content
stringlengths
20
64.1k
खुमलटार र पुलिस विजयी काठमाडौं । राजधानीमा जारी सहिद स्मारक ए डिभिजन लिग फुटबलमा एफसी खुमलटारले सातदोबाटो युथ क्लबलाई पराजित गरेको छ । मंगलबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा खुमलटारले सातदोबाटो युथ क्लबलाई १–० गोल अन्तरले पराजित गरेको हो । खुमलटारको जितमा मेसुके ओलुमोउले खेलको ३७ औं मिनेटमा निर्णायक गोल गर...
विश्वकप छनोटको तालिका सार्वजनिक, पहिलो दिन नै नेपालले जिम्बाब्बेसँग खेल्ने काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आइसीसी)ले आगामी जुन महिनामा जिम्बाब्बेमा हुने विश्वकप छनोटको समूह विभाजन र तालिका सार्वजनिक गरेको छ । आइसीसीको तालिका अनुसार नेपालले प्रतियोगिताको पहिलो दिन नै जिम्बाब्बेविरुद्ध खेल्नेछ । आइसीसीका अनुसार...
आइपीएलको पहिलो क्वालिफायर आज, गुजरात टाइटन्स र चेन्नई सुपर किंग्स भिड्ने काठमाडौं । आईपीएलमा आज गुजरात टाइटन्स र चेन्नई सुपर किंग्सबीच खेल हुँदैछ । क्वालिफायर राउण्डको यो पहिलो खेल चेन्नईको एमए चिदम्बरम स्टेडियममा हुनेछ । खेल साँझ ७.३० बजे सुरु हुनेछ । आइपीएल २०२२ को विजेता टोली गुजरात टाइटन्सले यस सिजनमा आफ्ना १४ खेलह...
एशिया कपको गतिरोध समाप्त, भारत पाकिस्तानकै प्रस्तावअनुसार एशिया कप खेल्न तयार काठमाडौं । एशिया कप २०२३ को लागि गतिरोध समाप्त हुँदैछ। पाकिस्तान क्रिकेट बोर्ड (पीसीबी) ले अन्य सबै एसियाली राष्ट्रहरूको समर्थन प्राप्त गरेपछि, भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई) एसिया कपको “हाइब्रिड” मोडेलमा अगाडि बढ्न इच्छुक छ। तर, बी...
शहिद स्मारक ए डिभिजन लिगः आज दुई खेल हुँदै काठमाडौं। शहिद स्मारक ए डिभिजन लिग फुटबल अन्तर्गत आज दुई खेल हुँदैछन्। अखिल नेपाल फुटबल संघ (एन्फा)का अनुसार आज हुने दुई खेल मध्ये एक खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुनेछ भने अर्को एन्फा कम्प्लेक्स, ललितपुरमा हुनेछ। एन्फा कम्प्लेक्सको मैदानमा थ्रि स्टार क्लब र नेपाल पुलि...
राष्ट्रिय वाणिज्य बैंकद्वारा नेपाली राष्ट्रिय क्रिकेट टोली सम्मानित काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकले नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई सम्मानका साथै जनही रु एक लाखद्वारा पुरस्कृत गरेको छ । आज यहाँ बैंकले एक कार्यक्रममार्फत क्रिकेट खेलाडीसँगै प्रशिक्षकलाई सम्मान गरेको हो । त्यस्तै टिम अफिसियलहरूलाई जनही रु ५० हजारले प...
काभा भलिबलमा नेपालको विजयी सुरुवात काठमाडौं । एनएससी–काभा अन्तर्राष्ट्रिय महिला भलिबल प्रतियोगिता सोमबारबाट काठमाडौंमा सुरु भएको छ । राष्ट्रिय खेलकुद परिषद (राखेप)को विशेष सहयोग तथा नेपाल भलिबल संघको आयोजनामा त्रिपुरेश्वरस्थित राखेपको कभर्डहलमा सुरु प्रतियोगीताको प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले उद्घाटन गरे । प्र...
चर्च ब्वाइजले हिमालयनसँग अंक बाड्यो, आर्मीले फ्रेण्ड्सलाई हरायो काठमाडौं । राजधानीमा जारी सहिद स्मारक ए डिभिजन लिग फुटबलमा शीर्ष स्थानको चर्च ब्वाइज युनाईटेड हिमालयन शेर्पा क्लबसँग बराबरीमा रोकिएको छ । ललितपुरस्थीत च्यासल मैदानमा सोमबार भएको खेलमा चर्च ब्वाइजले हिमालयनसंग १–१ को बराबरी खेलेको हो । खेलको १३ औं मिनेटमा अ...
विश्वकप छनोटः २२ सदस्यीय प्रारम्भिक टिमको घोषणा, काे-काे परे ? काठमाडौं । आगामी महिना जिम्बावेमा हुने विश्वकप छनोटका लागि नेपालले प्रारम्भिक टिमको घोषणा गरेको छ । नेपाल क्रिकेट संघ (क्यान)ले सोमबार २२ सदस्यीय टिमको घोषणा गरेको हो । रोहितकुमार पौडेलको कप्तानीमा रहेको टोलीमा कुशल भुर्तेल, आसिफ शेख, ज्ञानेन्द्र मल्ल, कुशल...
शुभमन गिलको शतकपछि विराट कोहलीको यस्तो प्रतिक्रियाको अर्थ के हो ? काठमाडौं । आईपीएलको अन्तिम लिग खेलमा गुजरात टाइटन्सले रोयल च्यालेन्जर्स बैंग्लोरलाई ६ विकेटले पराजित गर्दै प्रतियोगिताबाट बाहिर गरिदिएको छ । फ्यानसँगै प्रतियोगितामा सहभागी अन्य टोलीले पनि यो खेलको जित वा हारको नतिजामा नजर राखेका थिए । प्लेअफमा पुग्ने चौथ...
आइपिएलमा बैंग्लोरको हारपछि नवीन उल हकले विराट कोहलीको खिल्ली उडाए काठमाडौं । आईपीएलमा गुजरात टाइटन्ससँग रोयल च्यालेन्जर्स बैंग्लोरको पराजयपछि लखनऊ सुपर जायन्ट्सका फास्ट बलर नवीन उल हकले सामाजिक सञ्जालमार्फत आरसीबी टोलीलाई खिल्ली उडाएका छन् । यो पोस्टबाट मे १ मा भएको खेलमा नवीन उल हक र विराट कोहलीबीचको तनाव कम भएको देखि...
पाकिस्तानकै प्रस्तावअनुसार एशिया कप आयोजना हुने, भारतले यस्तो शर्त राख्ने काठमाडौं । श्रीलंका र बंगलादेशपछि अफगानिस्तान र नेपालले पनि आगामी एशिया कप २०२३ को आयोजना गर्न पाकिस्तानको ‘हाइब्रिड’ मोडेललाई समर्थन गर्ने घोषणा गरेपछि यसले भारतलाई क्षेत्रीय प्रतियोगितामा आफ्नो सहभागिताको सन्दर्भमा अप्ठ्यारो स्थितिमा पारिदिएको ...
एसिया कपमा नेपालले पाकिस्तानसँग गद्दाफी स्टेडियममा र भारतसँग दुबईमा खेल्ने काठमाडौं । एसिया कप २०२३ मा नेपालले समूह चरणमा भारत र पाकिस्तानसँग खेल्ने मैदान तय भएको छ । पाकिस्तान क्रिकेट बोर्ड (पीसीबी) ले दुई चरण अन्तर्गत खेल खेलिने दुई स्थानलाई अन्तिम रूप दिएको छ । पाकिस्तानको जियो न्यूजले आइतबार स्रोतलाई उद्धृत गर्दै र...
इंग्लिस प्रिमियर लिग च्याम्पियन म्यानचेस्टरद्वारा चेल्सी पराजित काठमाडौं। यस सिजनको इंग्लिस प्रिमियर लिग च्याम्पियन टोली म्यानचेस्टर सिटीले पुनः जीत हासिल गरेको छ। लिग सकिनु अघि नै च्याम्पिनन भएकाे म्यानचेस्टरले चेल्सी माथी १-० को जीत हासिल गरेको हो। इतिहाद स्टेडियम म्यानचेस्टरमा आइतबार राति भएको खेलमा अल्भारेजले पहिला...
एम्बाप्पे चम्किँदा पिएसजी फ्रेन्च लिगको उपाधि नजिक काठमाडौं। केलिएन एम्बाप्पेको सानदार प्रदर्शनमा पेरिस सेन्ट जर्मेन (पिएसजी)ले जीत हासिल गरेको छ। फ्रेन्च लिग वानको उपाधितर्फ लम्किएको पिएसजीको जीतमा एम्बाप्पे एक्लैले गरेको दुई गोल निर्णायक हुन पुगेको छ। आइतबार राति अक्सेरेमाथि २-१ को जित निकाल्दै पिएसजी उपाधि भन्दा एक ...
कुनै पनि हालतमा जित्नैपर्ने खेलमा मुम्बई इन्डियन्सले टस जितेर बलिङ रोज्यो काठमाडौं । आईपीएल २०२३ को ६९ औँ खेल मुम्बई इन्डियन्स र सनराइजर्स हैदरावादबीच हुँदैछ । मुम्बई इन्डियन्सले टस जितेर बलिङ गर्ने निर्णय गरेको छ । हैदरावादको टोलीले पहिले ब्याटिङ गरिरहेको छ । यो खेल मुम्बईको वानखेडे स्टेडियममा भइरहेको छ । प्लेअफमा पुग...
आइपिएल प्लेअफका ३ टोली टुंगिए, बाँकी एक स्थानका लागि तीन टिमको प्रतिस्पर्धा, यस्तो छ समीकरण काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) को १६ औं सिजनमा प्लेअफको दौड अब अन्तिम चरणमा पुगेको छ । डिफेन्डिङ च्याम्पियन गुजरात टाइटन्स, चेन्नई सुपर किंग्स र लखनउ सुपर जायन्ट्सले प्लेअफमा स्थान पक्का गरेका छन् । योसँगै दिल्ली क्याप...
बागमती प्रदेश स्तरीय खेलकुद प्रतियोगिता आजदेखि सुरु हुँदै हेटौंडा । मकवानपुरको हेटौँडामा आजदेखि बागमती प्रदेश स्तरीय खेलकुद प्रतियोगिताको दोस्रो संस्करण सुरु हुँदै छ । प्रदेश खेलकुद विकास परिषद्को आयोजनामा हुन लागेको सो प्रतियोगिताको मुख्यमन्त्री शालिकराम जम्कट्टेलले उद्घाटन गर्नेछन्। परिषद्का सदस्य सचिव सूर्यलाल भण्डा...
पराजयको बाबजुद बार्सिलोनालाई ला लिगाको च्याम्पियनको उपाधि काठमाडौं। चार खेल अगावै ला लिगा च्याम्पियन बनेको बार्सिलोनाले उपाधि उचालेको छ। शनिबार राति घरेलु मैदानमा रियाल सोसिडाडसँग १-२ गोलको नतिजामा पराजित भए पनि अंक तालिकाको आधारमा बार्सिलोनाले उपाधी उचालेको हो। घरेलु मैदानमा शनिवार राति भएको खेलमा बासिलोना रियल सोसिडा...
प्रिमियम लिगकाे उपाधिमा म्यानचेस्टर सिटीको ह्याट्रिक काठमाडौं। जारी सिजनको प्रिमियर लिग उपाधि म्यानचेस्टर सिटीले जितेको छ। सिटीले तीन खेलअगावै जीत हासिल गरेर उपाधिमा ह्याट्रिकसमेत मारेको छ। शनिबार राति भएको खेलमा उपाधि दाबेदार आर्सनल नटिङ्घम फरेस्टसँग १-० ले पारजित भएपछि सिटी तीन खेल अगावै च्याम्पियन बन्न पुगेको हो। आर...
एसिया कप विवादमा भारत एक्लियो, नेपालसहित सबै देशले पाकिस्तानको समर्थनमा काठमाडौं । एसिया कप पूरै प्रतियोगिता पाकिस्तानबाट बाहिर सार्ने अडान राख्दै आएको भारत अन्ततः पूरै एक्लिएको छ । यस पटक एसिया कप खेल्ने भारतबाहेक अरु सबै देशले पाकिस्तानले प्रस्ताव गरेको हाइब्रिड मोडलमा सहमति जनाएका छन् । श्रीलंका र बंगलादेशपछि अब अफग...
आफ्नो स्ट्राइक रेटमाथि प्रश्न उठाउनेलाई विराट कोहलीले के भने ? काठमाडौं । बिहीबार सनराइजर्स हैदरावादविरुद्ध शतक बनाएपछि विराट कोहलीले बाहिरबाट कसैले के भनिरहेका छन् भन्ने वास्ता नगर्ने बताएका छन् । रोयल च्यालेन्जर्स बैंग्लोरका स्टार ब्याट्सम्यानले आफ्नो स्ट्राइक रेटमा उठेका प्रश्नको जवाफ दिइरहेका थिए । कोहलीले बिहीबार ...
राफेल नाडालले १९ वर्षपछि पहिलो पटक फ्रेन्च ओपन नखेल्ने काठमाडौं । राफेल नाडालले १९ वर्षपछि पहिलो पटक फ्रेन्च ओपन प्रतियोगिता खेल्ने छैनन् । १४ पटक पुरुष सिंगल्सको उपाधि जितेका नाडालले हिपको चोटका कारण यस पटक सहभागी हुन पाउने छैनन् । उनले भने, ‘यो निर्णय मेरो होइन, मेरो शरीरको निर्णय हो ।’ “मलाई लाग्छ अर्को वर्ष मेरो अन...
आर्मी र खुमलटारले अंक बाँडे, हिमालयन शेर्पाले एपीएफलाई हरायो काठमाडौं । राजधानीमा जारी सहिद स्मारक ए डिभिजन लिग फुटबलमा विभागीय टोली त्रिभुवन आर्मी क्लब एफसी खुमलटारसँग बराबरीमा रोकिएको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शुक्रबार आर्मीले एफसी खुमलटारसँग २–२ गोलको बराबरी खेलेको हो । आर्मीका लागि जगजित श्रेष्ठ र नवयुग ...
अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा मधेशको अग्रता बारा। मधेश प्रदेशको पर्यटन र तेक्वान्दो खेलको विकासमा टेवा पुर्‍याउने उद्देश्यले बाराको निजगढमा सुरु भएको प्रथम गढीमाई अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा मधेश प्रदेशले पहिलो दिनको खेलमा अग्रता बनाएको छ। पहिलो दिनको पाँचवटा तौल समुहको सम्पन्न प्रतियोगितामा मधे...
युरोपा लिगको उपाधिका लागि सेभिया र रोमा भिड्ने काठमाडौं। युरोपा लिगको उपाधिका लागि सेभिया र रोमा भिड्ने भएका छन्। बिहीबार राति सकिएको खेलमा सेभियाले युभेन्टस र रोमाले लेभरकुजेनलाई पराजित गरेपछि फाइनलमा दुवै टिमको भिडन्त पक्का भएको हो। सो रोमाञ्चक फाइनल खेल हंगेरीको बुढापेस्टमा मे ३१ मा हुनेछ। इटालियन क्लब युभेन्ट्सलाई ...
ब्राइटन माथि न्युक्यासलको सहज जीत काठमाडौं। जारी इंग्लिस प्रिमियर लिग फुटबलमा न्युक्यासल युनाइटेड विजयी भएको छ। शुक्रबार विहान सकिएको खेलमा न्युक्यासलले ब्राइटनमाथि ४-१ गोल अन्तरको जित दर्ता गर्दै तेस्रो स्थान कायमै राखेको हो। न्युक्यासले ब्राइटनका खेलाडीले गरेको आत्माघाती गोलबाट सुरुवाती अग्रता लिन सुरु गरेको थियो। ब्...
लिभरपुलका चार खेलाडी यसै सिजनबाट बिदा हुने, सम्मानमा शनिवार बिशेष कार्यक्रम काठमाडौं। अन्तत: लिभरपुलका चार खेलाडीले यस सिजनको अन्त्यमा क्लब छाड्ने पक्का जस्तै भएको छ। सो क्लबका फरवार्ड रोबर्टो फिर्मिनोसहित मिडफिल्डर जेम्स मिलनर, एलेक्स च्याम्बरलेन र नेबी केइटाले सिजन समाप्त भएपछि लिभरपुलले छाडने निश्चितत भएकाके छ। लिभर...
फ्रेन्ड्ससँग मछिन्द्र तथा मनाङसँग संकटाको बराबरी काठमाडौं । राजधानीमा जारी सहिद स्मारक ए डिभिजन लिग फुटबलमा फ्रेन्ड्स क्लब र मछिन्द्र फुटबल क्लबले बराबरी खेल्दै अंक बाँडेका छन् । बिहीबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा फ्रेन्ड्स र मछिन्द्रले २–२ गोलको बराबरी खेल्दै एक एक अंक बाँडेका हुन् । खेलको ६८ औं मिनेट...
एसियाली यु–२२ बक्सिङ च्याम्पियनसिपमा पदक विजेता खेलाडीलाई सम्मान काठमाडौं । नेपाल लोकतान्त्रिक खेलकुद संघ, बागमती प्रदेशले एएसबीसी एसियाली यु–२२ बक्सिङ च्याम्पियनसिपका पदक विजेता खेलाडीलाई नगदसहित सम्मान गरेको छ । बिहीबार काठमाडौंमा आयोजित एक कार्यक्रमकाबीच युवा तथा खेलकुद मन्त्री डिगबहादुर लिम्बुले खेलाडीहरुलाई सम्मान...
खेलकुद विकास बोर्ड कोशीका सदस्यसचिव वाग्ले बर्खास्त विराटनगर। खेलकुद विकास बोर्ड कोशीका सदस्यसचिव हंशराज वाग्ले बर्खास्त भएका छन्। कोशी प्रदेश सरकारको गत बुधबार बसेको मन्त्रिपरिषद् बैठकको निर्णय अनुसार सदस्यसचिव वाग्ले बर्खासतीमा परेका हुन्। बर्खास्त गर्नु अघि उनलाई दुई दुई पटक स्पष्टीकरण सोधिएको थियो। कोशी सरकारले गत ...
साबिक विजेता रियललाई हराउँदै सिटी च्याम्पियन्स लिगको फाइनलमा काठमाडौं। इंग्लिस क्लब म्यानचेस्टर सिटी युरोपियन च्याम्पियन्स लिगको फाइनलमा प्रवेश गरेको छ। साविक विजेता तथा कीर्तिमानी १४ पल्टको च्याम्पियन रियल म्याड्रिडमाथि ४-० को तथा समग्रमा ५-१ को जित निकाल्दै सिटी फाइनलमा पुगेको हो। इतिहाद स्टेडियम म्यानचेस्टरमा बुधबार...
शहिद स्मारक लिगः आज तीन खेल हुँदै काठमाडौं। शहिद स्मारक ए डिभिजन लिग फुटवलमा आज तीन खेल हुँदैछन्। जसअनुसार दुईवटा खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा तथा एक खेल च्यासल मैदान, ललितपुरमा हुँदैछ। च्यासल मैदानमा हुने खेलमा मनाङ मस्र्याङदी क्लब र संकटा क्लब एक आपसमा भिडने छन्। जुन खेल दिउँसो ३ बजेवाट सुरु हुनेछ। यसैगरी, रं...
प्लानिङ ब्वाइजले जित्यो भीमनारायण कप धनकुटा । १५ औँ सहिद भीमनारायण गोल्डकपको उपाधि क्षमादेवी प्लानिङ ब्वाइज क्लब काठमाडौँले जितेको छ । आज भएको फाइनल खेलमा वीरगञ्ज युनाइटेड क्लबलाई ४–० गोलअन्तरले पराजित गर्दै प्लानिङ ब्वाइजले उपाधि जितेको हो । उपाधिसँगै प्लानिङ ब्वाइजले नगद रु पाँच लाख र भीमनारायण गोल्डकपको ट्रफी पाएको ...
साफ च्याम्पियनसिपको खेल तालिका सार्वजनिक, उद्घाटन खेलमा नेपाल र कुवेत भिड्ने काठमाडौं । भारतमा आयोजना हुने १४ औं संस्करणको पुरुष साफ च्याम्पियनसिप फुटबलको उद्घाटन खेलमा नेपाल र कुवेतबीच प्रतिस्पर्धा हुने भएको छ । दक्षिण एसियाली फुटबल महासंघ (साफ)ले बुधबार सार्वजनिक गरेको च्याम्पियनसिपको खेल तालिका अनुसार उद्घाटन खेलमा ...
मदन–आश्रित स्मृतिमा फुटबल प्रतियोगिता काठमाडौं । प्रथम मदन–आश्रित स्मृति नकआउट सेभेन ए साइड खुला फुटबल प्रतियोगिता आजदेखि यहाँ सुरु भएको छ । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) निकट पिपुल्स भोलेन्टियर्सको आयोजना तथा युवा सङ्घ नेपालको समन्वयमा काठमाडौँको मनमैजुस्थित मैदानमा हुने प्रतियोगिता यही जेठ ८ गतेसम्म हुनेछ...
एसिया कपबाट पाकिस्तान बाहिरिने चर्चाका बीच अब भारत नै बाहिरिने खतरा बढ्यो काठमाडौं । आगामी सेप्टेम्बरमा हुने एसिया कप क्रिकेट आयोजना स्थलबारे भारत र पाकिस्तानको विवाद जारी छ । विवादका कारण यसअघि पूरै प्रतियोगिता आफ्नो देशबाहिर सार्नुपरे पाकिस्तानले प्रतियोगिता बहिष्कार गर्ने चर्चा बढेको थियो । तर, अब सम्बन्धित देशका क्...
इन्टर मिलान १३ बर्ष पछि युईएफए च्याम्पिन्सको फाइनलमा काठमाडौं। इन्टर मिलान युइएफए च्याम्पियन्स लिगको फाइनलमा प्रवेश गरेको छ। यस बिजयसँगै इन्टर मिलान १३ वर्षपछि च्याम्पियन्स लिगको फाइनलमा पुग्न सफलसमेत भएको छ। एसी मिलानलाई सेमिफाइनलको दोस्रो लेगमा पनि पराजित गरेपछि इन्टर समग्रमा ३-० को नतिजाका साथ फाइनलमा स्थान बनाएको ह...
आर्मी र थ्रीस्टारले अंक बाँडे, पुलिसले एपीएफलाई हरायो काठमाडौं । सहिद स्मारक ए डिभिजन लिग फुटबलमा थ्री स्टार क्लब र त्रिभुवन आर्मी क्लबले बराबरी खेलेका छन् । मंगलबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा थ्री स्टार र आर्मीले १–१ गोलको बराबरी खेल्दै अंक बाँडेका हुन् । खेलको ६९ औं मिनेटमा लाकेन लिम्बुले गोल गर्दै थ...
बागमती प्रदेश खेलकुद प्रतियोगिता जेठ ७ गतेदेखि काठमाडौं । बागमती प्रदेश स्तरीय खेलकुद प्रतियोगिता यही जेठ ७ गतेदेखि सञ्चालन हुने भएको छ ।  प्रदेश खेलकुद विकास परिषद्ले आज हेटौँडामा पत्रकार सम्मेलन गरी दोस्रो संस्करणको सो प्रतियोगिताबारे जानकारी गराएको हो । प्रतियोगीताका लागि रु नौ करोड ४२ लाख खर्च हुने बागमती प्रदेश खे...
धोनीका लागि सुनिल गावस्करले किन आँसु बगाए ? काठमाडौं । गत आइतबार चेन्नई सुपर किंग्सको कोलकाता नाइट राइडर्ससँगको खेलपछि महेन्द्र सिंह धोनीले आफ्नो जर्सीमा अटोग्राफ दिएको कुरा गर्दा भारतका पूर्व ब्याट्सम्यान सुनिल गावस्कर भावुक भएका थिए । टिभीमा लाइभ कमेन्ट्री कार्यक्रमको क्रममा प्रेजेन्टरले गावस्करलाई ती पलहरूको सोध्दा ...
एसिया कप र विश्वकपका विषयमा पाकिस्तान क्रिकेट बोर्डको ठूलो बयान काठमाडौं । पाकिस्तान क्रिकेट बोर्डको व्यवस्थापन समितिका प्रमुख नजम सेठीले एसिया कपको आयोजनाको अधिकार पाकिस्तानबाट खोसिएमा विश्वकप बहिष्कार हुने ‘उच्च सम्भावना’ रहेको बताएका छन् । दुवै देशमा क्रिकेट निकै लोकप्रिय छ तर तनावका कारण भारत र पाकिस्तानले लामो समय...
शहिद स्मारक ए डिभिजन लिगः रंगशालामा दुई र च्यासलमा एक खेल हुँदै काठमाडौँ। शहिद स्मारक ए डिभिजन लिगमा आज तीन खेल हुँदैछन्। जसअनुसार दुईवटा खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुनेछ भने अर्को एक खेल च्यासल खेल मैदान, ललितपुरमा हुनेछ। अखिल नेपाल फुटवल संघ (एन्फा)का अनुसार च्यासल खेल मैदानमा प्रहरीका दुई विभागीय टोली बिच ...
प्रिमियर लिगमा लिभरपुलको सहज जीत काठमाडौं। लिभरपुलले इंग्लिस प्रिमियर लिगमा सहज जित हासिल गरेको छ। लिरभपुलले घरेलु टोली लेस्टर सिटीमाथि ३-० को सहज जित निकाल्दै लिगको शीर्ष चारमा नै रहने सम्भावना बलियोसमेत बनाएको छ। किङपावर स्टेडियम लेस्टरमा सोमबार राति भएको खेलमा लिभरपुलको सहज जितपछि उसको चौथो स्थानमा उक्लिने सम्भावना ...
null
null
मछिन्द्रले खुमलटारलाई हरायो, हिमालयन शेर्पा र संकटाको बराबरी काठमाडौं । राजधानीमा जारी सहिद स्मारक ए डिभिजन लिग फुटबलमा मछिन्द्र फुटबल क्लबले खुमलटार युथ क्लबमाथि सहज जित हासिल गरेको छ । सोमबार एन्फा कम्प्लेक्स सातदोबाटोमा भएको खेलमा मछिन्द्रले खुमलटारलाई ३–० गोल अन्तरले पराजित गरेको हो । मछिन्द्रले अग्रता एन्ड्रिस निय...
काभा अन्तर्राष्ट्रिय महिला भलिबल प्रतियोगिताको तयारी अन्तिम चरणमा काठमाडौं । नेपाल भलिवल संघले एनएससी–काभा अन्तर्राष्ट्रिय महिला भलिबल प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको जनाएको छ । सोमबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै संघले जेठ ८ गतेदेखि त्रिपुरेश्वरस्थित राखेपको कभर्डहलमा हुने प्रतियोगिताको तयारी अन्तिम चरणमा ...
आइसीसीले क्रिकेटको विवादित नियम हटाउँदै काठमाडौं । क्रिकेटमा सफ्ट सिग्नल नियम अन्ततः समाप्त हुन गइरहेको छ। अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) ले अन्तर्राष्ट्रिय खेलबाट यो नियम खारेज गर्ने निर्णय गरेको छ । विशेष कुरा के छ भने जुन ७ बाट सुरु हुने विश्व टेस्ट च्याम्पियनसिपको फाइनलमा यो नियम लागू हुने छैन । डब्ल्यूट...
शहिद स्मारक ए डिभिजन लिग : आज दुई खेल हुँदै काठमाडौँ। शहिद स्मारक ए डिभिजन लिग फुटबलमा आज दुई खेल हुँदैछन्। त्रिपुरेश्वरस्थित दशरथ रंगशाला र एन्फा कम्प्लेक्स, सातदोबाटोमा गरी आज दुई खेल हुन लागेका हुन्। दशरथ रंगशालामा संकटा र हिमालयन शेर्पा क्लब एक आपसमा भिडनेछन, जुन खेल दिउँसो ३ बजेबाट सुरु हुनेछ । उता, तीन बजे नै खुम...
चार खेल अगावै बार्सिलोना ला लिगा च्याम्पियन काठमाडौं। बार्सिलोना स्पेनिस ला लिगाको च्याम्पियन बनेको छ। स्पान्योललाई ४-२ ले पराजित गर्दै बार्सिलोना चार खेल बाँकी छँदै ला लिगा च्याम्पियन बनेको हो। आरसिडिई स्टेडियममा आइतबार राति भएको खेलको ११औ मिनेटमा रोबर्ट लेवान्डोस्कीले गोल गर्दै बार्सिलोनालाई १-० को अग्रता दिलाए भने २...
एभर्टनलाई पराजित गरेको म्यानचेस्टर सिटी ४ अंकको अग्रतासहित शीर्षस्थानमा काठमाडौं। इंग्लिस प्रिमियर लिगको जारी खेलमा म्यानचेस्टर सिटीले उपाधि जित्ने सम्भावनालाई बढाएको छ। शनिबार राती भएको खेलमा घरेलु टोली एभर्टनलाई ३-० ले पराजित गर्दै उपाधिको सम्भावना बढाएको हो। गुडिसन पार्कमा आइतबार राति भएको सहज जीतको खेल पछि दोस्रो स...
इंग्लिस प्रिमियर लिग: म्यानचेस्टर युनाइटेड विजयी काठमाडौं। इंग्लिस प्रिमियर लिगमा म्यानचेस्टर युनाइटेड विजयी भएको छ। म्यानचेस्टर युनाइटेडले वुल्भर ह्याम्पटन (वुल्भ्स) लाई २-० गोल अन्तरले पराजित गर्दै बिजयी भएको हो। शनिबार राति भएको खेलेको पहिलो हाफको ३२ औं मिनेटमा एन्थोनी मार्सिएल गोल गर्दै म्यानचेस्टर युनाइटेडलाई सुरु...
घरेलु मैदानमा रियल म्याड्रिडको कठिन जित काठमाडौं। घरेलु मैदानमा रियल म्याड्रिडले कठिन जित निकालेको छ। स्पेनिस ला लिगाको जारी खेलमा रियलले गेटाफेमाथि १-० को झिनो जित निकालेको हो। सान्टियागो बर्नबेउमा शनिबार राति भएको खेलको पहिलो हाफ गोलरहित बराबरीमा टुंगिएको थियो। घरेलु टोली रियल माथि चर्को दबाबमा राखे पनि गेटाफेले कुनै...
फूलहमकाे जीतसँगै साउथह्याम्टन ११ वर्षपछि रेलिगेसनमा काठमाडौं। साउथह्याम्टन इंग्लिस प्रिमियर लिगबाट रेलिगेसनमा परेको छ। घरेलु मैदानमै फुलहमसँग २-० ले पराजय भएको साउथह्याम्टन ११ वर्षपछि दुई खेल बाँकी रहँदै रेलिगेसनमा परेको हो। प्रिमियर लिग अन्तरगत शनिबार राति सेन्ट मेरिज स्टेडियम साउथह्याम्टनमा भएको खेलको पहिलो हाफ गोलरह...
उपाधि नजिक पुगेको पिएसजीको जीतमा एम्बाप्पेको दुई गोल काठमाडौं। पेरिस सेन्ट जर्मेन (पिएसजी) ले फ्रेन्च लिग वानमा जीत दर्ता गर्दै उपाधिको सम्भावना थप बलियो बनाएको छ। एसी एजासियोलाई ५-० को फराकिलो गोल अन्तरले पराजित गर्दै पिएसजीले उपाधि जीतको सम्भावना बलियो बनाएको हो। जसमा एक गोल उपहारमा पाएको थियो। पार्क डेस प्रिन्सेसमा ...
सहिद भीमनारायण गोल्डकप : वीरगन्ज युनाइटेडद्वारा एपिएफ पराजित धनकुटा । धनकुटामा जारी १५औँ सहिद भीमनारायण गोल्डकप फुटबल प्रतियोगितामा वीरगन्ज युनाइटेड क्लबले साविक विजेता सशस्त्र प्रहरी बलको एपिएफ क्लबलाई पराजित गरेको छ । वीरगन्जले एपिएफलाई टाइबेकरमा हराएको हो । निर्धारित खेल खेल २–२ गोलको बराबरीमा टुङ्गिएपछि  वीरगन्जले ...
मछिन्द्र र आर्मीको जित काठमाडौं । सहिद स्मारक ए डिभिजन लिगमा मछिन्द्र क्लबले थ्रीस्टार क्लबलाई पराजित गरेको छ । शनिबार ललितपुरस्थीत च्यासल मैदानमा भएको खेलमा मछिन्द्रले थ्रीस्टारलाई १–० गोल अन्तरले पराजित गरेको हो । मछिन्द्रका लागि एक मात्र निर्णायक गोल जापानी खेलाडी युता सुजुकीले खेलको दशौं मिनेटमा गरेका थिए । जितपछि ...
पाकिस्तानले एसियाली क्रिकेट काउन्सिलको सदस्यता त्याग्ने चेतावनी दियो काठमाडौं । एसिया कप पाकिस्तानबाट सारेर अन्यत्रै आयोजना गर्ने भारतको दबाबका बीच पाकिस्तानले एसियाली क्रिकेट काउन्सिल (एसीसी)को सदस्यता त्याग्ने चेतावनी दिएको छ । पाकिस्तानले एसिया कपका ४ वटा समूह चरणका खेल मात्रै आफ्नो देशमा आयोजना गर्न चाहेको छ । यदि ...
भारतीय क्रिकेट टोली पाकिस्तान नआएमा पाकिस्तान पनि विश्वकप खेल्न भारत नजाने काठमाडौं । पाकिस्तान क्रिकेट बोर्डका अध्यक्ष नजम सेठीले भारतीय क्रिकेट टोली एसिया कप र २०२५ को च्याम्पियन्स ट्रफीका लागि पाकिस्तान जाँदा मात्रै पाकिस्तानी क्रिकेट टोली यसै वर्ष हुने एकदिवसीय विश्वकप खेल्न भारत आउने स्पष्ट पारेका छन् । सेठीले यो ...
ग्लोबल क्वालिफायरका लागि वेस्ट इन्डिजको टोली घोषणा काठमाडौं। आइसिसी पुरुष क्रिकेट विश्वकप छनोट (ग्लोबल क्वालिफायर) का लागि वेस्ट इन्डिज टोलीको घोषणा भएको छ। जिम्बावेमा आगामी जुन १८ देखि जुलाई ९ सम्म हुने ग्लोबल क्वालिफायरका लागि बेष्ट इन्डिजले आफनो १५ सदस्सीय टोली घोषणा गरेको हो। विश्वकप छनोट अघि युएईविरुद्ध तीन खेल्न ...
भीमनारायण गोल्डकपः ब्वाइज क्लब काठमाडौँ सेमिफाइनलमा धनकुटा । प्लानिङ्ग ब्वाइज क्लब काठमाडौँ धनकुटामा जारी १५औँ भीमनारायण गोल्डकप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ । शुक्रबार भएको खेलमा काठमाडौँले भारत सिलिगुडीको कञ्चनजङ्घा फुटबल क्लबलाई ६–१ गोलको अन्तरले पराजीत गरेको हो । क्लबको जितका लागि खेलको २२औँ मिनेटमा ब्वाइजका ...
पुलिसले संकटालाई हरायो, हिमालयन शेर्पा र मनाङले अंक बाँडे काठमाडौ । सहिद स्मारक ए डिभिजन लिगमा नेपाल पुलिस क्लब रेलिगेसन जोनबाट बाहिरिन सफल भएको छ । शुक्रबार दशरथ रंगशालामा भएको खेलमा संकटा क्लबलाई २–१ ले पराजित गर्दै पुलिस रेलिगेसन जोनबाट बाहिरिन सफल भएको हो । पुलिसका लागि मोजेस ग्याबा खेलको आठौं मिनेट र मोहमद आशिकले ...
प्रधानसेनापति राष्ट्रिय टेनिस प्रतियोगिता आजदेखि सुरु काठमाडौं । प्रधानसेनापति राष्ट्रिय टेनिस प्रतियोगिताको दोस्रो संस्करण आजदेखि सुरु भएको छ । त्रिभुवन आर्मी अफिसर्स क्लब र दशरथ रङ्गशालाको टेनिस कोर्टमा सुरु भएको उक्त प्रतियोगिताको बलाधिकृतरथी सरोजप्रताप राणाले निर्णायकलाई बल हस्तान्तरण गर्दै शुभारम्भ गरे । उद्घाटन ख...
फ्रेन्ड्स क्लबलाई हराउँदै जावलाखेल शीर्ष स्थानमा उक्लियो काठमाडौं । सहिद स्मारक ए डिभिजन लिग फुटबलमा जावलाखेल युथ क्लब पुन शीर्ष स्थानमा उक्लिएको छ । बिहीबार च्यासल फुटबल मैदानमा भएको खेलमा फ्रेन्ड्स क्लबलाई ४–१ गोल अन्तरले पराजित गर्दै जावलाखेल पुन शीर्ष स्थानमा उक्लिएको हो । जावलाखेलका लागि एनकोटो मासोआबीले २ तथा राह...
एसिया कपका ४ खेल मात्र पाकिस्तानमा र बाँकी सबै खेल युएइमा गर्ने पाकिस्तानको प्रस्ताव काठमाडौं । एसिया कप यस वर्षको सेप्टेम्बरमा पाकिस्तानमा हुने तय भएपनि दुई देशबीचको राजनीतिक तनावका कारण भारतले उक्त प्रतियोगितामा सहभागी हुन पाकिस्तान जान अस्वीकार गरेको छ । समस्या समाधान गर्न पाकिस्तानले एसियाली क्रिकेट काउन्सिलको बैठक...
शहिद स्मारक ए डिभिजन लिग : आज एउटा मात्रै खेल हुने काठमाडौँ। शहिद स्मारक ए डिभिजन लिग अन्तर्गत आज एक मात्रै खेल हुने भएको छ। यसअघि दुई वा तीनवटासम्म खेल हुदैँ आएकोमा आज भने एउटा मात्रै खेल हुन लागेको हो। अखिल नेपाल फुटबल संघ (एन्फा)का अनुसार आज फ्रेन्डस क्लब र जावलाखेल युथ क्लबबीच भिडन्त हुनेछ। च्यासल मैदान, ललितपुरमा ...
बार्सिलोनाका कप्तान बुस्केट १८ बर्ष पछि क्लब छाडने निर्णयमा काठमाडौं। बार्सिलोनामा आवद्ध भएको १८ वर्षपछि कप्तान सर्जियो बुस्केटले क्लब छाडने भएका छन्। जारी सिजनको अन्तबाट कप्तान बुस्केटले बार्सिलोना छाड्ने निर्णय गरेका हुन। ३४ वर्षीय बुस्केटले बार्सिलोनाका लागि ७ सय १८ खेल खेलेका छन् भने बार्सिलोनाबाट सर्वाधिक धेरै खेल...
एसी मिलानलाई पराजित गर्दै इन्टर मिलान फाइनल नजिक काठमाडौं। इन्टर मिलानले एसी मिलानलाई पराजित गरेको छ। युइएफए च्याम्पियन्स लिग अन्तरगत सेमिफाइनलको पहिलो लेगमा इन्टर मिलानले एसी मिलानलाई २-० ले पराजित गरेको हो। बुधबार राति मिलान डर्वीमा भएको खेलमा एसी मिलानलाई २-० ले पराजित गरे पछि इन्टरले फाइनल पुग्ने सम्भावना बलियो बना...
भीमनारायण कप : पहिलो खेलमा विराटनगर विजयी धनकुटा । धनकुटा जिल्लाको सबैभन्दा बढी पुरस्कार राशि भएको सहिद भीमनारायण गोल्डकप फुटबल प्रतियोगिताको १५औँ संस्करण आजदेखि सुरु भएको छ । धनकुटाको तल्लो टुँडिखेलमा सञ्चालन भइरहेको खेलको उद्घाटन खेलमा पेमा युवा क्लब विराटनगर विजयी भएको छ । विराटनगरले आयोजक धनकुटालाई टाइब्रेकर (पेनाल...
खेल पूर्वाधार निर्माण धमाधम गण्डकी । गण्डकीमा यस वर्ष ठूलासाना गरी एक सय ६५ खेल पूर्वाधारका योजना छन् । तिनमा रु पाँच लाखदेखि रु १५ लाखसम्मको बजेट छ । कतै खेल पूर्वाधारको निर्माण त कहीँ स्तरोन्नति कार्य भइरहेको छ । प्रदेशको सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालयका अनुसार ४० पूर्वाधार योजना सम्पन्न भइसकेका छन् । ‘एक स्था...
एपीएफ र चर्च ब्वाइजको जित काठमाडौं । सहिद स्मारक ए डिभिजन लिग फुटबलमा एपीएफ क्लबले आर्मी फुटबल क्लबमाथि सहज जीत हासिल गरेको छ । बुधबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा एपीएफले आर्मीलाई ३–० गोल अन्तरले पराजित गरेको हो । अर्मान्ड विडोङ्गले खेलको ४० औं मिनेटमा आर्मीलाई अग्रता दिलाएका थिए । दोस्रो हाफको ५५ औं मि...
खेल्दै नखेली विश्वकपमा छनोट भयो दक्षिण अफ्रिका काठमाडौं । यो वर्ष आईसीसी एकदिवसीय विश्वकप भारतमा हुने भएको छ । आठ टोली विश्वकपका लागि छनोट भएका छन् । दक्षिण अफ्रिका बुधबार खेल्दै नखेली विश्वकपका लागि छनोट भएको छ । छनोट भएका टोलीमा भारत, न्यूजिल्याण्ड, इंग्ल्याण्ड, बंगलादेश, पाकिस्तान, अष्ट्रेलिया, अफगानिस्तान र दक्षिण ...
विश्वकप छनोटको समीकरण पूरा, आयरल्याण्ड छनोट खेल्नुपर्ने, दक्षिण अफ्रिका सिधै विश्वकपमा काठमाडौं । आगामी १८ जूनदेखि जिम्बाब्बेमा हुने विश्वकप छनोटको समीकरण पूरा भएको छ । हिजो विश्वकप सुपर लिग अन्तर्गत बंगलादेश र आयरल्याण्डबीचको खेल वर्षाले अवरुद्ध भएर बिना नतिजा टुंगिएसँगै अब आयरल्याण्डले विश्वकप छनोट खेल्नुपर्ने भएको ह...
म्याड्रिड र म्यानचेस्टर बराबरीमा रोकिए काठमाडौं। रियल म्याड्रिड र म्यानचेस्टर सिटी बराबरीमा रोकिएका छन्। युरोपेली च्याम्पियन्स लिग अन्तर्गत सेमिफाइनलको पहिलो लेगमा रियल र सिटी बराबरीमा रोकिएका हुन्। रियलको घरेलु मैदान सान्टियागो बर्नाबाउमा मंगलबार भएको खेल १-१ को बराबरीमा सकिन पुगेको थियो। पहिलो हाफको ३६ औं मिनेटमा रिय...
थ्री स्टार र एनआरटीले अंक बाँडे, संकटाको सहज जित काठमाडौं । राजधानीमा जारी सहिद स्मारक ए डिभिजन लिगमा थ्री स्टार क्लबले एनआरटीसँग बराबरी खेल्दै अंक बाड्न बाध्य भएको छ । मंगलबार त्रिपुरेश्वस्थीत दशरथ रंगशालामा थ्री स्टारले एनआरटीसँग गोल रहित बराबरी खेल्दै अंक बाँडेको हो । बराबरीसंगै एनआरटीको १८ अंक भएको छ भने थ्री स्टार...
निजगढमा गढीमाई अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगिता हुने बारा। बाराको निजगढमा जेठ पहिलो साता अन्तर्राष्ट्रिय स्तरको तेक्वान्दो प्रतियोगिता आयोजना हुने भएको छ। मधेस प्रदेश तेक्वान्दो संघको आयोजनामा जेठ ४ गतेदेखि अन्तर्राष्ट्रियस्तरको गढीमाई तेक्वान्दो प्रतियोगिता हुन लागेको हो। गत ६ जेठसम्म आयोजना गर्न लागिएको प्रतियो...
एसिया कप सेप्टेम्बर २ देखि श्रीलंकामा हुन सक्ने काठमाडौं । एसियाली क्रिकेट काउन्सिल (एसीसी) ले पाकिस्तानबाट प्रतियोगिता सार्ने तयारी गरेसँगै आगामी एसिया कप श्रीलंकाले आयोजना गर्ने सम्भावना रहेको एक रिपोर्टमा दाबी गरिएको छ । बीसीसीआई सचिव जय शाहले भारतीय टोलीले प्रतियोगिता खेल्न पाकिस्तान यात्रा नगर्ने बताएदेखि नै कार्य...
शहिद स्मारक ए डिभिजन लिग अन्तर्गत आज तीन खेल हुँदै काठमाडौँ। शहिद स्मारक ए डिभिजन लिग अन्तर्गत आज तीनवटा खेल हुँदैछन्। आज हुने तीनवटा खेलमध्ये दुईवटा खेल दशरथ रंगशालामा हुनेछ भने एउटा खेल च्यासल मैदानमा हुनेछ। जसअनुसार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा थ्रि स्टार र न्युरोड टिमबीच पहिलो प्रतिस्पर्धा हुनेछ, जुन खेल दिउँसो...
लाउरेस स्पोर्टस् अवार्डको उपाधि मेसीलाई काठमाडौं। लियोनेल मेसीले लाउरेस वल्ड स्पोर्ट्स अवार्डमा स्पोर्ट्स म्यानको उपाधि जीतेका छन्। मेसीका साथै उनले नेतृत्व गरेको अर्जेन्टिनाले टिम अफ द इयरको अवार्ड जीत हासिल गरेको छ। हाल फ्रान्सेली क्लब पेरिस सेन्ट-जर्मेनमा आबद्ध मेस्सीले ‘यो विशेष सम्मान हो। म राष्ट्रिय टोलीबाट मात्र...
अल्वियोनमाथि एभर्टनको सानदार जीत काठमाडौं। एभर्टनले ब्राइटन होव सानदार जित निकालेको छ। इंग्लिस प्रिमियर लिगको जारी खेलमा ब्राइटनको घरेलु मैदानमा एभर्टनले ५-१ को फराकिलो जीत निकालेको हो। दि अमेरिकन एक्सप्रेस कम्युनिटी स्टेडियम फाल्मेरमा सोमबार राति खेलको पहिलो मिनेटमा नै एब्डुलाए डोउकाउरे को गोलबाट एभर्टनले अग्रता लिन स...
साफ च्याम्पियनसिपमा लेबनानले पनि सहभागिता जनाउने काठमाडौं । भारतमा आयोजना हुने १४ औं संस्करणको पुरुष साफ च्याम्पियनसिप फुटबलमा आमन्त्रित टोलीको रुपमा लेबनानले पनि सहभागिता जनाउने भएको छ । दक्षिण एसियाली फुटबल महासंघ (साफ) ले सोमबार लेबनानले साफ च्याम्पियनसिप खेल्ने पक्का भएको जनाएको छ। साफ च्याम्पियनसिप आगामी असारमा आय...
फ्रेन्ड्स क्लबले खुमलटारलाई हरायो, मनाङ र पुलिसले अंक बाँडे काठमाडौं । राजधानीमा जारी सहिद स्मारक ए डिभिजन लिगमा फ्रेन्ड्स क्लबले सहज जीत निकालेको छ । सोमबार ललितपुरको च्यासल खेल मैदानमा भएको खेलमा फ्रेन्ड्स क्लबले एफसी खुमलटारलाई ३–१ गोल अन्तरले पराजित गरेको हो । फ्रेन्ड्सको जितमा रफिक अमानुले चौथो र स्रोह्रौं मिनेटमा...
आफ्नो प्रस्ताव नमाने एसिया कपमा पाकिस्तान नखेल्ने, भारत र आइसीसीसँग लिखित ग्यारेन्टी माग्ने काठमाडौं । एसिया कप र विश्वकपमा भारत र पाकिस्तानको सहभागिताबारे विवाद सुल्झाउन दुबइमा एसियाली क्रिकेट परिषद र अन्तर्राष्ट्रिय क्रिकेट परिषदका अधिकारीहरुको बैठक हुने भएको छ । यसका लागि पाकिस्तान क्रिकेट बोर्डका अध्यक्ष नजम सेठी आ...
एसिया कपमा पाकिस्तान नखेल्न सक्ने, उसको ठाउँमा युएइ आउन सक्ने काठमाडौं । एसिया कपको मुखमा भारत र पाकिस्तानबीच भएको विवादका कारण अब एसिया कपमा पाकिस्तान नखेल्ने खतरा बढेको छ । यदि एसिया कपमा पाकिस्तान नखेल्ने अवस्था आएको पाकिस्तानलाई युएइले प्रतिस्थापन गर्न सक्ने बताइएको छ । युएइ एसिया कपको छनोट खेल एसीसी प्रिमियर कपको ...
शहीद स्मारक ए डिभिजन लिगअन्तर्गत १६औँ चरणको खेल सुरु काठमाडौँ। शहीद स्मारक ए डिभिजन लिगमा आज दुई खेल हुदैँछन्। जारी लिगको १६औँ चरणका खेलको सुरुवाती खेलमा फ्रेन्डस् क्लब र एफसी खुमलटार तथा नेपाल पुलिस क्लब र मनाङ मर्स्यांदी क्लबबीच प्रतिस्पर्धा हुनेछ। सोमवार च्यासल मैदानमा हुने पहिलो खेलमा फ्रेन्डस् क्लब र एफसी खुमलटारब...
म्यानचेस्टरले तेस्रो स्थानमा उक्लिने मौका गुमायो काठमाडौं। म्यानचेस्टर युनाइटेड पराजित हुन पुगेकाे छ। इंग्लिस प्रिमियर लिगमा म्यानचेस्टर युनाइटेडलाई १-० ले हराउँदै बेष्ट हयामले आफनो जीत पक्का गरेको हो। आइतवार राति भएको खेलको २७ औं मिनेटमा सेड बेनराहमले गरेको गोल नै निर्णायक हुन पुग्याे। त्यसपछि दुवै टोलीवाट एक अर्काको ...
फ्रेन्च लिगको शिर्षस्थानमा रहेको पिएसजीको सहज जीत काठमाडौं फ्रेन्च लिग वानमा पेरिस सेन्ट जर्मेन (पिएसजी) ले सहज जीत हासिल गरेको छ। घरेलु टोली ट्रोएसलाई ३-१ ले पराजित गर्दै लिगको शिर्षस्थानमा रहेको पिएसजीले उपाधि जित्ने सम्भावना कायमै राखेको छ। ट्रोएसको खेल मैदानमा आइतबार राति भएको खेलको ८ औं मिनेटमा केलियन एमबाप्पेले स...
आत्माघाती गोलको उपहारसँगै आर्सनल बिजयी काठमाडौं। इंग्लिस प्रिमियर लिगकाे जारी खेलमा आर्सनलले सहज जीत निकालेकाे छ। आर्सनलले घरेलु टोली न्यूक्यासल युनाइटेडलाई २–० ले पराजित गर्दै सहज जीत दर्ज गराएकाे हाे। सेन्ट जेम्स पार्कमा आइतबार राति भएको खेलको १४औं मिनेटमा कप्तान ओडेगार्डले गोल गर्दै आर्सनललाई १-० को सुरुवाती अग्रता ...
आज आइपीएलमा बन्दैछ अनौठो संयोग, आजसम्म खेलिएको छैन यस्तो खेल काठमाडौं । आज इन्डियन प्रिमियर लिगमा यस्तो खेल हुन गइरहेको छ, जुन प्रतियोगिताको इतिहासमा अहिलेसम्म भएको छैन। आज अनौठो संयोग बन्दैछ । वास्तवमा, आईपीएल २०२३ सिजनमा आज डबल हेडर खेलिनेछ। यसको पहिलो खेल अहमदाबादको नरेन्द्र मोदी स्टेडियममा दिउँसो ३:४५ बजेबाट हुनेछ ...
अन्तरवार्ताको नाममा राष्ट्रिय खेलाडीको अपमान, आधारभूत ज्ञानबिना पचाउनै नसकिने प्रश्न काठमाडौं । नेपालीमा एउटा उखान छ ‘नपाउनेले केरा पायो बोक्रैसित खायो ।’ पछिल्लो समय यो उखान आफूलाई चलचित्र पत्रकार बताउने उत्सव रसाइलीमाथि लागू हुने देखिएको छ । पछिल्लो समय नेपाली क्रिकेटले निकै हाइप लिएको मौका छोपेर साउने भेल छोप्न क्रि...
शहिद स्मारक लिग : आज दुई खेल हुँदै काठमाडौँ। शहीद स्मारक ए डिभिजन लिग अन्तर्गत आज दुई खेल हुँदैछन्। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा मच्छिन्द्र फुटबल क्लब र एपीएफ क्लबबीच प्रतिस्पर्धा हुनेछ। सो खेल दिउँसो ३ बजेबाट सुरु हुनेछ। छैटौँ  जित निकाल्ने योजनासहित मैदानमा उत्रन लागेको मछिन्द्र १४ खेलमा २१ अंक जोडेर पाँचौँ स्थान...
सालाहको निर्णायक गोलमा लिभरपुल बिजयी काठमाडाैं। मोहम्मद सालाहको निर्णायक गोलमा लिभरपुल बिजयी भएको छ। शनिबार राति भएकोइङ्लिस प्रिमियर लिगको खेलमा ब्रेन्टफोर्डलाई १-० गोलले पराजित गर्दै लिभरपुल बिजयी भएको हो। लिभरपुलको घरेलु मैदान एन्फिल्डमा भएको खेलको १३औं मिनेटमा गोल गर्दै सालाहले घरेलु टिमलाई अग्रता दिलाएका थिए। भर्जि...
रियल म्याड्रिड ९ बर्ष पछि कोपा डेल रेको च्याम्पियन काठमाडौं। रियल म्याडिड्र स्पेनिस कोपा डेल रेको च्याम्पियन बनेको छ। ओसासुनालाई २-१ ले पराजित गर्दै ९ वर्षपछि रियल म्याड्रिड च्याम्पियन बनेको हो। सेभियामा शनिबार राति भएको खेलमा ब्राजिली युवा विंगर रोड्रिगोले गरेको दुवै गोलको मद्यतले रियलले च्याम्पियनसिप हुन सफल भएको हो।...
पोखरा स्पोर्टस् अवार्ड : करण र सावित्रा वर्ष खेलाडी घोषित कास्की । नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले आयोजना गरेको सातौँ संस्करणको ‘पोखरा स्पोर्टस् अवार्ड २०७९’ मा वर्ष उत्कृष्ट  खेलाडीको अवार्ड करण केसी (बागलुङ) र सावित्रा भण्डारी (लमजुङ)ले जितेका छन् । पोखरा सभागृहमा आज सम्पन्न अवार्ड समारोहमा पुरुषतर्फ क्रिकेटका केस...
मनाङ र सातदोबाटाले अंक बाँडे, चर्च ब्वाइज शीर्ष स्थानमा उक्लियो काठमाडौं । राजधानीमा जारी सहिद स्मारक ए डिभिजन लिग फुटबलमा मनाङ मस्र्याङ्दी क्लबले सातदोबाटो युथ क्लबसंग बराबरी खेलेको छ । शनिबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सातदोबाटो र मनाङले गोलरहित बराबरी खेल्दै अंक बाडेका छन् । प्रतिस्पर्धात्मक खेल दुबै टोलीले पा...
कञ्चनपुरका सागरले एसियाली भारोत्तोलनमा प्रतिस्पर्धा गर्दै महेन्द्रनगर। कञ्चनपुरका सागर भण्डारीले एसियाली भारोत्तोलन च्याम्पियनसिपमा नेपालबाट प्रतिस्पर्धा गर्ने भएका छन् । आगामी मे ३ देखि १३ तारिखसम्म दक्षिण कोरियाको जेन्जुमा हुने पुरुष १०९ किलोमाथिको तौल समूहमा २२ वर्षीय भण्डारी भिड्ने छन् । कञ्चनपुरका भारोत्तोलन प्रशि...
सहिद स्मारक लिगमा तीन खेल हुदैँ, दुईवटा रंगशालामा र एउटा च्यासलमा काठमाडौं। सहिद स्मारक ए डिभिजन लिग फुटबलमा आज तीन खेल हुँदैछन् । आज हुने तीन खेल मध्ष दुईवटा खेल दशरथ रंगशालामा हुनेछ भने एक खेल च्यासल मैदानमा हुनेछ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सातदोबाटो युथ क्लब र मनाङ मर्स्याङ्दी बिच पहिलो खेल हुनेछ । सो खेल अप...
बाबर आजम एकदिवसीय क्रिकेटमा सबैभन्दा छिटो ५ हजार रन बनाउने खेलाडी बने काठमाडौं । पाकिस्तानी ब्याट्सम्यान बाबर आजम एकदिवसीय क्रिकेटमा सबैभन्दा छिटो ५ हजार रन बनाउने खेलाडी बनेका छन् । पाकिस्तानका यी ब्याट्सम्यानले न्युजिल्यान्डविरुद्ध कराँचीमा भएको खेलमा यो उपलब्धि हासिल गरेका हुन् । आजमले यो खेलमा १९ रन बनाएर यो कीर्ति...
लखनउका कप्तान केएल राहुल आईपीएलबाट बाहिरिए काठमाडौं । लखनऊ सुपर जाइन्ट्सका कप्तान केएल राहुल आरसीबीविरुद्धको खेलमा घाइते भएपछि आईपीएलबाट बाहिर भएका छन् । लखनउ सुपर जायन्ट्सले जारी गरेको विज्ञप्तिमा भनिएको छ कि परीक्षण र स्क्यानले उनी घाइते भएको र शल्यक्रिया गर्नुपर्ने पुष्टि भएको छ । विज्ञप्तिमा भनिएको छ, “हामी यस कठिन...