content stringlengths 20 64.1k ⌀ |
|---|
प्रथम प्रेस चौतारी प्रदेशस्तरीय फुटसलको उपाधि दाङलाई भैरहवा। एभरेष्ट इन प्रथम प्रेस चौतारी लुम्बिनी प्रदेशस्तरीय फुटसल प्रतियोगिता २०८० को उपाधि दाङले जितेको छ। फाइनल खेलमा दाङले बाँकेलाई ६-२ गोल अन्तरले पराजित गर्दै उपाधि जितेको हो। उपाधिसँगै दाङले नगद ३० हजार रुपैयाँ, कप, मेडल, प्रमाणपत्र प्राप्त गरेको छ।
उपविजेता बा... |
क्लबको अनुमति बिना साउदी अरब जानु गल्ती भयो:लियोनेल मेसी काठमाडौं। लियोनेल मेसीले क्लबको अनुमति विना साउदी अरबको भ्रमण गएकोमा गल्ती स्वीकार गरेका छन्।
पेरिस सेन्ट जर्मेन (पिएसजी) को अनुमतिविनै साउदी अरब गएकोमा अर्जेन्टेनी स्टार मेस्सीले आफनो गल्ती स्विकार गर्दै माफी मागेका हुन्। सोही अभियोगमा उनलाई दुई साताका लागि क्लब... |
नेपाल उज्वेकिस्तानसँग पराजित काठमाडौं । उज्वेकिस्तानको तास्कान सहरमा भएको आईबिए पुरुष विश्व बक्सिङ च्याम्पियनसिप–२०२३ मा नेपाली मुक्केबाज रवीन थापा आयोजक राष्ट्र उज्वेकिस्तानका मुक्केबाज शोइयोर्जोन मेलिक्युओ जिइभसँग पराजित भएका छन् ।
अन्तर्राष्ट्रिय बक्सिङ सङ्घ (आईबिए) को आयोजनामा भएको उक्त प्रतियोगितामा नेपाली मुक्केब... |
शीर्ष स्थानको जावलाखेललाई खुमलटारले हरायो काठमाडौं । राजधानीमा जारी सहिद स्मारक ए डिभिजन लिग फुटबलमा शीर्ष स्थानको जावलाखेल युथ क्लबलाई एफसी खुमलटारले पराजित गरेको छ ।
शुक्रबार एन्फा कम्प्लेक्स सातदोबाटोमा भएको खेलमा जावलाखेललाई एफसी खुमलटारले जावलाखेललाई ४–२ गोल अन्तरले हराएको हो । खुमलटारको जितमा स्टेफेन समिरले ह्याट... |
शहिद स्मारक ए डिभिजन : आज दुई खेल हुँदै काठमाडौँ। शहिद स्मारक ए डिभिजन लिगमा आज दुई खेल हुँदैछन्। आजको खेलमा नेपाल पुलिस क्लव र हिमालयन शेर्पा भिड्ने छन् भने दोस्रो खेलमा जावलाखेल युथ क्लब र खुमलटार प्रतिस्पर्धामा उत्रने छन्।
एन्फा कम्प्लेक्समा जावलाखेल युथ क्लब र खुमलटारबीच प्रतिस्पर्धा हुनेछ। सो खेल अपरान्ह ३ बजेबाट ... |
ब्राइटनसँग म्यानचेस्टर युनाइटेड स्तब्ध काठमाडौं। इंग्लिस प्रिमियर लिगमा म्यानचेस्टर युनाइटेडले ब्राइटन होव अल्वियोनसँग पराजित हुन पुगेको छ।
युनाइटेड घरेलु टोली ब्राइटनसँग १-० ले पराजित भएको हो। ब्राइटनले इन्जयुरी समयमा गरेको पेनाल्टी गोलका कारण म्यानचेस्टर पराजित हुन पुगेको हो।
कम्युनिटी स्टेडियम फाल्मेरमा बिहीबार राति... |
नेपोली ३३ वर्षपछि इटालिएन सिरी ‘ए’ काे च्याम्पियन काठमाडौं। नेपोलीले ३३ वर्षपछि इटालिएन सिरीको ए उपाधि जितेको छ। उडिनेसँग बराबरी खेल खेल्दै नेपोलीले तेस्रो पटक सिरी ए उपाधि जितेको हो। यसअघि उसले डिएगो म्याराडोनाको पालाका १९८९ र १९९० मा इटालिएन सिरीको यो उपाधि जितेको थियो।
डासिया एरिना उडिनमा बिहीबार राति भएको खेलको १३औ... |
भीमनारायण रनिङ फुटबल प्रतियोगिता हुने धनकुटा । यही वैशाख २७ गतेदेखि धनकुटाको तल्लो टुँडिखेलमा १५औँ सहिद भीमनारायण रनिङ फुटबल प्रतियोगिता हुनेभएको छ ।
आयोजक संस्था सहिद भीमनारायण स्मृति प्रतिष्ठानले पत्रकार सम्मेलन गरेर सम्पूर्ण तयारी पूरा भएको जानकारी दिएको छ् । जेठ २ गतेसम्म सञ्चालन हुने उक्त प्रतियोगितामा नेपाल र भार... |
पोखरा स्पोर्ट्स अवार्ड : ह्याण्डबललाई उत्कृष्ट सङ्घ अवार्ड, निसिमलाई कीर्तिशेष सम्मान कास्की । गण्डकी प्रदेश सरकारको विशेष सहयोगमा हुने पोखरा स्पोर्ट्स अवार्डको तयारी पूरा भएको छ ।
नेपाल खेलकुद पत्रकार मञ्चको आयोजनामा यही वैशाख २३ गते पोखरा सभागृहमा हुने अवार्ड वितरण कार्यक्रमको आवश्यक सम्पूर्ण तयारीका काम सकिएको मञ्चल... |
मछिन्द्रले संकटालाई हरायो, एपीएफ र एनआरटीले अंक बाँडे काठमाडौं । राजधानीमा जारी सहिद स्मारक ए डिभिजन लिग फुटबलमा साविक विजेता मछिन्द्र फुटबल क्लबले संकटा क्लबलाई पराजित गरेको छ ।
बिहीबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा मछिन्द्रले संकटा क्लबलाई ३–१ गोल अन्तरले पराजित गरेको हो । खेलको चौंथो मिनेटमा देवेन्द्र ... |
पिएसजीले मेसीको करार नविकरण नगर्ने! काठमाडौं। कुनै पनि जानकारी नदिई साउदी अरब गएको भन्दै पेरिस सेन्ट जर्मन (पिएसजी)ले अर्जेन्टिनी कप्तान लियोनेल मेसीको करार नवीकरण नगर्ने संकेत गरेको छ।
गत आइतबार लोरेन्टविरुद्ध ३-१ को अप्रत्यासित हार ब्योहोरे पछि क्लबलाई कुनै पनि खबर नै नगरी साउदी अरब गएको भन्दै उनलाई २ साताका लागि निल... |
इंग्लिस प्रिमियम लिगः म्यानचेस्ट सिटी शिर्षस्थानमा उक्लियो काठमाडौं। इंग्लिस प्रिमियर लिगको जारी प्रतियोगितामा म्यानचेस्टर सिटी शीर्षस्थान पुग्न सफल भएको छ। घरेलु मैदान इतिहाद स्डेडियममा बुधवार राती भएको खेलमा वेस्ट हामलाई ३-० ले पराजित गर्दै सिटी शिर्षस्थानमा उक्लन सफल भएको हो।
पहिलो हाफ गोलरहित बराबरीमा टुंगिए पनि ४९... |
वैशाख २७ देखि भीमनारायण कप धनकुटा । यही वैशाख २७ गतेदेखि धनकुटाको तल्लो टुँडिखेलमा १५औँ सहिद भीमनारायण रनिङ फुटबल प्रतियोगिता हुने भएको छ ।
आयोजक संस्था सहिद भीमनारायण स्मृति प्रतिष्ठानले आज पत्रकार सम्मेलन गरेर प्रतियोगितको सम्पूर्ण तयारी पूरा भएको जानकारी दिएको छ । जेठ २ गतेसम्म सञ्चालन हुने उक्त प्रतियोगितामा नेपाल ... |
पोखरा स्पोर्ट्स अवार्डः वर्ष उत्कृष्ट खेलाडी अवार्ड कसले जित्ला ? कास्की । नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले आयोजना गर्दै आएको पोखरा स्पोर्टस् अवार्डको सातौँ संस्करण यही वैशाख २३ गते पोखरा सभागृहमा हुँदैछ ।
गण्डकी प्रदेशका खेलाडी र खेलकुदकर्मीका लागि स्पोर्टस् अवार्ड सर्वाधिक चासोका रुपमा रहने गरेको छ । खेलकुद क्षेत्र... |
हिमालयन शेर्पा र चर्च ब्वाइजकाे जित काठमाडौं । राजधानीमा जारी सहिद स्मारक ए डिभिजन लिग फुटबलमा हिमालयन शेर्पा क्लबले सातदोबाटो युथ क्लबलाई पराजित गरेको छ । बुधबार ललितपुरस्थीत च्यासल मैदानमा हिमालयनले सातदोबाटोलाई १–० गोल अन्तरले हराएको हो ।
हिमालयनको जितमा खामिर गिल्सनले खेलको ६५ औं मिनेटमा निर्णायक गोल गरे । जितसंगै ... |
नेपाल प्रहरीका क्रिकेट खेलाडीहरू सम्मानित काठमाडौं। राष्ट्रिय क्रिकेट टिमको प्रतिनिधित्व गरी हालै सम्पन्न “एसीसी प्रिमियर कप” लगायत विभिन्न अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगिताहरूमा उत्कृष्ट खेल प्रदर्शन गर्न सफल नेपाल प्रहरीका ६ जना क्रिकेट खेलाडीहरूलाई सम्मान गरिएको छ।
नेपाल प्रहरी खेलकुद समितिका अध्यक्ष प्रहरी महानिर... |
नेपालको नयाँ चिनारी बन्दै क्रिकेट काठमाडौँ । नेपाल र युनाइेट अरब इमिरेटस् (युएई) बीचको फाइनल प्रतिस्पर्धा । त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा नेपालका समर्थकहरूको घुइँचो । नेपालले ३० ओभरको खेल खेलिसकेको थियो । ब्याटिङ क्रिजमा थिए गुलशन झा र भीम सार्की ।
नेपालले तीन विकेटको क्षतिमा एक सय ११ रन बनाउँदै एक सय १८ रनको ... |
क्रिकेट खेलाडीलाई जनही ६ लाख र अफिसियललाई ३ लाख पुरस्कार दिने सरकारको निर्णय काठमाडौं । एसीसी प्रिमियर कप विजेता क्रिकेट टोलीका प्रत्येक खेलाडिलाई सरकारले ६ लाख रूपैयाँ पुरस्कार दिने भएको छ।
यससँगै टिमका अफिसियलले पनि जनही ३ लाख रूपैयाँ पुरस्कार पाउनेछन्। आज बसेको मन्त्रिपरिषदको बैठकले यस्तो निर्णय गरेको हो
सरकारकी प्र... |
जब यताका रोहित र उताका रोहितले क्वाइन उफार्नेछन् काठमाडौं। नेपालले क्रिकेटको ठूलो प्रतियोगिता एसिया कपमा प्रवेश गरेको छ। यससँगै ५ वर्षअघि एकदिवसीय मान्यता पाएको नेपालले विश्वकपको उपाधिका दावेदार मानिने टिमहरुसँग एकदिवसीय खेल खेल्ने बाटो खुलेको छ।
एकदिवसीय मान्यता पाएको ५ वर्षको अवधिमा नेपालले ५१ वटा एकदिवसीय खेल खेलिसक... |
शहिद स्मारक ए डिभिजन लिग : रंगशालमा दुईवटा र च्यासलमा एक खेल हुँदै काठमाडौँ। शहीद स्मारक ए डिभिजन लिग फुटबलका लागि आज तीनवटा खेल हुँदै छन्।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने पहिलो खेलमा फ्रेण्ड्स क्लब र चर्च ब्वाइज क्लवबीच प्रतिस्पर्धा हुनेछ। जुन खेल दिउँसो ३ बजेबाट सुरु हुनेछ।
यसैगरी, रंगशालामै हुने दोस्रो खेलमा त... |
चेल्सीलाई पराजित गर्दै आर्सनल शिर्षस्थानमा उक्लियो काठमाडौं। इंग्लिस प्रिमियर लिगको जारी खेलमा आर्सनलले चेल्सीलाई पराजित गरेको छ। घरेलु मैदानमा चेल्सीलाई ३-१ ले पराजित गर्दै आर्सनल शीर्षस्थानमा उक्लिएको छ। चेल्सीको यो लगातार छैटौं हार हो।
इमिरेट्स स्टेडियममा मंगलवार राती भएको खेलमा आर्सनलले पहिलो हाफ नै ३ गोल गरेर आफनो... |
स्पेनिस ला लिगाः शिर्ष स्थानको बार्सिलोनाको संघर्षपूर्ण जीत काठमाडौं। स्पेनिस ला लिगाको शीर्षस्थानको बार्सिलोनाले ओसासुनालाई पराजित गरेकाे छ। घरेलु मैदानमा बार्सिलोनाले कठिन संघर्ष पछि ओसासुनालाई १-० ले पराजित गरेको हो।
स्पोटिफाइ क्याम्प नोउमा मंगलबार राति भएको खेलको ८५औं मिनेटमा जोर्डी अल्वाले गोल गर्दै बार्सिलोनालाई ... |
साउदी अरब गएको भन्दै पिएसजीद्वारा मेसी निलम्बित काठमाडौं। पेरिस सेन्ट जर्मेन (पीएसजीं) ले लियोनल मेसीलाई दुई साताका लागि निलम्बन गरेको छ। क्लबको अनुमतिबिना एसीयाली मुलुक साउदी अरबको भ्रमण गरेपछि पिएसजीले मेस्सीलाई साताका लागि निलम्बन गरेको हो।
फ्रान्सेली लिग वानमा पीएसजी र लोरेन्ट बिचको खेलपछि अर्जेन्टेनी कप्तान मेसी स... |
गण्डकीमा अन्तर्राष्ट्रियस्तरको क्रिकेट रङ्गशाला निर्माण हुन्छ : मुख्यमन्त्री पाण्डे कास्की । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले प्रदेशमा अन्तर्राष्ट्रियस्तरको क्रिकेट रङ्गशाला निर्माण गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।
अन्तर्राष्ट्रिय मापदण्डको क्रिकेट रङ्गशालाका लागि यही वर्षदेखि आवश्यक बजेट विनियोजन... |
नेपाली क्रिकेट टोलीलाई राष्ट्रपति र उपराष्ट्रपतिको बधाई काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले नेपाली क्रिकेट टोलीले एसिसी प्रिमियर कप क्रिकेटको फाइनल खेलमा विजय हासिल गरेकामा बधाई तथा शुभकामना दिएका छन् ।
उनले आज शुभकामना सन्देशमार्फत नेपाली क्रिकेट टोली एसिया कपमा छनोट भएकामा खेलाडी, प्रशिक्षक तथा सम्बन्धित पदाधिकार... |
थ्रीस्टार र खुमलटारको बराबरी, जावलाखेललाई नेपाल पुलिसले हरायो काठमाडौं । राजधानीमा जारी सहिद स्मारक ए डिभिजन लिग फुटबलमा थ्रीस्टार क्लब खुमलटार युथ क्लबसंग बराबरीमा रोकिएको छ ।
मंगलबार ललितपुरको च्यासल मैदानमा भएको खेलमा थ्रीस्टारले खुमलटारसंग २–२ गोलको बराबरी खेलेको हो । खेलको चौथो मिनेटमा लाकेन लिम्बुको गोलबाट थ्री स... |
नेपाली क्रिकेट खेलाडीलाई एमाले अध्यक्ष ओलीको बधाई काठमाडौं । पूर्वप्रधानमन्त्री एवम नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले एसिसी प्रिमियर कप क्रिकेट प्रतियोगिताको उपाधि विजेता नेपाली खेलाडीलाई बधाई ज्ञापन गरेका छन् ।
अध्यक्ष ओलीले सामाजिक सञ्जालमार्फत फाइनल खेलमा युनाइेटड अरब इमिरेट्स (युएई)लाई सात विकेटले पराजित गरे... |
रवि लामिछानेको प्रधानमन्त्रीसँग आग्रह- एसिया कपका खेल नेपालमा खेलाउन पहल गर्नुहोस् काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेले एसिया क्रिकेट कपका खेलहरु नेपालमा गराउन पहल गर्नुपर्ने जनाएका छन् ।
एसीसी प्रिमियम कप क्रिक्रेटमा संयुक्त अरब इमिरेटस (युएई)लाई हराउँदै नेपाल बिजय भएकोमा बधाई दिर्दै लामिछानेल... |
एसीसी प्रिमियर कप : सन्दीप लामिछाने उत्कृष्ट खेलाडी घोषित काठमाडौँ। सन्दीप लामिछाने एसीसी प्रिमियर कप क्रिकेटको सर्वोत्कृष्ट खेलाडी बनेका छन्। आज सम्पन्न प्रतियोगितामा लामिछाने सर्वाधिक विकेट लिनेमा उनी दोस्रो खेलाडी हुन्। उनले ५ खेलमा १३ विकेट लिन सफल भएका हुन्।
सर्वोत्कृष्ट बलरको उपाधि भने ओमानका बिलाल खानले पाएका छन... |
सभामुखले दिए नेपाली क्रिकेट टोलीलाई बधाई, भन्छन् – खेलाडीलाई राज्यले हेरोस् काठमाडौँ। सभामुख देवराज घिमिरेले नेपाली क्रिकेट टोलीलाई बधाई दिएका छन्। एसीसी प्रिमियम कप क्रिकेटमा युएईलाई पराजित गर्दै फाइनल खेल जितेकोमा नेपाली टोलीलाई सभामुख घिमिरेले बधाई दिएका हुन्।
‘नेपाल एसीसी प्रिमियम कप क्रिकेट जित्दै एसिया कपमा छनौट ... |
एसिया कप स्थगित वा रद्द हुने हल्ला गलत : एसीसी काठमाडौं । नेपाल एसिया कप २०२३ को लागि छनोट भएको छ । काठमाडौंमा भएको एसीसी मेन्स प्रिमियर कपको फाइनलमा युएइलाई ७ विकेटले पराजित गर्दै नेपाल एसिया कपमा छनोट भएको हो । तर, यही समयमा एसीया कप स्थगित वा रद्द हुन सक्ने हल्ला फैलिएपछि यसले नेपाली फ्यानहरूलाई चिन्तित बनाएको छ । त... |
नेपाल एसिया कपका लागि छनोट काठमाडौं । एसीसी मेन्स प्रिमियर कपको विजेता बन्दै नेपाल एसिया कपमा छनोट भएको छ । यससँगै नेपाल अब पाकिस्तानमा हुने एसिया कप खेल्न जानेछ । एसिया कपमा नेपालसँग एउटै समूहमा भारत र पाकिस्तान छन् ।
एसीसी मेन्स प्रिमियर लिगको फाइनलमा युएइलाई ७ विकेटले पराजित गर्दै नेपाल प्रतियोगिताको विजेता बनेको हो... |
नेपालको सय रन पूरा काठमाडौं । एसीसी मेन्स प्रिमियर कपमा नेपाली टिमले १०० रन पूरा गरेको छ । ११८ रनको लक्ष्य पच्छ्याएको नेपालले २९ औं ओभरमा ३ विकेटको क्षतिमा १०० रन पूरा गरेको हो ।
यस क्रममा नेपालले ब्याटर गुलशन झाले अर्धशतक बनाएका छन् । गुलशनले ६९ बलमा अर्धशतक पूरा गरेका हुन् । यस क्रममा उनले ३ चौका र ४ छक्का प्रहार गरे... |
गुलशन झाको अर्धशतक काठमाडौं । एसीसी मेन्स प्रिमियर कपमा नेपाली ब्याटर गुलशन झाले अर्धशतक बनाएका छन् । गुलशनले ७५ बलमा अर्धशतक पूरा गरेका हुन् । यस क्रममा उनले ३ चौका र ४ छक्का प्रहार गरे ।
नेपालका सुरुवाती ३ ब्याटर सस्तैमा आउट भएर नेपाल दबाबमा परेको बेला गुलशनले इनिङ सम्हाल्दै अर्धशतक बनाएका हुन् । उनलाई भिम सार्कीले स... |
डिएलएसका लागि आवश्यक २० ओभर पूरा, नेपाल आवश्यक स्कोरभन्दा धेरै अगाडि काठमाडौं । हिजो वर्षाले प्रभावित भएर आज रिजर्भ डेमा समेत खेलिएको र आज पनि वर्षाले प्रभावित हुने जोखिम उच्च रहेको एसीसी प्रिमियर कपको फाइनलमा डकवर्थ लुइस विधि (डिएलएस)का लागि आवश्यक २० ओभर पूरा भएको छ । यससँगै अब वर्षाले खेल अवरुद्ध भएमा डिएलएस विधिबाट... |
एसिया कपमा छनोट हुन नेपाललाई ११८ रनको लक्ष्य काठमाडौं। एसीसी प्रिमियर कप क्रिकेट अन्तर्गत नेपाल र संयुक्त अरब इमिरेटस (युएई) बीचको फाइनल खेलमा युएईले नेपाललाई ११८ रनको लक्ष्य दिएको छ । सोमबारको खेल बर्षाका कारण रोकिन पुगे पछि आज भएको बाँकी खेलमा युएईले ६.१ ओभरमा एक विकेट गुमाएर ११ रन बनायो । योसँगै युएईले ३३.१ ओभरमा आल... |
एसीसी प्रिमियर क्रिकेटको ट्रफी सार्वजनिक काठमाडौँ। एसीसी प्रिमियर क्रिकेट कपको ट्रफी सार्वजनिक गरिएको छ।
नेपाल र संयुक्त अरब इमिरेटस (युएई)का बिचमा हिजोको बाँकी खेल सुरु हुनु केही समय अघि ट्रफि सार्वजनिक गरिएको हो।
त्रिभुवन विश्वबिद्यालयको खेल मैदानमा केही बेरमा नेपाल– युएईबिचको फाइनल म्याच सुरु हुनेछ। |
लेस्टर सिटी र एभर्टन बराबरीमा रोकिँदै अंक बाँडे काठमाडौं। लेस्टर सिटी र एभर्टनले बराबरी खेलेर अंक बाँडेका छन्। इंग्लिस प्रिमियर लिगमा लेस्टर र एभर्टनले २–२ गोलको बराबरी खेलेर अंक बाडेका हुन्।
किङ्स पावर स्टेडियम लेस्टरमा सोमबार राति भएको खेलको पहिलो हाफको १५औं मिनेटमा डोमिनिक काल्भर्ट लेविनले गोल गर्दै एभर्टनलाई १-० को... |
एसीसी प्रिमियर कप फाइनलः सोमबारको बाँकी खेल आज हुँदै काठमाडौं। नेपाल र संयुक्त अरब इमिरेटस (युएई) बीचको फाइनल खेल आज पुनः हुँदैछ। एसीसी प्रिमियर कप क्रिकेटको सोमवारको खेल बर्षाका कारण रोकिन पुगे पछि आज बाँकी खेल हुन लागेको हो।
त्रिभुवन विश्वबिद्यालय क्रिकेट मैदानमा जारी खेलमा युएईले २७.३ ओभरमा ९ विकेट गुमाएर १०६ रन बना... |
पोखरा स्पोर्ट्स अवार्ड : को बन्ला वर्ष उत्कृट महिला खेलाडी ? कास्की । सातौँ संस्करणको पोखरा स्पोर्टस् अवार्डको तयारी भइरहेको छ । नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले आयोजना गर्दै आएको अवार्ड समारोह यही वैशाख २३ गते पोखरा सभागृहमा हुँदैछ ।
खेल क्षेत्रमा लागेर समाज र देशका लागि योगदान गरेका खेलकुदकर्मीहरूलाई मञ्चले भव्य सम... |
सुरु हुँदै रारा फुटबल प्रतियोगिता धनकुटा । धनकुटाको चौबिसे गाउँपालिकास्थित राजारानीमा सञ्चालन हुँदै आएको १०औँ रारा कप फुटबल प्रतियोगिता यही वैशाख २२ गतेदेखि सुरु हुने भएको छ ।
जिल्लाको दोस्रो ठूलो यस फुटबल प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको आयोजक संस्था रारा ९राजारानी० फुटबल क्लब धनकुटाले पत्रकार सम्मेलन गरेर जानका... |
भोलि हुने फाइनलको बाँकी खेल हेर्न टिकट नलाग्ने काठमाडौं । एसीसी प्रिमियर कप अन्तर्गतको भोलि हुने फाइनलको बाँकी खेल हेर्नका लागि टिकट नलाग्ने भएको छ ।
नेपाल क्रिकेट संघ क्यानले भोलिको खेल निःशुल्क हुने जनाएको छ । वर्षाका कारण स्थगित भएको नेपाल र युएईबीचको फाइनल खेल आज रोकिएकै ओभरबाट मंगलबार विहान ९ बजेदेखि सुरु हुनेछ ।
... |
अभिषेक र अभिलाषालाई टेनिस उपाधि काठमाडौं । अभिषेक बाँस्तोला र अभिलाषा विष्टले नवौँं सिटिजन्स बैंक खुला टेनिस प्रतियोगितको उपाधि जितेका छन् । पुरुषको एकल विधामा अभिषेक र महिलामा अभिलाषा च्याम्पियन बनेका हुन् ।
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को टेनिस कोर्टमा आज भएको पुरुष फाइनल खेलमा अभिषेकले ऋतिक राणा... |
नेपाल र युएइबीचको खेल आज नहुने, भोलि आजकै स्थितिबाट सुरु हुने काठमाडौं । एसीसी मेन्स प्रिमियर कपको आजको फाइनल खेल वर्षाका कारण स्थगित भएको छ । आज वर्षा रोकिएर खेल हुने स्थिति नभएपछि खेल स्थगित गरिएको हो । अब भोलि आजकै अवस्थाबाट खेलले निरन्तरता पाउनेछ ।
एसीसी प्रिमियर कपको लागि भोलि मंगलबार रिजर्भ डे राखिएको छ । रिजर्भ ... |
वर्षाले आज खेल हुन नसके भोलि आजकै अवस्थाबाट खेल अगाडि बढ्ने काठमाडौं । एसीसी मेन्स प्रिमियर कपको आजको फाइनल खेल वर्षाका कारण रोकिएको छ । मौसम पूर्वानुमानअनुसार आज बिहानको तुलनामा दिउँसो र अपरान्ह पानी पर्ने सम्भावना बढी देखिएको छ । यस्तो अवस्थामा आज बाँकी खेल हुन नसक्ने सम्भावना पनि बढेको छ ।
एसीसी प्रिमियर कपको लागि भ... |
तस्वीरमा हेर्नुहोस् उत्साहित फ्यानले खचाखच कीर्तिपुर मैदानमा फाइनलको रोमान्च काठमाडौं। एसीसी प्रिमियर कपको जारी फाइनल खेलमा अहिलेसम्म नेपाल हावी छ। यो फाइनल जितेमा नेपाल भारत र पाकिस्तानजस्ता देशहरूसँग एसिया कप खेल्न जान पाउनेछ। त्यसैले आज कीर्तिपुर मैदानमा उत्साहित फ्यानहरू खचाखच भरिएका छन्।
अहिले खेल पानी परेपछि रोकि... |
१०६ रनमा नेपालले युएइको ९ विकेट लिएपछि पानी परेर खेल रोकियो काठमाडौं। एसीसी प्रिमियर कपको जारी फाइनल खेल पानी परेपछि रोकिएको छ । खेल रोकिँदासम्म युएइले २७.३ ओभरमा ९ विकेट गुमाएर १०६ रन बनाएको छ ।
आजको खेलमा बलिङमा नेपाल हावी छ र आक्रमक रुपमा उत्रिएको छ र ९ विकेट लिएको छ । नेपालका लागि ललित राजवंशिले ३ विकेट लिए । उनले ... |
सन्दीप लामिछानेले लिए युएइको सातौं विकेट काठमाडौं। एसीसी प्रिमियर कपको जारी फाइनल खेलमा युएइले सातौं विकेट गुमाएको छ ।
टस हारेर पहिले ब्याटिङ गरेको युएइले २५.४ ओभरमा १०३ रन बनाउँदा छैटौं विकेट गुमाएको हो । सन्दीप लामिचानेले अयान अफजल खानलाई आउट गरेका हुन् ।
आजको खेलमा बलिङमा नेपाल हावी छ र आक्रमक रुपमा उत्रिएको छ र ६ व... |
युएइले छैटौं विकेट गुमायो काठमाडौं। एसीसी प्रिमियर कपको जारी फाइनल खेलमा युएइले छैटौं विकेट गुमाएको छ । टस हारेर पहिले ब्याटिङ गरेको युएइले २२.५ ओभरमा ९० रन बनाउँदा छैटौं विकेट गुमाएको हो । गुलशन झाले बसिल हम्मिदलाई बोल्ड गरेका हुन् ।
आजको खेलमा बलिङमा नेपाल हावी छ र आक्रमक रुपमा उत्रिएको छ र ६ विकेट लिएको छ । यसअघि ने... |
वर्षाले अवरुद्ध भएको नेपाल र युएइको फाइनल खेल वर्षा रोकिएपछि सुचारू काठमाडौं। वर्षाले अवरुद्ध भएको एसीसी प्रिमियर कपको जारी फाइनल खेल वर्षा रोकिएपछि फेरि सुचारू भएको छ । टस हारेर पहिले ब्याटिङ गरेको युएइले १६ ओभरमा ५ विकेटको क्षतिमा ६० रन बनाउँदा पानी परेपछि खेल रोकिएको थियो ।
वर्षाले खेल धेरै समय रोकिएन । त्यसैले खेलम... |
नेपाल हावी भएको फाइनल खेल वर्षाले रोकियो ! काठमाडौं। एसीसी प्रिमियर कपको जारी फाइनल खेल वर्षाले अवरुद्ध भएको छ । टस हारेर पहिले ब्याटिङ गरेको युएइले १६ ओभरमा ५ विकेटको क्षतिमा ६० रन बनाउँदा पानी परेपछि खेल रोकिएको हो ।
आजको खेलमा बलिङमा नेपाल हावी छ र आक्रमक रुपमा उत्रिएको छ र ५ विकेट लिएको छ । पाँचौं विकेटको रूपमा सन्... |
लामिछानेले दिलाए नेपाललाई पाँचौँ सफलता काठमाडौं। एसीसी प्रिमियर कपको जारी फाइनल खेलमा नेपालले पाँचौं सफलता पाएको छ । बलिङमा आक्रमक रुपमा उत्रिएको नेपालका लागि पाँचौण विकेट सन्दिप लामिछानेले लिएका छन् ।
यसअघि नेपालका लागि करन केसीले दुई तथा सोमपाल कामी र ललित राजवंशीले एक-एक विकेट लिएका थिए। यससँगै यूएईले ५१ रनमा ५ विके... |
नेपाललाई चौथो सफलता, युएईको चौथो विकेट गुम्यो काठमाडौं। एसीसी प्रिमियर कपको जारी फाइनल खेलमा नेपाल आक्रमक रुपमा उत्रिएको छ। नेपालले यूएईविरुद्ध चौथो विकेट पनि लिन सफल भएको छ।
नेपालका ललित राजवंशीले रमिज शहजादलाई आउट गर्दै युएईको चौथो विकेट लिएका हुन्। यसअघि नेपालका लागि करन केसीले दुई तथा सोमपाल कामीले एक विकेट लिएका थ... |
१० आभरमै नेपाललाई चौथो सफलता काठमाडौं । एसीसी प्रिमियर कपको फाइनल खेलमा नेपालले बलिङमा शानदार सुरुवात गरेको छ । किर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जारी नेपाल र संयुक्त अरब इमिरेट (युएई)बीचको फाइनल खेलमा पहिला ब्याटिङ गरेको युएई १० ओभरमै चौथो विकेट गुमाएको छ ।
युएईका कप्तान मुहम्म्मद वासिम ११ रन,आर्यन लाक्रा १३रन, व... |
एसीसी प्रिमियर कप फाइनलः नेपाललाई दाेस्राे सफलता काठमाडाैं। एसिसी प्रिमियर कपअन्तर्गत नेपाल र युएईबीच कीर्तिपुरस्थित त्रिवि मैदानमा जारी खेलमा नेपालले युएईको दोस्रो विकेट लिएको छ।
करण केसीले युएईका वृत्य अरिवन्दलाई विकेटकिपर आसिफ शेखबाट ८ रनमा क्याच गराएका छन्। युएईले ४.५ ओभरमा २ विकेट गुमाउँदा २८ रन जोडेको छ। धेरै रन ... |
एसीसी प्रिमियर कप फाइनलः नेपालले टस जित्याे, दीपेन्द्र बेन्चमा काठमाडौं । एसीसी प्रिमियर कपको आज फाइनल खेल हुँदैछ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हसने नेपाल र संयुक्त अरब इमिरेट (युएई)बीचको फाइनल खेलमा नेपालले पहिला फिल्डिङ गर्ने भएको छ।
आजको खेलमा नेपालले एक परिवर्तन गरेको छ। आज दीपेन्द्र सिंह ऐरीलाई बाहिर राख्... |
इन्जुरी समयको रोमाञ्चक प्रतिस्पर्धाले लिभरपुल बिजयी काठमाडौं। इंग्लिस प्रिमियर लिगमा लिभरपुलले आश्चर्यजनक जित दर्ता गरेको छ। लिभरपुलले घरेलु मैदानमा टोटेनहम हटस्परलाई ४–३ को अन्तरले पराजित गर्दै अन्तिम समयमा जीत निकालेको हो।
आइतबार राति एनफिल्डमा भएको खेलको तेस्रो मिनेटमा कर्टिस जोन्सले गोल गरे पछि लिभरपुलले १-० को अग्... |
एसीसी प्रिमियर कप क्रिकेटको उपाधिका लागि आज नेपाल युएईसँग प्रतिस्पर्धा गर्दै काठमाडौं। एसीसी प्रिमियम कपको आज फाइनल खेल हुँदैछ। कीर्तिपुरस्थित त्रिभुवन विश्वबिद्यालयको खेल मैदानमा नेपाल र संयुक्त अरब इमिरेट (युएई) बीच आज फाइनल खेल हुँदैछ।
बिहान ९ बजेबाट सो खेल सुरु हुनेछ। शनिबार भएको खेलमा नेपाल कुबेतलाई पराजित गर्दै फ... |
लोरिएन्टसँग घरेलु मैदानमा पिएसजीको हार काठमाडौं। पेरिस सेन्ट जर्मेन (पिएसजी) घरेलु मैदानमा लोरिएन्टसँग पराजित भएको छ। फ्रेन्च लिग वानको शीर्षस्थानमा रहेको पिएसजी घरेलु मैदानमा लोरिएन्टसँग ३-१ ले पराजित भएको हो।
पार्क डेस प्रिन्सेस पेरिसमा आइतबार राति भएको खेलको १५औं मिनेटमा एन्जो लि फिको गोलबाट लोरिएन्टले सुरुवाती अग्र... |
एसीसी प्रिमियम कप फाइनलः बर्षाले खेल रद्द भए नेपाल बिजेता हुनसक्ने! काठमाडौं। एसिसी प्रिमियर कपको फाइनल खेल शनिवार झै बर्षाका कारण रद्द हुन पुगेमा नेपाल स्वतः बिजेता हुनेछ।
जल तथा मौसम बिभागका अनुसार सोमवार पनि बर्षा हुने सम्भावना रहेको छ। यदि सोमबार पनि बर्षा भएको खण्डमा ‘रिजर्भ डे’ मानिएको मंगलबारका दिनमा फाइनल खेल ख... |
भक्तपुरमा खुला रापिड बुद्धिचाल प्रतियोगिता हुने भक्तपुर। भक्तपुर युवा टिम भक्तपुर-७ गोल्मढीको आयोजनामा स्वर्गीय त्रिरत्न ग्वाछा स्मृति खुला रापिड बुद्धिचाल प्रतियोगिता हुने भएको छ । प्रतियोगिता जेठ १२ र १३ गते भक्तपुरको गोल्मढीस्थित झौरबही महाविहारमा हुने जनाइएको छ ।
टिमको कार्यसमिति सदस्य त्रिरत्न ग्वाछाको स्मृतिमा प्... |
शहिद स्मारक लिग : हिजाे वर्षाले स्थगित भएकासहित आज चार खेल हुँदै काठमाडौँ। सहिद स्मारक ए डिभिजन लिग अन्तर्गत आज चार खेलहरू हुँदैछन्। हिजो परेका भारी वर्षाका कारण स्थगित भएका खेलहरूका कारण आज चारवटा खेल एकै दिन हुन लागेका हुन्।
जसअनुसार दुई खेल दशरथ रङ्गशालामा हुनेछ भने दुईबाट खेल एन्फा कम्प्लेक्स, सातदोवाटोको मैदानमा ह... |
आत्माघाती गोल उपहार पाएको बार्सिलोना उपाधि नजिक काठमाडौं। उपाधिका लागि स्पेनिस ला लिगामा बार्सिलोनाले आफनो दाबेदारी कायमै राखेको छ। शनिबार राति भएको खेलमा बेटिसलाइ लाई ४-० ले हराउँदै आफनो दाबेदारी कायमै राखेको हो।
घरेलु मैदान नोउ क्याम्पमा बार्सिलोनालाई जित दिलाउन आन्द्रेज क्रिस्टेनसेनले १४औं मिनेटमा सुरुवाती गोल गरेका... |
बेन्जेमाको ह्याट्रिकमा रियल म्याड्रिडको सानदार जीत काठमाडौं। स्पेनिस ला लिगामा करिम बेन्जेमाको कीर्तिमानी ह्याट्रिकमा रियल म्याड्रिडले जीत हासिल गरेको छ। शनिबार राति भएको खेलमा रियलले ४-२ को अन्तरले अल्मेरिया माथि जीत हासिल गरेको हो।
रियलको घरेलु मैदान सान्टियागो बर्नबेउमा भएकाे खेलमा कप्तान बेन्जेमाले ५ औं मिनेटमा नै ... |
मुलपानीले ओडिआई मान्यता पाएपछि क्यान मनायाे केक काटेर खुसीयाली काठमाडौं। नेपाल (क्रिकेट संघ क्यान) ले मूलपानी मैदानले पनि एकदिवसीय (ओडिआई) मान्यता प्राप्त गरेको खुसियालीमा केक काटेर उत्सब मनाएको छ। क्यानका पदाधिकारी तथा कर्मचारीहरुलाई क्यानका अध्यक्ष चतुरबहादुर चन्दले केक काटेर खुवाउँदै उत्सवको रुपमा खुसीयाली साटासाट ग... |
एसीसी प्रिमियम कपः तेस्रो स्थानका लागि कुबेत र ओमानबीच प्रतिस्पर्धा हुँदै काठमाडौं। एसीसी प्रिमियम कप क्रिकेटको तेस्रो स्थानका लागिथ आज प्रतिस्पर्धा हुँदैछ। नेपालसँग पराजित कुवेत र संयुक्त अरब इमिरेट (युएई) सँग पराजित ओमानबीच प्रतिस्पर्धा हुन लागेको हो।
जितको लागि २ सय ८१ रनको विशाल विजयी लक्ष्य पछ्याएको कुवेतले ८.३ ओभ... |
अन्तर्राष्ट्रिय करातेमा १६ स्वर्ण पदकसहित नेपाल प्रथम रुपन्देही । एमजिके अन्तर्राष्ट्रिय कराते च्याम्पियनसीपमा नेपालले १६ स्वर्ण पदक जित्दै प्रथम भएको छ ।
जापान गोजुरियो कराते डो मिसन सङ्घले रुपन्देहीको शङ्करपुरमा आयोजना गरेको दोस्रो संस्करणको एमजिके अन्तर्राष्ट्रिय कराते च्याम्पियनसीपमा नेपालले २४ रजत र ३४ कास्य पदक प... |
क्रिकेट टोलीलाई बधाई दिदैँ प्रधानमन्त्रीले भने- सरकारको तर्फबाट उचित सम्मान हुनेछ काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपाली क्रिकेट टोलीलाई बधाई दिएका छन्।
काठमाडौंमा जारी एसीसी प्रिमियम कपको फाइनलमा प्रवेश गरेको भन्दै प्रधानमन्त्री दाहालले बधाई दिएका हुन्।
‘एसीसी प्रिमियर कप क्रिकेटको फाइनलमा प्रवेश गरेक... |
नेपाल र युएइले एसीसी प्रिमियर कपको फाइनल खेल्ने काठमाडौं । एसीसी मेन्स प्रिमियर कपको फाइनलमा नेपाल र युएइ भिड्ने भएका छन् । आज भएका दुवै सेमिफाइनल वर्षाले प्रभावित भएपछि निकालिएका वैकल्पिक नतिजाअनुसार नेपाल र युएइको फाइनलमा भिडन्त पक्का भएको हो ।
किर्तिपुरमा भएको नेपाल र कुवेतबीचको सेमिफाइनल हारजित नभइ रद्द गर्नुपरेको ... |
नेपाल एसीसी प्रिमियर कपको फाइनलमा, कुवेतसँगको सेमिफाइनल बिना नतिजा रद्द काठमाडौं । एसीसी मेन्स प्रिमियर कप अन्तर्गत आज किर्तिपुरमा भइरहेको पहिलो सेमिफाइनल खेल बिना नतिजा रद्द भएको छ । आज वर्षाका कारण खेल हुन नसकेपछि खेल रद्द भएको छ ।
खेल रद्द भएसँगै नेपाल फाइनलमा पुगेको छ । सेमिफाइनलका लागि कुनै रिजर्भ दिन नराखिएको हु... |
त्रिवि मैदानमा पानी परेपछि नेपाल-कुवेतको सेमिफाइनल खेल फेरि रोकियो काठमाडौं। पानी परेपछि पुनः एसिसी प्रिमियर कप क्रिकेट अन्तर्गतको नेपाल र कुवेतबीचको सेमिफाइनल खेल रोकिन पुगेको छ।
त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा जारी खेल यसअघि पनि पानी परे पछि रोकिन पुगेको थियो, जसकाकारण खेललाई ४२ ओभरमा छोट्याइएको थियो।
नेपालले दिएको... |
ओभर घटाइएको खेलमा नेपालले कुवेतलाई दियो २८२ रनको लक्ष्य काठमाडौं । एसीसी मेन्स प्रिमियर कप अन्तर्गत आज किर्तिपुरमा भइरहेको पहिलो सेमिफाइनल खेलमा नेपालले कुवेतलाई २८२ रनको लक्ष्य दिएको छ ।
टस हारेर पहिले ब्याटिङ गरेको नेपालले वर्षाले प्रभावित भएपछि ४२ ओभरमा घटाइएको खेलमा ९ विकेटको क्षतिमा २८१ रन बनाएको हो ।
नेपालका लागि... |
नेपालको खेल वर्षाले अवरुद्ध, युएइले ओमनलाई दियो २३७ रनको लक्ष्य काठमाडौं । एसीसी मेन्स प्रिमियर कप अन्तर्गत आज नेपाल र कुवेतबीच जारी पहिलो सेमिफाइनल खेल वर्षाले अवरुद्ध भएको छ । टस हारेर पहिले ब्याटिङ गरेको नेपालले २३.२ ओभरमा ३ विकेटको क्षतिमा १४१ रन बनाउँदा पानी परेपछि खेल अझैसम्म अवरुद्ध छ ।
उता मूलपानीमा भइरहेको अर्... |
वर्षाले प्रभावित नेपाल र कुवेतबीचको सेमिफाइनल खेल ४५ ओभरको हुने काठमाडौं । वर्षाले अवरुद्ध भएको एसीसी प्रिमियर कप अन्तर्गतको नेपाल र कुवेतबीचको सेमिफाइनल खेल पुनः सुचारु हुने भएको छ । त्रिवि मैदानमा जारी खेलमा वर्षा भएपछि केहिबेर खेल रोकिएको हो । खेल ४५ ओभरको हुनेछ भने १२ः१५ बजे सुचारु हुनेछ ।
पहिला ब्याटिङ गरेको नेपा... |
वर्षाले नेपाल र कुवेतको खेल अवरुद्ध काठमाडौं । एसीसी प्रिमियर कप अन्तर्गतको नेपाल र कुवेतबीचको सेमिफाइनल खेल वर्षाले अवरुद्ध भएको छ । त्रिवि मैदानमा जारी खेलमा वर्षा भएपछि खेल रोकिएको हो ।
पहिला ब्याटिङ गरेको नेपालले २३.२ ओभरमा ३ विकेट गुमाएर १४१ रन बनाएको छ । नेपालका कुशल भुर्तेल ४३ रन बनाएर आउट भए भने आसिफ शेख ३१ तथा... |
नेपालको उत्कृष्ट प्रदर्शनः विकेट नगुमाई ७ ओभरमा ६० रन जोडन सफल काठमाडाैं। एसिसी प्रिमियर कपको पहिलो सेमिफाइनल खेलमा कुवेतविरुद्ध नेपालले उत्कृष्ट प्रदर्शन गरिरहेको छ। त्रिभुवन विश्वबिद्यालयको क्रिकेट मैदानमा जारी खेलमा नेपालले ७ ओभरमा कुनै पनि विकेट नगुमाउँदै ६० रन जोडिसकेको छ।
कुशल भुर्तेल २७ बलमा ६ चौका र १ छक्कासहित... |
एसीसी प्रिमियर कप सेमिफाइनलः नेपालले टस हारेर ब्याटिङमा काठमाडौं। एसीसी प्रिमियर लिगको आज सेमिफाइनल खेल हुँदैछन्। त्रिभुवन बिश्वबिद्यालयको खेल मैदानमा हुने सेमिफाइनल खेलमा नेपालले आज कुवतेसँग भिड्दैछ भने मुलपानी मैदानमा युएई र ओमान आमुने सामुने हुनेछन्।
आजको खेलमा नेपालले पहिला ब्याटिङ गर्ने भएको छ । कुवेतले टस जितेर न... |
मुलपानी मैदानमा पहिलो पटक ओडिआई मान्यता खेल हुँदै काठमाडौं। त्रिभुवन विश्वबिद्यालयको खेल मैदानले एकदिवसीय (ओडिआई) मान्यता प्राप्त गरेको तीन वर्ष पछि मुलपानी मैदानले पनि सो मान्यता प्राप्त गरेको छ।
त्रिभुवन विश्वबिद्यालयको खेल मैदानले सन २०२० मा सो मान्यता पाएको थियो। सो मान्यतासँगै आज मुलपानी मैदानमा पहिलो पटक एकदिवसीय... |
एसीसी प्रिमियम कप सेमिफाइनलः नेपाल कुबेतसँग तथा युएई ओमानसँग भिड्दै काठमाडौं। एसीसी प्रिमियम लिगको आज सेमिफाइनल खेल हुँदैछन्। त्रिभुवन बिश्वबिद्यालयको खेल मैदानमा नेपालले आज हुने सेमिफाइनल खेलमा कुवतेसँग भिडनेछ भने मुलपानी मैदानमा युएई र ओमान आमुने सामुने हुनेछन्।
नेपाल ४ खेलमा ३ मा जित र १ खेलमा अंक बाँड्दै ७ अंकका सा... |
बक्सिङ टोली उज्वेकिस्तान जाँदै काठमाडौं । अन्तर्राष्ट्रिय बक्सिङ सङ्घ (आइबा)को आयोजनामा हुने आइबा पुरुष विश्व बक्सिङ च्याम्पियनसिपमा सहभागी हुन दुई खेलाडीसहित चार सदस्यीय नेपाली बक्सिङ टोली शनिबार उज्वेकिस्तानको तास्कन प्रस्थान गर्दैछ ।
अप्रिल ३० देखि मे ४ तारिखसम्म हुने उक्त प्रतियोगितामा रविन थापाले ४८ केजी तथा साग स... |
एनआरटीले थ्री स्टारलाई हरायो काठमाडौं । राजधानीमा जारी सहिद स्मारक ए डिभिजन लिगमा एनआरटीले थ्री स्टार क्लबलाई पराजित गरेको छ ।
शुक्रबार सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको खेलमा एनआरटीले थ्री स्टारलाई १–० गोल अन्तरले पराजित गरेको हो । एनआरटीका लागि एकमात्र निर्णायक गोल संजिव विष्टले खेलको ३७ औं मिनेटमा गरेका थिए ।
ज... |
सुजल र आरुषीले जिते स्वर्ण काठमाडौं । लुम्बिनी प्रदेशका सुजल डाँगी र आरुषी भट्टराईले १३औँ केन्द्रस्तरीय राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिताअन्तर्गत एथलेटिक्सको एक सय मिटर दौडमा आज स्वर्णपदक जितेका छन् । सुजलले छात्र तथा आरुषीले छात्रामा स्वर्ण हात पारेका हुन् ।
त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा सुजलले निर्धारित दू... |
ए डिभिजन लिग : आज दुई खेल हुँदै काठमाडौँ। शहीद स्मारक ए डिभिजन लिग फुटबल अन्तर्गत आज दुई खेल हुँदै छन्।
त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा हुने खेलमा त्रिभुवन आर्मी क्लब र हिमालयन शेर्पा क्लबका बीचमा प्रतिस्पर्धा हुनेछ। सो खेल साँझ ६ बजे सुरु हुनेछ।
यसैगरी, न्युरोड टिम एनआरटी र थ्री स्टारबीचको खेल भने एन्फा कम्प्लेक्समा... |
इंग्लिस प्रिमियर लिगः म्यानचेस्टर र टोटनहम बराबरीमा रोकिए काठमाडौं। इंग्लिस प्रिमियर लिगमा म्यानचेस्टर युनाइटेड र टोटेनहम हटस्पर बिचकाे खेल बराबरीमा टुंगिएको छ।
बिहीबार राति भएको खेलमा म्यान्चेस्टर युनाइटेड र टोटेनहमले २-२ गोलको बराबरीमा आफनो खेल टुंग्याएका हुन्।
लन्डनस्थित टोटेनहम हटस्पर स्टेडियममा भएको खेलको ७ औं मिन... |
फ्रेन्ड्स र एपीएफको बराबरी काठमाडौं । राजधानीमा जारी सहिद स्मारक ए डिभिजन लिग फुटबलमा फ्रेन्ड्स क्लब र एपीएफ क्लबले बराबरी खेलेका छन् ।
बिहीबार सातदोबाटोस्थित एन्फा कम्प्लेसमा फ्रेन्ड्स र एपीएफले १–१ गोलको बराबरी खेल्दै अंक बाडेका हुन् । खेलको २७ औं मिनेटमा प्रदिप लामाले गोल गर्दै एपीएफलाई सुरुआती अग्रता दिलाएका थिए । ... |
सन्दीपलाई वर्ल्डलिंकद्वारा एक लाख नगदसहित सम्मान काठमाडौं । नेपाली क्रिकेट टिमका पूर्वकप्तान सन्दीप लामिछानेलाई इन्टरनेट सेवा प्रदायक कम्पनी वर्ल्डलिंक कम्युनिकेशन्सले सम्मान गरेको छ । ओडिआईमा सबैभन्दा छिटो १ सय विकेट लिएकोमा बधाई दिँदै वर्ल्डलिंकले सन्दीपलाई एक लाख नगदसहित सम्मानित गरेको हो ।
राष्ट्रिय क्रिकेट टोलीका ... |
एसीसी प्रिमियर कपको सेमिफाइनलमा नेपालले कुवेतसँग खेल्ने काठमाडौं । एसीसी मेन्स प्रिमियर कप अन्तर्गत समूह चरणको आफ्नो अन्तिम खेलमा कतारलाई ६८ रनले पराजित गरेको नेपालले सेमिफाइनलमा कुवेत प्रतिद्वन्द्वी पाएको छ । समूह बीको अन्तिम खेलमा कुवेतले हङकङलाई ३० रनले पराजित गर्दै समूहको दोस्रो स्थानमा उक्लिएपछि नेपालले सेमिफाइनलम... |
सनराइजर्स हैदरावादलाई झटका, वाशिङटन सुन्दर चोटका कारण आईपीएलबाट बाहिरिए काठमाडौं । सनराइजर्स हैदरावादका अलराउन्डर वासिङ्टन सुन्दर चोटका कारण आईपीएलका बाँकी खेल खेल्न नसक्ने भएका छन् ।
पहिले नै समस्याको सामना गरिरहेको सनराइजर्स हैदरावाद अहिले आईपीएल वरीयतामा नवौं नम्बरमा छ र वासिङ्टन सुन्दरको प्रतियोगिताबाट बाहिरिनुलाई ... |
कतारमाथि नेपालको ६८ रनको जित, शनिबार किर्तिपुरमा सेमिफाइनल खेल्ने काठमाडौं । एसीसी मेन्स प्रिमियर कप अन्तर्गत समूह चरणको आफ्नो अन्तिम खेलमा नेपालले कतारलाई ६८ रनले पराजित गरेको छ । नेपालले दिएको १५८ रनको लक्ष्य पच्छ्याएको कतार २५.१ ओभरमा ८९ रनको स्कोर बनाउँदा अलआउट भयो ।
नेपालका लागि सन्दिप लामिछानेले सर्वाधिक ५ विकेट ... |
१६ औं ओभरमा ६ विकेट गुमाएर कतारको ५० रन पूरा काठमाडौं । एसीसी मेन्स प्रिमियर कप अन्तर्गत समूह चरणको आफ्नो अन्तिम खेलमा कतारलाई १५७ रनको सानो लक्ष्य दिएको नेपालले बलिङमा शानदार कमब्याक गरेको छ ।
कतारले १६ औं ओभरमा ५० रन पूरा गरेको छ । र, यस क्रममा उसले आफ्नो ६ विकेट पनि गुमाएको छ । नेपालका लागि सोमपाल कामीले ३ विकेट, सन... |
बलिङमा नेपालको शानदार कमब्याक, कतारले ३२ रनको स्कोरमा ४ विकेट गुमायो काठमाडौं । एसीसी मेन्स प्रिमियर कप अन्तर्गत समूह चरणको आफ्नो अन्तिम खेलमा कतारलाई १५७ रनको सानो लक्ष्य दिएको नेपालले बलिङमा शानदार कमब्याक गरेको छ ।
कतारले १० ओभरको खेलमा ३२ रन बनाउँदा ४ विकेट गुमाइसकेको छ । नेपालका लागि सोमपाल कामीले २ विकेट, सन्दिप ... |
नेपाल १५७ मा अलआउट, सन्दीप लामिछानेले बनाए सर्वाधिक रन काठमाडौं । एसीसी मेन्स प्रिमियर कप अन्तर्गत समूह चरणको आफ्नो अन्तिम खेलमा नेपालले ब्याटिङमा राम्रो प्रदर्शन गर्न सकेन । कतारसँग टस हारेर ब्याटिङको निम्तो पाएको नेपाल ४०.३ ओभरमै १५७ रनको स्कोरमा अलआउट भएको छ ।
आजको खेलमा नेपालको लागि सन्दीप लामिछानेले सर्वाधिक अविजि... |
संकटमा नेपाल, सय रन बनाउँदा आठ विकेट गुम्यो काठमाडौं। एसिसी प्रिमियर कप अन्तर्गत आजको खेलमा नेपालले कतारसँग ब्याटिङ गरिरहेको नेपालले आठ विकेट गुमाएको छ ।
त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा जारी खेलमा नेपालले १०५ रन बनाउँदा आट विकेट गुमाएको हो । आठौँ विकेटको रुपमा नेपालका दिपेन्द्र सिंह ऐरी क्याच आउट भए । उनले १९ बल खेलेर... |
नेपालको खराब ब्याटिङ, चौथो विकेट गुम्यो काठमाडौं। एसिसी प्रिमियर कप अन्तर्गत आजको खेलमा नेपालले कतारसँग ब्याटिङ गरिरहेको छ । त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा जारी खेलमा नेपालले खराब ब्याटिङ गरेको छ ।
टस हारेर ब्यटिङको निम्तो पाएको नेपालले ६२ रन बनाउँदा चौथो विकेट गुमाएको छ । १५.३ ओभरमा नेपालले चौथो विकेट गुमाएको हो । ३... |
एसीसी प्रिमियम कपः नेपालले गुमायो दुई विकेट काठमाडौं। एसिसी प्रिमियर कपमा कतारविरुद्ध सुरुवातमै नेपालले दुई विकेट गुमाएको छ।
त्रिभुवन विश्वबिद्यालयकाे खेल मैदानमा जारी खेलमा टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले ४ ओभरमा २ विकेट गुमाएको हो।
नेपालले ओपनर कुशल भुर्तेललाई दुई रनमै गुमाएको थियो भने भीम सार्की ६ रनमा विकेट... |
एसिसी प्रिमियर कपः नेपाल ब्याटिङमा, एक परिवर्तन काठमाडौं। एसिसी प्रिमियर कप क्रिकेटमा आज दुई खेल हुँदैछन्।
कीर्तिपुरस्थित खेल मैदानमा हुने नेपाल र कतारबीचको खेलमा नेपालले पहिला ब्याटिङ गर्ने भएको छ । कतारले टस जितेर नेपाललाई ब्याटिङको निम्तो दिएको हो।
नेपालले आजको खेलमा एक परिवर्तन गरेको छ। आज करन केसीलाई बाहिर राख्दै ... |
बार्सिलोना रायो भालेकानोसँग २-१ को अन्तरले पराजित काठमाडौं। स्पेनिस ला लिगाको शीर्षस्थानमा रहेको बार्सिलोना पराजित हुन पुगेको छ। म्याड्रिडमा बुधवार राति भएको खेलमा घरेलु टोली भालेकानोसँग पराजय हुन पुगेको हो।
भालेकानो २-१ ले विजयी हुँदा शीर्षस्थानमा रहेको बार्सिलोना स्तब्ध हुन पुगेको छ। खेलको १९औं मिनेटमा अल्भारो गार्सि... |
आत्मघाती गोलमा चेल्सीको पराजय, लगातार पाँचौ हारको रेकर्ड काठमाडौं। इंगलिस प्रिमियर लिगको जारी खेलमा चेल्सी पराजित हुन पुगेको छ। घरेलु मैदानमा नै चेल्सी ब्रेन्टफर्डसँग २-० ले पराजित हुन पुगेको हो। चेल्सीको यो लगातार पाँचौं हार हो।
स्टामफोर्ड ब्रिजमा बुधवार राती भएको भएको खेलको ३७औं मिनेटमा चेल्सीका कप्तान सिजर एज्पिलिक्... |
कोपा इटालियाको फाइनलमा इन्टर मिलान काठमाडौं। इन्टर मिलान कोपा इटालियाको फाइनलमा प्रवेश गरेको छ। युभेन्ट्सलाई पराजित गर्दै इन्टरमिलान कोपा इटालियाको फाइनलमा प्रवेश गरेको हो।
बुधबार राति मिलानोमा भएको सेमिफाइनल खेलमा १-० को गाेल अन्तरकाे तथा समग्रमा २-१ को जित निकाल्दै फाइनलमा प्रवेश गरेको हो।
सो खेलको पहिलो हाफको १५ औं ... |
एसिसी प्रिमियर कप : आज नेपाल कतारसँग भिडदै काठमाडौं। एसिसी प्रिमियर कप क्रिकेटमा आज दुई खेल हुँदैछन्।
कीर्तिपुरस्थित खेल मैदानमा नेपाल र कतार बीच प्रतिस्पर्धा हुनेछ भने मुलपानी मैदानमा हङकङ र कुबेतका बीचमा प्रतिस्पर्धा हुनेछ।
दुवै खेल बिहान पौने ९ बजे सुरु हुनेछ। यसअघिको खेल पानी परेका कारण रद्ध भएपछि नेपालले साउदी अरब... |
Subsets and Splits
No community queries yet
The top public SQL queries from the community will appear here once available.