content stringlengths 20 64.1k ⌀ |
|---|
उद्योग व्यवसायलाई व्यवस्थित बनाउन सरकारको सहयोग रहन्छ : मन्त्री बस्नेत काठमाडौँ। स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले उद्योग व्यवसायलाई व्यवस्थित बनाउन सरकारको सहयोग रहने बताएका छन्। एकता व्यापार संघले आज यहाँ आयोजना गरेको ‘बृहत निःशुल्क स्वास्थ्य शिविर’ मा उनले देशको आर्थिक मेरुदण्डका रुपमा रहेको उद्योग व... |
बुटवल पावरको खुद नाफा १२.८९ प्रतिशतले बढ्यो काठमाडौँ। बुटवल पावर कम्पनीले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा कमाएको नाफाको वित्तीय विवरण सार्वजनिक गरेको छ।
कम्पनीले २६ करोड ८१ लाख ९५ हजार रुपैयाँ खुद नाफा कमाएको हो। कम्पनीले गत वर्षको यसै अवधिमा २३ करोड ७५ लाख ८२ हजार रुपैयाँबाट अहिले १२.८९ प्रतिशतले वृद्धि भएको छ... |
तीन महिनाको बेसरेट हेरेर कर्जाको ब्याजदर हरेक महिना तोकिने काठमाडौँ। बैंक तथा वित्तीय संस्थाहरूले पछिल्लो तीन महिनाको औसत आधारदर (एभरेज बेसरेट) का आधारमा हरेक महिना ऋणको ब्याजदर कायम गर्नुपर्ने भएको छ।
‘इजाजतप्राप्त क, ख र ग वर्गका बैंक तथा वित्तीय संस्थालाई जारी गरिएको एकीकृत निर्देशन, २०७९’ लाई परिमार्जन गर्दै नेपाल ... |
प्रभु लाइफ इन्स्योरेन्सकाे लाभांश घाेषणा काठमाडौँ। प्रभु लाइफ इन्स्योरेन्सले आफ्नो सेयरधनीलाई लाभांश दिने घोषणा गरेको छ। सोमबार बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट १० प्रतिशत बोनस सेयर दिने निर्णय गरेको हो। साथै, बोनसमा लाग्ने कर तिर्न ०.५२६ प्रतिशत नगद लाभांश वितरण गर्ने भएको छ।
प्रस्तावित बो... |
गुराँस, युनियन र प्राइम लाइफको एकीकृत कारोबार सुरु काठमाडौँ। गुराँस लाइफ, यूनियन लाइफ र प्राइम लाइफ इन्स्योरेन्स एक आपसमा आजबाट मर्ज भएर एकीकृत कारोबार सुरु गरेका छन्।
यी तीन कम्पनी एक आपसमा गाभिएपछि हिमालयन लाइफ इन्स्योरेन्सको नामबाट एकीकृत कारोबार सुरु गरेका हुन्। तीन कम्पनीहरुलाई नेपाल धितोपत्र बोर्डले वैशाख १९ गते ... |
सुनको मूल्य बढ्यो, तोलाको कति पुग्यो ? काठमाडौँ। नेपाली बजारमा सुनको मूल्य बढेको छ। मंगलबार सुनको मूल्य प्रतितोला १ लाख ११ हजार २ सय रुपैयाँ कायम भएको हो।
सोमबार प्रति तोला १ लाख १० हजार ९ सय रुपैयाँमा कारोबार भईरहेको छापावाला सुन आज ३ सयले बढेर १ लाख ११ हजार २ सय रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासं... |
एन्फाको आगामी बजेट ६७ करोड बढी काठमाडौँ। अखिल नेपाल फुटबल संघ (एन्फा) ले ६७ करोड ८ लाख १५ हजार २ सय २९ रुपैयाँ बजेट पारित गरेको छ।
सोमबार बसेको आकस्मिक कार्यसमिति बैठकले ६७ करोड बढीको बजेट पारित गरेको हो। सो बजेट पारितसहित एन्फाले थप ११ वटा विभिन्न ११ निर्णयसमेत गरेको जानकारी सार्वजनिक गरेको छ।
एन्फा कम्प्लेक्समा बसेको... |
तीन कम्पनीको सेयर कारोबार रोक्का, यस्तो छ कारण काठमाडौँ। नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले तीन कम्पनीको सेयर कारोबार रोक्का भएको छ। प्राइम लाइफ, गुराँस लाइफ र युनियन लाइफ इन्स्योरेन्सको सेयर कारोबार बैशाख २६ गते (मंगलबार)देखि रोक्का भएको छ।
मर्जरपछिको एकीकृत कारोबार प्रयोजनार्थ तीन जीवन बीमा कम्पनीको सेयर कारोबार रोक्का... |
यस्ताे छ आजकाे हरियो तरकारी तथा फलफूलको मूल्य काठमाडौँ। कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले मंगलबार लागि तरकारी तथा फलफुलको मूल्य सार्वजनिक गरेको छ।
जसअनुसार दसहरी आँपको न्यूनतम मूल्य प्रतिकेजी २२० रुपैयाँ, मालदह आँप २०० रुपैयाँ, हरियो अंगुर १३० रुपैयाँ, अनार २५० रुपैयाँ र किवि ४०० रुपैयाँमा खरिदबिक्री भइरहेको... |
अमेरिकी डलरमा झिनो गिरावट हुदाँ युरोकाे भने बढ्याे काठमाडौं। नेपाल राष्ट्र बैंकले मंगलबारका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ। अमेरिकी डलरमा झिनो गिरावट आएको छ। यसअघि आइतबारदेखि स्थिर रहेको अमेरिकी डलरको भाउ सोमबार स्थिर रहेको डलरको भाउ मंगलबार एक पैसाले घटेको छ।
मंगलबार एकको अमेरिकी डलरको खरिददर १३० रुपै... |
अर्थतन्त्रको सुधार झारफुकले पुग्दैन, सर्जरी नै गर्नुपर्छ : डा स्वर्णिम वाग्ले काठमाडौं । सांसद डा स्वर्णिम वाग्लेले सरकारले संसद्मा पेस गरेको आगामी आर्थिक वर्ष २०८०/८१ को विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता अर्थतन्त्र सुधारका लागि प्रयास गरेको भए पनि त्यो पर्याप्त नभएको बताएका छन् ।
विनियोजन विधेयकका सिद्धान्त र प... |
युनिक नेपाल लघुवित्तले पायो एफपीओ जारी गर्ने अनुमति काठमाडौँ। युनिक नेपाल लघुवित्त वित्तीय संस्थाले एफपीओ जारी गर्ने भएको छ। नेपाल धितोपत्र बोर्ड (सेबोन)ले लघुवित्तलाई एफपीओ जारी गर्न अनुमति प्रदान गरेको हो।
लघुवित्तले ३ करोड ७९ लाख ४२ हजार ५०० रुपैयाँबराबरको एफपीओ निष्कासनको अनुमति प्राप्त गरेको छ। अब लघुवित्तले प्रति... |
१६.९३ अंकले घट्यो नेप्से परिसूचक, ८२ करोड ४२ लाखको कारोबार काठमाडौँ। साताको कारोबारको दोस्रो दिन सोमबार सेयर बजार घटेको छ। सोमबार नेप्से परिसूचक १६.९३ अंकले घटेर १८३३.६९ विन्दुमा पुगेको छ। यस्तै, ठूला कम्पनीको सेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक २.४१ अंकले घटेर ३५२.३७ विन्दुमा पुगेको छ।
नेपाल स्टक एक्सचेञ्ज (नेप्... |
बजेट निर्माणमा दुई पूर्वअर्थमन्त्रीको सुझाव काठमाडौँ। सरकारले आगामी आर्थिक वर्ष २०८०/८१ का लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता प्रस्तुत गरेपछि अहिले संघीय संसद्मा यस विषयमाथि छलफल सुरु भएको छ।
प्रतिनिधिसभाको बर्खे अधिवेशनको आइतबार भएको पहिलो बैठकमा अर्थमन्त्री डा प्रकाशशरण महतले ‘आव २०८०/८१ का लागि विनियोजन व... |
उपत्यकामा आठ सवस्टेसन निर्माणाधीन काठमाडाैं। नेपाल विद्युत् प्राधिकरणले काठमाडौं उपत्यकाको विद्युत् प्रसारण तथा वितरण प्रणाली सुधारका लागि उच्च क्षमताका आठ सवस्टेसन निर्माण गरिरहेको छ।
काठमाडाैं उपत्यकामा चार सयदेखि एक सय ३२ केभी क्षमताका सवस्टेसन निर्माणाधीन रहेको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ।
भविष्यमा वृद्धि ह... |
इष्टर्न हाइड्रोपावरको सेयर मूल्यमा नेगेटिभ सर्किट काठमाडौँ। नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा इष्टर्न हाइड्रोपावर लिमिटेडको सेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ। आजको कारोबारमा संस्थाको सेयर मूल्य ९.९९ प्रतिशतले घटेर नकारात्मक सर्किट लागेको हो।
कम्पनीको सेयर भाउ ३८ रुपैयाँ ७० पैसाले घटेर ३ सय ४८ रुपैयाँ ७० पैसा पुगेको ... |
बजेटमा कहिलेसम्म राख्ने कार्यान्वयन नहुने अमूर्त शब्द ? काठमाडौँ। सरकारले हरेक वर्षको नीति तथा कार्यक्रम र बजेटमा राखिने अमूर्त भाषाका सन्दर्भमा प्रश्न उठ्ने गरेको छ। सम्पादन गर्न सकिने वा नसकिने दुवै विषय राखेर तय गरिने कार्यक्रम र बजेट कार्यान्वयन हुन सकेको छैन।
हरेक जसो बजेटमा कार्यान्वयन गरिनेछ, हुनेछ, प्राथमिकतामा... |
प्रि-ओपन सेसन नेप्से सामान्य अंकले बढ्यो काठमाडौँ। चालु साताको दोस्रो कारोबार दिन सोमबार प्रि–ओपन सेसनमा नेप्से परिसूचक सामान्य अंकले बढेको छ।
प्रि-ओपन सेसनमा ०.११ अंक बढेर १८५०.७२ विन्दुमा पुगेको छ भने सेन्सेटिभ इण्डेक्स ०.१२ अंक बढेको छ।
३४७ कित्ता सेयर किनबेच हुँदा १ लाख ७० हजार २५५ रुपैयाँ बराबरको कारोबार भएको छ। |
सुनको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार ? काठमाडौँ। नेपाली बजारमा सुनको मूल्य बढेको छ। सोमबार सुनको मूल्य प्रतितोला १ लाख १० हजार ९ सय रुपैयाँ कायम भएको हो।
आइतबार प्रति तोला १ लाख १० हजार ६ सय रुपैयाँमा कारोबार भईरहेको छापावाला सुन आज ३ सयले बढेर १ लाख १० हजार ९ सय रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महा... |
सिटी होटलको आईपीओ बिक्री खुला काठमाडौँ। सिटी होटलले सर्वसाधारणका लागि आईपीओ आज (वैशाख २५ गते)बाट आईपीओ बिक्री खुला गरेको छ।
कम्पनीले आफ्नो जारी पुँजीको १ अर्ब ६७ करोड ४० लाख रुपैयाँको १० प्रतिशतले हुन आउने १६ करोड ७४ लाख रुपैयाँ बराबरको आइपीओ जारी गर्न लागेको हो। जसअनुसार प्रति सेयर १ सय अंकित मूल्यमा १६ लाख ७४ कित्ता... |
नबिल बैंकले ल्यायो ‘नबिल ढुक्क बचत खाता’, यस्ता छन् आकर्षक सुविधाहरु काठमाडौँ। नबिल बैंकले आकर्षक सुविधासहित ‘नबिल ढुक्क बचत खाता’ बजारमा ल्याएको छ। उच्चतम ब्याजदर र तीन वटा बिमा सुविधासहित यो बचत खाता ल्याइएको बैंकले जनाएको छ।
यस खातामा आबद्ध हुने ग्राहकले औषधोपचार बिमा बापत एक लाख रुपैयाँ, दुर्घटना बिमा बापत १० लाख र... |
अमेरिकी डलरको भाउ स्थिर, युरो घट्यो काठमाडौँ। अमेरिकी डलरको मूल्य स्थिर रहेको छ। नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गर्दै अमेरिकी डलर एकको खरिददर १३० रुपैयाँ ५९ पैसा र बिक्रीदर १३१ रुपैयाँ १९ पैसा कायम गरिएको छ।
यता, युरोपियन युरोको मूल्य घटेको छ। युरोपियन युरोको खरिद दर १४३ रुपैयाँ ९... |
तनहुँ जलविद्युत् आयोजना : धमाधम टावर जडान गरिँदै दमाैली। तनहुँमा निर्माणाधीन एक सय ४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनाको प्रसारण लाइन निर्माणका लागि ३२ टावर जडान भएका छन्।
आयोजनाको तेस्रो प्याकेजअन्तर्गत प्रसारण लाइन निर्माणका लागि ती टावर जडान गरिएको हो। हालसम्म ५१ टावरको जग हाल्ने काम सकिएको आयोजनाका इन्जिनिय... |
अर्थतन्त्र सुधारलाई केन्द्रमा राखी बजेटका सिद्धान्त र प्राथमिकता (पूर्णपाठ)
|
null |
लचिलो मौद्रिक नीतिमार्फत अर्थतन्त्र चलायमान बनाउँछौँ : अर्थमन्त्री डा. महत काठमाडौँ। अर्थमन्त्री डा. प्रकाशशरण महतले अहिले अर्थतन्त्रमा शिथिलता आउनुको धेरै कारण रहेको र लचिलो मौद्रिक नीतिमार्फत अर्थतन्त्र चलायमान बनाउनुपर्ने बताएका छन्।
बैंक तथा वित्तीय संस्था परिसंघद्वारा आयोजित नेपाल व्यवसाय शिखर सम्मेलन २०८० लाई सम्... |
१९.१२ अंकले घट्यो नेप्से परिसूचक काठमाडौँ। साताको कारोबारको पहिलो दिन मंगलबार सेयर बजार घटेको छ। आइतबार नेप्से परिसूचक १९.१२ अंकले घटेर १८६६.४० विन्दुमा पुगेको छ। यस्तै, ठूला कम्पनीको सेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ३.१४ अंकले घटेर ३५४.७८ विन्दुमा पुगेको छ।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा कूल २६३ कम्पनीको २० ... |
राष्ट्रिय प्रसारण लाइनमा जोडियो ५४ मेगावाटको बिजुली लमजुङ। दोर्दी गाउँपालिका–६ ढोडेनीमा निर्माण भएको ५४ मेगावाट क्षमताको सुपरदोर्दी ‘ख’ आयोजनाको बिजुली राष्ट्रिय प्रसारण लाइनमा जोडिएको छ।
“पिपुल हाइड्रोपावर कम्पनीले निर्माण गरेको सो आयोजनाबाट उत्पादित बिजुलीेको परीक्षण सफल भएसँगै केही दिन अघिदेखि राष्ट्रिय प्रसारण लाइन... |
उत्पादन लागत महँगोले विदेशी वस्तुसँग प्रतिस्पर्धा गर्न गाह्रो काठमाडौँ। नेपालमा व्यवसायिक लागत महँगो हुँदा यहाँका वस्तु तथा सेवाले विदेशी उत्पादनसँग प्रतिस्पर्धा गर्न नसकेको निजी क्षेत्रले धारणा राखेको छ।
बैंक तथा वित्तीय संस्था परिसंघ, नेपाल (सिबिफिन)ले आज काठमाडौँमा आयोजना गरेको नेपाल व्यवसाय शिखर सम्मेलन २०२३ मा नेप... |
नेपाल राष्ट्र बैंकले ३० अर्ब १८ करोड रुपैयाँको ट्रेजरी बिल जारी गर्दै काठमाडौँ। नेपाल राष्ट्र बैंकले ३० अर्ब १८ करोड रुपैयाँको ट्रेजरी बिल जारी गर्ने भएको छ। राष्ट्र बैंकले २८ दिन, ९१ दिन, १८२ र ३६४ दिन गरी ४ प्रकारको ट्रेजरी बिल निष्काशन गर्न लागेको हो। मंगलबार जारी हुने यस ट्रेजरी बिलका लागि सोमबार दिउँसो ३ बजे बोलक... |
वित्त नीति चलाउने ठाउँ छैन, मौद्रिक नीतिबाटै अर्थतन्त्र सुधार थाल्छौँ : अर्थमन्त्री महत काठमाडौँ। अर्थमन्त्री डा प्रकाशशरण महतले अर्थतन्त्रमा अहिले देखिएका समस्या समाधानका लागि वित्त नीतिबाट भन्दा मौद्रिक नीतिको व्यवस्थापनबाट सम्भव हुने बताएका छन्।
बैंक तथा वित्तीय संस्था परिसंघ, नेपाल (सिबिफिन)ले आज काठमाडौँमा आयोजना ... |
अर्थतन्त्रमा समस्या त छ, तर चिन्ताजनक अवस्था छैन : प्रधानमन्त्री काठमाडौँ। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अहिले मुलुकको अर्थतन्त्र समस्यामा भए पनि सुधारका प्रयास चालिरहेकाले चिन्ताजनक अवस्थामा नरहेको बताएका छन्। ‘नेपाल व्यवसाय शिखर सम्मेलन-२०२३’ कार्यक्रममा प्रधानमन्त्री दाहालले गत वर्षदेखि मुलुकको अर्थतन्त्र... |
ह्वात्तै घट्यो सुनको मूल्य काठमाडौँ। नेपाली बजारमा सुनको मूल्य घटेको छ। आइतबार सुनको मूल्य प्रतितोला १ लाख १० हजार ६ सय रुपैयाँ पुगेर नयाँ रेकर्ड कायम गरेको हो।
बुधबार प्रति तोला १ लाख ११ हजार ८ सय रुपैयाँमा कारोबार भईरहेको छापावाला सुन आज १ हजार २ सयले घटेर १ लाख १० हजार ६ सय रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व... |
अप्पर स्यांगे हाइड्रोपावरको आईपीओ जेठ १ गतेदेखि आउँदै काठमाडौँ। अप्पर स्यांगे हाइड्रोपावरले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि जेठ १ गतेदेखि आईपीओ बिक्री खुला गर्ने भएको छ।
कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाका लागि २ लाख २० हजार कित्ता र वैदेशिक रोजगारका ... |
मोदी इनर्जीको आईपीओमा आवेदन दिने आज अन्तिम मौका, तपाई छुट्नु त भएन ? काठमाडौँ। मोदी इनर्जीको आईपिओमा आवेदन दिने आज (वैशाख २४ गते, आइतबार) अन्तिम दिन रहेको छ। लगानीकर्ताले आज कार्यालय समयभित्र यसमा आवेदन दिन पाउनेछन्।
कम्पनीले वैशाख १९ गतेदेखि सर्वसाधारणका लागि आइपीओ बिक्री खुला गरेको हो। कम्पनीले प्रतिकित्ता १०० रुपैया... |
यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर काठमाडौँ। नेपाल राष्ट्र बैंकले आइतबारका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ। राष्ट्र बैंकले अमेरिकी डलर एकको खरिददर १३० रुपैयाँ ५९ पैसा र बिक्रीदर १३१ रुपैयाँ १९ पैसा कायम गरिएको छ।
युरोपियन युरोको खरिद दर १४३ रुपैयाँ ९८ पैसा र बिक्रीदर १४४ रुपैयाँ ६४ पैसा कायम गरिएको ... |
null |
null |
अर्थतन्त्र सुधारतर्फ सरकार प्रतिबद्ध : प्रधानमन्त्री प्रचण्ड नवलपरासी । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले देशमा आर्थिकरूपमा देखिएको अस्थिरता र प्रतिकूल अवस्था समाधानका लागि सरकार प्रतिबद्ध रहेको बताएका छन् ।
नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) रामग्राम नगरपालिकाले बुद्ध जयन्तीको अवसरमा आज रामग्राम स्तूपमा आयोजना ... |
बजेट तयारीका लागि पूर्वअर्थमन्त्रीसँग अर्थमन्त्री महतको छलफल काठमाडौं। अर्थमन्त्री डा प्रकाशशरण महतले आगामी आर्थिक वर्षको बजेट तयारीका लागि पूर्वअर्थमन्त्रीहरूसँग छलफल गरेका छन् । पूर्व अर्थमन्त्रीले व्यवहारिक बजेट तयार गर्न, खर्च कटौतीमा निर्मम बन्न र नयाँ आयोजना थप नगर्न सुझाव दिएका छन्।
छलफलमा पूर्वअर्थ मन्त्रीहरू ज... |
आइतबार दुई अर्ब ८२ करोड बराबरको नागरिक बचतपत्र निष्कासन हुँदै काठमाडौं। नेपाल राष्ट्र बैङ्कले आइतबार ‘नागरिक बचतपत्र २०८५’को बिक्री खुला गर्ने भएको छ ।
नेपाल सरकारका तर्फबाट आन्तरिक ऋण व्यवस्थापन उठाउँदै आएको राष्ट्र बैङ्कले रू दुई अर्ब ८२ करोड १४ लाख ७० हजार बराबरको नागरिक बचतपत्र निष्कासन गर्न लागेको हो ।
पाँच वर्ष अ... |
उद्योगीका समस्या समाधान हुन्छ : मन्त्री रिजाल चितवन। उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालले उद्योगी व्यवसायीको समस्या समाधानका लागि सरकारले उच्च प्राथमिकता दिएको बताएका छन्। आज यहाँ पत्रकारहरूसँग कुराकानी गर्दै उनले रुग्ण उद्योग व्यवसायलाई कसरी उकास्ने भन्ने विषयमा सरकारले काम गरिराखेको बताएका हुन्।
उनले भने, “... |
नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले ऋणपत्र जारी गर्दै, बिक्री प्रबन्धकमा प्रभु क्यापिटल काठमाडौँ। नेपाल इन्भेस्टमेन्ट मेगा बैंकले ४० लाख ४० हजार कित्ता ऋणपत्र जारी गर्ने भएको छ।
बैंकले प्रति कित्ता १ हजार रुपैयाँ अंकित मूल्यमा ४ अर्ब ४ करोड रुपैयाँबराबरको ऋणपत्र जारी गर्न लागेको हो। यो ऋणपत्र १० वर्षे अवधिको हुनेछ। यसमा लग... |
भुरुङ तातोपानीमा गरिमा विकास बैंकको एटिएम सेवा सुरु काठमाडौँ। गरिमा विकास बैंकले उत्तरी म्याग्दीको अन्नपूर्ण गाउँपालिका २, भुरुङ तातोपानीमा मुस्ताङ आउने जाने पर्यटकलाई लक्ष्य गरी एटिएम सेवा सुरु गरेको छ।
बिहीबार एक कार्यक्रमबीच बैंकका सञ्चालक दिपेन्द्र श्रेष्ठ र गाउँपालिका अध्यक्ष भरतकुमार पुनले संयुक्त रुपमा एटिएम सेव... |
इसेवाले ल्यायो ‘एकमा चार अफर’ काठमाडौँ। नेपालको पहिलो र अग्रणी भुक्तानी सेवा प्रदायक इसेवाले एकमा चार अफर सार्वजनिक गरेको छ। यस अफर अन्तरगत दैनिक रू एक (रू १) भन्दा कम रूपैयाँमै आफुसहित अन्य चार जना आफन्त तथा साथीभाईको पूर्ण हेल्थ केयर सुविधा खरिद गर्न सकिनेछ। यस अफरमा आफन्त र साथीभाईलाई समेत समावेश गर्न सकिनेछ।
यस अफर... |
सीडीएससीका सम्पूर्ण सेवा अवरुद्ध काठमाडौँ सीडीएस एन्ड क्लियारिङका सम्पूर्ण सेवा अवरुद्ध भएको छ। सीडीएसले एक सुचना जारी गर्दै बिहिबार साँझ ५ बजेदेखि सीडीएससीबाट प्रदान गरिंदै आएको सम्पूर्ण सेवा अवरुद्ध हुने जानकारी दिएको हो।
सीडीएससीले सिंहदबारस्थित राष्ट्रिय सूचना केन्द्रद्वारा सञ्चालित डाटा सेन्टरमा स्थापना प्राइमरी ड... |
अमेरिकी डलरको भाउ घट्यो, युरोको बढ्यो काठमाडौँ। अमेरिकी डलरको भाउ घटेको छ। नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गर्दै अमेरिकी डलर एकको खरिददर १३० रुपैयाँ ५९ पैसा र बिक्रीदर १३१ रुपैयाँ १९ पैसा कायम गरिएको छ। यसअघि बिहिबार यसको खरिद मूल्य १३० रुपैयाँ ६२ पैसा र बिक्रीदर १३१ रुपैयाँ २२ प... |
१२.७३ अंकले बढ्यो नेप्से परिसूचक, ७३ करोडको सेयर कारोबार काठमाडौँ। साताको कारोबारको अन्तिम दिन बिहिबार सेयर बजार बढेको छ। बिहिबार नेप्से परिसूचक १२.७३ अंकले बढेर १८६९.७३ विन्दुमा पुगेको छ। यस्तै, ठूला कम्पनीको सेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक २.०७ अंकले बढेर ३५७.९१ विन्दुमा पुगेको छ।
नेपाल स्टक एक्सचेञ्ज (नेप्... |
व्यवसायीहरुको समस्या समाधान गर्न सरकारले अभिभावकीय भूमिका निर्वाह गर्नुपर्छ: उपराष्ट्रपति काठमाडौं । उपराष्ट्रपति रामसहायप्रसाद यादवले उद्योगी व्यवसायीहरुको समस्या समाधानका लागि सरकारले अभिभावकीय भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिएका छन्।
बिहीबार काठमाडौंमा ग्रील तथा स्टील व्यवसायी महासंघ नेपालको २८ औं साधारणसभा तथा नव... |
मकर जितुमाया सुरी हाइड्रोपावरको आईपीओ नेप्सेमा सूचिकृत, ओपनिंग रेञ्ज कति ? काठमाडौँ। नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा मकर जितुमाया सुरी हाइड्रोपावरको आईपीओ सूचिकृत भएको छ। कम्पनीको ७६ लाख कित्ता आईपीओ नेप्सेमा सूचिकृत भएको हो।
आईपीओ सूचिकृत भएसंगै सेयर कारोबार गर्नको लागि ओपनिंग रेञ्ज पनि निर्धारण गरिएको छ। कम्पनीकाे से... |
प्रि-ओपन सेसनमा नेप्से सूचक सामान्य अंकले घट्यो काठमाडौँ। चालु साताको अन्तिम कारोबार दिन बिहीबार प्रि-ओपन सेसनमा नेप्से परिसूचक सामान्य अंक घटेको छ।
बिहीबार प्रि-ओपन सेसनमा ०.०४ अंक घटेर १८५६.९६ विन्दुमा झरेको छ। सो सेसनमा सेन्सेटिभ इण्डेक्स भने ०.०१ अंक घटेको छ।
यो सेसनमा २० कित्ता सेयर खरिदबिक्री हुँदा ४ हजार ८६१ रुप... |
सुनको मूल्यले बनायो नयाँ ऐतिहासिक रेकर्ड, तोलाको कति पुग्यो? काठमाडौँ। नेपाली बजारमा सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ। बिहिबार सुनको मूल्य प्रतितोला १ लाख ११ हजार ८ सय रुपैयाँ पुगेर नयाँ रेकर्ड कायम गरेको हो।
बुधबार प्रति तोला १ लाख १० हजार ६ सय रुपैयाँमा कारोबार भईरहेको छापावाला सुन आज १ हजार २ सयले बढेर १ लाख १... |
ग्रामीण विकास लघुवित्तको अधिकांश सूचकमा गिरावट, खुद नाफा ७९.१८प्रतिशतले घट्यो काठमाडौँ। ग्रामीण विकास लघुवित्त वित्तीय संस्थाले आर्थिक वर्ष २०७९/८० तेस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ। सार्वजनिक गरेको विवरण अनुसार संस्थाको अधिकांश सूचकमा गिरावट आएको छ।
संस्थाले ५ करोड ९० लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ।... |
कुमारी बैंकको ७५ हजार १८ कित्ता संस्थापक सेयर बिक्रीमा काठमाडौँ। कुमारी बैंकको ७५ हजार १८ कित्ता संस्थापक सेयर बिक्री खुला गरेको छ। संस्थापक सेयरधनी पुनम चन्द अग्रवालको नाममा रहेको उक्त सेयर बिक्री गर्न लागेको हो।
हाल यो सेयरमा विद्यमान संस्थापक सेयरधनीहरुले मात्रै आवेदन दिन पाउनेछन्। इच्छुक सेयरधनीले काठमाडौँको नक्साल... |
ब्रोकर लाइसेन्सका लागि थप १३ कम्पनीलाई दिइयो आशयपत्र काठमाडौँ। नेपाल धितोपत्र बोर्डले थप १३ कम्पनीलाई आशयपत्र दिएको छ। बोर्डको बुधबार बसेको सञ्चालक समितिको बैठकले थप १३ वटा कपनीलाई आशय पत्र दिने निर्णय गरेको हो।
योसंगै एलओआई पाउने ब्रोकर कम्पनीको संख्या २९ पुगेको छ। यसअघि बोर्डले १६ वटा कम्पनीलाई एलओआई दिइसकेको छ।
हाल ... |
नेपाल रिपब्लिक मिडियाको आईपीओ आउँदै काठमाडौँ। नेपाल रिपब्लिक मिडिया लिमिटेडले आईपीओ जारी गर्ने भएको छ। कम्पनीले सर्वसाधारण र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि आईपीओ जारी गर्न लागेको हो।
कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि वैशाख ३१ गतेदेखि आईपीओ जारी गर्ने भएका छन् भने सर्वसाधारणका लागि जेठ २६ गतेदेखि आईप... |
वीरगञ्ज आईसीपीमा थन्किए एक हजारभन्दा बढी नयाँ सवारी साधन वीरगञ्ज। आयातकर्ताले सवारी साधन जाँचपास गराएर नलगेपछि एक हजारभन्दा बढी सवारी साधन वीरगञ्जस्थित एकीकृत सुरक्षा जाँच चौकी आईसीपीमा थन्किएका छन्।
बजारमा सवारी साधनको माग घटेको र बैंकहरुले समेत विलासिताकोे वस्तुमा पर्ने सवारी साधन खरिदमा ऋण लगानी रोकेसँगै आयातकर्ताले... |
यस्तो छ आजकाे हरियो तरकारी तथा फलफूलकाे मूल्य काठमाडौँ। कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले बिहिबार लागि तरकारी तथा फलफुलको मुल्य सार्बजनिक गरेको छ।
जसअनुसार दसहरी आँपको न्यूनतम मूल्य प्रतिकेजी २२० रुपैयाँ, हरियो अंगुर १३० रुपैयाँ, कालो अंगुर ३०० रुपैयाँ, अनार २५० रुपैयाँ र किवि ४०० रुपैयाँमा खरिदबिक्री भइरहेक... |
अमेरिकी डलरको भाउ घट्दा युराेकाे भने उकालाे काठमाडौं। नेपाल राष्ट्र बैंकले बिहिबारका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ।
अमेरिकी डलरको भाउ बुधबार १० पैसाले घटेको छ। अघिल्लो दिन अर्थात बुधबार डलर ९ पैसाले बढेको थियो। बिहीबार एक अमेरिकी डलरको खरिददर १३० रुपैयाँ ६२ पैसा र बिक्रीदर १३१ रुपैयाँ २२ पैसा कायम गरि... |
‘नेप्से–३० इन्डेक्स’ ल्याउने तयारी काठमाडौँ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले ‘नेप्से–३०’ नामको एउटा छुट्टै सूचक (इन्डेक्स) ल्याउने तयारी गरेको छ ।
दोस्रो बजार कारोबारलाई सुदृढ बनाउन सहयोग पुग्ने गरी सूचकाङ्कको विकास, सञ्चालन तथा व्यवस्थापनका लागि नयाँ इन्डेक्स जारी गर्न लागिएको नेप्सेले जनाएको छ । नेपाल स्टक एक्सचेञ्... |
सेयर बजार ९.१८ अंकले घट्यो, ६२ करोडमाथिको कारोबार काठमाडौँ। साताको कारोबारको चौथो दिन बुधबार सेयर बजार घटेको छ। बुधबार नेप्से परिसूचक ९.१८ अंकले घटेर १८५७.२३ विन्दुमा पुगेको छ। यस्तै, ठूला कम्पनीको सेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक १.१९ अंकले घटेर ३५५.८३ विन्दुमा पुगेको छ।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा कूल २६... |
स्वदेशी उत्पादनलाई जोड दिने नीति बनाउन मूख्यमन्त्री चौधरीको आग्रह काठमाडौँ। लुम्बिनी प्रदेशका मूख्यमन्त्री डिल्ली बहादुर चौधरी र राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. मिनबहादुर श्रेष्ठबीच भेटवार्ता भएको छ। सिंहदरबारस्थित योजना आयोगका कार्यालयमा मूख्यमन्त्री चौधरी र उपाध्यक्ष श्रेष्ठबीच मुलुकको अर्थतन्त्र र विकासका विषयम... |
नेपालीको प्रतिव्यक्ति आय एक हजार तीन सय ९९ डलर काठमाडौँ। नेपालको प्रतिव्यक्ति आय अमेरिकी डलर एक हजार तीन सय ९९ अर्थात् रू एक लाख ८२ हजार ६ सय ८३ बराबर पुगेको छ। राष्ट्रिय तथ्यांक कार्यालयले मंगलबार सार्वजनिक गरेको आर्थिक वर्ष २०७९/८० को वार्षिक राष्ट्रिय लेखा तथ्यांकसम्बन्धी विवरणानुसार प्रतिव्यक्ति कूल गार्हस्थ उत्पाद... |
स्वावलम्बन लघुवित्तको बोनस सेयर नेप्सेमा सूचिकृत काठमाडौँ। नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा स्वावलम्बन लघुवित्त वित्तीय संस्थाको सेयर सुचिकृत भएको छ। संस्थाको १६ लाख ८३ हजार २५५ कित्ता बोनस सेयर नेप्सेमा सूचिकृत भएको हो।
बैंकले गत आर्थिक वर्षको मुनाफाबाट १५ प्रतिशत बोनस सेयर दिने प्रस्ताव गरेको थियो। सोहि प्रस्तावित ... |
प्रि-ओपन सेसनमा नेप्से सामान्य अंकले बढ्यो काठमाडौँ। प्रि–ओपन सेसनमा नेप्से परिसूचक सामान्य अंकले उकालो लागेको छ। बुधबार प्रि–ओपन सेसनमा नेप्से ०.२७ अंकले बढेर १८६६.६८ विन्दुमा पुगेको हो।
१० स्टकको २८४ कित्ता सेयर कारोबार हुँदा १ लाख १७२ रुपैयाँ बराबर भएको छ।
१० स्टकमध्ये २ स्टकको मूल्य बढेको छ भने १ स्टकको मूल्य घटेको... |
ह्वात्तै बढ्यो सुनको मूल्य काठमाडौँ। नेपाली बजारमा सुनको मूल्य बढेको छ। बुधबार सुनको मूल्य प्रतितोला १ लाख १० हजार ६ सय रुपैयाँ कायम भएको छ।
मंगलबार प्रति तोला १ लाख ८ हजार ८ सय रुपैयाँमा कारोबार भईरहेको छापावाला सुन आज १ हजार ८ सय रुपैयाँले बढेर प्रतितोला १ लाख १० हजार ६ सय रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्य... |
बाँसका मुढाको चीनमा उच्च माग, एकैपटक सात ट्रक निर्यात मकवानपुर। भीमफेदी कारागारमा उत्पादन भएको बाँसका मुढा छिमेकी राष्ट्र चीनतर्फ निर्यात हुन थालेको छ। गत साताबाट चीनसँग जोडिएका उत्तरी नाका खुलेसँगै भीमफेदी कारागारमा कैद बन्दीले उत्पादन गरेका ७ ट्रक बाँसका मुढा चीनतर्फ निर्यात भएको हो।
भीमफेदी कारागारका प्रमुख तीर्थराज... |
स्मार्ट टेलिकमको लाइसेन्स खारेज काठमाडौँ। स्मार्ट टेलिकमको लाइसेन्स खारेज भएको छ।
नेपाल दुरसञ्चार प्राधिकरणले अनुमति पत्र नविकरण नगरेको भन्दै स्मार्ट टेलिकमको लाइसेन्स खारेज गरेको हो। अनुमतिपत्र बहाल नरहेका दूरसञ्चार सेवा प्रदायकको सम्पत्ति पनि हस्तान्तरण गर्न भनिएकाे छ।
‘नेपाल दूरसञ्चार प्राधिकरणबाट आधारभूत टेलिफो... |
अमेरिकी डलरको भाउ बढ्यो, युरोको घट्यो काठमाडौँ। बुधबार अमेरिकी डलर भाउ बढेको छ। नेपाल राष्ट्र बैंकले बुधबारको लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गर्दै एक अमेरिकी डलरको खरिददर १३० रुपैयाँ ७२ पैसा र बिक्रीदर १३१ रुपैयाँ ३२ पैसा तोकिएको छ। मंगलबार एक अमेरिकी डलरको खरिददर १३० रुपैयाँ ६३ पैसा र बिक्रीदर १३१ रुपैयाँ २३... |
इकोनोमिक समिट र राजनैतिक नेतृत्व यो महिना यस अघिका दिनमा इकोनोमिक समिट निकै संख्यामा भए तर यो स्तम्भकार भने बाह्रखरी अनलाइन मिडियाद्वारा आयोजित र एनसेलद्वारा प्रायोजित गल्फ इकोनोमिक समिट २०८० को अवलोकन गर्न पुगेँ।
हुन त म आमन्त्रित थिइन मलाई केवल हिमालयन बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शम्सेर राणाले गल्फ टुर्नामेन्... |
राष्ट्रिय अर्थतन्त्रको आकार रु ५३ खर्ब ८१ अर्ब ३४ करोड काठमाडौं। चालु आर्थिक वर्ष २०७९\०८० मा कूल गार्हस्थ्य उत्पादन वृद्धिदर उपभोक्ता मूल्यमा एक दशमलव ८६ प्रतिशतले वृद्धि भई अर्थतन्त्रको आकार रु ५३ खर्ब ८१ अर्ब ३४ करोड हुने प्रक्षेपण गरिएको छ ।
चालु २०७९\८० को राष्ट्रिय लेखा तथ्याङ्कसम्बन्धी जानकारी दिने उद्देश्यले रा... |
४.२७ अंकले घट्यो नेप्से परिसूचक, ६९ करोड २२ लाखको कारोबार काठमाडौँ। साताको कारोबारको तेश्रो दिन मंगलबार सेयर बजार घटेको छ। मंगलबार नेप्से परिसूचक ४.२७ अंकले घटेर १८६६.४० विन्दुमा पुगेको छ। यस्तै, ठूला कम्पनीको सेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक १.१२ अंकले घटेर ३५७.०२ विन्दुमा पुगेको छ।
नेपाल स्टक एक्सचेञ्ज (नेप्... |
नेपाललाई सात अर्ब ऋण निकासा गर्दै मुद्रा कोष काठमाडौँ। नेपालमा एक्स्टेन्डेड क्रेडिट फेसिलिटी (इसिएफ) मार्फत सहुलियतपूर्ण ऋण परिचालन भएका कार्यक्रमको समीक्षापछि अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ)ले अमेरिकी डलर पाँच करोड २८ लाख (करिब सात अर्ब रुपैयाँ) बराबर ऋण निकासा दिने भएको छ।
आइएमएफले सोमबार जारी गरेको विज्ञप्तिअनुस... |
माई खोला हाइड्रोपावरको आईपीओ बाँडफाँड काठमाडौँ। माई खोला हाइड्रोपावरको आईपीओ आज (वैशाख १९ गते ,मंगलबार) बाँडफाँड भएको छ। कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटलले आज बिहान ९ः३० बजे आइपिओ बाँडफाँड भएको हो।
कम्पनीको उक्त आइपिओमा १२ लाख ७५ हजार १०५ जनाले कुल १ करोड ३७ लाख २० हजार ८२० कित्ताको लागि आवेदन ... |
सुनको मूल्य घट्यो, तोलाको कति पुग्यो ? काठमाडौँ। नेपाली बजारमा सुनको मूल्य घटेको छ। मंगलबार सुनको मूल्य प्रतितोला १ लाख ८ हजार ८ सय रुपैयाँ कायम भएको छ।
सोमबार प्रति तोला १ लाख ९ हजार रुपैयाँमा कारोबार भईरहेको छापावाला सुन आज २ सय रुपैयाँले घटेर प्रतितोला १ लाख ८ हजार ८ सय रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवस... |
घोराही सिमेन्ट इन्डस्ट्रीको आईपीओ बिक्री खुला, क-कसले पाउँछ भर्न ? काठमाडौँ। घोराही सिमेन्ट इन्डस्ट्रीको आईपीओ आज (वैशाख १९ गते)देखि बिक्री खुला भएको छ। कम्पनीले प्रिमियममा उद्योग प्रभावित क्षेत्रका स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि आईपीओ बिक्री खुला गरेको हो।
कम्पनीले जारी पुँजी ३ अर्ब ९७ करोड १... |
लघुवित्तले लिने सेवा शुल्कमा राष्ट्र बैंकले तोक्यो सिमा काठमाडौँ। नेपाल राष्ट्र बैंकले लघुवित्त वित्तीय संस्थाहरुले लिने सेवा शुल्कमा सिमा तोकेको छ। अब लघुवित्त वित्तीय संस्थाहरुले बचत तथा निक्षेप खाता सञ्चालन गरेबापत कुनै पनि किसिमको शुल्न लिन नपाउने भएका छन्। राष्ट्र बैंकले वित्तीय चेतनाका लागि आज एक सूचना जारी गर्द... |
अमेरिकी डलरको भाउ मंगलबार पनि स्थिर, युरो घट्याे काठमाडौं। नेपाल राष्ट्र बैंकले मंगलबारका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ। अमेरिकी डलरको भाउ मंगलबार पनि स्थिर रहेको छ। मंगलबार एक अमेरिकी डलरको खरिददर १३० रुपैयाँ ६३ पैसा र बिक्रीदर १३१ रुपैयाँ २३ पैसा कायम गरिएको छ। यसअघि सोमबार पनि सोही मूल्यमा यसको कार... |
मोदी इनर्जीले आजदेखि सर्वसाधारणका लागि आईपिओ निष्काशन काठमाडौं। मोदी इनर्जीले आज वैशाख १९ गते मंगलबारदेखि सर्वसाधारणका लागि आईपिओ निष्काशन गरेको छ। यस आईपिओमा वैशाख २४ गतेसम्म आवेदन दिन सकिनेछ भने सो समयसम्ममा सबै सेयर बिक्री नभएमा भने जेठ २ गतेसम्म खुला रहनेछ कम्पनीले जनाएको छ।
कम्पनीले प्रतिकित्ता १०० रुपैयाँको दरले ... |
भारतबाट घटेर आयो पेट्रोलियम पदार्थकाे मूल्य, पेट्रोलमा ४.३३ रुपैयाँ घट्यो काठमाडौं। भारतबाट पेट्रोलियम पदार्थको मूल्य घटेर आएको छ। इन्डियन आयल कर्पोरेसन (आईओसी) ले नेपाल आयल निगमलाई पेट्रोलियम
पदार्थको घटेको मूल्यको बिवरण दिएको छ।
निगमका अनुसार पेट्रोल लिटरमा चार रुपैयाँ ३३ पैसा तथा डिजेलमा चार रुपैयाँ ११ पैसा मूल्य घट... |
ब्रोकर लाइसेन्सका लागि १६ कम्पनीलाई दिइयो आशयपत्र काठमाडौं । नेपाल धितोपत्र बोर्डले १६ वटा नयाँ ब्रोकर कम्पनीलाई आशयपत्र दिएको छ ।
बोर्डको आज बिहान बसेको सञ्चालक समितिको बैठकले गत असोजमा आवेदन दिएका ४५ मध्ये १६ वटा कपनीलाई आशय पत्र दिने निर्णय गरेको हो । अन्य कम्पनीको आवेदनमाथि पनि अध्ययन भइरहेको बोर्डका प्रवक्ता मुक्... |
दोस्रो त्रैमासिकसम्मको आर्थिक वृद्धिदर ऋणात्मक काठमाडौँ। चालु आर्थिक वर्ष २०७९/८० को दोस्रो त्रैमासिक अवधिसम्मको कूल गार्हस्थ्य उत्पादन (जिडीपी) वृद्धिदर ऋणात्मक देखिएको छ। चालू आवको बजेटमार्फत आठ प्रतिशतको आर्थिक वृद्धिदरको लक्ष्य राखेको नेपालले अर्धवार्षिक अवधिमा भने ऋणात्मक वृद्धिदर भोगेको हो।
केन्द्रीय तथ्यांक कार्... |
माई खोला हाइड्रोपावरको आईपीओ मंगलबार बाँडफाँड हुने काठमाडौँ। माई खोला हाइड्रोपावरको आईपीओ बाँडफाँड वैशाख १९ गते (मंगलबार) हुने भएको छ। कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटलले बिहीबार बिहान ९ः३० बजे आइपिओ बाँडफाँड हुने जनाएको छ।
कम्पनीको उक्त आइपिओमा १३ लाख ३१ हजार २३८ जनाले कुल १ करोड ४८ लाख ७ हजार ... |
उद्योगहरुको विद्युत् आपूर्ति कटौतीप्रति मोरङ व्यापार संघको आपत्ति विराटनगर। मोरङ–सुनसरी–कटहरी क्षेत्रकाऔद्योगिक कोरिडोरका उद्योगमा नेपाल विद्युत् प्राधिकरणले विभिन्न प्राविधिक त्रुटि देखाउँदै विद्युत् आपूर्ति कटौती गरिरहेकामा मोरङ व्यापार संघले आपत्ति जनाएको छ।
विगतका कोभिडका कारण भएको बन्दाबन्दी तथा विद्यमान अवस्थामा ... |
कुमारी बैंकले संस्थापक सेयर लिलामी बिक्री गर्दै काठमाडौँ। कुमारी बैंकले मंगलबार आफ्नो संस्थापक सेयर लिलामी बिक्री खुला गर्ने भएको छ। बैंकले १४ लाख ९० हजार कित्ता संस्थापक सेयर लिलामी गर्नेछ।
लगानीकर्ताले न्यूनतम १ हजार कित्तादेखि अधिकतम सबै कित्ताका लागि आवेदन दिन सक्नेछन्। बैंककै संस्थापक सेयरधनीसहित अन्य व्यक्ति, कम्... |
नागरिक लगानी कोषको खुद नाफा २६.१५ प्रतिशतले बढ्यो, प्रतिसेयर आम्दानी घट्यो काठमाडौँ। नागरिक लगानी कोषले आर्थिक वर्ष २०७९/८० को तेस्रो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ। सार्वजनिक गरेको विवरण अनुसार कोषको खुद नाफा २६.१५ प्रतिशतले वृद्धि भएको छ। गत बर्ष ६१ करोड ६६ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको कोषले यस वर... |
लगानीकर्ताहरूले अर्थमन्त्रीलाई बुझाए ६ बुँदे ज्ञापनपत्र काठमाडौँ। सेयर बजारका लगानीकर्ताहरुले अर्थमन्त्री डा. प्रकाशशरण महतलाई भेटेर ६ बुँदे मागसहित ज्ञापनपत्र बुझाएका छन्। लगानीकर्ताहरुले अर्थमन्त्री डा. प्रकाशशरण महतसँग भेट गरी पुँजी बजार सुधारका लागि विभिन्न मागहरु प्रस्तुत गरेका हुन्।
उनीहरुले खुला रुपमा नयाँ ब्रोक... |
‘श्रम बजारअनुसार श्रमिकको ‘ब्राण्डिङ’ गरिनेछ’ काठमाडौं। श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारी लामो समयदेखि सांसद र विभिन्न मन्त्रालयको जिम्मेवारी पूरा गर्दै आएका एक कुशल राजनीतिज्ञका रुपमा परिचित छन्।
विसं २०३२ मा नेपाल विद्यार्थी संघबाट राजनीतिमा प्रवेश गरेका उनी २०३८ मा सुधारिएको पञ्चायत व्यवस्थामा ... |
८ वर्षपछि तातोपानी नाकाबाट नेपाली सामान निर्यात तातोपानी। सिन्धुपाल्चोककाे तातोपानी नाका साेमबारदेखि दुई तर्फी रुपमा सञ्चालनमा आएको छ। आठ वर्षपछि तातोपानी नाका सञ्चालनमा आएकाे हाे। पूर्ण रुपमा सञ्चालनमा ल्याउने तयारी स्वरुप साेमबारदेखि दुईतर्फी आयात निर्यात सुरु भएको हो।
साेमबार बिहान नेपालबाट २९ लाख २९ हजार ८ सय ११ रु... |
सुनको मूल्य घट्यो, चाँदी स्थिर काठमाडौँ। नेपाली बजारमा सुनको मूल्य घटेको छ। सोमबार सुनको मूल्य प्रतितोला १ लाख ९ हजार रुपैयाँ कायम भएको छ।
आइतबार प्रति तोला १ लाख ९ हजार २ सय रुपैयाँमा कारोबार भईरहेको छापावाला सुन आज २ सय रुपैयाँले घटेर प्रतितोला १ लाख ९ हजार रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले ज... |
गुहेश्वरी मर्चेन्ट बैंकिंग एण्ड फाइनान्सको बोनस सेयर नेप्सेमा सूचीकृत काठमाडौँ। नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा गुहेश्वरी मर्चेन्ट बैंकिंग एण्ड फाइनान्सको बोनस सेयर सूचीकृत भएको छ। कम्पनीको ६ लाख १७ हजार ७ सय ६० कित्ता बोनस सेयर सूचीकृत भएको हो।
बैंकले आर्थिक वर्ष २०७८/७९को मुनाफाबाट आफ्नो सेयरधनीलाई ६.५ प्रतिशत बोनस स... |
तातोपानीलगायत उत्तरी चीनका नाकाहरु आजदेखि खुला हुने काठमाडौँ। लामो समयदेखि बन्द रहेका चीनतर्फका उत्तरी नाका आजदेखि खुला हुने भएका छन्। भूकम्पका कारण बन्द भएको मुख्यतः सिन्धुपाल्चोकको तातोपानी नाकासहित अन्य चिनियाँ नाकाहरु पनि सोमबारदेखि खुला हुने भएको हो।
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका अनुसार गत चैतमा चीनसँग भ... |
सोमबार सेयर बजार बन्द काठमाडौं। आज सोमबार सेयर बजार बन्द हुने भएको छ। आज मे १ अर्थात अन्तर्राष्ट्रिय श्रमिक दिवस सरकारले देशभर सार्वजनिक बिदा दिएको छ। सरकारले सार्वजनिक बिदा दिएसँगै सेयर बजार पनि बन्द हुने भएको हो।
अब सेयर बजार मंगलबार बिहान ११ बजे खुल्नेछ। यसअघि आइतबार नेप्से सूचक १९.१० अंकले घटेर १८७०.६६ विन्दुमा पुग... |
अमेरिकी डलरको भाउ स्थिर, युरोकाे भने वृद्धि काठमाडौं। नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ। साेमवार अमेरिकी डलरको भाउ स्थिर रहेको छ।
आइतबार दुइ पैसाले बढेको अमेरिकी डलर सोमबार भने स्थिर रहेको छ। सोमबार एक अमेरिकी डलरको खरिददर १३० रुपैयाँ ६३ पैसा र बिक्रीदर १३१ रुपैयाँ २३ पैसा का... |
यस्तो छ आजकाे हरियो तरकारी तथा फलफूलको मूल्य काठमाडौं। कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले सोमबार लागि तरकारी तथा फलफुलको मुल्य सार्बजनिक गरेको छ। जसअनुसार दसहरी आँपको न्यूनतम मूल्य प्रतिकेजी १८० रुपैयाँ, हरियो अंगुर १२० रुपैयाँ, कालो अंगुर १५० रुपैयाँ, अनार २५० रुपैयाँ, अमला ९० रुपैयाँ र किवि ४०० रुपैयाँमा खर... |
प्रधानमन्त्री भेटेपछि लघुवित्त पीडितको आमरण अनसन स्थगित काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँगको छलफलपश्चात लघुवित्तविरुद्धको सङ्घर्ष समितिका संरक्षक अगस्त अधिकारीले अनसन स्थगित गरेका छन्।
अधिकारीले आफूहरुको माग सम्बोधन नभए आज बेलुका ६ बजेदेखि वसन्तपुरमा आमरण अनसन बस्ने चेतावनी दिएका थिए ।
प्रधानमन्त्री प्... |
डलर सटहीको सीमा बढाइयो काठमाडौं। नेपाल राष्ट्र बैंकले अमेरिकी डलर सटहीका लागि तोकिएको सीमा बढाएको छ।
बैंक तथा वित्तीय संस्थाका लागि जारी गरिएको एकीकृत परिपत्र, २०७९ मा संशोधन गर्दै राष्ट्र बैंकले यस्तो सीमा बढाएको हो।
यसअघि नेपाल राष्ट्र बैंकबाट इजाजत पाएका मनी एक्सचेञ्रले नेपाली नागरिकसँग गर्ने सटही कारोबार गर्दा अमेर... |
१९.११ अंकले ओरालो लाग्यो सेयर बजार, ९५ करोड ४३ लाखको कारोबार काठमाडौं। साताको कारोबारको पहिलो दिन आइतबार सेयर बजार घटेको छ। आइतबार नेप्से परिसूचक १९.११ अंकले घटेर १८७०.६५ विन्दुमा पुगेको छ। यस्तै, ठूला कम्पनीको सेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक २.९५ अङ्कले घटेर ३५८.१४ विन्दुमा पुगेको छ।
नेपाल स्टक एक्सचेञ्ज (न... |
आत्मनिर्भर लघुवित्तको आईपीओ नेप्सेमा सूचिकृत, कति पायो ओपनिङ्ग रेञ्ज ? काठमाडौँ। नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा आत्मनिर्भर लघुवित्त वित्तीय संस्थाको आइपिओ सूचिकृत भएको छ। कम्पनीको ६ लाख २३ हजार ३८० कित्ता आईपीओ नेप्सेमा सूचिकृत भएको हो।
आइपिओ सूचिकृत भएसंगै सेयर कारोबार गर्नको लागि ओपनिङ्ग रेञ्ज पनि तोकिएको छ। कम्पनीक... |
नेपाललाई १० कराेड डलर ऋण सहयोग गर्ने विश्व बैंकको निर्णय काठमाडौँ। विश्व बैंकले स्वास्थ्य क्षेत्रमा काम गर्न नेपाललाई १२ अर्ब ९१ करोड ६३ लाख रूपैयाँ ऋण सहायता दिने भएको छ।
हालै बसेको विश्व बैंकको कार्यकारी सञ्चालक समितिको बैठकले नेपालको स्वास्थ्य गुणस्तर सुदृढीकरणका लागि १० करोड अमेरिकी डलर ऋण सहायता दिने निर्णय गरेक... |
Subsets and Splits
No community queries yet
The top public SQL queries from the community will appear here once available.