content stringlengths 20 64.1k ⌀ |
|---|
नोभाक जोकोभिच फ्रेन्च ओपनको फाइनलमा, विश्व कीर्तिमानबाट एक कदम टाढा काठमाडौं । प्रख्यात टेनिस खेलाडी नोभाक जोकोभिच शुक्रबार फ्रेन्च ओपन २०२३ को फाइनलमा प्रवेश गरेका छन् ।
२२ पटकका ग्राण्डस्लाम च्याम्पियन नोभाकले सेमिफाइनलमा स्पेनका कार्लोस अल्काराजलाई ६-३, ५-७, ६-१ र ६-१ ले हराए।
उनले फाइनलमा क्यास्पर रुड वा अलेक्ज्याण... |
नेपालले आज नेदरल्याण्डसँग अभ्यास खेल खेल्दै काठमाडौं। आईसीसी एकदिवसीय विश्वकप छनोटको तयारीमा रहेको नेपालले दोस्रो अभ्यास आज नेदरल्याण्डससँग खेल्दैछ।
गत बिहीबार भएको पहिलो अभ्यास खेलमा नेपाल स्कटल्याण्डसँग ७ बिकेटले पराजित भएको थियो। दक्षिण अफ्रिकामा भएको पहिलो एकदिवसीय अभ्यास खेलमा नेपाल स्कटल्याण्डसँग ७ विकेटले पराजित... |
लोकप्रिय हुँदैछ नेपालमा स्केटिङ तथा स्केटबोर्डिङ खेल काठमाडौं। पछिल्लो समय नेपालमा स्केटिङ तथा स्केटबोर्डिङ खेल लोकप्रिय हुँदै गएको देखिन्छ । नेपालमा खासगरी स्केटिङ र स्केटबोर्ड खेल खेलाउन सन् २००८\०९ देखि अरनिको स्केट शपले नै विदेशी स्वयंसेवक ल्याई नेपाली युवा विद्यार्थीलाई भौतिकरूपमै सिकाउन थालिएको थियो ।
त्यसपछि नेप... |
चर्च ब्वाइजको जित, खुमलटार रेलिगेसनमा काठमाडौं । सहिद स्मारक ए डिभिजन लिग फुटबल अन्तर्गत सिजनको आफ्नो अन्तिम खेलमा उपाधि विजेता चर्च ब्वाइज युनाईटेडले सहज जित निकालेको छ ।
शुक्रबार एन्फा कम्प्लेक्समा चर्च ब्वाइजले एफसी खुमलटारलाई २–० गोल अन्तरले पराजित गरेको हो । चर्च ब्वाइजसँग पराजित भएसँगै खुमलटार भने रेलिगेसनमा परेक... |
अभ्यास खेलमा नेपाल स्कटल्यान्डसँग सात विकेटले पराजित काठमाडौं । जिम्बावेमा असार ३ गतेदेखि आयोजना हुने आइसिसी एक दिवसीय विश्वकप छनोट खेलको तयारीका लागि दक्षिण अफ्रिकाका रहेको नेपाली टोली स्कटल्यान्डसँगको अभ्यास खेलमा पराजित भएको छ ।
बिहीबार भएको अभ्यास खेलमा नेपाल स्कटल्यान्डसँग सात विकेटले पराजित भएको हो । जितको लागि ए... |
एसियन कप छनोट : नेपाल चीनसँग ५–० ले पराजित काठमाडौं । एएफसी यु–२० महिला एसियन कप छनोटको दोस्रो चरणअन्तर्गत आज भएको खेलमा नेपाल चीनसँग पराजित भएको छ ।
म्यान्मारको यानगोनस्थित थुवुन्ना स्टेडियममा भएको खेलमा नेपाल चीनसँग ५–० गोलअन्तरले पराजित भएको हो । नेपालको यो लगातार दोस्रो हार हो । यसअघि भएको पहिलो खेलमा नेपाल आयोजक म... |
साफ च्याम्पियनसिपका लागि नेपाली टिमको घोषणा काठमाडौं । साफ च्याम्पियनसिपका लागि नेपाली राष्ट्रिय फुटबल टिमको घोषणा भएको छ ।
भारतमा हुन गईरहेको साफ च्याम्पियनसिपका लागि नेपाली फुटबल टिमको २३ सदस्सीय टोलीका घोषण भएको हो । मुख्य प्रशिक्षक भिन्सेन्जो अल्बर्टो एनेसले २३ सदस्यीय टोली घोषणा गरेका हुन् । आगामी जुन २१ देखि जुला... |
नेपाली राष्ट्रिय क्रिकेट टिमका प्रशिक्षक देसाई दक्षिण अफ्रिका प्रस्थान काठमाडौँ। नेपाली राष्ट्रिय क्रिकेट टिमका मुख्य प्रशिक्षक मोन्टी देसाई दक्षिण अफ्रिका प्रस्थान गरेका छन्। उनी एकदिवसीय विश्वकप छनोटका लागि बिहीबार त्यसतर्फ प्रस्थान गरेका हुन्।
जुन १८ देखि जुलाई ९ सम्म जिम्बाब्वेमा हुने विश्वकप छनोटको तयारीका लागि ने... |
विश्व टेस्ट च्याम्पियनशिपको फाइनलमा भारत र अष्ट्रेलियाका खेलाडी किन कालो पट्टी बाँधेर खेल्दैछन् काठमाडौं । विश्व टेस्ट च्याम्पियनसिपको फाइनल खेल भारत र अष्ट्रेलियाबीच इंग्ल्याण्डको ओभल मैदानमा भइरहेको छ । यस खेलमा भारत र अष्ट्रेलियाका खेलाडी हातमा कालो पट्टी बाँधेर मैदानमा उत्रिएका छन् ।
यस मार्फत खेलाडीहरूले ओडिशाको ब... |
नेपाली क्रिकेट टिमले आज स्कटल्याण्डसँग अभ्यास खेल खेल्दै काठमाडौँ। नेपाली राष्ट्रिय क्रिकेट टिमले आज आफ्नो पहिलो अभ्यास खेल स्कटल्यान्डसँग खेल्दैछ।
विश्वकप छनोटका लागि दक्षिण अफ्रिकामा अभ्यासका लागि पुगेको नेपालले पहिलो अभ्यास खेल स्कटल्याण्डसँग खेल्न लागेको हो। सो खेल मध्यान्ह दक्षिण अफ्रिकामा १२ः४५ बजेबाट सुरु हुने... |
वेस्ट ह्याम युरोपा कन्फ्रेस लिग च्याम्पियन काठमाडौं। वेस्ट ह्याम युनाइटेड युरोपा कन्फ्रेन्स लिगको च्याम्पियन बनेको छ। इटालियन क्लब फियोरेन्टिनालाई २-१ ले पराजित गर्दै इंग्लिस क्लब वेस्ट ह्याम कन्फ्रेन्स लिगको च्याम्पियन बनेको हो।
चेक रिपब्लिकमाको फोर्टुना एरिना प्राहामा बुधबार राति भएको खेलको पहिलो हाफमा गोलरहित बराबरी... |
मेसीले भने-मैले युरोप छाडें, अब मियामी जानेछु काठमाडौं। फ्रेन्च च्याम्पियन पेरिस सेन्ट जर्मेनबाट बाहिरिएपछि अर्जेन्टिनाका लिजेण्ड लियोनल मेसी अमेरिकी क्लब इन्टर मियामी जाने भएका छन्।
३५ वर्षीय मेस्सीलाई साउदी अरेबियाको पक्ष अल हिलालबाट थप आकर्षक प्रस्ताव थियो जबकि फाइनान्सियल फेयर प्ले सीमितताका कारण बार्सिलोना फर्कन अ... |
मेस्सी पीएसजी छोडेर अमेरिकी क्लब इन्टर मियामी जाने काठमाडौं। फ्रेन्च च्याम्पियन पेरिस सेन्ट जर्मेनबाट बाहिरिएपछि अर्जेन्टिनाका फुटबल स्टार लियोनल मेस्सी अमेरिकी क्लब इन्टर मियामीमा जाने भएका छन्।
बार्सिलोनाका पूर्व फरवार्डसमेत रहेका मेस्सीले साउदी अरेबियाको पक्ष अल-हिलालबाट आकर्षक प्रस्ताव अस्वीकार गर्दै अमेरिकी क्लब ... |
मछिन्द्र र एनआरटी विजयी काठमाडौं । राजधानीमा जारी सहिद स्मारक ए डिभिजन लिग फुटबलमा मछिन्द्र फुटबल क्लबले हिमालयन शेर्पा क्लबमाथि सहज जित निकालेको छ ।
बुधबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा मछिन्द्रले हिमालयन शेर्पालाई ३–१ गोल अन्तरले पराजित गरेको हो । खेलको २६ औं मिनेटमा विमलले गोल गर्दै मछिन्द्रलाई सुरुआती... |
विश्व टेस्ट च्याम्पियनसिपको फाइनल सुरु, भारतले टस जितेर पहिले बलिङ गर्ने काठमाडौं । विश्व टेस्ट च्याम्पियनसिपको फाइनल खेल भारत र अष्ट्रेलियाबीच इंग्ल्याण्डको ओभल मैदानमा हुँदैछ ।
भारतका कप्तान रोहित शर्माले खेलमा टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेका छन् । भारतीय टोलीले चार फास्ट बलरलाई खेलाएको छ । आर अश्विनले टोलीमा ... |
‘खै मेस्सी ?’ भन्दै मेस्सीको खिल्ली उडाउने साउदी फ्यानले साँच्चिकै मेस्सीलाई भेटे काठमाडौं । २०२२ विश्वकप फुटबलको समूह चरणको खेलमा साउदी अरेबियासँग अर्जेन्टिना पराजित भएपछि अर्जेन्टिनी टोलीका कप्तान तथा स्टार खेलाडी लियोनेल मेस्सीको खिल्ली उडाएका साउदी अरेबियाका फ्यानले अन्ततः मेस्सीलाई साँच्चिकै भेटेका छन् ।
If this i... |
शहिद स्मारक ए डिभिजन लिगमा आज तीन खेल हुँदै काठमाडौँ। शहिद स्मारक ए डिभिजन लिग फुटबलमा आज तीन खेल हुदैँछन्। अखिल नेपाल फुटबल संघ (एन्फा) का अनुसार च्यासल खेल मैदान ललितपुरमा एउटा र दशरथ रंगशालामा दुईवटा खेल हुँदैछन्।
जसअनुसार च्यासल मैदानमा हुने खेलमा मनाङ मस्र्याङदी र न्युरोड टिम बिचमा प्रतिस्पर्धा हुनेछ। जुन खेल दिउँ... |
ए डिभिजन लिग फुटबल: एफसी खुमलटार विजयी काठमाडौं । सहिद स्मारक ए डिभिजन लिग फुटबल प्रतियोगितामा एफसी खुमलटार क्लबले सशस्त्र प्रहरी बलको एपिएफ क्लबलाई पराजित गर्दै विजयी भएको छ ।
सातदोबाटोस्थित च्यासल मैदानमा आज भएको खेलमा खुमलटारले एपिएफ क्लबलाई ३–१ गोल अन्तरले पराजित गर्दै विजयी भएको हो । खुमलटारको जितमा मेसुके ओलुमोउल... |
एसियन कप छनोट : नेपाल म्यानमारसँग पराजित काठमाडौं । एएफसी २० वर्षमुनिको महिला एसियन कप छनोटको दोस्रो चरणअन्तर्गतको पहिलो खेलमा नेपाल घरेलु टोली म्यानमारसँग पराजित भएको छ ।
म्यानमारको यानगोनस्थित युवुन्ना स्टेडियममा आज भएको खेलमा नेपाल म्यानमारसँग ०–५ गोलअन्तरले पराजित भएको हो । म्यानमारका लागि खेलको २३औँ मिनेटमा जिन मो... |
ए डिभिजन लिगः एक खेल अगाबै च्याम्पियन बन्यो चर्च ब्वाइज काठमाडौं। चर्च ब्वाइज युनाईटेडले सहिद स्मारक ए डिभिजन लिग फुटबलको उपाधि जितेको छ ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा मंगलबार थ्री स्टार क्लबसँग गोलरहित बराबरी खेल्दै चर्च ब्वाइज एक खेल अगावै लिग च्याम्पियन बनेको हो । चर्च ब्वाइजलाई उपाधि जित्न मात्र एक अंकको आवश्यक... |
एशिया कपमा आयोजक पाकिस्तान नै नखेल्ने ! प्रतियोगिता नै रद्द हुने सम्भावना समेत उच्च काठमाडौं । श्रीलंका, बंगलादेश र अफगानिस्तानले प्रस्तावित ‘हाइब्रिड मोडेल’ अस्वीकार गरेपछि आयोजक पाकिस्तानले सेप्टेम्बरमा हुने एशिया कप क्रिकेट प्रतियोगिता बहिष्कार गर्न सक्छ।
पाकिस्तान क्रिकेट बोर्ड (पीसीबी) का प्रमुख नजम सेठीले प्रस्ता... |
एसियन कप छनोट : नेपाल र म्यान्मा भिड्ने काठमाडौँ। एएफसी यू–२० महिला एसियन कप फुटबल छनोटको दोस्रो चरण खेल्न म्यान्मा पुगेका नेपाली टोलीले आज साँझ घरेलु टोली म्यान्मासँग प्रतिस्पर्धा गर्दैछ।
नेपाल र म्यान्माबीचको खेल नेपाली समयअनुसार साँझ ५ः४५ बजे सुरु हुनेछ। नेपाल छनोटको समूह ‘बी’ मा रहेको छ। नेपालको समूहमा चीन, म्यान्म... |
ए डिभिजन लिग फुटबल, आज चार खेल हुँदै काठमाडौं। शहिद स्मारक ए डिभिजन लिग फुटबलमा आज चार खेल हुँदैछन्। अखिल नेपाल फुटबल संघ (एन्फा)का अनुसार दुईवटा खेल रंगशालामा हुनेछ भने च्यासल मैदान र एन्फा कम्प्लेक्समा एक एक खेल हुनेछ।
च्यासल मैदान, ललितपुरमा हुने पहिलो खेलमा खुमलटार र बिभागिय टोली एपीएफ फुटबल क्लबका बीचमा प्रतिस्पर्... |
क्रिकेटर यश दयालले गरे ‘इस्लामफोबिक’ पोस्ट, पछि हटाएर माफी मागे काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) मा गुजरात टाइटन्सबाट खेल्ने क्रिकेटर यश दयाल आफ्नो इन्स्टाग्राम पोस्टका कारण चर्चामा छन् ।
यश दयालले आफ्नो इन्स्टाग्राम स्टोरीमा एक ‘इस्लामोफोबिक’ पोस्ट सेयर गरेका थिए, जुन उनले केही समयपछि डिलिट गरे।
अब क्रिकेटरले ... |
विश्वकप क्रिकेट छनौट खेल्न आज सन्दीप लामिछाने अफ्रिका जाँदै काठमाडौं। नेपाली राष्ट्रिय क्रिकेट टिमका लेग स्पिनर सन्दीप लामिछाने आज अफ्रिका जाँदैछन्।
अदालतमा मुद्दा खेपिरहेका लामिछाने जान पाउने कि नपाउने भन्ने अन्यौलता कायम रहिरहेको बेला अन्ततः प्रशिक्षक मोन्टी देशाइसँगै उनी आज दक्षिण अफ्रिका जान लागेका हुन्।
काठमाडाैं ... |
बार्सिलोना लिगको अन्तिम खेलमा पराजित काठमाडौं। युरोपका लिगहरुमा च्याम्पियन भइसकेको क्लबहरू अन्तिम खेलमा पराजय हुने क्रम रोकिएको छैन।
इंगलिस प्रिमियम लिगमा म्यानचेस्टर, ला लिगामा पिएसजी अन्तिम खेलमा पराजय भइसकेकाे बेला स्पेनिस ला लिगाको च्याम्पियन बार्सिलोना पनि लिगको अन्तिम खेलमा पराजित हुन पुगेको छ।
आइतबार राति एवान्क... |
पुलिसद्वारा उपाधि दाबेदार मछिन्द्र पराजित काठमाडौं। राजधानीमा जारी सहिद स्मारक ए डिभिजन लिग फुटबलमा नेपाल पुलिस क्लबले उपाधि दाबेदार मछिन्द्र फुटबल क्लबलाई पराजित गरेको छ।
आइतबार च्यासल मैदानमा भएको खेलमा पुलिसले मछिन्द्रलाई २–१ गोल अन्तरले हराएको हो । खेलको २७ औं मिनेटमा आफिज ओलावालेले गोल गर्दै मछिन्द्रलाई सुरुआती अग... |
नेपाली महिला फुटबल टोली म्यानमार प्रस्थान काठमाडौं। एएफसी यू–२० महिला एशियन कप छनोटको दोस्रो चरण खेल्न नेपाली यू–२० महिला फुटबल टोलीको आज विदाई गरिएको छ ।
अखिल नेपाल फुटबल सङ्घ (एन्फा)द्वारा आज यहाँ आयोजित कार्यक्रममा एन्फा अध्यक्ष पङ्कजविक्रम नेम्वाङलगायत एन्फा पदाधिकारीले नेपाली टोलीलाई सफलताको शुभकामना दिँदै बिदाइ ग... |
मलेसियाविरुद्ध टी-२० शृंखलाको उपाधि नेपाललाई काठमाडौं। मलेसियासँगको ५ खेलको टी-२० क्रिकेट शृंखला नेपालले जितेको छ।
पाँचौ तथा अन्तिम खेलमा मलेसियालाई ३ विकेटले हराउँदै नेपाले शृंखला ३-२ ले जितेको हो। शृंखलाको पहिलो खेल हारेको नेपाल दोस्रो र तेस्रो खेल जित्दै जित नजिक पुगेको थियो।
चौथो खेलमा मलेसियाले नेपाललाई हराउँदै शृ... |
महिला टि २० क्रिकेट : नेपाल टस जितेर फिल्डिङमा काठमाडौँ। महिला टि २० क्रिकेटको अन्तिम श्रृंखलाको खेलमा नेपालले टस जितेको छ। नेपाल–मलेसियाबीच जारी महिला टि २० क्रिकेटको अन्तिम श्रृंखलाको खेलमा नेपालले टस जितेर फिल्डिङ रोजेको छ।
नेपाल–मलेसिया दुई खेलमा जीत र दुई खेलमा पराजय गरी बराबरी खेलेका दुवै टिमलाई आज जित्नै पर्ने द... |
प्रिमियर पछि म्यानचेस्टर सिटीलाई एफए कपको पनि उपाधि काठमाडौं। म्यानचेस्टर सिटी एफए कपको च्याम्पियन भएको छ।
इंग्लिस प्रिमियर लिग च्याम्पियन बनिसकेको म्यानचेस्टर एपफए कपको पनि च्याम्पियन बनेको हो। म्यानचेस्टर युनाइटेडलाई २-१ ले पराजित गर्दै सिटी एफएकपको च्याम्पियन बनेको हो।
शनिबार राति वेम्वली स्टेडियम लन्डनमा भएको खेलको... |
लिग वान च्याम्पियन पिएसजी अन्तिम खेलमा पराजित काठमाडौं। लिग वान च्याम्पियन भइसकेको पेरिस सेन्ट जर्मेन (पिएसजी) अन्तिम खेलमा पराजित भएको छ। दुई गोलको अग्रता जोगाउन नसक्दा पिएसजी घरेलु मैदानमा क्लेरमन्टफर्टसँग ३-२ ले पराजित भएको हो। यद्यपि, लिग वानको उपाधि भने पिएसजीले उचालेको छ।
शनिबार राति पार्क डेस प्रिन्सेस खेल मैदान... |
जुम्ली मामाभाञ्जीलाई अन्नपूर्ण म्याराथनको उपाधि गण्डकी । जुम्लाका धीराबहादुर बुढा र गणना भण्डारी नाताले मामाभाञ्जी हुन् । म्याराथनमा भविष्य बनाउन सङ्घर्षरत उनीहरूका लागि आजको दिन सुखद् रह्यो । अन्नपूर्ण आधार शिविरबाट पर्यटकीय गाउँ घान्द्रुकसम्मको ‘अन्नपूर्ण म्याराथन’मा पुरुषतर्फको बुढाले र महिलातर्फको उपाधि भण्डारीले ह... |
एसपिए सुदूरपश्चिम स्पोर्टस अवार्डः दुई विधाको मनोनयन सार्वजनिक धनगढी । धनगढीमा हुने चौथो एसपिए सुदूरपश्चिम स्पोर्टस अवार्डको दुई विधाको मनोनयन सार्वजनिक भएको छ । सुदुरपश्चिमाञ्चल एकेडेमीको मुख्य प्रायोजनमा हुने अवार्डको सुदुरपश्चिम आईकन पुरुष र सुदुरपश्चिम आईकन महिला विधाको मनोनयन सार्वजनिक गरिएको हो । आयोजक नेपाल खेलक... |
सातदोबाटोले आर्मीलाई हरायो, थ्री स्टार र एपीएफको बराबरी काठमाडौं । राजधानीमा जारी सहिद स्मारक ए डिभिजन लिग फुटबलमा सातदोबाटो युथ क्लबले त्रिभुवन आर्मी क्लबलाई पराजित गरेको छ ।
शनिबार च्यासल मैदानमा भएको खेलमा सातदोबाटोले आर्मीलाई २–१ गोल अन्तरले पराजित गरेको हो । खेलको दोस्रो मिनेटमा शिव सुवेदीले गोल गर्दै सातदोबाटोलाई... |
भक्तपुरमा राष्ट्रिय पुरुष भलिबल प्रतियोगिता हुने भक्तपुर । भक्तपुरमा राष्ट्रिय खुल्ला पुरुष भलिबल प्रतियोगिता हुने भएको छ । ओम सृजनशील समाजको आयोजनामा उक्त प्रतियोगिता यहअी जेठ २७ गतेदेखि सञ्चालन हुनेछ ।
सूर्यविनायक नगरपालिका–४ दधिकोट हर्षचोकमा भक्तपुर जिल्ला खेलकुद विकास समिति र सूर्यविनायक नगरपालिकाको समन्वयमा सो प्र... |
आइपीएलका १० वटै टिमका मालिक को-को हुन् ? उनीहरू कति धनी छन् ? काठमाडौं । इन्डियन प्रिमियर लिगको बढ्दो लोकप्रियताको परिणामस्वरूप यो विश्वको दोस्रो सबैभन्दा मूल्यवान खेल लिग बनेको छ । आईपीएलको ब्रान्ड भ्यालु ८.४ बिलियन डलर पुगेको छ । पहिलो स्थानमा अमेरिकाको नेशनल फुटबल लिग (एनएफएल) छ, जसको ब्रान्ड भ्यालु २०२३ मा १०.८ बिल... |
महेन्द्र सिंह धोनीको घुँडाको शल्यक्रिया, के उनी अर्को आईपीएल खेल्न सक्छन् ? काठमाडौं । भारतीय क्रिकेटका पूर्व कप्तान महेन्द्र सिंह धोनीको मुम्बईको कोकिलाबेन अस्पतालमा घुँडाको शल्यक्रिया गरिएको छ ।
चेन्नई सुपर किंग्सको व्यवस्थापनसँग नजिक रहेको स्रोतले समाचार एजेन्सी पीटीआईलाई उनको शल्यक्रिया सफल भएको बतायो ।
आईपीएलमा चे... |
रारामा म्याराथन प्रतियोगिता हुने मुगु। मुगुको रारामा म्याराथन प्रतियोगिता हुने भएको छ । श्रीबक्स गुल्म, रारा हुटु र छायाँनाथ रारा नगरपालिकाको संयुक्त आयोजनामा शनिबार तेस्रो संस्करणको म्याराथन प्रतियोगिता हुन लागेको हो।
प्रदेश तथा राष्ट्रियस्तरका खेलाडी उत्पादन गर्नाका साथै राराको पर्यटन प्रवद्र्धन गर्न प्रतियोगिता आयोज... |
एन्फा-क्लब विवाद : कालोपट्टी लगाएर खेलाडीले फुटबल खेल्ने काठमाडौं। राष्ट्रिय फुटबल टोलीको प्रशिक्षण आजबाट स्थगित हुन पुगेको छ। जुन १५ गतेदेखि सुरु हुन लागेको साफ च्याम्पियनसिपका तयारीका लागि हिजोबाट सुरु भएको प्रशिक्षण आजबाट स्थगित भएको हो।
अखिल नेपाल फुटबल संघ (एन्फा)ले लिग जारी रहेको बखतमा खेलाडीहरुलाई प्रशिक्षणमा बो... |
मेस्सीले पीएसजी छाड्ने पक्का काठमाडौं। विश्व चर्चित अर्जेन्टिनी खेलाडी लियोनल मेस्सीले फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेइन छाड्ने पक्का भएको छ ।
मेस्सीले यो सिजनमा मात्रै पीएसजीको लागि खेल्ने र त्यसपछि अन्यत्रै जाने क्लबले पुष्टि गरेको छ । पीएसजीका प्रबन्धक क्रिस्टोफ गाल्टियरले लियोनल मेस्सी पीएसजीमा यसै सिजनसम्म मात्र... |
खेलाडी पलायन कम गर्न माग गर्दै खेलकुदमन्त्रीलाई ज्ञापनपत्र काठमाडौं । खेलाडी पलायन कम गर्न सरकारले रणनीतिक नीति तयार पार्नुपर्ने लगाएका १४ बुँदे माग राख्दै नेपाल लोकतान्त्रीक खेलकुद संघले खेलकुदमन्त्री डिगबहादुर लिम्वुलाई ज्ञापन पत्र बुझाएको छ ।
बिहीबार सिंहदरबारमा मन्त्री लिम्वुलाई ज्ञापन पत्र बुझाउदै खेलाडी पलायनबाट ... |
फ्रेन्ड्स र हिमालयनको बराबरी, पुलिसले एनआरटीलाई हरायो काठमाडौं । राजधानीमा जारी सहिद स्मारक ए डिभिजन लिग फुटबलमा फ्रेन्ड्स क्लब र हिमालयन शेर्पा क्लबले गोलरहीत बराबरी खेलेका छन् ।
बिहीबार ललितपुरस्थीत च्यासल मैदानमा बिहीबार फ्रेन्ड्स र हिमालयनले गोलरहित बराबरी खेल्दै अंक बाँडेका छन् । खेलमा दुई टोलीले गोल गर्ने अवसरलाई... |
मलेसियामाथि नेपाल २७ रनले विजयी, ५ खेलको सिरिजमा २-१ को अग्रता काठमाडौं। महिला टि-२० आई खेलमा नेपालले मलेसियालाई २७ रनले पराजित गरेको छ । यससँगै नेपालले ५ खेलको सिरिजमा २-१ को अग्रता लिएको छ ।
आज नेपालले दिएको १११ रनको लक्ष्य पच्छ्याएको मलेसियाने निर्धारित २० ओभरमा ४ विकेटको क्षतिमा ८३ रन मात्र बनाउन सकेको हो ।
आजको खे... |
महिला टि-२० क्रिकेटः आज पुन नेपाल मलेसियासँग भिड्दै काठमाडौं। महिला टि-२० आई खेलमा नेपालले आज मलेसियासँग पुनः प्रतिस्पर्धा गर्दैछ। पहिलो खेलमा पराजित भए पनि दोस्रो खेलमा बिजयी भएका नेपालले आज पुनः मलेसियासँग खेल्न लागेको हो।
आजको खेल नेपाली समय अनुसार बिहान ८ः ४५ बजेवाट सुरु हुँदैछ। पहिलो खेलमा ५ विकेटले पराजित भएको ने... |
सेभियाले उचाल्यो युरोपा लिगको उपाधि काठमाडौं। स्पेनिस क्लब सेभियाले युरोपा लिगको उपाधी चुमेको छ। इटालियन क्लब रोमालाई टाइब्रेकरमा ४-१ ले पराजित गर्दै सेभियाले उपाधि हासिल गरेको हो।
बुधबार राति पुस्कास एरिना बुढापेस्ट, हंगेरीमा भएको खेलमा निर्धारित समयमा १-१ गोलको बराबरी रोकिए पछि ट्राइबेकरमा खेललाई लगिएको थियो।
ट्राइबे... |
मछिन्द्रको सहज जित, थ्री स्टार र संकटाको गोलरहित बराबरी काठमाडौं । राजधानीमा जारी सहिद स्मारक ए डिभिजन लिग फुटबलमा मछिन्द्र फुटबल क्लबले सातदोबाटो युथ क्लबमाथि सहज जित हासिल गरेको छ ।
बुधबार एन्फा कम्प्लेक्समा भएको खेलमा मछिन्द्रले सातदोबाटोलाई ३–१ गोल अन्तरले हराएको हो । मछिन्द्रको जीतमा आफिज ओलावालेले ह्याट्रिक गोल ग... |
भारतमा कुश्ती खेलाडीमाथि गरिएको व्यवहारबारे अन्तर्राष्ट्रिय ओलम्पिक कमिटीको कडा प्रतिक्रिया काठमाडौं । अन्तराष्ट्रिय ओलम्पिक कमिटीले भारतीय पहलवानहरुको विरोध र विगतमा उनीहरुलाई भएको व्यवहारबारे कडा टिप्पणी गरेको छ ।
भारतीय कुस्ती महासंघका अध्यक्ष बृजभूषण शरण सिंहलाई यौन उत्पीडनको आरोपमा पक्राउ गर्न माग गर्दै विगत एक मह... |
सहिद स्मारक ए डिभिजन लिग फुटबल : जाउलाखेल विजयी काठमाडौं । सहिद स्मारक ए डिभिजन लिग फुटबल प्रतियोगिताअन्तर्गत आजको खेलमा जावलाखेल युथ क्लब विजयी भएको छ ।
त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा भएको खेलमा जावलाखेलले विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई २–० गोल अन्तरले पराजित ग¥यो । जावलाखेलको जितमा एनकोटो मासोबीले दुई गोल गरे... |
सन्दीपविरुद्धको मुद्दाको अन्तिम सुनुवाइ आज पनि हुन सकेन काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेविरुद्धको बलात्कार मुद्दाको आज पनि अन्तिम टुङ्गो लाग्न सकेको छैन ।
मंगलबार काठमाडौं जिल्ला अदालतका न्यायाधीश शङ्करबहादुर राईको इजलासमा भएको सुनुवाइमा अन्तिम टुङ्गो लाग्न नसकेको अदालतका वैतनिक वकिल शंकर पौडेलले बताए ।
न्यायाधीश रा... |
एसिया कप फेरि संकटमा, भारतले पाकिस्तानको प्रस्ताव मानेन, आयोजकमा श्रीलंकाको दावी काठमाडौं । भारत र पाकिस्तानको विवादका कारण एसिया कप फेरि एकपटक संकटमा परेको छ । केही समयअघि भारतले पाकिस्तानको हाइब्रिड मोडल मान्न तयार भएको रिपोर्ट आएका थिए । यी रिपोर्टका आधारमा एसिया कप विवादको गाँठो फुकेको अपेक्षा गरिएको थियो । तर, एक ... |
धोनीले सन्यास नलिने, अर्को सिजन पनि आइपीएल खेल्ने घोषणा गरे काठमाडौं । सोमबार राति ट्रफी लिन आउँदा कप्तान महेन्द्र सिंह धोनीले अम्बाती रायडु र रविन्द्र जडेजालाई अगाडि राखे । त्यसपछि पूरै टोलीलाई अगाडि सार्दै उनी आफैं पछाडि हराए ।
एक पटक फेरि उनी विजयको पलमा यस्तो छायाँमा परे कि खोज्दा पनि फेला परेनन् । त्यसपछि जब क्याम... |
ओलम्पिकमा पदक जितेका भारतका खेलाडीहरूले आफ्नो पदक गंगामा नदीमा फ्याँकिदिने नयाँ दिल्ली । भारतको राजधानी दिल्लीमा एक महिनाभन्दा बढी समयदेखि कुस्ती महासंघका अध्यक्ष बृजभूषण सिंहविरुद्ध हडतालमा रहेका पहलवानहरूले आफ्नो पदक गंगा नदीमा फाल्ने घोषणा गरेका छन् ।
कुस्ती महासंघका अध्यक्ष बृजभूषण शरण सिंहलाई पक्राउ गर्न माग गर्दै... |
दीपक चाहरले अटोग्राफ मागेपछि धोनीको प्रतिक्रिया किन भाइरल भयो ? काठमाडौं । आईपीएल टोली चेन्नई सुपर किंग्सका कप्तान महेन्द्र सिंह धोनी सोमबार पाँचौं पटक उपाधि जितेर मैदानमा निकै खुसी देखिए ।
सोमबार अहमदाबादको नरेन्द्र मोदी स्टेडियमको क्यामेराले यस्तो पल कैद गरेको थियो, जसको क्लिप सामाजिक सञ्जालमा भाइरल भइरहेको छ ।
बलर द... |
फाइनलमा चेन्नईको जितपछि गुजरातका कप्तान हार्दिक पाण्ड्याले के भने ? काठमाडौं । आईपीएलको उपाधिको खेल हारेपछि गुजरात टाइटन्सका कप्तान हार्दिक पाण्ड्याले विजेता चेन्नई सुपर किंग्सका कप्तान महेन्द्र सिंह धोनीको तारिफ गरेका छन् । खेलपछिको सेरेमनीमा हार्दिक पाण्ड्याले आफुले हार्नु परे धोनीसँग हार्न चाहेको बताए ।
सोमबार भएको ... |
मलेसियामाथि ७ विकेटले नेपालको जित काठमाडौँ। मलेसियासँगको टी–२० शृंखलाअन्तर्गतको दोस्रो खेलमा नेपालले जित हात पारेको छ। पाँच टी–२० खेलको शृंखलाअन्तर्गत मंगलबार भएको दोस्रो खेलमा नेपालले मलेसियालाई ७ विकेटले पराजित गरेको हो।
सोमबार भएको पहिलो खेलमा नेपाल ५ विकेटले पराजित भएको थियो। तर, मंगलबार संयम भएर खेलको नेपालले मलेस... |
आईपीएलको उपाधि चेन्नाईलाई काठमाडौं । इण्डियन प्रिमियर लिग (आईपीएल) २०२३ को उपाधि चेन्नाई सुपर किंग्सले जितेको छ । अहमदाबादमा भएको फाइनल खेलमा अघिल्लो सिजनको विजेता गुजरात टाइटन्सलाई पराजित गर्दै चेन्नाईले उपाधि जितेको हो ।
वर्षाका कारण प्रभावित खेलमा चेन्नाईले गुजरातलाई ५ विकेटले हराउँदै पाँचौ पटक आईपीएल उपाधि आफ्नो ना... |
आज पनि अहमदाबादमा वर्षाको सम्भावना, आइपीएल फाइनल हुन सकेन भने के हुन्छ ? काठमाडौं । आइपिएल २०२३ को उपाधिका लागि आइतबार अहमदाबादमा हुने खेल वर्षाका कारण सोमबारका लागि स्थगित भएको छ । वर्षा यति बलियो थियो कि चेन्नई सुपर किंग्स र गुजरात टाइटन्सका कप्तान टसका लागि मैदानमा समेत आउन सकेनन् ।
यसपछि सोमबार अहमदाबादको मौसम सफा ... |
आइपीएलको विजेताको निर्णय सुपर ओभरबाट हुनसक्ने, खेल नै हुन नसके कसले पाउँछ उपाधि ? काठमाडौं । आइतबार अहमदाबादमा भारी वर्षाका कारण इन्डियन प्रिमियर लिग (आईपीएल) २०२३ को फाइनल खेल हुन सकेन। यस्तो अवस्थामा यस उपाधि खेलको निर्णय आज मे २९ मा रिजर्भ डेमा हुनेछ । यो खेल महेन्द्र सिंह धोनीको कप्तानीमा रहेको चेन्नई सुपर किंग्स र... |
मलेसियासँग नेपाल ५ विकेटले पराजित काठमाडौँ। पहिलो टी–२० मा नेपालको महिला टिम घरेलु टोली मलेसियासँग ५ विकेटले पराजित भएको छ।
मलेसियाको बाग्नीमा भएको खेलमा नेपाल घरेलु टोलीसँग ५ विकेटले पराजित भएको हो। नेपालले दिएको ५१ रनको लक्ष्य मलेसियाले १३.२ ओभरमा ५ विकेट गुमाएर भेट्टायो।
नेपालका लागि रुविना क्षेत्री र सीता राना मगरल... |
आइपीएल फाइनलको ठिक अगाडि अम्बाती रायडुले गरे सन्यासको घोषणा काठमाडौं । आइतबार सन्यासको घोषणा गर्दै क्रिकेटर अम्बाती रायडुले आज रातिको आईपीएल फाइनल खेल आफ्नो अन्तिम खेल हुने बताएका छन् । साथै उनले अब यो निर्णयमा यु टर्न नलिने बताए ।
यद्यपि आइपीएल फाइनल आइतबार राति वर्षाका कारण हुन सकेन । फाइनलको लागि रिजर्भ डे राखिएकोले... |
एमेच्योर विधाकाे सबैभन्दा ठूलो गल्फ प्रतियोगिता आजबाट सुरू काठमाडौँ। नेपाल एमेच्योर ओपन गल्फ प्रतियोगिता आजदेखि सुरु हुँदैछ। नेपाल गल्फ संघको आयोजनामा गोकर्ण फरेस्ट गल्फ रिसोर्टमा सुरु हुन लागेको सो प्रतियोगितालाई नेपाल पर्यटन बोर्डले सहयोग गरेको छ।
सो खेलमा नेपालसहित बंगलादेश, भुटान, भारत, पाकिस्तानका गरी ५२ खेलाडीले... |
लिग बिजेता म्यानचेस्टर अन्तिम खेलमा पराजित काठमाडाैं। इंग्लिस प्रिमियर लिग च्याम्पियन बनिसकेको म्यानचेस्टर सिटीले लिगको अन्तिम खेलमा पराजित हुन पुगेको छ। प्रियिमय लिग बिजेता टोली म्यानचेस्टर सिटी घरेलु टोली ब्रेन्टफर्डसँग १-० ले पराजित हुन पुगेको हो।
ब्रेन्टफर्डमा आइतबार राति भएको खेलको पहिलो हाफ बराबरीमा टुंगिन पुगेको... |
विश्वकप क्रिकेट टोलीमा दुई नयाँ अनुहार, जेठ १८ गते अफ्रिका जाने काठमाडौं। नेपाल क्रिकेट संघ (क्यान)ले आगामी महिना जिम्बावेमा हुने आइसिसी विश्वकप एकदिवसीय छनोटको लागि १६ सदस्य टोली घोषणा गरेको छ।
क्यानका अनुसार रोहित पौडेलको नेतृत्वका १६ सदस्सीय टोलीले एकदिवसीय छनौट खेल्ने पक्का गरेको हो। नेपालले एसिसी प्रिमियर कपमा रहे... |
null |
null |
आइपीएल फाइनलमा आज धोनी भर्सेज पाण्ड्या, कुन टिम कति बलियो छ ? काठमाडौं । आइपीएल २०२३ को फाइनल वास्तवमा दुई सिंहको लडाई हो । एकले लामो समयसम्म राज गरे तर अहिले उनी आफ्नो शक्ति र जवानीको उत्तरार्द्धमा छन् । अर्काले अहिले हरेक दिन नयाँ उचाइ लिइरहेका छन् । यी दुई खेलाडी हुन् चेन्नई सुपर किंग्सका कप्तान महेन्द्र सिंह धोनी र... |
कैलाली प्रीमियर लिग अन्तरपालिका टी-२० क्रिकेटको उपाधी गोदावरीलाई धनगढी। कैलाली जिल्ला क्रिकेट संघको आयोजनामा जेष्ठ ७ गतेदेखि धनगढीको फाप्ला मैदान र लम्कीको व्यवस्थितनगर खेलमैदानमा सञ्चालनमा रहेको कैलाली प्रीमियर लिग अन्तरपालिका टी-२० क्रिकेट प्रतियोगिता २०८० को फाइनल खेलमा गोदावरी नगरपालिकाले टिकापुर नगरपालिकालाई ५ विक... |
रुपेश जैसवाललले उचाले बुद्धिचालको उपाधि भक्तपुर। भक्तपुर युवा टीमको आयोजनामा भक्तपुरमा भएको स्वर्गीय त्रिरत्न ग्वाछा स्मृति खुला र्यापिड बुद्धिचाल प्रतियोगितामा रुपेश जैसवाल प्रथम भएका छन्।
साे प्रतियोगितामा सुदीप तामाङ दोश्रो र बद्रीलाल नेपाली तेश्रो हुन सफल भए भने शुक्रबारदेखि सुरु भएको प्रतियोगितामा प्रतियोगितामा च... |
जर्मन बुन्डेस लिगाको उपाधि बार्यन म्युनिखलाई काठमाडौं। बार्यन म्युनिखले जर्मन बुन्डेस लिगाको उपाधि जितेको छ।
शनिबार राति भएको अन्तिम चरणको खेलमा डर्टुमन्ड माइन्जसँग २-२ गोलको बराबरीमा रोकिए पछि बार्यनले एफसी कोलनलाई २-१ ले पराजित गरेर च्याम्पियन बन्न सफल भएको हो। यससँगै म्युनिखले लगातार ११ औं पटक उपाधी हासिल गरेको हो।
... |
पिएसजीलाई यस सिजनको फ्रेन्च लिगको उपाधि काठमाडौं। पेरिस सेन्ट जर्मेन (पिएसजीं) ले फ्रेन्च लिग वानको उपाधि जितेको छ।
स्ट्रासबर्गसँग १-१ को बराबरी खेल्दै पिएसजीले एक खेल अगावै फ्रेन्च लिगको उपाधि हासिल गरेको हो। यो जीतसँगै पिएसजीले ११औं पटक फ्रेन्च लिगको उपाधि उचालेको हो।
पिएसजीलाई च्याम्पियन बन्न एक अंकको खाँचो रहेको बख... |
आर्मी र मछिन्द्रको बराबरी, एपीएफले जावलाखेललाई हरायो काठमाडौं । राजधानीमा जारी सहिद स्मारक ए डिभिजन लिग फुटबलमा त्रिभुवन आर्मी क्लब र मछिन्द्र फुटबल क्लबले बराबरी खेलेका छन् ।
शनिबार ललितपुरस्थीत च्यासल मैदानमा आर्मी र मछिन्द्रले १–१ गोलको बराबरी खेल्दै अंक बाँडेका हुन् । खेलको १७ औं मिनेटमा दिनेश हेन्जनले गोल गर्दै आर... |
आइपीएल फाइनलपछि टिम र खेलाडीमाथि पैसाको वर्षा हुने, कसले कति पाउँछन् ? काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) २०२३ अब आफ्नो समापनतर्फ अघि बढेको छ । फाइनल खेल आइतबार (मे २८) मा चार पटकको विजेता चेन्नई सुपर किंग्स र डिफेन्डिङ च्याम्पियन गुजरात टाइटन्सबीच हुनेछ। अहमदाबादको नरेन्द्र मोदी स्टेडियममा हुने आईपीएल फाइनलमा वि... |
विश्व टेस्ट क्रिकेट च्याम्पियनसिपको पुरस्कार राशी घोषणा काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) ले विश्व टेस्ट च्याम्पियनसिपका लागि पुरस्कार राशि घोषणा गरेको छ ।
आईसीसीले टेस्ट च्याम्पियनसिप २०२१-२३ का लागि नौ टोलीलाई कुल ३.८ मिलियन डलर दिने जनाएको छ ।
विश्व टेस्ट च्याम्पियनसिपको फाइनल खेल अष्ट्रेलिया र भा... |
एसिया कप कहाँ खेलिनेछ भन्नेबारे बीसीसीआइ सचिव जय शाहले के भने ? काठमाडौं । भारतीय क्रिकेट कन्ट्रोक बोर्ड बीसीसीआई सचिव जय शाहले आईपीएल फाइनलका क्रममा एसियाली क्रिकेट काउन्सिल (एसीसी) प्रतिनिधिको बैठकपछि एसिया कप आयोजना गर्ने देश वा ठाउँको अन्तिम निर्णय हुने बताए।
जय शाहले भने, “एशिया कप आयोजना गर्ने बारे अन्तिम निर्णय ... |
नवीन उल हकले कान बन्द गर्दा सुनिल गावस्करलाई किन निशाना बनाइयो ? काठमाडौं । हरेक क्रिकेट खेलाडीको खुसी मनाउने आफ्नै तरिका हुन्छ। शतक बनाएपछि कोही आकाशतिर हेर्छन् भने कोही विकेट लिएपछि विशेष प्रतिक्रिया दिएर खुशी व्यक्त गर्छन् ।
मुम्बई इन्डियन्ससँग पराजित भएपछि लखनउ सुपर जायन्ट्स प्रतियोगिताबाट बाहिरिएको छ । तर खेलमा उन... |
नेपाललाई हराउँदै काजकस्तान फाइनलमा काठमाडौं । राजधानीमा जारी एनएससी–काभा महिला भलिबल च्यालेन्ज कपमा नेपाल काजकस्तानसँग पराजित भएको छ ।
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्ड हलमा आज भएको दोस्रो सेमिफाइनल खेलमा काजकस्तानले नेपाललाई ३–२ को सेटमा पराजित गरेको हो । पहिलो सेटमा हार बेहोरेको नेपालले दोस्र... |
‘ए’ डिभिजन क्लबका प्रतिनिधिहरु भन्छन्– एन्फाले रकम नदिए कडा कदम चाल्छौँ काठमाडौं । ‘ए’ डिभिजन क्लबका प्रतिनिधिहरुले सहिद स्मारक ‘ए’ डिभिजन लिग सञ्चालनका लागि अखिल नेपाल फुटबल सङ्घ (एन्फा) बाट पूर्वनिर्धारित निर्णयानुसार रकम नपाएपछि आफूहरु अन्यायमा परेको बताएका छन् ।
तीन विभागीय टोली र जाउलाखेल युथ क्लबबाहेक ‘ए’ डिभिजन ... |
महिला भलिबलमा भारत फाइनलमा काठमाडौं । राजधानीमा जारी एनएससी काभा महिला भलिबल च्यालेन्ज कपमा भारतले उज्वेकिस्तानलाई पाखा लगाउँदै प्रतियोगिताको फाइनलमा पुगेको छ ।
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा आज भएको पहिलो सेमिफाइनल खेलमा भारतले उज्वेकिस्तानलाई ३–० को सोझो सेटमा पाखा लगाउँदै फाइनलमा पुगे... |
पुलिसले खुमलटारलाई पराजित गर्यो काठमाडौं । राजधानीमा जारी सहिद स्मारक ए डिभिजन लिग फुटबलमा नेपाल पुलिस क्लबले खुमलटारमाथि सहज जीत हासिल गरेको छ ।
शुक्रबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा पुलिसले एफसी खुमलटारलाई २–० गोल अन्तरले पराजित गरेको हो । खेलका पुलिसका भरत शाहले खेलको ७६ औं मिनेटमा हेडरमार्फत गोल गरे... |
भक्तपुरमा खुला रापिड बुद्धिचाल प्रतियोगिता सुरु भक्तपुर। भक्तपुर युवा टिम गोल्मढी भक्तपुरको आयोजनामा स्वर्गीय त्रिरत्न ग्वाछा स्मृति खुला रापिड बुद्धिचाल प्रतियोगिता शुक्रबारदेखि सुरु भएको छ । प्रतियोगिता जेठ १२ र १३ गते दुईदिन हुनेछ ।
प्रतियोगितामा सातदेखि ८२ वर्षसम्मका गरी एक सय २० जना भन्दा वढी प्रतिस्पर्धीहरु प्रति... |
बार्सिलोनामा एक दशक बिताएका अल्बा क्बल छाड्दै काठमाडौं। बार्सिलोनाका रक्षक जोर्डी अल्बाले क्लब छाड्ने पक्कापक्की भएको छ। स्पेनिस ला लिगा च्याम्पियन बार्सिलोनाका ३४ वर्षीय लेफ्ट ब्याक अल्बाले यस सिजनको अन्त्यसँगै बार्सिलोना छाड्ने पक्कापक्की भएको हो । उनले बार्सिलोनामा झन्डै ११ बर्ष बिताएका छन्।
बीबीसी स्र्पोटसका अनुसार... |
वडास्तरीय फुटबल : पोखरा-१४ लाई उपाधि गण्डकी। पोखरा महानगरपालिका खेलकुद विकास समितिद्वारा आयोजित अन्तर वडास्तरीय फुटबल प्रतियोगिताको उपाधि वडा नम्बर १४ ले जितेको छ। पोखरा रङ्गशालामा बिहीबार सम्पन्न फाइनल खेलमा वडा नम्बर १५ लाई ४–० गोलान्तरले हराउँदै वडा नम्बर १४ विजयी बनेको हो।
वडा नम्बर १४ का लागि आशिष कार्की, सिद्धान्... |
प्रिमियर लिगमा चेल्सीको १६औं हार काठमाडौं। इंग्लिस प्रिमियर लिगको जारी खेलमा म्यानचेस्टर युनाइटेडले जीत हासिल गरेको छ। युनाइटेडले घरेलु मैदानमा चेल्सीलाई ४-१ को अन्तरले पराजित गरेको हो। प्रिमियर लिगमा चेल्सीको यो १६औं हार हो।
ओल्ड ट्राफोर्डमा बिहीबार राति भएको खेलको सुरुवाती छैटौं मिनेटमा क्यासमिरोले सुरुवाती गोल गरेर ... |
शहिद स्मारक लिग फुटबलः आजका दुबै खेल रंगशालामा काठमाडौं। शहिद स्मारक ए डिभिजन लिगमा आज दुई खेल हुँदैछन्। अखिल नेपाल फुटबल संघ (एन्फा)का अनुसार आजका दुवै खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुनेछ।
जसअनुसार पहिलो खेल नेपाल पुलिस क्लब र खुमलटारका बीचमा हुनेछ। जुन खेल दिउँसो २ बजेवाट सुरु हुनेछ। उता, रंगशालामा नै हुने दोस... |
काभा भलिबल: नेपाल आज काजकस्तानसँग सेमिफाइनलमा भिड्दै काठमाडौं। काभा महिला भलिबल च्यालेन्ज कपका सेमिफाइनलमा आज नेपालले काजकस्तानसँग सेमिफाइनल खेल खेल्नेछ।
समूह चरणको अन्तिम खेलमा भारतसँग पराजित हुँदै उपविजेताको रुपमा सेमिफाइनलमा पुगेको नेपालले आज काजकस्तानसँग खेल्न लागेको हो। काजकस्तान भने उज्वेकिस्तानलाई पराजित गरेर ने... |
मनाङ मस्र्याङ्दी र चर्च ब्वाइजको बराबरी, फ्रेन्ड्सको फराकिलो जित काठमाडौं । राजधानीमा जारी सहिद स्मारक ए डिभिजन लिग फुटबलमा मनाङ मस्र्याङ्दी क्लब र चर्च ब्वाइज युनाईटेड क्लबले बराबरी खेलेका छन् ।
बिहीबार ललितपुरस्थीत च्यासल मैदानमा मैदानमा भएको निकै प्रतिष्पर्धात्मक खेलमा मनाङ र चर्च ब्वाइजले गोलरहित बरावरी खेलेका हुन्... |
एशिया कपबारे अन्तिम निर्णय आइतबार हुने, नेपाललाई मात्र बैठकमा नबोलाइएको हो ? काठमाडौं । एशिया कप क्रिकेटबारे अन्तिम निर्णय आइतबार हुनेछ । आइतबार भारतको अहमदाबादमा इण्डियन प्रिमियर लिगको फाइनल हुँदैछ । र, यो फाइनल हेर्न भारतसँगै, बंगलादेश, श्रीलंका र अफगानिस्तान क्रिकेट बोर्डका प्रमुखहरु उपस्थित हुनेछन् । यही अवसरमा एक ... |
‘कोहली-कोहली..’ को नाराबारे नवीन उल हकले के भने ? काठमाडौं । आईपीएलको फाइनल खेल चेन्नई र दोस्रो क्वालिफायर विजेता टोलीबीच हुनेछ । दोस्रो क्वालिफायर मुम्बइ र गुजरात खेल्दैछन् ।
आईपीएलको यो सिजन धेरै कारणले सम्झिोनेछ। जसमध्ये गौतम गम्भीर, विराट कोहली र नवीन उल हकबीचको झगडा पनि एउटा कारण हो ।
यो लडाईपछि नवीन उल हक र विराट... |
आकाशले एउटै खेलमा ४ रेकर्ड बनाएर लखनउलाई आइपीएलबाट आउट गरिदिए काठमाडौं । मुम्बई इन्डियन्सका आकाश मधवाल लखनउ विरुद्ध मे २४ मा भएको खेलको सबैभन्दा ठूलो हिरोको रूपमा उभिए। आकाशले साढे तीन ओभरमा ५ रन दिएर ५ विकेट लिए । यसरी उनले धेरै कीर्तिमान आफ्नो नाममा बनाए । २९ वर्षीय आकाश मधवाल उत्तराखण्डको रुडकीस्थित धन्देराका हुन् र... |
इन्टर मिलान कोपा इटालियाको च्याम्पियन, नवौं पटक उपाधि उचाल्न सफल काठमाडौं। इन्टर मिलान कोपा इटालियाको च्याम्पियन बनेको छ। फियोरेन्टिनालाई २-१ ले पराजित गर्दै इन्टरमिलान कोपा इटालियाको च्याम्पियन बनेको हो।
रोममा बुधबार राति भएको फाइनल खेलमा भएका सबै तीनवटा गोल पहिलो हाफमा नै भएको थियो। जसअनुसार तेस्रो मिनेटमा नै निकोलस ... |
महिला भलिबल : नेपाल भारतसँग पराजित काठमाडौं । एनएससी–काभा महिला भलिबल च्यालेञ्ज कपमा नेपाल भारतसँग पराजित भएको छ । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा आज भएको समूह चरणको अन्तिम खेलमा नेपाल भारतसँग १–३ को सेटमा पराजित भएको हो । यससँगै भारत समूह ए को विजेता बन्दै सेमिफाइनलमा पुग्यो भने नेपाल समूहको उपवि... |
एपीएफ र एनआरटीको जित काठमाडौं । राजधानीमा जारी सहिद स्मारक ए डिभिजन लिग फुटबलमा एपीएफ क्लबले संकटा क्लबलाई पराजित गरेको छ ।
बुधबार च्यासल मैदानमा भएको खेलमा एपीएफ संकटा क्लबलाई २–१ गोल अन्तरले पराजित गरेको हो । खेलको २५ औं मिनेटमा आवाश लामिछानेले गोल गर्दै एपीएफलाई सुरुआती अग्रता दिलाएका थिए । पहिलो हाफको इन्जुरी समयमा... |
१५ वर्षपछि यो सिजनको आइपीएलमा बने ९ वटा रेकर्ड काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) को यो सिजन रेकर्ड ब्रेकर सावित भएको छ । यस सिजनमा यस्ता नौ कीर्तिमान बनेका छन्, जुन १५ वर्षको लिगको इतिहासमा पहिलो पटक बनेका छन् ।
१. यो सिजन चेन्नइ सुपर किंग्सले लीग चरणमा १४ खेल खेलेको छ र एउटा प्लेअफ खेल पनि खेलेको छ। यीमध्ये ९ ख... |
वेस्ट इन्डिजका डेभन थोमसमाथि आईसीसीले लगायो प्रतिबन्ध काठमाडौं । आईसीसीले वेस्ट इन्डिजका क्रिकेटर डेभोन थोमसलाई भ्रष्टाचारको मुद्दामा अस्थायी रूपमा निलम्बन गरेको छ ।
उनलाई श्रीलंका क्रिकेट (एसएलसी), एमिरेट्स क्रिकेट बोर्ड (ईसीबी), क्यारेबियन प्रिमियर लिग (सीपीएल) को तर्फबाट भ्रष्टाचार विरोधी कानून अन्तर्गत आरोप लगाइएको... |
विश्वकप छनोटअघि नेपाल एक्लैले मात्रै टेष्ट राष्ट्रसँग अभ्यास खेल खेल्न नपाउने काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आइसीसी)ले एकदिवसीय क्रिकेट विश्वकपको छनोट प्रतियोगिताको तालिका सार्वजनिक गरेको छ । तालिकाअनुसार प्रतियोगिताको उद्घाटन खेलमै नेपालले आयोजक राष्ट्र जिम्बाब्बेसँग खेल्नेछ । जिम्बाब्बे टेष्ट मान्यता प्राप... |
आइपिएलबाट बाहिरिएपछि विराट कोहलीले मौनता तोडे, लेखे भावुक पोस्ट काठमाडौं । रोयल च्यालेन्जर्स बैंगलोर (आरसीबी) आईपीएलबाट बाहिरिएकोमा आफ्नो मौनता तोड्दै विराट कोहलीले भावुक पोस्ट लेखेका छन् । आईपीएलको यो सिजनमा ट्रफी उचाल्न नपाउँदाको पीडा यो पोस्टमा प्रष्ट देखिन्छ ।
सबै प्रयासका बाबजुद टोलीले लिग खेलमा हार बेहोर्नुपरेको ... |
काभा महिला भलिबल : भारतलाई पराजय गर्ने लक्ष्यसहित नेपाल मैदानमा उत्रदै काठमाडौँ। काभा महिला भलिबल च्यालेन्ज कपअन्तर्गत समूह चरणको अन्तिम खेलमा आज नेपालले भारतसँग खेल्दैछ।
अहिलेसम्म भारतलाई हराउन नसकेको नेपालले त्रिपुरेश्वरस्थित कभर्डहलमा दिउँसो ३ बजेबाट हुने खेलमा समुह बिजेताका लागि पुरै मेहनत गर्नेछ।
यसअघि सन् २०१९ मा... |
शहिद स्मारक लिगः आज तीन खेल हुँदै काठमाडौं। शहिद स्मारक ए डिभिजन लिग फुटबलमा आज तीनवटा खेल हुँदैछन्। अखिल नेपाल फुटबल संघ (एन्फा)का अनुसार २१ औं राउन्डका खेल हुन लागेका हुन्।
जसअनुसार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा दुईवटा खेल हुनेछ भने च्यासल मैदान, ललितपुरमा एउटा खेल हुनेछ। च्यासल मैदानमा हुने एक मात्र खेलमा एपिएफ फ... |
काभा महिला भलिबल : बंगलादेशलाई पराजित गर्दै नेपाल सेमिफाइनलमा काठमाडौं । बंगलादेशलाई ३–० सेटले पराजित गर्दै नेपाल एनएससी–काभा महिला भलिबल च्यालेन्ज कप २०२३ को सेमिफाईनलमा प्रवेश गरेको छ ।
नेपाल भलिबल संघको आयोजनामा पहिलो पटक आयोजना भएको च्यालेन्ज कपमा समूह ए मा रहेको नेपालले आफ्नो दोश्रो खेलमा बंगलादेशमाथी २५–१०, २५–८,... |
Subsets and Splits
No community queries yet
The top public SQL queries from the community will appear here once available.