content
stringlengths
20
64.1k
पोखरा स्पोर्टस् अवार्डको मनोनयन सार्वजनिक कास्की । पोखरा स्पोर्टस् अवार्डको सातौँ संस्करणमा चार विधाको उत्कृष्ट तीन मनोनयन सूची सार्वजनिक गरिएको छ । नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीको आयोजनामा हुने अवार्डको आज वर्ष खेलाडी पुरुष, महिला, उदियमान खेलाडी तथा उत्कृष्ट प्रशिक्षक विधाको मनोनयन सूची सार्वजनिक गरिएको हो । वर्ष ...
विश्व टेबलटेनिस डेका अवसरमा गैरसरकारी संस्थाबीच प्रतिस्पर्धा पोखरा । कास्कीमा लागुपदार्थ न्यूनीकरणमा क्रियाशील गैरसरकारी संस्थाबीच टेबलटेनिस प्रतियोगिता आयोजना गरिएको छ । विश्व टेबलटेनिस डेका अवसरमा आज सो प्रतियोगिता आयोजना गरिएको हो । नौलो घुम्ती नेपालको आयोजनामा भएको प्रतियोगितामा पुरुष सिङ्गलतर्फ रिचमण्ड फेलोसीपका अ...
थ्री स्टार र मछिन्द्रले अंक बाँडे, सातदोबाटोले संकटालाई हरायो काठमाडौं । राजधानीमा जारी सहिद स्मारक ए डिभिजन लिग फुटबलमा थ्री स्टार क्लब र मछिन्द्र फुटबल क्लबले बराबरी खेल्दै अंक बाँडेका छन् । बुधबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा थ्री स्टार र मछिन्द्रले गोलरहित बराबरी खेलेका छन् । निकै प्रतिस्पर्धात्मक खे...
युएई सेमिफाइनलमा प्रवेश काठमाडौं । एसिसी प्रिमियर कप क्रिकेट प्रतियोगितअन्तर्गत समूह ‘बी’बाट संयुक्त अरब इमिरेट्स (युएई) सेमिफाइनलमा पुगेको छ । मूलपानी क्रिकेट मैदानमा आज भएको खेलमा युएई बहराइनलाई आठ विकेटले पराजित गर्दै प्रतियोगिताको सेमिफाइनलमा पुगेको हो । युएईले छ अङ्क जोड्दै समूह ‘बी’बाट शीर्ष स्थानमा रहँदै सेमिफाइ...
ओमनद्वारा साउदी अरेबियासामु ३६७ रनको चुनौती काठमाडौँ। एसिसी प्रिमियर लिग क्रिकेट प्रतियोगिता अन्तर्गत आज भएको समूह ए अन्तर्गतको खेलमा ओमनले साउदी अरेबियालाई जितको लागि ३६७ रनको लक्ष्य दिएको छ। कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको ओमनलले निर्धारित ५० ओभरमा ६ विकेट...
प्रिमियम लिगः लिड्स र लेस्टर सिटी बराबरीमा टुंगिए, बाँडे अंक काठमाडौं। लिड्स युनाइटेड र लेस्टर सिटीले बराबरी खेल खेलेका छन्। इंगलिस प्रिमियम लिगको जारी खेलमा लिड्स र लेस्टर सिटीले १-१ को बराबरी खेल खेलेर अंक बाँडेका छन्। लिड्सका लुइस सिनिसटेराले सुरूवाती गाेल गरेर १-० काे अगता दिलाएका थिए तर लेस्टरका जेमी भार्डीले गोल ...
प्रिमियम लिगः फुलहमलाई हराउँदै एस्टन भिल्ला बिजयी काठमाडौं। एस्टन भिल्लाले फुलहमलाई १-० ले पराजित गरेको छ। इंग्लिस प्रिमियर लिगको जारी खेलमा भिल्लाले फुलहमलाई १-० ले पराजित गरेको हो। पहिलो हाफको २१औं मिनेटमा भिल्लाका टेरोन मिङ्सले गरेको गोल नै निर्णायक बन्न पुग्यो। अन्ततः दुवै पक्षवाट कुनै गोल हुन नसक्दा खेल १-० को अवस...
प्रिमियर लिगः आत्मघाती गोल उपहार पाउँदा बल्भ्स बिजयी काठमाडाैं। इंग्लिस प्रिमियर लिगमा वल्भ्स विजयी भएको छ। मंगलबार राति घरेलु मैदान मोलिनक्स स्टेडियममा भएको खेलमा वल्भ्सले क्रिस्टल प्यालेसलाई २-० ले पराजित गरेर बिजयी भएको हो। बल्भ्सले एउटा आत्मघाती गोल उपहार पाएको थियो भने अर्को पेनाल्टी गोलवाट जीत हासिल गरेको हो। पहि...
जिरोनाका कास्टेलानोस चम्किँदा रियल म्याड्रिड पराजित काठमाडौं। स्पेनिस ला लिगाको दोस्रो स्थानमा रहेको रियल म्याड्रिड पराजित हुन पुगेको छ। भ्यालेन्टिन कास्टेलानोस एक्लैले म्याड्रिडको गोलपोष्टमा चार गोल हान्दै जिरोनाले रियललाई ४-२ ले पराजित गरेको हो। मंगलबार राति घरेलु मैदानमा भएको खेलमा जिरोानका कास्टेलानोसले खेलको १२ औं...
सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगिता : आर्मी विजयी काठमाडौं । सहिद स्मारक ’ए’ डिभिजन लिग फुटबल प्रतियोगितामा त्रिभुवन आर्मी क्लब विजयी भएको छ । त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा आज सम्पन्न खेलमा आर्मीले चर्च ब्वाइज युनाइटेड क्लबलाई १–० गोल अन्तरले पराजित गर्दै विजयी भएको हो । आर्मीको जितमा जिलेस्पी जङ्ग कार्कील...
फ्रेन्ड्स र पुलिस विजयी काठमाडौं । राजधानीमा जारी सहिद स्मारक ए डिभिजन लिग फुटबलमा फ्रेन्ड्स क्लबले सहज जित निकालेको छ । मंगलबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा फ्रेन्ड्सले न्युरोड टिम एनआरटीलाई ३–१ गोल अन्तरले पराजित गरेको हो । खेलको १४ औं मिनेटमा राफिक अमिनुले गोल गर्दै फ्रेन्ड्सलाई सुरुआती अग्रता दिलाएका...
कुवेतले सिङ्गापुरलाई हरायो काठमाडौं । कुवेतले सिङ्गापुरलाई पराजित गर्दै एसिसी मेन्स प्रिमियर कप अन्तर्रािष्ट्रय क्रिकेट प्रतियोगिताको सेमिफाइनल पुग्ने सम्भावना बलियो बनाएको छ । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा आज भएको समूह ‘बी’ अन्तर्गतको खेलमा कुवेतले सिङ्गापुरलाई चार विकेटले पराजित गर्दै सेमिफा...
सिंगापुरले कुवेतलाई जितका लागि ११४ रनको सामान्य लक्ष्य दियो काठमाडौँ। राजधानीमा जारी एसिसी प्रिमियर कप अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगितामा सिंगापुरले कुवेतलाई जितको लागि ११४ रनको सामान्य विजयी लक्ष्य दिएको छ। कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा आज भएको खेलमा टस हारेर पहिले ब्याटिङ गरेको सिङ्गापुरल...
एसिसी प्रिमियम कप : आज कुवेत-सिंगापुर तथा कतार- मलेसिया भिड्दै काठमाडौँ। एसिसी प्रिमियर कप क्रिकेटमा आज दुई खेल हुँदैछन्। कीर्तिपुरस्थित खेल मैदानमा कुबेत र सिंगापुरबीच प्रतिस्पर्धा हुनेछ भने मुलपानी मैदानमा कतार र मलेसियाका बीचमा प्रतिस्पर्धा हुनेछ। दुवै खेल बिहान पौने ९ बजे सुरु हुनेछ। मुलपानी क्रिकेट मैदानमा लगातार ...
सन्दीपविरुद्धको मुद्दाको सुनुवाइ स्थगित, अर्को पेसी २४ गते काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दाको सुनुवाई स्थगित भएको छ । काठमाडौं जिल्ला अदालतका न्यायाधीश दीपक ढकालको इजलासमा रहेको सन्दीपविरुद्धको मुद्दाको सुनुवाइ समय अभावका कारणले स्थगित भएको सन्दीपका अधिवक्ता सरोजकृष्ण घिमिरेले बताए । सरकारी वकिल र जा...
एपीएफकाे सहज जित काठमाडौं । राजधानीमा जारी सहिद स्मारक ए डिभिजन लिग फुटबलमा विभागीय टोली एपीएफ क्लबले सहज जित हासिल गरेको छ । सोमबार सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको खेलमा एपीएफले एफसी खुमलटारलाई २–० गोल अन्तरले पराजित गरेको हो । एपीएफको जितमा अब्डोउ रमानी र अर्मान्ड बिडोमले एक एक गोल गरे । खेलको २६ औं मिनेटमा रम...
खेल रद्द भएपछि नेपालले साउदी अरेबियासँग अंक बाँड्यो काठमाडौं । एसीसी प्रिमियर कप अन्तर्गत आज मूलपानीमा हुने तय भएको नेपाल र साउदी अरेबियाको खेल रद्द भएको छ । खेल रद्द भएपछि नेपाल र साउदी अरेबियाले अंक बाँडेका छन् । यससँगै यसअघिका दुवै खेल जितेको नेपाल ५ अंकसहित अंक तालिकाको शीर्ष स्थानमा कायमै छ । समूह ए मा नेपालपछि ४ ...
एसीसी प्रिमियर कप क्रिकेट : वर्षाका कारण खेल प्रभावित काठमाडौँ। एसीसी प्रिमियर कप क्रिकेटअन्तर्गत आज नेपाल र साउदी अरबबीचको खेल खराब मौसमका कारण टससमेत हुन सकेको छैन। मूलपानी क्रिकेट मैदानमा आज बिहान ८ः३० बजे हुनुपर्ने टस वर्षा बाधक बनेपछि हुन सकेको छैन। त्यस्तै समूह ‘ए’ मा रहेका नेपाल र साउदीबीचको खेल अहिले ९ बजेदेखि ...
स्पेनिस ला-लिगा: एट्लेटिकोलाई हराउँदै बार्सिलोनाकाे अग्रता कायमै काठमाडौं। स्पेनिस ला–लिगामा शीर्ष स्थानमा रहेको बार्सिलोनाले आफनो अग्रता कायमै राख्न सफल भएको छ। बार्सिलोनाले तेस्रो स्थानको एट्लेटिको म्याड्रिडलाई १–० ले पराजित गर्दै आफनो अग्रता कायमै राखेको हो। आइतबार बार्सिलोनाको घरेलु मैदान नउ क्याम्पमा भएको खेलमा बा...
टोटेनह्यामो गोल पोष्टमा न्युक्यासलको गोलको बर्षा, ६-१ ले न्युक्यासल बिजयी काठमाडौं। इंग्लिस प्रिमियर लिग फुटबलमा न्युक्यासल युनाइटेडको गोलको बर्षाका कारण टोटेनह्याम फराकिलो अन्तरले पराजित भएको छ। आइतबार साँझ भएको खेलमा पहिलो हाफको २२ मिनेट भित्र हट्सपुर न्युक्यासल युनाइटेडसँग पाँच गोल खाँदै टोटेनह्याम फराकिलो अन्तरले प...
युनाइटेड एफए कपको फाइनलमा, उपाधिका लागि सिटीसँग भिड्ने काठमाडौं। म्यानचेस्टर युनाइटेड एफए कपको फाइनलमा प्रवेश गरेको छ। ब्राइटलाइ टाइब्रेकरमा ७-६ ले पराजित गर्दै म्यानचेस्टर फाइनलको यात्रा सुनिश्चित गरेको हो। आइतबार राति वेम्वली स्टेडियम लन्डनमा निर्धारित तथा थप गरिएको समयमा पनि गोलरहित बराबरी भए पछि खेल टाइब्रेकरमा पुग...
एसीसी प्रिमियम कप: आज मुलपानी मैदानमा नेपाल साउदी अरबसँग भिडदै काठमाडौं। एसिसी प्रिमियर कप क्रिकेटमा आज दुई खेल हुँदैछन्। कीर्तिपुरस्थित खेल मैदानमा हङकङ र बहराइनबीच प्रतिस्पर्धा हुनेछ भने मुलपानी मैदानमा नेपाल र साउदी अरबकाबीचमा बीच प्रतिस्पर्धा हुनेछ। दुवै खेल बिहान पौने ९ बजे सुरु हुनेछ। यसअघि भएको खेलमा नेपालले ओमा...
युएईको सिङ्गापुरमाथि उत्कृष्ट जित काठमाडौं। एसिसी प्रिमियर कप एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगितामा संयुक्त अरब इमिरेट्स (युएई)ले सिङ्गापुरलाई पराजित गरेको छ । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा आज भएको समूह ‘बी’ अन्तर्गतको खेलमा युएईले सिङ्गापुरलाई दुई सय एक रनको फराकिलो अन्तरले पराजित गर...
किर्तिपुर मैदानमा इतिहासकै सबैभन्दा ठूलो स्कोर, युएइले बनायो ४७१ रन काठमाडौं । काठमाडौंको किर्तिपुर मैदानमा ५० ओभरको क्रिकेटमा इतिहासकै सबैभन्दा ठूलो स्कोर बनेको छ । आज जारी एसीसी प्रिमियर कप अन्तर्गतको खेलमा युएइले इतिहासकै ठूलो स्कोर बनाएको हो । सिंगापुरविरुद्ध टसजितेर पहिले ब्याटिङ गरेको युएइले निर्धारित ५० ओभरमा अल...
गोलबजार मेयर गोल्डकप : गुरुधाम फुटबल क्लब र बागमती युवा क्लबबीच प्रतिस्पर्धा हुने सिरहा। सिरहाको गोलबजार नगरपालिकाको आयोजनामा सुरु भएको ‘छैटौं मेयर गोल्डकप’मा आइतबार गुरुधाम फुटबल क्लव र बागमती युवा क्लबबीच प्रतिस्पर्धा हुने  भएको छ । शनिबारबाट सुरु भएको प्रतियोगितामा आइतबार गुरुधाम फुटबल क्लब र बागमती युवा क्लबबीच प्र...
अर्शदीप सिंहले लगातार २ मिडल स्टम्प भाँचे, बीसीसीआइलाई ४८ लाख घाटा काठमाडौं । आइपिएल २०२३ मा पञ्जाब किंग्सले एक रोमाञ्चक खेलमा मुम्बई इन्डियन्सलाई १३ रनले हराएको छ । आईपीएलका सबैभन्दा महँगो खेलाडी (१८.५ करोड भारु) साम करण प्लेयर अफ द म्याच चुनिए। अन्तिम ओभरमा मुम्बईलाई १६ रन चाहिएको थियो। ६ विकेट बाँकी थियो । त्यस ओभरम...
रियल म्याड्रिडले सेल्टालाई हराउँदा बार्सिलोनासँग घट्यो अंक दूरी काठमाडौं। रियल म्याड्रिडले स्पेनिल ला लिगाको उपाधि जित्ने सम्भावनालाई बढाएको छ। सेल्टा डि भिगोमाथि सहज जित हात पार्दै रियलले शीर्षस्थानको बार्सिलोनासँगको अंक दूरीसमेत छोट्याएको छ। रियलले घरेलु मैदानमा सेल्टालाई २-० ले पराजित गर्दै बार्सिलोनासँगको दूरी छोटा...
जोटाको दुई गोलमा लिभरपुल बिजयी काठमाडौं। प्रिमियर लिगमा लिभरपुलले नटिङहम फरेस्टलाई ३-२ ले पराजित गरेको छ। लिभरपुलको घरेलु मैदान एनफिल्डमा भएको खेलको पहिलो हाफ बराबरीमा टुंगिएको थियो भने दोस्रो हाफमा भने लिभरपुलले सुरुवाती गोल हानेको थियो। लिभरपुलका डिएगो जोटाले खेलको ४७औं मिनेटमा गोल हानेर लिभरपुलको अग्रता कायम गर्न सु...
प्रथम प्रदेशस्तरीय गोल्डकप सुरु झापा । अल इन वान क्लब विर्तामोडको आयोजनामा आजदेखि प्रथम प्रदेशस्तरीय महिला गोल्डकप प्रतियोगिता सुरु भएको छ । बिर्तामोड नगरपालिका–१० सैनिकमोडमा भएको प्रतियोगिताको पहिलो खेलमा धरान महिला फुटबल क्लब सुनसरीलाई टाइब्रेकरमा पराजित गर्दै आयोजक टिम ‘अल इन वान’ क्लब सेमिफाइनलमा प्रवेश गरेको छ । ट...
जापान ओपन तेक्वान्दोमा अशोकलाई रजत, नन्दले जिते काँस्य काठमाडौँ । नेपालका अशोक खड्काले शनिबार जापान ओपन अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा रजत पदक जितेका छन् । जापानको ओसाकामा भएको प्रतियोगितामा अशोकले पुरुष ४० वर्ष मुनिको ब्लयाकबेल्ट समूहअन्तर्गत पुम्सेतर्फ ६.२७ अङक बनाएर दोस्रो स्थान हात पारेका हुन् । नेपालकै अ...
भारतमा आयोजना हुने विश्वकपबारे पाकिस्तान क्रिकेट बोर्डका अध्यक्षले यस्तो बयान दिए काठमाडौं । यसै वर्ष सेप्टेम्बरमा हुने एसिया कप क्रिकेटलाई लिएर पाकिस्तानले आफ्नो अडान नरम बनाउने संकेत देखाएको छ । पाकिस्तान क्रिकेट बोर्ड (पीसीबी) का प्रमुख नजम सेठीले अब एसियाली क्रिकेट काउन्सिल (एसीसी) लाई पठाएको प्रस्तावमा भारतका खेलह...
आईपीएल २०२३ को प्लेअफ र फाइनल खेलको तालिका सार्वजनिक काठमाडौं । बीसीसीआइले आइपीएल २०२३ को प्लेअफ खेल र फाइनल खेल कहिले र कहाँ खेलिने भन्ने बारे जानकारी दिएको छ। बीसीसीआईका अनुसार पहिलो क्वालिफायर खेल मे २३ मा चेन्नईको एमए चिदम्बरम स्टेडियममा हुनेछ । त्यसपछि इलिमिनेटर खेल २४ मेमा चेन्नईमा हुनेछ । यसपछि दोस्रो क्वालिफायर...
एम्बाप्पे चम्किँदा पिएसजीको सहज जीत एजेन्सी। फ्रेन्च लिग वानमा शीर्षस्थानमा रहेको पेरिस सेन्ट जर्मन (पिएसजी) सहज रूपमा बिजयी भएकाे छ। पिएसजीले घरेलु टोली एन्जर्समाथि २-१ को जित निकाल्दै उपाधिको होडमा नजिक पुगेको छ। पिएसजीको जीतमा फरवार्ड केलियन एमबाप्पेले दुई गोल हानेका थिए। शुक्रबार राति एन्जर्सको घरेलु मैदानमा भएको ख...
एनआरटीले एपीएफलाई हरायो, पुलिस र आर्मीले अंक बाँडे काठमाडौं । राजधानीमा जारी सहिद स्मारक ए डिभिजन लिग फुटबलमा न्यूरोड टिमले एपीएफ फुटबल क्लबलाई पराजित गरेको छ । शुक्रबार च्यासल मैदानमा भएको खेलमा न्युरोडले एपीएफलाई १–० गोल अन्तरले पराजित गरेको हो । न्युरोडका लागि एकमात्र निर्णायक गोल सञ्जीव विष्टले गरेका थिए । जितसंगै ...
नेपालले ओमानमाथि शानदार जित हात पार्दाका गर्विला क्षणहरु (फोटो फिचर) काठमाडौं। एसीसी प्रिमियर कप क्रिकेट प्रतियोगिताअन्र्तगत आज भएको आफ्नो दोस्रो खेलमा नेपालले ओमनलाई पराजित गरेको छ । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा आज भएको खेलमा नेपालले ओमनलाई ८४ रनले पराजित गर्दै विजयी भएको हो । यसजितसँगै दुई ...
ओमानमाथि नेपालको सानदार जित काठमाडौं। एसीसी प्रिमियर कप क्रिकेट प्रतियोगिताअन्र्तगत आज भएको आफ्नो दोस्रो खेलमा नेपालले ओमनलाई पराजित गरेको छ । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा आज भएको खेलमा नेपालले ओमनलाई ८४ रनले पराजित गर्दै विजयी भएको हो । यसजितसँगै दुई खेल खेलेको नेपालले चार अङ्क जोडेको छ । ने...
एकदिवसीय क्रिकेटमा सबैभन्दा छिटो १०० विकेट लिने खेलाडी बने सन्दीप लामिछाने काठमाडौं । नेपाली क्रिकेटर सन्दीप लामिछानेले ऐतिहासिक विश्वरेकर्ड बनाएका छन् । उनी एकदिवसीय क्रिकेटमा सबैभन्दा छिटो १०० विकेट लिने बलर बनेका छन् । ४२ औं खेलमा १०० विकेट लिँदै लामिछानेले अफगानिस्तानका बलर राशिद खानको विश्वरेकर्ड तोडेका हुन् । यसअ...
कुशलको कीर्तिमानी शतकमा नेपालद्वारा ओमानलाई ३११ रनको लक्ष्य काठमाडौं । युवा अलराउन्डर कुशल मल्लको शतकमा एसीसी प्रिमियर कप अन्तर्गत आफ्नो दोस्रो खेलमा नेपालले ओमानलाई ३११ रनको लक्ष्य प्रस्तुत गरेको छ । त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर ३१० रन बनायो । यो नेपालका...
कुशलको कीर्तिमानी शतक काठमाडौं । एसीसी प्रिमियर कप अन्तर्गत ओमानसँगको खेलमा नेपालका कुशल मल्लले शतक प्रहार गरेका छन्। त्रिवि मैदान कीर्तिपुरमा जारी खेलमा कुशलले ५९ बलमा शतक पूरा गरे। उनले ९ चौका र ९ छक्का प्रहार गरे।  ३७औं ओभरको पाँचौ दबलमा अकिब इल्यासलाई छक्का प्रहार गर्दै कुशल मल्लले शतक पूरा गरेका हुन्। मल्ल ओडिआईमा...
नेपालले गुमायो चौथो विकेट, भीम सार्की आउट काठमाडौं। एसिसी प्रिमियर क्रिकेट कपमा नेपालले चौथो विकेट गुमाएको छ। ओमानविरूद्ध खराब सुरूवात गरेको नेपालका लागि भीम सार्की ३३ रन बनाएर पेबेलियन फर्किएका छन्। ५६ बल खेलेका सार्कीले ४ चौका र १ छक्काको मद्दतमा ३३ रन मात्रै बनाएका हुन्। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारे...
शून्य रनमै नेपालले गुमायो दुई विकेट काठमाडौं । एसीसी प्रिमियर कप अन्तर्गत ओमानसँगको खेलमा नेपालले पहिला ब्याटिङ गरिरहेको छ । त्रिवि मैदानमा जारी खेलमा नेपालले दुई विकेट गुमाएको छ । नेपालले चौथो ओभरमा शून्य रन बनाएर दुई विकेट गुमाएको हो । तेस्रो ओभरको दोस्रो बलमा कुशल भुर्तेल बिलाल खानको बलमा एलबीडब्लु आउट भए । यस्तै चौ...
नेपालले पहिला ब्याटिङ गर्दै, एक परिवर्तन काठमाडौं। एसिसी प्रिमियर कप क्रिकेट अन्तर्गतको आज नेपालले ओमानसँग खेल्दैछ । त्रिवि क्रिकेट मैदानमा हुने एक दिवसीय अन्तर्राष्ट्रिय खेलमा नेपालले पहिला ब्याटिङ गर्ने भएको छ । ओमानले टस जितेर नेपाललाई ब्याटिङको निम्तो दिएको हो । यस्तै मुलपानी मैदानमा युएइ र हङकङबीच प्रतिस्पर्धा हुन...
युरोपा लिगः म्यानचेस्टर क्वाटर फाइनलबाटै बाहिरियो काठमाडौं। इंग्लिस क्लब म्यानचेस्टर युनाइटेड युरोपा लिगमा क्लब सेभियासँग पराजित भएको छ। क्वाटरफाइनलको दोस्रो लेगमा ३-० ले तथा समग्रमा ५-२ ले पराजित हुँदै म्यान्चेस्टर क्वाटर फाइनलवाट बाहिरिएको छ। रोमन सान्चेज पिजुवान सेभियामा बिहीबार राति भएको खेलको ८ औं मिनेटमा न्यास्री...
एसिसी प्रिमियर कप: आज नेपाल ओमानसँग भिड्दै काठमाडौं। एसिसी प्रिमियर कप क्रिकेटमा आज दुई खेल हुँदैछन्। कीर्तिपुरस्थित खेल मैदानमा नेपाल र ओमान बीच प्रतिस्पर्धा हुनेछ भने मुलपानी मैदानमा युएइ र हङकङबीच प्रतिस्पर्धा हुनेछ। दुवै खेल बिहान पौने ९ बजे सुरु हुनेछ।
थ्री स्टारले हिमालयनलाई हरायो काठमाडौं । राजधानीमा जारी सहिद स्मारक ए डिभिजन लिग फुटबलमा थ्री स्टार क्लबले हिमालयन शेर्पा क्लबलाई पराजित गरेको छ । बिहीबार एन्फा कम्प्लेक्स सातदोवाटोमा भएको खेलमा थ्री स्टारले हिमालयन शेर्पा क्लबलाई १–० गोल अन्तरले पराजित गरेको हो । थ्री स्टारको जितमा लाकेन लिम्बुले खेलको १४ औं मिनेटमा न...
ए डिभिजिन लिगः दशौं चरणका अन्तिममा दुई खेल हुदैँ काठमाडौँ। शहीद स्मारक ए डिभिजन लिग फुटबल आज दुई खेल हुँदैछ। सो लिग अन्तर्गत आज हुने दशौँ चरणका अन्तिम दुई खेलमा थ्रीस्टार क्लब र हिमालयन शेर्पा तथा चर्च ब्वाइज युनाइटेड र सातदोबाटो युथ बिच प्रतिस्पर्धा हुनेछ । एन्फा कम्प्लेक्स सातदोबाटोमा  थ्रीस्टार क्लब र हिमालयन शेर्पा...
म्यानचेस्टर सिटी च्याम्पियन्स लिगको सेमिफाइनलमा काठमाडौं। म्यानचेस्टर सिटी युइएफए च्याम्पियन्स लिगको सेमिफाइनलमा प्रवेश गरेको छ। जर्मन क्लब बायर्न म्युनिखसँग क्वाटरफाइनलको दोस्रो लेगमा १-१ गोलको बराबरी खेलेकाे भएपनि समग्रमा ४-१ को जितसहित सिटी सेमिफाइनलमा प्रवेश गरेको हो। सिटीले क्वाटर फाइनलको पहिलो लेगमा ३-० को जित नि...
१३ वर्षपछि इन्टर मिलान च्याम्पियन्स लिगकाे सेमिफाइनलमा काठमाडौं। इटालियन क्लब इन्टर मिलान युइएफए च्याम्पियन्स लिगको सेमिफाइनलमा प्रवेश गरेको छ। पोर्चुगिज क्लब बेन्फिकासँग ३-३ गोलको बराबरीमा रोकिएको भए पनि इन्टरले समग्रमा दोस्रो लेगमा ५-३ को जित निकाल्दै सेमिफाइनलको यात्रा पक्का गरेको हो। इन्टर पहिलो लेगमा २-० ले विजयी ...
एसिसी प्रिमियर कप : युएई विजयी काठमाडौं । राजधानीमा जारी एसिसी प्रिमियर कप क्रिकेट प्रतियोगिताअन्तर्गत आजको खेलमा युएईले कुवेतलाई पराजित गरेको छ । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा आज भएको खेलमा युएईले कुवेतलाई एक सय ४३ रनले पराजित गरेको हो । युएईले दिएको ३७२ रनको लक्ष्य पछ्याएको कुवेत ३६ दशमलव ३ ...
जावलाखेल र एपिएफ विजयी काठमाडौं । राजधानीमा जारी सहिद स्मारक ए डिभिजन लिगमा जावलाखेल युथ क्लबले नेपाल पुलिस क्लबलाई पराजित गरेको छ । बुधबार ललितपुरको च्यासल मैदानमा भएको खेलमा जावलाखेलले पुलिसलाई ६–१ गोल अन्तरले पराजित गरेको हो । खेलमा जावलाखेलका लागि फोडे फोफानाले २९ औं मिनेटमा गोल गर्दै अग्रता दिलाएका थिए । त्यस्तै ज...
बैंगलोरका फास्ट बलर मोहम्मद सिराजलाई आइपिएलमा म्याच फिक्सिङको अफर ! काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) मा फेरि एकपटक फिक्सिङको मुद्दा बाहिर आएको छ । यसपटक यो मामिला रोयल च्यालेन्जर्स बैंगलोर (आरसीबी)का फास्ट बलर मोहम्मद सिराजसँग सम्बन्धित छ। वास्तवमा, एक चालकले आईपीएल सट्टेबाजीमा पैसा गुमाएपछि सिराजलाई सम्पर्क गर...
युएईले कुवेतलाई जितको लागि ३७२ रनको लक्ष्य दियो काठमाडौँ। एसिसी प्रिमियर कप एकदिवसीय क्रिकेट प्रतियोगिताअन्तर्गत आज भएको आफ्नो पहिलो खेलमा युएईले कुवेतलाई जितको लागि ३७२ रनको लक्ष्य दिएको छ। कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको युएईले निर्धारित ५० ओभरमा ६ विकेट ग...
सहिद स्मारक लिगमा आज तीन खेल हुँदै काठमाडौँ। सहीद स्मारक ए डिभिजन लिग फुटबल प्रतियोगितामा आज तीन खेल हुँदैछ। दशौं चरणको खेलको दोस्रो दिनमा ६ वटा क्लबसहित तीनवटा खेल हुन लागेको हो। एपीएफ र मच्छिन्द्र फुटबल क्लबबीच प्रतिस्पर्धा दशरथ रंगशालामा प्रतिस्पर्धा हुनेछ। सो खेल दिउँसो ३ बजे सुरु हुनेछ। जारी लिगमा १३ अंकसहित मच्छि...
१६ वर्षपछि एसी मिलान च्याम्पियन्स लिगको सेमिफाइनलमा काठमाडौं। इटालियन क्लब एसी मिलान १६ वर्ष पछि च्याम्पियनसिप लिगको सेमिफाइनलमा प्रवेश गरेको छ। सन् २००७ मा उपाधि जितेयता मिलान सेमिफाइनल पुगेको यो पहिलो पटक हो। मंगलबार राति सम्पन्न क्वाटर फाइनलको दोस्रो लेगमा नेपोलीसँग बराबरीको खेलेकाे भएपनि समग्रमा २-१ को जीत निकाल्दै...
रियय म्याड्रिड च्याम्पियन्स लिगको सेमिफाइनलमा प्रवेश काठमाडौं। रियल म्याड्रिडले च्याम्पियन्स लिगको सेमिफाइनलमा सिट सुरक्षित गरेको छ। इंग्लिस क्लब चेल्सीलाई पराजित गर्दै साविक बिजेता स्पेनिस क्लब रियलले च्याम्पियन्स लिगको सेमिफाइनलमा प्रवेश गरेको हो। पहिलो हाफसम्म बराबरीको खेल खेलेको भए पनि दोस्रो हाफको ५८औं मिनेटमा भिन...
सहिद स्मारक ‘ए’ डिभिजन लिग : आर्मीद्वारा मनाङ पराजित काठमाडौं । सहिद स्मारक ‘ए’ डिभिजनलिग फुटबल प्रतियोगितामा त्रिभुवन आर्मी क्लबले मनाङ मस्र्याङ्दी क्लबलाई पराजित गरेको छ । त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा आज भएको दोस्रो खेलमा आर्मीले मनाङ मस्र्याङ्दी क्लबलाई १–० गोल अन्तरले हराउँदै विजयी भएको हो । आर्मीको जितमा सुदि...
एनआरटीले एफसी खुमलटारलाई हरायो काठमाडौं । राजधानीमा जारी सहिद स्मारक ’ए’ डिभिजन लिग फुटबलमा न्युरोड टिम एनआरटीले एफसी खुमलटारलाई पराजित गरेको छ । मंगलबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा एनआरटीले खुमलटारलाई ३–१ गोल अन्तरले पराजित गरेको हो । एनआरटीको जितमा सरोज तामाङ, सन्जिब विष्ट र मोहित गुरुङले एक एक गोल गर...
कुशल मल्लको तुफानी इनिङसँगै एसीसी प्रिमियर कपमा नेपालको विजयी सुरुवात काठमाडौं । एसीसी प्रिमियर कप अन्तर्गत आज भएको खेलमा नेपालले मलेसियालाई ६ विकेटले पराजित गरेको छ । किर्तिपुर मैदानमा भएको खेलमा मलेसियाले दिएको २३६ रनको लक्ष्य नेपालले ३६.२ ओभरमै ४ विकेटको क्षतिमा भेट्टायो । नेपालको जितमा कुशल मल्ल ७० रन बनाएर नटआउट र...
मलेसियाले नेपाललाई दियो २३६ रनको लक्ष्य काठमाडौं । एसीसी प्रिमियर कप अन्तर्गत आज भइरहेको खेलमा मलेसियाले नेपाललाई २३६ रनको लक्ष्य दिएको छ । टस जितेर पहिले ब्याटिङ रोजेको मलेसियाले निर्धारित ५० ओभरको खेलमा ९ विकेटको क्षतिमा २३५ रन बनाएको हो । मलेसियाका लागि कप्तान अहमद फैजले सर्वाधिक ७६ रन बनाए । विरन्दिप सिंहले ४६, खिज...
एसीसी प्रिमियर कपः नेपाललाई २३६ रनको लक्ष्य काठमाडौं । एसीसी मेन्स प्रिमियर कप क्रिकेट प्रतियोगिता अन्तर्गतको पहिलो खेलमा मलेसियाले नेपाललाई २३६ रनको लक्ष्य दिएको छ । त्रिवि क्रिकेट मैदान, कीर्तिपुरमा जारी खेलमा मलेसियाले टस जितेर पहिला ब्याटिङ गर्दै निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर २३५ रन बनाएको हो । मलेसियाका लागि ओ...
‘ए’ डिभिजन लिग : आज दुई खेल हुँदै काठमाडौँ। शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबलअन्तर्गत आजबाट दशौं चरणको खेल सुरु हुदैँछ। जसअनुसार आज दुई खेल हुनेछन्। पहिलो खेलमा एफसी खुमलटार र न्युरोड टिम एनआरटीबिच प्रतिस्पर्धा हुनेछ।  त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा दिउँसो तीन बजे सुरु हुनेछ। खुमलटार ९ खेलबाट १० अंक जोडेर लिगको १० औँ ...
एसीसी प्रिमियर कपः नेपालले फिल्डिङ गर्दै काठमाडौं । आजदेखि सुरु हुने एसीसी मेन्स प्रिमियर कप क्रिकेट प्रतियोगितामा पहिलो खेलमा नेपाल र मलेसिया भिड्दैछन् । त्रिवि क्रिकेट मैदान, कीर्तिपुरमा हुने खेलमा नेपालले फिल्डिङको निम्तो पाएको छ । मलेसियाले टस जितेर ब्याटिङ रोजेको हो । नेपालले आजको खेलमा ज्ञानेन्द्र मल्ल, करन केसी ...
आजदेखि एसीसी प्रिमियर कप, उदघाटन खेलमा नेपाल मलेसियासँग भिड्दै काठमाडौं। आजदेखि एसीसी मेन्स प्रिमियर कप क्रिकेट प्रतियोगिता सुरू हुँदै छ। प्रतियोगिताको पहिलो खेल नेपाल र मलेसियाबीच हुनेछ। उक्त खेल त्रिवि क्रिकेट मैदान, कीर्तिपुरमा हुनेछ। साे खेलकाे समूह ‘ए’ मा नेपाल, ओमान, कतार, मलेसिया र साउदी अरेबिया रहेका छन् भनजे स...
पछिल्लो पाँच खेलमा लिभरपुलको पहिलो जीत काठमाडौं। लिभरपुलले लिड्स युनाइटेडलाई ६-१ को फराकिलो अन्तरले पराजित गरेको छ। प्रिमियर लिगका लागि सोमबार राति भएको एक मात्र खेलमा लिभरपुलले लिड्सलाई उसको घरेलु मैदानमा फराकिलो अन्तरले पराजित गरेको हो। पछिल्लो पाँच खेलमा लिभरपुलको यो पहिलो जित हो। सो खेलको पहिलो हाफ नै लिभरपुलले २-०...
एसीसी प्रिमियर कप भोलीदेखि काठमाडौं । नेपालमा मंगलबार (भोली)बाट एसीसी पुरुष प्रिमियर कप क्रिकेट सुरु हुँदै छ । एसियन क्रिकेट काउन्सिल(एसीसी) को आयोजनामा हुने प्रतियोगिता वैशाख ५ गतेबाट १८ गतेसम्म संचालन हुनेछ । प्रतियोगिताका खेलहरु कीर्तिपुरस्थित टियु मैदान र मुलपानीमा रहेको क्रिकेट मैदानमा खेल संचालन हुनेछ । कुल २४ खे...
थ्री स्टार र चर्च ब्वाइजले अंक बाँडे, फ्रेन्ड्सले हिमालयनलाई ६–० गोलले हरायो काठमाडौं । राजधानीमा जारी सहिद स्मारक ए डिभिजन लिग फुटबलमा थ्री स्टार क्लब र चर्च ब्वाइज युनाईटेडले बराबरी खेल्दै अंक बाडेको छ । सोमबार ललितपुरको च्यासल मैदानमा गोलरहित बराबरी खेल्दै थ्री स्टार र चर्च ब्वाइजले अंक बाडेका छन् । यस बराबरीसँगै थ्...
रङ्गशाला छिट्टै बन्छ : महानगरप्रमुख दाहाल चितवन । भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला छिट्टै बन्ने बताएकी छन् । बागमती प्रादेशिक क्रिकेट सङ्घ र भरतपुर महानगरपालिको संयुक्त आयोजना भएको १६ वर्षमुनिको क्रिकेट छनोट प्रतियोगिता शुभारम्भ गर्दै उनले रङ्गाला बन्ने निश्चित भएको बता...
म्यानचेस्टर युनाइटेडसँग नटिङहम फरेस्ट पराजित काठमाडौं। इंग्लिस प्रिमियर लिगमा आइतबार राति भएको खेलमा म्यानचेस्टर युनाइटेडसँग नटिङहम फरेस्ट पराजित भएको छ। युनाइटेडले नटिङहम फरेस्टलाई २-० गोल अन्तरले पराजित गरेको हो । यो जितसँगै युनाइटेडलाईबशीर्ष चारमा रहने सम्भावना बलियो बनाएको छ। द सिटी ग्राउन्ड नटिङहममा युनाइटेडको जित...
एसीसी प्रिमियर कप खेल्ने नेपाली टोलीको घोषणा, को-को परे? काठमाडौं। नेपाल क्रिकेट संघ (क्यान)ले एसीसी प्रिमियर कप खेल्ने १४ सदस्यीय टोलीको घोषणा गरेको छ। क्यानले ओमानसँगको अभ्यास खेलपछि रोहित पौडेलको कप्तानीमा अन्तिम १४ सदस्यीय टोली घोषणा गरेको हो। त्रिवि क्रिकेट मैदान र मुलपानी क्रिकेट मैदानमा मंगलबारदेखि सुरु हुने एसी...
शहीद स्मारक ए डिभिजन लिगमा आज दुई खेल हुने काठमाडौँ। शहीद स्मारक ए डिभिजन लिग फुटबलअन्तर्गत आइतबार दुई खेल हुँदै छन्। च्यासल मैदानमा अपराह्न ३ बजे संकटा क्लब र नेपाल एपीएफ क्लबबीच खेल हुनेछ भने साँझ ६ बजे त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने खेलमा सातदोबाटो युथ क्लब र नेपाल पुलिस क्लबबीच प्रतिस्पर्धा हुनेछ।
ला लिगा : रियल म्याड्रिडसँग क्याडिज पराजित काठमाडौं। स्पेनिस ला लिगामा रियल म्याड्रिडले क्याडिजलाई २-० ले पराजित गरेको छ। क्याडिजमा शनिबार राति भएको खेलमा रियलले घरेलु टोली क्याडिजलाई पराजित गरेर शीर्षस्थानको बार्सिलोनासँगको अंक दूरी छोट्यायो। रियलको जितमा नाँचो फर्नान्डेस र मार्काे एसेन्सियोले गोल गरे। यो जितसँगै रियल...
आईपीएल : पञ्जाबसँग लखनउ २ विकेटले पराजित काठमाडौं। इन्डियन प्रिमियर लिग (आईपीएल)मा शनिबार राति भएको खेलमा पन्जाब किंग्ससँग लखनउ सुपर जायन्ट्स २ विकेटले पराजित भएको छ। लखनउले दिएको १६० रनको लक्ष्य पन्जाबले १९.३ ओभरमा ८ विकेट गुमाएर पूरा गर्‍याे। सिकन्दर राजाको ५७ रनको उत्कृष्ट प्रदर्शनमा पञ्जावले जित निकालेको हो। राजा म...
एमबाप्पेको कीर्तिमानी गाेलसँगै पिएसजीको लेन्समाथि विजयी काठमाडौं। फ्रान्सेली फरवार्ड केलियन एमबाप्पेको कीर्तिमानी गोलमा पेरिस सेन्ट जर्मेन (पिएसजी) ले फ्रेन्स लिग वानमा लेन्सलाई सहजै पराजित गरेको छ। पार्क डेस प्रिन्सेसमा शनिबार राति भएको खेलमा पिएजीले लेन्समाथि ३-१ गोल अन्तरले पराजित गरेको हो। पिएसजीको जितमा एमबाप्पेसँ...
मेस्सी बार्सिलोनामा फर्कने लेवान्डोस्कीको विश्वास बार्सिलोना । बार्सिलोनाका स्ट्राइकर रोबर्ट लेवान्डोस्कीले लियोनल मेसी अर्को सत्रसम्ममा क्लबमा फर्कन चाहेको बताएका छन्। स्पेनी सञ्चारमाध्यमका अनुसार एफसी बार्सिलोनाले आगामी गृष्म ऋतुमा आफ्ना पूर्व खेलाडीलाई पुनः अनुबन्ध गर्ने प्रयास गरिरहेको छ भने सन् २०२१ देखि पेरिस सेन...
मनाङलाई हराउँदै जावलाखेल शीर्ष स्थानमा काठमाडौं। जावलाखेल युथ क्लब राजधानीमा जारी सहिद स्मारक ए डिभिजन लिग फुटबलको शीर्ष स्थानमा उक्लिएको छ। शनिबार ललितपुरस्थीत च्यासल मैदानमा भएको खेलमा मनाङ मस्र्याङ्दी क्लबलाई ३–० गोल अन्तरले हराउँदै जावलाखेल शीर्ष स्थानमा उक्लिएको हो। जावलाखेलको जितमा एनकोटो मासोबीले दुई गोल गरे। फो...
आईपीएल : हैदरावादसँग कोलकाता पराजित काठमाडौं। इन्डियन प्रिमियर लिग (आईपीएल)मा शुक्रबार राति भएको खेलमा सनराइजर्स हैदरावादले कोलकाता नाइट राइडर्सलाई २३ रनले पराजित गरेको छ। घरेलु मैदान इडेन गार्डेनमा भएको खेलमा जितका लागि २२९ रनको लक्ष्य पछ्याएको कोलकाताले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै २०५ रन मात्रै बनायो। कोलकाता...
पाकिस्तानसँग न्युजिल्यान्डलाई पराजित काठमाडौं। पाकिस्तानले पहिलो टी-२० आई खेलमा न्युजिल्याण्ड ८८ रनले पराजित गरेको छ। योसँगै पाकिस्तानल पाँच खेलको सिरिजमा १–० को अग्रता लिएको छ। पाकिस्तानले दिएको १८३ रनको विजयी लक्ष्य पछ्याएको न्युजिल्यान्ड १५.३ ओभरमा ९४ रनमा अल आउट भयो। न्युजिल्यान्डका मार्क च्यापम्यानले सर्वाधिक ३४ र...
इलाम-माइपोखरी म्याराथुनमा आर्मीका हुमलाल र पुलिसकी राजपुरा विजयी इलाम। इलाम-माइपोखरी म्याराथनमा पुरुषतर्फ त्रिभुवन आर्मी क्लबका हुमलाल श्रेष्ठ र महिलातर्फ नेपाल पुलिसकी राजपुरा पछाई विजयी भएका छन्। शुक्रबार ४२ दशमलव दुई किलोमिटर दूरी दुई घण्टा ५८ मिनेट १६ सेकेन्डमा पार गर्दै आर्मीका श्रेष्ठ प्रथम भएका हुन्। यस्तै, पुलि...
धनगढी हाफ म्याराथनको उपाधि आर्मीका मुकेशबहादुर पाललाई धनगढी । धनगढी हाफ म्याराथन २०२३ को उपाधि नेपाल आर्मीका मुकेशबहादुर पालले हात पारेका छन् । नयाँ वर्षको अवसरमा शुक्रबार भएको म्याराथनमा पालले १ घण्टा ४ मिनेट ४८ सेकेन्डमा २१।१ किलोमिटर पार गरेर उपाधि हात पारेका हुन् । उनले नगद ५५ हजार ५५५ प्राप्त गरेका छन् । म्याराथनम...
युभेन्ट्ससँग स्पोर्टिङ सिपी पराजित काठमाडौं। युइएफए युरोपा लिगको क्वाटरफाइनलको पहिलो लेगमा इटालियन क्लब युभेन्ट्सले पोर्चुगिज क्लब स्पोर्टिङ सिपीलाई पराजित गरेको छ। एलिएन्ज स्टेडियम टुरिनमा बिहीबार राति भएको खेलमा युभेन्ट्सले सिपीलाई १-० ले पराजित गरेको हो। युभेन्ट्सको जितमा दोस्रो हाफमा फेडरिको गाट्टीले गरेको गोल गरेक...
मार्टिन्सको गोलमा थ्री स्टारले पुलिसलाई हरायो काठमाडौं । राजधानीमा जारी सहिद स्मारक ए डिभिजन लिग फुटबलमा थ्री स्टार क्लबले नेपाल पुलिस क्लबलाई पराजित गरेको छ । बिहीबार एन्फा कम्प्लेक्स सातदोवाटोमा भएको खेलमा नेपाल पुलिस क्लबलाई १–० गोल अन्तरले हराउँदै थ्री स्टारले चौंथो जित निकालेको हो । थ्री स्टारको जितमा अजयी मार्टिन...
एसी मिलानसँग नेपोली पराजित काठमाडौं। बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ। बुधबार राति भएको खेलमा घरेलु मैदान मिलानोमा मिलानले नेपोलीलाई १-० ले पराजित गरेको हो। मिलानको जितमा पहिलो हाफमा इस्माइल बेनासेरले गोल गरेका थिए। जुन गोल निर्णायक नै ...
रियल म्याड्रिडसँग चेल्सी पराजित काठमाडौं। युइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा स्पेनिस क्लब रियल म्याड्रिडले इंग्लिस क्लब चेल्सीलाई पराजित गरेको छ। सान्टियागो बर्नबेउमा बुधबार राति भएको खेलमा रियलले चेल्सीलाई २-० को गोलअन्तरले पराजित गरेको हो। रियलको जितमा कप्तान करिम बेन्जेमा र मार्काे एसेन्सियोले गोल ग...
एसियाली खेलकुदको तयारी बैशाख ११ गतेदेखि काठमाडौं। चीनको हाङझावमा हुने १९ औं एसियाली खेलकुदको तयारी प्रशिक्षण बैशाख ११ गतेदेखि सुरु हुने भएको छ। राष्ट्रिय खेलकुद परिषदले बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गरि पहिलो चरणको प्रशिक्षण बैशाख ११ देखि जेठ ३ गतेसम्म हुने जानकारी गराएको हो। राखेप सदस्य–सचिव टंकलाल घिसिङले पहिलो च...
गौरीगंगा गोल्डकपको उपाधि जित्ने स्टार सिटी र फोर ब्रदर्शको दाबी धनगढी । कैलालीको गौरीगंगा–११ स्पोर्ट्स क्लबले आयोजना गरेको तेस्रो सुदूरपश्चिम गौरीगंगा गोल्डकप फुटबल प्रतियोगिताले बिहीबार विजेता पाउने छ । उपाधिका लागि कैलालीको स्टार सिटी क्लब र नवलपरासीको फोर ब्रदर्श एफसीले प्रतिस्पर्धा गर्ने भएका छन् । स्टार सिटीले बाँ...
सहिद स्मारक ए डिभिजन लिग : संकटासँग एनआरटी पराजित काठमाडौं । सहिद स्मारक ए डिभिजन लिगअन्तर्गत बुधबार भएको खेलमा संकटा क्लबले न्यु रोड टिम (एनआरटी)लाई पराजित गरेको छ । दशरथ रंगशालामा भएको खेलमा संकटाले एनआरटीलाई २–१ गोलअन्तरले पराजित गरेको हो । संकटाका लागि जुनिअर ओंगुने एनकुंगे र फरवार्ड मनिष डाँगीले गोल गर्दा एनआरटीका...
लखनउबाट पराजित भएपछि रोयल च्यालेन्जर्सलाई अर्को झट्का, कप्तान डुप्लेसीलाई जरिवाना काठमाडौं । लखनउ सुपर जाइन्ट्ससँगको रोमाञ्चक खेलमा अन्तिम बलमा पराजित भएको रोयल च्यालेन्जर्स बैंग्लोर (आरसीबी) लाई अर्को झट्का लागेको छ । ढिलो ओभर रेट राखेको भन्दै टोलीलाई जरिवाना गरिएको हो । आईपीएल मिडिया सल्लाहकारका अनुसार लखनउ विरुद्ध च...
म्यानचेस्टर सिटीले हरायो म्युनिखलाई काठमाडौँ। युइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लिगमा इंग्लिस क्लब म्यानचेस्टर सिटीले जर्मन क्लब बार्यन म्युनिखलाई पराजित गरेको छ। इतिहाद स्टेडियम म्यानचेस्टरमा मंगलबार राति भएको खेलमा सिटीले म्युनिखलाई ३–० गोलअन्तरले पराजित गरेको हो। सिटीको जितमा रोड्री, बर्नाडो सिल्भा र एर्...
नवलपरासीको फोर ब्रदर्श गौरीगंगा गोल्डकपको फाइनलमा धनगढी । नवलपरासीको फोर ब्रदर्श एफसी कैलालीको गौरीगङ्गामा जारी तेस्रो सुदूरपश्चिम गौरीगंगा गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । दोस्रो सेमिफाइनल खेलमा मङ्गलवार बर्दियाको नव युवा मैत्री भाव एकता समाज क्लबलाई ४–१ गोल अन्तरले पराजित गरी फोर ब्रदर्श उपाधि नजि...
ओलावालेको पाँच गोलसहित मछिन्द्रको फराकिलो जित काठमाडौं। साविक विजेता मछिन्द्र फुटबल क्लबले सहिद स्मारक ’ए’ डिभिजन लिग फुटबलमा फराकिलो जित निकालेको छ। च्यासल मैदानमा मंगलबार मछिन्द्रले एफसी खुमलटारबिरुद्ध ७–३ गोलको फराकिलो जित निकालेको हो। मछिन्द्रको जितमा आफिज ओलावालेले ह्याट्रिकसहित ५ गोल गरे। विमल घर्ति मगर र विजय भु...
च्याम्पियन्स लिगको क्वाटरफाइनल आजबाट सुरु हुँदै काठमाडौँ। युएफा च्याम्पियन्स लिग फुटबल प्रतियोगिताको क्वाटरफाइनल खेलहरु आजबाट सुरू हुँदैछ। क्वाटरफाइनल पहिलो खेल पोर्चुगलको बेन्फिका र इटालीको इन्टर मिलान बिच हुनेछ भने भने मंगलबार राति नै  म्यानचेस्टर सिटी र जर्मनीको बायर्न म्युनिख बिच प्रतिस्पर्धा हुनेछ। क्वाटरफाइनलका ब...
जिरोनाको गोलरक्षकका सामु निरीह बन्दा बार्सिलोना गोलरहित बराबरीमा काठमाडौं। घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ। स्पेनिस ला लिगाको शीर्षस्थानमा रहेको बार्सिलोना जिरोनासँग गोलरहित बराबरीमा रोकिएको हो। स्पोटिफाई क्याम्प नोउमा सोमबार राति भएको खेलमा बार्सिलोनाले पटक पटक गोलका लागि प्रयास गरेको भए पनि जिरोनाका गोलरक...
स्टार एकेडेमीलाई ‘बलियो नेपाल कप’ क्रिकेटको उपाधि कास्की । पोखरामा सञ्चालन भएको बलियो नेपाल कप अण्डर–१९ क्रिकेट प्रतियोगिताको उपाधि स्टार क्रिकेट एकेडेमीले जितेको छ । पोखरा रङ्गशालास्थित क्रिकेट मैदानमा आज सम्पन्न फाइनल खेलमा कर्णाली एकेडेमीलाई सात विकेटले हराउँदै स्टार एकेडेमीले उपाधि आफ्नो पोल्टामा पार्न सफल भयो । च्...
स्टार सिटी गौरीगंगा गोल्ड कपको फाइनलमा धनगढी । कैलालीको स्टार सिटी क्लब तेस्रो सुदूरपश्चिम गौरीगंगा गोल्डकपको फाइनलमा प्रवेश गरेको छ । बाँकेको कोहलपुर रेसिङ सहारा क्लबले श्रम स्वीकृति विनाका तीन जना विदेशी खेलाडी खेलाउन बल प्रयोग गरेपछि आयोजकले उक्त क्लबलाई कारबाही गरेको छ । उक्त क्लबको कारबाहीसँगै स्टार सिटी उपाधि नजि...
चर्च ब्वाइज र एपीएफले अंक बाँडे, पुलिसको पहिलो जित काठमाडौं । राजधानीमा जारी सहिद स्मारक ए डिभिजन लिग फुटबलमा चर्च ब्वाइज युनाईटेड र एपीएफ क्लबले बराबरी खेल्दै अंक बाडेका छन् । सोमबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा चर्च ब्वाइज र एपीएफले गोल रहित बराबरी खेलेका छन् । यस बराबरीसँगै चर्च ब्वाइजले ७ खेलमा १३ अं...
टेबल टेनिसको १० सदस्यीय टोली आज कोरिया जाँदै काठमाडौँ। दोश्रो एसपिसीए टेबल टेनिस च्याम्पियनसिपमा सहभागी हुन खेलाडीहरु आज दक्षिण कोरिया जाँदैछन्। सो प्रतियोगितमा भाग लिनका लागि ९ खेलाडीसहित १० सदस्यीय नेपाली टोली सोमबार दक्षिण कोरियाको सिओल प्रस्थान गर्न लागेका हुन्। सो नेपाली टिममा जुनियर खेलाडीमा योङगी पौडेल, एस्टर चौ...
जिपी कोइराला स्मृति हक्की : उपाधिका लागि आर्मी र पुलिस भिड्ने मोरङ।  दुई विभागीय टोली त्रिभुवन आर्मी क्लब र नेपाल पुलिस क्लब गिरिजाप्रसाद कोइराला स्मृति चौथो संस्करणको राष्ट्रिय पुरुष हक्की प्रतियोगिताको उपाधिका लागि आज भिड्ने भएका छन्। फाइनल खेल विराटनगरस्थित सहिद रङ्गशालामा राति हुनेछ। आइतबार राति भएको खेलमा पुलिस क्...
प्रिमियर लिगमा आर्सनल र लिभरपुलको बराबरी गोल काठमाडौं। इंग्लिस प्रिमियर लिगको शीर्षस्थानमा रहेको आर्सनल घरेलु टोली लिभरपुलसँग बराबरीमा रोकिएको छ। सुरुवाती दुई गोलको अग्रता जोगाउन नसक्दा आर्सनलले लिभरपुलसँग अंक बाँडन बाध्य भएको छ। साे खेल २-२ को बराबरीमा सकिएको थियो। आइतबार राति एनफिल्डमा भएको खेलको ८ औं मिनेटमा मार्टिन...
मछिन्द्रले संकटालाई २-१ गोलले हरायो, एनआरटीको पहिलो जित काठमाडौं। राजधानीमा जारी सहिद स्मारक ’ए’ डिभिजन लिग फुटबलमा साविक विजेता मछिन्द्र फुटबल क्लबले दोस्रो जित निकालेको छ। आइतबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा संकटा क्लबलाई २–१ गोल अन्तरले हराउँदै मछिन्द्रले दोस्रो जित निकालेको हो। मछिन्द्रको जितमा विमल घर्ति मगर र...
सन्दीप लामिछानेको मुद्दामा स्वास्थ्य परीक्षण गर्ने चिकित्सक झिकाउन अदालतको आदेश काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेविरुद्ध परेको जबरजस्ती करणी मुद्दामा काठमाडौं जिल्ला अदालतले जाहेरीकर्ताको स्वास्थ्य परीक्षण गर्न चिकित्सकलाई झिकाउन आदेश दिएको छ । आइतबार न्यायाधीश शंकरराज बरालको इजलासले जाहेरीकर्ताको स्वास्थ्य परीक्षण ग...