content
stringlengths
20
64.1k
सेतोपाटी संवाददाता नेपालमा सबैभन्दा बढी १५ देखि १९ वर्ष समूहका नागरिक रहेका छन्।, राष्ट्रिय जनगणना २०७८ का अनुसार ५/५ वर्षको समूहमा विभाजन गर्दा यो उमेर समूहको जनसंख्या २९ लाख ६६ हजार ४०४ जना यो उमेर समूहका नागरिक देखिएका छन्। , यसपछि १० देखि १४ वर्ष उमेर समूहका १० प्रतिशत नागरिक रहेका छन्।, ९० देखि ९४ वर्ष उमेर समूहक...
रासस भरतपुर आँखा अस्पतालमा बिहान ९ नबज्दै ७७ वर्षे वृद्ध जोशजाँगरका साथ प्रवेश गर्छन्। साँझ सबै चिकित्सक कर्मचारी बिदा भएर घर–घर जाँदै गर्दा उनी अस्पताल वरपर नै भेटिन्छन्।, उनको एउटै चिन्ता छ– अस्पताललाई कसरी समयसापेक्ष सुधार गर्दै बिरामीलाई सहज सेवा दिन सकिन्छ भन्ने। विगत ३९ वर्षदेखिको यो दैनिकी अहिले पनि निरन्तर चलि...
रासस तनहुँमा चालु आर्थिक वर्षको सात महिनामा सवारी दुर्घटनाबाट १५ जनाको मृत्यु भएको छ।, चालु आव २०७९/८० को साउनदेखि माघसम्म जिल्लाका विभिन्न ठाउँमा भएका दुर्घटनामा १५ जनाको मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय तनहुँले जनाएको छ। , मुत्यु हुनेमा दश पुरुष, चार महिला र एक बालक रहेको कार्यालय प्रमुख प्रहरी नायब निरीक्...
रासस अर्घाखाँची–कपिलवस्तुको सीमा नजिकै पर्छ सूर्य ओढार। बाणगङ्गा क्षेत्रको पूर्व–पश्चिम राजमार्गबाट उत्तरी क्षेत्रको जङ्गली एरिया कटेर सूर्य ओढार पुग्न सकिन्छ। विगतमा खासै चर्चामा नआएको यो स्थान पछिल्लो समय चर्चामा आएको छ।, कपिलवस्तुसँगै सीमा जोडिएको अर्घाखाँचीको शीतगङ्गा नगरपालिका वडा नं १४ पावरा–विक्रम गाउँ नजिकै छ ...
सेतोपाटी संवाददाता स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले हिजो (बिहीबार) जारी गरेको तथ्यांकमा १७ जना व्यक्तिमा कोरोना संक्रमण पुष्टि भएको देखिएको छ। जुन पछिल्लो पाँच महिनायताकै बढी संक्रमित संख्या हो। , गत कात्तिक ७ गते ४२ जनामा संक्रमण पुष्टि भएयता संक्रमितको संख्या निरन्तर घटेको थियो। तर हिजो भने एक्कासि १७ जनामा संक्रम...
रासस भारतसँग सीमा जोडिएका सुदूरपश्चिम प्रदेशका जिल्लामा कोरोना संक्रमण दर बढ्दै गएको छ।, केही महिना संक्रमण शून्य रहेको भए पनि हाल दिनहुँजसो संक्रमित देखिरहेको सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालय कोभिड–१९ सम्पर्क व्यक्ति हेमराज जोशीले जानकारी दिए। निर्देशनालयको तथ्याङ्कअनुसार चैत सुरु भएयता मात्रै यहाँ २४ जनामा स...
रासस अन्नपूर्ण हिमशृङ्खलाबाट उद्गम भई कास्की जिल्लाको माछापुच्छ्रे गाउँपालिका र पोखरा महानगरपालिकाको मध्यभाग भएर बग्ने  सेती नदीको संरक्षणका लागि संरक्षण अभियान सुरु भएको छ ।, नदीबाट अवैज्ञानिकरूपमा नदीजन्य सामग्रीको उत्खननले नदी तीव्ररूपमा कुरुप हुँदै गएपछि संरक्षणका लागि अभियान सुरु गरिएको हो । केही वर्षदेखि  नदीबाट...
रासस बाँकेस्थित जिल्ला प्रशासन कार्यालयमा मिटर ब्याजीविरूद्ध २२ उजुरी परेका छन्। , उजुरी परेकामध्ये १५ मुद्दा अदालती प्रक्रियामा पुगेको, दुई मुद्दा मिलापत्र भएको, दुई मुद्दा प्रहरीमा पठाएको, एउटा व्यक्ति सम्पर्कमा नआएको र दुई मुद्दा कारबाहीको प्रक्रियामा रहेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ। , बाँकेका प्रमुख जिल्ल...
रासस म्याग्दीको धवलागिरि गाउँपालिकामा भएको छुट्टाछुट्टै घटनामा दुई जनाको मृत्यु भएको छ। , धवलागिरि गाउँपालिका–६ मराङको नामरुकमा भिरबाट लडेर र वडा नं ७ को धारापानीमा ढुङ्गाले लागेर एक/एक जना पुरुषको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ। , प्रहरी नायब उपरीक्षक मदन कुँवरले दुवै जनाको शव आइतबार राति परीक...
सेतोपाटी संवाददाता सप्तरीमा पर्खाल भत्किँदा एक जनाको मृत्यु भएको छ। , मंगलबार बिहान पौने ६ बजे रूपनी गाउँपालिका-२ पिपराहीस्थित जेएसआर इट्टा भट्टाको पर्खाल भत्किएर लाग्दा एक जनाको मृत्यु भएको हो।, जिल्ला प्रहरी कार्यालयका डिएसपी नरेशकुमार सिंहका अनुसार भट्टाबाट इट्टा निकाल्ने क्रममा पर्खाल भत्किएको हो। उक्त घटनामा भारत...
रासस बैकिङ कसुर मुद्दाका फरार प्रतिवादी काठमाडौँ महानगरपालिका–११ बस्दै आएका ६५ वर्षीय महेन्द्रनारायण श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको छ। , धनकुटा नगरपालिका–६ स्थायी घर भएका श्रेष्ठलाई उच्च अदालत पाटनको २०७९ माघ २० गतेको फैसलाले बैंकिङ कसुर मुद्दामा चार दिन कैद र १४ लाख ४८ हजार जरिवाना ठहर गरेको थियो। अदालतको उक्त फैसल...
रासस पशुपतिनाथ मन्दिर परिसरमा आजदेखि प्लास्टिक निषेध गरिएको छ। , पशुपति क्षेत्र विकास कोषले आज एक सूचना प्रकाशित गरी पशुपति क्षेत्रमा प्लास्टिकका कारण फोहोर बढ्दै गएकाले पशुपतिनाथ मन्दिर परिसरमा प्लाष्टिक निषेध गरिएको जनाएको हो।, विकास कोषको सूचनामा भनिएको छ,‘प्लास्टिकजन्य सामग्रीका कारण पवित्र पाशुपत क्षेत्र बढी फोहो...
सेतोपाटी संवाददाता काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहविरूद्ध प्रदर्शन गरिएको छ। , संविधान र कानुनविपरीत सुकुम्बासीहरूलाई उठिबास लगाउने कामको नेतृत्व लिएको भन्दै मेयर शाहविरूद्ध सोमबार काठमाडौंको नयाँ बानेश्वरदेखि माइतीघर मण्डलासम्म र्‍यालीसहितको विरोध प्रदर्शन गरिएको हो। , आफूहरूलाई उठिबास लगाउने काममा मेयर शाह ला...
रासस सरकारले वैदेशिक रोजगारीमा रहेका नेपाली श्रमिकको स्वास्थ्यसम्बन्धी समस्या समाधानका लागि यही चैत १५ गतेदेखि निःशुल्क ‘टेलिमेडिसिन’ सेवा सुरु गर्ने भएको छ । , सो सेवामार्फत विदेशी भूमिमा श्रमिकले भोग्दै आएका स्वास्थ्य समस्या सम्बोधन गर्न आवश्यकताअनुसार समयमै सल्लाह, सुझाव र परामर्श उपलब्ध गराउने वैदेशिक रोजगार बोर्ड...
सेतोपाटी संवाददाता धनगढीमा नदीमा नुहाउन गएका ९ वर्षीय बालकको डुबेर मृत्यु भएको छ। , धनगढी नगरपालिका–१७ धुर्जुन्नास्थित दिपनगर टोलका ९ वर्षीय विमल भुलको डुबेर मृत्यु भएको प्रहरीले जानकारी दिएको छ। , कैलाली प्रहरीका अनुसार शिवगंगा नदीमा नुहाउने क्रममा आइतबार विमलको मृत्यु भएको हो। , शिवगङ्गा नदीमा नुहाउन गएका बालकको डु...
सेतोपाटी संवाददाता महोत्तरीको बर्दिबासबाट हिँडेरै काठमाडौं आइपुगेका मिटरब्याज पीडित र सरकारले गठन गरेको टोलीबीच बिहीबार वार्ता हुने भएको छ।, सरकारले मंगलबार गृह मन्त्रालयको नीति, योजना अनुगमन तथा मूल्यांकन महाशाखाकी प्रमुख सहसचिव रूद्रादेवी शर्माको संयोजकत्वमा वार्ता टोली गठन गरेको थियो। टोलीमा गृह मन्त्रालयका उपसचिव ...
रासस माध्यमिक शिक्षा परीक्षा (एसइई) परीक्षामा गण्डकी प्रदेशबाट ४३ हजार एक सय ६४  विद्यार्थी सहभागी भएका छन्।, आजदेखि सुरु भएकोे परीक्षामा सहभागी विद्यार्थीमध्ये साधारणतर्फ ४१ हजार पाँच सय १६  विद्यार्थी रहेको प्रदेश शिक्षा निर्देशनालय, गण्डकी प्रदेशका प्रमुख अम्बिका आचार्यले जानकारी दिए। , उनका अनुसार परीक्षामा प्रावि...
युनिक श्रेष्ठ काठमाडौंमा बसेर ठगी गरेको आरोपमा चिनियाँ नागरिकहरू पक्राउ परेका छन्। , काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले ९ जना चिनियाँ नागरिकलाई पक्राउ गरेको हो। यस्तै उनीहरूसँग काम गरेको भन्दै १० जना नेपालीहरू पनि पक्राउ परेका छन्। , यसअघि पनि पटक/पटक चिनियाँ नागरिकहरू पक्राउ पर्थे। तर उनीहरूको प्रत्यक्ष रूपम...
रासस मेलम्ची खानेपानी वितरणका लागि बिछ्याइएको नयाँ पाइपमध्ये आधाभन्दा बढीमा परीक्षण सकिएको छ।, कूल एक हजार १० किमी पाइपमध्ये हालसम्म पाँच सय ७६ किमीमा परीक्षण सकिएको र बाँकीको परीक्षण भइरहेको काठमाडौं उपत्यका खानेपानी लिमिटेड, आयोजना कार्यान्वयन निर्देशनालयले जनाएको छ। , आगामी असार मसान्तसम्ममा सबै परीक्षण सकाउने लक्ष...
नवीनबाबु गुरूङ आजदेखि सेतो मच्छिन्द्रनाथको रथयात्रा सुरू भएको छ। , आज अपराह्न ४ बजेदेखि मच्छिन्द्र बहालदेखि तीनधारा पाठशालासम्म रथयात्रा भएको हो। , त्यस्तै आज नै ५ बजेदेखि ६ः३० बजेसम्म जमल, रत्नपार्क, भोटाहिटी हुँदै असनसम्म रथयात्रा भएको छ। , चैत १६ गते ५ बजेदेखि ६ः३० बजेसम्म असन, बालकुमारी, केल टोल, इन्द्रचोक मखन हुँ...
सेतोपाटी संवाददाता कीर्तिपुरको प्यंगथाँबाट रातो मच्छिन्द्रनाथ र ‘जीवित देवी’ भनिने याकः मिसा (एक्ली केटी) को प्रतिमूर्ति हटाउने निर्णय आफूहरूलाई मान्य नहुने त्यहाँको स्थानीय समूहले जनाएको छ।, प्यंगथाँमा रातो मच्छिन्द्रनाथ र याक: मिसाको प्रतिमूर्ति स्थापना गर्ने सुखी गछेँ समाजले बुधबार विज्ञप्ति जारी गर्दै 'अनधिकृत तवर...
राजेश घिमिरे एक वर्षअघि आँपटारीको देवकोटा चोकमा बनाइएको मञ्चमा भरतपुर महानगरपालिकाकी मेयर रेनु दाहालको हातबाट लालपुर्जा पाउँदा ५६ वर्षीया सन्तमाया तामाङको खुसीको सीमा थिएन।, अठार वर्ष भाडामा बसेर २०६० सालपछि भरतपुर–२, आँपटारी मिलनटोलमा सानो झुप्रो बनाउन सकेका थिए सन्तमाया र उनका श्रीमान सञ्जरामले। उनीहरूले बनमाराले बा...
सेतोपाटी संवाददाता रामेछापमा गाडी दुर्घटना हुँदा चालकको मृत्यु भएको छ। , शनिबार दिउँसो ३ बने खाँडादेवी गाउँपालिका-१ डाँडागाउँ डेलपोखरीमा बोलेरो गाडी दुर्घटनामा पर्दा एक जनाको मृत्यु भएको हो, वडा नम्बर ७ तालदुमबाट काठमाडौं जाँदै गरेको बा १६ च ३२२५ नम्बरको गाडी सडकबाट अन्दाजी ३ सय मिटर तल खसेको जिल्ला प्रहरी कार्यालयले ...
सुदीप श्रेष्ठ भगवानको दर्शन गर्न त भक्तजन रोजै मन्दिर धाउँछन्, तर कुनै दिन त्यस्तो होला जब भगवान स्वयं आफ्नो दर्शन दिन भक्तजनका घर–घर डुली हिँड्ने छन्!, किन नहुनु?, काठमाडौं र पाटनको सेतो र रातो मच्छिन्द्रनाथ रथयात्रालाई यही चलनका रूपमा लिइन्छ।, करूणामय उर्फ लोकेश्वरसमेत भनिने यी मच्छिन्द्रनाथहरू आफ्ना भक्तजनको दुःखकष...
रासस कञ्चनपुरको दैजी–बेल्डाडी सडक खण्डमा सोमबार मोटरसाइकल दुर्घटना हुँदा एक बालकको मृत्यु भएको छ।, बेल्डाडीबाट महेन्द्रनगरतर्फ आइरहेको सुपप्र ०२–००३ प ४६७१ नम्बरको मोटरसाइकल बेदकोट १० मा नालामा खस्दा दुर्घटना भएको हो।, जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायव उपरीक्षक प्रकाश डाँगीका अनुसार दुर्घटनामा परी...
रासस रामेछापमा बोलेरो दुर्घटना एक जनाको मृत्यु भएको छ। , शनिबार बेलुका सुनापति गाउँपालिकाको दिमीपोखरीबाट काठमाडौं जाँदै गरेको बा १६ च ३८२५ नम्बरको बोलेरो खाँडादेवी गाउँपालिका–१ राकाथुमको बेलपोखरी डाँडामा सडकबाट करिब चारसय मिटर तल खसेर दुर्घटनाग्रस्त भएको हो।, दुर्घटनामा परी मृत्यु हुनेमा खाँडादेवी गाउँपालिका–७ का ३३ व...
रासस ट्राफिक प्रहरीले काठमाडौँको कोटेश्वरबाट लागुऔषध सेवन गरी सवारीसाधन चलाउने चार जनालाई नियन्त्रणमा लिएको छ। , काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले कोटेश्वर क्षेत्रमा गरेको विशेष चेकिङका क्रममा लागुऔषध सेवन गरी सवारी साधन चलाउने चार चालकलाई गए राति नियन्त्रणमा लिएको हो।, ट्राफिक प्रहरीेले बा ५ ख ८४५५ न...
सेतोपाटी संवाददाता हाल देशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागमा आंशिक बदली रहेको छ।, जल तथा मौसम पूर्वानुमान महाशाखाले दिउँसो कोशी प्रदेश लगायत अन्य पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागमा मौसम सामान्यताय सफा रहने जानकारी दिएको छ। , आज राती पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–...
रासस स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरस संक्रमण बढिरहेको जनाएको छ।, मन्त्रालयका सहप्रवक्ता डाक्टर समीरकुमार अधिकारीले सोमबार विज्ञप्ति जारी गर्दै छिमेकी मुलुक भारतमा कोरोना भाइरसको नयाँ भेरिएन्ट ओमिक्रोन एक्सविवी १.१६ देखिएकाले नेपालमा पनि संक्रमण बढिरहेको जानकारी दिएका छन्।, संक्रमण बढिरहेकाले रोकथाम र न...
रासस मेलम्ची खानेपानी आयोजनाको पानी उपत्यकामा ल्याउन सुन्दरीजलबाट जोरपाटी खण्डमा आवश्यक पर्ने थप पाइप बिछ्याउन सुरू गरिएको छ।, सुन्दरीजलबाट जोरपाटीसम्म ११ किलोमिटर लम्बाइमा हाल रहेको पाइप पर्याप्त नभएकाले थप पाइप बिछ्याउन लागिएको हो। मेलम्चीको पानी पहिले सुन्दरीजलस्थित पानी प्रशोधन केन्द्रमा जान्छ। केन्द्रमा प्रशोधन भ...
मनिका विश्वकर्मा कलाकार लुनिभा तुलाधारलाई सानी छँदा केटीको लुगा लगाउन मन लाग्दैन थियो। केटाको लुगा लगाइहाल्न पनि रूचि हुन्थेन। आफ्नो यस्तै स्वाभावले उनलाई नौ कक्षा पढ्दै गर्दा अनुभव भयो- म अरूभन्दा केही फरक छु!, कहिले महिलाकै पहिरनमा आफूलाई हेर्थिन्। कहिले केटाको लुगा लाउन र त्यस्तै व्यवहार गर्न अघि सर्थिन्। यसो गर्दा...
सरिशा अछामी गत चैत ९ गते कास्कीको पोखरा महानगरपालिका-२ का ३७ वर्षीय आयुष परियार व्रतबन्धमा बाजा बजाउन गएका थिए।, काठमाडौं महानगरपालिका-१६ का नवराज अमगाईले छोराको व्रतबन्धमा पन्चेबाजा मगाएका थिए।, बाजा बजाउन आयुषसहितको टोली उनको घर पुगेका थियो।, बाजा बजाइरहेका बेला तीर्खा लागेपछि आयुष नजिकै पानीको जार राखेको ठाउँमा पुग...
सेतोपाटी संवाददाता भूतपूर्व गोरखा सैनिक हरि बुढा मगर सगमाथा आरोहणका लागि सोलुखुम्बु प्रस्थान गरेका छन्। , बुधवार उहाँ त्रिभुवन विमानस्थल हुँदै सगरमाथा आधार शिविरतर्फ प्रस्थान गरेका हुन्। , शारीरिक रूपमा अशक्त रहेका हरिको दुबै खुट्टा छैन। उनी कृतिम (प्रोस्थेटिक) खुट्टाको सहायतामा सगरमाथा आरोहण गर्न लागेका हुन्। , कृतिम...
रासस म्याग्दीका मगर समुदाय प्रकृतिलाई खुसी बनाउने ‘भुमे पूजा’मा जुटेपछि मगर बस्ती मौलिक सांस्कृतिक उत्सवमय भएको छ। , रघुगङ्गा गाउँपालिका–१ बेग, बाँदुक, वडा नं ७ चिमखोलामा मङ्गलबार धुमधामका साथ भुमे पूजा गरिएको छ। हरेक वर्ष चैत महिनाको उजेली मङ्गलबारका दिन परम्परागतरूपमा गरिँदै आइएको भुमे पूजालाई उनीहरुले यस वर्ष पनि न...
सेतोपाटी संवाददाता पर्साको ठोरी गाउँपालिका-४ विजय बस्तीको गाउँमा पसेर स्थानीयका भैंसी र बाख्रा खाने बाघलाई नियन्त्रणमा लिइएको छ। , मंगलबार राति पर्सा राष्ट्रिय निकुञ्ज, नेपाली सेनाको टोलीको उक्त बाघलाई नियन्त्रणमा लिएको हो।, उक्त बाघले १०-१२ दिनदेखि गाउँमा पसेर १२ बाख्रा, खसी र दुईटा भैंसीका पाडा मारेको निकुञ्जका सूचन...
सेतोपाटी संवाददाता चितवनको सौराहामा एक हात्तीको सुँड काटिएको छ। , पर्यटन व्‍यवसायी दिपेन्द्र खतिवडाले आफूले पालेको पोथी हात्तीको सुँड अज्ञात समूहले काटिदिएको बताए। , अन्दाजी ४५ वर्षकी चञ्चलकली हात्तीको सुँड काटिएको हो। , गएराति साढे ११ बजेतिर हात्ती ठूलो स्वरले कराएपछि सुँड काटिएको अवस्थामा फेला परेको व्यवसायी खतिवडाल...
रासस बागलुङमा ट्र्याक्टरको ठक्करबाट एक युवकको मृत्यु भएको छ। , गलकोट नगरपालिका–११ रिघा मनेवामा ट्र्याक्टरले किच्दा पूर्वी नवलपरासी घर भई मनेवा मामाघर आएका २३ वर्षीय दिपेश सलामीको ज्यना गएको हो।, बडिगाड गाउँपालिका–२ खर्बाङ बजारबाट गलकोट नगरपालिका–३ हटियाबजार आउँदै गरेको ध १ त ६०९ नंको ट्र्याक्टर मध्यपहाडी लोकमार्गबाट ख...
नवीनबाबु गुरूङ काठमाडौंको बौद्धमा आज तेमाल जात्रा हेर्न दर्शकको घुइँचो लागेको छ।, प्रत्येक वर्ष चैत्र शुक्ल चतुर्दशीका दिन तेमाल जात्रा लाग्छ।, तामाङ समुदायले दिवङ्गत आत्माको शान्तिको कामना गर्दै चैत्र शुक्ल चतुर्दशीका दिन लामा गुरुद्वारा बिशेष पूजापाठ गर्दै बौद्ध चैत्यमा बत्ती बाल्ने गर्छन्।, प्राचीनकालमा तेमाल क्षेत...
सेतोपाटी संवाददाता पैसाको ओछ्यान बनाएर टिकटकमा भिडिओ हाल्ने युवकलाई प्रहरीले सचेत गराएको छ। , पैसा बिछ्याएर सुतेको भिडिओ सामाजिक सञ्जालमा देखिएपछि प्रहरीले ती युवकलाई बोलाएको जिल्ला प्रहरी परिसर ललितपुरका डिएसपी भुवनेश्वरप्रसाद साहले जानकारी दिए। , ‘गुनासो आएपछि हाम्रो ध्यानाकर्षण भयो। खोजी गरी को हो भन्ने पत्ता लगायौ...
सेतोपाटी संवाददाता विराटनगरबाट काठमाडौं आइरहेको जहाजभित्र आकाशमै झगडा गर्ने दुई जना यात्रुलाई नेपाल नागरिक उड्डयन प्राधिकरणले प्रहरीलाई बुझाएको छ।, बुधबार साँझ विराटनगरबाट उडेको बुद्ध एयरको जहाजमा सवार दुई जनाबीच आकाशमै झगडा भएको थियो।  झगडा गर्नेहरू दुर्गालाल श्रेष्ठ र विमलबाबु श्रेष्ठ हुन्। , सँगैको सिटमा बसेका उनीह...
सेतोपाटी संवाददाता समाज डेन्टल हस्पिटलको ९ औं शाखा जोरपाटीमा खुलेको छ।, 'दन्त उपचारमा सबैको पहुँच हाम्रो प्रतिबद्धता' भन्ने उद्धेश्यका साथ  २३ वर्षदेखि दन्त सेवा दिइरहेको समाज डेण्टल हस्पिटलको   ९ औं  शाखाले आजदेखि जोरपाटी बौद्धमा आफ्नो सेवा सुरू गरेको हो।, समाज डेण्टल हस्पिटलले आफ्नो स्थापनाको २३ औं वार्षिक उत्सवको अ...
सेतोपाटी संवाददाता सर्लाहीमा २६८ थान नक्कली नोटसहित एक जना पक्राउ परेका छन‍्।, बरहथवा नगरपालिका-१७ बागमती सिचाई नहरस्थित सडकबाट नेपाली एक हजार दरको २ सय ६८ थान नक्कली नोटसहित एक जनालाई पक्राउ गरेको प्रहरीले जनाएको छ। , बलरा नगरपालिका-५ अर्नाहा बस्ने ३० वर्षीय रामप्रसाद रायलाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको हो।, मध...
सेतोपाटी संवाददाता ह्याम्स अस्पतालको हेलिप्याडमा अवतरण गर्नेक्रममा एयर डाइनेस्टी हेलिकप्टरको पछाडिपट्टिको पंखाको टुक्रा खसेको छ। , शनिबार दिउँसो पौने २ बजेतिर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उडेको हेलिकप्टर अस्पतालको हेलिप्याडमा अवतरण गर्न लागेको थियो। , अवतरण गर्नेक्रममा पछाडिपट्टिको टुक्रा खसेर छिमेकीको घरको छ...
सेतोपाटी संवाददाता ललितपुरको बखुण्डोलमा निर्माणाधीन समिट अपार्टमेन्टका कारण त्यस वरपरका घरहरू भासिएका छन्। , शनिबार राती २ बजेतिर निर्माणाधीन समिट अपार्टमेन्टसँगै जोडिएका घरहरू भासिएका हुन्।, ललितपुरका प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्यका अनुसार २ वटा घर पूर्ण रूपमा भत्किएका छन्। बाँकी ६ वटा भन्दा बढी घर जोखिममा छन...
सेतोपाटी संवाददाता पछिल्लो २४ घण्टामा थप ६४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। , स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शनिबार थप ६४ जनामा संक्रमण पुष्टि भएको हो।, पिसिआर परीक्षणबाट ४१ र एन्टिजेन परीक्षणबाट २३ जनामा संक्रमण देखिएको हो।, पछिल्लो २४ घण्टामा ११७० जनाको परीक्षण गरिएको थियो। , ५७ जनाको निको भएक...
राजेश घिमिरे बाघमारा नजिकै रहेको हात्तीसार पुग्दा चञ्चलकली टाउको हल्लाइरहेको थिई। उसको बेचैनी हेरेर टोलाइरहेका थिए हात्तीपालक गणेश खतिवडा। टाउको हल्लाउने उसको बानी हो। चञ्चलता उसको पहिचान।, तैपनि काटिएको सुँड तलमाथि गरिरहेकी चञ्चलकलीलाई देख्दा उसको दुखाइ महसुस गर्न सकिन्थ्यो। सौराहास्थित हात्तीसारमा बाँधिएको चञ्चलकली ...
सेतोपाटी संवाददाता चितवनमा १८० किलो गाँजासहित एक जना पक्राउ परेका छन्। , राप्‍ती नगरपालिका-१ लोथरस्थित पूर्वपश्चिम लोकमार्ग सडकबाट शुक्रबार एक जनालाई गाँजासहित पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ। , बिआर-०६ जी २१२८ भारतीय नम्बर प्लेटको ट्रकमा तलासी लिँदा क्याबिनबाट गाँजा बरामद भएको हो। , क्याबिनमा फल्...
रासस आठ रात नौ दिनसम्म भव्यरुपमा मनाइने भक्तपुरको ऐतिहासिक एवं सांस्कृतिक महत्व बोकेको बिस्काः अर्थात् बिस्केट जात्रा आज बिहानैदेखि सुरु भएको छ । तौमढीस्थित भैरवको रथमा पूजा गर्न बिहानैदेखि घुइँचो लागेको छ ।, बिहान ५ बजेदेखि सर्वसाधारणका लागि भैरवको रथमा पूजा खुला गरेर जात्राको शुभारम्भ भएको गुठी संस्थान कार्यालयकी प्...
सेतोपाटी संवाददाता कोरोना भाइरसको संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ। , पछिल्लो २४ घण्टामा एक जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ। मृतक पुरूष ७८ वर्षका हुन्।, योसँगै मृत्यु हुनेको संख्या १२ हजार २१ पुगेको छ।, यस्तै १०६ जना संक्रमित पनि थपिएका छन्। योसँगै अहिले देशभर ४६९ जना सक्रिय सं...
सेतोपाटी संवाददाता वकिल हुँ भनेर ठगी गरेको आरोपमा एक जना पक्राउ परेका छन्।, जिल्ला प्रहरी परिसर काठमाडौंले एक नक्कली वकिललाई ठगी मुद्दामा पक्राउ गरेको प्रवक्ता एवं एसपी सीताराम रिजालले जानकारी दिए।, पक्राउ पर्नेमा जाजरकोट छेडागाड नगरपालिका-१२ बस्ने ४९ वर्षीय मानबहादुर सिंह छन्। , उनले आफूलाई भरतबिक्रम, भक्तबहादुर र भर...
सेतोपाटी संवाददाता पोखराका स्कुलहरूमा हेडमास्टर बन्न अब प्रस्ताव पेश गर्नुपर्ने भएको छ। कम्तीमा एक वर्ष र बढीमा तीन वर्षका लागि विद्यालय विकास योजना पेश गरेका शिक्षकलाई हेडमास्टर बनाउने निर्णय महानगरले गरेको छ।, पोखरा महानगरको नगर शिक्षा परिषद र शिक्षा समितिको चैत २३ गते बसेको बैठकले उक्त निर्णय गरेको हो। हेडमास्टर बन...
सेतोपाटी संवाददाता दाङको तुलसीपुर उपमहानगरपालिकालाई २३ थान वाकीटकी प्रदान गरिएको छ।, गैरसरकारी संस्था तयार नेपालले उपमहानगरपालिकाको विपद व्यवस्थापन शाखालाई ती सञ्चार उपकरण प्रदान गरेको हो।, उपमहानगरका हरेक १९ वडालाई एक/एक वटा, आपतकालीन कार्यसञ्चालन केन्द्रलाई एउटा, मेयरको सचिवालयलाई एउटा, दमकल शाखालाई एउटा र अर्को विप...
सेतोपाटी संवाददाता बलात्कारको आरोप लागेका न्यायाधिश भुवन गिरी पक्राउ परेका छन्।, गत साता जिल्ला अदालत कपिलवस्तुले उनीविरूद्ध पक्राउ पुर्जी जारी गरेको थियो।, गिरीलाई प्रहरीले मंगलबार दिउँसो काठमाडौंको गोंगबुको पवित्रनगरबाट पक्राउ गरेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसएसपी दानबहादुर कार्कीले जानकारी दिए। , पक्राउ परेका...
सेतोपाटी संवाददाता नेपालमा करिब तीन महिनापछि एक जना कोरोना संक्रमितको मृत्यु भएको छ। वीर अस्पतालमा उपचाररत् ७८ वर्षीय वृद्धको संक्रमणका कारण मृत्यु भएको अस्पतालका कोभिड संयोजक डाक्टर उमेश बोगटीले सेतोपाटीलाई जानकारी दिएका छन्।, 'अस्ति शनिबारदेखि उहाँलाई भेन्टिलेटरमा राखेर उपचार गरिरहेका थियौं। आज बिहान पौने पाँच बजेति...
नवीनबाबु गुरूङ दुई दिन बितिसक्दा पनि काठमाडौं महानगरपालिकाले मंगलबार पनि राष्ट्रपति भवन, प्रधानमन्त्री निवास र सिंहदरबारको फोहोर उठाएको छैन।, मेयर बालेन शाहको निर्देशन अनुसार नै आज पनि भिआइपी एरियाको फोहोर नउठेको परिवर्तन नेपालका व्यवस्थापक प्रमुख मित्र घिमिरेले जानकारी दिए।, ‘हामीलाई फोहोर उठाउन निर्देशन नदिएसम्म फोह...
रोहित महतो दुई साता अघि पर्साको जिराभवानी गाउँपालिकाको सढी गाउँबाट वीरगञ्ज फर्किने बेला टन्टलापुर घाम थियो।, मोटरसाइकलमा यात्रा गरिरहँदा समेत हाम्रो छाला घामले पोलेको थियो। त्यही घाममा जितपुर चौरीको सुर्ती खेतमा एक हुल महिला बेपरवाह कोदालोले खेत खन्दै थिए। कोही मल छर्दै थिए। दिउँसो १२ बजेतिरको चर्को घामले नै उनीहरूमा ...
सेतोपाटी संवाददाता कञ्चनपुरमा मलामी गएका एक किशोर महाकाली नदीमा डुबेर बेपत्ता भएका छन्।, शुक्लाफाँटा नगरपालिका –५ का १८ वर्षीय दीपेन्द्र हमाल आइतबार दिउँसो नदीमा डुबेर बेपत्ता भएको प्रहरीले जनाएको हो।, उनी दिउँसो साढे २ बजेतिर भीमदत्त नगरपालिका–११ भुजेला घाटस्थित नदीमा डुबेर हमाल बेपत्ता भएको इलाका प्रहरी कार्यालय गड्...
रासस मुगुमा पहिलो पटक अदालती विवाह (कोर्ट म्यारिज) भएको छ। यसअघि परम्परा, धर्म, सस्कृति तथा रितीरिवाजअनुसार विवाह हुँदै आएकोमा पहिलो पटक अदालतीमार्फत कानुनी प्रक्रिया पूरा गरी विवाह भएको हो।, सोरु गाँउपालिका–७ सिपगाँउका ७० वर्षिय प्यारीलाल काफ्ले र खत्याड गाँउपालिका–४ जिउका गाँउका ४२ वर्षिय जानकी रोकायाबीच आज जिल्ला अ...
सेतोपाटी संवाददाता कञ्चनपुरमा ट्रकसँग मोटरसाइकल ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु भएको छ ।, शुक्लाफाँटा नगरपालिका–५ शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज नजिक सडकमा रोकिराखेको ट्रकसँग मोटरसाइकल ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु भएको छ।, सडक किनारामा रोकिराखेको ना ५ ख ९७३२ नम्बरको ट्रकमा सुदूरपश्चिम प्रदेश ०२००३ प ४४८२ नम्बरको...
सेतोपाटी संवाददाता काठमाडौं विश्वकै बढी प्रदूषण हुने सहरमा पहिलो नम्बरमा पुगेपछि विज्ञहरूले आवश्यक सावधानी अपनाउन आग्रह गरेका छन्। , हावाको प्रदूषण मापन गर्ने एयर भिजुअल सूचक आइक्यु एयरले काठमाडौंलाई संसारकै प्रदुषित सहरको सूचीको पहिलो स्थानमा राखेको हो। , शनिबार साँझबाट काठमाडौं संसारमा नै बढी प्रदूषण भएको सहरमा पहिल...
सेतोपाटी संवाददाता लुम्बिनी प्रदेश सरकारले लुम्बिनी प्रादेशिक अस्पतालको अध्यक्षमा बुटवलका अजयमान श्रेष्ठलाई नियुक्त गरेको छ।, तत्कालीन मुख्यमन्त्री शंकर पोखरेल नेतृत्वको सरकारले अध्यक्षमा नियुक्त गरेका सूर्यबहादुर भट्टराईलाई कुलप्रसाद केसी नेतृत्वको सरकारले हटाएपछि लुम्बिनी प्रादेशिक अस्पतालको अध्यक्ष पद रिक्त रहेको थ...
सेतोपाटी संवाददाता शताब्दी पुरूष सत्यमोहन जोशीकी पत्नी राधादेवी जोशीको निधन भएको छ।, सय वर्षकी जोशीको शनिबार बिहान ललितपुरको किस्ट अस्पतालमा निधन भएको जोशीकी छिमेकी बनिता जोशीले सेतोपाटीलाई जानकारी दिइन्। , जोशीको स्वास्थ्यमा समस्या देखिएपछि चैत १६ गते किस्ट अस्पतालमा भर्ना गरिएको थियो। 'उहाँ राम्ररी कुरा गर्न सक्नुहु...
सेतोपाटी संवाददाता एक साता बितिसक्दा पनि काठमाडौं महानगरपालिकाले राष्ट्रपति भवन, प्रधानमन्त्री निवास र सिंहदरबारको फोहोर उठाएको छैन। , महानगर प्रमुख बालेन शाहको निर्देशनका कारण आइतबार पनि सिंहदरबारको फाहोर नउठाएको परिवर्तन नेपालका व्यवस्थापन प्रमुख मित्र घिमिरेले जानकारी दिए।  , ‘मेयर बालेनले नभनेसम्म हामी फाहोर उठाउन...
सेतोपाटी संवाददाता अख्तियार दुरूपयोग अनुसन्धान आयोगले सुरक्षण मुद्रण केन्द्रका प्रमुख विकल पौडेलसहित ९ जनाविरूद्ध २ अर्ब ६९ करोड रुपैयाँ बिगो माग्दै मुद्दा हालेको छ।, अख्तियारका प्रवक्ता भोला दाहालका अनुसार पावर सिस्टम इन सेक्युरिटी प्रिन्टिङ प्रेस र प्रेसराइज्ड फ्युल स्टोरेज ट्यांकको खरिदमा बदनियतपूर्वक मिलोमतो गरी क...
सेतोपाटी संवाददाता रोजगारीको प्रलोभन देखाई यौनधन्दामा लाग्न बाध्य पारेको पीडितको मुद्दापछि एक जना होटल सञ्चालक पक्राउ परेका छन्। लमही नगरपालिका–५ लमही बजारमा होटल बी एण्ड बीका सञ्चालक ४४ वर्षीय नुमाराज भुसाल पक्राउ परेका हुन्।, प्युठानबाट अध्ययनका लागि दाङमा आएका २० र २१ वर्षीया युवतीहरूले दिएको जाहेरीका आधारमा भुसालल...
रासस म्याग्दीको उत्तरी क्षेत्र हुँदै मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी-जोमसोम सडक सोमबारदेखि दैनिक छ घन्टा यातायात सेवा बन्द हुन थालेको छ।, म्याग्दीको अन्नपूर्ण गाउँपालिका-३ रुप्से झरना क्षेत्रमा पहिरो रोकथाम, ‘बेलिब्रिज’ निर्माण र सडक विस्तारका लागि यातायात सञ्चालन गर्ने समयतालिका बनाइएको हो। प्रमुख जिल्ला...
सेतोपाटी संवाददाता राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेका निजी सवारी चालक दिलबहादुर थापाको स्वास्थ्य अवस्था अझै चिन्ताजनक छ।, गत सोमबार भरतपुरमा लामिछानेको घरको तीन तलामाथिबाट खसेका थापालाई मंगलबार एयरलिफ्ट गरी काठमाडौं ल्याइएको थियो।, अहिलेको उनको मेडिसिटी अस्पतालमा उपचार भइरहेको छ।   , मेडिसिटी अस्पताल म...
सेतोपाटी संवाददाता त्रिवि शिक्षण अस्पतालमा दसौंपटक कलेजोको सफल प्रत्यारोपण भएको छ । , मंगलबार प्राध्यापक डाक्टर रमेश सिंह भण्डारीको टोलीले बुटवलका ३१ वर्षीय पुरूषमा कलेजोको सफल प्रत्यारोपण गरेको हो।, सिरोसिस र कलेजोमा क्यान्सर भएपछि ती पुरूषको कलोजो प्रत्यारोपण गर्नुपरेको डाक्टर भण्डारीले बताए। प्रत्यारोपणका लागि बिरा...
सेतोपाटी संवाददाता सहरी विकास मन्त्रालयले बोलाएको फोहोर व्यवस्थापनसम्बन्धी बैठक केहीबेर बसेर सकिएको छ।, बैठक बसे पनि निचोडमा पुग्न नसकेपछि केही समयपछि फेरि बस्ने परिवर्तन नेपालका व्यवस्थापन प्रमुख मित्र घिमिरेले जानकारी दिए।, 'केही समयअघि बसेको बैठकमा केही निचोडमा पुग्न नसकेको कारण अब केही समयपछि पुनः बैठक बस्ने योजना...
रासस तातोपानी नाका खुलाउन तथा सीमा सुरक्षाका विषयमा चीन र नेपालतर्फको सम्बन्धित सुरक्षा निकायबीच द्विपक्षीय बैठक सम्पन्न भएको छ। जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक रामकुमार यादवले सोमबार नेपालतर्फका सुरक्षा निकायका प्रतिनिधि र  चीनतर्फका सुरक्षा निकायका प्रतिनिधिबीच सीमानाका व्यव...
नवीनबाबु गुरूङ राष्ट्रिय भिटामिन ‘ए’ अभियान आजदेखि सुरू भएको छ। , अभियान अन्तर्गत  ६ महिनादेखि पाँच वर्षमुनिका महिनासम्मका बालबालिकालाई भिटामिन ‘ए’ क्याप्सुल र जुकाको औषधी खुवाइनेछ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार अभियान आज र भोलि दुई दिनसम्म सञ्चालन हुनेछ। , मन्त्रालयले देशभरीका बालबालिकालाई पायक पर्ने स्वा...
एजेन्सी अमेरिकाको चर्चित मिडिया फक्स न्युजले आफूविरूद्ध परेको एउटा मानहानी मुद्दा मिलाउन १ खर्बभन्दा बढी रुपैयाँ (७८.७५ करोड डलर) तिरेको छ।, सन् २०२० को राष्ट्रपतिय चुनावमा रिपब्लिकन उम्मेदवार डोनाल्ड ट्रम्पलाई हराउन धाँधली भएको र त्यसमा विद्युतीय मतदान गर्ने मेसिन बनाउने कम्पनीको पनि संलग्नता भएको फक्स न्युजले समाचार...
भगवती पाण्डे युद्धमार्फत् आफ्नो साम्राज्य विस्तार गर्दै हिँडेको इष्ट इण्डिया कम्पनीलाई पराजित गरी नेपाली फौजले विजयको झण्डा फहराएको बुटवलको जितगढी किल्लामा बिहीबार विजय उत्सव मनाइएको छ।, अंग्रेज फौजलाई हराएर विश्वभर नेपालीको शिर ऊँचो बनाए पनि ओझेलमा परेको जितगढीमा बुटवल उपमहानगरपालिका र नेपाली सेनाले संयुक्त रूपमा २०७...
नारायण खड्का दाङको घोराही उपमहानगरपालिका–१२ रतनपुरमा खाल्डोमा गाडिएको अवस्थामा भेटिएको ४० वर्षीया शारदा केसीको शव पोस्टमार्टमका लागि नेपालगञ्ज पठाइने भएको छ। , राप्ती विज्ञान प्रतिष्ठानमा फरेन्सिक विज्ञ नरहेकाले पोस्टमार्टमका लागि नेपालगञ्ज पठाउन लागिएको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता डिएसपी राजन गौतमले जानकारी...
नवीनबाबु गुरूङ वैशाख पूर्णिमा अर्थात् बुद्ध जयन्ती नजिकिँदै गर्दा गुरूङ समुदायमा सती घाटुको अध्याय सुरू भएको छ।, श्रीपंचमीको विशेष साइतमा विधिवत रूपमा विभिन्न देवी देवताको पूजाआजा गरेपछि घाटु नाच्ने कन्याहरूको आँखा बन्द हुने गर्दछ। कन्याहरूको आँखा बन्द नभएसम्म देवीहरूको नाम जप्दै घाटु गीत गाइने चलन छ। देवीले पत्याएपछि...
सेतोपाटी संवाददाता कपिलवस्तुको विजयनगर गाउँपालिकामा भिषण आगलागी भएको छ।, बिहीबार बिहान भएको आगलागीबाट २६ घरगोठ जलेर नष्ट भएका छन्।, गाउँपालिको वडा नम्बर ५ सिसवामा बिहीबार बिहान ११ बजेदेखि आगलागी सुरू भएको थियो।, ३ घन्टासम्म लागेको आगलागीबाट फुसका ९ वटा घर पूरै र १७ ओटा आंशिक गरी २६ वटा घरगोठ जलेको वडा अध्यक्ष अनवर मुस...
सेतोपाटी संवाददाता रूकुम पश्चिम प्रहरीले ओडारमा लुकाएर राखेको अवस्थामा दुई नाल भरूवा बन्दुक फेला पारेको छ। , मुसीकोट नगरपालिका–८ घोरखानीस्थित झिमखोलाको ओडारमा लुकाएर राखेको अवस्थामा दुई नाल भरूवा बन्दुक बुधबार बेलुका ५ बजेतिर प्रहरीले फेला पारेको थियो।, जिल्ला प्रहरी प्रमुख डिएसपी नुमराज भट्टराईले घटनाबारे अनुसन्धान ज...
नवीनबाबु गुरूङ मिटरब्याज पीडितमाथि भएको दमनविरूद्ध बृहत् नागरिक आन्दोलनले 'मानव–अधिकार मार्च' गरेको छ।, नागरिक आन्दोलनले बुधबार दिउँसो शान्तिवाटिकादेखि संसद भवनसम्म मार्च गरेको  हो। उक्त मार्च बानेश्वरमा पुगी कोण सभामा परिणत भएको थियो।, मिटरब्याज पीडितहरूमाथि सोमबार प्रहरीले गरेको अनावश्यक, निर्मम र अमानवीय दमन गरेको ...
सेतोपाटी संवाददाता जाजरकोटमा निर्माणाधीन मोटरेबल पुल भाँच्चिदा घाइते भएकामध्ये २ जनाको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय रूकुम पश्चिमका अनुसार पुलमा काम गरिरहेका श्रमिकमध्ये २ जनाको मृत्यु भएको हो।, भारतको बहराइच जिल्लाका धर्मेन्द्र गौतम र पुरूषोत्तम गौतमको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रूकुम पश्चिमका प्रमुख ...
सेतोपाटी संवाददाता काठमाडौंको साँखुमा चार वटा टिपर ठोक्किएका छन्। , शनिबार बिहान सवा ५ बजे साँखु- लप्सीफेदी सडकखण्डमा चार वटा टिपर ठोक्किएका जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी सीताराम रिजालले जानकारी दिए। , प्रदेश ३-०१-००६ ख १०७२, बा ३ ख ३९२७,  बा ५ ख ४५७० र ना ८ ख २९१९ नम्बरको टिपर दुर्घटनामा परेको हो। चारैवटा टिपर ...
सेतोपाटी संवाददाता कीर्तिपुर नगरपालिका वडा नम्बर ४ का वडाध्यक्ष श्यामकुमार अधिकारीको मृत्यु भएको छ। , सवारी दुर्घटनामा परेका अधिकारीको काठमाडौंको माइतीघरस्थित अन्नपूर्ण न्युरो अस्पतालमा उपचारको क्रममा मृत्यु भएको उपमेयर शुभलक्ष्मी शाक्यले जानकारी दिइन्।, उनलाई चिकित्सकले आइतबार दिउँसो २ बजेतिर मृत घोषणा गरेका हुन्। , ...
रासस पुल निर्माण गर्दाको ज्याला नपाएपछि श्रमिकले झोलुङ्गे पुल  नै बन्द गरेका छन्।, दुई वर्ष अगाडि निर्माण भएको दार्चुलाको दुहुँ गाउँपालिका–१ र ५ जोड्ने झोलुङ्गे पुलमा काम गरेका स्थानीय मजदुरले काम गरेको ज्याला नपाए पछि पुल बन्द गरेका हुन्।,  , गाउँपालिकाको रु दुई करोड १० लाख लागत रहेको तीन सय ९० मिटर लम्बाइ भएको उक्त ...
सेतोपाटी संवाददाता ४० वर्षीया श्रीमती शारदा केसीको हत्या आरोपित श्रीमान ४१ वर्षीय मेघराज केसीलाई प्रहरीले पक्राउपछि आइतबार सार्वजनिक गरेको छ।, दाङको घोराही उपमहानगरपालिका वडा नं. १२ रतनपुरस्थित आफ्नो घर नजिकै शारदाको शव वैशाख ६ गते दिउँसो गाडेको अवस्थामा प्रहरीले फेला पारेको थियो।, पक्राउ परेका मेघराजले वैशाख १ गते रा...
सेतोपाटी संवाददाता बुटवलमा राष्ट्रिय लोक भजन चुड्का संरक्षण प्रतिष्ठान नेपालको तेस्रो महाधिवेशन हुने भएको छ।, अधिवेशनमा देशभरबाट प्रतिनिधि, पर्यवेक्षक गरी पाँच सय जनाको सहभागिता रहने प्रतिष्ठानका वरिष्ठ उपाध्यक्ष एवं महाधिवेशन आयोजक समितिका संयोजक नारायण खनाल लेकालीले जानकारी दिए।, यही वैशाख १६ गतेदेखि बुटवल मण्डपस्थि...
नारायण खड्का दाङमा श्रीमतीको हत्यापछि फरार रहेका श्रीमान पक्राउ परेका छन्। , घोराही उपमहानगरपालिका-१२ रतनपुरमा खाल्डोमा गाडिएको अवस्थामा भेटिएकी ४० वर्षीया शारदा केसीको हत्या आरोपमा उनका ४१ वर्षीय श्रीमान मेघराज पक्राउ परेका हुन्। , उनलाई शुक्रबार राति घोराही उपमहानगर-३ गोग्लीबाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय दा...
सरिशा अछामी दुर्घटनाले कहिलेकाहीँ जिन्दगीको बाटो फेरिदिन्छ। यो कुरा धनकुटाका उदयबहादुर लिम्बूलाई जति अरू कसलाई थाहा होला र!, २०२४ सालमा धनकुटाको महालक्ष्मीमा जन्मिएका उदयबहादुर बाल्यकाल सामान्य रूपमै बित्यो। गाउँमा छोरामान्छे लाहुरे हुने चलन थियो। उदयबहादुरले पनि ब्रिटिस आर्मीमा नापिन जाने सोचेका थिए।, लाहुरे हुन धेरै...
नवीनबाबु गुरूङ काठमाडौंका पार्क, सडक छेउछाउमा ज्याकारान्डा फूलेर सुन्दर देखिएको छ।, वसन्त ऋतुको आगमनसँगै काठमाडौंका सडक, पार्क छेउमा विभिन्न थरीका फूल फुल्न थालेसँगै शहरको सुन्दरता बढेको छ।, हेर्नुस् तस्बिरहरू,  , फूल फुलेको काठमाडौं सहर (तस्बिरहरू)
रासस मकवानपुरमा ट्र्याक्टर दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ।, मकवानपुरको मनहरि–३ स्थित कालिदमार भन्ने स्थानमा गए राति  मधेस प्रदेश०३–००१त ७१८८  नंको ट्र्याक्टर अनियन्त्रित भई पल्टिँदा तीन जनाको मृत्यु भएको र अन्य दुई जना घाइते भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका  प्रवक्ता प्रहरी नायब उपरीक्षक टेकबहादुर कार्की...
सेतोपाटी संवाददाता झापामा ८८ बोरा मकैसहित ट्र्याक्टरलाई प्रहरीले नियन्त्रणमा लिएको छ।, गौरीगञ्ज गाउँपालिका-२ आँपगाछीमा भारतबाट नेपाल आउँदै गरेको मे १ त ७११० नम्बरको ट्र्याक्टरलाई मंगलबार बिहान नियन्त्रणमा लिएको डिएसपी खगेन्द्रप्रसाद रिजालले जानकारी दिए।, अवैध रूपमा भारतबाट ल्याएको मकै प्रहरीले बरामद गरेको हो।, गस्ती ग...
सेतोपाटी संवाददाता दाङमा सर्पले टोकेका बिरामीलाई अस्पताल नलगी झारफुक गराउँदा मृत्यु भएको छ। , तुलसीपुर उपमहानगरपालिका वडा नं. १६  शान्तिटोलका २६ वर्षीय रोशन डाँगीलाई सोमबार राति १० बजेतिर सुतिरहेको समयमा विषालु सर्पले टोकेको थियो। , दाहिने खुट्टामा सर्पले टोकेका डाँगीलाई अस्पताल लैजानुको साटो तुलसीपुर–१४ पहरुवा र खोल्...
सेतोपाटी संवाददाता पोखरामा गाडीको ठक्करबाट चितुवाको बच्चा मरेको छ।, महेन्द्रगुफाबाट जोगिमणि जाने बाटोमा सोमबार राती करिब १० बजे गाडीले ठक्कर दिएर साढे २ महिनाको बच्चा मरेको जिल्ला वन कार्यालयले जनाएको छ। , सडकमै चितुवाको बच्चा मरेको देखेपछि स्थानीय रवि बस्नेतले प्रहरीलाई खबर गरेका थिए।, प्रहरीले मृत अवस्थामा फेला पारे...
रासस झापा, कमल गाउँपालिका–५ गेउरियास्थित किरात समुदायको समाधिस्थलबाट फलामजन्य वस्तुहरू चोरी हुन थालेको छ।, दर्जनौं समाधि गृहका झ्याल र ढोका फोडेर फलामका रड र ग्रिलहरू राति चोरी हुन थालेको नेपाल आदिवासी जनजाति पत्रकार महासंघका केन्द्रीय उपाध्यक्ष कमन देवानले बताए।, किरात समुदायको आस्थाको धरोहरको रूपमा रहेका समाधिस्थलको...
सेतोपाटी संवाददाता धनगढीस्थित एसपिए क्याम्पसमा पढाउने एक जना प्राध्यापक आफ्नै छात्राहरूलाई यौन दुर्व्यवहार गरेको आरोपमा पक्राउ परेका छन्। , पटक/पटक सामाजिक सञ्जालमार्फत् यौन दुर्व्यवहार गरेको आरोप विद्यार्थीले लगाएपछि सो कलेजका प्राध्यापक चेतराज भट्टलाई प्रहरीले नियन्त्रणमा लिएको हो। , छात्राहरूमाथि यौन दुर्व्यवहार गर...
सेतोपाटी संवाददाता साहित्यकार तथा संस्कृतिविद् धीरेन्द्र प्रेमर्षि र साहित्यकार/सञ्चारकर्मी रूपा झाले आफ्नो बुवा कृष्णलाल झाको स्मृतिमा पुरस्कार दिने भएका छन्। सामुदायिक विद्यालयको शिक्षण तथा शैक्षिक उन्नतिमा उल्लेख्य योगदान पुर्‍याउने विशिष्ट शिक्षासेवीलाई वर्षेनी पुरस्कृत गर्नेगरी पुरस्कार स्थापना गरेका हुन्।, जेठा ...
सेतोपाटी संवाददाता पोर्चुगल पठाइदिने भन्दै झन्डै १४ लाख ठगेको आरोपमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ।, काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले ठगी मुद्दामा एक जनालाई पक्राउ गरेको एसपी सोमेन्द्र सिंह राठौरले जानकारी दिए। , कैलाली टिकापुर नगरपालिका-१ घर भई ललितपुर महालक्ष्मी नगरपालिका टिकाथली बस्ने ४० वर्षीय कृतकब...
रासस बागलुङ नगरपालिका–९ तित्याङको अदुवाबारीस्थित एउटै पाटो खेतमा झण्डै पाँच सय सुन्तलाका बिरूवा हुर्किरहेका छन्।, राम्रो धान फल्ने खेत तीन वर्षयता सुन्तला बगैँचामा परिणत भएको हो । कम लगानीमा धेरै आम्दानी दिने सुन्तला खेतीका लागि भकुण्डेका पाँचभाइले खेत मासेर सुन्तला रोपेका हुन्।, बागलुङ नगरपालिका–१० भकुण्डे घर भएका ती...
डा. रवीन नेपाली मिर्गौलासम्बन्धी रोग दीर्घकालीन र क्षणिक खालका हुन्छन्। दुई खाले रोगका छुट्टाछुट्टै कारण हुन्छन्। सुगर, प्रेसरका कारणले मिर्गौलामा दीर्घकालीन समस्या हुन्छ। अर्कातिर पिसाबमा रगत देखिने, प्रोटिन चुहिनेजस्ता मिर्गौलाका आफ्नै समस्या पनि हुन्छन्।, शरीरमा पानीको मात्रा कम भएर, झाडापखला लागेर, ज्वरो आएर क्षणि...
सेतोपाटी संवाददाता दाङमा एक महिलाले बञ्चरो प्रहार गरी श्रीमानको हत्या गरेकी छन्। , बंगलाचुली गाउँपालिका वडा नं. १ सिउजाडाँडामा ५७ वर्षीया केशरादेवी दमाइले ६४ वर्षीय श्रीमान रेशमबहादुर दमाइको हत्या गरेकी हुन्। , जिल्ला प्रहरी प्रवक्ता डिएसपी राजन गौतमका अनुसार बिहीबार बिहान ९ बजेतिर आपसी विवाद हुँदा श्रीमतीले श्रीमानमा...
सेतोपाटी संवाददाता शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले वैदेशिक अध्ययन स्वीकृतिसम्बन्धी निर्देशिका २०७९ जारी गरेको छ।, विदेशी शिक्षण संस्थामा उच्च शिक्षा अध्ययन गर्न जाने नेपाली नागरिकले लिनुपर्ने पूर्वस्वीकृति पत्र (नो अब्जेक्सन लेटर) सम्बन्धी निर्देशिका गत फागुन १८ मै स्वीकृत भएको थियो भने गत चैत १८ देखि लागु भइस...
नवीनबाबु गुरूङ सेतोपाटी फोटो टिमले देशको राजनीति, सामाजिक, कला, घुमफिरलगायत क्षेत्रबाट छानिएका तस्बिरहरूको संगालो ‘यो साताका तस्बिर’ मा प्रस्तुत गरेको छ।, आजको श्रृंखलामा हामीले वैशाख ८ गते देखि वैशाख १५ गतेसम्म खिचिएका केही तस्बिर समेटेका छौं।, काठमाडौंको जोरपाटीस्थित बोधिसत्व इन एक्सन (बिआइए)मा बुद्ध धर्मसम्बन्धी क...