content stringlengths 20 64.1k ⌀ |
|---|
नेपाल मलेसियासँग भिड्दै, जित निकाले सेमिफाइनलमा पुग्ने काठमाडौं। नेपाल र मलेसियाबीच आज प्रतिस्पर्धा हुँदैछ।
मलेसियामा जारी एसिसी इस्ट जोन कपमा समूह चरणको अन्तिम खेलमा नेपाल घरेलु टोली मलेसियासँग प्रतिस्पर्धामा उत्रन लागेको हो। सो खेल बिहान ७ः१५ बजेवाट सुरू हुँदैछ।
पहिलो खेलमा थाईल्यान्डलाई २ सय २५ रनको फराकिलो अन्तरले ... |
उपत्यकास्तरीय फुटसल च्याम्पियनशिप सुरु (तस्वीरहरु) काठमाडौं। नेकपा एमालेको युवा संगठन राष्ट्रिय युवा संघ नेपालले आयोजना गरेको काठमाडौं उपत्यकास्तरीय भ्याली फुटसल च्याम्पियनशिप आजबाट सुरु भएको छ।
संगठनका अध्यक्ष क्षितिज थेबेले आजबाट उद्धाटन गरिएको फुटसल खेल प्रतियोगितामा बोल्दै एमालेमा नवयुवाहरुको आकर्षण बढेको बताए।
नवय... |
फिफा वरियतामा नेपालको स्थान खस्कियो काठमाडौं । विश्व फुटबलको सर्वोच्च निकाय फिफा वरियतामा नेपाल एक स्थान तल झरेको छ । फिफाले आज सार्वजनिक गरेको नयाँ वरियताअनुसार नेपाल १७५औँ स्थानमा झरेको हो । यसअघि नेपाल १७४औँ स्थानमा रहेको थियो ।
दक्षिण एशियाली राष्ट्रमा भारत अग्रस्थानमा छ । भारत १००औँ स्थानमा छ । यस्तै माल्दिभ्स १५४... |
एसियाडका लागि भारोत्तोलनका चार खेलाडी छनोट काठमाडौं । चीनको हाङझावमा हुने १९औँ एशियाली खेलकुद (एशियाड) प्रतियोगिताका लागि भारोत्तोलनका चार खेलाडी छनोट भएका छन् ।
अन्तिम छनोट प्रतियोगिताबाट आज दुई पुरुष र दुई महिला गरी चार खेलाडी छनोट भएको नेपाल भारोत्तोलन सङ्घका अध्यक्ष राम श्रेष्ठले जानकारी दिए ।
पुरुष ८१ केजीमा कञ्चन... |
थाइल्यान्डविरुद्ध नेपालको सानदार जित काठमाडौं। एसीसी यु १६ मेन्स इस्टर्न रिजन कप-२०२३ को आफ्नो पहिलो खेलमा नेपालले थाइल्यान्डलाई २५५ रनले पराजित गरेको छ।
नेपालले दिएको २ सय ७० रनको विशाल लक्ष्य पछ्याएको थाइल्यान्ड १३.२ ओभरमा ४४ रन बनाउँदा अलआउट भयो।
मलेसियाको बाँगीमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले ३५ ओभरमा आठ विक... |
नेपालद्वारा थाइल्यान्डलाई दुई सय ७० रनको लक्ष्य काठमाडौँ। एसिसी यु १६ मेन्स इस्टर्न रिजन कप–२०२३ को आफनो पहिलो खेलमा नेपालले थाइल्यान्डलाई जितका लागि दुई सय ७० रनको लक्ष्य दिएको छ।
मलेसियाको बाँगीमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले ३५ ओभरमा आठ विकेट गुमाउँदै दुई सय ६९ रनको योगफल बनायो। नेपालका ओपनर नीरजकुमार यादवले... |
विजेता खेलाडीलाई सम्मान बेनी। म्याग्दीको अन्नपूर्ण गाउँपालिकाले राष्ट्रियस्तरको अन्तरपालिका ‘मेयर कप’ बास्केटबल प्रतियोगिताको उपाधि जित्ने खेलाडीलाई सम्मान गरेको छ।
काठमाडौंको कीर्तिपुर नगरपालिकाले आयोजना गरेको यु-१८ अन्तरपालिका मेयर कप पुरुष बास्केटबल प्रतियोगितामा अन्नपूर्ण गाउँपालिकाबाट सहभागी भइ विजयी भएका खेलाडीला... |
पालिकाको सहयोगमा पाँचपोखरीका दुई क्रिकेट खलाडी तालिमका लागि भारत प्रस्थान सिन्धुपाल्चोक । पाँचपोखरी थाङपाल गाउँपालिकाले आफ्नो पालिकाका दुई क्रिकेट खलाडीलाई थप तालिमका लागि भारत पठाएको छ ।
पाँचपोखरी थाङपाल गाउँपालिकाका सार्थक धिताल र पासाङ दोर्जे तामाङलाई पालिकाको लगानी तथा सिन्धुपाल्चोक क्रिकेट सङ्घको समन्वयमा तालिममा ... |
सात वर्षपछि पाकिस्तानी क्रिकेट टोली भारतमा खेल्ने मुम्बई । सात वर्षपछि पाकिस्तानी क्रिकेट टोली भारतीय भूमिमा खेल्ने भएको छ ।
भारतले सात वर्षपछि पहिलो पटक ५० ओभरको विश्वकप खेलका लागि पाकिस्तानको क्रिकेट टोलीलाई स्वागत गर्ने भएको छ ।
अन्तरराष्ट्रिय क्रिकेट काउन्सिलले मङ्गलबार यसबारे सूचना सार्वजनिक गरेको छ । बहुप्रतीक्षि... |
आशिषकाे गोलमा नेपाल विजयी काठमाडौं । भारतमा जारी १४ औं संस्करणको साफ च्याम्पियनसिप फुटबल अन्तर्गत समूह चरणको आफ्नो अन्तिम खेलमा नेपालले जित निकालेको छ ।
बैंगलोरस्थित श्री कांतिराव स्टेडियममा मंगलबार भएको खेलमा नेपालले पाकिस्तानलाई १–० गोल अन्तरले हराएको हो । नेपालको जितमा आशिष चौधरीले निर्णायक गोल गरे ।
पहिलो हाफ गोलरह... |
आशिषको डेब्यू गोलमा नेपालको अग्रता काठमाडौं । १४ औं संस्करणको साफ च्याम्पियनसिप फुटबल अन्तर्गत समूह चरणको अन्तिम खेलमा नेपालले अहिले पाकिस्तानविरुद्ध प्रतिस्पर्धा गरिरहेको छ ।
बैंगलोरस्थित श्री कांतिराव स्टेडियममा जारी खेलमा नेपालले पाकिस्तानविरुद्ध १–०को अग्रता लिएको छ । नेपालका लागि आशिष चौधरीले ८० औँ मिनेटमा गोल गर्... |
नेपाल र पाकिस्तानबीचको पहिलो हाफ गोलरहित बराबरी काठमाडौं । १४ औं संस्करणको साफ च्याम्पियनसिप फुटबल अन्तर्गत समूह चरणको अन्तिम खेलमा नेपालले अहिले पाकिस्तानविरुद्ध प्रतिस्पर्धा गरिरहेको छ ।
बैंगलोरस्थित श्री कांतिराव स्टेडियममा जारी खेलको पहिलो हाफ सकिदा नेपाल र पाकिस्तानले गोलरहित बराबरी खेलेका छन् । पहिलो हाफमा नेपालल... |
साफ च्याम्पियनसिपः नेपाल र पाकिस्तानबीच प्रतिस्पर्धा हुँदै काठमाडौं। आज नेपाल र पाकिस्तानबीचमा प्रतिस्पर्धा हुँदैछ। भारतमा जारी १४ औं संस्करणको साफ च्याम्पियनसिपमा आज नेपाल र पाकिस्तानबीचमा प्रतिस्पर्धा हुन लागेको हो।
अखिल नेपाल फुटबल संघका अनुसार समूह चरणको अन्तिम खेलमा नेपालले आज पाकिस्तानसँग प्रतिस्पर्धा गर्न लागेको... |
सप्तरी प्रिमियर लिगको उपाधि बजाज खडक वारियर्सलाई राजविराज । बजाज खडक वारियर्सले पाँचौ संस्करणको राजविराज मेयर कप सप्तरी प्रिमियर लिगको उपाधि जितेको छ। वारियर्सले तेश्रो पटक लिगको उपाधि जितेको हो। पब्लिक विन्देश्वरी क्रिकेट मैदानमा सम्पन्न फाइनलमा कन्चनरुप राइनोजले दिएको १४५ रनको लक्ष्य ३ बल बाँकी रहंदा पछ्याउदै बजाज खड... |
प्रधानमन्त्री कप राष्ट्रिय भलिबल असार २३ गतेदेखि काठमाडौं । सातौं प्रधानमन्त्री कप राष्ट्रिय महिला तथा पुरुष क्लब लिग भलिबल प्रतियोगिता असार २३ गतेदेखि काठमाडौंमा सुरु हुने भएको छ ।
नेपाल भलिबल संघले सोमबार काठमाडौंमा पत्रकार सम्मेलनको आयोजना गरि प्रतियोगिता असार २३ देखि ३० गतेसम्म आयोजना हुने जानकारी दिएको हो । प्रतिय... |
खेलकुदमन्त्रीको जवाफ- धुर्मुस-सुन्तली क्रिकेट रंगशालाको स्वामित्व ग्रहण गर्न १ लाख छुट्याइयो काठमाडौं। खेलकुदमन्त्री डिग बहादुर लिम्बुले धुर्मुस-सुन्तली क्रिकेट रंगशालाको स्वामित्व ग्रहण गर्नका लागि १ लाख बिनियोजन गरिएको बताएका छन्।
आइतबार प्रतिनिधिसभा बैठकमा आफ्ना मन्त्रालयमाथि बिनियोजित बजेटमा उठेका प्रश्नको जवाफ दिद... |
जिम्बावेले वेस्ट इन्डिजलाई हरायो काठमाडौं । आइसिसी एकदिवसीय विश्वकप छनोट प्रतियोगितामा जिम्बावेले वेस्ट इन्डिजलाई पराजित गरेको छ ।
जिम्बावेको हरारेस्थित हरारे स्पोर्टस् क्लबमा आज भएको खेलमा घरेलु टोली जिम्बावेले वेस्ट इन्डिजलाई ३५ रनले पराजित गरेको हो । योसँगै समूह ‘ए’ बाट घरेलु टाली जिम्बावे, वेस्ट इन्डिज र नेदरल्यान्... |
भारतसँग पराजित हुँदै साफ च्याम्पियनसिपबाट नेपाल बाहिरियो काठमाडौं । साविक उपविजेता नेपाल भारतमा जारी १४ औं संस्करणको साफ च्याम्पियनसिप फुटबलको समूह चरणबाट बाहिरिएको छ । बैंगलोरस्थित श्री कांतिराव स्टेडियममा शनिबार साविक विजेता भारतसँग २–० ले पराजित भएपछि नेपाल समूह चरणबाटै बाहिरिएको हो ।
भारतलाई जित दिलाउन कप्तान सुनिल... |
साफ च्याम्पियनसिप : नेपालविरुद्ध भारतलाई २-० को अग्रता काठमाडौं । १४ औं संस्करणको साफ च्याम्पियनसिप फुटबल अन्तर्गत नेपालले अहिले आयोजक भारतसँग प्रतिस्पर्धा गरिरहेको छ ।
बैंगलोरस्थित श्री कांतिराव स्टेडियममा जारी खेलमा भारतले नेपालविरुद्ध २-० को अग्रता बनाएको छ ।
खेलको ७० औं मिनेटमा महेश सिंह नोरिमले गोल गर्दै भारतलाई २... |
भारतको अग्रता काठमाडौं । १४ औं संस्करणको साफ च्याम्पियनसिप फुटबल अन्तर्गत नेपालले अहिले आयोजक भारतसँग प्रतिस्पर्धा गरिरहेको छ ।
बैंगलोरस्थित श्री कांतिराव स्टेडियममा जारी खेलमा भारतले नेपालविरुद्ध सुरुआती अग्रता बनाएको छ ।
खेलको ६१ औं मिनेटमा सुनिल क्षेत्रीले गोल गर्दै भारतलाई अग्रता दिलाएका हुन् । |
साफ च्याम्पियनसिप फुटबलमा कुवेत विजयी काठमाडौं । भारतमा जारी १४औँ संस्करणको साफ च्याम्पियनसिप फुटबल प्रतियोगिताअन्तर्गत आज भएको पहिलो खेलमा आमन्त्रित टोली कुवेतले पाकिस्तानलाई पराजित गरेको छ । भारतको बैङ्गलोरस्थित कान्तिरभा रङ्गशालामा आज भएको खेलमा कुवेतले पाकिस्तानलाई ४–० गोल अन्तरले पराजित गरेको हो ।
कुवेतको जीतमा मु... |
नेपाल केन्पो खुकुरी मार्शल आर्ट्स संघ बागमतीमा संगम लामा निर्वाचित भक्तपुर । नेपाल केन्पो खुकुरी मार्शल आर्ट्स संघ बागमति प्रदेशको अध्यक्षमा संगम लामा निर्वाचित भएका छन् । संघको तेस्रो भेलाबाट लामाको अध्यक्षतामा २१ सदस्यीय नयाँं कार्यसमिति सर्वसम्मत निर्वाचित भएको हो ।
समितिको उपाध्यक्षमा केशव कवां र नविनबज्र लामा, सच... |
पहिलो हाफमा नेपाल र भारतको गोलरहित बराबरी काठमाडौं । १४ औं संस्करणको साफ च्याम्पियनसिप फुटबल अन्तर्गत नेपाल र भारतबीचको पहिलो हाफमा गोलरहित बराबरी भएको छ ।
भारतको बैंगलोरस्थित श्री कांतिराव स्टेडियममा जारी खेलको पहिलो हाफमा दुवै टोलीले गोल गर्न सकेनन् । रोमान्चक बनेको पहिलो हाफमा दुबै टोलीले पाएको केहि अवसरलाई गोलमा पर... |
ड्रागन बोट रेस : चीनको सिचुवान च्याम्पियन, नेपाली टोली उपविजेता कास्की । पोखरामा आयोजना गरिएको नेपाल–चीन मैत्रीपूर्ण ‘ड्रागन बोट रेस’ प्रतियोगितामा नेपाली टोली उपविजेतामा सीमित भएको छ । फेवातालमा यही जेठ ८ देखि सुरु बोट रेसको आज सम्पन्न फाइनलमा चीनको सिचुवान ड्रागन बोर्ट टिमले दुई सय र पाँच सय मिटरको दुवै विधामा च्याम्... |
नेदरल्यान्ड्सको फराकिलो जित, नेपालको विश्वकप खेल्ने सपना समाप्त काठमाडौं । आईसीसी एकदिवसीय विश्वकप छनोटबाट नेपाल बाहिरिएको छ । समूह चरणअन्तर्गतको आफ्नो अन्तिम खेलमा नेदरल्यान्ड्ससँग ७ विकेटको फराकिलो हारसँगै नेपाल बाहिरिएको हो ।
जिम्बाब्वेमा भएको खेलमा नेपालले दिएको १६८ रनको लक्ष्य नेदरल्यान्ड्सले २७.१ ओभरमा मात्र ३ वि... |
सुदूरपश्चिम स्पोर्टस अवार्डलाई भाया नेटको साथ धनगढी । ‘एसपिए सुदूरपश्चिम स्पोर्टस अवार्ड २०७९’ लाई भाया नेटले साथ दिएको छ । असार १५ गते धनगढीको ओम प्यालेसमा हुने अवार्डमा भाया नेटले साथ दिएको हो । भाया नेट ईन्टरनेट पार्टनरको रुपमा अवार्डमा जोडिएको हो । भाया नेटका मार्केटिङ अफिसर दिनेश बोहोरा र नेपाल खेलकुद पत्रकार मञ्च... |
नेपालले दियो नेदरल्यान्ड्सलाई १६८ रनको लक्ष्य काठमाडौं । आईसीसी एकदिवसीय विश्वकप छनोट प्रतियोगिता अन्तर्गतको आफ्नो अन्तिम खेलमा नेपालले नेदरल्यान्ड्सलाई १ सय ६८ रनको लक्ष्य दिएको छ । टाकासिंगा स्पोर्टस् क्लबमा टस हारेर ब्याटिङ गरेको नेपाल ४४ दशमलब ३ ओभरमा १ सय ६७ रन बनाउदै अलआउट भयो ।
नेपालका लागि कप्तान रोहित पौडेलले ... |
साफ च्याम्पियनः नेपाल र भारत बीच प्रतिस्पर्धा हुँदै काठमाडौं। नेपाल फुटबल टिम र भारतबीच आज प्रतिस्पर्धा हुँदैछ। आज १४ औं संस्करणको साफ च्याम्पियनसिपमा भारतसँग नेपालले प्रतिस्पर्धा गर्न लागेको हो।
दक्षिण भारतको बैंग्लोरमा जारी प्रतियोगिता आज हुने सो खेल राति पौने ८ बजेबाट सुरु हुनेछ। पहिलो खेलमा आमान्त्रित टिम कुवेतसँग ... |
नेदरल्याण्डसँग प्रतिस्पर्धा गर्दै नेपाल, बिजय भए मात्रै सुपर सिक्समा पुग्ने काठमाडौं। नेपाली क्रिकेट टिमले आज नेदरल्याण्डसँग प्रतिस्पर्धा गर्दैछ। आइसिसी विश्वकप छनोट अन्तर्गत आफ्नो समूह चरणको अन्तिम खेलमा शनिबार नेपालले नेदरल्यान्ड्ससँग प्रतिस्पर्धा गर्न लागेको हो।
जिम्बावेको ताकाशिंगा क्रिकेट स्पोर्ट्स क्लबमा हुने सो ... |
नेपाल–चीन फ्रेण्डसीप ‘ड्रागन बोट रेस’: नेपाल र चीनका दुई–दुई टोली अघिल्लो चरणमा कास्की । पोखरामा आजदेखि सुरु भएको नेपाल–चीन फ्रेन्डसीप ‘ड्रागन बोट रेस फेस्टिभल’मा नेपालका दुई र चीनका दुई टोली सेमिफाइनलमा प्रवेश गरेका छन् ।
फेवातालमा भएको सो प्रतियोगितामा नेपालका चार र चिनियाँ चार गरी आठ टोलीबीचको प्रतिस्पर्धामा दुई–दुई... |
काभा पुरुष भलिबलमा लगातार नेपाललाई पाचौं असफलता काठमाडौं । किर्गिस्तानमा भइरहेको काभा पुरुष भलिबल नेसन्स लिगमा नेपाल लगातार पाँचौं खेलमा पनि पराजित भएको छ ।
किर्गिस्तानमा भएको खेलमा नेपाल किर्गिस्तानको दोस्रो टोलीसँग ३–२ को सेटमा पराजित भएको हो ।
नेपाल यसअघि तुर्केमिनिस्तान, मङ्गोलिया, किर्गिस्तान र इरानसँग पराजित भएको... |
एसपिए सुदूरपश्चिम स्पोर्ट्स अवार्ड : वर्ष खेलाडीको मनोनयन सार्वजनिक सुदूरपश्चिम । यही असार १५ गते धनगढीमा आयोजना हुने ‘एसपिए सुदूरपश्चिम स्पोर्ट्स अवार्ड २०७९’ को वर्ष खेलाडी विधाको मनोनयन सार्वजनिक गरिएको छ ।
आयोजक नेपाल खेलकुद पत्रकार मञ्च कैलालीले आज धनगढीमा सञ्जीवनी अस्पताल वर्ष खेलाडी पुरुष र हिमालयन गौरीशङ्कर डेन... |
आइसीसीले गर्यो अमेरिकी बलर कायल फिलिपलाई निलम्बन काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसीसी) ले अमेरिकाका तीव्र गतिका बलर कायल फिलिपलाई निलम्बन गरेको छ । गलत बलिङ एक्सनको कारण उनलाई निलम्बन गरेको आइसीसीले जनाएको छ ।
जिम्बावेमा जारी विश्वकप छनोटको वेस्ट इन्डिजसँगको खेलको क्रममा उनको बलिङ एक्शनलाई लिएर म्याच रेफ्... |
ओमान ९८ रनमा अलआउट काठमाडौं । आइसिसी एकदिवसीय विश्वकप छनोटअन्तर्गत समूह ‘बी’ अन्तर्गतको आजको खेलमा ओमान ९८ रनमा अलआउट भएको छ ।
जिम्बावेको बुलवायो क्रिकेट मैदानमा भएको श्रीलंकाविरुद्धको खेलमा ओमान ३० दशमलव दुई ओभरमा सबै विकेट गुमाउँदै ९८ रनमा समेटियो । ओमानका लागि आयान खानले सर्वाधिक ४१ रन बनाए । ओमानका लागि जतिन्दर सिं... |
सुपर सिक्समा पुग्न नेपाललाई नेदरल्यान्ड्सविरुद्धको खेल जित्नै पर्ने दबाब काठमाडौं। आइसीसी विश्वकप छनोट-२०२३ को समूह चरणको आफ्नो अन्तिम खेलमा नेपालभोलि नेदरल्यान्ड्ससँग खेल्दैछ ।
जिम्बाबेको हरारे स्पोर्ट्स क्लबको मैदानमा हुने खेलमा नेपाल जीतको लक्ष्यसहित नेदरल्यान्ड्ससँग भिड्दैछ । नेपाल र नेदरल्यान्ड्सबीचको खेल नेपाली स... |
आज नेपाल-चीन फ्रेन्डसिप ड्रागन बोट रेस फेस्टिभलको उदघाटन हुँदै पोखरा। आज नेपाल–चीन फ्रेन्डसिप ड्रागन बोट रेस फेस्टिभलको उद्घाटन हुँदैछ।
दक्षीण एसिया मै पहिलो पटक पोखराको फेवातालमा आज उद्घाटन हुन गइरहेको ड्रागन बोट रेस फेस्टिभल दुई दिनसम्म चल्नेछ। सो फेस्टिबल शुक्रबार र शनिबार गरी दुई दिनसम्म चल्न लागेको हो।
पोखरामा पहि... |
भलिबल : नेपाल तुर्किमिनिस्तानसँग पराजित काठमाडौं । किर्गिस्तानमा जारी सेन्ट्रल एसियन भलिबल एसोसिएसन (काभा) पुरुष भलिबल नेसन्स लिगमा नेपाल तुर्किमिनिस्तानसँग पराजित भएको छ ।
किर्गिस्तानको बिस्केकस्थित स्पोर्ट्स एन्ड रिक्रिएसन कम्प्लेक्समा आज भएको खेलमा तुर्किमिनिस्तानले नेपाललाई ३–१ को सेटमा पराजित गरेको हो । तुर्किमिनि... |
वेष्ट ईण्डिजसँग नेपाल १०१ रनले पराजित काठमाडौं । आईसीसी विश्वकप छनोट अन्तर्गतको आफ्नो तेस्रो खेलमा नेपाल वेष्ट ईण्डिजसँग पराजित भएको छ । जिम्बाब्वेको हरारेमा भएको खेलमा नेपाल १०१ रनले पराजित भएको हो ।
वेष्ट ईण्डिजले दिएको ३४० रनको विशाल लक्ष्य पछ्याएको नेपालले ४९.४ ओभरमा सबै विकेट गुमाएर २३८ रन बनायो । नेपालका लागि आरि... |
होप र पुरनको शतकीय पारीमा नेपाललाई विशाल लक्ष्य काठमाडौं । जिम्बाब्वेमा जारी आईसीसी विश्वकप छनोट अन्तर्गतको खेलमा वेष्ट ईण्डिजले नेपाललाई विशाल लक्ष्य दिएको छ । हरारेमा जारी खेलमा वेष्ट ईण्डिजले नेपाललाई ३४० रनको लक्ष्य दिएको हो ।
हरारेमा जारी खेलमा कप्तान साई होप र निकोलस पुरनको शतकीय पारीमा वेष्ट ईण्डिजले निर्धारित ५... |
नेपाललाई चौथो सफलता, दिपेन्द्रसिंह ऐरीले लिए विकेट काठमाडौं। जिम्बाब्वेमा जारी आईसीसी एकदिवसीय विश्वकप छनोटअन्तर्गत आफ्नो तेस्रो खेलमा नेपालले वेष्ट इण्डिजको चौथो विकेट लिएको छ।
जिम्बाव्वेको हरारे स्पोर्टस क्लबमा भइरहेको खेलमा नेपालका दिपेन्द्रसिंह ऐरीले चौथो विकेट लिएका हुन् । उनले ४४ ओभरको अन्तिम बलमा नेपाललाई चौथो व... |
नेपाललाई तेस्रो सफलता, सन्दीप लामिछानेले लिए विकेट काठमाडौं। जिम्बाब्वेमा जारी आईसीसी एकदिवसीय विश्वकप छनोटअन्तर्गत आफ्नो तेस्रो खेलमा नेपालले वेष्ट इण्डिजको तेस्रो विकेट लिएको छ।
जिम्बाव्वेको हरारे स्पोर्टस क्लबमा भइरहेको खेलमा नेपालका सन्दीप लामिछानेले तेस्रो विकेट लिएका हुन्। १५.३ ओभरमा नेपाललाई तेस्रो सफला दिँदै ला... |
नेपाललाई दोस्रो सफलता, विस्फोटक ब्याटर जोनसोन चार्ल्स आउट काठमाडौं। आइसीसी विश्वकप छनोटको आफ्नो तेस्रो खेलमा नेपालले आज वेष्ट इण्डिजको सामना गर्दैछ। जिम्बाब्वेको हरारेमा पहिला ब्याटिङ वेष्ट इण्डिजले पाचौँ ओभरमा दुई विकेट गुमाएको छ।
वेष्ट इण्डिजका विस्फोटक ब्याटर जोनसोन चार्ल्स शून्य रनमा आउट भएका छन्। ६ बल खेलेका उनी ग... |
विश्वकप विजेता वेस्ट इन्डिजविरुद्धको खेलमा नेपालले टस जित्यो काठमाडाैं। आइसिसी एक दिवसीय विश्वकप छनोटको आफनो तेस्रो खेलमा नेपालले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिएको छ। जिम्बावेको हरारे स्पोर्ट्स क्लबमा नेपाली टोलीका कप्तान रोहित पौडेलले टस जितेपछि पहिला फिल्डिङ गर्ने निर्णय लिएका हुन्।
यससँगै अब वेस्ट इन्डिजसले ... |
नेपाललाई पहिलो विकेट, करणको बलमा काइल मेयर्स आउट काठमाडौं । आइसीसी विश्वकप छनोटको आफ्नो तेस्रो खेलमा नेपालले आज वेष्ट इण्डिजको सामना गर्दैछ । जिम्बाब्वेको हरारेमा वेष्ट इण्डिजविरुद्ध नेपालले टस जितेर पहिला बलिङ रोजेको छ।
ब्याटिङ गरिहेको वेष्ट इण्डिजले पहिलो विकेट गुमाएको छ। दोस्रो ओभरको तेस्रो बलमा वेष्ट इण्डिजका काइल ... |
विश्वकप छनोट : नेपालले वेष्ट इण्डिजविरुद्ध पहिला बलिङ गर्ने काठमाडौं । आइसीसी विश्वकप छनोटको आफ्नो तेस्रो खेलमा नेपालले आज वेष्ट इण्डिजको सामना गर्दैछ । जिम्बाब्वेको हरारेमा वेष्ट इण्डिजविरुद्ध नेपालले टस जितेर पहिला बलिङ रोजेको छ ।
नेपालले आजको खेलमा कुनै परिवर्तन गरेको छैन् । नेपालका तीव्र गतिका बलर सोमपाल कामी घाइते... |
बलियो वेष्ट इण्डिजविरुद्ध नेपालको परीक्षा काठमाडौं । आईसीसी विश्वकप छनोट अन्तर्गतको आफ्नो तेस्रो खेलमा नेपालले आज वेष्ट ईण्डिजको सामना गर्दैछ । जिम्बाब्वेको हरारे स्पोर्ट्स क्लबमा हुने खेलमा यी दुई टोली पहिलोपटक आमनेसामने हुन लागेका हुन् ।
चार पटकको विश्वकप विजिताको वेष्ट ईण्डिज नेपालको लागि बलियो प्रतिद्वन्द्वी हो । व... |
नेपाल पहिलो पटक विश्वकप क्रिकेट बिजेता बेष्ट इन्डिजसँग भिड्दै काठमाडौं। नेपालले पहिलो पटक विश्वकप क्रिकेट बिजेतासँग आज क्रिकेट खेल्दैछ। आइसिसी विश्वकप छनोट २०२३ को आफ्नो तेस्रो खेलमा नेपालले विश्वकप बिजेता वेस्ट इन्डिजसँग खेल्न लागेको हो।
सो खेल नेपाली समय अनुसार अपरान्ह १२ः ४५ बजेवाट हरारे स्पोर्ट्स क्लबमा सुरु हुनेछ।... |
सप्तरी प्रिमियर लिग : बजाज खडक वारियर्स र रुपनी राइडर्स विजयी राजविराज । सप्तरीको राजविराजमा जारि सप्तरी प्रिमियर लिगको चौंथो दिन सम्पन्न दुई खेलमा बजाज खडक वारियर्स र रुपनी राइडर्स विजयी भएका छन्।
पहिलो खेलमा बजाज खडक वारियर्सले राजविराज द किंगलाई ७ विकेटले पराजित गर्यो। राजविराजले दिएको ८८ रनको लक्ष्य खडक वारियर्सले ... |
साफ च्याम्पियनसिपः पहिलो खेलमा नेपाल कुवेतसँग पराजित काठमाडौं । साफ च्याम्पियनसिप फुटबल अन्तर्गतको पहिलो खेलमा नेपाल कुवेत पराजित भएको छ ।
भारतको बैंगलोरस्थित श्री कांतिराव स्टेडियममा भएको पहिलो खेलमा नेपाल कुवतेसँग ३–१ गोलले पराजित भएको हो । कुवेतको जितमा कप्तान खालिद हाजिह, शाबैब अल्खाल्दी र मोहमद अब्दुल्लाहले एक एक ... |
साफ च्याम्पियनसिप : पहिलो हाफमा नेपाल कुवेतसँग २–० ले पछाडी काठमाडौं । साफ च्याम्पियनसिप फुटबल अन्तर्गत पहिलो खेलमा नेपालले कुवेतविरुद्ध प्रतिस्पर्धा गरिरहेको छ ।
भारतको बैंगलोरस्थित श्री कांतिराव स्टेडियममा जारी खेलको पहिलो हाफ सकिँदा नेपाल २–० गोलले पछाडी परेको छ ।
खेलको २३ औं मिनेटमा कुवेतका कप्तान खालिद हाजिहले हेड... |
एसियाडका लागि ६ खेलाडी छनोट काठमाडौँ। नेपाल स्क्वास राकेट्स संघले चीनको होङझावमा आयोजना हुने १९औँ एसियाली खेलकुद प्रतियोगिताका लागि आज ६ जना खेलाडी चयन गरेको छ।
संघले राउन्ड रोविन लिगको आधारमा गरिएको छनोट प्रतियोगिताबाट पुरुषतर्फ र महिलातर्फ समान तीन/तीन खेलाडी छनोट गरिएको हो।
एसियाडमा नेपालको प्रतिनिधित्व गर्ने खेलाडी... |
साफ च्याम्पियनसिपको उद्घाटन खेलमा नेपाल-कुवेत भिड्दै काठमाडौं। साफ च्याम्पियनसिपको उदघाटन खेलमा आज नेपाल र कुवेतबीच प्रतिस्पर्धा हुँदैछ।
आज भारतको बेंग्लोरमा हुने प्रतियोगिताको उद्घाटन खेलमा नेपाल र कुवेतबीच प्रतिस्पर्धा हुन लागेको हो। साे खेल दिउँसाे ३ः४५ बजेबाट सुरू हुनेछ। कुबेत पहिलो पटक दक्षिण एसियाको सबैभन्दा ठूल... |
पुरुष भलिबलमा नेपाल इरानसँग पराजित काठमाडौं । कीर्गिस्तानमा जारी सेन्ट्रल एसियन भलिबल एसोसिएसन (काभा) पुरुष भलिबल नेसन्स लिगमा नेपाल इरानसँग पराजित भएको छ । कीर्गिस्तानको बिस्केकस्थित स्पोर्ट्स एण्ड रिक्रिएसन कम्प्लेक्समा आज भएको खेलमा नेपाल इरानसँग ३–० को सोझो सेटमा पराजित भएको हो ।
इरानले नेपाललाई पहिलो सेट २५–१६, दो... |
विश्वकप छनोटमा नेपाल ६ विकेटले विजयी काठमाडौं । जिम्बावेमा जारी आइसीसी एकदिवसीय विश्वकप छनोट प्रतियोगिताको आफ्नो दोस्रो खेलमा नेपालले अमेरिकालाई ६ विकेटले पराजित गरेको छ । जिम्बावेको राजधानी हरारेमा रहेको टागासिंगा स्पोर्टस् क्लबमा अमेरिकाले दिएको २०८ रनको लक्ष्य नेपालले ४२ बल बाँकी छँदै पुरा गरेको हो ।
नेपालको जितमा भ... |
नेपाललाई २०८ रनको लक्ष्य काठमाडौं । जिम्बावेमा जारी आइसीसी एकदिवसीय विश्वकप छनोट प्रतियोगिताको आफ्नो दोस्रो खेलमा अमेरिकाले नेपाललाई २ सय ८ रनको लक्ष्य दिएको छ । जिम्बावेको राजधानी हरारेमा रहेको टागासिंगा स्पोर्टस् क्लबमा टस हारेर पहिले ब्याटिङ गरेको अमेरिका ४९ ओभरमा २ सय ७ रनमा अलआउट भयो ।
अमेरिकाका लागि शायन जाहान्गि... |
विश्वकप छनोट : करण केसीले लिए ४ विकेट काठमाडौं । आइसीसी विश्वकप छनोटमा अमेरिकाविरुद्धको खेलमा नेपाली बलर करण केसीले ४ विकेट लिएका छन् ।
अमेरिकाको इनिङको पावरप्ले समेत नसकिँदै करणले ४ विकेट लिएका हुन् । यससँगै अमेरिका ब्याकफुटमा पुगेको छ ।
करणले पहिले स्टिभन टेलरलाई एलबीडब्लु आउट गरे । त्यसपछि साइतेजा मुकामल्लालाई आरिफ ... |
विश्वकप छनोट : नेपालले दोस्रो ओभरमै २ विकेट लियो काठमाडौं । आइसीसी विश्वकप छनोटको आफ्नो दोस्रो खेलमा नेपालले दोस्रो ओभरमै सफलता पाएको छ ।
दोस्रो ओभरको पाँचौं बलमा करण केसीले अमेरिकाका स्टिभन टेलरलाई एलबीडब्लु आउट गरे । लगत्तै ओभरको अन्तिम बलमा उनले साइतेजा मुकामल्लालाई आरिफ शेखको हातबाट क्याच आउट गराए ।
नेपालले आफ्नो प... |
विश्वकप छनोट : नेपालले अमेरिकाविरुद्ध पहिले बलिङ गर्ने काठमाडौं । आइसीसी विश्वकप छनोटको आफ्नो दोस्रो खेलमा नेपालले आज अमेरिकाको सामना गर्दैछ । अमेरिकाविरुद्ध नेपालले टस जितेर पहिले बलिङ रोजेको छ ।
नेपालले आफ्नो पहिलो खेलमा आयोजक जिम्बाब्वेसँग पराजित भएको थियो । ५ टिम भएको समूहका शीर्ष ३ टिम सुपर सिक्समा सिक्समा जाने भए... |
एकदिवसीय विश्वकप छनोटः आज नेपाल र अमेरिकाबीच प्रतिस्पर्धा, नेपाल जित्नै पर्ने दबावमा काठमाडौं। अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल आइसिसीको आयोजनामा जिम्वाबेमा भइरहेको आइसिसी विश्वकप क्रिकेटको छनोट चरणका खेल अन्तरगत आज नेपालले आफ्नो दोस्रो खेल खेल्दैछ।
राजधानी हरारेमा नेपालले आफ्नै समूहमा रहेको अमेरिकासँग प्रतिस्पर्धा हुन... |
विश्वकप छनोटः श्रीलंका र ओमान विजयी काठमाडौं । आईसीसी विश्वकप छनोट अन्तर्गतको आज भएको समूह बी को खेलमा श्रीलंका र ओमान विजयी भएका छन् । जिम्बाब्वेमा भएको खेलमा श्रीलंकाले यूएईलाई १७५ रनले पराजित गर्यो भने ओमानले आयरल्याण्डलाई ५ विकेटले हरायो ।
श्रीलंकाले दिएको ३५६ रनको लक्ष्य पछ्याएको युएईले ३९ ओभरमा सबै विकेट गुमाएर ... |
नेपालमा पहिलो पटक आइस स्केटिङ खेलको सुरुवात काठमाडौँ। विश्वमै लोकप्रिय खेलका रुपमा रहेको ‘रियल आइस स्केटिङ’ नेपालमा पनि सुरुआत गरिएको छ। काठमाडौँ भद्रकालीस्थित फनल्यान्ड इन्टरटेन्मेन्ट प्रालिले खेलको सुरुआत गरेको हो।
बालबालिकादेखि प्रौढसम्मका सबैले खेल्न मिल्ने यो खेलबाट मनोरञ्जन साथै शारीरिक र मानसिक पनि राम्रो मानिन्... |
भ्याली फुटसल च्याम्पियनसिप प्रतियोगिता हुँदै काठमाडौं।काठमाडौं। भ्याली फुटसल च्याम्पियनसिप २०२३ फुटबल प्रतियोगिता असार १४ देखि २३ गतेसम्म आयोजना हुने भएको छ। राष्ट्रिय युवा संघ नेपालले असार ११गते सोमबार पत्रकार सम्मेलन गर्दै प्रतियोगितामा उपत्यका का २२४ वडा बाट खेलमा सहभागी हुने जनाएको छ।
टीम दर्ताका लागि १३ गतेसम्मको ... |
नेपालले मल्दिभ्सलाई हराउँदै सेमिफाइनलमा काठमाडौँ। माल्दिभ्समा जारी फाइभ नेसन्स पुरुष बास्केटबल च्याम्पियनसिपअन्तर्गत लिग चरणको आफ्नो अन्तिम खेलमा नेपालले आयोजक माल्दिभ्सलाई पराजित गर्दै विजयी हासिल गरेको छ।
माल्दिभ्सको मालेमा गए राति भएको खेलमा नेपालले आयोजक माल्दिभ्सलाई ७५–६८ अंकले पराजित गर्दै विजयी हासिल गरेको हो। न... |
युइएफए नेसन्स लिगको उपाधि स्पेनलाई काठमाडौं। स्पेन युइएफए नेसन्स लिगको च्याम्पियन बनेको छ। क्रोएसियालाई टाइब्रेकरबाट ५-४ ले पराजित गर्दै स्पेन युइएफए नेसन्स लिगको च्याम्पियन बनेको हो।
पहिलो हाफ र दोस्रो हाफ दुवैमा रोमाञ्चाकारी प्रतिस्पर्धा देखिएको भए पनि निर्धारित र अतिरिक्त समयमा पनि दुवै टिमवाट कुनै गोल निस्कन सकेन। ... |
युइएफए नेसन्स लिगः नेदरल्याण्डलाई हराउँदै इटली तेस्रो स्थानमा काठमाडौं। इटालीले युइएफए नेसन्स लिगमा तेस्रो स्थान हासिल गरेको छ। घरेलु टोली नेदरल्यान्ड्समाथि ३-२ को जित निकाल्दै इटाली नेसन्स लिगमा तेस्रो भएको हो।
नेदरल्यान्ड्समा आइतबार राति भएको खेलको पहिलो हाफमा नै इटालीले अग्रता दोब्बर पारेको थियो। खेलको सुरुवाती मै अ... |
सार्वजनिक निजी साझेदारीमा खेल क्षेत्रको विकासः खेलकुदमन्त्री लिम्बू कास्की। युवा तथा खेलकुदमन्त्री डिगबहादुर लिम्बूले सार्वजनिक निजी साझेदारीबाट खेलकुद क्षेत्रको विकास गरिने बताएका छन्। खेल पूर्वाधार निर्माण तथा खेलकुद प्रतियोगिता सञ्चालनका लागि सरकारले निजी क्षेत्रसँग सहकार्य गरेर अघि बढ्ने योजना बनाएको उनले स्पष्ट पा... |
विश्वकप क्रिकेट छनोटमा नेपाल जिम्बावेसँग आठ विकेटले पराजित काठमाडौं। नेपाल आईसीसी एकदिवसीय विश्वकप छनोट खेलको उद्घाटन खेलमा घरेलु टोली जिम्बावेसँग पराजित भएको छ। जिम्बावेमा आइतबार भएको खेलमा कमजोर बलिङ गरेपछि नेपाल जिम्बावेसँग आठ विकेटले पराजित भएको हो।
जितका लागि दुई सय ९१ रनको चुनौतीपूर्ण लक्ष्य पछ्याएको जिम्बावेले ४... |
नेपालले जिम्बाब्वेलाई २९१ रनको लक्ष्य दियो काठमाडौं । विश्वकप क्रिकेट छनोटको पहिलो खेलमा नेपालले जिम्बाब्वेलाई २९१ रनको लक्ष्य दिएको छ । हरारेमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपालले ५० ओभरमा ८ विकेट गुमाउँदै २९० रन बनाएको हो ।
नेपालका लागि ओपनरहरू कुशल भुर्तेल र आसिफ शेखले किर्तिमानी साझेदारी गर्दै उत्कृष्ट... |
विश्वकप छनोट : कुशल भुर्तेल ९९ रनमा आउट काठमाडौं । विश्वकप छनोटको पहिलो खेलमा आज जिम्बाब्वेविरुद्ध नेपालका ओपनर कुशल भुर्तेल शतकबाट चुकेका छन् । उनी ९९ बलमा आउट भएका हुन् । उनलाई विलिङ्टन मासाकाड्जाले बोल्ड गरे ।
आजको खेलमा नेपालले पहिले ब्याटिङ गरिरहेको छ । हारारे स्पोर्टस क्लवमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको ... |
आसिफ र कुशलले नेपालका लागि सबैभन्दा ठूलो साझेदारीको रेकर्ड बनाए काठमाडौं । नेपालका ओपनर कुशल भुर्तेल र आसिफ शेखले नेपालको एकदिवसीय क्रिकेटमा रेकर्ड बनाएका छन् । उनीहरुले यसअघि ज्ञानेन्द्र मल्ल र आसिफ शेखको रेकर्ड तोडेका छन् ।
उनीहरुले नेपालको लागि एकदिवसीय क्रिकेटमा सबैभन्दा ठूलो साझेदारीको नयाँ रेकर्ड बनाएका हुन् । यस... |
विश्वकप छनोट : आसिफ शेखको पनि अर्धशतक काठमाडौं । विश्वकप छनोटको पहिलो खेलमा आज जिम्बाब्वेविरुद्ध नेपालका अर्का ओपनर आसिफ शेखले पनि अर्धशतक बनाएका छन् । शेखले ८२ बल खेलेर अर्धशतक बनाएका हुन् । यस क्रममा उनले ५ चौका प्रहार गरे ।
आजको खेलमा नेपालले पहिले ब्याटिङ गरिरहेको छ । हारारे स्पोर्टस क्लवमा टस हारेर पहिले ब्याटिङको... |
विश्वकप छनोट : जिम्बाब्वेविरुद्ध कुशल भुर्तेलको अर्धशतक काठमाडौं । विश्वकप छनोटको पहिलो खेलमा आज जिम्बाब्वेविरुद्ध नेपालका ओपनर कुशल भुर्तेलले अर्धशतक बनाएका छन् । भुर्तेलले ६३ बल खेलेर अर्धशतक बनाएका हुन् । यस क्रममा उनले ८ चौका प्रहार गरे ।
आजको खेलमा नेपालले पहिले ब्याटिङ गरिरहेको छ । हारारे स्पोर्टस क्लवमा टस हारेर... |
विश्वकप छनोट : पहिलो पावरप्ले सकियो, नेपालले १० ओभरमा विकेट नगुमाइ ४५ रन बनायो काठमाडौं । विश्वकप छनोटको पहिलो खेलमा आज नेपालले जिम्बाब्वेविरुद्ध पहिले ब्याटिङ गरिरहेको छ । हारारे स्पोर्टस क्लवमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले पहिलो पावरप्ले अर्थात सुरुवाती १० ओभरमा कुनै विकेट नगुमाइ खेलेको छ ।
पहिलो १० ... |
विश्वकप छनोटको पहिलो खेलमा नेपालले जिम्बाब्वेविरुद्ध पहिले ब्याटिङ गर्ने काठमाडौं । विश्वकप छनोटका खेलहरु आजदेखि जिम्बाब्वेमा सुरु हुँदैछन् । पहिलो खेल नेपाल र जिम्बाब्वेबीच हुँदैछ । यो खेलमा आयोजक जिम्बाब्वेले टस जितेर नेपाललाई ब्याटिङको निम्तो दिएको छ ।
जिम्बाब्वेको हारारे स्पोर्टस क्लवमा हुने यो खेलमा नेपाल उच्च मनो... |
आइसिसी विश्वकप क्रिकेटका छनोट खेलहरु आजदेखि, पहिलो खेल नेपाल र जिम्वाबेबीच हुने काठमाडौं। नेपालले आज पहिलो पटक टेस्ट मान्यता प्राप्त राष्ट्रसँग क्रिकेट खेल्दैछ। हरारे स्पोर्ट्स क्लबमा नेपाली क्रिकेट टोलीले आज जिम्बाबेसँग प्रतिस्पर्धा गर्न लागेको हो।
आइसिसी एकदिवसीय विश्वकप छनोट २०२३ अन्तर्गत पहिलो खेलमा आइतबार जिम्बावे... |
प्रदेशस्तरीय खुला ब्याडमिन्टन प्रतियोगिताको उपाधि विवेक र नवीनलाई ताप्लेजुङ । ताप्लेजुङमा आज सम्पन्न तेस्रो मेयर कप तथा प्रदेशस्तरीय खुला ब्याडमिन्टन प्रतियोगिताअन्र्तगत मेन्स डबल खुलातर्फको उपाधि विवेक कन्दङ्वा र नवीन सिलवालले हात पारेका छन् । प्रदेशस्तरीय उक्त प्रतियोगितामा महेश खड्का र लाक्पा शेर्पा दोस्रो भएका छन् ... |
सिन्धुकपको उपाधि भगवती युथ क्लबलाई काठमाडौं । नवौं सिन्धुकप फुटवल प्रतियोगीताको उपाधि टोखा भगवती युथ क्लवले जितेको छ ।
सिन्धुपाल्चोकको लामोसाँघुमा शनिबार भएको फाइनल खेलमा काभ्रे फुटवल संघलाई टाइब्रेकरमा ५–३ ले पराजित गर्दै टोखा भगवती युथ क्लवले उपाधि जितेको हो । त्यसअघि निर्धारित ९० मिनेटको खेलमा दुई टोलीबीच १–१ गोलको ... |
एसिया कपको आधिकारिक मिति र स्थान घोषणा, पाकिस्तान र श्रीलंकामा खेल हुने काठमाडौं । एसियन क्रिकेट काउन्सिलले एसिया कपको मिति सार्वजनिक गरेको छ । प्रतियोगिता अगस्ट ३१ देखि सेप्टेम्बर १७ सम्म खेलाइनेछ । जसको आयोजना श्रीलंका र पाकिस्तानले संयुक्त रुपमा गर्नेछन् ।
प्रतियोगिताको पहिलो चार खेल पाकिस्तानमा र त्यसपछिका सबै नौ ख... |
बर्षाले नेपाल र हङकङबीचकाे खेल रद्द, अंक बाँडदै नेपाल खेलबाटै बाहिरियो हङकङ। अन्तिम समयमा आएर नेपाल र हङकङबीच हुने भनिएको खेल रद्द हुन पुगेको छ। एसिसी वुमन्स इमर्जिङ टिम्स एसिया कपको अन्तिम खेलमा मैदानमा जान लागेकै बेला सुरु भएको वर्षाको कारण हङकङ र नेपालबीचको खेल रद्द भएको हो।
जसकाकारणा आज पनि वर्षाको कारण खेल हुन नसक... |
कुशलको शतकमा नेपालले ओमानलाई हरायो काठमाडौं । आइसीसी विश्वकप एकदिवसीय छनोटको आफ्नो अन्तिम अभ्यास खेलमा नेपालले ओमानलाई पराजित गरेको छ ।
जिम्बावेको हरारे स्पोर्ट्स क्लबमा आज भएको खेलमा नेपालले ओमानलाई दुई विकेटले पराजित गरेको हो । ओमानले दिएको २६८ रनको लक्ष्य नेपालले ४४ दशमलव ५ ओभरमा ८ विकेट गुमाउँदै पूरा गर्यो ।
नेपाल... |
नेपालले पाकिस्तानलाई हरायो काठमाडौं । माल्दिभ्समा जारी फाइभ नेसन्स पुरुष बास्केटबल च्याम्पियनसीपमा नेपालले पाकिस्तानलाई पराजित गर्दै प्रतियोगितामा पहिलो जित दर्ता गरेको छ ।
मालेमा आज भएको खेलमा नेपालले पाकिस्तानलाई ६६–६२ ले पराजित गर्दै विजयी भएको हो । यस जितसँगै नेपालको सेमिफाइनल पुग्ने सम्भावना जीवित रहेको छ । यसअघि ... |
नेपाल फिलिपिन्ससँग पराजित काठमाडौं । नेपाल फिलिपिन्सँगको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबलमा पराजित भएको छ । आज बिहीबार फिलिपिन्सको रिजल मेमोरियल मैदानमा भएको खेलमा नेपाल घरेलु टोलीसँग १–० गोलले पराजित भएको हो ।
फिलिपिन्सका लागि खेलको ४९औं मिनेटमा जाभिएर गायोसोले गोल गरेका थिए । खेलमा नेपालले केही राम्रा अवसर पाए पनि ग... |
काभा नेसन्स लिग खेल्ने भलिबल टोलीको बिदाइ काठमाडौं । किर्गिस्तानमा आयोजना हुने सेन्ट्रल एसियन भलिबल एसोसिएसन (काभा) पुरुष भलिबल नेसन्स लिग खेल्ने नेपाली टोलीको बिदाइ गरिएको छ ।
बिहीबार काठमाडौंमा नेपाल भलिबल संघले एक कार्यक्रमको आयोजना गरि नेपाली टोलीलाई बिदाइ गरेको हो । नेपाली टोलीलाई राखेपका सदस्य सचिव टंकलाल घिसिङ ल... |
महिला क्रिकेटमा नेपाल र भारतले अंक बाँडे काठमाडौं। एसिसी वुमन्स इमर्जिङ टिम्स एसिया कप टि २० प्रतियोगितामा नेपाल र भारत ए को खेल रद्द भएको छ । वर्षा र चिसो मैदानका कारण आजको खेल हुन नसकेपछि रद्द भएको हो ।
नेपाली समय अनुसार बिहान ११. १५ बाट सुरु हुनुपर्ने खेल मैदान खेल्न योग्य नभएपछि सुरू रै नभइ रद्द भएको हो । यससँगै ने... |
इन्डो–नेपाल कराते प्रतियोगितामा भाग लिन नेपाली टोली भारत प्रस्थान पाटन। इन्डो–नेपाल कराते प्रतियोगितामा भाग लिन नेपाली टोली भारततर्फ प्रस्थान गरेको छ।
भारतको गाजियावादमा हुने इन्डो–नेपाल आशिहारा कराते च्याम्पियनसीपमा भाग लिन बुधबार साँझ नेपाली टोली त्यसतर्फ प्रस्थान गरेको सोसाई मात्सुतात्सु ओयामा कराते क्योकुसिनकाइकान ... |
४० वर्षपछि एकै देशका तीन खेलाडी शीर्ष तीन वरियतामा काठमाडाैं। आइसिसीको टेस्ट वरियतामा एकै देशका तीन खेलाडी शिर्ष तीनमा पर्न सफल भएका छन्। क्रिकेट इतिहासको ४०वर्षपछि अष्ट्रेलियाका तीनजना खेलाडी शीर्ष तीनको बरियतामा पर्न सफल भएका हुन्।
आइसिसी विश्व टेस्ट च्याम्पियनसिप २०२३ को फाइनलमा भारतलाई २ सय ९ रनले हराए लगत्तै अष्ट्... |
भारतसँग प्रतिस्पर्धा गर्दै नेपाली महिला क्रिकेट टोली काठमाडौं। नेपाली महिला क्रिकेट टोली आज भारतसँग प्रतिस्पर्धामा उत्रँदैछ। एसिसी वुमन्स इमर्जिङ टिम्स एसिया कप टि २० प्रतियोगिता अन्तर्गत नेपाल आज भारत ए सँग खेल्दैछ।
आज हुने सो खेल नेपाली समय अनुसार बिहान ११ः १५ वाट सुरु हुनेछ। सो खेल हङकङको मोंग कोकमा हुनेछ।
पहिलो खेल... |
पाकिस्तान एसँग नेपाल ९ रनले पराजित काठमाडौं । एसीसी वुमन्स इमर्जिङ टिम्स कपमा नेपाल पाकिस्तान एसँग ९ रनले पराजित भएको छ । पाकिस्तानले दिएको ८८ रनको लक्ष्य पच्छ्याएको नेपालले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा ७८ रन मात्र बनाउन सकेको हो ।
टस हारेर पहिले ब्याटिङको निम्तो पाएको पाकिस्तान ए महिला टोलीले १९.२ ओभरमा अलआउट ... |
सुदूरपश्चिम स्पोर्टस अवार्डलाई संजीवनी अस्पतालको साथ धनगढी । ‘एसपिए सुदूरपश्चिम स्पोर्टस अवार्ड २०७९’ मा धनगढीमा रहेको संजीवनी अस्पताल जोडिएको छ । धनगढीको अस्पताल लाईन र राष्ट बैंक छेउमा सञ्चालनमा रहेको संजीवनी अस्पतालले विधा प्रायोजन गरेर साथ दिएको हो । संजीवनी अस्पतालले वर्ष खेलाडी पुरुष विधालाई प्रायोजन गरेको हो । य... |
दक्षिण एसियाली योग च्याम्पियनशिपको उपाधि भारतलाई काठमाडौँ । तेस्रो दक्षिण एसियाली योग स्पोर्टस च्याम्पियनशिपको उपाधि भारतले जितेको छ । भारतले ६ स्वर्ण, ८ रजत र ४ कास्य पदक जित्दै प्रतियोगितामा च्याम्पियन बनेको हो ।
काठमाडौँको तिलगङ्गास्थित नेपाल–भारतमैत्री धर्मशालामा आज सम्पन्न उक्त प्रतियोगितामा समान ६ स्वर्ण, ३ रजत र... |
दोस्रो साउथ एसियन चेस च्याम्पियनसिप मंगलबारबाट काठमाडौं । नेपाल बुद्धिचाल महासंघको आयोजनामा दोस्रो साउथ एसियन चेस च्याम्पियनसिप मंगलबारबाट सुरु हुने भएको छ ।
महासंघले सोमबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै ललितपुर गोदावरीस्थित भ्यु भृकुटीमा असार ४ गतेसम्म च्याम्पियनसिप आयोजना हुने जानकारी गराएको हो । च्याम्पियनसिपमा न... |
विश्वकपमा भारत र पाकिस्तानको भिडन्त अक्टोबर १५ मा अहमदाबादमा हुने काडमाडौं । यसै वर्ष भारतमा आयोजना हुने एकदिवसीय क्रिकेट विश्वकपमा धेरैको चासो हुने भारत र पाकिस्तानको भिडन्त अक्टोबर १५ मा अहमदाबादमा हुने भएको छ । आयोजक भारतले तयार गरेको विश्वकपको ड्राफ्ट तालिकाअनुसार १ लाखभन्दा धेरै सिट क्षमता भएको रंगशालामा भारत र पा... |
उरुग्बेलाई फिफा यू-२० को उपाधि ब्युनर्स आयर्स। फिफा यू-२० विश्वकपको उपाधि उरुग्वेले उचालेको छ।
अर्जेन्टिनामा आइबार सम्पन्न फाइनल खेलमा उरुग्वेले इटालीलाई १-० गोल अन्तरले पराजित गर्दै उपाधि उचालेको हो।
निकै रोचक तथा प्रतिस्पर्धात्मक रहेको उक्त खेल पहिलो हाफ बराबरीमा रोकिएको थियो। तर, खेलको अन्तिम समयमा आएर ८६ औँ मिनेटमा... |
फिलिपिन्स जाने राष्ट्रिय पुरुष फुटबल टोलीलाई बिदाई काठमाडौं। मैत्रीपूर्ण खेलका लागि फिलिपिन्स जान लागेको नेपाली राष्ट्रिय पुरुष फुटबल टोलीलाई विदाई गरिएको छ।
आइतबार एन्फा कम्प्लेक्समा अखिल नेपाल फुटबल संघ (एन्फा)काअध्यक्ष पंकज बिक्रम नेम्बाङ लगायत पदाधिकारीहरुले राष्ट्रिय पुरुष फुटबल टोलीलाई विदाइ गरेका हुन्।
साफ च्याम... |
के शुभमन गिल नटआउट थिए, के भन्छन् मानिसहरू ? काठमाडौं । आईसीसी विश्व टेस्ट च्याम्पियनसिप २०२३ को फाइनल खेल भारत र अष्ट्रेलियाबीच हुँदैछ । चौथो दिनको इनिङ्स सकिएपछि भारतलाई जितका लागि २८० रन आवश्यक छ ।
भारतीय ओपनर शुभमन गिल सहित तीन जना भारतीय खेलाडी आउट भएपनि उनीहरूलाई थर्ड अम्पायरले आउट दिने तरिकामा अहिले प्रश्न उठिरह... |
एसिया कप पाकिस्तान र श्रीलंकामा हुने निश्चित, नेपालले एउटा खेल मात्र पाकिस्तानमा खेल्ने काठमाडौं । भारत र पाकिस्तानको विवादका कारण अन्योलमा परेको एसिया कप निर्धारित समयमै हुने लगभग निश्चित भएको छ । यद्यपि पाकिस्तानले पहिले प्रस्ताव गरेको तटस्थ स्थान युएइमा भने खेल हुने छैन । यसको सट्टा श्रीलंकालाई तटस्थ स्थानको रुपमा छ... |
फ्रेन्च ओपन टेनिस महिलातर्फको उपाधि सिवाटेकलाई वार्साह, २८ जेठ । पोल्याण्डकी इगा सिवाटेकले फ्रेन्च ओपन टेनिसको महिलातर्फको उपाधि जितेकी छिन्।
पेरिसस्थित रोलाँ ग्यारोमा शनिबार राति भएको फाइनल खेलमा चेक रिपब्लीककी क्यारोलिना मुचोभालाई हराउँदै सिवाटेकले तेस्रो पटक फ्रेन्च ओपन जितेकी हुन्।
मुचोभाविरुद्धको फाइनल खेल सिवाटे... |
म्यान्चेस्टर सिटीले उचाल्यो च्याम्पियनसिप लिगको उपाधि काठमाडौं। इंग्लिस क्लब म्यानचेस्टर सिटी युइएफए च्याम्पियन्स लिगको उपाधि हासिल गरेको छ।
टर्कीको इस्तानबुलमा शनिवार राति भएको खेलमा इन्टर मिलानलाई १-० ले पराजित गर्दै सिटीले च्याम्पियनसिप लिगको उपाधि जीत हासिल गरेको हो।
शनिवार राति एटाटर्क ओलम्पिया स्टेडियममा शनिबार र... |
पोखराको मदरल्याण्ड माविद्वारा फुटबल खेलाडी भण्डारी सम्मानित कास्की । पोखराको मदरल्याण्ड विद्यालयले नेपाली राष्ट्रिय महिला फुटबल टिमकी स्ट्राइकर सावित्रा भण्डारी (साम्बा) लाई नगदसहित सम्मान गरेको छ ।
भण्डारीलाई मदरल्याण्ड माविले नगद रु २५ हजारसहित सम्मान गरेको हो । उनलाई पश्चिम पृतना हेडक्वार्टर विजयपुरका पृतनापति दीपकक... |
रग्बी सेभेन्सको उपाधि हेटौँडा र कर्णालीलाई मङ्गलबारे । यू–२० राष्ट्रिय रग्बी सेभेन्सको उपाधि कर्णाली रग्बी क्लब र हेटाँैडा रगर्सले जितेका छन् । इलामको माई नगरपालिका–४ शुक्रबारे खेलमैदानमा आज सम्पन्न प्रतियोगितामा पुरुषतर्फ कर्णाली र महिलातर्फ हेटौँडा विजयी भएको हो ।
कर्णालीले कटारी रग्बी क्लबलाई १५–५ अङ्कले तथा हेटौँडा... |
Subsets and Splits
No community queries yet
The top public SQL queries from the community will appear here once available.