसेका थिए। , चालक तनहुँको म्याग्दे गाउँपालिका-४ थर्पु बस्ने १७ वर्...
सेतोपाटी संवाददाता नक्कली भुटानी शरणार्थी प्रकरणमा प्रहरीले सरकारी वकिल कार्यालय काठमाडौंलाई अनुसन्धान प्रतिवेदन नबुझाउने भएको छ।, जिल्ला प्रहरी परिसर काठमाडौंको दुई महिना लामो अनुसन्धान आइतबार सरकारी वकिल कार्यालयलाई प्रतिवेदन बुझाउन तयारी गरेको थियो। तर साढे ५ बजेतिर प्रहरीले सरकारी वकिललाई ल्याउन नभ्याउने बताएको हो...
रासस पन्ध्र दिनदेखि अनसनरत बिनु यादव र सरकार पक्षबीच चारबुँदे सहमति भएको छ। सहमति भएसँगै यादवको सत्याग्रह तोडिएको छ।, उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले यादवको माग सम्बोधनका लागि आश्वासन दिएपछि बुधबार जुस पिलाएर यादवको सत्याग्रह तोडिएको हो।, यादवको सत्याग्रहका मागमध्ये यादवमाथि पवन कठायतले जबर्जस्ती क...
सेतोपाटी संवाददाता बझाङमा हिमपहिरोमा परी एक जनाको मृत्यु भएको छ।, आइतबार बिहान ११ बजे सुर्मा गाउँपालिका-२ धनसेरीस्थित हिमाली क्षेत्रमा हिमपहिरो जाँदा एक जनाको मृत्यु भएको प्रहरीले जनाएको छ। उनको सनाखत भइसकेको छैन।, डिएसपी जागेश्वर भण्डारीका अनुसार हिमपहिरोमा परेर दुई जना बेपत्ता भएका छन्। , दुई जना घाइते समेत छन्।, घा...
रासस ‘जेष्ठ शुक्ल पूर्णिमाको दिन जात्रा नमान्ने र मङ्सिर पूर्णिमाको रात निद्रा नपुर्‍याउनेले कहिल्यै सुख पाउँदैन’, स्थानीय बूढापाकाको भनाइमा काभ्रेपलाञ्चोकको पनौती जात्रामा सामेल हुनैपर्ने परम्परागत तथ्य छ।, त्रयोदशीदेखि पूर्णिमाको रात रहुन्जेल हिलेजात्रा मनाउँछन् पनौतीवासी। जात्रा सकिएको भोलिपल्टैदेखि खेतको काम थाल्न...
डा. महेश बहादुर अधिकारी प्रोस्टेटमा विभिन्न उमेरमा देखिने समस्याहरू विभिन्न किसिमका हुन्छन्। उमेर बढ्दै गएपछि प्रोस्टेट ग्रन्थीको आकार बढ्दै जान्छ। ४० वर्ष कटेपछि नै प्रोस्टेट ग्रन्थीको आकार बढ्न थाल्छ। यसपछि विभिन्न खालका समस्याहरू आउन सक्छन्।, तर ५५/६० उमेर नपुगी भने धेरै समस्या देखिँदैनन्। कसैलाई ४०/४५ वर्षमा समेत ...
रासस ललितपुरको जावलाखेलमा जुद्ध शमशेरले उनका कान्छा छोरा नारायण शमशेरका लागि निर्माण गरेको राणाकालीन दरबार संरचना नारायण भवन जीर्ण बन्दै गएको छ। , २०७२ सालको भूकम्पपछि जीर्ण बन्दै गएको उक्त भवनमा अहिले बोटबिरूवा उम्रेका छन्। अबको दिनमा नारायण भवनको भविष्य के हुने हो कसैलाई थाहा छैन। , भूकम्पका कारण राणाकालीन दरबार संर...
रासस बागलुङको धवलागिरि अस्पतालमा पहिलोपटक  मेरुदण्डको शल्यक्रिया गरिएको छ। , मेरुदण्डको हड्डी भाँच्चिएर समस्यामा परेका बागलुङकै ५२ वर्षीय एक पुरुषकोे बुधबार  शल्यक्रिया गरिएको हो। , धवलागिरि अस्पतालका डा. विनित ढकाल, डा. समिर लामिछाने, डा. प्रमेश थापा, डा. राजन शर्मा, डा. अमित ढुङ्गानालगायत चिकित्सक टोलीले मेरुदण्डको ...
सेतोपाटी संवाददाता तहाल देशमा पश्चिमी वायु स्थानीय वायुको सामान्य प्रभाव छ।, जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही पहाडी भूभागको मौसम बदली भई एकदुई स्थानमा हल्का वर्षा भइरहेको छ। ,  बाँकी भूभागमा मौसम सामान्यतया सफा छ।, दिउँसो  कोशी प्र...
रासस वर्षा र सहकालका देवता रातो मच्छेन्द्रनाथको भोटो बिहीबार (आज) देखाइँदैछ। , भोटो जात्रालाई करिब आठ सय वर्षअघिसम्म जावलाखेल जात्रा भनिन्थ्यो। , जा (भात) वला (छर्ने) भएकाले यसलाई जावलाखेल जात्रा भन्ने गरिएको रातो मच्छेन्द्रनाथको भोटो जात्राको साइत हेर्ने काममा सक्रिय हुँदै आएका नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका प...
राजेश घिमिरे कालिका नगरपालिकाको सिद्धी बजार नजिकैको तीन दोभान खोलो तरेर करिब दश मिनेट हिँडेपछि पाइमाराङ खोलाको दायाँतिर केही गराहरूमा मकै हुर्कँदैछ। कुनोमा रूखको आड लगाएर बनाइएको ओडारजस्तो देखिने ठाउँमा एक बृद्धा बसिरहेकी छन्।, उनी हुन् कालिका नगरपालिका–१० की सेतीमाया चेपाङ। ८० वर्षीया सेतीमाया यहाँ बाँदर लखेट्न बसेकी...
सेतोपाटी संवाददाता तनहुँमा नदीले बगाउँदा एक पुरूष बेपत्ता भएका छन्।, शनिबार मध्याह्न पौने १२ भानु नगरपालिका-८ बलिफाँट बस्ने ३५ वर्षीय सुकबहादुर नेपाली मर्स्याङ्दीमा बेपत्ता भएका हुन्। , सतदेवि मन्दिरको निर्माणको लागि श्रमदान गर्न जान्छु भनेर हिँडेका उनी नदी किनारमा पौडी खेलिरहेका थिए। , त्यही क्रममा नदीले बगाउँदा बेपत...
सेतोपाटी संवाददाता सवारी दुर्घटनामा ज्यान गुमाएकी शिक्षक सीता लम्सालका आफन्तले दाङको तुलसीपुरको पुल्चोकमा गरेको सडक बन्द खुलेको छ। , किरिया खर्च बापत ५० हजार रुपैयाँ नगद आजै पीडित पक्षले बुझेका छन् भने स्कुटर किन्नका लागि दुई लाख दिने सहमतिपछि बाटो खोल्न पीडित पक्ष सहमत भएको स्रोतले जानकारी दिएको छ। , योबाहेक ४५ दिनभि...
सेतोपाटी संवाददाता काठमाडौंको सोह्रखुट्टेस्थित इटरनल लाइट पब्लिक स्कुल(इलिप्स) को छात्रावासमा एक छात्र मृत फेला परेका छन्।, नेत्रावती डबजोङ गाउँपालिका-५ धादिङका  १२ वर्षीय अभिषेक तामाङ गएराति २ बजे मृत फेला परेका हुन्। , उनी इलिप्समा कक्षा पाँचमा पढ्दै थिए। , अभिषेकका आफन्त पूर्णमायाले अभिषेक आफ्नै कोठामा झुण्डिएको अव...
सेतोपाटी संवाददाता देशमा पश्चिमी निम्न चापीय प्रणालीको साथै स्थानीय वायुको प्रभाव रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ।, अहिले बिहान कोशी, मधेश प्रदेशमा सामान्यदेखि पूर्ण बदली रही देशका बाँकी भूभागमा आंशिकदेखि सामान्य बदली रहेको महाशाखाको भनाइ छ । त्यस्तै, कोशी र बागमती प्रदेशका ...
रासस ताप्लेजुङमा आगलागीबाट एक घर जलेर नष्ट हुँदा करिब २० लाख रूपैयाँ बराबरको क्षति भएको छ। , फुङ्लिङ नगरपालिका–८ का पदमसुन्दर पालुंवाको घर जलेर नष्ट हुँदा करिब २० लाख बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ ।, नेपाली कांग्रेसका महाधिवेशन प्रतिनिधि एवं नेपाल तरुण दलका पूर्व केन्द्रीय महामन्त्रीसम...
सेतोपाटी संवाददाता ललितपुर महानगरपालिकाले सडक कालोपत्र गर्ने ठेक्का लिएर काम नगर्ने ठेकेदार कम्पनीलाई स्पष्टीकरण सोधेको छ।, आइतबार गोरखापत्र दैनिकमा सूचना प्रकाशित गर्दै महानगरले सडक निर्माण अलपत्र पार्ने ठेकेदार कम्पनी बिरूवा कन्स्ट्रक्सन काठमाडौं र  सिएम पवित्र महर्जन जेभी ललितपुरलाई  सात दिने स्पष्टीकरण सोधेको हो।,...
रासस जिल्ला हुलाक कार्यालय बाराका निमित्त प्रमुख बलिरामप्रसाद कुर्मी पक्राउ परेका छन्।, हुलाक बचत बैंक कलैयामा विभिन्न व्यक्तिका खाता रहेको करिब दुई करोड रूपैयाँ ठगी गरेको उजुरीका आधारमा कुर्मीलाई पक्राउ गरिएको बारा जिल्ला प्रहरी कार्यालयका प्रवक्ता पुरुषोत्तम सिंह पाण्डेयले जानकारी दिए।, पर्सा, बहुदारमाई गाउँपालिका–२...
रासस चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रबाट आफूहरूलाई हटाउनुपर्ने भन्दै नवलपरासी (बर्दघाट–सुस्तापूर्व) को गैंडाकोटका बासिन्दाले विरोध सुरू गरेका छन्।, गैंडाकोट नगरपालिकाको वडा नम्बर १०, ११ र १२ को कुनै पनि क्षेत्र निकुञ्जसँग सिमाना नजोडिएको भन्दै आफूहरूलाई मध्यवर्तीबाट हटाउनुपर्ने उनीहरूको भनाइ छ।, स्थानीयवासी...
रासस संखुवासभाको मकालु गाउँपालिका–२ मकालु बेस क्याम्पमा एक जनाको मृत्यु भएको छ।, मकालु गाउँपालिका–२ सेदुवाका ४० वर्षीय तुलाराम विष्टको लेक लागेर शुक्रबार मृत्यु भएको मकालु गाउँपालिका–२ का वडाध्यक्ष छोपाल शेर्पाले जानकारी दिए। , उनका अनुसार मकालु बेस क्याम्प जाँदै गरेका विष्ट शुक्रबार लेक लागेर बिरामी परेका थिए। विष्टल...
रासस पृथ्वीराजमार्गअन्तर्गत तनहुँको व्यास नगरपालिका–४ भोर्लेटारचोकमा रहेको सहिदगेट भत्काइएको छ। पृथ्वीराजमार्ग विस्तार गर्न लागि आज बिहान उक्त सहिदगेट भत्काइएको हो। , मुग्लिन–पोखरा सडक योजना (पूर्वी खण्ड)ले दमौली प्रवेश गर्ने विन्दुमा रहेको उक्त सहिदगेट भत्काएको इञ्जीनियर विष्णुप्रसाद पाण्डेले जानकारी दिए। , नेकपा (मा...
खेमराज गौतम बागलुङको पुरानो सदरमुकाम रहेको गलकोटको हरिचौर बजारमा गलकोट दरबार छ। तत्कालीन मल्ल राजाले गलकोट राज्यको सञ्चालन त्यही दरबारबाट गर्थे।, गलकोट दरबार अहिले पर्यटकीय हब बनेको छ। दरबार हेर्न आन्तरिक तथा बाह्य पर्यटकहरू हरिचौर पुग्छन्।, बागलुङको पुरानो सदरमुकाम र गलकोट दरबार पहिल्यैदेखि चर्चित थियो। अहिले टेउवाको...
सेतोपाटी संवाददाता ललितपुर महानगरपालिकाले ‘सभ्य नागरिक’ नामक वृत्तचित्र बनाएको छ।  , बुधबार महानगरपालिकाले पुल्चोकमा आयोजना गरिएको कार्यक्रममा नगर प्रमुख चिरीबाबु महर्जन र गोदावरी नगर प्रमुख गजेन्द्र महर्जनले वृत्तचित्र विमोचन गरेका हुन्।   , वृत्तचित्रमार्फत् महानगरपालिकाले उपलब्ध गराएको सेवा, सुविधालाई नगरबासीले कसर...
सेतोपाटी संवाददाता डडेल्धुरामा बाख्रा चराउन गएकी बालिका मृत अवस्थामा फेला परेकी छन्।, बुधवार नवदुर्गा गाउँपालिका–५ लम्पाटीका १० वर्षीया सानु बिक मृत फेला परेको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ।, मंगलबार घरबाट बाख्रा चराउन हिडेकी सानु अबेर रातिसम्म घर नफर्किएपछि परिवारले उनको खोजी  गरेको थियो।, सानु नभेटिएपछ...
रासस दुई साता रोकिएको मेलम्चीको पानी पुनः काठमाडौं पठाइएको छ।, बाढीले क्षतिग्रस्त तुल्याइको हेडवर्क्समा उपकरण आदि राख्नका लागि आयोजनाले गत जेठ ६ गतेदेखि पानी पथान्तरण रोकेको थियो।, हेलम्बु गाउँपालिका–१ स्थित मेलम्ची खानेपानी आयोजनाको सुरुङ, २०७८ असारको बाढीले क्षति पुर्‍याएको हेडवर्क्सलगायत संरचनाको मर्मतका लागि बन्द ...
सेतोपाटी संवाददाता दार्चुलामा करेन्ट लागेर एकजना शिक्षकको मृत्यु भएको छ।, अपिहिमाल गाउँपालिका –३ का दमनसिंह कार्कीको मंगलबार करेन्ट लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ।, शिक्षक कार्की अपिहिमाल गाउपालिका वडा नम्बर ४ स्थित सरस्वती आधारभूत विद्यालय मरखोलामा बिगत ८ वर्ष देखि अध्यापनरत रहेका थिए।, ...
रासस विगत केही दिनदेखि काठमाडौं उपत्यकासहित देशभर गर्मी बढेको छ।, पछिल्लो पाँच दिनदेखि आकाश खुल्ला भई निरन्तर चर्को घाम लाग्नुका साथै अधिकतम तापक्रम पनि बढिरहेकाले बढी गर्मी महसुस गरिएको हो।, जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशमा पश्चिमी वायुका साथै स्थानीय वायुको आंशिक प्रभाव छ। महाशाख...
सेतोपाटी संवाददाता आर्थिक वर्ष २०८०/०८१ को बजेटमा स्वतन्त्र रेडियोहरूलाई बेवास्ता गरिएको भन्दै अर्थमन्त्री प्रकाशशरण महत र सञ्चार मन्त्री रेखा शर्मालाई ध्यानाकर्षण गराइएको छ।, सामुदायिक रेडियो प्रसारक संघ (अकोराब) र ब्रोडकाष्टिङ एशोसिएसन अफ नेपाल (बान) का पदाधिकारीहरूले अर्थमन्त्री र सञ्चार मन्त्रीलाई बेग्लाबेग्लै भेट...
सेतोपाटी संवाददाता सुनकोशीमा बेपत्ता सिटिइभिटीका कर्मचारीको खोजी गर्न थप गोताखोर सिन्धुली प्रस्थान गरेका छन्। , शनिबार सशस्त्र प्रहरी बलले कुरिनटारस्थित नेपाल विपद् व्यवस्थापन तालिम शिक्षालयबाट थप गोताखोर सिन्धुली प्रस्थान गरेको सहायक प्रवक्ता डिएसपी शैलेन्द्र थापाले जानकारी दिए।, सशस्त्र प्रहरी निरीक्षक सुवास थापाको ...
सेतोपाटी संवाददाता एक साता यता तराईका जिल्लामा तातो हावासहित अत्यधिक गर्मी बढेको छ।, रूपन्देही, नवलपरासी, कपिलवस्तु, दाङ लगायतका जिल्लामा ४२ डिग्री हाराहारी तापक्रम भएपछि यहाँको जनजीवन प्रभावित बनेको छ।, बिहानैदेखि घाम चर्केर घर बाहिर निस्किन सक्ने अवस्था छैन। गर्मी बढेपछि गाउँ सहरमा मानिसको हिँडडुल ठप्पजस्तै बनेको छ।...
सेतोपाटी संवाददाता पाल्पाको रैनादेवी छहरा गाउँपालिका ८ सत्यवतीमा आइतबार साँझ भएको जिप दुर्घटनामा परी मृत्यु हुनेको संख्या ५ पुगेको छ। सत्यवतीस्थित किउरेछेडामा आइतबार साँझ जिप दुर्घटनामा परेको थियो।, रूपन्देहीको सालझण्डीबाट अर्घाखाँचीको पणेना जांँदै गरेको लु १ च९०२४ नम्बरको जिप आइतबार साँझ सवा ५ बजेतिर दुर्घटनामा परेको...
भागवत भट्टराई जनगणना २०७८ को नतिजा सार्वजनिक गरेको दुई महिना १० दिन पछि राष्ट्रिय तथ्यांक कार्यालयले जातजाति, भाषा र धर्मको नतिजा सार्वजनिक गरेको छ।, राष्ट्रिय तथ्यांक कार्यालयका उपप्रमुख हेमराज रेग्मीका अनुसार जातजाति, भाषा र धर्मका सम्बन्धमा सरोकारवाला व्यक्ति र संस्थाबाट दर्ता गराइएका ७० वटा माग र ध्यानाकर्षणको विष...
रासस तनहुँ कारागारमा रहेका महिला कैदीबन्दी पछिल्लो समय आयआर्जनमा लागेका छन्।, सुरुआतमा कारागारमा रहेका १६ मध्ये पाँच महिला कैदीबन्दीले तानबाट झोलाको कपडा बुनेर आम्दानी गर्न थालेका थिए।हाल कारगारका अन्य महिला कैदीबन्दीले पनि उनीहरुकै सिको गरिरहेका छन्।, कपडा बुन्न आवश्यक कच्चापदार्थ, तानलगायतको व्यवस्था मिलाएको कारागार...
राजेश घिमिरे कुकुरप्रति मानिसको सोख बढ्दो छ। पहिले पहरेदारका रूपमा लिइने कुकुर अचेल मान्छेको साथी बन्दैछ। महँगा विदेशी कुकुर पाल्नेक्रम बढ्दैछ। , तर नेपालकै वनहरू पाइने जंगली कुकुरको अवस्थाबारे न समुदायलाई थाहा छ न सरकारलाई। एसियाटिक वाइल्ड डग (ढोले) नेपालका जंगलहरूमा पनि रेकर्ड भएको जंगली कुकुर हो।, यो भारत, चीन, बंग...
रासस ग्लोबल डिस्ट्रिव्युसन सिस्टम ‘जीडीएस’ मार्फत अन्तर्राष्ट्रिय उडानको टिकट बिक्री गर्दै आएका नेपाली ट्राभल कम्पनी ‘ह्याक’ भएका छन् ।, विदेशी ह्याकरको समूहले अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीको टिकट बिक्री प्रणालीलाई ह्याक गरेर करोडौँ रुपैयाँ नोक्सानी पुर्‍याएका हुन् । ह्याकरले नेपालमा काम गर्दै आएका विदेशी जिडीएस कम्...
रासस देशका तराई भू–भागमा आगामी केही दिनसम्म तातो हावा तथा ‘लू’ लाग्न सक्ने सम्भावना रहेकाले सोबाट बच्न आवश्यक सतर्कता अपनाउन जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ।, तातो दिन तथा लूसम्बन्धी विशेष बुलेटिन जारी गर्दै महाशाखाले अबका पाँच दिनसम्म आवश्यक सतर्कता अपनाउन अनुरोध गरेको हो।, ‘आगामी ...
सेतोपाटी संवाददाता नेपाल मेडिकल काउन्सिलको लाइसेन्स परीक्षा पास गरेसँगै रामजी राम डाक्टर बनेका छन्। , उनले आफूले लाइसेन्स परीक्षामा पास भएको जानकारी शुक्रबार सामाजिक सञ्जालमार्फत् दिएका हुन्। , परीक्षा पास गरेसँगै उनले आफूलाई सघाउनेहरूलाई धन्यवाद दिएका छन्। , ‘परीक्षाको बेला आफ्नो खल्ती रित्याएर मलाई अध्ययन गर्न सघाउन...
सेतोपाटी संवाददाता सिन्धुलीस्थित सुनकोशी नदीमा मंगलबार फेला परेको दुई जनाको शवको सनाखत भएको छ।, मंगलबार सवा ६ बजे गोलन्जोर गाउँपालिका–७ लौकुनस्थित नदीमा दुई जनाको शव फेला परेको थियो। दुई वटै शवको सनाखत भएको सशस्त्र प्रहरी बलका सहायक प्रवक्ता डिएसपी शैलेन्द्र थापाले जानकारी दिए।, उनका अनुसार सिटिइभिटीको प्रशासन महाशाखा...