content
stringlengths
20
64.1k
सेतोपाटी संवाददाता प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरले वर्तमान राजनीतिक नेतृत्वबाट प्रहरीलाई काम गर्न सहज रहेको बताएका छन्।, शुक्रबार प्रहरी प्रधान कार्यालयमा आयोजित अन्तर्क्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उनले अहिलेको सरकार संगठन रूपान्तरण र विकास गर्ने हकमा राम्रो रहेको बताए। , उनले साधन स्रोतको कमी, देशको आर्थिक...
सेतोपाटी संवाददाता मिटरब्याज पीडितले देशभर हालसम्म झण्डै २४ हजार उजुरी दिएका छन्।, सरकारले पूर्वन्यायाधीश गौरीबहादुर कार्कीको अध्यक्षतामा गठन गरेको अनुचित लेनदेन (मिटरब्याज)सम्बन्धी जाँचबुझ आयोगका अनुसार परेका उजुरीमध्ये आजसम्म एक हजार तीन सय ८५ वटा उजुरीमा मेलमिलाप भएको छ।, यसअघि सरकारले जिल्ला प्रशासन कार्यालयमार्फत...
रासस मनसुनी वायुको प्रभावले देशभर आंशिकदेखि सामान्य बदली रहनुका साथै कोशी र लुम्बिनी प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।, जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार शुक्रबार राति कोशी, मधेस, गण्डकी र कर्णाली प्रदेशका एक–दुई स्थानमा मेघ गर्जन/चट्याङसहित भारी वर्षाको सम्भावना छ। तराई ...
सेतोपाटी संवाददाता सुदूरपश्चिम प्रदेश प्रहरीका लागि कार्यालयसहित अत्याधुनिक भवनहरू धनगढीमा निर्माण भएका छन्। , प्रदेश प्रहरी कार्यालयको परिसरमा चार तलाको कार्यालय, प्रहरी कर्मचारी निवास तथा बेरेक र मेस बनाइएका हुन्। , भौतिक पूर्वाधारमा आत्मनिर्भर हुँदै जनस्तरमा समर्पित एवम् गुणस्तरीय सेवा दिने लक्ष्य अनुरूप संरचना ...
सेतोपाटी संवाददाता  , प्रहरीलाई सहयोग गर्दा गोली लागेर घाइते भएका वीरेन्द्र जैसीले अनशन तोडेका छन्। , आइतबार प्रहरी अस्पतालमा पुगेर उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले उपचार एवं क्षतिपूर्तिको वाचा गरेपछि उनले अनशन तोडेका हुन्। , २०७३ फागुन १ मा वन तस्करी नियन्त्रण गर्ने क्रममा प्रहरीलाई सहयोग गर्नेक्र...
सेतोपाटी संवाददाता हाल देशमा मनसुनी वायुको प्रभाव रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ।, अहिले मनसुनको न्यून चापीय रेखा पश्चिमतिर सरदर स्थान भन्दा दक्षिणतर्फ तथा पूर्वतिर सरदर स्थान भन्दा उत्तरतर्फ (नेपाल नजिक) अवस्थित रहेको  महाशाखाले नियमित बुलेटिनमार्फत् उल्लेख गरेको छ।, हाल ब...
नवीनबाबु गुरूङ काठमाडौंको कपन क्षेत्रमा बाढी आएको छ।, सोमबार दिउँसोको वर्षापछि कपन क्षेत्रमा बाढी आएको हो। बर्खाका बेला बर्सेनि यो क्षेत्रमा बाढीको समस्या देखिन्छ।, कपन, मिलनचोक, सरस्वती नगर क्षेत्रमा बाढी आएको हो।, बाढी आएपछि केही घर डुबानमा परेका छन् भने सवारी साधन सञ्चालन र हिँड्डुलमा पनि समस्या भएको छ।, तस्बिरहरू:...
सेतोपाटी संवाददाता भारतले मंगलबार (आज) धौलीगंगा जलविद्युत परियोजनाको बाँध खोलिएको छ।, जिल्ला प्रशासन कार्यालय दार्चुलाले आइतबार सूचना प्रकाशित गरेर मंगलबार बिहान ५ बजेदेखि बेलुकी ८ बजेसम्म बाँध खोल्ने जानकारी गराएको थियो।, ‘मिति २०८०।०३ ।२६ गते विहान ५ः०० बजेदेखि २०८०।०३। २६ गते बेलुकी ८ः०० बजेसम्म सिल्ट सफाईको कार्य ...
नारायण खड्का भारतमा पहिरोका कारण एकै घरका तीन जनाको मृत्यु भएको छ।, भारतको हिमाचल प्रदेश, सिम्ला जिल्लाको क्यारामा गएको पहिरोमा पुरी तीन जना नेपालीको मृत्यु भएको हो। , रूकुम पश्चिमको त्रिवेणी गाउँपालिका-९ खहरेका ५० वर्षीय देबहादुर वली, उनकी ४८ वर्षीया श्रीमती भिमा वली र १६ वर्षीय कान्छो छोरा मोहन वलीको सोमबार बिहान मृ...
युनिक श्रेष्ठ सोमबार काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले दिउँसो २ बजे पत्रकार सम्मेलन आयोजना गरेको थियो।, पत्रकार सम्मेलन सुरू हुनु केहीबेरअघि मीनभवनस्थित कार्यालयका प्रमुख एसएसपी मनोजकुमार केसीको कार्यकक्षमा पुग्‍दा उनी ठूलो चार्ट पेपर हेर्दै थिए। चार्ट पेपरमा पक्राउ परेका व्यक्तिहरूको कनेक्सन देखाउने जालो छा...
नवीनबाबु गुरूङ सोलुखुम्बुमा मनाङ एयरको हेलिकप्‍टर दुर्घटनामा परी ज्यान गुमाएका ६ जनाको शव काठमाडौं ल्याइएको छ। , मंगलबार साँझ काठमाडौंको महाराजगन्जस्थित टिचिङ अस्पतालमा शव ल्याइएको हो। अल्टिच्युड एयरको दुई वटा हेलिकप्टरमा राखेर ६ जनाको शव काठमाडौं ल्याइएको प्रहरी वृत्त महाराजगन्जका डिएसपी अंगुर जिसी बताए। , मंगलबार बि...
रासस डोटीको आदर्श गाउँपालिका वडा नम्बर २ मौवामा सरकारी गाडी दुर्घटना हुँदा एक जनाको घटनास्थलमै मृत्यु भएको छ भने तीन जना सामान्य घाइते भएका छन्।, बा१झ ९४३४ नम्बरको सरकारी गाडी दुर्घटना हुँदा आदर्श १ स्याउले घर भएकी ६५ वर्षीया हीरा खड्काको मृत्यु भएको घटनास्थलमा खटिएका प्रहरी निरीक्षक यक्षराज जोशीले जानकारी दिए।, घटना ...
नारायण खड्का दाङ तुलसीपुर उपमहानगरपालिका वडा नं. ११ कटाँहा गाउँकी ४० वर्षीया ललिता डाँगी आइतबार बेलुकी खाना पकाउँदै थिइन्। आकाश धुम्म बादलले छोपेको थियो। हप्प गर्मी उत्तिकै। कटाँहा गाउँमा पानी नपरेको हप्ता दिन जति भइसकेको थियो। ललिता त्यो बेलुकी बाहिर आँगनमै अस्थायी चुल्होमा खाना पकाउँदै थिइन्।, पौने सात बज्दै थियो। क...
सेतोपाटी संवाददाता ललितपुरमा सुनको सिक्री लुटपाट गर्ने तीन जनालाई प्रहरीले पक्राउ गरेको छ। , जिल्ला प्रहरी परिसर ललितपुरले तीन जनालाई पक्राउ गरेको एसएसपी सिद्धीविक्रम शाहले जानकारी दिए। पक्राउ पर्नेहरूलाई मंगलबार पत्रकार सम्मेलन गरी सार्वजनिक गरिएको हो। , ललितपुर महानगरपालिका-११ लुकुसी बस्ने ३२ वर्षीय लोलिनकाजी महर्जन...
रासस ‘सानो साथी किन्डर गार्टेन’ नामक मन्टेश्वरी विद्यालयको शौचालयको सेप्टिक ट्यांकीमा डुबेका मेचीनगर नगरपालिका–१० का बालकको मंगलबार मृत्यु भएको छ।, सेप्टिक ट्यांकीमा डुबेर सोमबार दिउँसो बेहोस भएका आठ वर्षीय तान्छोक लिम्बूलाई उपचारका लागि बिर्तामोडस्थित बिएन्डसी अस्पतालको सघन उपचार कक्षमा भर्ना गरिएको थियो। उपचारकै क्र...
मन्दिरा घिमिरे ललितपुर महानगरपालिकाले १०६ वर्ष पुरानो दमकल पुनःसञ्चालनमा ल्याएको छ। , बिहीबार पत्रकार सम्मेलन गर्दै १०६ वर्ष पुरानो पुरातात्विक महत्वको दमकल पुनः सञ्चालनमा ल्याइएको ललितपुर महानगरका मेयर चिरीबाबु महर्जनले जानकारी दिए।  , उनका अनुसार करिब १०६ वर्षअघि डेनिस कम्पनीको दमकल बेलायती सरकारले तत्कालीन बाग्मती ...
सेतोपाटी संवाददाता इटहरी उपमहानगरपालिकाले पाँच वर्षभन्दा कम उमेरका बालबालिकालाई होस्टलमा राख्न प्रतिबन्ध लगाएको छ।, इटहरीको एउटा निजी विद्यालयको होस्टेलमा आइतबार राति सुतेकै स्थानमा एक जना विद्यार्थीको मृत्यु भएपछि उपमहानगरले उक्त निर्णय गरेको हो। , त्यस घटनापछि उपमहानगरले विद्यालयका छात्रावासहरूको अनुगमन समेत गरेको छ...
सेतोपाटी संवाददाता सडक डिभिजन कार्यालय लहानका लेखा अधिकृत पदम विनोद पोखरेल एक लाख रुपैयाँ घुस रकमसहित पक्राउ परेका छन्। , अख्तियार दुरूपयोग अनुसन्धान आयोगले लेखा अधिकृत पोखरेललाई मंगलबार एक लाख रुपैयाँ लिइसकेको अवस्थामा पक्राउ गरेको सहायक प्रवक्ता देवीप्रसाद थपलियाले जानकारी दिए।, उनले सडक निर्माण कार्यको अन्तिम बिल भ...
सेतोपाटी संवाददाता जिल्ला अदालत काठमाडौंले अभिनेता भुवन केसीले हालेको मुद्दामा अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाहको पक्षमा फैसला सुनाएको छ।, बुधबार न्यायाधीश वासुदेव पौडेलको इजलासले साम्राज्ञी शाहविरूद्ध भुवन केसीले दिएको गाली-बेइज्जती मुद्दाको दाबी नपुग्ने फैसला गरेको जिल्ला अदालत काठमाडौंको वेबसाइटमा उल्लेख छ।, स...
सेतोपाटी संवाददाता पछिल्लो तीन घन्टा सप्तरी,  सुनसरी र मोरङमा भारी वर्षा भएको छ।, जल तथा मौसम विज्ञान विभाग, बाढी पूर्वानुमान महाशाखाका अनुसार सप्तरीको बरमझिया, सुनसरीको इटहरी, मोरङको लेटाङ, हरैँचा आसपास अति भारी वर्षा भइरहेको छ। , यी क्षेत्रमा पछिल्लो तीन घन्टामा १०० मिलिमिटरभन्दा बढी वर्षाको मापन भएको छ। सप्तरीमा ती...
रासस सङ्खुवासभाको सिलिचोङ गाउँपालिका–१ बेसिन्दाका पहिरोपीडित दुई वर्षदेखि त्रिपालमुनि बास बस्न बाध्य छन्। विस्थापित ९७ परिवार त्रिपालमुनि कष्टपूर्ण जीवन बिताउँदै आएका छन्।, विसं २०७९ असार २८ गते राति आएको पहिराले सिलिचोङ–१ बेसिन्दाका नौ घर बगाउँदा ११ जना बेपत्ता भएका थिए। सरोकारवाला निकायले चासो नदेखाउँदा विस्थापित पर...
रासस भानु जयन्तीका अवसरमा शुक्रबार भानु नगरपालिका–४ चुँदीरम्घामा आयोजित कार्यक्रममा २९ वर्षीया मनिषा कुमाल र ४२ वर्षीया हीरा कुमालले लोपोन्मुख पाउदुरे नृत्यमा मारूनी बनेर तालमा ताल मिलाएर घन्टौं नाचे। पाउदुरे नाच पुरुषले महिला बनेर नाच्ने प्रचलन छ। तर गाउँमा पुरुष नहुँदा भानु नगरपालिका–४ कुमालगाउँका यी दुई महिला पाउदु...
सेतोपाटी संवाददाता मनसुनको न्यूनचापीय रेखा नेपालतर्फ सर्ने क्रम जारी रहँदा मुलुकका विभिन्न भूभागमा भारी वर्षा भइरहेको छ।, न्यून चापीय रेखा पश्चिममा सरदर स्थानभन्दा दक्षिणतिर र  पूर्वमा सरदर स्थानभन्दा उत्तर तर्फ अवस्थित रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान् महाशाखाले जनाएको छ। , मौसमविद् गोविन्द झाका अनुस...
रासस मेरा इनार, न त सत्तल पाटी केही छन् , जे चिज र धनहरू छन् घरभित्र नै छन् , त्यस घाँसीले कसरी आज दियेछ अर्ति , धिक्कार हो मकन बस्नु नराखी कीर्ति। (भानुभक्त आचार्य), तनहुँको भानु नगरपालिका–४ चुँदीरम्घा शिखर कटेरीमा भानुभक्तको घर खण्डहर अवस्थामा छ। माटो र ढुङ्गाले बनेको घरको गाह्रो चारैतिर भत्केर भग्नावशेषमात्र बाँकी ...
रासस म्याग्दीको धवलागिरि गाउँपालिका–२ लुलाङस्थित ४२ किलोवाट क्षमताको दरखोला दोस्रो लघुजलविद्युत् परियोजनाको विद्युत्गृहमा पहिराले क्षति पुर्‍याएको छ।, बिहीबार मरेनीस्थित विद्युत्गृह माथिको भिरबाट खसेको पहिराले विद्युत्गृहमा क्षति भएको हो । विद्युत्गृहको उपकरण पहिराले पुरिएर क्षति भएको वडाध्यक्ष अकप्रसाद विकले बताए।  ,...
युवराज श्रेष्ठ उच्च अदालत पोखराका दुई न्यायाधीशले पीडित बालिकाको शरीर तथा कपडामा पल शाहका यौनजन्य अवशेष नभेटिएको भन्ने आधार देखाउँदै उनलाई बलात्कार अभियोगबाट सफाइ दिएको छ।  , उच्च अदालत पोखराका कायममुकायम मुख्य न्यायाधीश डिल्लीराज आचार्य र न्यायाधीश श्रीधराकुमारी पुडासैनीको संयुक्त इजलासले पीडितले सोचविचार गरेर जाहेरी...
सेतोपाटी संवाददाता चितवनमा सडकबाट बस खस्दा १९ जना यात्रुहरु घाइते भएका छन्।, बिहान सवा ५ बजेतिर नारायणगढ-मुग्लिन सडक खण्डको दासढुङ्गा नजिकै काकडभिट्टाबाट काठमाण्डौतर्फ जाँदै गरेको बागमती प्रदेश ०१-००६ ख ५२३७ नम्बरको यात्रुबाहक बस अनियन्त्रित भई सडकबाट खसेको हो।, करिब १० मिटर तल खसेपछि बस रुखमा अड्किएको थियो।, बसमा सवा...
सेतोपाटी संवाददाता त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट एक महिला सुन र हिरासहित पक्राउ परेकी छन्।, प्रहरीले शनिबार दिउँसो ५५ वर्षीया अभया विश्‍वकर्मालाई पक्राउ गरेको हो।, विमानस्थलमा चेकिङ गर्दा ७ सय ७० ग्राम सुन र ५४ ग्राम ७५ मिलिग्रामको सी प्लस  हिरा  भेटिएपछि पक्राउ गरिएको प्रहरीले जनाएको छ।, उनी काठमाडौंबाट मलेसि...
रासस विभिन्न समस्याका कारण नागरिकता पाउनबाट बञ्चित भएका नागरिकलाई जिल्ला प्रशासन कार्यालय भोजपुरले घरमै पुगेर नागरिकता दिन सुरू गरेको छ।, नागरिकताबाट बञ्चित जिल्लाको पूर्वी पौवादुङमा गाउँपालिकाका तीन जनालाई प्रमुख जिल्ला अधिकारीसहितको टोलीले घरमै पुगेर नागरिकता वितरण गरेको छ।, भोजपुरका प्रमुख जिल्ला अधिकारी हरिप्रसाद ...
एजेन्सी दक्षिण कोरियामा भारी वर्षापछि आएको बाढी र पहिरोमा परी कम्तीमा ३३ जना मानिसको मृत्यु भएको छ।, समाचार संस्था एएफपीका अनुसार देशका विभिन्न ठाउँमा आएको बाढी-पहिरोले जनजीवन प्रभावित भएको छ।, दक्षिण कोरियाको मध्य भागमा पर्ने छेओङ्जुमा एउटा अन्डरपासबाट आइतबार बिहान ७ जना मानिसको शव निकालिएको छ। अन्डरपासमा पानी भरिएपछ...
सेतोपाटी संवाददाता हाल देशमा मनसुनी वायुको प्रभाव रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ।, मनसुनको न्यून चापीय रेखा पश्चिमतिर सरदर स्थानको आसपास र पूर्वतिर सरदर स्थानको दक्षिणतिर अवस्थित रहेको महाशाखाले बताएको छ।, अहिले देशभर सामान्यदेखि पूर्ण बदली रहेको छ। साथै गण्डकी र बागमती प्र...
रासस बागलुङका सबै स्थानीय तहका वडा वडामा पशु चौपायालाई लम्पी स्किन रोगबाट बचाउन औषधि र खोप पठाएको छ ।, दुई हजार नौ सय पशु बिरामी भएकोले पालिका तहका प्राविधिकमार्फत खोप र औषधि पठाइएको भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रका प्रमुख तथा वरिष्ठ पशु चिकित्सक डा. ऋषिराम सापकोटाले बताए।, केन्द्रले बागलुङ नगरपालिकाका ल...
रासस पर्वतको कुश्मा नगरपालिका–३ दुर्लुङमा गएराति भएको जीप दुर्घटनामा थप एक जना बालकको मृत्यु भएको छ। योसँगै मृत्यु हुनेको संख्या दुई पुगेको छ।, दुघर्टनामा परी गम्भीर घाइते भएका चार वर्षीय बालक प्रिन्स क्षेत्रीको गण्डकी मेडिकल कलेज पोखरामा उपचारका क्रममा आज बिहान मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पर्वतले जनाएको छ।, यस...
रासस पर्वतको कुश्मा नगरपालिका–३ दुर्लुङको गौडामुनिमा गए राति भएको जीप दुर्घटनामा एक बालिकाको मृत्यु भएको छ भने ११ जना घाइते भएका छन्।, जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्वतका प्रमुख सुमन निउरेका अनुसार सदरमुकाम कुश्माबाट दुर्लङका लागि छुटेको ग१ज ५२२९ नंको जीप दुर्घटनामा परेको थियो।,  दुर्घटनामा परी गम्भीर घाइते भएकी कु...
सेतोपाटी संवाददाता आजदेखि तीन दिनसम्म भारी वर्षाको सम्भावना नदेखिएको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान् महाशाखाले जनाएको छ।, मौसमविद् रोजन लामिछानेका अनुसार मनसुनको न्युनचापीय रेखा सरदर स्थानभन्दा तल रहेकाले भारी वर्षा नहुने देखिएको हो। ‘मनसुनको न्युनचापीय रेखा दक्षिणतिर सरेको छ। त्यसको असरस्वरूप पानी कम पर्...
रासस कास्की जिल्लाको मिर्सा केन्द्रविन्दु भएर भूकम्प गएको छ।, राष्ट्रिय भूकम्पमापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार आज बिहान ९ बजेर  ५३ मिनेट जाँदा कास्की जिल्लाको मिर्सा आसपास केन्द्रविन्दु भएर ४ रेक्टरस्केलको भूकम्प गएको हो।, यसअघि गत असार २८ गते हुम्ला जिल्लाको कालिका आसपास केन्द्रविन्दु भएर ४ दशमलव ६ रेक्टरस्...
सेतोपाटी संवाददाता पूर्व-पश्चिम राजमार्ग अन्तर्गत बाँके र दाङको सिमानामा पर्ने शिवखोला पुलबाट ट्रक खसेको छ।, आज बिहान ४:३० बजे भैरहवाबाट नेपालगञ्ज जाँदै गरेको लु १ ख ८६०९ नम्बरको ट्रक पुलबाट खोलामा खसेको हो।, ट्रकका चालक सिटमा च्यापिएको अवस्थामा रहेको र निकाल्ने प्रयास भइरहेको जिल्ला प्रहरी कार्यालय बाँकेका डिएसपी नार...
सेतोपाटी संवाददाता काठमाडौंको सिनामंगलमा शंकास्पद वस्तु फेला परेको छ।, जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी सीताराम रिजालका अनुसार काठमाडौं मेडिकल कलेजबाट पुरानो बानेश्वर आउने सडक छेऊमा शंकास्पद वस्तु फेला परेको हो।, ‘सिनामंगल–पुरानो बानेश्वर सडक खण्डमा पर्ने खोटाङ हलेसी ज्वेलर्स नजिकै शंकास्पद वस्तु फेला परेक...
दिपकजंग शाही भुइँतलाको दक्षिणतर्फको एउटा कोठामा केही महिना यता मन्त्रालयका कामकाज हुँदैनन्। कोठामा पूर्वी भित्तामा चिटिक्क परेको खाट छ। खाटमाथि सफा ओछ्यान। खाटमै फिट हुने झुल पनि। कोठाका दक्षिण भित्तामा दुईटा झोलुङ्गो पनि छन्। भुइँमा टिपिक्कै कार्पेट ओछ्याइएको कोठा सफा मात्र छैन, शीतल पनि छ। भुइँमा अंग्रेजी वर्णमाला भ...
नवीनबाबु गुरूङ काठमाडौंको सिनामंगलमा भेटिएको शंकास्पद वस्तुलाई निष्क्रिय पार्न नेपाली सेनाको टोली पुगेको छ। , बुधबार बिहान काठमाडौं मेडिकल कलेजबाट पुरानो बानेश्वर जाने सडकपेटीमा शंकास्पद वस्तु फेला परेको हो। वस्तुलाई निष्क्रिय पार्न सेनाको टोली घटनास्थलमा पुगेको हो।, नेपाल उत्थान क्रान्तिकारी पार्टी लेखिएको पर्चा समेत...
सेतोपाटी संवाददाता पूर्व- पश्चिम राजमार्ग अन्तर्गत बाँके र दाङको सिमानामा पर्ने शिवखोलामा खसेको ट्रकका चालकलाई साढे चार घन्टापछि उद्धार गरिएको छ।, मल लिएर भैरहवादेखि नेपालगञ्ज जाँदै गरेको लु १ ख ४६०९ नम्बरको ट्रक बिहान ४:५० बजे  लमही नगरपालिका-९ स्थित पुलबाट शिवखोलामा खसेको थियो।, ट्रक खसेपछि अगाडिको भाग जमिनमा धसिँदा...
रासस जिल्ला प्रशासन कार्यालय चितवनबाट ३९ जनाले अङ्गीकृत नागरिकता लिएका छन्। गत आर्थिक वर्षमा वैवाहिक अंगीकृत ३५ जना र अंगीकृत चार जनाले नागरिकता लिएका हुन्।, कार्यालयका सूचना अधिकारी आनन्दवंश न्यौपानेका अनुसार सोही समयमा १३ हजार आठ सय ३५ जनाले वंशका आधारमा नागरिकता लिएका छन्।, यस्तै १३ हजार छ सय पाँच जनालाई प्रतिलिपि ...
सेतोपाटी संवाददाता पूर्व- पश्चिम राजमार्ग अन्तर्गत बाँके र दाङको सिमानामा पर्ने शिवखोला पुलबाट ट्रक खसेको तीन घन्टा बितिसक्दा पनि चालकको उद्धार हुन सकेको छैन।, मल लिएर भैरहवादेखि नेपालगञ्ज जाँदै गरेको लु १ ख ४६०९ नम्बरको ट्रक बिहान ४:५० बजे  लमही नगरपालिका-९ स्थित पुलबाट शिवखोलामा खसेको थियो।, ट्रकका चालक रूपन्देहीको ...
सेतोपाटी संवाददाता जेठ ३१ गते मनसुन भित्रिएयता विपद्बाट २९ जनाको मृत्यु भएको छ। २४ जना बेपत्ता र २६ जना घाइते भएको गृह मन्त्रालयको विपद् पूर्वतयारी तथा प्रतिकार्य शाखाले जानकारी दिएको छ।, अहिलेसम्म बाढी–पहिरोबाट ९० वटा घरमा पूर्ण क्षति र १८२ घरमा आंशिक क्षति पुगेको शाखाले जानकारी दिएको छ।, शाखाकाअनुसार बाढी–पहिरोबाट स...
सेतोपाटी संवाददाता सुन प्रकरणमा थप एक जना पक्राउ परेका छन्। , राजश्व अनुसन्धान विभागको टोलीले थप एक जनालाई पक्राउ गरेको हो। पक्राउ पर्नेमा राजन श्रेष्ठ छन्। , उनी एक कम्पनीका प्रोप्राइटर छन‍्। उनलाई विभागको टोलीले कोटेश्वरबाट पक्राउ गरेको हो। , उनको पनि यस प्रकरणमा संलग्न भएको आश‌ंकामा पक्राउ गरेको स्रोतले बतायो। , यो...
सेतोपाटी संवाददाता नेपाली सेनाले काठमाडौंको सिनामंगलमा भेटिएको शंकास्पद वस्तुलाई निष्क्रिय पारेको छ। , बुधबार बिहान काठमाडौं मेडिकल कलेजबाट पुरानो बानेश्वर जाने सडकपेटीमा फेला परेको शंकास्पद वस्तुलाई निष्क्रिय पारेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी सिताराम रिजालले जानकारी दिए। , नेपाली सेनाको बम डिस्पोजल टोलीले उक...
रासस झन्डै एक सय किलो सुन तस्करी प्रकरणमा संलग्न रहेको आरोपमा पक्राउ परेका ६ जनामाथि अनुसन्धान गर्न उच्च अदालत पाटनले १० दिनको म्याद थप गरेको छ।, आज आरोपीहरूलाई अदालतमा पेस गरिएकामा अदालतले अनुसन्धानका लागि राजस्व अनुसन्धान विभागलाई १० दिनको अनुमति दिएको उच्च अदालत पाटनका उपरजिष्ट्रार मन्दिरा शाहीले जानकारी दिइन्।, अह...
सेतोपाटी संवाददाता त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सारबाट जाँचपास भएको ठूलो परिणामको सुन ट्याक्सीबाट जफत भएपछि भन्सार विभागले छानबिन समिति बनाएको छ।, विभागको अनुसन्धान शाखाका निर्देशक मानबहादुर पौडेलको नेतृत्वमा छानबिन समित गठन भएको विभागका निर्देशक एवं सूचना अधिकारी पुण्यविक्रम खड्काले जानकारी दिए। , उक्त समि...
सेतोपाटी संवाददाता काठमाडौंको सिनामंगलमा शंकास्पद वस्तु राखेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। , बुधबार बिहान सिनामंगलको खोटाङ हलेसी ज्वेलर्स अगाडि शंकास्पद वस्तु फेला परेको थियो।, उक्त शंकास्पद वस्तु राखेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको जिल्ला प्रहरी परिसर काठमाडौं‌का प्रमुख एसएसपी दानबहादुर कार्की...
राजेश घिमिरे इच्छाकामना गाउँपालिका–२ वर्ल्याङस्थित रिद्धी खोला नजिकै जस्ताले छाएको सानो दुई कोठे घरमा केही बालबालिकाहरू भेटिए। कोही आँगनमा खेल्दै, कोही कोठाभित्र बसेर पढ्नमा व्यस्त थिए।  , खाटमा बसेर केही लेखिरहेकी थिइन् १३ वर्षीया गीता चेपाङ। गीता यो घरमा बसेर पढ्न थालेको तीन वर्ष भयो।, उनको घर सोही वडाको तोरडाँडा गा...
सरिशा अछामी हेटौंडाका २६ वर्षीय सुमन (नाम परिवर्तन)ले मेकानिकल इन्जिनियरिङ सकेर कतै जागिर नपाएपछि काठमाडौंमा पठाओ चलाउन थाले।, पठाओ चलाउने क्रममा १० महिना अघि उनले बाल्यकालका साथी राजेश (नाम परिवर्तन)लाई भेटे।, राजेशले आफू भिजिट भिसामा थाइल्यान्ड जान लागेको कुरा सुनाए।  चिनेजानेकै साथीले सबै बन्दोबस्त मिलाइदिएको र मास...
सेतोपाटी संवाददाता राजस्व अनुसन्धान विभागले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सुन तस्करी गरेको आरोपमा बिहीबार साँझ थप दुई जनालाई पक्राउ गरेको छ। योसँगै सुन तस्करी आरोपमा अहिलेसम्म पक्राउ पर्नेको संख्या १० पुगेको छ।, विभाग स्रोतका अनुसार पछिल्लोचोटि पक्राउ पर्नेमा कृष्ण श्रेष्ठ र पुष्करराज भट्ट छन्। पुष्कर ग्लोबल प...
नारायण खड्का दाङ, तुलसीपुरमा मध्यराति ७३ वर्षीया वृद्धामाथि सामूहिक बलात्कार भएको छ।, बिहीबार मध्यराति तलुसीपुर उपमहानगरपालिका–५ स्थित बसपार्कभित्र पार्किङ गरी राखिएको ना ४ ख ७८४८ नम्बरको बसभित्र प्युठानकी ७३ वर्षीय वृद्धामाथि सामूहिक बलात्कार भएको प्रहरीले जानकारी दियाे।, प्रहरीका अनुसार बलात्कार गरिरहेकै अवस्थामा दु...
सेतोपाटी संवाददाता माध्यमिक शिक्षा परीक्षा (एसइई)का परीक्षार्थीहरुले पुनर्योगका लागि निवेदन दिने आज अन्तिम दिन हो।, राष्ट्रिय परीक्षा बोर्डले असार २५ गते सूचना प्रकाशन गरी पुनर्योगका लागि आवेदन दिन  साउन ५ गतेसम्मको समय निर्धारण गरेको थियो।, नतिजामा चित्त नबुझेको खण्डमा परीक्षार्थीहरूले पुनर्योगका लागि सम्बन्धित शिक्ष...
सेतोपाटी संवाददाता झापाको गौरादह बजारमा सुनचाँदीका गरगहनाको कारोबार गर्ने एक व्यवसायीलाई २५ करोड रूपैयाँभन्दा बढी हिनामिना गरेको आरोपमा प्रहरीले पक्राउ गरेको छ।, विभिन्न ठाउँका ४ सय ६६ जना व्यक्तिबाट २४ करोड ६५ लाख रूपैयाँ हिनामिना गरेर फरार रहेका व्यापारी सोम विश्वकर्मालाई काँकडभिट्टा प्रहरीले बिहीबार पक्राउ गरको हो।...
रासस तनहुँको भानु नगरपालिकाले नगरवासीको घर–घरबाट निस्कने फोहरमैला निःशुल्करूपमा उठाउँछ। नगरपालिकाले दैनिक नगरवासीको घरबाट निस्कने फोहरमैला उठाउने गरेको छ।, नगरपालिकाले बजार क्षेत्रका बस्तीबाट दैनिक फोहरमैला उठाउने गरेको नगरप्रमुख आनन्दराज त्रिपाठीले जानकारी दिए।, ‘घर–घरबाट फोहरमैला उठाएर नगरपालिकाकै स्वामित्वमा रहेको ...
सेतोपाटी संवाददाता भोलि बिहान साढे ८ बजेदेखि अपराह्न साढे ४ बजेसम्म  काठमाडौं र ललितपुरका विभिन्न स्थानमा विद्युत प्रभावित हुने भएको छ।, नेपाल विद्युत प्राधिकरणका अनुसार टेकु  सबस्टेसन स्तरोन्नती गरी टेकू-स्युचाटार ६६ केभी लाइन १३२ केभी मा चार्ज गर्ने काम भइरहेको छ।, प्रथम चरणको सबस्टेसन निर्माण कार्य सम्पन्न गर्न टेक...
सेतोपाटी संवाददाता हाल देशमा मनसुनी वायुको आंशिक प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतिर अवस्थित रहेको छ।, जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान् महाशाखाका अनुसार हाल गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि सामान्य बदली रहेको छ।, सा...
सेतोपाटी संवाददाता कोरियामा काम गरेर फर्किएकालाई इपिएस कोरिया शाखाले भाषा परीक्षाको आवेदन खुलाएको छ।, पाँच वर्ष कोरियामा रोजगार गरेर फर्किएकाले साउन १३ देखि १५ गतेसम्म आवेदन दिन सक्ने शाखाले सूचना प्रकाशित गरेर जानकारी दिएको हो। परीक्षा आगामी भदौ १८ देखि २९ गतेसम्म हुने छ भने नतिजा प्रकाशन असोज ३ गते हुने शाखाले बताएक...
सेतोपाटी संवाददाता बाघमारा सामुदायिक वनमा निउरो टिप्न गएका एक वृद्धको जंगली जनावरको आक्रमणबाट मृत्यु भएको छ।, रत्ननगर नगरपालिका–६ का ७५ वर्षीय नवराज अधिकारी बिहीबार उक्त वनमा निउरो टिप्न गएका थिए। साँझसम्म पनि घर नफर्किएपछि खोजतलास गर्नेक्रममा उनी मृत अवस्थामा भेटिएका हुन्।, मृत अधिकारीको शरीरका विभिन्न भागमा चोट लागे...
रासस चट्याङ लागेर रोल्पामा वडासदस्यको मृत्यु भएको छ। , सुनछहरी गाउँपालिका–३ कुइपाधाराका वडासदस्य ४९ वर्षीय दिलबहादुर घर्तीमगरको चट्याङ लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।, गएराति आफ्नो कान्छा भाईको घरमा सुतिरहेको बेला परेको चट्याङ लागेर दिलबहादुरको मृत्यु भएको रोल्पा प्रहरी प्रवक्ता प्रकाश भुसालले जान...
सेतोपाटी संवाददाता सुनसरीको इटहरीमा मोटरसाइकल दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ।, शुक्रबार राति १०:४० बजे इटहरी नगरपालिका-१७ कान्छी चोकमा चारजना चढेको मोटरसाइकल विपरीत दिशाबाट आउँदै गरेको भारतीय नम्बर डब्लु बी ७३ इ ९११७ नम्बरको पिकअप भ्यानसँग ठोक्किएर दुर्घटना हुँदा तीनजनाको मृत्यु भएको हो।, जिल्ला प्रहरी कार्याल...
रासस जननायक विश्वेश्वरप्रसाद कोइरालाको नाममा स्थापित राष्ट्रिय पुरस्कार चार जनालाई प्रदान गरिने भएको छ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले विपी राजनीतिक दर्शनतर्फ दुई र साहित्य दर्शनतर्फ दुई जनालाई उक्त पुरस्कार प्रदान गर्न लागेको हो।, राजनीतिक दर्शनतर्फ वरिष्ठ राजनीतिज्ञद्वय कुलबहादुर गुरुङ (इलाम) र ढुण्ड...
सेतोपाटी संवाददाता बञ्चरेडाँडामा फोहोर व्यवस्थापन गर्न प्रहरी परिचालन गरिएको छ।, अहिले एक सय ५० हाराहारीमा प्रहरी त्यता पठाइएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी एवं प्रवक्ता सीताराम रिजालले जानकारी दिए। , ‘दायाँ-बायाँ प्रहरी परिचालन गरी महानगरको फोहोर बोकेको गाडी लगिएको छ’, उनले भने। , ककनी गाउँपालिका र धुनिबेसी नग...
रासस सर्लाहीमा मिटरब्याजीले चार बिघा जमिन पीडितलाई फिर्ता गरेका छन्।, चर्को ब्याजदरमा लिएको रकम तिर्न नसकेपछि मिटरब्याजीले जबर्जस्ती हडपेको सर्वसाधारणको करिब चार बिघा जमिन सम्बन्धित व्यक्तिकै नाममा फिर्ता गरेका हो।, पूर्वन्यायाधीश गौरीबहादुर कार्कीको अध्यक्षतामा गठित जाँचबुझ आयोग र सहायक प्रमुख जिल्ला अधिकारीको नेतृत्...
सेतोपाटी संवाददाता ककनी गाउँपालिका र धुनिबेसी नगरपालिकाका स्थानीयको अवरोधका कारण काठमाडौं उपत्यकाका फोहोर आज पनि विसर्जन हुन सकेन।, काठमाडौं उपत्यकाका १८ वटा स्थानीय तहबाट दैनिक ११ सयदेखि १३ सय मेट्रिक टन फोहोर बञ्चरेडाँडामा विसर्जन हुँदै आएको थियो।, यसअघिको सम्झौता अक्षरशः कार्यान्वयन नभएको र फोहोरसँगै बस्न नसकिने भन...
सेतोपाटी संवाददाता सुदूरपश्चिम प्रदेशका सात जिल्लामा आसपास भएर बहने नदीमा बाढीको जोखिम रहेको छ।, जल तथा मौसम विज्ञान विभाग, बाढी पूर्वानुमान् महाशाखाका अनुसार अछाम, डोटी, बाजुरा, बझाङ, बैतडी, डडेलधुरा, दार्चुला र आसपास भइ बहने केही स-साना नदीहरूको बहाब बढ्ने र केहीमा आकस्मिक बाढी आउन सक्ने सम्भावना छ।, पानीको सतह बढ्न...
डा. सुरेन्द्र शाह मलद्वारमा कुनै समस्या देखियो भने हामीकहाँ पायल्स भयो भनेर बिरामी आउँछन्। दिसामा रगत आयो, दुख्यो भनेर आउँदैनन्।, सबै समस्या पायल्स भन्ने हुँदैन। त्यस्तो बेलामा फिसर र फिस्टुला भएको पनि हुन सक्छ।, फिस्टुला भएको छ भने मलद्वारमा घाउजस्तो आउँछ। त्यो ठाउँबाट पिप र पानी आउने हुन्छ। औषधि खायो भने ठीक हुन्छ त...
सेतोपाटी संवाददाता डडेल्धुरामा जंगली च्याउ खाँदा एक महिलाको मृत्यु भएको छ।, गन्यापधुरा गाउँपालिका– २ स्थित नवनिर्मित भवनमा काम गर्ने बर्दीयाकी एक महिलाको मृत्यु भएको प्रहरीले जनाएको छ।, मृत्यु हुनेमा बर्दियाको बारबर्दिया गाउँपालिका–७ बस्ने ५० वर्षीया रामदुलारी थारु छिन्।, जंगली च्याउ खाएर बिरामी परेकी उनको डडेल्धुरा अ...
सेतोपाटी संवाददाता कैलालीमा एक जना वृद्ध मृत अवस्थामा फेला परेका छन्।, लम्कीचुहा नगरपालिका-६ गुलरामा एक जना वृद्ध मृत फेला परेको प्रहरीले जनाएको छ।, मृत्यु हुनेमा अछामको साँफेबगर रिडिकोटका ६३ को वीरेन्द्रबहादुर स्वार छन्।, उनी शुक्रबार साँझ मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ। यस सम्बन्धमा ईलाका प्रहरी कार्यालय ...
रासस काठमाडौं महानगरपालिकाले उपत्यकामा थुप्रिएको फोहोर व्यवस्थापन गर्न थालेको छ।, नुवाकोटको सिसडोलका बासिन्दाले केही दिन अघि फोहोरका कारण दुर्गन्ध फैलिएको भन्दै फोहोर फाल्न अवरोध गर्दै आएका थिए।, यसअघि बञ्चरेडाँडाको ल्यान्डफिल साइटमा फालिएको फोहोर माटोले छोप्नुपर्ने र दुर्गन्ध फैलिन रोक्नुपर्ने मौखिक सहमति भए पनि सहमत...
सेतोपाटी संवाददाता धनुषामा भिनाजुको हत्या गरेको आरोपमा एक जना पक्राउ परेका छन्। , लक्ष्मीनिया गाउँपालिका-७ लक्ष्मीनिया बजारमा एक जनाको हत्या भएको जिल्ला प्रहरी कार्यालय धनुषाले जानकारी दिएको छ।, भारतको सोनपुर चन्दौली बस्ने ३८ वर्षीय शिवमुरत सिंहको हत्या भएको हो। उनको हत्या गरेको आरोपमा प्रहरीले बनारसका २५ वर्षीय सुरज ...
रासस जुम्लाको गुठीचौर गाउँपालिकामा अज्ञात समूहले सात  घरमा आगको लगाइदिएका छन्।, गुठीचौर–४ स्थित विभिन्न गाउँका सात घरमा आगजनी भएको वडाध्यक्ष टीकादत्त न्यौपानेले जानकारी दिए।  , उनका अनुसार धवलपुर गाउँका प्रेम न्यौपाने र खडान्द पाण्डे, बाउली गाउँका कविदत्त न्यौपाने, डाँडाबाडा गाउँका कविदत्त न्यौपाने, दलिबाडा गाउँका लाल...
सेतोपाटी संवाददाता धनगढी उपमहानगरपालिकाले सार्वजनिक शौचालयका दुई उत्कृष्ट डिजाइनरलाई पुरस्कृत गरेको छ। , बिहीबार प्रथम र द्वितीय डिजाइनरलाई पुरस्कार प्रदान गरेको उपमहानगरपालिकाले जनाएको हो।, धनगढी उपमहानगरपालिकाले २०७९ पुस ८ गते सार्वजनिक शौचालय निर्माण गर्न प्रतियोगिता गराउने र प्रथम र द्वितीय हुने डिजाइनलाई क्रमशः १...
सेतोपाटी संवाददाता सुनसरीमा गोली हानेर एक जना युवकको हत्या लुटेर समूहले गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानमा देखिएको छ। , शुक्रबार साँझ साढे ५ बजे इटहरी उपमहानगरपालिका-२० सेउती पुल नजिकै एक युवकको गोली हानेर हत्या भएको थियो।, विराटनगर महानगरपालिका-५ का २८ वर्षीय रोहित चौधरीको गोली हानेर हत्या भएको हो।, उनी र अर्का एक...
सेतोपाटी संवाददाता प्रधानमन्त्रीको सुशासन सल्लाहकार भन्दै ठगी गरेको आरोपमा दुई जना पक्राउ परेका छन‍। , काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले ठगी कसुरमा दुई जनालाई पक्राउ गरेको एसपी रविन्‍द्र रेग्मीले जानकारी दिए। , काठमाडौ‌ंको नागार्जुन बस्ने ४४ वर्षीय राजेन्द्रप्रसाद खनाल र २३ वर्षीय विशाल खनाल छन्। उनीहरूलाई आ...
सेतोपाटी संवाददाता पोखराको गुफाडाँडा जंगलमा २४ वर्षीय युवतीलाई मरणाशन्न कुटपिट गरी फालेको आरोपमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ।, पक्राउ पर्नेमा धादिङको बेनीघाट रोराङ गाउँपालिका–१० का दिपेन गुरूङ भन्ने सन्तबहादुर मगर रहेको प्रहरी कार्यालय बैदामका प्रमुख डिएसपी बेद जोशीले बताए। , घटना भएको २ महिनापछि आरोपी सन्तबहाद...
सेतोपाटी संवाददाता ललितपुरको हात्तीवनमा बसले ठक्कर दिँदा मोटरसाइकलमा सवार दुई जनाको मृत्यु भएको छ। , शनिबार बिहान ५ बजे ललितपुर महानगरपालिका-१५ हात्तीवन पुल नजिकै बसले मोटरसाइकललाई ठक्कर दिँदा दुई जनाको मृत्यु भएको प्रहरी वृत्त सातदोबाटोका डिएसपी उमेश जोशीले जानकारी दिए।, गोदावरीबाट लगनखेल जाँदै गरेको बा ३ ख ४१०८ नम्‍...
विवेक राई असार दोस्रो सातादेखि डेंगी संक्रमितको संख्या ह्वात्तै बढेसँगै धरान अहिले डेंगी संक्रमणको 'हटस्पट' बनेको छ। गएको एक महिनामा मात्र धरानमा ३ हजार बढी मानिसमा डेंगी संक्रमण देखिएको छ भने चार जनाको मृत्यु भएको छ।, संक्रमितको संख्या बढेसँगै अस्पतालहरूमा विरामीको चाप बढेको छ। बिपी स्वास्थ्य विज्ञान प्रतिष्ठानले अस्...
रासस नेकपा (माओवादी केन्द्र) का उपाध्यक्ष पम्फा भुसालको नेतृत्वमा पाँच सदस्यीय टोली भारत प्रस्थान गरेको छ। , भारतको सत्तारूढ दल भारतीय जनता पार्टी (भाजपा)को निमन्त्रणामा भुसाल नेतृत्वमा माओवादी केन्द्रका सचिव चक्रपाणि खनाल, स्थायी समिति सदस्य सत्य पहाडी, केन्द्रीय सदस्य रामेश्वर यादव र सुरेशकुमार राईको टोली छ दिने भार...
सेतोपाटी संवाददाता भक्तपुरमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ। , शनिबार दिउँसो भक्तपुर नगरपालिका-८ च्यामासिंहस्थित निर्माणाधिन घरको भुई तलामा प्लम्बरको काम गर्ने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु भएको हो। , सूर्यबिनायक नगरपालिका-६ सूर्यबिनायक बस्ने ३० वर्षीय सरोज त्वयनाको मृत्यु भएको प्रहरीले जनाएको छ।, करेन्ट ला...
author content title
सेतोपाटी संवाददाता नेपाल प्रहरीले झन्डै ९ हजार हातहतियार नष्ट गरेको छ। , विभिन्न मिति र स्थानबाट जफत एवं बरामद भएका हातहतियारहरूलाई बुधबार नष्ट गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ। प्रहरीका अनुसार कुल ८ हजार ८९६ वटा हतियार नष्ट गरेको हो। , ६ हजार ७४ वटा भरुवा बन्दुक, १७७ वटा बाह्र बोर, विभिन्न प्रकारका १ हजार ७६ ...
सेतोपाटी संवाददाता काठमाडौंको सिनामंगलमा गाडी बिजुलीको पोलमा ठोक्किएको छ। , बुधबार मध्यराति साढे १२ बजे सिनामंगलस्थित होन्डा शोरूम अगाडि पिकअप गाडीले बिजुलीको ट्रान्सफर्मर र पोलमा ठक्कर दिएको हो।  , सिनामंगलबाट भत्केको पुल जाँदै गरेको बा १२ च ६५१ नम्बरको गाडी दुर्घटनामा परेको हो।, दुर्घटनामा मानवीय क्षति नभएको ट्राफिक...
रासस यहाँका ३९ जनाले वैदेशिक रोजगारीका क्रममा ज्यान गुमाएका छन्।, जिल्ला प्रशासन कार्यालयको आप्रवासी सूचना केन्द्रको अभिलेखअनुसार तीन वर्षको अवधिमा ३९ जनाको मृत्यु भएको हो।, सूचना केन्द्रमा प्राप्त मुद्दाका आधारमा मृत्युको सङ्ख्या अद्यावधिक गरिए पनि वास्तविक मृत्यु योभन्दा धेरै हुनसक्ने सूचना केन्द्रका कर्मचारी स्मृति...
रासस मंगलबार पाँचथरको फिदिममा भएको जिप दुर्घटनामा मृत्यु हुनेको संख्या तीन पुगेको छ।, दुर्घटनामा गम्भीर घाइते भई झापाको बिर्तामोडस्थित बिएण्डसी अस्पतालमा उपचाररत ताप्लेजुङको मिक्वाखोला गाउँपालिका-५ पापुङकी २६ वर्षीया इसेटिमा शेर्पाको उपचारका क्रममा आज बिहान मृत्यु भएको हो। , जिल्ला प्रहरी कार्यालय पाँचथरका सूचना अधिका...
सेतोपाटी संवाददाता महोत्तरीमा एकजना मिटरब्याजीलाई प्रहरीले नियन्त्रणमा लिएको छ।महोत्तरीको भंगाहा नगरपालिका-६ का इन्द्रजित साहलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ।, उनलाई बुधबार अपराह्न जिल्ला प्रशासन कार्यालय महोत्तरी परिसरबाट नियन्त्रणमा लिइएको महोत्तरीका डिएसपी दीलिपकुमार गिरीले जानकारी दिए।, उनका अनुसार बुधबार म...
रासस केही दिनदेखि परेको अविरल वर्षाका कारण मध्यपहाडी लोकमार्ग अवरुद्ध भएको छ।, राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी लोकमार्गअन्तर्गत निसीखोला–रुकुमकोट खण्ड अवरुद्ध बनेको हो।, लोकमार्गको निसीखोला गाउँपालिका–४ र ५ को सिमाना धरमशाला तथा कालापैरा–२ को खाडुखोलामा बाढी आउँदा लोकमार्ग अवरुद्ध भएको हो।, गए रातीदेखि अवरुद्ध भएको ...
सेतोपाटी संवाददाता यस वर्षको मनसुनजन्य विपदबाट हालसम्म ३१ जनाको मृत्यु भएको छ।, गृहमन्त्रालयअन्तर्गत विपद् पूर्वतयारी प्रतिकार्य शाखाका अनुसार बुधबारसम्म यस वर्ष मनसुन सुरू भएयता बाढी–पहिरोबाट २४ जना बेपत्ता छन् भने ३४ जना घाइते छन्।, ९५ वटा घर पूर्णरूपमा क्षतिग्रस्त बनेका छन् भने १८४ घरमा आंशिक क्षति पुगेको छ।, महाशा...
सेतोपाटी संवाददाता दार्चुला शैल्यशिखर नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृतसहित सात जनाविरूद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ। , अख्तियार दुरूपयोग अनुसन्धान आयोगले बिहीबार काठमाडौंस्थित विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको प्रवक्ता भोला दाहालले जानकारी दिए। , निमित्त प्रमुख प्रशासकीय अधिकृत सुरेन्द्रबहादुर ...
दिपकजंग शाही पछिल्लो समय मध्यपश्चिम विश्वविद्यालयले सहयोगी दाताको खोजी गरेको छ।, यो वर्ष विश्वविद्यालयले सूचना निकालेर विश्वविद्यालयका पूर्वाधार तथा शैक्षिक विकासका क्षेत्रमा आर्थिक सहयोग गर्न आह्वान गरेको हो।, ‘समग्र नेपाल तथा कर्णाली प्रदेशको शैक्षिक विकासको क्षेत्रमा सक्रिय मध्यपश्चिम विश्वविद्यालयका देहायका क्षेत्...
रासस दाङको लमही नगरपालिका–१ गए राति मोटरसाइकलले ठक्कर दिँदा एक पैदलयात्रीको मृत्यु भएको छ।, पूर्वबाट पश्चिमतर्फ गइरहेको रा ४ प ५६०७ नम्बरको मोटरसाइकलले देउखुरीको नर्तीमा ठक्कर दिँदा सोही ठाउँका ४० वर्षीय सन्तु चौधरीको मृत्यु भएको हो।, जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक राजनकुमार गौतमका अनुसा...
राजेश घिमिरे कोशी टप्पु वन्यजन्तु आरक्ष र सदर चिडियाखाना ललितपुरबाट २०७३ सालमा चितवन ल्याइएका जंगली भैंसी(अर्ना)हरू चितवनमा पाँच वर्ष पनि बाँच्न पाएनन्।, चितवन राष्ट्रिय निकुञ्जको ३० हेक्टर क्षेत्रफलमा तारबार गरेर राखिएका अर्ना बढेर २३ वटासम्म पुगेका थिए। तर कहिले बाघ पसेर मारिदिए, कहिले बाढी र रोगव्याधिले अर्नाहरू मा...
एजेन्सी भारतीय राज्य सिक्किमले महिला कर्मचारीलाई १ वर्ष प्रसूति बिदा दिने भएको छ।, मुख्यमन्त्री प्रेमसिंह तामाङले बुधबार सरकारले महिला कर्मचारीलाई १ वर्ष  प्रसूति बिदा घोषणा गरेका हुन्।, सिक्किमको स्टेट सिभिल सर्भिस अफिसर्स एसोसिएसनको वार्षिक बैठकमा सम्बोधन गर्दै मख्यमन्त्री तामाङले यस्तो घोषणा गरेका हुन्। श्रीमती सुत...
सेतोपाटी संवाददाता काठमाडौंको ठमेलबाट दुई जना विदेशी नागरिक चरेशसहित पक्राउ परेका छन्। , बुधबार अपराह्न ४ बजे ठमेलको फ्यामेली हाउसबाट दुई जना विदेशी नागरिकलाई पक्राउ गरेको जिल्ला प्रहरी परिसर काठमाडौंका डिएसपी अनिल अधिकारीले जानकारी दिए। , अमेरिकी नागरिक जोर्डन रफेल र बेल्जियमका नागरिक साफरलाई पक्राउ गरेको हो। , उनीहर...
नारायण खड्का बुधबार दिउँसो २ बज्दै थियो। सल्यानको त्रिवेणी गाउँपालिकाका पशु विकास शाखा प्रमुख वसन्त रावत काममा व्यस्त थिए। , आफ्नै पालिका र जिल्लामा वार्षिक समीक्षा कार्यक्रम प्रस्तुत गर्ने समय नजिक आउँदै थियो। पावर प्वाइन्टमार्फत् गरिने प्रस्तुतिका लागि रावत तल्लीन भएर कम्प्युटरमा काम गरिरहेका थिए।  , त्यतिबेला त्रिव...
सेतोपाटी संवाददाता डडेल्धुरामा बुधबार रातिदेखि घरबाट निस्किएकी एक युवती मृत फेला परेकी छन्।, आलिताल गाउँपालिका–७ खिन्नेभाडीकी २० वर्षीया नन्दा साउँद बिहीबार बिहान मृत भेटिएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक मनोहर भट्टले जानकारी दिए।, उनका अनुसार युवती राति घरबाट निस्केकी र पहिरोमा...
सरिशा अछामी पाँच दिनअघि सामाखुसीको नालामा खसेर बेपत्ता भएका बालक अझै भेटिएका छैनन्।, काठमाडौं महानगरपालिका-३ रानीबारीस्थित एनसिएमटी कलेज अगाडि नालामा खसेका १२ वर्षीय साजनको बिहीबारसम्म पत्तो नलागेको हो। , बाढीका कारण नाला र सडक छुट्‍याउन नसक्ने भएपछि उनी नालामा खसेको प्रत्यक्षदर्शी लीला गुरूङ बताउँछिन्।, यो ठाउँमा बर्...
सेतोपाटी संवाददाता अबिरल वर्षापछी खसेको पहिरोले घर भत्किँदा गुल्मीमा तीन बालबालिका घाइते भएका छन्।, बुधवार बिहान साढे १० बजेतिर  गुल्मीको मदाने गाउँपालिका-२ भेडिखोरका मुक्त बहादुर घर्तीको दुई तले कच्ची घर पहिरोले भत्किँदा तीन बालबालिका घाइते भएका हुन् ।, घाइते हुनेहरूमा  मुक्तबहादुरकी छोरी १२ बर्षिया करिस्मा घर्ती र  ...
सेतोपाटी संवाददाता बागलुङमा मृत भेटिएका वरिष्ठ नायब निरीक्षक ( वरिष्ठ सई) उज्वल पौडेलको  हत्या भएको खुलेको छ। , उनी मृत भेटिएका होटलका  सञ्चालक ४५ वर्षीया आशा कुँवर र उनका २० वर्षीय छोरा बिनोद कुँवरलाई पक्राउ गरी अनुसन्धान गर्दा वरिष्ठ सई हत्या भएको खुलेको हो। , जिल्ला प्रहरी कार्यालय बागलुङका सुचना अधिकारी प्रहरी नाय...