content stringlengths 20 64.1k ⌀ |
|---|
ह्वात्तै घट्यो सुनको मूल्य काठमाडौँ। नेपाली बजारमा सुनको मूल्य घटेको छ। बुधबार सुनको मूल्य प्रतितोला १ लाख १० हजार रुपैयाँ कायम भएको हो।
मंगलबार प्रति तोला १ लाख ११ हजार १ सय रुपैयाँमा कारोबार भईरहेको छापावाला सुनको मूल्य आज १ हजार १ सयले घटेर प्रति तोला १ लाख १० हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी म... |
यस्तो छ आजको तरकारी तथा फलफूलको मूल्य काठमाडौँ। कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि तरकारी तथा फलफूलको मूल्य सार्बजनिक गरेको छ। जसअनुसार गोलभेडा, स्थानीय काउली, रातो मूला र घिरौला प्रतिकेजी ५५ रुपैयाँमा बिक्रि बितरण भईरहेको छ।
जसअनुसार ठूलो भारतीय गोलभेडा र लोकल गाजर ६५ रुपैयाँ, लोकल गोलभेडा २८ रुपै... |
अमेरिकी डलरको भाउ घट्यो, युरो बढ्यो काठमाडौँ। अमेरिकी डलरको भाउ घटेको छ। नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गर्दै अमेरिकी डलर एकको खरिददर १३१ रुपैयाँ २४ पैसा र बिक्रीदर १३१ रुपैयाँ ८४ पैसा कायम गरिएको छ। मंगलबार अमेरिकी डलर एकको खरिददर १३१ रुपैयाँ ३८ पैसा र बिक्रीदर १३१ रुपैयाँ ९८ पैस... |
बंगलादेशले नेपालबाट ४० मेगावाट बिजुली किन्ने काठमाडाैं। बंगलादेशले नेपालबाट ४० मेगावाट बिजुली किन्ने भएको छ। दुई देशबीच भएको सचिवस्तरीय बैठकमा नेपालमा उत्पादित ४० मेगावाट बिजुली बंगलादेशले खरिद गर्ने सहमति भएको हो।
नेपालको बिजुली भारतीय प्रसारण लाइन हुँदै लैजानुपर्ने भएकाले उसलाई मनाउन त्रिपक्षीय बैठक बोलाउने सहमति पनि... |
आफूखुशी शुल्क नबढाउन इन्टरनेट सेवा प्रदायकलाई दूरसञ्चार प्राधिकरणको निर्देशन काठमाडौं। नेपाल दूरसञ्चार प्राधिकरणले तोकिएकोभन्दा बढी शुल्क नलिन इन्टरनेट सेवा प्रदायकलाई निर्देशन दिएको छ। प्राधिकरणले एक सूचना प्रकाशित गरी केही इन्टरनेट सेवा प्रदायकले शुल्क बढाएको गुनासो आएकाले आफूखुसी तथा तोकिएकोभन्दा बढी शुल्क नबढाउन नि... |
डिजेल र मट्टितेलको मूल्य १० रुपैयाँले घट्यो काठमाडौँ। नेपाल आयल निगमले डिजेल र मट्टितेलको मूल्य ह्वात्तै घटाएको छ।
मंगलबार निगम सञ्चालक समितिको बैठकले राति १२ बजेदेखि लागू हुने गरी डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर १० रुपैयाँले घटाउने निर्णय गरेको हो।
निगमले पेट्रोल, हवाई इन्धन तथा एलपी ग्यासको मूल्य यथावत् राखिएको छ।... |
‘स्वदेशी समिट २०२३’: लगानीमैत्री वातावरण बनाउनका लागि सरकार प्रतिवद्ध (भिडियो) काठमाडौं। उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालले लगानीमैत्री वातावरण बनाउनका लागि सरकार प्रतिवद्ध रहेको बताएका छन्। मंगलबार काठमाडौंमा उद्योग परिसंघले आयोजना गरेको ‘स्वदेशी समिट २०२३’ को उद्घाटन गर्दै मन्त्री रिजालले लगानीमैत्री औद्य... |
सामान्य अंकले बढ्यो सेयर बजार काठमाडौँ। साताको कारोबारको तेश्रो दिन मंगलबार सेयर बजार बढेको छ। मंगलबार नेप्से परिसूचक ३.२९ अंकले बढेर १८२१.६० विन्दुमा पुगेको छ। यस्तै, ठूला कम्पनीको सेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ०.०१ अंकले घटेर ३४९.०० विन्दुमा पुगेको छ।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा कूल २६९ कम्पनीको २० ला... |
भारतले पठायो पेट्रोलियम पदार्थको नयाँ मूल्य सूची काठमाडौँ। भारतबाट पेट्रोल र डिजेलको मूल्य घटेर आएको छ। भारतीय आयल कर्पोरेसन (आईओसी) ले पेट्रोल र डिजेलको मूल्य घटाएर नयाँ सूची नेपाल आयल निगमलाई पठाएको छ।
निगमका अनुसार आईओसीले पठाएको नयाँ मूल्य सूचीमा पेट्रोल प्रतिलिटर ९ रुपैयाँ ५२ पैसा र डिजेल प्रतिलिटर ८ रुपैयाँ १३ पै... |
अर्थ समितिको पहिलो बैठक : अर्थतन्त्र सुधारदेखि स्टक लाइसेन्सबारे छलफल काठमाडौँ। संघीय संसद् प्रतिनिधिसभा अन्तर्गतको अर्थ समितिले अर्थमन्त्री समक्ष अर्थतन्त्र सुधारका लागि आवश्यक जानकारी दिने निर्णय गरेको छ। समितिको आज बसेको बैठकमा अर्थतन्त्र सुधारका लागि आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटमार्फत सरकारले गर्नु... |
एनएमबि लघुवित्तको तेश्रो त्रैमास : खुद नाफासंगै घट्यो प्रति सेयर आम्दानी काठमाडौँ। एनएमबि लघुवित्त वित्तीय संस्थाले आर्थिक वर्ष २०७९/८० को तेस्रो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ। सार्वजनिक गरेको विवरण अनुसार संस्थाको अधिकांश सूचकमा गिरावट आएको छ। संस्थाको खुद नाफा ८९.८० प्रतिशतले घटेर १ करोड १५ लाख रुपैय... |
बाँकेमा आठवटा सहकारी एकीकरण जानकी। बाँकेका आठवटा सहकारी एकीकरण भएका छन्। कोरानापछि देशमा भएको आर्थिक मन्दीका कारण सहकारीहरु चुस्तदुरुस्त तरिकाले सञ्चालन हुन नसक्दा सानाकिसान कृषि सहकारी संस्था लिमिटेडको अगुवाइमा सोमबार शमशेरगञ्जमा आयोजित कार्यक्रममा आठवटा सानाकिसान सहकारी संस्था अष्टम सानाकिसान कृषि सहकारी संस्थामा एकी... |
अर्थ समितिले अर्थमन्त्रीसँग छलफल गर्ने काठमाडाैं। प्रतिनिधिसभा अन्तर्गतको अर्थ समितिले अर्थतन्त्रमा अहिलेको सूचकहरुका बारेमा अर्थमन्त्रीसँग छलफल गर्ने भएको छ।
सिंहदरबारमा मंगलबार बसेको समिति बैठकले अर्थतन्त्रको अवस्थामा र सूचकहरुका बारेमा अर्थमन्त्रीसंग छलफल गर्ने निर्णय भएको समिति सदस्य ज्ञानेन्द्र शाहीले जानकारी दिए।... |
सुनको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार ? काठमाडौँ। नेपाली बजारमा सुनको मूल्य बढेको छ। मंगलबार सुनको मूल्य प्रतितोला १ लाख ११ हजार १ सय रुपैयाँ कायम भएको हो।
सोमबार प्रति तोला १ लाख ११ हजार रुपैयाँमा कारोबार भईरहेको छापावाला सुनको मूल्य आज १ सयले बढेर प्रति तोला १ लाख ११ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँ... |
जानकी फाइनान्सको १ लाख ३३ हजार कित्ता संस्थापक सेयर बिक्रीमा काठमाडौँ। जानकी फाइनान्स कम्पनी लिमिटेडको १ लाख ३३ हजार कित्ता सेयर बिक्रीमा ल्याएको छ।
संस्थापक सेयरधनी अशोककुमार जालान र अशोककुमार साहको नाममा रहेको उक्त सेयर बिक्रीमा ल्याएको हो। अशोककुमार जालानको नाममा रहेको ७५ हजार कित्ता र अशोककुमार साहको नाममा रहेको ५८... |
१० अर्ब रुपैयाँको विकास ऋणपत्र जारी गर्दै राष्ट्र बैंक काठमाडौँ। नेपाल राष्ट्र बैंकले १० अर्ब रुपैयाँको विकास ऋणपत्र २०८५ ‘ज’ बिक्री गर्ने भएको छ ।
केन्द्रीय बैंकले सोमबार एक सूचना प्रकाशित गर्दै ५ वर्षे अवधिका लागि उक्त विकास ऋणपत्र बिक्री गर्न लागेको हो। जेठ ३ गते जारी हुने उक्त ऋणपत्र आज (जेठ २ गते) बोलकबोलमार्फत बि... |
युनिक नेपाल लघुवित्तले ३ लाख ७९ हजार ४२५ कित्ता एफपीओ जारी गर्दै काठमाडौँ। युनिक नेपाल लघुवित्त वित्तीय संस्थाले ३ लाख ७९ हजार ४२५ कित्ता एफपीओ जारी गर्ने भएको छ। संस्थाले प्रति कित्ता १ सय रुपैयाँ अंकित मूल्यमा ३ करोड ७९ लाख ४२ हजार ५०० रुपैयाँ बराबरको एफपीओ जारी गर्न लागेको हो।
साबिकको युनिक नेपाल लघुवित्त र घोडीघोडा... |
एक वाणिज्य बैंकसहित ४ कम्पनीको साढे ४३ लाख बढी सेयर नेप्सेमा सूचिकृत काठमाडौँ। नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा एक वाणिज्य बैंकसहित ४ कम्पनीको ४३ लाख ५६ हजार ४५१.०३ कित्ता बोनस सेयर सूचिकृत भएको छ। सेयर सूचिकृत हुनेमा कृषि विकास बैंक, साल्ट ट्रेडिङ कर्पोरेसन, स्वाभिमान लघुवित्त वित्तीय संस्था र मिर्मिरे लघुवित्त वित्तीय... |
‘नमस्ते पे’ को क्युआर कोडमार्फत विभिन्न सेवाको विल भुक्तानी गर्न सकिने काठमाडौँ। नेपाल टेलिकमले ‘नमस्ते पे’ को क्युआर कोडमार्फत विभिन्न सेवाको सहजै बिल भुक्तानी गर्न सक्ने सुविधाको शुभारम्भ गरेको छ। कम्पनीले हाल नेपाल टेलिकमको सुन्धारा र बबरमहल शाखामा रहेका सम्पूर्ण काउन्टरहरुमा क्युआरमार्फत भुक्तानीको सुविधा सञ्चालनमा... |
अमेरिकी डलरको भाउ बढ्यो, यस्तो छ अन्य विदेशी मुद्राको विनिमय दर काठमाडौँ। अमेरिकी डलरको भाउ बढेको छ। नेपाल राष्ट्र बैंकले मंगलबारका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गर्दै अमेरिकी डलर एकको खरिददर १३१ रुपैयाँ ३८ पैसा र बिक्रीदर १३१ रुपैयाँ ९८ पैसा कायम गरिएको छ। अमेरिकी डलर एकको खरिददर १३१ रुपैयाँ १७ पैसा र बिक्री... |
सरकार नीति कार्यक्रम र बजेट संरचनागत सुधार गर्ने दिशामा केन्द्रित : प्रधानमन्त्री दाहाल काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेट संरचनागत सुधार गर्ने दिशामा केन्द्रित हुने बताएका छन् । नेपाल राष्ट्रिय कर्मचारी संगठन नेपाल राष्ट्र बैंकद्वारा आज यहाँ आयोजित... |
खल्तीको ‘द बिगेस्ट पेमेन्ट जात्रा’ मा करोडभन्दा बढीको अफर काठमाडौँ। खल्ती डिजिटल वालेटले गत वर्षको तुलनामा यसपटक दोब्बर अफरसहित अहिलेसम्मकै सबैभन्दा ठुलो अफर ‘द बिगेस्ट पेमेन्ट जात्रा’ लिएर आएको छ।
दुई महिनाको यो अफर अन्तर्गत खल्तीले असार ३१ सम्म पल्सर N160 बाइक, ५ जनाले जित्न सकिने अफर ल्याएको छ। यस लगायत आईफोन १४, वन... |
सरकारको आम्दानीभन्दा खर्च बढी काठमाडाैं। सरकारी खर्चको तुलनामा राजस्व संकलन न्यून हुँदा वित्तीय घाटा बढ्दै गएको छ।
महालेखा नियन्त्रक कार्यालयका अनुसार चालु आर्थिक वर्ष २०७९/०८० को वैशाख मसान्तसम्म सरकारको आम्दानीभन्दा खर्च साढे दुई खर्बले बढी देखिएको हो। यो अवधिमा रू १० खर्ब ४७ अर्ब बराबर सरकारी खर्च हुँदा राजस्व संकलन... |
चिकित्सकको परामर्श शुल्क १४ प्रतिशतले बढ्यो, अब ९४० रुपैयाँसम्म लिन पाइने काठमाडौँ। नेपाल चिकित्सक संघ र एशोसिएशन अफ प्राइभेट हेल्थ इन्स्टिच्युसन नेपाल (अफिन) ले आजदेखि लागू हुने गरी चिकित्सकको परामर्श सेवा शुल्क बढाएको छ। संघका महासचिव डा सञ्जीव तिवारीले आजदेखि लागू हुने गरी चिकित्सकको परामर्श शुल्क पहिलेको शुल्कमा १... |
नेपाल राष्ट्र बैंकले १० अर्ब रुपैयाँको विकास ऋणपत्र बिक्री गर्दै काठमाडौँ। नेपाल राष्ट्र बैंकले १० अर्ब रुपैयाँको विकास ऋणपत्र २०८५ ‘ज’ बिक्री गर्ने भएको छ । केन्द्रीय बैंकले सोमबार एक सूचना प्रकाशित गर्दै ५ वर्षे अवधिका लागि उक्त विकास ऋणपत्र बिक्री हुन लागेको जानकारी दिएको हो।
बोलकबोलको प्रक्रियाबाट ब्याजदर निर्धारण ... |
२४ अर्ब ७४ करोड ५० लाख रुपैयाँको ट्रेजरी बिल जारी गर्दै राष्ट्र बैंक, दिउँसो ३ बजे बोलकबोल हुने काठमाडौँ। नेपाल राष्ट्र बैंकले २४ अर्ब ७४ करोड ५० लाख रुपैयाँको ट्रेजरी बिल जारी गर्ने भएको छ। राष्ट्र बैंकले २८ दिन, ९१ दिन, १८२ र ३६४ दिन गरी ४ प्रकारको ट्रेजरी बिल निष्काशन गर्न लागेको हो। मंगलबार जारी हुने यस ट्रेजरी बिल... |
सुनको मूल्य बढ्यो, तोलाको कति पुग्यो ? काठमाडौँ। नेपाली बजारमा सुनको मूल्य बढेको छ। सोमबार सुनको मूल्य प्रतितोला १ लाख ११ हजार रुपैयाँ कायम भएको हो।
आइतबार प्रति तोला १ लाख १० हजार ८ सय रुपैयाँमा कारोबार भईरहेको छापावाला सुनको मूल्य आज २ सयले बढेर प्रति तोला १ लाख ११ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसा... |
सगरमाथा लुम्बिनी इन्स्योरेन्सको सेयर नेप्सेमा सूचिकृत काठमाडौँ। नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनीको २ करोड ६२ लाख २६ हजार ३८१.९६ कित्ता सेयर नेप्सेमा सूचीकृत भएको छ। साबिक सगरमाथा इन्स्योरेन्स र लुम्बिनी जनरल इन्स्योरेन्स एक आपसमा मर्जर भई ‘सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी’को नामम... |
उदयपुर सिमेन्ट उद्योगको विजुली काटियो, ३६ करोड बुझाउन बाँकी उदयपुर। उदयपुर सिमेन्ट उद्योगको बत्ति काटिएको छ। विद्युत प्राधिकरणलाई बुझाउनु पर्ने ३६ करोड बक्यौता नबुझाएपछि आइतबारबाट विद्युत काटिएको हो। विद्युत काटिएपछि उदपुर सिमेन्ट उद्योगको सञ्चालन नै अन्यौलमा परेको छ।
नियमित उत्पादन प्रक्रियामा जान नसकेको कारण २ अर्ब ९... |
अप्पर स्यांगे हाइड्रोपावरको आईपीओ बिक्री खुला काठमाडौँ। अप्पर स्यांगे हाइड्रोपावरले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि आज (जेठ १ गते)देखि आईपीओ बिक्री खुला भएको छ।
कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाका लागि २ लाख २० हजार कित्ता र वैदेशिक रोजगारका नेपालीका ... |
अमेरिकी डलरको भाउ स्थिर, युरो घट्यो काठमाडौँ। नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ। राष्ट्र बैंकले अमेरिकी डलर एकको खरिददर १३१ रुपैयाँ १७ पैसा र बिक्रीदर १३१ रुपैयाँ ७७ पैसा कायम गरिएको छ।
यता, युरोपियन युरोको भाउ भने घटेको छ। युरोपियन युरोको खरिद दर १४२ रुपैयाँ ३२ पैसा र बिक्र... |
एनएमबि बैंकको एटिएम सेवा आज राति बन्द हुने काठमाडौं। एनएमबि बैंक लिमिटेडको कार्ड र एटिएमसेवा आज एकदिन अबरुद्ध हुने भएको छ।
बैंकको स्विचमा सेक्युरिटी अपग्रेड सम्बधी कार्य गर्न लागिएको भन्दै आज रातिदेखि भोलि बिहानसम्म सेवा बन्द हुन लागेको हो।
‘मिति २०८० जेठ १ गते सोमबार राति १०ः३० बजे देखि २०८० जेड ०२ गते मंगलबार बिहान १... |
आजबाट बैदेशिक रोजगारीबाट फर्केकाले दुईवटा मोबाइल ल्याउँदा भन्सार नलाग्ने काठमाडौं। आजबाट बिदेशवाट फर्केका नेपालीले २ वटासम्म मोबाइल ल्याउन पाउने भएका छन्। दूरसञ्चार प्राधिकरणले मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस) आज जेठ १ गतेबाट लागू गरे पछि दुईवटासम्म मोबाईल नेपाल ल्याउन पाउने भएका हुन्।
‘श्रम स्वीकृति लिएर व... |
विदेशमा ६ महिना काम गरेर फर्किएकाले मात्र दुई वटा फोन ल्याउन पाउने काठमाडौं । वैदेशिक रोजगारीमा छ महिनासम्म काम गरेर फर्किएका नेपालीले मात्रै दुई वटा मोबाइल फोन ल्याउन पाउने भएका छन् ।
भन्सार विभागले आज एक सूचना जारी गर्दै श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा गएको छ महिना पूरा भएकाले मात्रै दुई वटा मोबाइल फोन ल्याउन पा... |
उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकाल भन्छन्- अर्थतन्त्र अझै चुनौतीपूर्ण छ काठमाडौं। नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले मौद्रिक नीतिले अर्थतन्त्र चलायमान बनाउन नसक्ने बताएका छन् ।
इकोनोमिक मिडिया सोसाइटी नेपाले आयोजना गरेको एक कार्यक्रममा बोल्दै ढकालले मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्ष... |
१६.९६ अंकले घट्यो नेप्से परिसूचक, व्यापारबाहेक सबै उपसूचक राताम्मे काठमाडौँ। साताको कारोबारको पहिलो दिन आइतबार सेयर बजार घटेको छ। आइतबार नेप्से परिसूचक १६.९६ अंकले घटेर १८२१.६४ विन्दुमा पुगेको छ। यस्तै, ठूला कम्पनीको सेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ३.५२ अंकले घटेर ३४९.५८ विन्दुमा पुगेको छ।
नेपाल स्टक एक्सचेञ्... |
विजय लघुवित्त र नयाँ सारथी लघुवित्तबीच मर्जरसम्बन्धी अन्तिम सम्झौता काठमाडौँ। विजय लघुवित्त र नयाँ सारथी लघुवित्त वित्तीय संस्थाबीच बीच मर्जरसम्बन्धी अन्तिम सम्झौता भएको छ।
दुवै लघुवित्तबीच मर्जरमा जाने अन्तिम सम्झौतापत्रमा बिहीबार हस्ताक्षर भएको हो। दुवै लघुवित्तको वार्षिक साधारणसभाबाट मर्जर प्रक्रिया स्वीकृति भएपछि अ... |
मोदी इनर्जीको आईपीओ बाँडफाँड काठमाडौँ। मोदी इनर्जीको आईपीओ बाँडफाँड भएको छ। बिक्री प्रबन्धक सनराइज क्यापिटलले बिहान १०ः३० बजे आईपीओ बाँडफाँड भएको हो।
कम्पनीको उक्त आइपिओमा १२ लाख ३६ हजार २६९ आवेदकबाट १ करोड ३५ लाख ४ हजार ३० कित्ताको लागि आवेदन दिएका छन्। यस आइपिओमा माग भन्दा बढी आवेदन परेको हुनाले गोलाप्रथामार्फत बाँडफ... |
नागरिक लगानी कोषको लाभांश घोषणा काठमाडौँ। नागरिक लगानी कोषले आफ्नो सेयरधनीलाई लाभांश दिने घोषणा गरेको छ।
शुक्रबार बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट २५ प्रतिशत बोनस सेयर दिने निर्णय गरेको हो। साथै, बोनसमा लाग्ने कर तिर्नको लागि १.३१५८ प्रतिशत नगद लाभांश पनि दिने भएको छ।
प्रस्तावित लाभांशमा अ... |
हेर्नुहोस् आइतबार कतिमा हुँदैछ सुनचाँदीको कारोबार ? काठमाडौँ। नेपाली बजारमा सुनचाँदीको मूल्य स्थिर रहेको छ। आइतबार सुनको मूल्य प्रतितोला १ लाख १० हजार ८ सय रुपैयाँ कायम भएको हो।
शुक्रबार प्रति तोला १ लाख १० हजार ८ सय रुपैयाँमा कारोबार भईरहेको छापावाला सुन आज स्थिर रहेर सोहि मूल्यमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसा... |
नेपाल टेलिकमको खुद नाफा ५ अर्ब ४१ करोड रुपैयाँ काठमाडौँ। नेपाल टेलिकमले आर्थिक वर्ष २०७९/८० को तेस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ। सार्वजनिक गरेको विवरण अनुसार कम्पनीले ५ अर्ब ४१ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो नाफा गत वर्षको यहि अवधिको तुलनामा ०.४३ प्रतिशतले कम हो। गत वर्षको यहि अवधिमा कम्पनीले ५... |
नेपाल रिपब्लिक मिडियाको आईपीओ बिक्री खुला काठमाडौँ। नेपाल रिपब्लिक मिडियाले आज (आइतबार वैशाख ३१ गते)देखि आईपीओ बिक्री खुला गरेको छ।
बैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि यस कम्पनीले उक्त आईपिओ निष्काशन गरेको हो। लगानीकर्ताले यस आईपिओमा जेठ १४ गतेसम्ममा आवेदन दिन सक्नेछन्। यस मिडियाले सर्वसाधारणलाई जेठ २६ गतेदेखि आईप... |
अमेरिकी डलर बढ्दा युराेमा झिनो गिरावट काठमाडौं। नेपाल राष्ट्र बैंकले आइतबारका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ। साताको पहिलो कारोबार दिन आइतबार अमेरिकी डलर १२ पैसाले बढेको छ । यसअघि शुक्रबार पनि डलरको भाउ १७ पैसाले बढेको थियो।
आइतबार एकको अमेरिकी डलरको खरिददर १३१ रुपैयाँ १७ पैसा र बिक्रीदर १३१ रुपैयाँ ७७... |
यस्तो छ, आजकाे हरियो तरकारी तथा फलफूलको मूल्य काठमाडौं। कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आइतबार लागि तरकारी तथा फलफूलको मूल्य सार्बजनिक गरेको छ। जसअनुसार दसहरी आँप र मालदह आँपको न्यूनतम मूल्य प्रतिकेजी २०० रुपैयाँ, हरियो अंगुर १५० रुपैयाँ, अनार २५० रुपैयाँ र किवि ४०० रुपैयाँमा खरिद बिक्री भइरहेको छ।
समितिका... |
२०२३ मा घुम्नै पर्ने विश्वका उत्कृष्ट गन्तब्यमा मुस्ताङ पनि काठमाडौं। सन २०२३ का लागि घुम्नै पर्ने उत्कृष्ट स्थानमा नेपालको मुस्ताङ पनि परेको छ।
अमेरिक समाचार संस्था सिएनएनले जारी गरेको रिर्पोट अनुसार सन २०२३ मा घुम्नै पर्ने स्थानको सुचीमा नेपालको मुस्ताङ उपत्यका पनि परेको हो। मुस्ताङ दक्षिण एसियामा घुम्नै पर्ने ठाउँ म... |
ठूलो आकारको बजेट ल्याउन सक्ने अवस्था छैनः अर्थमन्त्री महत काठमाडों। अर्थमन्त्री डा प्रकाशशरण महतले आगामी आर्थिक वर्षका लागि विस्तारकारी र ठूलो आकारको बजेट ल्याउन सक्ने अवस्था नरहेको बताएका छन्।
आर्थिक विकास तथा प्रशासन अनुसन्धान केन्द्र र राष्ट्रिय आर्थिक सरोकार समाज नेपालले काठमाडौँमा आयोजना गरेको ‘आगामी आर्थिक वर्ष २... |
नौ महिनामा ६ लाखले लिए श्रम स्वीकृति काठमाडौं । चालु आवको नौ महिनामा छ लाख नेपालीले श्रम स्वीकृति लिएका छन् । गत साउनयता पाँच लाख ४८ हजार छ सय ६४ पुरुष र ५३ हजार चार सय ८९ महिला गरी कुल छ लाख दुई हजार एक सय ५३ जनाले श्रम स्वीकृति लिएका वैदेशिक रोजगार विभागले जनाएको छ । यो नयाँ श्रम स्वीकृति र पुनःश्रमस्वीकृति लिनेको सङ... |
युवा जनसङ्ख्याले देशको आर्थिक गतिविधि विस्तार गर्नुपर्छ : अर्थमन्त्री डा महत काठमाडौं । अर्थमन्त्री डा प्रकाशशरण महतले दिगो विकासको लक्ष्य हासिल गर्न पर्याप्त वित्तीय लगानी गरी पूर्वाधारको खाडल पुर्नुपर्ने, जलवायु परिवर्तनका चुनौतिलाई सम्बोधन गर्नुपर्ने एवम् समावेशी, फराकिलो र दिगो आर्थिक वृद्धि हासिल गर्नुपर्ने बताएका... |
बजेटमा के चाहन्छ निजी क्षेत्र? काठमाडौं। सरकार आगामी आर्थिक वर्ष २०८०\८१ को बजेट निर्माणको क्रममा छ । जेठ १५ गतेभित्र बजेट ल्याउनुपर्ने संवैधानिक व्यवस्थाअनुसार अहिले सरकारले विभिन्न क्षेत्रसँग पूर्वबजेट छलफल चलाइरहेको छ ।
बजेटका सिद्धान्त तथा प्राथमिकतामा संसद्मा प्रस्तुत भइसकेका छन् भने त्यसमाथि संसद्मा छलफलसमेत सकिस... |
विदेशी लगानीप्रतिको धारणा सकारात्मक बनाउनु आवश्यक : विज्ञ काठमाडाैं। नेपालमा विदेशी लगानी भित्र्याउने विषयमा सरकारको धारणा स्पष्ट हुनुपर्नेमा सरोकारवालाले जोड दिएका छन्।
लगानी बोर्डको कार्यालय र स्ट्यान्डर्ड चार्टर्ड बैंकको आयोजनमा काठमाडौँमा सुरु भएको ‘नेपालका लागि वित्तीय लगानीसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन, २०२३’क... |
बैंकको ब्याज तिर्ने अवधि तीन महिना थप काठमाडौँ। नेपाल राष्ट्र बैंकले बैंकको ब्याज तिर्ने अवधि जरिवाना नलाग्ने गरी तीन महिना थप गर्ने जनाएको छ।
शुक्रबार आर्थिक वर्ष २०७९/८० को मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षा सार्वजनिक गर्दै राष्ट्र बैंकले नियमित ब्याज भुक्तानी गरिरहेका ऋणीले उक्त सुविधा पाउने जनाएको हो।
‘वास्तवि... |
पारवहन मार्ग सञ्चालनका २५ वर्ष : घाटाको व्यापार झापा। नेपालको नजिकको तेस्रो मुलुक बंगलादेशलाई व्यापारले जोड्ने काँकडभिट्टा–फूलबारी–बंगलाबन्धस्थल पारवहन मार्ग खुलेको २५ वर्ष पूरा भएको छ। यस अवधिमा नेपालले बंगलादेशसँगको व्यापारमा रु ४५ अर्ब घाटा व्यहोरेको छ।
पूर्वी नाका काँकडभिट्टाबाट ५४ किलोमिटरको दक्षिण–पूर्वमा बंगलादे... |
मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षा : बैंकदर १ प्रतिशतले घट्यो (पूर्णपाठ) काठमाडौँ। नेपाल राष्ट्र बैंकले बैंकदरलाई घटाएर मौद्रिक नीति सार्वजनिक गरेको छ।
शुक्रबार आर्थिक वर्ष २०७९/८० को मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षा सार्वजनिक गर्दै राष्ट्र बैंकले बैंकदर १ प्रतिशतले घटाएको जनाएको हो।
राष्ट्र बैंकले बैंकदर १... |
वित्तीय लगानीसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन सुरु काठमाडाैं। मुलुकको समग्र आर्थिक विकासका लागि लगानीका स्रोत र सम्भावनाको खोजी गर्ने उद्देश्यसहित ‘नेपालका लागि वित्तीय लगानीसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन, २०२३’ सुरु भएको छ।
लगानी बोर्डको कार्यालय र स्ट्यान्डर्ड चार्टर्ड बैंक नेपालको संयुक्त आयोजनामा काठमाडौंमा सुरु ... |
नेपाल इन्स्योरेन्सको खुद नाफा बढ्याे काठमाडौँ। नेपाल इन्स्योरेन्सको खुद नाफा चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म आइपुग्दा ५९.६६ प्रतिशतले बढेर २८ करोड ६५ लाख २९ हजार रुपैयाँ कायम छ।
इन्स्योरेन्सले अघिल्लो वर्षको यसैअवधिमा यसले १७ करोड ९४ लाख ६२ हजार रुपैयाँ नाफा कमाएको थियो। यसअवधिमा खुद बिमा शुल्क आर्जन ०.०६ प्रतिशत... |
वर्तमान सरकार विदेशी लगानी आकर्षित गर्न प्रतिवद्ध रहेको छ: प्रधानमन्त्री दाहाल {भिडियो} काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले वर्तमान सरकार विदेशी लगानी आकर्षित गर्न प्रतिवद्ध रहेको बताएका छन्। शुक्रबार लगानी वोर्ड नेपाल र स्ट्याण्डर्ड चार्टर्ड वैंक नेपालले संयुक्त रुपमा काठमाडौंमा आयोजना गरेको लगानीका लागि... |
पूर्वी नाकाबाट निर्यातभन्दा आयात दोब्बर बनियानी। झापाको पूर्वी नाका काँकरभिट्टाबाट निर्यातभन्दा आयात दोब्बर भएको छ।
चालू आर्थिक वर्षको नौ महिनाको अवधिमा रू ३५ अर्ब २१ करोड ९४ लाख ९० हजार बराबराको विभिन्न सामग्री आयात भएको काँकरभिट्टास्थित मेची भन्सार कार्यालयका सूचना अधिकारी पूर्णप्रसाद लम्सालले जानकारी दिए।
यस नाकाबाट... |
ब्याज आम्दानी घटेपछि एनआईसी एसिया लघुवित्तको नाफा प्रभावित काठमाडौँ। एनआईसी एसिया लघुवित्तले आर्थिक वर्ष २०७९/८० को तेश्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ।
सार्वजनिक गरेको विवरण अनुसार संस्थाले २३ करोड २४ लाख ८१ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो नाफा गत वर्षको यहि अवधिको तुलनामा ५८.९३ प्रतिशतले काम हो... |
सुनको मूल्य घट्यो, तोलाको कति पुग्यो ? काठमाडौँ। नेपाली बजारमा सुनको मूल्य घटेको छ। शुक्रबार सुनको मूल्य प्रतितोला १ लाख १० हजार ८ सय रुपैयाँ कायम भएको हो।
बिहिबार प्रति तोला १ लाख ११ हजार ६ सय रुपैयाँमा कारोबार भईरहेको छापावाला सुन आज ८ सय रुपैयाँले घटेर प्रति तोला १ लाख १० हजार ८ सय रुपैयाँमा कारोबार भईरहेको नेपाल सु... |
चन्द्रागिरी हिल्सको अधिकांश सूचकमा सुधार, खुद नाफासंगै बढ्यो प्रति सेयर आम्दानी काठमाडौँ। चन्द्रागिरी हिल्सले आर्थिक वर्ष २०७९/८० को तेश्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ। सार्वजनिक गरेको विवरण अनुसार कम्पनीको अधिकांश सूचकमा सुधार आएको देखिन्छ। समिक्षा अवधिमा कम्पनीको खुद नाफा ७ करोड ७७ लाख रुपैयाँ गरेको छ... |
टाटा मोटर्सको नयाँ शोरुम अब भक्तपुरमा काठमाडौँ। टाटा मोटर्सको नेपालका लागि एकमात्र आधिकारीक बितरक सिप्रदी ट्रेडिंग प्रा.लि.ले ग्राहकहरुको विशेष सेवाको लागि भक्तपुरमा नयाँ शोरुमको शुभारम्भ गरेको छ।
सिप्रदी ट्रेडिंग प्रा.लि.का तर्फबाट कार्यकारी अध्यक्ष सिद्धार्थ शमशेर ज.ब.राणा तथा टाटा मोटर्स लिमिटेडका तर्फबाट पेसेन्जर भ... |
तीन कम्पनीको २० लाख बढी कित्ता सेयर नेप्सेमा सूचिकृत, कुनको कति ? काठमाडौँ। नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा तीन कम्पनीका २० लाख ४० हजार ९९७.१८१२ कित्ता सेयर सूचिकृत भएको छ। सेयर सूचिकृत हुनेमा ज्योति विकास बैंक, ग्लोबल आइएमई लघुवित्त र नेपाल ल्युब आयल रहेका छन्।
ज्योति विकास बैंकको १२ लाख ८० हजार ३२५.९९ कित्ता बोनस सेय... |
अमेरिकी डलरको भाउ बढ्यो, यस्तो छ अन्य विदेशी मुद्राको विनिमय दर काठमाडौँ। अमेरिकी डलरको मूल्य बढेको छ। नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गर्दै अमेरिकी डलर एकको खरिददर १३१ रुपैयाँ ०५ पैसा र बिक्रीदर १३१ रुपैयाँ ६५ पैसा कायम गरिएको छ। बिहिबार अमेरिकी डलर एकको खरिददर १३० रुपैयाँ ८८ पै... |
यस्तो छ, आजकाे हरियो तरकारी तथा फलफूलको मूल्य काठमाडौं। कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले शुक्रबार लागि तरकारी तथा फलफूलको मूल्य सार्बजनिक गरेको छ। जसअनुसार दसहरी आँप र मालदह आँपको न्यूनतम मूल्य प्रतिकेजी २०० रुपैयाँ, हरियो अंगुर १५० रुपैयाँ, अनार २५० रुपैयाँ र किवि ४०० रुपैयाँमा खरिदबिक्री भइरहेको छ।
समितिक... |
नेपाल नागरिक उड्डयन प्राधिकरणले खुलायो १ सय भन्दा बढी पदमा जागिर काठमाडौं। नेपाल नागरिक उड्डयन प्राधिकरणमा जागिर खुलेको छ।
प्राधिकरणमा आर्थिक बर्ष २०७९८०को असार मसान्तसम्म रिक्त हुन आउने निम्न पदमहरुमा खुल्ला प्रतियोगितात्मक परिक्षाद्वारा पद पूर्ति गर्न लोकसेवा आयोगवाट सहमअति प्राप्त भए अनुसार सो जागिर खुलाइएको हो। प्र... |
नेपाल राष्ट्र बैंकले भन्यो- चालु खाता ५१ अर्ब ८२ करोड रुपैयाँले घाटामा काठमाडौँ। नेपाल राष्ट्र बैंकले गत चैत मसान्तसम्मको अवधिमा चालु खाता ५१ अर्ब ८२ करोड रुपैयाँले घाटामा रहेको जनाएको छ।
राष्ट्र बैंकले चालु आर्थिक वर्षको गत चैत मसान्तसम्मको सार्वजनिक गरेको विवरणअनुसार अघिल्लो वर्षको सोही अवधिमा चालु खाता ५ खर्ब १० अर्... |
सेयर बजार ३.३४ अंकले घट्यो, ५७ करोड ८८ लाखको कारोबार काठमाडौँ। साताको कारोबारको अन्तिम दिन बिहिबार सेयर बजार घटेको छ। बिहिबार नेप्से परिसूचक ३.३४ अंकले घटेर १८३८.५९ विन्दुमा पुगेको छ। यस्तै, ठूला कम्पनीको सेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ०.७१ अंकले घटेर ३५३.०९ विन्दुमा पुगेको छ।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा... |
दुई वटा विमान खरिद गर्दै नेपाल वायुसेवा निगम काठमाडौँ। नेपाल वायुसेवा निगमले दुई वटा विमान खरिद गर्नका लागि योजना अघि बढाउन उपसमिति गठन गरेको छ।
प्रादेशिकरुपमा हवाई ‘कनेक्टिभिटी’ बढाउने उद्देश्यले सहरी क्षेत्रका विमानस्थलमा उडान भर्न सक्ने दुई वटा जहाज खरिद गर्ने कार्य योजना अघि बढाएको हो।
यसका लागि वैशाख २६ मा बसेको न... |
रूरू जलविद्युत् परियोजनाको खुद नाफा ६ करोड ६८ लाख रुपैयाँ काठमाडौँ। रूरू जलविद्युत् परियोजनाले आर्थिक वर्ष २०७९/८० को तेस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ। सार्वजनिक गरेको विवरण अनुसार कम्पनीले ६ करोड ६८ लाख रुपैयाँको खुद मुनाफा कमाएको छ।
यो नाफा कम्पनीको अघिल्लो वर्षको यसैअवधिमा भन्दा १७.४० प्रतिशत कम हो।... |
समस्याग्रस्त दुई सहकारीका बचतकर्ताको रकम फिर्ता काठमाडौँ। सरकारले समस्याग्रस्त घोषणा गरेका १२ सहकारीमध्ये दुई सहकारीका सबै बचतकर्ताको रकम फिर्ता गरिएको छ।
सरकारले २०७५ साल असार १८ गते समस्याग्रस्त घोषणा गरेको कुवेर बचत तथा ऋण सहकारी संस्थाको पहिलो सूचनाअनुसार माग दाबी गर्ने सबै बचतकर्ताको पैसा फिर्ता गरिएको सहकारी व्यव... |
७५२ स्थानीय तहमा वाणिज्य बैंकहरूका शाखा विस्तार काठमाडौँ। नेपाल राष्ट्र बैंकले गत चैत मसान्तसम्म ७५२ स्थानीय तहमा वाणिज्य बैंकहरुका शाखा विस्तार भएको जनाएको छ।
चालु आर्थिक वर्ष २०७९/८० को चैत मसान्तसम्मको नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको विवरणअनुसार ७५३ स्थानीय तहमध्ये ७५२ तहमा वाणिज्य बैंकहरुका शाखा विस्तार भएका छ... |
सिटी होटलको आईपीओ भर्ने आज अन्तिम मौका, तपाई छुट्नु त भएन ? काठमाडौँ। सिटी होटलको आईपीओमा आवेदन दिन आज अन्तिम दिन रहेको छ। आज बैंकिंग कारोबार समयसम्म लगानीकर्ताले यस आईपीओमा आवेदन दिन पाउनेछन्।
कम्पनीले सर्वसाधारणका लागि वैशाख २५ गतेदेखि आईपीओ बिक्री खुला गरेको हो। कम्पनीले आफ्नो जारी पुँजीको १ अर्ब ६७ करोड ४० लाख रुप... |
प्रभु बैंकको संस्थापक सेयर बिक्रीमा काठमाडौँ। प्रभु बैंकको १४ लाख ७७ हजार ८२२ कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएको छ। बैंकले विभिन्न १५ जना संस्थापक सेयरधनीहरुका नाममा रहेको उक्त सेयर बिक्रीमा ल्याएको हो।
बिक्रीमा ल्याएको यस सेयरमा विद्यमान संस्थापक सेयरधनीहरुले मात्रै आवेदन दिन पाउनेछन्। इच्छुक संस्थापक सेयरधनीहरुले ... |
हेर्नुहोस् बिहिबार कतिमा हुँदैछ सुनचाँदीको कारोबार ? काठमाडौँ। नेपाली बजारमा सुनको मूल्य स्थिर रहेको छ। बिहिबार सुनको मूल्य प्रतितोला १ लाख ११ हजार ६ सय रुपैयाँ कायम भएको हो।
बुधबार प्रति तोला १ लाख ११ हजार ६ सय रुपैयाँमा कारोबार भईरहेको छापावाला सुन आज स्थिर रहेर सोहि मूल्यमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी मह... |
एनसेलका नयाँ प्रमुख कार्यकारी अधिकृत तथा प्रबन्ध सञ्चालकमा जाब्बोर कायुमोभ नियुक्त काठमाडौँ। एनसेल आजियाटा लिमिटेडको नयाँ प्रमुख कार्यकारी अधिकृत तथा प्रबन्ध सञ्चालक पदमा जाब्बोर कायुमोभ नियुक्त भएका छन्।
एनसेलको सञ्चालक समितिको मंगलबार (वैशाख २६) बसेको बैठकले जाब्बोरलाई प्रमुख कार्यकारी अधिकृत तथा प्रबन्ध सञ्चालक पदमा... |
नेपाल राष्ट्र बैंकले समस्याग्रस्त सुपर लघुवित्तका लागि व्यवस्थापन समूह गठन गर्दै काठमाडौँ। समस्याग्रस्त सुपर लघुवित्त वित्तीय संस्थाको व्यवस्थापन तथा सञ्चालनका लागि नेपाल राष्ट्र बैंकले व्यवस्थापन समूह गठन गर्ने भएको छ। दुई सदस्यीय व्यवस्थापन समूह गठन गर्न राष्ट्र बैंकले एक सूचना जारी गर्दै संयोजक र सदस्य पदका लागि दर... |
पूर्वाञ्चल विश्वविद्यालय परिसरमा नबिल बैंकको शाखा कार्यालय र सभागृह शिलन्यास मोरङ। पूर्वाञ्चल विश्व विद्यालयभित्र नबिल बैंकको शाखा कार्यालय र सभागृह बन्ने भएको छ। विश्वविद्यालय परिसर भित्र शिक्षा, विज्ञान, तथा प्रविधि मन्त्री अशोककुमार राईले बैंकको गोठगाउँ शाखा कार्यालय र विश्वविद्यालयको लागि ७५० सिट क्षमताको सभागृहको ... |
अमेरिकी डलरसँगै घट्याे युराेकाे पनि भाउ काठमाडौं। नेपाल राष्ट्र बैंकले बिहीबारका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ। अमेरिकी डलर बिहीबार ९ पैसाले घटेको हो। अघिल्लो दिन अर्थात बुधबार डलर ३९ पैसाले बढेको थियो।
बिहिबार एकको अमेरिकी डलरको खरिददर १३० रुपैयाँ ८८ पैसा र बिक्रीदर १३१ रुपैयाँ ४८ पैसामा कारोबार भएको... |
यस्तो छ, आजकाे हरियो तरकारी तथा फलफूलको मूल्य काठमाडौं। कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले बिहीबार लागि तरकारी तथा फलफूलको मूल्य सार्बजनिक गरेको छ।
जसअनुसार दसहरी आँपको न्यूनतम मूल्य प्रतिकेजी २२० रुपैयाँ, मालदह आँप २०० रुपैयाँ, हरियो अंगुर १५० रुपैयाँ, अनार २५० रुपैयाँ र किवि ४०० रुपैयाँमा खरिदबिक्री भइरहेको... |
सीमिति स्रोतले असीमित आवश्यकता पूरा गर्न सकिँदैनः अर्थमन्त्री महत काठमाडौं। अर्थमन्त्री डा प्रकाशशरण महतले आगामी आर्थिक वर्षको बजेटका लागि स्रोतको निकै ठूलो चुनौती रहेको बताएका छन् ।
आर्थिक वर्ष २०८०\०८१ को विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथि प्रतिनिधिसभाका सदस्यहरूबाट उठेका प्रश्नहरूको जवाफ दिँदै अर्थमन्त्री ... |
२.४३ अंकले घट्यो नेप्से परिसूचक, ५८ करोड ९१ लाखको कारोबार काठमाडौँ। साताको कारोबारको चौथो दिन बुधबार सेयर बजार घटेको छ। बुधबार नेप्से परिसूचक २.४३ अंकले घटेर १८४१.९३ विन्दुमा पुगेको छ। यस्तै, ठूला कम्पनीको सेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ०.४५ अंकले घटेर ३५३.८० विन्दुमा पुगेको छ।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से)म... |
चैतसम्म ९ खर्ब रेमिट्यान्स भित्रियो, २४.२ प्रतिशतको वृद्धि काठमाडौँ। चालु आर्थिक वर्ष २०७९/८० को नौ महिनामा विप्रेषण आप्रवाहमा उल्लेख्य सुधार देखिएको छ।
नेपाल राष्ट्र बैंकका अनुसार चैत मसान्तसम्ममा विप्रेषण आप्रवाह २४.२ प्रतिशतले बढेर ९ खर्ब ३ अर्ब ३९ करोड पुगेको हो। गत आर्थिक वर्षको सोही अवधिमा रेमिट्यान्स ०.२ प्रतिशत... |
बजेट नियन्त्रित र विस्तारकारी बनाउन पूर्वअर्थमन्त्री शर्माको सुझाव काठमाडौँ। पूर्वअर्थमन्त्री जनार्दन शर्माले आगामी आर्थिक वर्षको बजेट नियन्त्रित र विस्तारकारी बनाउन उपयुक्त हुने सुझाव दिएका छन्।
प्रतिनिधिसभाको आजको बैठकमा विनियोजन विधेयक, २०८०/८१ को सिद्धान्त र प्राथमिकतामाथिको छलफलमा भाग लिँदै उनले निश्चित क्षेत्रमा ... |
व्यापार घाटा १७.१ प्रतिशतले घट्यो काठमाडौँ। नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको चैत महिनासम्म व्यापार घाटा १७.१ प्रतिशतले कमी आएको जनाएको छ। बैंकका अनुसार आर्थिक वर्ष २०७९/८० को नौ महिनामा कुल वस्तु व्यापार घाटा १७.१ प्रतिशतले कमी आएर १० खर्ब ८३ अर्ब २३ करोड रहेको छ।
अघिल्लो वर्षको सोही अवधिमा यस्तो घाटा २८.५ प्रत... |
नौ महिनामा वस्तु आयात २६.३ प्रतिशत र निर्यात १८.१ प्रतिशतले घट्यो काठमाडौँ। नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको नौ महिनामा वस्तु आयात २६.३ प्रतिशत र निर्यात १८.१ प्रतिशतले कमी आएको जनाएको छ। राष्ट्र बैंकका अनुसार आर्थिक वर्ष २०७९/८० को नौ महिनामा कुल वस्तु निर्यात २६.३ प्रतिशतले कमी आएर १ खर्ब १८ अर्ब २८ करोड रुपैय... |
चैतसम्मको मुद्रास्फीति ७.२८ प्रतिशत काठमाडौँ। नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको चैतसम्मको मुद्रास्फीति ७.७६ प्रतिशत रहेको जनाएको छ।
आर्थिक वर्ष २०७९/८० को चैत महिनाको तथ्यांक सार्वजनिक गर्दै बैंकले चैत महिनामा वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति ७.७६ प्रतिशत रहेको छ।
अघिल्लो वर्षको सोही महिनामा यस्तो मुद्रास्फ... |
सीमावर्ती बजारमा भारतीयभन्दा नेपाली रुपैयाँ बलियो रौतहट। केही सातायता गौर र यसको सीमावर्ती भारतीय सहर बैरगनिया, सितामढीमा भारतीय रुपैयाँ अवमूल्यन हुँदा नेपाली रुपैयाँ बलियो बनेको छ।
विगतमा गौरमा भारतीय रुपैयाँ हात पर्दा दंग पर्ने नेपाली व्यापारीहरू अहिले नाक खुम्च्याउन थालेका छन्। यसको कारण हो, भारतीय रुपैयाँको सरकारी ... |
अहिले सबैभन्दा ठूलो चुनौती स्रोतको छ : अर्थमन्त्री डा. महत काठमाडौँ। अर्थमन्त्री डा प्रकाशशरण महतले आगामी आर्थिक वर्षको बजेटका लागि स्रोत जुटाउन निकै सकसपूर्ण रहेको बताएका छन्।
नेपाल उद्योग वाणिज्य महासंघले आज काठमाडौँमा आयोजना गरेको प्रि–बजेट छलफलमा उनले अनिवार्य दायित्व सिर्जना भइसकेका बहुवर्षीय र क्रमागत आयोजनाका ला... |
जाल्पा सामुदायिक लघुवित्तको लाभांश संसोधन, अब कति ? काठमाडौँ। जाल्पा सामुदायिक लघुवित्त संस्थाको लाभांश संसोधन भएको छ। नेपाल राष्ट्र बैंकका अनुसार अब संस्थाले बोनस सेयर र नगद गरी कुल १५ प्रतिशतमा लाभांश वितरण गर्ने भएको छ।
संस्थाले यसअघि ७३ प्रतिशत बोनस सेयर र करसहित ३.८४२१ प्रतिशत नगद गरी कुल ७६.८४२१ प्रतिशत लाभांश वि... |
फेरी बढ्यो सुनको मूल्य, कतिमा हुदैँछ कारोबार ? काठमाडौँ। नेपाली बजारमा सुनको मूल्य दिन प्रति दिन बढ्दै गएको छ। बुधबार सुनको मूल्य प्रतितोला १ लाख ११ हजार ६ सय रुपैयाँ कायम भएको हो।
मंगलबार प्रति तोला १ लाख ११ हजार २ सय रुपैयाँमा कारोबार भईरहेको छापावाला सुन आज ४ सयले बढेर १ लाख ११ हजार ६ सय रुपैयाँमा कारोबार भईरहेको ने... |
इङवा हाइड्रोपावरको आईपीओ बाँडफाँट काठमाडौँ। इङवा हाइड्रोपावरको आईपीओ बुधबार बाँडफाँट भएको छ। धितोपत्र बिक्री प्रबन्धक नेपाल एसबिआई मर्चेन्ट बैंकिङको कार्यालयमा बिहान ९ बजे आईपीओ बाँडफाँट भएको हो।
आईपीओको नतिजा कम्पनीको वेबसाइट, बिक्री प्रबन्धक नेपाल एसबिआई मर्चेन्ट बैंकिङको वेबसाइट, सिडीएससीको मेरो सेयर र सिडीएसको ipor... |
अब विदेशीबाट आउँदा दुई वटा मोबाइल ल्याउन पाइने काठमाडौँ। अब विदेशीबाट आउने नेपाली नागरिकले दुई वटा मोबाइल आफ्नो साथमा ल्याउन पाउने भएको छ।
मंगलबार बसेको मन्त्री परिषदको बैठकले झिटीगुन्टा नियमावली संशोधन गर्दै विदेशबाट आउने नेपालीले आफ्ना साथमा बढीमा २ वटा मोबाइल ल्याउन पाउने व्यवस्था गर्ने निर्णय गरेको हो। यो निर्णय भ... |
अमेरिकी डलरकाे भाउ बढ्दा युराेकाे भने घट्याे काठमाडौं। नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ।
अमेरिकी डलर बुधबार ३९ पैसाले बढेको हो। अघिल्लोदिन अर्थात मंगलबार डलरमा झिनो गिरावट आएको थियो। मंगलबार डलरको भाउ एक पैसाले घटेको थियो। बुधबार एकको अमेरिकी डलरको खरिददर १३० रुपैयाँ ९७ पैसा... |
यस्तो छ, आजकाे हरियो तरकारी तथा फलफूलको मूल्य काठमाडौं। कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले बुधबार लागि तरकारी तथा फलफूलको मूल्य सार्बजनिक गरेको छ। जसअनुसार दसहरी आँपको न्यूनतम मूल्य प्रतिकेजी २२० रुपैयाँ, मालदह आँप १८० रुपैयाँ, हरियो अंगुर १५० रुपैयाँ, अनार २५० रुपैयाँ र किवि ४०० रुपैयाँमा खरिदबिक्री भइरहेको ... |
प्रि-बजेटका बारेमा आज अर्थमन्त्रीले प्रतिनिधिसभामा जवाफ दिने काठमाडौं। आज प्रि-बजेटका बारेमा सांसदहरुले राखेका धारणाका बारेमा अर्थमन्त्री प्रकाशशरण महतले जवाफ दिँदैछन्।
गत आइतवार बसेको प्रतिनिधिसभा कार्य ब्यवस्था समितिको बैठकले गरेकाे निर्णय अनुसार तीन दिनसम्म सांसदहरुले राखेका प्रि-बजेटका बारेमा आज अर्थमन्त्री महतले ज... |
नेपालको अर्थतन्त्र अझै जोखिममा रहेकाले सावधानी अपनाउन आइएमएफको सुझाव काठमाडौं । अन्तर्राष्ट्रिय मुद्राकोष (आइएमएफ) ले नेपालको अर्थतन्त्र अझै जोखिममा रहेकाले नीतिगत सावधानी अपनाउन सुझाव दिएको छ ।
नेपालको अर्थतन्त्रमा बाह्य जोखिम कायम रहेको अवस्थामा मौद्रिक नीतिलाई अझ खुकुलो पार्नेभन्दा पनि अझ बढी व्यवस्थित तुल्याउन आइएम... |
आगामी पाँच वर्षलाई लगानी वर्ष घोषणा गर्न परिसङ्घको आग्रह काठमाडौं। नेपाल उद्योग परिसङ्घले ‘मन्दीदेखि समृद्धि, लगानीमा अभिवृद्धि’ विषयमा केन्द्रित रहेर आगामी आर्थिक वर्ष २०८०र८१ को बजेटका लागि आज अर्थमन्त्री डा प्रकाशशरण महतसमक्ष बजेट सुझाव पेश गरेको छ ।
परिसङ्घले मुुलुकलाई आर्थिकमन्दीबाट उकास्न लगानीमैत्री बजेट ल्याउन ... |
हिमाल आरोहणबाट ७४ करोड राजस्व सङ्कलन काठमाडौं । वसन्त ऋतुमा आरोहणका लागि मौसम अनुकूल हुने भएकाले विश्वभरबाट उल्लेख्य सङ्ख्यामा आरोही आउँछन् । सगरमाथासहित विभिन्न हिमाल आरोहणबाट सरकारी राजस्वमासमेत योगदान पुग्छ ।
यस यामको सगरमाथा लगायतका हिमाल आरोहणका लागि नेपालसहित ८० देशका नागरिकले पर्यटन विभागबाट अनुमति लिएका छन् । स... |
१०.६६ अंकले बढ्यो नेप्से परिसूचक काठमाडौँ। साताको कारोबारको तेश्रो दिन मंगलबार सेयर बजार घटेको छ। मंगलबार नेप्से परिसूचक १०.६६ अंकले बढेर १८४४.३६ विन्दुमा पुगेको छ। यस्तै, ठूला कम्पनीको सेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक १.८७ अंकले बढेर ३५४.२५ विन्दुमा पुगेको छ।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा कूल २६९ कम्पनीको २... |
‘ब्याजदर घटाएर अर्थतन्त्र चलायमान बनाउँछौँ’ काठमाडौँ। अर्थमन्त्री डा. प्रकाशशरण महतले वर्तमान आर्थिक अवस्था सुधारका लागि बैंकको ब्याजदर घटाएर अर्थतन्त्रलाई चलायमान बनाइने बताएका छन्।
राष्ट्रियसभामा आर्थिक वर्ष २०८०/८१ का लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता (कर प्रस्ताव बाहेक) सम्बन्धी आजको छलफलमा सांसदले उठाउ... |
Subsets and Splits
No community queries yet
The top public SQL queries from the community will appear here once available.